अध्याय १२ – समुद्री आँधीमा जहाज दुर्घटना

Study Series

अध्याय १२ – समुद्री आँधीमा जहाज दुर्घटना

अघिल्लो पाठमा पावल पहिले यहूदीहरूद्वारा र त्यसपछि रोमीहरूद्वारा कैदी बनाइएको विषयमा अध्ययन गर्‍यौं। रोम जानु पावलको निम्ति परमेश्वरको योजना थियो (प्रेरित २३:११ पढ्नुहोस्)। यस पाठमा हामी कैदी पावलको अचम्मको यात्राको अध्ययन गर्नेछौं जुन यात्राद्वारा उनी रोम पुगे।

सिजरिया शहरमा पावल करिब दुई वर्षसम्म कैदी भएर बसेका थिए। अन्त्यमा पावललाई रोम लगिनुपर्छ भन्ने निर्णय भयो। यात्रा जमिनमार्फत नभई समुद्रमार्फत भएको थियो। तलको नक्साले पावल चढेको जहाजको रोमतर्फी समुद्री यात्रालाई बुझ्न मदत गर्नेछ।

पावलको रोमतर्फी यात्रालाई प्रेरित २७ अध्यायमा विस्तृतरूपमा वर्णन गरिएको छ। समुद्रका जोखिमहरू र सङ्कटहरू सामना गर्नु कस्तो हुन्छ भनी पावल राम्ररी जान्दथे (२ कोरिन्थी ११:२६)। पावल चढेको जहाज कतिपल्ट भताभुङ्ग भइसकेको थियो (२ कोरिन्थी ११:२५)?_____________। उनले कति समय भूमध्यसागरको पानीमा बिताए (२ कोरिन्थी ११:२५)? _______________________________________।

पावलले अब अर्को पनि कठिन समुद्री यात्राको सामना गर्ने क्रममा परमेश्वरले उनलाई प्रेरित २३:११ मा भन्नुभएको एउटा कुराको सम्झना गरे। परमेश्वरले उनलाई के भन्नुभएको थियो?

  1. तिमीले सायद रोममा गवाही दिनेछैनौं।
  2. तिमीले सायद रोममा गवाही दिनेछौ।
  3. तिमीले सम्भवतः रोममा गवाही दिनेछौ।
  4. तिमीले रोममा गवाही दिनुपर्छ।

के परमेश्वरले सदैव आफ्‍नो प्रतिज्ञा पूरा गर्नुहुन्छ? ______________। के पावल मरे भने उनले रोममा गवाही दिन सक्थे? आफू रोममा आइपुग्नैपर्छ भन्ने कुरा पावल जान्दथे किनभने परमेश्वरले झूट बोल्न सक्नुहुन्न। रोमतर्फको समुद्री यात्रा खतरा र जोखिमपूर्ण हुन सक्थ्यो, तर गन्तव्य निश्चित थियो। उनी रोम अवश्य पुग्नेछन् भन्ने कुरा पावल जान्दथे।

यदि तपाईं ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने के तपाईंको गन्तव्य निश्चित छ? मत्ती ७:१४ अनुसार हरेक विश्वासी “__________ पुर्‍याउने” यात्रामा छन्। पत्रुस भन्दछन् कि हाम्रो पैतृक-सम्पत्ति ________मा सुरक्षित राखिएको छ (१ पत्रुस १:४)। के येशूले हामी एकदिन उहाँसँग स्वर्गमा हुनेछौं भन्ने प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १७:२४; १४:२-३)?______। के परमेश्वरले आफ्‍नो वचन पूरा गर्नुहुन्छ? _______ ।तसर्थ हरेक विश्वासीले भन्न सक्छ, “म जान्दछु कि म एकदिन सुरक्षित गरी स्वर्ग पुग्नेछु किनभने ___________ यो भन्नुभएको छ!” हाम्रो जीवनको यात्रा बेलाबखत कठिन हुनसक्छ, तर हाम्रो गन्तव्य निश्चित छ!

पावलको यात्रालाई यस पाठको शुरुमा दिइएको नक्सालाई हेर्दै पछ्याउन सकिन्छ। स्मरण रहोस्, पावल एक कैदी थिए, र त्यस जहाजमा अरु पनि कै_______ थिए (प्रेरित २७:१)। पहिलो जहाज मुरा शहरतर्फ गयो जहाँ पावल अलेक्जेन्ड्रियाबाट रोमतर्फ हिँडेको ठूलो मालवाहक जहाजमा गए (प्रेरित २७:५-६)। त्यस विशाल जहाजका यात्रुहरूमध्येमा पावल, अरु कैदीहरू, सेनाहरू र चालकहरू थिए। जहाजमा मानिसहरूको कूल सङ्ख्या कति थियो (प्रेरित २७:३७)?_______________।

यात्राको सुरुवातमै जहाज-यात्रा कठिन हुन थालिसकेको थियो। उनीहरू क्रेटको टापुमा आइपुग्दा नै, पावलले उनीहरूलाई यात्रा नगर्न तर उनीहरू जहाँ थिए त्यहीँ जाडो काट्न सचेत गराएका थिए। अक्टोबर महिना चलिसकेको थियो, र सेप्टेम्बर १४ देखि नोभेम्बर ११ सम्मको मौसम जहाज-यात्राको निम्ति जोखिमपूर्ण हुन्थ्यो। के तिनीहरूले पावलको असल सल्लाहलाई ध्यान दिए (प्रेरित २७:११)? __________।

पावलको चेताउनीलाई ध्यान दिनुको सट्टा तिनीहरू जाडो काट्नाको निम्ति फोनिक्ससम्म पुग्ने प्रयास गर्ने निर्णय गरे। तिनीहरू फोनिक्सको लागि अघि त बढे, तर तिनीहरू कदापि सफल भएनन्।

भयानक आँधीबेहरी

अचानक उत्तर-पूर्वबाट आँधीबेहरी चल्न थाल्यो (अर्थात् ओइरोक्लूडोन—पद १४)। जहाजलाई तुफानद्वारा भूमध्यसागरको बीचमा लगिनको निम्ति छाडिदिनुभन्दा जहाजका चालकहरूले गर्न सक्ने अरु केही पनि थिएन। तिनीहरू अब भयानक आँधीबेहरीको बीचमा फसिरहेका थिए। धेरै दिनसम्म दिउँसै पनि _______ देखा परेन र रातको समयमा ________ देखा परेन (प्रेरित २७:२०)। जहाजमा हुनेहरूको सबै आ____ नै हरायो (प्रेरित २७:२०) र तिनीहरू आँधीबेहरीमा नाश हुनेछन् र आफ्‍नो जीवन पक्कै पनि गुमाउनेछन् भनी तिनीहरूले ठाने।

पावलको खुशीको खबर

यस आँधीबेहरीको बीचमा परमेश्वर पावलसँग बोल्नुहुँदा, परमप्रभुले के भन्नुभयो (प्रेरित २७:२४)?

  1. हे पावल, सायद तिमी रोममा सिजरका सामु खडा हुनेछैनौ।
  2. हे पावल, सायद तिमी रोममा सिजरका सामु खडा हुनेछौ।
  3. हे पावल, सम्भवतः तिमी रोममा सिजरका सामु खडा हुनेछौ।
  4. हे पावल, तिमी रोममा सिजरका सामु खडा हुनैपर्छ।

पावल उनको गन्तव्यमा सुरक्षित ल्याइनेथिए; अरु को पनि सुरक्षित आइपुग्नेथिए (प्रेरित २७:२४)? ____________________________________________। पावलको कारणले अरु २७५ जना मानिसहरूप्रति परमेश्वर अनुग्रही हुनुभयो! कहिले काहीँ मुक्ति नपाएका मानिसहरूलाई विश्वासीहरूको ठूलै गुण लागेको हुन्छ। यदि केवल दसजना धर्मीजनहरू भइदिएकोभए परमेश्वरले सदोमको पूरै शहरलाई छाडिदिनुहुनेथियो र त्यहाँका मानिसहरूलाई नाश गर्नुहुनेथिएन (उत्पत्ति १८:३२)।

परमेश्वरले भन्नुभएको कुरामा के पावलले विश्वास गरे (प्रेरित २७:२५)?__________। पावलले भने होलान्, “हामी सबै यस आँधीबेहरीमा बाँच्नेछौं भन्ने कुरामा म निश्चित छु। म निश्चित छु किनभने परमेश्वरले नै यसो भन्नुभएको हो!”

पावलले जहाजकाहरूलाई केही खान र अलि ताकतिलो हुन पनि उत्साहित गराए। यी मानिसहरू खाना नखाईकन बसेका कति दिन भइसकेको थियो (प्रेरित २७:३३)?_______________। यदि तपाईं खाना नखाई यति धेरै दिन बस्नुभयो भने के तपाईं कमजोर बन्नुहुन्छ?__________। पावल अग्रसर भए (पद ३५ पढ्नुहोस्)। उनले रोटी लिए र सबैका सामु _____________लाई _____________ चढाए” (पद ३५) र त्यसपछि उनले खाए। के खाना खानु अगाडि प्रार्थना गर्न पावल लजाए यद्यपि उनको सामु मुक्ति नपाएका मानिसहरू थिए? ________। विश्वासीहरूले सधैं खानाको निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ जुन उहाँले हरेक दिन हाम्रो लागि जुटाउनुहुन्छ। मानौं कुनै मानिसले खाना खानु अगाडि परमेश्वरलाई धन्यवाद दिन्छ, अनि खाना नमीठो भयो भनेर गनगन गर्न थाल्छ। उसले प्रार्थना गर्दाहुँदी के ऊ साँच्चै धन्यवादी भएको थियो? जब जहाजकाहरूले पावलले खाएका देखे, तिनीहरू आनन्दित भए र तिनीहरूले पनि खान थाले (प्रेरित २७:३६)!

विश्वासको जहाजमा सुरक्षित

पावल रोमतर्फको जहाजमा थिए। हरेक विश्वासी स्वर्गतर्फ गइरहेका छन्। विश्वासीजन विश्वासको जहाजमा कुनै एउटा यात्रामा छ भन्ने हामी कल्पना गर्न सक्छौं। हरेक विश्वासी स्वर्गतर्फ गइरहेको “विश्वासको जहाज” मा छ। उनी रोममा सुरक्षित पुग्नेछन् भनी परमेश्वरले पावललाई बताउनुभयो। परमेश्वरले उहाँका विश्वासीजनहरू स्वर्ग सुरक्षित पुग्नेछन् भनी बताउनुभएको छ:

परमेश्वरले सबै विश्वासीजनहरूलाई सुरक्षासाथ उनीहरूको स्वर्गीय गन्तव्यमा पुर्‍याउनुहुनेछ! के यसको अर्थ हामीहरू बचाइएका छौं र सुरक्षित छौं भन्दैमा हामीहरूले मूर्खतापूर्ण कार्य गर्न र हामी आफूखुशी जस्तोसुकै तरिकाले जीवन बिताउनसक्छौं? के पावलले जहाजकाहरूलाई यसो भने, “परमेश्वरले तपाईंहरूलाई सुरक्षाको प्रतिज्ञा गर्नुभएको हुनाले, तपाईंहरूले मूर्ख व्यवहार गर्न सक्नुहुन्छ र जहाजबाट बाहिर कुद्न र तपाईंहरूले चाहनुभएको जे सुकै पनि गर्न सक्नुहुन्छ”?

प्रेरित २७:३० मा हामीले जान्यौं कि केही मल्लाहहरू जहाजबाट बाहिर भागेर आफ्‍नो ज्यान जोगाउने प्रयास गरे। तिनीहरूले मूर्खता गरिरहेकाथिए र तिनीहरूलाई जहाजमा भएका अरुहरूको बारेमा चासो थिएन। ३१ पदमा पावलको कडा चेताउनीलाई ध्यान दिनुहोस्: “यिनीहरू जहाजमा रहेनन् भने तपाईंहरू ______________ सक्नुहुन्न।” यस चेताउनीको कारणले तिनीहरू जहाजमै बसे। यस जहाजमा भएका कतिजना मानिसहरू जमिनमा सुरक्षासाथ उत्रे (प्रेरित २७:४४)?_______________।

केही मानिसहरूले भन्लान्, “किनभने मैले मुक्ति पाएको छु र स्वर्ग जाँदै छु, म जसरी चाहन्छु त्यसरी नै जिउन सक्छु। मलाई मनपरे अनुसार म गर्नसक्छु र मलाई मनपरे अनुसार म जिउन सक्छु र परमेश्वरले मलाई स्वर्गमा ल्याउनुहुनेछ नै।” यस्तो तरिकाले जीवन बिताउने मानिसहरू मूर्खतापूर्ण र खतरापूर्ण तरिकाले जिउँदैछन्!

मानौं कुनै मानिस दलदले हिलोबाट निकालिएको छ। के ऊ फेरी त्यहीँ हामफाल्नु हुन्छ त? मानौं कुनै मानिस जलिरहेको घरबाट बाहिर निकालिएको छ। के ऊ फेरि भित्र कुद्नु हुन्छ? मानौं परमेश्वरले एउटा मानिसलाई पापबाट बचाउनुभयो। त्यस मानिसले मुक्ति पाएको हुनाले के ऊ पापमा जिउन थाल्नहुन्छ? “के हामी पापमा लागिरहौं?” (रोमी ६:१) यस प्रश्नको जवाफ के हो (रोमी ६:२)?___________________________

पावलले जहाजमा भएका मानिसहरूलाई बताए कि उनीहरू बाँच्नेछन् र उनीहरू आँधीबेहरीमा जिउँदो रहनेछन्, तर उनीहरू मूर्खतापूर्वक व्यवहार गर्न सक्छन् भनी उनले बताएनन्। सोही प्रकारले, परमेश्वरले विश्वासीलाई ऊ मुक्त छ र ऊ सुरक्षासाथ स्वर्ग पुग्नेछ भनी भन्नुहुन्छ। तरैपनि, ऊ मूर्ख र पापी तरिकाले जिउन र व्यवहार गर्न पाउँछ भनी परमेश्वरले विश्वासीलाई भन्नुहुन्न! जब परमेश्वरले एउटा मानिसलाई पापको हिलो र दुर्गन्धबाट निकाल्नुहुन्छ, त्यो मानिस फेरि हिलोमा हामफालेको उहाँ चाहनुहुन्न! बरु मुक्ति पाएको मानिस चट्टानमा उभिएको उहाँ चाहनुहुन्छ (भजनसङ्ग्रह ४०:१-३)!

ज्यानमारा कि देउता

मेलिटा वा माल्टा टापुमा पावल र उनीसँग भएकाहरूको जहाज भताभुङ्ग भयो (प्रेरित २८:१)। टापुका आदिवासीहरू यस्ता थिए (प्रेरित २८:२ पढ्नुहोस्):

  1. एकदम डरलाग्दा र निर्दयी
  2. एकदम झगडालु
  3. एकदम दयालु
  4. एकदम आदमखोर (तिनीहरू जहाज दुर्घटना भएकालाई खान रुचाउँथे)।

हताश र भिजेका मानिसहरूको निम्ति उनीहरूले तातो आगोको प्रबन्ध गरे।

के पावल आरामले बसे वा के उनले आफैलाई उपयोगी बनाए (प्रेरित २८:३)? ________________________________________। कसरी सहयोगी हात दिनुपर्छ भनी पावल जान्दथे, र उनको यस असल नमुमाबाट हामीले सिक्न सक्छौं। पावलले आगोमाथि झिक्रा राख्दैगर्दा, एउटा विषालु साँ___ उनको हातमा टाँसियो र उनलाई टोक्यो (प्रेरित २८:३)। यो निकै विषालु साँप थियो, र विषको असर प्राय: केही सेकण्डमै सुरु हुन्थ्यो। के येशूले उहाँका प्रेरितहरूलाई यस प्रकारको कुराबाट जोगाउने प्रतिज्ञा गर्नुभएको थियो (मर्कूस १६:१७-१८ पढ्नुहोस्)? _____________।

जब सर्पले पावललाई टोकेको आदिवासीहरूले देखे, तिनीहरूले उनी पक्कै पनि ज्या__________ हुनुपर्छ भनी सोचे (प्रेरित २८:४)। यी मानिसहरूले अवश्य नै कहिल्यै बाइबललाई नदेखेका भए तापनि, तिनीहरू जान्दथे कि ज्यानमाराहरू मृत्युदण्डको योग्यका हुन्छन्! यी आदिवासीहरूले जान्दथे कि पापको न्याय गरिनैपर्छ! तिनीहरू जान्दथे कि _______को ज्याला मृ______ हो (रोमी ६:२३)। तिनीहरूले सोचे कि पावलले सर्पको माध्यमबाट सजाय पाइरहेका थिए, र त्यसैले उनी ठूलै अपराधको दोषी हुनुपर्छ भनी तिनीहरूले विश्वास गरे। उनी ज्यानमारा नै हुनुपर्छ भनी तिनीहरूले विचार गरे!

के तपाईंले कहिल्यै मृत्युदण्डको योग्य हुने किसिमको केही काम गर्नुभएको छ? हामीमध्ये धेरैले नै कहिल्यै पनि कसैको हत्या गरेका छैनौं। हामीले कहिल्यै पनि बैङ्क लुटेका छैनौं। तर के हामीले मृत्युदण्डको योग्य हुने किसिमको काम गरेका छौं (रोमी १:२९-३२ पढ्नुहोस र याद राख्नुहोस् कि “बाबुआमाको आज्ञा नमान्नेहरू” पनि यही सूचीमा समावेश गरिएको छ)?_____________। हामी सबैले __________ गरेका छौं (रोमी ३:२३) र सबै पापीहरू मृ_____ योग्य छन् (रोमी ६:२३)! सुसमाचार यहि हो कि ख्रीष्ट हाम्रा निम्ति ___________ (रोमी ५:८)। उहाँ हाम्रा निम्ति पापरहित बलिको रूपमा मर्नुभयो! हामी बाचौं र हामीसँग अ__________ जी________ होस् भनी उहाँ मर्नुभयो (रोमी ६:२३)।

जब आदिवासीहरूले पावल नमरेको देखे (प्रेरित २८:५-६), तिनीहरूले तुरून्तै आफ्‍नो मन बदले र पावल अवश्य पनि दे______ हुनुपर्छ भनी भने (प्रेरित २८:६)। क्षणभरमै ज्यानमारा ठानिएका पावल देउता ठानिन पुगे! पावलले सायद ती मानिसहरूको विचारलाई सुधार्ने प्रयास गरे होलान्, लुस्त्राका मानिसहरूले उनी देउता रहेछन् भनी सोच्दा उनले गरेजस्तै (प्रेरित १४:८-१५)। पावल अनुग्रहले बाँचेका केवल एक पापी थिए, र त्यस्तो मानिस थिए जसलाई उदेकको तरिकाले प्रयोग गर्न परमेश्वर सक्षम हुनुहुन्थ्यो!

के गर्दैछु भनी परमेश्वर जान्नुहुन्छ! उहाँले कुनै गल्ती गर्नुहुन्न! हामीहरू “सौभाग्य” वा “दुर्भाग्य” द्वारा नभएर असल परमेश्वरद्वारा निर्दिष्ट हुँदछौं! समस्या वा अप्ठ्याराहरूले परमेश्वरलाई उहाँको असल योजना पूरा गर्नबाट रोक्न सक्दैन। खतरापूर्ण आँधीबेहरीले पनि पावललाई परमेश्वरद्वारा निर्धारण गरिएको गन्तव्यमा पुग्नबाट रोक्न सकेन।

परमेश्वरले घटनाहरू घट्न दिनुहुन्छ (समस्याहरू, बाधाहरू, खतराहरू), तर सबै कुराहरू मिलेर हाम्रो निम्ति परमेश्वरले भलाई नै गर्नुहुन्छ भनी हामीले सधैं याद राख्नुपर्छ (रोमी ८:२८)। विश्वासीको जिम्मेवारी भनेको उहाँमा भरोसा गर्नु र उहाँको वचनलाई विश्वास गर्नु हो।

फिलिप्पी १:६ मा हामी देख्दछौं कि एउटा विश्वासी निश्चित हुनुपर्छ कि जुन काम परमेश्वरले शुरु गर्नुभएको छ सो उहाँले पूरा गर्नुहुनेछ। कस्तो काम परमेश्वरले सुरु गर्नुभएको छ? _______________________। यो काम उहाँले कहाँ सुरु गर्नुभएको छ? ___________। के उहाँले यो महान् काम पूरा गर्नुहुनेछ?_________।

आगामी पाठमा परमेश्वरले पावललाई, उनी कैदी भए तापनि, रोमको शहरमा कसरी प्रयोग गर्नुभयो भनी हामी अध्ययन गर्नेछौं!

“यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थी हुनुहुन्छ; किनकि तिनीहरूका निम्ति अन्तर्विन्ति गर्न उहाँ सधैं जीवित रहनुहुन्छ।” (हिब्रू ७:२५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email