Entries by Pradesh Shrestha

माहुरी

रागसेचन परमेश्वरको एउटा उदेकको आश्चर्यकर्म हो जसद्वारा एउटा फूलका परागकण अर्को फूलका अविकसित बीजहरूसित मिलेर विकसित बीजहरू उत्पन्न गर्दछन् जसबाट अझ अरू फूलहरू उत्पन्न हुन्छन्।

माहुरीहरू परागसेचनका प्रमुख इञ्जिनियरहरू हुन्। हामीले देखेका आधा जति सुन्दर फूलहरू हराएर जाने थिए यदि उनीहरू नभएका भए। मह बनाउने माहुरी (honeybee) ले परागकणहरू आफ्‍ना बच्चालाई खुवाउँछ। उसले अन्य किसिमको मौरीले भन्दा धेरै काम गर्छ र अरूले भन्दा बढी इलाका चहार्छ। भमरा (bumblebee) को भन्दा माहुरीका पराग-झोलाहरू उत्तम हुन्छन्। यी झोलाहरू उसका पछाडिका खुट्टाहरूमा दह्रिलो झूसका पङ्ति-पङ्तिले बनेका हुन्छन्। यी रौंका बीच महले भिजाइएका परागकणहरू टनाटन खाँदेर माहुरीले १ लाख कण भएको परागको डल्लो जम्मा पार्न सक्छ जुनचाहिँ ६ मिलीमिटर सम्म ठूलो हुन सक्छ।

माहूरीहरू यति छिटो काम गर्छन् कि हामीलाई छक्क लाग्छ। आफ्‍नो नाक एउटा फूलदेखि अर्को फूलभित्र घुसाउँदै माहुरीले एक मिनेटमा ३० ओटा जति फूलमा परागसेचन गराउन सक्दछ!

सामान्यतया माहुरीहरूले एउटा यात्रामा एउटै मात्र किसिमको फूलबाट जम्मा गर्ने गर्छन्। जस्तै, उस्तै खालको बैजनी रङ्गका दुई फरक-फरक फूलहरू नजिक-नजिक फूलिरहेको ठाउनेर आएर माहूरीहरू हावामा एकअर्कासित झण्डै-झण्डै ठोकिन पुग्लान् तर गलत फूलको परागकणलाई छुन भने एउटै माहूरी पनि जाँदैन।

कसले सिकायो यी माहुरीलाई? कुन किताब पढे होलान् तिनले? कहाँको स्कूलमा पढे तिनीहरू? उनीहरूलाई कसैले सिकाएन। उनीहरूले कहिल्यै सिकेका होइनन्। जन्मँदा नै उनीहरूभित्र यस्तो ज्ञान लिएर आए। उनीहरूले खास रोज्न सक्दैनन्। सुरुबाटै उनीहरूको निम्ति जे उद्देश्य र योजना थियो त्यसैलाई पूरा गर्न  उनीहरू खुशी छन् र त्यसैमा सन्तोष मान्छन्।

तर प्रिय मित्र, तपाईं माहूरीभन्दा फरक हुनुहुन्छ। तपाईंको एउटा उद्देश्य छ तर उक्त योजना र उद्देश्य पूरा गर्न सक्न तपाईं जन्मनुहुँदा त्यो ज्ञान लिएर आउनुभएन। तपाईंले रोज्नुपर्छ। परमेश्वरले मानिसको निम्ति यस्तो योजना गर्नुभयो र उद्देश्य राख्नुभयो कि मानिसहरू उहाँजस्तै होऊन्। यसको माने तिनीहरूले आफ्‍ना भावना, विचार र इच्छाको प्रयोगद्वारा मानिसहरूले परमेश्वरलाई प्रतिबिम्बित गर्नुपर्छ र उहाँलाई दर्शाउनुपर्छ।

हामीले परमेश्वरको विरोधमा विद्रोह गरेर, हाम्रा आफ्‍नै इच्छाहरूलाई, आफैलाई र शैतानलाई दर्शाएर, हामीले परमेश्वरको स्वरूपलाई बिगारेका छौं अनि यसको परिणामस्वरूप संसार पाप र दुष्टता, रोगबिमार, दु:खकष्ट, र मृत्युले भरिएको छ। हामीले आफ्‍नो उद्देश्यलाई पूरा गरेका छैनौ अनि त्यसैले गर्दा हो हामीसित आनन्द र सुन्तुष्टि छैन।

तर परमेश्वरले आफ्‍नो पुत्रलाई पठाउनुभयो। उहाँ मानिसको शारीरिक स्वरूपमा आउनुभयो तर उहाँ अदृश्य परमेश्वरकै स्वरूप हुनुहुन्थ्यो, सिद्ध रूपमा उहाँलाई दर्शाउनुभयो र हामीले बिगारेको स्वरूपलाई ठीकठाक पार्न आउनुभयो। परमेश्वरको चिन्ने ज्ञानद्वारा मात्र हामीले हाम्रो उद्देश्य पूरा गर्न सक्छौं। अनि येशू ख्रीष्टद्वारा मात्र हामीले परमेश्वरलाई चिन्न सक्छौं।

अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून् — अनन्त जीवन यही हो” (यूहन्ना १७:३)

प्रभु येशू ख्रीष्टलाई आफ्‍नो मुक्तिदाता र प्रभु भनेर विश्वास गरेर तपाईंले आफ्नो उद्देश्य पूरा भएको पाउनुहुनेछ र आनन्द पाउनुहुनेछ।

“प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ” (प्रेरित १६:३१)

“न ता अरू कसैमा मुक्ति छ; किनभने स्वर्गमनि मानिसहरूको बीचमा अरू कुनै नाम दिइएको छैन, जसद्वारा हामीले मुक्ति पाउनुपर्दछ” (प्रेरित ४:१२)

Translated and published with permission from bibleline.org

माहुरी

बालबालिका विशेष

हाबिल एक विश्वासका वीर

हाबिलको संसार बेग्लै थियो। उसका बाबुआमा अदनको बगैंचारूपी स्वर्गलोकमा बसेका थिए जहाँ कुनै कुराको कमी थिएन, कुनै किसिमको चिन्ता फिक्री थिएन। सबै कुरा राम्रो थियो। त्यहाँ कुनै समस्या वा कठिनाइ थिएनन्। तर अब, बगैंचादेखि बाहिर, त्यहाँ काँडा र लोहोंडेहरू थिए, पीडा र कष्ट थियो, कठिन परिश्रम र पसिना थियो। अवश्य नै त्यो बगैंचामा जीवन कस्तो थियो होला भन्ने बारेमा हाबिलसित धेरै प्रश्नहरू हुन्थे। त्यहाँ दिउँसोको शीतल क्षणमा परमेश्वर आदम र हव्वासित भेट गर्नुहुन्थ्यो। अब त उनीहरू परमेश्वरदेखि अलग भएका थिए। उनीहरूले उहाँसित खुल्लासित कुरा गर्न सक्दैनथे। उनीहरूले आफ्‍नो सम्बन्ध गुमाएका थिए। उनीहरू पापी भएकाले परमेश्वरको नजीकमा जान सक्दैनथे। उनीहरू आत्मिक रूपमा मरेका थिए। किनकि पापको ज्याला मृत्यु हो, परमेश्वरदेखि अलग हुनु हो। अब त परमेश्वरको नजीकमा पुग्न उनीहरूले एउटा पशुको बलिदान ल्याउनुपर्थ्यो। हाबिलले आफ्‍नै आँखाका सामु उसका बाबु आदमले एउटा पशुको बलिदान चढाएको देख्न सक्थ्यो। त्यो पशु आदमको सट्टामा मरेको हुन्थ्यो जब कि आदम मर्नुपर्नेथ्यो।

हाबिल समझमा बढ्दै गयो र उसले पनि आफू परमेश्वरबाट अलग भएको, मृत्युदण्ड पाउन योग्य पापी हुँ भन्ने कुरा महसुस गर्‍यो। उसलाई यो पनि थाहा भयो कि केवल परमेश्वरले मात्र उसको समस्या समाधान गर्न सक्नुहुन्छ। ऊ परमेश्वरकहाँ परमेश्वरकै उपायअनुसार आउनुपर्छ ठीक जसरी उसका बुबा आएका थिए। आदमले उसलाई परमेश्वरको बारेमा सिकाएका सत्यतालाई हाबिलले विश्वास गर्‍यो। प्राणको निम्ति प्राण दिएर तिर्नुपर्छ। त्यसैले विश्वासैद्वारा हाबिल आफ्‍नो बगाल भएको ठाउँमा गयो (किनकि ऊ एक गोठालो थियो) र उसले बगालको एउटा पाठो लियो र त्यसलाई परमेश्वरकहाँ बलिदान चढायो। त्यसको रगत बहाउँदा उसले यो स्वीकार गर्‍यो कि ऊ त्यो मृत्युदण्ड पाउन योग्य छ। हाबिलले आफ्‍नो बारेमा र आफ्‍नो पापको बारेमा र एउटा बलिदानको आवश्यकताको बारेमा, एउटा प्रतिस्थापक र मुक्तिदाताको बारेमा परमेश्वरलाई विश्वास गर्‍यो। अनि परमेश्वर हाबिलको विश्वाससित खुशी हुनुभयो। हाबिलले क्षमा पायो।

अब हाबिलको एकजना कैन नाम गरेको दाजु थियो। कैनलाई पनि आफ्‍नो पापको निम्ति एउटा बलिदान र प्रतिस्थापक चाहिन्छ भनेर थाहा थियो। प्राणको निम्ति तिर्न प्राणै चाहिन्छ भनेर उसलाई थाहा थियो तर एउटा पशु ल्याउनुको सट्टा र त्यसको प्राणको रगत बहाउनुको सट्टा कैनले उसले आफ्‍नो खेतबारीबाट आफ्‍नै हातका कामहरूबाटको उब्जनी ल्यायो (किनकि ऊ एक किसान थियो)। निश्चय नै उसले सबैभन्दा उत्तम फलफुल र सागसब्जी छान्यो तर ती उनकै उत्पादनका कुरा थिए। ती कुराले मृत्युद्वारा उसको प्राणको निम्ति तिर्न सक्दैनथे। परमेश्वर कैनको बलिदानसित खुशी हुन सक्नुहुन्नथ्यो। तिनमा जीवनको रगत थिएन। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

संसारमा भएका सबै मानिसहरू यी दुईजना दाजुभाइ जस्तै छन्। किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुन गएका छन् (रोमी ३:२३)। हामी हरेकलाई एकजना मुक्तिदाताको खाँचो छ, अर्थात् परमेश्वरको विरुद्धमा हाम्रा पापको समस्याको निम्ति समाधानको उपायको खाँचो छ। जोहरू परमेश्वरको उपायअनुसार आउँछन् अर्थात् आफ्‍नो बारेमा, पापको बारेमा र मुक्तिदाताको बारेमा परमेश्वरको वचनलाई विश्वास गर्दै आउँछन्, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दै आउँछन् उनीहरूलाई परमेश्वरले ग्रहण गर्नुहुन्छ, उनीहरूले पापको क्षमा र अनन्त जीवन पाउँछन् किनकि येशू नै संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा वा पाठो हुनुहुन्छ किनभने त्यसैका लागि उहाँले क्रूसमा आफ्‍नो रगत बहाउनुभयो र मर्नुभयो र चिहानबाट बौरेिउठ्नुभयो। तर जोहरूले आफ्‍नै कामहरू, असल कामहरू, धर्मकर्महरू आदि चढाउँछन् उनीहरूलाई ग्रहण गरिँदैन र उनीहरूले पापको क्षमा पाउँदैनन्, अनन्त जीवन पाउँदैनन् तर उनीहरू अनन्त मृत्युमा जान्छन् (परमेश्वरबाट अलग हुन्छन्)। रगत नबगाईकन पाप-क्षमा हुँदैन (हिब्रू ९:२२)।

विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कैनको भन्दा उत्तम बलिदान चढाए, जसद्वारा तिनी धर्मी रहेछन् भन्ने गवाही तिनले प्राप्त गरे। परमेश्वरलै नै तिनका दानहरूको विषयमा गवाही दिनुभयो; र यसैद्वारा तिनी मरे तापनि अझै बात गर्दछन्। हिब्रू ११:४

चमेराको अँध्यारो संसार

मेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।उसले यो पत्ता लगायो कि तिनीहरूका आँखामा पट्टी लगाइँदा समेत चमेराहरू धागै-धागोको जञ्जाललाई एउटै धागो नछोईकन सजिलै पार गर्न सक्छन्। पछि वैज्ञानिकहरूले यो पत्ता लगाए कि चमेराहरूले एउटा उच्च फ्रिक्वेन्सीको ध्वनि प्रसारण गर्छन् जसलाई मान्छेको कानले चाल पाउन सक्दैन। यी ध्वनिका तरङ्गहरू वस्तुहरूमा ठक्कर खाएर फर्कँदा चमेरोले त्यसलाई सुन्दछन्। उक्त ध्वनि फर्केर आउन लाग्ने समयको आधारमा चमेरोले उक्त वस्तुको दुरीलाई निधो गर्छ। (यही सिद्धान्तमा रेडारले काम गर्छ केवल रेडारले ध्वनिको तरङ्ग नभएर रेडियो तरङ्गहरूलाई प्रयोग गर्दछ।)

प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएका हामीहरू पनि एउटा अँध्यारो संसारमा हिँडडुल गरिरहेका छौं। यो संसार पाप र खराब कामहरूले भरिएको संसार हो। यो यस्तो संसार हो जो परमेश्वरदेखि अलग्गिएको छ र परमेश्वरको इच्छा विपरीत हिँडिरहेको छ। आज मानिसहरू आफ्‍नै इच्छाअनुसार कामकुरा गर्छन् र परमेश्वरलाई बेवास्ता गर्छन्। उनीहरूले परमेश्वरलाई चिन्दैनन् र चिन्न पनि चाहँदैनन्। उहाँलाई चिन्ने र उहाँलाई अझ चिन्न चाहने हामीहरूका निम्ति एउटा निर्देशन प्रणालीको खाँचो छ। हाम्रा साधारण देख्न सक्ने क्षमता र छुन सक्ने क्षमता र सुन्न सक्ने क्षमताहरू हामीलाई परमेश्वरको धार्मिकताका मार्गहरूमा डोर्‍याउनलाई पर्‍याप्त छैनन्। परमेश्वरले हामीलाई अर्कै उपाय दिनुभएको छ।

परमेश्वरले उहाँको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास अथवा भरोसा राख्ने पापी व्यक्तिभित्र आफ्‍नो पवित्र आत्मा हालिदिनुभएको छ। पवित्र आत्मा परमेश्वरले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ र खाँचो परेको समयमा सहायताको निम्ति परमेश्वरलाई पुकार्न सघाउनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “मलाई पुकार, र म तिमीलाई जवाफ दिनेछु,” (यर्मिया ३३:३) “सङ्कष्टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाइ गर्नेछौ” (भजनसङ्ग्रह ५०:१५)। विश्वासी जनहरूको एउटा रेडार प्रणाली छ जसद्वारा उनीहरूले आफ्‍ना प्रार्थनाहरू स्वर्गतिर प्रसारण सक्छन् र तिनका सुनाइ हुन्छन् र उनीहरूले त्यसका जवाफ पनि फिर्ता पाउँछन्।

भरोसा गर्ने विश्वासी जनका लागि जीवनमा आइपर्ने समस्या र बाधाहरू कठिन हुँदैनन्। परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, “आफ्‍नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्‍नै समझमाथि भर नपर! आफ्‍ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ।” (हितोपदेश ३:५-६)।

प्रिय मित्र, के परमेश्वरसित तपाईंको यस्तो सम्बन्ध छ?

के तपाईंले उहाँलाई चिन्नुहुन्छ?

विकासवादको परिचय

विकासवादको परिचय भाग १

  1. डार्विनवादलाई खण्डन गर्न सक्न वैज्ञानिक हुनुपर्दैन।

बाइबल विश्वास गर्ने व्यक्ति वैज्ञानिकहरूदेखि डराउनुपर्दैन।

रिडर्स डाइजेस्ट (Reader’s Digest) को विज्ञान तथा प्रविधिका भूतपूर्व सम्पादक डा० लोवेल पोन्ट (Dr. Lowell Ponte) ले हामीलाई यो सम्झना गराउँछन् कि वैज्ञानिकहरू ईश्वरहरू होइनन् यद्यपि उनीहरू केहिलेकाहीँ आफूहरू ईश्वरहरू भएझैं ठान्छन्:c

“वैज्ञानिकहरू भट्टिको पियक्कडभन्दा बढी जान्कार हुँदैनन् यदि विषयवस्तु उनीहरूको दखलको साँघुरो क्षेत्रभन्दा बाहिरको पर्‍यो भने। वास्तवमा धेरैपटक उनीहरू भट्टिको पियक्कडभन्दा मूर्ख हुन्छन् किनकि वैज्ञानिक अधिकारी भएकाले उनीहरू यस्तो धारणाले कतिपटक उन्मत्त हुन्छन् कि उनीहरू एउटा विषयमा विज्ञ भएकाले उनीहरूसित सबै विषयहरूमा ईश्वरहरूको जस्तै अधिकारले बोल्ने अधिकार हुन्छ” (Dr. Lowell Ponte, “Science Wars,” FrontPage Magazine, Feb. 27, 2004).

डार्विनवादको सवालमा कानून प्राध्यापक फिलिप जोनसन (Phillip Johnson) ले गरेको आलोचना सही छ: 

“विकासवादजस्तो चौडा विषयसित व्यवहार गर्नुपर्दा वैज्ञानिक हुनु आफैमा फाइदा नहुन सक्छ किनकि विकासवादको प्रसङ्गले विज्ञानका धेरै हाँगाबिगालाई छुन्छ र साथै यसमा दार्शनिक मुद्दाहरू समेत मुछिएका छन्। आफ्‍नै क्षेत्रमा तल्लीन वैज्ञानिकहरू स्वभावैले आफ्‍नै क्षेत्रमा एकदमै सीमित हुने गरी विशेषज्ञ बनेका हुन्छन् अनि एउटा वैज्ञानिक उसको दखलको क्षेत्रभन्दा बाहिर केवल अर्को सामान्य मान्छे बराबर हुन्छ” (Phillip Johnson, Darwin on Trial, p. 13)

हामीले यो कुरा नबिर्सौं कि ईश्वरीय सत्यता शक्तिशालीलाई नभएर कमजोरलाई प्रकट गरिएको छ (मत्ती ११:२५; १ कोरिन्थी १:२६-२८)। अझ, समझ भएको “गरिब” ले “धनी मानिस” लाई जाँच्न सक्छ जो आफ्‍नै दृष्टिमा बुद्धिमान् छ (हितोपदेश २८:११)।

विश्वासीसित उसले विकासवादको मतलाई जाँच्न उसलाई चाहिने सबै कुरा छ: हामीसित परमेश्वरको वचन छ (२ तिमोथी ३:१६-१७) र हामीसित परमेश्वरको आत्मा हुनुहुन्छ (१ यूहन्ना २:२७)।

प्रत्येक दर्शनशास्त्र (philosophy, सिद्धान्तशास्त्र वा तत्त्वशास्त्र) लाई यही कसीमा जाँचिनुपर्छ (२ कोरिन्थी १०:५; कलस्सी २:८; १ तिमोथी ६:२०-२१)।

सामान्य ज्ञान (common sense) ले विकासवादको हरेक पाटोलाई खण्डन गर्दछ। जस्तै, विचार गरौं, जथाभावी हुने वंशानुगत उत्परिवर्तन (random genetic mutation) हरूद्वारा विकास हुन्छ भन्ने विकासवादी धारणा। जीवनमा कुनै पनि कुरा यसरी हुने गर्दैन। कुनै लेखोटलाई लिऊँ। जस्तै, उत्पत्ति अध्याय १ लाई। जथाभावी टाइप गरेर यो कहिल्यै सृजना हुन सक्दैन। अनि यदि कुनै लेखोटमा जथाभावी परिवर्तनहरू गरिए भने त्यसको नतीजा सधैं नै एउटा अझ विकसित लेखोट नभएर विकृत लेखोट हुन जान्छ। स्पेस शटल (space shuttle) जस्तो एउटा अन्तरिक्ष यानलाई विचार गरौं। त्यसका २० लाख पार्टपूर्जा हुन्छन् (तरैपनि त्यो कुनै एक-कोषीय ब्याक्टेरिया भन्दा ज्यादै सरल रचना हो)। जथाभावी अन्धा परिवर्तनहरू गरेर त्यस्तो यान कहिल्यै सृजना गर्न सकिन्न नता निर्मित यानलाई अझ विकसित बनाउन सकिन्छ। जटिल वस्तुहरू जथाभावी आकस्मिक घटनाहरूले निर्माण हुने गर्दैनन्। खास भन्नुपर्दा, विकासवादको मुद्दा “रकेट साइन्स” जस्तो गाह्रो विषय होइन!

  1. सृष्टि विज्ञानका सामग्रीका फाइदाहरू

सृष्टि विज्ञानका सामग्रीहरू परमेश्वरका जनहरूलाई शैतानका झूटहरूको विरुद्धमा मज्बुत पार्न असाध्य उपयोगी छन्, विशेष गरी युवाहरूलाई। तीतस १:९-११ ले यो बताउँछ कि झूटा शिक्षकहरूका मुखहरू बन्द गर्नलाई प्रचारकहरू र शिक्षकहरू आवश्यक हुन्छन्। सृष्टि विज्ञानका सामग्रीको पहिलो उद्देश्य यही हो। डार्विनवादलाई रद्द गर्न सकिन्छ किनकि यसलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाणहरू छैनन् भनेर युवाहरूले यो देख्न खाँचो छ।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्लेषणात्मक विचार शैली र खाँटी तर्कज्ञान सिकाउँछ। हिब्रूका लेखकले यो बताउँछन् कि आत्मिक र नैतिक ज्ञानेन्द्रियहरूलाई अभ्यासद्वारा तालीम दिइनुपर्छ (हिब्रू ५:१४)।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्वासीको हृदयलाई सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वरको नजिक लान्छ र उसलाई उहाँको चरित्र र सामर्थ्यका पाठहरू सिकाउँछ। रोमी १:२०

सृष्टि विज्ञानका सामग्रीहरू सुसमाचार प्रचार कार्यमा उपयोगी हुन्छन्।

  1. बाइबललाई विश्वास गर्न सकिँदैन भन्ने भ्रमदेखि होशियार हुनुहोस्।

आफ्‍नो विश्वासलाई बाइबलमा लगाइराख्नेहरू कहिल्यै निरुत्साहित भएका छैनन्।

सन् १८५९ मा डार्विनले On the Origin of Species प्रकाशन गरेको समयलाई विचार गरौं। एफ सी बउर (F. C. Baur) जस्ता सन्देहवादीहरूले नयाँ नियम त्यसका घटनाहरू घटेको एक शताब्दि वा त्यसभन्दा पछि लेखिएको हो अनि त्यो पुस्तौंसम्म मुखको बोलीबाट हस्तान्तरण हुँदै आएका किंवदन्तीहरूमा आधारित लेखोट हो भन्ने दाबी गरे। सन्देहवादीहरूले प्रेरितको पुस्तक ऐतिहासिक त्रुटीहरूले भरिएको छ भनेर दाबी गरे। उनीहरूले यो दाबी गरे कि मोशाले बाइबलका सुरुका पुस्तकहरू लेखेका होइनन् किनकि उनको समयमा लिपिको ज्ञान पर्याप्त रूपमा विकास भएको थिएन।

तर वास्तवमा यी आलोचनात्मक धारणहरू पो किंवदन्ती वा भ्रम ठहरिए र बाइबल सप्रमाणित भयो। बाइबलमा भरोसा कायम राख्नेहरू सही ठहरिए।

नयाँ नियमको मितिको सम्बन्धमा र प्रेरितको पुस्तकका ऐतिहासिक त्रुटीहरूको सम्बन्धमा उठेका आलोचनात्मक धारणाहरू प्रख्यात पुरातत्त्वविद विलियम राम्से (William Ramsay) र अरूहरूद्वारा निर्णायक रूपमै रद्द गरिए। लिपिको सवालमा पुरातत्त्विदहरू अब जान्दछन् कि यो कम्तिमा ईपू ३१५० तिर विकास भएको थियो अनि हामीले व्यक्तिगत रूपमा यसको प्रमाण धेरैओटा प्रख्यात पुस्तकालय र म्यूजियमहरूमा देखेका छौं। त्यो भनेको मोशाभन्दा १५०० वर्ष अगाडिको कुरा हो र यसले हामीलाई बाइबलीय कालक्रम (chronology) अनुसार आदमकै जीवनकालसम्म पुर्‍याउँछ।  १९ औं शताब्दिको पछिल्लो समयदेखि पुरातत्त्विदहरूले यो आविष्कार गरे कि मिश्र र मेसोपोटामियाका प्राचीन राज्यहरू साक्षार समाजहरू थिए जहाँ पाठशाला र पुस्तकालयहरू थिए। ऊगारित, मारी, ऊर, एब्ला, निप्पूर, नीनवे र अन्य ठाउँहरूमा पुस्तकालयहरू उत्खनन गरिएका छन्। पाठकले यस विषयमा “बाइबलका पुरातात्त्विक रत्नहरू” शीर्षक यूट्यूब भिडियोबाट थप जानकारी पाउन सक्नुहुन्छ (https://www.youtube.com/watch?v=eSFik5oCcbg)।

सन्देहवादीहरू गलत मात्र थिएनन्, उनीहरू अत्यन्तै गलत थिए।

तरैपनि कैयौं मानिसहरू “बाइबललाई विश्वास गर्न सकिन्न” र “विकासवाद सत्य हो” भन्दै अनन्ततामा गएका छन्।

आर्थर कीथ (Arthur Keith) को दु:खद उदाहरणलाई विचार गर्नुहोस्। ऊ २० औं शताब्दिको सबैभन्दा चर्चित शरीरविज्ञान विशेषज्ञ (anatomist) थियो तर ऊ पिल्टडाउन भ्रम (Piltdown Hoax) ले ठगियो। उसको किताब Antiquity of Man ले पिल्टडाउनलाई सर्वोत्कृष्ट मिसिङ लिङ्क (missing link) को रूपमा मान्यता दियो। आफ्‍नो जीवनीमा कीथले आफू सुसमाचार प्रचार सभाहरूमा गएको र ख्रीष्टलाई झण्डै ग्रहण गर्न लागेको तर उत्पत्तिको सृष्टिको विवरण किंवदन्ती भनेर प्रमाणित भएको उसलाई लागेकोले आफूले सुसमाचारलाई इन्कार गरेको कुरा बताउँछन् (Melvin Bubenow, Bones of Contention, p.59)। वास्तवमा किंवदन्ती खास विकासवाद थियो अनि कीथले त्यसको भरमा आफ्‍नो अनन्त आत्माको जुवा खेल्यो। सन् १९५३ मा उसले पिल्टडाउन झूटो साबित भएको जानकारी पायो तर त्यसबेलासम्ममा ऊ मानवीय बुद्धिवाद (humanistic rationalism) मा डुबिसकेको बूढो मानिस भइसकेको थियो र “ख्रीष्टियन विश्वासको उल्लेख्य विरोधी” थियो। हामीलाई थाह भएसम्म ऊ त्यही धारणा लिएर मर्‍यो। उसले बाइबलका प्रमाणहरूलाई अझ बढी होशियारपूर्वक र प्रार्थनापूर्वक खोजी गर्नुपर्थ्यो। बाइबलका आलोचकहरूले र विकासवादीहरूले सिकाएका कुरालाई ग्रहण गर्न ऊ ज्यादा तत्पर हुनुहुँदैनथ्यो। यो विषय अत्यन्तै गम्भीर छ।

निरन्तर बदलिरहने अप्रमाणित “सिद्धान्तहरू” को भरोसामा म आफ्नो अनन्त गन्तव्यलाई सुम्पन अस्वीकार गर्दछु। विश्वभरिका वैज्ञानिकहरूले विकासवादलाई साँचो मानोस् (हुन त कतिले मान्दैनन्), म मतलब राख्दिनँ। उनीहरूको मतलाई समर्थन गर्न उनीहरूले वास्तविक प्रमाण प्रस्तुत गर्नुपर्छ। यो उनीहरूले कहिल्यै गरेका छैनन्।

  1. विकासवाद एउटा “सिद्धान्त” (theory) होइन।

विकासवादलाई एउटा सिद्धान्तको संज्ञा दिनदेखि हामी होशियार छौं। किनभने विकासवाद एउटा वैज्ञानक सिद्धान्त (theory) वा अवधारणा (hypothesis) समेत कहलिन योग्य छैन।

“वैज्ञानिक सिद्धान्तहरूमा गणितीय नमुना निर्माण गर्ने काम (quantitative modeling), अनुसन्धनात्मक तथ्याङ्कहरू (experimental data), पूर्वानुमान (prediction) लगायत अवलोकन (observation) द्वारा बारम्बार प्रमाणीकरण (repeated validation) समावेश हुन्छन्। विकासवादको दर्शनशास्त्र / कथाको कुनै पनि पाटोमा “सिद्धान्त” (theory) भन्ने कुरा छैन। प्रथम प्रोटीनको निर्माणको, पहिलो डिएनएको निर्माणको, पहिलो कोषका उपसंरचनाहरू (substructures) को निर्माणको, पहिलो कोषको निर्माणको, बहुकोषीय प्राणीहरूको निर्माणको, जाति-जातिबीचको रूपान्तरण (transition) को, इत्यादि कुनै सिद्धान्त छैन। केवल कथाहरू मात्र छन्। त्यहाँ कुनै वंशानुगत तथ्याङ्क छैन, उत्परिवर्तनहरू (mutations) र प्राकृतिक छनोट (natural selection) ले नयाँ, जटिल तन्तुहरू, अङ्गहरू वा प्राणीहरू पैदा गरेको अवलोकनको एउटै उदाहरण छैन। साथै विकासवाद एउटा अवधारणा (hypothesis) पनि होइन जुन भनेको अवलोकन गरिएका तथ्यहरूको एउटा तर्कसङ्गत व्याख्या हो जुनचाहिँ अनुसन्धनात्मक तथ्याङ्कहरू र विश्लेषणको प्रयोग गर्दा जानिएका भौतिक नियमहरूसित मेल खान्छन्। जब एउटा अवधारणालाई फराकिलो तवरले विभिन्न परिस्थितिहरूमा बारम्बार परीक्षण गरिँदा त्यो खडा रहिरहन्छ तब त्यसबाट एउटा सिद्धान्तको उदय हुन्छ। विकासवाद दुवै शब्दावलीको अयोग्य छ। विकासवाद वैज्ञानिक समर्थन बिनाको, केवल एउटा दार्शनिक, अझ एउटा धार्मिक धारणाको रूपमा योग्य छ जसले बाइबलीय सत्यतालाई कथाहरूद्वारा विस्थापन गर्ने उद्देश्य बोकेको छ” (David Stone, Ph.D. physics, e-mail to author, August 21, 2011)।

  1. विकासवादको प्रमाण यति पातलो छ कि धेरैजना धर्मनिरपेक्ष वैज्ञानिकहरूले समेत यसलाई विश्वास गर्दैनन्।

न्यू योर्क अकाडेमी अफ साइन्सेज (New York Academy of Sciences) को गणितीज्ञ र अनुसन्धानकर्ता आइ० एल० कोहेन:

“…विकासवादले प्रतिपादन गरेको एक-एक धारणा (त्यसलाई पछिबाट जतिसुकै सच्च्याइए तापनि) काल्पनिक छ र त्यसलाई माइक्रोबायोलोजी, जीवाश्महरू र गणितीय सम्भावना (mathematical probability) का धारणाहरूले समर्थन गर्दैनन्। डार्विन गलत थियो। … विकासवाद विज्ञानकै सम्भवत: सबभन्दा ठूलो भूल हो” (Cohen, Darwin Was Wrong: A Study in Probabilities, 1984, pp. 209,210)।

प्रिन्सटन यूनिभर्सिटी (Princeton University) बाट दर्शनशास्त्रमा डाक्टर उपाधिप्राप्त र कोलम्बिया यूनिभर्सिटी (Columbia University) बाट गणीत र जीवशास्त्रमा पोस्टडक्टरल अध्ययन पूरा गरेको डेविड बर्लिन्स्की (David Berlinski):

“जीवनका संरचनाहरू जटिल छन् अनि यस मनुष्य संसारमा जटिल संरचनाहरू बनाइने भनेको सुनियोजित ढङ्गको योजनावद्ध प्रकृयाद्वारा हो। एउटा सियो अस्तित्वमा ल्याउन पनि बुद्धिको एउटा क्रिया चाहिन्छ; जीव बनोटहरू किन अन्य तरिकाले आउँथे र? … धेरै वर्षसम्म जीवशास्त्रीहरूले सन्देहवादलाई विकासवादी धारणाको परिधिमा राखिराख्न सफल भए जहाँ जीवाश्मविदहरू (paleontologists), जीव-वर्गीकरणविदहरू (taxonomists) र दर्शनशास्त्रीहरू रुमलिरहन्छन्। तर आलोचनाको आगो जल्दै-जल्दै आएर उक्त परिधि अब साँघुरो हुँदैछ, डार्विनमतको मुटुको झन् झन् नजिकिँदैछ” (The Deniable Darwin, June 1, 1996)।

न्यूजिल्याण्डको यूनिभर्सिटी अफ ओटागो (University of Otago) को परमाणविक जीवशास्त्रका वरिष्ठ अन्वेषणकर्ता र लण्डनको किङ्ग्स कलेज (King’s College) बाट डाक्टर उपाधिप्राप्त माइकल डेन्टन (Michael Denton):

“विकासवादसित मेरो मूल समस्या यो हो कि त्यहाँ यति धेरै अति नै जटिल अङ्गहरू, प्रणालीहरू र बनोटहरू छन्, एउटा चराको फोक्सोको स्वभावदेखि लिएर रक लब्स्टरको आँखासम्म, जसको सम्बन्धमा म यो कल्पना गर्न सक्दिनँ कि कसरी यी कुराहरू जथाभावी भएका परिवर्तनहरू थुप्रिएर हुन आए। जथाभावी भएका स-साना परिवर्तनहरूको सञ्चयद्वारा यी सबै कुराहरू निर्माण भएको हो भन्ने कुरा निल्नु भनेको सामान्य ज्ञान (common sense) लाई घोर रूपमा अस्वीकार गर्नु हो भन्ने कुराले म प्रभावित छु। यो त सरासर अर्थहीन दाबी हो विशेष गरी अधिकांश कुराहरूको सवालमा जसको विषयमा कसैले पनि त्यो कसरी आयो भनेर एउटा मान्न सकिने व्याख्याको विचार पनि गर्न सक्दैन। अनि यो नै एउटा ज्यादै गम्भिर प्रश्न हो जसलाई सबैले आँखा चिम्लिन्छन्, सबैले नदेखे जस्तै गर्छन् र सबैले मानौं बढारेर खाटमुनि लुकाउन खोज्छन्” (“An interview with Michael Denton,” Access Research Network, Vol 15. No. 2, 1995; the interview was produced in conjunction with the University of California and was first in a series of interviews with noted scientists and educators entitled Focus on Darwinism)।

एपिजेनेटिक्स शीर्षक गरेको किताब (Epigenetics: A Treatise on Theoretical Biology and The Phylogeny of Vertebrata) का लेखक स्वीडेनका जीवशास्त्री सोरेन लभट्रप:

“म यो विश्वास गर्दछु कि एक दिन डार्विनवादी किंवदन्तीलाई विज्ञानको इतिहासमा सबैभन्दा ठूलो धोकाको दर्जा दिइनेछ” (Darwinism: The Refutation of a Myth, 1987)

कोलम्बिया यूनिभर्सिटीबाट गणीतमा डाक्टर उपाधिप्राप्त र एमआइटी, यूसीएलए र ओरिगन स्टेट यूनिभर्सिटीमा गणीतका प्राध्यापक वोल्फग्याङ्ग स्मीथ (Wolfgang Smith):

“कुरा यो छ कि विकासवादको मतले संसारलाई बाढले झैं लगेको छ, त्यसको वैज्ञानिक मर्यादाको बलले होइन तर अल्पसङ्ख्य‍कद्वारा मात्र बुझ्न सकिने एउटा किंवदन्ती (gnostic myth) को हैसियतले। भन्नुपर्दा यसले यो दाबी गर्छ कि जीवहरूले आफैलाई सृष्टि गरे, जो भनेको, निचोडमा, एउटा आध्यात्मिक (metaphysical) दाबी हो। … यसरी आखिरमा विकासवाद साँच्ची नै वैज्ञानिक भेषमा आभूषित एउटा आध्यात्मिक मत हो” (Teilhardism and the New Religion, p.24)

लण्डनस्थित म्यूजिअम अफ न्याचूरल हिस्ट्री (Museum of Natural History) को वरिष्ठ जीवाश्मविद कोलीन प्याटरसन (Colin Paterson):

“एउटै मूलबाट जीवहरू आए भन्ने विकासवादी अवधारणाको व्याख्यात्मक मूल्य भनेको शून्य छ! विकासवादले केवल कुनै ज्ञान प्रदान नगर्ने मात्र होइन यसले अज्ञानता प्रदान गर्दछ। यो कसरी सम्भव भयो कि मैले दस-दस वर्ष विकासवादको क्षेत्रमा काम गरें तरैपनि मैले एउटै कुरा त्यसबाट सिक्न सकिनँ? यस कोठामा हुनुहुनेहरूमध्ये धेरैजसोले यो कुरा स्वीकार गर्नुपर्छ कि गत दस वर्षको अवधिभित्र विकासवादको आधार तथ्यहरूबाट विश्वासमा सरेको छ! हेर्दा यस्तो पक्कै पनि देखिन्छ कि विकासवादको विषयमा ज्ञानको तह उल्लेख्य रूपमा न्युन छ। केवल हामी यति जान्दछौं कि यसलाई स्कूलमा पढाइनुहुँदैन। हामीले यसको बारेमा जानेको कुरा भनेको यति नै हो” (Patterson, in an address given at the American Museum of Natural History, Nov. 5, 1981; cited from White and Comninellis, Darwin’s Demise, p.47)।

  1. विकासवादी मत अन्तिम दिनहरूको सत्यत्यागको एउटा उपज हो।

१९ औं शताब्दिमा सत्यत्यागको विस्फोटन भयो। सन्देहवादको वातावरण जहाँसुकै थियो। ईश्वरशास्त्रीय मडर्निज्म, ह्यूमनिज्म, यूनिटेरियनवादले डार्विनवादी विकासवादलाई स्वीकार गर्न माटो तयार पारेको थियो।

त्यसबेलाको सन्देहवादको वातावरणको बयानलाई विचार गर्नुहोस्:

“त्यो यस्तो समय थियो जब जीवहरूको उत्पत्तिको बारेमा कल्पना-परिकल्पनाहरूको विगविगी थियो, जब सबभन्दा खाँटी सिद्धान्तहरू समेत परिमार्जित हुँदै थिए र जटिल बनाइँदैथिए यतिसम्म कि खाँटी सिद्धान्तर कहाँ अन्त हुन्छ र झूटा सिद्धान्त कहाँ सुरु हुन्छ भनेर जान्न सम्भवै थिएन।  (Gertrude Himmelfarb, Darwin and the Darwinian Revolution, p.234)

“मैले भेटेको हरेक विचारशील व्यक्ति धार्मिक विश्वासका सबै मुख्य-मुख्य बुँदाहरूको सवालमा आफ्‍नो हृदयमा शङ्काको अवस्थामा छ।” (Thomas Huxley, cited from Adrian Desmond Huxley, p. 160).

“जर्मनी, स्वीटजरल्याण्ड, र हल्याण्डका मण्डलीहरूको अनात्मिक अवस्था … र सर्वसाधरण मानिसहरूको बीचमा रहेको डरलाग्दो व्याप्त सन्देहवाद, अविश्वास, र नास्तिकवादको कारण निश्चय पनि के थियो भने ती राष्ट्रहरूका बहुसङ्ख्यक रूपमा रहेका प्रमुख पास्टरहरू र ईश्वरशास्त्रीय प्राध्यापकहरूले यस्ता आलोचनाहरूको समर्थन गरिरहेका थिए … यस्तै कुरा … इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र अमेरिकामा पनि [फैलिरहेको थियो] … (L.W. Munhall, The Highest Critics vs. the Higher Critics, 1896)

“अविश्वासको बाढी रोक्ने फाटकहरू अब खुल्ला भएका छन्, अनि नास्तिकवाद हामीमाथि उर्लेर आइरहेको छ” (George Romanes, 1878, cited from Ian Taylor, In the Minds of Men, p. 371).

“आराधनास्थलहरूमा हाजिरी घट्दो छ र पवित्र कुराहरूका निम्ति आदरभाव हराउँदैछ। हामी यो विश्वास गर्दछौं कि यसको कारण धेरै हिसाबले पुल्पिटबाट निस्केका सन्देहवादको झिल्काहरूले गर्दा हो र जो सर्वसाधारण मानिसहरूको बीचमा सल्किएर फैलिएको छ।” (C.H. Spurgeon, 1887, Sword and the Trowel, November 1887). 

आत्मिक सन्देहवादको यस्तो वातावरणमा हो विकासवादको मत जन्मेको र फस्टाएको।

  1. विकासवाद बाइबल अगमवाणीको एउटा पूरा हुवाइ हो र त्यसैले यो  बाइबलको ईश्वरीय उद्भवको एउटा प्रमाण हो।

२ पत्रुस ३:३-७ लाई विचार गर्नुहोस्। २००० वर्ष अगाडि लेखिएको यस भविष्यवाणीले हाम्रो समयको व्याप्त भौतिकवादी, विकासवादी विचारधारालाई बयान गर्दछ। भविष्यवाणीले यो बताउँछ कि गिल्ला गर्नेहरू आउनेछन् जोहरूले विश्वव्यापी जलप्रलय र ख्रीष्टको दोस्रो आगमनलाई इन्कार गर्नेछन्। भविष्यवाणीले गिल्ला गर्नेहरूलाई “अजान रहन चाहनेहरू” भनेर दोष लाउँछ (पद ५)। साथै यसको पछाडि उनीहरूको अभिप्राय यो रहेको बताइएको छ कि उनीहरू परमेश्वरका नियमहरूलाई परित्याग गर्न र आफ्‍नै अभिलाषाहरूअनुसार जिउन चाहन्छन् (पद ३)। यस भविष्यवाणीले डार्विनवादीको प्राकृतिक, यूनिफोर्मिटेरियन धारणा (“सबै कुरा सृष्टिको शुरुबाट जस्ता थिए, त्यस्तै चलिरहेका छन्”, पद ४) लाई बयान गरेको छ। गिल्ला गर्नेहरूसँग एउटा भौतिकवादी, अलौकिक, ईश्वरीय कुरालाई अस्वीकार गर्ने  विश्वास छ। जसरी रिचार्ड लेवोन्टिन (Richard Levontin) ले स्वीकार गरेको छ, “हामी अघिबाटै भौतिकवादप्रति समर्पित छौं। … हामी परमेश्वरलाई (‘ईश्वरीय खुट्टालाई ढोकाबाट’) भित्र छिर्न दिन सक्दैनौं” (Billions and Billions of Demons,” The New York Review, Jan 9, 1997, p.31).