Entries by Pradesh Shrestha

परमेश्वरलाई कसले बनायो?

श्वी सम्बत् १९६९ साल, जुलाइ महिनाको २० तारिखको दिनको कुरा हो। विश्व इतिहासमै पहिलो पटक मानिस चन्द्रमाको सतहमाथि खुट्टा टेक्न सफल भयो। अपोलो ११ नामक अन्तरिक्ष यान चढेर पृथ्वीको सतहबाट ३८४,००० किलोमीटर यात्रा पूरा गरेर चन्द्रमासम्म पुगेका दुईजना अमेरिकी नागरिक, नील आर्मस्ट्रङ्ग र एडवीन आल्ड्रीन, चन्द्रमाको सतहमाथि साँढे एक्काइस घण्टा बिताए। चन्द्रमाको सतहमाथि पहिलो पटक खुट्टा टेक्दै गर्दा अन्तरिक्ष यानका कमान्डर नील आर्मस्ट्रङ्गले बोलेका शब्दहरू पृथ्वीमा लाइभ प्रसारण गरिएको थियो — “One small step for man, a giant leap for mankind” अर्थात् “मानिसको एउटा सानो पाइला, मानव जातिको विशाल फड्को” —  यो वाक्य विश्व प्रसिद्ध छ।

तर त्यसको ७ महिना अगाडि चन्द्रमाको नजिक पुगेको अपोलो ८ नामक अर्को अन्तरिक्ष यानको कथा सायद तपाईंले सुन्नुभएको छैन होला। अपोलो ८ चन्द्रमालाई पहिलो पटक परिक्रमा गर्ने अन्तरिक्ष यान थियो र चन्द्रमाको सहतमाथि अपोलो ११ को सफल अवतरणको लागि यो ७ महिना अगाडि पठाइएको यानको महत्त्वपूर्ण भूमिका रहेको थियो। अब रोचक जानकारी के छ भने अन्तरिक्ष यानले चन्द्रमालाई परिक्रमा गर्ने क्रममा उक्त यानका तीनजना यात्रीहरूले बाइबलको उत्पत्तिको पुस्तकको पहिलो ८ ओटा पदहरू पाठ गरी पृथ्वीमा लाइभ प्रसारण गरेका थिए जसमध्ये पहिलो पदले यो घोषणा गर्दछ —

“शुरुमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१)

यो नै बाइबलको पहिलो वाक्य हो।

तर हिजोआज कतिपय मानिसहरू आकाश र पृथ्वी परमेश्वरले बनाउनुभएको हो भन्ने कुरा मान्न चाहँदैनन्। अनि कसैकसैको एउटा यस्तो तर्क , “संसारलाई यदि ईश्वरले बनाएका हुन् भने हो भने ईश्वरलाई कसले बनायो?”

यो तर्क जायज सुनिन्छ। तर यसको सतहमुनि खोतल्दा प्रश्नको कमजोरी भेटिन्छ। एकछिन मसित विचार गर्नुहोस्। ईश्वरलाई सृष्टि गर्ने दोस्रो ईश्वर हुँदो हो , दोस्रो ईश्वरलाई सृष्टि गर्ने तेस्रो ईश्वर चाहिन्थ्यो। तेस्रोको चौथो, चौथोको पाँचौं, पाँचौंको छैटौं, एवं रीतिले त्यहाँ अनगिन्ति ईश्वरहरू चाहिने हुन्थ्यो। अनगिन्ति ईश्वरहरू भनेको असम्भव अर्थहीन अवधारणा हो।

तब “ईश्वरलाई कसले बनायो” भन्ने प्रश्नको कमजोरी हामी देख्न सक्छौं। कमजोरी यो हो कि आलोचकहरूले कल्पना गरेको ईश्वर, एक सृष्टि गरिएको ईश्वर हो जब कि बाइबलका परमेश्वर कहिल्यै सृष्टि गरिनुभएन। किनकि उहाँ अनन्त हुनुहुन्छ।

बाइबलमा परमेश्वरको अनन्तताको बयान यसरी गरिएको छ –

“पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, अनादिदेखि अनन्तसम्म तपाईं नै परमेश्वर हुनुहुन्छ” (भजनसंग्रह ९०:२)।

यस पदअनुसार सृष्टिकर्ता परमेश्वर सधैंदेखि हुनुहुन्थ्यो। अझ, उहाँ समयको घेरा भन्दा बाहिर हुनुहुन्छउहाँअनादिदेखिहुनुहुन्छ, उहाँको शुरु छैन। उहाँअनन्तसम्महुनुहुन्छ, उहाँको अन्त छैन।

बाइबलको पहिलो वाक्यको पहिलो शब्द रहेको छ — “शुरुमा”। केको शुरुमा? परमेश्वरको शुरु होइन बरु समयको शुरु सृष्टिको शुरु। किनकि सृष्टिकर्ता परमेश्वर समयको शुरु भन्दा अगाडि हुनुहुन्थ्यो। यसरी बाइबलको पहिलो वाक्य, जो अपोलो ८ का अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको परिक्रमा गर्दै गर्दा पाठ गरेर पृथ्वीमा प्रसारण गरे, यो वाक्यद्वारा परमेश्वरले के प्रकट गर्नुभएको छ भने उहाँले नै आकाश, पृथ्वी र तिनमा भएका यावत थोकहरू र साथै समय समेत सृष्टि गर्नुभएको हो। उहाँ आफै भने अनादिदेखि हुनुहुन्छ।

तसर्थ, बाइबलको परिभाषाअनुसार परमेश्वर असृजित सृष्टिकर्ता हुनुहुन्छ। उहाँको स्वअस्तित्व अनादिदेखि रहेको उहाँलाई कसैले सृजना गर्नुपरेन। आकाशलाई हेर्दा यसको न शुरु देख्छौं न अन्त। परमेश्वर त्यस्तै हुनुहुन्छ। त्यसैलेपरमेश्वरलाई कसले बनायोभनेर सोध्नु कुनै बुढीकन्याको श्रीमानको नाम सोध्नु जस्तै हो। किनकि परिभाषाले नै बुढीकन्या एक अविवाहित स्त्री हुन्। अनि अविवाहित स्त्रीलाई उनको श्रीमानको नाम सोध्नुको औचित्य छैन। त्यस्तै गरी परमेश्वर असृजित सृष्टिकर्ता हुनुहुन्छ, त्यसैले उहाँलाई कसले बनायो भनेर सोध्नुको औचित्य छैन।

तर आजका नास्तिकहरू यो दाबी गर्छन् कि भौतिक संसारको अस्तित्वको पछाडि कुनै कारक हुनुपर्छ भन्ने छैन। तर यो दावी सत्य होइन किनभने

१) हरेक शुरु भएको वस्तुको कारक हुन्छ

२) यस संसारको एउटा शुरुआत थियो

३) तसर्थ यस संसारको पनि कारक थियो

पहिलो तथ्य यो हो कि हरेक शुरु भएका कुराहरूको कारक हुन्छ। घर छ भने त्यहाँ घर बनाउने पनि हुन्छ। फेरि नबिर्सनुहोस्, कि परमेश्वर यस वर्गमा पर्नुहुन्न। उहाँको सुरूआत थिएन त्यसैले उहाँको कारक छैन। तर बरु सृष्टिका यावत थोकका कारक उहाँ हुनुहुन्छ।

दोस्रो तथ्य यो हो कि यस संसारको एउटा सुरूआत थियो। अवलोकनद्वारा यो जान्न सकिने कुरा हो। जस्तै सूर्यको उर्जा घट्दै गइरहेको वैज्ञानिकहरूको ठहर छ। अमेरिकी सरकारको नासा (NASA) नाम गरेको अन्तरिक्ष अन्वेषण सम्बन्धी विज्ञान र प्रविधि शाखाका अनुसार सूर्यको आधा आयु सिद्धिसक्यो र आधा आयु बाँकी छ। यसको माने यो हो कि कुनै बेला सूर्यको शुरुआत भएको थियो। त्यसै गरी सम्पूर्ण भौतिक संसारको पनि एक समय शुरुआत भएको थियो।

तसर्थ, शुरु भएको हरेको कुराको कारक हुने भएकोले र यस संसार एक समयमा शुरु भएकोले, यस संसारको पनि कारक हुनुपर्छ।अनि यस संसारको कारक बाइबलकै परमेश्वर हुनुपर्छ जो शुरुआत बिनाको सृष्टिकर्ता हुनुहुन्छ। परमेश्वरलाई कसैले बनाएको होइन किनकि उहाँ स्वअस्तित्व हुनुभएको अनन्त परमेश्वर हुनुहुन्छ। यो कुरा उहाँको सृष्टिबाट नै प्रकट हुन्छ।

बाइबलले बताउँछ —

“किनभने संसारको उत्पत्तिदेखि नै उहाँका नदेखिने गुणहरू अर्थात् उहाँको अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग देखा परेका छन् – सृष्टि गरिएका कुराहरूद्वारा जानिएका छन्; यसकारण तिनीहरूसँग कुनै बहाना छैन” (रोमी १:२०)।

त्यसैले आकाश, पृथ्वी र सृष्टिका यावत थोकहरूलाई हेरेर मानिसले सृष्टिकर्ताको अस्त्वित्व जान्न सक्दछ। तसर्थ सृष्टिकर्ता परमेश्वरकै अस्तित्वलाई इन्कार गर्दै नास्तिक बन्न कसैलाई बहाना छैन।











येशू मर्नुभएपछि उहाँ कति दिनमा स्वर्ग जानुभयो?

एकजना पाठकले हामीलाई निम्न प्रश्न लेखेर पठाउनुभयो:

येशू मर्नुभएपछि उहाँ कति दिनमा स्वर्ग जानुभयो? निम्न पदहरूलाई कसरी बुझ्दा ठीक हुन्छ?

“अनि येशूले उसलाई भन्नुभयो: “म तिमीलाई साँच्चै भन्दछु, आज नै तिमी मसँग स्वर्गलोकमा हुनेछौ” (लूका २२:४३)।

येशूले तिनलाई भन्नुभयो: “मलाई नछोऊ, किनभने म अझै माथि मेरा पिताकहाँ गएको छैनँ; तर मेरा भाइहरूकहाँ जाऊ, र उनीहरूलाई भनिदेऊ, मचाहिँ माथि मेरा पिता र तिमीहरूका पिता, अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जान्छु” (यूहन्ना २०:१७)।

एउटा पदअनुसार उहाँ क्रूसमा मर्नुभएकै दिन स्वर्गलोकमा जानुभयो तर अर्को पदअनुसार उहाँ बौरेर उठ्नुभएपछि पनि अझै पिताकहाँ जानुभएको थिएन। यसबाट हामीले यति जान्न सक्छौं कि प्रभु क्रूसमा मर्नुभएपछि उहाँ पिताकहाँ जानुभएन, तर अर्कै ठाउँमा जानुभयो जसलाई नेपाली बाइबलमा “स्वर्गलोक” भनेर अनुवाद गरिएको छ।  प्रभु जानुभएको “स्वर्गलोक” कहाँ थियो?

मत्ती १२:४० मा प्रभु येशूले भन्नुभयो, “किनकि जसरी योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए, उसरी नै मानिसका पुत्र पनि पृथ्वीको पेटभित्र तीन दिन तीन रात हुनेछन्।”

“पृथ्वीको पेट” लाई पुरानो नियमले हिब्रूमा शओल (שְׁאוֹל) शब्दले जनाउँछ जसलाई नेपालीमा बाइबलमा “अधोलोक” भनेर अनुवाद गरिएको छ। “किनभने तपाईंले मेरो प्राणलाई अधोलोकमा छोड्नुहुनेछैन; न ता तपाईंले आफ्नो पवित्र जनलाई सड्न दिनुहुनेछ” (भजनसङ्ग्रह १६:१०)। यो भविष्यवाणी प्रभु येशू ख्रीष्टको बारेमा हो भनेर प्रेरित पत्रुसले बताएका छन् (प्रेरित २:३१)। ख्रीष्टको मृत शरीर तीन दिनसम्म यरूशलेमबाहिरको चिहानमा थियो तर उहाँको प्राण त्यतिखेर शओलमा अर्थात् अधोलोकमा अर्थात् पृथ्वीको पेटमा थियो। पृथ्वीको पेट भन्नाले पृथ्वीको भित्री भाग वा बीच भाग भन्ने बुझिन्छ, पृथ्वीको सतहमा देखिने कुनै पहरामा खोपेर बनाएको चिहान होइन।

“स्वर्गलोक” भनेर अनुवाद गरिएको शब्द ग्रीकमा पाराडिसोस् (παράδεισος) हो। पाराडिसोस् (अङ्ग्रेजीमा paradise) पर्सियन भाषाबाट आएको आगन्तुक शब्द हो जसले एउटा बगैंचा वा पार्कलाई जनाउँछ। अदनमा परमेश्वरले लगाउनुभएको बगैंचालाई जनाउन पुरानो नियमको प्राचीन ग्रीक अनुवाद (सेप्तुवजीन्त) मा यही पाराडिसोस् शब्द प्रयोग भएको छ (उत्पत्ति २:८)। उपदेशक २:५ को “फलका बगान” भनेर अनुदित ठाउँमा सेप्तुवजीन्तमा पाराडिसोस् शब्द भेटिन्छ। आदम र हव्वा अदनको बगैंचामा छँदा उनीहरू यस अर्थमा पाराडिसोस् अथवा “स्वर्गलोक” मा थिए र परमेश्वर स्वयं उनीहरूसित त्यहाँ भेट गर्नुहुन्थ्यो र उनीहरूसित कुराकानी गर्नुहुन्थ्यो (उत्पत्ति ३:८)। तर आदम र हव्वाले पाप गरेपछि परमेश्वरले उनीहरूलाई “अदनको बगैंचाबाट बाहिर निकाल्नुभयो” (उत्पत्ति ३:२३) र “धपाइदिनुभयो” (उत्पत्ति ३:२४) र त्यस दिनबाट उनीहरू परमेश्वरको पाराडिसोस् अथवा “स्वर्गलोक” बाट बञ्चित भए र उनीहरूको कोखमा भएको सम्पूर्ण मानव जाति समेत।

परमेश्वरमा विश्वास गर्ने जनहरू मृत्युपछि विश्राममा प्रवेश गर्छन् (भजनसङ्ग्रह १६:९; १ शमूएल २८:१५)। तर कहाँ? बाइबलको जवाफ दुईटा छ: पहिलो, ख्रीष्टको बलिदान अगाडिका विश्वासीहरू मरेपछि अधोलोकमा जान्थे (योना २:२ “अधोलोकको पेट”) तर। ख्रीष्टको बलिदान र बौरिउठाइपछिका विश्वासीहरू स्वर्गमा जान्छन् जहाँ ख्रीष्ट हुनुहुन्छ (२ कोरिन्थी ५:८, फिलिप्पी १:२३)।

तर अधोलोकमा त दुष्टहरू अर्थात् विश्वास नगर्नेहरू पनि पुग्छन् भनिएको छ (भजनसङ्ग्रह ९:१७)। यो कसरी हुन सक्छ? विश्वासी र अविश्वासी एउटै ठाउँमा? यसको जवाफ लूका १६:२२-२६ मा भेटिन्छ। विश्वासी लाजरस र धनी मानिस मरेपछि दुवै पृथ्वीको पेटमा गए। प्रभुको बयानअनुसार त्यहाँ दुईटा छुट्टा-छुट्टै ठाउँ छन् — विश्वासीहरूको लागि विश्रामको ठाउँ जसलाई “अब्राहामको काख” भनिएको छ (लूका १६:२३) र अविश्वासीहरूको लागि “ज्वाला” को ठाउँ (लूका १६:२४) जहाँ पीडा छ। धनी मानिसले लाजरसलाई अब्राहामसित देख्न सक्यो, अब्राहामसित कुराकानी पनि गर्न सक्यो तर उनीहरू एक ठाउँबाट अर्को ठाउँमा जान सक्दैनथे किनकि उनीहरूको बीचमा “एउटा ठूलो खाँद राखिएको” कुरा उल्लेख छ (लूका १६:२६)। यसबाट हामी बुझ्छौं अधोलोकमा रहेको अब्राहामको काख भनिने विश्वासीहरू जाने ठाउँ नै त्यो ठाउँ रहेछ जहाँ प्रभु क्रूसमा मर्नुभएपछि जानुभयो जहाँ त्यो विश्वास गर्ने डाँकु पनि गयो। त्यसलाई प्रभुले लूका २३:४३ मा “स्वर्गलोक” भन्नुभयो। तीन दिनपछि उहाँ त्यो ठाउँ छोड्नुभयो, आफ्नो शरीरभित्र प्रवेश गर्नुभयो र चिहानबाट बौरेर उठ्नुभयो।

अधोलोकमा आज विश्वासीहरू छैनन् किनभने प्रभुले आफ्नो स्वर्गारोहणको बेलामा उनीहरूलाई साथमा लानुभयो भन्ने बुझिन्छ एफेसी ४:८ अनुसार।

अनि प्रभु स्वर्गारोहण हुनुभएको चाहिँ उहाँ बौरिउठ्नुभएको ४० दिनपछि हो (प्रेरित १:२)। पावल प्रेरित स्वर्ग उठाइँदा आफू पुगेको ठाउँलाई उनले “स्वर्गलोक” (२ कोरिन्थी १२:३, पाराडिसोस्) शब्दले बयान गरेका छन्। साथै त्यस ठाउँलाई पावलले “तेस्रो स्वर्ग” (२ कोरिन्थी १२:२) भनेर पनि बयान गरे, अधोलोक होइन।

 











बाइबलमा दाखमद्य

ब्रूस ल्याकी

१. बाइबलमा दाखमद्य शब्द प्रजातिगत शब्दावली हो: कहिलेकाहीँ यसले अङ्गुरको जुसलाई जनाउँछ; कहिलेकाहीँ यसले मदिराजन्य पेय पदार्थलाई जनाउँछ। निम्न पदहरुले “दाखमद्य” शब्दले ताजा अङ्गुरको जुस वा दाखको बोटको फललाई पनि जनाउँछ भनी प्रमाण दिँदछ: व्यवस्था ११:१४; २ इतिहास ३१:५; नहेम्याह १३:१५; हितोपदेश ३:१०; यशैया १६:१०; ६५:८; १ तिमोथी ५:२३।

२. यदि “दाखमद्य” शब्दले मदिराजन्य पेय पदार्थलाई जनाइरहेको छ भने उक्त कुरा जहिले पनि सन्दर्भले देखाउनेछ। यस्ता अवस्थाहरुमा, परमेश्वरले त्यसको खराब असरहरुको चर्चा गर्नुहुन्छ र यसको बिरुद्ध चेताउनी दिनुहुन्छ। यसको उदाहरण उत्पत्ति ९ मा जलप्रलय पश्चात नूहको अनुभव हो। २१ पद, “तिनले दाखमद्य पिए, र मत्त भए” ले स्पष्टसाथ देखाउँछ कि त्यो मदिराजन्य पेय पदार्थ थियो।

हितोपदेश २०:१ ले पनि यही कुरा बताउँछ र चेताउनी दिन्छ कि “दाखमद्यले गिज्याउँछ, र मदिराले झगडा मच्चाउँछ; अनि हरेक जो यी कुराद्वारा ठगिएको हुन्छ, त्यो बुद्धिमान होइन।” मदिराजन्य दाखमद्य धोकापूर्ण हुन्छ; तर कसरी? ठीक त्यसरी नै जसरी आज मानिसहरुले थोरै मात्र पियो भने यसले कुनै हानी गर्दैन भन्दै यसको पक्षमा तर्क दिन्छन्। अधिक मात्रामा पिउनु खराब हो भनेर सबैले स्वीकार गर्छन्; यहाँ सम्म कि मदिरा उत्पादन गर्ने कम्पनीहरुले पनि मदिरा पिएर गाडी नचलाउनु भन्छन्, तर थोरै मात्रामा पिए केही हुँदैन पनि भन्छन्। तरैपनि, यही नै धोकापूर्ण कुरा हो। कति मात्रालाई थोरै भनिन्छ भनेर कसलाई थाह छ र? हरेक मानिस एक-अर्काभन्दा भिन्न हुन्छन् भनी विज्ञहरु बताउँछन्। कसैलाई एकै घुट्कोले धेरै असर पार्छ भने अर्कोलाई थुप्रै नपिएसम्म असर पर्दैन। एउटै मान्छेलाई पनि उसले खाएको भोजनको अनुपात अनुसार मदिराले धेरै वा थोरै प्रभाव पार्ने गर्छ। तसर्थ, “थोरै मात्राले केही हुँदैन” भन्ने विचार धोकापूर्ण छ, र त्यसद्वारा धोका खाने कोही पनि बुद्धिमान हुँदैन!

हितोपदेश २३:३०-३१ मा भएको दाखमद्य मदिराजन्य दाखमद्य हो, किनभने त्यो भन्दा अगाडीको पदले बताउँदछ कि त्यो पिउने मानिस हाय, शोक, झगडा, व्यर्थको बकबक, बिनाकारणै पाइएका चोटहरु र रातो आँखाले भरिएको अवस्थापूर्ण हुन्छ। ३२-३५ पदहरुले सोही विवरणलाई विस्तार गरिरहेको छ; तसर्थ मदिराजन्य दाखमद्यको कुरा गरिएको हो भने जहिले पनि सन्दर्भले स्पष्ट पार्नेछ। “दाखमद्य” उल्लेख भएको ठाउँमा ताजा अङ्गुरको जुस वा मदिरा मध्ये कुनचाहिँको कुरा गरिएको हो भनेर कसरी थाह पाउन सक्छौं? सन्दर्भले नै अर्थको निर्धारण गर्दछ। ताजा अङ्गुरको जुस वा मदिरा मध्ये कुनचाहिँको कुरा गरिएको हो भन्ने कुरा हामीले सन्दर्भ पढेर थाह गर्न सक्छौं। हामीले माथि उल्लेखित पदहरुलाई त्यसरी नै अध्ययन गर्यौं।

३. मदिराजन्य दाखमद्य सेवनको विरुद्धमा पवित्रशास्त्रले चेताउनी दिँदछ। यस कुरामा बाइबल दुईमत छैन, चाहे त्यो पुरानो नियममा होस् वा नयाँ नियममा।

पहिले नै उल्लेख गरिएका दुई खण्डहरु, हितोपदेश २०:१ र २३:२९-३५, मदिरा सेवनको विरुद्धको बाइबलीय चेताउनीहरुका राम्रा उदाहरणहरु हुन्। हितोपदेश २३:३२ मा लेखिएको छ, “अन्त्यमा त्यसले सर्पले झैं ठुङ्छ, र साँभे साँपले झैं डस्छ।” ३३ पदले देखाउँदछ कि यसले एउटा मानिसलाई पराई स्त्रीलाई हेर्ने तुल्याउनेछ जो उसको पत्नी होइन, र साथै उसले यस्ता भ्रष्ट कुराहरु पनि बक्नेछ जुन कुराहरु यदि ऊ सचेत अवस्थामा भएको भए बोल्ने थिएन। ३४ पदले बताउँदछ कि मदिराको कारणले समुद्रको बीचमा लेट्ने मानिसझैं डुबेर उसको मृत्यु पनि हुन सक्छ र मस्तुलको टुप्पामा लेट्नेझैं उसमा एकलोपन आउनेछ। ३५ पदले चेताउनी दिन्छ कि ऊ केही महसुस गर्न नसक्ने हुनेछ (“तिनीहरुले मलाई कुटे तर त्यो मैले थाहै पाइनँ”) र उसलाई यस्तो नशाको लत नै बस्नेछ (“म कहिले बिउँझू? म फेरि त्यसको खोज गर्नेछु”)।

हितोपदेश ३१:४-५ मा सिकाइएको छ, “हे लमूएल, यो कुरा राजाहरुका लागि होइन, दाखमद्य पिउनु राजाहरुका लागि होइन, न ता मदिरा पिउनु नै शासकहरुका लागि हो; नत्र तिनीहरुले पिउलान्, र व्यवस्था बिर्सलान् अनि थिचोमिचोमा परेका सबैको न्याय बिगार्लान्।” खतरा स्पष्टै छ। भन्नुपर्दा, हितोपदेश ३१:६-७ ले पवित्रशास्त्रमा मदिराको एउटै मात्र न्यायोचित प्रयोगको बारेमा बताउँदछ। “नाश हुन लागेकोलाई मदिरा देऊ, र हृदयमा पीर भएकाहरुलाई दाखमद्य देऊ! त्यसले पिओस् र आफ्नो गरिबी बिर्सोस्, अनि आफ्नो पीर फेरि नसम्झोस्।” यो भनेको मदिरालाई चेतना शून्य गर्ने माध्यम वा दुखाइ कम गर्ने औषधीको रुपमा प्रयोग गर्नु हो। तर यो सबैको निम्ति प्रयोग गरिने होइन; ६ पदमा “नाश हुन लागेकोलाई” भनी बताइएको छ। निश्चय पनि त्यसबेलाका मानिसहरुसँग आजको जस्तो दुखाइ कम गर्ने औषधीहरु थिएन। आज हाम्रो समयमा, मदिराको यस्तो प्रयोग गर्नु आवश्यक छैन। मृत्युको नजिक भएकाहरुका निम्ति पीडा कम गर्ने थुप्रै औषधीहरु छन्। तर पहिलेका समयहरुमा, सामान्यतया मानिसहरुका निम्ति सजिलै पाइने कुरा भनेको कुनै प्रकारको मदिरा थियो। कतिले सोचे जस्तो मदिरा शक्तिवर्धक पदार्थ होइन, तर शक्ति घटाउने पदार्थ हो। केही मात्रामा पिए पछि पिउने मानिस झुम्म बन्छ; त्यसपछि ऊ बेहोस हुन्छ। त्यसैले यो खण्डले सिकाउँदछ कि मदिराजन्य दाखमद्य यस्तो मानिसको निम्ति मात्र हो जो मर्न लागेको छ र जसको जीवनमा कुनै आशा छैन। उसको निम्ति गर्न सकिने कुरा यति हो, उसको पीडा कम गराउनु र दु:ख बिर्सिन उसलाई सहायता गुर्न।

अर्को खण्ड हो यशैया ५:११। “धिक्कार तिनीहरुलाई, जो मदिराको पछि लाग्न एकाबिहानै उठ्छन्, र दाखमद्यले तिनीहरुलाई नरन्काउन्जेल बेलुकीपखसम्म पिउँदै बस्छन्!” निश्चय पनि यो मादक पदार्थ हो किनभने यसले रन्काउँछ। किन “धिक्कार तिनीहरुलाई” भनिएको हो? १२ पदमा जवाफ पाउँछौं, “… परमप्रभुको कामलाई तिनीहरु वास्ता गर्दैनन्, न ता उहाँका हातहरुको कार्यलाई नै विचार गर्दछन्।” मदिराजन्य पेय पदार्थ पिउने मानिस आत्मिक हुन सक्दैन र परमेश्वरको वचन सिक्न इच्छुक हुन सक्दैन भनी सबैलाई थाह भएको कुरा हो। तर यसको ठीक उल्टो, यसले मानिसलाई परमेश्वरलाई बेवास्ता गर्ने तुल्याउँछ। १३-१४ पदले अर्को दुई गम्भीर परिणामहरुको वयान गर्दछ: मानिसहरु कैदमा जान्छन् (कुनै वस्तु वा कुनै मानिसका दासहरु बन्छन्) र अधोलोकले वा नरकले आफैंलाई झन् ठूलो बनाएको छ! मदिरा सेवनले नरकलाई अझ ठूलो हुने तुल्याएको छ! एकजना पनि नरक गएको परमेश्वर चाहनुहुन्न; पापीहरुलाई यसबाट बचाउन उहाँले सबभन्दा ठूलो र सबभन्दा प्रिय दान दिनुभएको छ। उहाँले मानिसहरुका निम्ति भनेर कहिले पनि नरकको सृष्टि गर्नुभएन। नरक त शैतान र त्यसका दूतहरुका निम्ति बनाइएको हो भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ (मत्ती २५:४१)। तरैपनि, यस दुष्ट मदिराको कारणले नरकले आफैंलाई ठूलो बनाएको छ। तसर्थ यहाँ पनि मदिराको विरुद्धमा स्पष्ट चेताउनी दिइएको छ, किनभने एकजना पनि नरक गएको परमेश्वर चाहनुहुन्न।

यशैया २८:७, ८ ले यो चेताउनीलाई अझै निरन्तरता दिएको छ। “तर तिनीहरुचाहिँ दाखमद्यले गर्दा भड्किएका र मदिराले गर्दा कुबाटो लागेका छन्; पूजाहारी र भविष्यवक्ता मदिराको कारणले भड्किएका छन्; तिनीहरु दाखमद्यद्वारा निलिएका छन्; तिनीहरु मदिराको कारणले कुबाटो लागेका छन्; तिनीहरु दर्शनको सम्बन्धमा भड्किन्छन्; तिनीहरुले न्यायमा ठेस खान्छन्। किनकि सबै टेबलहरु बान्ता र फोहोरले भरिएका छन्, सुग्घर ठाउँ नै छैन।” कस्तो दु:खलाग्दो कुरा। यशैयाको दिनहरुमा समेत पूजाहारीहरु र भविष्यवक्ताहरु मदिराजन्य पेय पदार्थ पिउनमा लागिपरेका थिए! त्यसैले हामी यो देख्न सक्छौं कि प्रचारकहरुले मदिरा पिउने सल्लाह दिनु कुनै नौलो कुरा होइन। ख्रीष्ट आउनुभन्दा ६ सय वर्ष अगाडि नै यो दुष्ट मदिराले यहूदी धर्मभित्र आफ्नो बाटो बनाइसकेको थियो।

४. मदिराजन्य पेय पदार्थ प्राकृतिक प्रणालीबाट मात्र बन्छ भन्ने बिचार गलत हो। केही वर्ष अगाडीसम्म पनि मैले यही नै सोच्ने गर्दथे कि कुनै दाखको जुसलाई त्यतिकै छोडिएमा, केही समयपछि त्यो आफ से आफ मदिराजन्य पेय पदार्थमा परिणत हुन्छ। यो सत्य हुन सक्दैन भनेर प्रमाणित गर्न त्यहाँ केही तर्कहरु छन्। लामो समय भए मात्र मदिरा बन्छ भन्ने कुरा सत्य होइन। परमेश्वरले नै यो बनाउनुभएकोले यो राम्रो कुरा हो भनेर मदिराको सेवनलाई मानिसहरुले प्रतिरक्षा गर्न खोज्छन्। तर, बास्तवमा यो परमेश्वरले बनाउनुभएको होइन। आफैंले पत्ता लगाएका प्रकृयाहरुद्वारा मदिरा कसरी बनाउनुपर्छ भन्ने कुरा मानिसले सिकेकाछन्। मदिरा बनाउनेहरुलाई यो राम्ररी थाह छ कि मदिरा बनाउनलाई त्यहाँ ठीक मात्रामा पानी, चिनी र तापक्रम हुनु जरुरी हुन्छ। दाखको जुसलाई रेफ्रिजिरेटर (चिस्याउने मिशिन) मा राख्नाले त्यहाँ किण्वीकरण हुन सक्दैन, किनभने त्यसको निम्ति त्यहाँ तापक्रम ठीक हुँदैन। त्यस्तैगरी, तातो र निकै गर्मी तापक्रममा पनि किण्वीकरण हुन सक्दैन।

प्राचीन दिनहरुमा, रेफ्रिजिरेटर र भ्याकुम-सिलिङ्ग प्रविधि हुनुभन्दा पहिले नै, मानिसहरुले दाखको जुसलाई मदिराजन्य पेय पदार्थमा नबदली संरक्षण गर्न सिकेका थिए। धेरै मानिसहरुले यसलाई बाक्लो लेदो नहोउन्जेल उमाल्थे। त्यसो गरेर उनीहरुले त्यसलाई लामो समयसम्मका निम्ति संरक्षण गर्न सक्थे। जुस पिउनु परेमा उनीहरुले यसमा मात्रा मिलाएर पानी मिसाउँथे। बाइबलकालिन दिनहरुमा हरेक मानिसहरुलाई नियमित पेय पदार्थको रुपमा मदिरा नै पिउनु पर्ने बाध्यता थिएन।

५. येशूले मदिराजन्य दाखमद्य पिउनु भएन र बनाउनु भएन। पवित्रशास्त्रबाट दस ओटा प्रमाणहरु यस्ता छन्:

पहिलो कारण हो उहाँको पवित्र स्वभाव। हिब्रू ७:२६ मा हामी पढ्दछौं कि प्रभु येशू ख्रीष्ट “पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरुबाट अलग” हुनुहुन्छ। यसमा कुनै शंका छैन, शरीरमा आउनुभएको परमेश्वर हुनुभएकोले हाम्रा यी मुक्तिदाताको वरिपरि जोसुकैले पनि अवलोकन गर्न सक्ने पवित्र माहोल थियो। उदाहरणको निम्ति,  येशूलाई पक्रन पठाइएका दुष्ट सिपाहीहरुले समेत उहाँलाई नपक्री फर्कनुको यस्तो कारण देखाए, “यस मानिसले जस्तो ता कुनै मान्छेले कहिल्यै बोलेको छैन”। येशूका वचनहरु भिन्न थिए; उहाँको व्यक्तित्व, चरित्र र बोली एकदम पवित्र थिए भन्ने कुरामा कुनै शंका छैन। प्रभु येशू ख्रीष्ट “पवित्र, निर्दोष, निष्कलङ्क, पापीहरुबाट अलग” हुनु भएको हुनाले हामीले ढुक्क साथ यो मानिलिन सक्छौं कि उहाँले यस्तो कुनै वस्तु बनाउनुभएन जसलाई पवित्रशास्त्रलमा गिल्ला गर्ने, मानिसहरुलाई धोका दिने र अनगिन्ती दु:खहरुले मानिसको जीवन भरिदिने भनी भनिएको छ।

दोस्रो कारण: उहाँले पवित्रशास्त्रलाई भङ्ग गर्नुभएन। मत्ती ५:१७-१८ मा ख्रीष्टले यो स्पष्टसाथ भन्नुभयो, “मचाहिँ व्यवस्था अथवा भविष्यवक्ताहरुलाई रद्द गर्न आएको हुँ भन्ने नसम्झ; म रद्द गर्न होइन, तर पूरा गर्न आएको हुँ। किनकि म तिमीहरुलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्नेछैन”। त्यसैले ख्रीष्टले हबक्कूक २:१५ लाई भङ्ग गर्नुभएको हुनै सक्दैन जहाँ यस्तो लेखिएको छ, “हाय त्यसलाई, जसले आफ्नो छिमेकीको नाङ्गोपना हेर्ने उद्देश्यले आफ्नो बोतल टक्राएर र त्यसलाई मात्ने समेत तुल्याएर त्यसलाई मदिरा पियाउँछ!”

निश्चय पनि यो पद बाइबलमा छ भनेर येशू जान्नुहुन्थ्यो। उहाँ पवित्रशास्त्रसँग राम्ररी परिचित हुनुहुन्थ्यो किनभने यो उहाँकै वचन हो र यो उहाँकै विषयमा लेखिएको थियो। उहाँ पवित्रशास्त्र भङ्ग गर्न आउनुभएन, तर पूरा गर्न आउनुभयो। यदि उहाँले मदिराजन्य दाखमद्य बनाउनुभएर आफ्नो छिमेकीलाई दिनुभएको भए उहाँले पवित्रशास्त्र पूरा गर्नुहुने थिएन।

कतिले यस सन्दर्भमा यो पद प्रयोग गर्न इन्कार गर्छन्। यो पद आफ्नो छिमेकीको नाङ्गोपना हेर्ने उद्देश्यले दाखमद्य दिने व्यक्तिहरुको निम्ति मात्र लागु हुन्छ भनी उनीहरु भन्दछन्। तर हामीले यो बुझ्नु आवश्यक छ: जब कुनै व्यक्तिले आफ्नो छिमेकीलाई यस्तो कुरा दिन्छ जसले उसलाई मत्त बनाउँछ, तब उसले आफैंलाई नाङ्गोपना हेर्ने उद्देश्यले त्यसो गर्ने मानिसहरुको सूचीमा राखिरहेको हुन्छ। र पवित्रशास्त्रले हामीलाई “दुष्टताको हरेक रुपबाट अलग बस” (१ थेस्सलोनिकी ५:२२) भन्ने आज्ञा दिएको हुनाले हामी यो निश्चित हुन सक्छौं कि प्रभु येशूले हबक्कूक २:१५ मा उल्लेख गरिएको जस्तो दुष्ट अभ्याससँग सम्बन्धित कुनै पनि काम गर्नु असम्भव छ। यही कारणले, कुनै पनि ख्रीष्टियन मदिराजन्य पदार्थ बेच्ने काममा सहभागी हुनुहुँदैन।

तेस्रो कारण लेवी १०:९-११ मा यो आज्ञा परमेश्वरका पूजाहारीहरुलाई दिइएको हो: “…दाखमद्य र मदिरा नपिउनू… फलस्वरुप तिमीहरुले पवित्र र अपवित्र, शुद्ध र अशुद्धको बीचमा भिन्नता राख्न सक; र तिमीहरुले इस्राएलीहरुलाई सबै विधिहरु सिकाउन सक, जो परमप्रभुले मोशाद्वारा तिनीहरुलाई भन्नुभएको छ।” अब, हिब्रू २:१७ ले ख्रीष्टलाई “दयालु र विश्वासयोग्य महापूजाहारी” भनेको हुनाले, उहाँले उक्त ओहोदासँग सम्बन्धित पूरै पवित्रशास्त्र पालन गर्नुभयो भनी हामी भन्न सक्छौं। यदि उहाँले मदिरा बनाउनुभएको र पिउनुभएको भए, उहाँ यी पदहरुप्रति अनाज्ञाकारी हुनुहुनेथियो र इस्राएलका सन्तानहरुलाई परमप्रभुको विधिहरु सिकाउनदेखि अयोग्य ठहरिनुहुने थियो।

चौथो कारण हामी अध्ययन गरिसकेको खण्डमा पाइन्छ: हितोपदेश ३१:४-५ ले राजाहरु र शासकहरुलाई मदिरा वा कुनै नशालु पेय पदार्थ पिउन मनाही गरेको छ। उनीहरुले त्यसो गरेमा, उनीहरुको न्याय भ्रष्ट हुनेथियो। ख्रीष्टले यी पदहरु पनि पालन गर्नु खाँचो नै थियो, किनभने उहाँ शान्तिको राजकुमार (यशैया ९:६) र राजाहरुका राजा (प्रकाश १९:१६) हुनुहुन्छ। मत्ती २७:११ मा, उहाँले आफू यहूदीहरुका राजा भएको स्वीकार गर्नुभयो। जकरिया ९:९ पूरा गर्न गधाको बच्चामा चढेर यरुशलेमभित्र प्रवेश गर्नुभयो; उक्त पदमा इस्राएलको राजा ठीक त्यसरी नै शहरभित्र प्रवेश गर्नुहुनेछ भनेर भविष्यवाणी गरिएको थियो। यसमा कुनै शंका छैन, उहाँ राजा हुनुहुन्छ र त्यसैले उहाँले हितोपदेश ३१:४-५ पालन गर्नुभयो।

पाँचौं कारण: ख्रीष्ट मानिसहरुलाई गिल्ला गर्न र धोका दिन आउनुभएन। हितोपदेश २०:१ ले बताउँछ कि मदिराले यो दुवै काम गर्छ। गिल्ला गर्न र धोका दिन होइन तर उहाँ त मुक्ति दिन आउनुभएको हो!

छैठौं कारण: उहाँ मानिसहरुलाई नरकमा पठाउन आउनुभएन। हामीले हेरिसक्यौं, यशैया ५:११-१४ ले सिकाउँछ कि मदिराजन्य पेय पदार्थको कारण नरकलाई अझै ठूलो बनाइनु पर्यो। ख्रीष्ट मानिसहरुलाई नरकमा पठाउन आउनुभएन। यूहन्ना ३:१७ ले के भन्दछ सुन्नुहोस: “किनभने संसारलाई दोषी ठहराउनका निम्ति होइन, तर उहाँद्वारा संसारले मुक्ति पाओस् भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।”

सातौं कारण: ख्रीष्ट कुनै पनि मानिसको निम्ति ठेस लाग्ने कारण बन्न आउनुभएन। रोमी १४:२१ ले सिकाउँदछ कि अरुलाई मदिराजन्य मद्य दिने मानिसले त्यही नै गर्दछ। “मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोट्दछ, वा कमजोर पारिँदछ।” मदिराको समस्याको बारेमा अध्ययन गर्ने जोसुकैले पनि यो सिकेको हुन्छ कि कोही-कोही व्यक्तिले मदिराको अलिकति मात्रा पनि सहन सक्दैन, जबकि अन्य मानिसहरुले सामाजिक जमघटको अवसर भनेर एक वा दुई पटक केही मात्रामा पिएर फेरी पिउन छोड्न सक्छन्। यस्तो किन हुन्छ भनेर विज्ञहरु जान्दैनन्; धेरै विचारहरु नआएका पनि होइनन् तर कुनै पनि एउटा विचार सबै मानिसको सवालमा सत्य प्रमाणित भएको छैन। कसैले भन्दछन् कि यो रसायनको कारणले हो; कसैले भन्छन् कि यसमा मनोभावनात्मक असर रहेको हुन्छ। सत्यता त यो हो कि हामीलाई निश्चित रुपमा जवाफ थाह छैन। कुनै एउटा समूहमा, त्यहाँ मद्यपानमा डुबेका मानिसहरु हुन पनि सक्छन्। मदिराको दास हुनु कति शर्म लाग्दो कुरा हो। अझ त्यस्तो व्यक्तिको निम्ति यो झन् शर्मलाग्दो कुरा हो जो पहिले मण्डलीमा आएर प्रभुको टेबलबाट स्वाद चाखेर पछि एउटा पियक्कडको चिहानतर्फ लैजाने दु:खपूर्ण बाटोमा लाग्दछ!

मेरो छोराछोरीहरुले मदिराको स्वाद पनि पाएको म चाहँदिन; नता उनीहरुले मण्डलीमा पनि यसको स्वाद पाएको नै म चाहन्छु। उनीहरु मध्ये कोही पनि निश्चय नै पियक्कड बन्न सक्छन्। यो प्रमाणित कुरा हो र यो सम्भव पनि छ कि आफ्नो चर्चको सेवकाइहरुमा मदिराजन्य दाखमद्य टक्राउने केही झुण्डहरुले पियक्कड पूजाहारीहरुको जमात पनि बनाउँछन्।

तर हामी यो कुरामा पूरै निश्चित हुन सक्छौं कि ख्रीष्ट अरुहरुलाई ठेस खुवाउन आउनु भएको होइन।

आठौं कारण: यूहन्ना २, पानीलाई दाखमद्यमा परिणत गरिएको आश्चर्यकर्ममा त्यहाँ मदिरा नै बनाइएको हुनुपर्छ भन्ने छैन। धेरै जनाले १० पदको आधारमा त्यो मदिरा नै थियो भन्दछन् जहाँ यस्तो लेखिएको छ, “हरेक मानिसले शुरुमा असल दाखमद्य टक्र्याउँछ, र मानिसहरुलाई मात लागेपछि कमसलचाहिँ; र तपाईंले ता अझसम्म असल दाखमद्य पो राखिछोड्नुभएको रहेछ।” उनीहरु भन्दछन् कि ती दिनहरुमा सर्वोत्तम मदिरा पहिला दिइन्थ्यो र धेरै पिएको कारणले मानिसहरुको स्वाद थाह पाउने क्षमता लाटो भइसकेपछि कमसल मदिरा दिइन्थ्यो। तर ख्याल गर्नुस्, यहाँ त ठीक उल्टो भइरहेको थियो! येशूले बनाउनुभएको दाखमद्य उनीहरुलाई पहिले दिइएको दाखमद्यभन्दा अझै असल छ भन्ने कुरा ती मानिसहरु निश्चित भइ जान्दथे। यदि उनीहरु पहिले नै मदिराको नशामा मत्त भइसकेको भए यसरी थाह पाउन सम्भव हुने थिएन। वास्तविकता यही हो, न उनीहरुले पहिले खाएको दाखमद्य मदिराजन्य थियो, न ता ख्रीष्टले बनाउनुभएको दाखमद्य नै मदिराजन्य थियो।

नवौं कारण बाइबलको यही खण्डमा भेट्टाउन सकिन्छ: नशाले मातेका मानिसहरुलाई झन मताएर प्रभु येशू ख्रीष्टले महिमा पाउनु हुने थिएन। ११ पद एकदम महत्त्वपूर्ण छ जहाँ लेखिएको छ कि यस आश्चर्यकर्मद्वारा येशू ख्रीष्टले “आफ्नो महिमा प्रकट गर्नुभयो।” १० पदबाट हामीलाई यो थाह हुन्छ कि ती मानिसहरु जुनसुकै किसिमको दाखमद्य खाइरहेको भए तापनि उनीहरु मत्त भइसकेका थिए। यदि उनीहरुले मदिरा खइरहेको भए, उनीहरु केही मात्रामा वा करिब पूरै नशामा डुबिसकेका हुनेथिए। अनि यदि ख्रीष्टले मदिराजन्य दाखमद्य बनाउनुभएको भए, उहाँले केही मात्रामा मातेका मानिसहरुलाई झन मताउनुहुनेथियो र करिब पूरै मातेकालाई अझ पूर्ण रुपमा मताउनुहुनेथियो! त्यस्तो कार्यले निश्चय पनि उहाँको कुनै पनि महिमा प्रकट हुने थिएन!

यही अध्यायले हामीलाई दसौं कारण पनि दिँदछ: नशामा मातेकालाई झन मताउने कार्यद्वारा उहाँका चेलाहरुले अझ दृढतासाथ उहाँमाथि विश्वास गर्न सक्दैन थिए, तरैपनि ११ पदले यही बताउँछ कि पानीलाई दाखमद्यमा बदल्ने उहाँको कार्यद्वारा “उहाँका चेलाहरुले उहाँमाथि विश्वास गरे।” यूहन्ना १:४१ पदले बताउँदछ कि उहाँ नै मसीह हुनुहुन्छ भनी उनीहरुले विश्वास गरिसकेका थिए; र यस आश्चर्यकर्मले उनीहरुको विश्वासलाई अझ गहिरो बनायो र उनीहरु आफ्नो विश्वासमा गलत छैनन् भन्ने प्रमाणित गर्यो। के नशाले मातिसकेको मान्छेलाई झन मताउने कार्यले यस्तो विश्वास गर्न प्रेरणा दिन्छ र? जवाफ निश्चय पनि यसको उल्टो हुन्छ! सित्तैंमा रक्सी बाँड्ने मसीहलाई उनीहरुले पर्खिरहेका थिएनन्! तसर्थ, यस आश्चर्यकर्मको विवरण र यसको परिणामद्वारा उक्त दाखमद्य मदिराजन्य थिएन भन्ने बाहेक हामी अर्को निश्कर्ष गर्न सक्दैनौं।

यस विषयलाई अन्त गर्ने क्रममा, हामी दुई ओटा कुराहरुलाई विचार गरौं। एउटा खण्ड जुन हामी अध्ययन गरिसक्यौं। रोमी १४:२१ ले स्पष्टसाथ सिकाउँछ कि ख्रीष्टियनहरु पूर्ण रुपमा अलग हुनुपर्छ किनभने “मासु नखानु, वा दाखमद्य नपिउनु, वा त्यस किसिमको कुनै काम नगर्नु नै असल हो, जसद्वारा तिम्रो भाइलाई ठेस लाग्दछ, लोट्दछ, वा कमजोर पारिँदछ।” केही मानिसहरु पियक्कड बन्न सक्छन् हामीले अध्ययन गरिसक्यौं। सामाजिक जमघटको अवसर भनेर मदिरा सेवन गर्नाले, एउटा मानिसले अर्को यस्तो मानिसलाई पिउन सुरु गर्न उत्साहित गराउन सक्छ जो पछि फेरी पिउनदेखि आफैंलाई रोक्न असक्षम बन्न सक्छ। मदिरा पिउनु सामान्य मानिने देशहरुमा गएका मिशनरीहरु र त्यहाँ घुम्न भनी गएकाहरुले यो कुरा ख्याल गर्नुपर्छ। त्यस्ता देशहरुमा मदिरा सेवन अनियन्त्रित ढङ्गले फैलिरहेको हुन सक्छ भन्ने कुरामा हामी सजग रहनुपर्छ। हामी पूरै अलग होऔं नत्रता हामी कुनै मानिसलाई पिउने कुरामा उत्साहित गराएर पियक्कड नै हुने बाटोमा धकेल्न सक्छौं।

अन्तिममा १ कोरिन्थी ६:९-१० लाई बिचार गरौं। यहाँ, मतवालापनले मानिसलाई नरकमा पठाउँछ भनी बाइबलले सिकाउँछ। “के यो तिमीहरुलाई थाह छैन? अधर्मीहरु परमेश्वरका राज्यका हकवाला हुनेछैनन् धोका नखाओ; व्यभिचारीहरु, मूर्तिपूजकहरु, परस्त्रीगामीहरु, पुरुषगामीहरु, चोरहरु, लोभीहरु, मतवालाहरु, गाली बक्नेहरु र धुताहाहरु परमेश्वरका राज्यका हकवाला हुनेछैनन्।”

यसको मतलव मतवालाहरुले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन् भन्ने होइन, किनभने यसपछिको पदले बताउँदछ कि कोरिन्थीहरुमध्ये कोही-‍कोही मुक्ति पाउनुभन्दा अगाडी यस्तै कामहरु गर्दथे। येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्ने  र उहाँको शिक्षाहरुलाई पछ्याउने मानिस मतवालापनबाट महिमित रुपमा स्वतन्त्र हुन सक्छ। धेरै मानिसहरुले यस्तो छुटकाराको अनुभव गरेका छन्! तर दु:खको कुरा यो छ कि येशूलाई प्रभुको रुपमा लिन इन्कार गर्दै र रक्सीलाई आफूमाथि राज्य गर्न दिँदै मतवालापनमा लागिरहने मानिस पियक्कडको चिहान र आगोको अनन्त कुण्डबाहेक अरु केहीको अपेक्षा गर्न सक्दैन।

यदि तपाईं यो पापसँग सङ्घर्ष गर्दै हुनुहुन्छ भने म तपाईंलाई यो महसुस गर्न उत्साह दिन चाहन्छु, येशू ख्रीष्टलाई तपाईंको जीवनको प्रभु हुन र तपाईंको सबै पापहरुबाटको मुक्तिदाता हुन र तपाईंलाई स्वतन्त्र गराउन पुकार्नुहोस्। ख्रीष्टमा स्वतन्त्र हुनु भनेको के हो भनेर तपाईंले जान्न सक्नुहुनेछ! बाइबलले बताउँदछ, “यसकारण पुत्रले तिमीहरुलाई स्वतन्त्र पारे भने तिमीहरु साँच्चै स्वतन्त्र हुनेछौ” (यूहन्ना ८:३६)। पहिले यो महसुस गर्नुहोस् कि तपाईं परमेश्वरको दृष्टिकोणमा एउटा पापी हुनुहुन्छ, “किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” (रोमी ३:२३)। परमेश्वर बिरुद्धको तपाईंको बिद्रोहको विषयमा पश्चात्ताप गर्नुहोस्, उहाँको अधिकारमुनि आफैंलाई समर्पण गर्नुहोस्। “तिमीहरुले पश्चात्ताप गरेनौं भने तिमीहरु सबै त्यही प्रकारले नाश हुनेछौ” (लूका १३:३)। ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाताको रुपमा ग्रहण गर्नुहोस् “तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरुलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो” (यूहन्ना १:१२)।

१ तिमोथी ५:२३ लाई कसरी बुझ्ने? “अब उसो पानी मात्र पिउने नगर, तर तिम्रो पेटका लागि, साथै घरीघरी भइरहने तिम्रा बिमारीहरुका कारणले अलि-अलि दाखमद्य प्रयोग गर।” बाइबलले यहाँ मदिराजन्य दाखमद्यलाई औषधीको रुपमा प्रयोग गर्ने आज्ञा नै दिएको नभए तापनि स्वतन्त्रताचाहिँ दिएको छ भनेर धेरै मानिसहरुले मान्ने गर्छन्। तरैपनि पूरा सम्भावना यो छ कि यहाँ मदिराजन्य दाखमद्यको नै कुरा गरिएको होइन, किनभन पावलले यो दाखमद्य तिमोथीको पेटको निम्ति लिइयोस् भनेर तोकेरै भनेका छन्। तिमोथीलाई कुनै प्रकारको पेटको रोग लागेको थियो र कुनै पनि चिकित्सकले त्यस्तो मानिस मदिराहरुबाट अलग रहनुपर्छ भनेर तपाईंलाई सल्लाह दिन सक्छ। यो विवरण बनाउनुहुने लेखकलाई पनि केही वर्षसम्म पेटको निकै समस्या भएको थियो र उहाँले थुप्रै चिकित्सकहरुसँग सल्लाह लिनुभएको थियो र खानाहरु पनि बार्नुपरेको थियो। हरेक पटक, चिकित्कसहरुले तिनलाई कुनै पनि प्रकारको मदिराहरु नपिउन चेताउनी दिएका थिए। यदि यो कुरा हामीलाई आजको दिनमा थाह भएको छ भने, निश्चय पनि पवित्र आत्माले त्यस बेला पनि यो पक्का गरी जान्नुहुन्थ्यो जुन समयमा उहाँले यी पदहरु लेख्न प्रेरणा दिनुभएको थियो! तिमोथीको दुर्बलता ठ्याक्कै के थियो भनेर हामी जान्दैनौं, नता दाखको जुसमा कस्तो प्रकारको चङ्गाइ क्षमता थियो भनेर नै जान्दछौं। सम्भवत: पावलले तिमोथीलाई पानी नपिउने सल्लाह दिनुको कारण यो थियो कि संसारको कति भागमा पानी शुद्ध हुँदैन र त्यसद्वारा स्वस्थ मानिसमा कति प्रकारका किटाणुहरुद्वारा संक्रमण हुन सक्छ। पहिले नै पेटमा समस्याहरु भइरहेको मानिसले अशुद्ध पानी पिउँदा त्यो समस्या झन् बढ्ता हुन सक्थ्यो। पावलले तिमोथीलाई दाखको जुस मात्र पिउने सल्लाह दिएको हुन सक्छ। जे सुकै भए तापनि, तिनको बिग्रिएको पेटमा मदिरा हाल्ने सुझाव पक्कै पनि पावलल दिएका होइनन् भन्ने कुरामा हामी सकारात्मक हुन सक्छौं।

के एउटा ख्रीष्टियनले ठीक्क मात्रामा पिउनु ठीक हो? (१) होइन, एकदम थोरै पिउनुले पनि एउटा मानिसको सोचाइलाई कमजोर बनाउँछ र आत्मिक खतराप्रतिको चनाखोपनालाई लाटो बनाउँछ (१ पत्रुस ५:८-९)। (२) होइन, ख्रीष्टियनहरु दाखमद्यद्वारा नियन्त्रित हुनु हुँदैन (एफेसी ५:१८)। (३) होइन, ख्रीष्टियनहरु पूजाहारीहरु हुन्, र बाइबलले पूजाहारीहरूलाई पिउन मनाही गरेको छ (१ पत्रुस २:९; लेवी १०:८, ११)। (४) होइन, ख्रीष्टियनहरुले अशुद्ध कुराहरु छुनु हुँदैन (२ कोरिन्थी ६:१७-७:१)। (५) होइन, ख्रीष्टियनहरु दुष्टताको हरेक रुपबाट अलग बस्नुपर्छ (१ थेस्सलोनिकी ५:२२)। (६) होइन, पिउने ख्रीष्टियनहरुले अरुलाई ठेस खाने तुल्याउँछन् (रोमी १४:२१)। (७) होइन, दाखमद्य गिल्ला गर्ने र धोका दिने वस्तु हो (हितोपदेश २०:१)। मदिरालाई मुखसम्म लैजाने कुनै पनि मानिसले उक्त मदिराले उसलाई कहाँ सम्म पुर्याउनेछ भनेर जान्दैन।

Translated by Prajwal Karki











ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

प्रभु येशू ख्रीष्टको बौरिउठाइ वास्तविक घटना हो जसलाई कसैले पनि आजसम्म झूटो साबित गर्न सकेको छैन। यो नै ख्रीष्टिय विश्वासको जग हो। यदि यसलाई झूटो साबित गर्न सकिएको भए ईसाइमत नष्ट हुनेथ्यो तर खुशीको कुरा येशू जीवित हुनुहुन्छ। उहाँले पापीहरूलाई बचाउँदैहुनुहुन्छ। यस अघि हामीले ख्रीष्टको बौरिउठाइका पहिलो दुई महान् प्रमाणहरूलाई हेरेका थियौं —

  1. सुसमाचारका वृत्तान्तहरूका चरित्र
  2. रित्तो चिहान

उपर्युक्त पृष्ठ यहाँ पाउनुहुनेछ। 

अब तेस्रो महान् प्रमाणलाई हेर्नेछौं:

  1. परिवर्तित जीवनहरू

यूहन्ना २०:१९ — “यहूदीहरूको डरले गर्दा चेला भेला भएका” थिए।

यी चेलाहरूलाई त्रसित अवस्थाबाट बदलेर साहसी बनाउने कुनै न कुनै प्रभावशाली कुरा भएको हुनैपर्छ।

पत्रुसको गवाहीलाई विचार गर्नुहोस्

ख्रीष्टलाई गिरफ्तार गरिएको रातमा उहाँलाई इन्कार गरेपछि, पत्रुस एक हार खाएका, पराजित मानिस थिए। उनले आफ्नो माछा मार्ने पेशामा फर्कने अठोट गरे (यूहन्ना २१:३)। केही हप्तापछि त्यही मान्छे जसले क्रूसीकरणको ठीक अगाडि थोरै यहूदीहरूका सामु ख्रीष्टलाई इन्कार गरेका थिए उही मान्छेले पेन्टेकोस्टको दिनमा एउटा विशाल भीडलाई साहससाथ प्रचार गरे अनि ३,००० को मत परिवर्तन भयो।  येशू मृत्युबाट बौरनुभएको छ भन्ने कुराले आफू पक्का भएका हुन् भन्ने कुरा बाहेक अरू कुन कुराले यति ठूलो परिवर्तन ल्याएको हुन सक्ला र?

येशूका अर्ध-भाइ याकूबको गवाहीलाई विचार गर्नुहोस्

उहाँको पार्थिव जीवनकालभरि येशूका भाइहरू उहाँका विरुद्धमा थिए (यूहन्ना ७:७), तर येशू मृत्युबाट बौरउनुभएपछि, याकूबले विश्वास गरे र यरूशलेमको मण्डलीमा अगुवा बने (प्रेरित १२:१७; १५:१३; २१:१८; गालती १:१९)। याकूबको मत परिवर्तन ख्रीष्ट बौरिउठ्नुभएपछि उनीकहाँ देखा पर्नुभएकोले भएको थियो (१ कोरिन्थी १५:७)।

पावलको गवाहीलाई विचार गर्नुहोस्

पावल, ख्रीष्टका तिक्त शत्रु, मत परिवर्तन भएर कसरी उनी ख्रीष्टका सबैभन्दा जोशीला अनुयायी बन्न पुगे? सांसारिक दृष्टिकोणबाट हेर्दा, ख्रीष्टका अनुयायी बनेर पावललाई फाइदा हुने कुनै कुरा थिएन, सबै कुरा गुमाउनु मात्र थियो। उनले यो स्वीकार गरे कि “अनेकौंलाई उछिन्दै म यहूदी-धर्ममा अघि बढें” (गलाती १:१४)। पावलले यो गवाही दिए कि उनलाई विश्वस्त पार्नुहुने चाहिँ बौरिउठ्नुभएका ख्रीष्ट हुनुहुन्थ्यो (प्रेरित २२:३-२१)।

एक जोशीलो फरिसी र यहूदीहरूका बीच ख्रीष्टका शत्रुहरूका नेताको स्थानमा रहेर, चेलाहरूले शरीर चोरेका हुन् भन्ने कथाको बारेमा पावलले सबै कुरा जान्न सक्थे। येशूको मृत शरीर कतै लुकाइएर राखिएको छ भन्ने कुरा उनले ठानेका भए, उनले बौरिउठाइलाई कहिल्यै विश्वास गर्ने थिएनन। उक्त कथालाई उनले पनि पत्याउँदैनथे भन्ने कुरा छर्लङ्ग देख्न सकिन्छ।

वकिल तथा न्यायधीशहरूका गवाहीलाई विचार गर्नुहोस्

थोमस शरलक (Thomas Sherlock) वकिल थिएनन् तर कानून विद्यमा तालीमप्राप्त थिए। उनी क्याम्ब्रीजमा शिक्षा हासिल गरेका चर्च अफ इङ्गल्याणडका एक ईश्वरशास्त्री थिए, अनि उनले एउटा प्रतिष्ठित ग्रन्थ लेखे  जसमा उनले एउटा अड्डा अदालतको दृष्टिकोणबाट ख्रीष्टको बौरिउठाइको प्रमाणहरूलाई अनुसन्धान गर्दछन्। त्यसको शीर्षक रहेको छ The Trial of the Witnesses of the Resurrection of Jesus (1729). 

साइमन ग्रीनलिफ (Simon Greenleaf) – हार्वर्ड विश्वविद्यालयका रोयल प्रोफेसर अनि अमेरिकाकै सबैभन्दा चर्चित कानूनविदमध्ये एक थिए। A Treatise on the Law of Evidence शीर्षक गरेको तीन ठेलीको रचनाका लेखक उनी नै थिए जुन रचना “अझै पनि कानूनी प्रकृया सम्बन्धी सम्पूर्ण साहित्यहरूमा प्रमाणहरू सम्बन्धी सबैभन्दा महान् सिङ्गो आधिकारिक पुस्तक मानिन्छ” (Wilbur Smith, Therefore Stand, 1972, p. 463). विस्तृत खोज गरेपछि उनले यस निर्षकर्षमा पुगे कि येशू ख्रीष्ट साँच्ची नै मृत्युबाट बौरिउठ्नुभएको हो। १८४६ मा उनले छापे An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice. प्रमाणिकरण सम्बन्धी न्यायलयहरूमा प्रचलित नियमहरूद्वारा सुसमाचारका चार लेखकहरूको जाँच।

“ख्रीष्टियमतले मानिसबाट यति मात्र माग राख्छ, कि उनीहरू आफैसित तर्कयुक्त व्यवहार गरून्; कि उनीहरूले ख्रीष्टियमतका प्रमाणहरूलाई अन्य कुराका प्रमाणहरूसित झैं व्यवहार गरून्; अनि उनीहरूले जसरी मानव न्यायलयहरूमा मानव कामकुरा र क्रियाकलापहरूको सवालमा गवाही दिइँदा जसरी सम्बन्धित् मानिसहरूसित व्यवहार गर्छन् त्यसरी नै व्यवहार गरी ख्रीष्टियमतका व्यक्तित्वहरू र गवाहीहरूलाई जाँचून् र न्याय गरून्। बौरिउठाइका गवाहीहरूलाई आफैसित तुलना गरिऊन्, परस्परमा तुलना गरिऊन् अनि वरिपरिका तथ्यहरू र परिस्थितिहरूसित तुलना गरिऊन्; अनि उनीहरूको गवाहीलाई केलाइयोस् मानौं त्यसलाई न्यायलयमा केलाइएको जस्तै गरीकन, विपक्षीको अडान लिएर, गवाहीलाई कर्कश रूपमा केरकार गरियोस्। यसरी ख्रीष्टियमतको प्रमाणहरूको जाँच गरियो भने, नतीजास्वरूप, तिनका इमानदारितामा, क्षमतामा र सत्यतामा निजलाई शङ्कारहित निश्चयता हुनेछ भन्ने कुरामा मलाई निर्धक्क विश्वास छ।” (An Examination of the Testimony of the Four Evangelists).

इङ्ल्याण्डका भूतपूर्व प्रधानन्यायधीश लर्ड डार्लिङ (Lord Darling) ले भने:

“येशूले आफू जो हुँ भनेर घोषणा गर्नुभयो त्यो हो कि होइन भन्ने कुराको समस्याको जड निश्चय पनि बौरिउठाइ सत्य हो कि होइन भन्ने कुरामा निर्भर हुनैपर्छ। त्यो सबैभन्दा महान् मुद्दाको सवालमा हामीलाई केवल विश्वास गर भनिएको छैन।

त्यसको पक्षमा जीवित सत्यताका रूपमा यति अत्यधिक प्रमाणहरू छन् — सकारात्मक, नकारात्मक, तथ्यात्मक र पारिस्थितिक — कि संसारमा कुनै पनि कुशल निर्णायक समितिले बौरिउठाइको बयान सत्य हो भनी फैसला गर्न चुक्नेथिएन।” (cited from Michael Green, Man Alive, 1969, p.54)

इङ्ल्याण्डका लर्ड चीफ जस्टिस प्रधानन्यायधीश लर्ड काल्डेकोट (Lord Caldecote) ले गवाही दिए:

“बौरिउठाइको पक्षमा, केवल विशुद्ध प्रमाणहरूकै विषय लिएर, एउटा खण्डन गर्न नसकिने नालिस (case) प्रस्तुत गर्न सकिन्छ। … जति पटक मैले ख्रीष्टिको बौरिउठाइको प्रमाणलाई जाँच पडताल गर्न खोजेको छु, त्यसले मलाई यो विवादरहित तथ्य हो भन्ने कुरा विश्वास गर्न प्रभावित पारेको छ” (cited by Irwin Linton, A Lawyer Examines the Bible, p. xxiv, xxv).

एडमण्ड ह्याच बेनेट (Edmund Hatch Bennet), २० वर्ष माथि Boston University School of Law का डिन थिए, साथै Massachusetts Probate Court का न्यायधीश थिए। In 1899 उनले The Four Gospels from a Lawyer’s Standpoint लेखे। उनले यसो भन्दै सुरु गर्छन्:

“कुनै धर्मनिष्ठ ख्रीष्टियन आस्था नराखीकनै, हाम्रा आफ्नै धार्मिक मनोभावहरूको सबै झुकावबाट स्वतन्त्र रहेर अनि अन्य कुनै पनि दस्तावेजहरूको वा अन्य कुनै ऐतिहासिक वृत्तान्तहरूको सत्यता वा असत्यतालाई निर्धारण गर्न जे-जस्ता सिद्धान्तहरू र जे-जस्ता परीक्षणहरू काममा लगाइन्छ तिनैलाई सुसमाचारका वृत्तान्तहरूमाथि लागु गरियो भने सुसमाचारका पुस्तकहरूमा बताइएको वृत्तान्तको सत्यता, केवल तर्क वितर्कको प्रक्रियाद्वारा, सन्तोषजनक रूपमा स्थापना गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरालाई जाँचेर पत्ता लगाउने मेरो आफ्‍नै तर्फबाटको एउटा प्रयासको नतीजा नै यो लेख रहेको छ।”

बेनेटले निम्न तर्क राख्छन्:

“यी बयानहरू उल्लेखित क्रूसीकरणको धेरै समय नबित्दै प्रकाशन गर्न थालिएका थिए। त्यसबेला धेरैजना व्यक्तिहरू जीवितै थिए जोहरूले सुसमाचारका लेखकहरूका भनाइहरूलाई सजिलै खण्डन गर्न सक्थे यदि ती असत्य भएका भए। येशूका शत्रुहरू जीवितै थिए, सक्रिय नै थिए। शास्त्री र फरिसीहरू, पूजाहारी र लेवीहरूलाई, आफूहरूले खाएका उहाँका हप्कीका पीडाहरू, अझ पनि ताजै लागिरहेको थियो। त्यतिखेर प्रकाशित भएका बयानहरू पूर्ण रूपमा काल्पनिक कुरा भएका भए — हाम्रा प्रभुको अलौकिक जन्म, दागरहित जीवन, आश्चर्यकर्महरू, अवर्णनीय मरण, विस्मयकारी, बौरिउठाइ, महिमापूर्ण स्वर्गारोहण — यी सबै झूटा हुन् भनेर घोषणा गर्न उनीहरू स्वभावैले चाहने कुरा थियो, त्यसो गर्न समय अनुकूल थियो र सो गर्न उनीहरूलाई प्रेरणा पनि थियो। तर जहाँसम्म हामीलाई थाह छ, त्यतिखेर बाँचिरहेको एउटै व्यक्तिले यी वृत्तान्तहरूको विरोधमा प्रतिवादको एउटै शब्द निकालेन, अनि दुई हजार वर्षसम्म ती वृत्तान्तहरू असली इतिहासको रूपमा ग्रहण गरिएका छन् र त्यसरी नै व्यवहार गरिएका छन्।”

वाशिङ्गटन डीसीका एक न्यायधिवक्ता इर्वीन लिन्टन (Irwin Linton) जसले सर्वोच्च अदालतका सामु बहस गर्नुभएको छ, 1929 मा उहाँले A Lawyer Examines the Bible: An introduction to Christian Evidences प्रकाशित गर्नुभयो।

“वकिलहरूले सत्यबाट झूटलाई छुट्ट्याउने हेतुले नियमित रूपमा गवाहीहरूलाई छान्ने काम गर्छन्। यस पुस्तकको एउटा विशेष गुण यो हो कि यसले बाइबलको समर्थनमा रहेका गवाहीहरूलाई तौलने काम गर्दछ। लिन्टन भन्छन्, वकिलहरूले गवाहीहरूलाई, सतहमा देख्दा, मामूली विवरणका बारेमा सोध्छन् किनकि, कुनै झूटो गवाही छ भने त्यसको मुख्य रूपरेखा अगाडिबाटै मिलोमतो गरिएको हुन सक्छ, तर असङ्ख्य सानातीना मसीना विवरणहरूको सम्बन्धमा भने सकिन्न। बौरिउठाइका अभिलेखहरूका बीच सतही अन्तर्विरोध देखिएकोबाट यो प्रमाणित हुन्छ कि लेखकका बीच कुनै साँठ-गाँठ थिएन अनि ती सतही अन्तर्विरोधहरू समाधान गर्न सकिने तथ्यले ती गवाहीहरूको विश्वसनीयतालाई झन् बढाउँछ। यसकारण, बौरिउठाइ सम्बन्धी सुसमाचारका अभिलेखहरूका बीचका सतही अन्तर्विरोधहरू, घातक बन्ने कुरा त परै जाओस्, बरु उक्त घटनाको सच्चाईलाई समर्थन गर्ने कुरा बनेका छन्।”

आल्बर्ट रोपर (Albert Roper), University of Virginia law school मा शिक्षित Virginia का एक प्रख्यात अधिवक्ता थिए, एक समय Norfolk का मेयर पनि। उनले ख्रीष्टको बौरिउठाइको प्रमाण सम्बन्धी विस्तृत अनुसन्धान गरे, यो प्रश्न सोध्दै, “के कुनै एक समझदार व्यक्तिले बौरिउठाइको कथालाई स्वीकार गर्न सक्दछ?” उनको अनुसन्धानको अन्तमा उनको निष्कर्ष थियो, “के कुनै समझदार व्यक्तिले यति वजनदार गहकिला प्रमाणहरूलाई इन्कार गर्न सक्छ?” Did Jesus Rise from the Dead भन्ने किताब लेखे। 

विज्ञानको यस युगमा आएर, मृत्युबाट स-शरीर बौरिउठाइमा कसरी विश्वास गर्न सकिन्छ र? के जीवशास्त्रको नियमअनुसार यो असम्भव कुरा होइन र?

यसमा शङ्कै छैन, प्राकृतिक र अवलोकनको दृष्टिले मृत्युबाटको बौरिउठाइ असम्भव कुरा हो, तर ख्रीष्टको बौरिउठाइ प्राकृतिक थिएन; यो एक ईश्वरीय आश्चर्यकर्म थियो। सृष्टिकर्ता आफैले सृष्टि गर्नुभएका प्राकृतिक कुराहरूद्वारा न सीमित हुनुहुन्छ न ता तिनको अधीनमा हुनुहुन्छ।

यदि प्रमाण यति बलियो छ भने किन सबैजनाले विश्वास गर्दैनन् त?

  1. धेरैले यी प्रमाणहरू सुनेकै छैनन्। मैले नेपालमा विश्वविद्यालयका सयौं विद्यार्थीवर्गलाई ख्रीष्टको बौरिउठाइको प्रचार गर्ने अवसर पाएको छु जोहरूले यसको बारेमा कहिल्यै सुनेका थिएनन्।
  2. धेरैजना जानाजानी अन्धा हुन्छन्; उनीहरू आश्चर्यकर्महरू विश्वास गर्न इन्कार गर्छन् (“अजान रहन चाहन्छन्” २ पत्रुस ३:५)।
  3. धेरैजना परमेश्वरको अधीनमा आफूलाई सुम्पन चाहँदैनन्। ली स्ट्रोबेल (Lee Strobel) ले एकजना चिनारुका सम्बन्धमा बताउँछन् जसले ख्रीष्टको बौरिउठाइको प्रमाण अत्यधिक भएको स्वीकार गरे तर विश्वास गर्न इन्कार गरे यो भन्दै, “म एक नयाँ मालिक चाहदिनँ।” 
  4. धेरैजनाले विश्वास गरेका छन्। बाइबल संसारमै सबभन्दा प्रसिद्ध पुस्तक हो। सन् २०२० सालभित्रमा यसको कम्तीमा पनि एउटा भाग हरेक भाषामा उपलब्ध हुनेछ भनेर अपेक्षा गरिएको छ। यसले यसको लोकप्रियतालाई र धेरै-धेरै मानिसहरूले ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो भनेर विश्वास गर्छन् भन्ने तथ्यलाई बेजोडसाथ गवाही दिइरहेको छ।

निष्कर्ष:

  1. येशू ख्रीष्टको स-शरीर बौरिउठाइ सुसमाचारकै मुटु हो (१ कोरिन्थी १५:१-८) अनि हामीले हरेक व्यक्तिलाई प्रचार गर्नुपर्ने सुसमाचार यही हो (मर्कूस १६:१५)।
  2. सबै मानिसहरू बौरेर उठ्नेछन्, कि त अनन्त जीवनका लागि कि त अनन्त दण्डका लागि (यूहन्ना ५:२८-२९); प्रेरित २४:१५)। एक व्यक्तिको अनन्त गन्तव्य येशू ख्रीष्टसितको उसको सम्बन्धमा निर्भर हुन्छ। मानिसको अस्तित्व अनन्तको लागि हुन्छ अनि विश्वास नगर्दैमा उक्त वास्तविकतादेखि ऊ उम्कन सक्दैन।

“ख्रीष्टको बौरिउठाइको प्रमाण” को सारांश:

  1. ख्रीष्टले आफू परमेश्वरको पुत्र हुनुभएको दाबीलाई आफ्‍नो बौरिउठाइमा, मानौं, भर पर्ने तुल्याउनु भयो, पटकपटक यो व्यक्त गर्नुहुँदै कि उहाँ मारिनुहुनेछ र मरेकाबाट बौरेर उठ्नुहुनेछ।
  2. बौरिउठाइका तीनओटा प्रमाणहरू निम्न अनुसार छन्: पहिलो, सजीव विवरण र खरो चरित्र भएको सुसमाचारका वृत्तान्तहरू। दोस्रो, बौरिउठाइले मात्र कारण बताउन सकिने रित्तो चिहान। तेस्रो, परिवर्तित जीवनहरू, जस्तो पावलको, जसले मानवीय हिसाबमा येशू मरेकाबाट बौरनुभयो भनी दाबी गरेर केही पाउने कुरा थिएन, सबै गुमाउनु मात्र थियो।

ख्रीष्टको बौरिउठाइ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. ख्रीष्टको बौरिउठाइका “अनेकौं अचूक प्रमाणहरू” छन् भनेर कुन पदले बताउँछ?
  2. येशू र बाइबल र इसाईमत खडा हुने वा ढल्ने कुरा ख्रीष्टको बौरिउठाइमै किन भर पर्छ?
  3. ख्रीष्टय विश्वास ख्रीष्टको बौरिउठाइको वास्तविकतामा निर्भर छ भन्ने कुरा पावलले कुन पुस्तकको कुन अध्यायमा गरे?
  4. ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू के के हुन्?
  5. येशूको चिहान रित्तो थियो भन्ने कुरा कुन दुईटा तथ्यले प्रमाणित गर्दछ?
  6. रित्तो चिहानको कारण बताउन प्रस्ताव गरिएका सात परिकल्पनाहरू के के हुन्?
  7. चिहानका रक्षकहरू मन्दिरका प्रहरी नभएर रोमी सिपाहीहरू थिए भन्ने कुराको दुईटा कारण के हुन्?
  8. येशू क्रूसमा केवल बेहोश मात्र हुनुभई पछि चिहानमा होश खुलेको हुनु कसरी असम्भव कुरा हो?
  9. बौरिउठ्नुभएको येशूलाई एक पटक पाँच सय भन्दा धेरैले देखे भन्ने कुरा कुन खण्डमा बताए?
  10. येशूको चिहानलाई पहरा दिएका सिपाहीहरू निदाउन पुगे भनेर सोच्नु किन तर्कसङ्गत छैन?
  11. येशूको शरीर चोरिएको हो भन्ने उनीहरूकै कथा यहूदी अगुवाहरू स्वयंले पनि विश्वास गर्दैनथे भन्ने कुरा कुन कुराले हामीलाई प्रकट गर्छ?
  12. येशू मृत्युबाट बौरिउठ्नुभयो भन्ने उनीहरूको गवाहीको खातिर सुरुका चेलाहरूले के कस्ता कष्ट भोगे?
  13. आफू केवल आत्मामा मात्र नभएर सशरीर बौरिउठ्नुभएको कुरा येशूले कसरी प्रमाणित गर्नुभयो?
  14. बौरिउठाइको अगाडि र पछाडिका पत्रुसका क्रियाकलापहरूले ख्रीष्ट बौरनुभएकै हो भनेर कसरी प्रमाणित गर्दछन?
  15. ख्रीष्ट बौरिउठ्नुभएको हो भन्ने कुराको गवाही दिएर मानवीय हिसाबमा पावललाई के फाइदा थियो?
  16. ख्रीष्टको बौरिउठाइको प्रमाणलाई अनुसन्धान गरेपछि त्यो एक इतिहासकै तथ्य हो भनेर घोषणा गर्ने तीनजना वकिल तथा न्यायधीशका नाम दिनुहोस्।
  17. बाइबललाई झूटा साबित गर्न खोज्दा विश्वासी बनेका तीनजना व्यक्तिका नाम दिनुहोस्।
  18. ख्रीष्टको बौरिउठाइमा किन मानिसहरूले विश्वास गर्दैनन्, चारओटा कारणहरू दिनुहोस्।

(साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)











“निश्‍चयता” – अकिना महर्जन

“येशू हुन् मेरो निश्‍चयता
दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्‍वर्ग मेरो घर
उनमा म बस्छु सधैं निडर।”

माथिको भजन मेरी छोरी अकिनालाई धेरै मन पर्ने भजन थियो। मेरी छोरी अकिनाको जन्‍म २०६५-०८-१९ गते भएको थियो। अकिना, हाम्रो छोरी जन्‍मदा हामी धेरै खुसी थियौं। मेरो श्रीमान् त झन् धेरै खुशी हुनुहुन्थ्यो। छोरीको नाम श्रीमानले शब्दकोषबाट खोजेर ‘अकिना’ भनी राख्‍नु भएको अहिले नै जस्तो लाग्छ। त्यति नै बेला बत्ति गयो। किनकि त्यो समयहरूमा लोड सेडिङको समय थियो। श्रीमानले राती कति बजेदेखि नाम खोजी राख्‍नुभएको रहेछ, मलाई त याद भएन तर बिहान ठिक ५ बजे बत्ति पनि आयो, त्यति नै बेला अकिनाको नाम पनि भेट्टाउनुभयो। उसको नामको अर्थ रगतसँग सम्बन्धित थियो। 

अकिनाको बारेमा भन्‍नुपर्दा ऊ सानैदेखि सुशिल, आज्ञाकारी, दयालु मन भएकी छोरी थिई। म अस्‍पतालमा रहँदा बाइबल अध्ययन गर्दै जाँदा एउटा यस्तो पद भेट्‍टाएँ र मलाई यस पदबाट धेरै सान्त्‍वना मिलेको थियो, यशैया ५७:१-२, यसै पदबाट मैले अकिनालाई पनि सिकाउन पाएँ। यहाँ यस्तो लेखिएको थियो, 

“धर्मी जन नाश हुँदैछ, तर कसैले यो कुरा हृदयमा राख्दैन; अनि करूणामय मानिसहरू लगिँदैछन्; तर धर्मी जन त आउन लागेको विपत्तिको सामुबाट लगिएको हो भनी कसैले विचार गर्दैन। ऊ शान्तिभित्र प्रवेश गर्नेछ; तिनीहरूले आफ्‍ना ओछ्यानहरूमा विश्राम लिने छन्- आफ्नो सीधा चालमा हिँड्ने हरेक जन।”

यो पद पढ्दा मैले धेरै मनन गरें, प्रार्थना गरें अनि अकिनाको दयालु स्‍वभावलाई सम्झना गरें। मलाई अझै त्यो याद ताजा छ अकिना एक वा साँढे एक वर्षको हुँदा हामी शनिबारको आराधना सङ्गतिबाट फर्केका थियौं। तिनकुने चोकबाट टेम्पोमा बस्यौं। हाम्रो अगाडि एउटा बूढा बाजे हुनुहुन्‍थ्यो। त्यो बाजे हेर्दा धेरै दु:खित र अनुहार निराश देखिन्थ्यो। उहाँको लुगा फाटेको, ढाका टोपी पनि अलि फाटिएको जस्तो देखिन्थ्यो। अकिनाले त्यो बाजेलाई हेरिरहेकी थिई, उसले बिस्‍तारै बाजेलाई छुन गई। अनि ऊ डराई अनि फेरि अकिनाले बाजेलाई छोई, उसको त्यो सानो कोमल हातले बाजेको चाउरीएको हातमा विस्तारै छुन गई। पछि बाजेले, ‘आउने? आऊ’ भनेर बोलाउनु भएपछि उसले मेरो मुखमा हेरी अनि मैले जाऊ भनेपछि खुरूक्‍क गयो। अकिना बाजे सँगै बस्यो। बाटोमा हिँड्दा पनि बाटोमा बसेर माग्‍नेहरूप्रति ऊ धेरै दयाले हेरिरहन्थ्यो। सानै देखि मण्डली जान खूबै इच्छुक हुने, आज्ञाकरी, परमेश्‍वरको डर मान्‍ने बालिका थिई। ऊ सानै देखि परमेश्‍वरलाई प्रार्थना गर्न रुचाउँथी। 

२०७७-०२-१० गते, मेरी छोरीले अचानक तिघ्रा दुख्यो भन्‍न थाली। अस्पतालमा उसलाई देखाउन भनी उनको बाबाले लिएर जानुभयो। डाक्टरले रगत चढाउनुपर्छ भन्‍नुभयो। उसको शरीरमा रातो रगत अनि सेतो रगतको कमी भएको रिपोर्टबाट थाहा पायौं। त्यही रातमा नै अकिनाले मलाई आफूले मुक्ति पाएको निश्‍चयता बताएकी थिई। “मामु, आज मैले ग्रहण गरेको छु, सबै मेरा पापहरूको स्वीकार गरेर क्षमा मागेको छु।”  भनेर खुसी साथ गवाही दिएको मलाई याद आइरहन्छ। मैले उसलाई सोधेको पनि थिएँ, “साँच्‍चै हो त, के आज नै तिमी मर्‍यौं भने तिमी प्रभुसँगै हुन्छौ त? उनले उत्तर दिएकी थिई, “अँ, म आज मरें भने पनि प्रभुसँगै हुन्छु”  त्यसो भन्दा उसको अनुहारमा त्यो छुट्टै खुसी र त्यो उज्यालोपना देख्‍न सकिन्थ्यो। यस्तो निश्‍चयताको  गवाही सुन्दा म धेरै खुसी भएँ। उसको शरीरमा लागेको त्यो घातक रोग, थाहा पाउँदा आफूभित्र चारै तिर अन्धकार त छाएको थियो नै तर उसले पाएको अनन्त मुक्तिको गवाहीले छुट्टै आनन्द पनि ल्याएको थियो। वास्तवमा भन्‍नुपर्दा पोलेको घाउमा शीतल दिने मलहम लाए जस्तै भएको थियो। 

अकिनाको उपचार क्रममा किमो दिनुपर्ने हुन्थ्यो। त्यति खेर उनको कष्ट ज्यादै हुन्थ्यो। त्यो कष्ट पीडा हामीलाई हेर्न साह्रै असैह्‍य हुन्थ्यो। तर उनी भने सहन्थिन्। अस्पतालको शैयामा उसले आफ्नो बाबालाई “बाबा, म मरे भने स्‍वर्गमा मलाई भेट्‍न आउनुस् है। तपाईं पनि प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुस् है।”  भनी भनिरहन्थिन्। बाबालाई बाइबल पढेर सुनाउन लगाउथिन्। ऊसँग भएको त्यो क्यान्सर रोगले उसलाई मृत्युमा पुर्‍याउँछ भन्‍ने कुरा राम्ररी थाहा थियो तर उसलाई यो पनि थाहा थियो कि मृत्यु पछि प्रभुको घरमा भजन गाउँदै म बस्‍नेछु। छोरी त्यो कुरामा निश्‍चित थिइन्। अकिना अस्पतालमा छँदा भेटेको इटहरी व्याप्टिष्ट मण्डलीको एकजना दाई, उहाँ पनि यही रोग लागेर आउनुभएको थियो। पछि दाई प्रभुमा सुत्‍नु भएपछि उहाँको छोराले अकिनालाई खबर गरेको रहेछ। अकिनाले बिहानै मलाई बताइन्। पछि अकिनाको मोबाइलमा मेसेज हेर्दा अकिनाले सुन्दर तरिकाले सान्‍तवना दिएकी मैले देखेँ। म छक्‍कै परेँ त्यहाँ यस्तो लेखिएको थियोः“दाई, निराश नहुनुहोस् है। अङकल प्रभुमा सुत्‍नु भएको छ। अहिले उहाँ परमेश्‍वरसँग प्रभुको घरमा सङ्गति गरेर बसी राख्‍नुभएको छ।” भन्दै यशैया ५७: १-२ पद बाट सान्तवना दिएको म्यासेज देखे। मैले थाह पाएँ, अनि लाग्यो, अहो! मेरो छोरी म भन्दा पनि कति बलियो! अनि कति सहासी! 

अकिनामा मृत्युको कुनै डर थिएन। मलाई यस्तो रोग लागेको छ भनेर ऊ कहिल्यै निराश पनि भएन तर उल्टै उसले हामीलाई सान्तवना दिन्थिन् र भन्थिन् “मेरो रोग निको नभए के भयो त? मेरो पापको रोग निको भएको छ, अनि म प्रभुको घरमा हुनेछु।”  यहाँ मात्र होइन उसको विश्‍वासको गवाही इटहरी व्याप्टिष्ट मण्डलीमा पनि पुगेको रहेछ। हामीलाई त्यही अकिनासँगै उपचार गर्न आउनुहुने दाईबाट थाहा भयो। उहाँहरू पनि छक्‍क पर्नुभएको थियो। “हाम्रो मण्डलीमा समेत अकिनाको विश्‍वासको गवाही अनि उसको त्यो असल स्वभाव, मीठो बोलीको कुरा भएको छ” भनेर हामीलाई बताउनुभयो।

अस्‍पतालमा सबै डाक्‍टर, अरू अस्‍पतालको मानिसहरूले समेत अकिनाको बोली, अकिनाको स्वभावको प्रंशसा गर्नुहुन्थ्यो। डा. विशेष पौड्याल अकिनाको धेरै तारीफ गर्नुहुन्थ्यो। अकिना God’s Gift अर्थात् परमेश्वरको दान हो भन्‍नुहुन्थ्यो। अकिना सानै उमेरदेखि सबैको नजरमा फरक व्यवहार देखाउने छोरी थिइन्। मलाई जँहा सम्‍म लाग्छ अकिनाले कसैलाई दुःखित बनाएको छैन। 

घरी-घरी उसलाई गाह्रो हुन्थ्यो, जब ऊ पीडामा हुन्थ्यो। म सोध्‍ने गर्थेः “छोरी, के तिमीले मुक्ति पायौ, अनि के तिमी तयार छौ प्रभुको घरमा जान?” उसले झर्को नमानी मलाई बताउथिन्, “म तयार छु। मैले मुक्ति पाएको छु।”  उसको यो गवाहीले त्यस्तो पीडामा पनि मलाई आनन्दित तुल्याउथ्यो। म उसको त्यो पीडालाई अन्तिमसम्‍म पनि हेर्न सक्थें तर यदि उसले मुक्ति नपाई मरिन् भने म उसको अनन्त पीडालाई कसरी हेर्न सक्‍थें र! त्यसैले म घरी-घरी उसलाई सोध्‍ने गर्थें, “छोरी, तिमीलाई डर लागेको छ?”  उसले जवाफ दिन्थी, “छैन, मामु मलाई मर्न डर लाग्दैन खाली छट्पट्टि होला कि भन्‍ने मात्र डर लाग्छ”  उसको यो कुराले मुटु चुडेको जस्तो हुन्थ्यो। यसको जवाफ म केहि दिन सक्‍दिन थिएँ। परमेश्‍वरले प्रतिज्ञा अनुसार मृत्युको छाँयामा हिँड्नु परेता पनि उहाँले तिमीलाई छोड्नुहुने छैन, अनि तिमीले डर मान्‍नु पर्दैन भनेर सान्तवना दिन्थें। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। अकिनाको हेरक पीडा अनि कष्‍टलाई देख्‍नुभयो। हाम्रो प्रार्थना सुन्‍नुभयो। उहाँको असल योजना र उहाँको प्रेमले आज मेरी छोरी अकिनाले शान्तिमा विश्राम लिएको छ।

छोरीले बाबालाई यसो पनि भनेकी थिइन्, ‘बाबा म प्रभुको घरमा गएपछि प्रभुलाई नछोड्नुस् है अनि बाबाले छोरीलाई भन्‍नुभयो, ‘मलाई प्रभुमा डोर्‍याउने छोरी नभएपछि कसले मलाई सिकाउँछ?’  अनि छोरीले बाबालाई सङ्गतिमा बस्‍नुहोस्, प्राथर्ना गर्नुहोस् अनि बाइबल पढ्नुहोस् सबै सिकिहाल्नुहुन्छ नि भनेर सम्झाउने गरेकी थिइन्। मेरी छोरी सानै उमेर देखि प्रभुमा धेरै अघि बढेकी थिइन। उनको हरेक चाल, स्‍वभाव, असल थियो। चाहे स्‍कूलमा चाहे अस्पतालमा सबैले उसलाई माया गर्नुहुन्थ्यो। उसलाई सबैले चिनेका थिए। सबैले उनको बारेमा “किनालाई कस्तो छ?” भनी सोध्‍ने गर्थे। 

अकिनाले १३ वर्षको उमेरमा, यो छोटो जीवनको यात्रामा पनि आफ्नो दौड पूरा गरिन्। उसले हरेक पल्‍ट, “म स्‍वर्गमा प्रभुको घरमा पुग्‍छु”  भन्‍ने आफ्नो निश्‍चयताको गवाही दिइएकी थिईन्। “मामु, केही वर्ष त हो नि फेरि हामी प्रभुको घरमा सँगै हुनेछौ।” त्यो निश्‍चयता अकिनाले व्यक्त गरेकी छिन्। उनको खप्‍न नसकिने दुखाइ, पीडा र छटपटहरूमा पनि उनले हामीलाई उत्साह, सान्‍त्वना र आशा दिएर गएकी छिन्। प्रभुको घरमा जाने, उहाँसँगै गएर सङ्गति गरेर बस्‍ने, उनको निश्‍चयता थियो। परमेश्‍वरको अनुग्रह अकिनाको जीवनमा प्रशस्त थियो।

म विदेश जाँदा अकिनालाई ३ वर्षको हुँदा छोडेर गएको थिएँ। त्यतिबेला उसलाई राम्रोसँग थाहा थियो कि मूर्तिपूजा गर्नुहुँदैन, टिका लगाउनु हुँदैन, झूट बोल्‍नु हुँदैन भनेर। म नहुँदा पनि उसले मूर्तिपूजा देखि अलग बस्‍ने गरेको रहेछ। सानै उमेरदेखि अकिना खराब कुराहरूबाट अलग बस्थिन्। साँच्‍चै भन्‍ने हो भने परमेश्‍वरको महान उद्देश्यलाई कसले पो जान्‍न सक्छ? यी सबै घटनाहरू परमेश्‍वरका योजनाहरू नै थिए जुन पूरा हुनुथियो। परमेश्‍वर हाम्रो निम्ति सबै कुरामा असल ठहरिनुभयो। उहाँ कहिल्यै गल्ती गर्नुहुन्‍न, अकिनाको लागि परमेश्‍वरले उत्तम कार्य गर्नुभएको छ। मैले भन्दा पनि धेरै माया गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ। उहाँकै महिमा सदा सर्वदा होस्।

– बिनु महर्जन











ख्रीष्टमस के हो?

– जोसेफ हान

डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ।तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्। वास्तवमा डिसेम्बर २५को दिन मान्ने चलन इटालीको राजधानी रोमबाट ईस्वी सम्वत् ३३६ मा सुरु भएको हो। जे होस्, वास्तविकता यो हो कियेशू साँच्ची नै इस्राएलमा करिब २००० वर्ष अघि जन्मनुभएको हो।

कन्याबाटको जन्म

बाइबलले यो बताउँदछ कि येशू अनन्त परमेश्वरका पुत्र हुनुहुन्छ। संसारका मुक्तिदाता हुनाका निम्ति येशू स्वर्गबाट यसपृथ्वीमा आउनु आवश्यक थियो। अनि यसका लागि उहाँ एक मानिस बन्नु आवश्यक थियो। परमेश्वरले आजभन्दा६००० वर्ष अघि संसारको सृष्टिको सुरुमा मानिसका प्रथम पूर्खा आदमलाई रच्नुभएको थियो तर आदमले पाप गरे रसबै मानिसहरू उनकै पापी वंशबाट जन्म लिएकाले सबै पापी बनें। अब स्वर्गका येशू यस पृथ्वीमा मानिसको रूपमा प्रवेश गर्नुपर्दा उहाँ मानिसको पाप स्वभावसँग नमिलीकन कसरी जन्मन सक्नुभयो त? अद्भुत कुरा यो छ कि बाइबलकासयौं भविष्यवाणीहरू पूरा गर्नुहुँदै हजारौं वर्ष अघिदेखिका भविष्यवाणीहरू अनुसार येशू मरियम नाम गरेकी एक कन्यास्त्रीको गर्भद्वारा जन्मनुभयो! उहाँ परमेश्वरको सामर्थ्यद्वारा पुरुषबिना नै जन्मनुभयो। यसरी येशू मानव जातिको पापीस्वभावदेखि पूरै पृथक रहेर जन्मनुभयो। यशैया नाम गरेका परमेश्वरका भविष्यवक्ताले येशूको जन्म हुनुभन्दा ७०० वर्षअगाडी यसरी लेखेका थिए, “हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उनको नामइम्मानुएल राख्नेछिन् [जसको अर्थ हो, ‘परमेश्वर हामीसित’]।”

येशूलाई भेट्न आएका गोठालाहरू

येशूको जन्म हुँदा त्यहाँ “राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए” (लूका २:८)। स्वर्गबाटएक स्वर्गदूत उनीहरूकहाँ देखा परे र “बडो आनन्दको शुभ समाचार” सुनाए: बेथलेहेमको शहरमा मुक्तिदाता येशूजन्मिनुभएको छ तिमीहरूले उहाँलाई “लपेट्ने लुगाहरूमा बेरिएको . . . डुँडमा सुतिरहेको भेट्टाउनेछौ” (लूका २:१०-१२)।यो खबर पाएपछि गोठालाहरू हतार-हतार आफ्ना मैदानहरू छोडे, राती नै बेथलेहेम गए र ठूलो आनन्दका साथउनीहरूलाई जस्तो बताइएको थियो त्यस्तै भेट्टाए।

यदि हामीले मुक्तिदाता येशूलाई भेट्टाउने हो भने यी नम्र गोठालाहरूले जस्तै हामीले पनि आफ्ना-आफ्ना “मैदानहरू” याकुराहरू र मार्गहरू त्याग्नै पर्छ र “रात” वा आफ्नो परिस्थितिको विषयमा कुनै बाहाना नबनाई, बेसमय नभनी, ढिलासुस्तीनगरी उहाँलाई यत्नसित खोज्नुपर्छ।

येशूको जन्मको उद्देश्य

पापी मानिसको सट्टा मरिदिनका लागि परमेश्वरका पुत्र येशू स्वर्ग छोड्नुभई यस संसारमा जन्म लिनुभयो। बाइबलले योबताउँदछ कि एक मात्र सृष्टिकर्ता र सत्य परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पापको न्याय गर्नैपर्छ। हामीलाई यो पनिबताइएको छ कि “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्” र “धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:२३, १०)। झूटा ईश्वरहरू र मूर्तिहरू पूजेर, झूट बोलेर, चोरेर, हत्या गरेर (रिस गर्नु हृदयमा हत्या गर्नु बराबर हो), व्यभिचार गरेर (खराब इच्छाले हेर्ने कामलाई व्यभिचारलाई जस्तै न्याय गरिनेछ) र लोभ गरेर − परमेश्वरका नियमहरूतोडेर सबैले पाप गरेका छन्। यसैकारण सम्पूर्ण मानव जाति पवित्र परमेश्वरद्वारा अनन्त मृत्यु र नरकका निम्तिठहराइएका छन्। नरकलाई सदा-सर्वदा जलिरहने “आगोको झील” भनेर बाइबलमा वर्णित छ (प्रकाश २०:१५)।

तर एउटा असल खबर छ। यसलाई “सुसमाचार” भनिन्छ। सुसमाचार यही हो — येशू ख्रीष्ट स्वर्गबाट आउनुभई यससंसारमा, एउटा गोठमा, जन्मनुभयो। कसैले जिउन नसक्ने धर्मी र पापरहित जीवन उहाँले जिउनुभयो। जसको कारणयस दुष्ट र कपटी संसारले उहाँलाई घृणा गर्यो र झूटा आरोपका साथ उहाँलाई क्रूसमा मृत्यु-दण्ड भोग्नलाई सुम्पिदियो।तर येशू यही उद्देश्यले यस संसारमा आउनुभएको थियो। सबैका पापहरूको निम्ति सिद्ध बलिदान भएर क्रूसमा मर्नकोनिम्ति उहाँ जन्मनुभएको थियो। जब येशू यरूशलेमको कलवरी डाँडामा काँटीले ठोकिएर रगत बहाउँदै खाँबोमाझुण्डिरहनुभएको थियो, परमेश्वर पिताले मानिस जातिको सबै पापहरू आफ्ना पुत्र येशूमाथि राखिदिनुभयो र येशूलेत्यहाँ हाम्रो अनन्त दण्ड भोग्नुभयो र हाम्रो पापको सम्पूर्ण ऋण र जरिवाना तिरिदिनुभयो र चुक्ता गरिदिनुभयो। येशू हाम्रापापहरूको निम्ति मर्नुभएपछि उहाँलाई एउटा गुफाजस्तो चिहानमा गाडियो र एउटा ठूलो गोलो ढुङ्गाले त्यसको प्रवेश द्वारलाई बन्द गरियो। तब बाइबलले पहिल्यै भविष्यवाणी गरेअनुसार र येशू आफैले पनि पहिल्यै भन्नुभएअनुसार, उहाँमरेको-मरै हुनुभएन बरु तेस्रो दिनमा मृत्युलाई जितेर फेरि बौरिउठ्नुभयो र उहाँमाथि विश्वास गर्ने हरेकलाई पापको क्षमार अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो। त्यसपछि उहाँले आफूलाई जीवित भएको देखाउनुहुँदै आफ्ना चेलाहरूलाई ४०दिनसम्म शिक्षा दिनुभयो र स्वर्गमा फेरि फर्की जानुभयो। अब चाँडै नै, यस संसारको अन्तमा, सबैको न्याय गर्न र यसपृथ्वीमा सदा-सर्वदा राज्य गर्नलाई उहाँ स्वर्गबाट फेरि आउनुहुनेछ।

निमन्त्रणा: पश्चात्ताप गरी उहाँलाई ग्रहण गर्नुहोस्

प्रिय मित्र, ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नलाई आउनुभयो र जन्मनुभयो। आफ्नो पापको निम्ति बाहाना बनाउँदैत्यसैमा लागिनरहनुहोस्, बरु तपाईंको हृदयदेखि नै पापबाट फर्कनुहोस्। आफ्ना पापहरू परमेश्वरलाई स्वीकार्नुहोस् रयेशू ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरिउठ्नुभयो भनी सम्पूर्ण हृदयले उहाँलाईग्रहण गर्नुहोस् र विश्वास गर्नुहोस्। अनि जुन घडी तपाईंले उहाँलाई ग्रहण गर्नुहुन्छ, परमेश्वरले तपाईंका सबै पापहरूआफ्ना पुत्र येशूको खातिर क्षमा गर्नुहुनेछ, तपाईंलाई बचाउनुहुनेछ र तपाईंलाई नयाँ हृदय र अनन्त जीवन दिनुहुनेछ।यसैले हामी तपाईंसित विन्ती गर्दछौं, उहाँलाई पुकार्नुहोस् र आजै मुक्ति पाउनुहोस्! तपाईं ती नम्र गोठालाहरू जस्तैहुनुभएको होस् जसले आजभन्दा २००० वर्ष अगाडी त्यो “पहिलो ख्रीष्टमस” मा जन्मिनुभएको संसारका मुक्तिदाता प्रभुयेशू ख्रीष्टलाई भेट्टाए र विश्वास गरे!