Entries by Pradesh Shrestha

अध्याय ६ – सुसमाचार अन्यजातिहरूकहाँ पुग्दछ

Study Series

अध्याय ६ – सुसमाचार अन्यजातिहरूकहाँ पुग्दछ

 

(प्रेरित ९-११)

प्रेरितको पुस्तकको हाम्रो अध्ययनमा सुसमाचार कसरी यहूदीहरूकहाँ पुग्यो भनेर हामीले हेरिसकेका छौं (प्रेरित २:५; र यस अध्ययनमालाको अध्याय १ पनि पढ्नुहोस्)। अनि पाँचौ अध्यायमा सुसमाचार कसरी सामरीहरूकहाँ पुग्यो भनेर हामीले अध्ययन गर्‍यौं (प्रेरित ८:५, १२, १४)। अब हामी परमेश्वरको मुक्तिको सुसमाचार प्रथम पटक अन्यजातिहरूकहाँ कसरी पुग्यो भन्ने कुराको अध्ययन गर्नेछौं।

स्वर्ग उचालिनुभन्दा अगाडि प्रेरित १:८ मा प्रभु येशू आफ्‍ना चेलाहरूसँग कुरा गर्नुभएको थियो। त्यसबेला उहाँले उनीहरू उहाँका निम्ति कुन-कुन ठाउँहरूमा साक्षी भएको चाहुनुहुन्छ भन्ने कुरा बताउनुभयो: “तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ; र…

  1. यरूशलेममा—सुरुआत गर्ने ठाउँ (लूका २४:४९ पढ्नुहोस्)
  2. सारा यहूदियामा – यहूदीहरूको इलाका
  3. सामरीयामा – सामरीहरूको इलाका
  4. पृथ्वीको छेउसम्म – अन्यजातिहरूको इलाका

…तिमीहरू मेरा निम्ति साक्षी हुनेछौ।”

पत्रुसद्वारा परमेश्वरले आश्चर्यकर्महरू गर्नुहुन्छ

प्रेरितको नवौं अध्यायको पहिलो खण्डले पावल (शाउल) को बारेमा र उनले कसरी मुक्ति पाए भन्ने बारेमा बताउँदछ। प्रेरितको नवौं अध्यायको पछिल्लो खण्डले परमेश्वरले कसरी पत्रुसलाई विशेष तरिकाले प्रयोग गर्नुभयो भन्ने कुरा बताउँदछ।

पत्रुस कुन शहरमा थिए (प्रेरित ९:३२)?________________। के तपाईंले उक्त शहरलाई नक्सामा भेट्टाउन सक्नुहुन्छ? यो यरूशलेमबाट करिब ५० किलोमीटरको दूरीमा रहेको शहर थियो। उक्त शहर भू-मध्य सागरबाट धेरै पर थिएन।

यस शहरमा एकजना पक्षघात भएको मान्छेसित पत्रुसको भेट भयो। पक्षाघातको रोगीले आफ्‍नो शरीरको अङ्गहरू चलाउन सक्दैन। त्यसैले ऊ ओछ्यानमै सुतिरहनु परेको थियो। उसलाई पक्षघातको रोग लागेको कति समय भएको थियो (प्रेरित ९:३३)?____________________। के तपाईं कहिल्यै धेरै दिनसम्म वा पूरै हप्ता बिरामी भएर सुत्नु परेको छ? पूरा आठ वर्ष (करिब ४०० हप्ता) ओछ्यानमा सुतिरहनु तपाईंलाई कस्तो लाग्छ?

त्यहाँ एउटा ठूलो आश्चर्यकर्म गरियो। कसले यस व्यक्तिलाई स्वस्थ्य र निको बनायो? पत्रुसले कि अरु कसैले (प्रेरित ९:३४)?___________________________। जब त्यस शहरभित्र वा वरिपरि बस्ने मानिसहरूले उसलाई निको पारिएको अवस्थामा देखे तब उनीहरू परमेश्वरतर्फ फर्के कि फर्केनन् (प्रेरित ९:३५)?____________।

चङ्गाइको उक्त कार्यपछि अर्को यो भन्दा पनि महान् आश्चर्यकर्म गरियो। बिरामी हुनु वा पक्षघात लाग्नु एउटा कुरा हो, तर मर्नु बग्लै कुरा हो!

जोप्पा भनिने शहरमा एकजना डोरकास नाम भएकी विश्वासी थिइन् (प्रेरित ९:३६)। तिनी अ_____ अ_____ का_______ भरिएकी स्त्री थिइन् (प्रेरित ९:३६), र तिनले गरिब र खाँचोमा परेकाहरूलाई आफूले गर्न सक्ने सबै सहायता गर्थिन्। विधवाहरूको निम्ति तिनले के गरेकी थिइन् (प्रेरित ९:३९)?____________________________ ____________________________। डोरकासले हामीलाई यो सम्झना गराउँछिन् कि हामीले पनि “________ लागि __________ काम” गर्नुपर्छ विशेष गरी विश्वासीहरूका निम्ति (गलाती ६:१०)।

जोप्पाको शहर पत्रुस बसिरहेको लिड्डाको शहरबाट १६ किलोमीटर जति मात्र टाढा थियो। जोप्पा भू-मध्य सागरको ठीक किनारमा अवस्थित थियो। सयौं वर्ष अगाडि परमेश्वरको उपस्थितिबाट भाग्नलाई योना अगमवक्ता यही शहरमा जहाज चढ्न पुगेका थिए (योना १:३)।

डोरकास बेसरी बिरामी भइन्; त्यसपछि तिनलाई के भयो (प्रेरित ९:३७)?_______________________। विश्वासीहरूले पत्रुस नजिकै छन् भनी थाहा पाए र त्यसैले उनीहरूले तुरुन्तै जोप्पा आउनु भनेर उनीकहाँ मानिसहरू पठाए। पत्रुस आए र माथिल्लो कोठामा गए जहाँ त्यस मृत स्त्रीको शव पस्रिरहेको थियो। पत्रुसले सबैजनालाई कोठाबाट बाहिर जान लगाए; त्यसपछि पत्रुसले गरेको पहिलो कार्य के थियो (प्रेरित ९:४०)?_____________________।

परमेश्वरले पत्रुसद्वारा अर्को अचम्मको कार्य गर्नुभयो। परमेश्वरले डोरकासलाई मृत्युबाट जीवित पार्नुभयो, पत्रुसले तिनलाई _________ देखाइदिए (प्रेरित ९:४१)। यस ठूलो आश्चर्यकर्मको नतिजास्वरुप धेरै मानिसले प्रभुमा __________ गरे (प्रेरित ९:४२)। डोरकासलाई शारीरिक जीवन दिने परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकलाई अनन्त जीवन दिन सक्नुहुन्छ (यूहन्ना ६:४७; ५:२४)। पत्रुस जोप्पामा एकजना मानिससँग धेरै दिनसम्म बसे जसको नाम ___________ थियो (प्रेरित ९:४३)। पत्रुसको नाम पनि शिमोन थियो (प्रेरित १०:५) त्यसैले यी दुईजनाका बीच हामी अलमलमा नपरौं। पत्रुस भनिने शिमोन छाला बनाउने शिमोनको घरमा बसे (प्रेरित ९:४३)।

छाला बनाउने भनेको के हो? छाला बनाउने भनेको त्यस्तो व्यक्ति हो जो पशुको छालाको काम गर्दथ्यो र छालाको समग्रीहरू बनाउँदथ्यो। यो एउटा “गन्हाउने” काम थियो (मरेका पशुहरूको छालाको काम गर्नु परेकोले)! शिमोनलाई आफ्‍नो काम गर्न पर्याप्‍त चाहिन्थ्यो त्यसैले तिनको घर __________ किनारमा थियो (प्रेरित १०:६)। धेरै जसो यहूदीहरूले छालाको काम गर्ने मानिसहरूलाई घृणाको नजरले हेर्थे किनभने यहूदीहरूले अशुद्ध भनी मानेको पशुहरू समेत तिनीहरूले चलाउनु पर्दथ्यो।

अन्यजाति कर्नेलियस

कर्नेलियस सिजरियाको शहरमा बस्ने एकजना मानिस थिए (प्रेरित १०:१)। यो शहर पनि जोप्पा शहरको समुद्रको उत्तरी तटमा पर्दथ्यो। के तपाईंले यस ठाउँलाई नक्सामा पत्ता लगाउन सक्नुहुन्छ? कर्नेलियस पल्टनका सुबेदार थिए अर्थात् तिनी १०० जना सिपाहीका हाकिम थिए।

कर्नेलियसको बारेमा ख्याल राख्नुपर्ने कुरा यो हो: तिनी अन्यजाति थिए। अन्यजाति भनेको के हो?

अन्यजाति भनेको जोकोही व्यक्ति हो जो यहूदी होइन। यहूदी भनेको त्यो व्यक्ति हो जसले यसरी भन्न सक्छ: “म अब्राहाम, इसहाक र याकूबको सन्तान हुँ।” अन्यजातिले यसो भन्न सक्दैन। कर्नेलियस यहूदी थिएनन्; तिनी अन्यजाति थिए।

यहूदीहरू परमेश्वरका विशेष, चुनिएका मानिसहरू थिए। परमेश्वरले यहूदीहरूलाई अचम्मका आत्मिक आशिषहरू दिनुभयो। परमेश्वरले उनीहरूलाई मोशाको व्यवस्था दिनुभयो। परमेश्वरले उनीहरूसँग करारहरू बाँध्नुभयो। परमेश्वरले उनीहरूलाई अचम्मका प्रतिज्ञाहरू दिनुभयो। परमेश्वरले उनीहरूकहाँ आफ्‍ना अगमवक्ताहरू पठाउनुभयो। परमेश्वर उनीहरूको बीचमा बास गर्नुभयो, यहाँसम्म कि मुक्तिदाता, प्रभु येशू ख्रीष्ट, यहूदी नै हुनुहुन्थ्यो (रोमी ९:३-५)।

अन्यजातिहरूसँग यी आत्मिक आशिषहरू थिएनन्। एफेसी २:१२ मा हामीलाई बताइएको छ कि अन्यजातिहरू “ख्रीष्टविहीन….. आ____ नभएका र संसारमा प__________ रहित” थिए। १ थेस्सलोनिकी ४:५ मा उनीहरूको बारेमा उनीहरू प___________ नचिन्ने भनि बताइएको छ। कर्नेलियस यहूदी थिएनन्; तिनी अन्यजाति थिए।

तर कर्नेलियस परमेश्वरको _________ मान्ने मानिस थिए (प्रेरित १०:२)। तिनी परमेश्वरलाई चिन्न चाहने र परमेश्वरलाई खुशी पार्न चाहने मानिस थए। तिनले असल कार्यहरू गर्न र गरिब अनि दु:खीहरूलाई सहायता गर्ने इच्छा गर्थे। तिनी परमेश्वरलाई सधैं प्रार्थना गर्ने मानिस थिए। कर्नेलियस परमेश्वरको खोज गर्ने मानिस थिए। तिनले मुक्ति पाएका थिएनन्, तर मुक्ति पाउने बाटो खोजिरहेका थिए र मुक्ति पाउन चाहिरहेका थिए (प्रेरित ११:१४ पढ्नुहोस्)।

एक दिन साँझको तीन बजेतिर, परमेश्वरले स्वर्गदूतद्वारा कर्नेलियसलाई एउटा सन्देश पठाउनुभयो (प्रेरित १०:३-६)। स्वर्गदूतले भने कि पत्रुस त्यहाँ आउनेछन् र मुक्ति पाउन कर्नेलियसले के गर्नुपर्छ भनी तिनलाई बताउनेछन्। पत्रुस कर्नेलियसको घरमा जानेछन् भन्ने कुरा पत्रुस आफैंले जान्नुभन्दा पहिल्यै परमेश्वरले सो कुरा जान्नुहुन्थ्यो!

कौसीमा पत्रुसको दर्शन

अर्को दिन कर्नेलियसले पत्रुसकहाँ, जो जोप्पामै थिए, तीनजना मानिसहरूलाई पठाए। तिनीहरू यात्रा गर्दै गर्दा परमेश्वले पत्रुसलाई एउटा महत्त्वपूर्ण पाठ सिकाउन चाहनुहुन्थ्यो। येशू स्वर्ग फर्किनुभन्दा पहिले, उहाँले आफ्ना चेलाहरूलाई (पत्रुसलाई पनि) भन्नुभएको थियो “सारा संसारमा जाओ, र __________ प्राणीलाई सुसमाचार प्रचार गर!” (मर्कुस १६:१५, मत्ती २८:१९-२० पनि पढ्नुहोस्)। तर सुरुमा, चेलाहरूले हरेकलाई प्रचार गरेनन्। उनीहरूले केवल यहूदीहरूलाई प्रचार गरे (र पछि सामरीहरूलाई प्रचार गरे)। यतिबेलासम्म उनीहरूले साँच्चै परमेश्वरको सुसमाचार अन्यजातिहरूकहाँ पुर्याएका थिएनन्। सुसमाचार हरेक मानिसकहाँ जानुपर्छ भनी बुझ्न परमेश्वरले कसरी पत्रुसलाई मद्दत गर्नुभयो त?

मध्य दिनतिर पत्रुस कौसीमा प्रार्थना गर्न उक्ले (प्रेरित १०:९)। प्यालेस्टाइनमा, कौसीहरू फराकिला हुन्थे र घर बाहिरबाटै कौसीमा जाने भर्याङ्ग हुन्थे। मानिसहरू प्राय: कौसीमा आराम गर्न र विश्राम लिन जाने गर्दथे। पत्रुस प्रार्थना गर्न गए।

पत्रुस साह्रै _______________ (प्रेरित १०:१०)। खाना खाने समय भएको थियो र उनी भोकाएका थिए! अचानक परमेश्वरले एउटा अद्भुत काम गर्नुभयो। पत्रुस अचेत भए र परमेश्वरबाटको एउटा गजबको दर्शन देखे। उनले एउटा ठूलो __________ देखे (प्रेरित १०:११) र त्यस चद्दरमा हरेक किसिमका पशुहरू, घस्रने जन्तुहरू र चराहरू थिए (प्रेरित १०:१२)। परमेश्वरले पत्रुसलाई के गर्ने आज्ञा दिनुभयो (प्रेरित १०:१३)?____________________________________________। के पत्रुस भोकाएका थिए? परमेश्वरले आज्ञा गर्नुभएको काम उनले गरे त? ______________। पत्रुसले कुनै पनि अशुद्ध पशु खान मनाही गरे (प्रेरित १०:१४)। परमेश्वरले यस्तो तीन पटक गर्नुभयो (प्रेरित १०:१६) ताकि परमेश्वरले उसलाई सिकाइरहनुभएको कुरा उसले कहिल्यै पनि नबिर्सोस्।

परमेश्वरले दिनुभएको मोशाको व्यवस्था (लेवी ११ अध्याय हेर्नुहोस्) अनुसार केही पशुहरू यहूदीहरूलाई खान मनाही थियो (यी अशुद्ध पशु थिए, जस्तै सुङ्गुर- ७ पद)। अरु पशुहरू यहूदीहरूले खान सक्नेछन् भनी परमेश्वरले भन्नुभएको थियो (यीचाहिँ शुद्ध पशुहरू थिए, जस्तै भेडा)।

शुद्ध र अशुद्ध बीच भिन्नता राख्न उनीहरूले जानेको परमेश्वर चाहनुहुन्थ्यो। उनीहरू परमेश्वरका विशेष जाति हुन् र उहाँले उनीहरूलाई पवित्र र शुद्ध बनाउनु भएको छ भनी उनीहरूले थाह गरेको परमेश्वर चाहनुहुन्थ्यो (लेवी ११:४४-४५)। यहूदीहरूको वरिपरि रहेका अन्यजातिहरू अपवित्र र अशुद्ध थिए, र तिनीहरूको जस्तो जीवन यहूदीहरूको नभएको परमेश्वर चाहनुहुन्थ्यो (लेवी १८:३)। जो परमेश्वरको मानिसहरू हुन् (उनीहरू शुद्ध र पवित्र छन् – यहूदीहरू) र जो परमश्वरको मानिसहरू होइनन् (जो अशुद्ध र पवित्र छन् –अन्यजातिहरू) उनीहरू बीचको भिन्नता यहूदीहरूलाई सिकाउन परमेश्वर चाहनुहुन्थ्यो।

पत्रुसले यो दर्शन देख्ने बित्तिकै, छाला बनाउने शिमोनको घरमा को-को आइपुगे (प्रेरित १०:१७)?________________________________________। यी मानिसहरू परमेश्वरद्वारा पठाइएका (प्रेरित १०:१४) र पत्रुसकहाँ पठाउन परमेश्वरले कर्नेलियसलाई भन्नुभएको कुरा पत्रुसले छिट्टै थाह पाए (प्रेरित १०:२२)। के पत्रुस उनीहरूसित जान र त्यस अन्यजाति मानिसलाई भेट्न इच्छुक िथए (प्रेरित १०:२३)?__________।

कर्नेलियससगँ पत्रुसको भेट

पत्रुसको प्रतीक्षामा कर्नेलियस एकलो थिएनन्। पत्रुसको कुरा सुनून् भनेर तिनले आफ्ना आफन्त र नजिकका मित्रहरूलाई पनि बोलाएका थिए।

पत्रुसलाई सुरुमा भेट्दा कर्नेलियसले के गरे (प्रेरित १०:२५)? __________________________________________। के तिनले त्यसो गरेको पत्रुस चाहन्थे (प्रेरित १०:२६)?___________________। उपासना गर्न मिल्ने एउटै व्यक्ति को हुनुहुन्छ (प्रकाश २२:९; मत्ती ४:१०)?_________________। पत्रुस ठूला व्यक्ति हुन् भनी कर्नेलियसले सोचेको उनी चाहँदैनथे। केवल परमेश्वरलाई मात्र दण्डवत् गरिनुपर्छ, कुनै मानिसलाई होइन। कर्नेलियसले सबैभन्दा महान् व्यक्तिलाई चिनेको पत्रुस चाहन्थे—येशू ख्रीष्टलाई! प्राय: यहूदीहरूले अन्यजातिहरूसँग कुनै सहकार्य गर्दैनथे। उनीहरूले तिनीहरूको सङ्गत गर्दैनथे र तिनीहरूसँग खाँदैनथे पनि (प्रेरित १०:२८ र ११:३)। तर यी अन्यजातिहरूको समूहलाई पत्रुसले भेटे। परमेश्वरले उनलाई सिकाउनुभएको कुरा के उनले बुझे (प्रेरित १०:२८)?________________।

पत्रुसलाई सुन्न बसेकाहरू निकै उत्साहित थिए। पत्रुसको मुखबाट परमेश्वरको वचन सुन्न उनीहरू सबै तयार थिए (प्रेरित १०:३३)। उनीहरू महान् मुक्तिदाता र महान् मुक्तिको बारेमा सुन्न चाहन्थे।

पत्रुसले उनीहरूलाई भनेको पहिलो कुरालाई ध्यान दिनुहोस्: “साँच्चै म थाह गर्दछु, परमेश्वर कसैको प__________ गर्नुहुन्न” (प्रेरित १०:३४)। यसको अर्थ के हो? “पक्षपात” शब्द ग्रीक शब्दबाट आएको हो जसको अर्थ “(कसैको) अनुहारलाई ग्रहण गर्नु” भन्ने हुन्छ। पक्षपात गर्नु भनेको कुनै व्यक्तिको मुख हेरेर अर्थात् बाहिरी परिस्थितिहरू हेरेर (जसमा एक व्यक्ति जन्मेको वा हुर्केको हुन्छ जसका बारेमा उसले केही गर्न सक्दैन) तिनकै आधारमा फरक व्यवहार गर्नु। म पक्षपाती हुँ भने मैले एक व्यक्तिको बाहिरी कुराहरू (जो खास महत्त्वपूर्ण कुरा होइनन्) तिनकै आधारमा म उसित फरक व्यवहार गर्दछु जस्तै उसको आवरण, उसको भेषभूषा, उसको वर्ण, उसको राष्ट्रियता, उसको पारिवारिक अवस्था, उसको धर्म, ऊ कति धनी छ, कति प्रख्यात छ, ऊ कति शक्तिशाली छ, र अरु कुराहरू (याकूब २:१-९ पढ्नुहोस्)।

परमेश्वरले कुनै व्यक्ति इस्राएल बाहेक अरु राष्ट्रको हुँदैमा वा ऊ केवल यहूदी नहुँदैमा उसलाई नकार्नु हुँदैन। परमेश्वरले एउटा व्यक्तिको हृदयलाई हेर्नुहुन्छ (१ शमूएल १६:७), र र परमेश्वरले कर्नेलियस र ऊसँग भएको व्यक्तिहरू परमेश्वरलाई खोज्ने मानिसहरू भएको देख्न सक्नुहुन्थ्यो। परमेश्वरले उनीहरूलाई चाहनुहुन्थ्यो र उनीहरू परमेश्वरलाई चाहन्थे! परमेश्वरको मुक्ति सबै मानिसकहाँ बाँडिनुपर्छ भनी उहाँले पत्रुसलाई सिकाउँदै हुनुहुन्थ्यो। पत्रुसले यस पाठलाई कति राम्ररी बुझे भनी अवलोकन गर्नुहोस्:

  1. के परमेश्वरले उहाँको डर मान्ने यहूदीलाई मात्र ग्रहण गर्नुहुन्छ कि के उहाँले उहाँको डर मान्ने सबै जातिलाई ग्रहण गर्नुहुन्छ (प्रेरित १०:३५)? _____________________________________।
  2. के येशू ख्रीष्ट यहूदीहरूको मात्र प्रभु हुनुहुन्छ कि सबैको प्रभु हुनुहुन्छ (प्रेरित १०:३६; रोमी ३:२९ सित दाँज्नुहोस्)? _____________________________________।
  3. कसले पापहरूको क्षमा पाउँदछ—केवल विश्वास गर्ने यहूदीले कि विश्वास गर्ने “हरेकले” (प्रेरित १०:४३)? _____________________________।

अन्यजातिहरू परमेश्वरको मण्डलीको अङ्ग बन्दछन्

पत्रुसले प्रचार गरेको सन्देशलाई कर्नेलियस र उनीसँग भएकाहरूले साँच्चै विश्वास गरे। उनीहरूले हृदयमा गरेको विश्वासलाई परमेश्वरले जान्नुभयो, र परमेश्वरले एउटा उदेकको कार्य गर्नुभयो! उहाँले उनीहरूलाई पवित्र आत्मा दिनुभयो र उनीहरूलाई ख्रीष्टको शरीरको अङ्ग बनाउनुभयो (प्रेरित १०:४४-४५; १ कोरिन्थी १२:१३ सित दाँज्नुहोस्)। पत्रुसले यस सुन्दर घटनाको बारेमा प्रेरित १५:७-९ मा बताएका छन्। मुक्तिको ढोका अब अन्यजातिहरूको निम्ति खोलिएको थियो र उनीहरू ख्रीष्टको मण्डलीका अङ्गहरू भएका थिए।

  1. रेरित २ अध्यायमा यहूदीहरू मण्डलीको अङ्ग बने।
  2. प्रेरित ८ अध्यायमा सामरीहरू मण्डलीको अङ्ग बने।
  3. प्रेरित १० अध्यायमा अन्यजातिहरू मण्डलीको अङ्ग बने।
  4. आज ख्रीष्टमा विश्वास गर्ने जोकोही पनि मण्डलीको अङ्ग बन्दछन्।
  5. के तपाईं मण्डलीको अङ्ग हुनुहुन्छ? के तपाईंले मुक्ति पाउनुभएको छ?

कर्नेलियसले “उनले खोजिरहेका ईश्वर” पाए! के उनले पानीमा बप्तिस्मा लिए (प्रेरित १०:४७-४८)?______________। के पत्रुस यी नयाँ विश्वासीहरूलाई सहायता गर्न र उनीहरूलाई बलियो बनाउन उनीहरूसँग बसे (प्रेरित १०:४८)?______________।

पत्रुसको व्यवहारमाथि यहूदीहरूले प्रश्न उठाउँछन्

जब पत्रुस यरूशलेम फर्किए, त्यहाँ केही यहूदीहरूले अन्यजातिहरूलाई परमेश्वरको वचन प्रचार गर्न र उनीहरूसँग खान पत्रुस जानु गलत थियो भन्ने सोचे (प्रेरित ११:१-३)। तर पत्रुसले उनीहरूलाई सुरुदेखि अन्तसम्मको सबै घटना सुनाइदिए (प्रेरित ११:४-१७)। जब उनीहरूलाई कर्नेलियसको बारेमा पत्रुसले सबै कुरा बताए तब परमेश्वरले अद्भुत् काम गर्नुभएको रहेछ भनी उनीहरूले थाह गरे (प्रेरित ११:१८)। अन्यजातिहरूकहाँ वास्तवमा पत्रुस पुगेका होइनन्, परमेश्वर पुग्नुभएको हो! परमेश्वरले पत्रुसभित्र र पत्रुसद्वारा काम गर्नुभएको हो।

परमेश्वरको सुसमाचार कुनै जाति विशेषको निम्ति होइन, तर हरेक ठाउँका हरेक मानिसहरूको निम्ति हो। यदि तपाई एउटा मानिस हुनुहुन्छ भने, तपाईं जो भए तापनि, तपाईं जहाँको भए तापनि, तपाईंको छालाको रङ्ग जस्तो भए तापनि, त्यसले फरक पार्दैन। परमेश्वरसँग तपाईंको निम्ति मुक्तिको समाचार छ। यदि सुरुका विश्वासीहरू मुक्तिको खबर लिएर अन्यजातिहरूकहाँ जान इन्कार गरेका भए के हुनेथ्यो? तपाईं जाने गर्नुभएको स्थानीय मण्डलीको विचार गर्नुहोस्। त्यहाँको अधिकांश मानिस यहूदी परिवेशबाटका हुन् कि अन्यजाति परिवेशबाटका हुन्?___________________।

परमेश्वरले अन्याजातिहरूको निम्ति मुक्तिको ढोका खोलिदिनुभएकोमा के तपाईं धन्यवादी हुनुहुन्छ?_______________।

द्रष्टव्य: आज विश्वासीहरूको निम्ति अशुद्ध भनिएको कुनै किसिमको मासु वा खाना छन् (१ तिमोथी ४:३-४; रोमी १४:१४)?_____________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ५ – सुसमाचार फैलिन थाल्छ

Study Series

अध्याय ५ – सुसमाचार फैलिन थाल्छ

(प्रेरित ८-९)

सामरीहरूले मुक्ति पाउँछन्

स्टिफनसको मृत्यु लगत्तै येरूशलेममा भएको मण्डली विरूद्ध एउटा ठूलो स_______________ आइपर्‍यो (प्रेरित ८:१)। येरूशलेममा रहनु अब उसो सुरक्षित रहेन किनभने पुरुष र स्त्रीहरूलाई झ्या_____________ भित्र हालिँदैथिए (प्रेरित ८:३)। उक्त सतावटको कारणले विश्वासीहरू येरूशलेम छाड्न बाध्य भए र उनीहरू य__________ र सा____________का इलाकाहरूमा गए (प्रेरित ८:१)। के तपाईंले यी इलाकाहरूलाई प्यालेस्टाइनको नक्सामा भेट्टाउन सक्नुहुन्छ? के तपाईंले येरूशलेमलाई पनि ठम्म्याउन सक्नुहुन्छ?

विश्वासीहरूले येरूशलेमलाई छोडेपछि उनीहरूले के गरे (प्रेरित ८:४)?

  1. उनीहरूलाई परिआएको ठूलो सतावटको बारेमा गनगन गर्दै उनीहरू चारैतिर फैलिए।
  2. उनीहरू परमेश्वरको वचन प्रचार गर्दै चारैतिर फैलिए।
  3. उनीहरू रोए र येरूशलेममा भएको उनीहरूको घरहरू छोड्न बाध्य भएको कारण शोकित भए।

यी प्रचारकहरू मध्ये एकजना फिलिप थिए (प्रेरित ८:५)। उनी विधवाहरूलाई सहायता गर्नको निम्ति चुनिएका सात सेवकहरू मध्येका एक थिए (प्रेरित ६:५)। स्टिफनसद्वारा गर्नुभए जस्तै, परमेश्वरले फिलिपद्वारा केही आश्चर्यकर्महरू गर्नुभयो (प्रेरित ८:६-७)। फिलिपले सा______________को शहरमा परमेश्वरको वचन प्रचार गरे (प्रेरित ८:५)। त्यस शहरका मानिसहरूलाई सामरीहरू भनिन्थ्यो।

के यहूदीहरूले सामरीहरूसँग राम्रो सम्बन्ध राख्ने गर्दथे (यूहन्ना ४:९)?________________। यहूदीहरूले यी मानिसहरूलाई घृणा गर्दथे। “सामरी” भन्ने नाउँले बोलाइनु ठूलो अपमान गनिन्थ्यो। परमेश्वरका शत्रुहरूले येशूलाई सामरी भनी सम्बोधन गरेका थिए—यूहन्ना ८:४८ पढ्नुहोस्। सामरीहरू एक मिश्रित जाति थिए। तिनीहरू आधा-यहूदीहरू र आधा-अन्यजातिहरू थिए। कसरी यस्तो प्रकारको मिश्रित जाति हुन आयो त? सारांशमा सामरीहरूको इतिहास यस प्रकारको थियो:

  1. इस्राएलका राजाहरूको पालामा सामरीया शहर उत्तरी राज्यको राजधानी थियो। उत्तरी राज्यमा इस्राएलका दस कुलहरू समावेश थिए र यसलाई “इस्राएल” भनिन्थ्यो भने बाँकी दुई कुलहरू भएको दक्षिणी राज्यलाई “यहूदा” भनिन्थ्यो र यसको राजधानी यरूशलेम थियो।
  2. परमेश्वरले इ. पू. ७२२ मा उत्तरी राज्यमाथि इन्साफको रूपमा सामरीया शहरलाई कब्जा गर्न र त्यसका बासिन्दाहरूलाई कैद गरी लैजान अश्शूरी सेनालाई प्रयोग गर्नुभयो (२ राजा १७:५-६)। परमेश्वरले किन उनीहरूमाथि यस्तो भयानक इन्साफ आउन दिनुभयो? (२ राजा १७:७-८ पढ्नुहोस्) ________________________________________________________________________
  3. सामरीयाका जम्मै मानिसहरू कैद गरी लगिएनन्। सम्भवतः अश्शूरीहरूले प्रायः जसो मुख्य-मुख्य मानिसहरू अर्थात् धनवान् र उच्च स्तरका मानिसहरूलाई लगे। उनीहरूले अधिकांश गरिब र सामान्य स्तरका मानिसहरूलाई सामरीयामै छोडे।
  4. सामरीयामा बसोबास गर्न छोडिएका यहूदीहरूले छिट्टै अन्यजातिहरूसँग अन्तर्विवाह गरे जसबाट उत्पन्न भएको मिश्रित जाति ________________ नाउँले चिनिन थाल्यो (यूहन्ना ४:९)।

फिलिपले एउटा नौलो काम गरे। उनले तिनै मानिसहरूलाई परमेश्वरको सुसमाचार सुनाए जसलाई यहूदीहरूले अत्यन्तै घृणा गर्दथे। उनले ती मानिसहरूकहाँ परमेश्वरको उद्धार र पाप-क्षमाको असल खबर पुर्‍याए। के उनीहरूले फिलिपले प्रचार गरेको सुसमाचारको सन्देशलाई विश्वास गरे (प्रेरित ८:६,१२)?___________। के उनीहरूले पानीको बप्तिस्मा लिए (प्रेरित ८:१२)? _________________।

के सामरी मानिसहरूलाई सुसमाचार प्रचार गरेर फिलिपले सही काम गरेका थिए? ठीक कि बेठीकमा घेरा तानेर यी प्रश्नहरूको जवाफ दिनुहोस्:

के येशूले सामरीहरूसँग अनन्त जीवनको बारेमा कुरा गर्नुभएको थियो (यूहन्ना ४:४,५,७,९,१४,३९-४२)?_____________________।

एक समय संयुक्त राज्य अमेरिकामा यस्ता मानिसहरू थिए जसलाई यहूदीहरूले सामरीहरूलाई गरेको जस्तै व्यवहार गरिन्थ्यो। तिनीहरू अफ्रिकी अमेरिकनहरू अर्थात् हब्सीहरू थिए जोहरू आफ्‍नो जन्मभूमि अफ्रिकाबाट दास बनाइन अमेरिकामा ल्याइएका थिए। कतिपय मालिकहरू आफ्‍ना दासहरूप्रति दयालु हुन्थे र उनीहरूसित असल व्यवहार गर्दथे तर अरू थुप्रै हब्सीहरू भने दुर्व्यवहारको शिकार बने र उनीहरूलाई अति क्रूरतापूर्वक काममा पेलिन्थ्यो। धेरैको विश्वासमा हब्सीहरू अरू मानिसभन्दा निम्न तहका र पशुभन्दा थोरै मात्र उच्च तहका प्राणी हुन् भन्ने थियो। अमेरिकाका केही प्रचारकहरू समेत ती मानिसहरूलाई सुसमाचार सुनाउन चाहँदैनथे। यसरी मानिसहरूको कुनै पनि समूहलाई नकार्नु गलत भनेको कुरा हो।

जसरी परमेश्वरले फिलिपलाई सामरीहरूकहाँ पठाउनुभयो त्यसरी नै परमेश्वरले अमेरिकी दासहरूकहाँ एकजना प्रचारकलाई पठाउनुभयो। ई.सं. १७४० सालमा एक उत्कृष्ट बेलायती प्रचारक जर्ज ह्वीटफिल्ड (George Whitfield) सुसमाचार प्रचार गर्न र अनाथहरूका निम्ति आवासलय बनाउन अमेरिका आए। सुसमाचार सबै मानिसहरूकहाँ पुर्‍याइनुपर्दछ भनेर ह्वीटफिल्ड जान्दथे अर्थात् अमेरिकी अफ्रिकनहरूकहाँ समेत। कति दासहरूलाई गरिएको व्यवहारको बारेमा उनलाई चासो थियो। उनले अमेरिकाका केही शहरका मानिसहरूलाई एउटा पत्र लेखेर पठाए जसमा उनले मालिकहरूलाई उनीहरूले आफ्‍ना दासहरूप्रति गरेको व्यवहारको कारण हप्काएका थिए। यसले थुप्रै मानिसहरूलाई रिस उठायो। सत्य कतिपटक तीतो लाग्छ!

जहाँ गए तापनि अमेरिकी अफ्रिकनहरूकहाँ मुक्तिको समाचार पुर्याउने प्रचारकहरूमध्ये प्रथम नै ह्वीटफिल्ड हुन्। एकपटक प्रचारको अन्त्यमा सुनिरहेका दासहरूलाई उनले यसरी भने:

“मैले गरिब नेग्रो (हब्सी) हरूलाई बिर्सनुहुँदैन। अहँ, पटक्कै हुँदैन। येशू ख्रीष्ट उनीहरूको निम्ति मर्नु भएको हो, साथै अरूहरूको निम्ति पनि….. येशू ख्रीष्टमा महिला वा पुरुष, दास (कमारा) वा स्वतन्त्र भन्ने हुँदैन; तपाईं पनि, यदी तपाईंले येशूमा विश्वास गर्नुभयो भने, परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ। यदी तपाईंले विश्वास गर्नुभयो भने तपाईंले मुक्ति पाउनुहुनेछ।”

त्यहाँ धेरैले विश्वास गरे। एक समय झण्डै पचासजना अमेरिकी अफ्रिकनहरू ह्वीटफिल्ड बसेको घरमा आए। परमेश्वरले उनीहरूका आत्माको निम्ति गरिदिनुभएको कुराको निम्ति उनीहरू धन्यवाद चढाउन चाहन्थे! धेरैजसो दासहरू आफ्‍ना बोझहरू हलुका भएको महसुस गर्दै आफ्‍ना कामहरू तर्फ फर्कन्थे। अनि उनीहरू ह्वीटफिल्डले सुनाएका उदेकलाग्दा सत्यताहरूको मनन गर्दथे। उनीहरू खेतमा काम गर्दाहुँदी प्रचारकका ओठबाट सुनिएका पङ्कतिहरूलाई बारम्बार दोहोर्‍याइरहन्थे। त्यसपछि उनीहरू ती हरफहरूमा शब्दहरू थपेर गाउन थाल्दथे र ती गीतलाई धेरै पटक दोहोर्‍याई-दोहोर्‍याई गाउँदथे। यिनै गीतहरू नेग्रो आत्मिक गीतहरू (Negro Spirituals) भनी चर्चित भए। जर्ज ह्वीटफिल्डलाई अमेरिकन दासहरूको पहिलो महान् मित्र भनेर चिनिए।

इथियोपियाका नपुंसकले मुक्ति पाउँछन्

जर्ज ह्वीटफिल्ड अफ्रिकनहरूलाई प्रचार गर्ने एउटै मात्र व्यक्ति होइनन्। सैयौँ वर्ष अगाडि इथियोपिया (उत्तर अफ्रिकाको एक राष्ट्र) का एकजना व्यक्तिलाई प्रचार गर्न परमेश्वरले फिलिपलाई पठाउनुभयो (प्रेरित ८:२६-२७)। अवश्य पनि यस इथियोपियाको मान्छेको कालो छाला हुनुपर्छ। ग्रीक शब्द “इथियोपिया” (प्रेरित ८:२७) को माने “डढेको-अनुहार” भन्ने हुन्छ। यर्मिया अगमवक्ताले एक पटक प्रश्न गरे: “के _________ (इथियोपियाइ) ले आफ्‍नो ___________ वा _____________ले आफ्‍नो ____________ बदल्न सक्छ र?” (यर्मिया १३:२३)। यी प्रश्नहरूको जवाफ के हुन्छ? _____________। चितुवाका थोप्लाहरू बदलिएर बाघको जस्तो टाटेपाटे हुनलाई आश्चर्यकर्मकै खाँचो पर्छ! इथियोपियाइको छालाको रङ्ग बदलिन पनि आश्चर्यकर्मको खाँचो पर्छ। अझ उसको हृदय नै परिवर्तन गर्न त त्योभन्दा पनि ठूलो आश्चर्यकर्मको खाँचो पर्छ। प्रेरित ८ अध्यायमा परमेश्वरले यस्तै आश्चर्यकर्म गर्नुभयो। फिलिपले उनलाई ये______ प्रचार गरे (प्रेरित ८:३५)। के उनले यस समाचारलाई विश्वास गरे (प्रेरित ८:३७)?_________। के उनले पानीको बप्तिस्मा लिए (प्रेरित ८:३६-३९)?_________। के परमेश्वरले उक्त अफ्रिकनको हृदय परिवर्तन गर्नुभयो?______________।

फिलिपले उसलाई शुरुमा भेट्दा नपुंसकले यशैयाको पुस्तकबाट पढिरहेका थिए (प्रेरित ८:३०) तर उनले के पढिरहेका छन् सो बुझेका थिएनन् (प्रेरित ८:३१)। के फिलिपले उनलाई सहयोग गर्न सफल भए (प्रेरित ८:३५)?__________।

मानौं मुक्ति नपाएको तपाईंको कुनै साथीलाई उसले यूहन्नाको सुसमाचारको पुस्तकमा तेस्रो अध्यायको सोह्रौं पद पढिरहेको तपाईंले भेट्टाउनुभयो (यूहन्ना ३:१६)। अनि यदि उसले “मैले पढिरहेको कुरा बुझिन। कृपया मलाई सहायता गर्नुहोस्!” भनी भन्यो भने के तपाईंले आफ्‍नो साथीलाई सहायता गर्न सक्नुहुन्छ? तपाईंले के भन्नुहुन्छ?

कसैलाई पानीको बप्तिस्मा दिनु अघि उसमा के हुनु आवश्यक छ (प्रेरित ८:३६-३८)? _________________________________________________। साना बालकहरूले ख्रीष्टमा विश्वास गर्न सक्छन्? साना नानीहरूलाई बप्तिस्मा दिनुहुन्छ? _______________। किन हुन्छ वा किन हुँदैन? के तपाईंले ख्रीष्टमाथि विश्वास गर्नुभयो र उहाँलाई आफ्‍नो मुक्तिदाताको रूपमा स्वीकार गर्नु भयो? के तपाईंले बप्तिस्मा लिनुभयो? लिनुभएको छैन भने किन?

शाउलले मुक्ति पाउँछन्

ख्रीष्टियनहरूलाई सके जति झ्यालखानामा हाल्न प्रयास गर्ने मण्डलीका ठूला शत्रु को थिए (प्रेरित ८:१-३; ९:१)?_______________। यी व्यक्ति पछिबाट कुन नामले चिनिए (प्रेरित १३:९; रोमी १:१)?______________। स्टिफनसलाई ढुङ्गाले हानेर मारिँदा के यी व्यक्ति पनि घटनास्थलमै उपस्थित थिए (प्रेरित २२:२०)?______________। ख्रीष्टमाथि विश्वास गर्ने मानिसहरूलाई शाउलले के गर्ने गर्थे (प्रेरित २२:१९)?_______________________________________________________________।

एक दिन शाउलले विश्वासीहरूलाई सताउने कामलाई अगाडि बढाउन दमस्कस जाने निर्णय गरे। तर दमस्कस जाने बाटोमा यात्रा गर्दै गर्दा परमेश्वरले एउटा अचम्मको कार्य गर्नुभयो (कृपया जोडा मिलाउनुहोस्):

बौरिउठ्नुभएको प्रभु शाउलकहाँ देखा पर्नुभयो (१ कोरिन्थी ९:१)। “तपाईं को हुनुहुन्छ?” भनी जब शाउलले सोधे तब येशूले जवाफ दिनुभयो, “म येशू हूँ जसलाई तिमी सताउँछौ।”

शाउलले मण्डली (विश्वासीहरू) लाई सताइरहेका थिए तर येशूले भन्नुभयो, “तिमी मलाई सताइरहेको छौ!” प्रभुले भन्न खोज्नुभएको कुरा के थियो? कलस्सी १:१८ बाट हामी जान्दछौं, प्रभु येशू ख्रीष्ट “शरीरको शि____ हुनुहुन्छ”, शरीरचाहिँ मण्डली हो। येशू शिर हुनुहुन्छ र विश्वासीहरू मिलेर शरीर बन्दछ। कसैले तपाईंको खुट्टाको औंलामा जोडले टेक्यो भने तपाईंको शिरले दुखाइको अनुभव गर्छ कि गर्दैन? शरीरलाई चोट लाग्दा शिरले त्यसको अनुभव गर्छ (दुखाइ सधैं स्नायु प्रणालीको माध्यमबाट दिमागसम्म पुग्छ)। शिरलाई नदुखाईकन तपाईंले शरीरलाई चोट पुर्‍याउन सक्नुहुन्न। त्यसैगरी मण्डलीको शिरलाई चोट नपुर्‍याईकन मण्डलीलाई चोट पुर्‍याउन सकिँदैन। शाउलले शरीर (मण्डली) लाई सताइरहेका थिए तर शिरलाई पनि यसको महसुस भइरहेको थियो! कसैले शरीरलाई केही गर्दछ भने उसले शिरलाई पनि त्यही गरिरहेको हुन्छ।

दमस्कसको बाटोको यस अचम्मको घटनापछि, परमेश्वर ह________ नाम भएको विश्वासीसँग बोल्नुभयो (प्रेरित ९:१०) र शाउलकहाँ गएर उसलाई एउटा सन्देश दिने आज्ञा दिनुभयो। तपाईं हनानियाको ठाउँमा हुनुभएको भए त्यो काम गर्न तपाईं डराउनुहुन्थ्यो (प्रेरित ९:१३-१४)?__________। के हनानियाले परमेश्वरको आज्ञा पालन गरे (प्रेरित ९:१७)?__________।

शाउलले येशूको नामको निम्ति कति धेरै दु:ख भोग्नुपर्नेछ भन्ने कुरा हनानियाले उनलाई बताए (प्रेरित ९:१६)। ख्रीष्टियन जीवन सजिलो जीवन होइन। पावलको निम्ति यो कष्टको जीवन थियो। पावलले सहनु परेका केही सतावटहरू के-के हुन् (२ कोरिन्थी ११:२३-२८ पढ्नुहोस्)? के येशूको निम्ति दु:ख भोग्न शाउल तयार थिए (प्रेरित २०:२२-२४; २१:१३)? _________________।

शाउलले हनानियाद्वारा बप्तिस्मा लिए। उनको बप्तिस्मापछि उनले गरेको पहिलो कार्य के थियो (प्रेरित ९:२०)?_____________________________________________। एक समयमा आफैले न______________ विश्वासलाई उनले प्रचार गर्न शुरु गरे (गलाती १:२३)! के यस कुराले उनलाई सुन्ने मानिसहरू छक्क परे (प्रेरित ९:२१)?_______। ठूलो उत्पीडक अब ठूलो प्रचारक भएको थियो!

विश्वास नगर्ने यहूदीहरू अब शाउललाई मार्न चाहन्थे (प्रेरित ९:२३-२४)? शिकारी आफै अब शिकार बनिरहेको थियो! मण्डलीको ठूलो शत्रु नै मण्डलीको ठूलो मित्र भएका थिए, र मुक्ति नपाएका यहूदीहरू क्रोधित भए। शाउल कसरी बच्न सफल भए (प्रेरित ९:२५)? ______________________________________________________________________।

त्यसपछि शाउल येरूशलेमको शहरतर्फ लागे जहाँ बाह्र चेलाहरू थिए। शाउल शुरुमा त्यहाँ आइपुग्दा उनीहरूले ऊ साँचो विश्वासी हो भनी विश्वास गरे (प्रेरित ९:२६)?___________। सायद उनीहरूले सोचे होलान्, शाउल ख्रीष्टको चेला भएको नाटक मात्र गर्दैछन् र उनी विश्वासीहरूलाई राम्ररी चिनेर उनीहरूलाई हानि गर्न चाहन्छन्। अन्त्यमा येरूशलेमका विश्वासीहरूले शाउलको जीवनमा आएको परिवर्तन वास्तविक भएको देख्न सके। परमेश्वरले ठूलो कार्य गर्नुभएको थियो। मण्डलीको ठूलो विरोधी नै मण्डलीको ठूलो प्रेरित र मिसनरी बन्न लागेको थियो! कुनै त्यस्तो समय थियो जब शाउल सकभर धेरै विश्वासीहरूलाई नाश गर्न चाहन्थे। तर उनले मुक्ति पाएपछि, शाउल चारैतिर यात्रा गर्न र हरेक ठाउँमा सकभर धेरै मानिसहरूलाई मुक्तिको सुसमाचार प्रचार गर्न इच्छुक भए!

के परमेश्वरले तपाईंको जीवनलाई पनि अचम्मलाग्दो गरी परिवर्तन गराउन सक्नुहुन्छ? शाउलको जस्तै परिवर्तन मुक्तिबाट नै शुरु हुनुपर्दछ: “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ ________ हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू _________ भएका छन्” (२ कोरिन्थी ५:१७)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ४ – प्रथम ख्रीष्टिय शहीद

Study Series

अध्याय ४ – प्रथम ख्रीष्टिय शहीद

 

(प्रेरित ६-७)

खाँचोमा परेका विधवाहरूलाई सहायता गर्नका निम्ति स्टिफनसको चयन

प्रेरितहरूले येशू ख्रीष्टको बारेमा सिकाउन र प्रचार गर्न निरन्तरता दिइरहे (प्रेरित ५:४२) र परमेश्वरले यस असल समाचारमा विश्वास गर्ने सबैलाई मुक्ति दिन निरन्तरता दिइरहनुभयो। मण्डली सङ्ख्यात्मक रूपमा तीब्र गतिले बढ्दैथियो: “चेलाहरूको सङ्ख्या _________ गयो” (प्रेरित ६:७)।

त्यसबेला विश्वासीहरूको सङ्ख्या कति थियो भनेर हामीलाई यकिन छैन। शुरुको समयमा पुरुषहरूको सङ्ख्या करिब ______ हजार जति भएको उल्लेख छ (प्रेरित ४:४; यसमा सम्भवतः महिला र बालबालिकाहरू समावेश छैनन्)। पछि अझ थप विश्वासीहरू प्रभुमा थपिएको कुरा हामीलाई यसरी बताइएको छ, “झन् _____________ सङ्ख्यामा विश्वास गर्नेहरू थपिए – पुरुष र स्त्रीहरूको ____________” (प्रेरित ५:१४)। हामी प्रेरित ६ अध्यायमा आइपुग्दा त्यहाँ अवश्य पनि थुप्रै हजार विश्वासीहरू हुनुपर्छ (शायद दस हजार वा त्यो भन्दा बढी)। तपाईंको मण्डलीमा कतिजना छन्?

त्यति धेरै मानिसहरूको बीचमा समस्या आएको कुरा सुन्दा हामीले अचम्म मान्नुपर्दैन। यस येरुशलेमको मण्डलीमा दुई समूहका मानिसहरू थिए। त्यहाँ ग्रीक यहूदीहरू थिए र त्यहाँ हिब्रू यहूदीहरू थिए। हिब्रू यहूदीहरूले हिब्रू (वा आरामिक) भाषा बोल्दथे र उनीहरूले प्रयोग गर्ने बाइबल हिब्रू पूरानो नियम थियो। बाह्र प्रेरितहरू हिब्रू यहूदीहरू थिए। ग्रीक यहूदीहरूले ग्रीक भाषा बोल्दथे र ग्रीक रीतिहरू पछ्याउँदथे। उनीहरूले प्रयोग गर्ने बाइबल ग्रीक भाषामा अनुवाद गरिएको पूरानो नियम थियो (जसलाई Septuagint भनिन्छ)। हुन त यो बाइबल हिब्रू बाइबल समान नै थियो, केवल यो ग्रीक भाषामा अनुवाद गरिएको थियो जुन भाषा रोमी साम्राज्यको साझा भाषा थियो। ग्रीक यहूदीहरूले हिब्रू यहूदीहरूको विरुद्धमा गनगन गर्न थाले किनभने ग्रीक विधवाहरूको बेवास्ता भइरहेको थियो र उनीहरूले यहूदी विधवाहरूले भन्दा कम सहायता पाउँदै थिए। आफ्‍नो पतिको मृत्यु भएर फेरि विवाह नगरीकन बसेको महिलालाई विधवा भनिन्छ। विधवा स्त्रीहरूलाई ध्यान दिन, र उनीहरूको आवश्यकता पूरा गर्नलाई उनीहरूका पतिहरू नहुने भएकाले मण्डलीले उनीहरूलाई सक्दो मद्दत गर्ने इच्छा गर्दछ (याकूब १:२७; यर्मिया ७:६; २२:३ पढ्नुहोस्)। तर कुनै कारणवश यहूदी विधवाहरूले ग्रीक विधवाहरूले भन्दा बढी सहायता पाइरहेका थिए।

विधवाहरूको खाँचो पूरा गर्ने कामको जिम्मा बाह्र प्रेरितहरूले वहन गर्दैथिए। यो जिम्मेवारी वहन गर्न सक्न प्रेरितहरूलाई निकै नै कठिन थियो। मानौं तपाईंको पास्टरलाई निम्न कार्यभारहरू सुम्पिइएको छ: मण्डली सफा गर्ने, घाँस काट्ने, पैसा गन्ती गर्ने, बिल चुक्ता गर्ने, हरेक दिन मानिसहरूलाई अस्पतालमा भेट्न जाने, प्रत्येक साँझ मण्डलीको एक न एकजनालाई भेट्ने, हरेक बिहान गाडी चलाउने, र हप्ताको पाँच दिन जागिर खाने। के उनीसँग प्रार्थना गर्ने प्रशस्त समय हुन्छ होला? के उनीसँग बाइबल अध्ययन गर्ने पर्याप्त समय हुन्छ होला? के उनीसँग प्रचार गर्ने पर्याप्त समय हुन्छ होला?

यदि शैतानले प्रेरितहरूलाई प्रार्थना गर्न र परमेश्वरको वचन प्रचार गर्नबाट रोकेको भए उसको ठूलो जीत हुने थियो। खाँचोमा परेका विधवाहरूको वास्ता गर्ने प्रयास गर्दा-गर्दै प्रेरितहरू यति व्यस्त हुनेथिए, कि अरू केही गर्न उनीहरूसँग निकै थोरै समय हुनेथियो। प्रेरितहरूले यो समस्या राम्ररी बुझे। उनीहरूले परमेश्वरको वचन छोड्न चाहेनन् (प्रेरित ६:२)। उनीहरूले आफैलाई निरन्तर प्रार्थना र वचनको सेवामा लगाउने इच्छा गरे (प्रेरित ६:४)। तपाईंको पास्टरले यही दुई कुराहरूमा आफ्‍नो बढी समय बिताउनु भएको होस् भनी तपाईंले प्रार्थना गर्न सक्नुहुन्छ।

प्रेरितहरू आफै प्रार्थना र परमेश्वरको वचनमा सुम्पिन चाहन्थे तर उनीहरूलाई विधवाहरूको बारेमा पनि चिन्ता थियो। उनीहरूले सातजना मानिसहरूलाई नियुक्त गर्ने निर्णय गरे (प्रेरित ६:३) जसले विधवाहरूको वास्ता गर्ने कार्यको जिम्मेवारी लिने सक्थे।

ती सातजना मानिसहरूको नाम प्रेरित ६:५ मा उल्लेख छ। सूचीमा सर्वप्रथम कसको नाम उल्लेख छ? ______________। उनी _______________ र __________________________ ले भरिएका मानिस थिए भन्ने कुरा बताइएको छ (प्रेरित ६:५)। परमेश्वरले भन्नुभएको कुरालाई उनले विश्वास गर्थे र पवित्र आत्मा परमेश्वरलाई उनको जीवनलाई नियन्त्रण गर्न र उनीद्वारा कार्य गर्नलाई आफूलाई सुम्पेका थिए। प्रेरित ६:८ ले बताउँछ कि स्टिफनस ______________ र _______________ले भरपुर थिए। परमेश्वर यस मानिसभित्र सामर्थ्यले कार्य गर्दैहुनुहुन्थ्यो। परमेश्वरले स्टिफनसलाई प्रेरितहरूले जस्तै अचम्मका कामहरू गर्न सक्ने तुल्याउनुभयो (प्रेरित ६:८ पढ्नुहोस् र प्रेरित ५:१२-१६ सँग तुलना गर्नुहोस्)।

के विश्वासीहरूको सङ्ख्या निरन्तर बढ्दै गयो (प्रेरित ६:७)?______________।

यहूदीहरू स्टिफनसलाई आरोप लगाउँछन्

प्रेरित ६:९ मा हामी थाह गर्दछौं कि स्टिफनस सभाघरमा यहूदी मानिसहरूसँग ख्रीष्टको विषयमा कुरा गर्न गएका थिए। सभाघर भनेको यहूदीहरू प्रार्थना गर्न र पवित्र शास्त्रहरू अध्ययन गर्न एकसाथ भेला हुने ठाउँ थियो। सभाघरहरूमा शास्त्रहरू अध्ययन गरिन्थ्यो, सिकाइन्थ्यो र छलफल गरिन्थ्यो।

सभाघरमा भएका यहूदीहरूले स्टिफनससँग शास्त्रहरूको छलफल गरे र उनीसँग वाद-विवाद गरे (प्रेरित ६:९), तर तिनीहरूले त्यस _________ र आत्माको सामना गर्न (विरुद्धमा उभिन) सकेनन्, जसद्वारा उनी बोल्दथे (प्रेरित ६:१०)। स्टिफनसले कहाँबाट यस्तो बुद्धि पाए (लूका २१:१५ सित दाँज्नुहोस्)? __________________। हरेक वहसमा सधैं परमेश्वरले नै जित्नु हुन्छ! (द्रष्टव्य: प्रेरित ६:९ अनुसार, तिनीहरूमध्ये कुनै यहूदीहरू सिलिसियाबाटका थिए। प्रेरित २१:३९ अनुसार कुन व्यक्ति पनि सिलिसिया बाटको थियो? ___________। सायद पावल पनि स्टिफनससित वाद-विवाद गरिरहेका यहूदीहरू मध्ये एक थिए, यद्यपि हामीलाई यो निश्चय गरी थाहा छैन।

सभाघरका यहूदीहरू स्टिफनससँग वाद-विवाद गर्न छाडे, र उनलाई दोष लगाउन थाले र उनले गलत कुराहरू सिकाउँदैछन् भनी भन्न थाले। स्टिफनसले मोशाको विरोधमा (व्यवस्थाको विरोधमा), परमेश्वरको विरोधमा र पवित्र मन्दिरको विरोधमा बोल्दैछन् भनी तिनीहरूले भने (प्रेरित ६:११,१३,१४)। यहूदीहरूले धेरै मूल्यवान् मान्ने थोकहरू यी नै हुन्! परमेश्वरको विरोधमा, मोशाको व्यवस्थाको विरोधमा, र मन्दिरको विरोधमा खडा हुने हरेक व्यक्ति यहूदी मानिसहरूको शत्रु हुन्थ्यो। वास्तवमा स्टिफनस यी थोकहरूको विरोधमा थिएनन्। वास्तविक समस्या त यो थियो कि उनको विरुद्धमा दोष लगाउनेहरू नै ख्रीष्टको विरोधमा थिए! येशूले यसो भन्नुभएको थियो, “जो _______ छैन, त्यो मेरो __________ छ” (मत्ती १२:३०)। स्टिफनस ख्रीष्टको साथमा थिए र ख्रीष्टको पक्षमा थिए, तर यहूदीहरू ख्रीष्टको विरोधमा थिए। वास्तविक समस्या यही थियो!

स्टिफनसको बारेमा भनिएको झूटा कुराहरूको कारणले, मानिसहरू उनको विरुद्धमा उत्तेजित भए (प्रेरित ६:१२)। यसभन्दा पहिले मानिसहरूले विश्वासीहरूलाई सत्कार गर्थे र उनीहरूप्रति दयालु थिए (प्रेरित ४:२१; ५:१३; ५:२६ पढ्नुहोस्)। तर अब मुक्ति नपाएका यहूदीहरू उनीहरूको विरुद्धमा उठ्न थाले।

अन्त्यमा स्टिफनसलाई यहूदी अगुवाहरूको सामु ल्याइयो। जब यहूदी अगुवाहरूले स्टिफनसलाई हेरे उनीहरूले “उनको चेहरालाई ____________ चेहराजस्तै देखे” (प्रेरित ६:१५)। स्टिफनसको चेहरा परमेश्वरको उदेकको उपस्थितिको कारणले चम्किरहेको थियो। सबैजना स्टिफनसको विरुद्धमा खडा रहेको देखिन्थ्यो तर परमेश्वर अचम्म तरिकाले उनको पक्षमा हुनुहुन्थ्यो!

स्टिफनसले एक शक्तिशाली भाषण दिन्छन्

परमेश्वरले हरेक विश्वासीहरूलाई “तिमीहरूभित्र भएको ____________को विषयमा तिमीहरूलाई सोध्ने हरेक मानिसलाई नम्रता र डरको साथ _________ दिनाका निम्ति सधैंभरि _________ रहो” भनी भन्नुहुन्छ(१ पत्रूस ३:१५)। जब यहूदीहरूको अगुवा (महापूजाहारी) ले स्टिफनसलाई प्रश्न गरे (प्रेरित ७:१), के स्टिफनस जवाफ दिन तयार थिए (प्रेरित ७:२)? _________। भन्नु पर्दा उनको जवाफ ५२ पद लामो थियो!

स्टिफनसको जवाफ पुरानो नियमको शास्त्रहरूबाट आयो। यस सामर्थी प्रचारमा, स्टिफनसले परमेश्वरको बारेमा बोले; उनले मोशा र व्यवस्थाको बारेमा बोले; उनले मन्दिरको बारेमा बोले (जुन तीन कुराहरूको विरोधमा उनी छन् भनी उनलाई दोष लगाइएको थियो)। यस प्रचारको अन्त्यमा उनले ख्रीष्टको विषयमा बोले, “यस ध___ ज___” (प्रेरित ७:५२)। यस विशेष प्रचारले देखाउँदछ कि स्टिफनसलाई उनको बाइबलको राम्रो ज्ञान थियो (पूरानो नियमका शास्त्रहरू)। तपाईंलाई तपाईंको बाइबलको कत्तिको राम्रो ज्ञान छ? यदि तपाईंको मित्रहरूले तपाईंलाई परमेश्वर, स्वर्ग, नरक, मुक्ति, मृत्यु इत्यादिको बारेमा प्रश्न गरे भने, के तपाईंले उनीहरूलाई बाइबलबाट ठीक-ठीक जवाफहरू दिन सक्नुहुन्छ?

आफ्‍नो सन्देशको अन्त्यमा आफूलाई दोष लगाउनेहरूलाई नै स्टिफनसले दोष लगाउन थाले र उनले लगाएका दोषहरू सब सत्य थिए। उनले तीनओटा कुराहरू भने जसले गर्दा तिनीहरू बेसरी रिसाए:

• तिमीहरू परमेश्वरको विरोधमा छौ (प्रेरित ७:५१)
• तिमीहरूले ख्रीष्टलाई मृत्युमा सुम्पिदियौ र हत्या गर्‍यौ (प्रेरित ७:५२)
• तिमीहरूले परमेश्वरको व्यवस्थालाई तोडेका छौ (प्रेरित ७:५३)।

 (तिमीहरू पापी हौ!)

आक्रोशित भीडले स्टिफनसलाई ढुङ्गा हानेर मार्छ

के स्टिफनसले भनेका कुराहरूले यहूदीहरू प्रसन्न र हर्षित भए (प्रेरित ७:५४)?___________। बाइबलले बताउँछ कि तिनीहरूका मुटु छेंडिए (प्रेरित ७:५४)। तिनीहरू गहिरो गरी छेंडिए, चक्कुले होइन, कैंचीले होइन, धारिलो छुराले होइन, तर एउटा विशेष तरवारले! तिनीहरूलाई छेंड्ने तरवार कुन थियो (हिब्रू ४:१२; एफेसी ६:१७)? ____________________________________________।

यदि स्टिफनसले वरिपरि आँखा लगाएका भए उनले रिसले चूर भएका मानिसका चेहराहरू मात्र देख्ने थिए। तिनीहरूले उसलाई सदाको लागि चूप गराउन उनलाई मार्न चाहिरहेका थिए। तर स्टिफनसले वरिपरि हेरेनन्। बरु उनले _____________तिर हेरे (प्रेरित ७:५५)। उनले कसलाई देखे (प्रेरित ७:५५)?________________। परमेश्वरले स्टिफनसलाई आफ्‍नो मुक्तिदाताको एक सुन्दर झलक दिनुभयो!

के यहूदीहरू स्टिफनसको अरू कुरा सुन्न चाहन्थे (प्रेरित ७:५७)?______________। यी क्रोधित मानिसहरू उनीमाथि झम्टे, उनलाई शहरदेखि बाहिर फाले र उनलाई ____________ हिर्काए (प्रेरित ७:५८)। आफ्‍नो प्रचारमा स्टिफनसले यहूदीहरूलाई उनीहरू ह______________ हुन् भन्ने आरोप लगाएका थिए (प्रेरित ७:५२)। स्टिफनसको आरोप सत्य थियो भनेर कुरा के तिनीहरूले प्रमाणित गरिदिए? _____________।

ढुङ्गाले हानेर मारिनु नराम्रो किसिमको मृत्यु हो। व्यक्ति नमरेसम्म उसमाथि ढुङ्गा प्रहार गरिन्थ्यो। कैयौँ पटक यहूदीहरूले प्रभु येशू ख्रीष्टलाई ढुङ्गाले हानेर मार्ने इच्छा गरे (यूहन्ना ८:५९; १०:३१ पढ्नुहोस् र यूहन्ना ५:१८ सित दाँज्नुहोस्)। यूहन्ना १५:१८-२१ र यूहन्ना १६:१-३ पढ्नुहोस्। स्टिफनसलाई यी पदहरू कसरी लागु हुन्छन्?

आफ्‍नो मृत्यु हुनै लागेको घडीमा स्टिफनसले कसरी प्रार्थना गरे (प्रेरित ७:६०)? (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

  1. “हे प्रभु, यी दुष्ट हत्याराहरूलाई नाश गर्नुहोस्!”
  2. “हे प्रभु, तिनीहरूको न्याय गर्नुहोस् र तिनीहरूले गरेको दुष्ट कार्यको निम्ति तिनीहरूलाई सजायँ दिनुहोस्!”
  3. “हे प्रभु, यो पाप तिनीहरूमाथि नलगाउनुहोस्!”
  4. “हे प्रभु, तिनीहरूलाई सजायँ दिनहोस्। तिनीहरू साँच्चै यसको योग्य छन्!”

मारिन लाग्दा अर्को कुन व्यक्तिले आफ्‍ना शत्रूहरूको निम्ति प्रार्थना गर्नुभएको थियो (लूका २३:३४)?___________________________________________________।

स्टिफनसले उक्त प्रार्थना गर्नेबित्तिकै, तिनी सु_______ (प्रेरित ७:६०), अर्थात् उनको शारीरिक मृत्यु भयो। जब एउटा विश्वासीको मृत्यु हुन्छ, उसलाई नोक्सान हुन्छ कि लाभ हुन्छ (फिलिप्पी १:२१)? ___________________। जब स्टिफनसको मृत्यु भयो तिनी ख्री________ रहन गए जो अति _________________ हो (फिलिप्पी १:२३)। मृत्यु भएको क्षणमा स्टिफनस _________________बाट अलग भए तर _________________सँग रहन गए (२ कोरिन्थी ५:८)। के स्टिफनस मृत्युसम्म विश्वासयोग्य रहे (प्रकाश २:१०)? __________। परमेश्वरले उसलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभएको छ (प्रकाश २:१०)?_____________________।

स्टिफनस थुप्रै शहीदहरूमध्ये प्रथम हुन्

आफ्‍नो विश्वासको खातिर मृत्यु भोग्ने प्रथम ख्रीष्टियन स्टिफनस हुन्। प्रेरित २२:२० मा बाइबलले परमेश्वरको सा________ (वा शहीद) स्टिफनसको रगतको उल्लेख गर्दछ। स्टिफनस परमेश्वरका शहीद हुन्। “शहीद” शब्दको अर्थ “साक्षी” हो र यस सन्दर्भमा यसको अर्थ कुनै व्यक्ति हो जो मृत्युसम्म पनि ख्रीष्टको निम्ति साक्षी बन्दछ। स्टिफनस ख्रीष्टका विश्वासयोग्य साक्षी थिए यद्यपि यसको निम्ति उनले आफ्‍नो जीवन नै गुमाउनुपर्यो।

स्टिफनसपछि अरूहरू पनि शहीद भए। प्रेरित १२ अध्यायमा शहीद बनेका पहिलो प्रेरितको बारेमा हामी अध्ययन गर्नेछौं। इतिहासले बताउँदछ कि पत्रूस र पावललाई पनि ख्रीष्टमाथिको उनीहरूको विश्वासको कारण मृत्युदण्ड दिइयो। मण्डली युगको पहिलो २५० वर्षहरूमा, रोमीहरूद्वारा सैयौं ख्रीष्टियनहरूको हत्या गरियो। कतिलाई रोमी रङ्घशालामा सिंहहरूको आहारा पनि बनाइयो जहाँ मानिसहरू त्यस्तो भयावह दृश्य हेर्नलाई भीडम्भीड जम्मा हुन्थे (आज रमाइलोको निम्ति मानिसहरूले रङ्घशालामा गएर फुटबलको खेल हेरेको जस्तै)। के आज पनि थुप्रै विश्वासीहरू उनीहरूको विश्वासको बदलामा सतावटमा परिरहेका, झ्यालखानामा थुनिएका र मारिएका छन्? के तपाईं आफ्‍नो विश्वास स्वतन्त्रपूर्वक अभ्यास गरिरहन पाएकोमा परमेश्वरप्रति धन्यवादी हुनुहुन्छ?

एउटा प्रख्यात कथनले भन्दछ, “शहीदहरूको रगत नै मण्डलीको बीज हो।” विश्वासीहरू मारिन्थे तर उनीहरूको साक्षी देखेर अरूहरूले विश्वास गर्दथे र मुक्ति पाउँदथे र मण्डलीको निरन्तर वृद्धि भइरहन्थ्यो। मण्डलीमा जति धेरै सतावट आउँदथ्यो मण्डलीको उति नै धेरै वृद्धि भएको देखिन्थयो! स्टिफनसजस्तै थुप्रै ख्रीष्टियनहरू मृत्युको घडीमा असल साक्षीहरू भए। कोही विश्वासीहरू आगोमा जलाईंदा समेत भजन गाउँदै मेर (जस्तै जोन हस [John Huss], जसलाई सन् १४१५ मा खम्बामा बाँधेर जलाइएको थियो)। अरूले स्टिफनसले झैं प्रार्थना गरे। यी मानिसहरू अरू भन्दा फरक छन् भन्ने कुरा दर्शकहरूले महसुस गरे र ती दर्शकहरूमध्ये कतिले आफ्‍नो पनि विश्वास ख्रीष्टमा राखे।

स्टिफनसको मृत्यु हुँदा त्यहाँ उभिएर हेरिरहेका एकजना मानिसको हृदयमा एउटा बीज रोपिएको थियो। परमेश्वरको साक्षी स्टिफनसको मृत्यु हुँदा त्यहाँ को उभिएर हेरिरहेकोस थियो (प्रेरित २२:२०)? _____________________। पावलको अर्को नाम के थियो (प्रेरित २२:२०)? _____________। स्टिफनसलाई ढुङ्गाले हानिँदा के शाऊल पनि उपस्थित थिए (प्रेरित ७:५८)?____________________ ।स्टिफनसले आफ्‍नो शक्तिशाली भाषण दिँदा शायद शाऊल पनि त्यहाँ उपस्थित थिए र सुनिरहेका थिए र स्टिफनसका शब्दहरूले तिनको हृदयलाई पनि अवश्य छेंडेको हुनुपर्छ। त्यस दिन बीज रोपियो र पछिबाट (हामीले आगामी पाठमा अध्ययन गर्नेछौं) शाऊल (पावल) ले उद्धार पाउनेछन् र अहिलेसम्मकै सबभण्दा महान् प्रचारक बन्नेछन्। स्टिफनसको मृत्यु भए तापनि पावल लगायत अरूहरूले उनको स्थान लिनेछन् र मृत्युबाट बौरेर उठ्नुभएको महान् मुक्तिदाताको बारेमा संसारलाई बताउनेछन्!

आज शुरूका विश्वासीहरू सबैको मृत्यु भइसकेको छ र उनीहरूमध्ये धेरैजना साहसी शहीदहरूको रूपमा मरे। आज मानिसहरूले मुक्तिको असल खबरको बारेमा कसरी सुन्न सक्छन्? के स्टिफनसले उनीहरूलाई प्रचार गर्नेछन् त? के पावले उनीहरूलाई प्रचार गर्नेछन्? पहिलो ख्रीष्टियनहरूले शुरू गरेको कामलाई निरन्तरता दिने जिम्मेवारी कसले बहन गर्नेछ त? के तपाईंले गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ३ – भित्र र बाहिरबाट समस्या


Study Series

अध्याय ३ – भित्र र बाहिरबाट समस्या

(प्रेरित ५)

भित्रबाट समस्या

हनानिया र सफिरा

शुरुको मण्डलीमा सबै कुरा सुचारु रूपमा अघि बढ्दै थियो तर प्रेरितको पाँचौं अध्यायमा शैतानले मण्डलीमा भित्रबाट समस्या उब्जाएर आक्रमण गरेको कुरा भेटिन्छ।

येरुशलेमको शहरमा बसोबासो गरिरहेका शुरुका विश्वासीहरूले आफ्‍ना धन सम्पत्ति बाँड्न समेत तत्पर थिए (प्रेरित ४:३२)। केही विश्वासीहरू ज्यादै गरीब थिए। अरूहरूचाहिँ धनवान् र ज_____ र घ_______का मालिक थिए (प्रेरित ४:३४)। धनवान् ख्रीष्टियनहरू आफ्‍ना घरबार र जग्गा-जमिनहरू बेचेर उठेको पैसालाई खाँचोमा परेका विश्वासीहरूलाई बाँड्न निकै इच्छुक थिए (प्रेरित ४:३४-३५)। योसेस नाम गरेको एकजना निकै इमान्दार र दयालु हृदय भएको विश्वासी थिए (जसलाई प्रेरितहरूले ब_______ भन्ने उपनाम दिए, प्रेरित ४:३६ पढ्नुहोस्)। पछि प्रेरितको पुस्तकमा बर्नबासको बारेमा हामीले अझै अरू कुरा जान्नेछौँ।

प्रेरित ५:१ मा`हनानिया नाम गरेको व्यक्तिले आफ्‍नो सम्पत्ति बेचेको बताइएको छ। उसले घर बेचेको थियो कि जग्गा (प्रेरित ५:८)? ___________। हामीलाई यो बताइएको छ कि हनानियाले पाएको मूल्यबाट केही अंश आफ्‍नो निम्ति छुट्टायो (प्रेरित ५:२) र उसले बाँकी रकम मण्डलीलाई दियो।

मानौं हनानियाले जग्गा पाँच लाखमा बेचेको थियो र उसले आफ्‍नो निम्ति एक लाख रुपैयाँ राख्यो अनि बाँकी पैसा उसले मण्डलीलाई दियो र यस्तो किसिमको कुरा गर्‍यो: “मैले आफ्‍नो जग्गा चार लाखमा बेचेको छु (झूटो कुरा) र म सबै पैसा मण्डलीलाई दिन चाहन्छु ताकि खाँचोमा परेका गरीब विश्वासीहरूको हर्जा टार्न यसको प्रयोग गर्न सकियोस्।”

के उसकी पत्‍नी सफीरालाई उसले गरेको यो झूटो कामको बारेमा थाह थियो (प्रेरित ५:२)?____________ [ द्रष्टव्य: यस पदले हामीलाई बताउँछ उसकी पत्‍नीलाई “त्यो थाह थियो” जसको अर्थ हुन्छ उसलाई यसको बारेमा पूरा ज्ञान थियो।]

हनानियाले गरेको ठूलो पाप के थियो? के केही अंश राख्नु उसको गल्ती थियो? त्यो पैसामा पहिलो हक त उसकै थियो (प्रेरित ५:४ मा पत्रुसले हनानियालाई भनेको कुराको विचार गर्नुहोस्)। “हरेक धनी विश्वासीले ऊसँग भएको सम्पत्ति वा ऊसँग भएको जमिन बेच्नै पर्छ” भन्ने त्यस्तो कुनै पनि नियम मण्डलीमा थिएन। त्यसो त धनी विश्वासीहरूले स्वेच्छापूर्वक गर्दै थिए (प्रेरित ४:३२,३४,३५)। साथै “आफ्‍नो सम्पत्ति बेच्नेले आफ्‍नो निम्ति केही नराखिकन पूरै पैसा मण्डलीलाई बुझाउनुपर्छ” भन्ने नियम पनि मण्डलीमा थिएन।‍ तर परमेश्वरको यस्तो नियम चाहिँ छ जसले भन्छ, “तिमीले झूट बोल्नु हुँदैन!” (कलस्सी ३:९ पढ्नुहोस्)। के हनानियाले परमेश्वरको नियम तोड्यो (प्रेरित ३:४)?__________।

हनानियाले बरु यसो भन्न सक्थ्यो, “मैले जमिन ५ लाखमा बेचेको छु। गरीब विश्वासीहरूको खाँचो पूरा गर्नलाई म ४ लाख रुपैयाँ दिन्छु।” के त्यसो भनेको भए उसले झूट बोलेको ठहरिनेथियो र? ___________।

हनानिया झुटो मात्र ठहरिएन तर कपटी पनि ठहरियो। कपटी व्यक्तिले मुखमा नकाप लगाउँदछ र ऊ वास्तवमा जो होइन त्यो भएझैं देखाउन नाटक खेल्छ:

यस छलकपटको कुरा आफूहरूलाई मात्र थाह छ भन्ने हनानियाले सोचेको थियो। यसको बारेमा परमेश्वरलाई पनि थाछ छ भन्ने कुरा भने उसले बिर्सेछ। हनानियाले पैसाको केही अंश आफ्‍नो निम्ति राखेको छ भनेर परमेश्वरले कुनै न कुनै तरिकाले पत्रुसलाई थाह गराउनुभयो (प्रेरित ५:३)। यसले हामीलाई गन्ती ३२:२३ मा रहेको पदको सम्झना दिलाउँदछ: “तिमीहरूको पापले तिमीहरूलाई फेला पार्नेछ”। परमेश्वरले मानिसहरूलाई पाप गरेर उम्किन दिनुहुन्न। हामीले झूट बोलौंला र अरूबाट छिपाउन सक्ने खालको पापहरू हामीले गरौंला। तर पापले हामीलाई सधैं नै पक्रनेछ। हित्तोपदेश २८:१३ पढ्नुहोस्। हाम्रो पापलाई के गर्नु गलत हो? _______________। हाम्रा पापहरूको बारेमा हामीले के गर्नुपर्छ?_______________। हनानियाले उसका पापहरूको बारेमा के गर्‍यो?____________।

हनानियाले पत्रुसको कुरा सुन्ने बित्तिकै उसलाई के भयो (प्रेरित ५:५)?_____________। के पत्रुसले उसलाई मारेको हो?______________। उसलाई मृत्युदण्ड कसले दियो? _________________। झूट बोलेको पैसाको उपभोग गर्न बिचरा हनानियालाई समय नै भएन। केही जवानहरूले उसको शवलाई लगेर दफन गरे।

करिब तीन घण्टा पछि उसकी पत्नी सफीरा भित्र आइन्। उसको पत्नीलाई के भएको थियो भन्ने कुरा के उसलाई थाह थियो (प्रेरित ५:७)?_______________। पत्रुसले सायद यस्तो किसिमले कुरा गरे, “तिमीहरूले त्यो जग्गा चार लाखमै बेचेको हो त?” अनि तिनको जवाफ करीब यस प्रकारको हुनुपर्छ, “हजुर! हामीले त्यो चार लाखमै बेचेका हौं।”

तिनका पतिले जसरी झूट बोले त्यस्तै गरी तिनले पनि झूट बोलिन्। तिनका पति जस्तै तिनी पनि मरिन् (प्रेरित ५:९-१०)। परमेश्वरले हनानिया र सफीरालाई उनीहरूको पापको निम्ति न्याय गर्नुभयो। जब मानिसहरूले यो कुरा थाहा पाए तब उनीहरू (प्रेरित ५:५,११ पढ्नुहोस् र सही जवाफलाई चिन्ह लगाउनुहोस्):

  1. रिसाए
  2. खुशी भए
  3. डराए
  4. दु:खित भए

परमेश्वरले शुरुको मण्डलीलाई उहाँ पापलाई घृणा गर्ने पवित्र परमेश्वर हुनुहुन्छ भनी देखाउन चाहनुहुन्थ्यो। परमेश्वर विशुद्ध मण्डली चाहनुहुन्छ। परमेश्वर पवित्र मण्डली चाहुनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “तिमीहरू ______ होओ; किनकि म ________ छु” (१ पत्रुस १:१६)। परमेश्वर मण्डलीमा झूटा र कपटीहरू चाहनुहुन्न। परमेश्वर ख्यालठट्टा गरिरहनुभएको छैन भनी उहाँले मण्डलीको शुरुका दिनहरूमा स्पष्ट पार्नुभयो। पाप परमेश्वरको सामु एउटा गम्भिर कुरा हो। आज कसैले झूट बोल्ने बित्तिकै वा केही गल्ती गर्न बित्तिकै परमेश्वरले उसको न्याय गर्नुहुन्न, तर उहाँ अहिले पनि उही परमेश्वर नै हुनुहुन्छ भनी हामीले जानेको चाहनुहुन्छ। हनानिया र सफीराको जीवनबाट सिक्न परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

बाहिरबाट समस्या

मण्डली निरन्तर रुपमा बढ्दै थियो (प्रेरित ५:१४) र प्रेरितहरूले हासिल गरिरहेको ठूलो सफलता देखेर यहूदी धर्म गुरुहरू निकै डाही बने (प्रेरित ५:१७)। अन्त्यमा तिनीहरूले प्रेरितहरूलाई समाते र एउटै झ्या_________ हालिदिए (प्रेरित ५:१८)। पहिलेको सतावटमा पत्रुस र यूहन्ना मात्र पक्राउ परेका थिए (प्रेरित ४:१३) तर यस पटक भने सबै प्रेरितहरू नै झ्यालखानामा हालिए।

कुनै समय एकजना ह्यारी हुडिनी नामक प्रख्यात अमेरिकी जादुगर थिए जसको मृत्यु सन् १९२६ मा भएको थियो। यो मान्छेले आफ्‍नो जादुको कला र कौशल्ता प्रयोग गरेर मान्छेले उसलाई थुनेको प्रायः सबै बाकस, पिँजडा वा खोरबाट फुत्कन्थे। हथकडीहरूबाट पनि आफूलाई फुकाउँथे। मान्छेहरूले ऊ कहिल्यै पनि निस्कन नसकोस् भनेर बन्धनमा राख्दथे, तर केही बेरमै ऊ बाहिर हुन्थ्यो। ऊ आफूलाई बन्धनमुक्त पार्न सक्ने अचम्मको कलाकार थियो।

प्रेरित ५:१९ मा परमेश्वरले हुडिनीको भन्दा पनि गजबको काम गर्नुभएको देख्दछौं । प्रेरितहरू झ्यालखानाबाट बाहिर कसरी निस्के?________________________________। उनीहरू स्वतन्त्र पारिएपछि उनीहरूलाई स्वर्गदूतले के भने? के स्वर्गदुतले उनीहरूलाई “जाऊ! शत्रुहरूले तिमीहरूलाई भेट्टाउन नसक्ने गरी लुकेर बस!” भने? ______________________। के थुनामा हालिएकाहरूलाई भोलिपल्ट बिहान मन्दिरमा उभिएर मानिसहरूलाई येशूको बारेमा प्रचार गरिरहेको भेट्टाउँदा उनीहरूका शत्रुहरू आश्चर्यचकित परे होलान्(प्रेरित ५:२१-२५)? ____________________।

दुःख भोग्‍ने प्रथम ख्रीष्टियनहरू

प्रेरितहरू फेरि दोश्रो पटक पक्राउ परे (प्रेरित ५:२६-२७)। धार्मिक अगुवाहरूले उनीहरूलाई यो प्रश्न गरे: “हामीले तिमीहरूलाई नसिकाओ भन्दा भन्दै पनि तिमीहरूले किन सिकायौ?”

 

उनीहरूले कसको आज्ञा मान्नुपर्थ्यो (प्रेरित ५:२९)?_______________

एक पटक राजाले दानियललाई प्रार्थना नगर भनेका थिए, तर परमेश्वरले दानिएललाई प्रार्थना गर भन्नुभयो (दानियल ६ अध्याय पढ्नुहोस्, विशेष गरी १० पद मा)। दानियलले कसलाई माने त? ________________

प्रेरित ५:३०-३२ मा पत्रुसले यी अगुवाहरूलाई प्रचार गरे। पत्रुसको अनुसार यी धार्मिक अगुवाहरूले येशूलाई के गरेका थिए (प्रेरित ५:३०)?____________________ परमेश्वरले चाहिँ के गर्नुभयो (प्रेरित ५:३०)?________________ पत्रुसले भन्दै थिए, “जसलाई तपाईंहरूले क्रूसमा टाँग्नुभयो, उहाँ अहिले जीवित हुनुहुन्छ र स्वर्गमा हुनुहुन्छ र उहाँले तपाईंलाई बचाउन र तपाईंका पापहरू क्षमा गर्न सक्षम हुनुहुन्छ।” के यो वचनले तिनीहरूलाई खुशी र आनन्दित तुल्यायो (प्रेरित ५:३३)?___________

तिनीहरूले प्रेरितहरूलाई मार्न लागेका थिए (प्रेरित ५:३३), तर अगुवाहरूमध्येका एकजना, गमलिएल नाम गरेका व्यक्तिले उनीहरूलाई नमार्ने सल्लाह दिए (प्रेरित ५:३४-४०)। यस पटक चाहिँ यहूदी गुरुहरूले उनीहरूलाई जान दिनु भन्दा अगाडी कुट्ने इच्छा गरे। बाइबलले बताउँछ कि तिनीहरूले उनीहरूलाई पिटे (प्रेरित ५:४०)। सामान्य पिटाइ ३९ कोर्रा (कोर्राको ३९ हिर्काइ) पर्दथ्यो। एक पटक फेरि तिनीहरूले उनीहरूलाई येशूको नाममा नबोल्नु भन्ने आज्ञा दिए। के प्रेरतिहरूले यो आज्ञा माने (प्रेरित ५:४२)?__________

प्रेरितहरू जाँदा, शायद उनीहरूको ढाड उनीहरूले पाएको पिटाइको कारणले रक्ताम्मे भएको हुनुपर्छ। विश्वासीहरूले शारीरिक यातना सहनुपरेको यो पहिलो पटक हो। यस अध्ययनको आगामी पाठहरूमा मृत्युसम्म पुग्नुपरेको पहिलो विश्वासीको बारेमा जान्नेछौँ। त्यस शारीरिक यातना प्रति चेलाहरूले कस्तो प्रतिक्रिया दिए त? (प्रेरित ५:४१ पढ्नुहोस् र सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्।)

  1. उनीहरूले भने, “प्रचार गर्नु खासै फाइदाजनक छैन। बरु पहिला जस्तै माछा मार्न जाऔं।”
  2. पिठ्यूँमा लागेको चोटले सहनुपरेको पीडाको कारण उनीहरूले गनगन गरे, र फेरि सजाय पाइएला भनेर चिन्तित भए।
  3. मानिसहरूलाई येशूको बारेमा बताउन बन्द गरिनुपर्दछ भन्ने निर्णय उनीहरूले गरे। धर्म गुरूहरूले भनेको जस्तै गर्नु नै ठीक होला।
  4. उनीहरूले आनन्द मनाए।

शुरुको मण्डलीमा भित्रबाटको समस्या थियो (हनानिया र सफिरा) र बाहिरबाटको समस्या पनि थियो (उनीहरूको प्रचार कार्य रोक्न प्रयास गरिरहेका धार्मिक अगुवाहरू), तर परमेश्वर उनीहरूसँग हुनुहुन्थ्यो र उनीहरूमा हुनुहुन्थ्यो। परमेश्वर आफ्‍नो मण्डली निर्माण गर्दैहुनुहुन्थ्यो (मत्ती १६:१८) र मानिस र शैतान आफैले पनि परमेश्वरले गरिरहनुभएको कार्यलाई रोक्न सकेन!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय २ – लङ्गडो मानिसको चङ्गाइ

Study Series

अध्याय २ – लङ्गडो मानिसको चङ्गाइ

(प्रेरित ३-४)

चङ्गाइको आश्चर्यकर्म

पवित्र आत्मा आउनुभयो! मण्डलीको जन्म भयो! परमेश्वरले प्रेरितहरूद्वारा काम गर्दै हुनुहुन्थ्यो। यस पाठमा परमेश्वरले कसरी विशेष तरिकाले पत्रुस र यूहन्नाद्वारा काम गर्नुभयो भन्ने कुरा हामी हेर्नेछौं।

डाक्टरले शल्यक्रिया गर्दा एक जोडी पन्जाको प्रयोग गर्दछ। उक्त पन्जा हातमा लगाएर उसले शल्यक्रिया गर्न थाल्छ। त्यस कुशल डाक्टरले जे चाहन्छन् ती पन्जाहरूले त्यही गर्छन्। उक्त डाक्टरबिना ती पन्जाहरूले कत्तिको काम गर्न सक्छन्? ______________। ख्रीष्टबिना विश्वसीहरूले कत्तिको काम गर्न सक्छन् (यूहन्ना १५:५)?_____________________। डाक्टरले पन्जाको जोडीद्वारा काम गर्न खोजेको जस्तै परमेश्वरले पत्रुस र यूहन्नाद्वारा काम गर्न चाहनुभयो।

पन्जाहरूले यसो भन्नु मूर्खता हुने थियो, “हेर हामी कति महान् छौं! हामीले भर्खरै एउटा सफल शल्यक्रिया सम्पन्न गर्यौं र त्यस मानिसको ज्यान बचायौं!” वास्तवमा यदि बोल्न सक्ने भएक‍ा भए तिनीहरूले यसरी भन्नेथिए, “हामी एक जोडी पन्जा मात्र हौं, अरू केही होइनौं, तर हाम्रा एकजना महान् डाक्टर हुनुहुन्छ जसले हामीलाई काममा लगाईकन ठूला-ठूला कार्य सम्पन्न गर्न सक्नुहुन्छ। उहाँले नै सबै गर्नुहुन्छ, तर आफ्‍नो शल्यक्रियाको काम गर्न उहाँले हामीलाई प्रयोग गर्नुभएकोमा हामी धन्यवादी छौं!” आफूहरू केही पनि होइनौं भनी पत्रुस र यूहन्ना जान्दथे तर उनीहरूको एकजना महान् परमेश्वर हुनुहुन्थ्यो जसले उनीहरूलाई महान् तरिकाले प्रयोग गर्दैहुनुहुन्थ्यो!

पेन्टेकोस्टको चाडको केही दिन पछिको कुरा हो, एक दिन पत्रुस र यूहन्ना येरूशलेमको मन्दिरको परिसरभित्र पस्दैथिए। उनीहरू त्यहाँ किन जाँदै थिए (प्रेरित ३:१)?____________। समय करिब दिउँसोको ३:०० बजेको थियो (नवौं घडी)।

मन्दिरको ढोकामा एकजना लङ्गडो माग्ने थियो (प्रेरित ३:२)। ऊ लङ्गडो थियो र हिँड्न सक्दैनथ्यो। मन्दिरभित्र पस्नेहरूसित पैसाको भिख माग्न सकोस् भनेर हरेक दिन उसलाई बोकेर त्यहाँ ल्याइन्थ्यो। बाइबलले हामीलाई यस व्यक्तिको उमेर ४० वर्ष भएको बताउँदछ (प्रेरित ४:२२)।

कोही मानिस दुर्घटनामा परेर वा चोटपटक लागेर लङ्गडो बन्छन्। उदाहरणको लागि कुनै व्यक्ति गाडी दुर्घटनामा परेर, वा रूखबाट खसेर अथवा युद्धमा घाइते भएर लङ्गडो हुन सक्छन्। अरू व्यक्तिहरू शारीरिक दुर्बलता वा समस्या लिएरै जन्मन्छन्। यो मानिस जन्मैदेखि लङ्गडा थियो कि पछि लङ्गडा भएको थियो (प्रेरित ३:२)?__________। (यूहन्ना ९:१ सँग दाँज्नुहोस्)

वर्षौंदेखि दिन प्रति दिन यो व्यक्ति मन्दिरको ढोकामा बस्दै आएको थियो। मन्दिरभित्र पस्नेहरूले आफूले भीख मागिरहेको सुनून् र उनीहरू रोकिऊन् अनि उसलाई केही पैसा दिऊन् भनेर उसले आश गर्दथ्यो। मानिसहरूले उसमाथि कृपा देखाऊन् र उसको शारीरिक आवश्यकता पूरा हुने गरी उसलाई दिऊन् भनी उसले आशा गर्दथ्यो।

यस दिन मन्दिरभित्र को-को जाँदै थिए (प्रेरित ३:३)?________________________। जब उनीहरू त्यस मानिसको नजिकबाट भएर जाँदै थिए, उनीहरू रोकिएर केही देलान् भन्ने आशा सहित त्यस लङ्गडो मानिसले उनीहरूसँग कुरा गर्‍यो।

उनीहरू रोकेर अडिए (प्रेरित ३:४)! पत्रुसले त्यस मानिसतिर डिठ लगाएर हेर्दै भने, “हामीतिर हेर!”

यो मन्छे उत्साहित भयो। उसलाई उनीहरूबाट केही पाउने आशा भयो (प्रेरित ३:५)। उसले उनीहरूबाट के पाउने आशा राख्यो होला? ____________________। जीवनभरि घस्रेर हिँड्नुपरेको आफ्‍नो त्यो लङ्गडो अवस्थाबाट अब निको हुन्छु भनेर के उसले सोचेको थियो होला?________

यस मानिसलाई पत्रुसले के दिन सक्थे? (प्रेरित ३:६ पढ्नुहोस् र सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

  1. चाँदी
  2. सुन
  3. खाना
  4. चङ्गाइ
  5. केही पनि थिएन

त्यस मानिसलाई दिन पत्रुससँग पैसाको दान थिएन तर ऊसँग चङ्गाइको वरदान थियो (१ कोरिन्थी १२:९ पढ्नुहोस्) जसलाई उसले यस मानिसको जीवनमा प्रयोग गरे। के यस मानिसले सुन र चाँदी भन्दा पनि असल कुरा पाउन लागेको थियो?

पत्रुसले लङ्गडो मानिसलाई के भने (प्रेरित ३:६)? “उ___ र हिँ___।” उसले आफ्‍नो जीवनमै कहिल्यै नगरेको काम गर्न पत्रुसले उसलाई भन्दै थियो!

यस मानिसलाई निको हुन धेरै समय लाग्यो कि ऊ तुरुन्तै भयो (प्रेरित ३:७)?________ परमेश्वरले अचम्मको कार्य गर्नुभयो।

शुरुमा त्यो मन्छे उठ्यो, त्यसपछि ऊ हिँड्न थाल्यो, र तुरुन्तै ऊ खुशीले हिँड्न र उफ्रन थाल्यो! पहिलो पटक उसको खुट्टा र गोडाहरूले उसको शरीरलाई धान्न सकिरहेको थियो। जे भएको थियो त्यसको निम्ति के यो मान्छे परमेश्वरप्रति धन्यवादी थियो (प्रेरित ३:८-९)?_______________

तुरुन्तै यस मान्छे उफ्रँदै परमेश्वरको स्तुति गर्दै गरेको कुरामाथि मानिसहरूको ध्यान खिँचियो। मन्दिरको सुन्दर भनिने ढोकामा बसेर भिख माग्ने उही नै हो भनी के उनीहरूले चिने (प्रेरित ३:१०)?_______। उनीहरूले यस मन्छेलाई राम्ररी चिन्दथे। हरेकचोटी तिनीहरू मन्दिरमा प्रवेश गर्दा, ऊ त्यहीँ हुन्थ्यो! र ऊ त्यहाँ बस्ने गरेको वर्षौं भइसकेको थियो। तिनीहरूले त्यस व्यक्तिले मागेर बसेको देखेका थिए तर अब ऊ उफ्रिरहेको देख्दा तिनीहरू चकित परे!

स्कूलमा कुनै साथीको कल्पना गर्नुहोस्। तपाईं आफ्‍नो कक्षामा आउनुहुँदा उसलाई चराजस्तै उडिरहेको देख्नुभयो भने तपाईंलाई कस्तो लाग्छ होला? तपाईं छक्क पर्नुहुन्छ। तपाईंको साथी उड्न सक्नु असम्भव कुरा हो, जसरी यो मान्छेको लागि हिँड्नु र उफ्रनु असम्भव कुरा थियो। तर परमेश्वरको निम्ति कुनै पनि कुरा असम्भव हुँदैन (लूका १:३७)।

परमेश्वरले एक आश्चर्यकर्म गर्नुभयो र यो मानिसको निम्ति जुन कुरा असम्भव थियो त्यसलाई सम्भव तुल्याउनुभयो र मानिसहरूले अ____ र त____ माने” (प्रेरित ३:१०)।

ती मानिसहरूको दिमागमा एउटा ठूलो प्रश्न थियो: यो कसरी भयो? पत्रुसले छिट्टै नै यसको जवाफ दिन्छन्।

शक्तिशाली सन्देश

छक्कै परेका सयौं मानिसहरू यो व्यक्ति कसरी निको पारियो भनेर जान्नलाई भेला भए। त्यस अचम्मको चङ्गाइलाई पत्रुसले कसरी वर्णन गरे? के उनले घमण्ड गर्दै यसको सम्पूर्ण श्रेय आफैं लिए? के उनले यसो भने, “म तिमीहरूले यो जानेको चाहन्छु कि माछा माछा मार्ने पत्रुस एक महान् चङ्गाइकर्ता हुन्! मैले मेरो आफ्‍नै शक्तिले गरेको यो अचम्मको कार्य तिमीहरूले देखेको म चाहन्छु”? के पत्रुसले यस्तै भनेका थिए(प्रेरित ३:१२)?________। पत्रुस जान्दथे कि उनी डाक्टर होइनन् तर पन्जा मात्र हुन्। यो आश्चर्यकर्म प्रभु येशू ख्रीष्टको नाममा गरिएको थियो (प्रेरित ३:१६)।

विश्वासी भएर, हामी कति महान् छौं भन्दै मानिसहरूलाई बताउँदै हिँड्नुहुँदैन। तर हाम्रो मुक्तिदाता कति महान् हुनुहुन्छ भनेर बताउनुपर्छ! हामीले आफैंलाई देखाउनुहुँदैन बरु हामीले मुक्तिदातालाई देखाउनुपर्छ। पत्रुस र यूहन्नाले यही गरेका हुन्।

यस लङ्गडा मानिसको बारेमा फेरि विचार गर्नुहोस्। उसको उमेर ____ वर्ष भन्दा बढी भइसकेको थियो (प्रेरित ४:२२)। शायद वर्षौंदेखि उसले परमेश्वरले मलाई किन अपाङ्ग भएर जन्मन दिनुभयो भनेर सोच्ने गर्थ्यो होला। पूरै जीवनकाल भरी उसले माग्न बाहेक अरू केही गर्न सक्दैनथ्यो र शायद उसको लागि यो जीवन निकै कठीन थियो। तर यी सबैमा परमेश्वरको अचम्मको योजना थियो। यो रोग परमेश्वरको महिमाको निम्ति थियो, ताकि मानिसहरूले परमेश्वर कति महान् हुनुहुन्छ भनी जानून्। यदि यो मानिस कहिल्यै लङ्गडो नभएको भए, उनी निको पनि हुने थिएनन्। यो मानिस निको भएकोले हजारौं मानिसहरूले मुक्तिको असल समाचार सुन्ने अवसर पाए। पत्रुसले यी मानिसहरूलाई प्रचार गरे र उनीहरूलाई बताए कि मानिसको अपाङ्गपना हटाउने परमेश्वर उही परमेश्वर हुनुहुन्थ्यो जसले उनीहरूका पापहरू हटाउन सक्नुहुन्थ्यो (प्रेरित ३:१९,२६)।

यस चङ्गाइको आश्चर्यकर्मको कारणले धेरै मानिसहरूले मुक्तिको सुसमाचार सुन्ने मौका पाए, र ती जसले यस सुसमाचारलाई विश्वास गरे, उनीहरू आत्मिक रूपमा निको पारिए र उनीहरूलाई अनन्त जीवन दिइयो। के यही जीवित परमेश्वरले तपाईंको आत्मिक रोगलाई पनि निको पार्नुभई तपाईंलाई पूरै चङ्गाइ दिनुभएको छ?

परमेश्वरले आफ्‍नो मण्डलीमा मानिसहरूलाई अचम्म तरिकाले थप्दै हुनुहुन्थ्यो। प्रेरित ४:४ अनुसार, मण्डलीमा पुरुषको सङ्ख्या करिब _______ हजार थियो। याद गर्नुहोस्, पेन्टेकोस्टको दिनमा विश्वासीहरूको सङ्ख्या पुरुष र महिला सहित करिब ______ हजार थियो (प्रेरित २:४१)। ख्रीष्टले आफ्‍नो मण्डली बनाउँदै हुनुहुन्थ्यो (मत्ती १६:१८)। अपाङ्ग मानिस निको पारिएको दिन ख्रीष्टमा विश्वास गर्ने मानिसहरू थुप्रै थिए। के परमेश्वरले आज पनि मण्डलीमा मानिसहरू थप्दै हुनुहुन्छ?

पत्रुसले प्रचार गर्दा त्यो भीडमा तिनै मानिसहरू थिए जसले केही समय अगाडी मात्र ख्रीष्टलाई मारिनुपर्छ भनी माग गरेका थिए। यी तिनै मानिसहरू थिए जो “यसलाई क्रूसमा टाँग! यसलाई क्रूसमा टाँग! सिजरबाहेक हाम्रो कुनै राजा छैन!” भन्दै कराएका थिए। अब साहसी पत्रुस ती मानिसहरूका सामु खडा भएर उनीहरूलाई यसो भने: “जसलाई तपाईँहरूले क्रूसमा टाँग्नुभयो (प्रेरित ३:१३-१५) उहाँ अहिले जीवित हुनुहुन्छ (प्रेरित ३:१५,२६) र उहाँले तपाईंहरूलाई आशिष दिन र तपाईंहरूलाई तपाईंका पापहरूबाट बचाउन चाहनुहुन्छ (प्रेरित ३:१९, २६)”। यो त खुशीको खबर थियो।

परमेश्वर हामीभन्दा फरक हुनुहुन्छ। यदि हामी परमेश्वरको स्थानमा भएका भए हामीले यी मानिसहरूलाई न्याय गर्न र परमेश्वरको पुत्रलाई क्रूसमा चढाउनेहरूलाई नाश गर्ने निर्णय गर्नेथ्यौं होला। तर परमेश्वरले त उनीहरूलाई क्षमा दिन र बचाउन चाहनुभयो (१ तिमोथी २:४ सित तुलना गर्नुहोस्)।

अन्यायपूर्ण गिरफ्तारी

पत्रुस र यूहन्ना ती मानिसहरूसँग बोल्दै गर्दा धार्मिक गुरुहरू उनीहरूकहाँ आए (प्रेरित ४:१)। पत्रुस र यूहन्नाले मानिसहरूलाई मुक्तिको सुसमाचारको बारेमा सिकाउँदैछन् भनी के तिनीहरू आनन्दले भरिए (प्रेरित ४:२)?_________। यी मानिसहरूले पत्रुस र यूहन्नालाई लगे र भोलिपल्टसम्म थुनामा राखे (प्रेरित ४:३)!

साधारणतयाः कुनै मानिसले खराब काम गर्दा उसलाई थुनामा राखिन्छ। लङ्गडो मान्छेलाई गरेको अ____ का____को निम्ति पत्रुस र यूहन्ना थुनामा राखिएका थिए (प्रेरित ४:९)। साधारणतयाः कुनै मानिसले कसैलाई मारेको खण्डमा उसलाई पक्राउ गरिन्छ। पत्रुस र यूहन्ना त कसैलाई निको पारेको कारणले पक्राउमा परे। कस्तो अन्यायपूर्ण पक्राउ! यी तिनै धार्मिक गुरूहरू थिए जसले ख्रीष्टलाई पक्राउ गरेका थिए, जो प____ र ध____ हुनुहुन्थ्यो र जसले कहिल्यै कुनै गल्ती वा खराब गर्नुभएको थिएन (प्रेरित ३:१४)।

यी धार्मिक गुरूहरूले पत्रुस र यूहन्नालाई त्यस अचम्मको कार्य कसरी गरे भनी प्रेश्न गरे (प्रेरित ४:७)। पत्रुसको जवाफमा उनले आफैंलाई श्रेय दिए कि ख्रीष्टलाई (प्रेरित ४:१०)? ___________।पत्रुसले यी मानिसहरूलाई ती महान् चङ्गाइकर्ता (प्रेरित ४:१०) एक महान् मुक्तिदाता पनि हुनुहुन्छ (प्रेरित ४:१२) र उहाँ नै संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ (प्रेरित ४:१२) भनी बताए।

यी मानिसहरूले पत्रुस र यूहन्ना को रहेछन् भनी चिने?

  1. उनीहरू एकदम विद्धान र अति शिक्षित रहेछन् भनी
  2. उनीहरू देशकै अति उच्चस्तरिय विद्यालयमा तालिम पाएकाहरू रहेछन् भनी
  3. उनीहरू हेर्नामा अति लायक रहेछन् भनी
  4. उनीहरू येशूसँग थिए भनी

येशू नै उनीहरूलाई विशेष तुल्याउने कारण हुनुहुन्थ्यो! तपाईंको जीवनलाई पनि उहाँले नै विशेष बनाउन सक्नुहुन्छ।

कडा चेतावनी

धार्मिक अगुवाहरूलाई यो आश्चर्यकर्म घट्दै नघटेको भए हुन्थ्यो भन्ने लागिरहेको थियो। यस आश्चर्यकर्मलाई इन्कार गरेर बरु यसो भन्न पाए हुन्थ्यो जस्तो लागेको थियो, “सुन्नुहोस् सबैजना, यो मान्छे वास्तवमा निको पारिएको होइन। यो त एउटा छलकपटकको कुरा मात्र हो। पत्रुस र यूहन्ना कुशल जादुगर हुन् र तिनीहरूले तिमीहरू सबैलाई झुक्काएका मात्र हुन्।” के तिनीहरूले त्यसो भन्न सके त (प्रेरित ४:१४,१६)?____________

पत्रुस र यूहन्नालाई सजायँ स्वरुप मृत्युदण्डसम्म दिने तिनीहरूको इच्छा थियो, तर तिनीहरू मानिसहरूसँग डराएका थिए (प्रेरित ४:२१)। त्यस आश्चर्यकर्म भएकोमा खुशी हुनेहरू त्यहाँ हजारौं थिए (प्रेरित ४:४) र यी मानिसहरू जान्दथे कि पत्रुस र यूहन्नाले केही गलती गरेका थिएनन्।

तिनीहरूले गर्न सक्ने एउटै मात्र कुरा थियो, त्यो थियो उनीहरूलाई धम्काउनु (प्रेरित ४:१७,२१)! येशूको नाममा पटक्कै कुरा नगर्नु र शिक्षा नदिनु भनी तिनीहरूले उनीहरूलाई हुकुम दिए (प्रेरित ४:१८)। “यदि तिमीहरूले कुरा गर्‍यौ वा शिक्षा दियौ भने तिमीहरूलाई पख लास्!”। तिनीहरूको ठूलो धम्की यही थियो!

उनीहरूले अब कसको आज्ञा मान्ने? धार्मिक अगुवाको कि बौरिउठ्नुभएको प्रभुको?_________________। उनीहरूले कसको कुरा सुन्ने, धार्मिक अगुवाहरूको कि परमेश्वरको (प्रेरित ४:२०)?_________________। पत्रुस र यूहन्नाले भने, “हामीले _________________। कुराहरू हामीले बोल्नैपर्छ” (प्रेरित ४:२०)।

बोल्ने कि नबोल्ने? पत्रुस र यूहन्ना कोसँग बेसी डराए त? धार्मिक अगुवाहरूसँग कि परमेश्वरसँग? _____________। यदि उनीहरू निरन्तर बोलिरहे भने को चाहिँ बेखुसी हुनेथिए?___________________। यदि उनीहरूले परमेश्वरको विषयमा बोल्न बन्द गरे भने को चाहिँ बेखुशी हुने थिए?__________________________ पत्रुस र यूहन्नाले बेखुशी बनाउन नचाहेका व्यक्ति ________________ नै हुन्।

साहसको निम्ति प्रार्थना

पत्रुस र यूहन्ना झ्यालखानाबाट छुट्टिने बित्तिकै अरू विश्वासीहरूलाई भेट्न गए (प्रेरित ४:२३)। यहूदीहरूबाट आएको यस प्रकारको धम्कीको बारेमा थाह पाएपछि ती विश्वासीहरूले पहिलो काम के गरे?

  1. उनीहरूले दुखेसो गरे।
  2. ख्रीष्टियान हुनु निकै कठिन रहेछ त्यसैले ख्रीष्टलाई पछ्याउन छोड्नुपर्छ भन्ने निर्णय गरे।
  3. उनीहरूले स्वर्गका परमेश्वरसँग प्रार्थना गरे।
  4. उनीहरूले एक अर्का सँग वाद-विवाद गरे। कोहीले प्रचार गरिरहनुपर्छ भने र अरूले चाहिँ प्रचार गर्न बन्द गरिनुपर्छ भने।

उनीहरूले आफ्‍नो समस्या परमेश्वरकहाँ ल्याए। उनीहरूले गरेको पहिलो काम त्यही नै हो। प्रेरित ४:२९ मा उनीहरूले परमेश्वरसँग एउटै कुरा मागेको देख्दछौं। के उनीहरूले यसो भनेका थिए, “प्रभु! तिनीहरूले हामीलाई कसरी सताए भनी तपाईं जान्नुहुन्छ। अब विन्ती छ, हाम्रो ज्यान जोगाउनुहोस् र सतावटलाई हामीबाट हटाइदिनुहोस्”?____________। यी विश्वासीहरूले परमेश्वरको वचन डरबिना नै बोल्न सकौं भनी साहसहिम्मतको निम्ति प्रार्थना गरे! धार्मिक अगुवाहरूले जे नगर्न हुकुम दिएका थिए, त्यही नै गर्न सक्नलाई परमेश्वरले सहायता गर्नुभएको होस् भनी प्रार्थना गरे! धार्मिक अगुवाहरूले “नबोल” भने (प्रेरित ४:१८) र उनीहरूले “प्रभु! तपाईंको वचन साहससित बोल्न सहायता गर्नुहोस्” भनेर प्रार्थना गरे (प्रेरित ४:२९)। के परमेश्वरले उनीहरूको प्रार्थनाको जवाफ दिनुभयो (प्रेरित ४:३१)?

आज उहाँको निम्ति हामीले बोलेको परमेश्वर चाहनुहुन्छ। यदि परमेश्वरले हामीलाई मुक्तिको यति ठूलो दान दिनुभएको छ भने (रोमी ६:२३), अरूहरूलाई यसको बारेमा बताउन के हामी इच्छुक र उत्साहित हुनुपर्दैन र? यदि कुनै डाक्टरले हजारौंको ज्यान बचाउन सक्ने क्यान्सरको औषधी पत्ता लगाए भने के अरूहरूले त्यसको बारेमा जानोस् भन्ने उसले चाहँदैन र? असल खबर त फैलाइनुपर्छ! येशू ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ भनेर मानिसहरूले जान्नुपर्छ (प्रेरित ४:१२)। शुरुका ख्रीष्टियानहरूले जस्तै हामीले पनि परमेश्वरको वचन अरूहरूसित बाँड्नलाई साहस र हिम्मतको लागि प्रार्थना गर्न सक्छौं। जुन परमेश्वरले उनीहरूलाई बोल्न साहस दिनुभयो उही परमेश्वरले हामीलाई पनि आज बोल्नलाई साहस दिन सक्नुहुन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय १ – मण्डलीको जन्मदिन

Study Series

अध्याय १ – मण्डलीको जन्मदिन

(प्रेरित १-२)

नयाँ नियम चार सुसमाचारका पुस्तकहरूबाट शुरू हुन्छ (मत्ती, मर्कूस, लूका, यूहन्ना)। नयाँ नियमको पाचौँ पुस्तकको नाम के हो?___________। चार सुसमाचारका पुस्तकले ख्रीष्ट माथि स्वर्ग उठाइनुभएको दिनसम्मको उहाँको जीवनको बारेमा बताउँदछ। प्रेरितको पुस्तकले हामीलाई शुरूको मण्डलीको जीवनको बारेमा बताउँदछ जुन बेला बौरिउठनु भएको ख्रीष्टले पत्रुस र पावल जस्त व्यक्तिहरूमा र द्वारा ठूला र महान कार्यहरू गर्दैहुनुहुन्थ्यो।

प्रेरितहरूको कामलाई वास्तवमा येशू ख्रीष्टका कार्यहरू भनिनुपर्छ किनभने प्रेरितको पुस्तकको अध्ययन गर्दैजाँदा येशू ख्रीष्टले आफ्‍ना चुनिएका प्रेरितहरूद्वारा र प्रेरितहरूमा (जस्तै पत्रुस, यूहन्ना र पावल) कार्य गरिरहनु भएको देख्दछौँ।

प्रभु येशू ख्रीष्ट आज पनि “कामहरू” गर्दैहुनुहुन्छ। उहाँको कार्य गर्नलाई उहाँले तयार हातहरू, मुखहरू, जीब्रोहरू, खुट्टाहरू र हृदयहरू प्रयोग गर्नुहुन्छ किनभने उहाँ मानिसहरूद्वारा काम गर्नुहुन्छ (उहाँ आफ्‍नो मण्डलीद्वारा काम गर्नुहुन्छ) । जसरी उहाँले पत्रुस, यूहन्ना, स्टिफनस र पावलद्वारा काम गर्नुभयो, त्यसरी नै उहाँले तपाईंद्वारा पनि गर्नसक्नुहुन्छ। के तपाईंले जीवित परमेश्वरलाई तपाईंमा र तपाईंद्वारा काम गर्न दिइरहनुभएको छ (हिब्रू १३:२१; फिलिप्पी २:१३)?

तपाईंले अध्ययन गर्नुहुने यस पुस्तकको पहिलो बाह्र अध्यायहरू (प्रेरित १-१२) मा प्रेरित पत्रुसको मुख्य भुमिका वा पात्र रहेको छ। यस पुस्तकको बाँकी खण्ड (प्रेरित १३-२८) मा प्रेरित पावलको मुख्य भुमिका वा पात्र रहेको छ।

पत्रुस र पावल कुनै असाधारण शक्ति भएका मानिसहरू थिएनन्, तर उनीहरू हामीहरू जस्तो छौँ, त्यस्तै थिए र परमेश्वरले नै उनीहरूलाई उदेकको तरिकाले प्रयोग गर्नुभयो। उही परमेश्वर जसले पत्रुस र पावललाई प्रयोग गर्नुभयो त्यही परमेश्वर हुनुहुन्छ जसले आज हामीलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्छ।

 

परमेश्वरको उदेकको प्रतिज्ञा

प्रेरित १:४ मा हामीले परमेश्वरले दिनुभएको एउटा उदेकको प्रतिज्ञाको बारेमा पढ्छौं। परमेश्वरले प्रतिज्ञा गर्नुभयो कि एक दिन त्यस्तो आउनेछ जब उहाँले पवित्र आत्मा (जो शान्तिदाता पनि कहलिनुहुन्छ) लाई पठाउनुहुनेछ। यूहन्नाको सुसमाचारको पुस्तकका १४, १५ र १६ अध्यायहरूमा सरसरती हेर्नुहोस् र परमेश्वरले पवित्र आत्मा (शान्तिदाता) पठाउनुहुने प्रतिज्ञा गर्नुभएको पदहरू भेट्टाउनुहोस्।

यूहन्ना १४, पदहरू _________________________
यूहन्ना १५, पदहरू _________________________
यूहन्ना १६, पदहरू _________________________

प्रभु येशूले पवित्र आत्मा उनिहरूभित्र वास गर्न आउनुहुने प्रतिज्ञा गर्नुभयो। आत्माले उनीहरूलाई सिकाउने र उनीहरूलाई शान्ति दिने, र उनीहरूलाई सबै सत्यतामा डोर्‍याउने काम गर्ने वाला हुनुहुन्थ्यो थियो। ख्रीष्टले चेलाहरूलाई छोड्न लाग्दै हुनुहुन्थ्यो, तर पवित्र आत्मा उनीहरूकहाँ आउँदैहुनुहुन्थ्यो। ख्रीष्ट माथि (स्वर्गमा) फर्कन लाग्दै हुनुहुन्थ्यो थियो तर पवित्र आत्मा तल ओर्लन लाग्दै हुनुहुन्थ्यो।

प्रतीक्षाको अवधि

कैयौँ पटक परमेश्वरको प्रतिज्ञाहरू पूरा हुन हामीले प्रतीक्षा गर्नुपर्ने हुन्छ। प्रेरित १:४ मा चेलाहरूलाई पिताको प्रतिज्ञालाई ____________ भनिएको छ (उनीहरू शान्त रहन र पर्खनु पर्ने थियो)। लूका २४:४९ मा पनि उनीहरूलाई त्यही कुरा बताइएको छ।

तपाईं कसैलाई पर्खनु परेको समयलाई याद गर्नुहोस्। सायद तपाईं एयरपोर्ट अथवा बस पार्कमा गएर कोही व्यक्ति नआइपुगुन्जेल पर्खनु परेको थियो होला। प्रतीक्षाको पनि अवधि हुन्छ (कहिले पाँच मिनट, कहिले एक घण्टा, कहिले त अझै बढी)। जब प्रतीक्षा गरिएको व्यक्ति आइपुग्दछ, के तपाईंले अझै पर्खनु पर्छ? _____________

प्रभु येशू स्वर्ग फर्किनु भन्दा अगाडि, उहाँले चेलाहरूलाई उनीहरूले एक व्यक्ति (पवित्र आत्मा) लाई पर्खनु पर्ने विषयमा बताउनुभयो र त्यो प्रतीक्षाको अवधि केही दिन लामो थियो (प्रेरित १:५)। त्यसलाई निम्न चित्रद्वारा दर्शाउन सकिन्छ:

शक्तिशाली सामर्थ्य

लूका २४:४९ मा उनीहरूले माथिबाटको सामर्थ्य नपाउन्जेल चेलाहरूलाई पर्खिरहन आज्ञा दिइएको थियो। पवित्र आत्मा परमेश्वर हुनुहुन्छ र उहाँ सर्वशक्तिमान् हुनुहुन्छ। उहाँसँग परमेश्वरको सामर्थ्य छ (प्रेरित १:८ सँग तुलना गर्नुहोस्)। पवित्र आत्माबिना परमेश्वरको निम्ति जिउन र उहाँको साक्षीहरू बन्न सामर्थ्य नै हुने थिएन। पवित्र आत्माबिना परमेश्वरको निम्ति काम गर्न खोज्नु भनेको पेट्रोल वा डिजल बिना गाडी गुडाउन खोज्नु जस्तै हो! यो असम्भव छ! त्यसरी काम नै हुँदैन! तपाईंमा ताकत र सामर्थ्य हुनैपर्छ नत्र ता तपाईंको केही सीप लाग्नेछैन र केही गर्न सक्नुहुनेछैन! येशूले भन्नुभयो, “बाट अलग भएर तिमीहरूले _______ गर्न सक्दैनौ” (यूहन्ना १५:५)। परमेश्वरको सामर्थ्यबिना हामी केही गर्न सक्दैनौँ।

विश्वासीहरूले सामर्थ्य पाउन सक्ने केवल परमेश्वरबाट मात्र हो। पवित्र आत्मा विश्वासी भित्र काम गर्नुहुँदा उनीहरू निकै सामर्थी हुँदछन्। पवित्र आत्माको कार्यबिना, उनीहरू केही पनि गर्न सक्दैनन्!

ख्रीष्टको आगमनको प्रतिज्ञा

प्रेरित १ अध्यायमा अर्को एउटा महान् प्रतिज्ञा दिइएको छ। यो एघारौँ पदमा पाइन्छ। येशू भर्खर मात्र स्वर्ग उचालिनुभएको थियो। जब चेलाहरू माथि आकाश तर्फ हेर्दैथिए, दुईजना स्वर्गदूतहरू उनीहरूसँग कुरा गरे र उनीहरूलाई एउटा अचम्मको प्रेतिज्ञा दिए। त्यही येशू जो माथि जाँदैहुनुहुन्थ्यो फेरि आउँदैहुनुहुन्छ। जुन तरिकाले उहाँ माथि जानुभयो, त्यही तरिकाले उहाँ तल ओर्लनुहुनेछ। यसलाई निम्न चित्रद्वारा दर्शाउन सकिन्छ:

पेन्टेकोस्टको दिन

परमेश्वरले कुनै एक दिन आफ्‍नो पवित्र आत्मालाई पठाउनुहुने प्रतिज्ञा गर्नुभयो। यो महान् घटना पे___________को दिनमा पूरा भयो (प्रेरित २:१)। हरेक वर्ष यहूदीहरूको लागि मुख्य तीनवटा चाडहरू हुने गर्थे (निस्तार चाड, झुपडीहरूको चाड र पेन्टेकोस्टको चाड)। उनीहरूका अरू चाडहरू पनि थिए तर यीचाहिँ सबभन्दा मुख्य चाडहरू थिए। यी ठूला चाडहरूमध्ये पेन्टेकोस्ट एउटा थियो र समस्त रोमी सम्राज्यबाट यहूदीहरू यो महत्त्वपूर्ण चाड मनाउन येरूशलेमको शहरमा भेला हुने गर्दथे (प्रेरित २:५ पढ्नुहोस्)। यस महत्त्वपूर्ण दिनको विषयमा लेवी २३:१५-२२ मा वर्णन गरिएको छ। पूरानो नियमको समयहरूमा यो एउटा विशेष दिन थियो, तर प्रेरित २ अध्यायमा पढ्दा यो दिन अझ बढी महत्त्वपूर्ण हुन गएको देख्दछौँ। येशू मरेकाहरूबाट बौरनुभएको पचास दिनपछि र स्वर्ग फर्कनुभएको दस दिनपछि, परमेश्वरले एउटा विशेष काम गर्नुभयो। उहाँले पवित्र आत्मालाई विश्वासीहरूको हृदयभित्र वास गर्नलाई र एउटा नयाँ संरचना निर्माण गर्नलाई पठाउनुभयो जसलाई भनिन्छ मण्डली

तीन असाधारण घटनाहरू

उक्त दिन अति नै विशेष थियो भनी परमेश्वरले स्पष्ट गर्न चाहनुभयो। परमेश्वरले एउटा उदेकको काम गर्दैहुनुहुन्थ्यो र त्यो मानिसहरूले जानून् भनी उहाँले चाहनुभयो। पेन्टेकोस्टको दिनमा परमेश्वरले गर्नुभएका अत्यन्तै विशेष कार्यहरू तीनओटा थिए।

१) आँधीझैँ आवाज

पेन्टेकोस्टको दिनमा जब विश्वासीहरू एकै ठाउँमा थिए, अचानक स्वर्गबाट एक प्रकारको आवाज आयो जुन आवाज शक्तिशाली र भारी आँधीको झैँ थियो (हेर्नुहोस् प्रेरित ३:२)। त्यो आवाज कुनै हुरीवतास वा चट्याङ्गबाट आएको थिएन तर त्यो स्वर्गबाट आयो भनेर उल्लेख छ। त्यो दिन परमेश्वरले एउटा ज्यादै विशेष, ज्यादै अद्वित्तीय कार्य गर्दैहुनुहुन्छ भन्ने कुरा हरेकले जानेको चाहनुहुन्थ्यो।

बाइबलमा पवित्र आत्मालाई हावासँग तुलना गरिएको छ (यूहन्ना ३:८)। हावा अदृश्य हुन्छ, हामीले यसलाई देख्न सक्दैनौँ। तर अदृश्य हावाले अनेकौँ छक्कलाग्दा कामहरू गर्न सक्छ: यसले जहाजलाई समुद्र पारी पुर्‍याउँछ, चङ्गालाई माथि आकाशमा राखिराख्छ, रूख ढाल्छ र त्यस्तै अरू थुप्रै काम गर्न सक्छ। हामीले हावालाई देख्न सक्दैनौँ, तर हावाले गरेको कामलाई देख्न सक्छौँ।

पवित्र आत्मा अदृश्य हुनुहुन्छ। हामीले पवित्र आत्मालाई देख्न सक्दैनौँ। जब परमेश्वरले पेन्टेकोस्टको दिनमा पवित्र आत्मा पठाउनुभयो, उहाँले आँधी (हावा) जस्तो सुनिने ठूलो आवाज सुनिन दिनुभयो। केही एकदम विशेष कुरा हुँदैछ भनी चेलाहरूले जानेको परमेश्वर चाहनुहुन्थ्यो। यदि परमेश्वरले यसो नगर्नुभएको भए चेलाहरूले यसो भन्न सक्नेथिए, “पवित्र आत्मा साँच्चै आउनुभयो कि आउनुभएन होला। हामीले केही पनि देखेनौँ र हामीले केही सुनेनौँ पनि। कुनै कुरा साँच्ची नै भयो कि भएन?” त्यस दिन वास्तवमै केही विशेष कुरा हुँदैछ भनेर परमेश्वरले ज्यादै स्पष्ट गरी देखाउनुभयो।

२) आगाका जस्ता जिब्राहरू

चेलाहरूले केही अचम्मको कुरा सुनेका मात्र होइनन्, तर उनीहरूले अचम्मको केही कुरा देखे पनि (प्रेरित २:३) उनीहरूले आगाका जस्ता चिरा परेका जिब्राहरू देखे। ती जिब्राहरू छुट्टिए र त्यहाँ भएका हरेक विश्वासीहरू माथि बसे! परमेश्वरले एउटा विशेष काम नै गर्दैहुनुहुन्थ्यो।

कहिलेकाहीँ पवित्र आत्मालाई आगोसँग पनि तुलना गरिएको छ (१ थेस्सलोनिकी ५:१९- आगोलाई निभाएझैँ पवित्र आत्मालाई पनि निभाउन सकिन्छ।)। परमेश्वरले उहाँको उदेकको उपस्थितीको ज्योतिले हरेक विश्वासीलाई उज्ज्वलित पार्न चाहनुहुन्छ। प्रेरित २:३ अनुसार परमेश्वरले हरेक विश्वासीमा काम गर्दैहुनुहुन्थ्यो र तीमध्ये एउटै पनि छुटेका थिएनन्। हरेक चेलामाथि आगोको जस्ता जिब्राहरू बसेका थिए। परमेश्वर एकदम विशेष काम गर्दैहुनुहुन्थ्यो र हरेक विश्वासी यस काममा समेटिएका छन् भनी सबैले जानेको उहाँ चाहनुहुन्थ्यो।

३) भिन्दा भिन्दै भाषाहरू

परमेश्वरले त्यस दिन अरू पनि विशेष काम गर्नुभयो। प्रेरित २:४ मा हामीले सिक्यौँ कि उनीहरू सबैजना पवित्र आत्माले भरिए र उनीहरू अन्य भाषाहरूमा बोल्न थाले। प्रेरित २:४-११ पढ्नुहोस्। कस्तो अचम्मको काम! परमेश्वरले यी गालीलका मान्छेहरूलाई अरू थुप्रै भाषाहरू बोल्न सक्ने तुल्याउनुभयो जुन भाषाहरू उनीहरूले कहिल्यै पनि सिकेका थिएनन् र जानेका थिएनन्।

मण्डलीको जन्म भयो

जब पवित्र आत्मा आउनुभयो, मण्डलीको जन्म भयो। पवित्र आत्मा विश्वासीहरूको शरीरमा रहनको निम्ति आउनुभयो, र यो शरीरलाई मण्डली भनिन्छ। पत्रुसले प्रचार गरेपछि कतिजनाले विश्वास गरे र बाँचे (प्रेरित २:४१)?______________________। मण्डली बढ्दैथियो। यसपछि परमेश्वरले हरेक दिन निरन्तर उहाँको मण्डलीमा थप्न थाल्नुभयो (प्रेरित २:४७)। एकपटक येशूले भन्नुभएको थियो, “म _______ मण्डली बनाउनेछु” (मत्ती १६:१८)। कुनै दिन भवनको निर्माण सकिनेछ र उहाँ आउनुहुनेछ र हामीलाई स्वर्ग लानुहुनेछ (१ थेस्सलोनिकी ४:१३-१८)।

डरपोकबाट साहसी प्रचारक

प्रभुलाई तीन पटक इन्कार गर्ने डरपोक को थिए (लूका २२:५५-६२)?_________________ दुई महिना पनि नबित्दै पेन्टेकोस्टको दिन आयो। हिम्मत साथ उभिएर हजारौँ यहूदिहरूलाई, ख्रीष्टलाई क्रूसमा टँगाउने मानिसहरूलाई समेत प्रचार गर्ने साहसी व्यक्ति को थिए (प्रेरित २:१४)? _______________ यस मानिसको हृदयमा परमेश्वरले ठूलो कार्य गर्नुभयो! पत्रुसलाई परिवर्तन गर्नुहुने परमेश्वर हामीलाई पनि परिवर्तन गर्न सक्ने परमेश्वर हुनुहुन्छ (उहाँको पवित्र आत्माको सामर्थ्यले)!

के परमेश्वरले आज पनि कुनै विशेष काम गर्दै हुनुहुन्छ?

पेन्टेकोस्ट विषेश दिन थियो र त्यस्तो किसिमको दिन कहिल्यै दोहोरिएको छैन। आज एउटा व्यक्तिले ख्रीष्टमाथि विश्वास गरेको घडी के हुन्छ? जब तपाईंले ख्रीष्टलाई आफ्‍नो मुक्तिदाताको रूपमा स्वीकार गर्नु भयो, के तपाईंले आँधी र तूफानको जस्तो चर्को आवाज सुन्नुभयो?_____________ के आगोको जस्तो चिरा परेका जिब्राहरू आएर तपाईंको टाउकोमाथि बसे?____________________ के तपाईंले अन्य भाषाहरूमा बोल्न थाल्नुभयो?________________

आज पवित्र आत्मा तपाईंभित्र वास गरिरहनुभएको छ भनी तपाईंले कसरी जान्न सक्नुहुन्छ? १ कोरिन्थी ६:१९; रोमी ८:९ र २ तिमोथी १:१४ पढ्नुहोस्। म जान्दछु पवित्र आत्मा मभित्र वास गर्नुहुन्छ किनकि ____________________________________________________ । म त्यो जान्दछु किनभने परमेश्वरले सो भन्नुभएको छ! मलाई आवाजहरूको र देखिने कुराहरूको खाँचो छैन। त्यो सत्यता बताउने परमेश्वरकै पक्का वचन मसँग छ।

पवित्र आत्मा तपाईंभित्र वास गरिरहनुभएको छ भनी तपाईंले कसरी जान्न सक्नुहुन्छ? यदि पवित्र आत्मा साँच्चै तपाईंको जीवनमा अन्तरवास गर्नुभएको छ भने, के त्यसले केही भिन्नता ल्याउँछ? पवित्र आत्मा तपाईंसँग हुनुहुन्छ भनेर तपाईंले अरूहरूलाई कसरी देखाउन सक्नुहुन्छ? गलाती ५:२२-२३ पढ्नुहोस्। के तपाईंले विद्युत देख्न सक्नुहुन्छ?_____________। विद्युतले वास्तवमै काम गरिरहेको छ भनी तपाईं कसरी जान्न सक्नुहुन्छ? चीम-बत्तीमा? रेडियोमा? पवित्र आत्मा साँच्चै विश्वासीमा काम गरिरहनुभएको कुरा कसरी जान्न सकिन्छ? ___________________________________________

के तपाईं येशू ख्रीष्टको मण्डलीको एक अङ्ग हुनुहुन्छ? के पवित्र आत्मा तपाईंको हृदयभित्र वास गर्नुहुन्छ? येशू ख्रीष्टमा भएको तपाईंको नयाँ जीवनको प्रमाण दिन के तपाईंले पानीको बप्तिस्मा लिनुभयो (प्रेरित २:४२)? परमेश्वरले आज उदेकको कार्य गर्दैहुनुहुन्छ! परमेश्वर निकै विशेष काम गर्दैहुनुहुन्छ! के तपाईं परमेश्वरले गरिरहनुभएको काममा सहभागी हुनुहुन्छ? के परमेश्वरले तपाईंको हृदयमा अचम्मको काम गर्दैहुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)