Entries by Pradesh Shrestha

अध्याय १२ – समुद्री आँधीमा जहाज दुर्घटना

Study Series

अध्याय १२ – समुद्री आँधीमा जहाज दुर्घटना

अघिल्लो पाठमा पावल पहिले यहूदीहरूद्वारा र त्यसपछि रोमीहरूद्वारा कैदी बनाइएको विषयमा अध्ययन गर्‍यौं। रोम जानु पावलको निम्ति परमेश्वरको योजना थियो (प्रेरित २३:११ पढ्नुहोस्)। यस पाठमा हामी कैदी पावलको अचम्मको यात्राको अध्ययन गर्नेछौं जुन यात्राद्वारा उनी रोम पुगे।

सिजरिया शहरमा पावल करिब दुई वर्षसम्म कैदी भएर बसेका थिए। अन्त्यमा पावललाई रोम लगिनुपर्छ भन्ने निर्णय भयो। यात्रा जमिनमार्फत नभई समुद्रमार्फत भएको थियो। तलको नक्साले पावल चढेको जहाजको रोमतर्फी समुद्री यात्रालाई बुझ्न मदत गर्नेछ।

पावलको रोमतर्फी यात्रालाई प्रेरित २७ अध्यायमा विस्तृतरूपमा वर्णन गरिएको छ। समुद्रका जोखिमहरू र सङ्कटहरू सामना गर्नु कस्तो हुन्छ भनी पावल राम्ररी जान्दथे (२ कोरिन्थी ११:२६)। पावल चढेको जहाज कतिपल्ट भताभुङ्ग भइसकेको थियो (२ कोरिन्थी ११:२५)?_____________। उनले कति समय भूमध्यसागरको पानीमा बिताए (२ कोरिन्थी ११:२५)? _______________________________________।

पावलले अब अर्को पनि कठिन समुद्री यात्राको सामना गर्ने क्रममा परमेश्वरले उनलाई प्रेरित २३:११ मा भन्नुभएको एउटा कुराको सम्झना गरे। परमेश्वरले उनलाई के भन्नुभएको थियो?

  1. तिमीले सायद रोममा गवाही दिनेछैनौं।
  2. तिमीले सायद रोममा गवाही दिनेछौ।
  3. तिमीले सम्भवतः रोममा गवाही दिनेछौ।
  4. तिमीले रोममा गवाही दिनुपर्छ।

के परमेश्वरले सदैव आफ्‍नो प्रतिज्ञा पूरा गर्नुहुन्छ? ______________। के पावल मरे भने उनले रोममा गवाही दिन सक्थे? आफू रोममा आइपुग्नैपर्छ भन्ने कुरा पावल जान्दथे किनभने परमेश्वरले झूट बोल्न सक्नुहुन्न। रोमतर्फको समुद्री यात्रा खतरा र जोखिमपूर्ण हुन सक्थ्यो, तर गन्तव्य निश्चित थियो। उनी रोम अवश्य पुग्नेछन् भन्ने कुरा पावल जान्दथे।

यदि तपाईं ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने के तपाईंको गन्तव्य निश्चित छ? मत्ती ७:१४ अनुसार हरेक विश्वासी “__________ पुर्‍याउने” यात्रामा छन्। पत्रुस भन्दछन् कि हाम्रो पैतृक-सम्पत्ति ________मा सुरक्षित राखिएको छ (१ पत्रुस १:४)। के येशूले हामी एकदिन उहाँसँग स्वर्गमा हुनेछौं भन्ने प्रतिज्ञा गर्नुभएको छ (यूहन्ना १७:२४; १४:२-३)?______। के परमेश्वरले आफ्‍नो वचन पूरा गर्नुहुन्छ? _______ ।तसर्थ हरेक विश्वासीले भन्न सक्छ, “म जान्दछु कि म एकदिन सुरक्षित गरी स्वर्ग पुग्नेछु किनभने ___________ यो भन्नुभएको छ!” हाम्रो जीवनको यात्रा बेलाबखत कठिन हुनसक्छ, तर हाम्रो गन्तव्य निश्चित छ!

पावलको यात्रालाई यस पाठको शुरुमा दिइएको नक्सालाई हेर्दै पछ्याउन सकिन्छ। स्मरण रहोस्, पावल एक कैदी थिए, र त्यस जहाजमा अरु पनि कै_______ थिए (प्रेरित २७:१)। पहिलो जहाज मुरा शहरतर्फ गयो जहाँ पावल अलेक्जेन्ड्रियाबाट रोमतर्फ हिँडेको ठूलो मालवाहक जहाजमा गए (प्रेरित २७:५-६)। त्यस विशाल जहाजका यात्रुहरूमध्येमा पावल, अरु कैदीहरू, सेनाहरू र चालकहरू थिए। जहाजमा मानिसहरूको कूल सङ्ख्या कति थियो (प्रेरित २७:३७)?_______________।

यात्राको सुरुवातमै जहाज-यात्रा कठिन हुन थालिसकेको थियो। उनीहरू क्रेटको टापुमा आइपुग्दा नै, पावलले उनीहरूलाई यात्रा नगर्न तर उनीहरू जहाँ थिए त्यहीँ जाडो काट्न सचेत गराएका थिए। अक्टोबर महिना चलिसकेको थियो, र सेप्टेम्बर १४ देखि नोभेम्बर ११ सम्मको मौसम जहाज-यात्राको निम्ति जोखिमपूर्ण हुन्थ्यो। के तिनीहरूले पावलको असल सल्लाहलाई ध्यान दिए (प्रेरित २७:११)? __________।

पावलको चेताउनीलाई ध्यान दिनुको सट्टा तिनीहरू जाडो काट्नाको निम्ति फोनिक्ससम्म पुग्ने प्रयास गर्ने निर्णय गरे। तिनीहरू फोनिक्सको लागि अघि त बढे, तर तिनीहरू कदापि सफल भएनन्।

भयानक आँधीबेहरी

अचानक उत्तर-पूर्वबाट आँधीबेहरी चल्न थाल्यो (अर्थात् ओइरोक्लूडोन—पद १४)। जहाजलाई तुफानद्वारा भूमध्यसागरको बीचमा लगिनको निम्ति छाडिदिनुभन्दा जहाजका चालकहरूले गर्न सक्ने अरु केही पनि थिएन। तिनीहरू अब भयानक आँधीबेहरीको बीचमा फसिरहेका थिए। धेरै दिनसम्म दिउँसै पनि _______ देखा परेन र रातको समयमा ________ देखा परेन (प्रेरित २७:२०)। जहाजमा हुनेहरूको सबै आ____ नै हरायो (प्रेरित २७:२०) र तिनीहरू आँधीबेहरीमा नाश हुनेछन् र आफ्‍नो जीवन पक्कै पनि गुमाउनेछन् भनी तिनीहरूले ठाने।

पावलको खुशीको खबर

यस आँधीबेहरीको बीचमा परमेश्वर पावलसँग बोल्नुहुँदा, परमप्रभुले के भन्नुभयो (प्रेरित २७:२४)?

  1. हे पावल, सायद तिमी रोममा सिजरका सामु खडा हुनेछैनौ।
  2. हे पावल, सायद तिमी रोममा सिजरका सामु खडा हुनेछौ।
  3. हे पावल, सम्भवतः तिमी रोममा सिजरका सामु खडा हुनेछौ।
  4. हे पावल, तिमी रोममा सिजरका सामु खडा हुनैपर्छ।

पावल उनको गन्तव्यमा सुरक्षित ल्याइनेथिए; अरु को पनि सुरक्षित आइपुग्नेथिए (प्रेरित २७:२४)? ____________________________________________। पावलको कारणले अरु २७५ जना मानिसहरूप्रति परमेश्वर अनुग्रही हुनुभयो! कहिले काहीँ मुक्ति नपाएका मानिसहरूलाई विश्वासीहरूको ठूलै गुण लागेको हुन्छ। यदि केवल दसजना धर्मीजनहरू भइदिएकोभए परमेश्वरले सदोमको पूरै शहरलाई छाडिदिनुहुनेथियो र त्यहाँका मानिसहरूलाई नाश गर्नुहुनेथिएन (उत्पत्ति १८:३२)।

परमेश्वरले भन्नुभएको कुरामा के पावलले विश्वास गरे (प्रेरित २७:२५)?__________। पावलले भने होलान्, “हामी सबै यस आँधीबेहरीमा बाँच्नेछौं भन्ने कुरामा म निश्चित छु। म निश्चित छु किनभने परमेश्वरले नै यसो भन्नुभएको हो!”

पावलले जहाजकाहरूलाई केही खान र अलि ताकतिलो हुन पनि उत्साहित गराए। यी मानिसहरू खाना नखाईकन बसेका कति दिन भइसकेको थियो (प्रेरित २७:३३)?_______________। यदि तपाईं खाना नखाई यति धेरै दिन बस्नुभयो भने के तपाईं कमजोर बन्नुहुन्छ?__________। पावल अग्रसर भए (पद ३५ पढ्नुहोस्)। उनले रोटी लिए र सबैका सामु _____________लाई _____________ चढाए” (पद ३५) र त्यसपछि उनले खाए। के खाना खानु अगाडि प्रार्थना गर्न पावल लजाए यद्यपि उनको सामु मुक्ति नपाएका मानिसहरू थिए? ________। विश्वासीहरूले सधैं खानाको निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ जुन उहाँले हरेक दिन हाम्रो लागि जुटाउनुहुन्छ। मानौं कुनै मानिसले खाना खानु अगाडि परमेश्वरलाई धन्यवाद दिन्छ, अनि खाना नमीठो भयो भनेर गनगन गर्न थाल्छ। उसले प्रार्थना गर्दाहुँदी के ऊ साँच्चै धन्यवादी भएको थियो? जब जहाजकाहरूले पावलले खाएका देखे, तिनीहरू आनन्दित भए र तिनीहरूले पनि खान थाले (प्रेरित २७:३६)!

विश्वासको जहाजमा सुरक्षित

पावल रोमतर्फको जहाजमा थिए। हरेक विश्वासी स्वर्गतर्फ गइरहेका छन्। विश्वासीजन विश्वासको जहाजमा कुनै एउटा यात्रामा छ भन्ने हामी कल्पना गर्न सक्छौं। हरेक विश्वासी स्वर्गतर्फ गइरहेको “विश्वासको जहाज” मा छ। उनी रोममा सुरक्षित पुग्नेछन् भनी परमेश्वरले पावललाई बताउनुभयो। परमेश्वरले उहाँका विश्वासीजनहरू स्वर्ग सुरक्षित पुग्नेछन् भनी बताउनुभएको छ:

परमेश्वरले सबै विश्वासीजनहरूलाई सुरक्षासाथ उनीहरूको स्वर्गीय गन्तव्यमा पुर्‍याउनुहुनेछ! के यसको अर्थ हामीहरू बचाइएका छौं र सुरक्षित छौं भन्दैमा हामीहरूले मूर्खतापूर्ण कार्य गर्न र हामी आफूखुशी जस्तोसुकै तरिकाले जीवन बिताउनसक्छौं? के पावलले जहाजकाहरूलाई यसो भने, “परमेश्वरले तपाईंहरूलाई सुरक्षाको प्रतिज्ञा गर्नुभएको हुनाले, तपाईंहरूले मूर्ख व्यवहार गर्न सक्नुहुन्छ र जहाजबाट बाहिर कुद्न र तपाईंहरूले चाहनुभएको जे सुकै पनि गर्न सक्नुहुन्छ”?

प्रेरित २७:३० मा हामीले जान्यौं कि केही मल्लाहहरू जहाजबाट बाहिर भागेर आफ्‍नो ज्यान जोगाउने प्रयास गरे। तिनीहरूले मूर्खता गरिरहेकाथिए र तिनीहरूलाई जहाजमा भएका अरुहरूको बारेमा चासो थिएन। ३१ पदमा पावलको कडा चेताउनीलाई ध्यान दिनुहोस्: “यिनीहरू जहाजमा रहेनन् भने तपाईंहरू ______________ सक्नुहुन्न।” यस चेताउनीको कारणले तिनीहरू जहाजमै बसे। यस जहाजमा भएका कतिजना मानिसहरू जमिनमा सुरक्षासाथ उत्रे (प्रेरित २७:४४)?_______________।

केही मानिसहरूले भन्लान्, “किनभने मैले मुक्ति पाएको छु र स्वर्ग जाँदै छु, म जसरी चाहन्छु त्यसरी नै जिउन सक्छु। मलाई मनपरे अनुसार म गर्नसक्छु र मलाई मनपरे अनुसार म जिउन सक्छु र परमेश्वरले मलाई स्वर्गमा ल्याउनुहुनेछ नै।” यस्तो तरिकाले जीवन बिताउने मानिसहरू मूर्खतापूर्ण र खतरापूर्ण तरिकाले जिउँदैछन्!

मानौं कुनै मानिस दलदले हिलोबाट निकालिएको छ। के ऊ फेरी त्यहीँ हामफाल्नु हुन्छ त? मानौं कुनै मानिस जलिरहेको घरबाट बाहिर निकालिएको छ। के ऊ फेरि भित्र कुद्नु हुन्छ? मानौं परमेश्वरले एउटा मानिसलाई पापबाट बचाउनुभयो। त्यस मानिसले मुक्ति पाएको हुनाले के ऊ पापमा जिउन थाल्नहुन्छ? “के हामी पापमा लागिरहौं?” (रोमी ६:१) यस प्रश्नको जवाफ के हो (रोमी ६:२)?___________________________

पावलले जहाजमा भएका मानिसहरूलाई बताए कि उनीहरू बाँच्नेछन् र उनीहरू आँधीबेहरीमा जिउँदो रहनेछन्, तर उनीहरू मूर्खतापूर्वक व्यवहार गर्न सक्छन् भनी उनले बताएनन्। सोही प्रकारले, परमेश्वरले विश्वासीलाई ऊ मुक्त छ र ऊ सुरक्षासाथ स्वर्ग पुग्नेछ भनी भन्नुहुन्छ। तरैपनि, ऊ मूर्ख र पापी तरिकाले जिउन र व्यवहार गर्न पाउँछ भनी परमेश्वरले विश्वासीलाई भन्नुहुन्न! जब परमेश्वरले एउटा मानिसलाई पापको हिलो र दुर्गन्धबाट निकाल्नुहुन्छ, त्यो मानिस फेरि हिलोमा हामफालेको उहाँ चाहनुहुन्न! बरु मुक्ति पाएको मानिस चट्टानमा उभिएको उहाँ चाहनुहुन्छ (भजनसङ्ग्रह ४०:१-३)!

ज्यानमारा कि देउता

मेलिटा वा माल्टा टापुमा पावल र उनीसँग भएकाहरूको जहाज भताभुङ्ग भयो (प्रेरित २८:१)। टापुका आदिवासीहरू यस्ता थिए (प्रेरित २८:२ पढ्नुहोस्):

  1. एकदम डरलाग्दा र निर्दयी
  2. एकदम झगडालु
  3. एकदम दयालु
  4. एकदम आदमखोर (तिनीहरू जहाज दुर्घटना भएकालाई खान रुचाउँथे)।

हताश र भिजेका मानिसहरूको निम्ति उनीहरूले तातो आगोको प्रबन्ध गरे।

के पावल आरामले बसे वा के उनले आफैलाई उपयोगी बनाए (प्रेरित २८:३)? ________________________________________। कसरी सहयोगी हात दिनुपर्छ भनी पावल जान्दथे, र उनको यस असल नमुमाबाट हामीले सिक्न सक्छौं। पावलले आगोमाथि झिक्रा राख्दैगर्दा, एउटा विषालु साँ___ उनको हातमा टाँसियो र उनलाई टोक्यो (प्रेरित २८:३)। यो निकै विषालु साँप थियो, र विषको असर प्राय: केही सेकण्डमै सुरु हुन्थ्यो। के येशूले उहाँका प्रेरितहरूलाई यस प्रकारको कुराबाट जोगाउने प्रतिज्ञा गर्नुभएको थियो (मर्कूस १६:१७-१८ पढ्नुहोस्)? _____________।

जब सर्पले पावललाई टोकेको आदिवासीहरूले देखे, तिनीहरूले उनी पक्कै पनि ज्या__________ हुनुपर्छ भनी सोचे (प्रेरित २८:४)। यी मानिसहरूले अवश्य नै कहिल्यै बाइबललाई नदेखेका भए तापनि, तिनीहरू जान्दथे कि ज्यानमाराहरू मृत्युदण्डको योग्यका हुन्छन्! यी आदिवासीहरूले जान्दथे कि पापको न्याय गरिनैपर्छ! तिनीहरू जान्दथे कि _______को ज्याला मृ______ हो (रोमी ६:२३)। तिनीहरूले सोचे कि पावलले सर्पको माध्यमबाट सजाय पाइरहेका थिए, र त्यसैले उनी ठूलै अपराधको दोषी हुनुपर्छ भनी तिनीहरूले विश्वास गरे। उनी ज्यानमारा नै हुनुपर्छ भनी तिनीहरूले विचार गरे!

के तपाईंले कहिल्यै मृत्युदण्डको योग्य हुने किसिमको केही काम गर्नुभएको छ? हामीमध्ये धेरैले नै कहिल्यै पनि कसैको हत्या गरेका छैनौं। हामीले कहिल्यै पनि बैङ्क लुटेका छैनौं। तर के हामीले मृत्युदण्डको योग्य हुने किसिमको काम गरेका छौं (रोमी १:२९-३२ पढ्नुहोस र याद राख्नुहोस् कि “बाबुआमाको आज्ञा नमान्नेहरू” पनि यही सूचीमा समावेश गरिएको छ)?_____________। हामी सबैले __________ गरेका छौं (रोमी ३:२३) र सबै पापीहरू मृ_____ योग्य छन् (रोमी ६:२३)! सुसमाचार यहि हो कि ख्रीष्ट हाम्रा निम्ति ___________ (रोमी ५:८)। उहाँ हाम्रा निम्ति पापरहित बलिको रूपमा मर्नुभयो! हामी बाचौं र हामीसँग अ__________ जी________ होस् भनी उहाँ मर्नुभयो (रोमी ६:२३)।

जब आदिवासीहरूले पावल नमरेको देखे (प्रेरित २८:५-६), तिनीहरूले तुरून्तै आफ्‍नो मन बदले र पावल अवश्य पनि दे______ हुनुपर्छ भनी भने (प्रेरित २८:६)। क्षणभरमै ज्यानमारा ठानिएका पावल देउता ठानिन पुगे! पावलले सायद ती मानिसहरूको विचारलाई सुधार्ने प्रयास गरे होलान्, लुस्त्राका मानिसहरूले उनी देउता रहेछन् भनी सोच्दा उनले गरेजस्तै (प्रेरित १४:८-१५)। पावल अनुग्रहले बाँचेका केवल एक पापी थिए, र त्यस्तो मानिस थिए जसलाई उदेकको तरिकाले प्रयोग गर्न परमेश्वर सक्षम हुनुहुन्थ्यो!

के गर्दैछु भनी परमेश्वर जान्नुहुन्छ! उहाँले कुनै गल्ती गर्नुहुन्न! हामीहरू “सौभाग्य” वा “दुर्भाग्य” द्वारा नभएर असल परमेश्वरद्वारा निर्दिष्ट हुँदछौं! समस्या वा अप्ठ्याराहरूले परमेश्वरलाई उहाँको असल योजना पूरा गर्नबाट रोक्न सक्दैन। खतरापूर्ण आँधीबेहरीले पनि पावललाई परमेश्वरद्वारा निर्धारण गरिएको गन्तव्यमा पुग्नबाट रोक्न सकेन।

परमेश्वरले घटनाहरू घट्न दिनुहुन्छ (समस्याहरू, बाधाहरू, खतराहरू), तर सबै कुराहरू मिलेर हाम्रो निम्ति परमेश्वरले भलाई नै गर्नुहुन्छ भनी हामीले सधैं याद राख्नुपर्छ (रोमी ८:२८)। विश्वासीको जिम्मेवारी भनेको उहाँमा भरोसा गर्नु र उहाँको वचनलाई विश्वास गर्नु हो।

फिलिप्पी १:६ मा हामी देख्दछौं कि एउटा विश्वासी निश्चित हुनुपर्छ कि जुन काम परमेश्वरले शुरु गर्नुभएको छ सो उहाँले पूरा गर्नुहुनेछ। कस्तो काम परमेश्वरले सुरु गर्नुभएको छ? _______________________। यो काम उहाँले कहाँ सुरु गर्नुभएको छ? ___________। के उहाँले यो महान् काम पूरा गर्नुहुनेछ?_________।

आगामी पाठमा परमेश्वरले पावललाई, उनी कैदी भए तापनि, रोमको शहरमा कसरी प्रयोग गर्नुभयो भनी हामी अध्ययन गर्नेछौं!

“यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले मुक्त गर्न उहाँ सामर्थी हुनुहुन्छ; किनकि तिनीहरूका निम्ति अन्तर्विन्ति गर्न उहाँ सधैं जीवित रहनुहुन्छ।” (हिब्रू ७:२५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ११ – “नडराऊ, पावल”

Study Series

अध्याय ११ – “नडराऊ, पावल”

(प्रेरित २१-२६)

के तपाईं बाटोमा जाँदै गर्दा अगाडिपट्टि “सावधान!” वा “खतरा!” भनेर लेखिएको कुनै सूचनापाटी राखिएको देख्नुभएको छ? सायद सडक निर्माण गर्नेहरूले कुनै विष्फोटक पदार्थ पड्काउन लागेको बेला हुन सक्छ वा अगाडि जोखिमपूर्ण घुम्ती आउन लागेको ठाउँमा हुन सक्छ। यस्तो सूचनापाटीले हामीलाई अघि बढौं कि नबढौं जस्तो बनाउन सक्छ। यस्तो सूचनापाटीले हामीमा डर पैदा गर्न पनि सक्छ। तर त्यो सूचनापाटी वास्तवमा हाम्रो मित्र हो किनभने यसले हामीलाई चेतावनी दिँदैछ र अगाडि के छ भनेर जान्न मदत गर्दछ। “सावधान्!” भन्ने सूचनापाटी कतै नहुँदो हो ता हामी समस्यामा पर्न सक्थ्यौं।

 

प्रेरित पावल हिँड्दै गरेको बाटोलाई हामी “परमेश्वरको इच्छा” भन्ने नाम दिऊँ। पावल येरूशलेम जानु र पछि रोम जानु परमेश्वरको इच्छा थियो। यस क्रममा कतिपटक बाटो कठिन हुन सक्थ्यो तरैपनि उक्त बाटो ऊ हिंड्नुपर्ने ठीक बाटो हो भनी पावलले जान्न सक्थे। एकदिन उक्त बाटोमा जाँदै गर्दा पावलले एउटा सूचनापाटी देखे जसमा उसला‌ई “सावधान्!” भन्ने चेतावनी लेखिएको थियो।

चेताउनीको चिन्हपाटी

तेस्रो प्रचार यात्राको अन्त्यमा पावल सिजरिया आइपुगे। उनी त्यहाँ बस्दै गर्दा एउटा अनौठो घटना घट्यो। ___________ नाम गरेका कुनै एकजना भविष्यवक्ता (प्रेरित २१:१०) उनीकहाँ आए र पावलको पेटी (वा कम्मर कस्ने वस्तु) लिए। अगाबसले उक्त पेटीले आफ्‍नै हात र पाउहरू बाँधे। त्यसपछि तिनले पावललाई एउटा ठूलो चेतावनी दिए। तिनले भने, “जब तिमीहरू यरूशलेम पुग्नेछौ, यो पेटी जसको हो उसलाई यहूदीहरूले ठीक यस्तै गर्नेछन्। तिनीहरूले तिनलाई पक्रनेछन् र बाँध्नेछन्!” (प्रेरित २१:११ पढ्नुहोस्)। उक्त पेटी कसको थियो? _____________। अगाबसको भनाइको तात्पर्य यो थियो, “पावल, तिमी जान लागिरहेको येरूशलेममा तिमीलाई खतरा छ; त्यहाँ यहूदीहरूले तिमीलाई पक्रनेछन् र कैद गर्नेछन्!”

जब पावलका मित्रहरूले यो कुरा सुने के उनीहरूले पावल येरूशलेम गएको चाहे (प्रेरित २१:१२)?_____________। अगाडि खतरा भए तापनि के यस बाटोमा अघि बढ्न पावल इच्छुक थिए (प्रेरित २१:१३)?__________। के पावलका मित्रहरूले उनलाई जानबाट रोक्न सफल भए (प्रेरित २१:१४)?__________।

पावललाई यस्तो साहस कहाँबाट आयो? उनी किन डराएनन्? उनको जीवन ठूलै खतरामा पर्नेछ भनी उनलाई थाह हुँदा हुँदै पनि येरूशलेमभित्र प्रवेश गर्ने यस्तो सामर्थ्य उनले कहाँबाट पाए?

कहिलेकाहीँ भविष्यमा के हुने हो भन्ने कुरा हामीलाई थाह नभएकोले हामी डराउँदछौं। हामीलाई अब के हुनेछ भनी हामी निश्चित हुँदैनौं। उदाहरणको निम्ति मानौं तपाईंको दाँत उखेल्न तपाईं अस्पताल जानु पर्ने भयो। चिकित्सकले वा नर्सहरूले तपाईंलाई के गरिनेछ भनी बताएको र तपाईंलाई उनीहरूले के गर्नेछन् भनी बताएको तपाईं चाहनुहुन्छ? कि एकैचोटी अचानक तपाईंले सोच्दै नसोच्नुभएको किसिमको उपचार गरिएको तपाईं चाहनुहुन्छ?

धेरैजसो मानिसहरू “यसपछि के हुन्छ” भनी जान्न चाहन्छन्। भोलि के हुनेछ भनी पावललाई थाह थियो र उनी नडराउनुको एउटा कारण पनि यही थियो। पावलले आफ्‍नो जीवनको बारेमा कस्तो सोच राख्थे? त्यो चैनको जीवन हुनेछ भन्ने सोच कि कष्टपूर्ण हुनेछ भन्ने (प्रेरित ९:१६)?_______________________________। पावललाई दुःखहरू आइपर्नेछन् भनी परमेश्वरले पहिल्यै बताउनुभयो र यो कुरा उनले आफ्‍नो विश्वासी जीवनको प्रारम्भदेखि नै जान्दथे। आफ्‍नो जीवनमा के कस्ता कुराहरू आउँदैछन् भनी पावल जान्दथे। येरूशलेममा उनलाई के कस्ता कुराहरू हुनेछन् भनेर सबै कुरा नै उनी जान्दैनथे (प्रेरित २०:२२), ‍तर उनी कैद गरिनेछन् र सताइनेछन् भन्ने कुराचाहिँ उनी जान्दथे (प्रेरित २०:२३ पढ्नुहोस्)।

भोलि के हुन्छ भनी हामी जान्दैनौं (हित्तोपदेश २७:१) तर परमेश्वर जान्नुहुन्छ! परमेश्वरलाई कहिल्यै कुनै कुराले आश्चर्यमा पार्दैन! मानौं तपाईं कुनै एउटा ठूलो जहाजमा यात्रा गर्दै हुनुहुन्छ। तपाईं कहाँसम्म आइपुग्नुभयो भन्ने कुरा तपाईंलाई थाह नहोला र जहाज कुन दिशामा गइरहेछ भन्ने कुरा पनि तपाईंलाई थाह नहोला, तर जहाजको चालकलाई त्यो राम्ररी थाह हुन्छ! ऊ कता जाँदैछ भनेर उसलाई थाह छ र ऊ के गर्दैछ भनेर पनि उसलाई थाह छ र फलस्वरूप तपाईं नआत्तीकन (नडराईकन) बस्न यात्रा गर्न सक्नुहुन्छ। ख्रीष्ट हाम्रो जीवनको चालक हुनुहुन्छ।

अगाबसको भविष्यवाणी पूरा हुन्छ

पावल येरूशलेम आइपुग्छन् र मन्दिरभित्र पस्छन्। एकदिन यहूदीहरूले उनलाई समात्छन् (प्रेरित २१:२७) र उनलाई म_______ बाहिर निकाल्छन् (प्रेरित २१:३०)। तिनीहरूले उनलाई मार्न खोज्दै थिए (प्रेरित २१:३१)। अगाबसले दिएको चेतावनी पूरा हुँदैथियो। पावल समस्यामा थिए। के पावल अब डराउन थाल्नुपर्छ?

यहूदीहरूले पावललाई कुट्न थाले (प्रेरित २१:३२)। तिनीहरूले उनलाई मार्ने थिए होलान्, तर तिनीहरूले यसो गर्न पाउनु पूर्व नै, रोमीहरूले पावललाई आफ्‍नो कब्जामा लिए र उनलाई यहूदीहरूको हातबाट बचाए (प्रेरित २१:३२-३३)। कुनै पनि मानिसको निष्पक्ष सुनुवाइ हुनुपर्छ भन्ने रोमीहरूको मान्यता थियो।

केही वर्ष अगाडि यही शहरमा येशूलाई जस्तो भएको थियो पावललाई पनि ठीक त्यस्तै हुँदै थियो। यहूदीहरूले पावललाई मार्न चाहिरहेका थिए। के तिनीहरूले येशूलाई पनि मार्न चाहेका थिए (मत्ती २७:१)?________। रोमीहरूले पावलको निष्पक्ष सुनुवाइ गर्न र निर्दोष पाइएको खण्डमा उनलाई स्वतन्त्र छोडिदिन चाहेका थिए। के येशूलाई पनि रोमी सरकारले यस्तै गर्न चाहेको थियो (लूका २३:१३-१६)?__________। पावलको सम्बन्धमा यहूदीहरू यसो भन्दै चिच्च्याए “त्यसलाई हटाइदेऊ!” (प्रेरित २१:३६)। येशूको बारेमा पनि तिनीहरूले एक समय भनेको कुरा के यही थियो (यूहन्ना १९:१५)?_____________।

आफ्‍नो जीवनमा के हुन लागिरहेको छ भन्ने कुरा पावल जान्दथे। येशूले एक समय यसो भन्नुभएको थियो, “दास आफ्‍नो मालिकभन्दा ठूलो हुँदैन। तिनीहरूले मलाई _______ छन् भने तिनीहरूले ति___________ पनि सताउनेछन्।” (यूहन्ना १५:२०)। पावल दु:ख भोग्न र ख्रीष्टलाई गरेको व्यवहार जस्तै व्यवहार सहन राजी थिए!

पावलले यहूदीहरूको त्यो ठूलो भीडलाई सम्बोधन गर्ने मौका पाए (प्रेरित २१:४० पढ्नुहोस्)। उनले तिनीहरूलाई बताएका सन्देश प्रेरित २२:२-२१ मा छ। यस सन्देशमा उनले आफ्‍नो मुक्तिको व्यक्तिगत गवाही बताउँछन्। उनको गवाहीको अन्ततिर भीडले उनलाई अरु बोल्न दिएनन्, र तिनीहरू के भनेर चिच्च्याउनथाले (प्रेरित २२:२२)?

1. “पावल, परमेश्वरले तपाईंको जीवनमा यस्तो काम गर्नुभएकोमा हामीलाई अचम्म लागिरहेको छ। यदि ख्रीष्टले तपाईंलाई यसरी उदेकको रीतिले बचाउन सक्नुहुन्छ भने, हामी पनि उहाँलाई हाम्रो मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छौं!” 2. “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!”

त्यस क्रोधित भीडले अरु के गरे (प्रेरित २२:२३)? _____________________________________।

आमरणान्त अनसन

सन् १९८१ मा आयरल्यान्डका कैदीहरूको एउटा समूहले बेलायती सरकारले तिनीहरूलाई केवल साधारण कैदी मात्र नभई “राजनैतिक कैदी” का रूपमा स्वीकार गरियोस् भन्ने माग राखे। बेलायती सरकारद्वारा तिनीहरूको माग पूरा गराइनको निम्ति, तिनीहरूमध्ये धेरैले यसो भने, “हाम्रो माग पूरा नहुन्जेल हामी केही पनि खाने छैनौं!” र त्यसैले तिनीहरू “आमरणान्त अनसन” बसे र खान इन्कार गरे। तिनीहरूमध्ये धेरैजना भोकले मरे पनि।

प्रेरितको पुस्तकमा ४० जना भन्दा बेसी मानिसहरूको समूहले यसो भनेको हामीले जान्न सक्छौं, “हामीले चाहेको कुरा पूरा नहुन्जेल हामी खाँदैनौं र पिउँदैनौं!” तिनीहरूले चाहेको कुरा के थियो (प्रेरित २३:१२,२१)?______________________________________। के अब पावल डराउनुपर्थ्यो?

ती यहूदी मानिसहरूले पावललाई सधैंका निम्ति हटाउनलाई एउटा दुष्ट षड्यन्त्र रच्छन् (प्रेरित २३:१५)। तर तिनीहरूको यो षड्यन्त्र विफल हुन्छ। तिनीहरूको षड्यन्त्रको सुइँको कसले पायो (प्रेरित २३:१६)? _________________________________ ______________________। यस युवकले पावललाई यसको खबर दिन्छ, र पावलले मुख्य कप्तानलाई अनि फलस्वरूप रोमीहरू पावललाई जोगाउन र येरूशलेम शहरदेखि बाहिर अन्यत्र सार्न सफल हुन्छन्। परमेश्वरले पावललाई थुप्रै अङ्गरक्षकहरू दिनुभयो (प्रेरित २३:२३):

त्यहाँ कतिजना सिपाहीहरू थिए?________________
त्यहाँ कतिजना घोडसवारहरू थिए?_______________
त्यहाँ कतिजना भाला बोक्ने सिपाहीहरू थिए?___________

आफैलाई श्रापले बाँधेर आमरणान्त अनसन बसेकाहरूको आखिरी नतिजा कस्तो भयो होला भनेर हामीलाई कौतुहल लाग्न सक्छ। चाहेको कुरा तिनीहरूले पाएनन्। के तिनीहरूले आफ्‍नो कसम पूरा गरे त? यदि गरेका हुन् भने तिनीहरूले मार्न चाहिरहेको व्यक्ति नै तिनीहरू भन्दा बेसी बाँचे!

“मलाई हानि गर्नु अगाडि पहिला अनुमति चाहिन्छ!”

तपाईंलाई जीवित देख्नुभन्दा बरु मरेको देख्‍न रूचाउने ४० जना भन्दा बढी मानिसहरू त्यहाँ छन् भने तपाईं के गर्नुहुन्छ? के तपाई त्रसित बन्नुहुन्छ?

परमेश्वरको अनुमतिबिना कसैले पनि उनलाई हानि गर्न सक्दैन भनी पावल जान्दथे। उनी यो पनि जान्दथे कि उनी रो_____ जानु उनको निम्ति परमेश्वरको योजना हो (प्रेरित २३:११)। यदि पावल येरूशलेममा मरेका भए वा उनको हत्या भएको भए, उनी कसरी रोम जान सक्थे र? यद्यपि पचास लाख मानिसहरूले पावल मरेको चाहे तापनि परमेश्वरको इच्छा जे छ त्यही नै पूरा हुन्छ!

केही मानिसहरू चट्याङ्गदेखि डराउँछन्। जब चट्याङ्ग पर्छ कतै बज्रपातले आफैलाई लाग्छ कि भनेर तिनीहरू डराउँछन्। के चट्याङ्गको कारणले कहिल्यै मानिसहरू मरेका छन्?__________। यसको मतलब के हामीहरू डराउनुपर्छ?

एउटा कुरा छ जुन हामीले कहिल्यै बिर्सनुहुँदैन। चट्याङ्ग र सबै प्राकृतिक शक्तिहरू नियन्त्रण गर्नुहुने को हुनुहुन्छ (भजनसङ्ग्रह १४८:८ सित तुलना गर्नुहोस्)?__________। यदि परमेश्वरले यसलाई नियन्त्रण गरिरहनुभएको छ भने, कुनै पनि चट्याङ्गको बज्रपात परमेश्वरको अनुमतिबिना कतै जान सक्दैन! परमेश्वर जसले मलाई सृष्टि गर्नुभयो, जसले मलाई प्रेम गर्नुहुन्छ, र जसले मलाई मुक्ति दिनुभयो उहाँ उही परमेश्वर हुनुहुन्छ जो चट्याङ्गका पनि मालिक हुनुहुन्छ!

के शैतानले कुनै मानिसलाई परमेश्वरको अनुमतिबिना हानि गर्न सक्छ (अय्यूव १:११-१२; २:४-६)?____________।

“नडराऊ पावल!”

आउने समयहरूमा सङ्कष्ट हुनेछ भनी पावललाई बताइएको थियो। भोलि के हुनेछ भनेर परमेश्वरले उनलाई बताउनुभएको थियो तर उहाँले पावललाई “हि______ गर” (प्रेरित २३:११) भनेर पनि भन्नुभयो। विश्वासी हुनाले, परमेश्वरले हामी जीवनको बाटोमा हिँड्दा हामीलाई के हुनेछ भनी भन्नुभएको छ। येशूले भन्नभयो, “संसारमा तिमीहरूलाई स__________ (समस्या, कठिनाइ, परीक्षाहरू) हुनेछ” (यूहन्ना १६:३३)। तर येशूले यसो पनि भन्नुभयो, “तर सा________ गर, मैले संसारलाई जितेको छु!” (यूहन्ना १६:३३)। परमेश्वर नै विजेता हुनुहुन्छ र जो उहाँका हुन् उनीहरूको हार हुनै सक्दैन!

परमेश्वरले मानिसहरूलाई भोलि के हुन्छ भन्ने कुराको सामान्य ज्ञान दिनुहुन्छ। जब समस्याहरू र कठिनाइहरू आउन लागिरहेका हुन्छन्, परमेश्वरले प्राय: पूर्वसूचना दिनुहुन्छ। के परमेश्वरले इस्राएलको सन्तानहरूलाई तिनीहरू मिश्रको भूमिमा दासहरू हुनेछन् भनी उक्त घटना घट्नुभन्दा धेरै अगाडि नै बताउनुभयो (उत्पत्ति १५:१२-१४)?________________। के परमेश्वरले इस्राएलको सन्तानहरूलाई तिनीहरू बेबिलोनीहरूद्वारा पराजित हुनेछन् र ७० वर्षसम्म बन्दी बनाइनेछन् भनी बताउनुभयो (यर्मिया २५:८-११)?______________। परमेश्वरले हामीलाई प्रकाशको पुस्तक पनि दिनुभएको छ ताकी मानिसहरूले भविष्यमा पृथ्वीमाथि आउन लागिरहेको सङ्कष्ट र समस्याहरूका भयावह कालखण्डको बारेमा जानून्।

भविष्यले तपाईंको निम्ति के साँचेको छ? तपाईंले आफ्‍नो वरिपरि नजर लगाउनुभयो भने तपाईंले यो पत्ता लगाउनुहुनेछ कि मानिसहरूले हरेक किसिमका समस्या र अप्ठ्यारा कुराहरूको सामना गरिरहेका हुन्छन्। जीवनको बाटो सधैं सजिलो हुँदैन। त्यहाँ स्कूल वा कलेजका समस्याहरू हुन्छन्, पारिवारिक समस्याहरू हुन्छन्, जागीरको समस्याहरू हुन्छन् र स्वास्थ्य सम्बन्धी समस्याहरू हुन्छन्। हाम्रो राज्यमा, हाम्रो प्रान्तमा, र हाम्रो विश्वमा पनि धेरै समस्याहरू छन् जसले तपाईं र तपाईंको भविष्यलाई नै असर गर्नेछ। तपाईं हुर्कनु भएर माथिल्लो तह र अझै धेरै अध्ययन गर्ने विचार गर्नुहुँदा, आगामी दिनहरूमा तपाईंको निम्ति के कस्ता कुराहरू पर्खेर बसिरहेका छन् जस्तो लाग्छ तपाईंलाई? तपाईंले कस्तो किसिमको समस्याहरू र कठिनाइहरूको सामना गर्नुपर्ला?

हामी यी कुराहरूको अपेक्षा गर्ने क्रममा के हामी डराउनुपर्छ? पावललाई येरूशलेममा र पछि रोममा आइपर्ने घटनाहरूको बारेमा विचार गर्दा के ऊ डराउनुपर्थ्यो? परमेश्वरको बाटोमा हिँड्दा हामी साहस गर्न सकौं भनेर परमेश्वरले हामीलाई कस्तो सहायता गर्नुहुन्छ?

तपाईंले निम्न पदहरू अध्ययन गर्नुहुँदा पावल किन डराउनुपर्दैनथ्यो भन्ने कुराको व्याख्या गर्नुहोस्। अनि (यदि तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ भने) तपाईं पनि किन डराउनुपर्दैन भनेर व्याख्या गर्नुहोस्। प्रथम बुँदा नमुनास्वरूप पूरा गरिएको छ।

  1. व्यवस्था २०:१ पावल जान्दथे परमप्रभु उनका परमेश्वर येरूशलेममा उनको साथमा हुनुहुनेछ। म पनि आफ्‍नो जीवनमा समस्याहरू हुनेछन् भनी थाह गर्दै अगाडि बढ्नुपर्छ, तर मेरो परमेश्वर मेरो साथमा हुनुहुनेछ भन्ने कुरा यादमा राख्नुपर्छ।
  2. उत्पत्ति १५:१ _____________________________________________
  3. व्यवस्था ३:२२ ____________________________________________
  4. १ इतिहास २८:२० __________________________________________
  5. भजनसङ्ग्रह २७:१ _________________________________________
  6. भजनसङ्ग्रह ४६:१-२ ________________________________________
  7. भजनसङ्ग्रह ९१:२,५ ________________________________________
  8. भजनसङ्ग्रह ११२:७ _________________________________________
  9. भजनसङ्ग्रह ११८:६ _________________________________________
  10. यशैया ४१:१० ____________________________________________
  11. यशैया ४१:१३-१४ __________________________________________
  12. मत्ती १०:२९-३१ ___________________________________________

“पावल, नडराऊ!”
“विश्वासी, नडराऊ!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय १० – तेस्रो प्रचार यात्रा

Study Series

अध्याय १० – तेस्रो प्रचार यात्रा

 

(प्रेरित १८-२१)

पावलको तेस्रो प्रचार यात्रा अघिल्लो दुई यात्राहरूभन्दा फरक थियो। अघिल्लो दुई यात्राहरूमा पावल नयाँ-नयाँ ठाउँहरूमा पुगेका थिए अनि ती ठाउँहरूमा उनले सुसमाचार प्रचार गरे र मण्डलीहरू स्थापना गरे। तेस्रो यात्रामा पावल कुनै पनि नयाँ ठाउँमा गएनन् तर उनी पहिल्यै गएका शहरहरूका विश्वासीहरूलाई स्थिर पार्दै गए (प्रेरित १८:२३)।

पवित्र आत्माले दोस्रो प्रचार यात्रामा पावललाई एसियाभन्दा अन्यत्र नै जान निर्देशित गर्नुभयो (प्रेरित १६:६) किनभने उनले बढी समय यूरोपमा अर्थात् फिलिप्पी, थेस्सलोनिका, कोरिन्थ, एथेन्स, इत्यादि शहरहरूमा बिताएको परमेश्वरले चाहनुभयो। तेस्रो प्रचार यात्रामा, पावलको अधिकांश समय एसियामा वा एफेससको शहरमा बित्यो।

तलको नक्सामा पावल आफ्‍नो तेस्रो प्रचार यात्रामा गएका ठाउँहरूलाई देखाइएको छ। उनको अधिकांश समय (करिब तीन वर्ष) एफेसस शहरमा बितेको कुरालाई यादमा राख्‍नुहोस्:

यस पाठमा हामी पावल एफेसस शहरमा रहँदा उनीमाथि आइपरेका केही रोमाञ्चक घटनाहरूलाई हेर्नेछौं। साथै पावलले एक पटक प्रचार गर्दागर्दै निदाएर फलस्वरूप मरेका एकजना यूटिखसको बारेमा पनि सिक्नेछौं!

अन्धविश्वास, जादु, टुना र मूर्तिहरू

एफेससका बासिन्दाहरू धेरै अन्धविश्वास गर्ने मानिसहरू थिए। तिनीहरू जादु र टुना-मुनामाथि विश्वास गर्दथे। तिनीहरूले मूर्तिहरू र झूटा देउताहरूलाई पूज्दथे। पावल त्यस शहरमा सत्य र जीवित परमेश्वरको सन्देश लिएर आइपुगे।

विशेष आश्चर्यकर्महरू

परमेश्वरले पावललाई अश्चर्यकर्महरू गर्न प्रयोग गर्नुभयो (प्रेरित १९:११)। रोग लागेका बिरामीहरूलाई के गरियो (प्रेरित १९:१२)? _________________________________। दुष्टात्मा लागेकाहरूलाई के भयो (प्रेरित १९:१२)? ____________________________________________________।

यी आश्चर्यकर्महरू अनौंठो शैलीका थिए। पावलको जीउमा छुवाइएका रूमाल, गम्छा वा एप्रोनहरू बिरामी वा दुष्टात्मा लागेकाहरूकहाँ ल्याइन्थ्यो र रोग लागेकाहरू तथा भूतात्मा लागेकाहरू निको हुन्थे। यस सन्दर्भमा हामी प्रभु येशूद्वारा गरिएका आश्चर्यकर्मलाई सम्झौं: जसले उहाँको (येशूको) _________को __________ मात्र भए पनि छुन्थे र एकदम निको हुन्थे (मत्ती १४:३६ पढ्नुहोस्)। यसको अर्थ येशूको वस्त्र जादुमय थियो अथवा पावलले उनको जीउमा छुवाइएका रूमालहरूमा जादुमय शक्ति हालिदिन्थे भन्ने होइन। यसको मतलब परमेश्वरले मानिसहरूलाई विशेष किसिमले निको पार्न चाहनुभएको थियो भन्ने मात्र हो। यदि परमेश्वरले हरेकलाई कुनै पात वा घाँस मात्र छोएर निको पार्न चाहनुभयो भने, के उहाँले त्यसो गर्न सक्नुहुन्छ?_____________। इतिहासको एक समयमा त परमेश्वरले मानिसहरूको एउटा समूहलाई यस्तो प्रकारले सम्म निको पार्नुभयो कि यी मानिसहरूले निको पारिन केवल हेर्नु पर्थ्यो (गन्ती २१:६-९ पढ्नुहोस् र यूहन्ना ३:१४-१६ सँग तुलना गर्नुहोस्)।

पावलको नक्कल गर्नेहरू

जब मानिसहरूले यी आश्चर्यकर्महरू देखे, त्यहाँ सातजना यहूदीहरू खडा भए जसले पावलले गरिरहेको जस्तै गर्न खोजे (प्रेरित १९:१४-१५)। पावलले “येशू ख्रीष्टको नाममा” दुष्टात्माहरू निकालेको तिनीहरूले देखेका थिए, र त्यही “सुत्र” प्रयोग गरे हुन्छ होला भन्ने तिनीहरूलाई लाग्यो। सायद तिनीहरूले यस्तो सोचे होला, “यदि पावललाई यसले काम दिन्छ भने हामीलाई पनि दिन्छ!” तिनीहरूलाई लाग्यो, पावलको “जादुमय सुत्र” लाई प्रयोग गरियो भने दुष्टात्माहरू मानिसबाट बाहिर निस्कनेछन्!

यी “नक्कल गर्नेहरू” एकजना मानिसकहाँ आए जसलाई दुष्टात्मा लागेको थियो। सायद तिनीहरूले यसो भनेका थिए: “हे दुष्ट आत्मा, यस मानिसबाट बाहिर निस्की भनी हामी येशूको नाममा तँलाई आदेश दिन्छौं।” अचानक दुष्टात्माले त तिनीहरूलाई जवाफ दिँदै यसो पो भन्यो, “ ___________ म चिन्छु, र ____________ म चिन्छु; तर तिमीहरूचाहिँ को हौ?” (प्रेरित १९:१५)।

यदि येशूले यस दुष्टात्मालाई बाहिर निस्कन आज्ञा दिनुभएको भए, के त्यसले मान्थ्यो होला (मर्कूस १:२३-२६ पढ्नुहोस्)?____________। यदि पावलले यस दुष्टात्मालाई बाहिर निस्कने आज्ञा दिएका भए, के त्यसले मान्थ्यो होला (प्रेरित १६:१६-१८ पढ्नुहोस्)?_____________। के दुष्ट आत्माले यी “नक्कल गर्नेहरूको” आज्ञा मान्यो? __________ । किन?

दुष्ट आत्माहरू निकाल्न पावल बिलकुल सफल हुनु पछाडिको कारण के थियो? उनले “जादुमय सुत्र” प्रयोग गरेर त्यो भएको थिएन, तर जीवित परमेश्वरले उनलाई त्यसो गर्न प्रयोग गर्दै हुनुहुन्थ्यो। दुष्ट आत्माहरू पावलसँग डराएका होइनन्, तर तिनीहरू पावलले प्रेम गरेका र सेवा गरिरेका परमेश्वरसँग डराएका हुन्। के यी सातजना यहूदीहरूले जीवित परमेश्वरलाई प्रेम र सेवा गर्थे? ________। पावलसँग कुनै सुत्रभन्दा ज्यादै ठूलो कुरा थियो। उनको साथमा परमेश्वरको सामर्थ्य थियो!

आज पनि मुक्ति नपाएका मानिसहरूले ख्रीष्टियनहरूको हुबहु नक्कल गर्न खोज्छन्। कहिले काहिं मुक्ति नपाएका मानिसहरूले खाना खानु अगाडि प्रार्थना गर्छन्। तिनीहरू प्रायः चर्चघर जान्छन् र येशूको नाममा प्रार्थनाहरू भन्छन् र बाइबल पनि पढ्छन्। के यी सब कुराहरू गरेर एउटा व्यक्ति ख्रीष्टियन बन्छ? _______। यस्ता किसिमका मानिसहरू ख्रीष्टियनको “नक्कलेहरू” हुन्, तर परमेश्वर तिनीहरूको साथमा हुनुहुन्न। येशू ख्रीष्टसँग तिनीहरूको साँचो व्यक्तिगत सम्बन्ध छैन। तपाईं चिडियाघर जान सक्नुहुन्छ र बाँदरको नक्कल गर्न सक्नुहुन्छ, तर यसले तपाईंलाई बाँदर त बनाउँदैन नि, बनाउँछ त?

ती सातजना यहूदी मानिसहरूलाई के भयो? तिनीहरू दुष्ट आत्मामाथि विजय पाउन चाहन्थे, तर उल्टो दुष्ट आत्मा तिनीहरूमाथि विजयी भयो! प्रेरित १९:१६ अनुसार त्यो अशुद्ध आत्मा लागेको मान्छे तिनीहरूमाथि बुरुक्कै उफ्र्यो। त्यसले तिनीहरूलाई वशमा पार्‍यो, घायल बनायो र ती सातैजना घरबाट भागे। कसरी एकजना मान्छे सातजना मान्छेमाथि विजयी हुन सक्यो? के दुष्ट आत्माले मानिसलाई महाशक्ति दिन सक्छ (मर्कूस ५:२-५)? __________। पावलसँग जे थियो त्यो तिनीहरूसँग रहेनछ भनी यी यहूदीहरूले बुझे!

किताब जलाउनेहरू

कुनै व्यक्तिले परमेश्वलाई चिनेपछि उसित कतिपय त्यस्ता थोकहरू हुन सक्छन् जसलाई उसले परित्याग गर्नुपर्छ। यी थोकहरू उनको पुरानो जीवनका अवशेषहरू हुन्, तर अब उसो ती थोकहरू उनको नयाँ जीवनका अंश होइनन्। मानौं एउटा व्यक्तिसँग गाँजा, भाङ्ग, चरेस र अन्य हानिकारक लागू पदार्थहरू छन्, साथै उसको कोठामा अश्लिल पत्रिकाहरू पनि छन्। एकदिन उसले ख्रीष्टमाथि विश्वास गर्दछ, मुक्ति पाउँछ र एउटा पूरै नयाँ जीवन पाएको हुन्छ (२ कोरिन्थी ५:१७)। अब ती लागू पदार्थहरू र पत्रिकाहरूलाई उसले के गर्नुपर्छ? के ती थोकहरू उसको नयाँ जीवनका अंश हुन्? ____________। एक व्यक्तिको जीवनमा कतिपय त्यस्ता कुराहरू हुन सक्छन् जसलाई उसले हटाउनुपर्दछ!

एफेसस शहरका धेरै विश्वासीहरूसँग केही पुस्तकहरू थिए जो उनीहरूको पुरानो, अन्धविश्वासको जीवनको अंश थियो। उनीहरूसँग सबै किसिमका जादुका पुस्तकहरू र टुना-मुनाका पुस्तकहरू थिए। ती भएभरका पुस्तकहरूलाई उनीहरूले के गरे (प्रेरित १९:१९ पढ्नुहोस्)?

  1. उनीहरूले तिनलाई मुक्ति नपाएको मानिसहरूलाई दिए।
  2. उनीहरूले तिनलाई जलाइदिए।
  3. उनीहरूले तिनलाई धेरै मूल्यमा बेचिदिए।
  4. उनीहरूले तिनलाई राखिछाडे र पढिरहे।

ती पुस्तकहरूको दाम धेरै थियो (प्रेरित १९:१९ पढ्नुहोस्), तर ती विश्वासीहरूले तिनलाई जलाइदिने इच्छा गरे। उनीहरूले तिनलाई बेच्न चाहेनन् नत्र ता ती खराब पुस्तकहरू अरु व्यक्तिहरूले पढ्ने थिए।

यदि तपाईं साँचो ख्रीष्टियन हुनुहुन्छ भने, के तपाईंले नाश गर्नु पर्ने तपाईंका केही थोकहरू छन् कि? खराब सङ्गीत? कुनै खराब किताब वा पत्रिका? कुनै खराब क्यासेटहरू? शरीर वा दिमागका लागि हानिकारक अरु थोकहरू?

पावलका विरुद्धमा डायना पूजकहरू

प्राचीन संसारको नौ आश्चर्यहरू मध्ये एउटा चाहिँ एफेसस शहरमा रहेको डायनाको विशाल मन्दिर थियो। उक्त मन्दिर डायना देवी (अर्थात् अर्टेमिस) को उपासनाका लागि बनाइएको थियो। डायनाको मन्दिर विश्व-प्रख्यात थियो। यो निकै विशाल धार्मिक केन्द्र थियो जुन १०० ओटा भन्दा बढी सङ्गमरमरका स्तम्भहरूले बनेको थियो। हरेक स्तम्भ साठी फिट अल्गो थियो। मन्दिरभित्र डायनाको मूर्ति थियो। यो मूर्ति आकाशबाट झरेर आएको भन्ने एफेससका मानिसहरूको अन्धविश्वास थियो (प्रेरित १९:३५ पढ्नुहोस्)।

एफेससका मानिसहरू एकदम धर्मकर्म र अन्धविश्वासमा डुबेका हुनाले, तिनीहरूले चाँदीले बनाइएका स-साना डायनाका मूर्तिहरू र प्रतिरूपहरू किन्न रुचाउँदथे। तिनलाई “चाँदीका मन्दिरहरू” भनिन्थ्यो र सुनारहरूले तिनलाई बनाउँथे। यी साना मूर्तिहरू मन्दिरभित्रको त्यस विशाल मूर्तिका प्रतिमा थिए। ती “चाँदीका मन्दिरहरू” बेचेर सुनारहरूले कति राम्रो नाफा खान्थे त्यो सजिलै बुझिने कुरा हो (प्रेरित १९:२४)।

उक्त शहरमा त्यतिबेला एउटा कुराले ती लोभी सुनारहरूको ध्यानाकर्षण गर्‍यो। पावल तिनीहरूको शहरमा मुक्तिको सुसमाचार सुनाउँदै आइपुगेका थिए। धेरै मानिसहरूले उनको प्रचारलाई विश्वास गर्दैथिए र मुक्ति पाइरहेका थिए। एक व्यक्तिले विश्वास गरेपछि के उसले ती “चाँदीका मन्दिरहरू” किन्नपट्टि लागिरहनुहुन्छ? ____________। ती मूर्तिहरू उनीहरूको पुरानो जीवनका अंश हुन् कि नयाँ जीवनका? ______________________। के ख्रीष्टियनहरूले मानिसको हातले बनाएको कुनै थोकलाई पूजा गर्नुहुन्छ (प्रेरित १९:२६)? _____________।

पावलले मानिसहरूलाई स्वर्गमा हुनुहुने सत्य परमेश्वरको बारेमा बताएको कारणले सुनारहरू धन्यवादी भए जस्तो के तपाईँलाई लाग्छ? _______। जति धेरै पावलले प्रचार गरे, त्यति “चाँदीका मन्दिरहरू” थोरै बिके र सुनारहरू क्रोधित भए (प्रेरित १९:२४-२८)। तिनीहरूले शहरका मानिसहरूलाई उक्साए, र तिनीहरू ठूलो भीड लागेर एक विशाल रङ्गशालाभित्र दगुरे (प्रेरित १९:२९)। यो फुटबल रङ्गशाला जत्रै ठूलो थियो, र २५,००० मानिसहरू अटाउने क्षमता थियो! करिब दुई घण्टाजति त्यो ठूलो भीड एउटा नारा लगाई कराइरहे। मानिसहरू के भन्दै कराइरहे (प्रेरित १९:३४)? ______________________________________ _______________। अन्त्यमा शहरका एकजना हाकिम आएर भीडलाई शान्त पार्न सफल भए र होहल्ला थामियो। यसपछि शहरमा नबस्नु उत्तम होला भनी पावलले निर्णय गरे।

प्राय: पावल पुगेको हरेक ठाउँमा मानिसहरूले कि त मुक्ति पाए कि त तिनीहरू क्रोधित भए! एफेससमा घटेको पनि यही थियो। कोही विश्वासीहरू बने र अरुहरू विद्रोही बने।

प्रचारको बीचमा निदाएर मरेका मानिस!

प्रचार यात्राको अन्ततिर पावल यरूशलेम शहर तर्फ लाग्दै थिए र उनी ट्रोआस शहरमा आए।

लामो प्रचार

हप्ताको कुन दिनमा विश्वासीहरू रोटी भाँच्न (प्रभु भोज) र परमेश्वरको वचनको प्रचार सुन्न भेला हुन्थे (प्रेरित २०:७)? _______________________________। उक्त दिन कुन बार पर्थ्यो ?___________________। हप्ताको पहिलो दिनमा कुनचाहिँ महान् घटना घटेको थियो जसको कारण ख्रीष्टियन विश्वासीहरूलाई यो दिन उनीहरूको उपासनाको दिन बन्यो (लूका २४:१,३४)? ____________________________________________________।

जब ट्रोआसका मानिसहरू हप्ताको पहिलो दिनमा मण्डलीको रूपमा भेला भए त्यसबेला उनीहरूका प्रचारक को थिए (प्रेरित २०:७)? _____________। बाइबलले बताउँदछ कि उनले ______________सम्म वचन दिरहे (प्रेरित २०:७)। के तपाईंको पाष्टरले कहिल्यै मध्यरातसम्म प्रचार गर्नुभएको छ? ____________। पावलले कतिखेर प्रचार सुरु गरे, हामीलाई बताइएको छैन, तर हामीलाई बताइएको छ कि पावलले ________________________ वचन दिँदै गए (प्रेरित २०:९)! यो निकै लामो प्रचार थियो!

कहिले काँही अगुवाले सामान्यभन्दा केही लामो समयसम्म प्रचार गर्नुभयो भने हामीले गलत सोच्नुहुँदैन। के तपाईंले कहिल्यै टेलिभिजनको अगाडि एक घण्टा वा बढी समय लगातार बिताउनुभएको छ? के तपाईंले कहिल्यै रेष्टुरेन्टको टेबुलमा ४५ मिनेटदेखि १ घण्टासम्म बसेर मीठो खानाको स्वाद लिनुभएको छ? अगुवाले हामीलाई त्यस्तो सन्देश दिँदै हुनुहुन्छ जुन हामीले टेलिभिजनमा हेर्ने कुनै पनि कार्यक्रमभन्दा धेरै महत्त्वपूर्ण हुन्छ! उहाँले हामीलाई यस्तो आत्मिक भोजन खुवाउँदै हुनुहुन्छ जसले हाम्रो प्राणहरूलाई तृप्त पार्दछ! हामीले परमेश्वरलाई त्यस्तो पाष्टरको निम्ति धन्यवाद दिनुपर्छ जसले बाइबललाई प्रेम गर्नुहुन्छ र जसले हामीलाई परमेश्वरको वचन यति धेरै सुनाउनुहुन्छ कि उहाँ कहिले काहीँ रोकिन पनि चाहनुहुन्न। स्मरण रहोस्, महान् प्रचारकहरू मध्ये एकजनाले ला_________ वचन दिए (प्रेरित २०:९), र एक पटक त उनले मध्यरातसम्मै प्रचार गरे!

निदाउनुको खतरा

पावलले प्रचार गरिरहेको भवनभित्र धेरैजना विश्वासीहरू भेला भएका थिए। त्यो ठाउँ भीडले भरिएको मात्र नभएर सम्भवतः आगोका बत्तीहरूको कारणले निकै गर्मी पनि हुनुपर्छ (प्रेरित २०:८)। धेरैजनालाई सुत्न पनि ढिलो भइसकेको थियो (प्रेरित २०:७)। सायद त्यो गर्मीले होला र रात पनि छिप्पिन थालिसकेकोले होला, एकजना युवक भुसुक्कै निदाएछन् र झ्यालमा बसेका हुनाले तेस्रो तल्लाबाट तल खसेछन्! जब विश्वासीहरूले तिनलाई उठाए, तब उनीहरूले तिनी _______________ भेट्टाए (प्रेरित २०:९)। पावलले यस मानिसको निम्ति के गरे (प्रेरित २०:१०,१२)? _________________________________________________। यूटिखसले सावधानी अपनाएनन् र जागो भएर बसेनन्। पावलका कुरामा ध्यान दिनुको सट्टा तिनी निदाए र मरे।

तपाईं नि? यदि तपाईँ सावधान रहनुभएन र प्रचार गरिएको परमेश्वरको वचन सुन्नुभएन भने के तपाईँलाई कुनै भयङ्कर घटना हुनेछ? यदि पाष्टरले भनिरहनुभएको कुरामा तपाईंले ध्यान दिनुभएन भने, के तपाईंमाथि कुनै ठूलै दुर्घटना आइपर्नेछ?

सायद तपाईंले सोचिरनुभएको होला, “अवश्य हुनेछैन! म मण्डली भवनमा बस्दा लड्ने गरी र आफैलाई घाइते बनाउने गरी म त्यस्तो जोखिमपूर्ण ठाउँमा म कहाँ बस्छु र। यूटिखसलाई भएको घटना मलाई कहिल्यै पनि हुनेछैन! मैले परमेश्वरको वचन ध्यानपूर्वक सुनिनँ भने पनि मलाई खासै कुनै खतरा छैन।”

परमेश्वरको वचन नसुन्नाले खतरा

धोका नखानुहोस्! यदि परमेश्वरले आफ्‍नो वचनमा भन्नुभएको कुरालाई सुनेनौं भने त्यहाँ साँच्ची नै खतरा छ। अझ भन्नुपर्दा, हामी यूटिखसभन्दा पनि ठूलो समस्यामा पुग्न सक्छौं। तपाईंले तलका पदहरू पढ्नुहुँदा आफैलाई यो प्रश्न सोध्नुहोस्: परमेश्वरले भन्नुभएको कुरा ध्यानसित नसुन्नुमा त्यहाँ के-कस्तो खतरा छ? हिब्रू २:१-३; हिब्रू ३:१५; हिब्रू ५:११ र प्रेरित २८:२६-२८ पढ्नुहोस्।

प्रचारकलाई ध्यानपूर्वक नसुनेकोले यूटिखस शारीरिक खतरामा परेका थिए। तर परमेश्वरले हामीलाई उहाँको वचनमा भन्नुभएको कुरालाई सुन्दैनौं भने हामी ठूलो आत्मिक खतरामा पर्न सक्छौं। निदाएको मानिसबाट हामीले पाठ सिकौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ९ – दोस्रो प्रचार यात्रा

Study Series

अध्याय ९ – दोस्रो प्रचार यात्रा

 

(प्रेरित १५-१८)

प्रेरित पावलले नयाँ नियमका धेरैओटा पुस्तकहरू लेखे, जस्तै: फिलिप्पी, १ र २ थेस्सलोनिकी, १ र २ कोरिन्थी र ऐफेसी। यी पत्रहरू ती मण्डलीहरूलाई लेखिएका थिए जो क्रमशः फिलिप्पी, थेस्सलोनिका, कोरिन्थ र एफेसस शहरहरूमा पर्दथे। एक समय ती कुनै पनि शहरमा मण्डलीहरू थिएनन्। त्यहाँ ती मण्डलीहरू कसरी शुरु भए त? यी शहरका मानिसहरूले मुक्तिको सुसमाचार पहिलो पटक सुन्ने मौका कसरी पाए? अब हामी पावलसित दोस्रो प्रचार यात्रा मानौ सँगसँगै गर्दैछौं (प्रेरित १५:३६-१८:२२)। परमेश्वरले यी महत्त्वपूर्ण शहरहरूमा मण्डली सुरु गर्न पावललाई अचम्मको तरिकाले प्रयोग गर्नुभएको कुरा हेर्दै जाऔं।

तलको नक्साले पावलको दोस्रो प्रचार यात्रामा उनी पुगेका महत्त्वपूर्ण स्थानहरू देखाउँदछ:

यस पाठमा पावलले प्रचार यात्रामा अनुभव गरेका प्रत्येक घटनाको अध्ययन गर्न हामी समय लिनेछैनौं। यी कुराहरूको बारेमा तपाईं आफैले प्रेरित १५-१८ अध्यायहरूमा पढ्न सक्नुहुन्छ। बरु हामी दुईओटा कुराहरूलाई नजिकबाट हेर्नेछौं: १) यस यात्रामा यूहन्ना मर्कूसलाई साथमा लैजान पावलले इन्कार गरेको कुरा; २) फिलिप्पी शहरमा पावलले भोगेका जोखिमपूर्ण घटनाहरू।

नयाँ प्रचार टोलीको सुरूवात

मानौं तपाईं बजारमा केही किनमेल गर्न जानुपर्‍यो र बजारका मानिसहरूले तपाईंलाई समाते, थुके, तपाईंको अनुहारमा मुक्का हाने, तपाईंलाई खोलामा फालिदिए र तपाईंलाई तिनीहरूले फेरि कहिल्यै देख्न नपरोस् भनी भने। के त्यो ठाउँमा फेरि फर्केर जाने मन हुन्छ होला तपाईंलाई?

एक पटक पावल एउटा शहरमा गएका थिए जहाँ उनलाई अति नराम्रो व्यवहार गरियो। पावलको पहिलो प्रचार यात्रा (अध्याय ८) मा उनलाई सताइएको थियो, शहरबाट घिसारेर बाहिर निकालिएको थियो, र मर्ने गरी ढुङ्गाले हानिएको थियो! उनलाई यसरी दुर्व्यवहार गरिएका शहरहरूमा फेरि फर्केर जान के पावलले इच्छा गरे (प्रेरित १५:३६)? _____________। कस्तो साहस!

पावलले आफ्‍नो साथमा बर्नबासलाई लाने इच्छा गरेका थिए (प्रेरित १५:३६), तर बर्नबासले भने कसलाई पनि साथमा लान चाहन्थे (प्रेरित १५:३७)? __________। के पावललाई उक्त निर्णय उचित लाग्यो (प्रेरित १५:३८)? _________। यूहन्ना मर्कूस पहिलो प्रचार यात्रामा सहयोगी भएर आएका त थिए, तर जस्तो हुन गयो, उनी हुनुपर्ने जस्तो सहयोगी भएका थिएनन्। यूहन्ना मर्कूस फर्किए अनि पावल र बर्नबाससँग गएनन् (प्रेरित १३:१३; १५:३८ पढ्नुहोस्)।

यूहन्ना मर्कूस जाने विषयमा बर्नबास र पावलको ठूलै मतभेद भयो। आखिरमा बर्नबासले मर्कूसलाई आफ्‍नो साथमा लगे र साइप्रसको टापुतर्फ यात्रा गरे (प्रेरित १५:३९)। पावलको नयाँ प्रचारक मित्र को भए (प्रेरित १५:४०)? __________। यो नयाँ समूह केही ठाउँहरूमा गए जहाँ पावल उनका पहिलो प्रचार यात्रामा गएका थिए।

ऊ हुने तर म चाहिँ किन नहुने?

सायद यूहन्ना मर्कूसले यसो भने होलान्, “पावल किन मलाई लैजान चाहँदैनन्? सिलास चाहिँ पावलसँग जान पाए तर मचाहिँ पाइनँ। ममा के खराबी छ र?” कहिलेकाहीँ अरुले नै केही काम गर्न वा कहीँ जान पाएको तर तपाईंले नपाउनुभएकोमा के कहिल्यै तपाईंलाई यस्तो किन भयो होला भनेर प्रश्‍न उठेको छ? सायद तपाईंको अभिभावकले तपाईंको भाई वा बहिनीसँग केही विशेष व्यवहार गर्नुभएको, तर तपाईंसँग नगर्नुभएको होला। सायद तपाईंको विद्यालयको खेलकुद कक्षाबाट फुटबल खेल्नको लागि मान्छे छनोट गर्ने कार्य हुँदैछ, र तपाईंको साथी सँधै पहिल्यै छनौट हुन्छ तर तपाईं सँधै अन्तिममा पर्नुहुन्छ। तपाईंलाई प्रश्न उठ्न गयो होला, “ऊ हुने तर म चाहिँ किन नहुने?”

सायद स्कूलको शिक्षकले पनि अरु विद्यार्थीहरूलाई विशेष काम अह्राउनुहोला, तर तपाईंलाई त विरलै अह्राउनुभएको जस्तो लाग्ला। कहिले काहीँ अरु व्यक्तिले मात्र सधैं राम्रो अवसर पाएको जस्तो देखिन्छ। यस्तो किन हुन्छ? तपाईंलाई कहिलेकाहीँ त बेसरी चिच्च्याऊँ जस्तो लाग्छ कि, “म किन नहुने? ममा के कमी छ र?”

यहाँ ध्यानमा राख्नुपर्ने केही कुराहरू छन्:

१) यो उचित समय नहुन सक्छ।

पावलको पहिलो प्रचार यात्रामा यूहन्ना मर्कूस उपयोगी भएनन् र पावलले तिनलाई आफ्‍नो साथमा दोस्रो प्रचार यात्रामा लैजान इन्कार गरे। तर २ तिमोथी ४:११ मा हेर्नुहोस् र पावलले केही वर्षपछि मर्कूसको बारेमा के भनेका छन् (पावलको मृत्यु हुनुभन्दा केही समय अगाडिको कुरा हो)। के यो समयमा चाहिँ पावलको निम्ति मर्कूस उपयोगी थिए? __________। मर्कूस अब पहिला भन्दा उमेरदार भइसकेका थिए, विगतबाट उनले धेरै पाठहरू सिकिसकेका थिए, र तिनी पहिलाभन्दा बलिया भएका थिए। वास्तवमा, परमेश्वरले मर्कूसलाई मर्कूसको सुसमाचार लेख्न प्रयोग गर्नुभयो, जुन हाम्रो नयाँ नियमको दोस्रो पुस्तक हो!

केही कामहरू गर्न वा कुनै ठाउँहरूमा जानुभन्दा अगाडि कति पटक हामी उमेरदार (बुद्धिमानी वा बलियो) नहुन्जेल हामीले पर्खनु पर्ने हुन्छ।

२) परमेश्वरले तपाईंलाई धैर्य गर्न सिकाउन खोज्नुभएको हुन सक्छ।

कहिलेकाहीँ हाम्रो मनोभाव घमन्डी हुन्छ, “म पर्खन सक्दिन; मैले यो अहिले नै गरिहाल्नुपर्छ!” तर जीवनमा हामीले पर्खनै पर्ने कतिपय कुराहरू हुन्छन् भनी परमेश्वरले हामीलाई सिकाउनै पर्छ। ६ कक्षाको विद्यार्थीले केही कुराहरू गर्न सक्छ जो ५ कक्षाको विद्यार्थीले गर्न सक्दैन र ५ कक्षाको विद्यार्थीले केही कुराहरू गर्न सक्छ जो ४ कक्षाका विद्यार्थीहरूले गर्न सक्दैनन्। ५ कक्षाको विद्यार्थीको अवसरहरू प्राप्त गर्न तपाईं ५ कक्षामा नपुगुन्जेल पर्खनैपर्छ, र ६ कक्षाका विद्यार्थीहरूले गर्ने कुराहरू गर्न तपाईं ६ कक्षा नपुगुन्जेल पर्खनैपर्छ!

३) तपाईं तयार नहुनु अर्को कारण हुन सक्छ

सात वर्षको बालकले गाडी साह्रै मन पराउला र गाडी गुडाउन साँच्चै रहर गर्ला, तर यदि उसलाई त्यो उमेरमा गाडी गुडाउने अनुमति दिइयो भने, ठूलै विनाश हुनेछ! पावलसँग जोखिमपूर्ण प्रचार यात्रामा जान मर्कूस तयार थिएनन्। यदि सिपाहीले बन्दुक चलाउन सिकेको छैन भने उसलाई युद्धमा पठाउनु बुद्धिमानी काम होइन!

४) तपाईंले स्वीकार गर्न सिक्नुपर्ने केही कुराहरू त्यहाँ हुन सक्छन्।

जीवनमा त्यस्ता केही कुराहरू हुन्छन् जसलाई हामीले खुशीसाथ स्वीकार गर्नुपर्छ। उदाहरणको निम्ति, उत्पत्ति ३७ अध्यायमा याकूबले अरु छोराहरूलाई भन्दा यूसुफलाई बढी प्रेम गरेको कुरा उनको निम्ति एउटा एकदम विशेष लबेदा बनाइदिएर देखाए। के यूसुफका दाजुहरूले यसलाई खुशीसाथ स्वीकार गर्न सिके? यदि तिनीहरूको मनोभाव ठीक भइदिएको भए, तिनीहरूले यसो भन्ने थिए: “हाम्रा निम्ति बुबाले विशेष किसिमको लबेदाहरू बनाइदिनुभएको भए हामीलाई पनि मन पर्नेथ्यो तरैपनि यूसुफलाई यो विशेष व्यवहार गरिएकोमा हामी धन्यवादी नै छौं। यद्यपि हाम्रा बुबाले यूसुफलाई धेरै प्रेम गर्नुहुन्छ, हामी जान्दछौं कि उहाँले हामीलाई पनि प्रेम गर्नुहुन्छ र उहाँको सक्दो प्रिय छोराहरू बन्न हामीले प्रयास गर्नुपर्छ। हामी यूसुफको पनि असल दाजुहरू बन्ने इच्छा गर्दछौं”। के उनीहरूको विचार यस्तै थियो (उत्पत्ति ३७:४ पढ्नुहोस्)? ______________।

मानौं फुटबल खेलको निम्ति छनोट कार्यमा तपाईं सँधै अन्तिममा पर्नुहुन्छ। के यो तपाईंले स्वीकार गर्न सिक्न सक्ने कुरा हो? भन्नुपर्दा परमेश्वरले सबैलाई ठूलो खेलाडी हुने क्षमता पनि त दिनुहुन्न नि। सायद त्यहाँ अरु कति कुराहरू होलान् जसमा खलाडीहरूले भन्दा तपाईंले अझ राम्रो गर्न सक्नुहोला । के तपाईं सक्दो खेल्ने प्रयास गर्न पाएकोमा र खेल्नै नसक्ने गरी आफू एक अपाङ्ग नभएकोमा धन्यवादी बन्न सक्नुहुन्छ?

५) आफूले गर्न पाएको कुराको निम्ति धन्यवादी हुनुहोस्!

उहाँको रूप परिवर्तन हुँदा येशूले आफ्‍नो साथमा डाँडामाथि तीनजना चेलाहरूलाई मात्र लानुभयो (मत्ती १७:१ पढ्नुहोस्)। के फिलिप जान पाए? __________। फिलिपको मनोभाव कस्तो हुनु राम्रो हुन्थ्यो?

  1. “तिनीहरू जान हुने र म चाहिँ किन नहुने? किन येशूले ती तीनजनालाई साथमा लैजानुभयो र मलाई यी अरु नौजना सँग छाड्नुभयो?”
  2. “मलाई प्रभुसँग माथि डाँडामा जान मन थियो, तर उहाँले मलाई लानुभएन; मेरो निम्ति सर्वोत्तम के हो उहाँ जान्नुहुन्छ। मलाई बाह्र चेलाहरूमध्ये एक हुन ख्रीष्टले चुन्नुभएकोमा म धन्यवादी छु। मलाई प्रभुबाट दिनहुँ सिक्ने सुन्दर मौका छ!”

अर्कोपालि तपाईंको सट्टामा अरु कसैले कुनै कुरा गर्ने मौका पाउँदा रिसाउनु र ईर्ष्यालु बन्नुको सट्टा असल र धन्यवादी मनोभाव कायम राख्न याद गरौं!

६) तपाईं विश्वासयोग्य हुनुहुन्छ भनी प्रमाणित गर्नुहोस्!

यदि यूहन्ना मर्कूस पहिलो प्रचार यात्रामा विश्वासयोग्य सहायक भइदिएको भए र छोडेर नफर्किएको भए के पावलले तिनलाई दोस्रो प्रचार यात्रामा लानेथिए? ___________। पहिलो प्रचार यात्रामा यूहन्ना मर्कूस विफल भएकाले उनी दोस्रो मिसनरी यात्रामा लागिन अयोग्य छन् भन्ने कुरा पावललाई लागेको थियो।

मानौं तपाईंको अभिभावकले तपाईंलाई साथीहरूसँग जङ्गलमा वनभोज जाने अनुमति दिनुभयो। समयमा घर नफर्कीकन तपाईं दुई घण्टा ढिलो आउनुभयो। त्यसपछि, कुरा झन बिगार्न, वनपालेले तपाईंको अभिभावकलाई फोन गर्छन् र उहाँहरूलाई भन्दछन् कि तपाईंले वनभोज क्षेत्रमा फोहोर र जूठो फाल्नुभयो र गलत ठाउँमा आगो बाल्नुभयो। के तपाईंको अभिभावकले एक हफ्तापछि तपाईंलाई वनभोज जान दिनुहुनेछ होला? यदि कुनै व्यक्तिले तपाईंलाई विश्वास गरेको चाहनुहुन्छ भने, तपाईंले आफूलाई विश्वासयोग्य प्रमाणित गर्नैपर्छ!

यस महत्त्वपूर्ण प्रचार यात्रामा लैजान मर्कूसलाई विश्वास गर्न पावललाई गाह्रो भइरहेको थियो र तिनलाई साथमा लैजान चाहेनन्। पछिबाट मर्कूसले आफू विश्वासयोग्य भएको देखाए (२ तिमोथी ४:११)।

  1. ऊ हुने तर म किन नहुने?
  2. म हुने तर ऊ किन नहुने?

यदि हामीले ठीक सोच्न र परमेश्वरलाई धन्यवाद दिन सिकेनौं भने यी दुई प्रश्नहरूले हामीलाई धेरै समस्या दिन सक्छ।

परमेश्वरलाई धन्यवाद दिनाले र ठीक सोचाइले मलाई कसरी परिवर्तन गर्न सक्छ? परमेश्वर नै मलाई चाहिएको परमप्रभु हुनुहुन्छ। परमेश्वर नै मलाई चाहिएको जीवन हुनुहुन्छ। आज मेरो निम्ति परमेश्वरको योजना छ र उद्देश्य छ र स्थान छ। मैले प्रभु येशू ख्रीष्टमा नै परमेश्वरको योजना, स्थान र उद्देश्य भेट्टाउनेछु!

पवित्र आत्माद्वारा निर्देशित

पाठको शुरुमा भएको नक्सालाई फेरि एकपल्ट हेर्नुहोस्। के एसियामा उनीहरूले परमेश्वरको वचन प्रचार गरेको पवित्र आत्मा चाहनुहुन्थ्यो (प्रेरित १६:६)? _____________। यसको अर्थ परमेश्वरले एसियामा भएका मानिसहरूको वास्ता गर्नुहुन्न भन्ने होइन, तर एसियाको निम्ति यो परमेश्वरको समय थिएन। पछि उनीहरू एसिया गएर त्यहाँ सुसमाचार प्रचार गर्नेवाला थिए। वास्तवमा, यही दोस्रो प्रचार यात्रामै, टोली एफेससमा गएको थियो जुन एसियाको राजधानी शहर थियो (प्रेरित १८:१९)। परमेश्वरको गवाही भएकोले, हामी ठीक ठाउँमा, ठीक समयमा, ठीक व्यक्तिलाई ठीक सन्देश सुनाइरहेको हुनुपर्छ!

प्रचार टोली बिथानिया पनि जान खोजेको थियो। के आत्माले उनीहरूलाई त्यहाँ जाने अनुमति दिनुभयो (प्रेरित १६:७)? ____________। पवित्र आत्माले उनीहरू कहाँ गएको चाहनुभयो (प्रेरित १६:९)? ____________________________। यस टोलीको कार्यकारी स्वयं परमेश्वर हुनुहुन्थ्यो—उनीहरूलाई निर्देशन गर्दै र उनीहरूलाई ठीक समयमा ठीक स्थानमा पठाउँदै हुनुहुन्थ्यो। यो सुसमाचार प्रचार कार्य र मण्डलीहरूको स्थापना (सुरुवात) पावलको काम थिएन। यो कसको काम थियो (प्रेरित १३:२ सित दाज्नुहोस्)? __________________________।

म्यासिडोनिया (जसलाई आज ग्रीस भनिन्छ) यूरोपको भाग मानिन्छ। यूरोपमा प्रचार टोली पुगेको यो प्रथम पटक थियो। उनीहरू आइपुगेको प्रथम महत्त्वपूर्ण शहर फिलिप्पी थियो।

फिलिप्पी

फिलिप्पी शहरमा कुनै सभाघर थिएन, त्यसैले यी प्रचारकहरू खोलाको किनारमा गए जहाँ मानिसहरू प्रार्थना गर्नका निम्ति प्रायः भेला हुन्थे। यहाँ पावलले केही महिलाहरूलाई परमेश्वरको वचन सुनाए। परमेश्वरले कसको हृदय खोलिदिनुभयो (प्रेरित १६:१४)? _________________। के तिनलाई पानीको बप्तिस्मा दिइयो (प्रेरित १६:१५)? ___________। के तिनले प्रचारकहरूलाई दया देखाइन् (प्रेरित १६:१५)? ________________।

एकदिन पावलको एउटी केटीसँग भेट भयो जसले जोखना हेर्दथी (अर्थात् भाग्य बताउँदथी, जसले भविष्यमा हुने घटना बताउन सक्दथी)—प्रेरित १६:१६ पढ्नुहोस्। ऊ भाग्य बताउने भएकीले, तिनले आफ्‍ना मालिकका निम्ति पैसा कमाउने गर्थी (प्रेरित १६:१६)। अन्त्यमा यस केटीभित्र भएको दुष्टात्मालाई पावलले के गरिदिए (प्रेरित १६:१८)? ____________________________________________________________। आफूभित्र दुष्टात्मा नभईकनै ती केटीले जोखना हेर्न सक्थी? _____________। के उनले आफ्‍ना मालिकका निम्ति अब कमाउन सकी (प्रेरित १६:१९)? __________। पावलले जे गरे के त्यस कामको निम्ति तिनका मालिकहरू खुशी र आभारी भए (प्रेरित १६:१९-२०)? ________।

याद गर्नुहोस् फिलिप्पीका हाकिमहरूले पावल र सिलाससँग कस्तो व्यवहार गरे (प्रेरित १६:२२-२४)। उनीहरूका लुगाहरू च्यातिए। उनीहरूलाई धेरै कोर्रा लगाइयो। उनीहरूलाई भित्रपट्टिको झ्यालखानामा हालियो। उनीहरूको खुट्टा ठिँगुराहरूमा कसिलो गरी हालियो।

यदि यस्तो नमीठो घटना हामीले भोग्नुपरेको भए हामी सायद रून्थ्यौं होला, दु:ख पोख्नेथ्यौं होला, गनगन गर्नेथ्यौं र चिन्तित हुन्थ्यौं होला। पावल र सिलासले के गरे (प्रेरित १६:२५)? ___________________________________________। उनीहरूको त गजबको प्रार्थना सभा र भजनको सङ्गति भइरहेको थियो! उनीहरू परमेश्वरको प्रशंसा गाइरहेका थिए! अरु कैदीहरू पक्कै पनि यो के भइरहेको छ भनी दङ्ग परे! यी दुईजना मानिसहरू फरक छन् भनी तिनीहरूले थाह पाए! यी मानिसहरू जीवित परमेश्वरका थिए।

पछिबाट पावलले फिलिप्पीहरूलाई एउटा पत्र लेखे। उनले फिलिप्पी ४:४ के लेखेकाछन् पढ्नुहोस्। के पावलले आफूले प्रचार गरेको कुरा अभ्यास पनि गर्दथे? _____________।

धेरै पटक, जब विश्वासीहरू प्रशंसा गर्न थाल्छन् तब परमेश्वर काम गर्न थाल्नुहुन्छ! परमेश्वरले ठूलो आश्चर्यकर्म गर्नुभयो (प्रेरित १६:२६)। झ्यालखानाका हाकिम हतार-हतार उठे र परमेश्वरले गर्नुभएको आश्चर्यकर्म देखेर, पावल र सिलासको सामु भुइँमा घोप्टो परे र भने, “मुक्ति पाउनालाई मैले के गर्नुपर्छ?” तिनले ठीक प्रश्न गरे र पावल र सिलास उनलाई ठीक जवाफ दिन तयार थिए।

मुक्ति पाउनालाई एउटा व्यक्तिले के गर्नुपर्छ? पावल र सिलासले के जवाफ दिए (प्रेरित १६:३०-३१)?

  1. असल जीवन बिताउने प्रयास गर्नुहोस्।
  2. दस आज्ञा पालन गर्नुहोस्।
  3. तपाईंको छिमेकीलाई प्रेम गर्नुहोस् र अरुको भलाइ गर्नुहोस्।
  4. प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस्।
  5. परमेश्वरलाई आफ्‍नो सारा हृदयले र आफ्‍नो सारा प्राणले प्रेम गर्नुहोस्।

मानिसहरूले हामीलाई मुक्तिको विषयमा प्रश्न गर्दा हामी ठीक जवाफ दिन तयार हुनुपर्छ!

पावलले झ्यालखानाका हाकिमलाई यसो पनि भने, “तपाईंको परिवारले मुक्ति पाउनेछ!” (प्रेरित १६:३१)। परिवार भन्नाले सम्भवतः हाकिमकी पत्‍नी लगायत छोराछोरीहरू पर्दथे र साथै घरमा काम गर्नेहरू पनि थिए। पावलले “तपाईं र तपाईंको परिवारले मुक्ति पाउनुहुनेछ” भन्नुको तात्‍पर्य के थियो?

यसको मतलब के झ्यालखानाको हाकिमले ख्रीष्टमा विश्वास गरे भने तिनको घरानाले पनि स्वत: मुक्ति पाउनेछन् भन्न खोजेको हो? यदि आज बाबुले ख्रीष्टमा विश्वास गर्‍यो भने, के यसको मतलब तिनको परिवारको सबैजना स्वत: ख्रीष्टियान हुन्छ? पावलको तात्पर्य त्यो थिएन। प्रेरित १६:३१ मा, पावलले वास्तवमा यसो भन्दै थिए:

“यदि तपाईंले प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुभयो भने, तपाईंले मुक्ति पाउनुहुनेछ, र यदि तपाईंको परिवारले प्रभु येशू ख्रीष्टमा विश्वास गरे भने उनीहरूले पनि मुक्ति पाउनेछन्।”

के पावलले झ्यालखानाको हाकिमको घरमा भएका सबैलाई सुसमचार प्रचार गरे (प्रेरित १६:३२)? __________। के तिनको घरका सबैले परमेश्वरमाथि विश्वास गरे (प्रेरित १६:३१)? _______। के उनीहरू सबैले मुक्ति पाए (प्रेरित १६:३१)? ________। के उनीहरू सबैलाई बप्तिस्मा दिइयो (प्रेरित १६:३३)?_______________। तपाईंको निम्ति तपाईंको बुबा-आमाले विश्वास गर्दिन सक्नुहुन्न। यो तपाईं आफैले गर्नु पर्ने केही कुरा हो। यदि तपाईंले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुभयो भने, तपाईंले मुक्ति पाउनुहुनेछ!

आगामी पाठमा हामी पावलको तेस्रो प्रचार यात्रामा भएका केही घटनाहरूलाई हेर्नेछौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ८ – पहिलो प्रचार यात्रा

Study Series

अध्याय ८ – पहिलो प्रचार यात्रा

(प्रेरित १३-१५)

एन्टिओकबाट मिसनरी समूह पठाइन्छ

प्रेरित १० अध्यायमा हामीले सिक्यौं, सिजरियाको शहरमा कर्नेलियस र अरु अन्यजातिहरूले पत्रुसद्वारा प्रचार गरिएको परमेश्वरको वचन सुने, विश्वास गरे अनि मुक्ति पाए (यस अध्ययन मालाको अध्याय ६ मा हेर्नुहोस्)। त्यसपछि प्रेरित ११ अध्यायमा हामीले सिक्यौं, एन्टिओकमा भएका अन्यजातिहरूको ठूलो समूहले सुसमाचारमा विश्वास गरे र मुक्ति पाए (प्रेरित ११:२०-२१)।

मुक्तिको सुसमाचार अरु शहरहरूमा पनि पुगेको परमेश्वर चाहनुहुन्थ्यो। अरु अन्यजातिहरूले (र यहूदीहरूले पनि) सुसमाचार सुन्नु खाँचो थियो। परमेश्वरले चाहनुभएको कुरा एन्टिओक शहरका विश्वासीहरूले पनि चाहे। उनीहरू परमेश्वरको मुक्तिको सन्देश अरुहरूकहाँ पनि पुर्‍याउन चाहन्थे। यी विश्वासीहरूले प्रार्थना गर्दै थिए र परमेश्वरको इच्छा खोज्दै थिए र एक दिन पवित्र आत्माले दुईजना मानिसहरूलाई अलग गर्नुभयो। यी मानिसहरू को-को थिए (प्रेरित १३:२)? १)________________ २)______________ यी दुईजनाद्वारा ठूलो काम गर्ने परमेश्वरको योजना थियो!

यी व्यक्तिहरू उनीहरूको प्रचार यात्रामा कसद्वारा पठाइएका थिए (प्रेरित १३:४)? _______________________________________। प्रभु येशू ख्रीष्टले एक समय आफ्‍ना चेलाहरूलाई प्रार्थना गर्न र फसलका ________लाई, उहाँले आफ्‍नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी प्रार्थनामा विन्ती गर्नुपर्छ भनेर आज्ञा दिनुभयो (मत्ती ९:३८)। परमेश्वरले आफ्‍नो फसलमा खेतालाहरू पठाउनुहुन्छ!

यस महान् कार्यमा एन्टिओकका विश्वासीहरूको पनि भाग थियो। बर्नबास र शाऊललाई पठाइनु अघि विश्वासीहरूले प्रार्थना गरे र उनीहरूमाथि आफ्‍ना ________________ राखे (प्रेरित १३:३)। यस हातहरू राख्ने कार्यले यो कुरा जनाउँदै थियो: “हे बर्नबास र शाऊल, हामी जान्दछौं कि परमेश्वरले तपाईंहरूलाई बोलाउनुभएको हो र यस कामको निम्ति तपाईंहरूलाई अलग पार्नुभएको हो। हामी तपाईंहरूमाथि आफ्‍ना हातहरू राख्दैछौं किनभने यस काममा हामी तपाईंहरूलाई साथ दिन्छौं र तपाईंहरूले यो जानेको हामी चाहन्छौं कि हामी तपाईंहरूका निम्ति र तपाईंको सेवकाइमा परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस् भनी प्रार्थना गरिरहनेछौं।”

यस महत्त्वपूर्ण कार्यमा खटाइएका परमेश्वरका खेतालाहरू बर्नबास र शाऊल थिए, तर त्यहाँ अर्को व्यक्ति पनि थियो जो सहयोगीको रूपमा उनीहरूका साथमा आएका थिए। तिनको नाम ____________ थियो (प्रेरित १३:५), जसलाई _______________ पनि भनिन्थ्यो (प्रेरित १२:२५)। यी त्यही मानिस हुन् जसले पछि मर्कूसको सुसमाचार लेखे। मर्कूस बर्नबासका भतिज थिए (कलस्सी ४:१०)।

प्रचार यात्रा

पहिलो प्रचार यात्रा करिब साँढे एक वर्ष लामो थियो, र प्रचार टोली समुद्र र जमीन भएर सयौं किलोमीटर यात्रा गरे। तलको नक्साले उनीहरू गएका सबै स्थानहरू देखाउँदछ। तपाईंले १३ र १४ अध्याय पढ्नुहुँदा, बर्नबास र शाऊल गएका स्थानहरू हेर्न तलको नक्साको मदत लिन सक्नुहुन्छ।

साइप्रसको टापु

मिसनरीहरू आफ्‍नो यात्रा प्रारम्भ गरे: उनीहरू एउटा जहाज चढेर साइप्रसको विशाल टापुतर्फ प्रस्थान गरे। यस टापुसित बर्नबास राम्ररी परिचित थिए किनकि उनी पहिला साइप्रसकै बासिन्दा थिए (प्रेरित ४:३६)।

उनीहरू प्रवेश गरेको प्रथम शहर सलामिस थियो जहाँ उनीहरूले यहूदीहरूको ________________ परमेश्वरको वचन प्रचार गरे (प्रेरित १३:५)। सभाघर भनेको त्यस्तो ठाउँ हो जहाँ यहूदीहरू प्रार्थना गर्न र शास्त्रहरू अध्ययन गर्न भेला हुन्थे। जब शाऊल र बर्नबास कुनै शहरमा आइपुग्थे, उनीहरू पहिले प्रायःजसो सभाघरमा पस्ने गर्थे र यहूदीहरूलाई ख्रीष्ट प्रचार गर्थे।

त्यसपछि उनीहरू टापुको पल्लो छेऊको शहर पाफोसतर्फ लागे। त्यहाँ बारयेशू वा एलिमास नाम भएको जादुगरसँग उनीहरूको भेट भयो (प्रेरित १३:६-८)। उनी एक यहूदी थिए र आफू परमेश्वरको साँचो भविष्यवक्ता भएको उनले दावी गर्दथे। के उनी वास्तवमै साँचो भविष्यवक्ता थिए कि झूटा (प्रेरित १३:६)?_____________________________। के उनी समर्थक थिए कि दुष्मन (प्रेरित १३:१०)? __________________________। के उनी परमेश्वरको सन्तान थिए कि शैतानको (प्रेरित १३:१०)? __________________________। जब परमेश्वरले कुनै ठूलो कार्य गर्नुहुन्छ, शैतानले यसलाई बाधा दिन र रोक्न खोज्छ। के यस जादुगरले सर्गियस पौलसले परमेश्वरको वचन सुनेको चाहन्थ्यो (प्रेरित १३:७-८)? ___________________________।

यस दुष्ट मानिसमाथि परमेश्वरको इन्साफ आयो। यस जादुगरलाई के भयो (प्रेरित १३:११)?

  1. उसको मृत्यु भयो।
  2. ऊ अन्धो पारियो।
  3. ऊ पक्षघातले पीडित भयो।
  4. ऊ बहिरो भयो।

यो मानिस पहिल्यै आत्मिक रूपमा अन्धो थियो (यूहन्ना ३:१९-२०; १ यूहन्ना २:११) र अचानक परमेश्वरको न्यायको कारणले ऊ शारीरिक रूपमा पनि अन्धो भयो! यस अचम्मको घटनाको परिणामस्वरूप, सर्जियस पौलसले के गरे (प्रेरित १३:१२)? _____________________।

पिसिडियाको एन्टिओक

उनीहरू साइप्रसबाट निस्के र पेर्गामा आइपुगे (यो करिब २०० किलोमीटरको जलयात्रा थियो)। यूहन्ना मर्कूस फर्कने निर्णय गरेको यही पेर्गामा हो (प्रेरित १३:१३ र १५:३८ पढ्नुहोस्)। यस घडीबाट पावल र बर्नबास मर्कूस बिना नै यात्रा गरे।

उनीहरू त्यसपछि जुन शहरमा आइपुगेका थिए त्यो पिसिडियाको ए__________ थियो (प्रेरित १३:१४)। माथि नक्साबाट एन्टिओक नाम गरेका दुईटा शहरहरू थिए भन्ने कुरा तपाईंले देख्न सक्नुहुन्छ।

विश्रामदिनमा (शनिबार) पावल र बर्नबास यहूदीहरूको सभाघरभित्र पसेर बसे (प्रेरित १३:१४)। शास्त्रबाट पढिएपछि सभाघरका शासकहरूले पावल र बर्नबाससँग मानिसहरूलाई भन्ने केही छ कि भनी सोधे (प्रेरित १३:१५)। को उठे र बोल्न शुरु गरे (प्रेरित १३:१६)?_____________________।

पावलको प्रचार प्रेरित १३:१६-४१ मा पाइन्छ। यस प्रचारमा उनले पुरानो नियमका केही कुराहरू बताए जससित यहूदीहरू निकै परिचित थिए (जस्तै इस्राएलीहरूलाई परमेश्वरले मिश्रबाट छुटाउनुभएको इतिहास, उजाडस्थानको यात्रा, न्यायकर्ताहरूको समय, राजा शाऊल र राजा दाऊद)। उनले त्यसपछि तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। प्रचारको अन्तमा उनले तिनीहरूलाई कसरी तिनीहरूले आफ्‍ना पापहरूको क्षमा पाउन सक्छन् र कसरी तिनीहरू धर्मी ठहरिन सक्छन् भनी बताए (प्रेरित १३:३८-३९)। पावलको अनुसार, परमेश्वरले कसलाई क्षमा दिनुहुन्छ र धर्मी ठहराउनुहुन्छ (३९ पद हेर्नुहोस्)?

  1. विश्वास गर्ने हरेक मानिस
  2. विश्वास गर्ने र खतना भएका हरेक मानिस
  3. विश्वास गर्ने र मोशाको व्यवस्था पालन गर्ने हरेक मानिस
  4. विश्वास गर्ने र असल जीवन बिताउन प्रयास गर्ने हरेक मानिस

केही अन्यजातिहरू पनि सभाघरको सेवामा भाग लिएका थिए। पावलले सुसमाचार सुनाइसकेपछि, कसले उनी अर्को विश्राम-दिनमा फेिर फर्केर आएर ती वचनहरू सुनाएको चाहे—यहूदीहरूले कि अन्यजातिहरूले (प्रेरित १३:४२)?________________। पावलको प्रचार सुन्न एक हप्तापछि कतिजना फर्केर आए—थोरै मानिसहरू कि ठूलो भीड (प्रेरित १३:४४)? ______________________________।

कसले पावल र बर्नबासलाई सताएर एन्टिओक शहर छाड्न बाध्य गराए (प्रेरित १३:४५,५०)? ______________। पावल र बर्नबासले आफ्‍ना पाउका धूला टकटक्याए (प्रेरित १३:५१ पढ्नुहोस् र मत्ती १०:१४ सित तुलना गर्नुहोस्)?

विश्वास नगर्ने यहूदीहरू _______ले भरिए (प्रेरित १३:४५), तर मुक्ति पाएका यहूदीहरू र अन्यजातिहरू _________ले भरिए (प्रेरित १३:५२)। पवित्र आत्माले त्यहाँका पुरूष र स्त्रीहरूको हृदयहरूमा ठूलो काम गर्दै हुनुहुन्थ्यो।

इकोनियम

अर्को शहर इकोनियम थियो (प्रेरित १४:१) र पावल र बर्नबास फेिर सभाघरमा पसे र मुक्तिको सुसमाचार प्रचार गरे। प्रेरित १४:१ अनुसार के केही यहूदीहरूले विश्वास गरे? ____________। के केही ग्रीक (अन्यजाति) हरू ले विश्वास गरे?_________। कसले पावल र बर्नबासलाई समस्या दिए (प्रेरित १४:२)? विश्वास नगर्ने __________________ले।

उनीहरू त्यहाँ थोरै समयसम्म बसे कि लामो समयसम्म बसे (प्रेरित १४:३)? _________________। के पावल र बर्नबासद्वारा परमेश्वरले अचम्मका कामहरू गर्नुभयो (प्रेरित १४:३)? ______________।

शहरमा फाटो आयो—कोही पावल र बर्नबासपट्टि लागे र अरुहरू चाहिँ उनीहरूको विरुद्धमा लागे (प्रेरित १४:४)। एकातिर उनीहरूका मित्रहरू थिए भनेर अर्कोतिर उनीहरूका शत्रुहरू पनि थिए। कोहीले उनीहरूलाई प्रेम गरे र अरुले उनीहरूलाई घृणा गरे।

प्रभु येशूले प्रचार गर्नुहुँदा पनि के यस्तै भएको थियो? के मानिसहरूको बीचमा फाटो आएको थियो (यूहन्ना १०:१९-२१ पढ्नुहोस्)?_____________।

आखिरमा पावल र बर्नबास इकोनियम शहरबाट भाग्न बाध्य भए किनभने उनीहरूका शत्रुहरूले उनीहरूलाई ढु________ हान्न लाग्दैथिए (प्रेरित १४:५-६)!

लुस्त्रा र डेर्बे

उनीहरू पुगेको अर्को शहर लुस्त्रा थियो। यहाँ उनीहरूले एकजना लङ्गडो मानिसलाई भेट्टाए जो कहिल्यै ____________ थिएन (प्रेरित १४:८)। यो मानिसलाई के भयो (प्रेरित १४:९-१०)? _________________________________________।

लुस्त्राका मानिसहरू निकै अन्धविश्वासी थिए। जब तिनीहरूले यो ठूलो अचम्मको काम देखे, तिनीहरूले सोचे कि बर्नबास र पावल मानिसको भेषमा तल पृथ्वीमा ओर्लेका देउताहरू हुन्! प्रेरित १४:१२ अनुसार, तिनीहरूले बर्नबासलाई जे______ भने (अथवा जुपिटर, देउताहरूको राजा) र पावललाई “मर्कूरी” (वा हर्मेस, देउताहरूको दूत) भने। ग्रीक र रोमी पौराणिक कथा अनुसार, मर्कूरी भनेको कुनै देउता थियो जसले मानिसहरूकहाँ देउताहरूको सन्देश ल्याउँदथ्यो। उसको पखेटा भएको खुट्टा थियो। तिनीहरूले सायद पावल देउताका दूत हुन् भनी सोचे किनभने उनले नै धेरैजसो बोल्ने काम गरेका थिए।

शहरका मानिसहरूले यी दुई “देउताहरूलाई” पशु बलिदान चढाउन लाग्दा तिनीहरूलाई कसले रोके (प्रेरित १४:१३-१८)?___________________। उक्त अवसरमा पावलले तिनीहरूलाई सत्य र जीवित परमेश्वरको बारेमा प्रचार गरे मौका लिए। प्रेरित १४:१५ पढ्नुहोस् र तल जोडा मिलाउनुहोस्:

पावल तिनीहरूको शहर छोडेर जाँदैमा एन्टिओक र लुस्त्रामा भएका पावलका शत्रुहरूलाई सन्तोष लागेन। यी यहूदीहरू पावल र बर्नबासको पछि-पछि लागे र लुस्त्रा सम्मै आइपुगे। पावलले सदाको निम्ति प्रचार गर्न छोडेको तिनीहरू चाहन्थे। पावललाई तिनीहरूले के गरे (प्रेरित १४:१९)? ________________________________। के पावलले यस घटनाबारे २ कोरिन्थी ११:२५ मा लेखेका छन्? ________________।

यस दुष्कर्मपछि उनी __________ भन्ठानेर तिनीहरूले पावललाई शहरदेखि बाहिर घिसारेर लगे (प्रेरित १४:१९)। के उनी साँच्चै मरेका थिए? ________। ढुङ्गा हानिएर पनि त्यसको बारेमा बताउन जीवित रहेका मानिस धेरै त छैनन्! अविस्मरणिय तरिकाले परमेश्वरले पावलको देखभाल गर्नुभयो। पावल उठे र भोलिपल्ट उनी डेर्बेतिर लागे। परमेश्वरले पावललाई अचम्मको तरिकाले सामर्थ्य दिनुभयो! यदि आजको दिनमा कुनै मानिसलाई यस्तो परिआयो भने, उसलाई पूरै ठीक हुन कम्तिमा पनि एक महिना नै लाग्छ होला! तर उनले तुरुन्तै यात्रा गर्न र प्रचार गर्न सकून् भनेर परमेश्वरले पावलको शरीरमा काम गर्नुभयो र उनलाई सामर्थ्य दिनुभयो।

डेर्बेमा मात्र पावललाई ठूलो सतावट आइपरेन। अरु जम्मै शहरहरूमा विश्वास नगर्ने यहूदीहरूले परमेश्वरको प्रचारकलाई सताएका थिए र उनको हत्या समेत गर्न खोजेका थिए। विश्वासीहरूलाई सताउन खोज्ने अरु यहूदीहरूको बारेमा पावल के भन्छन्, १ थेस्सलोनिकी २:१५-१६ मा पढ्नुहोस्। यहूदी मानिसहरू सुसमाचार प्रचार कार्यका निकै विरोधी थिए।

फिर्ती सवारी

डेर्बेमा प्रचार गर्ने र सिकाउने काम गरेपछि, पावल फेिर लुस्त्रामा (जहाँ उनलाई ढुङ्गा हानिएको थियो), इकोनियममा (जहाँ उनी झण्डै ढुङ्गाले हानिएका थिए) र एन्टिओकमा (जहाँ उनलाई शहरबाट निकालिएको थियो) फर्किए—प्रेरित १४:२१ पढ्नुहोस्। मिसनरी टोली किन यी ठाउँहरूमा फर्कन चाहन्थे? कि त उनीहरू एकदम पागल हुनुपर्छ, नत्र त उनीहरू निकै साहसी हुनुपर्छ!

यी शहरमा भएका विश्वासीहरूको निम्ति पावल र बर्नबासलाई निकै चिन्ता थियो (प्रेरित १४:२२)। उनीहरू यी चेलाहरूलाई उत्साह दिन (प्रेरित १४:२२) र हरेक मण्डलीमा विश्वासीहरूलाई अगुवाई गर्ने र सिकाउने मानिसहरू नियुक्त गर्न चाहन्थे (प्रेरित १४:२३)। चेलाहरूलाई विश्वासमा ला_______________ (प्रेरित १४:२२) अर्थात् परीक्षाहरू आए तापनि र परिस्थिति जतिसुकै गाह्रो भए तापनि परमेश्वरमा रहिरहनुपर्छ भनी बताइयो । अनेकौं क_____ (समस्या, दवाव, कठीनता) सहँदै उनीहरू परमेश्वरको राज्यभित्र पस्नुपर्छ भनी पाउल र बर्नबासले अर्ती दिए (प्रेरित १४:२२)। के येशूले आफ्‍ना चेलाहरूलाई उनीहरूको जीवनमा सङ्कष्ट आउने नै छ भनेर बताउनुभएको थियो (यूहन्ना १६:३३)?_________।

कतिपटक मानिसहरूले परमेश्वरको वचन आनन्दका साथ ग्रहण गरे तापनि परमेश्वरको वचनको कारण सङ्कष्ट र सतावटहरू आइपरेको कारण उनीहरूले ठेस खान्छन् (मत्ती १३:२०-२१)। पावल र बर्नबास ती शहरहरूका विश्वासीहरूलाई यस्तो भएको चाहँदैनथे। उनीहरूले तिनीहरू विश्वासमा लागिरहेको र हरेक जोखिम र खतराहरूमा विजयी हुन परमेश्वरमाथि भरोसा राखेको चाहन्थे। पावल र बर्नबासलाई सहायता गर्नुहुने र अचम्मको तरिकाले बचाउनुहुने परमेश्वर उही परमेश्वर हुनुहुन्थ्यो जसले ती नयाँ विश्वासीहरूलाई सम्हाल्न सक्नुहुन्थ्यो।

अन्त्यमा मिसनरी टोली एन्टिओकमा फर्क्यो जहाँको मण्डलीबाट उनीहरू पठाइएका थिए (प्रेरित १४:२६)। पावल र बर्नबासले परमेश्वरले गर्नुभएका महान् कामहरूको एक सुन्दर प्रतिवेदन सुनाए, विशेषगरी कसरी परमेश्वरले अ______________ विश्वासको ___________ खोल्नुभयो भनी बताए (प्रेरित १४:२७)।

मुक्ति पाउन अन्यजातिहरूले के गर्नुपर्छ?

यहूदीयाबाट केही यहूदीहरू एन्टिओकमा आएर अन्यजाति विश्वासीहरूलाई एउटा झूटा शिक्षा सिकाउन खोजे। तिनीहरूले भने, “मोशाको रीतिअनुसार ________________________________________” (प्रेरित १५:१)। खतना भनेको त्यस्तो चलन हो जुन हरेक यहूदीहरूलाई गरिन्थ्यो (प्रायः जन्मेको आठ दिनपछि)। उत्पत्ति १७:१०-१४ पढ्नुहोस्। अरु यहूदीहरूले सिकाउन थाले कि मुक्ति पाउनलाई अन्यजातिहरूको खतना हुनैपर्छ र उनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्छ। यो शिक्षा झूटो हो कि साँचो हो? बाइबलले के भन्छ?

  1. जब पत्रुसले अन्यजाति कर्नेलियसलाई प्रचार गरे, उनले के तिनलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिए कि उनलाई ख्रीष्टमा विश्वास गर्न आज्ञा दिए (प्रेरित १०:४३)? ____________________________।
  2. जब पावलले एन्टिओकको सभाघरमा प्रचार गरे (जहाँ अन्यजातिहरू पनि उपस्थित थिए—प्रेरित १३:४२ पढ्नुहोस्), उनले मानिसहरूलाई के खतनाद्वारा मुक्ति पाओ भने कि उनले तिनीहरूलाई विश्वासद्वारा मुक्ति पाओ भने (प्रेरित १३:३८-३९)? ______________________।
  3. पत्रुसको अनुसार मानिसहरूले खतनाद्वारा र व्यवस्था पालन गरेर मुक्ति पाउँछन् कि अनुग्रहद्वारा मुक्ति पाउँछन् (प्रेरित १५:११)? __________________________
  4. प्रेरित १६:३१ ले वास्तवमा के भन्दछ? (सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

(क) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र खतना गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”

(ख) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र व्यवस्था पालन गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”

(ग) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”

के तपाईंले यसो गर्नुभयो? के तपाईंले मुक्ति पाउनुभयो? तपाईंले यो कसरी थाह पाउन सक्नुहुन्छ? सुसमाचारको सन्देश अन्यजातिहरूकहाँ गएकोमा के तपाईं धन्यवादी हुनुहुन्छ? सुमाचार सन्देशको सरलताको निम्ति के तपाईं धन्यवादी हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






अध्याय ७ – बढ्दै गरेको मण्डलीमाथि आक्रमण

Study Series

अध्याय ७ – बढ्दै गरेको मण्डलीमाथि आक्रमण

 

(प्रेरित ११-१२)

एन्टिओकमा भएको मण्डली

स्टिफनसको मृत्युपछि यरूशलेममा भएको मण्डलीको विरूद्ध ठूलो सतावट परिआयो भन्ने कुरा हामीले हेरिसकेका छौं (प्रेरित ८:१)। विश्वासीहरू यरूशलेम छाड्न बाध्य भएका थिए। यसरी चारैतिर छरिन बाध्य बनेका विश्वासीहरू जहाँतहीँ के गर्दै गए (प्रेरित ८:४)? _______________________________________________। प्रेरित अध्याय ११ मा यरूशलेमको उत्तरतिर छरिएका विश्वासीहरूको बारेमा हामीले सिक्यौं जोहरूलाई परमेश्वरले विशेष रूपमा प्रयोग गर्नुभयो।

प्रेरित ११:१९ अनुसार यी छरिएका विश्वासीहरू टाढा-टाढासम्म अर्थात् ‍फोनिसिया (यस क्षेत्रका मुख्य शहरहरू टायर र सिडोन हुन्), साइप्रस टापु र एन्टिओकसम्म गए। के तपाईं यी ठाउँहरूलाई बाइबलको नक्सामा पत्ता लगाउन सक्नुहुन्छ? विश्वासीहरू यी ठाउँहरूमा जाँदा उनीहरूले ______________________लाई मात्र वचन प्रचार गरे (प्रेरित ११:१९)।

एन्टिओक शहरमा चाहिँ विश्वासीहरूले यहूदीहरूलाई मात्र नभई ग्रीक वा अन्यजातिहरूलाई समेत प्रभु येशू ख्रीष्टको प्रचार गरे (प्रेरित ११:२०)। उनीहरूले त्यसरी प्रचार गर्दा के प्रभुको आशिषमय हात उनीहरूमाथि रहेको थियो (प्रेरित ११:२१)?______________। विश्वास गर्ने र प्रभुतिर फर्कनेहरू धेरै थिए कि थोरै (प्रेरित ११:२१)? ________________________।

रोमी सम्राज्यको तेस्रो ठूलो शहर एन्टिओक थियो। अन्य विशाल शहरहरू केवल रोम (राजधानी) र एलेक्जेन्ड्रिया (इजिप्टमा अवस्थित) थिए। एन्टिओक शहरमा भएको मण्डलीले रोमी सम्राज्यभरि रहेका अन्यजातिहरूकहाँ सुसमाचार पर्‍याउन परमेश्वरको योजना पूरा गर्न एकदम महत्त्वपूर्ण भूमिका खेलेको बारेमा हामी पछि सिक्नेछौं।

यरूशलेममा भएका विश्वासीहरूले उत्तरी क्षेत्रमा परमेश्वरले गर्नुभएको कामको बारेमा सुने र उनीहरूले त्यहाँ ब___________लाई पठाउने निर्णय गरे (प्रेरित ११:२२)। जब तिनी त्यहाँ आइपुगे तिनले ती मानिसहरूको हृदयहरूमा अनुग्रहको कार्य देखे जो परमेश्वरले गर्नुभएको थियो, र तिनले उनीहरूलाई प्रभुमा टाँसिरहनलाई उत्साह दिए (प्रेरित ११:२३)। के परमेश्वरले एन्टिओक शहरमा मानिसहरूलाई बचाउँदै रहनुभयो (प्रेरित ११:२४)?

एन्टिओक मण्डलीमा अगुवाको धेरै खाँचो छ भनेर बर्नबासले थाह गरे। ती सबै नयाँ विश्वासीहरूलाई सिकाउन र प्रभुमा बलियो बनाउन खाँचो थियो। एन्टिओक शहरमा भएका विश्वासीहरूलाई सिकाउन र अगुवाइ गर्न कसले सहायता गरेको बर्नबास चाहन्थे (प्रेरित ११:२५)?___________। शाउल टार्ससमा बसोबास गरिरहेका थिए जुन शहर एन्टिओकभन्दा १६० किलोमिटर जति टाढामा छ। त्यसो भएपनि बर्नबास त्यहाँ गए र शाउललाई भेट्टाए र उनलाई एन्टिओकमा लिएर आए। विश्वासीहरूलाई सिकाउँदै शाउल र बर्नबास एन्टिओकमा कति समय बसे (प्रेरित ११:२६)?_________________________________________।

प्रेरित ११:२६ बाट हामी जान्दछौं कि “अनि चेलाहरू सबैभन्दा पहिले एन्टिओकमै __________________ भनिए”। यो नाम प्रयोग भएको यो नै प्रथम पटक थियो! “ख्रीष्टियान” शब्दमा कुन नाम भेट्टाउनुहुन्छ? ख्री____। ख्रिष्टियन हुनु भनेको धर्म (अर्थात् परमेश्वरको निगाह पाउन गरिने मानिसको कुनै प्रयास) होइन तर यो एक व्यक्तिसँगको एउटा सम्बन्ध हो (जसले पापी मानिसहरूलाई बचाउन सबै आवश्यक कार्यहरू गरिसक्नुभयो – यूहन्ना १९:३०) र उक्त व्यक्ति ख्री_____ हुनुहुन्छ। यस व्यक्तिसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई नै ख्री____________ भनिन्छन् (प्रेरित ११:२६)।

के यो पदले चेलाहरूले आफैंलाईं ख्रिष्टियान नाम दिए भनी बताउँछ? ___________। उनीहरू आफैंले आफैंलाई यो नाम दिएका होइनन्, तर उनीहरू एन्टिओकका विश्वास नगर्ने मानिसहरूद्वारा “ख्रीष्टियान” भनी भनिएका हुन्। मुक्ति नपाएको संसारले चेलाहरूलाई हेर्दा उनीहरू ख्रीष्टलाई देख्न बाध्य भए! जब उनीहरूले चेलाहरूको बारेमा बिचार गर्दथे उनीहरू ख्रीष्टको बारेमा सोच्न बाध्य हुन्थे। यसैकारणले तिनीहरूले उनीहरूलाई “ख्रीष्टियान” नाम दिए।

तपाईं नि? के मानिसहरूले तपाईंको जीवन हेरेर ख्रीष्टसँग तपाईंको व्यक्तिगत सम्बन्ध छ भनी भन्न सक्छन्? के तपाईं यस्तो तरिकाले जिउनुहुन्छ कि तपाईं परमेश्वरको पुत्रको हुनुहुन्छ भनी मानिसहरूले जान्दछन्? के अरूहरूले ख्रीष्ट तपाईंभित्र जिउनुभइरहेको देख्न सक्छन् (गलाती २:२०)?

मानौं तपाईंको साथीले तपाईंलाई यो प्रश्न सोध्नुभयो: “ख्रीष्टियान भनेको के हो?” यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुन्थ्यो? मानौं अरू कसैले तपाईंलाई यो प्रश्न गर्‍यो: “एउटा व्यक्ति कसरी ख्रीष्टियन बन्न सक्छ?” तपाईंले कसरी जवाफ दिनुहुन्थ्यो?

एकदिन यरूशलेमका एकजना भविष्यवक्ता खडा भए र एन्टिओकका विश्वासीहरूलाई पृथ्वीमा ठूलो अनिकाल पर्नेछ भनी बताए (प्रेरित ११:२८। पहिले एन्टिओकको मण्डलीलाई बर्नबासलाई पठाएर यरूशलेमको मण्डलीले सहायता गरेको थियो। अब यरूशलेमका गरीब विश्वासीहरूलाई एन्टिओकको मण्डलीले सहायता गर्न सक्यो। उनीहरूले आपसमा मिलेर पैसा जम्मा गरे र यरूशलेमको खाँचोमा परेका विश्वासीहरूका निम्ति पठाइदिए। येशूले भन्नुभयो: “तिमीहरूको __________ प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भनी थाह पाउनेछन् (यूहन्ना १३:३५)। एन्टिओकका विश्वासीहरूले यो प्रेमको कार्य यरूशलेममा रहेका गरीब चेलाहरूको निम्ति गरे।

मण्डली र उत्पीडन

याकूबको हत्या

त्यसबेला प्यालेस्टाइनका शासक हे______ नाम भएका एकजना मानिस थिए। यिनीचाहिँ “हेरोद अग्रीप्पा प्रथम” हुन्। तिनी हेरोद एन्टिपसका भतिजा हुन् जसको बारेमा हामी मत्ती १४:१-१२ मा पढ्दछौं। हेरोद एन्टिपसले कसको हत्या गरेका हुन् (मत्ती १४:८,१०)? __________________________________________। हेरोद अग्रीप्पा प्रथम हेरोद महानका नाति पनि हुन् जसको बारेमा हामी मत्ती २ अध्यायमा पढ्दछौं। हेरोद महानले कसको हत्या गरेको थिए (मत्ती २:१६)?__________________________________________________।

हेरोद अग्रीप्पा प्रथम तिनका काका र हजुरबुवा जस्तै हत्यारा थिए। तिनले कसको हत्या गरे (प्रेरित १२:२)? ___________का दाजु ______________। तलको तालिकाले ती तीनैजना हेरोदहरू र उनीहरूले कस-कसको हत्या गरे भनी देखाउँदछ:

याकूब येशूलाई पछ्याउने निर्णय गरेका एकजना मछुवा थिए (मत्ती ४:२१-२२)। याकूब ख्रीष्टमा भएको उनको विश्वासको कारण मर्ने पहिलो प्रेरित थिए। तिनी त____________ मारिए (प्रेरित १२:२) जसको अर्थ सायद तिनको शिर काटिएको थियो। याकूबको शरीरलाई मार्न हेरोद सफल भए तर उनी के गर्न असफल भए (मत्ती १०:२८)? __________________________________________। याकूबको मृत्यु हुने बित्तिकै तिनी कहाँ गए (फिलिप्पी १:२३)? _________________________________________।

पत्रुस झ्यालखानामा हालिन्छन्

हेरोदले याकूबलाई मार्ने काम मात्र गरेनन् तर तिनले कसलाई समातेर कैद गरे (प्रेरित १२:३)? _______________________। तिनले पत्रुसलाई पनि मार्न चाहन्थे तर निस्तार चाड सकिने घडीसम्म पर्खनु असल होला भन्ने तिनले सोचे। पत्रुसलाई झ्यालखानाबाट निकाल्न मण्डलीले कुनचाहिँ शक्तिशाली हतियारको प्रयोग गरे (प्रेरित १२:५)?

  1. धारिलो तरवार
  2. लडाकु सेना
  3. बम
  4. रार्थना (२ कोरिन्थी १०:३-४ पढ्नुहोस्)

हेरोदले पत्रुसलाई झ्यालखानाबाट उम्कनदेखि रोक्न सबै बन्दोबस्त गरे। पत्रुस दुईजना सिपाहीसित साङ्लाले बाँधिएको थियो (प्रेरित १२:६)। झ्यालखानाको ढोका अगाडि पहरेदारहरू पनि राखिएका थिए (प्रेरित १२:६)। उनीहरू आफ्‍नो कैदीलाई भाग्ने कुनै पनि मौका दिन चाहदैनथे। पत्रुस अघिल्लो पटक झ्यालखानाबाट अचम्म तरिकाले उम्केको कुरा उनीहरूले पक्कै पनि बिर्सेका थिएनन् (प्रेरित ५:१७-२३)।

महान् छुटकारा

पत्रुस मारिनलाई तोकिएको दिनभन्दा ठीक एक रात अघिसम्म परमेश्वरले केही नगरी पर्खनुभयो (प्रेरित १२:६)। त्यसपछि उहाँले अचम्मको कार्य गर्नुभयो। पत्रुसलाई छुटाउन उहाँले स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले पत्रुसलाई गर्न लगाएका केही कामहरू के-के हुन्? (प्रेरित १२:७-८)? _______________________________________ ___________________________________________ _____________________________________। स्वर्गदूतले मात्र गर्न सक्ने केही कुराहरू के-के हुन् (प्रेरित १२:७-८)? __________________________________________ _______________________________________

एकातिर त्यस्ता केही कार्यहरू छन् जो परमेश्वरले मात्र गर्न सक्नुहुन्छ र अर्कातिर केही कार्यहरू छन् जो हामीले नै गर्नुपर्छ। यदि हामीले आफ्‍नो जिम्मेवारी (हामीले गर्ने सक्ने साना कुराहरू) पूरा गर्यौं भने, परमेश्वरले निश्चय नै उहाँको आफ्‍नो जिम्मेवारी (उहाँले मात्र गर्न सक्नुहुने ठूला कुराहरू) पूरा गर्नुहुनेछ। के त्यस महान् छुटकाराको निम्ति पत्रुसले परमेश्वरलाई महिमा दिए (प्रेरित १२:११)? _____________।

येशू स्वर्ग फर्किनुभन्दा अगाडि उहाँले पत्रुसलाई उनी कसरी मर्नेछन् भनी बताउनुभयो (यूहन्ना २१:१९)। येशूले पत्रुस जवानै हुँदा तिनी मर्नेछन् भनी बताउनुभयो कि तिनी बूढो भएपछि (यूहन्ना २१:८)? _____________________________। यद्यपि हेरोदले पत्रुसलाई मार्न चाहे तिनी मारिनलाई परमेश्वरको समय भएको थिएन। पत्रुस त्यस रात बिनाफिक्री निदाउन सक्नुको एउटा कारण यही थियो (प्रेरित १२:६) ।

परमेश्वरले एकातिर याकूबलाई मर्न दिनुभयो र अर्कातिर उहाँले पत्रुसलाई जिउन दिनुभयो। मरण र जीवनको सवालमा परमेश्वरकै अधिकार हुन्छ! हरेक मानिसको निम्ति सर्वोत्तम के हो सो उहाँ जान्नुहुन्छ। हिब्रू ११:३३-३७ मा विश्वासका केही वीरहरूको बारेमा हामी पढ्दछौं। केहीले छुटकारा पाए र बचाइए तर अरूहरू हत्या गरिए र मारिए। रोमी १४:८ मा हामी पढ्दछौं, “यसकारण चाहे बाचौं वा मरौं, हामी ________________ हौं।”

पत्रुस झ्यालखानाबाट भागेको कुरा थाहा पाएपछि त्यस झ्यालखानाका पहरेदारहरूलाई के भयो (प्रेरित १२:१९)? _______________________________ _______________________________________।

प्रार्थनाको जवाफले ढोकामा ढक्ढकाउँछ

पत्रुस पहिले मरियमको घरमा गए जहाँ केही विश्वासीहरू भेला भएका हुन्छन् भनी उनले जान्दथे। पत्रुस आइपुग्दा विश्वासीहरू के गर्दै थिए (प्रेरित १२:१२)? _________________________। उनीहरू केका निम्ति प्रार्थना गर्दै थिए (प्रेरित १२:५ पढ्नुहोस्)? ढोकामा को आई (प्रेरित २:१३)?__________________________। के तिनले पत्रुसको आवाज चिनिन् (प्रेरित १२:१४)? ______________। के तिनले पत्रुसलाई भित्र आउन दिइन् (प्रेरित १२:१४)? ___________। रोदाले अरूहरूलाई पत्रुस ढोकामा भएको कुरा बताउँदा उनीहरूले के भने?

  1. “परमेश्वरको प्रशंसा होस्! हाम्रो प्रार्थनाको जवाफ दिइएको छ!”
  2. “पत्रुसलाई हेरोदको हातबाट छुटाउनु भएकोमा धन्यवाद प्रभु।”
  3. “रोदा, तँ पगली होस्!!”

उनीहरूले प्रार्थना गरे तर उनीहरूको प्रार्थनाको जवाफ दिइँदा उनीहरूले विश्वास गरेनन्! हामीले यसबाट पाठ सिक्न सक्छौं। हामीले प्रार्थना गर्दा परमेश्वरले उहाँको इच्छा मुताबिक महान् कार्यहरू गर्न सक्नुहुन्छ भनेर विश्वास गर्नुपर्छ। येशूले मर्कूस ११:२४ मा भन्नुभयो: “तिमीहरूले प्रार्थना गर्दै जे-जे कुराहरू ____________, ती पाउँछौ भनी ____________ गर, र तिमीहरूले ती पाउनेछौ।” परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुँदा हामी छक्क नपरौं। हामीले मागेको वा सोचेको भन्दा पनि बढी गर्न परमेश्वर सक्नुहुन्छ (एफेसी ३:२०)।

हेरोदलाई परमेश्वरले प्रहार गर्नुहुन्छ

एक दिन हेरोद राजकीय वस्त्र पहिरेर आफ्‍नो सिंहासनमाथि बसेर ठूलो भाषण दिए। त्यस भाषण सुन्न जम्मा भएका मानिसहरू यसो भन्दै चिच्याए, “यो ता ___________ वाणी हो, ___________ होइन” (प्रेरित १२:२२)। के हेरोदले जुरुक्क उठेर आपत्ति जनाउँदै ती मानिसहरूलाई यसरी भने, “होइन! होइन! तपाईंहरू गलत हुनुहुन्छ। म परमेश्वर होइन, म त मानिस मात्र हुँ”? हेरोदले परमेश्वरलाई महिमा दिए कि आफैंलाई महिमा दिए (प्रेरित १२:२३)? ___________________________________________। परमेश्वरलाई मात्र दिइनु पर्ने उहाँलाई नदिएकाले तिनलाई के भयो (प्रेरित १२:२३)? __________________________________________।

याकूबको सवालमा जे गरिनुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (२ कोरिन्थी ५:८)। पत्रुसको सवालमा जे गरिनुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (भजनसङ्ग्रह ३४:६-७)। हेरोदको सवालमा जे गर्नुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (भजनसङ्ग्रह ९४:१, ३, २३)। परमेश्वर महान् हुनुहुन्छ। उहाँलाई नै महिमा होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)