मुक्तिका उपलब्धिहरू – भाग २

मुक्तिका उपलब्धिहरू – भाग २

 

३) मेरो उद्धार गरियो (Redemption) – एफेसी १:७; कलस्सी १:१४

पावलले एफेसीको पत्र कसलाई लेखेका हुन्, विश्वासीहरूलाई कि अविश्वासीहरूलाई (एफेसी १:१ मा हेर्नुहोस्)? ____________________। एफेसी १:७ अनुसार ती व्यक्तिहरूले के पाएका थिए (एउटै शब्दमा भन्नुपर्दा)? __________________। तपाईं ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने, एफेसी १:७ र कलस्सी १:१४ अनुसार तपाईंले के पाउनुभएको छ? __________________। “ठीक” कि “बेठीक” विश्वास गर्ने हरेकले छुटकारा पाइसकेको छः ______________। रोमी ३:२४ पढ्नुहोस्। हामीले ख्रीष्ट येशू____ भएको छुटकारा पाएका हौं। यसैले हामी १ कोरिन्थी १:३० मा पढ्छौं, “तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशू____ छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि धार्मिकता, पवित्रता र __________________ ठहरिनुभएको छ।” ख्रीष्टमा हामीले छुटकारा पाएका छौं! जो ख्रीष्टबाहिर छन्, तिनीहरूले __________________ पाएका छैनन्।

इस्राएलको छुटकारा (प्रस्थान १४)

इस्राएल राष्ट्रको अध्ययन गर्ने क्रममा, त्यहाँ छुटकाराको एउटा दृश्य पाउछौं जसबाट हामीलाई ख्रीष्टमा भएको हाम्रो छुटकारालाई बुझ्न मदत मिल्छ। उत्पत्ति १५:१२-१४ मा परमेश्वरले अब्राम (अब्राहाम) लाई तिनका सन्तानहरू कति वर्षसम्म विदेशमा कमारा-कमारी हुनेछन् भनी भन्नुभयो? ________________। पद १४ मा के यस बन्धनबाट तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा परमेश्वरले गर्नुभयो? __________________। प्रस्थान १:८-१४ पढ्नुहोस्। के परमेश्वरको यो वचन (उत्पत्ति १५:१३) पूरा भयो? ______________। इस्राएलका सन्तानहरूलाई कुन राष्ट्रले कमारा-कमारी बनाए? ________________। (शब्दार्थ: “इस्राएलका सन्तानहरू” = याकूबका सबै सन्तानहरू। याकूबको नाम परिवर्तन गरी “इस्राएल” राखिएको थियो। उत्पत्ति ३२:२७-२८ मा हेर्नुहोस्)। के इस्राएलका सन्तानहरूलाई यो दासत्व मन परेको थियो (प्रस्थान १:१४)? ____________________। के परमप्रभु तिनीहरूको अवस्था जान्नुहुन्थ्यो (प्रस्थान २:२३-२५)? __________________। के परमप्रभुले तिनीहरूलाई यो निर्दयी दासत्वबाट छुटाकारा दिने प्रतिज्ञा गर्नुभयो (प्रस्थान ६:६)? ____________________। के परमप्रभुले आफ्नो वचन पूरा गर्नुभयो? __________________ (परमेश्वरले गर्नुभएको छुटकाराको त्यो महान् कार्यको बिवरण प्रस्थान १४ अध्यायमा पढ्न सक्नुहुन्छ, जहाँ ( इस्राएलीहरू लाल समुद्र पार गरेको उल्लेख छ!

निम्न पदहरू पढ्नुहोस् र जवाफ दिनुहोस्।

१. व्यवस्था ७:८ — इस्राएल राष्ट्रलाई कसले छुटकारा दिए? __________________। यो छुटकारा दिनलाई के परमेश्वरले आफ्नो शक्ति प्रयोग गर्नुपर्‍यो? ______________। के इस्राएलका सन्तानहरूले मिश्रको दासत्वबाट छुटकारा पाए? ______________।

२. व्यवस्था ९:२६ — महान् उद्घारकर्ता (छुटकारा दिनेवाला) को हुनुहुन्छ? ____________________। के इस्राएलले छुटकारा पाउन त्यहाँ परमेश्वरको शक्तिशाली कार्यको आवश्यकता पर्‍यो? ____________। के इस्राएलका सन्तानहरू आफैले आफैलाई छुटाउन सक्थे? __________________।

३. व्यवस्था १३:५ — शक्तिशाली उद्घारक को हुनुहुन्छ? ____________________। के इस्राएलका सन्तानहरू दासत्वबाट स्वतन्त्र पारिए? ________________________

४. व्यवस्था १५:१५ — इस्राएललाई कसले मुक्त गरे (छुटकारा दिए)? ____________________। इस्राएलका सन्तानहरूले कहिल्यै बिर्सन नहुने कुरा के थियो?_________________।

५. व्यवस्था २४:१८ — इस्राएलका सन्तानहरूले सम्झनामा राख्‍नुपर्ने दुइटा कुराहरू के-के थिए?

 

१)_________________________२) __________________________

 

६. २ शमूएल ७:२३-२४ — इस्राएल राष्ट्रलाई कसले छुटकारा दिए? __________________। कुन चाहिँ राष्ट्रबाट इस्राएल छुटाइएको थियो? __________। पद २३ मा हामी सिक्छौं, इस्राएललाई परमेश्वरले “____________ निम्ति छुटकारा दिनुभयो।” इस्राएल अब मिश्रीहरूको स्वामित्वमुनि थिएनन्। उनीहरूको नयाँ मालिक अब को हुनुहुन्थ्यो? __________________।

७. १ इतिहास १७:२१-२२ पढ्नुहोस्। शक्तिशाली उद्घारकर्ता को हुनुहुन्छ? __________________। कुन चाहिँ राष्ट्रलाई उहाँले छुटकारा दिनुभयो? ________________। इस्राएल कुन चाहिँ राष्ट्रबाट मुक्त गरियो? ____________। मुक्त गरिएका हुनाले उनीहरू अब कसका भएका थिए? __________________। उनीहरू कहिलेसम्मको निम्ति उहाँका भएका हुन् (पद २२)? ______________________________।

८. मिका ६:४ — परमप्रभुले इस्राएललाई कुनचाहिँ देशदेखि छुटाउनुभयो? __________________। के उहाँले उनीहरूलाई दासत्वबाट छुटाउनुभयो? __________________।

माथिका ८ ओटा खण्डहरूको अध्ययनबाट हामीले इस्राएलको छुटकारा सम्बन्धी निम्नलिखित तथ्यहरू सिकेका छौं —

तथ्य १ — इस्राएलका उद्घारकर्ता ____________________ हुनुहुन्थ्यो।
तथ्य २ — उनीहरूले छुटकारा पाउनअघि, इस्राएलका सन्तानहरू मिश्रदेशमा ________________ थिए।
तथ्य ३ — परमेश्वरको शक्तिशाली __________द्वारा इस्राएलले छुटकारा पाए।
तथ्य ४ — उनीहरूले छुटकारा पाएको दिनदेखि, इस्राएलका सन्तानहरू सदार्सवदाका निम्ति __________________का भए।

अब हामी हेर्नेछौं, विश्वासीले ख्रीष्टमा पाएको छुटकाराको सम्बन्धमा पनि यही चारओटा तथ्यहरू सत्य छन्। यी चारओटा तथ्यहरूलाई यसरी लेख्‍न सकिन्छः

१) महान् उद्घारकर्ता २) क्रूर दासत्व ३) शक्तिशाली कार्य ४) नयाँ मालिक

विश्वासीको छुटकारा (एफेसी १:७)

१) महान् उद्घारकर्ता

हाम्रो निम्ति अनन्त छुटकारा कसले प्राप्‍त गर्नुभयो (हिब्रू ९:११-१२)? __________________________। कसले हामीलाई परमेश्वरका निम्ति छुटाउनुभएको छ (प्रकाश ५:८-९)? ________________________। (टिप्पणी: “थुमा” को हुनुहुन्छ? १ पत्रुस १:१८-१९ बाट पत्ता लगाउनुहोस्)। हामीलाई व्यवस्थाको श्रापबाट कसले छुटकारा दिनुभएको छ (गलाती ३:१३)? ______________________। हामीलाई छुटकारा दिनलाई परमेश्वरले कसलाई पठाउनुभयो (गलाती ४:४-५)? ______________________। कसले हामीलाई स्वतन्त्र पार्न सक्नुहुन्छ (यूहन्ना ८:३६)? ______________________। हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई कसले आफैलाई हाम्रा निम्ति दिहाल्नुभयो (तीतस २:१३-१४)? ______________________। यसकारण, हाम्रा महान् उद्घारकर्ता को हुनुहुन्छ? ________________________________।

२) क्रूर दासत्व

ख्रीष्टको साँचो चेलाले के गर्दछ (यूहन्ना ८:३१)? __________________________________________। मानिसलाई स्वतन्त्र पार्ने कुरा के हो (यूहन्ना ८:३२)? ____________। सत्य के हो? १) यूहन्ना १७:१७ अनुसार? ____________________________________। २) यूहन्ना १४:६ अनुसार? __________________________। यूहन्ना ८:३३ मा के यहूदीहरूले आफूहरू दास हौं भनी सोच्थे? ________________। प्रभु येशूले पद ३४ मा भन्नुभयो, “जसले पाप गर्छ, त्यो पापको __________ हो।” त्यसैले, आफूलाई स्वतन्त्र ठान्ने यहूदीहरू वास्तवमा __________का दास थिए। पापको दासत्वबाट हामीलाई छुटाउन सक्नुहुने एउटै मात्र व्यक्ति को हुनुहुन्छ (पद ३६)? __________________________________। रोमी ६:१७ अनुसार, मुक्ति पाउन अघि हामी __________ का ____________ थियौं।

गलाती ३:१३ अनुसार, ख्रीष्टले हामीलाई केबाट छुटकारा दिनुभएको छ? __________________________ ________________। व्यवस्थाको श्राप गलाती ३:१० मा उल्लेख छ। पापको दास भएर एउटा व्यक्तिले व्यवस्थाको पुस्तकमा भएका सबै कुराहरूलाई पालन गर्न सक्छ? ________________। पापको बन्धनमा रहेको व्यक्तिले दश आज्ञाहरूलाई पूर्ण रूपमा पालन गर्न सम्भव छ? __________। व्यवस्थाका पवित्र मागहरू यस प्रकारका छन्: “व्यवस्थाले भनेका सबै कुराहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ! व्यवस्थाले भनेका सबै कुराहरू पालन गरनौ भने तिमी मर्नेछौ!” पापका दास भएका हुनाले हामीले पूर्ण रूपमा व्यवस्था पालन गर्नै सक्दैनौं अनि फलस्वरुप हामी मृत्युको श्रापमुनि छौं! तरैपनि, हाम्रा एक महान् उद्घारकर्ता हुनुहुन्छ जसले हामीलाई बचाउन मृत्युको श्राप आफैमाथि लिनुभयो (गलाती ३:१३)!

३) शक्तिशाली कार्य

उद्घार अर्थात् छुटकाराको निम्ति परमेश्वरको एक शक्तिशाली कार्यको आवश्यकता पर्छ। परमेश्वरको यो महान् कार्यको बयान १ पत्रुस १:१८-१९ मा छ। केले हामीलाई छुटकारा दिलायो? ____________________ ______________________________________________। एफेसी १:७ मा हामी सिक्छौं, हामीले __________ ______________द्वारा छुटकारा पाएका हौं। प्रकाश ५:९ मा हामी सिक्छौं, ख्रीष्टले हामीलाई __________ ______________द्वारा परमेश्वरका निम्ति किनेर छुटाउनुभएको हो। ख्रीष्टको “रगत” ले हामीलाई उहाँ संसारका पापहरूका निम्ति मर्नुहुँदा कलवरीको क्रूसमा चढाइएको त्यो महान् बलिदानको सम्झना गराउँछ (यूहन्ना १:२९; १ तिमोथी २:६ र १ यूहन्ना २:२)। हाम्रा मुक्तिदाताले क्रूसमा पूरा गर्नुभएको महान् कार्यले गर्दा नै हामीले पापको दासत्वबाट छुटकारा पाएका हौं! पुरानो निमयका पशुका सम्पूर्ण बलिदानहरू परमेश्वरका थुमा हाम्रा प्रभु येशू ख्रीष्टको सिद्घ र अन्तिम बलिदानको केवल चित्रण थिए (हिब्रू ९:१२-१४ र १०:३-१२)। ती सबै बलिदानहरूले एक दिन कलवरी क्रूसमा चढाइने सिद्घ बलिदानलाई औंल्याइरहेका थिए। त्यसबेला नै उद्घारको शक्तिशाली कार्य सम्पन्न भयो जब प्रभु येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो! हाम्रो उद्घारको मूल्य ख्रीष्टले आफ्नै अनमोल रगतद्वारा तिर्नुभयो!

४) नयाँ मालिक

प्रकाश ५:९ अनुसार ख्रीष्टले हामीलाई ____________________का निम्ति किनेर छुटाउनुभएको हो। यसकारण हामी ____________________का भएका छौं। तीतस २:१४ मा हामी सिक्छौं, ख्रीष्टले हामीलाई सबै ____________ बाट छुटकारा दिनलाई र असल-असल कामहरूमा जोशिलो भएको एउटा विशेष जातिलाई ____________ निम्ति शुद्घ पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिहाल्नुभयो। रोमी ६:२२ पढ्नुहोस्। छुटकारा पाएको हुनाले हामी __________ बाट स्वतन्त्र पारिएका छौं र हामी ____________________का ________________ भएका छौं। यो कस्तो असल दासत्व! हिब्रू ९:१२ अनुसार, हाम्रो यो अचम्मको छुटकारा कहिलेसम्म कायम रहनेछ? __________________________ (तुलना गर्नुहोस् १ इतिहास १७:२१-२२, “सदार्सवदाको निम्ति”)।

मुक्त भनी बताउन मन लाग्छ, मुक्त थुमाको रगतले!
मुक्त भएँ अनन्त कृपाले, सदा उनकै सन्तान भएँ!

–फ्यानी जे. क्रस्बी

निम्न तालिकामा इस्राएलको छुटकारा र ख्रीष्टमा भएको विश्वासीको छुटकाराको तुलना गर्नेछौं:

इस्राएलविश्वासी
१) महान उद्धारकर्ता
परमप्रभुद्वारा इस्राएलले छुटकारा पायो।प्रभु येशू ख्रीष्टद्वारा विश्वासीले छुटकारा पायो।
२) क्रूर दासत्व

इस्राएल मिश्रको दासत्वबाट छुटाइयो।

विश्वासी पापको दासत्वबाट छुटाइयो।

३) शक्तिशाली कार्य

इस्राएलले छुटकारा पाउन परमेश्वरको इक शक्तिशाली कार्यको आवश्यकता पर्‍यो, अर्थात् लाल समुद्रको आश्चर्यकर्म (प्रस्थान १४)।

विश्वासीले छुटकारा पाउन परमेश्वरको एउटा शक्तिशाली कार्यको आवश्यकता पर्‍यो, अर्थात् कलवरीको क्रूस (१ पत्रुस १:१८-१९)।
४) नया मालिक

सदासर्वदा परमेश्वरको निजी प्रजा बन्नलाई इस्राएललाई छुटकारा दिइएको थियो (१ इतिहास १७:२१-२२)!

 

सदासर्वदा परमेश्वरको निजी सम्पत्ति बन्नलाई विश्वासीलाई छुटकारा दिइएको हो (१ कोरिन्थी ६:२०; तीतस २:१४; प्रकाश ५:९; हिब्रू ९:१२)!

उद्घारको व्यक्तिगत तथा व्यावहारिक पक्ष

१) म अब प्रभु येशू ख्रीष्टको हुँ! १ कोरिन्थी ६:२० बाट म थाह पाउँछु, ममाथि ख्रीष्टको पूर्ण स्वामित्व छ किनकि उहाँले मलाई ____________________! यसकारण, मेरो पैसा कसको हो? ________________। मेरा सम्पत्ति (घर, सवारी साधन, लुगाफाटा, आदि) कसका हुन्? ____________________। मेरो शरीर कसको हो? ______________________। मेरो समय कसको हो? ______________________।

२) १ कोरिन्थी ६:२० पढ्नुहोस्। दाम तिरेर किनिएको हुनाले (१ पत्रुस १:१८-१९) अनि ख्रीष्टले मलाई आफ्नै निम्ति छुटकारा दिनुभएकोले, मेरो सर्वोपरि कर्तब्य के हो? _______________________________________________________________________ _________________________________________________________।

३) छुटकारा पाएको हुनाले म अब प्रभु येशू ख्रीष्टको प्रेमको दास हुँ! यहूदा १ पढ्नुहोस्। यहूदाले आफूलाई ________ ____________ __________ भनी परिचय दिन्छन् (हेर्नुहोस् फिलेमोन १:१; तीतस १:१ याकूब १:१ र २ पत्रुस १:१)। छुटकाराद्वारा तपाईं स्वतन्त्र पारिनुभयो साथै तपाईं एक दास पनि बन्नुभयो!! यो दासत्व उदेकको छ!! म रगतद्वारा किनिएÕ अनि अब प्रेमले बाँधिएको छु! कोही पनि पूर्ण रूपमा स्वतन्त्र हुँदैन। एक व्यक्ति या त पापको दास हुन्छ या त ख्रीष्टको! तपाईं कुन खाले दास बन्न चाहनुहुन्छ? ______________________________। एफेसी ६:५ र कलस्सी ३:२२ अनुसार, आफ्नो मालिकप्रति दासको प्रमुख दायित्व के हो? ____________________________________________ (तुलना गर्नुहोस् १ पत्रुस २:१८)। तपाईंको मालिक र प्रभु को हुनुहुन्छ? __________________________। तब उहाँप्रति तपाईंको जिम्मेवारी के हो? ________________________________________________।

४) रोमी ६:२२ पढ्नुहोस्। छुटकारा पाएकोले म __________बाट ________________ छु। मुक्ति पाएकै क्षणमा हाम्रो जीवनमाथि रहेको पापको शक्तिबाट हामी स्वतन्त्र पारियौं। अबदेखि उसो हामी पापका दास हुनुपर्दैन। हामी अब ख्रीष्टको सेवा गर्न र पवित्र जीवन बिताउन स्वतन्त्र भएका छौं! यसको मतलब के एक ख्रीष्टियन पापरहित भएको छ भन्नु हो (१ यूहन्ना १:८-१०)? ________________। उदाहरणको लागि यसरी सोचौं: मुक्ति पाउन अघि हामी सबै पापको कैदखानाभित्र थियौं। उम्किने कुनै उपाय थिएन। कैदखानाका ढोकाहरू बन्द थिए। हामी निरन्तर पापमा जीवन बिताइरहन्थ्यो। परमेश्वरलाई हामीले खुशी पार्न असम्भव थियो (रोमी ८:७-८ र हिब्रू ११:६)। मुक्ति पाएकै क्षणमा कैदखानाका ढोकाहरू खुले। हामी स्वतन्त्र पारियौं! आनन्दका साथ हामी कैदखानाका ढोकाहरू भई स्वतन्त्रतामा निस्की आयौं। ख्रीष्टलाई मनपर्दो जीवन बिताउन, ____________________का निम्ति आफ्ना फल फलाउन अब हामी सक्ने भयौं, अनि अन्तचाहिँ अनन्त जीवन हो (रोमी ६:२२)। तरैपनि, कैदखानाका ढोकाहरू खुल्लै रहन्छन् अनि हामी फेरि त्यहीँ फर्केर जान सम्भव पनि छ! तर फेरि बन्धनमै फर्केर जानु कत्रो मूर्खता हो, जब कि हामीलाई स्वतन्त्र पार्न ख्रीष्टले त्यत्रो महान् कार्य गर्नुभयो! तैपनि, जब आफ्ना अंगहरूलाई ______________का हतियारहरूका रूपमा ____________को वशमा सुम्पन्छौं (रोमी ६:१३), तब आफूलाई हामी कैदखानाभित्र पाउँछौं! ढोकाहरू अझै खुल्ला छन्, तापनि पापको बन्धनमै बस्न हामीले रोजेका हौं। तरैपनि, चाँडै नै हामी आफ्ना पापहरू ____________________ गर्न सिक्छौं (१ यूहन्ना १:९) अनि फेरि कैदखानाका ढोकाहरू भएर स्वतन्त्रतामा निस्कन्छौं। पाको विश्वासी त्यो हो जसले धेरैजसो समय कैदखानाबाहिर बिताउँछ! एकदिन प्रभु येशू फेरि आउनुहुनेछ अनि तब हाम्रो छुटकारा पूर्ण हुनेछ। तब कैदखानाका ढोकाहरू कहिल्यै नखुल्ने गरी बन्द गरिनेछन्। हामी कैदखानाको बाहिर हुनछौं र हामी त्यस भित्र पस्न असम्भव हुनेछ। हाम्रो जीवन पापको शक्तिदेखि मात्र नभई पापको उपस्थितिदेखि नै स्वतन्त्र हुनेछ। जब हाम्रो छुटकारा पूर्ण हुन्छ, तब हामी साँच्चै पापरहित हुनेछौं र हामीले पाप गर्न असम्भव हुनेछ! त्यो अन्तिम अनि पूर्ण छुटकाराको बारेमा बताउने केही पदहरू यहाँ छन्: लूका २१:२८; एफेसी १:१४ र ४:३०; रोमी ८:२३।

चार्ल्स वेस्लीद्वारा लिखित यस भजनले ख्रीष्टमा भएको छुटकाराको राम्रो चित्रण दिन्छः

“आत्मा मेरो सधैं कैदी थियो
पापको दह्रो साङ्लो र अँध्यारोमा;
जीवन दिने तिम्रो आवाजले
म ब्यूँझें तुरून्त उज्यालोमा;
साङ्लो छिन्यो छुटकारा पायो यस प्राणले!
र म उठें अघि बढें तिम्रो पछि लागें!
उदेकको प्रेम! कसरी हो
तपाईं परमेश्वर क्रूसमा मर्नुभो!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email