मुक्तिका उपलब्धिहरू – भाग ३क

मुक्तिका उपलब्धिहरू – भाग ३ (क)

४) म पवित्र पारिएँ (Sanctification) – १ कोरिन्थी १:२; १:३०

अब हामी बाइबलीय पवित्रीकरण (अलगपनता) बुझ्नलाई छओटा तथ्यहरूको अध्ययन गर्नेछौं:

तथ्य १ — पवित्रीकरण (अलगपनता) को आधार परमेश्वरकै स्वभाव हो

यशैया ६:३ मा सराफहरूले परमेश्वर कस्तो हुनुहुन्छ भनी बयान गर्न एउटा शब्द तीन पटक प्रयोग गरे। त्यो शब्द कुन हो? __________________। प्रकाश ४:८ मा पनि यस्तै बयान पाइन्छ? ______। “पवित्र” को अर्थ हो, “अलग गरिएको, छुट्टयाइएको, अलग्गै”। त्यसैले यशैया ६:३ लाई यसरी अनुवाद गर्न सक्छौं: “परमप्रभु, अलग्गै, अलग्गै, अलग्गै हुनुहुन्छ।” परमेश्वर कुन हिसाबमा अलग्गै हुनुहुन्छ? यस प्रश्नको उत्तर हामी दुई तरिकाले दिन सक्छौं:

१) परमेश्वर संसार र सृष्टि गरिएका सबै थोकदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ।

के परमेश्वर स्वयंको सृष्टि कहिल्यै भएको थियो (तुलना गर्नुहोस् यूहन्ना १:१)? ____________। के परमप्रभुको कहिल्यै शुरूआत भएको थियो (भजनसंग्रह ९०:२)? ______________। यदि एक्कासि सारा सृष्टि अलप भए के परमेश्वर अझै परमेश्वर नै भइरहनुहुन्छ (मलाकी ३:६)? ____________________। यशैया ५७:१५ मा परमप्रभुको बयान यसरी गरिएको छ — “________________ जीवित हुनुहुने, ____________ र ____________ जसको नाउँ ______________ हो।” यशैया ६:१ मा हामी सिक्छौं, यशैयाले परमप्रभुलाई ____________ र ____________ सिंहासनमा विराजमान हुनुभएको देखे। सृष्टिकर्ता उच्च हुनुहुन्छ कि सृष्टि गरिएका थोकहरू? __________________। रोमी १:१९-२५ पढ्नुहोस्। मानिसले कसको उपासना र सेवा गर्नुपर्छ, सृष्टिकर्ताको कि सृष्टिको? __________________। प्रस्थान २०:३-५ पढ्नुहोस्। हामीले आकाश, पृथ्वी वा समुद्रमा भएको कुनै थोकलाई मूर्तिको रूपमा खोपेर परमेश्वरको पक्का प्रतिरुप उतार्न के सम्भव छ होला? __________। त्यसो भए परमेश्वर सृष्टि गरिएका सबै थोकबाट पूर्ण रूपमा भिन्न र अलग हुनुहुन्छ भन्ने कुरा सत्य हो? __________।

२) परमेश्वर सबै अशुद्घ कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। अर्थात् परमेश्वर सबै पापपूर्ण कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ।

जब यशैयाले परमेश्वरको पवित्रताको दर्शन देखे (यशैया ६:१-३), उनले आफ्नो विषयमा के महसुस गरे (यशैया ६:५)? ________________________________। भजनसंग्रह २४:३‍-४ अनुसार, परमेश्वरको पवित्र स्थानमा को खडा हुन सक्छ? ________________________ _____। परमेश्वरमा पापको अन्धकार कति मात्रामा छ (१ यूहन्ना १:५)? ____________________। भजनसंग्रह २२:१ र मत्ती २७:४५-४६ पढ्नुहोस्। येशूले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुहुँदा (१ पत्रुस २:२४) परमेश्वर पिताले आफ्नो प्रिय पुत्रलाई किन त्याग्नुभयो? ख्रीष्ट हाम्रा निम्ति पाप तुल्याइनुहुँदा (२ कोरिन्थी ५:२१) परमेश्वर पिताले आफूलाई आफ्नो एकमात्र जन्माइएको (अद्वित्तीय) पुत्रदेखि किन अलग गर्नुभयो? यी प्रश्नहरूको उत्तर भजनसंग्रह २२:३ मा पाइन्छः ________________________________। हामीलाई यस्तो पवित्र परमेश्वरदेखि अलग गर्ने कुरा के हो (यशैया ५९:२)? ____________________।

त्यसैले, परमेश्वरको पवित्रता भन्नाले यो बुझिन्छ, १) परमेश्वर सृष्टि गरिएका सब थोकदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ, र २) परमेश्वर सबै पापपूर्ण कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। हामी सृष्टि गरिएका सब थोकबाट अलग हुन असम्भवै छ। केवल सृष्टिकर्ता मात्रै सारा सृष्टिदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। यस अर्थमा हामी कहिल्यै पवित्र हुन सक्दैनौं। तरैपनि, परमेश्वरको अनुग्रहले एउटा विश्वासी सबै पापपूर्ण कुराहरूदेखि भने अलग हुन सक्छ। वास्तवमा, हामीलाई सबै पापपूर्ण कुराहरूदेखि अलग हुन आज्ञा नै दिइएको छ!! यो आज्ञा १ पत्रुस १:१६ मा पाइन्छः “तिमीहरू ____________ होओ।” यस पदअनुसार, हामी किन पवित्र (अलग) हुनुपर्छ? __________________________________________________। एउटा विश्वासीले उहाँको पवित्रताको देखासिकी गरेको के परमेश्वर चाहनुहुन्छ (तुलना गर्नुहोस्, एफेसी ५:१)? ________________। लेवी ११:४४-४५ अनुसार, के पुरानो नियमका विश्वासीहरूलाई पनि यो आज्ञा दिइएको थियो? __________। यसरी पवित्रीकरण (अलगपनता)को बाइबलीय शिक्षालाई अध्ययन गर्ने क्रममा हामीले स्वयम् परमेश्वरदेखि शुरू गर्नुपर्छ अनि सधैं उहाँको पवित्रता र उहाँको पवित्रीकरण (अलगपनता)को तथ्यलाई हाम्रो सामु राख्‍नुपर्छ!!!! पवित्र!!! पवित्र!!!! पवित्र!!!!!

तथ्य २ ‍‍– हरेक विश्वासी अलग गरिएको छ

परमेश्वरले हामीलाई केका निम्ति बोलाउनुभएको होइन (१ थेस्सलोनिकी ४:७)? ________________। उहाँले हामीलाई केका निम्ति बोलाउनुभएको हो? __________________। (१ थेस्सलोनिकी ४:३-४ पनि हेर्नुहोस्)। यसरी परमेश्वरले हामीलाई उहाँतर्फ अलग हुनलाई बोलाउनुभएको हो!!

रोमी १:१ अनुसार, पावल के हुनलाई बोलाइएका थिए? ______________________________। के पावल साँच्चै प्रेरित थिए (हेर्नुहोस्, २ कोरिन्थी १:१ र एफेसी १:१)? ____________। रोमी १:७ अनुसार, रोममा भएका विश्वासीहरू के हुनलाई बोलाइएका थिए? ______________। त्यसो भए, यी विश्वासीहरू साँच्चै पवित्र थिए? ____________। “पवित्र जन” को अर्थ हो, “पवित्र व्यक्ति, अलग गरिएको व्यक्ति, छुट्टयाइएको व्यक्ति”।

१ कोरिन्थी २:१५-३:४ पढ्नुहोस्। कोरिन्थका विश्वासीहरू कस्ता थिए, आत्मिक कि शारीरिक? __________________। अब छक्कलाग्दो कुरो के छ भने, १ कोरिन्थी १:२ अनुसार, यिनै विश्वासीहरू ______________ ________ हुनलाई बोलाइएका थिए!! अझ त्यहाँ यो पनि बताइएको छ, तिनीहरू “________ ________मा ______________ ________________ (अलग गरिएका, छुट्टयाइएका) __________।” १ कोरिन्थी १:३० मा हामी पाउँछौं, ख्रीष्ट येशू______ यी विश्वासीहरूले बुद्धि धार्मिकता र छुटकारा मात्र नभएर ________________ पनि पाएका थिए। १ कोरिन्थी ६:११ अनुसार कोरिन्थका यी विश्वासीहरू पहिले घिनलाग्दा पापीहरू थिए (पद ९-११) तर अब उनीहरू धोइएका थिए, ______________ पारिएका थिए, धर्मी ठहरिएका (धर्मी भनी घोषणा गरिएका) थिए! त्यसैले, उनीहरूको व्यावहारिक जीवनलाई हेदा कोरिन्थका यी विश्वासीहरू ________________ थिए, तर परमेश्वरले उनीहरूलाई ख्रीष्टमा (१ कोरिन्थी १:२) देख्‍नुभएअनुसार उनीहरू ________________ थिए।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

 ________ कोरिन्थ शहरका सबै विश्वासीहरू परमेश्वरतर्फ अलग भई पवित्र जीवन बिताउँदै थिए।

________ कोरिन्थ शहरका सबै विश्वासीहरू पवित्र जन थिए।

एफेसी १:१ र फिलिप्पी १:१ मा एफेसस र फिलिप्पीमा भएका विश्वासीहरूलाई ______________ __________ भनिएको छ। यदि पावलले तपाईंको मण्डलीलाई पत्र लेखेका भए, त्यो पत्रको शुरू शायद यसरी हुनेथ्यो: “____________________________मा भएका ____________ ________________ (पवित्र व्यक्तिहरू, अलग गरिएकाहरू) लाईः हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई ________________ र ____________।” कलस्सी १:१-२ पढेर ठीक कि बेठीक छुट्टयाउनुहोस्: एफेसस र फिलिप्पीका विश्वासीहरू लाई “पवित्र जनहरू” भनी सम्बोधन गरियो तर कलस्सेका विश्वासीहरूलाई गरिएन। ____________।

हिब्रू ३:१ मा विश्वासीहरूलाई कुन शब्दहरूले बयान गरिएको छ? प_________ भा______________। कलस्सी ३:१२ अनुसार हरेक विश्वासीको बारेमा तीन कुराहरू सत्य छन्। हरेक विश्वासी १) परमेश्वरको ________________ २) ____________ ३) ____________ हुन्छ (परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ किनकि हामी परमेश्वरको प्रियमा छौं — हेर्नुहोस्, एफेसी १:६ र मत्ती ३:१७)। १ पत्रुस २:९ मा हरेक विश्वासीको बारेमा अरु चार कुराहरू सिक्छौं। हामी विश्वासीहरू निम्नअनुसार हौं —

१) ________________ वंश

२) एउटा राजकीय __________________ को समाज (हामी हरेक विश्वासी पूजाहारी हौं अनि हामीले परमेश्वरलाई हिब्रू १३:१५-१६ मा उल्लेखित बलिदानहरू चढाउन सक्छौं)

३) एउटा ______________ जाति

४) निज प्रजा (अर्थात् उहाँकै प्रजा — हेर्नुहोस्, तीतस २:१४)।

ठीक कि बेठीकः ____________ हरेक विश्वासी पवित्र हुन्छ। ____________ हरेक विश्वासीले दिनहुँ पवित्र जीवन बिताउँछ। (तुलना गर्नुहोस्, २ कोरिन्थी ७:१; कलस्सी ३:८-९)।

हामीले पाठको शुरूमा “पवित्र” को अर्थ “अलग गरिएको, छुट्टयाइएको” हो भन्ने सिक्यौं। यसको अर्थ बुझ्नलाई एउटा उदाहरणस्वरुप बाइबललाई लिऊँ जसलाई प्रायः “पवित्र बाइबल” भनिन्छ। रोमी १:२ मा बाइबललाई “____________ __________________” भनिएको छ। हाम्रो बाइबल “पवित्र” छ भन्नुको तात्पर्य यसले कहिल्यै पाप गर्दैन भनेको होइन! एउटा पुस्तकले पाप गर्न सक्दैन, त्यो फोहोरै भएपनि! केवल मानिसहरू पाप गर्न सक्छन्! हाम्रो बाइबल पवित्र छ किनकि यो अन्य सबै पुस्तकहरूदेखि “अलग” छ! परमेश्वर-निश्वासित पुस्तक केवल बाइबल मात्रै हो (२ तिमोथी ३:१६)! यसरी बाइबल अद्वित्तीय छ र अरु हरेक पुस्तकबाट फरक छ। अब, ख्रीष्टमा भएको एक विश्वासीको निम्ति यसरी नै अर्थ लगाऔं। परमेश्वर भन्नुहुन्छ, हरेक विश्वासी पवित्र छ (हिब्रू ३:१; कलस्सी ३:१२); त्यसैले हरेक विश्वासीलाई “अलग गरिएको” छ र फरक तुल्याइएको छ। परमेश्वरले एक-एक विश्वासीलाई अलग गर्नुभएको छ! निम्नमध्ये ठीक भनाइहरूलाई मात्र गोलो चिन्ह लगाउनुहोस् (बेठीक भए चिन्ह नलगाउनुहोस्!) —

(क) हरेक विश्वासी पवित्र हुन्छ
(ख) हरेक विश्वासी अलग गरिएको छ
(ग) हरेक विश्वासी अलग हुन्
(घ) हरेक विश्वासीलाई फरक तुल्याइएको छ
(ङ) हरेक विश्वासी पवित्र जीवन बिताउँछ
(च) हरेक विश्वासी एक पवित्र जनझैं जिउँछ

तथ्य ३ — आफू अलग गरिएको हुनाले हरेक विश्वासी एक पवित्र जीवन बिताउन जिम्मेवार छ।

यसको मतलब, पवित्र जन पवित्रतामा जिउनुपर्छ! परमेश्वरतर्फ अलग गरिएका हुनाले हामीले अलग जीवन बिताउनुपर्छ।

एफेसी ४:१ मा यी शब्दहरू पाउँछौं — “यसकारण म, प्रभुको कैदी, तिमीहरूलाई बिन्ती गर्दछुः जुन बोलावटले तिमीहरू __________________ छौ, त्यसैको योग्य चालमा __________।”

ख्रीष्टमा विश्वास गर्नेहरूको बोलावट ज्यादै महान् छ! उहाँले हामीलाई बचाउनुहुँदा परमेश्वरले हामीलाई अलग गर्नुभयो र आफूकहाँ बोलाउनुभयो! १ कोरिन्थी १:९ अनुसार हामी केमा बोलाइएका छौं? __________________________। बाइबलले यस अचम्मको बोलावटलाई तीन प्रकारले बयान गरेको छ। हामी विश्वासीहरूको बोलावट उ______ (फिलिप्पी ३:१४), स्__________ (हिब्रू ३:१) र प__________ (२ तिमोथी १:९) बोलावट हो। १ थेस्सलोनिकी ४:७ अनुसार, परमेश्वरले हामीलाई केका निम्ति बोलाउनुभएको हो? __________________। के हामी आफ्नो पवित्र बोलावटको योग्य चालमा हिँड्नु परमेश्वरको इच्छा हो (एफेसी ४:१)? ______________।

एफेसी ४:१ मा “योग्य” अनुवाद गरिएको ग्रीक शब्द “जोख्‍नु” भन्ने शब्दबाट आएको हो। जोख्नलाई तराजु प्रयोग गरिन्छ जसको एकातिर ढक राखिन्छ भने अर्कोतिर जोखिने बस्तु (अन्न, फलफूल आदि)। जब तराजु बराबर हुन्छ तब जोख्नेमा ठीक मात्रा राखिएको छ भन्ने सबैलाई थाह हुन्छ! त्यसैले “योग्य” भन्ने शब्दले बराबर हुनु भन्ने अर्थ दिन्छ।

तलको चित्र अध्ययन गर्नुहोस्। के तराजुमा २ किलो ढक बराबरको नुन छ? ________। के नुनको मात्रा २ किलो ढकको “योग्य” छ? ________। तराजु बराबर हुन कति किलो नुन अझ थप्नुपर्छ अनि नुन ढकको योग्य बन्छ? ________।

एफेसी ४:१ लाई फेरि विचार गरौं। “योग्य चालमा हिँड्नु” भन्नुको अर्थ हो, हाम्रो हिँडाइ (जीवन) हाम्रो बोलावटसँग मिलेको अथवा बराबर हुनुपर्छ! हाम्रो बोलावट कस्तो बोलावट हो (२ तिमोथी १:९)? ____________। त्यसैले, हाम्रो पवित्र बोलावटलाई कस्तो खाले जीवन सुहाउँछ? ____________। यस तथ्यलाई चित्रमा हेरौं —

बराबर!

ठीक कि बेठीकः

____________ सबै विश्वासीहरू पवित्र छन्। विश्वासीले ______________ जीवन बिताउनुपर्छ।
____________ सबै विश्वासीहरू अलग गरिएका छन्। त्यसैले एक विश्वासीले ____________ जीवन बिताउनुपर्छ।

के एफेससका विश्वासीहरूलाई “पवित्र जनहरू” भनी सम्बोधन गरिएको थियो (एफेसी १:१)? ____________। के उनीहरू पवित्र जनहरू भएका हुनाले पवित्र जनहरूझैं हिँड्नुपर्थ्यो (एफेसी ५:३)? ________________। के रोममा भएका सबै विश्वासीहरू पवित्र जनहरू थिए (रोमी १:७)? ______________। के उनीहरूले पवित्र जीवन बिताएको परमेश्वरले अपेक्षा गर्नुहुन्थ्यो (रोमी १६:२)? __________________। के वृद्घ ख्रीष्टियन स्त्रीहरूले पवित्र जीवन बिताएको परमेश्वरले अपेक्षा गर्नुहुन्छ (तीतस २:३)? __________________।

ठीक कि बेठीकः ____________ म एक पवित्र जन हुँ र परमेश्वरले मलाई पवित्र बोलावटले आफूकहाँ बोलाउनुभएको हो भनी म जान्दछु। उहाँको अनुग्रहले म एक पवित्र र अलग (फरक) जीवन बिताउन चाहन्छु ताकि म, मलाई प्रेम गर्ने र मेरो निम्ति मर्नुहुने परमेश्वरको पुत्रको हुँ भनी सबैले जानून्!

ठूलो समस्या त्यसबेला आउँछ जब हामी एफेसी ४:१ लाई उल्लङ्घन गर्छौं र हाम्रो पवित्र बोलावटको योग्य चालमा हिँड्दैनौं। हामी पवित्र जनहरू हौं, तापनि हामी दिनहुँ नै पवित्र जनहरूझैं हिँड्दैनौं। यस तथ्यलाई चित्रमा हेरौं-

 

बोलावटको तुलनामा हिँडाइमा घटी!!

 
१ थेस्सलोनिकी ४:७
२ तिमोथी १:९
१ कोरिन्थी १:११-१३
१ कोरिन्थी ३:१-४
१ कोरिन्थी ५:१

माथिका दुई चित्रहरू तुलना गरेर तपाईंले बुझ्नुहुनेछ हाम्रो बोलावट कहिल्यै बदलिँदैन! हामीलाई बोलाउने को हुनुहुन्छ (१ कोरिन्थी १:९)? __________________। के उहाँ कहिल्यै बदलिनुहुन्छ (मलाकी ३:६)? __________________।

१ थेस्सलोनिकी ४:३ मा कुन एउटै शब्दमा तपाईंको जीवनको निम्ति परमेश्वरको इच्छा के हो भनी व्यक्त गरिएको छ- ______________। उक्त शब्दको अर्थ के हो (पृष्ठ ३३-३४ मा हेर्न सक्नुहुन्छ)?

(क) पापरहित हुनु
(ख) धर्मी ठहरिनु
(ग) प्रभुको निम्ति अलग गरिनु, अलग हुनु
(घ) सदाको निम्ति परमेश्वरको सन्तान हुनु

उपर्युक्त सूचीका कुन तीनओटा उत्तरहरू ख्रीष्टमा भएको विश्वासीको निम्ति अहिले नै सत्य छ (क,ख,ग,घ): ______ ______ ______। कुनचाहिँ उत्तर हाम्रो उद्घारको अन्तिम चरणको दिनमा मात्र सत्य हुनेछ (एफेसी १:१४ र ४:३०)? ______। १ थेस्सलोनिकी ४:३ मा “परमेश्वरको इच्छा” भन्नाले “परमेश्वरले हरेक विश्वासीको निम्ति चाहनुहुने कुरा” बुझिन्छ। १ पत्रुस १:१५-१६ अनुसार परमेश्वर हाम्रो जीवन कस्तो भएको चाहनुहुन्छ? ______________। ठीक कि बेठीकः हामीले दिन प्रति दिन पवित्र जीवन बिताऔं भन्ने अपेक्षा परमेश्वर गर्नुहुन्न कारण हामीले त्यसो गर्नै सक्दैनौं भनी उहाँ जान्नुहुन्छ। ______________।

२ तिमोथी २:१९ अनुसार कसैले आफू ख्रीष्टियन हुँ भन्ने दाबी गर्छ भने उसले के गर्नुपर्छ? __________________________________________। कुन-कुन व्यक्तिहरू साँच्चै उहाँका हुन् भनी के प्रभु जान्नुहुन्छ? ________________। पद २१ मा हामी सिक्छौं ख्रीष्टियन एउटा आदरको भाँडो बन्नु पर्छ, “जो ______________ ________________ (अलग गरिएको), ________________को काममा आउने” हुन्छ। तपाईंको मालिक तथा स्वामी को हुनुहुन्छ?

______________________________। खाना खाने बेला कस्ता थालहरू प्रयोग गर्नुहुन्छ, सफा कि फोहोर? ______________। हामी यदि अशुद्घ र फोहोर भाङ्ग्रा छौं भने के हाम्रा मालिक तथा प्रभुको काममा आउने हुन्छौं होला? ________________। त्यसैले, २ कोरिन्थी ७:१ अनुसार, हामीले शरीर र आत्माका __________ मैलाबाट आफूलाई __________ पारौं र परमेश्वरको डरमा ________________ सिद्घ पारौं।” (शब्दार्थः “परमेश्वरको डर मान्नु” = उहाँलाई मन नपर्ने कुनै पनि काम गर्न डराउनु! (पृष्ठ ९ मा हेर्नुहोस्)। अनि हामी हाम्रा अ!हरूलाई दासका रूपमा ________________का निम्ति धार्मिकता (सही हिँडाइ, सही सोचाइ, सही बोली, सही गराइ) को वशमा सुम्पन सक्छौं (रोमी ६:१९) र ________________का निम्ति आफ्ना फल फलाउन सक्छौं (रोमी ६:२२)। साथै हामी यी दुई कुराको पछि लाग्न सक्छौं, मेलमिलाप र ________________ (हिब्रू १२:१४)। (शब्दार्थः “पछि लाग्नु” = “दगुर्दै पछयाउनु, खेद्दै पछयाउनु” -पृष्ठ २९ मा हेर्नुहोस्)। ठीक कि बेठीकः

(क) __________ प्रत्येक विश्वासीको एक पवित्र बोलावट छ।

(ख) __________ प्रत्येक विश्वासीको हिँडाइ पवित्र हुन्छ।

(ग) __________ परमेश्वरको आज्ञा छ, हाम्रो हिँडाइ हाम्रो बोलावट जत्तिकै पवित्र होस् (एफेसी ४:१)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email