मुक्तिका उपलब्धिहरू – भाग १

मुक्तिका उपलब्धिहरू – भाग १

 

१) मुक्ति पाएकै घडी म परमेश्वरको सन्तान बनाइएँ (Regeneration, Sonship) – यूहन्ना १:१२; १ यूहन्ना ३:१-२

 

१ यूहन्ना ३:१० बाट हामी सिक्छौं, मानिसहरू दुइटा समूहमा विभाजित छन्: (१) ______________का सन्तान र (२) ______________का सन्तान। १ यूहन्ना ३:१२ र उत्पत्ति ४:१-८ पढ्नुहोस्। कयिन परमेश्वरका सन्तान थिए कि शैतानका? ______________।

यूहन्ना ८ मा येशू र फरिसीहरू (यहूदी धर्मगुरूहरू) को आपसी कुराकानीको बारेमा पढ्दछौं। यी मानिसहरूले ख्रीष्टलाई के गर्न खोजे (पद ३७)? ____________________। यी मानिसहरू आफ्ना बाबु को हुन् भनी सोच्थे (पद ४१)? __________________। यदि कसैले ख्रीष्टलाई घृणा गर्दछ भने के परमेश्वर तिनका बाबु हुनुहुन्छ त (पद ४२)? ________________। तिनीहरूका बाबु वास्तवमा को हुन् भनी येशूले भन्नुभयो (पद ४४)? ________________। ख्रीष्टले बोल्नुभएका सत्य वचनहरू के ती फरिसीहरूले विश्वास गरे (पद ४५)? ________________। यदि कसैले परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने के ऊ साँच्चै परमेश्वरको सन्तान हो (पद ४७)? ____________। फरिसीहरूले परमेश्वरको वचनलाई किन सुनेनन् र विश्वास गरेनन् (४७)? ______________________________ ___________________________________। ख्रीष्टले उनीहरूलाई बताइरहनुभएको कुराहरूसित के फरिसीहरू खुशी थिए (५९)? ______________। तिनीहरूले ख्रीष्टलाई मार्न सके? ______________ (पृष्ठ १३ मा हेर्नुहोस्)।

एफेसी २:१-३ अनुसार, के हामी शारीरिक जन्मद्वारा परमेश्वरका सन्तान बनेका हौं? ____________। एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _______________________________________________________________________। तसर्थ, परमेश्वरको सन्तान बन्न तपाईं नयाँ गरी जन्मनुपर्छ (यूहन्ना १:१३ र यूहन्ना ३:१-७)। मुक्ति पाउनेबित्तिकै एक व्यक्ति परमेश्वरको परिवारको सदस्य बन्दछ। तब परमेश्वरसित उसको एक आशिषमय सम्बन्ध शुरू हुन्छ जुन सम्बन्ध त्यसभन्दा अघि छँदै थिएन। अब उसले “हे अब्बा, ______________” भन्दै पुकारा गर्न सक्छ (रोमी ८:१५-१६ र गलाती ४:६ हेर्नुहोस्)। “अब्बा” भनेको “पिता” हो र यसबाट हामीलाई एउटा सानो नानीको याद आउँछ जो आफ्नो बाबुकहाँ आउँछ र भन्छ, “बाबा”। परमेश्वरसँगको यस्तो घनिष्ट सम्बन्धमा खुशीसाथ हिँड्ने व्यक्ति को हुनुहुन्थ्यो (मर्कूस १४:३६)? ______________________।

एफेसी ६:१ र कलस्सी ३:२० अनुसार, आफ्ना बाबुआमाप्रति नानीहरूको एउटा जिम्मेवारी छ, त्यो के हो? ______________________________________। हामी परमेश्वरको सन्तान भएका हुनाले हाम्रा स्वर्गीय पिताप्रति हाम्रो एउटा जिम्मेवारी के हो? ______________________। त्यसैले हामी ________________ नानीहरूझैं हिँड्नुपर्छ (हेर्नुहोस् १ पत्रुस १:१४)।

हामी प्रिय __________________झैं परमेश्वरका __________________ गर्नेहरू हुनुपर्छ भनी एफेसी ५:१ मा सिक्छौं। नानीहरू प्रायः आफ्ना बाबुआमाको नमुनालाई पछयाउँछन्। तिनीहरू आफ्ना बाबुआमा जस्तै देखिन्छन्। तिनीहरू प्रायः आफ्ना बाबुआमाले जस्तै व्यवहार गर्छन् र धेरै हिसाबले उनीहरूकै देखासिकी गर्छन्। हामी ख्रीष्टमा विश्वास गर्नेहरूले हाम्रो स्वर्गीय पिताको देखासिकी गर्नुपर्छ। यसको मतलव हामी उहाँजस्तै बन्नुपर्छः

 

१) १ पत्रुस १:१५-१६ — उहाँ जसरी पवित्र हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

२) लूका ६:३६ — उहाँ जसरी कृपालु हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

३) मत्ती ५:४८ — उहाँ जसरी सिद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

४) एफेसी ४:३२ — उहाँ जसरी क्षमाशील हुनुहुन्छ, उसरी नै हामी पनि _______________ हुनुपर्छ।

५) १ यूहन्ना ३:३ — उहाँ जसरी शुद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

 

१ पत्रुस २:२ र २ पत्रुस ३:१८ पढ्नुहोस्। परमेश्वर आफ्ना नानीहरूले के गरिरहेको चाहनुहुन्छ? ____ _____।

२) मुक्ति पाएकै घडी म धर्मी ठहराइएँ (Justification) – रोमी ३:२४; १ कोरिन्थी ६:११

परमेश्वरको नजरमा कतिजना मानिसहरू धर्मी छन् (रोमी ३:१०)? __________________। को मात्र धर्मी हुनुहुन्छ (१ यूहन्ना २:१ र १ पत्रुस ३:१८)? ________________________। यसको आधारमा यशैया ५३:११ मा उल्लेखित परमेश्वरको धर्मी दास को हुनुहुन्छ त? ________________________। अधर्मी मानिसहरूका लागि कसले कष्ट भोग्नुभयो (यशैया ५३:११ र १ पत्रुस ३:१८)? ______________________।

१ कोरिन्थी ६:९-११ पढ्नुहोस्। मुक्ति पाउन अघि कोरिन्थका कतिपय विश्वासीहरू कसरी जिउँथे भनेर बयान गर्ने दुइटा पद यस खण्डमा भेट्टाउनुहोस्: ________________। तिनीहरूले मुक्ति पाएकै क्षणमा परमेश्वरले उनीहरूका निम्ति गरिदिनुभएको कुराको बयान कुन पदले गर्छ? ____________। तिनीहरू धोइएका र पवित्र पारिएका मात्र थिएनन्, तर तिनीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरको आत्माद्वारा ________________________ थिए। कसैलाई “धर्मी ठहराउनु” भनेको उसलाई “दोषरहित अर्थात् धर्मी ठान्नु, मानिलिनु वा घोषणा गर्नु” हो। रोमी ४:५ अनुसार कस्ता खालका मानिसहरूलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुन्छ? ______________। के परमेश्वरले महसूल उठाउने एक दुष्टलाई धर्मी ठहराउन सक्नुहुन्छ (लूका १८:१३-१४)? ________________। के परमेश्वरले अधर्मी मानिसहरूलाई धर्मी ठहराउन सक्नुहुन्छ (१ कोरिन्थी ६:९-११)? ________________।

रोमी ५:१ मा यो सिक्छौं, हामीहरू धर्मी ठहरिएका विश्वासीहरू भएको हुनाले ________________सित हाम्रो __________________ भएको छ। यसको मतलब हामी अबदेखि उसो परमेश्वरका शत्रुहरू होइनौं! रोमी ५:१० अनुसार मुक्ति पाउन अघि हामी परमेश्वरका __________________ थियौं।

हामी आफै धर्मी छैनौं, तर प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेको हुनाले परमेश्वरले हामीलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ! हामी धर्मी छौं किनकि हामी परमेश्वरको धर्मी पुत्र भित्र छौं। १ कोरिन्थी १:३० — “तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशू______ छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि __________________, पवित्रता र छुटकारा ठहरिनुभएको छ।” परमेश्वरले हामीलाई उहाँको पुत्रमा देख्‍नुहुने हुनाले हामी धर्मी छौं! २ कोरिन्थी ५:२१ — किनकि ______________ हामी परमेश्वरका __________________ बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई (ख्रीष्टलाई) परमेश्वरले पाप तुल्याउनुभयो।” परमेश्वरले ख्रीष्टको धार्मिकतालाई विश्वास गर्ने पापीकै धार्मिकता भएझैं गन्नुहुन्छ (मान्नुहुन्छ वा ठान्नुहुन्छ)। यसरी रोमी ४:३ मा हामी पढ्छौं: “अब्राहामले परमेश्वरलाई ______________ गरे, र यो उनका निम्ति ____________________________।” पद ३ मा “यो” भन्नाले के बुझिन्छ (पद ५ हेर्नुहोस्)? ________________।

रोमी ५:९ पढ्नुहोस्। यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, के तपाईं धर्मी ठहरिन सम्भव थियो? ______________। तर ख्रीष्ट हाम्रो निम्ति मर्नुनै भएकोले (रोमी ५:६-११) परमेश्वर हामीतर्फ अनुग्रही बन्न र ख्रीष्टकै धार्मिकता हाम्रो हिसाबमा राखिदिन स्वतन्त्र हुनुहुन्छ। अबदेखि उसो हामी दोषी छैनौं, दण्डको आज्ञामुनि रहेका पापीहरूझैं छैनौं किनकि हामी अब ख्रीष्टमा छौं:

उहाँको अनुग्रहमा परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले, मैले अब कस्तो प्रकारको जीवन बिताउनुपर्दछ? तीतस २:११-१४ पढेर सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्:

 

(क) परमेश्वरले मलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ; मैले अब जस्तोसुकै जीवन बिताए पनि हुन्छ।

(ख) परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले अब म धर्मी जीवन बिताउन चाहन्छु। जीवनभर म ठीक प्रकारले हिँड्न, व्यवहार गर्न, सोच्न र बोल्न चाहन्छु!

(ग) म धर्मी ठहरिएको हुनाले अब मैले मुक्ति पाउनुअघिको जस्तै जीवन बिताउनुपर्छ।

 

जोडा मिलाउनुहोस्:

  1. ____ शारीरिक मान्छेको भनाइ यस्तै हुन्छ (१ कोरिन्थी २:१४ सित तुलना गर्नुहोस्)।

     

  2. ____ मुक्ति पाएको मानिसको भनाइ यस्तो हुन्छ।
 

क) “मेरो खातिर ख्रीष्टले भोग्नुभएको क्रूसको मृत्युलाई म कहिल्यै बिर्सनेछैन। मलाई उद्धार गर्नुहुने परमेश्वरलाई खुशी पार्न म सधैंभरि धर्मी जीवन बिताउन चाहन्छु।”

ख) “परमेश्वरले उसको सबै पापहरू क्षमा गर्नुभएको हुनाले र उसलाई ख्रीष्टले धर्मी ठहराउनुभएको हुनाले एउटा विश्वासी जसरी जीवन बिताए पनि फरक पर्दैन।”

१ यूहन्ना २:२९ ले भन्छ, “उहाँ (ख्रीष्ट) धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने (१ यूहन्ना २:१ मा हेर्नुहोस्) हरेक जसले ________________ काम गर्दछ, ऊ पनि उहाँबाट जन्मेको हो भनी तिमीहरू जान।” त्यसैले साँच्चै नयाँ-जन्म पाएको व्यक्तिले कस्तो जीवन बिताउँछ, धार्मिकताको कि अधर्मको? ________________। १ यूहन्ना ३:७ ले भन्छ, “हे साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्; जसले ________________ काम गर्दछ, ऊ ________ हो (अर्थात्, ऊ साँच्चै धर्मी ठहरिएको व्यक्ति हो), जसरी उहाँ (येशू) पनि धर्मी हुनुहुन्छ (विश्वासीलाई परमेश्वरले आफ्नो पुत्र येशू जत्तिकै धर्मी देख्‍नुहुन्छ!)।” के धार्मिकताको काम नगर्ने व्यक्ति परमेश्वरको हुनसक्छ र (हेर्नुहोस्, १ यूहन्ना ३:१०)? ____________। १ यूहन्नाका यी पदहरूअनुसार, कुनै व्यक्ति साँच्चै धर्मी ठहरिएको छ भनेर हामी कसरी जान्न सक्छौं? निम्नमध्ये एउटालाई गोलो चिन्ह लगाउनुहोस् (ठीक उत्तर एउटै मात्र छ):

(क) यो जान्नै नसकिने कुरो हो। को-को धर्मी ठहरिएका छन् भनेर जान्ने केवल परमेश्वर मात्र हुनुहुन्छ। कुनै व्यक्तिले मुक्ति पाएको छ कि छैन भनी हामीले न्याय गर्ने प्रयास गर्नुहुन्न।

(ख) मैले मुक्ति पाएको छु भनी कसैले बताउँछ भने, उसले सत्यनै बताएको हुनुपर्छ (यो धारणा ठीक हो कि होइन सो पत्ता लगाउन १ यूहन्ना २:४,९ मा हेर्नुहोस्)।

(ग) कुनै व्यक्ति धर्मी जीवन बिताउँछ र दिन प्रति दिन परमेश्वरको वचन पालन गर्छ भने, ऊ एउटा धर्मी ठहरिएको व्यक्ति हो भनी प्रायः निश्चय गर्न सकिन्छ।

१ यूहन्ना २:२९ र ३:७,१० लाई फेरि पढ्नुहोस्। के तपाईं एक धर्मी जीवन बिताउन चाहनुहुन्छ र परमेश्वरको वचन पालन गर्न चाहनुहुन्छ? चाहनुहुन्न भने, तपाईंले सम्भवतः मुक्ति पाउनुभएको छैन। धोकामा नपर्नुहोस्! धर्मी मानिस उसको धर्मी जीवनबाटै चिनिन्छ!

रोमी ६:१३ मा विश्वासीलाई उनका शरीरका अंगहरूलाई ________________का हतियारहरूका रूपमा परमेश्वरको वशमा सुम्पन आज्ञा दिइएको छ। त्यसो हो भने हाम्रा हातका प्रयोगबारे हामी होशियार हुनुपर्छ? __________। हातमा चुरोट लिनु के धार्मिकताको कार्य हो? ____________। हाम्रो जिब्रो कसरी प्रयोग गर्छौं, के यसमा होशियार हुनुपर्छ (एफेसी ४:२९)? __________। हाम्रा आँखाले कस्ता कुराहरू हेर्छन्, के यसमा होशियार हुनुपर्छ (खराब पुस्तकहरू, अश्लिल पत्रपत्रिकाहरू, टेलिभिजन, फिलिमहरू आदि)? ____________। रोमी ६:१६-१८ पढ्नुहोस्। विगतमा हामी __________का दास थियौं (पद १७), तर जब हामी परमेश्वरको वचन पालन गर्छौं तब हामी __________________का दास बन्छौं (पद १८)। तपाईं कुन रोज्नुहुन्छ, पापको दास बन्न कि धार्मिकताको? ____________________________________।

१ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा तिमोथीलाई पावलले र्सवप्रथम कुन कुराको पछि लाग्न आज्ञा दिन्छन्? __________________। (शब्दार्थ: “पछि लाग” भनी अनुवाद गरिएको शब्द ग्रीक भाषामा = “दगुर्दै पछयाउनु, शिकारीले शिकारलाई खेदेझैं कुनै कुरालाई पछयाउनु, अथवा पुरस्कार पाउन आफ्नो निशानातिर दगुर्ने खेलाडीझैं दगुर्नु (फिलिप्पी ३:१४ मा हेर्नुहोस्। के तपाईं १ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा उल्लेख भएका सद्गुणहरूलाई उत्साही बनेर दिलोज्यानले पछयाउँदै हुनुहुन्छ?) १ पत्रुस २:२४ पढ्नुहोस्। क्रूसमा ख्रीष्टले हाम्रा निम्ति जे गरिदिनुभयो, सो जानेर हामी विश्वासीहरूले आफ्नो जीवन कसरी बिताउनुपर्छ? _______________________________________ _______________________________।

२ तिमोथी ३:१६ पढ्नुहोस्। ख्रीष्टलाई मनपर्दो धर्मी जीवन बिताउन शिक्षा दिने अर्तिहरू कहाँ पाउन सकिन्छ? __________________________। मत्ती ५:१०-१२ र १ पत्रुस ३:१४ पढ्नुहोस्। धर्मी जीवन बिताउने क्रममा, हामीप्रति अरुहरूको व्यवहार कस्तो हुन्छ भनी हामी प्रतिक्षा गर्न सक्छौं? _______________________। यूहन्ना १५:१८ पढ्नुहोस्। धर्मी ख्रीष्ट संसारमा आउनुहुँदा के संसारले उहाँलाई प्रेम गर्‍यो? ______________। यूहन्ना १५:१९-२१ पढ्नुहोस्। हामी ख्रीष्टका हौं भने के संसारले हामीलाई पनि उहाँलाई जस्तै व्यवहार गर्छ होला? ______________। १ यूहन्ना ३:१३ अनुसार विश्वास नगर्ने संसारले हामीलाई प्रेम गर्दैन भने, के हामीले यसमा आर्श्चर्य मान्नुपर्छ? ________________।

प्रश्‍नः धर्मी ठहरिनु भनेको के हो? _____________________ ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email