साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ
तेह्रओटा कारणहरू – भाग २
६. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ सदाका निम्ति परमेश्वरको सन्तान भइसकेको छ।
यूहन्ना १:१२ ले बताउँछ, तपाईंले प्रभु येशूलाई ग्रहण गरेकै क्षणमा अर्थात् उहाँको नाममा विश्वास गर्नुभएकै क्षणमा तपाईं परमेश्वरको ____________ बन्नुभयो। हेर त, ________ले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ ( हामी ________________का ____________ कहलिँदछौं” (१ यूहन्ना ३:१)। “प्रियहरूहो, अहिले ता हामी ________________का ______________ हौं (१ यूहन्ना ३:२)। १ यूहन्ना ३:१० अनुसार संसारमा मानिसहरू कुन दुई समूहमा विभाजित छन्? १) ______________________________________ २) ________________________________________। साँच्चै मुक्ति पाएको व्यक्ति कुन समूहमा पर्छ? ____________________________________। तसर्थ, कुनै व्यक्ति “अ-मुक्त” हुन परमेश्वरले उसलाई यसरी भन्नुपर्ने हुन्छः “म तिमीलाई अब मेरो सन्तान भन्दिनँ। अबदेखि उसो तिमी मेरो सन्तान होइनौ र मेरो परिवारका होइनौ।” के स्वर्गमा बस्नुहुने हाम्रो पिताले आफ्नाहरूलाई यसो भन्नुहुनेछ? __________________।
संसारको कुनै बाबुको बिचार गरौं। हर्ष बहादुरको कान्छा नाम गरेको ९ वर्षको छोरा छ। एक दिन कान्छाले चकचक गर्दागर्दै बाबुको नयाँ रेडियो बिगार्छ। कान्छालाई अनुमतिबिना त्यो रेडियो छुन पनि मनाही गरिएको थियो। कान्छाको अनाज्ञाकारिताप्रति हर्ष बहादुरले कस्तो प्रतिकृया देखाउँछ होला? तलका ठीक-ठीक उत्तरहरूमा गोलो चिन्ह लगाउनुहोस्:
(क) ऊ ज्यादै बेखुशी बन्नेछ।
(ख) उसले आफ्नो छोरालाई प्रेम गर्न छाड्नेछ।
(ग) छोराको काम देखेर ऊ दुःखित र शोकित बन्नेछ।
(घ) उसले कान्छालाई परिवारबाट निष्कासन गर्नेछ।
(ङ) कान्छाले आफ्नो गल्ती स्वीकार गरोस् भन्ने उसले चाहनेछ (दाँज्नुहोस्, १ यूहन्ना १:९)।
(च) उसले कान्छालाई “तँ फर्केर नआइज” भन्दै उसलाई घरबाट निकालिदिनेछ (दाँज्नुहोस्, यूहन्ना ६:३७)।
(छ) उसले आफ्नो अनाज्ञाकारी छोरालाई ताडना दिनेछ, अनुशासन गर्नेछ, सुधार्नेछ, अथवा छडी लगाउनेछ (हितोपदेश १३:२४; २२:१५)।
ध्यानपूर्वक मत्ती ७:९-११ पढ्नुहोस्। पृथ्वीमा हुने एउटा “दुष्ट” बाबुले भन्दा स्वर्गमा बस्नुहुने हाम्रो पिताले आफ्ना नानीहरूप्रति “झन् बढ्ता गरी” न्यायोचित र प्रेमिलो व्यवहार गर्नुहुन्न होला र? ________________। पृथ्वीमा हुने एउटा बाबुले आफ्नो छोरालाई खानको निम्ति गोमन साँप देला? ______________। उसले आफ्नो छोरालाई ढुङ्गा खान देला? ________________। एक मानवीय बाबुले आफ्नो छोरालाई परित्याग गर्ला? ____________। के परमेश्वरले आफ्नो छोरा वा छोरीलाई परित्याग गर्नुहोला? ______________।
हामी परमेश्वरका सन्तानहरूले प्रभुको ____________ (अनुशासन, तालिम, सुधार, “पिटाइ”) लाई तुच्छ ठान्नुहुन्न (हिब्रू १२:५)। प्रभुले कसलाई ताडना दिनुहुन्छ (हिब्रू १२:६)? ____________________________ ____________________________। ठीक कि बेठीकः __________ प्रत्येक छोराले उसको बाबुबाट ताडना पाउँछ अनि ताडना नपाउने व्यक्ति वास्तवमा उक्त बाबुको छोरा होइन (हिब्रू १२:७-८)। तसर्थ, हर्ष बहादुरले कान्छालाई ताडना दिएको तथ्यले कान्छा उसको ________ हो भन्ने प्रमाण दिन्छ। के हर्ष बहादुरले आफ्नो छिमेकिको छोरालाई ताडना दिने आँट गर्ला? ____________। उसले छिमेकिको छोरालाई ताडना नदिएको तथ्यले छिमेकिको छोरा हर्ष बहादुरको ________ होइन भन्ने प्रमाण दिन्छ। प्रभुबाट ताडना पाउनु के आनन्दमय हुन्छ (हिब्रू १२:११)? ____________। तरैपनि हामीले प्रभुको ताडनालाई सहन सक्छौं (हिब्रू १२:७) किनकि त्यसले हाम्रो जीवनमा ________________को शान्तिमय __________ दिन्छ (हिब्रू १२:११)।
१ कोरिन्थी ११:३१-३२ मा दुइटा महत्त्वपूर्ण कुराहरू पाउँछौं: १) ताडना पाउनु २) दोषी ठहरिनु। परमेश्वरले आफ्ना छोराछोरीहरूसँग यी दुईमध्ये कुन तरिकाले व्यवहार गर्नुहुन्छ (तिनीहरूलाई ताडना दिएर कि दोषी ठहराएर? ______________________________। परमेश्वरले संसारसित यी दुईमध्ये कुन तरिकाले व्यवहार गर्नुहुन्छ? ______________________________। ठीक कि बेठीक छुट्टयाउनुहोस् —
____________ परमेश्वरका सन्तानहरूले प्रभुबाट ताडना पाउँछन्।
____________ परमेश्वरका सन्तानहरू प्रभुद्वारा दोषी ठहरिन्छन्।
____________ मुक्ति नपाएकाहरू (संसार) ले प्रभुबाट ताडना पाउँछन्।
____________ मुक्ति नपाएकाहरू (संसार) प्रभुद्वारा दोषी ठहरिन्छन्।
____________ विश्वासी जन दण्डबाट मुक्त हुन्छन् (रोमी ८:१)।
____________ परमेश्वर सबै मानिसहरूका पिता हुनुहुन्छ (दाँज्नुहोस्, यूहन्ना ८:४४)।
ठीक कि बेठीक छुट्टयाउनुहोस् —
____________ परमेश्वरले आफ्ना सन्तानलाई ताडना दिनुहुन्छ तर तिनीहरूलाई कहिल्यै परित्याग गर्नुहुन्न।
____________ परमेश्वरको परिवारको सदस्य हुन पाएकोमा म प्रभुलाई धन्यवाद चढाउँछु (यूहन्ना १:१२; एफेसी २:१९) अनि म जान्दछु कि उहाँले मलाई कहिल्यै अफाल्नुहुनेछैन (यूहन्ना ६:३७)।
____________ परमेश्वरले मलाई कहिल्यै परित्याग गर्नुहुनेछैन, त्यसैले म एक अनाज्ञाकारी सन्तान भई जीवन बिताउन सक्छु (१ पत्रुस १:१४)।
____________ म परमेश्वरको सन्तान हुँ, त्यसैले म मेरा स्वर्गीय पितालाई कहिल्यै बेखुशी तुल्याउन वा अनादर गर्न (मलाकी १:६) वा शोकित पार्न चाहन्नँ।
____________ आफ्नो छोरा वा छोरीलाई छडी लगाउने र यत्नपूर्वक अनुशासन गर्ने बाबु वा आमाले आफ्नो छोरा वा छोरीप्रति घृणा देखाउने काम गरिरहेको हुन्छ (हितोपदेश १३:२४)।
____________ उहाँले घृणा गर्नुहुने व्यक्तिहरूलाई परमेश्वर ताडना दिनुहुन्छ (प्रकाश ३:१९)।
७. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ पवित्र आत्माद्वारा छाप मारिएको छ (एफेसी १:१३-१४; ४:३०)।
१ कोरिन्थी ६:१९-२० पढ्नुहोस् र यी प्रश्नहरूको जवाफ दिनुहोस्। विश्वासी जनको शरीर ____________________________________________ हो भनी पावल बयान गर्छन्। के पावल कोरिन्थका विश्वासीहरूले यो सत्यता जान्दछन् भनी निश्चित थिए? ________________। पवित्र आत्मा कहाँ हुनुहुन्छ (पद १९)? __________________। मुक्ति पाएका हुनाले अब के हामी आफैका हौं? ____________। हामी किन आफैका होइनौं (१ कोरिन्थी ६:२०)? ______________________________________________________। यत्रो दाम कसले तिर्नुभयो (१ पत्रुस १:१८-१९)? ________________________। मुक्ति सित्तैंमा मिल्छ तर यो कदापि सस्तो छैन! निम्न भनाइहरूमध्ये कुन चाहिँ बेठीक छ? गोलो चिन्ह लगाउनुहोस्:
(क) पवित्र आत्मा परमेश्वर हरेक विश्वासीभित्र वास गर्नुहुन्छ।
(ख) हरेक विश्वासी जन दाम तिरेर किनिएको हो अनि ऊ पूर्ण रूपमा प्रभुकै हो।
(ग) हरेक व्यक्ति जोसँग पवित्र आत्मा हुनुहुन्छ त्यो पूर्ण रूपमा प्रभुकै हो।
(घ) कतिपय विश्वासीहरू प्रभुकै भए तापनि तिनीहरूले पवित्र आत्मा पाइसकेका हुँदैनन्।
रोमी ८:९ ले हामीलाई सिकाउँछ, यदि कुनै मानिससँग ख्रीष्टका ____________ हुनुहुन्न भने त्यो __________________________। यसको तात्पर्य हो, कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो __________ होइन। तसर्थ, हरेक जो साँच्चै ख्रीष्टको हो त्यो व्यक्तिभित्र ______________________ वास गर्नुहुन्छ।
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
____________ आफूसँग पवित्र आत्मा हुने हरेक व्यक्ति ख्रीष्टको हो।
____________ हरेक साँचो विश्वासीसँग पवित्र आत्मा हुन्छ।
____________ एक साँचो ख्रीष्टियनभित्र पवित्र आत्मा नहुन पनि सम्भव छ।
____________ यदि एक व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने ऊ एक साँचो ख्रीष्टियन होइन।
एफेसी १:१३ बाट साँच्चै मुक्ति पाएको हरेक व्यक्तिलाई यी तीन कुराहरू भइसकेका छन् भन्ने सिक्छौं — “उहाँमा नै तिमीहरूले (१) ____________को ____________ अर्थात् तिमीहरूको मुक्तिको ______________ सुनेपछि भरोसा गर्यौ; उहाँमा नै तिमीहरूले (२) ________________ गरेपछि (३) प्रतिज्ञाको ____________ ____________ले तिमीहरू __________ ________________।” मुक्ति पाउने कार्यमा समावेश हुने यी तीन कुराहरूलाई अब हामी अध्ययन गर्नेछौं।
(१) मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला स________को व__________ अर्थात् उसको मु______को सु________________ सुन्नुपर्छ (एफेसी १:१३)। के विश्वासबिना कसैले मुक्ति पाउन सक्छ (एफेसी २:८)? ______________। परमेश्वरको वचनप्रति सही प्रकारले सकारात्मक प्रतिक्रिया देखाउनु नै विश्वास हो। यदि तपाईंले परमेश्वरको वचन कहिल्यै सुन्नु भएको छैन भने के तपाईंले त्यसप्रति सकारात्मक प्रतिक्रिया देखाउन सक्नुहुन्छ? ________________। प्रभु येशू ख्रीष्टको बारेमा कहिल्यै नसुनेको व्यक्तिले के उहाँमाथि विश्वास गर्न सक्छ (रोमी १०:१४)? ________________। “विश्वास ____________द्वारा आउँछ, र ____________चाहिँ __________________को ____________द्वारा” (रोमी १०:१७)। तसर्थ, मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला परमेश्वरको व__________ सु________________।
(२) धेरै मानिसहरूले परमेश्वरको वचन सुन्छन्, तर दुःखको कुरा, तिनीहरूले कहिल्यै मुक्ति पाउँदैनन्। एक व्यक्तिले परमेश्वरको वचन सु________ मात्र होइन, तर उसले प्रभु येशू ख्रीष्टमाथि वि____________ गरेर परमेश्वरको वचनप्रति सही प्रतिक्रिया पनि देखाउनुपर्छ (एफेसी १:१३ प्रेरित १६:३१)। पुरूष, महिला, बाल-बालिका सबै नै एउटै तरिकामा बचाइन्छन् — तिनीहरू वि____________द्वारा बचाइन्छन् (एफेसी २:८), ______________बाट होइन (एफेसी २:९)।
(३) जब एक व्यक्तिले सुसमाचार सुन्छ र केवल ख्रीष्टलाई नै आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा विश्वास गरी सुसमाचारप्रति आफ्नो प्रतिक्रिया देखाउँछ, तब परमेश्वरले उसमा एउटा अचम्मको कार्य गर्नुहुन्छ! ऊ प्रतिज्ञाको ____________ ____________ले छा______ मारिन्छ (एफेसी १:१३)। २ कोरिन्थी १:२१-२२ अनुसार, हामीलाई छाप लगाउनुहुने को हुनुहुन्छ? ______________________। एफेसी १:१३ अनुसार हामी केले अर्थात् कोद्वारा छाप मारियौं? ________________________________। तसर्थ, छाप लगाउने व्यक्ति पिता परमेश्वर हुनुहुन्छ र छापचाहिँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ! यो छाप कहाँ लगाइएको छ (२ कोरिन्थी १:२२)? ________________________________। परमेश्वरले हामीलाई आफ्नो पवित्र आत्माले छाप लगाउनुभएको छ अनि यो छापचाहिँ स्वामित्वको चिन्ह हो!
थुप्रै-थुप्रै भेडा-बाख्राका बथानहरू एउटै चरनमा लगिन्छ भने एउटा गोठालोले आफ्ना भेडाहरूलाई अर्को गोठालोका भेडाहरूबाट चिन्न सक्नका लागि आफ्नो प्रत्येक भेडामा उसको स्वामित्वको चिन्ह लगाउनु पर्ने हुन्छ। बलेले आफ्नो भेडाहरूको जिउमा “ब” आकारको छाप लगाएको छ। कमलले चाहिँ आफ्ना भेडाहरूको जिउमा “क” आकारको छाप लगाएको छ। जाँदै गर्नुहुँदा तपाईंले “ब” आकारको छाप लगाइएको बाटो बिराएको एउटा भेडालाई भेट्टाउनुभयो भने, त्यो भेडा कसको रहेछ भनी जान्नु हुनेथ्यो? ____________। अलि पर पुग्दा तपाईंले ________ आकारको छाप लगाइएको एक्लो भेडा भेट्टाउनुभयो भने, त्यो भेडा कमलको रहेछ भनी जान्नु हुनेथ्यो। “क” आकारको छाप लगाइएको प्रत्येक भेडा ______________कै हुनुपर्छ। यदि तपाईं “क” आकारको छाप लगाइएको भेडा हुनुभएको भए, तपाईंले गर्वसाथ भन्न सक्नुहुन्थ्यो, “म कमलको भेडा हुँ। उहाँले मलाई आफ्नो स्वामित्वको व्यक्तिगत चिन्हले छाप मार्नुभएको छ! “
ख्रीष्टको विश्वासी जन केको छापले छाप मारिएको छ (एफेसी १:१३)?________________________। विश्वासी जनलाई कसले छाप मार्नुभएको हो (२ कोरिन्थी १:२१-२२)? ______________________। तसर्थ, विश्वासी जनले भन्न सक्छ, “म जान्दछु म ______________________ हुँ किनकि उहाँले मलाई आफ्नो पवित्र ______________ले ________ मार्नुभएको छ।” २ तिमोथी २:१९ मा हामी पढ्छौं, “तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ, जसमा यो ________ लागेको छः ________ले ____________ ____________हरूलाई चिन्नुहुन्छ।’” को-को साँच्चै उहाँका हुन् भनी प्रभु जान्नुहुन्छ! प्रभुले साँचो विश्वासी जनहरू को-को हुन् भनी जान्नुहुन्छ? __________________। कुन व्यक्तिहरूलाई उहाँले पवित्र आत्माद्वारा छाप लगाउनुभएको छ र कुन व्यक्तिहरूलाई लगाउनुभएको छैन भनी के प्रभु जान्नुहुन्छ? __________________। मानिसहरूलाई अवलोकन गरेर तिनीहरूमा पवित्र आत्मा स्वयंलाई नै देख्न सम्भव छ? ________। पवित्र आत्मा सादृश्य हुनुहुन्छ कि अदृश्य? ____________। तसर्थ, परमेश्वरको छाप सादृश्य हुन्छ कि अदृश्य? ____________। मुक्ति पाए पश्चात् प्रथम पटक आफूलाई ऐनामा हेर्नुहुँदा, तपाईंले आफ्नो रूपमा कुनै ठूलो भिन्नता पाउनुभयो? ____________। के तपाईंले आफूभित्र पवित्र आत्मा वास गरिरहनुभएको प्रत्यक्ष देख्नुभयो? ____________। प्रकाश १४:१ मा बयान गरिएका व्यक्तिहरूका जस्तै गरी तपाईंको निधारमा पनि परमेश्वरको नाम लेखिएको पाउनुभयो? ____________।
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
____________ विश्वासी जन पवित्र आत्माले छाप मारिएको हुन्छ, तर प्रभुले बाहेक अरु कसैले पनि यो छापलाई देख्न सक्दैन।
____________ जब एउटा पापीले मुक्ति पाउँछ तब उसको शारीरिक रूपमा आमूल परिवर्तन देखापर्छ।
____________ कुन-कुन व्यक्तिहरूका हृदयहरूमा पवित्र आत्मा हुनुहुन्छ भनी प्रभु जान्नुहुन्छ (१ शमूएल १६:७ लाई २ कोरिन्थी १:२२ सित तुलना गर्नुहोस्)।
हामी उहाँका हौं भनी प्रभु अवश्य नै जान्नुहुन्छ, तर हामी प्रभुका हौं भनी अरु मानिसहरूले कसरी जान्न सक्दछन्? यस प्रश्नको जवाफ २ तिमोथी २:१९ को आखिरी भागमा पाइन्छः “ख्रीष्टको नाम लिने हरेक जन ____________बाट अलग रहोस्।” यस पदअनुसार अरु मानिसहरूले हामी साँच्चै ख्रीष्टियनहरू हौं भनेर कसरी जान्न सक्छन्, बताउनुहोस्: __________________________________________________________ _________________________________________________। मानिसहरूले हामीभित्र पवित्र आत्मा वास गरिरहनुभएको देख्न नसकेता पनि के तिनीहरूले आत्माको फल चाहिँ देख्न सक्छन् (गलाती ५:२२-२३; एफेसी ५:९)? __________________। हामी ख्रीष्टका हौं भनी संसारले कसरी जान्न सक्छ (यूहन्ना १३:३५)? ______________________________________________________।
ठीक कि बेठीक छुट्टयाउनुहोस्:
____________ संसारले विश्वासी जनमा पवित्र आत्मा स्वयंलाई देख्न सक्छ।
____________ संसारले हाम्रो चालचलन र व्यवहार देख्न सक्छ र हाम्रो जीवनमा पवित्र आत्माले काम गरिरहनुभएको प्रमाण देख्न सक्छ।
____________ जोसँग पवित्र आत्मा साँच्चै हुनुहुन्छ त्यो व्यक्ति अधर्मबाट अलग हुन चाहनेछ। प्रभुलाई खुशी पार्नु र उहाँको आज्ञा मान्नु नै उसको इच्छा हुन्छ।
____________ सधैं नै पाप र अधर्ममा जीवन बिताइरहने व्यक्तिले ऊ प्रभुको होइन भनी प्रमाण दिइरहेको हुन्छ (दाँज्नुहोस् १ यूहन्ना २:२९; ३:१०)।
____________ कसैले आफू ख्रीष्टियन हुँ भनी दाबी गर्छ भने भने ऊ एक साँचो विश्वासी नै हो। यदि तपाईंले मुक्ति पाएको दाबी गर्नुहुन्छ भने यसको अर्थ हो तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ।
एफेसी १:१४ ले हामीलाई सिकाउँछ, पवित्र आत्माचाहिँ “किनिएको सम्पत्तिको ________________को ____________सम्म हाम्रो पैतृक-सम्पत्तिको __________ हुनहुन्छ, उहाँकै महिमाको प्रशंसाको लागि।” यो पदले विश्वासी जनको उद्घारको अन्तिम चरणलाई उल्लेख गर्दै छ (हेर्नुहोस् पृष्ठ २८-२९) जुन बेला ऊ सदाका लागि प्रभुसित हुनेछ र उसले त्यसपछि कहिल्यै पाप गर्नेछैन। ख्रीष्टले आफ्ना विश्वासी जनहरूलाई लिन आउने प्रतिज्ञा गर्नुभएको छ (हेर्नुहोस् यूहन्ना १४:२-३; रोमी ८:२३)। ख्रीष्टको प्रतिज्ञा सत्य छ र एक दिन हाम्रो उद्घार पूरा हुनेछ (फिलिप्पी १:६) भनी निश्चयता दिन परमेश्वर पिताले हामीलाई बैनास्वरुप आफ्नो पवित्र आत्मा दिनुभएको छ। परमेश्वरले “हामीमा __________ पनि ________________________ छ, र ____________को __________ हाम्रा हृदयहरूमा ____________________ छ (२ कोरिन्थी १:२२)।” परमेश्वरले “हामीलाई ____________को __________ पनि ____________________ छ” (२ कोरिन्थी ५:५)। “बैना” को अर्थ बुझ्नको निम्ति मगनीको उदाहरण लिऊँ। एउटा स्त्रीसँग मगनी गर्दा एउटा पुरूषले आफ्नो प्रेमको चिनोस्वरुप उनलाई मानौं एउटा औंठी दियो। उक्त औंठी उसले त्यही स्त्रीलाई विवाह गर्नेछ भन्ने प्रतिज्ञाको चिनो हो। एकदिन ऊ आफ्नो दुलहीलाई लिन आउँदछ अनि तब एक आशिषपूर्ण सम्बन्धको शुरूआत हुन्छ। तसर्थ, हामीसँग प________ आ________ हुनुभएको कारण ख्रीष्ट आफ्नो दुलहीलाई लिन आउनुहुनेछ (यूहन्ना १४:१-३) भन्ने कुराको निश्चयता हामीलाई छ; तब हामी प्रभुलाई आमने-सामने भेट्नेछौं (१ थेस्सलोनिकी ४:१६-१८), अहिलेको भन्दा घनिष्ट सम्बन्धको आनन्द पाउनेछौं (फिलिप्पी १:२१-२३; २ कोरिन्थी ५:८; १ यूहन्ना ३:१-३)।
ठीक कि बेठीकः
____________ हामीसँग अहिले पवित्र आत्मा हुनु नै एकदिन हाम्रो मुक्ति पूरा हुनेछ अनि हामी प्रभुसँगै हुनेछौं भन्ने कुराको प्रमाण हो। छाप लगाइएका सबै नै सदाका लागि मुक्त हुनेछन्!
____________ पाप नगरेसम्म हामी पवित्र आत्माले छाप मारिएका हुन्छौं (एफेसी ४:३०)।
____________ आफ्नो जीवनमा पापलाई ठाउँ दिएर एक विश्वासी जनले पवित्र आत्मालाई शोकित र दुःखित तुल्याउन सम्भव छ।
____________ जब एक विश्वासी जनले पाप गर्दछ तब पवित्र आत्माले उसलाई छोड्दछ र त्याग्दछ (एफेसी ४:३०; यूहन्ना १४:१६-१७)।
____________ उहाँ हामीसँगै सदाका लागि वास गर्नुभएको होस् भनी परमेश्वर पिताले हामीलाई पवित्र आत्मा दिनुभएको छ (यूहन्ना १४:१६)।
____________ एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सक्नलाई उसलाई लगाइएको पवित्र आत्माको छाप हटाइनुपर्ने हुन्छ!
____________ मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सक्न पवित्र आत्माले उसलाई छोड्नुपर्छ।
____________ एक साँचो विश्वासीलाई लगाइएको छाप हटाइनु सम्भव छ।
____________ यदि कुनै व्यक्तिले आफू ख्रीष्टियन हुँ भनी दाबी गर्छ भने उसले आफ्नो जीवनद्वारा आफू साँच्चै मुक्ति पाएको र साँच्चै छाप लगाइएको व्यक्ति हो भनी देखाउनुपर्छ (२ तिमोथी २:१९)।
८. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ ख्रीष्टको शरीरको एक अंग हो (१ कोरिन्थी १२:१३)।
एफेसी १:२२-२३ मा साँचो मण्डलीलाई उहाँको अर्थात् ख्रीष्टको श________ भनी जनाइएको छ। पावलले कोरिन्थका विश्वासीहरूलाई भनेः “अब तिमीहरू ______________ ____________” (१ कोरिन्थी १२:२७)। हामीमध्ये साँच्चै मुक्ति पाएकाहरूले (यूहन्ना ३:३-७, १४-१६) यो भन्न सक्दछौं, “हामी उहाँकै ____________का, उहाँकै ________का र उहाँकै __________________का ________ हौं” (एफेसी ५:३०)।
यस शरीरको शिर को हुनुहुन्छ (कलस्सी १:१८ मा हेर्नुहोस् र कलस्सी १:१३-१४ सित तुलना गर्नुहोस्); एफेसी १:२२-२३ पनि हेर्नुहोस्)? ______________________। आफ्नै शरीरको विचार गर्नुहोस्। तपाईंको शिरले तपाईंका हातहरूलाई निर्देशन दिन्छ कि हातहरूले शिरलाई? ________________________________। त्यसो भए मण्डलीलाई निर्देशन दिनुपर्ने कसले हो? ____________। ती निर्देशनरू हामी कहाँ पाउँदछौं (२ तिमोथी ३:१६-१७)? ________________________। मण्डलीमा सबै कुराहरूमा कसलाई पहिलो स्थान दिइनुपर्छ (कलस्सी १:१८)? ____________________________।
ख्रीष्टका कतिओटा शरीरहरू छन् (एफेसी ४:४)? ____________ (टिप्पणीः आज ख्रीष्ट एक वास्तविक, पुनरूत्थित, भौतिक शरीरमै स्वर्गमा हुनुहुन्छ भनी हामी जान्दछौं (फिलिप्पी ३:२१; तुलना गर्नुहोस्, यूहन्ना २०:२६-२७; प्रेरित १:९-११; प्रकाश १:७। तर अर्को सत्यता के हो भने विश्वासी जनहरू मिलेर बनेको ख्रीष्टको एउटा शरीरचाहिँ आज पृथ्वीमा छ जसको उद्देश्यचाहिँ स्वर्गमा हुनुहुने प्रभु येशूको पुनरूत्थित जीवनलाई प्रकट गर्नु हो(रोमी ६:४-१०; गलाती २:२०। एफेसी ४:४ मा उल्लेखित “एउटै शरीर” ले यसैलाई जनाउँछ।) मण्डलीमा कतिओटा प्रभुहरू छन् (एफेसी ४:५)? ____________। उहाँको नाम के हो (एफेसी ३:११)? ____________________। तसर्थ, मण्डलीका कतिओटा शिरहरू छन्? ____________। मत्ती १६:१८ मा ख्रीष्टले भन्नुभयो, “म ____________ मण्डली बनाउनेछु।” एफेसी १:२३ मा हामी सिक्छौं, मण्डलीचाहिँ __________को शरीर हो। “यो मेरो मण्डली हो!” भनी पास्टरले भन्दछ भने के उसले सत्य बोल्दै छ? ________। एल्डर वा डिकनहरूले के त्यसो भन्नु उचित हुन्छ? ____________। परमेश्वरको वचनलाई साँच्चै बुझ्नेहरूले यसो भन्नेछन्, “यो ______________को मण्डली हो!”
कुनै व्यक्ति साँचो मण्डलीको सदस्य कसरी बन्दछ? कुनै व्यक्ति ख्रीष्टको शरीरको सदस्य कसरी बन्दछ? यी प्रश्नहरूको जवाफ एफेसी ४:५ को “एउटै बप्तिस्मा” भन्ने वाक्यांशमा पाउँछौं। यहाँ पानीको बप्तिस्माको कुरा गरिएको होइन। एफेसी ४:३-६ ले ती कुराहरूको विषयमा बताउँदै छ जो सबै साँचो विश्वासीहरूको निम्ति सत्य छन्। तसर्थ, यहाँ उल्लेखित “एउटै बप्तिस्मा” सबै विश्वासीहरूको निम्ति साझा ठहरिने बप्तिस्मा हुनुपर्दछ। के सबै विश्वासीहरूले पानीको बप्तिस्मा पाइसकेका छन्? ____________। के तपाईंको जीवनमा त्यस्तो समय थियो जब तपाईं ख्रीष्टमा विश्वासी भइसकेर पनि पानीको बप्तिस्मा लिनुभएको थिएन? __________। तपाईंले मुक्ति पाएकै क्षणमा पानीको बप्तिस्मा पाउनुभयो कि त्यसको केही समय पछि पाउनुभयो? ________________________________। मानौं तपाईंले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो अनि पानीको बप्तिस्मा पाउनु (पानीमा डुबाइने कार्य हुनु) अघि नै एक्कासी तपाईंको हृदय-गति बन्द हुन गएर तपाईं मर्नुभयो। तैपनि तपाईं के स्वर्ग जानुहुनेथ्यो (१ यूहन्ना ५:११-१२; यूहन्ना ३:१६; प्रेरित १६:३१)? ________________। एक व्यक्तिले पानीको बप्तिस्माले मुक्ति पाउँछ कि ख्रीष्टबाट पाउँछ (प्रेरित ४:१२; यूहन्ना १४:६; साथै हेर्नुहोस् पाठ ६)? ______________। तसर्थ, एफेसी ४:५ मा उल्लेखित बप्तिस्मा पानीको बप्तिस्मा हुनसक्दैन तर त्यो बप्तिस्मा हरेक विश्वासीमा पूरा भइसकेको बप्तिस्मा हुनुपर्दछ।
पवित्र शास्त्रको अध्ययन गर्ने क्रममा एफेसी ४:५ को “एउटै बप्तिस्मा” ले “पवित्र आत्माको” बप्तिस्मा” लाई नै जनाएको हुनुपर्दछ भनी जान्दछौं। पवित्र आत्माको बप्तिस्मालाई सबभन्दा स्पष्ट गरी बयान गर्ने र परिभाषित गर्ने काम १ कोरिन्थी १२:१३ ले गरेको छ — “किनकि चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै __________द्वारा एउटै शरीरभित्र ________________ भयौं।” यस पदअनुसार कतिजना विश्वासीहरू ख्रीष्टको शरीरभित्र बप्तिस्मा भइसकेका छन्? __________। तसर्थ, यो बप्तिस्मा कुन बेला पूरा भएको हुनुपर्छ (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्)?
(क) जब म आफ्नो स्थानीय मण्डलीको सदस्य बनें।
(ख) जब मैले ख्रीष्टको आज्ञाबमोजिम पानीको बप्तिस्मा लिएँ।
(ग) जब मैले अन्य कुनै कुरामाथि भरोसा नगरी केवल ख्रीष्टलाई उहाँ मेरो व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ भनी भरोसा गरें।
१ कोरिन्थी १२:१३ को सत्यता बुझ्नलाई तलको चित्रले मदत पुर्याउन सक्छः

तल दिइएका पदहरूको अध्ययन गरी ठीक कि बेठीक जवाफ दिनुहोस्:
____________ मण्डली ख्रीष्टको शरीर हो (एफेसी १:२२-२३)।
____________ प्रत्येक विश्वासी जन ख्रीष्टको शरीरको एक अंग हो (१ कोरिन्थी १२:२७)।
____________ प्रत्येक विश्वासी जन ख्रीष्टको मण्डलीको एक सदस्य हो।
____________ पानीको बप्तिस्माचाहिँ आत्माको बप्तिस्मा बराबर हो।
____________ १ कोरिन्थी १२:१३ ले पानीको बप्तिस्माको कुरा गर्दछ।
____________ प्रेरित ८:३८ ले आत्माको बप्तिस्माको बयान गर्दछ।
____________ एफेसी ४:५ ले आत्माको बप्तिस्माको कुरा गर्दछ।
____________ प्रत्येक विश्वासी जनले पानीको बप्तिस्मा पाइसकेको छ।
____________ प्रत्येक विश्वासी जनले पानीको बप्तिस्मा लिनुपर्छ (प्रेरित १०:४८; मत्ती २८:१९?२०)।
____________ सबै विश्वासीहरूले आत्माको बप्तिस्मा पाइसके (१ कोरिन्थी १२:१३)।
____________ आत्माको बप्तिस्मा एउटा अनुभव हो जसको परिणामस्वरुप एक व्यक्तिले अन्यभाषाहरू बोल्दछ।
____________ आत्माको बप्तिस्माचाहिँ परमेश्वरको एक कार्य हो जसमा एक व्यक्ति उसले प्रभु येशू ख्रीष्टमा विश्वास गरेकै क्षण ख्रीष्टको शरीरमा डुबाइन्छ र गाभिन्छ (१ कोरिन्थी १२:१३)।
____________ पानीको बप्तिस्माले हामीलाई हाम्रा पापहरूबाट मुक्त पार्दछ (मत्ती १:२१)।
____________ यदि ख्रीष्टको मण्डलीको सदस्यताबाट उसलाई हटाइन सम्भव भएको भए, एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउनेथ्यो।
____________ यदि परमेश्वरले ख्रीष्टको शरीरदेखि उसलाई निष्कासन गर्न सम्भव भएको भए, एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउनेथ्यो।
____________ परमेश्वरले साँचो विश्वासी जनलाई ख्रीष्टको शरीरमा गाभ्नुभएको छ भनी हामी जान्दछौं (१ कोरिन्थी १२:१३) अनि ख्रीष्टले यस शरीरदेखि उसलाई कहिल्यै निष्कासन गर्नुहुनेछैन भनी हामी निश्चित हुन सक्छौं (तुलना गर्नुहोस्, यूहन्ना ६:३७)।
____________ कहिले-काहिँ ख्रीष्टले आफ्ना अनाज्ञाकारी विश्वासीहरूलाई यसरी भन्नुपर्ने हुन्छ, “तिमीहरू अबदेखि उसो मेरो शरीरका अंगहरू होइनौ! त्यसैले म तिमीहरूलाई मेरो मण्डलीबाट निष्कासन गर्दछु!”
____________ ख्रीष्टको शरीरभित्र बप्तिस्मा भइसकेको व्यक्ति त्यो शरीरदेखि निष्कासित हुनु असम्भव छ!
____________ एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ ख्रीष्टको शरीरको अंग हो!!
९. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि परमेश्वरको अनन्तसम्म रहने प्रेमदेखि उसलाई कुनै कुराले छुटाउन सक्दैन (रोमी ८:३५- ३९)।
ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला (रोमी ८:३५)? ____________________________________। सङ्कष्टले? __________। क्लेशले? __________। सतावटले? __________। अनिकालले? __________। नाङ्गो अवस्थाले? __________। खतराले? __________। तरवारले? __________।
रोमी ८:३६ अनुसार के परमेश्वरले हामीलाई एउटा सजिलो जीवनको प्रतिक्षा गर्न दिनुभएको छ? ________। २ कोरिन्थी ११:२३-२८ पढ्नुहोस्। के पावलले रोमी ८:३५ मा लेखेकै कुराहरू भोगे? __________।
सङ्कट, परीक्षा र कष्टको बीचमा पनि के एक विश्वासी जनले विजयी जीवन बिताउन सक्छ (रोमी ८:३७)? __________। के परमेश्वरको प्रेमदेखि उसलाई कुनै पनि कुराले अलग पार्न सक्दैन भन्ने कुराको निश्चयता पावललाई थियो (रोमी ८:३८-३९)? __________। पद ३८ मा पावलको निर्धक्कता जनाउने वाक्यांश कुन हो? पू______ नि__________________। के एउटा विश्वास नगर्ने व्यक्तिले रोमी ८:३८-३९ को आशिषपूर्ण प्रतिज्ञालाई आफ्नो निम्ति दाबी गर्न सक्छ (तुलना गर्नुहोस् २ थेस्सलोनिकी १:८-९)? एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन ऊ परमेश्वरको प्रेमबाट अलग पारिनुपर्छ। के यो सम्भव छ? ______।
१०. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि परमेश्वर उसको पक्षमा हुनुहुन्छ विरूद्घमा होइन (रोमी ८:३१-३४)।
यस बाइबलीय प्रश्नको जवाफ के हो: “परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला?” (रोमी ८:३१)? ______________________________। पद ३२-३४ ले परमेश्वर हाम्रो विरूद्घमा होइन तर हाम्रो पक्षमा हुनुहुन्छ भनी प्रमाणित गर्दछ। निम्न भनाइहरूलाई ती पाइने पदहरूसित जोडा मिलाउनुहोस्:
१) __________ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
२) __________परमेश्वर पिताले आफ्नै पुत्रलाई हामी सबका निम्ति सुम्पनुभयो।
३)__________ख्रीष्ट हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।
४)__________परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ।
५)__________ख्रीष्ट हाम्रा निम्ति बौरिउठ्नुभयो।
(क) रोमी ८:३२
(ख) रोमी ८:३३
(ग) रोमी ८:३४
यदि परमप्रभु हाम्रो ज्योति र हाम्रो मुक्ति हुनुहुन्छ भने, के हामी कसैदेखि डराउनुपर्ला (भजनसंग्रह २७:१)? ____________। परमप्रभु हाम्रो जीवनको किल्ला हुनुहुन्छ भने, हामी ________________ हुनुपर्दैन (भजनसंग्रह २७:१)। परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कटमा सधैं हाजिर रहने सहायता। यसकारण हामी ______________________ (भजनसंग्रह ४६:१-२)। परमप्रभु हाम्रो साथमा हुनुभएको हुनाले, हामी ______________ हुँदैनौं (भजनसंग्रह ११८:६)। हाम्रो सहायक को हुनुहुन्छ (यशैया ५०:७-९)? ________________________________। परमेश्वर हाम्रो सहायक हुनुहुन्छ भने के हामीले मानिसको डर मान्नु आवश्यक छ (हिब्रू १३:६)? ________। प्रभु हामीभित्रै हुनुहुन्छ भने के हामीले शैतानको डर मान्नु आवश्यक छ (१ यूहन्ना ४:४)? ________।
एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउनसक्न परमेश्वर नै उसको विरूद्घमा हुनु आवश्यक पर्न जान्छ। के परमेश्वर विश्वासी जनको विरूद्घमा हुनु सम्भव छ? ________।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)