साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ
तेह्रओटा कारणहरू – भाग १
के एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ? निम्न कारणहरूको आधारमा यस प्रश्नको निर्विवादा उत्तर यो हुन्छ — “सुरक्षित हुन्छ”।
१. एक साँचो विश्वासी ख्रीष्टमा सदाका लागि सुरक्षित छ किनकि परमेश्वरले मुक्ति सम्बन्धी दिनुभएका आफ्ना प्रतिज्ञाहरूलाई तोड्नु असम्भव छ।
के परमेश्वर झूट बोल्ने एक मानिस हुनुहुन्छ र (गन्ती २३:१९)? __________________। तसर्थ परमेश्वरले आफ्ना प्रतिज्ञाहरू तोड्न सक्नुहुन्न! हामीले पाठ ७ मा मुक्तिका निमित्त १५ ओटा प्रतिज्ञाहरू अध्ययन गरिसक्यौं। यूहन्ना ३:१६ मा परमेश्वरले एक साँचो विश्वासी कहिल्यै ____________ हुनेछैन भनी प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ३:१८ मा परमेश्वरले एक साँचो विश्वासी कहिल्यै ________ ठहरिनेछैन भनी प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ५:२४ अनुसार प्रत्येक विश्वासीको सम्बन्धमा तीनओटा कुराहरू साँचो हुन्छन् — ती के-के हुन्?
१. ______________________________________________________
२. ______________________________________________________
३. ______________________________________________________
यूहन्ना ६:३७ मा ख्रीष्टले उहाँकहाँ आउने व्यक्तिलाई कहिल्यै __________________ भनेर प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ११:२६ मा ख्रीष्टले साँचो विश्वासी कहिल्यै ________________ भनेर प्रतिज्ञा गर्नुहुन्छ। यो शारीरिक मृत्युको कुरा होइन जुनचाहिँ विश्वासी लगायत अविश्वासी सबैलाई आइपर्नेछ; यो मृत्यु “दोस्रो मृत्यु” अर्थात् परमेश्वरबाट अनन्तका लागि अलग हुनु हो (प्रकाश २०:१४-१५; २१:८) जसको अनुभव केवल अविश्वासीहरूले मात्रै गर्नेछन्।
ठीक कि बेठीकः
____________ यदि एउटा विश्वासीले पाप गर्यो भने ख्रीष्टले उसलाई अफाल्नुहुनेछ (यूहन्ना ६:३७)।
____________ ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा साँच्चै भरोसा गर्ने व्यक्ति कहिल्यै नष्ट हुनेछैन (यूहन्ना ३:१६)।
____________ यूहन्ना ५:२४ ले रोमी ८:१ ले सिकाएकै सत्यता सिकाउँछ। विश्वासीलाई अब दण्डको आज्ञा छैन!
____________ एउटा साँचो विश्वासीले मुक्ति गुमाउन सक्छ, ऊ नष्ट हुन सक्छ।
____________ ख्रीष्टमा साँच्चै विश्वास गर्ने व्यक्तिले आफ्नो मुक्ति गुमाउन सक्छ भने परमेश्वर झूटा ठहरिनुहुनेछ (यूहन्ना ३:१६ हेर्नुहोस्)।
____________ परमेश्वर झूटा हुनुहुन्न, तसर्थ यूहन्ना ३:१६ सत्य हो। ख्रीष्टमा विश्वास गर्ने व्यक्ति नष्ट हुनेछैन। परमेश्वरले आफ्नो वाचा दिनुभएको छ! परमेश्वरको वाचा सदा सत्य छ!
२. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ “अ-मुक्त” हुन असम्भव छ।
१ कोरिन्थी ६:११ अनुसार मुक्ति पाएका कोरिन्थीहरूको जीवनमा तीनओटा कुराहरू साँचो ठहरिसकेका थिएः
१. तिनीहरू ________________ थिए।
२. तिनीहरू __________________________ थिए।
३. तिनीहरू ______________________________ थिए।
के एउटा धोइएको व्यक्तिलाई नधोइएको बनाउन सकिन्छ? ________। के एउटा पवित्र पारिएको व्यक्तिलाई अपवित्र पार्न सकिन्छ? ________। के एउटा धर्मी ठहराइएको व्यक्तिलाई अधर्मी (दोषी) ठहराइन सकिन्छ? ________। के उद्धार गरिएकोलाई उद्घाररहित तुल्याइन सकिन्छ? ________। विश्वासीले मुक्ति गुमाउन सक्न ऊ नधोइएको र अपवित्र पारिनुपर्छ, ऊ अधर्मी ठहराइनुपर्छ, उद्घाररहित तुल्याइनुपर्छ! के यो सम्भव छ? ________। परमेश्वरले एउटा व्यक्तिमा शुरु गर्नुभएको असल कामलाई कुनचाहिँ गर्नुहुनेछ — रद्द गर्नुहुनेछ कि पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)? ____________________________।
३. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि उसलाई कसैले पनि परमेश्वरको हातबाट खोसेर लैजान सक्दैन (यूहन्ना १०:२८-३०)।
यूहन्ना अध्याय १० मा ख्रीष्टले आफूलाई असल ____________ (पद ११) अनि साँचो विश्वासीहरूलाई आफ्ना ________________ (पद २७) भनी बयान गर्नुहुन्छ। ख्रीष्टले आफ्ना भेडाहरूलाई के दिनुहुन्छ (पद २८)? ____________________________। ख्रीष्टले उहाँका भेडाहरू कहिल्यै __________ ___________________ भनी भन्नुभयो (पद २८)। (शब्दार्थ: ग्रीकमा यो भनाइ ज्यादै जोडदार छ जसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरू कहिल्यै, कदापि नष्ट हुनेछैनन्!!!” अथवा अक्षरशः “सदाका लागि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्!” यसलाई भनिन्छ — अनन्त सुरक्षा!
यूहन्ना १०:२८ अनुसार एउटा विश्वासी कसको हातमा सुरक्षित छ? ____________। के कसैले विश्वासीलाई उहाँको हातबाट खोसेर लैजान सक्छ? ____________। यूहन्ना १०:२९ अनुसार एउटा विश्वासी कसको हातमा सुरक्षित छ? ______________। के कसैले विश्वासीलाई उहाँको हातबाट खोसेर लैजान सक्छ? ______________। पद ३० मा हामी सिक्छौं, परमेश्वर पुत्र र परमेश्वर पिता ________ हुनुहुन्छ। एउटा विश्वासीले मुक्ति गुमाउन उसलाई परमेश्वरको हातको सुरक्षाबाट खोसेर लैजान सक्ने अर्थात् परमेश्वर पुत्र र परमेश्वर पिताभन्दा शक्तिशाली व्यक्ति आवश्यक पर्छ! त्यस्तो व्यक्ति कहीँ छ? ________। के हामीभित्र हुनुहुने परमेश्वर (पवित्र आत्मा) शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)? ____________________।
४. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ नहराउनु तर अनन्त जीवन पाउनु नै परमेश्वरको इच्छा हो (यूहन्ना ६:३७-४०)।
ठीक कि बेठीकः ____________ यूहन्ना ६:३५ अनुसार प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति नै उहाँकहाँ आउने व्यक्ति हो। उहाँकहाँ आउने र विश्वास गर्ने व्यक्तिलाई ख्रीष्टले कुनै रीतिले के गर्नुहुनेछैन (यूहन्ना ६:३७)? __________________________। ग्रीकमा यूहन्ना ६:३७ को भनाइ जोडदार छ, “म उसलाई कहिल्यै कदापि निष्कासन गर्नेछैन।” यूहन्ना ६:३८-३९ पढ्नुहोस् र ठीक कि बेठीक छुट्टयाउनुहोस्:
__________ ख्रीष्ट यस संसारमा आफ्नै इच्छा पूरा गर्न आउनुभयो।
__________ ख्रीष्ट यस संसारमा पिताको इच्छा पूरा गर्न आउनुभयो।
__________ ख्रीष्टले थोरै मात्र विश्वासीहरूलाई हराऊन् भन्ने पिताको इच्छा थियो।
यूहन्ना ६:४० र ६:४७ अनुसार, परमेश्वरको इच्छा यो हो, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकले __________________________ पाऊन्। तसर्थ यूहन्ना ६ अध्यायले यो सिकाउँछ, साँचो विश्वासीसित अनन्त जीवन हुन्छ, ऊ ख्रीष्टद्वारा कहिल्यै अफालिनेछैन, र उसलाई अन्तिम दिनमा बौराएर उठाइनेछ!
टिप्पणीः “म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु” (यूहन्ना ६:३९,४०,४४,५४)। यहाँ पहिलो बौरिउठाइको कुरा गरिएको हो जसमा केवल विश्वासीहरू मात्र सहभागी हुन्छन्। यो बौरिउठाइ जीवनका निम्ति हुने शारीरिक बौरिउठाइ हो (यूहन्ना ५:२९)। यस पहिलो बौरिउठाइमा केवल “धन्य र पवित्र” हरूले मात्र भाग लिनेछन् (प्रकाश २०:६)। दोस्रो बौरिउठाइ विश्वास नगर्नेहरूका निम्ति मात्र हो। मुक्ति नपाई मरेकाहरूलाई शरीरमा बौरिउठाइनेछ अनि तिनीहरूलाई ख्रीष्ट समक्ष एक ठूलो सेतो सिंहासनको सामु खडा गराइनेछ जसको बयान प्रकाश २०:११-१५ मा गरिएको छ। ती व्यक्तिहरू आगोको झीलमा पुग्नेछन्, त्यो दोस्रो मृत्यु हो (प्रकाश २०:१४-१५; २१:८)। ख्रीष्टमा विश्वास गर्नेहरू कहिल्यै दोस्रो बौरिउठाइमा सहभागी हुनेछैनन् जसलाई “दण्डको बौरिउठाइ” भनिन्छ (यूहन्ना ५:२८-२९)
के ख्रीष्टमा विश्वास गर्ने व्यक्ति अनन्तसम्म सुरक्षित छ? __________।
५. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ख्रीष्टले उसलाई कहिल्यै नछोड्ने, कहिल्यै नत्याग्ने प्रतिज्ञा दिनुभएको छ (हिब्रू १३:५)।
हिब्रू १३:५ बाट हामी सिक्छौं, हाम्रो चालचलन __________को __________________ होस्। यसको अर्थ हामी पैसाको प्रेमबाट मुक्त हुनुपर्छ। हामीले पैसालाई प्रेम गर्नुहुँदैन र हामी पैसाको पकडमा पर्नुहुन्न (१ तिमोथी ६:९-११ हेर्नुहोस्)। खतरा के छ भने, भौतिक कुराहरूको ध्याउन्नमा परी हामी प्रभुलाई बिर्सन सक्छौं। हामीले पैसालाई प्रेम गर्नुको सट्टा आफूसँग भएका कुराहरूमा स______________ रहनुपर्छ (हिब्रू १३:५)। तसर्थ, हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ (“मसँग जे छ, त्यही नै यथेष्ट छ!”)। हामी विश्वासीहरूसँग के छ? के हो हाम्रो सम्पत्ति? मानिससँग हुन सक्ने सबभन्दा अनमोल सम्पत्ति नै हामीसित छ किनकि उहाँ (ख्रीष्ट) ले भन्नुभएको छ, “म तिमीलाई कुनै रीतिले ____________________ न त तिमीलाई कुनै रीतिले ______________ (हिब्रू १३:५)। ग्रीकमा यो भनाइ ज्यादै जोडदार छ र त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ( “म तिमीलाई कहिल्यै कदापि छोड्नेछैनँ, अहँ, म तिमीलाई कहिल्यै कदापि त्याग्नेछैनँ।” यसको तात्पर्य, “म निश्चय नै सधैं तिमीसँगै हुनेछु!” ख्रीष्टले आफ्नाहरूलाई कहिल्यै परित्याग गर्नुहुनेछैन, छोड्नुहुनेछैन, त्याग्नुहुनेछैन!!
हिब्रू १३:५ मा प्रयोग भएको “छोड्नु” शब्दलाई प्रेरित १६:२६ मा बन्धनहरू “खोल्नु” भनी अनुवाद गरिएको छ (पावलका बन्धनहरूले उनलाई “छोडे”)। विश्वासीलाई ख्रीष्टसित बाँध्ने बन्धन कहिल्यै खोलिनेछैन। हामी उहाँसित सधैंका निम्ति बाँधिएका छौं। उहाँले हामीलाई कहिल्यै छोड्नुहुनेछैन! हामीलाई कुनै कुराले छुटाउनेछैन (रोमी ८:३८-३९)।
ख्रीष्ट परमेश्वरद्वारा त्यागिनुभयो (मत्ती २७:४६) ताकि विश्वासी परमेश्वरद्वारा कहिल्यै त्यागिनु नपरोस् (हिब्रू १३:५)। यसकारण हामी हिम्मतसँग भन्न सक्छौं, “________ मेरा ________________ हुनुहुन्छ, अनि म ______________________” (हिब्रू १३:६)। “__________________ मेरा ____________ हुनुहुन्छ, मलाई केही कुराको ____________ हुँदैन” (भजनसंग्रह २३:१)। हामीसँग ख्रीष्ट हुनुहुन्छ! अरु केही वा कोहीको खाँचो पर्छ त? ____________। के उहाँ हामीसँग सधैं हुनुहुन्छ? ________________। के हामी डराउनुपर्छ? (हिब्रू १३:६)? ____________। के यही प्रतिज्ञा पुरानो नियमका विश्वासीहरूलाई पनि दिइएको थियो (व्यवस्था ३१:६,८)? __________। एउटा विश्वासी हराउन सक्न ख्रीष्टले उसलाई छोड्नुपर्छ र त्याग्नुपर्छ। के यो सम्भव छ? ________। परमेश्वरले आफ्नैलाई त्याग्नुहुन्न! अहँ, कहिल्यै कदापि त्याग्नुहुन्न!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)