शारीरिक शाऊल

शारीरिक शाऊल

 

शाऊल इस्राएलका पहिलो राजा थिए। तर शाऊलभन्दा पनि अगाडि इस्राएलमा अर्कै राजा हुनुहुन्थ्यो। उहाँ नै सबभन्दा असल राजा हुनुहुन्छ। त्यो राजा को हुनुहुन्थ्यो (१ शमूएल ८:७)? ___________________

इस्राएलका मानिसहरू _________ _______________ जस्तै एउटा राजा चाहन्थे ( १ शमूएल ८:५)। अरू जातिहरूका मानवीय राजाहरू थिए। इस्राएलको चाहिँ राजा नहुनु? तर इस्राएलीहरूले यो बिर्सेका थिए, अरू जातिहरूले उनीहरूलेझैं स्वयम् परमेश्वरलाई राजाको रूपमा पाएका थिएनन्।

परमेश्वरले काहिलेकाहिँ मानिसहरूलाई उनीहरूले इच्छा गरेका कुराहरू नै दिनुहुन्छ यद्यपि ती कुराहरू उनीहरूको हित विपरित हुन्छन्। परमेश्वरले उनीहरूलाई एउटा राजा दिनुभयो। परमेश्वरले उनीहरूलाई मानौं यसो भन्दै हुनुहुन्थ्यो, “ठीक छ, तिमीहरूले जे खोज्यौ त्यही पाउनेछौ।” तिनीहरूले ___________ ____________ परमेश्वरले तिनीहरूलाई दिनुभयो, तर तिनीहरूका बीचमा _____________को _________ पठाइदिनुभयो” (भजनसङ्ग्रह १०६:१५)। त्यसैले, कुनै कुरा आफूले चिताएको अनुसार नै परमेश्वरले पूरा हुन दिनुहुँदैमा त्यो राम्रै हुनुपर्छ भन्ने हुँदैन।

किन शाऊल एक आदर्श अगुवा, इस्राएलीहरूले खोजेको राजा जस्तै देखिन्थे (१ शमूएल ९:१-२)? __________________________________________________________ ________________________________

शाऊल शमूएलद्वारा राजा अभिषेक गरिए (१ शमूएल १०:१)। उनीहरूले चाहेकै कुरा परमेश्वरले इस्राएलीहरूलाई दिनुभयो। इस्राएलका सन्तानहरूले यसरी एउटा राजाको माग गर्नु के ठीक थियो (१ शमूएल ८:७ र १२:१७)? ____________

शाऊल अल्गा थिए, सुन्दर र बलिया थिए। उनलाई एक आदर्श राजाको रूपमा हेरियो। तर यहाँ एउटा समस्या थियो। उनी आत्मिक व्यक्ति थिएनन्। शाऊल राजा शारीरिक थिए। उनी आफ्नो पापी स्वभावको नियन्त्रणमा चल्थे, त्यसकै प्रेरणाद्वारा उनी हिँड्थे। उनी आत्मिक थिएनन्। आफ्ना विचारहरूमा उनले परमेश्वरलाई स्थान दिँदैनथे। उनी परमेश्वरलाई होइन आफैलाई खुसी पार्ने मानिस थिए। बाइबलको यो भनाइ हामी कहिल्यै नबिर्सौं: “यसकारण जो ____________मा छन्, तिनीहरूले परमेश्वरलाई ______ पार्न सक्दैनन्” (रोमी ८:८)।

हामीले १ शामूएल १०:६,७,१० मा पढेर यो बुझ्दछौं, परमेश्वरको आत्मा शाऊलमाथि एक विशेष प्रकारले आउनुभयो। के यसको अर्थ शाऊल एक आत्मिक मानिस थिए भन्ने हो? कदापि होइन। कुनै बेला परमेश्वरको आत्मा त्यस्ता व्यक्तिहरूमाथि आउनुभयो जो आत्मिक छँदै थिएनन्। १ शमूएल १९:१८-२४ मा शाऊल र उनका मानिसहरूले दाऊदलाई मार्न खोजिरहेका थिए। निश्चय नै, शाऊल र उनका मानिसहरू आत्मिक थिएनन्। तर जब शाऊलले आफ्ना दुष्ट योजनाहरू पूरा गर्न आफ्ना दूतहरूलाई पठाए, तब त्यहाँ कस्तो कुरा हुन गयो (१ शमूएल १९:२०-२१)? ___________ ____________________________________________________

आखिरमा शाऊल आफैं त्यहाँ जाँदा, के घटना घट्यो (१ शमूएल ९:२३-२४)? ______________________________________। याद गरौं, परमेश्वरको आत्मा एउटा गधामाथि पनि विशेष प्रकारले आउन सक्नुहुन्छ (गन्ती २२:२८), तर के यसको मतलब त्यो गधा आत्मिक गधा हो त? _________। शाऊलको शासनकालको शुरुतिर परमेश्वर शाऊलसँग विशेष प्रकारले हुनुहुन्थ्यो (१ शमूएल १०:७), तर परमेश्वरले उनको जीवनमा गरिरहनुभएको कामलाई शाऊलले इन्कार गर्‍यो अनि पछि गएर परमेश्वरको आत्माले शाऊललाई ________________ (१ शमूएल १६:१४)।

१ शमूएलको एघारौं अध्याय, शाऊलको जीवनको शायद सबभन्दा उज्ज्वल घडीकै बयान हो। परमेश्वरले शाऊललाई अम्मोनीहरूमाथि ठूलो विजय दिनुभएको थियो (शाऊलको गवाही १ शमूएल ११:१३ मा पढ्नुहोस्)। शाऊलको राज्याधिकारको शुरुआत राम्रो थियो। तर त्यो प्रथम विजय पछि सब कुरा ओह्रालो लाग्न थाल्यो।

हामी शाऊलका दसओटा शरीरका कामहरूहरूलाई हेरौं:

१) पहिलो शारीरिक काम – अधैर्य

शमूएलले शाऊललाई सात दिन पर्खन आदेश दिएका थिए। सात दिनको अन्तमा शमूएल आएर बलिदानहरू चढ़ाउने र शाऊललाई थप निर्देशन दिने योजना थियो (हेर्नुहोस् १ शमूएल १०:८)। १ शमूएल १३:८-१० पढ़नुहोस्। के शाऊल शमूएललाई पर्खे ? ____________। उनी अधीर बने र उनले हडबडमा एउटा काम गरे। पर्खेर परमेश्वरको इच्छाअनुसार काम गर्नुको सट्टा उनी आत्तिए र उनले आफ्नै उपायअनुसार अगाडि बढे। अनि हडबडमा, पुजाहारीले मात्र गर्न मिल्ने काम उनले आफै गरे। उनले के गरे (१ शमूएल १३:९)? । यो उनको मूर्खता थियो, एउटा आज्ञा उल्लङ्घन गर्ने काम थियो (१ शमूएल १३:१३)!

शाऊलको हृदय परमेश्वरतर्फ थिएन। “परमप्रभुले आफैले रूचाउनुभएको एउटा मानिस” उनी थिएनन् (हेर्नुहोस् १ शमूएल १३:१४)। उनी एक शारीरिक मानिस थिए, आत्मिक थिएनन्। परमेश्वरले खोजिरहनुभएको मान्छे दाऊद थिए, शाऊल थिएनन्!

२) दोस्रो शारीरिक काम – मूर्ख बोली

१ शमूएलको चौधौं अध्यायमा परमेश्वरले इस्राएलीहरूलाई पलश्तीहरूमाथि ठूलो विजय दिनका लागि जोनाथनलाई विशेष रूपमा प्रयोग गर्नुभयो। तर शाऊलले एउटा मूर्ख कुरा गरेकाले उनका पुरै सेना निरुत्साहित भए। उनले, कुन काम गर्ने व्यक्ति श्रापित हुनेछन् भनेर घोषणा गरे (१ शमूएल १४:२४)? _________________________________________। उपवासको आह्वान गर्ने समय त्यो थिएन! युद्धको बीचमा लडाकुहरूलाई उचित अन्न-पानीको आवश्यकता पर्दछ।

शाऊलको आदेशलाई कसले उल्लङ्घन गरे (१ शमूएल १४:२७)? ____________। यो थाहा पाएर उसलाई शाऊल के गर्न चाहन्थे ( १ शमूएल १४:४३-४४)? ________________। यस्तो खराब काममा हात हाल्न के ती मानिसहरू सहमत थिए (१ शमूएल १४:४५)? ___________। यसरी शाऊलले एउटा ज्यादै मूर्ख बोली हतारमा बोलेका थिए।

३) तेस्रो शारीरिक काम – विद्रोह

रोमी ८:७ बाट हामी सिक्छौं, “शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग ___________ गर्नु हो; किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अनीनतामा छैन; किनकि यो हुन नै सक्दैन।” शरीर (आदमबाट आएको मान्छेको पापी स्वभाव) परमेश्वरको विरोधमा छ! त्यो परमेश्वरको अधीनमा बस्दैन। बरु त्यसले परमेश्वरको विरूद्धमा लडाइँ गर्दछ। शरीर परमेश्वरको अधीनमा बस्दैन। परमेश्वरको आज्ञाको विरूद्धमा विद्रोह गर्दछ, आज्ञा मान्न इन्कार गर्दछ। विद्रोह, मानिसको पापी स्वभावको अभिन्न अङ्ग नै हो।

शामूएल पन्ध्रौं अध्यायमा शाऊलको भारी विद्रोह र अनाज्ञाकारिताको बारेमा पढ्दछौं। १ शमूएल १५:३ मा परमेश्वरको आज्ञा प्रस्टै छ। के शाऊलले सो आज्ञाको पालना गरे (१ शमूएल १५:८-९)? ___________। के शाऊलले परमेश्वरका आज्ञाहरू पालन गरे (१ शमूएल १५:११)? ____________। तर शारीरिक शाऊलले के भने (१ शमूएल १५:१३)? _____________________________।” नबिर्सौं, आंशिक आज्ञाकारिता वास्तवमा अनाज्ञाकारिता हो।

शमूएलअनुसार, शाऊल कुन दुइटा पापका दोषी थिए (१ शमूएल १५:२३)? १‍‍ ____________ २ ____________। शाऊलले कुन कुरा त्यागे ( १ शमूएल १५:२३)? ________________

४) चौथो शारिरिक काम – डर

१ शमूएल सत्रौं अध्यायमा हामी एउटा अचम्मको घटनाको बारेमा पढ्छौं – दाऊदले बडेमाका गोल्यतलाई मारेका। तर गोल्यतलाई रणभूमिमा सामना गर्न किन शाऊल आफै गएनन्? शाऊल इस्राएलभरिमा सबभन्दा अग्लो र बलवान् पुरुष थिए (१ शमूएल ९:२)। गोल्यातलाई पराजय गर्न किन उनले परमेश्वरमाथि भरोसा गरेनन्? शाऊल डरपोक थिए! दाऊद एक आत्मिक मानिस थिए। सर्वशक्तिमान् परमेश्वरमाथि भरोसा गर्न दाऊदले सिकेका थिए। शाऊल त्यस्ता थिएनन्। शाऊल एक शारीरिक मानिस थिए।

५) पाँचौं शारीरिक काम – डाहा

गलाती ५:२० ले बताउँछ, “डाहा” शरीरको कामहरूमध्ये एउटा हो। त्यस सूचीमा “द्वेष” पनि उल्लेख छ (गलाती ५:२१) जसको अर्थ हुन्छ “डाहा, इर्ष्या”। इर्ष्यालु व्यक्ति अर्काको उन्नति देखेर बेखुशी बन्दछ, र अर्कासँग भएको कुरा आफ्नो निम्ति चाहन्छ।

१ शमूएल १८:६-१८ पढ्नुहोस्। शाऊललाई कुन कुराले इर्ष्यालु बनायो? ‍_______________________________________________। शाऊलले कसको इर्ष्या गरे? ____________। शाऊल कुन कुराको निम्ति डाही बने (उनले दाऊदसँग भएको कुन कुराको चाहना गरे) ? _______________________________। उक्त डाहाको प्रबल भावनाले उनलाई अर्को कुन पापमा डोर्‍यायो (१ शमूएल १८:८)? _______________

६) छैटौं शारीरिक काम – घृणा

के घृणा शरीरका कामहरूमध्ये एउटा हो (गलाती ५:१९-२१)? ____________

दाऊदप्रतिको शाऊलको इर्ष्या र रिस तीतो घृणामा परिणत भयो। शाऊलले आफ्नो घृणालाई कसरी प्रकट गरे (१ शमूएल १८:११)? _____________________________________________।

शाऊलले कति पटक त्यसो गर्ने प्रयास गरे ( १ शमूएल १८:११ लाई १ शमूएल १९:१० सित तुलना गर्नुहोस्)? ____________________। शाऊल राम्ररी ताक्न नसक्ने रहेछन्! बास्तवमा भन्ने हो भने, परमेश्वरले दाऊदलाई विशेष प्रकारले बचाउने काम गर्दै हुनुहुन्थ्यो।

७) सातौं शारीरिक काम – रिस

के रिस (क्रोध) गलाती ५:१९-२१ मा उल्लेखित शरीरका कामहरूमध्ये एउटा हो? ________। शाऊलको दाऊदप्रतिको घृणा यति प्रज्वलनशील थियो कि दाऊदको पक्षमा अलिकति पनि झुकाव देखाउने जोकोही प्रति उनको क्रोध दन्कन्थ्यो। १ शमूएल २०:३० मा शाऊल कोसित रिसाए? _____________। किन? ____________________________________________। उनी मारियोस् भन्ने हेतुले दाऊदलाई ल्याउने आज्ञा शाऊलले जोनाथनलाई दिए। जोनाथनले जवाफ दिए, “तिनी मारिन योग्यका छन्? किन? तिनले के गरेका छन्?” (१ शमूएल २०:३१-३२)? प्रश्न जायज थियो। शाऊलले कसरी जवाफ दिए (१ शमूएल २०:३३)? ______________________________। याद राख्‍नुस्, जोनाथन त उनका आफ्नै छोरा थिए! फेरि पनि उनले निशाना चुकाए! हालसम्मको नतीजा: शून्यको विरूद्ध चार (चार पटकको प्रयासमा चारै पटक शाऊल ‍असफल भए)!

८) आठौं शारीरिक काम – हत्याहरू

शरीरका कामका सूचीमा के “हत्या” पनि उल्लेख छ (गलाती ५: १९-२१)? _______

१ शमूएल अध्याय २१ मा हामी सिक्छौं, अहीमेलेक पुजाहारीले दाऊदलाई रोटी दिएर मदत गरे। त्यसबेला दाऊद शाऊल राजादेखि भाग्दै थिए। याद गर्नुस्, दाऊदलाई मदत गर्ने जोसुकै पनि शाऊलको शत्रु गनिन्थ्यो! १ शमूएल २२:१३ मा दाऊदलाई किन मदत गर्‍यौ भनेर शाऊल राजाले अहीमेलेकलाई प्रश्न गर्दा अहीमेलेकले दिएको जवाफ १ शमूएल २२:१४ मा पाउँछौं। अहीमेलेकको विचारमा दाऊद कस्ता थिए, विश्वासयोग्य कि अविश्वासयोग्य? __________________। उनको विचारमा दाऊद आदरणीय थिए कि अनादरणीय? _______________। उनका जवाफको कारण शाऊलले उनलाई भने, “तिमी ________पर्छ” (१ शमूएल २२:१६)। एकजनालाई मात्र मारेर शाऊललाई पुग्दैन, तिनले पुजाहारीहरूका पूरै घरानालाई मार्छन्।

पहिले शाऊलले आफ्ना सेवकहरूलाई पुजाहरीहरूलाई मार्ने आज्ञा दिए। शाऊलका अनुसार, ती पुजाहारीहरू किन मारिनुपर्थ्यो (१ शमूएल २२:१७)? ________________________________। दाऊदको पक्षमा हुने जति स्वतः शाऊलका विरोधी ठहरिए! के राजाका सेवकहरू त्यस्तो आज्ञाअनुसार गर्न राजी थिए (१ शमूएल २२:१८)? _________________। तिनीहरू बुद्धू थिएनन्!

त्यस्तो निर्मम हत्या गर्नलाई एकजना मान्छे चाहिँ तत्पर थियो। उनको नाम के थियो (१ शमूएल २२:२१)? __________। शाऊल थुप्रै हत्याहरूका दोषी थिए।

९) नवौं शारीरिक काम – देखावटी पश्चात्ताप

१ शमूएल २४:२-१५ पढ्नुहोस्। के दाऊदलाई, शाऊल राजालाई मार्ने सुवर्ण मौका थियो? ____________

दाऊदले मौका पाएर पनि उनको ज्यान नलिएको थाहा पाएपछि शाऊलले भनेका कुरालाई विचार गर्नुहोस् (१ शमूएल २४:१६-२१)। शाऊल रोए। उनले दाऊदलाई “मेरा ________” (पद १६) भने। उनले भने, “तिमी मभन्दा धर्मी मानिस रहेछौ। तिमीले मप्रति असल व्यवहार देखायौ, तर मैले चाहिँ तिमीप्रति खराब व्यवहार देखाएको छु” (पद १७)। उनले दाऊद नै राजा हुनुपर्छ समेत भने (पद २०)। के शाऊल दाऊदप्रति गरेका सबै व्यवहारको कारण साँच्ची नै दुःखी थिए? उनको बोली राम्रो सुनिन्छ तर त्यो साँचो थियो कि थिएन?

१ शमूएल २६:२ मा शाऊल के गर्दैछन् ? _________________________ _______________________________________। उनी फेरि आफ्नो पुरानै व्यवहारअनुसार चल्दैछन्!

१ शमूएल २६:५-१६ पढ्नुहोस्। के दाऊदलाई, शाऊललाई मार्ने सुवर्ण मौका थियो? __________। दाऊदले मौका पाएर पनि उनको ज्यान नलिएको थाहा पाएपछि शाऊलले भनेका कुरालाई विचार गर्नुहोस् (१ शमूएल २६:१७-२१)। विशेष गरी पद २१ लाई हेर्नुहोस्: शाऊलले भने, “मैले ________ गरें। फर्केर आऊ, हे दाऊद मेरा छोरा। आजको दिन तिमीले मेरो प्राणलाई बहुमूल्य ठान्यौं, अब _________ ____________ म तिम्रो हानि गर्नेछैनँ।” उनले आफू मूर्ख भएको कुरासमेत मानिलिए (पद २१)। के उनले साँच्ची नै पश्चात्ताप गर्दैथिए, (अर्थात् पापको, आफ्नो र प्रभुको सम्बन्धमा मन बदल्ने काम गर्दै थिए)? कुरा त राम्रै सुनिन्थ्यो, तर के त्यो साँचो थियो?

अब त दाऊदले शाऊललाई राम्ररी चिनिसकेका थिए। शाऊलले उनलाई कहिल्यै हानि गर्नेछैनन् भनी के दाऊदले विश्वास गरे ( १ शमूएल २७:१)? __________

हामीले के याद राख्नुपर्छ भने शरीर (पापी स्वभाव) ले असल रूप धारण गर्न सक्दछ अनि त्यसको बोली राम्रो सुन्न सकिँदछ, यहाँसम्म कि त्यसले पश्चात्ताप गरेजस्तै देखिन सक्दछ, तर त्यो पूरै देखावटी हुन्छ! २ कोरिन्थी ७:९-१० मा उल्लेखित “इश्वरीय रीतिअनुसारको शोक” शाऊलमा कहिल्यै पाइएन।

१०) दसौं शारीरिक काम – टुनामुना

गलाती ५:१९-२१ मा के “टुनामुना” लाई शरीरका कामहरू मध्येमा सूचीत गरिएको छ? _________

आफ्नो जीवनको अन्ततिर शाऊलले एउटी तन्त्रमन्त्र गर्ने स्त्रीको खोजी गर्ने निर्णय गरे (१ शमूएल २८:७)। त्यस्तो स्त्रीले मरेकाहरूसँग सम्पर्क राख्न सक्छन् भन्ने कतिको धारणा थियो। शाऊल भविष्यको बारेमा जान्न चाहन्थे। उनले परमेश्वरको वचनलाई इन्कार गरेकाले (१ शमूएल १५:२३) परमेश्वरले उनीसँग सम्पर्क गर्न इन्कार गर्नुभएको थियो। अनि शाऊल टुनामुनापट्टि लागे। के एक आत्मिक व्यक्तिले त्यस्तो काम गर्दछ? _________। किन गर्दैन (व्यवस्था १८:९-१४ हेर्नुहोस्)? ______________________________________________________।

तपाईं सोच्नुहोला: “म त शाऊलजस्तो छैनँ। म अर्कालाई भालाले हिर्काउने मान्छे होइन! म कहिल्यै ८५ जना पास्टरहरूलाई मार्ने थिइनँ ! म कहिल्यै तन्त्रमन्त्र गर्नेकहाँ जाने थिइनँ!” तर हामी नबिर्सौं, शाऊलको जस्तै शरीर (पाप गर्ने स्वभाव) हामीभित्र पनि छ! हाम्रो शरीर (पाप स्वभाव) शाऊलको जत्तिकै खराब र दुष्ट छ! अनि त्यस्तै परिस्थितिमा, उनले गरेजस्तै अथवा त्योभन्दा पनि खराब कामहरू गर्न हामीलाई बेर नलाग्न सक्छ! यही शरीर (पाप स्वभाव) नै हो जसबाट हामीलाई बचाउन ख्रीष्ट मर्नुभयो: “परमेश्वरले आफ्नो पुत्रलाई पापमय _________को समानतामा र पापका निम्ति पठाईकन गर्नुभयो र _________मा पापलाई दण्डको आज्ञा दिनुभयो” (रोमी ८:३)।

के ख्रीष्टले तपाईंलाई बचाउनुभयो?
के तपाईं आत्मिक व्यक्ति हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email