खाने र लाउने
खाने र लाउने
खाने र लाउने हाम्रो दैनिक कार्यहरू हुन्। यो हाम्रो दैनिक जीवनको नभई नहुने र आधारभूत भाग नै हो।यी कुराहरू सँधै गरिरहने भएकोले हुनाले हामीलाई बानी नै भई सक्यो र त्यति साह्रो विचार पनि गर्दैनौं। सबेरै बिहान उठ्छौं अनि केही नसोची लुगा लगाउँछौ र बिहानको खाजा खान भान्छा कोठाको टेवुलमा पुगिहाल्छौं।
जीवन र बाँच्नको लागि खानेकुरा नभई हुदैन साथै जाडो गर्मी मौसमबाट जोगिन र शरीरलाई ढाक्न लुगा नभई हुदैन।तर हामीसँग धेरै थोकहरू छन् जोबिना पनि हामी बाँच्न सक्छौं। के तपाईं साइकलबिना बाँच्न सक्नुहुन्छ? के तपाईं रेडियोबिना बाँच्न सक्नुहुन्छ? के तपाईं ग्याँसचुलोबिना बाँच्न सक्नुहुन्छ? के तपाईं घडीबिना बाँच्न सक्नुहुन्छ?
कहिलेकाही हामी खुशी र सन्तुष्ट भई बाँच्नको लागि धेरै थोकहरूको चाहना गछौं। हामी भन्छौ मैले यो यो थोकहरू पाएँ अथवा त्यो विशेष थोक पाएँ भने म आनन्दसाथ जिउनेथें।तर वास्तवमा ती थोकहरू हामीले सोचे अनुरुप त्यति महत्त्वपूर्ण र आवश्यक हुदैनन्। तपाईं यस संसारमा आउँदा अथवा जन्मदाँ के के थोकहरू लिएर आउनुभयो (१ तिमोथी ६:७)? _________________________। अनि तपाईं यस संसारबाट बिदाहुदाँ कति थोकहरू लिएर जानुहुन्छ (१ तिमोथी ६:७)? _________________________।
परमेश्वरले जीवनमा केवल दुइटा कुराहरूमा खुशी र सन्तुष्ट हुन भन्नुभएको छ। तिनीहरू के के होलान्? १________________ २ ________________
के स्वर्गीय पिताले तपाईंलाई खुवाउनसक्नुहुन्छ त (मत्ती ६:२५-२६)? ______________। के स्वर्गीय पिताले तपाईंलाई नांगो राख्नुहुन्छ होला त (मत्ती ६:२८-३१)? _____________। यो पाठमा हामी हाम्रा जीवनलाई नभई नहुने यी दुई महत्त्वपूर्ण कुराहरूको अर्थात् खाने र लाउने विषयमा अध्ययन गर्नछौं। बाइबलका समयमा मानिसहरू कसरी र के के खान्थे? अनि के लगाउँथे?
खाने
यी खानेकुराहरू बिना हाम्रो जीवन कस्तो हुन्थ्यो होला जस्तै मःम चाउमिन, कोकाकोला, चकलेट, चाउचाउ? के तपाईं बाँच्न सक्नुहुन्छ? मानौं आज यी थोकहरू केही छैन जस्तै चिउरा, डुनोट, बिस्कुट, चियापत्ती, समोसा, रसवरी छैनन् भने के त्यसले हाम्रो जीवनमा केही फरक पार्छ? बाइबलका समयमा माथि उल्लेखित खानेकुराहरू थिएनन् तापनि उनीहरूले हामीले जस्तै खानैपर्थो।तब कसरी तिनीहरू बाँच्दथें?
यदि तपाईं अब्राहाम, दाऊद वा पावलको समयमा इस्राएल भन्ने देशमा जिइरहनुभएको भए तपाईं के खानुहुन्थ्यो? साधारणतया मानिसहरू यस्ता सामान्य खानेकुराहरू खान्थे जस्तै रोटी (यो नै सबैभन्दा महत्त्वपूर्ण खानेकुरा थियो), भद्राक्षको तेल (अहिलेको बटर जस्तै), पशुहरूको दुध, मख्खन, फलफूल र बारीको सागपातहरू अनि कुनै विशेष अवसरमा मासु पनि।
अनि गालिल समुन्द्रछेउ बस्नेहरू चाँहि माछामा रमाउँथे (हेर्नुहोस् लुका ११:११)। प्यालेस्टाइन देशमा __________ पनि पाइन्थ्यो (व्यवस्था ६:८), माहुरीलाई धन्यवाद! किनभने उनीहरूले चिनीको स्वाद त पाएनन् तापनि त्यो भन्दा गुलियो मह खान्थे। तरकारीको रूपमा सिमी र दालहरू खान्थे (इजकिएल ४:९। के तपाईंलाई पुरानो नियममा दाल पकाईरहेको त्यो व्यक्तिको नाम याद छ (उत्पति २५:२९-३४)? __________। जताततै पाइने फलफूलहरूमा नेभारा, अंङ्गुर साथै अर्को फल अनार पनि हुन्थ्यो (व्यवस्था ८:८)।
स्टिलको थाल, कचौरा चम्चा बिनाको तपाईंको दैनिक भोजन कस्तो हुन्छ होला? के तपाईं यी चीज बिना पनि खाना खान सक्नुहुन्छ? बाइबल समयमा जिउँने मानिसहरू यी मध्ये एउटै पनि प्रयोग गदैनथे। वास्तवमा हामीलाई परमेश्वरले दिनुभएको हात हुदाँहुदै किन चम्चा चाहिँयो?
त्यस बेला चम्चा र काँटाहरूको साटो मानिसहरू आफ्नै हात प्रयोग गर्थे। चम्चाको सट्टा रोटीका टुक्राहरू नै प्रयोग गरिन्थ्यो। रोटीका टुक्राले नै झोल कुराहरू जस्तै सुप मज्जाले उबाएर खान्थे। यसरी प्रत्येक रोटीका टुक्रा चम्चाको रूपमा प्रयोग भई तीसँगै अरु खानेकुरा खाइन्थ्यो।(रुथ २:१४)।
खानुभन्दा अघि र पछि जहिले पनि हात धोइन्थ्यो। तिनीहरूलाई भाँडाकुँडा धोइरहनुपर्ने झन्झट थिएन, केवल हात धोए पुग्थ्यो। तिनीहरूको भाँडा भनेको त्यही हो जसमा खाना पकाइन्थ्यो। उनीहरूले आज हामीले जस्तो धेरै भाँडा माझ्नुपर्दैनथियो। अहिले जस्तो प्रत्येकको आ-आफ्नो थाल पनि हुदैनथ्यो। प्रायजसो एउटै ठूलो किस्तीमा खानेकुरा राखी वरिपरि बसी खान्थे। येशूले पनि मत्ती २६:२३ मा यस थालको विषयमा भन्नुभएको थियो।
अनि कस्तो खालको टेवुल तिनीहरू प्रयोग गर्थे? तिनीहरूको टेवुल भन्नु नै केवल भुँइमा ओछ्याइएको गुन्द्री थियो। उनीहरूले कुर्सीको प्रयोग गदैनथे तर भुँइमा पलेटी कसेर अथवा कुहिनोले अढेसिएर ढल्कन्थे।
यहूदीहरू खानुभन्दा अघि परमेश्वरलाई प्रशंसा र धन्यवाद दिएर खान्थे। यूहन्ना ६:११ अनुसार कसले खानुभन्दा अघि धन्यवाद दिए? ___________। त्यसैगरि प्रेरित २७:३३-३५ अनुसार कसले खानुभन्दा अघि धन्यवाद दिए? ______________। यहूदीहरू प्रायः यसरी भन्ने गर्थे, —तपाईंको प्रशंसा होस्, यहोवा हाम्रा परमेश्वर, संसारको राजा, जसले नै पृथ्वीबाट अन्न उब्जाउनुभएको हो।‘ के तपाईं खानभन्दा अघि परमेश्वरालाईं प्रसंसा र धन्यवाद चढाउनुहुन्छ? यहुदीहरू कहिलेकाहीँ खाना खाएर पनि प्रार्थना गर्थे।यो गर्नुको कारण चाँहि हामी व्यवस्था ८:१०, १२-१४ मा पाउँछौं।
कहिलेकाही तपाईं र तपाईंको परिवारमा केही नौलौ चीज गर्न मन लाग्दा बाइबल समयमा तपाईं जिइरहेको मानिलिँदै त्यस बेलाको मानिसहरूले जस्तै खाना खान प्रयास गर्नुहोस् न। यो पाठमा उल्लेख गरिएको खानेकुराहरू, थाल, कचौरा, चम्चा प्रयोग नगरिकन खान प्रयास गर्नुस् त।
बाइबलका समयका मानिसहरूले अहिले जस्तो खाएपछि आफ्नो दाँत माँझ्दैनथे। अनि हामीले जस्तै दाँत माँझ्न आवश्यक पनि थिएन किनभने तिनीहरूले हामीले जस्तो धेरै गुलियो पनि खाँदैनथे।उनीहरू आफ्नो दाँत माँझ्दैनथे तापनि उनीहरू दाँत हाम्रो जत्तिको बिग्रने गर्दैनथ्यो।
दुई खालका खानेकुराहरू
सबैलाई नभई नहुने सबैभन्दा महत्त्वपूर्ण खानेकुरा रोटी नै थियो। प्राचीन समयका मानिसहरूका निम्ति रोटी नै आधारभूत खानेकुरा थियो। आज पनि हामीलाई नभई नहुने खानेकुरा रोटी नै हो। तर अहिलेको समयभन्दा त्यसबेलाका समयमा रोटीको धेरै महत्त्व थियो। बाँच्नको लागि हामीलाई रोटीको ठूलो आवश्यकता पर्छ। वास्तवमा सम्पूर्ण मानवजाति नै रोटीमा नै भर पर्छन्।
त्यस समयमा रोटी चाँहि गहुँ र जौबाट बनाइन्थ्यो। साधारणतया गरिब मानिसहरू जौ प्रयोग गर्थे भने अलि पैसा हुनेहरू गहुँको प्रयोग गर्थे। एकचोटि एउटा केटोले ५ रोटी येशूलाई दिएका थिए। ती रोटीहरू के द्बारा बनिएको थियो (यूहन्ना ५:9)? ________________।
येशूले भन्नुभयो, “जीवनको रोटी म नै हुँ” (यूहन्ना ६:३५)। येशूको यो बचन सुन्ने मानिसहरूले रोटी कति महत्त्वपूर्ण थियो भन्ने जानेका थिए। तिनीहरूले रोटी नै तिनीहरूको जीवन हो भनी जानेका थिए। तिनीहरू रोटीबिना बाँच्न सक्दैनथे।मानिसलाई बाँच्नको निम्ति रोटी चाहिन्छ। येशूले भन्नुभयो, “जीवनको रोटी म नै हुँ। तिमीहरू बाँच्नको निम्ति म नै चाहिन्छ।यदि तिमी बाँच्न र अनन्त जीवन पाउन चाहन्छौ भने तिमी मकहाँ आउनैपर्छ र मलाई बिश्वास गर्नैपर्छ” (यूहन्ना ६:३५)। जसरी रोटीले मानिसको शारीरिक भोक तृप्त पार्छ त्यसरी नै प्रभु येशूले मानिसको आत्मिक भोक तृप्त पार्नुहुन्छ।
हो, रोटी महत्त्वपूर्ण छ र खानेकुरा पनि अनि हामी यी थोकहरू बिना बाँच्न सक्देनौ।तर त्यहाँ अर्कै किसिमको रोटी र खानेकुरा पनि हामीलाई आवश्यक छ। येशूले भन्नुभयो,”मानिस रोटीले मात्र होइन् तर परमेश्वरको मुखबाट निस्किने प्रत्येक वचनले बाँच्नेछ” (मत्ती ४:4)।रोटी जति महत्त्वपूर्ण छ र त्यो बिना हामी बाँच्न सक्दैनौं तर रोटी र खानेकुरा भन्दा अझ बढी हामीलाई केही कुराको आवश्यकता छ, त्यो हो परमेश्वरको वचन।
शारीरिकरूपमा हामी रोटी, आलु र अरु किसिमको खानेकुरा खान्छौ त्यसरी नै आत्मिकरूपमा हामीले परमेश्वरको वचनलाई लिनुपर्छ जसद्बारा हाम्रो आत्मा स्वस्थ र बलियो हुन्छ। अय्यूब जान्दथे कि रोटी र खानेकुरा महत्पूर्ण र आवश्यक छन् तर त्यो भन्दा पनि ज्यादै महत्त्वपूर्ण कुरा उनले केलाई ठान्दथे (अय्यूब २३:12)? ______________________। के एक व्यक्ति शरीरमा हृष्पुष्ट र स्वस्थ तर आत्मिकमा भने भोको र अस्वस्थ हुनसक्छ? __________। परमेश्वरले तपाईंलाई के कुराले खुवाउन चाहनुहुन्छ (नयाँ विश्वासीकोरूपमा – १ पत्रुस २:२, त्यसपछि – १ कोरिन्थी ३:२ र हिब्रू ५:११-१४)? ______________________________________________________________।
हामीले परमेश्वरको वचनलाई लिने तरिका के के हुन्? ______________________________________________________________।
असल खानेकुराले मात्र एक व्यक्तिलाई सहायता गर्छ यदि उसको पाचनशक्तिले राम्ररी काम गरिरहेको छ भने। यदि खानेकुरा राम्ररी पचाइएन भने त्यसले कुनै फाइदा नै नदिई बाहिर निस्किन्छ। कहिलेकाही मानिसहरू बाइबल पढ्छन्, चर्च सभामा बाइबल सिकाइएको सुन्छन् तर त्यसले तिनीहरूलाई केही फाइदा नै दिएको हुदैन। किन यस्तो हुन्छ त? कसरी हामी आत्मिक खानेकुरालाई पचाउन सक्छौ?
लुगाफाटा
बाइबलका समयमा प्यालेस्टाइन देशका मानिसहरूले के लुगा लगाउथें? के पुरुषले टाइ र सुट लगाउँथे? के स्त्रीले सारी र कुर्ता लगाउँथे? के उनीहरूले अहिले हामीले लगाउने जस्तै जुत्ता लगाउँथे?
भित्री पोशाक
स्त्रीपुरुष दुवैले भित्री लगाउने पोशाकलाई ट्युनिक भनिन्छ।प्रायःगरी यो बाहुलाबिनाको घुडासम्म ढाकिने हुन्थ्यो। अनि धनी मानिसको चाँहि पूरा बाहुला तलसम्म लत्रिएको हुन्थ्यो।
येशू क्रूसमा टांगिदा सिपाहीहरूले उहाँको वस्त्रलाई चिठा हालेका थिए (यूहन्ना १९:२४)। त्यो चाँहि प्रभुको भित्री पोशाक थियो।
प्रायजसो ख्रीष्टको समयका यहूदीहरूसँग कम्तीमा एकसरो फेर्ने लुगा हुन्थ्यो। केवल भित्री वस्त्र मात्र भएको व्यक्ति चाँहि गरिब मानिन्थ्यो (लका ३:११ मा हेर्नुहोस्, बप्तिस्मा दिने यूहन्नाले के भनेका थिए)। मती १०:१० मा येशूले आफ्ना चेलाहरूलाई फाल्तु लुगा नबोक्न भन्नुभएको थियो।
गरिव मानिसहरूसँग गर्मी मौसममा यही एकसरो भित्री पोशाक मात्र हुन्थ्यो। धनीहरूले कोठा भित्रमात्रै यो लुगा लगाउँथे र अर्को बाहिरी पोशाकबिना तिनीहरूले भित्री लुगा मात्रै लगाउँदैनथे। बाइबलका समयमा “नांगा” भन्ने शव्द ती भित्री लुगा मात्रै लगाएका मानिसहरूलाई प्रयोग गरिन्थ्यो (यूहन्ना २१:७)। यस्तो प्रकारले अपर्याप्त लुगा लगाउनुलाई नै नग्नता मानिन्थ्यो।
पेटी
पेटी चाहिँ करिब ४ देखि ६ इन्च चौडा बेल्ट हुन्थ्यो जसलाई कम्मर वरिपरि बेरिन्थ्यो। पेटीबिना ट्युनिक मात्र लगाएमा खुकुलो र मज्जासित हिँड्न असजिलो हुन्थ्यो। कहिलेकाही पेटीमा पैसा राखिन्थ्यो र त्यो कहिले तरवार भिर्नलाई पनि प्रयोग गरिन्थ्यो।
बाइबलीय भाषामा —पेटी कस्नु‘ भनेको —कुनै कामको लागि तयारी हुनु‘। भन्नुको मतलव —तिम्रो अगाडिको दौडमा कुनै पनि कुराले पछि नपारोस् वा तिम्रो अघि बढ्ने गतिलाई बाधा नदेओस्‘ (हेर्नुहोस् लुका १२:३५)। १ पत्रुस १:१३ को पहिलो खण्डको अर्थको बारे तपाईं के विचार गर्नुहुन्छ?
बाहिरी पोशाक
बाहिरी पोशाकलाई मेन्टल भनिन्थ्यो। त्यो ठूलो माथिदेखि तलसम्म लगाउने वस्त्र जस्तै हुन्थ्यो। अहिले हामीले लगाउने ओभरकोट जस्तै हो। यसले चाहिँ हावा र पानीबाट सुरक्षा साथै राती खास्टो जस्तै काम गर्थो। एलियाले लगाउने यही बाहिरी पोशाक थियो जुन पछि एलिशाको निजी भयो (हर्नुहोस् २ राजा २:८-१३)।
चप्पल
बाइबल समयका प्रायः मान्छेले पनि अहिलेको जस्तै चप्पल लगाउथें। तिनका चाहिँ कि त काठ वा छालाद्बारा निर्मित तलुवा हुन्थे र तिनलाई खुट्टामा बाध्न छालाको फित्ताको प्रयोग गरिन्थ्यो। पत्रुसलाई पनि प्ररित १२:८ मा आफ्नो चप्पल बोक्न भनिएको थियो। मर्कूस १:७ मा हर्नुहोस् बप्तिस्मा दिने यहून्नाले के भने (जुत्ता=चप्पल)। मानिसहरूले चप्पल लगाएका कारण तिनीहरूका खुट्टा फोहर हुन्थ्यो, त्यसैले बाइबलमा खुट्टा धुने विषयमा पाउँछौ (हर्नुहोस् यूहन्ना १३)।
पुरुष र स्त्रीमा भिन्नता
पुरुष र स्त्रीमा एउटै खालको लुगा देखिएता पनि केही न केही फरक भने पक्कै थियो। सबैले उही भित्री, बाहिरी पोशाक अनि पेट्टी लगाएता पनि स्त्रीहरूको लुगा केही फैलिएको र सिगारिएको हुन्थ्यो। स्त्रीहरूले खुट्टा पूरै ढाकिएको लुगा लगाउँथे। कहिलेकाहीँ घुम्टो पनि लगाउँथे।
त्यहाँ पुरुष र स्त्रीका लुगाहरूमा भिन्नताहरू थिए जसद्बारा सजिलै पुरुष र स्त्री छुटिन्थ्यो। यसरी बाइबल समयका पुरुष र स्त्रीहरूको पोशाकमा भिन्नता थियो। परमेश्वरको कानुनमा हामी पढ्छौं, _____________________________ स्त्रीले लाउनुहुँदैन र ______________________ पुरुषले लाउनुहुँदैन। यसो गर्नेलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ।(व्यवस्था २२:५)। स्त्रीले जस्तो लुगा लगाउनु पुरुषको लागि र पुरुषको जस्तो लुगा लगाउनु स्त्रीको लागि शर्मलाग्दो कुरो हो।
आज पनि यही नै सत्य छ। लोग्नेमान्छेले लोग्नेमान्छे जस्तै, स्वास्नीमान्छेले स्वास्नीमान्छे जस्तै, केटाले केटा जस्तै, केटीले केटी जस्तै पोशाक लगाउनुपर्छ। यदि परमेश्वरले तपाईंलाई केटा वा पुरुष बनाईदिनुभएको छ भने त्यस्तै व्यवहार गर्नुपर्छ, त्यस्तै देखिनुपर्छ र हुनुपर्छ। यदि परमेश्वरले तपाईंलाई केटी वा स्त्री बनाईदिनुभएको छ भने त्यस्तै व्यवहार गर्नुपर्छ, त्यस्तै देखिनुपर्छ र हुनुपर्छ।
दुईखाले पोशाक
मानिसले शूरुमा पहिरेको पोशाक कुन हो? उत्पत्ति ३ मा फर्केर हामी आदम र हव्वा आफैले लगाएका र त्यसपछि परमेश्वरले लगाइदिनुभएको पोशाकको बारेमा विचार गरौं।
आदम र हव्वा
हाम्रा पाप कसरी ढाकिए?
(उत्पत्ति ३)
अंजीरका पातहरू (पद ७) |
पशुको छाला (पद २१) |
|
|
परमेश्वर प्रत्येक पापीलाई नै उहाँको पुत्र येशू ख्रीष्टको सिद्ध धार्मिकताले ढाक्न चाहनुहुन्छ। तर प्रायः मानिस आफ्नो पापलाई आफ्नै वस्त्रले ढाक्न खोज्छन्। हामीले हाम्रो पाप ढाक्न के भेट्टाएका छौँ त? के यसले काम दिन्छ (यशैया ६४:६, तितस ३:५)? _______________। आफ्नो पापलाई ढाक्न मानिसहरू के कस्ता कामहरू गर्छन्?________________________________________________________________ ___________________________________________________।
परमेश्वर स्वयंले पापीलाई ढाकिदिनुपर्छ। परमेश्वरले कस्तो खालको पोशाक प्रभु येशू ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति प्रवन्ध गरिदिनुभएको छ (प्रकाश १९:८ र ३:१६-१७ १ कोरिन्थी १:२९-३०)___________________________________________________________।
परमेश्वरले तपाईंलाई कसरी हेर्नुहुन्छ? के उहाँले तपाईंलाई पापको नांगोपनामा देख्नुहुन्छ कि ख्रीष्टको धार्मिकतामा ढाकिएको देख्नुहुन्छ (२ कोरिन्थी ५:२१)?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)