यातयात र सञ्चार

यातयात र सञ्चार

 

यातयात भन्नाले एक ठाउँबाट अर्का ठाउँमा गरिने यात्रा वा भ्रमण हो। सञ्चार भन्नाले एक व्यक्तिबाट अर्का व्यक्तिलाई बोली वा लेखको माध्यमद्बारा दिइने सूचना समाचार अथवा सोच र विचार हो। बाइबलका समयमा मानिसहरु कसरी यात्रा गर्थ? कसरी मानिसहरु सूचना खबर आदनप्रदान गर्थ?

यातयात

कसरी अब्राहाम, मोशा, दाउद र पावल एक ठाउँबाट अर्का ठाउँमा यात्रा गर्थ? के उनीहरुले कार र बस चढे होलान्? के उनीहरुले साइकल, मोटरसाइकल, हवाइजहाज, समुद्री जहाजबाट यात्रा गर्न पाए होलान्? के उनीहरु एक शहरदेखि अर्का शहरमा जान के प्रयोग गर्थ? कसरी बाइबल समयका मानिसहरु यात्रा गर्थ होलान्? लौ, हाम्रो बाइबल खोलौ र पत्ता लगाउः

१. अब्राहामको दास रेबिकाको घरमा कसरी पुगें (उत्पति २४:१०)?

__________________________________________________________________________

२. युसुफ कसरी मिश्रमा पुगें (उत्पत्ति ३७:२५…२८)?__________________________________

३. परमेश्वरको उपस्थितिबाट योना भाग्न खोज्दा उनले के गरें (योना १:३)?

__________________________________________________________________________

४. येशू यरुशलेम शहरमा कसरी प्रवेश गर्नुभयो (मत्ती २:१२,५,७,१०)?

__________________________________________________________________________

५. के जक्कैले रूखमा चढ्न लिफ्टको प्रयोग गरे होला (लुका १९:३-४)?

__________________________________________________________________________

६. कसरी दुइ जना व्यक्तिले येरुशलेम देखि इम्माउस सम्म पुगें (लुका २४:१३-१७) ?

__________________________________________________________________________

७. पावल रोममा कसरी पुगें (प्रेरित २७:२,६)?

_________________________________________________________________________

 

यात्राको साधनहरु

हामीले यी माथिका पदहरुबाट थाह पाइसकेका छौ कि पैदलको यात्रा कहिलेकाही मात्र गरिन्थ्यो। लामो यात्राको लागि मानिसहरु प्राय घोडाहरु, गधाहरुको प्रयोग गर्दथे। यदि हामीसँग साधन छ भने किन हिड्नुको आवश्यकता पर्‍यो। मरुभूमिको यात्राको लागि परमेश्वरले शिद्ध साधनको रचना गर्नुभएको छ – उँठ। उँठले पानीविना नै धेरै दिन सम्म यात्रा गर्नसक्छ।

बाइबल समयमा जिउने मानिसहरुलाई पानीबाट पनि कसरी यात्रा गर्ने भन्ने बारेमा ज्ञान थियो। तिनीहरुले डुङ्गा र जहाज बनाउन जान्दथे।तिनीहरु दुई प्रकारले चलाइन्थ्योः १) केही डुङ्गाहरु (जस्तै माछा मार्ने डुङ्गा) पतवारद्बारा चलाइन्थ्यो। २) केही डुङ्गाहरु भने हावाको वेगको शक्तिद्बारा चलाइन्थ्यो। तलका यी पदहरु हेरेर कस्तो किसिमले ती डुङ्गाहरु चलाइन्थ्यो लेख्‍नुहोस्।

१) योनाले चढेको जहाज (योना १:१३)____________________

२) येशूका चेलाहरुले चढेका डुङ्गा (यूहन्ना ६:१९)? __________________________________

३) पावलले चढेको डुङ्गा (प्रेरित २७:७,९,१३,१५,१७)?_________________________________

यात्राको खतरा

आजकाल मानिसहरु रमाइलो र आनन्दको लागि लामो यात्रा गर्छन्।धेरै परिवार यात्रा गरेर छुट्टी मनाउँछन्। बाइबलका समयमा यात्रा गर्नु भनेको रमाइलोको लागि थिएन। मानिसहरु यात्रा गर्न अघि सर्दैनथे।वास्तवमा अत्यन्त जरुरी परेमा मात्रा मानिसहरु लामो यात्रा गर्थे।यात्रा भन्ने बित्तिकै प्राय मानिस डराउँथे।किन यस्तो भयो?

सर्वप्रथम, यात्रा चाहिँ कठिन र गाह्रो थियो। के तपाईं कहिले उँठको ढाडमाथि एक घण्टा बढी बस्नुभएको छ? के तपाईं कहिल्यै १ दिनमा १० वा २० माइल हिड्नुभएको छ? आजकाल हामी हिटर र एअर कन्डिस्नर जडित आरामदायी बसमा यात्रा गर्छौ।हामीलाई यात्रामा तिर्खा लाग्दा हामी कुनै भोजनलय अगाडि रोकेर चिसो पिउनसक्छौ।आज हामी सजिलै ३०० वा ४०० माइल एकैदिनमा हिड्नसक्छौ। झन हवाइजहाजमा त त्यो भन्दा कैयौ बेसी टाढा पुग्नसक्छौ।बाइबलकालिन मानिसहरु दिनमा केवल २० देखि ३० माइल मात्र हिडेर यात्रा गर्न सक्थे।

पहिलेका यात्रीहरुलाई इनार वा पानीका मुहानका पाइने ठाउँहरु जान्नुपर्दथ्यो। कहिलेकाही यात्रीहरु पानीका मुहानमा पुग्दा ती सुकिसकेका पाउँदथे। यसले हामीलाई यशैया ५८:११ पद बुझ्न मदत गर्छ।के परमेश्वरले प्रवन्ध गर्नुभएको पानीको मुहान कहिले सुक्छ होला?____________ हेर्नुहोस् यूहन्ना ६:३५ र यूहन्ना ७:३७-३९।

सबैभन्दा मुख्य समस्या चाहिँ: यात्रा गर्नु चाहिँ ज्यादै जोखिमपूर्ण थियो। लुका १०:३० मा यात्रीलाई कस्तो घटना घट्यो? ___________________________________________________
__________________________________________________________________________

पावलले आफ्नो यात्रामा कस्ता कस्ता खतरा र हानीहरु भोग्नुपरयो (२ कोरिन्थी ११:२६-२७)?_____
__________________________________________________________________________

त्यहाँ खाली डाँकुहरु मात्र हुदैनथ्यो तर जंगली पशुहरु पनि थिए? १ राजा १३:२४ मा ती यात्रीलाई यात्रामा के आइपरयो? _________________________________________________________
के तपाईंको परिवारको यात्रामा सिंह भेट्नुभएको छ? समुद्री यात्रा पनि सँधै सुरक्षित हुँदैनथ्यो? पहिलेका मानिसहरुलाई समुद्रको ठूलो डर थियो। २ कोरिन्थी ११:२५ अनुसार पावल चढेको जहाज कति पल्ट भताभुङ्ग भयो? _______________ पछि उनको जीवनमा अर्को समुद्री हानी भोग्नुपरयो जुन प्रेरित अध्याय २७ मा उल्लेख गरिएको छ। समुद्रबाट यात्रा गर्नेहरुले यो ख्याल गर्नुपर्थ्यो कि उनीहरुले फेरि कहिल्यै जमिन देख्न नपाउन सक्छ।

के एक विश्वासीको यात्रा जोखिमपूर्ण छ?

म यस जीवनमा विश्वसी भएर यात्रा गर्दा के खतराहरु हुन्छन् होला त? के मैले केही कुरामा होसियार हुनुपर्छ कि? के ख्रीष्टियन जीवन रमाइलो भमण हो या कठिन र जोखिमपूर्ण यात्रा?

के एक विश्वसीले यात्रामा सिंहलाई भेट्न सक्छ होला (१ पत्रुस ५:८)?____________ यो सिंह को हो?____________________________________ ऊ तपाईंलाई सहायता गर्न कि हानी गर्न त्यहाँ हुन्छ? __________________ के प्रभु येशूले त्यही सिंहलाई भेट्नुभयो(मत्ती ४:१,३)? __________

के त्यो सिंहले उहाँलाई निल्न सक्यो त (मत्ती ४:११)?____________ यो सिंहबाट बच्नको लागि हामीले के गर्नुपर्छ (याकुब ४:७, एफिसी ६:१०-१७)?

जब सिपाही शत्रुको इलाका यात्रा गर्दछ भने ज्यादै होशियारीका साथ जस्तोसुके खतराको सामना गर्न तयारी हुनुपर्छ।अनि विश्वासीको बारेमा नि? जीवनको यात्रामा हामी आफ्नै पक्षको इलाकामा छौ कि शत्रुको इलाकामा छौं(यूहन्ना १५:१८-१९; १ यूहन्ना ३:१३)?____________________________

हामी शत्रुको भूमिबाट भएर स्वर्गको बाटोमा लाग्छौ, तब हामीप्रतिको मानिसको व्यवहार राम्रौ हुन्छ होला त (मत्ती ५:१०-१२)?____________________ प्रभु येशू ख्रीष्टलाई यस संसारको भूमिको यात्रा भएर स्वर्ग प्रस्थान गर्नुहुदाँ कस्तो व्यवहार गरियो?

यदि तपाईं नयाँ र आरामदायी कारमा यात्रा गर्नुहुन्छ भने अवश्य तपाईंलाई त्यो मनमोहक यात्रा हुनेछ।तर पुरानो र कच्ची कारमा यात्रा गर्नुहुन्छ भने तपाईंले पक्कै पनि बाटोमा समस्याहरु भएर कठिन यात्रा गर्नुहुनेछ।हाम्रो जीवनको यात्रामा हाम्रो शरीरको अवस्था कस्तो छ? के हाम्रो शरीरमा केही समस्याहरु छन् (२ कोरिन्थी ४:१६)?__________ जब तपाईं हुर्कदै जानुहुन्छ, तपाईंले आफ्नो शरीरमा धेरै समस्याहरु पाउनुहुन्छ कि थोरै?____________________

बाइबलले हामीलाई बताउँछ कि हाम्रो यात्राको बाटाहरुमा त्यहाँ थुप्रै पासो, बाधाहरु र जालहरु हुन्छन्(भजनसंग्रह ५७:६, ११९:११०)।दैनिक यात्रामा कस्ता खालको पासोमा विश्वासीहरु पर्न सक्छ?

 

परिक्षाहरु_______________________________________

 

पापमार्ग पछ्याउने________________________________

______________________________________________

______________________________________________

______________________________________________

एउटा भजन (“अचम्मको अनुग्रहले”) मा यस्तो गाउँछौं,

अनेकौ जोखिम परीक्षा भएर आइपुगे,
यहाँसम्म ल्याउने त्यो अनुग्रहले, पुग्नेछु स्वर्ग मै

परमेश्वरले हामीलाई सजिलो यात्रा नदिनसक्नुहुन्छ तर उहाँले अवश्य सुरक्षित यात्रा चाँहि दिनुहुन्छ।

मानौं तपाईं जंगली जनावरले भरिएको घना जंगलको जोखिम यात्रा हुनुहुन्छ, के तपाईं सबै परिस्थिति र आईपर्ने खतराको नियन्त्रण गर्नसक्ने कुसल मार्गदर्शीको चाहनुहुन्न र? _____ जीवनको खतरापूर्ण यात्रामा एउटा विश्वासीको मार्गदर्शी को हुनुहुन्छ(भजनसंग्रह ४८:१४, यशैया ५८:११)?___________

अनि यो सहायक र मार्गदर्शीले के हामी कहिल्यै छोड्नुहुन्छ होला(भजनसंग्रह ४८:१४, हिब्रू १३:५)?

__________ के हामी आइपर्ने खतरादेखि डराउनुपर्छ (व्यवस्था ३१:८)?__________ के प्रभुले हामीलाई यात्रामा आउने प्रत्येक खतरा र समस्याहरुबाट बचाउनुहुन्छ(भजनसंग्रह ३४:६,१७)? _____

परमेश्वरले हामीलाई अन्तिम गन्तव्य स्थान सम्म सुरक्षितरुपले पुरयाउनुहुन्छ।

सञ्चार

टेलिफोन विनाको हाम्रो जीवन कस्तो होला? के तपाईं रेडियो विना पनि बाँच्न सक्नुहुन्छ? मानिसहरुले पत्रपत्रिका रेडियो भन्दा अघि सन्देशहरु कसरी पाउँथे होला? आज आधुनिक सञ्चारले हाम्रो संसारलाईं साघुरो बनाइदिएको छ। सञ्चारको उपग्रहको सहायताले आज हामी रेडियो खोल्ने बित्तिकै संसारको अर्का ठाँउमा भएको घटनालाईं थाह पाउनसक्छौं।

बाइबलका समयमा, मानिसहरुसँग पत्रपत्रिका, रेडियो, टेलिफोन केही पनि थिएन। तब कसरी उनीहरु सञ्चार गर्थे होला?

१. कसरी डेविडले अबनेर र राजा शावलसँग बातचित गर्थे (१ शमूएल २६:१३-१७)?

____________________________________________________________________

२. एस्तरले मर्दकैसँग कसरी बातचित गर्थे (एस्तर ४:४-१५)?

________________________________________________________________________

३. यूसुफले आफ्ना दाजुभाइहरुसँग कसरी बातचित गर्थे (उत्पत्ति ४२:२३)?

________________________________________________________________________

४. शावलले कसरी इस्राएलीहरुलाई जम्मा गरेर सिपाहीको टोलीको खडा गर्थे (१ शमूएल ११:६-७)?

________________________________________________________________________

५. बप्‍तिस्मा दिने यूहन्नाले येशूसँग कसरी बातचित गर्थे (मत्ती ११:२-४)?

________________________________________________________________________

६. पावलले कसरी फिलेमोनसँग सम्पर्क गर्थे (फिलेमोनको पुस्तक)?

________________________________________________________________________

७. येशू कसरी ठूला सयौं भीडहरुलाई सुनाउनुहुन्थ्यो (मत्ती १३:१-३)?

________________________________________________________________________

येशू जब भीडहरुमाझ बोल्नुहुन्थ्यो, कहिलेकाही हजारौ मानिसहरु उहाँको वचन सुन्न जम्मा हुन्थ्यो। के येशूसँग माइक्रोफोन थियो?________ के त्यहाँ ठूल्ठूला स्पिकरहरु हुन्थे?________ कि उहाँको शक्त्तिशाली आवाज थियो?____

जर्ज ह्वीटफिल्ड एक महान प्रचारक थिए जसले ठूला ठूला भीडहरुलाई माइक्रोफोन वा स्पिकरविना नै प्रचार गर्थे। कहिलेकाही उनी २०००० हजार मानिसहरुको भीडमाझ बोल्थे। एकचोटि बेन्जमिन फ्रान्कलिनले जर्ज बोलिरहेका बेला उनले केही हिसाब गरे र यो निकाले कि उनको आवाज ३०,००० मानिसहरुको भीडले सुन्नसक्दो रहेछ! त्यो एउटा रङ्गशालामा हुने दर्शक जतिको संख्या हो।

प्राचिनकालका मानिसहरु चिठीको आदनप्रदान गर्थे।नयाँ नियमका पुस्तक प्राय सबै नै मण्डली वा व्यक्त्तिगतरूपमा पठाइएका पत्रहरु नै हुन्। अझ प्राचिन पर्सियनमा अचम्मको हुलाकी प्रकिया नै थियो।(हेर्नुहोस् एस्तर ३:१३, १५; ९:२०- दूतहरु भन्नाले हुलाकी थिए) प्राचिन इतिहासकार हेरोद ती हुलाकीको बारेमा यसरी उल्लेख गरेका थिए:

 

कुनै पनि प्राणी यी पर्सियन दूतहरु भन्दा छिटो यात्रा गर्नैसक्दैनथे।बाटाका पदरेखामा लस्करै मानिसहरु घोडामा सवारी गराए भने पनि यी मानिसहरु र घोडाले यात्रा गर्ने दिनको संख्या बराबर नै हुन्थ्यो। यी दूतहरुलाई आफ्नो कार्य पूरा गर्न यात्रामा चाहे हिउँ, चाहे झरी अथवा गर्मी अनि रातको अन्धकार नै किन नहोस्, उनीहरुको गतिमा त्यसले कुनै असर गर्दैनथ्यो।पहिलोले दोस्रोलाई दोस्रोले तेस्रोलाई गर्दै आफ्नो सन्देशलाई हातहातै पदरेखासँगै पुरयाउँथे।

केही हप्तामा नै त्यो सन्देश टाढाको पर्सियन सम्राटको हातमा पुगिसकेको हुन्थ्यो।

सुचना दिनको लागि तुरहीको पनि प्रयोग गरिन्थ्यो।अहिले जस्तो साइरन थिएन, त्यसैले ध्वनिबाट सवधान हुन तुरही फुक्थे। तुरही युद्धको सङ्केतकोरूपमा पनि प्रयोग गरिन्थ्यो।यदि तुरहीले ________ आवाज निकालेन भने लडाईका निम्ति कसले आफैलाई तयारी पार्दछ त (१ कोरिन्थी १४:८)।मानिसहरुले कसरी पत्रिका, रेडियो, टेलिफोन हुनभन्दा अघि सन्देश पाउँदथे? मानौं राजाले आफूले चाहेको सम्पूर्ण विषयमा सुचना प्राप्‍त गर्न चाहन्छ भने राजाले के गर्नुपर्छ? राजाले अवश्य शाहीदूत पठाउँछ।

शाहीदूत चाहिँ सन्देश बोकेर जाने र त्यसलाई वाचन गर्ने व्यक्त्ति हो। यो व्यक्त्ति शहरमा आउने बित्तिकै सबै मानिस भेला हुन्थे।राजाबाटको सन्देश सुन्नको तयार हुन्थे। तब शाहीदूतले यसरी गर्थे, सबैले सुन सुन सुन… र आफ्नो सन्देश दिन्थे। कहिलेकाही नराम्रो खबर पनि हुन्थ्यो जस्तै शत्रुले हाम्रो भूमिमा आक्रमण गर्दै छ। अनि कहिलेकाही शुभ खबर पनि हुन्थ्यो जस्तै हाम्रो विजय भयो। हामी दानिएल ३५:१-५ शाहीदूत विषयमा पाउँछौं जसले ठूलो शोरले राजा नबुकदनेजरको सन्देश लगेका थिए।

राजाहरुका राजाको शाहीदूत

२ तिमोथी ४:२ मा पास्टरलाई वचनको _________ भनिएको छ। “प्रचार” शब्दको अर्थ “शाहीदूतले झै घोषणा गर्नु” हो।जब पास्टरले प्रचार गर्दछ, उहाँले मानौं के गरिराख्‍नुभएको हुन्छ?

क. आफ्नो विचार बाँडिराखेको

ख. मानिस कसरी जिउँनुपर्छ भन्ने बारे आफ्नै विचार व्यक्त

ग. जीवनको बारे आफ्नै धारणा र तर्क दिइरहेको

घ. अरु मानिसको विचारधारा बाँडिराखेको

ङ. बाइबलमा पाइएको परमेश्वरको सन्देशको घोषणा

राजाहरुका राजाबाट मानिसका निम्ति एउटा सन्देश छ र त्यो सन्देश बाइबलमा पाउँछौं। त्यसो भए त्यो शुभ सन्देश हो कि अशुभ सन्देश(लुका २:१०, रोमी १:१६)? ________________________

जब तपाईं मण्डली भवन अथवा सन्डे स्कूलमा जानुहुन्छ, के तपाईं राजाबाटको सन्देश सुन्ने उद्देश्यले जानुहुन्छ? के तपाईं राजाको सन्देशलाई अध्ययन गर्न ईच्छुक हुनुहुन्छ? के तपाईं ब्रमाण्डका राजा के भन्नुहुने कुरालाई चासो राख्‍नुहुन्छ?

हामीले कहिले पनि, आज मलाईपास्टरको सन्देश मन परेन भनेर भन्नुहुदैन। यदि पास्टर साच्चै ठीक तरिकाले शाहीदूत झै परमेश्वरको वचन प्रचार गरिरहनुभएको छ भने तब त्यो उनको आफ्नो सन्देश होइन तर त्यो राजाबाटको सन्देश हो। अनि यदि हामी परमेश्वरको सन्देशलाई मन पराउँदैनौं भने हामी समस्या पर्नेछौं।

के तपाईंलाई थाह छ कि परमेश्वर प्रत्येक विश्वासी शाहीदूत भएको चाहनुहुन्छ? मर्कूस १६:१५ मा राजा भन्नुहुन्छ,”सारा संसारमा जाऔं र हरेक प्राणीलाई सुसमाचार ________ गर।” हामीहरु शाहीदूत झै सुसमाचार घोषणा गर्नेहरु हौं। हामीसँग सबै ठाउँमा सारा मानिसकहाँ पुरयाउन राजाबाटको शुभ खबरको सन्देश छ। अनि प्र____________ विना तिनीहरुले कसरी सुन्लान् त (रोमी १०:१४)।यदि शाहीदूत छैनन् भने राजाको सन्देश तिनीहरुले कसरी सुन्लान् त? तिम्रो स्कूलका साथीहरुले राजाको सन्देशलाई कसरी सुन्छन् होला? के राजाले व्यक्तिगतरूपमा उनीहरुलाई भटेर राजा आफैले उनीहरुलाई सन्देश दिनुहुन्छ होला?________परमेश्वरले मानिसहरुसँग शुभसन्देश आदनप्रदान गर्न शाहीदूतको प्रयोग गर्नुहुन्छ (२ कोरिन्थी ५:१९-२१)।अनि राजाको शाहीदूत मध्ये एक बन्न पाउनु प्रत्येक विश्वासीका निम्ति गौरवको कुरा हो।

यदि हाम्रो देशको राजाले तपाईंलाई एक सन्देश आफ्ना परिवार र साथीहरुकहाँ पुरयाउनको निम्ति भन्नुभयो भने तपाईंले के गर्नुहुन्छ?____________________। सारा सृष्टिका राजाले तपाईंलाई एउटा सन्देश घोषणा गर्न दिनुभएको छ! परमेश्वरले तपाईंलाई असल र विश्वासयोग्य शाहीदूत बन्न सहायता गरून् !!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email