सङ्गीत र खेल

सङ्गीत र खेल

 

सङ्गीत र खेल युवाहरूले ज्यादै मन पराउँछन् साथै वृद्धहरूले समेत। धेरै यूवाहरू स्कूलबाट कि सङ्गीत शिक्षकद्बारा बाजा बजाउन सिक्न चाहन्छन्। अनि सबै स्कूलमा केही न केही खेलकुद कार्यक्रमहरू राखिएको हुन्छ जहाँ यूवाहरू विभिन्न खेलहरूमा भाग लिन्छन्। यस अध्यायमा हामी प्राचीनकालका मानिसहरूबीच सङ्गीत र खेलको महत्त्वपूर्ण स्थानको विषयमा अध्ययन गर्नेछौं।

सङ्गीत

अहिले जस्तो पियानो वा गीतार बनिनुभन्दा अघि ती समयमा कस्तो सङ्गीत हुन्थ्यो होला? आज हामीले सुन्ने सङ्गीत प्राय रेडियो क्यासेटबाट आउने गर्छ। तर बाइबलका समयमा यस्ता खालका विद्युतीय साधनहरू केही पनि बनिएको थिएन।

सङ्गीत र बाजाको विषयमा पढ्नु अघि एक व्यक्तिले बाइबल पढ्नु पर्दैनथ्यो। उत्पत्ति अध्याय ४ को कुन पदमा बताएको छ कि एक व्यक्ति जसले दुईओटा बाजा बजाउन जान्दथे? पद______

पुरानो नियमका समयमा सङ्गीत उत्सवको एक अंश थियो। जब केही उदेकलाग्दो अचम्म घटना घट्छ, तब के तपाईंलाई कराउन र गाउन मनलाग्छ? प्रस्थान १४ अध्यायमा परमेश्वरले इस्राएलको सन्तानहरूका निम्ति कस्तो महान कार्य गर्नुभयो?_______________________________________
__________________________________________________________________________

परमेश्वरले यस्तो कार्य गर्नुभएपछि, तब के ती मानिसहरूले उत्सव मनाउन चाहे होला?______ प्रस्थान १५ र पद १ मा हामी मोशाले एउटा भजन गाएको पाउछौं। अनि प्रस्थान १५:२० पनि हामी मिरियम, मोशाको दिदी र अरु स्त्रीहरू बाजाहरू बजाउदै नाच्न र गाउन थालेको पाउँदछौं। कसका निम्ति तिनीहरूले गाए होलान (प्रस्थान १५:२१)?__________________ किन तिनीहरूले गाए र नाचे (प्रस्थान १५:२१)? “किनभने उहाँ___ ___________________________”

अर्को महान उत्सव पनि १ शमूएल १७:६ मा पाउँदछौं। दाऊदले पलिश्ती गोल्यतलाई के गरेका थिए?(१ शमुएल १७:५०)________________________________________________। के उत्सव र खुशीयाली मनाउन यही नै मुख्य कारण थियो?_______________। स्त्रीहरूले यो महान विजयलाई कसरी मनाए (१ शमूएल १८:६)? के तिनीहरूले गाए? ______। के तिनीहरूनाचे?_________। के तिनीहरूले बाजाहरू बजाए?_________।

के तपाईंहरूलाई थाह छ एक दिन यस्तो उत्सव र खुशीयालीको समय आउनेछ जसको अन्त नै हुँदैन।प्रकाश १४:२-३ मा हामी स्वर्गीय दृश्यलाई देख्दछौं।के त्यहाँ गाइएको छ? ______। के त्यहाँ केही बाजाहरू छन्? ______ । अनन्तसम्म विश्वासीहरूले ठूलो उत्सव मनाइ रहनेछन् (एउटा ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्):

(क) कति अचम्मको मानिस भएका कारण

(ख) परमेश्वर कति महान हुनुभएको कारण

(ग) प्रभु येशूको क्रूसको बलिदानको कारण

(घ) नेपाली खेलाडीले वर्ल्र्डकप जितेको कारण

(ङ) परमेश्वर को हुनुहुन्छ र उहाँले के गरिदिनुभयो भनेर

यदि अहिले तपाईंमा गाउनलाई राम्रो स्वर छैन होला, तर जब तपाईंले नयाँ बौरिउठाइको शरीर पाउनुहुनेछ, तब के परमेश्वरले तपाईंलाई एउटा मीठो स्वर दिनुहुन्छ (यदि विश्वासी हुनुहुन्छ भने)? __________। सङ्गीतकारहरूले आफ्नो राम्रो प्रदर्शन गर्न अघि सधैं अभ्यास गरेकै हुन्छ। स्वर्गीय महान उत्सवको लागि विश्वासीहरूका निम्ति उत्तम समय कुन हो? _______________________________।

संसारको इतिहासमा सबै भन्दा बेसी सङ्गीतमा ठूलो योगदान दिने व्यक्ति दाऊद हुन्। जब राजा शावलले राम्रो सङ्गीत बजाउन सक्ने मान्छे खोजे तब त्यो कामका लागि कसलाई चुनियो (१ शमूएल १६:१७-१९)? ____________। कस्तो बाजा उनी बजाउथे (१ शमूएल १६:२३)? _________। यो वीणा शब्दले अहिलेको जस्तो ठूलो वीणालाई बुझाउँदैन। दाऊदको वीणा चाहिँ छोटो तार भएको, जहाँ पनि बोकेर लानसक्ने खालको थियो। सायद उनको दसतारे वीणा थियो होला।

दाऊद खाली कुशल सङ्गीतकार मात्र थिएनन् तर कुशल रचनाकार पनि थिए। बाइबलको बीचतिरको पुस्तक भजनसंग्रहको शुरुका केही खण्डहरू हेर्नुहोस्। कसले लेखे यी सुन्दर भजनहरू? ____________।

वास्तवमा भजनसंग्रह एक सांगीतिक भजन पुस्तक नै हो किनभने यहाँका भजनहरू बाजाहरूको प्रयोग गरेर सङ्गीत हालेर गाइएका थिए।मत्ती २६:३० मा प्रभु येशू ख्रीष्ट र उहाँका चेलाहरूले पनि यही भजन पुस्तकबाट गाउनुभएको थियो (जुन भजनसंग्रह ११३-११८ बाट गाउनुभएको हुनसक्छ)।

बाइबलका समयमा त्यहाँ तीन किसिमका बाजाहरू बजाइन्थे। त्यस समयमा तारे बाजा दाऊदको जस्तो, छ्याङछयाङे बाजा जस्तै खैजडी, झ्याम्टा, र फुक्ने बाजाहरूजस्तै तुरहीको प्रयोग गर्दथे। अन्तिम अध्याय भजनसंग्रह १५० मा हेर्नुस्। के परमेश्वर विभिन्न बाजाहरूसँग उहाँको प्रशंसा गरेको चाहनुहुन्छ?______________।

सङ्गीत कहिलेकाहीँ परमेश्वरको आराधनामा प्रयोग हुन्थ्यो। दाऊद र उनलाई पछ्याएका थुप्रै राजाहरूले मन्दिरमा आराधनाको निम्ति सङ्गीतकारहरू प्रयोग गर्दथे। आज हामी आराधनाको निम्ति असल सङ्गीत ठीक तरिकाले प्रयोग गर्नसक्छौं। असल सङ्गीत सहयोगी बन्नसक्छ तर खराब सङ्गीत हानीकारक बन्नसक्छ। मानौं तपाईं शनिवार बिहानै मण्डली घरमा आउनुभयो र कोही पनि बाजा नबजाएको, भजन नगाएको पाउँनुभयो भने त्यो हामीलाई नौलो लाग्नेछ होइन?

बाइबलमा मानिसहरू नाचेको बारेमा पनि उल्लेख गरिएको छ। हामीले ठूलो उत्सवको समयमा केही स्त्रीहरू नाचेको पढेका थियौ। नाच्नु चाहिँ आनन्दित हुदाँको प्रकटीकरण थियो। कहिलेकाहीँ मानिसहरू ज्यादै हर्ष विभोर हुन्थे र खुशीले भरिन्थे। अनि तिनीहरू खुशीले उफ्रन्थे र सङ्गीतको तालमा शरीरलाई हल्लाउथे। २ शमूएल ६:१४ मा हामी को नाचेको पाउँदछौ?_________________। के उनी आनन्दित भएका थिए (पद १२)? ________ के उनी कराए (पद १५)?________ के उनी उफ्रे (पद १६)

जब बाइबलले नाचको विषयमा बताउँदछ तब त्यो कहिले पनि आजकालको पुरुष-स्त्री जोडीको बीच गर्ने नाँचको विषयमा बताइएको होइन। अब तपाईंलाई बाइबलका समयका मानिसहरू कसरी नाँच्दथे भन्ने जिज्ञासा लागिरहेको होला, तब तपाईंले अहिलेको फुटबल खेलको दर्शकलाई हेर्नुपर्छ, जब आफ्नो घरेलु टिमले फाइनल खेल जित्दछ भने के तपाईंले मानिसहरू उफ्रिरहेको, कराइरहेको र नाँचिरहेको पाउनुहुन्छ?

जब हामी मण्डलीमा भजन गाउँछौ, तब शब्दहरू कति महत्त्वपूर्ण छन्? के परमेश्वर हामीले के गाइरहेका छौ भन्ने बुझेको चाहानुहुन्छ (१ कोरिन्थी १४:१५)? __________। जब हामी गाउँछौ, हामीले कसको निम्ति गाउँछौ (प्रस्थान १५:१)? _______________।

एक चोटि रेडियोमा सुनिने सङ्गीतको विषयमा विचार गर्नुहोस्। कस्ता खालका शब्दहरू तपाईं सुन्नुहुन्छ? के ती शब्दहरूले तपाईंलाई एक असल व्यक्ति बन्न सहायता गर्छ होला? के ती गीतका शब्दहरूले तपाईंलाई ठीक बाटोमा हिड्नलाई उत्साह दिन्छ होला? के त्यस्ता गीतको सङ्गीतले तपाईंको ह्दयलाई प्रेरणा र सान्त्वना देला ताकि तपाईंले स्पष्ट विचार गर्नसक्नुहुन्छ र ठीक प्रकारले कार्य गर्नसक्नुहुन्छ? मोशाले गाएको गीतमा परमेश्वर कति महान हुनुहुन्छ भनी वर्णन गरिएका शब्दहरू पाउनुहुन्छ (प्रस्थान १५:११)। रेडियोमा बज्ने केही खराब सङ्गीतको बारेमा विचार गरौ।के त्यस्ता गीतहरूस्वर्गमा प्रभु येशूको सामने तपाईं गाउन चाहनुहुन्छ? ____________।

रेडियोमा गीत गाउने व्यक्तिहरूको विषयमा एकक्षण विचार गरौ। के ती रेडियोमा गीत गाइरहने व्यक्तिहरूले “परमप्रभु नै मेरो गीत हुनुहुन्छ” भनी भन्न सक्छन् त (प्रस्थान १५:२)? के ती व्यक्तिहरू प्रभुलाई प्रेम गर्न र परमेश्वरको आराधना गर्न चाहने हुन्? के ती सङ्गीत तपाईंको मण्डली सेवामा सुनिने गीतसँग मेल खान्छ? उपदेशक ७:५ मा हामी पढ्छौ कि बुद्धिमानको हप्काइलाई ध्यान दिनु ________ ____________ सुन्नुभन्दा अझ असल हो।

आजकालको नाँचहरूको विषयमा विचार गरौ। के मानिसहरू परमेश्वर कति महान हुनुहुन्छ भनी उत्सव मनाउनलाई नाच्ने गर्छन्? के तिनीहरू यस्ता नाँचमा उपस्थित हुदाँ प्रभु येशूले हाम्रा निम्ति क्रूसमा मर्नुभई महान कार्य गर्नुभएको छ भनी जोशले रमाउँछन्? कस्ता खालका सङ्गीत ती नाँचहरूमा बजाइन्छ? कस्ता खालका शब्दहरू गाइन्छ? परमेश्वरले विश्वासीको हृदयमा कस्तो खालको भजनहरूले भर्न चाहनुहुन्छ(कलस्सी ३:१६ र एफिसी ५:१९)? ____________।

परमेश्वर प्रत्येक विश्वासी एक सङ्गीतको बाजा बनेको चाहनुहुन्छ जुन उहाँको निम्ति बजाइयोस्। यसो गर्न हामी परमेश्वरसँग र उहाँको ठीक सङ्गतिमा एकै स्वरको हुनु जरुरत छ। जसरी दाउदले आफ्नो विणालाई जस्तो मन लाग्थ्यो त्यस्तै गर्न सक्थे र दाउदको इच्छाअनुसार त्यो बज्द थियो, त्यसरी नै परमेश्वर हामीलाई उहाँको बाजाझैं प्रयोग गर्न चाहनुहुन्छ। के तपाईं परमेश्वरलाई तपाईंको हात, खुट्टा, आँखा, कान, दिमाग, ओठ र तपाईंको सम्पूर्ण भागहरू प्रयोग गर्न दिनुहुन्छ? रोमी ६:१३।

के गितार प्रभुको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के गितार बेठीक प्रकारले प्रयोग गर्न सकिन्छ? के प्यानो, हार्मोनियम, खैजडी परमेश्वरको महिमाको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के ती बाजाहरूबेठीक तरिकाले प्रयोग गर्नसकिन्छ? के मानिसको स्वर, हात र खुट्टा प्रभुको निम्ति प्रयोग गर्न सकिन्छ? फेरि के ती बेठीक तरिकाले प्रयोग गर्न सकिन्छ?

जिउँदो परमेश्वर प्रत्येक विश्वासीको हृदय र प्राणमा बास गर्नुहुन्छ (प्रकाश ३:२०; यूहन्ना १:१२; यूहन्ना १४:१७; रोमी ८:९)। जीवित परमेश्वर हामीलाई सिकाउन र शिक्षा दिन उहाँको वचन बाइबल प्रयोग गर्नुहुन्छ।जसरी पियानो बजाउनेले सङ्गीतको स्वरपन्नालाई पछ्याउछ, त्यसरी नै विश्वासीले परमेश्वरको वचन बाइबललाई पछ्याउछ।

खेल

के तपाईं फुटबल, भलिबल, बास्केटबल विनाको संसार कल्पना गर्नसक्नुहुन्छ? अथवा कुनै पनि खेलकुद विनाको जीवन कस्तो हुन्थ्यो होला?

जब हामी बाइबल पढ्दछौ, यहुदीहरू त्यति साह्रो खेलकुद र कसरतमा समावेश भएको पाउँदैनौ। यहुदीहरू धनुषकाँड र घुयँत्रोबाट ढुंगा हान्नमा भने ज्यादै नै सिपालु थिए (१ शमूएल २०:२०-२२, न्यायकर्ता २०:१६, १ शमूएल १७:५०)।तर यी कुराहरूचाहिँ सिकार अथवा युद्धमा तयारीको निम्ति गर्दथे।

तसर्थ यहुदीहरू खेलकुदमा त्यति बिघ्न समावेश नभए पनि ग्रीकहरू भने खेलकुद एकदम रुचाउँथे। सबै भन्दा प्रसिद्ध ग्रीकको खेल चाहिँ ओल्म्पिक गेम हो जुन आजसम्म पनि खेलिन्छ। ओल्म्पिक गेम चार वर्षमा एक पल्ट जिउस देवताको नाममा आयोजना हुन्छ। प्राय ओल्म्पिक गेम अहिलेको ट्रयाक र फिल्डसँग मिल्दोजुल्दो छ।

अन्तिम प्रतियोगिता हुनु भन्दा अघि खेलाडीहरूले अभ्यास र तयारी गर्नुपर्छ। त्यहाँ थुप्रै नियमहरू पालन गर्नुपर्छ। तिनीहरू एक विशेष स्थानमा बस्नुपर्छ, ठीक मात्राको खान्की हुनुपर्छ, नियमितरुपले अभ्यास गर्दै खेलको सम्पूर्ण नियमपालना गर्नुपर्छ। तसर्थ खेलाडी एक अनुशासित र आत्मासंयम जीवन जिउनुपर्छ।१ कोरिन्थी ९:२५ मा पावल ख्रीष्टियनलाई दौड खेलाडीसँग दाँज्छन् जो _______________________ वशमा राख्दछ। खेलाडीले आफ्नो खान्की र शरीरको प्रयोगलाई वशमा राख्नैपर्छ। तसर्थ ख्रीष्टियनले पनि धेरै कुराहरूजस्तै आफ्नो जिब्रो (याकुब १:२६) र आफ्नो रिसलाई (याकुब १:१९-२०) पनि वशमा राख्नैपर्छ।

एक खेलाडीले खेलको हरेक नियमलाई पालना गर्नैपर्छ। पावलले भने दौडमा भाग लिने मानिसले पनि नियमबमोजिम दौड गरेन भने उसले मुकुट पाउँनेछैन। यदि बास्केटबलमा खेलाडीले घेरा बाहिरबाट बल लैजान्छ भने त्यहाँ के हुन्छ? एम्पायरले के गर्छ होला? यदि फुटबलमा खेलाडीले हातले बल समातेर कुदछ भने त्यहाँ के हुन्छ? यदि दौडमा खेलाडीले दौड शुरु भएपछि मोटरसाइकलमा चढेर कुदाउन थाल्छ भने के हुन्छ होला? मानौं गल्फ खेलमा कुनै एक खेलाडीले गल्फको प्वालमा शक्तिशाली चुम्बक लुकाएर त्यस्तै किसिमको फलामे बल बनाएर खेल्छ भने के अरु खेलाडीहरूले यसलाई मान्यता देला?

हरेक खेलको निश्चित नियमहरू हुन्छ जुन पालना गर्नैपर्छ र खेलाडीले त्यसलाई पछ्याउनैपर्छ। कस्तो नियम पुस्तक एक ख्रीष्टियन खेलाडीले पछ्याउन जरुरत छ (२ तिमोथी ३:१६-१७)? __________________।

खेलकुदका विजेताहरूलाई पुरस्कार दिइन्छ। ओल्म्पिक गेममा विजेताहरूलाई पवित्र जैतुन रूखको पातबाट गुच्छा बनाई शिरमा लगाइदिने चलन छ। त्यो गुच्छा मुकुटको रूपमा प्रचलित छ। आज हामी खेलका विजेताहरूलाई रिवनका मेडल वा शिल्ड प्रदान गरिन्छ। नयाँ नियम समयमा उनीहरूले यो विजयी मुकुट वा गुच्छा प्रदान गर्थे। त्यो गुच्छा चाहिँ पातहरूद्बारा बनाइएको हुनाले त्यो चाँडै ओइलिन्छ र सुकेर जान्छ। परमेश्वरले जीवनको असल दौड पूरा गर्न आफ्नो विश्वासयोग्य दासलाई दिनुहुने मुकुटको विषयमा के भिन्नता छ (१ कोरिन्थी ९:२५ र १ पत्रुस ५:४)?________________________________________ ________________________________________________________________।

रोमीहरूले मनपराउने एउटा अर्को किसिमको खेल थियो जसलाई रोमी कुस्तीबाज प्रदर्शन भनिन्छ। आजभोलि बक्सिङ् र फुटबल खेललाई भद्दा खेलको रूपमा लिइन्छ जसमा एक अर्कोसँग जुध्दा र हिर्काउदा धेरैचोट पटकहरूलाग्ने गर्छ। तर रोमी कुस्तीबाज प्रदर्शनको दाँजोमा यी खेलहरूकेही पनि होइनन्।

रोमीहरूले निन्दनीय अपराधीहरूलाई र विशेष गरी ख्रीष्टियनहरूलाई भव्य रङ्गशालाको बीचमा राख्थे जहाँ ठूलो मात्रामा दर्शकहरू उपस्थित हुन्थे (अहिलेको फुटबल खेल हेर्न भीडहरूजस्तै)। त्यसपछि त्यहाँ भोकाएका सिंह, भालु, हाती वा बाघलाई छोडिन्थ्यो र दर्शकहरूचाहिँ त्यो जनावरले बीचमा राखिएको व्यक्तिलाई च्यातचुत पारेको हेर्थे। परमेश्वरका विश्वासयोग्य धेरै विश्वासीहरू यस्ता तरिकाबाट मारिएका थिए। तब के आज हामीले ख्रीष्टियन भई परमेश्वरको आराधना सरकारबाट स्वतन्त्रतापूर्वक गर्न पाएकोमा धन्यवादी हुनुपर्दैन? ___________।

१तिमोथी ४:८ मा पावलले शरीरको अभ्यासको बारेमा बताउँछन्। शारीरिक अभ्यास उपयोगी र फाइदाजनक छ। यसले व्यक्तिलाई स्वस्थ र राम्रो निद्रा दिन सहायता गर्छ। साथै व्यक्तिलाई बल प्रदान र अनावश्यक तौललाई घटाइदिन्छ। तर शारीरिक अभ्यास चाहिँ यही जीवनको लागि मात्र फाइदाजनक छ।ढिलोचाँडो हाम्रो शरीर के हुँदै छ? ____________________________________________
आजका महान खेलाडीलाई विचार गर्नुहोस्? के उनले अबको ४० वर्ष पछि खेलिनै रहनेछ त? _________। के उनको शरीर कमजोर र बुढो हुँदैन र? ___________। के उनी कुनै दिन मर्ने छैनन् र? __________।

यहाँ अर्को किसिमको अभ्यास छ जुन यो जीवनको लागि मात्र होइन तर आउने जीवनको लागि पनि लाभदायक र फाइदाजनक छ। यो कस्तो किसिमको अभ्यास होला (१ तिमोथी ४:७-८)? __________________________________________________।

अब हामी हाम्रो शरीरलाई गर्ने हेरविचार र अभ्यास र आत्मालाई गर्ने हेरविचार र अभ्यासलाई

दाँजौ र विचार गरौ:

शारीरिक अभ्यास शरीरको लागि

ईश्वरीय अभ्यास आत्माको लागि

१. म मेरा शरीरलाई बलियो पार्न कसरत गर्छु।

१. म एक बलियो व्यक्ति बन्न मेरो आत्माको निम्ति मैले के-के गर्नसक्छु?___________________________________________________ ____________________________________

२. म मेरो शरीरलाई सफा राख्‍न नुहाउँछु।

२. मेरो आत्मालाई सफा राख्‍न मैले के गर्नुपर्छ? मेरो जीवनलाई कलंङ्क बनाएको पापको विषयमा मैले के गर्नुपर्छ? ______________________
__________________________________________________________

३. मेरो शरीरलाई पोषण र तागत दिने उपयुक्त खानेकुराहरू खान्छु।

३. कस्ता खालको आत्मिकी खानेकुरा मेरो आत्मालाई स्वस्थ राख्‍नको लागि मैले खानुपर्छ? __________________________________________ ____________________________________________________

४. म शरीरलाई बेफाइदा गर्ने बासी खानाहरूलाई इन्कार गर्छ।

५. म भित्रबाट नै बलियो र स्वस्थ हुन चाहन्छु भने कस्ता कुराहरू मैले मेरो आत्मालाई खुवाउनु हुँदैन? __________________________________ ______________________

५. जब मेरो स्वस्थमा समस्याहरू देखा पर्छ, तब मलाई सहायता दिने डाक्टरकहाँ जान्छु।

५. जब ममा आत्मिकी समस्याहरू हुन्छन्, तब म सहायताको लागि कसकहाँ जानुपर्छ? ________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email