कृषि
कृषि
आज हाम्रो देशको कृषि क्षेत्रमा पनि आधुनिक साधनहरूको प्रयोग गरिँदै छ। बिकसित राष्ट्रहरूमा त प्रायः थोरै जमीनमा मात्र मानिस र पशुले काम गर्छन्। तर बाइबलकालीन समयमा खेतीपाती अहिलेको समयमा जस्तो ट्याक्टरमा बसेर गरिदैनथ्यो। सबैले हातले नै परिश्रम गर्थे र पशुको पनि सहायता लिइन्थ्यो ।
प्यालेस्टाइन देशको कृषिको बारेमा बुझ्न पहिले हामीले त्यस ठाँउको हावापानी र ऋतुको बारेमा बुझ्न आवश्यक छ। राम्रो खेतीपातीको लागि झरी वा पानी नभई नहुने कुरा हो। महिनौं सम्म झरी बिना जिउनु भनेको असाधारण कुरा हो। तर जो प्यालेस्टाइन देशमा बस्छन्, उनीहरूको लागि यो प्रायः प्रत्येक वर्ष नै हुन्छ। त्यो समय एकदम सुख्खा र गर्मी मौसम हो र मुस्किलले त्यहाँ पानी पर्छ। अनि वर्षको आधा महिना चाहिँ पानी परिरहन्छ र ज्यादै जाडो हुन्छ जुन हिउँद ऋतु हो। तलको तालिकाले कृषि सम्बन्धी विभिन्न ऋतुहरू देखाउँदछ:

जाडो याममा प्यालेस्टाइन देशमा त्यति साह्रो जाडो नभए पनि कहिलेकाहीँ भने हिउँ पर्छ (यशैया १:१८)। वर्षा चाहिँ स्वर्गीय परमेश्वरको आशिष हो (व्यवस्था ११:११)। बाइबलका समयहरूमा वर्षा एक ठूलो उत्सवको रूपमा लिइन्थ्यो (योएल २:२३)। के तपाईंले झरीको दिनमा घरमा बस्दा यो आशिषको लागि परमेश्वरलाई धन्यवाद दिनुभएको छ? यो सत्य हो कि कहिलेकाहीँ झरीले समस्याहरू उत्पन्न गर्छ जस्तै पिकनिक जादाँ, खेल खेल्दा रद्द गर्नुपर्ने हुन्छ तर यदि पानी नै परेन भने चाहिँ कस्तो समस्याहरू हामीले भोग्नुपर्छ होला?
_________________________________________________________
_________________________________________________________
_________________________________________________________
परमेश्वर जसले वर्षा पठाउनुहुन्छ, के गर्दै हुनुहुन्छ उहाँ नै जान्नुहुन्छ।
आउनुहोस् अब खेतीपातीको विषयमा केही महत्त्वपूर्ण कुरा विचार गरौं:
खनजोत
बिउ छर्नको लागि भूमि पहिले तयार पार्नुपर्छ। प्यालेस्टाइनमा गर्मी महिना ज्यादै गर्मी र सुख्खा हुन्छ र माटो ढुंगा झैं साह्रो बन्न पुग्छ। त्यसैले बिउ रोप्नुभन्दा पहिले माटोलाई मलिलो पार्न त्यहाँ केही गर्नुपर्छ।
परमेश्वर आफैले भूमिलाई मलिलो पार्न पहिलो काम गर्नुहुन्छ। अक्टुवरको अन्त्यतिर वा नोभेम्वरको पहिलो हप्तातिर परमेश्वरले भूमिलाई मलिलो पार्न वर्षा दिनुहुन्छ: “तपाईं झरीले त्यसलाई ________ तुल्याउनु हुन्छ” (भजनसंग्रह ६५:१०)। यसलाई पहिलो झरी भनिन्छ।
यो कार्य परमेश्वरले गरिसक्नु भएपछि तब किसान आफ्नो खनजोतको काम गर्न तयार हुन्छ। खन्नु भन्दा पहिला किसानले जहिले पनि पहिलो झरीलाई पर्खिरहेको हुन्छ। जब झरी पर्छ मेहनती किसान खन्न शुरु गर्छ। के अल्छी किसानले खन्ने काम गर्छ? _________। के कटनीको बेला ऊसँग केही हुन्छ होला? _________।
किसानले प्रयोग गर्ने हलो एक साधारण औजार हो। यो काठको छडीमा तल चुच्चो फलाम हुन्छ। साधारणतया हलो चाहिँ दुइटा गोरुद्बारा तानिन्छ जसलाई जुवाले जोड्ने काम गरेको हुन्छ।
प्रभु येशूको जुवा कसमाथि राखेको चाहनुहुन्छ
(मत्ती ११:२९-३०)?________
सँगै जुवा बोक्दा एक भइन्छ र तिनीहरू सँगै परिश्रम र काम गर्छ। तिनीहरू दुवै एउटै दिशातर्फ जान्छन्। बाइबलले बताउँछ कि हामी विश्वासीहरू ____________ का सहकर्मी हौं (१ कोरिन्थी ३:९)।
जब गोरुले तान्न थाल्छ, किसानको एउटा हात ________ हुन्छ (लुका ९:६२) र अर्को हातमा चुच्चो भएको लामो छडी पनि बोकेको हुन्छ जसलाई सुइरा भनिन्छ। किसानले यो सुइरा ढिलो हिड्ने गोरुलाई घोच्ने गर्छ जसको कारण गोरु छिटो हिड्न थाल्दछ। परमेश्वरले शाऊललाई उसले समर्पण नगरेसम्म घोचिरहनुभएको थियो र शाऊल चाहिँ सुइरालाई नै उल्टो लात्ती हिर्काइरहेका थिए (प्ररित ९:५)। अन्त्यमा परमेश्वरले जित्नुभई शाऊललाई बचाउनुभयो।
जसरी हलो जमीनमा धसिएर जान्छ, त्यसले माटोलाई फुटाउने र टुक्राउने काम गर्छ। हलोको धारले जमीनलाई करिब ३ वा ४ इन्च जतिको गहिरो बनाउने गर्छ। तब नै भूमि बिउ लिनलाई तयार हुन्छ।
बाइबलले बताउँछ कि बिउलाई ________को ________ सँग दाँज्न सकिन्छ। परमेश्वर आफ्नो बिउ (परमेश्वरको वचन) हाम्रो माटोरुपी हृदयमा रोप्न चाहनुहुन्छ (हेर्नुहोस् याकुब १:२१)। तर परमेश्वरको वचन लिन हाम्रो हृदय तयार हुनुपर्छ।
एकछिन कच्ची बाटोलाई विचार गरौं जहाँ माटो कसिएको र ढुंगाझैं साह्रो हुन्छ। के बिउले त्यस्तो खालको माटोमा जरा हाल्न सक्छ होला? ____ किन परमेश्वरको वचनले धेरै मानिसहरूको हृदयमा जरा हाल्न सक्दैन? यसको समस्या के होला (इजकिएल ३:७; मर्कूस १०:५; १६:१४; रोमी २:५)? ____________________________________________________________________।
परमेश्वर नम्र र चूर्ण अनि खुल्ला र आमन्त्रित हृदय चाहनुहुन्छ।
के लिडियासँग नम्र र खुल्ला हृदय थियो (प्ररित १६:१४)? ________। के बेरियाका बिश्वासीसँग नम्र हृदय थियो (प्रेरित १७:११)? ________। के एज्रासँग बिउ लिनको लागि तयारी नम्र र चूर्ण हृदय थियो होला (एज्रा ७:१०)? के तपाईंसँग बिउ लिनको लागि तयारी नम्र र चूर्ण हृदय छ?
शनिबारको आराधना सेवा शुरु हुन अघि परमेश्वरको वचनको निम्ति आफ्नो हृदयलाई कसरी तयार पार्नुहुन्छ? घरमा आफ्नो बाइबल पल्टाउन अघि परमेश्वरको वचन लिनको निम्ति आफ्नो हृदयलाई तपाईं कसरी तयार पार्नहुन्छ? जब भूमि साह्रो हुन्छ, बिउ भित्र जान सक्दैन। जब हृदय साह्रो भएको हुन्छ परमेश्वरको वचन भित्र जान सक्दैन। मेरो हृदय साह्रो भएको छ भनेर म कसरी जान्न सक्छु?
बाइबल कक्षामा ध्यान नदिनु
पारिवारिक सङ्गतिमा अल्छी लाग्नु
__________________________________________________
__________________________________________________
रोपाइँ वा छर्नु
छर्नु भन्नाले बिउलाई खेतमा छर्नु हो। भूमिलाई जोतिसकेपछि किसान बिउ रोप्नको लागि तयार हुन्छ। किसान डालो अथवा पोका आफ्नो कम्मरमा राखेर बोक्छन्। तब मुठ्ठीभरी बिउ लिएर बडार्ने शैलीमा हात घुमाई छर्दछ। बिउ चाहिँ तब तयारी माटोमा झर्दछ।
बिउ छरिसकेपछि किसानले फेरि बिउलाई पुर्नको निम्ति खन्न थाल्दछ। यदि माटोले पुरिएन भने चराहरू बिउ खाइदिन सक्छन्। कहिलेकाहीँ किसानले यो काम कुनै एक तेर्सो काठलाई गोरुको सहायताले भुईंमा घिसारेर गर्ने गर्छ।
त्यस समय सबैभन्दा महत्त्वपूर्ण अन्न जौ (यूहन्ना ६:९) र विशेष गरी गहुँ हुन्थ्यो। मुख्य बाली यिनै थिए।
प्रत्येक बिश्वासी नै किसान हुनैपर्छ। प्रत्येक बिश्वासीले बिउ रोप्नैपर्छ। लूका ८:११ मा बताइएको छ कि बिउ चाहिँ ______________ को वचन हो। हामीले यो बिउलाई लिएर फैलाउनुपर्छ, छर्नुपर्छ यसलाई परमेश्वरको बारीमा रोप्नुपर्छ। बारी चाहिँ ________________ (मत्ती १३:३८) हो। परमेश्वरको वचनरुपी बिउलाई हामी कसरी छर्न सक्छौ?
_सुसमाचारीय पुस्तकहरू बाँढेर_______________________________
________________________________________________________
________________________________________________________
यहाँ किसानले गर्नसक्ने केही कुराहरू छन् भने परमेश्वरले मात्र गर्नसक्नुहुने अरु कुराहरू छन् (१ कोरिन्थी ३:६)। के किसानले बिउ रोप्न सक्छ? _____________। के किसानले बोटमा पानी हाल्न सक्छ?__________। के किसानले बोटलाई बढाउनसक्छ? ____________। बिश्वासीले परमेश्वरको वचनलाई छर्नसक्छ तर परमेश्वरले मात्र आत्मा बचाउने कार्य गर्न सक्नुहुन्छ, बिश्वासीलाई बढाउने र हुर्काउन सक्नुहुन्छ। त्यसैले हामीले आफ्नो भाग गर्नुपर्छ। के परमेश्वरले उहाँको भाग गर्नुहुन्छ होला? ___________।
बालीनालीलाई खतराहरू
बालीलाई नाश पार्ने त्यहाँ थुप्रै कुराहरू थिए। बालीलाई नाश गर्न सक्ने खतराहरू मुख्यरूपमा निम्नलिखित कुराहरू थिए:
१. कहिलेकाहीँ पछिल्लो झरी पर्दै पर्दैनथ्यो। जुन झरी चाहिँ मार्च वा अप्रिलमा परेर बालीलाई प्रशस्त पानी दिदँछ।
२. कहिलेकाहीँ पूर्वीय तातो बतास आउनसक्छ र बालीलाई सुकाईदिन सक्छ। यो बतास मरुभूमिबाट आउने बतास ज्यादै तातो र सुख्खा हुन्थ्यो। यो कहिलेकाहीँ मार्च वा अप्रिलमा आउने हुनाले यदि यो धेरै समयसम्म रह्यो भने यसले बालीलाई नाश पार्थ्यो।
३) ढुंगे माटोले खेती गर्न गाह्रो बनाउँछ। प्यालेस्टाइन ढुंगे माटोको लागि प्रख्यात छ। त्यस सम्बन्धी एक अरबी दन्त्य कथा पनि छ जुन यस प्रकार छ: जब अल्लाहले यस पृथ्वीलाई बनाइरहेका थिए, उनले दुई स्वर्गदूतहरूलाई सबै ढुंगाहरू राखेर दुइटा झोला एक एक जनालाई जिम्मा लगाए। जब ती स्वर्गदूतहरू प्यालेस्टाइन देश भएर उडिरहेका थिए, एक जनाको झोला फुट्न गई सबै ढुंगाहरू त्यस भूमिमा छरिन गयो। त्यसैले सारा पृथ्वीको लागि भनिएको आधी ढुंगाहरू चाहिँ प्यालेस्टाइनमा रह्यो।
४) झारहरू जस्तै सिउँडी काँडाहरूले असल बालीलाई निस्सासिदिन्छ।
५) छरिएको बिउ चराहरूले खाइदिन सक्छ। मत्ती १३:४ मा हेर्नुहोस्।
६) हानिकारक किराहरूले बालीलाई स्वाहा पार्न सक्छ। सबैभन्दा हानिकारक किराहरू चाहिँ झुसेली र सलहहरू हुन्। हेर्नुहोस् योएल १:४– यी किराहरूले आफ्नो काम भ्याएपछि त्यहाँ केही बाँकी हुन्थ्यो होला त? _________। सायद सबैभन्दा डरलाग्दो किरा चाहिँ सलह नै थियो (व्यवस्था २८:४२)। तिनीहरूले केही दिनमै सम्पूर्ण ग्रामीण बस्ती सबै स्वाहा पार्न सक्छ। यी फट्याङ्ग्राहरू असंख्य मात्रामा हिड्ने गर्छन् र एउटै बोट छोड्दैनन्।
मत्ती १३:४-७ मा बिउले किन असल फसल दिन सक्दैन भन्ने बारेमा तीनओटा कारणहरू येशूले देखाउनुभएको छ। ती तीन कारणहरू के-के हुन्?
१. ________________________________________________________________________
२.________________________________________________________________________
३.________________________________________________________________________
मत्ती १३:१८–२२ अनुसार मानिसको जीवनबाट परमेश्वरको वचनले धेरै फलहरू फलाउन नसक्नुमा तीन कारणहरू के-के हुन्?
१.________________________________________________________________________
२.________________________________________________________________________
३.________________________________________________________________________
हाम्रो जीवनमा परमेश्वरको वचनअनुसारको काम गर्नबाट अलग राख्ने अरु के-के कुराहरू छन् होला?
कटनी वा फसल
अप्रिलको मध्येतिर बाली पाक्दछ र काट्नको लागि तयार हुन्छ। कटनीको अर्थ बालीलाई काट्नु हो। यो चाहिँ हसिँयाको प्रयोगले गरिन्छ। किसानले आफ्नो हातले बालीको मुठ्ठालाई समातेर फेदमा हसिँयाले काट्दछ। अनि काटिएको बालीलाई चाहिँ बिट्टा वा मुठ्ठा बनाइन्छ।
प्रकाश १४:१४ अनुसार कसको हातमा हसिँया हुन्छ? ___________________________
हेर्नुहोस् प्रकाश १४:१५–१६। यो खण्डले प्रभु येशू ख्रीष्टले दुष्टहरूलाई न्यायको दिनमा कटनी गर्नुहुने समयको बारेमा बताइरहेको छ। तिनीहरू जसले ख्रीष्टलाई मुक्तिदाताको रूपमा स्वीकार गर्दैनन्, त्यस बेला उहाँलाई न्यायकर्ताको रूपमा भेट्नुपर्छ।
फसलको समय ज्यादै आनन्दको समय हो। भजनसंग्रह १२६ मा फसलको समय चाहिँ आनन्दको समय हो भनेर उल्लेख गरिएको दुई वटा पदहरू कुन कुन हो?_____________________
खेतीपातीबाट सिक्न सकिने अर्को ठूलो आत्मिक सत्यता चाहिँ गलाती ६:७ मा पाउँछौ: मानिसले जे ________, त्यसैको ________ पनि गर्नेछ।” यदि किसानले बिउ नै छर्दैन भने उसले कति कटनी गर्नेछ?________________________। यदि किसानले फर्सीको बिउ रोप्छ भने उसले के कटनी गर्नेछ?________________। यदि मानिसले खराब कुरा छर्छ भने उसले के कटनी गर्नेछ?____________। यदि मानिसले असल कुरा छर्छ भने उसले के कटनी गर्नेछ? ______________। यदि विद्यार्थीले मेहनतसाथ अध्ययन गर्छ भने के उसले राम्रो अंक आउनेछ भन्ने आशा गर्छ होला?____________। यस सत्यता सम्बन्धी अरु उदाहरणहरू विचार गर्नुहोस्।
दाइँ गर्नु
दाइँ गर्नु भनेको जौ अथवा गहुँको दानालाई त्यसको डाँठबाट अलग गर्नु हो। गहुँ वा जौको दानाहरू रोटी बनाउनको लागि प्रयोग गरिन्छ। तर डाँठ चाहिँ खानको लागि प्रयोग गरिदैन।
दाइँ दुई प्रकारले गरिन्छ। थोरै मात्रामा बाली भएमा बिट्टालाई लठ्ठीले हिर्काइन्छ जसबाट दानाहरू डाँठबाट झर्दछ। तर धेरै बाली भएमा ती बिट्टाहरूलाई भुइँमा राखेर गोरुलाई हिडाउन लगाइन्छ र तिनीहरूले दानाहरू छुट्याउन सहायता गर्छ।
कहिलेकाहीँ परमेश्वरले बिश्वासीलाई विभिन्न परीक्षा र समस्याहरूमा पर्न दिनुहुन्छ (१ पत्रुस १:६–७; ४:१२)। परमेश्वरले यस्तो किन गर्नुहुन्छ? उहाँ हामीलाई ताडना दिनुहुन्छ, नाश पार्नलाई होइन तर खराबबाट असललाई छुट्याउनलाई। परमेश्वर हाम्रो जीवनबाट सबै काम नलाग्ने कुराहरू हटाउन चाहनुहुन्छ, जसरी किसानले मूल्यवान दानाबाट काम नलाग्ने भुसलाई हटाए जस्तै। परमेश्वर खराबलाई हटाई असल कुरा ल्याउन चाहनुहुन्छ।
निफन्नु
दाइँ गरेपछि काम नलाग्ने भूस वा पराल र दाना एकै ठाउँमा जम्मा भएको हुन्छ। निफन्नु चाहिँ खराबबाट असललाई छुट्याउने किसानी तरिका हो।
किसानले दाना र भूसलाई हावामा उडाउन काँटा भएको औजार वा सावेललाई प्रयोग गर्छ। भूस र पराल हलुंगो भएको हुनाले हावाले त्यसलाई उडाएर लैजान्छ। दानाहरू चाहिँ भारी भएको हुनाले तिनीहरू जमीनमै खस्छन्।जब किसानले निफन्न सकाउछ्न् तब त्यहाँ अन्न वा दानाको थुप्रो मात्र बाँकी रहन्छ। नराम्रो जान्छ, राम्रो रहन्छ।
एकदिन परमश्वरले मानिसलाई दुई समूहमा विभाजन गर्नुहुनेछ (मत्ती ३:१२):
१) गहुँ – असल व्यक्ति (जसलाई परमेश्वरले आफूसँगै राख्नहुन्छ)
२) भूस – काम नलाग्ने व्यक्ति (जसलाई परमेश्वरले न्याय र दण्ड दिनुपर्छ)
तपाईं कुन चाहिँ समूहमा पर्नुहुन्छ? के तपाईं पक्का हुनुहुन्छ? आफू म असल रूख हुँ अथवा खराब रूख हुँ भनेर तपाईं कसरी थाह पाउन सक्नुहुन्छ (मत्ती ३:१०; ७:१७–१९)?
यदि परमेश्वरको वचनको बिउ तपाईंको नम्र माटोरुपी हृदयमा उम्रिरहेको छ भने त्यहाँ अवश्य असल फलको प्रशस्त फसल हुनेछ (मत्ती १३:२३)!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)