बिरुवाहरू र रूखहरू
बिरुवाहरू र रूखहरू
सर्वज्ञानी परमेश्वर जसले संसारलाई वनस्पति रूख-बिरूवाद्वारा भर्नुभयो आफू के गरिरहनुभएको थियो सो उहाँ जान्नुहुन्थ्यो। उत्पत्ति एक अध्यायमा हेर्नुहोस् र कुन दिनमा रूख बिरुवाहरूलाई सृष्टि गर्नुभयो सो पत्ता लगाउनुहोस्: _________ दिन। किन बिरुवाहरू मानिस र जनावरहरू दुवैका लागि साह्रै महत्त्वपूर्ण छन् त (उत्पत्ति १:२९-३० मा हेर्नुहोस् र यो याद गर्नुस् कि यी दुई पदमा “आहारा” शब्दको अर्थ “खानेकुरा” हो)? _________________________________________________________ तपाईंले हिजो खानुभएको खानेकुराको याद गर्नुहोस् (बिहानको खाजामा, दिउँसोको खाना वा रातीको खानामा) कस्तो किसिमको बिरुवाहरू वा फलहरू तपाईंले खानुभयो? _________________________________________ ________________________________________________________
के तपाईं नखाइकन र सास नफेरिकन जिउन र बाँच्न सक्नुहुन्छ? ____________। हामी खानाको लागि बोटविरुवाहरूमा भर पर्छौ र हामी हामीले सास फेर्ने हावाको लागि पनि हरियो रूख बिरुवाहरूमा भर पर्छौं (हरियो बोट बिरुवाहरूले हावालाई ताजा अक्सिजनले भरिदिन्छ जुन तिनीहरूले फोटोसिन्थेसिस प्रकृयाद्वारा तयार गर्दछन्)। यदि एक व्यक्ति प्रायः दूध, मासु र अण्डामा भर परे तापनि, अझै पनि ऊ खानाको लागि बिरुवाहरूमा भर पर्छ। गाई वस्तुहरू, सुंगुर र कुखुराहरूले कस्तो किसिमको खाना खान्छन्? ____________। हामीले खाने जनावरहरू पनि बाँच्नको लागि बिरुवाहरूमा भर पर्छन्।
यस पाठमा हामी बाइबलमा उल्लेख गरिएका केही बोटबिरुवाहरूको बारेमा हेर्नेछौं।
रूखहरू
रूखले मानव इतिहासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। के मानिसको नाश र पतन हुनुमा रूखको भूमिका थियो (उत्पत्ति २:१६-१७ ३:१-६) ____________। के मानिसको मुक्तिमा रूखको भूमिका थियो (१ पत्रुस २:२४ प्रेरित ५:३०? __________________।
जब तपाईं एक फल दिने रूखको बारेमा सोच्नुहुन्छ, कस्तो किसिमको रूखको नाम तपाईंलाई याद आउँछ? स्याउको रूख? सुन्तलाको रूख? नासपातीको रूख? केराको बोट? यदि तपाईं बाइबलीय समयमा जिइरहनुभएको भए र यदि कसैले तपाईंलाई उही प्रश्न गरेको भए तपाईंले सायद जैतुन वा नेभाराको रूखलाई सम्झनुहुन्थ्यो। प्यालेस्टाइनमा रहनेहरूको लागि यी महत्त्वपूर्ण रूखहरू थिए। अब हेरौं यि रूखहरू किन महत्त्वपूर्ण थिए।
जैतुनको रूख
परमेश्वरले प्यालेस्टाइनको भूमि गहुँ, जौ, दाख, _______ , दारिम, ______________ र महले भरिएको हुनेछ भनी प्रतिज्ञा गर्नुभयो (व्यवस्था ८:८)।
जैतुनको रूखको फल जैतुन हो! के तपाईंले कहिल्यै जैतुन खानुभएको छ (हरियो वा कालो) ______________। बाइबलीय समयमा जिउने मानिसहरूले जैतुन पनि खान्थे, तर जैतुनको मुख्य भाग चाहिँ तेल थियो।
आज संसारमा बहुमूल्य कुराहरू मध्ये तेल पनि पर्छ (जैतुनको तेल होइन तर इन्धन वा पेट्रोलियम पदार्थको तेल)। आजका धनी राष्ट्रहरू ती हुन् जससँग प्रशस्त मात्रामा तेल छ। बाइबलीय समयमा सबैभन्दा मूल्यवान वस्तु तेल थियो, इन्धनको तेल होइन तर जैतुनको तेल। धनी राजा सुलेमानले राजा हिरामलाई ________ पाथी जैतुनको तेल दिए (२ इतिहास २:१०)।
साधारणतया जैतुन ढुंगे पांग्राद्वारा पेलिन्छ र तेल निस्किन्छ। एउटा जैतुनको रूखबाट लगभग २० ग्यालेन तेल निकाल्न सकिन्छ। धेरै वर्षसम्म बाँचिराख्ने रूखको नाममा जैतुन प्रख्यात छ। यो धेरै समयसम्म रहिरहन्छ र फल फलाइरहन्छ। एउटा जैतुनको रूख शताब्दियौं सम्म रहिरहन्छ र फल फलाइरहन्छ। के परमेश्वर आफ्ना सन्तानहरू दिनहुँ, हप्तै पिछे, एक पछि अर्को वर्ष फलवन्त भइरहेको चाहनुहुन्छ (कलस्सी १:१०, तीतस ३:१४)? ______________।
जैतुनको तेल के को लागि प्रयोग गरिन्थ्यो र किन यो यति मूल्यवान भयो? पहिलो त यसले मक्खन/घिउको स्थान लियो। मक्खन लगाइने हरेक खानेकुराको बारेमा याद गर्नुस्। यदि तपाईं पत्रुस र पावलको समयमा बाँचिरहनुभएको भए तपाईंले घिउ/मक्खनको सट्टामा जैतुनको प्रयोग गर्नुहुन्थ्यो। जैतुनको तेल खाना पकाउन र भुट्नमा पनि प्रयोग गरिन्थ्यो। आज हामीले हाम्रो भाँडाहरूमा तेल वा घिउ प्रयोग गर्छौ तर बाइबलीय समयमा जैतुन प्रयोग गरिन्थ्यो।
सायद तेलको सबभन्दा महत्त्वपूर्ण काम चाहिँ बत्ती बाल्न इन्धनको रूपमा प्रयोग गरिनु थियो। बाइबलीय समयमा तेलका बत्तीहरू धेरै महत्त्वपूर्ण थिए। याद गर्नुस्, मानिसहरूसँग त्यस समयमा बिजुली बत्ती र टर्चलाइटहरू थिएनन्। त्यसैकारण त्यस समयमा तेल नहुनुको मतलब बत्ती नहुनु थियो (हेर्नुस् मत्ती २५:१-९)।
जब कुनै मानिसलाई महत्त्वपूर्ण ओहोदामा राख्दा पदोन्नती गर्दा जैतुनको तेल अभिषेक गर्नको लागि पनि प्रयोग गरिन्थ्यो। साधारणतया यो, अभिषेक गरिने व्यक्तिको शिरमा तेल खन्याएर गरिन्थ्यो।
१ राजा १९:१६ मा, एक अगमवक्ता (एलिशा) लाई अभिषेक गरिएको थियो। लेवी ८:१२ मा एक पूजाहारी (हारून्) लाई अभिषेक गरिएको थियो। १ शमूएल १६:१३ मा एक राजा (दाऊद) लाई अभिषेक गरिएको थियो।
प्रभु येशूलाई ख्रीष्ट अथवा मसीह भनिन्छ। यी दुवै शब्दहरूको अर्थ “अभिषिक्त जन” हो। उहाँनै सिद्घ अगमवक्ता, पूजाहारी र राजा हुनुहुन्छः
१. _________ अगमवक्ता | (क) हिब्रू ३:१ |
२. _________ पूजाहारी | (ख) प्रकाश १९:१६ |
३. _________ राजा | (ग) मत्ती २१:११, यूहन्ना ६:१४ |
यदि तपाईं विश्वासी हुनुहुन्छ भने, परमेश्वरले तपाईंलाई अभिषेक गर्नुभएको छ भनेर के तपाईंलाई थाह छ? एक विश्वासी बचाइएकै क्षणमा, परमेश्वरले उसलाई अभिषेक गर्नुहुन्छ, जैतुनको तेलले त होइन, तर आफ्नो पवित्र आत्माद्वारा (हर्नुस् १ यूहन्ना २:२०,२७)। परमेश्वरले आफ्नो आत्मा विश्वासीमा खन्याउनुभएको छ (तीतस ३:५-६ र रोमी ५:५)। मानिसले अँध्यारोमा देख्न सकून् भनेर बत्ती जलाउनको लागि तेलको प्रयोग भए जस्तै, पवित्र आत्माले ज्योति प्रदान गर्नुहुन्छ ताकि विश्वासी जनहरूले सत्यतालाई देख्न सकून् भनेर।
तपाईं बाइबल खोल्नु अगाडि, के तपाईं परमेश्वरसँग प्रकाश पाउन, सिकाइन र देख्न सकूँ भनी सहायता माग्नुहुन्छ?
नेभारा (अञ्जीर) को रूख
बाइबलमा उल्लेखित रूखहरू मध्ये पहिलो रूख नेभाराको रूख हो। के तपाईंले उत्पत्ति अध्याय ३ मा त्यो पद भेट्टाउन सक्नुहुन्छ जसमा नेभाराको पातको बारेमा बताइएको छ — पद _______
नेभारा (प्रायः सुकेको नेभारा) प्यालेस्टाइनमा बस्नेहरूको एक मन पर्ने खानाहरू मध्ये एक थियो। आज हाम्रा मन पर्ने खाना म:म, चाउमिन वा त्यस्तै अरु कुनै खाना भन्छौं, तर बाइबलीय समयमा मानिसहरूले आफ्नो मन पर्ने खानाहरूको सूचीमा नेभारालाई माथिल्लो स्थान दिन्थे। हामीलाई आज म:म, चाउमिन भने जस्तै त्यसबेला उनीहरूलाई नेभाराको रूख हुन्थ्यो। हेर्नुस् १ शमूएल २५:१८ र ३०:१२।
मर्कूस ११:१२-१४ मा हामी येशूले नेभाराको रूखलाई श्राप दिनुभएको समयको विषयमा पाउँदछौ। यो बुझ्नको लागि हामीले यो पनि जान्नुपर्छ कि नेभाराको रूखमा पात लाग्ने बित्तिकै फलहरू पनि देखा पर्दछ। यसैले, जब मानिसहरूले पातहरू देख्दछन् तब तिनीहरूले फल पनि पाउने आशा गर्दछन्। ती पातहरूले यो सन्देश दिन्थ्योः “हामी नेभाराका पातहरू हौं र यदि तपाईं नजिक आउनुभयो भने फलहरू देख्नुहुनेछ।” तर येशूले श्राप दिनुभएको नेभाराको रूखमा _________ बाहेक अरु केही थिएन (मर्कूस ११:१३)। त्यो रूखसँग फल थिएन, यो कपटी (फल भएको स्वाङ/बहाना गर्ने) रूख थियो।
धेरै मानिसहरू त्यही रूख जस्तै कपटी छन्। तिनीहरू आफू खीष्टियन हुँ र परमेश्वरलाई प्रेम गर्दछु भनेर भन्छन्, तर तिनीहरूको जीवनलाई नजिकबाट हेर्ने हो भने तिनीहरूले गर्ने व्यवहार र बोल्ने तरिकामा त्यहाँ केही फल छैन। तिनीहरू विश्वासीहरू हौं भनेर भन्छन् तर तिनीहरूले विश्वासीहरूले झैं व्यवहार गर्दैनन्। येशूको समयका यहूदीहरूले उहाँलाई आफ्ना राजा भनेर जयजयकार गरे (मर्कूस ११:९-१०) तर केही दिन पछि तिनीहरू चिच्याए, “____________ ____________ मर्कूस १५:१३-१४)। के तिनीहरू येशूले श्राप दिनुभएको नेभाराको रूख जस्तै थिए? ____________। यदि कसैले तपाईंको जीवनलाई राम्ररी नियालेर हेर्छ भने, के उसले फल देख्नेछ कि पातहरू मात्रै देख्नेछ? तपाईं येशूलाई प्रेम गर्छु मात्र भन्नुहुन्छ कि प्रेम गरेर पनि देखाउनुहुन्छ?
देवदारको रूख
रूखहरूको फल मानिसको लागि ज्यादै महत्त्वपूर्ण हुन्छ, त्यस्तै गरि त्यसको काठ पनि। आज पनि काठ घर निमार्ण कार्यमा प्रयोग हुने महत्त्वपूर्ण वस्तु हो। के तपाईंको घर नजिक काठको गोदाम छ? तपाईंको घरमा कतिओटा कुराहरू काठबाट बनेका छन्?
बाइबलीय समयमा काठको लागि असल रूख देवदार थियो र सबभन्दा असल देवदारहरू उत्तरी प्यालेस्टाइन जसलाई लेबानोन भनिन्छ त्यहाँ पाइन्थ्यो। सुलेमानले भव्य मन्दिर बनाउँदा कस्तो किसिमको काठ प्रयोग गरे (१ राजा ६:९)? ___________________। आफ्नै भवन बनाउँदा सुलेमानले कस्तो किसिमको काठ प्रयोग गरे (१ राजा ७:१-२)? ___________________।
यी रूखहरू सदावहार थिए र झण्डै १२० फिट सम्म अग्ला हुन्थे। संसारको यस भागमा रहनेहरूको लागि लबानोनको देवदार “रूखहरूको राजा” नै थियो। सृष्टिकर्ताले यस रूखलाई अग्लो र बलियो बनाउनुभयो।
परमेश्वर हरेक विश्वासी बलियो र अग्लो बनेको चाहनुहुन्छ, तर यो बढ्ने काम एकै रातमा हुँदैन। च्याउ एकै रातमा बढ्न सक्छ तर के च्याऊ बलियो र अग्लो हुन्छ? ________। के च्याउ लामो समय सम्म टिक्छ? ____________। के देवदारको रूख एक वर्षमा १२० फिटको उचाइमा पुग्न सक्छ? ____________।
वास्तविक वृद्धि हुन समय लाग्छ। तपाईं एक हप्ता वा एक महिनामै ६ कक्षाबाट ७ कक्षामा जान सक्नुहुन्न। त्यसैगरी आत्मिक वृद्घिलाई पनि समय लाग्छ। यदि एक विश्वासी स्वस्थ रहन्छ भने ऊ विस्तारै र निरन्तर बढ्दै जान्छ। ऊ विस्तारै तर निरन्तर बलियो हुँदै जान्छ। परमेश्वरले आफ्ना जनहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोगमा ल्याउन उसलाई बढ्नको लागि उजाडस्थानमा कति वर्ष लाग्यो (प्ररित ७:३०)? ____________। यी वर्षहरू पछि मोशा एक च्याऊ जस्तै थिएनन् तर एक बलियो देवदारझैं थिए। के तपाईं आत्मिक रूपमा बढिरहनुभएको छ? के तपाईं बिस्तारै तर निश्चित रूपमा बढिरहनुभएको छ? के तपाईंले उन्नति (प्रगति) गरिरहनुभएको छ? के तपाईं अघिको भन्दा यो वर्ष बलियो विश्वासी हुनुहुन्छ?
विरुवाहरू
दाख (अङ्गुर)
बाइबलीय समयमा अङ्गुरको बोट एक महत्त्वपूर्ण बिरुवा थियो। जब कुनै एक ठाँउमा धेरै अङ्गुरको बोटहरू हुन्छन् तब यसलाई दाखबारी भनिन्छ (यशैया ५:१-२ र मत्ती २१:३३)। दाखबारी अक्सर डाँडा छेऊ हुँदो हुन्छ।
दक्षिणी प्यालेस्टाइन दाखबारीको लागि उपयुक्त स्थान थियो। केही अङ्गुरहरू त अति ठूलो हुन्छन्। यो उल्लेखित छ कि दक्षिणी प्यालेस्टाइनको हेब्रोन मुलुकमा उम्रने एक किसिमको अङ्गुरले एक झुप्पामै झण्डै १० किलो भन्दा पनि बढी तौलको अङ्गुर फलाउँछ। यसले हामीलाई गन्ती १३:२३ मा बयान गरिएको अङ्गुरका ठूला झुप्पाहरूको सम्झना दिलाउँछ। अङ्गुरको यो झुप्पालाई कति जना मानिसहरूले बोके?________।
एउटा दाखबारीलाई धेरै हेरचाह चाहिन्छ। अल्छी मानिसको दाखबारीलाई के हुन्छ (हितोपदेश २४:३०-३१)? ________________________________________________________। एक असल किसानले दाखबारीलाई बसन्त ऋतु भन्दा अगावै छाँट्ने काम गर्दछ। यसको मतलब उसले हरेक नराम्रो र कमजोर हाँगालाई काट्दछ ताकि रस स्वस्थ हाँगाहरूमा पुगोस् र तिनीहरूले असल फलहरू फलाओस्। किसानले छाँट्दछ किनकि उसले धेरै फलहरू चाह गर्दछ। येशूले छाँट्ने काम बारे यूहन्ना १५:२ मा भन्नुभयो। परमेश्वर विश्वासीहरूले ________ फलहरू ल्याएको चाहनुहुन्छ (यूहन्ना १५:२ र ________ फल (यूहन्ना १५:८)। कस्तो किसिमको फल विश्वासीहरूले फलाएको परमेश्वर चाहनुहुन्छ?
यूहन्ना १५:१२ ____________
यूहन्ना १५:११ ____________ हेर्नुस् गलाती ५:२२
यूहन्ना १४:२७ ____________
मानिसहरूले अङ्गुरलाई के गर्थे? पाकेका ताजा अङ्गुरहरू खान्थे र आनन्द लिन्थे जुन एक प्रिय फलको रूपमा गनिन्थ्यो। के तपाईं ताजा अङ्गुर मन पराउनुहुन्छ? घाममा सुकाइएका अङ्गुरहरू पनि खाइन्थ्यो जसलाई किसमिस भनिन्छ (१ शमुएल २५:१८)। तपाईं किसमिस कतिको मन पराउनुहुन्छ? तिनीहरू तपाइको निम्ति असल खानेकुरा हो जसमा फलाम खनिज पदार्थ पाउनुहुन्छ। अङ्गुरहरूलाई पेलेर पनि रस निकालिन्छ र एक मीठो पेय पदार्थ बनाइन्छ। के तपाईंलाई अङ्गुरको रस मन पर्छ?
मानिसहरू प्रायःजसो आफ्ना नांगा खुट्टाले अङ्गुरलाई कुल्चेर रस निकाल्थे। कहिले काहिँ पूरा परिवार (पुरूषहरू, स्त्रीहरू र छोराछोरीहरू) सबै सँगै यो काम गर्थे। यो काम गरिने ठाउँलाई कोल भनिन्छ र यो रसको रङ्ग रगतको जस्तै हुन्छ।
कुनै दिन परमेश्वरले अङ्गुरहरूमाथि कुल्चनुहुनेछ जब उहाँले दुष्ट मानिसहरूको इन्साफ गर्नुहुन्छ र न्याय गर्नुहुनेछ (यशैया ६३:३; प्रकाश १९:१३,१५)। यो डरलाग्दो कोलको बारेमा प्रकाश १४:१८-२० मा बयान गरिएको छ। यो कोल अङ्गुरहरूद्वारा भरिने छैन तर मानिसको रगतद्वारा (२० पद) तिनीहरू जसले ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा इन्कार गर्छन्, एकदिन उहाँलाई आफ्ना न्यायकर्त्ताको रूपमा भेट्नेछन्। त्यो कति भयानक दिन हुनेछ!
जब अङ्गुरको रस केही समयसम्म राखिन्छ तब त्यो बदली हुन थाल्छ। यसलाई फर्मेन्टेसन (रसबाट मद्यमा परिणत हुने प्रकृया) भनिन्छ। अङ्गुरमा भएको चिनी रक्सीमा परिणत हुन थाल्छ र यसलाई बाइबलमा मद्य भनिएको छ। धेरै मद्यले मानिस मात्तिन्छ र त्यो मानिस जो मात्तिन्छ ___________ होइन हितोपदेश २०:१)। परमेश्वर भन्नुहुन्छ, “__________________ जसमा चरित्रहिनता हुन्छ, तर आत्माले भरपुर होओ” (एफिसी ५:१८)।
के तपाईंले आज हाम्रो समाजमा मतवालापनद्वारा हुने ३ ओटा गम्भीर समस्याहरू देख्नहुन्छ?
१) ____________________
२) ____________________
३) ____________________
किन हामीले रक्सीयुक्त पदार्थहरूको सेवन गर्नुहुन्न भन्ने ३ कारणहरू दिन सक्नुहुन्छ?
१) _____________________
२) _____________________
३) _____________________
पपाइरस बिरुवा
मिश्र देशमा प्रशस्त मात्रामा उम्रने यो एक जलबिरुवा हो। प्राचीन समयमा बस्ने मानिसहरूका लागि यो ज्यादै महत्त्वपूर्ण बिरुवा थियो किनकि यस विरुवाको रेशाबाट कागत बनाइन्थ्यो। वास्तवमा अंग्रेजी शब्द पेपर (कागत) यहि शब्द पपाइरसबाट आउँछ।
यस बिरुवाबाट बनाइएको कागत पहेंलो रङ्गको हुन्थ्यो। कागतका मुठ्ठाहरू १० देखि ३० फिट लामो बिरुवाबाट बनाइन्थ्यो र त्यो मुठ्ठा साँढे ९ इन्च चौडाइ सम्मको हुन्थ्यो। प्राचीन समयका किताबहरू आज हामीले पुस्तकालयमा देख्ने किताब जस्तो देखिँदैन थियो। त्यहाँ पपाइरस कागतको मुठ्ठाहरू हुन्थ्यो र यस किसिमको किताबलाई हामी चर्मपत्र भन्दछौं। जसरी लूका ४:१७ मा उल्लेखित छ, येशूले यस किसिमको किताबबाट पढ्नुभयो। येशूले कसरी किताब खोल्नुभयो र बन्द गर्नुभयो (लुका ४:१७,२०)? _______________ _____________________________________________।
मैदानमा भएका फूलहरू
बाइबलीय समयमा जिउने मानिसहरूका आज हामीसँग भएजस्तै फूलका बगैंचाहरू हुँदैन्थ्यो। तिनीहरूसँग अन्नहरू उमार्नको लागि मात्रै खेत हुन्थ्यो। तिनीहरू साधारणतयाः आफ्ना घरमा बिरुवाहरू समेत राख्दैनथे (घामको प्रशस्त किरण छिर्नलाई तिनीहरूका ठूला झयालहरू हुँदैनथे)। तर पनि त्यहाँ मैदानमा चाहिँ राम्रा फूलहरू उम्रेका हुन्थे।
येशूले यी जंगली फूलहरू मत्ती ६:२८ मा उल्लेख गर्नुभएको छ। राजा सुलेमानले सुन्दर पोशाक लगाएकै हुनुपर्छ। के परमेश्वरले फूलहरूलाई अझ सुन्दर आवरण र रङ्गहरू दिनु भएको छ? ____। परमेश्वरको निम्ति कुन महत्त्वपूर्ण छ — फूलहरू जो आज छ भोली छैन कि मानिस जोसँग अनन्त आत्मा छ? __________। यदि परमेश्वरले फूलहरूको वास्ता गर्नुहुन्छ र तिनीहरूलाई पहिराउनुहुन्छ भने, के उहाँले हाम्रो पनि वास्ता गर्नुहुन्छ? _________। के हामीले चिन्ता लिनुपर्छ? _________।
कुनै फूलहरूको यति मीठो बास्ना हुन्छ भने कुनै विरुवाहरू गन्हाउने हुन्छन्। परमेश्वर विश्वासीले मीठो र आनन्द दिने बास्ना दिएको चाहनुहुन्छ (२ कोरिन्थी २:१४-१५)।
के तपाईं कहिल्यै चुरोटको धुवाले भरिएको कोठाभित्र पस्नुभएको छ? पछि तपाईँले त्यो ठाउँ बाट निस्केपछि तपाईँको कपाल र कपडा चुरोटको धुवा गन्हाइरहेको हुन्छ र मानिसहरूले तपाईं कहाँ जानुभएको थियो भनी थाह पाउँछन् किनकि त्यो गन्ध अझै तपाईंमा छ!
विश्वासीमा पनि यस्तै सत्यता हुनुपर्छ। जसै हामी परमेश्वरसँग समय बिताउँछौ (प्रार्थना र बाइबल अध्ययनद्वारा), हामीले स्वर्गीय बास्ना टिप्दछौं। हाम्रो प्रार्थनाको समयपछि पनि त्यो बास्ना हामीसँगै हुनुपर्छ जुन बास्नालाई “उहाँको ज्ञानको मिठो बास्ना” भनिएको छ — २ कोरिन्थी २:१४। हामी कहाँ गएका थियौं भन्ने कुरा मानिसहरूले बताउन सक्नुपर्छ। तिनीहरूलाई हामी परमेश्वरको उपस्थितिमा गएका थियौं भन्ने थाह हुनुपर्छ। के ती नबाँचेका यहुदीहरूले पत्रुस र यूहन्ना कहाँ गएका थिए भनी बताउन सके त (प्रेरित ४:१३)? _________। तिनीहरू कहाँ गएका थिए? _______________________।
तपाईँको जीवनले कस्तो किसिमको बास्ना दिइरहेको छ? के तपाईँ परमप्रभुको निम्ति बास्ना आउने फूलझैं हुनुहुन्छ? आत्मिक दुर्गन्ध नबन्नुहोस्!!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)