पैसा र सम्पत्तिहरू

पैसा र सम्पत्तिहरू

 

पैसा

सट्टापट्टा

प्राचीन समयमा मानिसहरूसँग सिक्काहरू, रुपैँयाँहरू, चेकहरू, क्रेडिट कार्डहरू हुँदैनथे। पैसा प्रयोग गर्नुको सट्टामा तिनीहरू व्यापार गर्थे वा सट्टापट्टा गर्थे। यसको मतलब तिनीहरूले एउटा सामानको बदलीमा अर्को सामान लिने दिने (व्यापार) गदर्थे। उदाहरणको लागि गाईको मालिकले किसानलाई परालको सट्टामा गाई वा गोरु दिन सक्थे। सिकर्मीले किसानको लागि खाद्यवस्तुको सट्टामा घर बनाइदिन सक्थे। आज पनि मानिसहरूले सट्टापट्टाको काम गर्छन्। मानौं तपाईं हुलाक टिकट सङ्कलन गर्नुहुन्छ। तपाईंको साथीसँग भएको एउटा विशेष टिकट प्राप्‍त गर्न तपाईंले आफूसँग भएका बीसओटा टिकटहरूसँग सो साट्न सक्नुहुन्छ।

हामी बाइबलमा सट्टापट्टा गर्ने चलनको उदाहरण पाउँदछौं। मिश्रमा ठूलो सङ्कष्ट भएको बेलामा, मानिसहरूले यूसुफलाई अन्नको सट्टामा के दिए (उत्पत्ति ४७:१३, १६-१७)? _______________। राजा सुलेमानलाई भवन निमार्णको लागि थुप्रै काठको आवश्यकता थियो र राजा हिराम, टायरका राजा काठमा धनी थिए। राजा सुलेमानले देवदारको रूखको सट्टामा राजा हिरामलाई के दिए (१ राजा ५:१०-११)? ___________________________________।

के तपाईंलाई थाह छ परमेश्वर विश्वासीसँग सट्टापट्टा गर्न चाहनुहुन्छ? परमेश्वरले विश्वासीलाई दिन सक्नुहुने केही कुरा छ। त्यो के होला (यशैया ४०:२९)? __________________। यशैया ४०:३१ मा हामी पढ्छौं, (तर परमप्रभुको आशा गर्नेहरूको बल ________ हुनेछ। “फेरी नयाँ” भन्नाले “बदली” वा “सट्टापट्टा” गर्नु हो। परमेश्वर हाम्रो दुर्बलताको सट्टामा उहाँको सामर्थ्य दिन चाहनुहुन्छ। यो चाहिँ, परमेश्वरले यसो भन्नुभएको जस्तै हो, “तिम्रो दुर्बलता मलाई देऊ (३० पद), र म तिमीलाई मेरो बल र सामर्थ्य दिनेछु (२९ पद) “। के तपाईंलाई यो असल सौदा वा सट्टापट्टा हो जस्तै लाग्छ? के यसले तपाईंलाई २ कोरिन्थी १२:१० को अन्तिम भाग बुझ्न सहायता गर्दछ? २ इतिहास २०:१२ मा यहूदीहरूले परमेश्वरलाई यसो भने, “किनकि हाम्रो केही __________ छैन।” तर कोसँग बल र सामर्थ्य थियो (२ इतिहास २०:६)? ___________________।

सम्पत्ति

अब्राहाम एक धनाढ्य मानिस थिए। किन होला? के उनीसँग थुप्रै हजार-हजारका नोटहरू भएर हो? के बैंकमा उसको धेरै पैसा भएर हो? अब्राहाम धनी थिए। अब्राहामसँग त्यस्तो के थियो जसले उनलाई धनी बनायो (उत्पत्ति १३:२ र २४:३५)? ________________________________________________ ____________________।

परमेश्वरले भन्नुभएको छ कि हरेक विश्वासी नै _________ छ (२ कोरिन्थी ८:९)। विश्वासी किन धनी हुन्छ? जब तपाईं बचाइनु भयो, के परमेश्वरले तपाईंलाई हजारौंका रुपियाँहरू दिनुभयो? के परमेश्वरले तपाईंलाई सुन र चाँदी दिनुभयो? के परमेश्वरले तपाईंको बैंक खातामा धेरै पैसाहरू हालिदिनुभयो? होइन, तर विश्वासीसँग जे छ र उसको स्वामित्वमा जे छ त्यसैको कारणले ऊ गर्दा धनी हुन्छ। ती केही कुराहरू के-के हुन जो हरेक विश्वासीसँग हुन्छ?

१. यूहन्ना ६:४७ – विश्वासीसँग ______________________ छ
२. एफिसी १:७ – विश्वासीसँग _______________________ छ
३. रोमी ५:१ – विश्वासीसँग ________________________ छ
४. रोमी ८:९ – विश्वासीसँग ________________________ छ

अरु कुराहरू के-के हुन् जुन हरेक विश्वासीसँग हुन्छ?

भुक्तानी (चुक्ता गर्नु)

जब हामी पसलमा जान्छौं, हामी प्रायः जसो सिक्का वा नोटमा पैसा तिर्छौं। बाइबलीय समयमा, भुक्तानी कार्य अक्सर पैसामा भन्दा सामानहरू मै गरिन्थ्यो। लूका १६:५-७ पढ्नुहोस। यी मानिसहरूलाई सय रुपियाँको ऋण लागेको थिएन, तर तिनीहरूलाई एक सय मन ______ (एक सय ग्यालेन जैतुनको तेल थियो) र पाँच सय मुरी _____ (एक सय बुशल गहूँ बराबर) को ऋण लागेको थियो । कतिपय राष्ट्रहरू (जस्तै अमेरिका) ले आज पनि अन्य राष्ट्रहरूलाई पैसा वा अन्य सामानहरूको सट्टामा खाद्यान्न निर्यात गर्ने गर्दछ।

पुरानो नियमका समयमा सिक्काहरूको प्रयोग गरिँदैनथ्यो, तर अक्सर गरेर तिर्ने कामचाहिँ बिक्रेतालाई बहुमूल्य धातूहरू जस्तै सुन र चाँदी दिएर गरिन्थ्यो। अब्राहामले आफ्नी पत्‍नी साराको शवलाई गाड्नको निम्ति एफ्रोन नामको मानिसबाट उनको जमीन र गुफा (चिहान) किन्न चाहे। उसले एफ्रोनलाई कसरी तिरे (उत्पत्ति २३:१६ मा हेर्नुहोस्)? उनले उसलाई के दिए?

(क) रुपियाँहरू
(ख) सुन
(ग) चाँदी
(घ) हीराहरू
(ङ) गाइवस्तुहरू

अब्राहामले यस मानिसलाई ४०० शेकेल चाँदीका टुक्राहरू दिए। नेपाली पुरानो करारमा शेकेललाई “सिक्का” भनेर अनुवाद गरिएको छ तर शेकेल भनेको सिक्का होइन। यो त एक तौल थियो (हेर्नुस् उत्पत्ति २३:१६)। अब्राहामले एफ्रोनलाई कति शेकेल चाँदी दिए? __________ । एक शेकेल करीब ११.५ ग्राम जति हुन्छ। एक किलो चाँदी झण्डै ८७ शेकेल जति हुन्छ। यसको मतलब अब्राहामले उक्त जग्गा ४.६ किलो चाँदी (अहिले करिब साँढे एक लाख रूपैयाँ बराबर) तिरेर किनेका थिए।

त्यहाँ नापको अझ ठूलो एकाइ ट्यालेन्ट पनि थियो। एक टयालेन्टमा झण्डै ३,००० शेकेल जति हुन्थ्यो। एक टयालेन्ट चाँदीको वजन झण्डै ३५ किलो हुन्थ्यो अर्थात् एउटा मान्छेले बोक्न सक्ने तौल जति हुन्थ्यो (२ राजा ५:२३)। १ राजा ९:१४ मा हामी पढ्छौ कि राजा हिरामले राजा सुलेमानलाई यति धेरै सुन पठाए कि त्यो बोक्नलाई १२० जना मानिसहरूको आवश्यकता पर्‍यो। स्वर्ग पुग्न अगाडि हामी मध्ये कसैले पनि यतिका सुन देख्‍ने छैनौं (प्रकाश २१:१८,२१)।

मुक्तिको भण्डार

मानौं तपाईं एक पसलमा विनापैसा (कुनै चेक/क्रेडिट कार्ड विना) जानुभयो भने तपाईंले कति किन्न सक्नुहुन्छ? ____________________। के तपाईंले पसलको अगाडि ठूलो अक्षरमा यस्तो लेखिएको कहिल्यै देख्‍नुभएको छः आउनुहोस् तपाईंलाई जे इच्छा लाग्छ सो किन्नुहोस् र पैसा पर्दैन! कुनै मूल्य छैन र तपाईंलाई पैसाको आवश्यकता नै पर्दैन किनकि यो सबै सित्तैंमा हो, खाली आउनुहोस् मात्रै! के तपाईंलाई त्यो पसलमा जान चाहनुहुन्छ? _____________। के तपाईंलाई परमेश्वरसँग त्यस्तै किसिमको पसल छ भनेर थाह थियो? यसलाई मुक्तिको पसल भनिन्छ, र तपाईंले यसको बारेमा यशैया ५५:१ पढ्न सक्नुहुन्छ। अनन्त जीवन सित्तैंमा हो र यो रुपियाँ पैसाले किन्न सकिन्न। प्रेरित ८:१८-२० मा हामी एकजना मानिसको बारेमा पढ्छौं जसले परमेश्वरको दानलाई पैसाद्वारा किन्न खोज्यो। के उसले त्यसरी पाउन सक्थ्यो? ___________। कसैले पनि मुक्तिलाई किन्न सक्दैन किनकि यसको पैसा/दाम पहिल्यै तिरिसकिएको छ। प्रभु येशूले दाम तिरिदिनुभयो, चाँदी वा सुनद्वारा होइन, तर उहाँको आफ्नै अमूल्य _______ द्वारा (१ पत्रुस १:१८-१९)। के तपाईंले परमेश्वरबाटको अनन्त जीवनको दानलाई लिनुभएको छ (रोमी ६:२३: यूहन्ना १:१२)?

सिक्काहरू

नयाँ नियमका समयमा सिक्काहरू धेरै प्रचलित थिए। हामीले आफ्नो खल्तीमा भएको सिक्कामा हेर्‍यौं भने त्यहाँ राजाको नाम वा आकृति देख्छौं। रोमीहरूले पनि ठीक त्यही गर्थे। तिनीहरूका सिक्कामा सम्राटहरूको आकृति हुन्थ्यो। येशूको सामु ल्याइएको सिक्कामा कसको आकृति थियो (मत्ती २२:१९-२१)? _______________।

मत्ती २२:१९ मा उल्लेख गरिएको सिक्का रोमी सिक्काहरू मध्ये एक सामान्य सिक्का थियो। हामी पैसा/सिक्कालाई सबैभन्दा सानो पैसा (एक पैसा) को रूपमा सोच्छौं। तर नयाँ नियममा प्रयोग गरिएको यो सिक्का चाहिँ हाम्रो देशको सिक्काभन्दा धेरै फरक छ। मत्ती २०:१,२,१० पढ्नुहोस। यी मजदुरहरूलाई एक दिनको कति पैसा दिइयो? _______________। तपाईंलाई दिनभरि काम गरेर एक पैसा मात्र पाउँदा कस्तो लाग्छ? के तपाईं त्यसमा गनगन गर्नुहुन्छ?

सिक्का शब्दलाई वास्तवमा दिनार भनिन्थ्यो। यो वास्तवमा थोरै पैसा थिएन। दिनार एक चाँदीको सिक्का थियो (हाम्रो जस्तो तामा/सिलाबरको होइन) र यो एक मानिसले दिनभरि काम गरेर कमाउने ज्याला थियो। तपाईंको बुबाले एक दिनमा कति कमाउनुहुन्छ? बाइबलीय समयमा एक मेहनेती मानिसले आफ्नो दिनहुँको ज्यालामा एक (सिक्का दिनार) पाउँथ्यो। कुनै बेला तपाईंको आमा बुबालाई सातओटा सिक्का बराबरको मूल्य दिनलाई भन्नुहोस्। उहाँहरूले सायद “त्यति मात्रै” भनेर सोच्नुहुन्छ होला तर त्यसपछि तपाईंले प्रष्ट पार्नुहोस् कि तपाईंलाई नयाँ नियम समयमा प्रयोग गरिने एक सिक्काको मूल्य बराबरको सातओटा सिक्काहरू दिनुहोस् भनेर। यो सायद तपाईंको बुबाले एक हप्तामा कमाउने पैसा भन्दा बढी हुनसक्छ।

यूहन्ना १२:३-५ मा हामी मरियमले येशूलाई ज्यादै किम्मती तेलले अभिषेक गरेकी पढ्छौं। यो तेल कति सिक्काहरूको मूल्य बराबरको थियो? _____________। यदि एक दिनको ज्याला एक सिक्का हुन्छ भने, त्यो किम्मती तेल किन्नलाई एकजनाले कति दिन काम गर्नुपर्दो रहेछ? _________। यो औसत एक कामदारले एक वर्षमा कमाउने पैसा बराबर थियो [याद गर्नुहोस्, वर्षमा ३६५ दिन हुन्छन् र कम्तिमा वर्षमा ५२ ओटा शनिबारहरू (विश्राम दिनहरू) पर्दछ र यहूदीहरू विश्राम दिनमा काम गर्दैनन् र त्यहाँ अरु धेरै चाड पर्वहरू पनि हुन्थे।

आज मुद्राको मूल्य दिन प्रति दिन घट्दो छ। त्यसैले हाम्रो पैसाले थोरै मात्र किन्न सकेको छ। सामानको मूल्य भने झन् झन् बढ्दै छन्। तरैपनि आजको यो मुद्रास्फीति महासंकष्टको समय (भविष्यमा येशूले आफ्ना विश्वासीलाई स्वर्गमा लैजानलाई लिन आउनुभएपछि पृथ्वीमा हुने ठूलो संकष्टको समय -यूहन्ना १४:३) मा हुने मुद्रास्फीतिको तुलनामा केही होइन। प्रकाश ६:६ ले मुद्रास्फीतिको त्यो समयको बारेमा बताउँछ।

एक व्यक्तिले एक सेरको निम्ति कति पैसा तिर्नुपर्दो रहेछ (प्रकाश ६:६)? _________। यदि एक मानिसले दिनभरि काम गरेर एक सिक्का (दिनार) कमाए पनि उसले त्यो पैसाद्वारा एक सेर गहुँ मात्र किन्न सक्ने रहेछ। एक सेर (नाप) गहुँ, एक ज्यालादार मानिसले एक छाकमा खान सक्ने गहुँ हो। तर जौ चाहिँ सस्तो अन्न हो। उसले आफ्नो दिनारद्वारा कति जौ किन्न सक्नेछ (प्रकाश ६:६)? __________। यसले उसलाई तीन छाक सम्म पुग्छ। तर त्यसले अरु चीजहरू जस्तै जैतुनको तेल र दाखमद्य किन्नको लागि पैसा पुग्दैन। अर्को शब्दमा भन्ने हो भने, उसले एक दिनको पूरा ज्याला रोटीको टुक्रा किन्नको लागि खर्च गर्नुपर्ने हुन्छ, अरु चीजको लागि पैसा बाँकी नै हँदैन। त्यसबेला पृथ्वीमा बाँचेकाहरूका लागि त्यो ठूलो अनिकाल र मृत्युका दिनहरू (८ पद) को समय हुनेछ। तपाईंको परिवारले हरेक हप्ता किन्ने खाद्यान्नहरूको लागि तपाईं कत्तिको धन्यवादी हुनुहुन्छ? के तपाईं प्रायः एउटा रोटी भन्दा धेरै चीजहरू किन्नुहुन्छ?

खनिज पदार्थहरू

बाइबलले सबै किसिमका खनिज पदार्थहरूको उल्लेख गरेको छ (सुन, चाँदी, बहुमूल्य पत्थरहरू, फलाम, तामा, सङ्गमर्मर, मोती आदि), तर यस पाठमा हामी तीमध्ये कुनै-कुनैको बारेमा मात्र हेर्नेछौं। पहिला हामी खनिज पदार्थहरू कसरी खारिन्छन् र शुद्ध पारिन्छन् सो हेरौं:

शुद्ध पार्ने

मानौं तपाईंले एउटा चट्टानमा सुनको मात्रा भेट्टाउनुभयो। तर त्यो चट्टान निख्खुर सुन हुन सक्दैन किनकि यसमा अरु तत्वहरू पनि मिसिएका हुन्छन्। यो सुन खारिनुपर्छ र शुद्ध पारिनुपर्छ। तपाईंले काम नलाग्नेबाट सुनलाई अलग गर्नुपर्दछ।

सबैभन्दा पहिला तपाईंले त्यो सुनको खनिज पदार्थलाई आरानमा (एउटा भाँडो जसलाई धातुहरू पगाल्न प्रयोग गरिन्छ) राख्‍नुपर्दछ। त्यसपछि आगोले भाँडालाई तताउँछ र धातुलाई तरल अवस्थामा पगालिदिन्छ। त्यसपछि अरु काम नलाग्ने धातुहरू माथि उठेर आउँछन् र त्यसलाई निकालिन्छ। यी कसरहरू धातुको मैला हुन्। आगोले सुनलाई असर गर्दैन। हरेक पटक सुन आगोमा राखिँदा त्यो सुन पहिलाको भन्दा अझ राम्रो र शुद्ध भएर निस्कन्छ। चाँदीमा पनि यही कुरा लागू हुन्छ।

भजनसंग्रह १२:६ मा हामी यो पाउँछौं कि परमेश्वरका वचनहरू शुद्ध पारिएका धातुझैं छन्। यो एक पूरै रूपमा (७ पटक) शुद्ध पारिएको चाँदी जस्तै हो। भन्नुको तातपर्य परमेश्वरको वचनहरू शुद्ध र सिद्ध छन्। त्यहाँ कुनै कसरहरू छैनन्, त्यहाँ कुनै गल्तीहरू छैनन्, त्यहाँ कुनै त्रुटीहरू छैनन्, त्यहाँ शुद्ध सत्यता बाहेक अरु केही छैन, परमेश्वरको वचन एकदम _______ छ (भजनसंग्रह ११९:१४०) । यो जस्तो अरु कुनै पुस्तक नै छैन।

परमेश्वर आफ्ना विश्वासीहरू शुद्ध भएको चाहनुहुन्छ, कहिलेकाहीँ परमेश्वरले आफ्ना जनहरूलाई संकष्ट र परीक्षाहरूको आगोबाट भएर लानुहुन्छ। उहाँले हामीलाई नाश गर्न होइन तर शुद्ध पार्नको निम्ति त्यसो गर्नुहुन्छ। अय्युबले भने, “जब उहाँले मलाई जाँच गर्नुहुन्छ, म _________ हुनेछु” (अयूव २३:१०)। ती ठूला परीक्षाहरू कुन-कुन थिए जसमा परमेश्वरले अय्युबलाई परीक्षाहरूमा भएर जान दिनुभयो (अयूव १-२)? ___________________________________________________________________________
________________________________________________________________________________। यदि परमेश्वरले हामीलाई ठूलो परीक्षाहरूमा पार्नुहुँदा के हामीले अचम्म मान्नुपर्छ (१ पत्रुस ४:१२)? ___________। १ पत्रुस १:६-७ पनि हेर्नुहोस्। के परमेश्वरले हाम्रो जीवनबाट कसरहरू (मैलाहरू) हटाइ दिनुभएकोमा हामी धन्यवादी हुनुपदैन र?

गन्धक

यहूदीहरूले गन्धक शब्द, आगोलाई सजिलैसँग टिप्न सक्ने पदार्थलाई बुझाउन प्रयोग गर्थे। साधारणतया यो शब्दले सल्फर (sulphur) लाई जनाउँदछ। सल्फर नीलो तातो आगोको रूपमा बल्छ। प्यालेस्टाइनमा सल्फरको खानी पाइन्छ, विशेष गरी मृतसागरको वरिपरि। जब सल्फरले आगो टिप्छ तब त्यो एकदम डरलाग्दो हुन्छ। त्यो पग्लेर जल्दै चारैतिर निस्सासिने धुँवा छोड्दै तल खाल्टो (ओरालो) तिर बहन्छ।

प्रकाशको पुस्तकमा जलिरहेको ______ को झीलको बारेमा बयान गर्न गन्धकको प्रयोग गरिएको छ (प्रकाश १९:२०; २०:१०; २१:८)। यसलाई दोस्रो मृत्यु पनि भनीन्छ (प्रकाश २०:१४; २१:८)। कस्तो किसिमको व्यक्तिलाई दोस्रो मृत्युले असर पार्दैन (प्रकाश २:११ र १ यूहन्ना ५:५)? ____________________ ______________________________।

नून

आज हामी खानालाई स्वादिलो र मीठो बनाउन नूनको प्रयोग गर्छौं। कुनै खानेकुरा बेस्वादिलो हुँदा, नूनले सहायता गर्न सक्छ (अय्युब ६:६)।

बाइबलीय समयमा नूनलाई अर्को महत्त्वपूर्ण कुरामा प्रयोग गरिएको थियो। नून, खानालाई बिग्नबाट जोगाउनका लागि प्रयोग गरिन्थ्यो। तपाईंले यदि दूध र मासुहरू फ्रिजमा नराखिकन बाहिर राख्‍नुभयो भने के हुन्छ? के त्यो बिग्रन्छ होला? बाइबलीय समयमा मानिसहरूसँग फ्रिज थिएन, तर तिनीहरूसँग नून थियो। नून राखिएको खाना छिट्टो बिग्रदैन। नून राखिएको खानाले खाना बिग्रनबाट जोगाउँछ, तर नून नराखिएको खाना चाँडै बिग्रन्छ।

मत्ती ५:१३ मा येशूले आफ्ना चेलाहरूलाई, “तिमीहरू पृथ्वीका ________ हौ” भन्नुभयो। हामी बस्ने संसार झन् धेरै दुष्ट र भ्रष्ट हुँदै छ (२ तिमोथी ३:१३ — झ______________”)। तापनि यस दुष्ट संसारमा विश्वासीहरू छन् जो नूनहरू हुन्। तिनीहरूले संसारलाई तिब्र गतिले खराब हुनबाट जोगाउँछन्। जब विश्वासीले परमेश्वरको वचन पालन गरिरहन्छ, उसको जीवनले दुष्टताको शक्तिलाई थामी राख्‍नलाई सहायता गर्दछ।

यसको राम्रो उदाहरण पुरानो नियममा पाउन सकिन्छ। यहोयादा एक धर्मी (ईश्वरीय) पुजाहारी थिए जसले राजा योआसको राज्यकालको समयमा “नून” झैं काम गरे। यहोयादा जीवित रहुन्जेलसम्म, योआसले के गरे (२ इतिहास २४:२)? ________________________________________________। तर यहोयादाको मृत्युपछि र त्यो “नून” पनि गयो, त्यसपछि राजा योआस कति भ्रष्ट भए भन्ने कुरा देख्दा हामी चकित पर्छौं (२ इतिहास २४:१५-२२) !

तपाईं आफ्नो जीवनलाई विचार गर्नुहोस्। के तपाईं यस संसारलाई भ्रष्ट पार्न सहयोग गरिरहनु भएको छ कि भ्रष्टतालाई नियन्त्रण गर्न सहयोग गरिरहनुभएको छ? के तपाईं नूनझैं खानालाई सुरक्षित पारिरहनुभएको छ कि तपाईं त्यो खाना जस्तो हुनुहुन्छ जो बिग्रँदो अवस्थामा छ? यदि अरु मानिसहरू तपाईंजस्तै जिउने हो भने, के यो संसार राम्रो हुनेछ कि नराम्रो? तपाईंको जीवन कतिको नूनिलो छ? के तपाईंको साथीहरूले तपाईंको जीवन र व्यवहार गर्ने तरिकामा फरक देख्छन्? के तिनीहरूले तपाईंमा भिन्नता देख्‍न आवश्यक छ? किन त्यहाँ भिन्नता छैन?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email