पेशाहरू
पेशाहरू
यस पाठमा हामी बाइबलमा उल्लेख गरिएका सातओटा पेशाहरूको विषयमा हेर्नेछौं। हामीले पाठ ६ मा कृषि सम्बन्धी हेरिसकेका छौं। त्यहाँ अरु धेरै पेशाहरू पनि परमेश्वरको वचनमा उल्लेख गरिएका छन्, तर हामी यी मध्ये ७ ओटा मात्र हेर्नेछौ:
१. माग्ने मानिस (भिखारी)
एक माग्ने मानिस त्यो व्यक्ति हो जसको कुनै पेशा हुँदैन। ऊ काम गर्न सक्षम हुँदैन वा जागिर खान योग्य छैन। ऊ अरुहरूबाट जे पाउँदछ त्यसबाट जिउनुपर्दछ।
२ थेस्सलोनिकी ३:१० मा बाइबलले सिकाउँदछ कि यदि कुनै मानिस काम गर्न चाहँदैन भने, उसले ____________ पनि। एक व्यक्तिले आफ्नो जीविका एकदम मेहेनतसाथ कमाउनुपर्दछ। तिनीहरूले खान हुँदैन जसले काम गर्न इन्कार गर्छन्।
- कोही मानिसहरू काम गर्न चाहँदैनन्।
- कोही मानिसहरू काम गर्न सक्दैनन्।
ती दुईबीच के भिन्नता छ? केही मानिसहरू अल्छी भएर काम गर्न चाहँदैनन् (हितोपदेश ६:६-११; २०:४)। तर त्यहाँ अरुहरू छन् जो काम गर्न असक्षम छन् किनकि तिनीहरू डुँडो छन्, अन्धो र लंगडो छन् अथवा तिनीहरू अरु कुनै शारीरिक समस्याहरूको कारणले (लूका १४:१३)।
बर्तिमैले किन मागेर हिँड्नु पर्यो (मर्कूस १०:४६)? ______________________________________। यूहन्ना ९:१,८ मा बयान गरिएको मानिसले किन माग्नु पर्यो? _____________________________। प्रेरित ३:२ मा बयान गरिएको मानिसले किन माग्नु पर्यो? _______________________________।
जसले काम गर्न सक्दैन उसलाई माग्नुपर्ने बाध्यता छ। ऊ गरीब छ। आफूलाई चाहिएको कुरा अरुहरूसँग हुन्छ। माग्ने मानिस अरुको दया-मायामा भर पर्दछ।
जो काम गर्न सक्षम छ उसले आफ्नो हातद्वारा कडा परिश्रम गर्नुपर्दछ र आफ्नो जीविकाको निम्ति कमाउनुपर्दछ। अझ आफूसँग केही उब्रोपाब्रो पनि होस् ताकि उसले खाँचोमा परेकाहरूलाई केही दिन सकोस् (एफिसी ४:२८)। माग्नेले आफैलाई सहायता गर्न सक्दैन। उसलाई कसैको सहायताको खाँचो पर्दछ।
के तपाईं “आत्मिक भिखारी” हुनुहुन्छ? के दाऊद त्यस्ता थिए? दाऊदले भने, “म त ________ र ________ छु तरै पनि ______________ मेरो विचार गनुहुन्छः तपाईं मेरो सहायक हुनुहुन्छ” (भजनसंग्रह ४:१७)। दाऊद आफूलाई सहायता चाहिन्छ भनेर जान्दथे। दाऊदले उसलाई चाहिएको कुरा परमेश्वरसँग छ भनेर जान्दथे। आफू गरीब छु भनेर दाऊद जान्दथे र परमेश्वर धेरै धनी हुनुहुन्छ भनेर पनि। दाऊदले परमेश्वरबाट माग्न सिकेका थिए ।
के तपाईं आफूलाई चाहिएको केही कुराहरू विचार गर्न सक्नुहुन्छ जुन परमेश्वरसँग मात्र छ?
१) _______________________________________________________________________
२) _______________________________________________________________________
३) _______________________________________________________________________
प्रकाश ३:१६-१७ पढ्नुहोस्। एक व्यक्तिले के भन्नुपर्छ (सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्) :
(क) म धनी छु। म एक गरीब माग्ने होइन।
(ख) मलाई केही कुराको खाँचो छैन। मलाई चाहिने कुरा परमेश्वरसँग छैन।
(ग) म अभागी, दयनीय, कङ्गाल, अन्धो र नाङ्गो छु। मलाई धनी बनाउन र मलाई पहिराउन र देख्न सक्ने हुनलाई मलाई परमेश्वर चाहिन्छ (पद १८)।
येशूले भन्नुभयो, “आत्मामा ________ हुनेहरू धन्य हुन्: किनकि स्वर्गको राज्य तिनीहरूकै हो” (मत्ती ५:३)। आत्मिक माग्नेहरू कति खुशी हुनेछन्, स्वर्गमा तिनीहरूका करुणामय राजा र प्रेमिलो परमेश्वर हुनुहुन्छ जसले तिनीहरूलाई जे खाँचो छ सो दिनुहुन्छ (मत्ती ७:७)।
२. सिकर्मी
सिकर्मी त्यो हो जसले काठको काम गर्दछ। उसले निर्माण गर्दछ। मर्कूस ६:३ अनुसार, को सिकर्मी हुनुहुन्थ्यो? ______________________। मत्ती १३:५५ अनुसार यूसुफ पनि सिकर्मी थिए।
सिकर्मीले धेरै उपयोगी कुराहरू बनाउँदछन् जस्तै हलो, जुवा (हेर्नुहोस् पाठ ६), छानाहरू, ढोकाहरू, मेच र कुर्सीहरू। तर पनि कहिलेकाहीँ सिकर्मीले आफ्नो सीपलाई बेठीक प्रकारको सामानहरू बनाउन प्रयोग गर्न सक्थ्यो। यशैया ४४:१३-१७ मा हेनुहोस्। त्यहाँ एउटा सिकर्मीको उल्लेख छ जसले आफूलाई न्यानो बनाउन काठलाई दाउराको रूपमा प्रयोग गर्दछ र आफ्नो खाना बनाउन पनि प्रयोग गर्दछ। तब बाँकी काठद्वारा उसले __________ बनाउँछ र यसलाई ____________ गर्छ” (१५ पद)। उसले यस काठको मूर्तिलाई प्रार्थना पनि गर्दछ (१७ पद) । के काठको टुक्राले प्रार्थनाको जवाफ दिन सक्छ? __________। के काठको टुक्राले मानिसको आवश्यकता पुरा गर्न सक्छ? ___________।
यो चाहिँ त्यो मानिस जस्तो हो जसले रूखलाई काटेर ढाल्छ। रूखको आधा भागद्वारा उसले डुङ्गा बनाउँछ। के त्यो डुङ्गा त्यसलाई बनाउने भन्दा ठूलो हो र? ____________। के त्यो बनाइएको कुरा बनाउनेवाला भन्दा ठूलो हुन्छ? ____________। त्यो डुङ्गाले मानिसको सेवा गनुपर्दछ कि मानिसले त्यो डुङ्गाको? ____________________________________________। त्यसपछि त्यो रूखको अर्को बाँकी भागले उसले आफ्नो कूलदेवताको खम्बो बनाउँछ र त्यसैको सामु झुक्दछ अनि पुजा गर्दछ र त्यसको सेवा गर्दछ। यसमा के गलत छ? के हामीले आफूले बनाएको ईश्वरलाई पुज्नुपर्छ कि हामीलाई बनाउनु हुने परमेश्वरलाई पुज्नुपर्छ? ____________________________।
३. साकी / पानपात्रवाही (प्रमुख भण्डारी)
साकी (प्रमुख पियाउने) त्यो मानिस हो जसले राजालाई खाना-पानी टक्राउँछ। ऊ एक हिसाबमा रेष्टुरेन्टको सेवक अथवा वेटर जस्तै हो। राजाको निम्ति विश्वासयोग्य र राजाप्रति बफादार साकी भेट्टाउनु ज्यादै महत्त्वपूर्ण हुन्छ। यस किसिमको ओहदामा भएको मानिसले राजाको विरुद्धमा सजिलै षड्यन्त्र रच्न सक्दछ र राजाको कचौरामा विष पनि हाल्न सक्दछ। त्यसैले कहिलेकाहीँ राजा आफूले पिउनुभन्दा अघि साकीलाई पिउन लगाउँदछन्। यदि साकीले पिएपछि केही भएन भने राजाले यसमा विष मिसाएको छैन रहेछ भनेर थाह पाउनेछन्।
मिश्रका राजा फारोसँग पनि साकी थियो (उत्पत्ती ४०:२-३)। पहिला त राजा ऊसँग सारै रिसाए र उसले आफ्नो जागिर गुमाए, तर के पछि राजाले उसलाई विश्वास गरे (उत्पत्ती ४०:२०-२१)-? ____________।
नहेम्याहले भने, “किनकि म राजाको ________________ थिएँ ” (नहेम्याह १:११)। नहेम्याहले फारसका राजालाई पिउने कुराहरू टक्राउँथे (नहेम्याह २:१)। के फारसका राजाले नहेम्याहलाई विश्वास गर्थे? ____________।
तपाईं कति विश्वासयोग्य हुनुहुन्छ? के मानिसहरूले तपाईंमाथि विश्वास गर्न सक्छन् वा तिनीहरू तपाईंप्रति शंकालु छन्? के तपाईंका साथीहरूले तपाईंलाई उनीहरूलाई मदत गर्ने व्यक्तिको रूपमा हेर्छन् कि तपाईंले उनीहरूलाई चोट पुर्याउनुहोला कि भनेर डराउँछन्? के तिनीहरूले तपाईंलाई साथीको रूपमा हेर्छन् कि शत्रुको रूपमा?
प्रभु येशू ख्रीष्टसँग तिर्खाएकाहरू सबैको निम्ति उदेकको पिउने पानी छ (यूहन्ना ७:३७-३९; प्रकाश २२:१७)। के हामी यो पानी पिउन डराउनुपर्छ? किन धेरै मानिसहरू जीवनको पानीबाट पिउनलाई इन्कार गर्छन्?
४. मछुवा (जालहारी)
आज धेरै मानिसहरू मनोरन्जनका लागि माछा मार्छन्। नयाँ नियमको समयमा माछा मार्ने काम एउटा पूर्णकालीन पेशा थियो। मछुवाहरू धेरै कडा परिश्रम गर्थे र कहिलेकाहीँ तिनीहरू ________ भरि पनि मेहेनत गर्थे” (लुका ५:५)। यसरी नै तिनीहरूले आफ्नो जीविकोपार्जन गर्थे।
मत्ती ४:१७-२२ पढ्नुहोस्। चारजना मछुवाहरूको नाम दिनुहोस् जोहरूले प्रभुलाई पछ्याउन आफ्नो पेशा छोडेः १) ______________ २) ______________ ३) _______________ ४) ______________
गालिल समुद्र एक विशाल ताल थियो जहाँ यी मछुवाहरूले माछा मार्थे। के यो तपाईंले नक्सामा भेट्टाउन सक्नुहुन्छ? प्रायःजसो बल्छीले भन्दा जालहरूद्वारा माछा मारिन्थ्यो। कहिलेकाहीँ एकै पटकमा धेरै माछा पनि पर्दथ्यो। यूहन्ना २१:१०-११ अनुसार कतिओटा माछाहरू समातिए? _____________। के ती माछाहरू साना थिए कि ठूला? __________। के मछुवाहरूले बल्छीहरू प्रयोग गरेका थिए (मत्ती १७:२७)? __________।
यी मछुवाहरूलाई येशूले भन्नुभयो, “मलाई ______________ र म तिमीहरूलाई ______________ ______________ बनाउनेछु” (मत्ती ४:१९)। माछा समात्नुको सट्टामा तिनीहरूले ________________लाई समातेको येशूले चाहनुभयो (लुका ५:१०)। माछालाई जालमा पक्रन (प्रवेश गराउन) तिनीहरूले समय बिताउनुभन्दा, तिनीहरूले आफ्नो समय मानिसहरूलाई __________ को ____________ प्रवेश गराउनको लागि समय बिताएको येशूले चाहनुभयो (मत्ती १९:२४)। पेन्टेकोष्टको दिनमा यिनै मध्ये एक मछुवाले उठेर ठूलो भीडलाई प्रचार गरे (प्रेरित २:१४)। कतिजना मानिसहरू त्यस दिन समातिए (प्रेरित २:४१)? ________________।
के जीवित परमेश्वरले तपाईंलाई समात्नुभएको छ? के उहाँले तपाईंलाई पक्रनु भएको छ? के तपाईं उहाँको राज्यमा छिर्नुभएको छ (यूहन्ना ३:३,५)? के येशू ख्रीष्ट तपाईंको राजा र प्रभु हुनुहुन्छ? के तपाईं परमेश्वरको जालमा आउनलाई इन्कार गर्दै पापको त्यो ठूलो सागरमा पौडी खेल्दै हुनुहुन्छ? परमेश्वर तपाईंलाई समातेर पापको सागरबाट निकाल्न चाहनुहुन्छ ! यदि तपाईं समातिनु भएको छ भने, के तपाईं त्यो पापको सागरमा पौडी खेलिरहेका अरु धेरैका लागि वास्ता राख्नुहुन्छ? के तपाईं तिनीहरूको फिक्री गर्नुहुन्छ? के तपाईं तिनीहरू पनि पकडिएको चाहनुहुन्छ? तिनीहरू परमेश्वरको जालमा आएर पक्राउनलाई तपाईंले के गर्न सक्नुहुन्छ?
५. कुमाले
तपाईंको आफ्नो भान्सा कोठा भित्र तपाईंले धेरै किसिमका भाँडाहरू देख्नुहुन्छ, जस्तैः थालहरू, कचौराहरू, गिलासहरू, ताप्के, कराही, चियादानी आदि। यी मध्ये केही सीसाबाट बनिएका हुन्छन्, केही प्लास्टिकबाट, केही फलामबाट, केही तामाबाट वा अरु कुनै धातुबाट।
यदि तपाईं एउटा काल्पनिक “समय-यन्त्र” पस्नु भई प्राचीन बाइबलीय समयका घरहरूमा पुग्न सक्नुभएको भए त्यहाँ पनि तपाईंले धेरै किसिमका भाँडाहरू देख्नुहुनेथ्यो। यी मध्ये धेरै माटोबाट बनिएका पाउनुहुनेथ्यो। ती भाँडाहरू कुमालेद्वारा बनाइन्छ।
कुमालेको काम गर्ने ठाउँ साधारण हुन्छ। उसँग काठको कुर्सी वा टेबल हुन्छ, र एउटा लामो छडीद्वारा जोडिएको दुईओटा पाङ्ग्राहरू प्रयोग गर्दछ:
कुमालेले गीलो माटोको डल्लालाई माथिल्लो पाङ्ग्रामा राख्दछ। त्यसपछि उसले तल्लो पाङ्ग्रालाई आफ्नो खुट्टाले घुमाउन थाल्दछ तब यसले माथिल्लो पाङ्ग्रालाई पनि घुमाउँदछ। अनि उसले आफ्नो हातले त्यो माटोको डल्लालाई आकार दिन थाल्छ। उसले आफ्नो बूढी औंलाले घुमिरहेको माटोको टुप्पामा प्वाल पार्छ र प्वाल ठूलो पारिरहन्छ जबसम्म उसले आफ्नो देब्रे हात त्यसभित्र छिराउन सक्दैन। आवश्यकता अनुसार उसले आफ्नो छेउमा राखेको भाँडाबाट पानी छर्कन्छ। उसले आफ्नो दाहिने हातमा भएको काठको सानो टुक्राले त्यो घुमिरहेको माटोको डल्लालाई चिप्ल्याउने काम गर्छ र त्यो भाँडालाई आफूले चाहे अनुसारको आकार दिन सक्छ।
जब त्यो माटोको डल्लाले आकार लिन्छ। तब त्यसलाई भट्टिमा पोलिन्छ। तापले माटोलाई साह्रो बनाउँछ। माटोको भाँडाहरू सजिलै फुट्ने खालका हुन्छन्। सुराही (पानी राख्ने भाँडो) लाई पनि भुइँमा जोडले फालियो भने यो टुक्रा-टुक्रा हुन्छ। यदि कसैले माटोको भाँडालाई भुइँमा हिर्काएर फुटाउँछ भने त्यो पूरै नाश हुन्छ। यसले दुष्टहरूप्रति परमेश्वरको इन्साफको बारेमा बाइबलका केही पदहरू बुझ्न सहायता गर्दछ (यर्मिया १९:११; भजनसंग्रह २:९ र प्रकाश २:२७)।
यशैया ६४:८ अनुसार, कुमाले को हो? ________________। माटो को हो? ___________। परमेश्वर हामीलाई लिन, मोड्न र एउटा अचम्मको आकार दिन चाहनुहुन्छ। परमेश्वर हामीलाई “आफ्नै पुत्रको _______” ढाल्न चाहनुहुन्छ (रोमी ८:२९)। तर माटोले कुमालेलाई उसकै इच्छाअनुसार गर्न दिनुपर्छ! माटो नरम हुनुपर्छ र कुमालेले जे गर्न चाहन्छ सो गर्न दिनुपर्छ! के एउटा माटोको डल्लाले, “रोक्नुहोस्! म कचौरा बन्न चाहन्नँ, म पानी राख्ने सुराही बन्न चाहन्छु!” भन्दछ र? रोमी ९:२०-२१ सँग तुलना गर्नुहोस्। उसले त्यसो भन्दैन, किनकि कुमाले त मालिक हो!
के तपाईंले आफैलाई माटोको रूपमा महान् कुमालेको हातमा सुम्पनुभएको छ? परमेश्वरले तपाईंको जीवनमा जे काम गर्न लाग्नुभएको छ, तपाईं त्यसको विरोध गर्दै हुनुहुन्छ कि उहाँलाई आफ्नो इच्छा अनुसार गर्न दिइरहनुभएको छ? कसको इच्छा असल छ, तपाईंको कि उहाँको?
६. गोठालो
हामी सबैलाई थाह छ गोठालो के हो भनेर। गोठालो त्यो हो जसले भेंडाहरूको हेरचाह गर्छ, तिनीहरूलाई खुवाउँछ र सुरक्षा दिन्छ। बाइबलमा उल्लेख गरिएको पहिलो पेशा यही हो (उत्पत्ति ४:२)। भेंडाहरूको पहिलो गोठालो को थियो (उत्पत्ति ४:२)? ______________। के तपाईं अरु कुनै व्यक्तिको नाम बताउन सक्नुहुन्छ जो गोठालो थियो? ______________________________।
गोठालोसँग जहिले पनि एउटा थैलो (झोला) हुन्थ्यो। यो छालाको हुन्थ्यो जसमा जहिले पनि गोठालोको लागि खाना हुन्थ्यो जस्तै रोटी, चीज, सुकेका फल वा जैतुनहरू। दाऊदले आफ्नो थैलोमा के राखे (१ शमूएल १७:४०)? __________________________________।
गोठालोसँग जहिले पनि काठले बनेको लट्ठी वा छडी हुन्थ्यो र त्यो पुलिसको डन्डा जस्तो देखिन्थ्यो (त्यसको छेउमा डल्लो हुन्थ्यो)। उक्त लौरो सुरक्षाको लागि प्रयोग गरिन्थ्यो र जङ्गली जनावरलाई हिर्काउने हतियारको रूपमा पनि प्रयोग गरिन्थ्यो। दाऊदले गोठालोको रूपमा कुन-कुन जनावरहरूको सामना गरे (१ शमूएल १७:३४-३६)? ______________________________________।
गोठालोसँग जहिले पनि एउटा लामो काठको लौरो हुन्थ्यो (पाँच वा छ फिट लामो) जुन हिँड्नलाई प्रयोग गरिने लौरो जस्तै देखिन्थ्यो। कुनैको टुप्पा घुमाउरो परेको हुन्थ्यो वा अङ्कुसे परेको हुन्थ्यो। यो भेंडाहरूलाई सम्हाल्ने काममा प्रयोग गरिन्थ्यो र हिँड्नको लागि पनि। भजनसंग्रह २३:४ मा दाऊदले दुवै लठ्ठी र लौरोको उल्लेख गरेका छन्।
परमेश्वरका भेंडाहरू को हुन् (भजनसंग्रह १००:३; ७९:१३)? ______________________। असल गोठालो को हुन् (यूहन्ना १०:११,१४)? ____________________। कस्तो किसिमको व्यक्तिले, “परमप्रभु मेरा गोठालो हुनुहुन्छ” (भजनसंग्रह २३:१) भन्न सक्छ? के यो सबैजनाले भन्न सक्दछन् अथवा बचाइएका विश्वासीहरूले मात्र भन्न सक्दछन्?
विश्वासी नगरेकाहरू कस्ता भेंडाहरू हुन् (यशैया ५३:६)? ______________। कुन अर्थमा विश्वासीहरू भेंडाहरू हुन्? कुन अर्थमा परमेश्वर गोठालो जस्तै हुनुहुन्छ? परमेश्वरका भेंडाहरूले कुन दुई कुराहरू गर्छन् (यूहन्ना १०:२७)? “मेरा भेंडाहरूले __________________________________ र म तिनीहरूलाई चिन्छु र तिनीहरूले ________________________________________”। के तपाईं गोठालोको आवाज सुन्नुहुन्छ?____________ कसरी? के तपाईं गोठालोलाई पछ्याउनुहुन्छ? यी भेंडाहरू कति सुरक्षित छन् (यूहन्ना १०:२८-३०)? ______________________। भेंडाहरूमाथि निगरानी राख्नु र तिनीहरूको सुरक्षा गर्नु कसको जिम्मेवारी हो? के यो भेंडाले गर्नुपर्ने कार्य हो कि गोठालोले गर्ने कार्य हो?
७. दास (नोकर)
आज हामीलाई दासत्वको बारेमा धेरै थाह छैन। नेपालमा चन्द्र शमशेरको पाला देखि दास प्रथाको उन्मुलन भएको हो। अमेरीकामा अब्राहाम लिङ्कनको पाला देखि दासत्वको उन्मुलन भएको हो। सायद हामी मध्ये कोही पनि दास भएका छैनौं होला। हाम्रो विद्यालयका साथीहरू कोही पनि दास भएका छैनन् होला। हामी सबै स्वतन्त्र छौं।
नयाँ नियमको समयमा त्यहाँ दुई किसिमका मानिसहरू थिए (गलाती ३:२८): १) दासहरू र २) स्वतन्त्रहरू। यहाँ हामीले दासहरूको बारेमा जान्नुपर्ने निम्न केही कुराहरू छन्:
१. दास उसको मालिकद्वारा किनिएको हुन्थ्यो। ऊ सम्पूर्ण रूपमा आफ्नो मालिकको हुन्थ्यो। मालिकले, “तँ मेरो होस्” भन्न सक्थ्यो।
२. दास आफूले चाहेको कुरा गर्न स्वतन्त्र हुँदैन थियो। उसको मालिकले चाहेको कुरा मात्र उसले गर्न सक्थ्यो। उसले आफ्नो मालिकको सेवा र आज्ञापालन गर्नुपर्थ्यो। उसले जे जस्तो भएता पनि मालिकको इच्छा अनुसार गर्नुपर्थ्यो।
३. दास पूर्णकालीन रूपमा आफ्नो मालिकको सेवामा हुन्थ्यो। उसले दिनमा ८ घण्टा मात्र काम गर्दैनथ्यो। दिनको चौबिसै (२४) घण्टा मालिकको सेवामा हुन्थ्यो। दास कुनै पनि समयमा आफ्नो मालिकको सेवा गर्न तयार हुनुपर्थ्यो।
बाइबलले भन्दछ, हामी एक समय पापका दासहरू थियौं (रोमी ६:२०) तर अब हामी परमेश्वरका दासहरू हौं (रोमी ६:२२; १:१)। हामी हरेक नै दास हौं! तपाईं या त पापको दास हुनुहुन्छ या त परमेश्वरको दास हुनुहुन्छ। कसरी पापले तपाईंमाथि सामर्थ्य प्रकट गर्छ?
प्रभु येशू ख्रीष्टको दास हुनु भनेको के हो? उहाँ कस्तो किसिमको मालिक हुनुहुन्छ? के उहाँ निर्दयी वा पक्षपाती हुनुहुन्छ कि प्रेमिलो र धर्मी हुनुहुन्छ? के उहाँले तपाईंलाई आफ्नो बनाउनु भएको छ? के तपाईं उहाँको हुनुहुन्छ? के तपाईं आफूले चाहे अनुसार गर्न स्वतन्त्र हुनुहुन्छ? विश्वासीले दिनको कति घण्टा ख्रीष्टको सेवा गर्नुपर्छ?
यो अचम्मको दासत्वमा आनन्द मनाउन र हामा धन्य मालिकको विश्वासयोग्य दासहरू हुन हामीलाई परमेश्वरले सहायता गर्नुभएको होस्।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)