याकूब र प्रभुका अन्य भाइहरू

याकूब र प्रभुका अन्य भाइहरू

 

परमेश्वरले पारिवारीक एकाइलाई ठूलो महत्त्व दिनुहुन्छ। एउटै घरमा बाबु, आमा, दाजुभाइहरू र दिदीबहिनीहरू सँगै मिलेर जिउने कामलाई परमेश्वरले ज्यादै मन पराउनुहुन्छ र बहुमूल्य मान्नुहुन्छ। विगतमा मानिसहरू आफैंले अन्य रूपमा नभएर पारिवारको रूपमा बस्न थाल्ने निर्णय गरेका होइनन्। परमेश्वरले शरुदेखि नै पारिवारीक एकाइहरूको योजना गर्नुभएको हो। प्रथम मानव परिवारका सदस्यहरू को-को थिए (उत्पत्ति २:२१-२४; ४:१-२; ५:३-४)? _________________ ______________________________________________________

आफ्नो पुत्रलाई संसारमा पठाउनुहुँदा उहाँलाई एकलै कुनै एउटा गुफाभित्र हुर्कन दिने परमेश्वरको योजना थिएन। न ता उहाँलाई एउटा दरबारको विशेष कक्षभित्र एकलै हुर्कने योजना गर्नुभयो। उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनुहुँदा परमेश्वरले उहाँलाई एउटा मानव परिवारको बीचमा राखिदिनुभयो जहाँ एउटा बाबु, एउटी आमा लगायत भाइहरू र बहिनीहरू समेत थिए।

हुन त हामीलाई थाहा छ, यूसुफचाहिँ प्रभु येशूका बाबु थिएनन्। प्रभु येशू मरियम नाम गरेकी कन्याबाट जन्मनुभएको थियो अनि उहाँ जन्मनका लागि यूसुफको कुनै भूमिका थिएन (मत्ती १:१८-२३)। येशूको जन्म अलौकिक थियो; त्यो एउटा आश्चर्यकर्म थियो। परमेश्वरले कन्या मरियमको गर्भमा एउटा ज्यादै विशेष काम गर्नुभयो जुन कुराको बारेमा हामी लूका १:३५ मा पढ्छौं: “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको ___________ले तिमीमाथि छाया पार्नेछ; यसैकारण तिमीबाट जन्मनुहुने __________ जनचाहिँ ‘_____________का ________’ कहलाइनुहुनेछ।” यो नै देहधारण भनिने आश्चर्यकर्म थियो।परमेश्वर देह बन्नुभयो र मानिसहरूका बीचमा बास गर्नुभयो (यूहन्ना १:१४ र १ तिमोथी ३:१६), र ईश्वर-मानव हुनुभएका प्रभु एउटा मानव परिवारको सदस्य बन्नुभयो।

प्रभु येशू मरियमले जन्माएका एउटै मात्र छोरा हुनुहुन्नथ्यो। उहाँ मरियमका “_______ छोरा” हुनुहुन्थ्यो (मत्ती १:२५)। पछि मरियमले अरू छोराहरू र छोरीहरू पनि जन्माइन्। येशूको जन्म भएपछि मरियम र यूसुफ पति र पत्नीको रूपमा सँगै बसे अनि परमेश्वरले उनीहरूलाई धेरै सन्तानहरूको आशिष दिनुभयो (मत्ती १:२५ सित तुलना गर्नुहोस्)।

मरियम र यूसुफका छोराछोरीहरूको बारेमा हामी मत्ती १३:५५-५६ र मर्कूस ६:३ मा पढ्न सक्छौं:

यूसुफ र मरियमको परिवार ठूलै परिवार थियो जसमा प्रभु येशू बाहेक चारजना छोराहरू र कम्तीमा दुइटी छोरीहरू थिए। के तपाईंको परिवार यत्तिकै ठूलो छ? संसारको परिवारमा प्रभु येशूका चारजना भाइहरू र कम्तीमा दुइटी बहिनीहरू थिए। कहिलेकाहीँ हामी ती भाइबहिनीहरूलाई प्रभुका “भाइबहिनी पर्नेहरू” भनेर भन्छौं किनकि यूसुफ प्रभुका बाबु थिएनन् यद्यपि उनीहरू मरियमकै एउटै गर्भाशयबाट जन्मेका थिए।

येशूका अविश्वासी भाइहरू

प्रभु येशु हुर्कनु भएकै घरमा हुर्कनु कस्तो हुन्थ्यो होला? के उहाँका भाइबहिनीहरूले उहाँ भिन्नै खालको व्यक्ति हुनुहुन्छ भनेर ख्याल गरेका थिए? उनीहरूले के-कस्ता भिन्नताहरू ख्याल गरे होलान्? हुन त ३० वर्षको हुनुभएपछि मात्र प्रभु येशूले आश्चर्यकर्महरू गर्न थाल्नु भएको हो (यूहन्ना २:११ र लूका ३:२३ लाई तुलना गर्नुहोस्)। भन्ने हो भने बाइबलले उक्त ३० वर्षको अवधिको बारेमा थोरै मात्र बताएको छ। अनि जति बताइएको छ त्यो प्रायः लूका २:४०—५२ मा सीमित छ (विशेष गरी ४०,४६,४७,४९,५१,५२ पदहरूमा)। येशूका भाइबहिनीहरूसित एउटा कस्तो कुरा थियो जुनचाहिँ येशूसित थिएन (हिब्रू ४:१५)? _________। आफ्नो एकजना दाजु पापरहित हुनु भनेको कस्तो हुन्थ्यो होला?

मर्कूस ३:१९-२० पढ्नुहोस्। यहाँ प्रभु येशू एउटा घरभित्र, मानिसहरूको ठेलमठेलकै बीचमा हुनुहुँदाको एउटा घटना उल्लेख छ।येशू प्रभुलाई चाहने र उहाँको आवश्यकता महसुस गरेर आएका मानिसहरू त्यहाँ यति धेरैजना थिए कि प्रभु येशूलाई एकछिन आराम गर्न वा खानलाई धरि फुर्सत थिएन। प्रभुले यी व्यक्तिहरूको सेवा यसरी गर्दैहुनुहुन्थ्यो कि उहाँले खानपान गर्ने र आराम लिने जस्ता आफ्नै व्यक्तिगत खाँचोहरूलाई बेवास्ता गरिरहनुभएको जस्तै देखिन्थ्यो।

येशूको अविराम र सशक्त क्रियाशिलताको खबर कसको कानमा पुग्यो? उहाँका ______________ को (मर्कूस ३:२१), अर्थात् उहाँका परिवारका सदस्यहरूको। उनीहरूलाई येशूको फिक्री लागेको थियो र उनीहरू “उहाँलाई __________ निस्के” (मर्कूस ३:२१)। उहाँलाई थकाइ मार्न र खानकुरा खान खाँचो परेको हुनुपर्छ भनी ठानेर उनीहरूले उहाँलाई ती कुराहरू दिलाउनलाई उहाँलाई त्यो घरबाट बाहिर निकाल्न चाहन्थे।

येशूलाई कस्तो व्यक्ति ठाने उनीहरूले? उनीहरूले भने, ‘उसको होश ठेगानमा छैन’ (मर्कूस ३:२१)। यो त आजको बोलीचालीमा यसरी भने बराबर हो: “उसको हावा खुस्केको छ! ऊ पागल भएको छ!” उनीहरूले न ता प्रभु येशूलाई बुझ्न सकेका थिए न ता उहाँको सेवाकार्यलाई नै। उहाँको आफ्नै परिवारले उहाँलाई बौलाहा ठाने!!

एउटा विश्वासीले प्रभुलाई जब आफ्नो तन-मनले पछ्याउँछ र उहाँको सेवा गर्छ, त्यतिबेला कतिले उसको निर्णय र बेहोरालाई बुझ्न सक्दैन। खाना खानु अगाडि किन उसले शिर झुकाउँछ, किन प्रार्थना गरी बस्छ, किन बाइबल पढी बस्छ, हप्तैपिच्छे किन चर्च धाउँछ, किन पर्चा बाँड्दै हिँड्छ आदि उनीहरूले बुझ्नै सक्दैनन्। “हैन, के भयो यसलाई? पागल भयो कि क्या हो?” ख्रीष्टका निम्ति _________ बनेका व्यक्तिहरूको उल्लेख प्रेरित पावलले १ कोरिन्थी ४:१० मा गरेका छन्। मानिसले बुझ्न नसक्लान् तर परमेश्वर बुझ्नुहुन्छ। उसले आफ्नो होश गुमायो भनी मानिसले ठान्ला तर परमेश्वरलाई थाहा छ उसले कुनै कुरा गुमाएको छैन बरु उसले साँच्चै एउटा उदेकको मुक्तिदाता र परमेश्वरलाई प्राप्त गरेको छ।

एउटा अर्को घटनामा पनि येशू मानिसहरूको बीचमा हुनुहुन्थ्यो। बाहिरपट्टि केही व्यक्तिहरू उभिरहेका थिए जोहरू उहाँसित कुरा गर्नलाई एकदमै चाहिरहेका थिए। को थिए तिनीहरू (मत्ती १२:४६-४७)? _______ ___________________। के भन्नुभयो त प्रभु येशूले? “मेरी आमा र भाइहरूलाई भित्र बोलाउनु र म उहाँहरूसित कुरा गर्छु” — के यसो भन्नुभयो येशूले? ___________। बरु उहाँले एउटा प्रश्न सोध्नुभयो, “मेरी ______ को हुन्? र मेरा _________ को हुन्?” (मत्ती १२:४८)। कसैको भाइ हुनु भनेको उसको ज्यादै नजिकको हुनु हो। येशूको प्रश्नको तात्पर्य यो थियो: “मसित नजिकको सम्बन्ध हुनेहरू को हुन्? मसित नजिक हुनेहरू को हुन्?” प्रभुले त्यसपछि यसको जवाफ आफै दिनुभयो। मरियम र आफ्ना चारजना भाइहरूलाई औँल्याएर देखाउनुको सट्टा उहाँले कसलाई औँल्याएर देखाउनुभयो (मत्ती १२:४९)? _____________। यसबारे उहाँले भन्नुभएको कुरालाई राम्ररी ध्यान दिनुहोस्:

मत्ती १२:५० – “किनभने जसले स्वर्गमा हुनुहुने मेरा ________को ________ ________ गर्छ, उही मेरो ________, ___________, र ________ हुन्।”

लूका ८:२१ – “मेरी ________ र मेरा ____________ यिनीहरू हुन्, जसले ______________को ________ ______________ र त्यो ___________ गर्दछन्।”

उपर्युक्त दुई पदहरूको आधारमा, के प्रभु येशूसित तपाईंको नजिकको सम्बन्ध छ? के तपाईं उहाँको भाइ वा बहिनी हुनुहुन्छ? के तपाईं उहाँको परिवारको सदस्य हुनुहुन्छ? महत्त्वपूर्ण कुरा तपाईं उहाँसित एउटै घरमा हुर्कनुभयो कि भएन भन्ने होइन। महत्त्वपूर्ण कुरा तपाईं मरियम र यूसुफको परिवारको हुनुहुन्छ कि हुनुहुन्न भन्ने होइन। महत्त्वपूर्ण कुरा तपाईंले उहाँको इच्छा पालन गर्नुहुन्छ कि गर्नुहुन्न अर्थात् उहाँको वचन पालन गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने हो!

येशूका भाइहरूको बारेमा यूहन्ना ७:३-१४ मा थप कुरा सिक्छौं। यसलाई पढेर तलमध्येका ठीक-ठीक भनाइहरूलाई चिन्ह लगाउनुहोस्:

  1. येशूका भाइहरू, उहाँ गालीलमै रहनुभएको चाहन्थे किनकि उहाँ यरूशलेम जानुभयो भने उहाँ मारिनुहोला भन्ने उनीहरूलाई फिक्री थियो।
  2. येशूका भाइहरू, उहाँ यहूदीयामा गएको चाहन्थे।
  3. येशूका भाइहरू, उहाँले यरूशलेममा भेला हुने भीडहरूका सामु ठूला-ठूला आश्चर्यकर्महरू गरेर देखाउनुभएको चाहन्थे।
  4. येशूका भाइहरू, धेरै मानिसहरूले थाहा नपाऊन् भन्ने हेतुले उहाँले आफ्ना कार्यहरू “गुप्तमा” गर्नुभएको चाहन्थे।
  5. येशूका भाइहरू, उहाँले आफूलाई सार्वजनिक रूपमा चिनाउनुभएको र संसारको सामु आफूलाई देखाउनुभएको चाहन्थे।

येशूका भाइहरू उहाँ अत्यधिक प्रकाश आउनुभएको चाहन्थे। उनीहरू उहाँ सार्वजनिक ध्यान आकर्षणको केन्द्र बन्नुभएको चाहन्थे।आफ्ना सामर्थी कार्यहरू देखाउँदै उहाँ एक प्रदर्शन कर्ता बन्नुभएको उनीहरू चाहन्थे।

के यी भाइहरूले येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनी साँच्चै विश्वास गरेका थिए (यूहन्ना ७:५)? ___________। सायद उनीहरू यूहन्नाको छैटौं अध्यायमा उल्लेखित यहूदीहरू जस्ता थिए जोहरू येशूलाई राजा बनाउन चाहन्थे जसद्वारा उनीहरूको पेट भरियोस् र उनीहरूलाई रोमी शासनबाट मुक्त गरियोस् (यूहन्ना ६:१५,२४-२७ पढ्नुहोस्)। येशू मानिसको भित्रपट्टि एउटा काम गर्न संसारमा आउनुभएको हो (यूहन्ना ७:३८ पढ्नुहोस्), केवल मानिसका बाह्य खाँचोहरू मात्र पूरा गर्नलाई होइन भन्ने कुरालाई उनीहरूले बुझ्न सकिरहेका थिएनन्। प्रभुका भाइहरू अविश्वसीहरू थिए। प्रत्येकलाई नयाँ हृदयनयाँ जीवनको खाँचो थियो। उनीहरूलाई नयाँ गरी जन्मनु खाँचो थियो (यूहन्ना ३:७)।

ठूलो परिवर्तन!

प्रेरित १:१३-१५ पढ्नुहोस्। यी पदहरूमा ख्रीष्टको मृत्यु र बौरिउठाइ पश्चात् विश्वासीहरू (चेलाहरू) एकसाथ भेला भएको कुराको बयान छ। प्रभु येशूका चेलाहरूसित सँगै भेला भइहरेका र सँगै प्रार्थना गरिरहेका कस-कसलाई यहाँ भेट्टाउँछौं (प्रेरित १:१४)? ______________________________________। येशूका भाइहरू अब विश्वासी भएका छन्। यी मानिसहरूलाई केही न केही भएको हुनुपर्छ:

येशूका भाइहरू अब भिन्नै मानिस भएका छन्; एक समयका अविश्वासीहरू अब विश्वासी भएका छन्। कुन कुराले यस्तो परिवर्तन ल्यायो त? खास के भएको थियो? यी मानिसहरूलाई के भएको थियो भन्ने बारेमा बाइबलमा एउटा सङ्केत पाइन्छ। प्रभुका भाइहरूमध्ये एकजनाको नाउँ याकूब थियो। याकूबको जीवनमा एक दिन यस्तो कुनचाहिँ घटना घट्यो जसले उसको जीवनलाई नै परिवर्तन गरिदियो (१ कोरिन्थी १५:४,५,७ पढ्नुहोस्)? __________________________ ________________________। उनले बौरिउठ्नुभएका प्रभु येशू ख्रीष्टलाई देखे। जुन कुराले “शङ्कालु थोमा” लाई “विश्वासी थोमा” बनाएको थियो, उही कुराले “अविश्वासी याकूब” लाई “विश्वासी याकूब” बनायो। यी भाइहरूको जीवनमा आमूल परिवर्तन ल्याउने कुरा ख्रीष्टको बौरिउठाइ थियो। यसपछिको अध्यायमा हामी अर्को व्यक्तिको बारेमा अध्ययन गर्नेछौं जसको जीवन पनि उसले बौरिउठ्नुभएका प्रभु येशूलाई देखेर आमूल परिवर्तन हुन गएको थियो! (ती को हुन्, अड्कल लगाउन सक्नुहुन्छ कि?)

भाइ याकूब

याकूब सायद यूसुफ र मरियमबाट जन्मेका जेठा छोरा थिए (येशू बाहेक) किनकि दाजुभाइहरूको सूचीमा उनकै नाउँ पहिला उल्लेख छ (मत्ती १३:५५)। गलाती १:१९ मा उनलाई “_______का _______ याकूब” भनी उल्लेख गरिएको छ।

याकूब नाउँ भएका अन्य दुईजना व्यक्तिको अध्ययन हामीले गरिसक्यौं: _______का छोरा याकूब (मत्ती १०:२) र ___________का छोरा याकूब (मत्ती १०:३)। साथै अध्याय ३अध्याय ४ मा समेत हेर्नुहोला जहाँ “याकूब” नाउँ गरेका नयाँ नियमका विभिन्न व्यक्तिहरूको छलफल गरिएको छ। प्रभुको भाइ हुने याकूब चाहिँ बाह्र चेलामध्येका थिएनन्, तर प्रभुको बौरिउठाइ पश्चात् उनी शुरुको मण्डलीका ज्यादै महत्त्वपूर्ण अगुवा बन्न पुगे।

याकूब, यरूशलेम शहरमा भएको ठूलो मण्डलीका महत्त्वपूर्ण अगुवा बने जुन शहरमा नै मण्डलीको शुरुआत भएको थियो (प्रेरित २)। उनको बारेमा हामी प्रेरित १५:१३, २१:१८ र गलाती १:१९ र २:९ मा पढ्न सक्छौं। गलाती २:९ मा केफास (पत्रुस) र यू_________ सितै याकूबसमेतलाई “खाँ____” भनिएको छ। खाँबा एउटा भवनको ज्यादै महत्त्वपूर्ण भाग हो। खाँबाले भवनलाई थामिराख्ने काम गर्छ र खाँबाहरू नभएमा भवन ढलिजान्छ (जसरी शिमशोनको जीवनमा भएको घटनाले देखाउँछ)। यस तुलनाले पत्रुस, यूहन्ना र याकूब मण्डलीको प्रारम्भिक चरणमा कति महत्त्वपूर्ण व्यक्तिहरू थिए भन्ने कुरा देखाउँछ।

कसरी याकूब त्यति बलिया थिए त? मण्डलीमा कसरी उनी त्यति महत्त्वपूर्ण थिए? यस व्यक्ति कसरी त्यस्ता उत्कृष्ट अगुवा बने? उनी कस्तो चरित्रका मानिस थिए र कस्तो किसिमले जीवन जिउँथे भन्ने कुरामा नै यसको जवाफ हामी पाउँछौं। ऐतिहासिक परम्परा अनुसार याकूबलाई “धर्मी याकूब” (James the Just) भन्ने उपनाम दिइएको थियो भन्ने बुझिन्छ। याकूब यति पवित्र, धर्मी र भक्तिपूर्ण जीवन जिउँथे कि उसलाई यस्तो उपनाम दिइयो। साथै उनी प्रार्थना गर्ने मानिस थिए। प्रार्थनामा समय बिताएका हुनाले उनका घुँडाहरू उँटका जस्तै चाम्रा बनेका थिए भन्ने कथन छ, जसमा विशेष गरी उनले यहूदी जातिका लागि अन्तर्विन्ति गर्थे जसलाई उनी धेरै प्रेम गर्थे। यहूदी जातिका बीच याकूबको विशेष सेवाकार्य नै थियो (याकूब १:१ पढ्नुहोस्)।

हप्ताको हरेक दिन तपाईं कसरी आफ्नो जीवन बिताउनुहुन्छ भन्ने कुरा अरूहरूले साँच्चै जाने भने, तपाईंलाई कस्तो उपनाम दिइन्थ्यो होला? के तपाईं आफ्ना घुँडाहरूमा कुनै समय बिताउने गर्नुहुन्छ? के तपाईं बाइबल खोलेर कुनै समय बिताउनुहुन्छ कि चर्चघरमा जाँदा वा पारिवारीक सङ्गतिमा मात्र बाइबल खोल्ने गर्नुहुन्छ? के तपाईंलाई धर्मी ______________ (आफ्नै नाउँ लेख्नुहोस्) भन्ने उपनाम दिन मिल्छ होला? के तपाईंलाई एउटा “खाँबा” भन्न मिल्छ?

दुईजना लेखकहरू

परमप्रभु परमेश्वरले येशूका दुईजना भाइहरूलाई आफ्नो पवित्र वचनका मानवीय लेखकको रूपमा प्रयोग गर्नुभयो। याकूबले ‘याकूबको पत्र’ लेखे। यहूदाले ‘यहूदाको पत्र’ लेखे। यहूदाचाहिँ मर्कूस ६:३ मा उल्लेख भएका यहूदा नै हुन्। यहूदाले आफूलाई “_______ _______को दास र __________को भाइ” (यहूदा १:१) भनेर आफ्नो परिचय दिएका छन्।

यी दुई व्यक्तिहरूले आफ्ना पत्रहरू लेख्दा शुरुमा कसरी लेखेका छन् भन्ने कुरा विचार गर्न लायक छ (याकूब १:१ र यहूदा १:१ पढ्नुहोस्)। उनीहरूले यसरी लेख्दैनन्, “म येशू ख्रीष्टको भाइ हुँ। म एउटै घरमा येशूसित हुर्केको हुँ। म उहाँसित एउटै छानामुनि बसोबास गरेको व्यक्ति हुँ। यस्तो विशेष मौका एकदम थोरैले मात्र पाएका छन्।” यी पदहरूमा के याकूब वा यहूदाले आफूहरू प्रभुको भाइहरू भएका बारेमा कुनै कुरा लेखेका छन्? ________। यी दुईजना नम्र व्यक्तिहरू थिए। यी दुईजनाले येशू ख्रीष्ट बास्तवमा को हुनुहुन्छ भन्ने कुरा राम्ररी जानेका थिए: उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्थ्यो।दुवैले आफ्नो पत्रहरू लेख्दा यसरी शुरु गरेका छन्, “म येशू ख्रीष्टको दास (कमारो) हुँ!उनीहरूले “उहाँ मेरो दाजु हुनुहुन्छ” भनेर भनेनन्, बरु उनीहरूले भने, “उहाँ मेरा प्रभु र मालिक हुनुहुन्छ, म उहाँको दास हुँ! मैले उहाँको इच्छा पालन गर्नुपर्छ, मैले उहाँको वचन पालन गर्नुपर्छ!” उनीहरूले मत्ती १२:५० र लूका ८:२१ को पाठ सिकेका थिए!

के तपाईं मरियम र यूसुफको सन्तान हुन र येशू हुर्कनुभएकै घरमा हुर्कन सम्भव छ? ______। के तपाईं येशू ख्रीष्टको दास बन्न र उहाँको वचन र उहाँको इच्छा पालन गर्न सम्भव छ? ______। के तपाईं उहाँको दास हुनुहुन्छ? के तपाईं उहाँको साँच्ची नै भाइ वा बहिनी हुनुहुन्छ (मत्ती १२:५०)? _________

याकूबको मृत्यु

प्रभुका भाइ याकूबलाई जब्दीका छोरा याकूबसित अलमल नपार्नुहोस् जोचाहिँ प्रेरित १२:२ मा मारिएका छन्। प्रभुका भाइ याकूब अलिक धेरै बाँचे, तर उनी पनि सहीद भई मरे। उनी यहूदी महापूजाहारीद्वारा ६२ एडी तिर मारिए (यरूशलेम शहर रोमीहरूद्वारा ध्वस्त पारिनुभन्दा करिब ८ वर्ष अगाडि)। इतिहासकार जोसेफस (Josephus) अनुसार याकूब या त ढुङ्गाले हानेर मारिएका थिए या त मन्दिरको टुप्पाबाट तल फ्याँकिएपछि ढुङ्गाले हानिएर मारिएका थिए। हामी निश्चित छौं धर्मी याकूब प्रभुको उपस्थितिमा गएका छन् (२ कोरिन्थी ५:८) र उनी अनन्त कालसम्मै आशिषित हुनेछन्, संसारमा हुँदा येशू उनका दाजु हुनुभएको कारणले होइन तर येशू उनका स्वर्गीय प्रभु र मुक्तिदाता र राजा हुनुभएको कारणले हो।तपाईं मर्नुहुँदा के तपाईं प्रभुको उपस्थितिमा प्रवेश गर्नुहुनेछ? के तपाईं अनन्त कालसम्मै आशिषित हुनुहुनेछ? के तपाईं मृत्युदेखि डराउनुपर्छ? किन पर्छ वा किन पर्दैन?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email