किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग २

 

(२) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू दुष्ट छन्

 

१) यर्मिया १७:९-१०

“मानिसको हृदय सबै कुराभन्दा __________ हुन्छ, र त्यसलाई __________ पार्न सकिँदैन।” हाम्रो भयङ्कर दुष्टताको कारण परमेश्वर हामीलाई उपचारै नलाग्ने प्राणघातक रोगले ग्रस्त मानिससित तुलना गर्नुहुन्छ। यो रोग क्यान्सर वा कुष्ठरोगभन्दा पनि अति नै डरलाग्दो रोग हो। यो नम्बर १ प्राणघातक रोग हो, पाप!!

२) मर्कूस ७:२०-२३

यो भनाइ प्रभु येशू ख्रीष्टको हो। के प्रभु येशू यर्मिया १७:९ सित सहमत हुनुहुन्छ? ____________________। प्रभु येशूको भनाइअनुसार (मर्कूस ७:२०-२३) मानिसको हृदय मौलिक रूपमा खराब छ कि असल? ____________। हाम्रो भित्रबाट निस्केर आउने ६ ओटा कुराहरूलेख्‍नुहोस् जसले हाम्रो हृदय दुष्ट र रोगी छ भन्ने प्रमाण दिन्छ (मर्कूस ७:२१-२२):

(१) ______________________ (४) ______________________
(२) ______________________ (५) ______________________
(३) ______________________ (६) ______________________

मर्कूस ७:२३ मा येशूले यी कुराहरू ______________ कुराहरू हुन् भनी भन्नुभयो। मर्कूस ७:२१-२२ अनुसार मानिसको मूल समस्या के हो? सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

(१) गाँस (४) भ्रष्टाचारी सरकार
(२) बास (५) वातावरणीय प्रदुषण
(३) युद्घ (६) एक दुष्ट र दुषित हृदय

३) मत्ती ७:९-११

यी पदहरूअनुसार, प्रभु येशूले मानिसहरू असल छन् भनी भन्नुभयो कि दुष्ट? __________। यी पदहरू (विशेष गरी ११ औं पद) अनुसार, के एउटा दुष्ट मानिसले असल कामहरू गर्न सक्छ? __________________। तसर्थ, कसैले असल र दयालु काम गर्छ भने त्यो व्यक्ति दुष्ट होइन भन्न मिल्छ? ______________।

(३) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू हराएका छन्

 

१) लूका १९:१०

आफूले खोज्न र मुक्त गर्न आउनुभएका मानिसहरू कस्ता मानिसहरू हुन् भनी प्रभु येशूले भन्नुभयो? ______________________।

२) यशैया ५३:६

यस पदमा यशैया भन्छन्, हामी हराएका ________________ जस्तै छौं। यशैया ५३:६ अनुसार हामीहरूमध्ये कतिजना परमेश्वरदेखि बरालिएका र भौंतारिएर टाढा पुगेका रहेछौं? __________। यशैया ५३:६ मा हामी सिक्छौं कि परमेश्वरको मार्गमा हिँड्नुको सट्टा हामी सबै नै ______________ बाटोतिर लागेका छौं र न्यायकर्ता २१:२५ मा हामी सिक्छौं कि हरेक मानिसले ____________ ____________ जे ठीक लाग्यो त्यही गर्दथ्यो। मत्ती १०:६ मा परमेश्वरले यहूदीहरूलाई “इस्राएलका घरानाका __________________ __________________ भनी बयान गर्नुभयो। मत्ती ९:३६ मा मानिसका भीडहरूलाई देखेर प्रभु दयाले भरिनुभयो किनकि “तिनीहरू ____________ नभएका ________________ झैं क्लान्त भएका र ____________ पारिएका थिए।” १ पत्रुस २:२५ मा मुक्ति पाउनभन्दा अघि हामी कस्ता थियौं भनी बयान गरिएको छ? __________________________________________। मुक्ति पाएपछि हामी कसकहाँ फर्केकाछौं (१ पत्रुस २:२५)? __________________________________________________ ________________________। यूहन्ना १०:११ र भजनसंग्रह २३:१ पढ्नुहोस्। हाम्रा प्राणहरूका गोठाला र अध्यक्ष को हुनुहुन्छ? ________________। (शब्दार्थ: ग्रीक भाषामा “अध्यक्ष” (एपिस्कोपस्) = हामीलाई खतरादेखि जोगाउन हाम्रो हेरविचार र रेखदेख गर्ने व्यक्ति, एक “निरिक्षक”)

(४) सबै मानिसहरूलाई मुक्तिको खाँचो छ किनकि सबै नै मरेका छन्

 

१) उत्पत्ति २:१७

उसले प्रतिबन्धित फल खाएमा आदमलाई के हुनेछ भनी परमेश्वरले भन्नुभएको थियो? ________________________________________________। त्यो कहिले हुनेछ भनी परमेश्वरले भन्नुभयो? ________________________________। फल खाएकै दिनमा के आदम शारीरिकरूपमा मरे? उत्पत्ति ५:३-५ पढेर यस प्रश्‍नको जवाफ पत्ता लगाउनुहोस्: ________________। यसकारण उत्पत्ति २:१७ मा के परमेश्वरले शारीरिक मृत्युकै कुरा गर्दै हुनुहुन्थ्यो? ______________________। उत्पत्ति २:२५ र ३:६-७ पढ्नुहोस्। आदम र हवाले पाप गरेपछि के उनीहरूमा कुनै परिवर्तन आयो? ____________। उत्पत्ति ३:१९ अनुसार के शारीरिक मृत्यु पनि आदमको पापकै कारण आइपरेको एउटा श्राप हो? ____________।)

२) एफेसी २:१

मुक्ति पाउन अघि हामी ________________ र ________मा ____________ थियौं (एफेसी २:५ र कलस्सी २:१३ मा पनि हेर्नुहोस्)।

३) यूहन्ना ५:२४

मुक्ति पाएकै घडी एक व्यक्ति __________बाट ____________मा र्सदछ (१ यूहन्ना ३:१४)। तसर्थ, मुक्ति पाउन अघि एक व्यक्ति ____________ हुन्छ। यूहन्ना ६:४७ अनुसार, एउटा मानिसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने बित्तिकै उसले के पाउँछ? ______________ ____________। तसर्थ, मुक्ति नपाएको मानिस आत्मिक रूपमा मरेको हुन्छ किनकि उसँग ____________ छैन। एफेसी ४:१७-१८ मा हामी सिक्छौं, मुक्ति नपाएका मानिसहरू ____________________को ____________बाट बिराना (अलग) भएका हुन्छन्। तसर्थ, मरेको मानिस (एफेसी २:१) त्यो हो जोसँग परमेश्वरको जीवन छैन। मुक्ति पाएकै घडी ऊ जिउँदो बनाइन्छ (एफेसी २:५)। १ यूहन्ना ५:११ अनुसार अनन्त जीवन कहाँ पाइन्छ? ____________ ______________। १ यूहन्ना ५:१२ पढ्नुहोस्। यदि एउटा व्यक्तिसँग प्रभु येशू ख्रीष्ट उसको मुक्तिदाता र प्रभुको रूपमा हुनुहुन्छ भने, उसँग के पनि हुँदछ? ____________। जोसँग परमेश्वरका पुत्र हुनुहुन्न ऊसँग ____________ छैन। यदि एउटा व्यक्तिमा जीवन छैन भने ऊ मरेको छ ! त्यसैले हामी भन्न सक्छौं कि जससँग परमेश्वरको पुत्र हुनुहुन्न, त्यो व्यक्ति ____________ छ। यूहन्ना १७:३ मा अनन्त जीवन वास्तवमा के हो भनी येशूले भन्नुभयो? _____________________________________________________। यसकारण जसले पिता र पुत्रलाई व्यक्तिगत रूपमा चिन्दैन त्यस व्यक्तिसँग ______________ ____________ छैन। यसैले हामी भन्न सक्छौं कि जसले परमेश्वरलाई चिनेको छैन त्यो व्यक्ति ____________ छ।

४) यूहन्ना ३:१४-१६, यूहन्ना ५:२४ र यूहन्ना ६:४७

मरेका मानिसहरूले जीवन पाउनलाई के गर्नुपर्छ? ___________________________________________ _____________________________________________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग १

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग १​

 

परिचय

लूका ५:२७-३२

लूका ५:३१ अनुसार कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्छ? ________________________। कस्ता मानिसहरूलाई डाक्टरको आवश्यकता पर्दैन? ____________________। लूका ५:३२ पढ्नुहोस्। के धर्मीहरूलाई मुक्तिको आवश्यकता छ? ________। कस्तो व्यक्तिलाई मुक्तिदाता चाहिन्छ? ________________।

येशू किन संसारमा आउनुभयो?

यस प्रश्नको जवाफ निम्नलिखित चारओटा पदहरूले दिन्छन्।

  1. १ तिमोथी १:१५
    “ख्रीष्ट येशू ________________लाई ________ दिनलाई संसारमा आउनुभयो।”
  2. लूका १९:१०
    “किनभने मानिसका पुत्र _____________लाई _________ र ________ गर्न आएका हुन्।”
  3. मत्ती १:२१
    “र तिमीले उहाँको नाम ________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका ________________बाट ________ गर्नुहुनेछ।”
  4. यूहन्ना ३:१७
    “किनभने संसारलाई दोषी ठहराउन (दण्ड दिन) का निम्ति होइन, तर उहाँद्वारा संसारले ________ ____________ भनेर परमेश्वरले आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो।”

लूका ५:३२ अनुसार प्रभु येशू संसारमा कस्ता मानिसहरूलाई मुक्त गर्न आउनुभयो? ________________________। धर्मी मानिसहरूलाई मुक्तिको आवश्यकता छैन। तर रोमी ३:१० पढ्नुहोस् त। संसारमा कतिजना मानिसहरू धर्मी छन्? __________________। त्यसकारण कतिजना मानिसहरूलाई मुक्तिको आवश्यकता छ? ________________। लूका ५:३० पढेर सही उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्:

(क) फरिसी तथा शास्त्रीहरू धर्मी मानिसहरू थिए।
(ख) फरिसी तथा शास्त्रीहरू हामी धर्मी छौं भनी सोच्दथे।

लूका १८:९-१४ पढेर निम्न प्रश्नहरूको जवाफ लेख्‍नुहोस्:

कुनचाहिँ मानिसले आफू धर्मी छु भनेर सोच्थ्यो? ________________। कुनचाहिँ मानिसले आफू पापी छु भनेर स्वीकार गर्‍यो? _______________________________। कुनचाहिँ मानिसले मुक्ति पायो? ____________________________________। मुक्ति पाउन एउटा मानिसले र्सवप्रथम के महसुस गर्नैपर्छ? ___________________________ ________________________________।

(१) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू पापी छन्

 

क) भजनसंग्रह १४:१-३ (भजनसंग्रह ५३:१-३ पनि हेर्नुहोस्)

भजनसंग्रह १४:२ अनुसार स्वर्गबाट मानिसका सन्तानलाई कसले हेर्नुभयो? ________________________। पद ३ अनुसार उहाँले कतिजना असल र धर्मी मानिसहरू भेट्टाउनुभयो? ________________________________________। हामीले मानिसको नजरमा धर्मी, असल, दयालु व्यवहार देखाउन सक्छौं। १ शमूएल १६:७ पढ्नुहोस्। के परमेश्वरले मानिसले जस्तै हेर्नुहुन्छ? __________________। “मानिसले ________ हेरेर विचार गर्छ, तर परमप्रभुले ____________ हेरेर विचार गर्नुहुन्छ।” हिब्रू ४:१३ पढ्नुहोस्। के परमेश्वरको दृष्टिबाट हामीले कुनै कुरा लुकाउन सक्छौं? ______________। यसकारण परमेश्वरले हामीलाई जसरी हेर्नुहुन्छ त्यसरी नै हामीले आफूलाई हेर्नुपर्छ!

ख) रोमी ३:१०-१८ र रोमी ३:२३

हामीहरू परमेश्वरको नजरमा वास्तवमा कति पापी देखिन्छौं भन्ने कुरा रोमी ३:१०-१८ पढेर थाह गर्न सकिन्छ!

पद १० धर्मीहरू कतिजना छन्? __________________________

पद ११ बुझ्ने र परमेश्वरलाई खोज्ने कतिजना छन्? ___________________

पद १२ असल मानिसहरू कतिजना छन्? __________________________

पद १८ परमेश्वरको डर मान्ने कतिजना छन्? _______________________

हितोपदेश ८:१३ र हितोपदेश ३:७ अनुसार परमेश्वरको डर मान्नु भनेको के हो? ________________________________________________________________। रोमी ३:२३ पढ्नुहोस्। कतिजनाले पाप गरेका छन्? ____________। तीमध्ये तपाईं पनि पर्नुहुन्छ? __________। रोमी ३:२३ को तथ्यको एकमात्र अपवाद को हुनुहुन्छ (१ पत्रुस २:२१-२२ र २ कोरिन्थी ५:२०-२१)? ____________________। (टिप्पणीः लूका १:४६-४७ मा कन्या मरियमले परमेश्वरलाई आफ्नो ________________ भनी स्वीकारिन्। कस्तो व्यक्तिलाई मुक्तिदाताको आवश्यकता पर्छ? ________________। यसर्थ मरियम कस्तो प्रकारकी व्यक्ति थिइन्? ________________। के रोमी ३:२३ ले कन्या मरियमलाई समेट्छ? __________________)।

हामीले रोमी ३:१०-१८ र ३:२३ बाट पाएको शिक्षाअनुसार कतिजना मानिसहरू (पूरुष, महिला, बालक वा बालिका) लाई मुक्तिको खाँचो छ? ________________।

ग) १ राजा ८:४६

पापै नगर्ने मानिस कतिजना छन्? ______________________। “किनकि __________ ____________ मानिस कोही पनि छैन”। यसकारण म ____________________________ (आफ्नै नाम लेख्‍नुहोस्) समेत पापी छु।

घ) १ यूहन्ना १:८-१०

यी पदहरूमा यूहन्ना विश्वासीहरूलाई लेख्दै छन्। पद ८ अनुसार यदि हामीसँग पाप छैन भनी हामी भन्छौं भने हामी कसलाई छल्ने काम गर्र्छौं? ________________। पद १० अनुसार यदि हामीले पाप गरेका छैनौं भनी हामी भन्छौं भने हामी परमेश्वरलाई ________ तुल्याउँछौं (१ यूहन्ना ५:१० पढ्नुहोस्)। जतिखेर हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, त्यतिखेर हामी परमेश्वरलाई ________ तुल्याउँछौं। अर्थात् उहाँले भन्नुभएको कुरालाई विश्वास नगर्दा हामी वास्तवमा परमेश्वरलाई नै झूटो हुनुभएको आरोप लगाइरहेका हुन्छौं! १ यूहन्ना १:८ र १ यूहन्ना १:१० को कुरा विश्वासीहरूको सम्बन्धमा साँचो हो भने (हो पनि), अविश्वासीहरूको सम्बन्धमा पनि के त्यो साँचो हो? ____________।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बाइबल परमेश्वरको प्रेरणाले दिइएको हो भन्ने तथ्य

बाइबल परमेश्वरको प्रेरणाले दिइएको हो भन्ने तथ्य

बाइबल सत्य छ भनेर हामी कसरी जान्दछौं

 

१. बाइबलका विभिन्न नामहरू

परमेश्वरलाई बयान गर्ने विभिन्न नामहरूबाट हामीले उहाँको बारेमा जान्न सक्दछौं। त्यस्तै गरी बाइबलका विभिन्न नामहरूबाट हामीले बाइबलको बारेमा जान्न सक्दछौं; जस्तै,

१) हिब्रू ४:१२ मा बाइबललाई “______________________को ____________” भनेर जनाइएको छ। बाइबल केवल मानिसका राय तथा व्यक्तिगत विचारले भरिएको पुस्तक होइन। यो परमेश्वरको वचन हो। परमेश्वर नै यो अचम्मको पुस्तकको लेखक हुनुहुन्छ। रोमी १०:१७ मा पनि पढ्नुहोस्।

२) २ तिमोथी २:१५ मा बाइबललाई “__________को ____________” भनेर जनाइएको छ। यो पुस्तक सत्य छ, पूरै सत्य छ, यसमा सत्य मात्र छ। यो पूर्ण रूपमा विश्वासयोग्य छ। यसमा न कुनै त्रुटि छ न ता कुनै अन्तरविरोध। यदि यो परमेश्वरको वचन हो भने यसमा कसरी त्रुटि हुन सक्छ र?

३) फिलिप्पी २:१५ मा बाइबललाई “____________को ____________” भनेर जनाइएको छ। बाइबल एक “जिउँदो” पुस्तक हो (हिब्रू ४:१२)। यसको सन्देशलाई बुझेर विश्वास गर्नाले जीवनको परिवर्तन हुन्छ (२ कोरिन्थी ५:१७)। बाइबल येशू ख्रीष्टमा केन्द्रित छ अनि ख्रीष्टमाथि विश्वास गर्ने व्यक्तिसँग अनन्त ____________ हुन्छ (यूहन्ना ६:४७)।

४) रोमी १:२ मा बाइबललाई “प________शा________” भनेर जनाइएको छ। “शास्त्रहरू” भन्नाले “लेखोटहरू” भन्ने बुझिन्छ। “पवित्र” भन्नाले यी लेखोटहरू अन्य लेखोटहरूभन्दा भिन्न र पृथक छन् भन्ने बुझिन्छ। बाइबलजस्तो अरु कुनै लेखोट छैन। बाइबल एक अद्वित्तीय पुस्तक हो। परमेश्वरबाट दिइएको एउटै पुस्तक यही हो। परमेश्वरको वचनलाई हामी सधैं अति उच्च आदर गर्न सकौं (हेर्नुहोस् यशैया ६६:१-२)।

२. बाइबलको बारेमा येशूको गवाही

बाइबलको बारेमा जति येशू ख्रीष्टलाई थाह छ त्यति अरु कसैलाई छैन। बाइबलको बारेमा प्रभु येशू ख्रीष्टले के भन्नुभएको छ त?

१) यूहन्ना १७:१७ मा प्रभु येशूले परमेश्वरको वचन __________ छ भन्नुभयो। येशूको यो भनाइ हाम्रो लागि पर्याप्‍त छ! बाइबल सत्य छ भनी हामी जान्दछौं किनकि परमेश्वरको पुत्रले सो भन्नुभयो! बाइबल परमेश्वरको वचन हो अनि यो सत्य हुनैपर्छ किनकि….

  • “परमेश्वरले ________ __________ असम्भव छ” (हिब्रू ६:१८)।
  • “उहाँ ________ __________ नसक्नुहुने परमेश्वर” हुनुहुन्छ (तीतस १:२)।
  • “परमेश्वर __________ हुनुहुन्छ” (यूहन्ना ३:३३)।

यसको तुलनामा बाइबलले यूहन्ना ८:४४ मा शैतानको बारेमा के बताउँछ हेरौं: “तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ, अनि आफ्नै बाबुका कुइच्छाहरू पूरा गर्न चाहन्छौ। त्यो शुरूदेखि नै हत्यारा थियो, अनि __________मा रहेन, किनकि त्यसमा __________ छँदै छैन। जब त्यसले __________ बोल्दछ, तब त्यो आफ्नै तर्फबाट बोल्दछ, किनकि त्यो __________ हो र __________को बाबु हो।” यूहन्ना ८:४५-४६ मा येशूले भन्नुभयो, “तर मैले __________ बोलेको हुनाले तिमीहरू मलाई विश्वास गर्दैनौ, तर म __________ बोल्दछु भने तिमीहरू मलाई किन विश्वास गर्दैनौ?”

२) यूहन्ना १०:३५ मा प्रभु येशूले भन्नुभयो, पवित्र शास्त्र __________ हुन सक्दैन। परमेश्वरले भन्नुभएको कुरा कहिल्यै रद्द वा नष्ट हुन सक्दैन।

३) लूका २४:४४ (मर्कूस १४:४९ सित तुलना गर्नुहोस्) मा प्रभु येशू ख्रीष्टले भन्नुभयो, “पवित्र शास्त्र __________ हुनुपर्दछ।”

४) मत्ती ५:१८ मा प्रभु येशूले भन्नुभयो, “जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक __________ अथवा एक __________ पनि, __________ __________नभइन्जेल, कुनै रीतिले बित्नेछैन।” त्यसैले बाइबलमा परमेश्वरले भन्नुभएका सबै कुराहरू निश्चय नै __________ हुनेछन्।

हिब्रू वर्णमालाको सबभन्दा सानो अक्षरलाई “मात्रा” (हिब्रूमा “योद”) भनिन्छ।

माथि हिब्रू लिपिमा “एलोहिम” (प्रमेश्वर) लेखिएको छ। मोशाले उत्पत्ति १:१ मा यही शब्द लेखेः “आदिमा __________________ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो।” माथि लेखिएको हिब्रू शब्दको सबभन्दा सानो अक्षरलाई गोलो चिन्ह लगाउनुहोस्। तपाईंले भर्खरै एक “मात्रा” लाई चिन्ह लगाउनुभयो।

झण्डै उस्तै देखिने हिब्रू अक्षरहरूबीच स-साना भिन्नता हुन्छन् जसलाई “बिन्दु” भनिन्छ। माथि ६ ओटा हिब्रू अक्षरहरूलाई दुई-दुई गरी तीन समूहमा लेखिएका छन्। प्रत्येक जोडीका दुई अक्षरहरू झण्डै उस्तै देखिन्छन् तर प्रत्येक जोडीको एउटा अक्षरमा केही थपिएको छ जसले उक्त अक्षरलाई अर्कोबाट फरक तुल्याउँछ। त्यो थपिएको भागलाई गोलो चिन्ह लगाउनुहोस् (प्रत्येक जोडीमा यस्तै गर्नुहोस्)। तपाईंले भर्खरै “बिन्दु” लाई चिन्ह लगाउनुभयो।

नेपाली अक्षरको कुरा गरौं। देवनागरी लिपिमा “प” लाई “ष” बनाउन एउटा धर्सो मात्र चाहिन्छ। यदि यो “पेट काट्ने” धर्सो कोर्न छुट्यो भने “कोष” लाई “कोप” लेख्‍न पुगिन्छ। त्यस्तै “दंग” को अनुस्वार (थोप्लो) छुटेमा त्यो “दग” हुन्छ। यसर्थ, बाइबलको हरेक अक्षर र शब्द महत्त्वपूर्ण र सत्य छ। हामीले परमेश्वरको अकाट्य वचनलाई बुझ्नुपर्छ, विश्वास गर्नुपर्छ र आफ्नो जीवनमा उतार्नुपर्छ!

५) मत्ती २४:३४-३५ मा प्रभु येशूले भन्नुभयो कि आकाश र पृथ्वी बितिजानेछन्, तर उहाँको वचनहरू ______________________________________________________।

३. बाइबलको बारेमा बाइबलको गवाही

बाइबलले आफ्नै बारेमा के बताउँछ?

१) २ तिमोथी ३:१६

यस पदअनुसार “सबै पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो।” २ तिमोथी ३:१६ को यस वाक्यांशलाई अक्षरशः यसरी अनुवाद गर्न सकिन्छः “सबै पवित्र शास्त्र परमेश्वर-निश्वासित हो।” बाइबल कति मात्रामा परमेश्वर-निश्वासित छ? सही उत्तरमा चिन्ह लगाउनुहोस्: आंशिकरूपमा/पूर्ण रूपमा।

बोल्दा हामी शब्दहरू निश्वासन गर्दछौं। सास बाहिर नफ्याँकिकन शब्द उच्चारण गर्न असम्भव छ। सास रोकेर बोल्ने प्रयास गर्नुहोस् त। त्यसो गर्न सक्नुहुन्छ? ________________। २ तिमोथी ३:१६ को तार्त्पर्य हो, परमेश्वरले निश्चित शब्दहरू निश्वासन गर्नुभयो। परमेश्वरले पवित्र शास्त्र निश्वासन गर्नुभयो। “सबै ____________________ परमेश्वर-निश्वासित हो” अर्थात् पूरै बाइबल परमेश्वरको मुखबाट निस्की आएको हो! पूरै बाइबल परमेश्वरको वचन हो। “किनकि __________________को ________ले नै भनेको छ” (यशैया ४०:५)। यसलाई भजनसंग्रह ३३:६ सित तुलना गर्नुहोस् जसका निम्न दुई वाक्यांशहरूले एउटै कुराको बयान गर्दै छन्:

  • “______________________को ____________ले आकाशहरू निर्माण भए र…
  • …उहाँकै ________को ________ले त्यहाँका ग्रह-नक्षत्रहरू।”

२) २ पत्रुस १:२१

तर कसैले यस्तो आक्षेप लगाउलाः “अरे! तपाईं भन्नुहुन्छ, ‘सबै पवित्र शास्त्र परमेश्वर-निश्वासित हो र पूरै बाइबल परमेश्वरको वचन हो’, तर बाइबल त मान्छेले लेखेको होइन र? बाइबल लेख्‍ने त दाऊद, मोशा, पावल, लूका, मत्ती होइनन् र? अब मान्छेले लेखेको कुरालाई परमेश्वरको वचन भन्न मिल्छ र?”

यसको प्रत्युत्तर २ पत्रुस १:२१ मा पाइन्छः “किनकि कुनै पनि समयमा ______________________ (प्रमेश्वरको वचन) मानिसको इच्छाद्वारा आएन, तर __________________का प____________ __________हरू (मोशा, दाऊद, पावल आदि) पवित्र आत्माद्वारा ______________ पाएर बोले।”

उदाहरणः दाऊदले पवित्र आत्माद्वारा प्रेरणा पाएर भजनसंग्रह २३:१ लेखे। तलको चित्रलाई हेर्नुहोस्।

२ पत्रुस १:२१ मा पवित्र जनहरू “पवित्र आत्माद्वारा प्रेरणा पाएर बोले” भन्नुको अर्थ उनीहरूले पवित्र आत्माद्वारा चलाइएर बोले भन्नु हो। यसैले दाऊदले भजनसंग्रह २३:१ पवित्र आत्माद्वारा चलाइएर लेखे। उनी नजन्मँदै परमेश्वरले दाऊदलाई भजनसंग्रह २३:१ लेख्‍नलाई तयार पार्दै हुनुहुन्थ्यो! यर्मियालाई पनि त्यसरी नै तयार पार्नुभयो। उनको आमाको ________बाट निस्की आउनु अघि नै परमेश्वरले यर्मियालाई तयार पार्दै हुनुहुन्थ्यो (यर्मिया १:५ हेर्नुहोस्)।

दाऊद आफ्नो युवावस्थामा भेडा गोठाला भए। परमेश्वरको प्रेमिलो वास्ता र देखभालको महसुस गर्दै आएका दाऊदले एक दिन यसरी लेखे, “____________ मे____ गु________ हुनुहुन्छ (भजनसंग्रह २३:१)।” पवित्र आत्माले दाऊदलाई यसरी डोर्याउँदै हुनुहुन्थ्यो कि उनले जे-जे लेखे तिनै कुराहरू लेखियोस् भन्ने परमेश्वरको इच्छा थियो। आफ्नो जीवनको अन्ततिर दाऊदले यसरी भने, “प________________का आ________ ____द्वारा बो______________ अनि उहाँको ____________ ________ मुखमा थियो” (२ शमुएल २३:२)। यसर्थ, बोल्ने वास्तवमा को हुनुहुन्थ्यो? ______________________। दाऊदको मुखमा कसको वचन थियो? ____________________________________।

३) यशैया ४०:८ (१ पत्रुस १:२३-२५ र मत्ती २४:३५ पनि हेर्नुहोस्)

परमेश्वरको वचन कहिलेसम्म खडा रहनेछ? __________________________। भजनसंग्रह ११९:८९ मा परमेश्वरको वचन स्वर्गमा ____________ रहन्छ भनिएको छ। कहिलेसम्म? ____________________________।

४) यशैया, यर्मिया, इजकिएल, मलाकी जस्ता अगमवक्ताहरूका लेखोटहरूमानिम्नलिखित वाक्यांशहरू भेट्टाउने प्रयास गर्नुहोस्:

  • “परमप्रभु यसो भन्नुहुन्छ”: ___________________________________________________
  • “परमप्रभु भन्नुहुन्छ”: _______________________________________________________
  • “परमप्रभुको यो वचन मकहाँ आयो” ____________________________________________

यसरी, परमेश्वरले रच्नुभएको पुस्तकभरि उहाँको हस्ताक्षर घरीघरी भेटिन्छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)