मुक्तिका उपलब्धिहरू – भाग १

मुक्तिका उपलब्धिहरू – भाग १

 

१) मुक्ति पाएकै घडी म परमेश्वरको सन्तान बनाइएँ (Regeneration, Sonship) – यूहन्ना १:१२; १ यूहन्ना ३:१-२

 

१ यूहन्ना ३:१० बाट हामी सिक्छौं, मानिसहरू दुइटा समूहमा विभाजित छन्: (१) ______________का सन्तान र (२) ______________का सन्तान। १ यूहन्ना ३:१२ र उत्पत्ति ४:१-८ पढ्नुहोस्। कयिन परमेश्वरका सन्तान थिए कि शैतानका? ______________।

यूहन्ना ८ मा येशू र फरिसीहरू (यहूदी धर्मगुरूहरू) को आपसी कुराकानीको बारेमा पढ्दछौं। यी मानिसहरूले ख्रीष्टलाई के गर्न खोजे (पद ३७)? ____________________। यी मानिसहरू आफ्ना बाबु को हुन् भनी सोच्थे (पद ४१)? __________________। यदि कसैले ख्रीष्टलाई घृणा गर्दछ भने के परमेश्वर तिनका बाबु हुनुहुन्छ त (पद ४२)? ________________। तिनीहरूका बाबु वास्तवमा को हुन् भनी येशूले भन्नुभयो (पद ४४)? ________________। ख्रीष्टले बोल्नुभएका सत्य वचनहरू के ती फरिसीहरूले विश्वास गरे (पद ४५)? ________________। यदि कसैले परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने के ऊ साँच्चै परमेश्वरको सन्तान हो (पद ४७)? ____________। फरिसीहरूले परमेश्वरको वचनलाई किन सुनेनन् र विश्वास गरेनन् (४७)? ______________________________ ___________________________________। ख्रीष्टले उनीहरूलाई बताइरहनुभएको कुराहरूसित के फरिसीहरू खुशी थिए (५९)? ______________। तिनीहरूले ख्रीष्टलाई मार्न सके? ______________ (पृष्ठ १३ मा हेर्नुहोस्)।

एफेसी २:१-३ अनुसार, के हामी शारीरिक जन्मद्वारा परमेश्वरका सन्तान बनेका हौं? ____________। एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _______________________________________________________________________। तसर्थ, परमेश्वरको सन्तान बन्न तपाईं नयाँ गरी जन्मनुपर्छ (यूहन्ना १:१३ र यूहन्ना ३:१-७)। मुक्ति पाउनेबित्तिकै एक व्यक्ति परमेश्वरको परिवारको सदस्य बन्दछ। तब परमेश्वरसित उसको एक आशिषमय सम्बन्ध शुरू हुन्छ जुन सम्बन्ध त्यसभन्दा अघि छँदै थिएन। अब उसले “हे अब्बा, ______________” भन्दै पुकारा गर्न सक्छ (रोमी ८:१५-१६ र गलाती ४:६ हेर्नुहोस्)। “अब्बा” भनेको “पिता” हो र यसबाट हामीलाई एउटा सानो नानीको याद आउँछ जो आफ्नो बाबुकहाँ आउँछ र भन्छ, “बाबा”। परमेश्वरसँगको यस्तो घनिष्ट सम्बन्धमा खुशीसाथ हिँड्ने व्यक्ति को हुनुहुन्थ्यो (मर्कूस १४:३६)? ______________________।

एफेसी ६:१ र कलस्सी ३:२० अनुसार, आफ्ना बाबुआमाप्रति नानीहरूको एउटा जिम्मेवारी छ, त्यो के हो? ______________________________________। हामी परमेश्वरको सन्तान भएका हुनाले हाम्रा स्वर्गीय पिताप्रति हाम्रो एउटा जिम्मेवारी के हो? ______________________। त्यसैले हामी ________________ नानीहरूझैं हिँड्नुपर्छ (हेर्नुहोस् १ पत्रुस १:१४)।

हामी प्रिय __________________झैं परमेश्वरका __________________ गर्नेहरू हुनुपर्छ भनी एफेसी ५:१ मा सिक्छौं। नानीहरू प्रायः आफ्ना बाबुआमाको नमुनालाई पछयाउँछन्। तिनीहरू आफ्ना बाबुआमा जस्तै देखिन्छन्। तिनीहरू प्रायः आफ्ना बाबुआमाले जस्तै व्यवहार गर्छन् र धेरै हिसाबले उनीहरूकै देखासिकी गर्छन्। हामी ख्रीष्टमा विश्वास गर्नेहरूले हाम्रो स्वर्गीय पिताको देखासिकी गर्नुपर्छ। यसको मतलव हामी उहाँजस्तै बन्नुपर्छः

 

१) १ पत्रुस १:१५-१६ — उहाँ जसरी पवित्र हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

२) लूका ६:३६ — उहाँ जसरी कृपालु हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

३) मत्ती ५:४८ — उहाँ जसरी सिद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

४) एफेसी ४:३२ — उहाँ जसरी क्षमाशील हुनुहुन्छ, उसरी नै हामी पनि _______________ हुनुपर्छ।

५) १ यूहन्ना ३:३ — उहाँ जसरी शुद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

 

१ पत्रुस २:२ र २ पत्रुस ३:१८ पढ्नुहोस्। परमेश्वर आफ्ना नानीहरूले के गरिरहेको चाहनुहुन्छ? ____ _____।

२) मुक्ति पाएकै घडी म धर्मी ठहराइएँ (Justification) – रोमी ३:२४; १ कोरिन्थी ६:११

परमेश्वरको नजरमा कतिजना मानिसहरू धर्मी छन् (रोमी ३:१०)? __________________। को मात्र धर्मी हुनुहुन्छ (१ यूहन्ना २:१ र १ पत्रुस ३:१८)? ________________________। यसको आधारमा यशैया ५३:११ मा उल्लेखित परमेश्वरको धर्मी दास को हुनुहुन्छ त? ________________________। अधर्मी मानिसहरूका लागि कसले कष्ट भोग्नुभयो (यशैया ५३:११ र १ पत्रुस ३:१८)? ______________________।

१ कोरिन्थी ६:९-११ पढ्नुहोस्। मुक्ति पाउन अघि कोरिन्थका कतिपय विश्वासीहरू कसरी जिउँथे भनेर बयान गर्ने दुइटा पद यस खण्डमा भेट्टाउनुहोस्: ________________। तिनीहरूले मुक्ति पाएकै क्षणमा परमेश्वरले उनीहरूका निम्ति गरिदिनुभएको कुराको बयान कुन पदले गर्छ? ____________। तिनीहरू धोइएका र पवित्र पारिएका मात्र थिएनन्, तर तिनीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरको आत्माद्वारा ________________________ थिए। कसैलाई “धर्मी ठहराउनु” भनेको उसलाई “दोषरहित अर्थात् धर्मी ठान्नु, मानिलिनु वा घोषणा गर्नु” हो। रोमी ४:५ अनुसार कस्ता खालका मानिसहरूलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुन्छ? ______________। के परमेश्वरले महसूल उठाउने एक दुष्टलाई धर्मी ठहराउन सक्नुहुन्छ (लूका १८:१३-१४)? ________________। के परमेश्वरले अधर्मी मानिसहरूलाई धर्मी ठहराउन सक्नुहुन्छ (१ कोरिन्थी ६:९-११)? ________________।

रोमी ५:१ मा यो सिक्छौं, हामीहरू धर्मी ठहरिएका विश्वासीहरू भएको हुनाले ________________सित हाम्रो __________________ भएको छ। यसको मतलब हामी अबदेखि उसो परमेश्वरका शत्रुहरू होइनौं! रोमी ५:१० अनुसार मुक्ति पाउन अघि हामी परमेश्वरका __________________ थियौं।

हामी आफै धर्मी छैनौं, तर प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेको हुनाले परमेश्वरले हामीलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ! हामी धर्मी छौं किनकि हामी परमेश्वरको धर्मी पुत्र भित्र छौं। १ कोरिन्थी १:३० — “तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशू______ छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि __________________, पवित्रता र छुटकारा ठहरिनुभएको छ।” परमेश्वरले हामीलाई उहाँको पुत्रमा देख्‍नुहुने हुनाले हामी धर्मी छौं! २ कोरिन्थी ५:२१ — किनकि ______________ हामी परमेश्वरका __________________ बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई (ख्रीष्टलाई) परमेश्वरले पाप तुल्याउनुभयो।” परमेश्वरले ख्रीष्टको धार्मिकतालाई विश्वास गर्ने पापीकै धार्मिकता भएझैं गन्नुहुन्छ (मान्नुहुन्छ वा ठान्नुहुन्छ)। यसरी रोमी ४:३ मा हामी पढ्छौं: “अब्राहामले परमेश्वरलाई ______________ गरे, र यो उनका निम्ति ____________________________।” पद ३ मा “यो” भन्नाले के बुझिन्छ (पद ५ हेर्नुहोस्)? ________________।

रोमी ५:९ पढ्नुहोस्। यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, के तपाईं धर्मी ठहरिन सम्भव थियो? ______________। तर ख्रीष्ट हाम्रो निम्ति मर्नुनै भएकोले (रोमी ५:६-११) परमेश्वर हामीतर्फ अनुग्रही बन्न र ख्रीष्टकै धार्मिकता हाम्रो हिसाबमा राखिदिन स्वतन्त्र हुनुहुन्छ। अबदेखि उसो हामी दोषी छैनौं, दण्डको आज्ञामुनि रहेका पापीहरूझैं छैनौं किनकि हामी अब ख्रीष्टमा छौं:

उहाँको अनुग्रहमा परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले, मैले अब कस्तो प्रकारको जीवन बिताउनुपर्दछ? तीतस २:११-१४ पढेर सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्:

 

(क) परमेश्वरले मलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ; मैले अब जस्तोसुकै जीवन बिताए पनि हुन्छ।

(ख) परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले अब म धर्मी जीवन बिताउन चाहन्छु। जीवनभर म ठीक प्रकारले हिँड्न, व्यवहार गर्न, सोच्न र बोल्न चाहन्छु!

(ग) म धर्मी ठहरिएको हुनाले अब मैले मुक्ति पाउनुअघिको जस्तै जीवन बिताउनुपर्छ।

 

जोडा मिलाउनुहोस्:

  1. ____ शारीरिक मान्छेको भनाइ यस्तै हुन्छ (१ कोरिन्थी २:१४ सित तुलना गर्नुहोस्)।

     

  2. ____ मुक्ति पाएको मानिसको भनाइ यस्तो हुन्छ।
 

क) “मेरो खातिर ख्रीष्टले भोग्नुभएको क्रूसको मृत्युलाई म कहिल्यै बिर्सनेछैन। मलाई उद्धार गर्नुहुने परमेश्वरलाई खुशी पार्न म सधैंभरि धर्मी जीवन बिताउन चाहन्छु।”

ख) “परमेश्वरले उसको सबै पापहरू क्षमा गर्नुभएको हुनाले र उसलाई ख्रीष्टले धर्मी ठहराउनुभएको हुनाले एउटा विश्वासी जसरी जीवन बिताए पनि फरक पर्दैन।”

१ यूहन्ना २:२९ ले भन्छ, “उहाँ (ख्रीष्ट) धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने (१ यूहन्ना २:१ मा हेर्नुहोस्) हरेक जसले ________________ काम गर्दछ, ऊ पनि उहाँबाट जन्मेको हो भनी तिमीहरू जान।” त्यसैले साँच्चै नयाँ-जन्म पाएको व्यक्तिले कस्तो जीवन बिताउँछ, धार्मिकताको कि अधर्मको? ________________। १ यूहन्ना ३:७ ले भन्छ, “हे साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्; जसले ________________ काम गर्दछ, ऊ ________ हो (अर्थात्, ऊ साँच्चै धर्मी ठहरिएको व्यक्ति हो), जसरी उहाँ (येशू) पनि धर्मी हुनुहुन्छ (विश्वासीलाई परमेश्वरले आफ्नो पुत्र येशू जत्तिकै धर्मी देख्‍नुहुन्छ!)।” के धार्मिकताको काम नगर्ने व्यक्ति परमेश्वरको हुनसक्छ र (हेर्नुहोस्, १ यूहन्ना ३:१०)? ____________। १ यूहन्नाका यी पदहरूअनुसार, कुनै व्यक्ति साँच्चै धर्मी ठहरिएको छ भनेर हामी कसरी जान्न सक्छौं? निम्नमध्ये एउटालाई गोलो चिन्ह लगाउनुहोस् (ठीक उत्तर एउटै मात्र छ):

(क) यो जान्नै नसकिने कुरो हो। को-को धर्मी ठहरिएका छन् भनेर जान्ने केवल परमेश्वर मात्र हुनुहुन्छ। कुनै व्यक्तिले मुक्ति पाएको छ कि छैन भनी हामीले न्याय गर्ने प्रयास गर्नुहुन्न।

(ख) मैले मुक्ति पाएको छु भनी कसैले बताउँछ भने, उसले सत्यनै बताएको हुनुपर्छ (यो धारणा ठीक हो कि होइन सो पत्ता लगाउन १ यूहन्ना २:४,९ मा हेर्नुहोस्)।

(ग) कुनै व्यक्ति धर्मी जीवन बिताउँछ र दिन प्रति दिन परमेश्वरको वचन पालन गर्छ भने, ऊ एउटा धर्मी ठहरिएको व्यक्ति हो भनी प्रायः निश्चय गर्न सकिन्छ।

१ यूहन्ना २:२९ र ३:७,१० लाई फेरि पढ्नुहोस्। के तपाईं एक धर्मी जीवन बिताउन चाहनुहुन्छ र परमेश्वरको वचन पालन गर्न चाहनुहुन्छ? चाहनुहुन्न भने, तपाईंले सम्भवतः मुक्ति पाउनुभएको छैन। धोकामा नपर्नुहोस्! धर्मी मानिस उसको धर्मी जीवनबाटै चिनिन्छ!

रोमी ६:१३ मा विश्वासीलाई उनका शरीरका अंगहरूलाई ________________का हतियारहरूका रूपमा परमेश्वरको वशमा सुम्पन आज्ञा दिइएको छ। त्यसो हो भने हाम्रा हातका प्रयोगबारे हामी होशियार हुनुपर्छ? __________। हातमा चुरोट लिनु के धार्मिकताको कार्य हो? ____________। हाम्रो जिब्रो कसरी प्रयोग गर्छौं, के यसमा होशियार हुनुपर्छ (एफेसी ४:२९)? __________। हाम्रा आँखाले कस्ता कुराहरू हेर्छन्, के यसमा होशियार हुनुपर्छ (खराब पुस्तकहरू, अश्लिल पत्रपत्रिकाहरू, टेलिभिजन, फिलिमहरू आदि)? ____________। रोमी ६:१६-१८ पढ्नुहोस्। विगतमा हामी __________का दास थियौं (पद १७), तर जब हामी परमेश्वरको वचन पालन गर्छौं तब हामी __________________का दास बन्छौं (पद १८)। तपाईं कुन रोज्नुहुन्छ, पापको दास बन्न कि धार्मिकताको? ____________________________________।

१ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा तिमोथीलाई पावलले र्सवप्रथम कुन कुराको पछि लाग्न आज्ञा दिन्छन्? __________________। (शब्दार्थ: “पछि लाग” भनी अनुवाद गरिएको शब्द ग्रीक भाषामा = “दगुर्दै पछयाउनु, शिकारीले शिकारलाई खेदेझैं कुनै कुरालाई पछयाउनु, अथवा पुरस्कार पाउन आफ्नो निशानातिर दगुर्ने खेलाडीझैं दगुर्नु (फिलिप्पी ३:१४ मा हेर्नुहोस्। के तपाईं १ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा उल्लेख भएका सद्गुणहरूलाई उत्साही बनेर दिलोज्यानले पछयाउँदै हुनुहुन्छ?) १ पत्रुस २:२४ पढ्नुहोस्। क्रूसमा ख्रीष्टले हाम्रा निम्ति जे गरिदिनुभयो, सो जानेर हामी विश्वासीहरूले आफ्नो जीवन कसरी बिताउनुपर्छ? _______________________________________ _______________________________।

२ तिमोथी ३:१६ पढ्नुहोस्। ख्रीष्टलाई मनपर्दो धर्मी जीवन बिताउन शिक्षा दिने अर्तिहरू कहाँ पाउन सकिन्छ? __________________________। मत्ती ५:१०-१२ र १ पत्रुस ३:१४ पढ्नुहोस्। धर्मी जीवन बिताउने क्रममा, हामीप्रति अरुहरूको व्यवहार कस्तो हुन्छ भनी हामी प्रतिक्षा गर्न सक्छौं? _______________________। यूहन्ना १५:१८ पढ्नुहोस्। धर्मी ख्रीष्ट संसारमा आउनुहुँदा के संसारले उहाँलाई प्रेम गर्‍यो? ______________। यूहन्ना १५:१९-२१ पढ्नुहोस्। हामी ख्रीष्टका हौं भने के संसारले हामीलाई पनि उहाँलाई जस्तै व्यवहार गर्छ होला? ______________। १ यूहन्ना ३:१३ अनुसार विश्वास नगर्ने संसारले हामीलाई प्रेम गर्दैन भने, के हामीले यसमा आर्श्चर्य मान्नुपर्छ? ________________।

प्रश्‍नः धर्मी ठहरिनु भनेको के हो? _____________________ ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मुक्ति पाउन कत्तिको सजिलो छ?

मुक्ति पाउन कत्तिको सजिलो छ?

 

१) मुक्ति पाउन, एउटा उपहार पाउन जत्तिकै सजिलो छ (यूहन्ना १:१२)

एफेसी २:८ अनुसार मुक्ति ____________________को __________ हो। कसैले तपाईंलाई एउटा उपहार दिन्छ भने के तपाईंले त्यसको निम्ति दाम तिर्नुपर्छ? ______________। यसैले मुक्तिको निम्ति हामीले दाम तिर्नुपर्छ? ______________। हाम्रो मुक्तिको निम्ति कसले दाम तिर्नुभयो (१ कोरिन्थी ६:२० र १ पत्रुस १:१८-१९ पढ्नुहोस्)? ____________________________। रोमी ६:२३ अनुसार परमेश्वरको वरदान के हो? ____________________________________________________। मुक्ति पाउन एउटा उपहार पाउन जत्तिकै सजिलो छ! हामीले यसको निम्ति काम गर्न सक्दैनौं! हामीले यसको दाम तिर्न सक्दैनौं! तुलना गर्नुहोस्, प्रेरित ८:१८-२०)। यो हाम्रो आफ्नै शक्तिले कमाउन सक्दैनौं! हामी यसलाई केवल ग्रहण गर्न सक्छौं! परमेश्वरको सित्तैंको वरदान अनन्त जीवन केवल ____________ ____________मा मात्र पाउन सकिन्छ (१ यूहन्ना ५:११)।

१ यूहन्ना ५:११-१२ अनुसार कसैसँग परमेश्वरको उपहार हुनलाई उसँग परमेश्वरको ____________ पनि हुनैपर्छ। यसैले, मुक्ति पाउनलाई त्यस पापीले एक व्यक्तिलाई ग्रहण गर्नुपर्छ! यूहन्ना ३:१६ अनुसार संसारलाई परमेश्वरको प्रेमको उपहार के हो? ______________________________ (शब्दार्थ: ग्रीक भाषामा “एकमात्र जन्माइएको” = “अद्वित्तीय”; अर्थात्, येशू ख्रीष्ट परमेश्वरको अद्वित्तीय पुत्र हुनुहुन्छ)। यूहन्ना १:१२ अनुसार परमेश्वरका सन्तान बन्नलाई हामीले प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ____________ गर्नुपर्छ! परमेश्वरले आफ्नै पुत्रलाई अनमोल उपहारको रूपमा दिनुभयो यसका निम्ति हामीले उहाँलाई कहिल्यै सट्टाभर्ना तिर्न सक्दैनौं, उहाँले जे गर्नुभयो त्यसको निम्ति आभारी बन्दै परमेश्वरलाई के भन्न सक्छौं (२ कोरिन्थी ९:१५)? ________________________________।

२) मुक्ति पाउन, पिउन र खान जत्तिकै सजिलो छ (यूहन्ना ६:३५)

यूहन्ना ६:३५ पढ्नुहोस्। जीवनको रोटी को हुनुहुन्छ? ________________________। विश्वासमा येशूकहाँ आउने व्यक्ति कहिल्यै ____________________छैन र उहाँमाथि ________________ गर्ने व्यक्ति कहिल्यै ____________________छैन। प्रभुले यहाँ शारीरिक भोकको कुरा गर्दै हुनुहुन्थ्यो कि आत्मिक? ______________। यूहन्ना ६:५४ लाई यूहन्ना ६:४०,४७ सँग तुलना गर्नुहोस्। यी पदहरू अनुसार ख्रीष्टको शरीर खानु र उहाँको रगत पिउनुको अर्थ के हो? ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्:

क) यसको मतलव हामी मान्छेको मासु खाने बन्नुपर्छ।

ख) यसको मतलव प्रभु-भोज लिँदा हामीहरू ख्रीष्टलाई नै खान्छौं।

ग) यसको मतलव यो हो कि येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले आफ्नो पापरहित शरीर र अनमोल रगत हाम्रा पापहरूका निम्ति दिनुभयो भनेर हामीले विश्वास गर्नुपर्छ।

यूहन्ना ४:९-१४ पढ्नुहोस्। हामीले दिनदिनै पिउने पानीले केही समयको लागि हाम्रो शारीरिक तिर्खालाई मेट्न सक्छ, तर हाम्रा सबैभन्दा गहिरा आत्मिक खाँचोहरूलाई तृप्त पार्ने जिउँदो पानी दिन सक्ने एउटै मात्र व्यक्ति को हुनुहुन्छ? ________________________। एउटा मानिसले एक कचौरा पानी लिन र त्यसबाट पिउन जत्तिको सजिलो छ, येशू ख्रीष्टलाई हाम्रो एकमात्र मुक्तिदाता भनी विश्वास गर्न पनि त्यत्तिकै सजिलो छ

३) मुक्ति पाउन, एउटा ढोकाभित्र पस्न जत्तिकै सजिलो छ (यूहन्ना १०:९)

मुक्ति पाउन एउटा व्यक्तिले कुनचाहिँ ढोकाभित्र पस्नु पर्छ (यूहन्ना १०:९)? ____________________। येशू ख्रीष्टमा विश्वास गर्नुचाहिँ एउटा ढोकाभित्र पस्न जत्तिकै सजिलो छ तैपनि मत्ती ७:१३-१४ पढ्दा हामी थाह पाउँछौं कि ____________ मात्र त्यो ढोकाभित्र पस्दछन्!

४) मुक्ति पाउन, एउटा ढोका खोल्न जत्तिकै सजिलो छ (प्रकाश ३:२०)

प्रकाश ३:२० पढ्नुहोस्। प्रभु येशू ख्रीष्ट ढोकामा उभिएर के गर्दै हुनुहुन्छ? ________________________ __________। उहाँ के भित्र आउन चाहनुहुन्छ होला? ____________________। यस पदअनुसार पापीले गर्नुपर्ने दुइटा कामहरू के-के हुन्?

१) ____________________________________________________
२) ____________________________________________________

यी दुइटा कामहरू गर्ने व्यक्तिलाई ख्रीष्टको के प्रतिज्ञा छ? _____________________________ ____________________________________________________। (शब्दार्थ: “भोज खानु” भन्ने वाक्यांशले प्रभु येशूसित हुने विश्वासीको घनिष्ट सङ्गतिको बयान गर्दछ)। मुक्तिको निम्ति उहाँसँग पुकारा गर्ने हरेकलाई बचाउन प्रभु येशू तत्पर र इच्छुक हुनुहुन्छ (रोमी १०:१३)।

५) मुक्ति पाउन, हेर्न जत्तिकै सजिलो छ (यूहन्ना ३:१४-१५)

गन्ती २१:४-९ पढ्नुहोस्। पद ४-५ अनुसार इस्राएलीहरू परमप्रभुमाथि भरोसा गरिरहेका र धन्यवादी भइराखेका थिए कि आफ्ना समस्याहरूमा गनगनाइरहेका थिए? _________________ ______________। पद ६ अनुसार अविश्वासको कारण इस्राएलीहरूले परमप्रभुबाट कस्तो दण्ड पाए? __________________ _______________________________________________________________________। पद ८ मा परमप्रभुले मोशालाई के बनाउन आदेश दिनुभयो? ___________________________ _______________________________________। त्यो बनाइएपछि त्यसलाई एउटा ______________मा झुण्डयाइनुपर्थ्यो। र्सपको टोकाइबाट निको हुन मानिसहरूले के गर्नुपर्थ्यो? ________________________________। पद ९ बाट हामी सिक्छौं कि पित्तले साँपलाई हेर्ने जति ________________।

यूहन्ना ३:१४-१५। पित्तले साँपलाई हेर्नेहरू सबै बाँचे! क्रूसमा उठाइनुभएको मानिसका पुत्रलाई हेर्नेहरू पनि सबै बाँच्नेछन्। जब कुनै मानिसले कलवरी क्रूसलाई साँचो विश्वासको आँखाले हेदछ, त्यो मानिस ____________ हुँदैन तर उसले ____________ ____________ पाउँछ। यशैया ४५:२१-२२ पनि हेर्नुहोस्। जीवित परमेश्वर भन्नुहुन्छ, “______तिर __________ र ______________ पाओ।” (शब्दार्थ: पद २२ मा “र्फक” एउटा हिब्रू क्रियापदबाट आएको शब्द हो जसको अर्थ हुन्छ “आफ्नो अनुहार कसैतिर र्फकाउनु”। त्यसैले यशैया ४५:२२ मा परमप्रभु भन्दैहुनुहुन्छ, “मतिर हेर, आफ्नो अनुहार मतिर र्फकाऊ”)।

“येशूजीलाई हेर! थुमालाई हेर!
उनले मात्र तिमीलाई बचाउन सक्छन् — येशूजीलाई हेर!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

यी पाँचओटा सत्यताहरू मुक्ति पाएको व्यक्तिले विश्वास गरेकै हुन्छ

यी पाँचओटा सत्यताहरू मुक्ति पाएको व्यक्तिले विश्वास गरेकै हुन्छ

 

पहिलो सत्यता – येशू ख्रीष्ट संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ (प्रेरित ४:१२)

 

यूहन्ना १४:६ अनुसार पिताकहाँ जाने कतिओटा बाटोहरू छन्? ______________। तसर्थ, मुक्ति पाउने उपायहरू कतिओटा छन्? ______________। मुक्तिको एउटै मात्र ढोका को हुनुहुन्छ (यूहन्ना १०:९) __________________________। स्वर्गमुनि मानिसहरूको बीचमा दिइएको एउटै मात्र नाम कुन हो जसद्वारा हामीले मुक्ति पाउन सक्छौं? (प्रेरित ४:१०-१२) __________________________।

 

दोस्रो सत्यता — येशू ख्रीष्ट हामीलाई बचाउन मर्नुभयो र बौरनुभयो (रोमी ४:२५; २ कोरिन्थी ५:१५)

रोमी ४:२५: प्रभु येशू ____________ अपराधहरूका निम्ति ______________________ (मर्नुभयो), र हाम्रा धार्मिकताका निम्ति __________________________। हामीले ख्रीष्टको मृत्युबारे अध्ययन गरिसकेका छौं (पृष्ठ १३-१७)। १ थेस्सलोनिकि ४:१४ पढ्नुहोस्। एउटा साँचो ख्रीष्टियन त्यो हो जसले विश्वास गर्दछ कि येशू ________________ र ______________ ____________________। रोमी १०:९ अनुसार मुक्ति पाउनलाई हामीले आफ्ना हृदयहरूमा के विश्वास गर्नुपर्छ? ___________________________________________________________ (१ कोरिन्थी १५:१-४ पनि हेर्नुहोस्)।

तेस्रो सत्यता — येशू ख्रीष्ट बचाउनलाई सामर्थी हुनुहुन्छ (हिब्रू ७:२५)

हिब्रू ७:२५: यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई __________ रुपले __________ गर्न उहाँ ______________ हुनुहुन्छ। मत्ती १:२१: र तिमीले उहाँको नाम __________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट __________ गर्नुहुनेछ। यसैले ‘येशू’ को अर्थ के हो? सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्:

  1. मसीह
  2. मुक्तिदाता
  3. परमेश्वरको पुत्र
  4. प्रभु

मत्ती १९:२५-२६ पढ्नुहोस्। के एउटा पापीले मुक्ति पाउन सम्भव छ? ________। १ तिमोथी १:१५-१६। पावललाई बचाउन सक्नुहुने ख्रीष्टले के अरु पापीहरूलाई पनि बचाउन सक्नुहुन्छ? ____________________।

चौथो सत्यता — येशू ख्रीष्ट बचाउन चाहनुहुन्छ (यूहन्ना ६:३७)

के मुक्ति पाउन उहाँकहाँ आउने कुनै पापीलाई ख्रीष्टले कहिल्यै इन्कार गर्नुहुन्छ (यूहन्ना ६:३७? ____________________। सबै मानिसहरूको निम्ति उहाँको चाहना के छ (१ तिमोथी २:३-४ हेर्नुहोस्)। _____________________________________________________।

पाँचौ सत्यता — येशू ख्रीष्टले ती सबैलाई बचाउनुहुनेछ जसले उहाँमाथि, केवल उहाँमाथि, आफ्नो मुक्तिदाता र प्रभु भनी भरोसा गर्दछन् (यूहन्ना ३:१६)

पाँचौ सत्यता बुझ्नलाई हामीले नयाँ नियममा पाइने मुक्तिका १५ ओटा प्रतिज्ञाहरूको अध्ययन गर्नुपर्छ। यी प्रतिज्ञाहरू कुनै र्सतमा आधारित छन्। यसको मतलब यदि पापी मानिसले एउटा काम गदर्छ भने, तब परमेश्वर अर्को काम गर्ने प्रतिज्ञा गर्नुहुन्छ। अर्थात् परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्न अघि, एउटा पापीले परमेश्वरले राख्‍नुभएको र्सत पूरा गर्नुपर्छ। पापी मानिसले आफूले गर्नुपर्ने काम गर्नेबित्तिकै, परमेश्वरले आफ्नो प्रतिज्ञा पक्कै पूरा गर्नुहुनेछ। स्मरण होस्, हामीलाई यी प्रतिज्ञाहरू दिनुहुने परमेश्वर झूट बोल्नै नसक्ने परमेश्वर हुनुहुन्छ (तीतस १:२)।

मुक्तिका यी १५ ओटा प्रतिज्ञाहरू अध्ययन गर्ने क्रममा, हामी दुइटा कुराहरूको खोजी गर्नेछौं: पहिलो, पापीको कर्तव्य के हो भनी हामी जान्न चाहन्छौं। कारागारको रक्षकले प्रेरित १६:३० मा जान्न चाहेको कुरा यही नै थियो, जब उसले यसो भन्दै चिच्यायो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ? दोस्रो, उहाँकहाँ आउने पापीको निम्ति परमेश्वरको प्रतिज्ञा के छ भनी हामी जान्न चाहन्छौं। पहिलो ३ ओटा चाहिँ तपाईंको निम्ति नमुना स्वरुप पूरा गरिएकाछन् जसबाट तपाईंले बाँकी खाली ठाउँहरू कसरी भर्नुपर्ने रहेछ सो बुझ्नुहुनेछ।

१) मत्ती ११:२८

क) पापीको कर्तव्यः ऊ ख्रीष्टकहाँ आउनुपर्दछ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः उसले विश्राम पाउनेछ

२) यूहन्ना १:१२

क) पापीको कर्तव्यः उसले ख्रीष्टलाई ग्रहण गर्नुपर्छ अर्थात् उहाँको नाममा विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः उसलाई परमेश्वरको सन्तान बन्ने अधिकार दिइनेछ

३) यूहन्ना ३:१६

क) पापीको कर्तव्यः उसले परमेश्वरको पुत्रमाथि विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ऊ नष्ट हुनेछैन तर उसले अनन्त जीवन पाउँदछ

४) यूहन्ना ३:१८

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________

५) यूहन्ना ३:३६

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________

६) यूहन्ना ५:२४

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________
__________________________________________________

७) यूहन्ना ६:३५

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः _______________________________

८) यूहन्ना ६:३७

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

९) यूहन्ना ६:४७

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१०) यूहन्ना १०:९

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

११) यूहन्ना ११:२५

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१२) प्रेरित १०:४३

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१३) प्रेरित १६:३१

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१४) रोमी १०:९

क) पापीको कर्तव्यः _______________________________________
__________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः _______________________________

१५) रोमी १०:१३

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मुक्ति कसरी पाइन्छ?

मुक्ति कसरी पाइन्छ?

 

१) व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन

रोमी ३:२० अनुसार व्यवस्था पालन गरेर कतिजना मानिसहरू परमेश्वरको सामु धर्मी ठहरिनेछन्? ____________________________। के मानिसहरू व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिनेछन् (गलाती २:१६)? ________________। यदि मानिसहरूले व्यवस्था पालनद्वारा मुक्ति पाउन सक्ने भएको भए के ख्रीष्ट क्रूसमा मर्नु आवश्यक पर्थ्यो (गलाती २:२१)? ____________________। रोमी ७:१२ मा व्यवस्था भनेको कस्तो कुरो हो भनी वर्णन गर्ने तीनओटा शब्दहरू कुन-कुन हुन्? १) ____________ २) ____________ ३) ____________। के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई पालन गर्न सक्छ (रोमी ७:७-१४ पढ्नुहोस्)? __________। के पापी मानिसले १० आज्ञाहरू पूर्ण रूपले पालन गर्न सक्छ (प्रस्थान २०:१-१७ हेर्नुहोस्)? __________। याकूब २:१० पढ्नुहोस्। परमेश्वरका सबै आज्ञामध्ये एउटा आज्ञा मात्र तोडेको व्यक्तिको विचार गर्नुहोस्। के उसले व्यवस्थालाई तोडेको ठहरिन्छ? __________। के ऊ दोषी ठहरिन्छ? ______________।

केवल एक ठाउँमा मात्र चुँडिएको सिक्रीलाई विचार गरौं।

के यो एउटा चुँडिएको सिक्री हो? ________। व्यभिचार कहिल्यै नगरेको तर हत्याचाहिँ गरेको एउटा व्यक्तिको विचार गरौं। के उसले परमेश्वरको व्यवस्थालाई तोडेको ठहरिन्छ (याकूब २:११)? ____________। व्यवस्था पालनद्वारा मुक्ति पाउन खोज्नेले के गर्नुपर्छ भन्ने कुरा गलाती ३:१० ले बताउँछ। उसले व्यवस्थाको पुस्तकमा लेखिएका __________ कुराहरूमा तिनलाई ____________ गर्नलाई लागिरहनुपर्छ। के एउटा पापीले त्यसो गर्न सक्छ? ______________। व्यवस्थालाई पूर्ण रूपले पालन गर्ने एउटै मात्र व्यक्ति को हुनुहुन्थ्यो? ____________________।

दस आज्ञालाई विचार गर्नुहोस् (प्रस्थान २०; व्यवस्था ५)

 

इमानदारीपूर्वक जवाफ दिनुहोस्:

  • के तपाईंले आफ्नो जीवनमा सधैं नै परमेश्वरलाई पहिलो स्थान दिनुभएको छ?
  • के तपाईंले कहिल्यै परमेश्वरको नाम व्यर्थमा उच्चारण गर्नुभएको छ?
  • के तपाईंले कहिल्यै अर्काको कुनै चीज चोर्नुभएको छ?
  • के तपाईंले कहिल्यै हृदयमा व्यभिचार गर्नुभएको छ (मत्ती ५:२८)?
  • के तपाईंले कहिल्यै अरुसित भएको चीजको लोभ गर्नुभएको छ?
  • के तपाईंले कहिल्यै झूट बोल्नुभएको छ? के तपाईंले कहिल्यै अदालतमा झूट बोल्नुभएको छ?
  • के तपाईंले एकैपटक मात्र भए पनि आफ्ना बाबु-आमाको आज्ञा उल्लङ्घन गर्नुभएको छ?

मानिसलाई ऊ साँच्ची नै कति पापी छ भनेर देखाउनलाई नै परमेश्वरको पवित्र व्यवस्था दिइएको हो, “किनकि ________________द्वारा __________ चिन्ने ज्ञान हुन्छ” (रोमी ३:२०)। व्यवस्थाले मानिसलाई कहिल्यै मुक्ति दिन सक्दैन, यसले केवल उसलाई मुक्तिदाताको खाँचो देखाउन सक्छ। ऐनालाई विचार गरौं। ऐनाले अनुहार फोहर छ भनेर देखाउने काम गर्छ। तर अनुहार धुनलाई ऐना प्रयोग गरिँदैन। ऐनाले हामीलाई साबुन र पानीतर्फ डोर्‍याउने काम गर्छ। त्यसरी नै परमेश्वरले व्यवस्था दिनुभयो जसले हामीलाई थुमाकहाँ डोर्‍याउँदछ जो प्रभु येशू हुनुहुन्छ जसले संसारको पापलाई उर्ठाई लानुहुन्छ। व्यवस्थाले कहिल्यै ____________ दिन सक्दैन (गलाती ३:२१), त्यसले केवल दोषी ठहर्‍याउन मात्र सक्छ। परमेश्वरको पवित्र र धर्ममय व्यवस्थाको सामु उभिने पापी मानिसले “म दोषी छु!” (रोमी ३:१९) भन्न मात्र सक्छ। तर, खुशीको कुरा, व्यवस्थाले गर्नै नसक्ने काम परमेश्वरले गर्नुभयो जब उहाँले आफ्नै _________लाई पठाउनुभयो (रोमी ८:३)! थुमाका लागि परमेश्वरलाई सदा प्रशंसा होस्!

२) असल कर्महरू गरेर मुक्ति पाइँदैन

यशैया ६४:६ मा हामी सिक्छौं, हामी सबै अशुद्ध र पापीहरू भएका हुनाले हाम्रा धार्मिकताहरू परमेश्वरको सामु ____________ ____________झैं छन्। एफेसी २:१-१० पढ्नुहोस् मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भनेर सिकाउने दुइटा पदहरू भेट्टाउनुहोस्। ती पदहरू कुन-कुन हुन्? ________________। तीतस ३:१-८ मा मानिसले असल कामहरूद्वारा मुक्ति पाउँदैन भनेर सिकाउने पद कुन हो? _________। यदि मुक्ति कामहरूबाट पाइने भएको भए, मानिसहरूले मुक्ति कमाउनलाई आफूले गरेका थुप्रै कामहरूमा घमण्ड गर्ने ठाउँ हुने थियो। तर परमेश्वरको वचनले मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भन्ने कुरा प्रस्टै सिकाउँछ, तसर्थ जुन व्यक्तिले साँच्चै मुक्ति पाएको छ, उसले ____________ गर्न पाउँदैन (हेर्नुहोस् एफेसी २:९, रोमी ३:९ र रोमी ४:१-५)। लूका १८:९-१४ मा के फरिसीले आफ्ना असल काममा घमण्ड गरेको थियो? ____________। उसको घमण्ड गराइ कुन पदमा उल्लेख छ? ________। के उक्त फरिसीले मुक्ति पाएको थियो (१३-१४ पदहरू हेर्नुहोस्)? ____________।

स्वर्गमा प्रभुकै सामु आफू उभिनुपरेको कल्पना गर्नुहोस्। तपाईंले उहाँलाई के भन्नुहुनेथ्यो होला? तलको एउटामा ठीक चिन्ह लगाउनुहोस्:

  1. ______ “प्रभु, म तपाईंप्रति विश्वासयोग्य भएकोले र मैले एउटा असल जीवन बिताउन र तपाईंको दृष्टिमा मनपर्दो कामहरू गर्न सक्दो प्रयास गरेकोले नै म यहाँ स्वर्गमा छु।”
  2. ______ “प्रभु, ख्रीष्ट येशूले मलाई प्रेम गर्नुभई मेरा पापहरूको निम्ति क्रूसमा मरिदिनुभएको कारणले मात्र म यहाँ स्वर्गमा छु। ख्रीष्टको सिद्घ बलिदानको कारण म आज यहाँ हुन पाएको छु।”

प्रभुलाई मनपर्ने असल-असल कामहरू गर्न सक्षम तुल्याउनका लागि विश्वासीभित्र काम गर्नुहुने को हुनुहुन्छ? (फिलिप्पी २:१३ र हिब्रू १३:२०-२१)? ________________। कलस्सीका विश्वासीहरूका निम्ति पावलले गरेको प्रार्थना पढ्नुहोस् (कलस्सी १:९-१०)। असल कामहरूले भरिएको जीवनद्वारा यी विश्वासीहरूले प्रभुलाई खुशी पारेको देख्‍न के पावल चाहन्थे? ______________। विश्वासीले प्रभुको सहायताबिना कतिओटा असल कामहरू गर्न सक्छ (यूहन्ना १५:५)? ____________________________ __________। मुक्ति नपाएको व्यक्तिसँग ख्रीष्ट हुनुहुन्न भन्ने कुरा हामीलाई थाह छ (१ यूहन्ना ५:१२)। मुक्ति नपाएको मानिसले प्रभुलाई मनपर्ने असल कामहरू गर्न सक्छ होला (रोमी ८:८-९)? ______________। यूहन्ना ६:२८-२९ मा प्रभु येशूले भन्नुभएअनुसार, परमेश्वरलाई खुशी पार्न मानिसले गर्नुपर्ने पहिलो “काम” के हो? ____________________________________________________ _______। वास्तवमा, बिना______________ (हिब्रू ११:६) परमेश्वरलाई खुशी पार्न ________________ छ!

निम्नलिखित दुवै भनाइहरू गलत छन् र परमेश्वरको सत्यता नबुझेकाहरूले मात्र यसरी सोच्दछन्:

१) “म पापी हुँ भनेर म बुझ्दछु अनि मुक्ति पाउन मैले रक्सी, चुरोट पिउन छाड्नुपर्छ, एउटा असल चर्चमा जानुपर्छ र बाइबल दिनहुँ पढ्नुपर्छ।”

तर प्रेरित १६:३१ अनुसार, पापीलाई परमेश्वरले के आज्ञा गर्नुभएको छ? ____________________ ________________________________________। तसर्थ, मुक्ति नपाएको मानिसले र्सवप्रथम के गरेको परमेश्वर चाहनुहुन्छ? ____________________________________________________ __ ____________________।

२) “मुक्ति पाएपछि मैले आफ्नो इच्छाअनुसार जस्तोसुकै व्यवहार गरे पनि फरक पर्दैन किनकि मुक्ति पाइने कामले होइन, विश्वासले हो क्यारे।”

तर २ तिमोथी २:१९ अनुसार आफू विश्वासी भएको दाबी गर्ने व्यक्तिलाई परमेश्वरको आज्ञा के छ? ____________________________ ______________________________। यदि कसैले मुक्ति साँच्चै पाएको छ र ख्रीष्टले उसको निम्ति क्रूसमा के गरिदिनुभयो भनेर बुझेको छ भने, के उसले प्रभुलाई मनपर्ने चालमा हिँड्ने इच्छा गर्छ होला? ______________। मुक्ति पाएको व्यक्तिले आफ्नो जीवन कसको निम्ति बिताउन चाहन्छ (आफ्नै निम्ति कि ख्रीष्टको निम्ति (२ कोरिन्थी ५:१५)? ______________________________।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

  1. ______ मुक्ति नपाएको व्यक्तिले सबैभन्दा पहिले आफ्ना सबै खराब बानी तथा पापपूर्ण व्यवहारहरूलाई त्याग्नुपर्छ।
  2. ______ असल कामद्वारा मुक्ति पाइँदैन।
  3. ______ एउटा व्यक्तिले मुक्ति पाएपछि उसको व्यवहार जस्तोसुकै भए पनि हुन्छ।
  4. ______ मुक्ति पाएका हुनाले हामीहरू हरेक असल काममा फलदायी हुनुपर्छ।
  5. ______ एउटा विश्वासीले असल कामहरू गर्न सक्छ किनकि उसभित्र काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ।

३) आफ्ना प्रयासहरूले मुक्ति पाइँदैन

मानिस पापी, दुष्ट, हराएका, मरेका र अन्धा हुन्छन् भनी हामीले अध्ययन गरिसकेका छौं। त्यसैले मानिस आफैले आफैलाई बचाउन असम्भव छ!! एफेसी २:८ मा परमेश्वरको वचनले प्रस्टै बताउँछ, मुक्ति ____________बाट होइन, तर यो परमेश्वरको ______________ हो। तीतस ३:५ पढ्नुहोस्। के मानिसले आफ्नै प्रयास र असल कामद्वारा मुक्ति पाउँछ? ______________। परमेश्वरले मानिसलाई आफ्नो __________________द्वारा बचाउनुहुन्छ, न कि हाम्रा कुनै पनि कामद्वारा। यदि हाम्रो मुक्ति हाम्रा आफ्नै मानवीय प्रयासमा भरपर्ने कुरो हुँदो हो त हामीमध्ये कसैले पनि मुक्ति पाउन सक्ने थिएनौं। मुक्ति परमप्रभुबाट हो!!

४) पानीको बप्‍तिस्मा लिएर मुक्ति पाइँदैन

निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक वाक्यांशलाई काटेर सुधार्नुहोस्:

यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन त्यसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्‍तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” १ यूहन्ना ५:१२ — “जससँग पुत्र हुनुहुन्छ र जसले बप्‍तिस्मा लिएको छ, ऊसित जीवन छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्‍तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

  1. ______ मुक्ति पाउन पानीको बप्‍तिस्मा आवश्यक छ (एफेसी २:८-९; तीतस ३:५)।
  2. ______ मुक्ति पाएपछि आज्ञापालन स्वरूप पानीको बप्‍तिस्मा लिनु आवश्यक छ (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
  3. ______ मर्कूस १६:१६ अनुसार बप्‍तिस्मा नलिने व्यक्ति दोषी ठहरिनेछ।
  4. ______ प्रेरित २:४१ र ८:३६-३७ अनुसार शुरूको मण्डलीमा बप्‍तिस्मा लिनेहरू अघिबाटै विश्वास गरिसकेका हुन्थे! अर्थात् उनीहरूले पहिला विश्वास गरे अनि पछि मात्र बप्‍तिस्मा लिए।
  5. ______ बप्‍तिस्मा मुक्ति पाउनलाई गरिने कार्य हो।
  6. ______ बप्‍तिस्मा मुक्ति पाएको व्यक्तिले गर्ने कार्य हो।
  7. ______ पानीको बप्‍तिस्माले हामीलाई सब पापबाट शुद्ध पार्दछ (एफेसी १:७; १ यूहन्ना १:७)।
  8. ______ मर्कूस १६:१६ अनुसार विश्वास नगर्ने व्यक्ति, उसले बप्‍तिस्मा लिए पनि नलिए पनि, दोषी ठहरिनेछ।
  9. ______ मत्ती १:२१ अनुसार पानीको बप्‍तिस्माले मानिसलाई उसका पापहरूबाट बचाउँदछ।
  10. ______ तीतस ३:५ अनुसार एक व्यक्ति केवल परमेश्वरको कृपाद्वारा मात्र मुक्ति पाउँदछ, हामी आफैले गरेका कुनै पनि कामद्वारा होइन।

प्रेरित १६:३१ पढ्नुहोस्। एक व्यक्तिले विश्वास गरेकै घडी मुक्ति पाउँछ कि पानीमा बप्‍तिस्मा लिएको घडीमा? ____________________________________________________ __।

यहाँसम्म हामीले अध्ययन गर्यौं — एक व्यक्तिले व्यवस्था पालन गर्ने प्रयासले वा असल कामहरूले वा आफ्नै प्रयासले वा पानीको बप्‍तिस्माले मुक्ति पाउँदैन। अब हामी यो अध्ययन गर्न तयार छौं — एक व्यक्तिले अनुग्रहले विश्वासद्वारा मुक्ति पाउँदछ।

५) विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ

एफेसी २:८ — “किनकि ______________द्वारा ______________ले तिमीहरूले __________ पाएका छौ।” अनुग्रह भन्नाले परमेश्वरले नालायक मानिसप्रति गर्नुहुने दया र निगाह हो! तीतस ३:४ अनुसार हामी भन्न सक्छौं अनुग्रहको अर्थ हो, हाम्रा ______________ परमेश्वरका ________ र ____________प्रतिको ________।” मानिसप्रति — अर्थात् परमेश्वरको क्रोध पाउनुपर्ने म अयोग्य पापीप्रति!! “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो! “

हराएका पापीहरूको निम्ति क्रूसमा ख्रीष्टले जे गरिदिनुभयो, त्यसैको आधारमा ती पापीहरूप्रति परमेश्वरले अनुग्रह र दयाको व्यवहार गर्न सक्नुहुन्छ! रोमी ३:२४ — उहाँको ____________द्वारा __________ __________मा भएको ____________को कारणले तिनीहरू सित्तैंमा ________ ठहरिन्छन्।”

विश्वास भनेको परमेश्वरलाई उहाँको वचनकै आधारमा भरोसा गर्नु र उहाँले भन्नुभएको कुरालाई साँचो मानेर व्यवहार गर्नु हो।

विश्वासले परमेश्वरले भन्नुभएको कुरालाई साँचो मान्दछ। परमेश्वरको वचनलाई विश्वास गर्न र त्यसअनुसार हिँड्न सक्नलाई पहिला हामीले परमेश्वरको वचन सुन्नुपर्छ वा पढ्नुपर्छ)। यसैले रोमी १०:१७ मा लेखिएको छ, “यसकारण ______________ __________द्वारा आउँछ, र ________चाहिँ________________को __________द्वारा। साँचो विश्वास पक्का तथ्यहरूमा आधारित हुनुपर्छ; हाम्रो विश्वास परमेश्वरको लिखित वचनमा आधारित हुनुपर्छ। अब्राहाम विश्वासमा हिँड्ने मानिस थिए (उत्पत्ति १५:६; रोमी ४:३-५; गलाती ३:६-९)। अब्राहाम विश्वासमा बलिया थिए किनभने परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो अवश्य पूरा हुनेछ भनी उनी विश्वास गर्थे। रोमी ४:१९-२१ पढ्नुहोस्। यस खण्डमा हामी सिक्छौं अब्राहाम परमेश्वरको ____________को सम्बन्धमा ________________ गरेर उनी लड्खडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी ______________मा बलियो रहे; अनि उहाँले जे ____________ गर्नुभएको छ, सो __________ गर्नलाई उहाँ (परमेश्वर) ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे।” के परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नलाई सक्षम हुनुहुन्छ? __________________। के परमेश्वर आफ्नो वचनलाई पूरा गर्न सामर्थी हुनुहुन्छ? ________________। के परमेश्वरले सधैं आफूले भन्नुभएअनुसार नै गर्नुहुन्छ? ________________। के परमेश्वरले भन्नुभएका सबै कुराहरू सधैं पूरा हुनेछन्? (उत्पत्ति १:३)? ________________। के परमेश्वरको एउटै प्रतिज्ञा पनि झूटा सावित भएको छ? ________। परमेश्वरको कुनै एक प्रतिज्ञालाई पढेपछि के हामी “हो” र “आमेन” भन्न सक्छौं (२ कोरिन्थी १:२०) ____________। तीतस १:२ अनुसार परमेश्वरले के गर्न सक्नुहुन्न? ____________________। हिब्रू ६:१८ अनुसार परमेश्वरले के गर्नु असम्भव छ? ____________________। त्यसैले, परमेश्वरले भन्नुभएको कुरा साँचो नै हुन्छ र त्यसलाई हामीले विश्वास गर्नुपर्छ, त्यसमा भरोसा राख्‍नुपर्छ, त्यसमा आज्ञाकारी हुनुपर्छ र त्यसैअनुसार हिँड्नुपर्छ! जब हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, तब हामी कुनचाहिँ ठूलो पापको दोषी हुन्छौं (१ यूहन्ना ५:१०)? ____________________________________________________ । विश्वास भनेको परमेश्वरले भन्नुभएको कुरालाई उचित, सठीक र सही हिसाबले ग्रहण गर्नु हो! विश्वासमा हिँड्ने मानिसले परमेश्वरको वचनलाई ठीकसँग लिन्छ र त्यसप्रति ठीक प्रतिकृया देखाउँछ! यदि परमेश्वरले कुनै आज्ञा दिनुभएको छ भने उसले विश्वासैद्वारा ______________ गरी (हिब्रू ११:८) आफ्नो विश्वास प्रकट गर्छ। यदि परमेश्वरले कुनै प्रतिज्ञा दिनुभएको छ भने, विश्वासमा हिँड्ने मानिसले त्यसलाई विश्वास गर्छ, ऊ त्यसमा निश्चित हुन्छ, त्यसलाई देख्छ, त्यसको प्रतिक्षा गर्छ, त्यसलाई पर्खन्छ, त्यसैमा भरपर्छ, त्यसलाई बलियो गरी समातिराख्छ र त्यसलाई अँगाल्छ (हिब्रू ११:११,१३ हेर्नुहोस्)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

सुसमाचारका चार आधारभूत तथ्यहरू

सुसमाचारका चार आधारभूत तथ्यहरू

 

ख्रीष्ट मर्नु किन आवश्यक थियो?

मत्ती १६:२१ मा प्रभु येशूले भन्नुभयो, उहाँलाई यरुशलेम जानु आ________________ छ। उहाँले अनेकौं __________ ____________, ____________ र तेस्रो दिनमा ____________________ आवश्यक छ भनी उहाँ जान्नुहुन्थ्यो। के येशूले आफ्नो मृत्यु आवश्यक छ भनेर सोच्नुभएको थियो? ____________________। पद २२ पढ्नुहोस्। त्यसबेला पत्रुसले येशू मर्न आवश्यक छ भनी विश्वास गरे? __________________। ख्रीष्टको कुरा काट्न पत्रुसलाई कसले उक्सायो (पद २३)? ________________।

यूहन्ना १०:११-१८ अध्ययन गरौं। पद ११ अनुसार येशूले आफ्नो प्राण स्वेच्छापूर्वक अर्पण गर्नुभएको थियो कि उहाँको प्राणलाई अरुहरूले उहाँबाट खोसेका थिए? _________________________________________________________। पद १५ मा येशूले भन्नुभयो, “म भेडाहरूका निम्ति आफ्नो प्राण ____________ ________।” परमेश्वरको पुत्रको प्राणलाई कसले खोसेर लैजान सक्यो? ____________________________________। कसले आफ्नो प्राण स्वेच्छापूर्वक क्रूसमा दिनुभयो? ________________________। लूका ४:२८-३० पढ्नुहोस्। क्रोधित भीडले येशूलाई मार्न खोज्दा त्यहाँ के भएको थियो (पद ३०)? ___________________________________________________। क्रूसमा उहाँको मर्ने समय आउन अघि नै के प्रभुका शत्रुहरूले उहाँलाई मार्न सक्थे? ______________। मत्ती २६:४७-५४। हामी पद ५३ मा सिक्छौं, येशूले त्यस घडी एउटा प्रार्थना गर्न सक्नुहुन्थ्यो अनि पिताले उहाँलाई ___________________________________________ दिनुहुनेथ्यो। ती स्वर्गदूतहरूले येशूलाई उहाँका शत्रुहरूबाट सजिलै बचाउन सक्थे। (टिप्पणी: एउटा रोमी पल्टनमा ३००० देखि ६००० जवानसम्म हुन्थे)। के येशूले यस्तो प्रार्थना गर्नुभयो? ____________________। युहन्ना १८:२-६ पढ्नुहोस्। जब येशूले “म उही हुँ” भन्नुभयो, तब अफिसरहरूको जत्थालाई के भयो? ____________________________________________ __________________________________________। उसो भए उक्त परिस्थितिको नियन्त्रण वास्तवमा कसको हातमा थियो: अफिसरहरूको हातमा कि परमेश्वरको पुत्रको हातमा? ________________________________________।

यूहन्ना ३:१४ पढ्नुहोस्। के मानिसका पुत्र क्रूसमा उचालिनु आवश्यक थियो? __________। मानिसका पुत्र क्रूसमा (सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्):

(क) उचालिनु राम्रो हुन्थ्यो(ग) उचालिन सक्नुहुन्थ्यो
(ख) उचालिनैपर्थ्यो(घ) उचालिन सम्भव थियो

हामीले देख्यौं कि येशू क्रूसमा मर्नु अपरिहार्य थियो। हामीले अब यो जान्न आवश्यक छ: उहाँ मर्नै पर्ने कारण के थियो त? प्रभु येशू मर्न किन आवश्यक थियो भनी बुझ्न हामीले सुसमाचारका चारओटा आधारभूत तथ्यहरूलाई अध्ययन गर्नेछौं।

सुसमाचारका चार आधारभूत तथ्यहरू

तथ्य १ — परमेश्वरका सामु सबै मानिस दोषी छन्।

रोमी ३:१९ “कि __________ मुख चुप रहोस् र __________ संसार ______________________को सामु __________ ठहरियोस्।” हामीले अघि नै अध्ययन गरिसकेका छौं कि सबै मानिस पापी र दुष्ट छन् (पाठ २-३ हेर्नुहोस्)। हामी धर्मी न्यायधीश अर्थात् परमेश्वरका सामु कस्तो फैसला पाउन योग्यका छौं? “दोषी” कि “निर्दोष”? ________________।

तथ्य २ — हाम्रो दोषको कारण त्यहाँ एउटा दण्ड छ।

हामी दोषी मात्र छैनौ, हाम्रो निम्ति त्यहाँ एउटा दण्ड पनि छ! इजकिएल १८:४ मा हामी सिक्छौं कि जसले पाप गर्छ त्यो ______________। त्यसैले हाम्रो पापको कारण हामीले पाउनुपर्ने दण्ड के हो? निम्नमध्ये एउटामा गोलो चिन्ह लगाउनुहोस्:

(क) रु ५०,००० जरीवाना(ग) कारागारमा ५ हप्‍ता
(ख) कारागारमा १० वर्ष(घ) मृत्यु दण्ड

मेरो पापले गर्दा मैले __________ दण्ड पाउनु पर्छ। उत्पत्ति २:१७ मा हामीले देख्यौं आदमको पापको दण्ड पनि __________ दण्ड नै थियो। पापको ज्याला के हो (रोमी ६:२३)? __________। यदि तपाईंले दिनको रु १०० को दरमा एक हप्‍तासम्म काम गर्नुभयो भने, एक हप्‍तामा तपाईंले पाउनु पर्ने रकम कति हो? ______________। तपाईंको मालिक इमानदार छ भने, तपाईंको एक हप्‍ताको ज्याला कति हुनेछ? ______________। परमेश्वर पूर्ण रूपले निष्पक्ष र न्यायोचित हुनुहुन्छ। हाम्रो ____________ले गर्दा हामी मृत्यु दण्डको योग्य छौं। हामीले आफ्नो निम्ति __________ दण्ड कमाएका छौं। हरेक दिन हामी पापमा हिँड्डुल गर्ने क्रममा हामीले कस्ता-कस्ता कामहरू गरेका छौं सो कुरा धर्मी न्यायकर्ता परमेश्वरले जान्नुभएको छ अनि परमेश्वरको वचनले हामीलाई बताउँछ कि __________को ज्याला __________ हो।

यो मृत्यु दण्ड वास्तवमा के हो?

हामीले याद गर्नुपर्छ यो मृत्यु (रोमी ६:२३) शारीरिक मृत्यु भन्दा बढी हो, यद्यपि शारीरिक मृत्यु पनि पापको परिणामहरूमध्ये एउटा हो (उत्पत्ति ३:१९)। पापको दण्डस्वरूप दिइने मृत्यु दण्डमा खास गरी दुइटा कुराहरू समावेश हुन्छन्: १) परमेश्वरबाट अलग हुनु २) परमेश्वरबाट दण्ड भोग्नु। दुष्टहरूले परमेश्वरबाट पाउनुपर्ने दण्डको बारेमा निम्न पदहरूले बताउँछन्। परमेश्वरबाट अलग हुनुपर्ने र परमेश्वरबाट दण्ड भोग्नुपर्ने, यी दुई तथ्यहरूलाई जनाउने वाक्यखण्डहरूलाई यी पदहरूबाट छुट्टयाएर खालि ठाउँमा लेख्‍नुहोस्।

२ थेस्सलोनिकी १:९

अलग हुनु ________________________________________
दण्ड भोग्नु ________________________________________

मत्ती २५:४१

अलग हुनु ________________________________________
दण्ड भोग्नु ________________________________________

मत्ती २५:४६

अलग हुनु ________________________________________
दण्ड भोग्नु ________________________________________

प्रकाश २०:१५

अलग हुनु ________________________________________
दण्ड भोग्नु ________________________________________

मत्ती ७:२३

अलग हुनु ________________________________________
दण्ड भोग्नु ________________________________________

नरक कसको निम्ति तयार पारिएको थियो? _______________________________ __________________। दुष्टले कस्तो खालको दण्ड भोग्नेछ (मत्ती २५:४६)? ____________। प्रकाश २०:१४ मा हामी सिक्छौं परमेश्वरबाट अनन्तको लागि अलग हुने कार्यलाई __________ मृत्युको संज्ञा दिइएको छ। प्रकाश २०:१५ अनुसार जीवनको पुस्तकमा नाम लेखिएको नपाइएकाहरूलाई के हुनेछ? ____________________________________________________________________। प्रकाश २१:८ मा आगोको झीललाई __________ __________को संज्ञा दिइएको छ।

तथ्य ३ — उक्त दण्ड लागु गरिनै पर्छ

धर्मी न्यायकर्ता परमेश्वरले यस्तो भन्न सक्नुहुन्न, “तिमीले मृत्यु दण्ड भोग्नु पर्ने त हो, तर म एक कृपालु परमेश्वर भएको हुनाले म यसलाई बिर्सिदिनेछु र तिमीलाई बाँच्न दिनेछु!” यदि परमेश्वरले त्यस्तो गर्नुहुन्छ भने, एकातिर उहाँ कृपालु त ठहरिनुहोला, तर अर्कोतिर उहाँ न्यायी, पवित्र र धर्मी ठहरिनुहुन्न! कुनै मानव न्यायधीशले एक अपराधीलाई यसरी भनेको कल्पना गर्नुहोस् त, “मलाई थाह छ तिमीले त्यो बैङ्क लुटेका हौ र काउन्टरको खजाञ्चीको हत्या गरेका हौ, तर म अति दयालु भएको हुनाले म यो घटना नभएझैं सब बिर्सिदिनेछु र तिमीलाई त्यत्तिकै छाडिदिनेछु।” के त्यस्तो न्यायधीशले साँचो न्याय गरिरहेको ठहरिन्छ? ________________। के दोषी व्यक्तिहरू दण्डका योग्य हुन्छन्? ________________। रोमी ३:१९ र ३:२३ अनुसार, के तपाईं एक दोषी व्यक्ति हुनुहुन्छ? ________। के तपाईंले दण्ड पाउनु पर्ने हो? ______। तपाईंले पाउनु पर्ने दण्ड के हो? ________________________________। व्यवस्था २५:१-२ पढ्नुहोस्। यदि कुनै व्यक्ति निर्दोष छ भने न्यायकर्ताले उसलाई धर्मी ठहराउनुपर्छ (ऊ निर्दोष भएको घोषणा गर्नुपर्छ)। यदि ऊ निर्दोष छ भने न्यायकर्ताले भन्नुपर्छ, “तिमी दोषी छैनौ!” यदि ऊ दोषी छ भने उसलाई दोषी ठहर्‍याइनु पर्छ। व्यवस्था २५:२ पढ्नुहोस्। यदि त्यो दोषी मानिस कोर्रा खान योग्य छ भने, के न्यायकर्ताले उसलाई दण्डबिना जान दिनुहुन्छ? ______________।

स्मरण रहोस्, परमेश्वर सिद्ध न्यायकर्ता हुनुहुन्छ। के परमेश्वर कहिल्यै अन्याय गर्नुहुन्छ? ______________। के परमेश्वर कहिल्यै गलती गर्नुहुन्छ? ______________। के परमेश्वरले सबै कुरा देख्‍नुहुन्छ र बुझ्नुहुन्छ? ________________। के परमेश्वरलाई सबै तथ्यहरू थाह छ? ______। के परमेश्वर कहिल्यै बेठीक गर्नुहुन्छ? ____________। के परमेश्वर कहिल्यै अधर्म गर्नुहुन्छ? ____________। परमेश्वरले देख्‍न नसक्ने कुनै अपराध छ? ________। परमेश्वरको नजरबाट कुनै कुरा लुकेको हुन्छ (हिब्रू ४:१३)? __________। परमेश्वरको फैसला कहिल्यै गलत हुन्छ? ____________। तसर्थ सिद्ध न्यायकर्ता परमेश्वरले तपाईंलाई हेर्दा, कस्तो फैसला गर्नु्हुन्छ होला (पहिलो चित्रमा हेर्नुहोस्)? __________________________________। यस फैसलाको आधारमा तपाईंको दण्ड के हुनु पर्ने हो (दोश्रो चित्रमा हेर्नुहोस्)? ______________________________________।

तथ्य ४ — ख्रीष्टले हाम्रो सट्टामा दण्ड भोग्नुभयो!

हामी ______ दण्डको योग्य छौं र यो दण्ड पूरा __________! हामी सबै दोषी ठहरिएका पापीहरू हौं जसको उचित सजायचाहिँ अनन्त मृत्यु हो जसको कार्यान्वयन आगोको झीलमा हुन्छ जसलाई ______ ______ भनिन्छ (प्रकाश २०:१४ र २१:८)। तर परमेश्वरले आफ्नो प्रिय पुत्रलाई संसारमा पठाउनुभयो (यूहन्ना ३:१७ पढ्नुहोस्), संसारलाई ______ ठहराउनका निम्ति होइन तर संसारले उहाँद्वारा ______ पाओस् भनेर। प्रभु येशू मेरो निम्ति मृत्यु दण्ड भोग्न आउनुभयो! उहाँले मेरो दण्ड-स्थान लिनुभयो र उहाँ मेरो लागि मर्नुभयो!

१ कोरिन्थी १५:३ अनुसार प्रभु येशूले तपाईंको निम्ति के गरिदिनुभयो? ____________________________ ________________________________। मैले पाउनु पर्ने मृत्यु दण्ड येशूले भोगिदिनुभयो! रोमी ५:६ अनुसार ख्रीष्ट कस्तो खालका मानिसहरूका लागि मर्नुभयो? ________________________________। रोमी ५:८ बाट हामी सिक्छौं कि हामी __________ हुँदा-हुँदै ख्रीष्ट __________ निम्ति ____________________। गलाती १:४ अनुसार ख्रीष्टले कसका पापहरूका निम्ति आफैलाई दिइहाल्नुभयो? ____________। तसर्थ हाम्रा पापहरूको दण्ड कसले भोग्नुभयो? __________________। हाम्रो पापहरूको दण्ड भोग्न को योग्य थियो? ____________। कसले त्यो दण्ड भोगिदिनुभयो यद्यपि उहाँ आफैं उक्त दण्डको योग्य हुनुहुन्नथ्यो? ______________________। ख्रीष्टले कसका पापहरू आफ्नो शरीरमा क्रूसमाथि बोक्नुभयो? ______________। पापहरूका निम्ति ख्रीष्टले कतिपल्ट दुःख भोग्नुभयो? (१ पत्रुस ३:१८)? ______________। त्यसैले ख्रीष्टलाई फेरि क्रूसमा मर्नु आवश्यक छ? __________। यस पदमा बताइएको धर्मी व्यक्ति को हुनुहुन्छ? __________________। अधर्मीहरूचाहिँ को हुन्? ______________। ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो, हामीलाई ____________________कहाँ __________________लाई। २ कोरिन्थी ५:२१ पढ्नुहोस्। कसले पापै जान्नुहुन्नथ्यो? ______________________। को हाम्रा निम्ति पाप तुल्याइनुभयो? ____________________। उहाँ के कारणले पाप तुल्याइनुभयो? ___________________ ___________________________________________________।

यशैया ५३ पढ्नुहोस् र ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभएको कुरा बताउने पदहरूलाई गोलो चिन्ह लगाउनुहोस्:

१ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२

तलका भनाइहरू ठीक या बेठीक हुन सक्छन्। ठीक भनाइको अगाडि “ठी” र बेठीक भनाइको अगाडि “बे” लेख्‍नुहोस्:

  1. ______ ख्रीष्टका शत्रुहरूले उहाँलाई कुनै पनि बेला मार्न सक्थे।
  2. ______ येशूले स्वेच्छापूर्वक आफ्नो प्राण क्रूसमा अर्पण गर्नुभयो।
  3. ______ हाम्रो मुक्ति सम्भव तुल्याउन ख्रीष्ट मर्नु अपरिहार्य (आवश्यक) थियो।
  4. ______ पत्रुसले ख्रीष्ट मारिनुभएको देख्‍न चाहेनन्।
  5. ______ सारा संसारका धर्मी न्यायकर्ताले तपाईंलाई जाँच्नु भएपछि यस्तो फैसला गर्नुहुनेछ: “यो व्यक्ति निर्दोष छ!”
  6. ______ परमेश्वरका सामु सबै दोषी छन्, तर परमेश्वर प्रेमिलो र दयालु हुनुभएकाले, हाम्रो दोषको खातिर त्यहाँ कुनै दण्ड हुनेछैन।
  7. ______ पापको ज्यालास्वरूप हामी सित्तैंमा स्वर्ग जान पाउनेछौं।
  8. ______ मृत्यु दण्ड भनेको हामी केवल शारीरिक रूपमा मात्र मर्नेछौं।
  9. ______ एक पवित्र परमेश्वरले पापको इन्साफ गर्नुपर्छ र पापको खातिर दण्ड दिनुपर्छ।
  10. ______ सबैले आगोको झीलमा अनन्तकाल बिताउनेछन्।
  11. ______ कसैले पनि आगोको झीलमा अनन्तकाल बिताउनेछैन।
  12. ______ आगोको झीललाई दोस्रो मृत्यु भनिन्छ जहाँ पुग्नेहरूले पवित्र परमेश्वरको उपस्थितिबाट अलग भई अनन्त दण्ड भोग्नुपर्ने हुन्छ।
  13. ______ एक निष्पक्ष र धर्मी न्यायधीश त्यो हो जसले अपराधीलाई दण्ड दिँदैन।
  14. ______ परमेश्वरले संसारलाई दोषी ठहराउन नै आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो।
  15. ______ येशू मेरो स्थानमा मरिदिनुभयो भन्नु उहाँ मेरो लागि मर्नुभयो भन्नु हो।
  16. ______ येशू जो धर्मी हुनुहुन्थ्यो, म अधर्मीको निम्ति मर्नुभयो।
  17. ______ म बचाइयोस् भन्ने हेतुले येशू मर्नुभयो!
  18. ______ परमेश्वरले हाम्रा पापहरूलाई बिर्सिदिएर नै हामीप्रति आफ्नो महान् प्रेम प्रकट गर्नुभयो।
  19. ______ परमेश्वरले हाम्रा पापहरूका निम्ति मर्न आफ्नो पुत्रलाई पठाएर नै हामीप्रति आफ्नो महान् प्रेम प्रकट गर्नुभयो।
  20. ______ मेरा पापहरूका निम्ति प्रभु येशू ख्रीष्टले मृत्यु दण्ड भोगिदिनुभयो भनी म आफ्नो सारा हृदयले विश्वास गर्दछु। उहाँले मेरा निम्ति क्रूसमा जे गरिदिनुभयो त्यसका निम्ति म सदा-सर्वदा धन्यवादी हुनेछु।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३

किन सबैलाई मुक्तिको खाँचो छ? – भाग ३​

 

 (५) सबैलाई मुक्तिको खाँचो छ किनकि सबै मानिसहरू अन्धा छन्

१) विश्वास नगर्ने व्यक्ति शैतानद्वारा अन्धा पारिएको हुन्छ (२ कोरिन्थी ४:४)

२ कोरिन्थी ४:४ मा शैतानलाई कुन नामले जनाइएको छ? ____________को ______________। (टिप्पणीः “संसार” शब्दलाई “युग” भनेर अनुवाद गर्न सकिन्छ )। २ कोरिन्थी ४:४ ले सिकाउँछ, तिनीहरूमा सुसमाचारको ज्योति चम्कन नपाओस् भन्ने हेतुले शैतानले मानिसहरूलाई अन्धा बनाउँछ। यी मानिसहरू विश्वास गर्नेहरू हुन् कि नगर्नेहरू? ____________________। २ कोरिन्थी ४:३ मा यही खाले मानिसहरूको बयान गर्ने एउटा वाक्यांश छ। त्यो वाक्यांश कुन हो? “__________ हुनेहरू”। यी पदहरूअनुसार, मानिसहरूले सुसमाचार बुझेको र विश्वास गरेको शैतानले चाहन्छ कि चाहँदैन? __________________ (टिप्पणीः सुसमाचारको माने प्रभु येशू ख्रीष्ट सम्बन्धीको शुभ-सन्देश हो, १ कोरिन्थी १५:१-५)। लूका ८:४-५ र ८:११-१२ पढ्नुहोस्। लूका ८:१२ अनुसार शैतानले कुन कुरा रुचाउँदैन? निम्नमध्ये दुइटालाई गोलो चिन्ह लगाउनुहोस्:

(क) मान्छे धर्ममा लागेको (घ) परमेश्वरको वचनमा विश्वास गरेको
(ख) मण्डलीको सभामा गएको (ङ) मुक्ति पाएको
(ग) गरिबलाई पैसा दिएको (च) उसलाई मान्छेले हप्काएको

२) परमेश्वरको सत्यतालाई बुझ्न नसक्ने भएकोले एउटा विश्वास नगर्ने व्यक्ति अन्धा हुन्छ (१ कोरिन्थी २:१४)।

येशूले यूहन्ना १४:२६ मा उल्लेख गर्नुभएको सिद्घ शिक्षकले हुनुहुन्छ? ________________________। यूहन्ना १५:२६ मा उक्त शिक्षकका दुइटा नामहरू उल्लेख छन्। ती नामहरू के-के हुन्?

(१) ______________________ (२) ______________________

(शब्दार्थ: “शान्तिदाता” भनेर अनुवाद गरिएको ग्रीक शब्द “पाराक्लेटस्‌” को माने “सहायक” हो। पवित्र आत्मा नै हुनुहुन्छ जसले विश्वासीलाई सान्त्वना, सहायता, उत्साह दिनुहुन्छ र सिकाउनुहुन्छ।)

येशूले यूहन्ना १६:१३ मा यस शिक्षकले उनीहरूलाई कुन कुरामा डोर्‍याउनुहुनेछ भनी चेलाहरूलाई प्रतिज्ञा गर्नुभयो? __________ ________________भित्र।

१ कोरिन्थी ६:१९ अनुसार हरेक विश्वासीभित्र ____________ __________ बास गर्नुहुन्छ। रोमी ८:९ पढ्नुहोस्। यदि एउटा व्यक्तिभित्र पवित्र आत्मा बास गर्नुहुन्न भने ऊ ख्रीष्टको हो कि होइन? ____________। रोमी ८:११ अनुसार हरेक साँचो विश्वासीभित्र को बास गर्नुहुन्छ? ____________________________। रोमी ८:१५-१६ अनुसार मुक्ति पाएकै घडी हामीले के पायौं? __________________________________। त्यसैले कतिजना ख्रीष्टियनहरूभित्र यस सिद्घ शिक्षक अर्थात् सत्यको आत्मा बास गरिरहनुभएको छ? ______________।

१ कोरिन्थी २:९-१६

पद ९ – विश्वासीहरूका निम्ति परमेश्वरले तयार पार्नुभएका कुराहरूको बारेमा हामीले कसरी जान्न सक्छौं? के हामीले ती कुराहरूको बारेमा हाम्रा आँखाहरूद्वारा जान्न सक्छौं? ________________। हाम्रा कानहरूद्वारा? ______________। हाम्रो विचार-शक्तिद्वारा? ______________।

पद १० – हामीले परमेश्वरको सत्यता सिक्न सक्ने एउटै उपाय के हो? ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्:

(क) चार वर्ष कलेज (विशेषतः बाइबल कलेज ) गएर
(ख) धर्म र बाइबल सम्बन्धी पुस्तकहरू पढेर
(ग) परमेश्वरले आफ्नो सत्यता हामीलाई प्रकट गरिदिनुभएर
(घ) सुन्दर सूर्‍योदय हेरेर
(ङ) लामो समयसम्म सोच-विचार वा ध्यान गरेर

१ कोरिन्थी २:१० बाट हामी सिक्छौं, उहाँको सत्यता परमेश्वरले हामीलाई __________________ ____________द्वारा प्रकट गर्नुहुन्छ। के त्यहाँ परमेश्वरको बारेमा वा परमेश्वरको सत्यताको बारेमा केही कुरा छ जुनचाहिँ पवित्र आत्माले बुझ्नुहुन्न? ________। स्मरण होस्, पवित्र आत्मा परमेश्वर हुनुहुन्छ (प्रेरित ५:३-४ हेर्नुहोस् )। १ कोरिन्थी २:१० अनुसार परमेश्वरका गहिराइका कुराहरू र गहिरा सत्यताहरू साँच्चै बुझ्ने को हुनुहुन्छ? ____________________।

पद ११ के कुनै मानिसले परमेश्वरको सहायताबिना परमेश्वरका कुराहरू जान्न र बुझ्न सक्छ? ________________। यस पदअनुसार यी कुराहरू कसले जान्दछन्? ____________ ______________। यशैया ५५:८-९ पढ्नुहोस्। के परमेश्वरका विचारहरू तपाईंका विचारहरूभन्दा ज्यादै उच्च र महान् छन्? __________। रोमी ११:३३-३४ पढ्नुहोस्। के प्रभुलाई कुनै शिक्षकको खाँचो छ? ________। के त्यहाँ कुनै कुरा छ जो प्रभु जान्नुहुन्न? __________। के त्यहाँ कुनै कुरा छ जो तपाईं जान्नुहुन्न? ________। के तपाईंलाई शिक्षक चाहिन्छ? ________________। यो शिक्षक को हुनुपर्छ? ____________________________। निम्नमध्ये सही भनाइहरूलाई गोलो चिन्ह लगाउनुहोस्:

(क) म परमेश्वरको सत्यता प्रभुको सहायताबिनै सिक्न सक्छु।

(ख) उहाँ आफैले प्रकट नगरिदिनुभएसम्म र नसिकाउनुभएसम्म मैले परमेश्वरको वचनको बारेमा र उहाँको सत्यताको बारेमा कुनै पनि कुरा सिक्नु असम्भव छ।

(ग) बाइबलको सही अर्थ के हो भनेर प्रभुले मलाई नदेखाउनुभएसम्म र नसिकाउनुभएसम्म म कहिल्यै यसको सही अर्थ जान्न सक्नेछैन।

(घ) म आफै पनि बाइबल बुझ्न सक्छु, तर प्रभुको सहायताले सायद म अझ धेरै सिक्नेछु।

पद १२ – मुक्ति पाएकै घडी हरेक विश्वासीले के पाउँछ? __________________________। यस पदले हामीलाई सिकाउँछ, उहाँले हामीलाई सित्तैंमा ____________________ कुराहरूलाई हामीले जा__________ परमेश्वर चाहनुहुन्छ, यसैकारण उहाँले हामीलाई पवित्र ______________ हाम्रो शिक्षक हुनलाई दिनुभएको छ । तपाईंले उहाँको सत्यता बुझ्नुभएको के परमेश्वर चाहनुहुन्छ? ____________________। १ कोरिन्थी १४:२० पढ्नुहोस्। उहाँको सत्यता बुझ्ने सवालमा परमेश्वर के चाहनुहुन्छ — हामी बालकै रहेको कि पूरा बढेको मानिस बनेको? ________________________________।

पद १३ – हामी परमेश्वरको सत्यता हाम्रो आफ्नै बुद्धिले सिक्छौं कि पवित्र आत्माद्वारा सिकाइएर सिक्छौं? ___________________________ _____________________________।

पद १४ – “शारीरिक मानिस” मुक्ति नपाएको मानिस हो। यस पदले हामीलाई सिकाउँछ, परमेश्वरको सत्यताबारे मुक्ति नपाएको प्रत्येक पुरुष, महिला, केटा र केटी अन्धा हुन्छ। के शारीरिक मानिसले परमेश्वरको वचनको सत्यताहरू ग्रहण गर्न सक्छ? ____________। के उसले तिनीहरूलाई जान्न र बुझ्न सक्छ? ____________। मुक्ति नपाएको मानिसलाई परमेश्वरको सत्यता कस्तो लाग्छ भनेर दर्शाउने शब्द कुन हो? ____________। यसकारण तपाईंले मुक्ति नपाएको कुनै मानिसलाई बाइबलबाट केही कुरा बताउनुहुँदा, उसले तपाईंको खिल्ली उडाउँछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? __________। यदि उसले परमेश्वरको वचन बुझ्न सकेन भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ________।

१ कोरिन्थी २:१४ मा “शारीरिक” भनेर अनुवाद गरिएको शब्दलाई यहूदा १९ मा “विलासी” भनेर अनुवाद गरिएको छ। यसरी यहूदा १९ बाट हामी सिक्छौं कि शारीरिक (विलासी ) मानिस त्यो हो जससँग ____________ हुँदैन। हामीले यसभन्दा अघि सिकिसकेको आधारमा, ती एकमात्र व्यक्ति को हुन् जसले हामीलाई परमेश्वरको सत्यता सिकाउन र प्रकट गराउन सक्नुहुन्छ? ____________ ____________। यदि कसैसँग यस शिक्षक हुनुहुन्न भने, के उसले सत्यता सिक्न सक्छ? ______________। शारीरिक मानिस (मुक्ति नपाएको मानिस) सँग के यस शिक्षक हुनुहुन्छ? __________________। १ कोरिन्थी १:१८ पढ्नुहोस्। येशूले हाम्रो निम्ति क्रूसमा गर्नुभएको कार्य एउटा शारीरिक मानिसले बुझ्दछ? ________________। मुक्ति नपाएको व्यक्तिले क्रूसप्रति कस्तो धारणा राख्दछ? उसको धारणालाई ठीकसँग बयान गर्ने शब्द कुन हो? ____________। क्रूसमा मर्नुभएको मुक्तिदातामाथि विश्वास गर्नु नै मुक्ति पाउने एउटै उपाय हो भनेर तपाईंले कसैलाई बताउनुहुँदा, यदि उसले तपाईंलाई मूर्ख ठान्दछ भने के तपाईंले यसमा अचम्म मान्नुपर्छ? ______________। १ कोरिन्थी १:१८ अनुसार कस्तो व्यक्तिले क्रूसको अर्थलाई साँच्चै बुझेको हुन्छ? __________ ________________। केवल परमेश्वरले मात्र अन्धाका आँखा खोलिदिन सक्नुहुन्छ। शारीरिक मानिस आत्मिक अन्धा हो र उसले सत्य बुझ्न सक्दैन। केवल परमेश्वरले मात्र एउटा शारीरिक मानिसको आँखा खोलिदिन सक्नुहुन्छ, नयाँ जन्मको आश्चर्यकर्मद्वारा (यूहन्ना ३:३-५)। नयाँ जन्म पाएकै घडी एउटा मानिसले पवित्र आत्मा पाउँदछ, र एउटा नयाँ जन्मेको बालकले झैं, उसले परमेश्वरको वचनको विशुद्घ दूधको तिर्सना गर्दछ जसद्वारा उसले सिक्न सक्छ, जसद्वारा ऊ बढ्न सक्छ (१ पत्रुस २:२)। त्यहाँदेखि पवित्र आत्मा उसको शिक्षक हुनुहुनेछ!

पद १५ – आत्मिक मानिस त्यो हो जोसँग पवित्र आत्मा हुनुहुन्छ। ऊ एउटा विश्वासी हो जसले पवित्र आत्मालाई आफ्नो शिक्षक हुन दिएको छ। आत्मिक मानिसले परमेश्वरको वचनलाई प्रेम गर्दछ (भजनसंग्रह ११९:९७), र निरन्तर उसको प्रार्थना यो हुन्छः “मेरा ____________ खोलिदिनुहोस्, र म तपाईंका __________________बाट _________________ _____________ देख्‍न सकूँ” (भजनसंग्रह ११९:१८)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)