साँचो विश्वासी र नामधारी विश्वासी

Doctrine

साँचो विश्वासी र नामधारी विश्वासी

संसारमा परमेश्वरको निम्ति अलग्याइएको मानव समूहको प्रारम्भ भएदेखि नै तिनीहरूले आफ्नो बीचमा रहेका त्यस्ताहरूको कारणले निकै दुःख पाउँदै आएका छन् जोहरूले आफूहरू परमेश्वरकै भएका दाबी गरे तापनि बास्तवमा उनीहरू कहिल्यै त्यसो थिएनन्। यो क्रम तबसम्म जारी रहनेछ जबसम्म त्यो दिन आइपुग्दैन जब “मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछन्, अनि तिनीहरूले उनको राज्यबाट सबै ठेस खुवाउने कुराहरू र अधर्म गर्नेहरूलाई बटुल्नेछन्…त्यस बेला धर्मीहरू चाहिँ आफ्ना पिताको राज्यमा सूर्यजस्तै चम्किनेछन्। जसका सुन्नालाई कानहरू छन्, त्यसले सुनोस्” (मत्ती १३:४१-४३)।

पवित्र शास्त्रले सामा र गहूँको यस मिश्रणको बारेमा स्पष्टै बताएको छ — केवल मुखले स्वीकार गर्नेहरू साँचो विश्वासीहरूको बीचमा हुन्छन् भन्ने बारेमा। तैपनि ठीक शिक्षा नपाएकाहरूले कतिपटक स्वभ्रमितहरू (self-deceived) र कपटीहरूप्रति लक्षित चेताउनी र अर्तीहरूलाई परमेश्वरका सन्तानहरूमाथि लाद्‍न खोज्छन्।

यस्तो समिश्रणको वास्तविकतालाई पवित्र शास्त्रहरूमा प्रशस्तै उल्लेख गरिएको पाइन्छ। हेर्नुहोस्: उत्पत्ति ४:३-५; प्रस्थान १२:३८; गन्ती ११:४-६; नेहम्याह ७:६३-६५; नेहम्याह १३:१-३; मत्ती १३:२४-३०,३७-४३; २ कोरिन्थी ११:१३-१५; गलाती २:४; २ पत्रुस २:१,२।

औपचारिकहरू, कपटीहरू र भ्रमित व्यवस्थावादीहरूको जमातदेखि साँचो विश्वासीहरूलाई अलग्गै चिनाउने सम्पूर्ण बाइबलीय खण्डहरूलाई यस संक्षिप्‍त अध्ययनमा उतार्न असम्भव छ जोहरूले आफ्नो मुक्तिको निम्ति काम गरिरहेका हुन्छन् जब कि मुक्ति पाएकाहरूले भने पाइसकेको मुक्तिको काम पुरा गरिरहेका हुन्छन्। फिलिप्पी २:१२,१३ र एफेसी २:८,९ मा हेर्नुहोस्।

तर ती दुईबीचका भिन्नताहरू निम्न खण्डहरूले पर्याप्‍त रूपमा देखाइदिनेछन्। तुलना गर्नुहोस्:
 

साँचो विश्वासीहरू

नामधारीहरू

तब उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ” (लूका ७:५०)।

तब शिमोन आफैले पनि विश्वास गर्‍यो; अनि बप्‍तिस्मा लिएपछि त्यो निरन्तर फिलिपको साथमा रह्यो… तर पत्रुसले त्यसलाई भने: “… यस कुरामा तिम्रो न कुनै भाग छ, न हिस्सा; किनकि तिम्रो हृदय परमेश्वरको दृष्टिमा सीधा छैन” (प्रेरित ८:१३,२०,२१)।

अनि तिनीहरू प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भचाइँमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे (प्रेरित २:४२)।

हामीबाट तिनीहरू निस्के, तर तिनीहरू हाम्रा थिएनन्; किनकि तिनीहरू हाम्रा हुँदा हुन् ता तिनीहरू हामीसँगै रहिरहने थिए; तर तिनीहरू सबै हाम्रा होइनन् रहेछन् भनेर प्रकट होओस् भनेर तिनीहरू हामीबाट निस्के (१ यूहन्ना २:१९)।

“मेरा भेडाहरूले मेरो स्वर सुन्छन्, अनि म तिनीहरूलाई चिन्छु, र तिनीहरू मलाई पछ्याउँछन्। अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्; न ता कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ। मेरा पिता, जसले ती मलाई दिनुभयो, सबैभन्दा महान् हुनुहुन्छ, अनि मेरो पिताको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्दैन” (यूहन्ना १०:२७-२९)।

“पिताले जतिजना मलाई दिनुहुन्छ, ती सबै मकहाँ आउनेछन्; अनि जो मकहाँ आउँछ, उसलाई म कुनै रीतिले अफाल्नेछैन अनि मलाई पठाउनुहुने पिताको इच्छा यो छ — उहाँले मलाई दिनुभएको सबैमध्ये एउटालाई पनि म नहराऊँ तर अन्तिम दिनमा त्यसलाई फेरि बौराएर उठाऊँ” (यूहन्ना ६:३७,३९)।

“तर तिमीहरूमध्ये कतिजना छन्, जसले विश्वास गर्दैनन्।” किनभने विश्वास नगर्नेहरू को-को हुन्, अनि उहाँलाई पक्राउने को हुनेछ, सो येशूले शुरूदेखि नै जान्नुभएको थियो। अनि उहाँले भन्नुभयो: “यसैकारण मैले ‘मेरा पिताबाट उसलाई नदिइएसम्म कोही पनि मकहाँ आउन सक्दैन’ भनी तिमीहरूलाई भनेको हुँ।” त्यस समयदेखि उहाँका चेलाहरूमध्ये धेरैजना पछि हटे, अनि फेरि उहाँसँग हिँडेनन् (यूहन्ना ६:६४-६६)।

अनि तिनीहरू किन्न गएको बेलामा दुलहा आइपुगे, र तयार रहेकाहरू उनीसँग भित्र विवाहको भोजमा पसे; अनि ढोका थुनियो (मत्ती २५:१०)।

त्यसपछि अरू कन्याहरू पनि यसो भन्दै आइपुगे: ‘हे प्रभु, हे प्रभु, हाम्रा निम्ति खोलिदिनुहोस्!’ तर उनले जवाफ दिई भने, ‘म तिमीहरूलाई साँचो भन्दछु, म तिमीहरूलाई चिन्दिनँ’ (मत्ती २५:११,१२)

अर्थात् परमेश्वरको धार्मिकता; यो येशू ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ; किनभने त्यहाँ कुनै भिन्नता छैन (रोमी ३:२२)।

“यही प्रकारले तिमीहरू पनि बाहिरपट्टिचाहिँ मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टिचाहिँ तिमीहरू कपट र अधर्मले भरिएका छौ। हे सर्पहरूहो, विषालु साँपका सन्तानहो, तिमीहरू नरकको दण्डबाट कसरी उम्कन सक्छौ त?” (मत्ती २३:२८,३३)

“हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकि पत्‍नीले आफैलाई तयार पारेकी छन्।” अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरने अधिकार दिइयो। किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन् (प्रकाश १९:७,८)।

अनि जब राजा पाहुनाहरूलाई हेर्न भित्र आए, तब तिनले त्यहाँ विवाहको वस्त्र नलगाएको एकजना मानिस देखे। अनि तिनले त्यसलाई भने: ‘साथी, विवाहको वस्त्र नपहिरीकन तिमी कसरी यहाँ भित्र आयौ?’ अनि त्यो निरूत्तर भयो। तब राजाले सेवकहरूलाई भने: ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई लैजाओ, र बाहिरपट्टिको अन्धकारभित्र फालिदेओ, जहाँ रूवाबासी र दाह्राकिटाइ हुनेछन् (मत्ती २२:११-१३)।

“असल गोठाला म नै हुँ; अनि म मेरा भेडाहरूलाई चिन्छु, अनि म आफ्नाहरूद्वारा म चिनिएको छु” (यूहन्ना १०:१४)।

“त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘हे प्रभु, हे प्रभु, के हामीले तपाईंको नाउँमा भविष्यवाणी गरेनौं र? अनि के तपाईंकै नाउँमा दुष्ट आत्मा निकालेनौं र? अनि तपाईंकै नाउँमा अनेकौं अचम्मका कामहरू गरेनौं र?’ अनि तब तिनीहरूलाई खुल्लमखुल्ला भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन; हे कुकर्म गर्नेहरूहो, मदेखि टाढा होओ!'” (मत्ती ७:२२,२३)

तरैपनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ, जसमा यो छाप लागेको छ: ‘प्रभुले उहाँका आफ्नाहरूलाई चिन्नुहुन्छ’, अनि ‘ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्’ (२ तिमोथी २:१९)

हे मेरा भाइहरूहो, मसँग विश्वास छ भनी कुनै मानिसले भन्ला, र उसँग कामहरूचाहिँ छैनन् भने के फाइदा भयो र? के विश्वासले उसलाई बचाउन सक्छ र? (याकूब २:१४)

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ” (यूहन्ना ६:४७)।

“हे पिता, तपाईंले मलाई जतिजना दिनुभएको छ, तिनीहरू पनि म जहाँ छु, त्यहीँ मसँगै रहून् भन्ने इच्छा म गर्दछु; र तपाईंले मलाई दिनुभएको मेरो महिमा तिनीहरूले देखून्; किनकि तपाईंले मलाई संसारको उत्पत्तिभन्दा पहिल्यै प्रेम गर्नुभयो” (यूहन्ना १७:२४)।

यस कुरामा म निश्चित छु — जसले तिमीहरूमा एउटा असल काम शुरू गर्नुभएको छ, उहाँले येशू ख्रीष्टको दिनसम्म त्यो पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)।

किनकि तिनीहरू, जसले एकपल्ट ज्योति पाए, अनि स्वर्गीय दानलाई चाखे, र पवित्र आत्माको भागी बनाइए, अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे, पतित भए भने तिनीहरूलाई पश्चात्तापका निम्ति फेरि नयाँ बनाउन असम्भव छ; किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरका पुत्रलाई फेरि क्रूसमा चढाउँछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्छन् (हिब्रू ६:४-६)।

[बाइबलको अन्य कुनै पनि खण्डलाई भन्दा सम्भवत: यस खण्डलाई परमेश्वरका सन्तानलाई दुःख दिन बढी दुरुपयोग गरिएको छ जब कि परमेश्वरका सन्तान र यहाँ उल्लेखित “स्वाद चाखे” भनिएकाहरू बीच कुनै वास्तविक समानता छैन। यस खण्डले देखाएझैं अस्थायी मुख-स्वीकार कति परसम्म जान सक्दो रहेछ भनी कल्पना गर्न सकिन्छ र पनि ख्रीष्टमा पूर्ण समर्पण गर्नदेखि चुकेको हुन सक्छ जुन कुरा नै साँचो जीवन परिवर्तन (conversion)मा हुने कुरा हो। पद ९ ले साँचो विश्वासीलाई यस खण्डलाई दुरुपयोग गर्नदेखि जोगाउनुपर्ने हो, किनकि त्यहाँ प्रस्टै उल्लेख गरिएको छ कि मुक्तिसँग सम्बन्ध राख्‍ने कुराहरू यीभन्दा “असल” (better, उत्तम) हुन्छन्।]

तर हामी तिनीहरूमध्येका होइनौं, जो नाश हुनालाई पछि हट्छन्; तर तिनीहरूमध्येका हौं, जो प्राण बचाउनका लागि विश्वास गर्छन् (हिब्रू १०:३९)।

अनि धर्मी जन विश्वासद्वारा जिउनेछ; तर कोही पछि हट्छ भने मेरो प्राण त्योसँग प्रसन्न हुनेछैन (हिब्रू १०:३८)।

 

विश्वासीहरूलाई इनाम दिइनेछ तर नामधारीहरूलाई दण्ड दिइनेछ

तुलना गर्नुहोस्:

मत्ती २५:१९-२३ लाई मत्ती २५:२४-३० सित लूका १२:४२-४४ लाई लूका १२:४५-४७ सित कलस्सी ३:२४ लाई मत्ती ७:२२,२३ सित

कतिपय खण्डहरू कठिन नभएका होइनन्, तर “स्पष्ट र पक्का खण्डलाई काट्न अस्पष्ट वा शंकास्पद खण्ड कहिल्यै प्रयोग गरिनु हुँदैन” भन्ने महत्त्वपूर्ण नियमलाई ध्यानमा राख्दै प्रार्थनासहित होशियारपूर्वक अध्ययन गरिएमा निश्चय पनि प्रकाश मिल्नेछ। “साँचो, साँचो” लाई काट्न “यदि” लाई प्रयोग नगरियोस्। जस्तै, यूहन्ना ५:२४ लाई काट्न हिब्रू ६:६ लाई प्रयोग नगर्नुहोस्।

यहूदा इस्करयोति र पत्रुसका मुद्दाले कुनै समस्या प्रदान गर्दैनन्। यहूदा कहिल्यै विश्वासी थिएनन् (हेर्नुहोस्, यूहन्ना ६:६८-७१)। पत्रुस कहिल्यै विश्वासी हुन छाडेनन् (लूका २२:३१,३२)।

अन्तमा, यी सिद्धान्तहरू परमेश्वरको वचनलाई ठीक-ठीकसँग छुट्टयाउनलाई मात्र प्रयोग गरिनुपर्दछ, तर जीवित व्यक्ति विशेषमाथि कहिल्यै प्रयोग गरिनुहुँदैन। नामधारीहरूको न्याय हामीलाई सुम्पिएको छैन, तर मानिसका पुत्रलाई मात्र। ध्यानपूर्वक मत्ती १३:२८,२९ र १ कोरिन्थी ४:५ लाई अध्ययन गर्नुहोस्।

अध्ययन प्रश्नहरू पाठ १०
  1. साँचो विश्वासीहरूसित सम्बन्धित पवित्र शास्त्रहरूका खण्डलाई नामधारी विश्वासीसित सम्बन्धित खण्डहरूदेखि कसरी छुट्टयाउन सकिन्छ?
  2. हिब्रू ६:४-६ कुनचाहिँ समूहमा पर्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

मुक्ति र इनामहरू

Doctrine

मुक्ति र इनामहरू

 

नयाँ नियमका शास्त्रहरूमा एकातिर, हराएकाहरू (अर्थात् पापीहरू) का निम्ति मुक्तिको प्रबन्ध गरिएको छ भन्ने शिक्षा पाइन्छ भने अर्कोतिर, मुक्ति पाएकाहरूको विश्वासयोग्य सेवाकार्यको बापत उनीहरूलाई इनामहरू दिइनेछन् भन्ने शिक्षा पाइन्छ। वचनलाई ठीकसँग बुझ्ने हो भने पाठकले यी दुई शिक्षाहरूका बीचको अन्तरलाई राम्ररी कायम राख्‍न आवश्यक पर्छ। भिन्नता केमा निहित छ भनेर देख्‍न सक्न निम्न उल्लेखित तुलनाहरूलाई ध्यानपूर्वक अध्ययन गर्न सकिन्छ:

मुक्ति सित्तैंमा पाइने दान हो

येशूले जवाफ दिएर उसलाई भन्नुभयो: “यदि तिमीले परमेश्वरको दानलाई जानेकी भए, र ‘मलाई पानी पिउन देऊ’ भनी तिमीलाई भन्ने को हो, चिनेकी भए तिमीले पो उनीसित माग्नेथियौ, र उनले तिमीलाई जिउँदो पानी दिनेथिए” (यूहन्ना ४:१०)।

“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखरस र दूध किन” (यशैया ५५:१)।

अनि आत्मा र दुलहीले भन्नुहुन्छ: “आओ!” अनि जसले सुन्छ, उसले भनोस्: “आओ!” अनि जो तिर्खाउँछ, ऊ आओस्। अनि जसले चाहन्छ, उसले सित्तैंमा जीवनको पानी लेओस् (प्रकाश २२:१७)।

किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो (रोमी ६:२३)।

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमन्ड गर्नेछ (एफेसी २:८,९)।

तर सित्तैंमा उपलब्ध गरिएको मुक्तिको तुलनामा –

इनामचाहिँ परमेश्वरलाई मनपर्ने कामहरू बापत दिइने कुरा हो

अनि जसले यी सानाहरूमध्ये एउटालाई चेलाको नाममा चिसो पानी मात्र भए पनि पिउन देला, म तिमीहरू साँच्चै भन्दछु, त्यसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन (मत्ती १०:४२)।

मैले असल लडाइँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु; अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:७,८)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

दौडमा दगुर्नेहरू सबै दगुर्छन्, तर पुरस्कारचाहिँ एउटाले पाउँछ, के यो तिमीहरूलाई थाह छैन? तिमीहरू यसरी नै दगुर कि पुरस्कार पाओ। अनि होडबाजीमा संघर्ष गर्ने हरेक मानिसले सबै कुरामा आफूलाई वशमा राख्दछ; अब तिनीहरू साँच्चै नाश भइजाने मुकुट पाउनाका निम्ति यसो गर्दछन्, तर हामी ता नाश नहुने मुकुटका निम्ति (१ कोरिन्थी ९:२४,२५)।

अनि उनले त्यसलाई भने: “स्याबास असल दास! तिमी एकदम थोरैमा विश्वासयोग्य भएका हुनाले अब दसओटा शहरमाथि अधिकारी होऊ” (लूका १९:१७)।

किनकि त्यस बसालिएको जगलाई छोडेर, जो येशू ख्रीष्ट हुनुहुन्छ, कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन, चाँदी, रत्‍नहरू, काठ, घाँस, परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ; किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ; अनि हरेकको काम, त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। कुनै मानिसको काम, जो उसले त्यसमाथि बनाएको छ, रहिरह्यो भने उसले इनाम पाउनेछ। कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाच्नेछ, तर आगोबाट भएर उम्केजस्तो (१ कोरिन्थी ३:११-१५)।

तिमीले कष्ट भोग्न लागेका कुराहरूमध्ये कुनैसँग नडराओ; हेर, तिमीहरूको जाँच होओस् भनेर शैतानले तिमीहरूमध्ये कतिलाई झ्यालखानामा हाल्नेछ; अनि दस दिनसम्म तिमीलाई संकष्ट हुनेछ; मृत्युसम्म विश्वासयोग्य रह, र म तिमीलाई जीवनको मुकुट दिनेछु (प्रकाश २:१०)।

प्रकाश २:१० मा उनीहरूले “जीवन” पाउने भनिएको छैन किनकि स्मर्नाका पवित्र जनहरूसित जीवन अर्थात् अनन्त जीवन थियो र उनीहरू धार्मिकताका खातिर कष्ट भोग्दैथिए; तर उनीहरूले “जीवनको मुकुट” पाउने भनिएको छ।

मुकुट इनामको प्रतीक हो, अर्थात् कमाइएको कुराको। बाइबलमा चार किसिमका मुकुटहरूको उल्लेख गरिएको पाइन्छ: आनन्दको, जोचाहिँ सेवाकार्यको इनाम हो (फिलिप्पी ४:१; १ थेस्सलोनिकी २:१९): धार्मिकताको, जोचाहिँ गवाहीको विश्वासयोग्यताको इनाम हो (२ तिमोथी ४:८); जीवनको, जोचाहिँ परीक्षामा विश्वासयोग्यताको इनाम हो (याकूब १:१२; प्रकाश २:१०); महिमाको, जोचाहिँ कष्टमा विश्वासयोग्यताको इनाम हो (१ पत्रुस ५:४; हिब्रू २:९)।

मुक्ति वर्तमानमै विश्वासीसँग हुने वास्तविकता हो

जसले पुत्रमाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन हुन्छ (यूहन्ना ३:३६)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, उसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्दछ, उसँग अनन्त जीवन छ (यूहन्ना ६:४७)।

उहाँले हाम्रा कामहरूअनुसार होइन, तर उहाँकै आफ्नो मनसाय र संसार शुरु हुनुभन्दा पहिल्यै हामीलाई ख्रीष्ट येशूमा दिइएको अनुग्रहअनुसार हामीलाई बचाउनुभएको छ, र पवित्र बोलावटले बोलाउनुभएको छ (२ तिमोथी १:९)

उहाँले त्यस स्त्रीलाई भन्नुभयो: “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; शान्तिसित जाऊ” (लूका ७:५०)।

तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो — नयाँ जन्मको स्नान र पवित्र आत्माको नवीकरणद्वारा (तीतस ३:५)।

अनि गवाही यही हो — परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ (१ यूहन्ना ५:११)।

तर –

इनामहरू भविष्यमा प्रदान गरिने कुरा हुन्

किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूका साथमा आउनेछन्, र त्यसबेला उनले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनेछन् (मत्ती १६:२७)।

र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१४)।

अनि हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

अनि मुख्य गोठाला देखा पर्नुहुनेछ, तब तिमीहरूले नओइलिने महिमाको मुकुट पाउनेछौ (१ पत्रुस ५:४)

अब उप्रान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:८)।

धेरै समयपछि ती दासहरूका मालिक आए, र तिनीहरूसँग हिसाब लिए (मत्ती २५:१९)।

आफ्ना पवित्र जनहरूको विश्वासयोग्य सेवाकार्य बापत स्वर्गीय तथा अनन्त इनामहरूले आभूषित गर्ने प्रतिज्ञा दिनुमा परमेश्वरको उद्देश्य यो रहेको पाइन्छ: उनीहरूलाई सांसारिक सम्वृद्धि र मोजमज्जाहरूदेखि आफूतिर खिँच्नु, उनीहरूलाई सतावटका थिचोमिचोमा पनि स्थिर राख्‍नु र उनीहरूलाई ख्रीष्टिय सद्‍गुणहरूमा बढ्दै जान उत्प्रेरित गर्नु। हेर्नुहोस्: हिब्रू ११:८-१०,२४-२७; हिब्रू १२:२,३; लूका १४:१२,१४; मत्ती १०:४१,४२; हिब्रू ६:१०; कलस्सी ३:२२-२४; मत्ती ५:११,११२; यूहन्ना ४:३५,३६; दनिएल १२:३, लूका १२:३५-३७; २ तिमोथी ४:८। अन्तमा, हामी यस चेताउनीलाई ध्यान दिऔं, प्रकाश ३:११।

अध्ययन प्रश्नहरू पाठ ९

 

1. विश्वासी जनको मुक्तिसित सम्बन्धित पवित्र शास्त्रहरूका खण्डलाई उनका इनामहरूसित सम्बन्धित खण्डहरूलाई कसरी छुट्टयाउन सकिन्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

ओहोदा र अवस्था

Doctrine

ओहोदा र अवस्था

पवित्र शास्त्रहरूलाई, विशेष गरी नयाँ नियमका पत्रहरूलाई, सही अर्थमा बुझ्नलाई विश्वासी जनको ओहोदा (स्थान) र अवस्था (हिँडाइ) को बीचको भिन्नतालाई बुझ्नु अति महत्त्वपूर्ण कुरा रहेको छ। ओहोदाचाहिँ ख्रीष्टले सम्पन्न गर्नुभएको उद्धारको कामको परिणाम हो। एउटा व्यक्तिले ख्रीष्टलाई विश्वासद्वारा ग्रहण गरेकै घडीदेखि उसले ख्रीष्टमा एउटा सिद्ध र पूर्ण ओहोदा प्राप्‍त गर्दछ। त्यसपछि उसको जीवनमा कुनै पनि कुराले परमेश्वरको सामु रहेको उसको ओहोदामा उसलाई परमेश्वरको सामु अलिकति पनि न ता थप अनुग्रह दिलाउँछ न ता थप सुरक्षा नै। केवल विश्वासबाट मात्र परमेश्वरको सामु उक्त स्थान उसलाई दिइएको हो; अनि उहाँको सामु, सबभन्दा कमजोर व्यक्ति पनि, यदि ऊ प्रभु येशू ख्रीष्टमाथि साँचो विश्वास राख्‍ने व्यक्ति हो भने, आफ्नो ओहोदामा सबैभन्दा उदाहरणीय विश्वासीकै बराबर हुँदछ।

उक्त ओहोदा वा स्थान के हो, निम्न खण्डहरूबाट संक्षेपमा जान्न सकिन्छ:

तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो; अर्थात् उनीहरूलाई जसले उहाँको नाममा विश्वास गर्दछन् (यूहन्ना १:१२)।

हरेक जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्छ, ऊ परमेश्वरबाट जन्मेको हो (१ यूहन्ना ५:१)।

अनि सन्तान हौं भने हकवालाहरू पनि हौं; साँच्चै परमेश्वरका हकवालाहरू, र ख्रीष्टसँग साझा-हकवालाहरू (रोमी ८:१७)।

एउटा अविनाशी, निष्कलङ्क र ओइलिएर नजाने पैतृक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ; अनि तिमीहरूचाहिँ अन्तिम समयमा प्रकट हुनालाई तयार भएको मुक्तिका निम्ति परमेश्वरको शक्तिले सुरक्षित छौ (१ पत्रुस १:४,५)।

हामीले उहाँमा पैतृक-सम्पत्ति पनि पाएका छौं (एफेसी १:११)।

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँजस्तै हुनेछौं (१ यूहन्ना ३:२)।

तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पूजाहारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हौ (१ पत्रुस २:९)।

उहाँलाई नै जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्नै रगतमा हामीलाई हाम्रा पापहरूबाट धुनुभयो, र परमेश्वर र आफ्ना पिताका निम्ति हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो (प्रकाश १:५,६)।

उहाँमा नै तिमीहरू पूर्ण छौ; उहाँ सबै प्रधानता र अधिकारका शिर हुनुहुन्छ (कलस्सी २:१०)।

यसकारण विश्वासद्वारा धर्मी ठहरिएका हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेलमिलाप भएको छ। उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं, र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं (रोमी ५:१,२)।

किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई दिनुभयो — उहाँमाथि विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् (यूहन्ना ३:१६)।

मैले तिमीहरूलाई अर्थात् परमेश्वरको पुत्रको नाममा विश्वास गर्नेहरूलाई यी कुराहरू लेखेको छु — तिमीहरूसित अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाह होस् (१ यूहन्ना ५:१३)।

यसकारण भाइहरूहो, येशूको रगतद्वारा महा पवित्रस्थानभित्र प्रवेश गर्ने हिम्मत प्राप्‍त भएको हुनाले (हिब्रू १०:१९)

हाम्र प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य होऊन्, जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नुभएको छ (एफेसी १:३)।

उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनुभयो (एफेसी १:६)।

तर परमेश्वर, जो दया गर्नमा धनी हुनुहुन्छ, आफ्नो महान् प्रेमको कारणले, जसद्वारा उहाँले हामीलाई प्रेम गर्नुभयो, हामी अपराधहरूमा मरेकै भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो — अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ — अनि हामीलाई सँगसँगै बौराएर उठाउनुभयो, र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँगसँगै बसाल्नुभयो (एफेसी २:४-६)।

तर अब ता ख्रीष्ट येशूमा तिमीहरू, जो बितेको समयमा टाढा थियौ, ख्रीष्टको रगतद्वारा नजिक पारिएका छौ (एफेसी २:१३)।

उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियौ (एफेसी १:१३)।

हामी सबै एउटै आत्माद्वारा एउटै शरीरभित्र बप्‍तिस्मा भयौं (१ कोरिन्थी १२:१३)।

किनकि हामी उहाँकै शरीरका, उहाँकै मासुका र उहाँकै हड्डीहरूका अङ्ग हौं (एफेसी ५:३०)।

अथवा के यो तिमीहरूलाई थाह छैन? तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो (१ कोरिन्थी ६:१९)।

माथि सूचीत उदेकलाग्दा कुराहरू प्रभु येशू ख्रीष्टमा साँच्चै विश्वास गर्ने हरेकको सवालमा साँचो हुन्छ। यस महिमापूर्ण सूचीको एउटै पनि कुरा प्रार्थनाद्वारा प्राप्‍त गरिने भनिएको छैन, वा सेवामा परिश्रमद्वारा नै, वा चर्चघर गएर, वा दानहरू दिएर, वा आफूलाई इन्कार गरेर, वा पवित्र जीवन जिएर, वा अन्य कुनै असल काम गरेर। सबै नै ख्रीष्टमार्फत विश्वासद्वारा पाइने परमेश्वरका वरदान हुन्। त्यसैले यी कुराहरू सबै विश्वासीहरूसित बराबर मात्रामा हुने कुराहरू हुन्। जब फिलिप्पीको कैदखानाको हाकिमले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्‍यो ऊ तुरुन्तै परमेश्वरको सन्तान बन्यो, ख्रीष्टसित साझे-हकवाला बन्यो, राजा र पूजाहारी बन्यो, र नष्ट नहुने, निष्कलङ्क र नओइलिने पैत्रिक सम्पत्तिको हकवाला बन्यो। आफ्नो हृदयले विश्वास गरेको र आफ्नो मुखले येशू नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरेकै घडी ऊ सबै कुरादेखि निर्दोष ठहरियो, परमेश्वरसित मिलाप पायो, उहाँको अनुग्रहमा खडा रहन पाउने स्थान पायो, महिमाको पक्का आशा पायो। उसले अनन्त जीवनको दान पायो, ख्रीष्टकै बराबरको पूरा नापको ग्रहणयोग्यता प्राप्‍त गर्‍यो, आफूभित्र पवित्र आत्माको उपस्थिति र छाप पायो जोद्वारा ऊ ख्रीष्टको शरीर अर्थात् मण्डलीभित्र बप्‍तिस्मा पनि गराइयो। तरुन्तै ऊ परमेश्वरको धार्मिकताले ओढाइयो (रोमी ३:२२), ख्रीष्टसितै जीवित पारियो, उहाँसितै बौराइयो र उहाँमा स्वर्गीय स्थानहरूमा बसालियो।

उसको वास्तविक अवस्था कस्तो थियो भन्ने कुरा चाहिँ अर्कै मामला हो; निश्चय नै त्यो चाहिँ परमेश्वरको सामु रहेको उसको उच्च ओहोदाभन्दा धेरै धेरै नै तल हुन्छ। जसरी उसको ओहोदामा भएको थियो त्यसरी नै उसको हिँडाइमा ऊ तुरुन्त नै राजकीय, पूजाहारीय, स्वर्गीय बन्न पुगेन। यी दुई कुराहरू बीच पवित्र शास्त्रहरूमा निरन्तर भिन्नता राखिएको तथ्य निम्न खण्डहरूबाट प्रस्ट हुन्छ:

ओहोदा

अवस्था

कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई अर्थात् उनीहरूलाई जो ख्रीष्ट येशूमा पवित्र पारिएका छन् … म तिमीहरूको विषयमा येशू ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु किनकि तिमीहरू हरेक कुरामा उहाँद्वारा धनवान् बनाइएका छौ — सारा वचनमा र सारा ज्ञानमा; जसरी ख्रीष्टको साक्षी पनि तिमीहरूमा पक्का पारिएको थियो; यसैकारण कुनै पनि अनुग्रहको वरदानमा तिमीहरू कम छैनौ, र हाम्रा प्रभु येशू ख्रीष्टको आगमनको बाटो हेरिरहन्छौ, जसले हाम्रा प्रभु येशू ख्रीष्टको दिनमा तिमीहरू निर्दोष होओ भनेर तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ पनि। परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसद्वारा तिमीहरू उहाँका पुत्र, हाम्रा प्रभु येशू ख्रीष्टको सङ्गतिमा बोलाइएका छौ (१ कोरिन्थी १:२-९)।

किनकि हे मेरा भाइहरूहो, तिमीहरूको बीचमा झगडा छन् भनेर क्लोएका घरानाकाहरूद्वारा तिमीहरूको विषयमा मलाई बताइएको छ (१ कोरिन्थी १:११)।

हे भाइहरूहो, आत्मिक मानिसहरूसँग बोलेझैं मैले तिमीहरूसँग बोल्न सकिनँ, तर शारीरिकहरूसँग … किनकि तिमीहरू अझै पनि शारीरिक छौ; किनकि तिमीहरूका बीचमा डाहा, झगडा र फूटहरू छन्, त के तिमीहरू शारीरिक होइनौ र? मानिसको चालमा हिँड्दैनौ र (१ कोरिन्थी ३:१-३)?

कतिजना घमन्डले फुलिएका छन्। (१ कोरिन्थी ४:१८)।

अनि तिमीहरू घमन्डले फुलिएका छौ, यस्तो काम गर्ने तिमीहरूका बीचबाट निकालियोस् भनेर तिमीहरूले बरु विलाप गर्नुपर्थ्यो (१ कोरिन्थी ५:२)।

अनि तिमीहरूमध्ये कतिजना यस्तै थियौ; तर तिमीहरू धोइएका छौ, तर तिमीहरू पवित्र पारिएका छौ, तर तिमीहरू प्रभु येशूको नाउँमा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठहरिएका छौ (१ कोरिन्थी ६:११)।

यसकारण अब तिमीहरूको बीचमा साँच्चै एउटा दोष भएको छ; किनकि तिमीहरू एउटाले अर्काको विरोधमा मामला गर्दछौ। (१ कोरिन्थी ६:७)?

तिमीहरूका शरीर ख्रीष्टका अङ्गहरू हुन्, के यो तिमीहरूलाई थाह छैन  (१ कोरिन्थी ६:१५)?

तब के म ख्रीष्टका अङ्गहरू लगेर वेश्याका अङगहरू बनाऊँ (१ कोरिन्थी ६:१५)?

अनि येशूले जवाफ दिएर उनलाई भन्नुभयो: “योनका छोरा शिमोन, तिमी धन्य हौ, किनकि मासु र रगतले तिमीलाई यो कुरा प्रकट गरेको होइन, तर मेरा पिताले, जो स्वर्गमा हुनुहुन्छ” (मत्ती १६:१७)।

तर उहाँले फर्केर पत्रुसलाई भन्नुभयो: “हे शैतान, मेरो पछिल्तिर जा! तँ मेरा लागि ठेस लाग्ने कारण होस्, किनकि तँ परमेश्वरका कुरामा होइन, तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्” (मत्ती १६:२३)।

पितालाई धन्यवाद चढाओ, जसले ज्योतिमा पवित्र जनहरूको पैतृक-सम्पत्तिका भागीदार हुनाका निम्ति हामीलाई योग्य बनाउनुभएको छ; जसले हामीलाई अन्धकारको सामर्थ्यबाट छुटकारा दिनुभएको छ र आफ्नो प्रिय पुत्रको राज्यभित्र सार्नुभएको छ (कलस्सी १:१२,१३)।

तर अब तिमीहरूले पनि यी सबै कुराहरूलाई फालिदेओ — रिस, क्रोध, द्वेष, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली। एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ (कलस्सी ३:८,९)।

साथै, यो प्रस्टै देख्‍न सकिने कुरा हो, अनुग्रहको प्रबन्ध अन्तर्गत ईश्वरीय क्रम यो रहेछ – विश्वासी जनलाई पहिला सबभन्दा उच्च ओहोदा प्रदान गर्नु अनि त्यसपछि उसलाई उक्त ओहोदालाई सुहाउने अवस्था कायम गर्नलाई अर्ती दिनु। भिखारीलाई घुरानबाट उठाएर राजकुमारहरूसित बसालिन्छ (१ शमूएल २:८) अनि त्यसपछि उसलाई राजकुमार जस्तै हुनलाई अर्ती दिइन्छ।

 

ओहोदा

अवस्था

पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन (रोमी ६:६)।

यसकारण यदि तिमीहरू संसारका प्राथमिक शिक्षाहरूबाट ख्रीष्टसँग मरेका छौ भने संसारमा बाँचिरहेझैं गरी तिमीहरू किन मानिसहरूका आज्ञाहरू र शिक्षाहरू अनुसार विधिविधानहरूका अधीनतामा रहन्छौ (कलस्सी २:२०)?

तिमीहरू संसारका ज्योति हौ (मत्ती ५:१४)।

त्यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस् र तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, अनि स्वर्गमा हुनुहुने तिमीहरूको पिताको महिमा गरून् (मत्ती ५:१६)।

उहाँले हाम्रा कामहरूअनुसार होइन, तर उहाँकै आफ्नो मनसाय र संसार शुरू हुनुभन्दा पहिल्यै हामीलाई ख्रीष्ट येशूमा दिइएको अनुग्रहअनुसार हामीलाई बचाउनुभएको छ र पवित्र बोलावटले बोलाउनुभएको छ (२ तिमोथी १:९)।

यसकारण मेरा प्रियहरूहो, जसरी तिमीहरूले सधैं आज्ञापालन गरेका छौ, उसरी नै मेरो उपस्थितिमा जस्तो मात्र होइन, तर मेरो अनुपस्थितिमा झन् बढ्ता गरी डराउँदै र काम्दै आ-आफ्नो मुक्तिको काम पूरा गर (फिलिप्पी २:१२)। [प्रशस्तै दुरुपयोग गरिएको यस पदलाई पढ्दा, यो बुझियोस् कि यहाँ उल्लेखित मुक्ति प्राणको मुक्ति होइन तर परमेश्वरको इच्छा गर्नदेखि ख्रीष्टियनलाई बाधा दिने अङ्कुसेहरूबाटको मुक्ति हो।]

अनि हामीलाई सँग-सँगै बौराएर उठाउनुभयो, र ख्रीष्ट येशूमा स्वर्गीय स्थानहरूमा सँग-सँगै बसाल्नुभयो (एफेसी २:६)।

जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ (कलस्सी ३:४)।

यसकारण यदि तिमीहरू ख्रीष्टसँग बिउँताइएका छौ भने माथिका कुराहरू खोज, जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनुभएको छ (कलस्सी ३:१)।

यसकारण पृथ्वीमाथि भएका तिमीहरूका अङ्गहरूलाई मार (कलस्सी ३:५)।

किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ (एफेसी ५:८);

ज्योतिका सन्तानहरूझैं हिँड (एफेसी ५:८)।

तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तानहरू हौ; हामी न ता रातका, न अन्धकारका हौं (१ थेस्सलोनिकी ५:५)।

यसैकारण हामी अरूझैं नसुतौं; तर हामी जागा रहौं र सचेत रहौं (१ थेस्सलोनिकी ५:६)।

किनकि परमेश्वरले हामीलाई क्रोधका निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्ति पाऔं भनी ठहराउनुभएको छ। हामी चाहे जागा रहौं चाहे सुतौं, हामी उहाँसित एकसाथ जिऔं भनेर उहाँ हाम्रा निम्ति मर्नुभयो (१ थेस्सलोनिकी ५:९,१०)।

यसकारण एकअर्कालाई सान्त्वना देओ, र एउटाले अर्कोको उन्नति गर जो तिमीहरूले गर्दछौ पनि (१ थेस्सलोनिकी ५:११)।

त्यही इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एकैचोटिको बलिदानद्वारा हामी पवित्र पारिएका छौं (हिब्रू १०:१०)।

तपाईंको सत्यद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्; तपाईंको वचन सत्य हो (यूहन्ना १७:१७)।

तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशूमा छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति…पवित्रता… ठहरिनुभएको छ (१ कोरिन्थी १:३०)।

अब शान्तिका परमेश्वरले आफैले तिमीहरूलाई पूरा रीतिले पवित्र पारेका होऊन् (१ थेस्सलोनिकी ५:२३)।

किनकि एउटै बलिदानद्वारा उहाँले पवित्र पारिएकाहरूलाई सदाका निम्ति सिद्ध पार्नुभएको छ (हिब्रू १०:१४)।

मैले प्राप्‍त गरिसकेको छु वा म पहिल्यै सिद्ध भइसकेको छु, होइन (फिलिप्पी ३:१२)।

यसकारण जतिजना सिद्ध छौं, हामी यस्तै मनका होऔं (फिलिप्पी ३:१५)।

यसकारण ख्रीष्टका शिक्षाका शुरूका कुराहरू छोडेर हामी अघि सिद्धतातर्फ जाऔं (हिब्रू ६:१)।

न्यायको दिनमा हामीलाई साहस होस् भनेर यसैमा हाम्रो प्रेम सिद्ध पारिएको छ; किनभने जस्तो उहाँ हुनुहुन्छ, त्यस्तै हामी पनि यस संसारमा छौं (१ यूहन्ना ४:१७)।

जसले “म उहाँमा रहन्छु” भन्छ, ऊ आफै पनि, जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ (१ यूहन्ना २:६)।

पवित्र शास्त्रले विश्वासी जनको ओहोदा र अवस्थाका बीच स्पष्ट भिन्नता राख्दछ भनेर देखाउने माथिको तुलनात्मक सूचीमा पाठकले अझ थुप्रै अरू खण्डहरू थप्न सक्नुहुनेछ। यो प्रस्ट बोझियोस् कि विश्वासी जन त्यस उच्च ओहोदाको योग्य बन्न सफल हुन्छ कि हुँदैन भनेर उसलाई परीक्षणमा राखिएको होइन, बरु आफ्नो पूर्ण अयोग्यताको स्वीकार गरेदेखि उसले यो ओहोदा पूर्ण रूपमा ख्रीष्टले सम्पन्न गर्नुभएको उद्धारको परिणामस्वरूप प्राप्‍त गर्दछ। ओहोदामा ऊ “सदाका निम्ति सिद्ध” पारिएको छ (हिब्रू १०:१४), तर आफूभित्रको उसको अवस्थालाई हेर्दाखेरि उसलाई यो भन्न कर लाग्छ, “मैले पहिल्यै प्राप्‍त गरिसकेको छु वा म पहिल्यै सिद्ध भइसकेको छु, होइन” (फिलिप्पी ३:१२)।

उसको पक्षमा परमेश्वरले गर्नुहुने पछिका सबै कामहरू विश्वासीको चरित्रलाई उसको मुक्तिको घडीमै प्राप्‍त गरिसकेको उसको ओहोदासित सिद्धरूपमा मिलान गर्ने उद्देश्य अनुरुप गरिएका हुन्छन् भन्न सकिन्छ, जस्तै, उसको हिँडाइ र विवेकमाथि वचनको प्रयोग (यूहन्ना १७:१७; एफेसी ५:२६), पिताको हातबाटको ताडना (हिब्रू १२:१०; १ कोरिन्थी ११:३२), आत्माको सेवाकार्य (एफेसी ४:११,१२), उजाडस्थान (संसार) को यात्रामा आइपर्ने संकट तथा परीक्षाहरू (१ पत्रुस ४:१३-१४), र उहाँ देखा पर्नुहुँदा हुने अन्तिम रूपान्तरण (१ यूहन्ना ३:२)।

एउटा राजकुमार बालकै छँदा अरू बालकहरू जस्तै जिद्दीवाल र अनजान हुन सक्छ। कहिलेकाहीँ ऊ साह्रै आज्ञाकारी, सिकाउन सकिने र प्यारो बन्न सक्छ र फलस्वरूप ऊ खुसी हुन्छ र स्याबासी पाउँछ। अरू बेला ऊ अनुशासनहीन, जिद्दीवाल र अनाज्ञाकारी बन्न सक्छ र फलस्वरूप ऊ बेखुसी हुन्छ र सम्भवत: उसलाई ताडना दिइन्छ — तरैपनि ऊ दुवै समयमा उत्तिकै राजकुमार नै हो। यो आशा गरिन्छ, समय बित्तै जाने क्रममा उसले आफूलाई खुसीसाथ हरेक सही मार्गको अधीनतामा सुम्पिन सिक्नेछ तब ऊ पहिला भन्दा राजकुमारीय बन्दछ तर पहिला भन्दा राजकुमार नै बन्ने त होइन। ऊ त जन्मले नै राजकुमार हो।

राजाहरूका राजा र प्रभुहरूका प्रभुको हरेक साँचो सन्तानको सवालमा पनि राजकीयतामा यसरी बढ्दै जाने काम निश्चय नै हुँदछ। अन्तमा ओहोदा र अवस्था अथवा दर्जा र चरित्र बराबर बन्नेछन्। तर उक्त ओहोदा सिद्ध बनाइने काम चरित्रको फलस्वरूप दिइने इनाम होइन–बरु चरित्र उसको ओहोदाको आधारबाट विकास हुने कुरा हो।

अध्याय ८ का अध्ययन प्रश्नहरू
  1. के परमेश्वरको सामु रहेको विश्वासी जनको ओहोदा उसको प्राणको अवस्थासँगै परिवर्तन हुन्छ?
  2. ओहोदा कसरी प्राप्‍त हुन्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

विश्वासी जनका दुई स्वभावहरू

Doctrine

विश्वासी जनका दुई स्वभावहरू

पवित्र शास्त्रले सिकाउँछ कि नयाँ गरी जन्मेको प्रत्येक व्यक्तिभित्र दुइटा स्वभावहरूले बास गरेको हुन्छ: एकातिर शारीरिक जन्मद्वारा प्राप्‍त भएको एउटा स्वभाव, जुनचाहिँ पूर्ण रूपमा र अपरिवर्तनीय रूपमा खराब छ; र अर्कोतिर, नयाँ जन्मद्वारा प्राप्‍त भएको अर्को स्वभाव जुनचाहिँ परमेश्वरकै स्वभाव हो जसको कारण त्यो पूर्ण रूपमा असल छ।

त्यस पुरानो अर्थात् आदम स्वभावप्रति परमेश्वरको धारणा कस्तो छ, पवित्र शास्त्रका निम्नसूचित पदहरूले छर्लङ्गै देखाउँछन्:

हेर्नुहोस्, म अधर्ममा उत्पन्न भएँ, र पापमा मेरी आमाले मलाई गर्भधारण गरिन् (भजनसंग्रह ५१:५)।

मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, र त्यसलाई निको पार्न सकिँदैन। त्यसलाई कसले जान्न सक्छ र (यर्मिया १७:९)?

धर्मी कोही छैन, एउटै पनि छैन; बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने कोही छैन। तिनीहरू सबै बाटोदेखि भड्किएका छन्, तिनीहरू एकैसाथ बेकम्मा भएका छन्; असल गर्ने कोही छैन, एउटै पनि छैन (रोमी ३:१०-१२)।

नयाँ गरी नजन्मेकाहरू सभ्य वा सुशील हुँदैनन्, सक्षम वा मृदुभाषी हुँदैनन्, उदार वा सहयोगी भावनाको हुँदैनन्, वा धर्ममा लागिपर्दैनन् भनेर परमेश्वरले कतै त्यस्तो भन्नुहुन्न; तर यस्तो चाहिँ भन्नुहुन्छ, कि धर्मी कोही छैन, परमेश्वरलाई बुझ्ने कोही छैन अथवा उहाँको खोजी गर्ने कोही छैन।

मानव स्वभावको ईश्वरीय मूल्याङ्कनलाई स्वीकार गर्नु भनेको हाम्रो विश्वासले एउटा अग्नि परीक्षा पार गर्नु हो। हाम्रा त्यस्ता मिलनसार र चरित्रवान मित्रहरू छन् जो आफ्ना काम-कर्तव्यहरू एक-एक पूरा गर्न पछि हट्दैनन्, जोहरू मानवजातिको दुःख-कष्ट र उच्च आकांक्षाहरू प्रति सहानुभूतिले भरिएका हुन्छन्, जोहरू मानव अधिकारको समर्थनमा लागिपर्छन् तरैपनि तिनीहरू परमेश्वरको अधिकारको भने वास्तै गर्दैनन्, उहाँको पुत्रको बलिदानले उनीहरूको हृदयलाई छुँदैन जसको ईश्वरत्वलाई अवर्णनीय मर्यादाहीन शब्दमा इन्कार गर्छन् र जसको वचनलाई तुच्छ ठान्दै अस्वीकार गर्छन्। एकातिर कुनै सह-मानवसँग झूटो व्यवहार गर्ने कामलाई आपत्तिजनक मान्ने कुनै अति सुशील र सभ्य नारीले अर्कोतिर परमेश्वरलाई दिनदिनै झूटो तुल्याइरहेकी हुन्छे! (१ यूहन्ना १:१०; ५:१०)। अनि यस समस्यालाई झनै बढाइदिइरहेको छ वर्तमान पुलपिटहरूले, मानवताको प्रशंसा गरेर।

जलप्रलय अघिका दिनहरूमा वाह्य रूप र वास्तविकताका बीच कत्रो भिन्नता थियो:

त्यस बेला र त्यसपछि पनि [अर्थात् क्रमिक विस्तार हुँदै] पृथ्वीमा नेफिलीमहरू [बडे-बडे कदका मानिसहरू] थिए। परमेश्वरका छोराहरू [सेतका सन्तानहरू] मानिसका छोरीहरू [कयिनका सन्तानहरू] कहाँ जान लागे र सन्तान जन्माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए (उत्पत्ति ६:४)।

मान्छेको नजरमा यस्तो देखिन्थ्यो कि संसारले प्रगति गर्दै छ; उनीहरू इतिहासलाई अटुटरूपमा प्रगतिपछि प्रगति भइरहेको रूपमा देख्थे अनि धर्मीजनहरूको सांसारिकहरूसितको अपवित्र अन्तरविवाहको फलस्वरूप मानव स्वभाव अझै उच्च शिखरमा पुग्ने आशा राख्थे।

तर त्यसैबेला “पृथ्वीमा मानिसहरूको दुष्टता बढी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो” (उत्पत्ति ६:५)।

अझ पढ्नुहोस्:

किनभने भित्रबाट नै अर्थात् मानिसहरूको हृदयबाट नै खराब विचार, परस्त्रीगमन, व्यभिचार, हत्या, चोरी, लोभ, दुष्टता, छल, कामुकता, कुदृष्टि, निन्दा, घमन्ड, मूर्खता निस्कँदछन्; यी सबै खराब कुराहरू भित्रबाट नै निस्कँदछन्, र मानिसलाई अशुद्ध पार्दछन् (मर्कुस ७:२१-२३)।

तर शारीरिक मानिसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन; किनकि ती उसका निम्ति मूर्खता हुन्; न ता उसले ती जान्न नै सक्छ, किनकि ती आत्मिक रीतिले जाँचिँदछन् (१ कोरिन्थी २:१४)।

किनभने शरीरमा मन लगाउनुचाहिँ परमेश्वरसँग दुस्मनी गर्नु हो; किनकि शारीरिक मन परमेश्वरको व्यवस्थाको अधीनतामा छैन; किनकि यो हुन नै सक्दैन। यसकारण जो शरीरमा छन्, तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन् (रोमी ८:७,८)।

तिनीहरूकै बीचमा हामी सबैले शरीर र मनका लालसाहरू पूरा गर्दै बितेको समयमा आफ्ना शरीरका कुइच्छाहरूमा जीवन बितायौं, र स्वभावैले हामी पनि अरूजस्तै क्रोधका सन्तान थियौं (एफेसी २:३)।

नयाँ जीवन नपाएको व्यक्ति तीनओटा काम गर्न असमर्थ्य हुन्छ भनेर माथिका खण्डहरूबाट प्रस्ट देखिन्छ। ऊ प्रतिभाशाली हुनसक्छ, सभ्य वा मिलनसार हुनसक्छ, उदार भावनाको हुनसक्छ वा धर्ममा लागिपर्ने व्यक्ति हुनसक्छ। ऋण तिर्ने, साँचो बोल्ने, परिश्रम गर्ने, असल पति र बाबु हुनसक्छ ऊ। तर यी सब भएता पनि ऊ न ता परमेश्वरको आज्ञाकारी हुन सक्छ, न ता परमेश्वरलाई खुशी पार्न सक्छ न ता परमेश्वरलाई बुझ्न सक्छ।

तर अर्कोतिर, एउटा विश्वासी जनले एउटा नयाँ स्वभाव प्राप्‍त गरेको छ, यद्यपि उसको पुरानो स्वभाव उसँगै हुन्छ जुन स्वभाव न बदलिएको हुन्छ न ता बदलिन नै सक्दछ। उक्त नयाँ स्वभावलाई “नयाँ मान्छे” भनिएको छ “जोचाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ” (एफेसी ४:२४)। पवित्र शास्त्रका निम्नसूचित पदहरूले नयाँ मान्छेको सृष्टि र चरित्रलाई बयान गर्दछन्।

यी पदहरूबाट यो जानिन्छ, नयाँ जन्मचाहिँ एउटा सृजना हो, सुधार मात्र होइन: एउटा नयाँ कुराको शुरूआत हो, पुरानोलाई हेरफेर गरी नयाँ तुल्याइएको होइन। जसरी हामीले मानवीय स्वभाव शारीरिक जन्मद्वारा प्राप्‍त गरेका हुन्छौं त्यस्तै गरी इश्वरीय स्वभाव नयाँ जन्म (आत्मिक जन्म) द्वारा प्राप्‍त गर्दछौं।

येशूले जवाफ दिएर उनलाई भन्नुभयो: “साँचो-साँचो म तिमी [निकोदेमस एउटा नैतिकवान, धार्मिक व्यक्ति] लाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्‍न सक्दैन” (यूहन्ना ३:३)।

तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो; अर्थात् तिनीहरूलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्, जो न ता रगतबाट, न ता शरीरको इच्छाबाट, न ता मानिसको इच्छाबाट, तर परमेश्वरबाट जन्मेका हुन् (यूहन्ना १:१२-१३)।

किनकि ख्रीष्ट येशूमा राखिएको विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ (गलाती ३:२६)।

(“परमेश्वर सबैका पिता हुन् र सबै मानिस दाजुभाइ हुन्” भन्ने व्यापक मान्यता पाइरहेको आकर्षक भनाइ पूर्ण रूपमा अ-बाइबलीय छ – जुन भनाइ त्यसको पछिल्लो भागको अर्ध-सत्यको कारण झनै भ्रमात्मक छ। जन्मेका सबै नभएर नयाँ गरी जन्मेका सबै पो परमेश्वरका सन्तान हुन्छन्। पवित्र शास्त्रमा आदमलाई परमेश्वरको छोरा भनिएको छ, तर त्यहाँ भिन्नता जनाउँदै सेथलाई चाहिँ “आदमको छोरा” भन्न छुटाइएको छैन—लूका ३:३८)।

अनि नयाँ मान्छेलाई पहिर, जोचाहिँ परमेश्वरको स्वरूपअनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ (एफेसी ४:२४)।

यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन् (२ कोरिन्थी ५:१७)।

साथै यो “नयाँ मान्छे” ख्रीष्टसँग जोडिएको छ भनी बताइएको छ:

म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो (गलाती २:२०)।

उनीहरूकहाँ परमेश्वरले, अन्यजातिहरूको बीचमा यो रहस्यको महिमाको धन के हो, सो प्रकट गर्न चाहनुभयो: ‘महिमाको आशा ख्रीष्ट तिमीहरूभित्र नै रहस्य हो (कलस्सी १:२७)।

किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ। जब ख्रीष्ट, जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ (कलस्सी ३:३,४)।

जसद्वारा हामीलाई अत्यन्तै ठूला र बहुमूल्य प्रतिज्ञाहरू दिइएका छन्, यसैले कि यी प्रतिज्ञाहरूद्वारा तिमीहरू यस संसारमा अभिलाषाद्वारा हुने भ्रष्टताबाट उम्केर ईश्वरीय स्वभावका भागीदारहरू होओ (२ पत्रुस १:४)।

तर ख्रीष्ट तिमीहरूभित्र हुनुहुन्छ भने शरीर पापको कारणले मरेको छ, तर आत्मा धार्मिकताको कारणले जीवन हुनुहुन्छ (रोमी ८:१०)।

अनि गवाही यही हो — परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ, ऊसित जीवन छ; जससँग परमेश्वरका पुत्र हुनुहुन्न, ऊसित जीवन छैन (१ यूहन्ना ५:११,१२)।

तर यो नयाँ, ईश्वरीय स्वभाव, जुनचाहिँ ख्रीष्टकै स्वभाव हो, योचाहिँ विश्वासी जनभित्र उसको पुरानो स्वभावसँगै बास गर्दछ। पावल, जसले “म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ” भन्न सके, उनैले “किनकि म जान्दछु, मभित्र अर्थात् मेरो शरीरभित्र कुनै असल कुराले बास गर्दैन” (रोमी ७:१८) पनि भन्न सके; साथै, “जब म असल गर्ने इच्छा गर्दछु, तब खराब मसित हाजिर हुन्छ – त यहाँ एउटा व्यवस्था पाउँछु” (रोमी ७:२१)। “निर्दोष र सोझो जीवन बिताउने” अय्युबले भने “म आफूलाई घृणा गर्दछु” (अय्युब ४२:६)। जब उनले परमेश्वरको महिमालाई देखे, परमेश्वरका उत्कृष्ट जन दनियलले भने, “मेरो सुन्दरता मभित्रै भ्रष्टतामा परिणत हुन गयो” ( दनियल १०:८, अङ्ग्रेजि किङ्ग जेम्स भर्सन)।

यी दुई स्वभावका बीच द्वन्द छ। रोमी ७:१४-२५ मा उल्लेखित दुई “म” हरू – पुरानो शाऊल र नयाँ पावल – को बीचको युद्धलाई राम्ररी अध्ययन गर्नुहोस्। यस्तै अनुभवले नयाँ विश्वासी जनहरूलाई निरुत्साहित पार्ने र अलमल पार्ने गर्छ। त्यो समय निराशा र खतराको समय पनि हो। पावल, यही महत्त्वपूर्ण मोडमा पुगेर, पुरानो स्वभावलाई “मृत्युको शरीर” को संज्ञा दिँदै यसबाट छुटकारा पाउनलाई चिच्याउँछन्। यद्यपि उनी विश्वासी हुन्, व्यवस्थाले केवल उनको पीडा बढाइदिन्छ तर उनले “शरीर” बाट छुटकारा पाउँछन्, कुनै प्रयासद्वारा होइन न ता व्यवस्था पालन गर्ने प्रयत्‍नद्वारा, तर “हाम्रा प्रभु यशू ख्रीष्टद्वारा” (रोमी ७:२४,२५)।

तरैपनि, “शरीर” आफूभित्र छ भन्दैमा त्यसैमा हिँड्न हामीलाई बाहना छैन। हामीलाई सिकाइएको छ, “हाम्रो पुरानो मानिस ख्रीष्टसितै क्रुसमा टाँगियो”; त्यस अर्थमा हामी “मरेका छौं” र हामीलाई पृथ्वीमा भएका आफ्ना अंगहरूलाई मारेर (कलस्सी ३:५) उक्त मराइलाई हाम्रो अटुट अनुभव बनाउन आज्ञा गरिएको छ।

यसको निम्ति आवश्यक सामर्थ्यको स्रोत पवित्र आत्मा हुनुहुन्छ जो प्रत्येक विश्वासी जनभित्र बास गर्नुहुन्छ (१ कोरिन्थी ६:१९)। शरीरलाई वशमा राख्‍नु नै उहाँको सुन्दर कार्यभार हो।

तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ। किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ, र आत्माले शरीरको विरोधमा; अनि तिमीहरू जे इच्छा गर्दछौ, ती कुराहरू गर्न नसक भनेर यिनीहरू एक-अर्काको विरोधमा छन् (गलाती ५:१६,१७)।

किनकि तिमीहरू शरीरअनुसार जियौ भने तिमीहरू मर्नेछौ, तर तिमीहरूले आत्माद्वारा शरीरका कामहरू मार्‍यौ भने तिमीहरू जिउनेछौ (रोमी ८:१३)।

त्यसैले पुरानो स्वभावको पापप्रतिको झुकावलाई आत्मबलले वा असल गर्ने प्रणले सामना नगर्नुहोस्, तर यस द्वन्दलाई आफूभित्र बास गर्नुहुने पवित्र आत्माको हातमा सुम्पिदिनुहोस्।

रोमीको सातौं अध्यायचाहिँ नयाँ जन्म पाएको व्यक्तिको आफ्नो पुरानो “म” सितको द्वन्दको बयान भएकोले त्यो अत्यन्तै व्यक्तिगत रहेको पाइन्छ। “जे म चाहन्छु”, “त्यो म गर्दिनँ”, “जे म चाहन्नँ”, “त्यही म गर्दछु” — यी शब्दहरूले अनेकौं विश्वासी जनहरूको हृदयमा भइरहने पराजयको दुःखद अनुभूतिलाई व्यक्त गर्दछन्। रोमीको ८ मा द्वन्द अझै चलिरहेको पाइन्छ तर, खुशीको कुरा, द्वन्द अब व्यक्तिगत हुन छाडेको छ! त्यहाँ कुनै पीडाको सुस्केरा सुनिँदैन किनभने पावल अलग्गिएका छन्; द्वन्द अब “शरीर” (टार्ससका शावल) र पवित्र आत्माको बीच सीमित हुन गएको छ। पावलमा शान्ति छाएको छ, उनी विजयी छन्।

(यो बुझियोस् कि यहाँ द्वन्द भन्नाले भित्री दुष्टताप्रतिको झुकावको कुरा गरिएको हो जस्तै: रिस, घमण्ड, अभिलाषा आदि; बाह्य परीक्षाको सामना भने महापुजाहारी ख्रीष्टको शरण लिएर गरिने कुरा हो।)

यी खण्डहरूलाई ध्यानपूर्वक विचार गर्नुहोस्:

पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन (रोमी ६:६)।

किनभने हामी आत्मामा परमेश्वरको उपासना गर्नेहरू, ख्रीष्ट येशूमा आनन्द मनाउनेहरू र शरीरमा भरोसा नराख्‍नेहरू नै साँचो खतना हौं (फिलिप्पी ३:३)।

किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्वरमा लुकेको छ (कलस्सी ३:३)।

यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरका निम्ति जिउँदा भएका ठान (रोमी ६:११)।

तर प्रभु येशू ख्रीष्टलाई पहिर; अनि कुकामनाहरू पूरा गर्नालाई शरीरका लागि कुनै प्रबन्ध नगर (रोमी १३:१४)।

यसकारण अब भाइहरूहो, शरीरअनुसार जिउनालाई हामी शरीरका ऋणी होइनौं (रोमी ८:१२)।

अध्याय ७ का अध्ययन प्रश्नहरू
  1. प्राकृतिक मानिसको बयान गर्नुहोस्।
  2. ऊ के गर्न सामर्थ्यहीन छ?
  3. नयाँ जन्म के हो?
  4. “नयाँ मानिस” के हो?
  5. के विश्वासी जनसित पुरानो स्वभाव अझै पनि हुन्छ?
  6. त्यसमाथि उसले कसरी विजय प्राप्‍त गर्न सक्छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

व्यवस्था र अनुग्रह

Doctrine

व्यवस्था र अनुग्रह

 

सत्यको वचनको सबभन्दा प्रस्ट र उल्लेखनीय भिन्नता व्यवस्था र अनुग्रहको बीच रहेको पाइन्छ। बास्तवमा यी दुई फरक सिद्धान्तहरू नै दुई सबभन्दा महत्त्वपूर्ण प्रबन्धहरूलाई अर्थात् यहूदी र ख्रीष्टियन प्रबन्धहरूलाई छुट्ट्याउने विशिष्ट गुणहरू हुन्।

“किनभने मोशाद्वारा व्यवस्था दिइएको थियो, तर अनुग्रह र सत्यताचाहिँ येशू ख्रीष्टद्वारा आए” (यूहन्ना १:१७)।

तर यसको मतलब मोशा अघि व्यवस्था नै थिएन, र येशू ख्रीष्ट अघि अनुग्रह र सत्यता नै थिएन भन्ने अवश्य होइन। आदमलाई असल र खराबको ज्ञान दिने रूखको फल खानदेखि प्रतिबन्ध लगाइँदा (उत्पत्ति २:१७) व्यवस्था प्रकट गरिएको थियो, अनि परमप्रभु परमेश्वरले पाप गरेका आफ्ना प्राणीहरूको खोजी गर्नुहुँदा र उनीहरूलाई छालाका वस्त्र पहिराइदिनुहुँदा (उत्पत्ति ३:२१) अनुग्रह अति सुन्दर रूपमा प्रकट भएको थियो—यो त ख्रीष्टको सुन्दर चित्रण थियो “जो हाम्रा निम्ति धार्मिकता ठहरिनुभएको छ” (१ कोरिन्थी १:३०)। परमेश्वरको प्रकटित इच्छा आंशिक रूपमा — यस अर्थमा व्यवस्था — सधैंदेखि थियो र परमेश्वरको प्रकटित प्रेम र भलाइ पनि आंशिक रूपमा — यस अर्थमा अनुग्रह — सधैंदेखि थियो जसको प्रमाण पवित्र शास्त्रमा प्रशस्तै पाइन्छ। तरैपनि पवित्र शास्त्रभरि उल्लेखित “व्यवस्था” चाहिँ मोशाद्वारा दिइएको थियो अनि यस व्यवस्थाले नै सिनैदेखि कल्वरीसम्मको समयलाई रूपरंग दिएको पाइन्छ जसरी कल्वरीदेखि शुरू हुने प्रबन्धलाई अनुग्रहले विशेष रूपरंग दिएको छ र जुन प्रबन्धको अन्त्य, भविष्यवाणी गरिएअनुसार, मण्डलीको र्‍याप्चर अर्थात् उठाइलगिने घटनामा हुनेछ।

तरैपनि अति महत्त्वपूर्ण कुरा के छ भने पवित्र शास्त्रले कुनै पनि प्रबन्ध अन्तर्गत यी दुई सिद्धान्तहरूलाई कहिल्यै मिसाउने काम गर्दैन। व्यवस्थाको स्थान र काम अनुग्रहको भन्दा सधैं पूर्ण रूपमा भिन्न र फरक रहेको पाइन्छ। व्यवस्थामा परमेश्वरले प्रतिबन्ध लगाउने र माग राख्‍ने काम गर्नुहुन्छ। अनुग्रहमा परमेश्वरले आग्रह गर्ने र दिने काम गर्नुहुन्छ। व्यवस्था दोषी ठहराउने सेवा हो भने अनुग्रहचाहिँ क्षमाको सेवा हो। व्यवस्थाले श्राप दिन्छ भने अनुग्रहले उक्त श्रापबाट छुटकारा दिन्छ। व्यवस्थाले मार्छ, अनुग्रहले जीवित बनाउँछ। व्यवस्थाले परमेश्वरको सामु हरेक मुख बन्द गरिदिन्छ, अनुग्रहले हरेक मुख उहाँको प्रशंसा गर्नलाई खोलिदिन्छ। व्यवस्थाले मानिस र परमेश्वरको बीच ठूलो दोषरूपी दूरी खडा गरिदिन्छ, अनुग्रहले दोषी मानिसलाई परमेश्वरको नजिक ल्याउँदछ। व्यवस्थाले भन्छ, “आँखाको बदला आँखा, र दाँतको बदला दाँत”, अनुग्रहले भन्छ, “दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेऊ।” व्यवस्थाले भन्छ, “आफ्नो शत्रुलाई घृणा गर”, अनुग्रहले भन्छ, “आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देओ।” व्यवस्थाले भन्छ, काम गर तब जीवन पाउनेछौ; अनुग्रहले भन्छ, विश्वास गर तब जीवन पाउनेछौ। व्यवस्थाको कहिल्यै कुनै प्रचारक थिएन, अनुग्रह प्रत्येक प्राणीलाई प्रचारिनुपर्छ। व्यवस्थाले सबभन्दा असल मानिसलाई समेत दोषी ठहर्‍याउँछ, अनुग्रहले सबभन्दा खराब मानिसलाई समेत सित्तैंमा धर्मी ठहर्‍याउँछ (लूका २३:४३; रोमी ५:८; १ तिमोथी १:१५; १ कोरिन्थी ६:९-११)। व्यवस्था परीक्षण-प्रणाली हो, अनुग्रहचाहिँ निगाह-प्रणाली। व्यवस्थाले एउटी व्यभिचारिणीलाई ढुंगाले मार्छ, अनुग्रहले भन्छ, “म. . तिमीलाई दोषी ठहराउँदिनँ; जाऊ, र अबदेखि पाप नगर।” व्यवस्था अन्तर्गत गोठालोका निम्ति भेंडा मर्दछ, अनुग्रह अन्तर्गत भेंडाका निम्ति गोठालो मर्दछन्।

जुनै पनि खण्डमा पवित्र शास्त्रले व्यवस्था र अनुग्रहलाई एकदमै भिन्न भूमिकायुक्त प्रणालीको रूपमा प्रस्तुत गरेको पाइन्छ।

आज शिक्षा र प्रचारमा प्रायः यी दुईको मिसावटले दुवैलाई बिगारेको पाइन्छ। एकातिर व्यवस्था त्रासपूर्ण हुन छाडेको छ भने अर्कोतिर अनुग्रह बिनादामको हुन छाडेको छ।

नयाँ नियममा “व्यवस्था” भन्नाले मोशाद्वारा दिइएको व्यवस्था बुझिन्छ (रोमी ७:२३ अपवादमा पर्छ)। तर कहिलेकाहीँ यसले सम्पूर्ण व्यवस्थालाई जनाउँछ, अर्थात् दुवै “नैतिक व्यवस्था” (दस आज्ञा) र विधिहरूको व्यवस्थालाई; कहिलेकाहीँ यसले आज्ञाहरूलाई मात्र जनाउँछ र कहिलेकाहीँ विधिहरूलाई मात्र। उदाहरणको लागि रोमी ६:१४, गलाती २:१६ र ३:२ पहिलो वर्गमा पर्छ। रोमी ३:१९ र ७:७-१२ दोस्रोमा र कलस्सी २:१४-१७ तेस्रोमा।

साथै यो पनि स्मरणमा राखिनुपर्छ, विधिहरूको व्यवस्थामा नै ती गजबका प्रतीकहरू समावेश छन् अर्थात् पूजाहारी र बलिको रूपमा प्रभु येशू ख्रीष्टको व्यक्तित्व र कार्यका सुन्दर चित्रणहरू छन् जसरी भेट हुने पालमा (प्रस्थान २५-३०) र लेवीय बलिदानहरूमा (लेवी १-७) ती पाइन्छन्, जोचाहिँ आत्मिकहरूका लागि सधैं अद्‍भुत र मनोहर हुन्छन्।

केवल “ढुङ्गाहरूमा लेखिएको र खोपिएको मृत्युको सेवा” (२ कोरिन्थी ३:७) को आधारमा बुझ्न खोज्दा नबुझिने भजनसंग्रहका कतिपय वाक्यहरू समेत ख्रीष्टको सम्बन्धमा र उद्धार पाएकाहरूको सम्बन्धमा लेखिएका हुन् भनेर पढ्दा सफासित बुझिन्छ।

तर उसको आनन्द परमप्रभुको व्यवस्थामा हुँदछ, र उहाँकै व्यवस्थामा दिनरात मनन गर्दछ (भजनसंग्रह १:२)

आहा, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि मेरो ध्यान यसैमा रहिरहन्छ (भजनसंग्रह ११९:९७)।

व्यवस्थाको अनुग्रहसितको ठीक सम्बन्धको सवालमा मण्डली तीनओटा त्रुटीहरूले पीडित हुँदै आएको छ।

  1. व्यवस्थाहीनवाद (ANTINOMIANISM): विश्वासी जन कुनै नियमको अधीनमा छैन भन्ने त्रुटिपूर्ण शिक्षा हो यो। परमेश्वरको सित्तैंको अनुग्रहले, बिनायोग्यता बचाइने हुनाले, मानिस पवित्र जीवन जिउन बाध्य छैन भन्ने गलत परिकल्पना हो यो।

हामी परमेश्वरलाई चिन्छौं भनी तिनीहरू दाबी गर्छन्, तर कामहरूद्वारा चाहिँ तिनीहरूले उहाँलाई इन्कार गर्छन्; किनकि तिनीहरू घिनलाग्दा, अनाज्ञाकारी र हरेक असल कामका लागि निकम्मा छन् (तीतस १:१६)।

किनकि कति मानिसहरू लुकीछिपी भित्र पसेका छन्, जोचाहिँ अघिदेखि नै यही दण्डका निम्ति ठहराइएका भक्तिहीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई कामुकतामा परिवर्तन गर्छन्, र एक मात्र मालिक परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई इन्कार गर्छन् (यहूदा ४)।

  1. विधिवाद (CEREMONIALISM): विश्वासीहरूले लेवीय विधिहरू पालन गर्नैपर्छ भनी जुन माग राखिएको थियो, त्यो नै विधिवादको पहिलो ऐतिहासिक रूप थियो।

अनि कोही मानिसहरूले यहूदियाबाट झरेर भाइहरूलाई शिक्षा दिए: “मोशाको रीतिअनुसार तिमीहरूको खतना नहोउन्जेल तिमीहरूले मुक्ति पाउन सक्दैनौ (प्रेरित १५:१)।

ख्रीष्टियन विधिहरू बिना मुक्ति पाइँदैन भन्ने झूटा शिक्षा नै यसको आधुनिक रूप हो।

  1. गलातीवाद (GALATIANISM), अर्थात् व्यवस्था र अनुग्रहलाई मिसाउने काम; आंशिकरूपमा अनुग्रहले र आंशिकरूपमा व्यवस्थाले मानिस धर्मी ठहरिन्छ भन्ने शिक्षा; अथवा, अशक्त पापीलाई व्यवस्था पालन गर्न सक्नलाई अनुग्रह दिइन्छ भन्ने शिक्षा।

सबभन्दा व्यापक त्रुटी यही हो; गलातीहरूलाई लेखिएको पत्रमा पाइने गम्भीर चेताउनीहरू, अकाट्य तर्कहरू र जोडदार अभिव्यक्तिहरू नै यस त्रुटी विरुद्ध लेखिएको परमेश्वरको निष्कर्षपूर्ण प्रत्युत्तर हो।

तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु — तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्ध्याउँछौ (गलाती ३:२,३)?

म छक्क पर्दछु, किनकि जसले तिमीहरूलाई ख्रीष्टको अनुग्रहमा बोलाउनुभयो, उहाँबाट तिमीहरू यति चाँडै अर्कै सुसमाचारतिर फर्क्यौ; जुन सुसमाचार अर्को होइन; तर तिमीहरूलाई विचलित पार्ने र ख्रीष्टको सुसमाचार उल्टापुल्टा पार्न चाहनेहरू कोहीकोही छन्। तर हामीले वा स्वर्गबाटको कुनै दूतले पनि, हामीले तिमीहरूलाई प्रचार गरेको सुसमाचारबाहेक अर्को कुनै सुसमाचार तिमीहरूलाई सुनायो भने त्यो श्रापित होओस् (गलाती १:६-८)।

यस महत्त्वपूर्ण विषयको बाइबलीय शिक्षाको रूपरेखा निम्नलिखित खण्डहरूले प्रस्ट पार्न मदत गर्नेछ। उल्लेखित खण्डहरूले व्यवस्थाको केवल नैतिक पक्षलाई जनाउँछन्।

 

  1. व्यवस्था कस्तो कुरा हो

यसकारण व्यवस्था पवित्र छ, र आज्ञा पनि पवित्र, न्यायपूर्ण र असल छ (रोमी ७:१२)।

किनकि हामी जान्दछौं, व्यवस्था आत्मिक छ; तर मचाहिँ शारीरिक छु, र पापको हातमा बेचिएको छु (रोमी ७:१४)।

किनकि भित्रको मानिसअनुसार परमेश्वरको व्यवस्थामा म आनन्दित हुन्छु (रोमी ७:२२)।

तर हामी जान्दछौं, व्यवस्था असल छ, यदि कसैले यसलाई नियमअनुसार प्रयोग गर्‍यो भने (१ तिमोथी १:८)।

तर व्यवस्था विश्वासबाटको होइन, तर ‘जुन मान्छेले तिनलाई पालन गर्छ, ऊ तीद्वारा जिउनेछ’ (गलाती ३:१२)।

 

  1. व्यवस्थाको न्यायोचित प्रयोग

तब हामी के भनौं त? के व्यवस्था पाप हो? कदापि होइन! तर बिनाव्यवस्था, पाप भनेको के हो, म जान्नेथिइनँ; किनकि ‘तिमीले लोभ नगर्नू’ भनी व्यवस्थाले मलाई नभनेको भए लोभलालच के हो, म जान्नेथिइनँ (रोमी ७:७।

तब के, जे असल छ, त्यही मेरा लागि मृत्यु बन्यो त? कदापि होइन! तर पापले, आफू पाप नै देखा परोस् भनेर जे असल छ, त्यहीद्वारा ममा मृत्यु उत्पन्न गरिरहेको थियो: आज्ञाद्वारा पाप ज्यादै पापमय बनोस् भनेर (रोमी ७:१३)।

यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ (रोमी ३:२०)।

तब व्यवस्था केका लागि हो? यो ता जुन वंशलाई प्रतिज्ञा दिइएको थियो, त्यो नआउन्जेल अपराधहरूले गर्दा थपिएको हो; र स्वर्गदूतहरूद्वारा एउटा मध्यस्थको हातमा ठहराइएको हो (गलाती ३:१९)

अब हामी जान्दछौं — व्यवस्थाले जे पनि भन्दछ, त्यसले व्यवस्थाको अधीनमा बसेकाहरूलाई भन्दछ, कि हरेक मुख चुप रहोस् र सारा संसार परमेश्वरको सामु दोषी ठहरियोस् (रोमी ३:१९)।

[व्यवस्थाको केवल एउटै भाषा छ: “व्यवस्थाले जे पनि भन्दछ”। दोषी ठहर्‍याउनलाई मात्र बोल्दछ यो।]

किनकि जतिजना व्यवस्थाका कामहरूबाटका हुन्, तिनीहरू श्रापमनि छन्; किनकि लेखिएको छ: ‘व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुराहरूमा तिनलाई पालन गर्नालाई लागिनरहने हरेक जन श्रापित होस्’ (गलाती ३:१०)

किनकि जसकसैले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर पनि एउटै कुरामा चुक्यो भने ऊ सबै कुरामा दोषी ठहरिएको छ (याकूब २:१०)

ढुङ्गाहरूमा लेखिएको र खपिएको मृत्युको सेवा (२ कोरिन्थी ३:७)

किनकि दोषी ठहराउने सेवा (२ कोरिन्थी ३:९)

किनकि म एकपल्ट व्यवस्थाबिना जिउँदो थिएँ; तर जब आज्ञा आयो, तब पाप जाग्यो, र म मरें (रोमी ७:९)।

अनि मृत्युको खील पाप हो; अनि पापको शक्ति व्यवस्था हो (१ कोरिन्थी १५:५६)।

यसकारण यो स्पष्ट छ, मानिस व्यवस्थाबिना रहँदै आएको २,५०० वर्षपछि उसलाई व्यवस्था दिनु (यूहन्ना १:१७; गलाती ३:१७) मा परमेश्वको उद्देश्य यो थियो, दोषी मानिसलाई पहिला उसको पापको ज्ञान दिलाउनु र त्यसपछि परमेश्वरका न्यायोचित मागहरूको सामु उसको पूर्ण शक्तिहीनता देखाउनु। यसको एउटै काम र पूर्ण काम दोषी ठहराउनु र मृत्युदण्ड दिनु हो।

  1. व्यवस्थाले के गर्न सक्दैन

यसकारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिनेछैन; किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ (रोमी ३:२०)।

तर मानिस व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिँदैन, तर येशू ख्रीष्टको विश्वासद्वारा मात्र धर्मी ठहरिन्छ भन्ने जानेर हामी आफैले पनि व्यवस्थाका कामहरूद्वारा होइन, तर ख्रीष्टको विश्वासद्वारा धर्मी ठहरिऔं भनेर येशू ख्रीष्टमाथि विश्वास गर्‍यौं; किनकि व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी धर्मी ठहरिनेछैन (गलाती २:१६)।

परमेश्वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ; किनकि व्यवस्थाद्वारा धार्मिकता आउँदो हो ता ख्रीष्ट व्यर्थमा मर्नुभयो (गलाती २:२१)।

तर परमेश्वरको दृष्टिमा व्यवस्थाद्वारा कोही पनि धर्मी ठहरिँदैन, यो कुरा स्पष्ट छ; किनभने ‘धर्मी जन विश्वासद्वारा जिउनेछ’ (गलाती ३:१३)।

किनकि जुन कुरा व्यवस्थाले शरीरद्वारा कमजोर भएको हुनाले गर्न सकेन, त्यही कुरा परमेश्वरले आफ्नो पुत्रलाई पापमय शरीरको समानतामा र पापका निम्ति पठाईकन गर्नुभयो र शरीरमा पापलाई दण्डको आज्ञा दिनुभयो (रोमी ८:३)।

अनि मोशाको व्यवस्थाद्वारा तपाईंहरू जुन-जुन कुराहरूबाट धर्मी ठहरिन सक्नुभएन, ती सबै कुराहरूबाट हरेक विश्वास गर्ने मानिस उहाँद्वारा धर्मी ठहरिन्छ (प्रेरित १३:३९)।

किनकि व्यवस्थाले कुनै कुरा पनि सिद्ध पारेन, तर उत्तम आशा भित्र्याइएकोले पार्‍यो; जसद्वारा हामी परमेश्वरको नजिक जान्छौं (हिब्रू ७:१९)।

  1. विश्वासी जन व्यवस्थाको अधीनमा छैन

रोमी ६:१-१० ले विश्वासी जन ख्रीष्टसित उहाँको मृत्युमा सम्मिलित भएको छ भन्ने शिक्षालाई प्रस्तुत गर्दछ जसको चित्रण बप्‍तिस्माले दिन्छ। त्यसपछि ६:११-२२ ले विश्वासी जनको हिँडाइ अर्थात् उसको जीवनको नियमलाई निर्धारण गर्ने सिद्धान्तहरूलाई प्रस्तुत गर्दछ। यसमा रोमी ६:१४ ले छुटकाराको महान् सिद्धान्तलाई बताउँदछ – पापको दोषबाटको छुटकारा होइन, त्यो त ख्रीष्टको रगतले दिलायो – तर पापको शक्तिबाटको छुटकारा अर्थात् यसको दासत्वबाटको छुटकारा।

“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ” (रोमी ६:१४)

त्यसोभए पवित्र जीवन जिउन आवश्यक छैन भनेर सिकाउने कुरूप व्यवस्थाहिनवादतर्फ यसले नडोर्‍याओस् भन्ने हेतुले पवित्र आत्माले तुरुन्तै यसो भन्दै थप्नुहुन्छ:

“तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!” (रोमी ६:१५)।

जवाफमा प्रत्येक नवीकृत हृदयले अवश्य भन्नेछ, “आमेन”।

त्यसपछि रोमी सातौं अध्यायले व्यवस्थाबाटको छुटकाराको अर्को सिद्धान्त प्रस्तुत गर्दछ।

यसकारण हे मेरा भाइहरूहो, परमेश्वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ। किनकि जब हामी शरीरमा थियौं, तब व्यवस्थाद्वारा जगाइएका पापहरूका वासनाहरूले मृत्युका निम्ति फल फलाउनालाई हाम्रा अङ्गहरूमा काम गर्दथे। तर अब लेखिएको व्यवस्थाको पुरानोपनामा होइन, तर आत्माको नयाँपनामा सेवा गर्न सकौं भनेर जसको बन्धनमा हामी थियौं, त्यसका निम्ति मरीकन हामी व्यवस्थाबाट मुक्त भएका छौं (रोमी ७:४-६)।

(माथि उल्लेख भएको व्यवस्थाचाहिँ विधिको व्यवस्था होइन भन्ने तथ्य पद ७ बाट जानिन्छ)।

किनकि परमेश्वरका निम्ति बाँचूँ भनेर म व्यवस्थाद्वारा व्यवस्थाका निम्ति मरेको छु (गलाती २:१९)

तर विश्वास आउनुभन्दा पहिले यही व्यवस्थाको अधीनतामा हाम्रो रखवाली भयो, र पछिबाट प्रकट हुने विश्वासका निम्ति हामी थुनामा राखियौं। यसकारण व्यवस्थाचाहिँ, हामी विश्वासद्वारा धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टकहाँ ल्याउने हाम्रो शिक्षक भएको छ। तर विश्वास आइसकेपछि चाहिँ हामी अब उसो शिक्षकको अधीनतामा छैनौं (३:२३-२५)

तर हामी जान्दछौं, व्यवस्था असल छ, यदि कसैले यसलाई नियमअनुसार प्रयोग गर्‍यो भने; यो कुरा थाह गर्दै कि व्यवस्थाचाहिँ धर्मी मानिसका निम्ति बनाइएको होइन, तर अधर्मी र अटेरिका निम्ति, भक्तिहीन र पापीका निम्ति, अपवित्र र अशुद्धका निम्ति, बाबु मार्नेहरू र आमा मार्नेहरूका निम्ति, मान्छे मार्नेहरूका निम्ति (१ तिमोथी १:८-९)।

  1. विश्वासीको जिउने नियम के हो?

जसले ‘म उहाँमा रहन्छु’ भन्छ, ऊ आफै पनि, जसरी उहाँ हिँड्नुहुन्थ्यो, उसरी हिँड्नुपर्छ (१ यूहन्ना २:६)।

उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभएको छ; यसैबाट हामी परमेश्वरको प्रेम थाह पाउँछौं; र हामीले भाइहरूका निम्ति आफ्ना प्राणहरू अर्पण गर्नुपर्छ (१ यूहन्ना ३:१६)

हे प्रियहो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु — प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस (१ पत्रुस २:११ साथै पद १२-२३ मा पनि हेर्नुहोस्)

यसकारण म, प्रभुको कैदी, तिमीहरूलाई विन्ती गर्दछु: जुन बोलावटले तिमीहरू बोलाइएका छौ, त्यसैको योग्य चालमा हिँड, सबै दीनता र नम्रतासाथ, सहनशीलतासित प्रेमले एक-अर्कालाई सह (एफेसी ४:१,२)।

यसकारण तिमीहरू प्रिय बालकहरूझैं परमेश्वरका देखासिकी गर्नुहरू होओ; र प्रेममा हिँड, जसरी ख्रीष्टले पनि हामीलाई प्रेम गर्नुभयो (एफेसी ५:१,२)।

किनकि बितेको समयमा तिमीहरू अन्धकार थियौ, तर अब प्रभुमा तिमीहरू ज्योति हौ; ज्योतिका सन्तानहरूझैं हिँड (एफेसी ५:८)।

यसकारण तिमीहरू होसियारसँग हिँडिरहेका छौ कि छैनौ, हेर; बुद्धिहीनझैं होइन, तर बुद्धिमानझैं हिँड; समयलाई खेर जान नदेओ, किनकि दिन खराब छन् एफेसी ५:१५,१६)।

तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ (गलाती ५:१६)।

किनकि जस्तो मैले तिमीहरूलाई गरेको छु, त्यस्तै तिमीहरूले पनि गर्नुपर्छ भनेर मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु (यूहन्ना १३:१५)।

तिमीहरूले मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले पनि मेरा पिताका आज्ञाहरू पालन गरेको छु, अनि उहाँको प्रेममा रहन्छु (यूहन्ना १५:१०)।

जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु, उसरी नै तिमीहरूले एक‍-अर्कालाई प्रेम गर, यो मेरो आज्ञा हो (यूहन्ना १५:१२)।

जससँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्दछ, उही मलाई प्रेम गर्ने हो। अनि जसले मलाई प्रेम गर्दछ, ऊ मेरा पिताद्वारा प्रेम गरिनेछ, अनि म उसलाई प्रेम गर्नेछु, र आफैलाई उसकहाँ प्रकट गर्नेछु (यूहन्ना १४:२१)।

अनि हामी जे माग्छौं, सो उहाँबाट पाउँछौं; किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र जुन कुराहरू उहाँको दृष्टिमा मनपर्दा छन्, ती गर्दछौं। अनि उहाँको आज्ञा यही हो — उहाँका पुत्र येशू ख्रीष्टको नाममा हामीले विश्वास गर्नुपर्छ, र उहाँले हामीलाई आज्ञा दिनुभएअनुसार एक-अर्कालाई प्रेम गर्नुपर्छ (१ यूहन्ना ३:२२,२३)।

‘जुन वाचा म ती दिनहरूपछि तिनीहरूसित बाँध्नेछु, त्यो यही हो, प्रभु भन्नुहुन्छ — म मेरा व्यवस्थाहरू तिनीहरूका हृदयहरूभित्र हालिदिनेछु’ (हिब्रू १०:१६)।

  1. अनुग्रह के हो?

तर जब हाम्रा मुक्तिदाता परमेश्वरका दया र मानिसप्रतिको प्रेम प्रकट भए, तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो — नयाँ जन्मको स्नान र पवित्र आत्माबाटको नवीकरणद्वारा (तीतस ३:४,५)।

ख्रीष्ट येशूमा हामीतर्फ भएको उहाँको दयाद्वारा पछि आउने युगहरूमा उहाँको अनुग्रहको अपार धन देखाउनका निम्ति (एफेसी २:७)।

तर परमेश्वरले हामीतर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ — हामी पापी हुँदा-हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५:८)।

 

  1. अनुग्रह अन्तर्गत परमेश्वरको उद्देश्य के हो?

किनकि विश्वासद्वारा अनुग्रहले तिमीहरूले मुक्ति पाएका छौ; अनि यो तिमीहरू आफैबाटको होइन, यो परमेश्वरको दान हो; कामहरूबाट होइन, नत्र ता कसैले घमण्ड गर्नेछ (एफेसी २:८,९)।

किनकि मुक्ति ल्याउने परमेश्वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ — अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मसंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ; र त्यस धन्य आशाको, र हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमापूर्ण आगमनको बाटो हेर्दै जिउनुपर्छ (तीतस २:११-१३)।

उहाँको अनुग्रहद्वारा धर्मी ठहरिएर अनन्त जीवनको आशाअनुसार हामी हकवालाहरू बन्न सकौं भनेर (तीतस ३:७)।

र उहाँको अनुग्रहद्वारा ख्रीष्ट येशूमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैंमा धर्मी ठहरिन्छन् (रोमी ३:२४)।

उहाँद्वारा विश्वासको कारणले हामीले यस अनुग्रहभित्र प्रवेश पाएका छौं, यही अनुग्रहभित्र हामी खडा छौं, र परमेश्वरको महिमाको आशामा आनन्द मनाउँछौं (रोमी ५:२)।

अनि अब भाइहरूहो, म तपाईंहरूलाई परमेश्वर र उहाँको अनुग्रहको वचनको जिम्मामा सुम्पिदिन्छु, जसले तपाईंहरूलाई बढाउँदै लैजान र सबै पवित्र पारिएकाहरूको बीचमा तपाईंहरूलाई पैतृक-सम्पत्ति दिलाउन सक्दछ (प्रेरित २०:३२)।

उहाँको अनुग्रहको महिमाको प्रशंसाका निम्ति जुन अनुग्रहमा उहाँले हामीलाई उही प्रियमा ग्रहणयोग्य तुल्याउनुभयो। उहाँमा हामीले उहाँको अनुग्रहको धनअनुसार उहाँको रगतद्वारा छुटकारा अर्थात् पापहरूको क्षमा पाएका छौं (एफेसी १:६,७)।

यसकारण हामी साहससँग अनुग्रहको सिंहासनको नजिक जाऔं, र दया पाऔं, अनि खाँचो पर्दा सहायता पाउनालाई अनुग्रह प्राप्‍त गरौं (हिब्रू ४:१६)।

कति सिद्ध, कति विस्तृत यो परमेश्वरको अनुग्रह! यसले बचाउँछ, धर्मी ठहराउँछ, निर्माण गराउँछ, ग्रहणयोग्य तुल्याउँछ, छुटकारा दिलाउँछ, क्षमा दिन्छ, पैतृक-सम्पत्तिको भागीदार बनाउँछ, परमेश्वरको सामु ओहोदा दिन्छ, अनुग्रहको सिंहासनको प्रबन्ध गर्दछ जहाँ हामी साहससित कृपा र सहायता पाउन आउन सक्छौं; यसले हामीलाई जिउन सिकाउँछ र धन्यको आशा दिलाउँछ!

अब यति बताउन बाँकी छ, कि यी भिन्न सिद्धान्तहरूलाई मिसाउन सकिँदैन।

तर अनुग्रहद्वारा हो भने यो कामद्वारा हुँदै होइन, नत्र ता अनुग्रह अनुग्रह नै हुँदैन (रोमी ११:६)।

अब जसले काम गर्दछ, त्यसका निम्ति ज्याला अनुग्रह होइन, तर हक ठहरिन्छ। तर जसले काम गर्दैन, तर भक्तिहीनलाई धर्मी ठहराउनुहुनेमाथि विश्वास राख्छ, उसका निम्ति उसको विश्वास धार्मिकता ठहरिन्छ (रोमी ४:४,५; साथै गलाती ३:१६-१८ र ४:२१-३१ मा पनि हेर्नुहोस्)।

अन्तमा:

यसकारण हे भाइहरूहो, हामी दासीका सन्तानहरू होइनौं, तर स्वतन्त्र स्त्रीका हौं (गलाती ४:३१)

किनकि तिमीहरू न ता त्यस पर्वतमा आएका छौ, जसलाई छुन सकिन्थ्यो, र जो आगोले बल्थ्यो; न ता कालो बादल, अन्धकार, आँधी, तुरहीको ध्वनि र वचनहरू बोल्ने आवाजकहाँ नै आएका छौ; जसले त्यो आवाज सुने, तिनीहरूले त्यो वचन फेरि तिनीहरूलाई नभनियोस् भनी विन्ती गरे — किनकि जो आज्ञा दिइएको थियो, सो तिनीहरूले सहन सकेनन्, ‘अनि यदि कुनै पशुले पनि पहाड छोयो भने त्यो ढुङ्गाले हानियोस्, अथवा काँडाले छेंडियोस्।’ अनि दृश्य यति भयानक थियो, कि मोशाले भने: ‘म ज्यादै डराउँदै छु, र काम्दै छु।’ तर तिमीहरू ता सियोन पर्वतमा, जिउँदो परमेश्वरको शहर स्वर्गीय यरूशलेममा र स्वर्गदूतहरूको असंख्य जमातमा, सर्वसाधारण सभामा, जेठा छोराहरूको मण्डलीमा, जसका नाम स्वर्गमा लेखिएका छन्, र सबैका न्यायकर्ता परमेश्वरकहाँ, सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ, नयाँ वाचाका मध्यस्थ येशूकहाँ र रगतको छिट्काउमा आएका छौ, जसले हाबिलको रगतले भन्दा उत्तम कुराहरू बोल्दछ (हिब्रू १२:१८-२४)।

त्यसैले परमेश्वरले सिनैमा बोल्नुभएको कुरालाई “नैतिक व्यवस्था” र “विधिको व्यवस्था” मा विभाजन गर्ने सवाल उठ्दैन – विश्वासी जन सिनै पर्वतमा ल्याइएकै छैन।

जसरी जन बन्यन भन्छन्: “विश्वासी जन अब, प्रभु येशूमा राखिएको विश्वासद्वारा, यस्तो सिद्ध र धन्यको धार्मिकताले ढाकिएको छ कि सिनै पर्वतको गर्जने व्यवस्थाले त्यसमा सानो भन्दा सानो त्रुटी वा कमी भेट्न सक्दैन। यसलाई भनिन्छ बिनाव्यवस्थाको परमेश्वरको धार्मिकता।

यदि तपाईंले विश्वास गर्न बाँकी नै छ भने आफूले तोड्नुभएको त्यस पवित्र र न्यायपूर्ण व्यवस्थाको साँचो फैसलालाई स्वीकार गर्नलाई तपाईंलाई प्रेमपूर्वक आग्रह गरिन्छ: “किनभने त्यहाँ कुनै भिन्नता छैन: किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुनगएका छन्” (रोमी ३:२२,२३)। ख्रीष्टमा तपाईंले सिद्ध र अनन्त मुक्ति पाउनुहुनेछ, जसरी लेखिएको छ: “यदि तिमीले आफ्नो मुखले प्रभु येशूलाई स्वीकार गर्‍यौ भने, र परमेश्वरले उहाँलाई मरेकाहरूलाई बौराएर उठाउनुभयो भनी आफ्नो हृदयमा विश्वास गर्‍यौ भने तिमीले मुक्ति पाउनेछौ” (रोमी १०:९)। “किनकि विश्वास गर्ने हरेक जनका लागि धार्मिकताका निम्ति ख्रीष्ट नै व्यवस्थाका अन्त हुनुहुन्छ” (रोमी १०:४)।

 

अध्ययन प्रश्नहरू

  1. व्यवस्था के हो?
  2. व्यवस्थाको उद्देश्य के हो?
  3. व्यवस्था के गर्न असमर्थ छ (व्यवस्थाले के गर्न सक्दैन)?
  4. अनुग्रह के हो?
  5. अनुग्रहमा परमेश्वरको के उद्देश्य छ?
  6. विश्वासी जन जिउने नियम व्यवस्था हो भन्नु बाइबलीय हो?
  7. विश्वासी जन जिउने नियम के हो?

 

पाँच न्यायहरू

Doctrine

पाँच न्यायहरू

इसाई साहित्यमा बारम्बार उल्लेख हुने गरेको साधारण न्याय (general judgement) भन्ने वाक्यांश पवित्र शास्त्रमा भेटिँदैन। अझ गम्भीर कुरा के भने उक्त वाक्यांशले व्यक्त गर्न खोजेको विचार पवित्र शास्त्रमा भेटिँदैन।

डा. पेन्टेकोस्टको यो भनाइ सही हो: “यही हानिकारक बानीले गर्दा इसाई जगतको बोलीचालीमा न्यायको परिभाषा संसारको अन्तमा एकैपटक हुने ठूलो घटना हो भन्ने बुझिन्छ जुन बेला सबै मानिसहरू, पवित्र जनहरू, पापीहरू, यहूदी तथा अन्यजातिहरू, मरेका र जीवितहरू, “ठूलो सेतो सिंहासन” का सामु उभिनेछन् र त्यहाँ न्याय गरिनेछन्। यो त बाइबलको सही शिक्षाभन्दा ज्यादै परको कुरा हो। 

पवित्र शास्त्रले पाँचओटा न्यायहरूको उल्लेख गरेको पाइन्छ। ती न्यायहरूबीचका भिन्नताहरूका चार पक्षहरू छन्:

    1. न्यायमा संलग्नहरू

    2. न्यायको स्थान

    3. न्यायको समय

    4. न्यायको परिणाम

१. विश्वास गरेकाहरूको पापहरूको न्याय

उनीहरूका पापहरूको न्याय पूरा भइसक्यो।

  • समय: ई सं ३० मा

  • स्थान: क्रूसमा

  • परिणाम: ख्रीष्टलाई मृत्यु, विश्वासी जनलाई धार्मिकता

अनि उहाँ आफ्नो क्रूस बोकेर ‘खोपडी’ भनिने ठाउँतिर जानुभयो, जसलाई हिब्रू भाषामा ‘गलगथा’ भनिन्छ, जहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे (यूहन्ना १९:१७,१८)।

हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो (१ पत्रुस २:२४)।

किनकि हामीलाई परमेश्वरकहाँ पुर्‍याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति – पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो (१ पत्रुस ३:१८)।

हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ: किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुण्डिन्छ, त्यो श्रापित हो’ (गलाती ३:१३)।

किनकि उहाँ [ख्रीष्ट] मा हामी परमेश्वरका धार्मिकता बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनुभयो (२ कोरिन्थी ५:२१)।

तर अब, यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई उहाँ एकपल्ट देखा पर्नुभएको थियो (हिब्रू ९:२६)।

आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।

यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन (रोमी ८:१)।

साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)।

यस खण्डको “न्याय” भन्ने अनूदित शब्दलाई मत्ती १०:१५, हिब्रू ९:२७, २ पत्रुस २:४ मा पनि प्रयोग गरिएको छ। २ कोरिन्थी ५:१० मा प्रयोग गरिएको “न्याय” भन्ने शब्दचाहिँ बेग्लै शब्द हो जुनचाहिँ विश्वासी जनहरूको कामहरूको न्यायसित सम्बन्धित छ।

 

२. विश्वासी जनभित्रको पापको न्याय

  • समय: जुनसुकै समय

  • स्थान: जुनसुकै स्थान

  • परिणाम: हामीले आफैलाई न्याय गरेनौ भने प्रभुबाट ताडना पाइने

किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिनेछैन। तर संसारसँगै हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताडना पाउँछौं(१ कोरिन्थी ११:३१,३२)।

यदि तिमीहरूले ताडना सह्यौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैं व्यवहार गर्नुहुन्छ; किनकि कुन छोरा होला, जसलाई बाबुले ताडना दिँदैन? (हिब्रू १२:७)।

यी खण्डहरूमा पनि हेर्नुहोस्: १ पत्रुस ४:१७; १ कोरिन्थी ५:५; २ शमूएल ७:१४,१५; २ शमूएल १२:१३,१४; १ तिमोथी १:२०।

 

३. विश्वासी जनहरूको चालचलन अर्थात् कामहरूको न्याय

  • समय: जब ख्रीष्ट आउनुहुनेछ

  • स्थान: “हावामा”; विश्वासी जनका लागि

  • परिणाम: “इनाम” वा “नोक्सानी” – “तर ऊ आफैचाहिँ बाँच्नेछ”

यो एक गम्भीर कुरा हो कि ख्रीष्टले हाम्रा पापहरू क्रूसमाथि आफ्नै शरीरमा बोक्नुभएर परमेश्वरले ती पापहरूलाई “कहिल्यै सम्झना गर्नेछैनँ” (हिब्रू १०:१७) भनी हामीसित करार बाँध्नुभए तापनि, हामीले गरेको हरेक कामलाई भने न्यायमा ल्याइनैपर्छ। विश्वासी जनको जीवन र उसका कामहरू प्रभुद्वारा जाँचिनैपर्छ।

यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्‍न गर्दछौं। किनकि शरीरमा गरिएका कामहरूका निम्ति, चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ, त्यसअनुसारको फल पाउनालाई हामी सबै ख्रीष्टको न्यायआसनका सामु देखा पर्नुपर्छ (२ कोरिन्थी ५:९,१०)।तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ? वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ? किनकि हामी सबै ख्रीष्टको न्यायआसनका सामु उभिनेछौं (रोमी १४:१०)।

माथिका दुवै खण्डहरू केवल विश्वासीहरूको बारेमा हुन् भन्ने कुरा सन्दर्भले नै देखाउँछ। पहिलो खण्डमा विश्वासी जन शरीरमा रहिरहेको छ भने ऊ प्रभुदेखि टाढा रहेको हुन्छ, ऊ शरीरबाट अलग रहेको हुन्छ भने ऊ प्रभुसितै रहेको हुन्छ भनेर दुई मध्ये एउटा अवस्थामा विश्वासी जन रहेको हुन्छ भनेर पावल प्रेरित बताउँछन्—विश्वास नगरेकाहरूको बयान गर्ने शब्द होइनन् यी। २ कोरिन्थी ५:९,१० अनुसार, “यसकारण…हामी… उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्‍न गर्दछौं”, “किनकि हामी सबै प्रकट गराइनुपर्छ”।

रोमी १४:१० मा “हामी” र “भाइ” भन्ने शब्दहरूबाट विषयवस्तु फेरि विश्वासीहरूमा नै सीमित भएको सङ्केत मिल्छ। पवित्र आत्माले मुक्ति पाएका र नपाएकाहरूलाई मिसाउने काम कहिल्यै गर्नुहुन्न। तथापि रगतद्वारा धोइएको पवित्र जन न्यायमा खडा गराइनेछ भन्ने कुरा अविश्वसनीय नठानियोस् भन्ने हेतुले उहाँले यशैयाबाट उद्धरण गर्नुहुन्छ, यो प्रमाणित गर्न कि “हरेक घुँडा टेक्नेछ”, इत्यादि, अनि यसरी थप्नुहुन्छ, “यसैकारण हामीमध्ये हरेकले परमेश्वरलाई आफ्नो-आफ्नो लेखा दिनेछ।”

निम्न खण्डले कामहरूको न्याय कुन आधारमा गरिनेछ भनी बताउँछ।

किनकि त्यस बसालिएको जगलाई छोडेर, जो येशू ख्रीष्ट हुनुहुन्छ, कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन, चाँदी, रत्‍नहरू, काठ, घाँस, परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ; किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ; अनि हरेकको काम, त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। कुनै मानिसको काम, जो उसले त्यसमाथि बनाएको छ, रहिरह्यो भने उसले इनाम पाउनेछ। कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाच्नेछ, तर आगोबाट भएर उम्केजस्तो (१ कोरिन्थी ३:११-१५)।

निम्न खण्डहरूले उक्त न्यायको समयलाई सङ्केत गर्दछन् –

किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूको साथमा आउनेछन्, र त्यस बेला उनले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनेछन् (मत्ती १६:२७)।

र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१४)। १ कोरिन्थी १५:२२,२३ मा हेर्नुहोस्।

यसकारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर, उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ, र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ; तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ (१ कोरिन्थी ४:५)।

तर, हाम्रा ती निम्नस्तरीय कामहरूको लेखाजोखा निश्चय पनि गरिनेछ भन्ने कुराको प्रसङ्गमा ठूलो सान्त्वना केमा छ भने, उहाँले आफ्नो धैर्यवान् प्रेममा हामीलाई यस्तो प्रकारले डोर्‍याउँदै हुनुहुन्छ र वर्तमान समयमा हामीभित्र यस्तो प्रकारले काम गर्दैहुनुहुन्छ कि त्यस दिन ती सबै कुराहरूमा हामीलाई प्रशंसा गर्न सकिने केही न केही पाउन सकियोस्।

हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।

अब उप्रान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:८)।

उक्त न्यायको स्थान: १ थेस्सलोनिकी ४:१७; साथै मत्ती २५:२४-३० मा हेर्नुहोस्।

 

४. जातिहरूको न्याय

  • समय: ख्रीष्टको महिमापूर्ण आगमनको समय (मत्ती २५:३१,३२; मत्ती १३;४०,४१)

  • स्थान: यहोशपातको बेसी (योएल ३:१,२,१२-१४)

  • परिणाम: कोही बाँच्नेछन्, कोही नष्ट हुनेछन् (मत्ती २५:४६)

आधार: ख्रीष्टले “मेरा भाइहरू” भनी जनाउनुभएकाहरू प्रतिको व्यवहार (मत्ती २५:४०,४५; योएल ३:३,६,७)। यी “भाइहरू” चाहिँ “महासंकष्ट” को समयका यहूदीहरू हुन् जोहरूले आफ्ना मसीह येशूलाई विश्वास गर्नेछन्। उक्त महासंकष्टकाल मण्डली उठाएर लगिएपछि शुरू हुनेछ अनि हाम्रा प्रभुको महिमापूर्ण आगमनमा अन्त्य हुनेछ (मत्ती २४:२१,२२; प्रकाश ७:१४; २ थेस्सलोनिकी २:३-९)। यी “भाइहरू” वर्तमान प्रबन्धका विश्वासीहरू हुन सक्दैनन् किनकि विश्वासी जनहरूको सेवा गर्नु येशू स्वयंलाई सेवा गर्नु हो भन्ने ज्ञान समेत नभएका इसाईहरूको कुनै उल्लेखनीय समूह भेट्टाइन असम्भव नै हुन्छ।

जीवित रहेका जातिहरूको यस न्याय र प्रकाश २० को “ठूलो सेतो सिंहासन” को न्यायलाई कतिले एउटै भनी ठान्ने गरेकोले यी दुई घटनाहरूलाई दाँजेर हेर्न लाभदायक हुन्छ।

 

जीवित जातिहरूको न्याय

 

ठूलो सेतो सिंहासनको न्याय

कुनै बौरिउठाइको उल्लेख छैन

एउटा बौरिउठाइको उल्लेख छ

जीवित जातिहरूको न्याय गरिनेछ

“मरेकाहरू” को न्याय गरिनेछ

स्थान: पृथ्वीमा

आकाश र पृथ्वी बितेर गइसकेका हुन्छन्

पुस्तकहरूको उल्लेख छैन

“पुस्तकहरू खोलिए”

तीन वर्ग: भेडा, बाख्रा, “भाइहरू”

एउटै वर्ग: “मरेकाहरू”

समय: जब ख्रीष्ट देखा पर्नुहुनेछ

उहाँले १,००० वर्ष राज्य गर्नुभए पछि

यस न्यायको कार्यान्वयनमा ख्रीष्टसित पवित्र जनहरू पनि सहभागी हुनेछन्। यसकारण उनीहरू आफै पनि उक्त न्यायमा पर्ने कुरा आउँदैन। १ कोरिन्थी ६:२, दनियल ७:२२, यहूदा १४,१५ मा हेर्नुहोस्।

ठूलो सेतो सिंहासन र जीवित जातिहरूको न्यायका बीच एउटै मात्र कुरा समान छ – दुवैका न्यायधीश एउटै व्यक्ति हुनुहुन्छ अर्थात् ख्रीष्ट।

५. मरेका दुष्टहरूको न्याय

  • समय: मलेनियम पछिको एक निश्चित दिन (प्रेरित १७:३१; प्रकाश २०:५,७)

  • स्थान: “ठूलो सेतो सिंहासन” का सामु (प्रकाश २०:११)

  • परिणाम: प्रकाश २०:१५

 

 

कसै-कसैलाई प्रेरित १७:३१ र रोमी २:१६ जस्ता पदहरूमा पाइने “दिन” भन्ने शब्दको कारण खुलदुली लाग्न सक्छ। बाइबलमा कुनै लामो समयावधिलाई पनि “दिन” भनेर जनाइएको पाइन्छ, जस्तै २ पत्रुस ३:८, २ कोरिन्थी ६:२ र यूहन्ना ८:५६ मा हेर्नुहोस्। त्यस्तै गरी यूहन्ना ५:२५ को “घडी” को अवधि झण्डै २००० वर्ष भइसक्यो।

 

 

[द्रष्टब्य: पवित्र शास्त्रले स्वर्गदूतहरूको न्यायको उल्लेख पनि गरेको छ (१ कोरिन्थी ६:३; यहूदा ६; २ पत्रुस २:४)। लूका २२:३० मा उल्लेखित “न्याय” चाहिँ इन्साफ गर्ने कार्य नभएर सम्भवत: प्रशासनिक कार्य हो। यशैया १:२६ मा हेर्नुहोस्।]

 

अध्ययन प्रश्नहरू
    1. पवित्र शास्त्रमा कतिओटा न्यायहरू अझै भविष्यमा हुने भनी बयान गरिएको छ?
    2. ती न्यायहरू कुन-कुन हिसाबले भिन्न छन्?
    3. ती पाँच न्यायहरूलाई सूचीमा कण्ठस्थ उतार्नुहोस्।
    4.