जीवनको पानी

Study Series

जीवनको पानी

यूहन्ना ४ र ५ अध्यायको रूपरेखा

 

  1. सामरियामा येशूको सेवाकार्य (यूहन्ना ४:१-४२)
    1. भेटिएकी एउटी स्त्री (यूहन्ना ४:१-२६)
    2. चेलाहरूले एउटा पाठ सिक्छन् (यूहन्ना ४:२७-३८)
    3. थुप्रै सामरीहरूले विश्वास गर्छन् (यूहन्ना ४:३९-४२)
  2. येशूका आश्चर्यकर्महरू (यूहन्ना ४:४३-५:९)
    1. येशूको दोस्रो आश्चर्यकर्म (यूहन्ना ४:४३-५४)
    2. एक अशक्त मानिसको चङ्गाइ (यूहन्ना ५:१-९)
  3. यहूदीहरूको क्रूरता (यूहन्ना ५:१०-१८)
  4. परमेश्वरका अद्वितीय पुत्र (यूहन्ना ५:१९-३०)
  5. येशूका थुप्रै गवाहीहरू (यूहन्ना ५:३१-४७)
    1. बप्‍तिस्मा दिने यूहन्ना (यूहन्ना ५:३१- ३५)
    2. येशूका कार्यहरू (यूहन्ना ५:३६)
    3. पिता (यूहन्ना ५:३७-३८)
    4. पवित्र शास्त्रहरू (यूहन्ना ५:३९-४४)
    5. मोशा (यूहन्ना ५:४५-४७)

इनारमा भेटिएकी स्त्री

अघिल्लो अध्यायमा येशूले एउटा मानिससँग व्यक्तिगत रूपमा व्यवहार गर्नुभएको कुराको अध्ययन गर्‍यौं। उनको नाउँ के थियो (यूहन्ना ३:१)? ____________________। यूहन्नाको चौथो अध्यायमा येशूले एउटी स्त्रीसँग व्यक्तिगत रूपमा व्यवहार गर्नुएको कुराको अध्ययन गर्नेछौं। उनको नाम दिइएको छैन। उनी एक ____________ स्त्री थिई (यूहन्ना ४:९)। येशू र उहाँका चेलाहरू यहूदियाबाट गालील जाँदै हुनुहुन्थ्यो। ती तीन ठाउँहरूलाई प्यालेस्टाइनको मानचित्रमा भेट्टाउनुहोस्। यहूदिया र गालीलको बीचमा सा____________ पर्दछ।

जब येशू याकूबको इनारनेर आइपुग्नुभयो, उहाँ यात्राले गर्दा ____________ हुनुहुन्थ्यो (यूहन्ना ४:६)। प्रश्न उठ्छ, के परमेश्वर थाक्नुहुन्छ (यशैया ४०:२८)? _________________। तर याद गर्नुहोस्, पुत्र-परमेश्वर शरीरमा आउनुभयो (अध्याय १ मा हेर्नुहोस्) अनि उहाँ मानिस हुनुभएकोले धेरै माइलको यात्राले गर्दा उहाँ थकित हुनुभयो। यतिखेर प्रायः “छैटौं घडी” थियो (यूहन्ना ४:६) यसको मतलब त्यतिखेर करिब मध्यान्न (खाना खाने समय) भएको थियो। येशूलाई थकाइ मात्र होइन सायद भोक र तिर्खा पनि लागिरहेको थियो। चेलाहरूचाहिँ कता गएका थिए (यूहन्ना ४:८)? _________________________________________ ________________। तिनीहरू पनि भोकाएका हुनाले खानेकुरा किन्न गएका थिए।

हामी येशूको ठाउँमा भएका भए हामी सायद यसरी सोच्नेथ्यौं, “यात्राले म साह्रै थकित छु। अलिकति विश्राम गर्न पाइए हुन्थ्यो। एक गिलास चिसो पानी पिउन पाए कस्तो हुन्थ्यो। अनि एक गाँस खाना खाएर चुपचापसाथ बस्न पाए मलाई पुग्थ्यो।”प्रभु येशू भोकाउनु भएको थियो, तिर्खाउनु भएको थियो अनि थकित पनि हुनुहुन्थ्यो, तर आराम गर्न र पेट भर्न भन्दा उहाँ एउटी स्त्रीको बारेमा फिक्री गर्दै हुनुहुन्थ्यो। उहाँको लागि कुनचाहिँ बढी महत्त्वपूर्ण थियो, परमेश्वरको इच्छा पूरा गर्नु कि टन्न खाना खानु (यूहन्ना ४:३४)? _________________________________________ ___________।

बातचित कसले शुरु गरे, स्त्रीले कि येशूले (यूहन्ना ४:७)? ___________। कुराको थालनी येशूले गर्नुभयो। उहाँको भनाइ सुनेर ती स्त्री छक्क परीन्। उहाँले उनीसित बोल्नु नै त्यस स्त्रीको लागि छक्कलाग्दो कुरा थियो। प्रायः यहूदीहरूले कहिल्यै नगर्ने काम येशूले गर्नुभयो। उहाँले बोल्नुहुँदा र पानी माग्नुहुँदा ती स्त्री किन छक्क परीन् (यूहन्ना ४:९)? _____________________ _________________________________________ __________। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे तर येशूले त्यस सामरी स्त्रीलाई प्रेम गर्नुभयो। येशूलाई उनको आत्माको वास्ता थियो। त्यसैले उहाँले अरु यहूदीहरूले भन्दा भिन्न व्यवहार गर्न साहस गर्नुभयो। आज पनि ख्रीष्टियन भएर हाम्रो व्यवहार र जीवन शैलीमा मानिसहरूले एउटा भिन्नता देख्‍न आवश्यक छ। सबै मानिसहरू प्रति हाम्रो वास्ता र प्रेम छ भन्ने उनीहरूले देख्‍न आवश्यक छ। तपाईंको स्कूल वा क्याम्पसमा कसैले मन नपराउनेकोही होला। येशूले सामरी स्त्रीलाई वास्ता गर्नुभए तपाईंले उसलाई वास्ता देखाउन सक्नुहुन्छ।

बातचितको क्रममा येशूले एउटा कुरा गर्नुभयो जसले त्यस स्त्रीलाई एकदम जिज्ञासु बनायो। प्रथमतः उहाँ (पानी माग्ने)ले पो उनलाई ___________को पानी दिन सक्ने कुरा गर्नुभयो (यूहन्ना ४:१०)। येशू वास्तवमा को हुनुहुन्छ भनी उनले चिन्न खाँचो थियो। साथै परमेश्वरले उनलाई एउटा दान दिन चाहनुहुन्छ भनी जान्न आवश्यक थियो (यूहन्ना ४:१०)। निश्चय उनी अलमल्ल परीन् (उहाँले नै मसँग पानी माग्ने र अहिले आएर उहाँसँगै मलाई दिने पानी छ भनेर भन्ने?)। येशूसित पानी कसरी हुनसक्थ्यो होला अथवा उहाँले कहाँबाट यो पानी ल्याउन सक्नुहुन्थ्यो होला, उनले बुझ्नै सकिनन् (यूहन्ना ४:११)।

तब उनले सोधिन्, के तपाईं हाम्रा पुर्खा ____________भन्दा ठूलो हुनुहुन्छ? (यूहन्ना ४:१२)। उनलाई यो इनार प्रख्यात इनार हो भन्ने थाह थियो किनभने सयौं वर्ष पहिले याकूबले यही इनारबाट पिएका थिए। येशूको जवाफले उनलाई फेरि चकित पार्‍यो। उहाँले उनलाई याकूबको इनारभन्दा उहाँको इनार कति उत्तम छ भनेर बताउन थाल्नुभयो:

१) याकूबको इनार (यूहन्ना ४:१३)

ज-जसले याकूबको इनारबाट पिउँछ उनीहरू फेरि _________________ (यूहन्ना ४:१३)। इनारको पानी (भौतिक पानी)ले एकछिनलाई तिर्खा मेटाउन सक्छ, तर फेरि एकैछिनमा त्यस व्यक्ति तिर्खाइहाल्छ। बजारमा पाइने कुनचाहिँ पेय पर्दाथ होला जसलाई पिएर फेरि तिर्खाइन्न। ________________। अन्न-पानीले क्षणिक तृप्ति दिन्छ। त्यसैले हामी निरन्तर खान्छौं, निरन्तर पिउँछौं।

२) येशूको इनार (यूहन्ना ४:१४)

येशूको इनारबाट पिउने कहिल्यै ____________________ (यूहन्ना ४:१४)। त्यस व्यक्तिसँग आफूभित्रै एउटा इनार हुनेछ जुन कहिल्यै सुक्नेछैन। यो यस्तो इनार हो जुन ______________ ____________का निम्ति उम्रिरहनेछ (यूहन्ना ४:१४)। निश्चय नै, येशू एउटा छुट्टै खालको पानीको कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले शरीरलाई चाहिने भौतिक (H20) पानीको कुरा गरिरहनुभएको थिएन, तर उहाँ आत्मालाई चाहिने (आत्मिक) पानीको कुरा गर्दै हुनुहुन्थ्यो।

जस्तो शरीर तिर्खाउँछ र पानी पिएर तिर्खा मेटाउनुपर्छ त्यस्तै नै आत्मा पनि तिर्खाउँछ जसलाई तृप्त पार्नु नै पर्छ। मानिस आफ्नो प्राणलाई मोजमज्जा, पैसा र अन्य थुप्रै चीजहरूले तृप्त पार्न खोज्छ तर यी कुनै चीजले मानिसको भित्री प्यासलाई मेटाउन सक्दैन। केवल परमेश्वरले मात्र यस तिर्खालाई मेटाउन सक्नुहुन्छ र उहाँले मात्र यसलाई सदाको लागि तृप्त पार्न सक्नुहुन्छ।

येशूले दिनुहुने पानी कसरी पिउने? कहिल्यै नतिर्खाउन एक व्यक्तिले के काम गर्नैपर्छ (यूहन्ना ६:३५)? _________________________________________ _____________________।

के सामरी स्त्रीले येशूसित भएको पानीको तृष्णा गरीन् (यूहन्ना ४:१५)? ____________। त्यसरी नै मानिसहरूले आफ्नो आत्मिक खाँचो महसुस गर्दै उक्त खाँचो पूरा गर्ने “पानी”येशूसित छ भनी बुझ्न आवश्यक छ। त्यहाँ एक महान् मुक्तिदाता हुनुहुन्छ जसले अचम्मको मुक्तिको प्रबन्ध गर्नुभएको छ जुन मुक्ति मानिसलाई नभई हुँदैन।

सामरी स्त्री अझसम्म येशूले दिन चाहनुभएको जीवित पानीबाट पिउन तयार भएकी थिइनन्, किनभने उनले पूर्ण रूपमा आफ्नो खाँचो महसुस गरेकी थिईनन्। उनी एउटी धर्मी स्त्री थिइन् कि पापीनी (यूहन्ना ४:१६-१९)? ____________। के येशू उनका सारा कुरा जान्नुहुन्थ्यो? ______________। येशूले यस स्त्रीको पापको कुरा बिस्तारै निकाल्नुभयो र उनलाई उनका पापहरूको सम्झना गराइदिनुभयो (यूहन्ना ४:१६-१९)। उनी पटक पटक पोइलो गएकी थिइन् र उनी अहिले बिवाह नै नगरी एउटा मानिससँग बसिरहेकी थिइन् (यूहन्ना ४:१८)।

जस्तो मानिसलाई जिउन र शरीर तन्दुरुस्त राख्‍न पानीको आवश्यकता छ त्यस्तै मानिसलाई परमेश्वरको र उहाँको अनन्त जीवनको दानको आवश्यकता छ जसले गर्दा तिनीहरूसँग आत्मिक जीवन हुनेछ र साथै तिनीहरूको भित्री खाँचो पनि पूरा हुनेछ (यूहन्ना ४:१०-११)। प्रभु येशू ख्रीष्ट पापी मानिसलाई बचाउन आउनुभयो (१ तिमोथी १:१५ र यूहन्ना ३:१६ पढ्नुहोस्)। एक व्यक्ति बचाइनु अगाडि उसले सर्वप्रथम यो बुझ्नैपर्छ, पापले मानिसलाई जीवित परमेश्वरदेखि अलग पार्छ। त्यसपछि उसले आफ्नो पापको समस्या समाधान गर्न नै येशू ख्रीष्ट क्रूसमा मर्नु भएको हो भन्ने कुरा महसुस गर्नैपर्छ (२कोरिन्थी ५:२१, १ पत्रुस ३:१८)। यस सामरी स्त्रीले आफूलाई मुक्तिदाताको खाँचो छ भनी देख्‍न नितान्त आवश्यक थियो। जस्तो येशूले त्यस स्त्रीलाई देखाउनुभयो त्यसरी नै हामीले मानिसहरूलाई उनीहरूको खाँचो पूरा गर्ने परमेश्वरको अचम्मको प्रबन्धलाई देखाइदिनु आवश्यक छ। परमेश्वर महान् मुक्तिदाता हुनुहुन्छ साथै पापीहरूलाई दिनालाई परमेश्वरसित एउटा ठूलो वरदान छ। मानिसहरूलाई परमेश्वरको अचम्मको निमन्त्रणा यस प्रकार छः “आओ र पिओ!”(दाँज्नुहोस्, प्रकाश २२:२७, यूहन्ना ६:३५, यशैया ५५:१)।

त्यसपछि त्यस सामरी स्त्रीले कुरालाई अन्तै मोडिन् र उपासना सम्बन्धी कुरा गर्न लागिन् (यूहन्ना ४:२०)। येशूले उनलाई उपासनाको बारेमा एउटा छोटो तर महत्त्वपूर्ण पाठ सिकाउनुभयो (यूहन्ना ४:२१-२४)। मानिसले कुन ठाउँमा उपासना गर्छ त्यो महत्त्वपूर्ण हुँदैन बरु उसले कसलाईकसरी उपासना गर्छ त्यो महत्त्वपूर्ण हुन्छ। परमेश्वर मानिसहरूले उहाँलाई कसरी उपासना गरेको चाहनुहुन्छ (यूहन्ना ४:२४)? ________________________________________।

एक दिन मसीह (प्रतिज्ञा गरिएका मुक्तिदाता तथा राजा) संसारमा आउनेछन् भनी सामरीहरूले पनि प्रतिक्षा गर्दैथिए (यूहन्ना ४:२५)। आफ्नो बारेमा कुनचाहिँ अचम्मको सत्यता येशूले यस स्त्रीलाई प्रकट गरिदिनुभयो (यूहन्ना ४:२५-२६)? _________________________________________ _______________________।

चेलाहरूले एउटा पाठ सिक्छन्

अन्तमा चेलाहरू साथमा खाना लिएर शहरबाट र्फर्के। येशू एउटी सामरी स्त्रीसँग बोल्दै गर्नुभएको देखेर के तिनीहरूले आश्चर्य माने (यूहन्ना ४:२७)? ____________। सामरी स्त्री त्यहाँबाट गइन् अनि चेलाहेरु येशूकहाँ आएर भने “हे रब्बी _______________”(यूहन्ना ४:३१)।

येशू भोकाउनुभएको छ भनी चेलाहरू जान्दथे र तिनीहरूले उहाँलाई खाना खान आग्रह गरे। येशूले यसै अवसरमा आफ्ना चेलाहरूलाई केही शिक्षा दिन थाल्नुभयो। तिनीहरूको दिमागमा एउटै कुरो थियो–खानेकुरा। तिनीहरू भोकाएका थिए, तिनीहरू खान चाहन्थे। खानेकुराभन्दा एउटा कुरा महत्त्वपूर्ण छ भनी येशू तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। खाना महत्त्वपूर्ण छ र मानिस खानेकुराबिना बाँच्न सक्दैन तर खानेकुराभन्दा महत्त्वपूर्ण एउटा कुरा त्यहाँ छ। येशूले तिनीहरूलाई यूहन्ना ४:३२ मा के भन्नुभयो हेर्नुहोस्। यस कुराले चेलाहरूलाई ताजुब पार्‍यो। येशूले सामरी स्त्रीलाई पनि ताजुब पार्नुभएको थियो। अब उहाँले आफ्ना चेलाहरूलाई पनि ताजुब पार्नुभयो। येशूसित कसरी खाना हुनसक्थ्यो र? कसैले उहाँका निम्ति ________________ केही ल्याइदिएको थियो कि? (यूहन्ना ४:३३ हेर्नुहोस्)।

तिनीहरूले सोचिरहेको जस्तो खानेकुराको बारेमा येशूले कुरा गरिरहनुभएको थिएन। तिनीहरूले पेटलाई चाहिने खानाको विचार गर्दैथिए। तर येशूले अझ महत्त्वपूर्ण र विशेष प्रकारको खाना (भोजन)ले बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। येशूले कस्तो खालको भोजनको कुरा गर्दै हुनुहुन्थ्यो? उहाँ सबभन्दा बढी केका निम्ति भोकाउनु भएको थियो (यूहन्ना ४:३४)? _________________________________________ ________________।

आफ्ना चेलाहरूले शारीरिक खाँचोहरू भन्दा पर अर्थात् आत्मिक खाँचोहरूलाई देख्‍न सकून् भन्ने मनसाय येशूको थियो (हेर्नुहोस्, यूहन्ना ४:३५-३८)। मानिसका शारीरिक खाँचाहरू छन्। चाहिनेजति अन्न र पानी अनि कपडा भएन भने मानिस बाँच्न सक्दैन। तर मानिसका आत्मिक खाँचाहरू अझ बढी महत्त्वपूर्ण छन्।

खान नपाएर भोकभोकै चिच्याइरहेका बच्चाहरूको तस्वीर सायद देख्‍नुभएको छ होला। के तिनीहरूलाई शारीरिक कुराहरूको खाँचो छ? ________। मानिलिनुस् कसैले यी भोकमरी लागेका बच्चाहरूका लागि वर्षौंसम्म पुग्ने उनीहरूको पेट भर्ने प्रशस्त खानेकुराहरू ल्याउँछ, तर तिनीहरूलाई कहिल्यै येशू ख्रीष्टको बारेमा बताउँदैन र तिनीहरूलाई मुक्तिको खाँचो छ भन्ने कुरा पनि कहिल्यै बताउँदैन। के यी केटाकेटीहरू एकदिन मर्नेछैनन्? ________________। मुक्ति पाएनन् भने के तिनीहरू सदाका लागि अग्निकुण्डमा पर्नेछैनन्? (प्रकाश २०:१५, २१:८)? ________________। खानेकुरा महत्त्वपूर्ण छ तर त्योभन्दा पनि एउटा कुरा महत्त्वपूर्ण छ भनेर के तपाईंले बुझ्नुभयो? कुनचाहिँ बढी महत्त्वपूर्ण छ, शरीर कि आत्मा (मत्ती १०:२८)? ____________।

चेलाहरूले आफ्ना आँखाहरू उठाएर हेरून् (यूहन्ना ४:३५) र आफू वरिपरिका आत्मिक खाँचोहरू देख्‍न सकून् भनी येशू चाहनुहुन्थ्यो। हामीले पनि त्यसो गर्न सिक्नुपर्छ। के तपाईं वास्तविक आत्मिक खाँचोमा परेका मानिसहरूलाई चिन्नुहुन्छ जसलाई मुक्तिको खाँचो छ?

थुप्रै सामरीहरूले विश्वास गर्छन्

कसैलाई यस्तो विचार आउला, केवल एउटै व्यक्तिलाई आत्मिक कुराहरू बताउन महत्त्वपूर्ण होला र? बरु २०, ५० वा १०० जनालाई बताउन महत्त्वपूर्ण होला तर जाबो एकजनासँग किन कुरा गर्ने?यसको उत्तर यूहन्ना ४:३९ मा पाइन्छ। येशूले एउटी स्त्रीसँग कुरा गर्न समय दिनुभएको हुनाले, हेर्नुहोस् त्यहाँ के भयो। त्यस शहरका धेरै सामरीहरूले उहाँमाथि ______________ गरे (यूहन्ना ४:३९)। उहाँले त्यस एक व्यक्तिसँग बिताउनुभएको समयले फाइदा दियो। यसैको फलस्वरुप धेरै सामरीहरू उहाँकहाँ आए अनि उहाँ ________ दिनसम्म तिनीहरूसँग समय बिताउन पाउनुभयो (यूहन्ना ४:४०)। अनि अझै धेरैले ______________ गरे (यूहन्ना ४:४१)। यसरी हामी साना-साना कुरा (जस्तै, केवल एकैजनालाई समय दिने काम) मा विश्वासयोग्य हुन्छौं भने परमेश्वरले तिनलाई आशिष दिनुभई ठूला-ठूला परिणाम ल्याउन सक्नुहुन्छ।

सामरीहरूले येशू ख्रीष्टले हुनुहुँदो रहेछ भनेर जाने (यूहन्ना ४:४२)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्

(क) उहाँ सामरीहरूका होइन, यहूदीहरूका मात्रै मुक्तिदाता हुनुहुन्छ।
(ख) उहाँ कसै-कसैका मात्र मुक्तिदाता हुनुहुन्छ।
(ग) उहाँ सारा संसारका मुक्तिदाता हुनुहुन्छ।
(घ) उहाँ अरु कसैका होइन, चेलाहरूका मात्र मुक्तिदाता हुनुहुन्छ।

उहाँको दोस्रो आश्चर्यकर्म

येशूले पहिलो आश्चर्यकर्म गालीलको कानामा गर्नुभएको थियो, जहाँ उहाँले पानीलाई दाखरसमा परिणत गर्नुभएको थियो (यूहन्ना २:१,९)। उहाँको दोस्रो गालीली आश्चर्यकर्म पनि त्यही शहरमा नै भएको थियो (यूहन्ना ४:४६ अनि ५४लाई दाँज्नुहोस्)।

त्यहाँ कुनै एक राजकर्मचारी थिए जसका छोरा बिरामी थिए। यस चिन्तित बुबालाई लाग्यो, येशूले गुहार गर्न सक्नुहुन्छ (यूहन्ना ४:४६)। यो केटो कत्तिको बिरामी थियो (यूहन्ना ४:४७)? __________________________________। उसलाई के भएको थियो (यूहन्ना ४:५२)? ______________________________________।

राजकर्मचारीले येशूलाई कुन दुइटा काम गरिदिनुहुन बिन्ति गरे (यूहन्ना ४:४७)? १. ________________________________ २. _______________________________। यस मानिसले दृष्टिको आधारमा मात्रै विश्वास गरेको येशूले चाहनुभएन (यूहन्ना ४:४८)। उसले अन्य कुनै थोकबिना परमेश्वरको वचनमाथि मात्रै विश्वास गरेको चाहनुभयो। येशूले एक शब्द बोल्नुभयो जुनचाहिँ त्यो मानिसले विश्वास गर्नुपर्थ्यो। येशूले भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्छ”(यूहन्ना ४:५०)। के “तल आइदिनुहोस्” भनी राजकर्मचारीले उहाँलाई आग्रह गरेअनुसार नै येशू तिनीसँग तल जानुभयो (यूहन्ना ४:४९-५२)? ____________________। सायद उनको छोरोलाई निको पार्न येशू स्वयम् उपस्थित हुनुपर्छ भन्ने राजकर्मचारीको सोचाइ थियो। तर जब येशूले “तिम्रो छोरा बाँच्छ”भनी राजकर्मचारीलाई भन्नुभयो, तब येशूले तिनलाई भन्नुभएको वचन त्यस मानिसले ______________ गर्‍यो (यूहन्ना ४:५०)। के येशूले उनलाई उनका आँखाले देखून् भनेर कुनै “चिन्ह” वा “चमत्कार” देखाउनुभयो? ________________________। उसलाई येशूले केवल आफ्नो वचन दिनुभयो र त्यसैमा उनले विश्वास गरे। के येशूले भन्नुभए जस्तै उहाँको वचन पूरा भयो (यूहन्ना ४:५०लाई ४:५१ सित तुलना गर्नुहोस्)? __________। केटो कतिखेर निको भयो (यूहन्ना ४:५२,५३)? __________________________________।

यस आश्चर्यकर्मले ख्रीष्टको सामर्थ्यलाई प्रस्टै देखाउँदछः (१) उहाँले आफूदेखि धेरै टाढाको मर्नै लागेको एक बिरामी केटोलाई चट्टै निको पार्न सक्नुभयो! (२) उहाँले यस केटोलाई केवल आफ्नो वचनको सामर्थ्यद्वारा निको पार्न सक्नुभयो। हामीलाई भजनसङ्ग्रह ३३:९ ले सम्झना आउँछ “किनकि उहाँका मुखको वचनले सारा सृष्टि ____________, उहाँले आज्ञा गर्नुभयो र त्यो स्थिर __________।” परमेश्वर, हामीले देखेर विश्वास गरेको चाहनुहुन्न तर उहाँको वचनको कारण विश्वास गरेको चाहनुहुन्छ।

अशक्त मानिसको चङ्गाइ

यूहन्ना पाँचौं अध्यायको पहिलो खण्डले अर्को ठूलो चङ्गाइको आश्चर्यकर्मलाई प्रस्तुत गर्छ। उक्त आश्चर्यकर्म कुन शहरमा गरिएको थियो (यूहन्ना ५:१-२)? ________________। त्यस शहरमा एउटा दह थियो जहाँ थरिथरिका रोगीहरू भीड लाग्थे।कोही अन्धा हुन्थे,कोही लाटा अनिकोही पक्षघाती (हात-खुट्टा नचल्ने) (यूहन्ना ५:३)। तिनीहरू दहको पानीले आफूहरू निको हौंला भनी आश गरिरहन्थे (यूहन्ना ५:४)।

येशूले निको पार्नुभएको मान्छेको बयान यूहन्ना ५:५ मा उल्लेख छ। यी मानिस कति समय अगाडिदेखि रोगी थिए (यूहन्ना ५:५)? ________________________________________।

येशूले उनलाई शुरुमै सोध्नुभएको प्रश्‍न के थियो (यूहन्ना ५:६)? _________________________________________ _______। उनी निको हुन चाहन्थे तर निको हौंला भनी उनले कमै आशा राखेका थिए (यूहन्ना ५:७ मा हेर्नुहोस्)। पानी छचल्किएपछि दहभित्र पस्ने पहिलो व्यक्ति मात्रै निको हुन्छ भनी ती रोगीहरू विश्वास गर्थे (यूहन्ना ५:४,७)। अनि कसैको मदतबिना दहभित्र पहिले पसूँला भन्ने आशा यस रोगीलाई थिएन। अझ येशूले उनलाई तुरुन्तै निको पार्न सक्नुहुन्छ भन्ने कुरा उनले सपनामा पनि चिताएका थिएनन् (त्यसमा पनि दहको पानी प्रयोग नगरीकनै!)

फेरि येशूले केवल वचन बोल्नुभयो “उठ, आफ्नो ओछ्यान उठाऊ र ________” (यूहन्ना ५:८)। के यस मानिस निको हुन ५ मिनेट, ५ घण्टा वा ५ दिन लाग्यो (यूहन्ना ५:९)? ____________। त्यो मानिस तु__________ निको भइहाल्यो, येशूले भन्नुभए जस्तै (यूहन्ना ५:९)।

यहूदीहरूको क्रूरता

यो अचम्मको आश्चर्यकर्म कुन दिनमा गरिएको थियो (यूहन्ना ५:९-१०)? _______________। विश्रामदिन हप्ताको सातौं दिन अर्थात् शनिवार थियो जुन दिनमा यहूदीहरूले कुनै पनि काम गर्नुहुँदैनथ्यो। येशूले गर्नुभएको यस्तो गजबको आश्चर्यकर्म देखेर यहूदीहरूले के सोचे? के तिनीहरूले त्यो अशक्त र कमजोर मान्छे छिनभरमै निको भएकोमा खुशी भए? ३८ बर्षदेखि पस्रिरहेको एउटा मान्छे स्वस्थ मानिसझैं अब हिँड्न सकेको देखेर के तिनीहरूले परमेश्वरलाई धन्यवाद चढाए? तिनीहरू खुशी थिए कि दुःखित थिए कि क्रोधित थिए (यूहन्ना ५:१६)? ____________। के तिनीहरू उहाँले गर्नुभएको महान् कार्यका निम्ति येशूप्रति आभारी भए (यूहन्ना ५:१६)? ________________। तिनीहरू त्यस अशक्त मानिससँग ज्यादै रिसाए किनभने उनले विश्रामदिनमा आफ्नो ओछयान उठाएका थिए अनि तिनीहरू येशूसँग पनि क्रुद्ध भए किनभने उहाँले पनि विश्रामदिनमा उनलाई निको पार्नुभएको थियो (यूहन्ना ५:१६)। अझ येशूले यस्तो कुरा गर्नुभयो जसले तिनीहरूलाई झन् क्रोधित तुल्यायो: “मेरा ________ अहिलेसम्म काम गर्नुहुन्छ, र म ________ ____________” (यूहन्ना ५:१७)। यहाँ उहाँले परमेश्वर उहाँका ________ हुनुहुन्छ अनि त्यसैकारण उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर यहूदीहरूलाई बताउनुभयो। यसैकारण यहूदीहरू उहाँलाई मार्न चाहे (यूहन्ना ५:१८)। एउटा मान्छे भएर परमेश्वरलाई आफ्नो पिता भन्नु ईश्वर-निन्दा गर्नु हो भनी तिनीहरूले सोचे।

आज कसैले भन्ला, “येशू परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा म विश्वास गर्छु। तर येशू परमेश्वर स्वयम् हुनुहुन्छ भनी म विश्वास गर्दिनँ। उहाँ परमेश्वर होइन, परमेश्वरको पुत्र मात्रै हुनुहुन्छ।” यस्तो भन्ने व्यक्तिले आफू परमेश्वरका पुत्र हूँ भनी येशूले भन्नुभएको कुराको तात्पर्य नबुझेको ठहरिन्छ। त्यसबेलाको समयमा, कसैले “परमेश्वर मेरा पिता हुनुहुन्छ”भनी दाबी गर्नुचाहिँ उसले “आफूलाई परमेश्वरसँग ____________” तुल्याउनु (यूहन्ना ५:१८) थियो। येशूले आफू परमेश्वरको पुत्र हुनुभएको दाबी गर्नुको मतलब उहाँले यसो भन्दै हुनुहुन्थ्यो, “म र परमेश्वर बराबर हुँ। म र मेरा पिता ________ हौं” (यूहन्ना १०:३०)। यसै कुराका कारण यहूदीहरूले उहाँलाई मार्न खोजे। आफ्नो अविश्वास र कठोरताका कारण तिनीहरूले उहाँलाई मार्न चाहे। उहाँका “अपराधहरू” के-के थिए? (१) उहाँले एउटा मानिसलाई विश्रामदिनमा निको पार्नुभएको थियो (२) उहाँले परमेश्वर मेरा पिता हुनुहुन्छ भनी भन्नुभएको थियो (यूहन्ना ५:१८)।

परमेश्वरका अद्वितीय पुत्र

यूहन्ना ५:१९-३० मा येशूले आफ्नो बारेमा र पितासँगको उहाँको सम्बन्धको बारेमा बताउनुभएको छ। यी पदहरूमा “पुत्र” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। “पिता” भन्ने शब्द कतिपटक दोहोरिएको भेटिन्छ? __________________। यी पदहरूमा हामी परमेश्वरका अद्वितीय पुत्रका सम्बन्धमा थुप्रै घतलाग्दा कुराहरू सिक्छौं:

१) उहाँले जीवन दिनुहुन्छ (यूहन्ना ५:२१)

पुत्र नै त्यो व्यक्ति हुनुहुन्छ जससँग जीवन दिने अधिकार छ। यूहन्ना ५:२४ बाट हामी थाह पाउँछौं, उहाँले विश्वास गर्नेहरूलाई अनन्त जीवन दिनुहन्छ। यूहन्ना ५:२४ अनुसार विश्वास गर्ने प्रत्येकको सम्बन्धमा निम्न तीनओटा कुराहरू सत्य हुन्छन्:

(क) ऊसँग अनन्त ____________ छ।
(ख) ऊ न्यायमा पर्नेछैन।
(ग) ऊ __________बाट ____________ मा सरिसकेको हुन्छ।

यदि तपाईंले यूहन्ना ५:२४ ले पहिलो भागमा उल्लेखित शर्तलाई पूरा गर्नुभएको छ भने, उपर्युक्त तीन कुराहरू तपाईंका निम्ति सत्य भइसकेका छन्!

(२) उहाँ सारा संसारका न्यायाधीश हुनुहुन्छ (यूहन्ना ५:२२,२७)

पिताले “सबै ____________ ________लाई सुम्पनुभएको छ”(यूहन्ना ५:२२)। सबैजना एक दिन येशू ख्रीष्टको सिंहासनका सामु उभिनै पर्नेछ। येशू नै सिद्ध न्यायाधीश र सिद्ध मानिस हुनुहुन्छ। “उनी ____________का पुत्र हुन्” (यूहन्ना ५:२७)। कसैले यसो भन्ला, “मान्छे भएर हामीले कस्ता-कस्ता दुःख-सुख भोग्नुपर्छ, न्यायाधीश येशूलाई के थाह?” तर कसैले त्यसो भन्न सक्नेछैन किनकि न्यायाधीशचाहिँ मानिसका पुत्रहुनुहन्छ। उहाँ हामीजस्तै साँच्चै मानिस बन्नुभयो। न्यायाधीश बन्न उहाँजस्तो योग्य अरु छैन!

(३) पितालाई दिइने जस्तै आदर उहाँलाई पनि दिइनुपर्छ (यूहन्ना ५:२३)

पिता र पुत्र दुवैलाई आदर गरिनुपर्छ। यदि कसैले “म परमेश्वर पितामा विश्वास गर्छु तर येशूलाई विश्वास गर्दिन”भन्छ भने के यस मानिसले पुत्रलाई आदर गर्दै छ त? ________। “जसले पुत्रलाई आदर गर्दैन, त्यसले उनलाई पठाउनुहुने पि____________ ________ ____________ ____________” (यूहन्ना ५:२३)। जसले येशूलाई घृणा गर्छन् तिनीहरूले वास्तवमा पितालाई पनि घृणा गर्छन्। परमेश्वर (पिता) प्रतिको कसैको धारणा बुझ्नलाई येशू ख्रीष्टप्रतिको उनको धारणा बुझे हुन्छ!

(४) बौरिउठाइको दिनमा मरेकाहरूलाई बौराउने सामर्थ्य उहाँसँग छ (यूहन्ना ५:२८-२९)

मानौं तपाईं चिहाननेर जानुभई ठूलो स्वरले चिच्याउनुभयो, “हे सबै मरेका मानिसहरू हो, ध्यान दिएर सुन! म तिमीहरूलाई चिहानबाट बाहिर निस्केर आउने आज्ञा गर्दछु!” त्यसो गर्दा त्यहाँ केही होला त? चिहानदेखि मानिसहरूलाई बाहिर निकाल्न हामी अर्समर्थ छौं!

तर जब चिहानभित्रकाहरूले येशूको आवाजलाई सुन्नेछन्, बाइबलले बताउँछ तिनीहरू “बौरिउठाइका निम्ति __________आउनेछन्” (यूहन्ना ५:२९)। येशू यहाँ दुइटा बौरिउठाइको कुरा गर्दै हुनुहुन्छ: (१) ____________को बौरिउठाइ (मुक्ति पाएकाहरूका निम्ति) (२) __________को बौरिउठाइ (मुक्ति नपाएकाहरूका निम्ति)।

येशूका थुप्रै गवाहीहरू

हामी व्यवस्था १९:१५ मा यस्तोलेखिएको पाउँछौं, “दुई वा तीन ________को बयानद्वारा मात्र अभियोग (सत्य-तथ्य) कायम गर्न सकिन्छ।”के येशू ख्रीष्ट पक्कै परमेश्वरका पुत्र हुनुहुन्छ? के पक्कै नै उहाँ प्रतिज्ञा गरिएका मसीह अर्थात् यहूदीहरूका राजा हुनुहुन्थ्यो? आफूले हूँ भन्ने उहाँको सम्पूर्ण दाबी के सत्य थियो? येशूले भन्नुभएका कुराहरूलाई सत्य सावित गर्ने उहाँका धेरै गवाहीहरू छन्। यी गवाहीहरूका बारेमा हामी ५:३१-४७ मा हेरौं:

गवाही १–बप्‍तिस्मा दिने यूहन्ना (यूहन्ना ५:३१-३५)

अगाडि नै हामीले अध्ययन गरिसक्यौं, बप्‍तिस्मा दिने यूहन्नाले प्रस्टैसँग येशू ख्रीष्टको सम्बन्धमा गवाही दिए। बप्‍तिस्मा दिने यूहन्ना प्रभुको निम्ति एक जल्दो-बल्दो (यूहन्ना ५:३५) र विश्वासयोग्य साक्षी थिए (यूहन्ना ५:३३)।

गवाही २–येशूले गर्नुभएका कामहरू (यूहन्ना ५:३६)

पानीलाई दाखरसमा परिवर्तन गर्ने कार्य, राजकर्मचारीको छोराको छक्कलाग्दो चङ्गाइ, अशक्त मानिसको चङ्गाइ–यी सब आश्चर्यकर्महरूले येशू ख्रीष्ट परमेश्वरका पुत्र नै हुनुहुन्छ भनी देखाउँदछन्।

गवाही ३–पिता (यूहन्ना ५:३७-३८)

“अनि मलाई पठाउनुहुने ________ आफैले मेरो विषयमा ____________ दिनुभएको छ” (यूहन्ना ५:३७)। परमेश्वर पिता अर्को साक्षी हुनुहुन्थ्यो जसले येशू ख्रीष्टलाई सत्य सावित गर्नुभयो। तर के यहूदीहरूले पिताले पठाउनुभएको येशूलाई विश्वास गरे (यूहन्ना ५:५८)? ________________। परमेश्वरले आफ्ना प्रिय पुत्रलाई संसारमा पठाउनुभयो, तर प्रायःजसोले उहाँलाई इन्कार गरे। “उहाँलाई ग्रहण गरेनन्”(यूहन्ना १:११)।

गवाही ४–पवित्र शास्त्रहरू (यूहन्ना ५:३९-४४)

येशूले यी यहूदीहरूलाई “____________________________मा खोजी गर”(यूहन्ना ५:३९) भन्नुभयो किनभने पवित्र शास्त्रहरू अर्को गवाही हुन् जसले प्रस्टैसँग ख्रीष्टलाई देखाउँछन्। यहूदीहरूसँग पुरानो नियम (३९ पुस्तकहरू) का पवित्र शास्त्रहरू थिए। ती पुस्तकहरूमा परमेश्वरले मसीह पठाउनेछु भनी प्रतिज्ञा गर्नुभएको थियो। पुरानो नियमका पुस्तकहरूले सफासँग ख्रीष्टलाई देखाइरहेका थिए तरैपनि उहाँ यस संसारमा आउनुहुँदा यहूदीहरूले उहाँलाई इन्कार गरेः “अनि तिमीहरू ________ पाउनालाई मकहाँ ____________ छैनौ” (यूहन्ना ५:४०)। ख्रीष्ट उनीहरूलाई जीवन दिन खोजिरहनुभएको थियो तर तिनीहरू भने उहाँकहाँ आउन मन गरिरहेका थिएनन्। “म मेरा पिताको नाममा आएको छु, अनि तिमीहरू मलाई ____________ ______________” (यूहन्ना ५:४३)।

गवाही ५–मोशा (यूहन्ना ५:४५-४७)

यहूदीहरू कुनै मानिसलाई मोशालाई भन्दा ठूला ठान्दैनथे। उनी महान् व्यवस्था-दाता थिए अनि उनले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याएका थिए। मोशा पनि अर्का गवाही हुन् जसले ख्रीष्टलाई देखाए किनभने मोशाले “________ विषयमा लेखे”(यूहन्ना ५:४६)। उदाहरणका लागि, मोशाले व्यवस्था १८:१५-१९ मा एकजना आउनेवाला महान् भविष्यवक्ताको बारेमा लेखेका छन्। यी भविष्यवक्ता येशू ख्रीष्ट बाहेक अरुले हुन सक्छ र?

यसैकारण तिनीहरू ज-जसले येशू ख्रीष्टलाई इन्कार गछर्न् तिनीहरू …

  • …बप्‍तिस्मा दिने यूहन्ना र उनको सेवाकार्यलाई इन्कार गर्दै छन्
  • …येशूका आश्चर्यकर्महरूको बेवास्ता गर्दै छन्
  • …परमेश्वर पिताको गवाही र उहाँको वचनलाई इन्कार गर्दै छन्
  • …पुरानो नियम पवित्र शास्त्रहरूलाई अविश्वास गर्दै छन्
  • …मोशाका लेखोटलाई अविश्वास गर्दै छन्

तपाईंचाहिँ के गर्नुहुन्छ नि? येशू ख्रीष्ट जीवनको पानी हुनुहुन्छ। उहाँ तपाईंलाई जीवन दिन चाहनुहुन्छ। तपाईंले कहिल्यै तिर्खाउन नपरोस् भनेर उहाँ तपाईंलाई सदाका लागि तृप्‍त पार्न चाहनुहुन्छ। के तपाईं उहाँकहाँ आइसक्नुभयो? कि तपाईं उहाँकहाँ आउनालाई इन्कार गर्दैहुनुहुन्छ (यूहन्ना ५:४० मा हेर्नुहोस्)?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

क्रूसमा उचालिएका मुक्तिदाता

Study Series

क्रूसमा उचालिएका मुक्तिदाता

यूहन्ना ३ अध्यायको रूपरेखा

  1. तपाईंले नयाँ जन्म पाउनैपर्छ (यूहन्ना ३:१ -१२)
    (पद ७ पढ्नुहोस्)
  2. येशू क्रूसमा उचालिनै पर्छ (यूहन्ना ३:१३ -२१)
    (पद १४ पढ्नुहोस्)
  3. बप्‍तिस्मा दिने यूहन्ना घट्नैपर्छ र येशू बढ्नैपर्छ (यूहन्ना ३:२२ -३६)
    (पद ३० पढ्नुहोस्)

उनीहरूको विश्वासप्रति येशूको अविश्वास

यूहन्ना २ अध्यायको अन्ततिर एक किसिमका मानिसहरूको बारेमा पढ्छौं। त्यहाँ बताइएको छ, “धेरैले उहाको नाममा ______________ गरे” (यूहन्ना २:२३)। यी मानिसहरूले किन विश्वास गरे? (यूहन्ना २:२३ पढ्नुहोस् र सही उत्तरमा चिन्ह लागाउनुहोस्)

  1. येशू एकदिन उनीहरूका निम्ति क्रूसमा मरेर फेरि बौरी उठ्नुहुनेछ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  2. हामी नष्ट हुन लागेका पापी हौं र हामीलाई बचाउन सक्ने येशू मात्र हुनुहुन्छ भन्ने जानेर यी मानिसहरूले विश्वास गरेका थिए।
  3. येशूले गर्नुभएका आश्चर्यकर्महरू देखेर यी मानिसहरूले विश्वास गरेका थिए।
  4. तिनीहरू येशूलाई प्रेम गर्थे। आफ्ना पूरा हृदयले उहाँलाई पछ्‍याउन चाहेका हुनाले यी मानिसहरूले विश्वास गरका थिए।

तिनीहरूको विश्वास आँखाले देखका आश्चर्यकर्महरूमा थियो! “विश्वास” गर्ने उक्त समूहलाई देखेर के येशू गदगद हुनुभयो? “वाह!क्या राम्रो!मेरो पछि लाग्ने यी सबलाई हेर त!” के उहाँले यसरी भन्नुभयो? अहँ, उहाँको प्रतिक्रिया यसको ठीक विपरित थियो: “तर येशूले आफैलाई तिनीहरूको ____________मा छोड्नुभएन” (यूहन्ना २:२४)।

यूहन्ना २:२३ले “विश्वास” र यूहन्ना २:२४ले “भरोसा” ग्रीकमा एउटै शब्द हुन्। यी पदहरूलाई यसरी व्यक्त गर्न सकिन्छ, “धेरैले येशूलाई विश्वास गरे, तर येशूले उनीहरूलाई विश्वास गरिरहनुभएको थिएन। उहाँमाथि तिनीहरूको विश्वास थियो (आश्चर्यकर्महरू देखेका हुनाले) तर उनीहरूप्रति उहाँको विश्वास थिएन!” उनीहरूको भर छैन भनेर येशू जान्नुहुन्थ्यो किनभने “उहाँले सबै मानिसहरूलाई ___________________”(यूहन्ना २:२४)। नथनएलको बारेमा सब जान्नुहुने येशूले यी मानिसहरूको बारेमा पनि सब जान्नुहुन्थ्यो। विश्वास गर्नेहरूझैं प्रस्तुत भइरहेका यी मानिसहरूलाई उहाँले मन खोलेर ग्रहण गर्नुभएन किनभने “मानिसभित्र के हुन्छ, सो उहाँलाई ________ ________”(यूहन्ना २:२५)। उहाँ यी मानिसहरूको एक-एक कुरा जान्नुहुन्थ्यो। उनीहरूको हृदय परमेश्वरको दृष्टिमा ठीक छैन भनी उहाँ जान्नुहुन्थ्यो। उनीहरूसँग विश्वास थियो तर येशूले खोज्नुभएको जस्तो विश्वास थिएन। उनीहरूले नयाँ जन्म पाउन खाँचो थियो!

यूहन्ना ३ अध्यायमा तीमध्येको एकजनाको परिचय दिइएको छ। आश्चर्यकर्महरू देखेर ख्रीष्टमा विश्वास गर्ने एकजनाको परिचय यहाँ दिइएको छः “तपाईं परमेश्वरबाट आउनुभएको गुरु हुनुहुन्छ भनी हामीलाई थाह छ किनकि __________________ साथमा रहनुभएन भने कसैले पनि यी _____________ गर्न सक्दैन, जो तपाईं गर्नुहुन्छ” (यूहन्ना ३:२)। निकोदेमस एक “आश्चर्यकर्महरूमा विश्वास गर्ने” व्यक्ति थिए तर येशूले निकोदेमसलाई भन्नुभयो: “तिमीहरूले ________ ________ ____________पर्छ” (यूहन्ना ३:७)।

धर्मले मुक्ति पाइन्न

निकोदेमस कस्ता मानिस थिए? यूहन्ना ३:१ मा उनको बयान गरिएको छ।

उनी एक फरिसी थिए। यसको मतलब उनी एक धर्मकर्म गर्ने व्यक्ति थिए। बाइबल (पूरानो नियम) उनले पढ्ने गर्थे। उनी सभाघरमा र मन्दिरमा जाने गर्थे। उनले १० आज्ञा पालन गर्न खोज्थे।

उनी एक शासक थिए (यूहन्ना ३:१)। उनी एक साधारण यहूदी मात्र थिएनन्, तर यहूदीहरूका एक अगुवा थिए। सनहेड्रीन भनिने देशको सर्वोच्च शासकवर्गको एक सदस्य थिए उनी (यूहन्ना ७:४५ -५० पढ्नुहोस्)। उनी उच्च ओहोदाका व्यक्ति थिए।

उनी एक गुरु अर्थात् शिक्षक थिए (यूहन्ना ३:१०)। अज्ञानीलाई ज्ञान दिन सक्ने एक विज्ञ मानिन्थे उनी। तर अरुलाई सकाउने भएर पनि निकोदेमस आफैले सिक्न खाँचो थियो। सर्वोत्कृष्ट शिक्षकबाट “नया जन्म” बारे उनले सिक्न खाँचो थियो (यूहन्ना ३:२)।

निकोदेमस एक फरिसी, एक शासकशिक्षक थिए तर उनी नरकको बाटोमा हिँड्दै थिए। निकोदेमसले मुक्ति पाएका थिएनन्। निकोदेमससँग अनन्त जीवन थिएन। धेरै कुराहरू भएर पनि निकोदेमससित सबभन्दा ठूलो कुरा थिएन। निकोदेमसलाई येशूको सन्देश स्पष्ट थियो: “कोही मानिस ________ गरी ____________ भने उसले परमेश्वरको _________लाई देख्‍न सक्दैन” (यूहन्ना ३:३)। राज्यभित्र प्रवेश गर्न केवल एउटै उपाय छ, नयाँ गरी जन्मनैपर्छ!

नयाँ जन्मको अर्थ के हो?

स्वर्ग जानलाई पैसा चाहिँदैन। स्वर्ग जानलाई पढाइ चाहिँदैन। स्वर्ग जानलाई पद चाहिँदैन। तर स्वर्ग जानलाई एउटा कुरा चाहिन्छः त्यो हो, नयाँ जन्म! जसले नयाँ जन्म पाएका छैनन् उनीहरूले परमेश्वरको राज्य कहिल्यै देख्‍नेछैनन् (यूहन्ना ३:३)।

“नयाँ गरी जन्मनुपर्छ” भन्ने येशूको भनाइको अर्थ निकोदेमसले बुझेनन् (यूहन्ना ३:४)। उनले सोधे, “मानिस बूढो भएपछि कसरी जन्मन सक्छ र? के उसले आफ्नी आमाको गर्भमा दोस्रोचोटि पसेर जन्मन सक्छ र?” (यूहन्ना ३:४)। मानिस आफ्नी आमाको गर्भमा पसेर दोस्रोचोटि शारीरिक रूपमा जन्मन सक्दैन भनी उनी जान्दथे। त्यो सम्भव छैन। त्यसोभए येशूको भनाइको तात्पर्य के थियो?

येशूले निकोदेमसलाई यूहन्ना ३:५ -६ मा दिनुभएको जवाफलाई पढ्नुहोस्। येशूले प्रस्ट पार्नुभयो, उहाँ आत्मिक जन्मको कुरा गर्दैहुनुहुन्छ (“आत्माबाट जन्मिएको”), शारीरिक होइन। मानिसको पहिलो जन्म शारीरिक हुन्छ (“शरीरबाट जन्मिएको”) अनि मानिसको दोस्रो जन्म आत्मिक हुनुपर्दछ (“आत्माबाट जन्मिएको”)। योचाहिँ परमेश्वरको आत्माले गर्नुहुने एउटा काम हो।

पानी र आत्माबाट जन्मनु

मानिस पानी र आत्माबाट जन्मनुपर्छ (यूहन्ना ३:५) भन्ने येशूको भनाइको अर्थ के थियो? बाइबलको यस पदलाई धेरैजनाले गलत बुझेका छन्। “पानी” ले पानीको बप्‍तिस्माको अर्थ दिन्छ भनी विश्वास गर्नेहरू धेरै छन्। उनीहरू भन्छन्, “तिमीले पानीमा बप्‍तिस्मा लिएनौ भने परमेश्वरको राज्यभित्र पस्न सक्दैनौ र मुक्ति पाउन सक्दैनौ।” यो सत्य होइन। पानीको बप्‍तिस्मा महत्त्वपूर्ण छ तर पानीको बप्‍तिस्माले कसैलाई मुक्ति दिँदैन। पानीको बप्‍तिस्मा मुक्ति पाइसकेको व्यक्तिले गर्ने एउटा काम हो।

येशूले भौतिक पानीको कुरा गर्नुभएको होइन। भौतिक पानीले मानिसको बाहिरी अंगहरूलाई मात्र शुद्ध पार्न सक्छ। यूहन्ना ३:५ मा येशूले आत्मिक शुद्धिकरण (मानिसको भित्री शुद्धिकरण) ले कुरा गर्दै हुनुहुन्थ्यो। बाहिर सफा बन्न नुहाउनुपर्छ, साबुन र पानी चाहिन्छ। भित्र सफा बन्न अर्कै प्रकारको स्नान चाहिन्छ। साबुन र पानीले पापको मैला हटाउन सक्दैन। परमेश्वरले नै मानिसभित्र एउटा काम गर्न खाँचो छ। पानी र आत्माबाट जन्मने बारेमा बाइबलले के भन्छ, हेरौं।

यूहन्ना ३:३ अनुसार यूहन्ना ३:५ अनुसार
परमेश्वरको राज्य देख्‍न सक्न एक व्यक्तिले _______ ________ _________________।परमेश्वरको राज्यभित्र पस्न एक व्यक्ति _______ र ________ बाट _________________।

यसकारण, नयाँ गरी जन्मनुपानी र आत्माबाट जन्मनु एउटै कुरा हो। यदि कोही नयाँ गरी जन्मेको छ भने, ऊ पानी र आत्माबाट जन्मेको छ।

पानी जुनै पनि चीज धुन प्रयोग गरिने पदार्थ हो। पानी सर्वत्र प्रयोग हुने सरसफाइको साधन हो। भुइँ सफा गर्दा तपाईं के प्रयोग गर्नुहुन्छ? ________। मुख केले धुनुहुन्छ? ________। कपडा केले धुनुहुन्छ? _______। दाँत सफा गर्न तपाईं मन्जन मात्र प्रयोग गर्नुहुन्न, तर ________ पनि प्रयोग गर्नुहुन्छ। पानीचाहिँ शुद्विकरण (कुनै चीजलाई शुद्ध पार्ने काम) ले चित्रणको रूपमा लिन सकिने कुरा हो भनेर हामी सजिलै बुझ्छौं।

पापीहरू धोइनशुद्व पारिन आवश्यक छ। येशू निकोदेमसलाई एक अत्यन्त महत्त्वपूर्ण जानकारी दिन चाहनुहुन्थ्यो: कुनै पनि अशुद्व मानिस परमेश्वरको राज्यभित्र पस्न सक्दैन! परमेश्वर भन्नुहुन्छ, कुनै पनि अशुद्व मानिसले ख्रीष्टको र परमेश्वरको _________मा कुनै पैतृक सम्पत्ति पाउनेछैन (एफेसी ५:५, गलाती ५:२१, प्रकाश २१:२७ मा पढ्नुहोस्)। राज्यमा पस्न एक व्यक्ति भित्रबाट नै शुद्व र धोइएको हुनुपर्छ अर्थात् पापहरूको क्षमा पाएको हुनुपर्छ। नधोइएको व्यक्तिलाई प्रवेश निषेध छ। कुनै पनि अशुद्व व्यक्ति परमेश्वरको राज्यमा पस्नेछैन। केवल शुद्व पारिएका पापीहरूलाई मात्र स्वर्गमा पस्न दिइनेछ। तपाईं पानीबाट जन्मनैपर्छ!तपाईं धोइनैपर्छ!

१ कोरिन्थी ६:९-१० पढौं। के कुनै अशुद्ध अर्थात् अधर्मी मानिस परमेश्वरका राज्यका हकवाला हुनेछन्? ______________। के धोइएका पापीहरू त्यस राज्यमा पस्नेछन् (१ कोरिन्थी ६:११)? ______________।

जतिखेर तपाईं यूहन्ना ३:५ लाई विचार गर्नुहुन्छ, त्यतिखेर तपाईंले तीतस ३:५लाई पनि विचार गर्नुपर्छ। यी दुवै पदहरू तेस्रो अध्यायको पाँचौं पदमा छन्, त्यसकारण यिनीहरूलाई सम्झन सजिलो छ। यी दुवै पदहरूले नयाँ गरी जन्मने बारेमा बताउँछन् (तीतस ३:५ मा पनि नयाँ जन्मको कुरा छ)। यी दुवै पदहरूले पानी र आत्माको बारेमा बताउँछन्। तीतस ३:५ मा हेरौं: “तब हामी आफैले गरेका धर्मका कामहरूद्वारा होइन, तर उहाँकै कृपाअनुसार उहाँले हाम्रो उद्धार गर्नुभयो–नयाँ जन्मको _________द्वारा (यो भयो पानी) र पवित्र आत्माबाटको नवीकरणद्वारा (यो भयो आत्मा”)। नयाँ जन्म पाएको व्यक्ति त्यो हो जो परमेश्वरको आत्माद्वारा पूरै शुद्ध अनि नवीकृत भएको छ।

पानी र आत्माको बारेमा बताउने निम्न तीनओटा पदहरूलाई अध्ययन गरौं:

यूहन्ना ३:५तीतस ३:५१ कोरिन्थी ६:११
१) पानी
२) आत्माबाट जन्मेको
१) नयाँ जन्मको स्नानद्वारा
२) आत्माबाटको नवीकरणद्वारा
तिमीहरू१) धोइएका छौ
२) आत्माद्वारा धर्मी ठहरिएका छौ

हामीलाई उहाँको राज्यभित्र प्रवेश गर्न योग्य बनाउन जुन अचम्मका कामहरू परमेश्वरले एक व्यक्तिभित्र गर्नुहुन्छ, ती कामहरूको बारेमा यी माथिका पदहरूले बताइरहेका छन्।

यूहन्ना १३:५ मा उल्लेखित पानीको विचार गरौं। येशूले एउटा महत्त्वपूर्ण आत्मिक सत्यता दर्शाउन पानी‍ प्रयोग गर्नुभयो। के पत्रुस एउटा “धोइएका” चेला थिए? के पत्रुस भित्रदेखि शुद्ध थिए (यूहन्ना १३:९ -१०)? ________। कुन चेला पानीबाट जन्मेको थिएन? कुन चेला नधोइएको हुनाले अशुद्ध थियो अर्थात् नयाँ गरी जन्मेको थिएन (यूहन्ना १३:१० -११ र यूहन्ना १३:२लाई आपसमा तुलना गर्नुहोस्)? ____________________________। के ऊ परमेश्वरको राज्यमा प्रवेश गर्नेछ? ____________।

एफेसी ५:२५ -२६ मा पनि यस पानीले उल्लेख छ, “ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो — त्यसलाई ___________द्वारा _______को _________ले पवित्र पार्नालाई।” एक व्यक्ति कसरी धोइन्छ? वचनद्वारा!

परमेश्वरको वचन शुद्धिकरण (शुद्ध गर्ने काम) ले निम्ति नभई नहुने कुरा हो। परमेश्वरको वचन ऐना हो जसले हामीलाई हामी बास्तवमा नै कति अशुद्ध छौं भनेर हाम्रो पाप देखाउँछ। बाइबलले हाम्रो पाप मात्र देखाउँदैन, यसले पापीका एउटै मुक्तिदातालाई पनि देखाउँदछ। उहाँमाथि विश्वास गर्नेहरूलाई मुक्तिदाताले बचाउनुहुनेछ भन्ने उहाँका प्रतिज्ञाहरूलाई पनि बाइबलले देखाउँदछ। परमेश्वरको वचनबिना एक व्यक्तिले कहिल्यै मुक्ति पाउन सक्ने थिएन, कहिल्यै नयाँ गरी जन्मन सक्ने थिएन। निम्नलिखित पदहरूले परमेश्वरको वचनको ‍महत्त्वलाई दर्शाउँदछन्:

  1. भजनसंग्रह ११९:९ – “एउटा जवान मानिसले आफ्नो चालचलन कसरी __________ राख्‍नेछ? तपाईंका ____________मा ध्यान दिएर नै हो।“
  2. यूहन्ना १५:३ – “मैले तिमीहरूलाई भनेको ____________द्वारा तिमीहरू __________ छौ।“
  3. १ पत्रुस १:२३ -२५ – “किनकि नाशहुने होइन, तर नाश नहुने बीउबाट ______________को जिउँदो र सँधैभरि रहने ____________द्वारा ________________छौं।”
  4. याकूब १:१८ – “उहाँले हामीलाई आफ्नै इच्छा अनुसार सत्यको ____________द्वारा जन्माउनुभयो।”
  5. परमेश्वरको वचनले दुइटा काम गर्छ: पहिलो, यसले मानिसलाई ऊ कति ठूलो पापी रहेछ भन्ने देखाउँछ (रोमी ३:१० -२३)। दोस्रो, यसले मानिसलाई ख्रीष्ट कति महान् मुक्तिदाता हुनुहुन्छ भन्ने देखाउँछ (रोमी ३:२४ -२५)।

निकोदेमस एक यहुदी थिए जसलाई पुरानो नियमको पूरा ज्ञान हुनुपर्थ्यो। यूहन्ना ३:९ मा हामी देख्दछौं कि येशूले कुन विषयमा कुरा गर्दै हुनुहुन्थ्यो भनेर निकोदेमसले अझै बुझेका थिएनन्। यूहन्ना ३:१० मा येशूले निकोदेमसलाई यी कुराहरू उनले अघिबाट नै जानेको हुनुपर्थ्यो भनी भन्नुभयो। उनले पानी र आत्माको बारेमा बुझ्न सक्नुपर्थ्यो। उनलाई इजकिएल ३६:२५ -३९ राम्रैसँग थाह हुनुपर्थ्यो। के यहाँ पानीको उल्लेख छ? ________। के यहाँ शुद्ध हुने र शुद्ध पारिने विषय उल्लेख छ? _______। यस खण्डमा परमेश्वरले मानिसभित्र एउटा अचम्मको काम गर्ने प्रतिज्ञा गर्नुभयो (इजकिएल ३६:२६ -२७)। यर्मिया ४:१४ र यशैया १:१६ पनि पढ्नुहोस्।

नयाँ जन्म कसरी पाउन सकिन्न

तपाईं शारीरिक जन्मद्वारा आफ्नो परिवारको सदस्य बन्नुभयो। पहिलो जन्मद्वारा तपाईं आफ्ना बाबुआमाको छोरा वा छोरी बन्नुभयो। जब कुनै मानिस नयाँ गरी जन्मन्छ, ऊ परमरश्वरको घरानाको सदस्य बन्दछ अर्थात् परमेश्वरको सन्तान (यूहन्ना १:१२) बन्दछ। कुनै पनि व्यक्तिले नयाँ जन्म कसरी पाउँदैन भन्ने विषयमा यूहन्ना १:१३ले तीनओटा कुराहरू बताइएको छ।

(१) “न ता रगतबाट”

बाबुआमा र छोराछोरीको बीचमा रगतको नाता हुन्छ अनि थुप्रै कुराहरु छन् जुन बाबुआमाले आफ्ना छोराछोरीलाई दिन सक्छन्, जस्तै, आँखाको रंग, कपालको रंग, अनुहारका आकारहरू, शरीरको बनावट आदि। तर त्यहाँ एउटा कुरा छ जुन आमाबाबुले आफ्ना छोराछोरीहरूलाई कहिल्यै दिन सक्देनन्, त्यो हो नयाँ जन्म। तपाईंका आमाबाबुले तपाईंलाई पहिलो जन्म दिन सक्नुहुन्छ तर उनीहरूले तपाईंलाई दोस्रो जन्म दिन कहिल्यै सक्दैनन्।

ख्रीष्टियन आमाबाबुहरूले ख्रीष्टियन नानीहरू जन्माउँदैनन्। नयाँ जन्म पाएका बाबुआमाहरूका नयाँ जन्म पाएका छोराछोरीहरू जन्मँदैनन्। यदि तपाईंको पनि कुनै ख्रीष्टियनसँग रगतको नाता पर्छ भने यसले तपाईंलाई ख्रीष्टियन बनाउँदैन। मुक्ति आमाबाबुबाट छोराछोरीमा र्सर्ने कुरा होइन।

अब्राहमका वंशका भएका हुनाले धेरै यहूदीहरूले आफूहरूले मुक्ति पाएका छौं भनी विचार गरे (मत्ती ३:९; यूहन्ना ८:३९)। के तिनीहरूको विचार ठीक थियो (यूहन्ना ८:४४ सँग दाजौं)? ________________। आमाबाबुले आफ्ना छोराछोरीका लागि प्रार्थना गर्न सक्छन्, उनीहरूलाई सिकाउन सक्छन् अनि आफ्ना छोराछोरीको सामु नमुना भएर परमेश्वरको डरमा जिउन सक्छन् तर आफ्ना छोराछोरीलाई नयाँ जन्म दिन सक्दैनन्।

(२) “न ता शरीरको इच्छाबाट”

मानिसको सम्पूर्ण ताकत र सार्मथ्यले उसलाई कहिल्यै परमेश्वरको सन्तान बनाउँदैन। येशूले भन्नुभयो “शरीरबाट जन्मिएको चाहिँ ____________ हो” (यूहन्ना ३:६)। अहो, मानिसहरूले जतिसुकै बदलिने आकांक्षा राखे पनि, उसले आफैलाई बदल्न सक्दैन। जसरी चितुवाले आफ्ना टाटाहरू बदल्न सक्दैन, अनि इथियोपियायी (अफ्रिकी)ले आफ्नो छालाको रंग बदल्न सक्दैन, त्यसरी नै पापी हृदय भएको मानिसले आफ्नो दुष्ट स्वभावलाई बदल्न सक्दैन (यर्मिया १३:२३ मा हेरौं)। यस्तो परिवर्तन परमेश्वरले मात्र ल्याउन सक्नुहुन्छ।

(३) “न ता मानिसको इच्छाबाट”

सुरुका ख्रीष्टियनहरू धेरै बर्ष रोमी सम्राटहरूबाट सताइए अनि धेरै मारिए। आखिरमा सत्ता कन्सटेन्टाइनको हातमा पर्‍यो (करिब ३०० ई .सं . तिर)। उसले ख्रीष्टियन “धर्म”लाई साम्राज्यको आधिकारीक धर्म बनाउन चाहे। उनले आफ्ना राज्यका सबै ख्रीष्टियन हुनुपर्छ भन्ने इच्छा गरे, तर के यसले सबैलाई ख्रीष्टियन बनायो त? ______________। हो, राजा होस् वा राजकुमार अथवा पूजाहारी वा पोप होस् वा पाष्टर, कसैले पनि एक व्यक्तिलाई परमेश्वरको सन्तान बनाउन सक्दैनन्। पृथ्वीको सबभन्दा शक्तिशाली मानिसले पनि एक व्यक्तिलाई शुद्ध हृदय र नयाँ जीवन दिन सक्दैन। परमेश्वरले मात्र यो काम गर्न सक्नुहुन्छ।

परमेश्वरको कार्य

नयाँ जन्म कुनै पनि मानवीय तवरले हुने कुरा होइन, तर पूरै परमेश्वरबाट हुने कुरा हो (यूहन्ना १:१३)। यो परमेश्वरले गर्नुभएको त्यस्तो अचम्मको कार्य हो जसद्वारा एक व्यक्ति परमेश्वरको सन्तान बन्दछ (यूहन्ना १:१२)। उसको पहिलो जन्मद्वारा मानिस आदमको पतित वंशको सदस्य बन्दछ। उसको दोस्रो जन्मद्वारा भने मानिस परमेश्वरको परिवारको सदस्य बन्दछ। जब कसैले नयाँ जन्म पाउँछ, तब उसले एउटा नयाँ जीवन पाउँछ (यूहन्ना ३:१५), एउटा नयाँ हृदय पाउँछ (इजकिएल ३६:२५ -२७), एउट नयाँ स्वभाव पाउँछ (२ पत्रुस १:४) अनि ऊ एउटा नयाँ ________ हो (२ कोरिन्थी ५:१७)। नयाँ गरी जन्मन र परमेश्वरको सन्तान हुनलाई, उसले कुन काम गर्नैपर्छ (यूहन्ना १:१२)? _____________ ________________________________________________।

आत्मा अनि बतास

यूहन्ना ३:८ मा येशू परमेश्वरका आत्माका कामलाई हावासँग दाँज्नुहुन्छ। हावा अदृश्य हुन्छ अर्थात् यसलाई देख्‍न सकिँदैन। हावालाई तपाईं देख्‍न सक्नुहुन्न तर हावाले गरेको कामलाई देख्‍न सक्नुहुन्छ। तपाईं रूखका पातहरू हल्लिरहेको देख्‍नुहुन्छ। डोरीमा सुकाइएको लुगालाई हावामा हल्लिरहेको देख्‍नुहुन्छ। सिर्र चलिरहेको बतासमा झण्डा फर्फराइरहेको पनि देख्‍नुहुन्छ।

परमेश्वरको आत्मा पनि त्यस्तै हुनुहुन्छ। एकजना ख्रीष्टियनलाई हेर्दैमा तपाईं परमेश्वरको आत्मालाई देख्‍नसक्नुहुन्न, तरैपनि उहाँको कामचाहिँ देख्‍न सक्नुहुन्छ। पवित्र आत्माले एक व्यक्तिको जीवनमा साँच्चै काम गर्दैहुनुहुन्छ भने त्यो देखिनुपर्छ। आफूभित्र पवित्र आत्मा बास गरिरहनुभएको मानिसहरूले देख्‍न सक्दैनन्, तरैपनि के तिनीहरूले आत्माका फल देख्‍न सक्छन् (गलाती ५:२२ -२३, एफेसी ५:९)? ___________। निश्चय नै, मानिसहरूले हाम्रो जीवन देख्‍न सक्छन्, अनि बोली र व्यवहार देख्‍न सक्छन् अनि तिनीहरूले हाम्रो जीवनमा आत्माले काम गरिरहनुभएको प्रमाण देख्‍न सक्छन्। के तपाईंको दिनप्रतिदिनको जीवनमा, तपाईंको बोली र व्यवहारबाट आत्माको “आवाज” सुन्न सकिन्छ?

उजाडस्थानको साँप

यूहन्ना ३:१४ मा खम्बामा उचालिएको साँप र क्रूसमा मारिनलाई उचालिनुभएको येशू ख्रीष्टको बीचमा एक महत्त्वपूर्ण तुलना गरिएको छ। “अनि जसरी मोशाले उजाडस्थानमा ________लाई उचाले, त्यसरी नै ____________का ________ ______ उचालिनुपर्छ (यूहन्ना ३:१४)। मोशाले उचालेका साँप क्रूसमा मारिनलाई झुन्डयाइनुभएको ख्रीष्टको चित्रण थियो।

“उजाडस्थानको साँप” ले घटना विवरण पुरानो नियमको गन्ती २१:४ -९ मा पाइन्छ। यात्रा गर्ने क्रममा सोझो बाटो छोडेर घुमाउरो र ज्यादै लामो बाटो हिँड्नुपरेको कारण इस्राएलीहरूले हरेस खाएका थिए (गन्ती २१:१४)। यस्तो अप्ठेरो परिस्थितिमा परमेश्वरमा भरोसा गर्नुको सट्टा तिनीहरूले गनगन गरे अनि परमेश्वरको विरुद्घमा पाप गरे (गन्ती २१:५)। तिनीहरूको ठूलो पापको कारण परमेश्वरले तिनीहरूको बीचमा विषालु ___________ पठाइदिनुभयो (गन्ती २१:६)। के ती साँपहरूले तिनीहरूलाई डसे (गन्ती २१:६)? ________। के ती विषालु थिए (गन्ती २१:६)? ____________। के मानिसहरूले आफ्ना पाप स्वीकार गरे (गन्ती २१:७)? ______________। के तिनीहरूले छुटकाराको निम्ति गुहार मागे (गन्ती २१:७)? ______________। उजाडस्थानको साँपको अध्ययनबाट हामीलाई चारओटा सत्यताहरू स्पष्ट हुन्छन्:

  1. तिनीहरूले परमेश्वरको विरुद्घमा पाप गरेका थिए।
  2. तिनीहरू नाश भइरहेका थिए।
  3. तिनीहरू आफैलाई बचाउन केही गर्न सक्दैनथे।
  4. तिनीहरूलाई परमेश्वरले मात्र सहायता गर्न सक्नुहुन्छ भनी तिनीहरूले थाह पाए।

यी चार सत्यताहरू तपाईंको जीवनसित पनि मेल खान्छन् कि? ______________।

परमेश्वरसँग एउटा उपाय थियो। परमेश्वरसँग निको पार्ने एउटा औषधी थियो। परमेश्वरले मोशालाई एउटा साह्रै अनौठो लाग्ने काम गर्न लगाउनुभयो (गन्ती २१:८)। परमेश्वरले मोशालाई भन्नुभयो, पित्तलको साँपको प्रतिरुप (दुरुस्तै साँप जस्तो) बनाउनू अनि त्यसलाई एउटा खम्बाको माथि सबैले देख्‍ने गरी टाँग्नू। डसिएका इस्राएलीमध्ये तपाईं पनि हुनुभएको भए, तपाईंले बाँच्नको निम्ति कुन काम नगरी हुदैहुँदैन थियो (गन्ती २१:८)? __________________ ____________________________________________।

डसिएको व्यक्तिले खम्बामा उचालिएको पित्तले साँपलाई हेर्नैपर्थ्यो। उसले आफैलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्ना घाउहरूलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्नो जीउमाथि सल्बलाइरहेका ती विषालु साँपको ताँतीलाई हेर्नुहुँदैनथ्यो। उसले आफ्ना वरिपरि मरिरहेकाहरूलाई हेर्नुपर्दैनथ्यो। उसले मोशालाई हेर्नुपर्दैनर्थ्यो। उसले केवल सोझै परमेश्वरको प्रबन्धमाथि आँखा लगाउनुपर्थ्यो। अन्य कतै हेर्नु भनेको मर्नु थियो। खम्बाको साँपलाई हेर्नु भनेको जिउनु थियो। आफैलाई निको पार्ने कुनै उपाय थिएन उनीहरूसित। उनीहरूको एउटै आशा थियो, आफूभन्दा बाहिर रहेको कुरामा हेर्नु।

अब हामी यूहन्ना ३:१४ -१५ अध्ययन गर्न तयार छौं। हामीहरू हरेक नै पापको साँपद्वारा डसिएका छौं, “अनि पाप पूरा बढाइएपछि त्यसले __________ उत्पन्न गर्छ (याकूब १:१५)। आदम पनि पापको साँपद्वारा डसिएका थिए र त्यसको विष सम्पूर्ण मानवजातिमा फैलिएको छ (रोमी ५:१२)। अन्तमा हामी परमेश्वरकहाँ यसो भन्दै पुकारा गर्छौं, “मैले पाप गरे!”। परमेश्वरको जवाफ ज्यादै स्पष्ट छः “मसँग समाधानको उपाय छ!मसँग त्यसको औषधी छ!कलवरी क्रूसको खम्बामा उचालिनुभएको मुक्तिदातालाई हेर!पापको रोगलाई निको पार्ने परमेश्वरको एउटै मात्र औषधी उहाँ नै हुनुहुन्छ!अरु कतै हेर्‍यौ भने तिमी नष्ट हुनेछौ!येशूलाई हेरे र बाँच!”

क्रूसमा उचालिनुभएको परमेश्वरको पुत्रलाई हेर्नेहरू र उहाँमाथि विश्वास गर्नेहरू ____________ हुनेछैनन् तर तिनीहरूले _____________ जीवन पाउनेछन् (यूहन्ना ३:१५ -१६)।

जीवन छोटो छ!

मृत्यु निश्वित छ!

मृत्यु पापले ल्यायो!

मुक्ति ख्रीष्टमा छ!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

येशू—सिद्ध ईश्वर तथा सिद्ध मानिस

Study Series

येशू—सिद्ध ईश्वर तथा सिद्ध मानिस

परिचय

कतिले यूहन्नाको सुसमाचारलाई “संसारकै सबैभन्दा महान् पुस्तक” भन्ने संज्ञा दिएका छन्। बाइबलका खण्डहरूमध्ये यस खण्ड सबैभन्दा बढी संख्यामा छापिएको छ। हजारौंले यूहन्नाको सुसमाचार पढेर प्रभुलाई चिन्न पुगेका छन्। पवित्र शास्त्रको सबैभन्दा परिचित र प्रख्यात पद यही पुस्तकमा भेटिन्छः यूहन्ना ३:१६। एकातिर, यस पुस्तकमा गजबको सरलता छ। यसकारण “बाइबल कहाँदेखि पढ्न थाल्ने होला” भनी प्रश्न गर्नेलाई यूहन्नादेखि थाल्न सल्लाह दिन सकिन्छ। अर्कोतिर, यस पुस्तक सत्यताहरूमा यति गहिरो र धनी छ कि सबैभन्दा पाको विश्वासी जन समेत यसका पन्नाहरू पढेर अघाउने छैन। परमेश्वरको सम्पूर्ण वचन बहुमूल्य छ तरैपनि धेरै इसाईहरूका हृदयमा यूहन्नाको सुसमाचारले विशष स्थान पाएको छ।

मानवीय लेखक

यसका मानवीय लेखक यूहन्ना बाह्र चेलामध्ये एक थिए र साथै उनी __________ (मत्ती १०:२) का भाइ थिए। उसलाई “______ले ______ गर्नुभएको चेला” (यूहन्ना २१:२०; १३:२३) भनी उल्लेख गरिएको छ। यस सुसमाचारको पुस्तकमा जति पनि कुराहरू यूहन्नाले लेखेका छन् ती कुराहरूको व्यक्तिगत साक्षी यूहन्ना आफै थिए र उनकै आँखाका सामु ती घटनाहरू घटेका थिए। यूहन्नाले यस पुस्तकमा लेखेका कुराहरूको विषयमा के बताइएको छ (यूहन्ना १९:३५ र २१:२४ हेर्नुहोस्)? ___________ ____________________________। के प्रभुको बारेमा यूहन्नाले लेख्‍न सक्ने अरू थुप्रै कुराहरू थिए (यूहन्ना २१:२५)? _______। यूहन्नाको सुसमाचारमा _____ ओटा अध्यायहरू छन्। ख्रीष्टलाई राम्ररी चिन्ने यूहन्नाले उहाँको बारेमा अरू थुप्रै कुराहरू लेख्‍न सक्थे।

यूहन्नाको सुसमाचारको उद्देश्य

यूहन्नाले सुसमाचारको यस पुस्तक किन लेखे? येशूले भन्नुभएका र गर्नुभएका केही कुराहरू लेखोटमा उतार्न यूहन्नाले किन कष्ट गरे? यूहन्ना २०:३१ मा यूहन्नाले प्रस्टै भन्छन्, “तर येशू नै परमेश्वरका ______ ________ (अर्थात् मसीह, प्रतिज्ञा गरिएका मुक्तिदाता तथा राजा) हुनुहुन्छ भनी तिमीहरूले ___________ गर्न सक र ___________ गरेर तिमीहरूले उहाँको नामद्वारा __________ पाओ भनी यीचाहिँ ____________ हुन्।” साना, ठूला सबैले उहाँको पुत्रमाथि विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र तिनीहरू जसले साँच्चै विश्वास गर्छन् उनीहरूले जीवन पाउँछन्। यूहन्ना ६:४७ मा येशूले भन्नुभएको कुरा यही हो? ________।

यूहन्ना अध्याय १ र २ को रूपरेखा

 

  1. वचन, WORD (यूहन्ना १:१-१८)
  2. साक्षी, WITNESS (यूहन्ना १:१९-५१)
    1. बप्‍तिस्मा दिने यूहन्ना (यूहन्ना १:१९-३४)
    2. अन्द्रियासले पत्रुसलाई बताउँछन् (यूहन्ना १:३५-४२)
    3. फिलिपले नथनएललाई बताउँछन् (यूहन्ना १:४३-५१)
  3. येशूको प्रथम कार्य, WORK (यूहन्ना २:१-१२)
  4. येशूका प्रथम वचनहरू, WORDS (यूहन्ना २:१३-२२)
    1. सराफीहरूलाई लखेट्नुहुन्छ (यूहन्ना २:१३-१७)
    2. उहाँको मृत्यु र बौरिउठाइको चिन्ह (यूहन्ना २:१८-२२)

वचन को हुनुहुन्छ?

यूहन्नाको सुसमाचारको पहिलो पदमै हामीलाई एक व्यक्तिको परिचय दिइएको छ जसलाई “वचन” भनिएको छ। यो शब्द (“वचन”) पद १ मा कति पटक पाइन्छ? ________। अध्याय १ को अर्को कुन पदमा यो व्यक्तिलाई “वचन” भनिएको छ? ________। वचन को हुनुहुन्छ? अध्याय १ को १ देखि १८ पदहरूले यी व्यक्तिका बयान गर्छन्। “वचन” भनिहुने यस व्यक्तिका चिनारी यी पदहरूले कसरी दिन्छन् हामी हेरौं। पद १–”वचन परमेश्वर हुनुहुन्थ्यो।” यूहन्ना ५:१८ हेर्नुहोस्।पद ३–”सबै कुराहरू उहाँद्वारा __________।” पद १० हेर्नुहोस्। पद ४–”उहाँमा ________ थियो।” यूहन्ना १४:६ हेर्नुहोस्। पद ९–यी व्यक्ति “साँचो ________ हुनुहुन्थ्यो।” यूहन्ना ८:१२ हेर्नुहोस्। पद ११–”उहाँ आफ्नै मानिसहरूद्वारा इन्कार गरिनुभयो (यूहन्ना १९:१५-१६)। पद १४–”उहाँ पिताका एक मात्र जन्माइएका पुत्र हुनुहुन्छ” (पद १८ हेर्नुहोस्)। पद १७–”यस पदमा वचन को हुनुहुन्छ भनी प्रस्टै चिनाइएको छ। उहाँ ये____ ख्री_____ नै हुनुहुन्छ।

यूहन्ना १:१-१८ लाई पढ्दा यी पदहरूले येशू ख्रीष्टकै बारेमा बताउँदै छन् भन्ने निष्कर्ष निस्कन्छ। वास्तवमा यूहन्नाको सुसमाचारको पूरै पुस्तकले यिनै व्यक्तिका बारेमा बताउँदछ–उहाँ आउनुको लक्ष्य, उहाँको सेवाकार्य, उहाँका आश्चर्यकर्महरू र उहाँले गर्नुभएको उद्धारको महान् कार्य।

येशू ख्रीष्टलाई किन वचन भनिएको छ?

विचार शब्दहरूद्वारा व्यक्त गरिन्छ। कुनै कुरा व्यक्त गर्न मानिसले साधारणतया शब्दहरू प्रयोग गर्दछ–या त बोलीमा या त लेखोटमा। एकपटक कसैलाई बिना शब्द नै केही भन्ने प्रायस गर्नुहोस् त! एउटै शब्द नबोली, केही पनि नलेखी कुनै कुरा व्यक्त गर्ने प्रयास गर्नुहोस् त। त्यति सजिलो छैन! बहिराहरूले प्रयोग गर्ने इशाराको बोलि पनि वचनकै “बोली” हो किनभने ती विभिन्न इशाराहरू विभिन्न शब्द वा अक्षरका सट्टामा प्रयोग गरिएका हुन्छन्। परमेश्वर मानिससँग बोल्न इच्छुक हुनुहुन्छ। परमेश्वर आफूलाई मानिसकहाँ प्रकट गर्न इच्छुक हुनुहुन्छ। परमेश्वरले यो काम विभिन्न तरिकाले गर्न सक्नुहुन्थ्यो। उहाँले हामीसँग स्वर्गबाट प्रत्यक्ष बोल्न सक्नुहुन्थ्यो। उहाँले आफ्नो सन्देश बताउन स्वर्गदूतहरू पठाउन सक्नुहुन्थ्यो। तर परमेश्वरले सबैभन्दा असल तरिका रोज्नुभयो: उहाँले आफ्नो पुत्रलाई पठाउनुभयो! येशू ख्रीष्ट नै परमेश्वरको स्पष्ट सन्देश हुनुहुन्छ। येशू ख्रीष्ट हाम्रा निम्ति दिइनुभएका परमेश्वरको वचन वा वाणी हुनुहुन्छ! परमेश्वर वास्तवमै कस्तो हुनुहुन्छ भनी मानिसले देख्न र जान्न सक्नलाई येशू ख्रीष्टले सम्भव तुल्याइदिनुभयो (यूहन्ना १:१८ र यूहन्ना १४:८-९ लाई तुलना गर्नुहोस्)। यी अन्तिम दिनहरूमा परमेश्वर “हामीसँग ________ ______द्वारा बोल्नुभएको छ” (हिब्रू १:२)। यसैकारण उहाँलाई वचन भनिएको हो। परमेश्वरले मानिसलाई मूलतः दुई माध्यमद्वारा आफूलाई चिनाउनु भएको छः

  1. आफ्नो जीवित वचन येशू ख्रीष्टद्वारा
  2. आफ्नो लिखित वचन अर्थात् बाइबलका ६६ पुस्तकहरूद्वारा

येशू परमेश्वर हुनुहुन्छ

धेरैको विचारमा येशू एक महान् गुरू वा अगमवक्ता वा विश्वकै सबैभन्दा असल मानिस हुनुहुन्थ्यो। तर यूहन्नाको सुसमाचारले छर्लङ्ग पार्दछ कि येशू एक मानिस मात्र हुनुहुन्नथ्यो। यूहन्ना १:१ को आखिरी तीन शब्दहरूले बताउँछ, “________ ______________ ______________।” उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो अनि उहाँ परमेश्वर हुनुहुन्थ्यो (यूहन्ना १:१)।एउटै व्यक्ति कसरी परमेश्वरसँग हुन र स्वयम् परमेश्वर हुन सम्भव छ? तपाईं आफ्नो साथीसँग हुन सक्नुहुन्छ तर स्वयम् साथी नै बन्न सक्नुहुन्न। येशूले कसरी भन्न सक्नुहुन्छ, “म परमेश्वरसँग छु अनि म परमेश्वर हुँ”? यसलाई बुझ्न हामीले याद गर्नुपर्छ कि परमेश्वर त्रिएक हुनुहुन्छ अर्थात् एउटै परमेश्वर तीन व्यक्तिहरूमा हुनुहुन्छ। माथिको चित्रले यूहन्ना १:१ को बास्तविक अर्थ बुझ्न मद्दत गर्छ:१) येशू “पिता परमेश्वर” सँग हुनुहुन्थ्यो (यूहन्ना १७:५ सित तुलना गर्नुहोस्)। २) येशू परमेश्वर हुनुहुन्थ्यो। उहाँ “पुत्र परमेश्वर” हुनुहुन्छ। हाम्रो सानु दिमागले यस कुरालाई पूर्ण रूपमा बुझ्न सकिन्न तरैपनि हामीले उहाँको वचनलाई विश्वास गर्नु परमेश्वरको इच्छा हो! सीमित दिमागले असीमित परमेश्वरलाई कहिल्यै पूर्ण रूपमा बुझ्न सक्दैन! येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने तथ्य यूहन्ना १:३ मा पनि व्यक्त छः “सबै कुराहरू उहाँद्वारा ____________।” येशू ख्रीष्ट सारा थोकका सृष्टिकर्ता हुनुहुन्छ (कलस्सी १:१६, एफेसी ३:९, हिब्रू १:२ र यूहन्ना १:१० पनि पढ्नुहोस्)। केवल परमेश्वरले मात्र सृष्टि गर्न सक्नुहुन्छ! तपाईंले देख्न सक्ने, छुन सक्ने, ज्ञानेन्द्रियहरूद्वारा चिन्न सक्ने सबै कुराहरू येशू ख्रीष्टद्वारा बनाइएका हुन्! जुन क्रूसमा उहाँ मर्नुभयो त्यसको काठ समेत उहाँकै सृष्टि थियो! येशू ख्रीष्टले गर्नुभएको पहिलो आश्चर्यकर्मले नै उहाँसित सृष्टि गर्ने सामर्थ्य थियो भन्ने कुरालाई प्रकट गर्दछ (यूहन्ना २:१-११)। येशूले ती नोकरहरूलाई पानीका घ्याम्पामा पानी भर्ने आज्ञा दिनुभयो (यूहन्ना २:६-७)। एउटा घ्याम्पामा २०-३० पाथी अटाउन सकिन्थ्यो भनी उल्लेख छ (यूहन्ना २:६)। मानौं प्रत्येक घ्याम्पामा २५ पाथी अट्थ्यो। त्यहाँ कतिओटा घ्याम्पा थिए? ______। सबै घ्याम्पा गरी जम्मा कति पाथी अट्थ्यो? _________। उहाँको सृष्टि गर्ने सामर्थ्यद्वारा येशू ख्रीष्टले तुरून्तै १५० पाथी बराबरको पानीलाई दाखरसमा परिणत गरिदिनुभयो (यूहन्ना २:९)! येशू ख्रीष्टले नै पहिलो मानिसलाई माटोबाट बनाउनुभएको थियो (उत्पत्ति २:७) र उसबाट स्त्रीलाई बनाउनुभएको थियो (उत्पत्ति २:२१-२२) र सबै कुराहरूलाई शून्यबाट (हिब्रू ११:३) बनाउनुभएको थियो! येशू ख्रीष्ट सर्वशक्तिमान् सृष्टिकर्ता हुनुहुन्छ! येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने तथ्य यूहन्ना १:१५ मा पनि देखिन्छ। यस पदमा बप्‍तिस्मा दिने यूहन्नाले दुइटा कुरा भनेका छन् जोहरू आपसमा जुधेका जस्तै देखिन्छन्: १) उहाँ मपछि आउनुहुन्छ। २) उहाँ मभन्दा पहिलो हुनुभएको छ। एउटै व्यक्ति कसरी यूहन्नाको पछि र यूहन्नाको अघि हुनु सम्भव छ? यसलाई राम्ररी विचार गरौं:

१. येशू यूहन्ना पछि आउनुभयो

बप्‍तिस्मा दिने यूहन्ना जन्मेको छ महिना पछि येशू बेथलेहेममा जन्मनुभयो। लूका १:३६ बाट यो जानिन्छ। आफूले बालक जन्माउने कुरा मरियमले थाहा पाउँदा एलिशिबाले यूहन्नालाई गर्भमा बोकेकी छ महिना भइसकेको थियो। साथै येशूले आफ्नो सार्वजनिक सेवाकार्य यूहन्नालेभन्दा छ महिना पछि शुरू गर्नुभयो। अर्थात् यूहन्नाले येशूले भन्दा पहिला प्रचार गर्न शुरू गरेको थियो।

२. यूहन्नाभन्दा पहिला येशू हुनुहुन्थ्यो

येशूको जीवन बेथलेहेमको जन्मदेखि शुरू भएको कदापि होइन! येशू बप्‍तिस्मा दिने यूहन्ना जन्मनुभन्दा धेरै अघिदेखि नै हुनुहुन्थ्यो! येशू ___________ भन्दा धेरै पहिला हुनुहुन्थ्यो (यूहन्ना ८:५८)! वास्तवमा येशू, आदमको सृष्टि हुनुभन्दा पनि धेरै पहिलादेखि हुनुहुन्थ्यो! “________मा वचन हुनुहुन्थ्यो” (यूहन्ना १:१ र १:२)। संसार वा कुनै कुरा सृष्टि हुनुभन्दा पहिला येशू ख्रीष्ट हुनुहुन्थ्यो (यूहन्ना १७:५ पढ्नुहोस्)। येशू ख्रीष्ट अनन्तका परमेश्वर हुनुहुन्छ!

उहाँ मानिस बन्नुभयो

अनन्तका परमेश्वर एक मानिस बन्नुभयो: “अनि वचन _________ हुनुभयो, अनि हाम्रा माझमा बास गर्नुभयो” (यूहन्ना १:१४)। येशू ख्रीष्ट आदिमा मानिस हुनुहुन्नथ्यो। यूहन्ना १:१४ ले सिकाउँछ कि उहाँ एक मानिस बन्नुभयो। परमेश्वरका पुत्र शरीर हुनुभयो! उहाँ कन्या मरियमद्वारा जन्म लिनुभयो र मनुष्य जातिको एक सदस्य बन्नुभयो। मासु, रगत र हड्डीले बनेको उहाँको एउटा वास्तविक मानव शरीर थियो। हो, वचन शरीर हुनुभयो र हाम्रा माझमा बास गर्नुभयो। एउटा झुसिलकिरो पुतली बन्दछ। बन्दछको तात्पर्य, त्यो एक समय पुतली थिएन। परमेश्वरको पुत्र मानिस बन्नुभयो भन्नुको तात्पर्य उहाँ एक समय मानिस हुनुहुन्नथ्यो। उहाँ सदासर्वदा परमेश्वर हुनुहुन्छ। उहाँ आजभन्दा करीब २००० वर्ष अघि मानिस बन्नुभयो। उहाँ परमेश्वर हुनुहुन्छ र साथसाथै उहाँ मानिस हुनुहुन्छ, अर्थात् उहाँ आफ्नो एउटै व्यक्तित्वमा दुवै परमेश्वर र मानिस (GOD-MAN) हुनुहुन्छ! परमेश्वर मानिस बन्नुभएको वास्तविकतालाई बयान गर्ने एउटा विशेष शब्द छ। त्यो शब्द हो “देहधारण” (INCARNATION)। यसको अर्थ हो, “देह (शरीर) धारण गर्नु”। यसको मतलब ख्रीष्ट शरीरमा आउनुभयो, मानव शरीर धारण गर्नुभयो र एक मानिस बन्नुभयो। हरेक साँचो विश्वासीले भन्न सक्छ, “म स्वीकार गर्छु र विश्वास गर्छु कि येशू ख्रीष्ट _________मा भई आउनुभएको हो” (१ यूहन्ना ४:२ पढ्नुहोस्)। मानिस संसारमा तीन प्रकारले आएका छन्:

  1. सृष्टि (CREATION)–यस प्रकारले आदम र हवा संसारमा आए। आदम र हवाको सृष्टि हुनलाई परमेश्वरले एउटा विशेष आश्चर्यकर्म गर्नुपरेको थियो।
  2. प्रजनन (PROCREATION)–यस तरिकामा परमेश्वरले बाबुआमाबाट प्राकृतिक जन्मद्वारा संसारमा छोराछोरीहरू ल्याउनुहुन्छ। मानिसहरूलाई संसारमा ल्याउने परमेश्वरको साधारण तरिका यही हो। तपाईं संसारमा यही तरिकाले आउनुभएको हो।
  3. देहधारण (INCARNATION)–यस प्रकारले ख्रीष्ट संसारमा आउनुभएको हो। यसका लागि पनि परमेश्वरले एउटा विशेष आश्चर्यकर्म गर्नु परेको थियो अर्थात् कन्याबाटको जन्म (virgin birth) को आश्चर्यकर्म। लूका १:३५ पढ्नुहोस्। परमेश्वर मानिस बन्नुभयो तर उहाँ परमेश्वर हुन छाड्नुभएन। उहाँ पूरा परमेश्वर र पूरा मानिस हुनुहुन्छ।

येशू वास्तवमा नै मानिस बन्नुभएको थियो भनी यूहन्नाको सुसमाचारले प्रस्टै देखाएको छ। येशू मानिस हुनुहुन्थ्यो भनी यी पदहरूले कसरी देखाउँछन्?

यूहन्ना २:३ ______________________________________
यूहन्ना ४:६ ______________________________________
यूहन्ना ४:७; १९:२८ _________________________________
यूहन्ना ११:३५ _____________________________________
यूहन्ना १९:३०,३३ ___________________________________

परमेश्वर किन मानिस बन्नुभयो?

ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? ______________________ ______________________________। ख्रीष्टले पापीहरूलाई बचाउन सक्न उहाँ तिनीहरूका निम्ति मर्नु आवश्यक थियो! यूहन्ना १:२९ बाट हामी सिक्छौं, ख्रीष्ट परमेश्वरका ______ हुनुहन्छ जसले संसारको ______ उठाई लैजानुहुन्छ। बलिदानको थुमा मारिनु आवश्यक थियो! मुक्तिदाता पापीहरूका निम्ति मर्नु आवश्यक थियो! ख्रीष्टको मृत्यु बिना मानिसले मुक्ति पाउन सम्भव छैन! कतिपय कुराहरू परमेश्वरले गर्न सक्नुहुन्न। उहाँ झूट बोल्न सक्नुहुन्न। उहाँ पाप गर्न सक्नुहुन्न। उहाँ बदलिन सक्नुहुन्न। उहाँ अन्याय गर्न सक्नुहुन्न। परमेश्वरले गर्न नसक्ने अर्को कुरा पनि छः परमेश्वर मर्न सक्नुहुन्न! परमेश्वर अनन्त हुनुहुन्छ। परमेश्वर सदासर्वदा जिउनुहुन्छ! परमेश्वर मृत्युको अधीनमा हुनुहुन्न, उहाँ अविनाशी हुनुहुन्छ (१ तिमोथी १:१७)। तसर्थ, मर्नको निम्ति नै परमेश्वर मानिस बन्न आवश्यक पर्‍यो! परमेश्वर मर्न सक्नुहुन्न तर परमेश्वर मानिस बनेर क्रूसमा मर्नुभयो -– हामीलाई पापबाट बचाउन। येशू ख्रीष्ट, जो परमेश्वर-तथा-मानिस (GOD-MAN) हुनुहुन्छ, मर्न सक्नुहुन्थ्यो र वास्तवमै उहाँ हाम्रा निम्ति मर्नुभयो! यूहन्ना २ अध्यायमा येशूले आफ्नो मृत्यु र पुनरूत्थानको बारेमा कुरा गर्नुभयो। उहाँले सर्वप्रथम सराफीहरूलाई धपाउनु भएर पापप्रति घृणा व्यक्त गर्नुभयो (यूहन्ना २:१३-१७)। मन्दिर, प्रार्थना र उपासना गर्ने स्थल हुनुपर्थ्यो तर यी मानिसहरू त्यहाँ केवल पैसा कमाउन आएका थिए। तब यूहन्ना २:१९ मा येशूले एउटा महत्त्वपूर्ण कुरा भन्नुभयो। उहाँ यरूशलेमको मन्दिरको कुरा गर्दै हुनुहुन्थ्यो कि अर्कै मन्दिरको (यूहन्ना २:२०-२१)? ______________________। येशूको भनाइ अनुसार उक्त मन्दिर (उहाँको शरीर) ढालिनेछ (क्रूसको मरणद्वारा) तर तीन दिनमा त्यो फेरी खडा गरिनेछ (मृत्युबाट पुनरूत्थानद्वारा)। के येशूको भनाइ पूरा भयो (यूहन्ना २:२२)? ____________।

ख्रीष्ट येशूप्रति तपाईंको जिम्मेवारी

येशू ख्रीष्टको जन्म यहूदी जातिमा भएको हो। शरीरअनुसार, उहाँ अब्राहाम र दाऊदका सन्तान हुनुहुन्थ्यो (मत्ती १:१)। उहाँ यस संसारमा इस्राएलको मसीह र राजाको रूपमा आउनुभयो। यहूदी जातिले उहाँलाई ग्रहण गरे कि इन्कार गरे (यूहन्ना १:११)? ________________। केही यहूदीहरू (जस्तै यस पुस्तकका लेखक यूहन्ना) ले उहाँमाथि विश्वास गरे तापनि अधिकांश यहूदीहरूले विश्वास गरेनन्। उहाँ आफ्नै जातिद्वारा इन्कार गरिनुभयो। यूहन्नाको सुसमाचार अध्ययन गर्दै जाँदा यहूदी जातिहरूले उहाँलाई इन्कार गरेको हामी बारम्बार देख्‍नेछौं। उहाँलाई आफ्नो राजा स्वीकार गर्नुको सट्टामा तिनीहरूले भने, “सिजरबाहेक हाम्रो अरु _______ छैन” (यूहन्ना १९:१)। यहुदीहरूका राजालाई तब मारिन क्रूसमा चढाइयो। परेमश्वरले हरेक व्यक्तिलाई येशू ख्रीष्टलाई ग्रहण गर्ने वा इन्कार गर्ने मौका दिनुहुन्छ। ख्रीष्टलाई ग्रहण गर्ने प्रत्येक नै परमेश्वरका सन्तान हुनेछ भन्ने उहाँको प्रतिज्ञा छ–“तर जतिले उहाँलाई ________ गरे, तिनीहरूलाई उहाँले परमेश्वरका ____________ हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई, जसले उहाँको नाममा विश्वास गर्दछन्” (यूहन्ना १:१२)। तपाईं कुन रोज्नुहुन्छ? के तपाईंले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गर्नुभएको छ? “विश्वास” भन्ने शब्द यूहन्नाको सुसमाचारको चाबी (मुख्य) शब्दहरू मध्ये एक हो। यो शब्द यूहन्ना १:१२ मा पाइन्छ, घरीघरी यूहन्नाको सुसमाचारभरि पाइन्छ। विश्वास गर्नु भनेको के हो? यूहन्ना १:१२ मा विश्वासग्रहण भन्ने शब्दहरू सँगसँगै प्रयोग भएका छन्। एउटा उदाहरणले यसलाई प्रस्ट पारौं। कुनै चीज वा व्यक्तिको बारेमा विश्वास गर्नु चाहिँ कुनै व्यक्ति वा चीजमाथि विश्वास गर्नुभन्दा फरक छ। विकास ज्यादै बिरामी छ। डाक्टरले विकासलाई औषधी दिँदै भन्छ, “यो औषधीले तिमीलाई निको पार्नेछ।” औषधीले उसलाई निको पार्छ भन्ने विकासलाई विश्वास छ। तर त्यतिले विकास निको हुन्छ? __________। आफू निको हुन त्यो औषधी आवश्यक छ भन्ने कुरामा विकास निश्चित छ। शिशीभित्रको झोल उसको रोगलाई चाहिने औषधी हो भनेर उसले विश्वास गरेको छ। तर के त्यति विश्वास गर्दैमा ऊ निको हुन्छ? __________। निको हुनलाई विकासले के गर्नैपर्छ? _____________________________________। उसले व्यक्तिगत रूपमा त्यो झोल-औषधीलाई आफ्नो रोगी शरीरभित्र ग्रहण गर्नुपर्छ! परमेश्वर भन्नुहुन्छ, सबै नै पापको रोगले ग्रस्त छन् (यर्मिया १७:९)। पापको एउटै मात्र औषधी येशू ख्रीष्ट हुनुहुन्छ (यूहन्ना १:२९ हेर्नुहोस्–अरू कसैले पाप उर्ठाई लैजान सक्दैन!)। के तपाईंले व्यक्तिगत रूपमा येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गर्नुभयो? तपाईंले उहाँलाई आफ्नो जीवनभित्र आउन र तपाईंलाई बचाउन स्वागत गर्नुभयो (प्रकाश ३:२०)? स्मरण होस्, उहाँलाई ग्रहण नगर्नु भनेको त उहाँलाई इन्कार गर्नु हो!

येशूलाई चिनाउने काम

येशू ख्रीष्टलाई ग्रहण गर्ने व्यक्ति ख्रीष्टको साक्षी हुनुपर्छ। साक्षी के हो? साँचो साक्षीको एउटा उत्तम नमुना बप्‍तिस्मा दिने यूहन्नामा पाउँछौं: “परमेश्वरबाट पठाइएका एकजना मानिस थिए, जसको नाम ________ थियो। सबैले उनीद्वारा विश्वास गरून् भनेर ज्योतिको विषयमा गवाही दिनलाई उनी ________का निम्ति आए” (यूहन्ना १:६-७)। साक्षीलाई एउटा काँडसित तुलना गर्न सकिन्छ। बप्‍तिस्मा दिने यूहन्ना येशूलाई प्रस्ट गरी देखाउने एउटा काँड थिएः स्मरण होस्, काँडले सधैं आफूभन्दा अन्यत्र दिशामा देखाउने काम गर्दछ। काँड आफै भने देखिन चाहँदैन। जुन कुरालाई काँडले देखाउँदैछ त्यसैलाई हेरियोस् भन्ने लक्ष्य काँडको हुन्छ। मानिसहरूले येशू ख्रीष्टलाई हेरून् भन्ने इच्छा बप्‍तिस्मा दिने यूहन्नाको थियो। यूहन्ना बाटो देखाउने एउटा काँड जस्तै थिए जसले येशूलाई औंल्याउँदै भने, “उहाँ नै हुनुहुन्छ!”यूहन्ना आफू नै ज्योति थिए कि उनी ज्योतिलाई देखाउने मान्छे मात्र थिए (यूहन्ना १:८)? ____________________________________। यूहन्ना आफै ख्रीष्ट (मसीह) थिए कि उनी ख्रीष्टलाई देखाउने मान्छे थिए (यूहन्ना १:२०,२३,२६,२७)? ________________ ___________________। यूहन्ना १:२९ र १:३६ मा यूहन्नाले “हेर” भन्ने शब्द प्रयोग गरेका छन्। यस शब्दले वक्ताले देखाउन चाहेको कुरातर्फ श्रोताको ध्यान आकर्षण गर्दछ। यूहन्ना भन्दै थिए, “उहाँ नै हुनुहुन्छ! यहाँ उहाँ हुनुहुन्छ (३० पद)! उहाँ नै हो!” यूहन्नाले “हे सबैजना हो, मलाई हेर” भन्दै हिँडेनन्। बरु उनले भने, “हे सबैजना हो, परमेश्वरको थुमालाई हेर! उहाँले हामीलाई हाम्रा पापहरूबाट बचाउनुहुनेछ।”कुनै व्यक्ति मुक्तिको खोजीमा तपाईंकहाँ आए भने तपाईंको जिम्मेवारी के हो? के तपाईंले त्यस व्यक्तिलाई बचाउन सक्नुहुन्छ? _________। के तपाईंले उनका पापहरू क्षमा गर्न सक्नुहुन्छ? के तपाईंले त्यस व्यक्तिलाई स्वर्गमा पुर्‍याउन सक्नुहुन्छ? _________। तर तपाईंले गर्न सक्ने एउटा ज्यादै महत्त्वपूर्ण कुरा छः तपाईंले उसलाई बचाउन सक्नुहुने, पाप-क्षमा दिन सक्नुहुने र स्वर्गमा पुर्‍याउन सक्नुहुने एकजना तर्फ औंल्याउन सक्नुहुन्छ! साक्षी त्यो हो जसले मानिसहरूलाई एउटै मुक्तिदाता येशू ख्रीष्ट तर्फ औंल्याउँछ। के हामीहरू उहाँका साक्षी हुनु ख्रीष्टको इच्छा हो (प्रेरित १:८)? _______।

अरूहरूलाई ख्रीष्टमा ल्याउने काम

महान्, अनन्त परमेश्वर पापी मानिसलाई मुक्त गर्न एक मानिस बन्नुभयो! संसारको मुक्तिदातालाई के तपाईंले आफ्नो मुक्तिदाता भनी मान्नुभयो? के तपाईंले उहाँलाई ग्रहण गर्नुभयो र उहाँको नाममा विश्वास गर्नुभयो (यूहन्ना १:१२)? मुक्ति पाएकाहरूले आफूहरूले भेट्टाएका कुरा अरूसित बाँड्न इच्छुक हुन्छन्। यूहन्ना १:३५-४५ मा ठीक यही काम अन्द्रियासले गरेको पाउँछौं। कुन पदमा अन्द्रियासले एकजनाकहाँ गएर “हामीले मसीहलाई भेट्टाएका छौं” भनी भनेका छन्? _______। अन्द्रियासले आफ्नै भाइ शिमोन पत्रुसलाई प्रभुकहाँ ल्याए (पद ४२)। फिलिपले पनि अन्द्रियासले जस्तै गरे (यूहन्ना १:४३-४५)। कुन पदमा फिलिप अर्को व्यक्तिकहाँ गएर “हामीले उहाँलाई भेट्टाएका छौं” भन्छन्? ________।

नथनएलले इस्राएलका राजालाई भेट्छन्!

जब फिलिपले नथनएललाई आफूले मसीह नासरतका येशूलाई भेट्टाएको कुरा बताए (यूहन्ना १:४५), नथनएलले जवाफ दिए, “के __________बाट कुनै ________ कुरा आउन सक्छ?” (यूहन्ना १:४६)। नथनएल पवित्र शास्त्रको ज्ञान भएका एक यहूदी मानिस थिए। उनले मसीह (इस्राएलका मुक्तिदाता-तथा-राजा) नासरत शहरबाट आउने कुरा पवित्र शास्त्रमा कतै भेट्टाएका थिएनन्। इस्राएका राजा बेथलेहेमबाट आउनुहुनेछ भनी उल्लेख गर्ने मीका ५:२ को महान् भविष्यवाणीलाई शायद उनले जानेर नै उनले फिलिपलाई त्यसरी जवाफ दिएका थिए। तर “नासरतका येशू” बेथलेहेममै जन्मनुभएको हो भनेर नथनएललाई थाहा थिएन। नथनएल नेभाराको रूखलाई छाडेर फिलिपको पछि लागे। येशूले नथनएललाई भन्नुभएको पहिलो कुरालाई टिप्पणी गरौं: “हेर, साँच्चै एउटा इस्राएली, जसमा _______ छैन” (यूहन्ना १:४७)। “छल” शब्दको अर्थ हुन्छ “कपट, धोका”। येशू भन्दै हुनुहुन्थ्यो, नथनएल एउटा छलकपट गर्ने व्यक्ति होइन। पवित्र शास्त्रमा बताइएको याकूब जस्तै जालझेल गर्ने मानिस होइन (तुलना गर्नुहोस्, उत्पत्ति २७:३५)। नथनएलको हृदय इमानदार र निष्कपट थियो। त्यस समयमा प्रतिज्ञा गरिएको मसीहको आगमनको बाटो हेरिरहने यहूदीहरूमध्ये ऊ एक थियो। तर नथनएल कस्ता व्यक्ति हुन् भनी येशूले कसरी जान्नुभयो? यूहन्ना १:४८ मा नथनएलले सोधे, “तपाईंले मलाई कहाँबाट चिन्नुभयो?” अर्थात् “मेरो बारेमा जम्मै कुरा कसरी जान्नुभयो?” येशूले दिनुभएको प्रत्युत्तर झनै छक्कलाग्दो थियो: “फिलिपले तिमीलाई बोलाउनुभन्दा पहिले, तिमी _________को रूखमनि हुँदा नै मैले तिमीलाई _______” (यूहन्ना १:४८)। येशूले नथनएललाई देख्‍नुभयो यद्यपि येशू त्यहाँ हुनुहुन्नथ्यो! उनी भर्खरै जहाँबाट आएका थिए त्यही ठाउँको दृश्य येशूले बयान गर्नुभएको सुनेर नथनएल छक्कै परे! फिलिपले नथनएलसँग बोल्नु अघि नै येशूलाई नथनएलको बारेमा जम्मै कुरा थाहा थियो! अब नथनएललाई विश्वास लाग्यो कि “नासरतको येशू” कुनै साधारण मानिस हुनुहुन्न। उहाँ प्रतिज्ञा गरिएको मसीह नै हुनुपर्छ जसका निम्ति नथनएल बाटो हेर्दैथिएः “तपाईं, ___________का ______ हुनुहुन्छ! तपाईं इस्राएलका ________ हुनुहुन्छ” (यूहन्ना १:४९)। नथनएलले येशू ख्रीष्टको महानताको झलक पाए! तर येशूले थप कुरा गर्नुभयो, “नथनएल, तिमीले एउटा ठूलो कुरा देख्यौ, तर भविष्यमा यी भन्दा ठूला कुराहरू देख्‍नेछौ” (यूहन्ना १:५० सँग तुलना गर्नुहोस्)। त्यसपछि येशू फर्केर हेर्नुभयो र उहाँलाई पछयाउने सबैजनालाई भन्नुभयो, “साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, अब उसो तिमीहरूले स्वर्ग ___________ अनि परमेश्वरका _____________लाई _________का पुत्रमाथि उक्लँदै र ओर्लंदै गरेका देख्‍नेछौ” (यूहन्ना १:५१)। येशूका यी शब्दहरूले नथनएललाई उत्पत्ति २९:१०-१७ मा बताइएको याकूबको सपनाको सम्झना गरायो होला। पृथ्वीदेखि स्वर्गसम्मै पुगेको एउटा भर्‍याङ्को सपना याकूबले देखेका थिए। त्यस भर्‍याङ्‍मा स्वर्गदूतहरू माथि उक्लँदै र तल ओर्लंदै गरेका देखिन्थे (उत्पत्ति २८:१२)। उक्त भर्‍याङ् वास्तवमा को हुनुहुन्छ भनी यूहन्ना १:५१ बाट जान्न सकिन्छ: परमेश्वरका दूतहरूलाई __________का ______माथि उक्लँदै र ओर्लंदै गरेका देख्‍नेछौ।” येशू ख्रीष्ट साँचो भर्‍याङ् हुनुहुन्छ! उहाँ स्वर्ग र पृथ्वीलाई जोड्ने साँचो पुल हुनुहुन्छ। “____ द्वारा बाहेक कोही पनि _______कहाँ आउँदैन (यूहन्ना १४:६)।” उहाँ नै सिद्ध मध्यस्तकर्ता हुनुहुन्छ जसले पापी मानिसलाई पवित्र परमेश्वरकहाँ ल्याउन सक्नुहुन्छ (१ तिमोथी २:५)। परमेश्वरले मानिसलाई भेट्टाउन सक्नुभएको होस् र मानिसले परमेश्वरलाई भेट्टाउन सकोस् भनी स्वर्गहरू खोलिए। परमेश्वरको सक्रियता प्रकट गर्नुहुने र परमेश्वरकहाँ पलपलको प्रवेश दिलाउनुहुने व्यक्ति प्रभु येशू हुनुहुन्छ। याकूब सपनाबाट झल्याँस्स ब्युँझे। परमेश्वर मानिसको नजिकमा आउन जगतमा ओर्लिनुभएछ भन्ने कुरा अब जानेर उनी छक्कै परे। “निश्चय नै यस ठाउँमा _____________ हुनुहुँदोरहेछ, र यो मलाई थाहा थिएन। तिनी साह्रै डराए र तिनले भने, “यो ठाउँ कस्तो भययोग्य रहेछ। यो त परमेश्वरको ______ बाहेक अरू केही होइन रहेछ” (उत्पत्ति २८:१६-१७)। यूहन्नाको सुसमाचारको पूरै विषय यही हो! परमेश्वर स्वर्गबाट ओर्लेर मानिसहरूको बीचमा बास गर्न आउनुभएको छ (यूहन्ना १:१४)! कहिले हो स्वर्गहरू खोलिने र कहिले हो ख्रीष्टसँगै स्वर्गदूतहरू देखिने र कहिले हो मानिसहरूले साँच्चै बुझ्ने, येशू साँच्चै नै इस्राएलका राजा हुनुहुन्छ भनेर (यूहन्ना १:५१ पढ्नुहोस्)? ख्रीष्टको पहिलो आगमनमा यो कुरा प्रकट गरिसकियो जब परमेश्वर मानिसहरूका बीचमा बास गर्न आउनुभयो। यो कुरा येशू ख्रीष्टको दोस्रो आगमनमा पनि प्रकट गरिनेछ। दनियल ७:१३-१४ पढ्नुहोस् जुन खण्डसित नथनएल शायद राम्ररी परिचित थिए। साथै येशूले मत्ती २६:६४ मा भन्नुभएको कुरालाई र २ थेस्सलोनिकी १:७ पद पनि पढ्नुहोस्। नथनएलले देखेका नासरतका येशू उहाँ नै हुनुहुन्थ्यो जो पापी मानिसलाई बचाउन नम्र बनेर गरीब र होचो बन्नुभएको थियो। नथनएलले देखेका नासरतको येशू भविष्यमा राजाहरूका राजा र प्रभुहरूका प्रभु भई आउनुहुनेछ। सम्भवतः नथनएल येशूका बाह्र चेलाहरूमध्येका एक बने। उनको अर्को नाम शायद “बार्थोलोमाइ” (मत्ती १०:१३ हेर्नुहोस्) थियो। मत्ती, मर्कूस र लूकाको सुसमाचारमा फिलिप र बार्थोलोमाइका नामहरू जहिले पनि सँगसँगै उल्लेख गरिएको तथ्यबाट बार्थोलोमाइ भनिने व्यक्ति सम्भवतः नथनएल नै हुन् भन्ने देखिन्छ। साँच्चै नै ख्रीष्टलाई भेट्टाएकाहरूले अरूले पनि उहाँलाई भेट्टाएका चाहन्छन्। आज हामीले अन्द्रियास र फिलिपले जस्तै गरी मानिसहरूलाई येशूमा ल्याउन सक्दैनौं। तर हामीले मानिसहरूलाई बाइबलमा ल्याउन सक्छौं, अनि बाइबलका पन्नाहरूद्वारा तिनीहरूले ख्रीष्टलाई भेट्टाउन सक्छन्। आगामी पाठमा हामीले यूहन्नाको तेस्रो अध्याय अध्ययन गर्नेछौं। त्यहाँ येशूले मुक्तिको बारेमा र नयाँ जन्म पाउने बारेमा के सिकाउनुभयो सो बुझ्ने अवसर पाउनेछौं। परमेश्वरको वचन जति राम्ररी आफूले बुझ्छौं त्यति नै अरूहरूलाई हामीले सहायता गर्न सक्नेछौं!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype