नम्र दास (भाग १)

Study Series

नम्र दास (भाग १)

मर्कूस १०:४३-४५ मा प्रभु येशूले आफैलाई एक उदाहरणीय असल दासको रूपमा प्रस्तुत गर्नुभयो:

(४३)  “तर तिमीहरूका बीचमा चाहिँ यस्तो हुनेछैन, तर तिमीहरूका बीचमा जो ठूलो हुने इच्छा गर्दछ ऊचाहिँ तिमीहरूको सेवक (दास) बनोस्।

(४४)  र तिमीहरूमा जो पहिला हुने इच्छा गदर्छ, ऊचाहिँ सबैको __________ बनोस्।

(४५)  किनभने ___________का ________ पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामको निम्ति आफ्नो प्राण _________ आए।” येशू सेवा गरिनलाई होइन तर सेवा गर्न आउनुभयो! उहाँ पाउनलाई होइन, दिनलाई आउनुभयो। हामी बाँच्न सकौं उहाँले हाम्रो सेवास्वरूप आफ्नो प्राण दिनुभयो।

यही सत्यता फिलिप्पी २:८ मा पनि उल्लेख छः

“अनि मानिसजस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई _________ तुल्याउनुभयो; र ________सम्म, अँ, ________को   मृत्युसम्म आज्ञाकारी हुनुभयो।”

यूहन्ना १२ र १३ अध्यायहरूमा हाम्रा निम्ति आफ्नो प्राण दिन आउनुभएका यस नम्र दासको बारेमा सिक्न चाहन्छौं:

यूहन्ना १२ र १३ अध्यायको रुपरेखा

  1. नम्र दास दफनका लागि अभिषेक गरिनुहुन्छ (यूहन्ना १२:१-११)
  2. नम्र दास यरुशलेम शहरभित्र प्रवेश गर्नुहुन्छ (यूहन्ना १२:१२-१९)
  3. नम्र दास आफ्नो मृत्युको घोषणा गर्नुहुन्छ (यूहन्ना १२:२०-५)
  4. नम्र दास चेलाहरूका पाउ धुनुहुन्छ (यूहन्ना १३:१-१७)
  5. नम्र दास आफू यहूदाद्वारा पक्राइने र पत्रुसद्वारा इन्कार गरिने कुराको भविष्यवाणी गर्नुहुन्छ (यूहन्ना १३:१८-३८)

यूहन्ना १२

नम्र दास दफनका लागि अभिषेक गरिनुहुन्छ

येशू फेरि लाजरस बस्ने गाउँ, बेथानीमा फर्कनुभयो (यूहन्ना १२:१)। उहाँ क्रूसमा मर्नुभन्दा करिब एक हप्‍ता अगाडिको कुरो हो।

लाजरसकी दिदी मार्थाले खाना खुवाइन् (यूहन्ना १२:२)। यहाँ खाना खानेहरूमा मरियम (मार्थाकी बहिनी), येशू, बाह्र चेलाहरू र शिमोन नाउँको एकजना मानिस (मर्कूस १४:३ मा हेर्नुहोस्) बाहेक अरुहरू पनि थिए। खानलाई त्यहाँ अर्को कुन मानिस पनि उपस्थित थिए? (यूहन्ना १२:२)? ____________। कल्पना गर्नुहोस् त! मरेर चिहानमा चार-चार दिनसम्म गाडिएका मान्छेसित बसेर खाना खानु कस्तो अनुभव हुन्थ्यो होला!

अब हामी मरियमले येशूका लागि गरेकी एउटा विशेष कुराको बारेमा हेर्न लाग्दैछौं। येशूप्रति उनको प्रेमको कारण उनले जे गरिन्, त्यसलाई कहिल्यै बिर्सिएको छैन। यस कुरालाई तीन-तीन ठाउँमा लेखिएको छ (यूहन्ना १२:३-८, मत्ती २६:६-१३ र मर्कूस १४:३-९)। जहाँ जहाँ बाइबल प्रचारिन्छ, त्यहाँ मानिसहरूले मरियम र उनले येशूका निम्ति गरेकी त्यस कार्यको बारेमा सिक्नेछन् (मर्कूस १४:९ मा हेर्नुहोस)।

नयाँ नियममा “मरियम” नाम भएका विभिन्न स्त्रीहरू छन्। कुनचाहिँ मरियमले प्रभु येशूलाई तेलले अभिषेक गरिदिएकी हुन्? यसको उत्तर यूहन्ना ११:१-२ मा छ (यूहन्ना ११:३२ सँग पनि तुलना गर्नुहोस्)। यिनीचाहिँ ____________ शहरमा बस्थिन् र तिनकी दिदीको नाउँ _________ थियो र भाइको नाउँ _____________ थियो। लूका १०:३८-४२ मा उल्लेख भएकी मरियम यिनी नै हुन्।

मरियमको प्रेमरूपी कार्यको बयान यूहन्ना १२:३ मा पाइन्छ। मरियमसँग एक “माना” साह्रै किम्मती (महँगो) सुगन्धित तेल अर्थात् अत्तर थियो। (“माना” लाई ग्रीकमा “लित्रा” भनिएको छ जुनचाहिँ करिब ३७५ ग्राम जति हुँदो हो)। यो अत्तर केको थियो? हामीलाई बताइएको छ, यो एकदमै शुद्ध वा सक्कली जटामसीको तेल थियो। यो जटामसी तिब्बत र भारतको बीचको उच्च हिमाली खर्कहरूमा उम्रने बोटबाट ल्याइन्थ्यो। यो त्यति विकट ठाउँमा मात्रै पाइने र यति टाढादेखि उँटमा लादेर प्यालेस्टाइनसम्म पुर्‍याइनुपर्ने भएको हुनाले यो साह्रै नै किम्मती थियो।

यहूदाको सोचाइअनुसार त्यो अत्तर ______________ दीनारमा बेच्न सकिन्थ्यो (यूहन्ना १२:४-५। यो त ठूलै रकम थियो। दीनारको भाउ कति हुन्छ भनेर हामीले यूहन्ना ६ अध्यायको अध्ययन गर्दा हेरिसकेका छौं। एकजना सरदर ज्यालादारीले एक दिन काम गरे बापत पाउने ज्याला एक दिनार हुन्थ्यो (मत्ती २०:१-१६) जुनचाहिँ एउटा चाँदीको सिक्का थियो। तसर्थ, यस्ता तीन सयओटा चाँदीका सिक्काहरू कमाउन एकजना ज्यालादारीलाई _____________ दिन (करिब एक बर्ष!) लाग्छ। यसको मतलब मरियमको जतिको जटामसीको तेल किन्न एउटा सरदर ज्यालादारीलाई उसको करिब एक बर्ष जतिको कमाइको आवश्यकता पर्छ।

यस अत्तरको साह्रै मीठो बासना थियो। हामीलाई बताइएको छ, भुडुल्को खोलिँदा तेलको __________ले ________ भरियो (यूहन्ना १२:३)।

मरियमले गरेकी कामलाई एकछिन कल्पना गरौं। येशू टेबिलनेरको ओछ्यानमा   पस्रिरहनु भएको थियो। अचानक मरियमले आफ्नो हातमा लिइरहेकी भुँडुल्को फुटाउँछिन् र यसको मगमग बास्नादार तेललाई उनले येशूमाथि खन्याइ दिन्छिन्। मत्ती र मर्कूसका अनुसार उनले त्यो उहाँको शिरमा खन्याइदिएकी थिइन् (मत्ती २६:७ र मर्कूस १४:३) र यूहन्नाका अनुसार उनले त्यो उहाँको पाउमा घसिदिएकी थिइन् (यूहन्ना १२:३)। यी दुवै भनाइहरू साँचा हुन्। अत्तर येशूको शरीरमाथि खन्याइएको थियो भनेर मत्ती र मर्कूसले प्रस्टै जनाएका छन्। उदाहरणको लागि हेरौं मत्ती २६:१ मा: “उसले मेरो ________मा यो सुगन्घित तेल खन्याई।” पूरै शरीर अर्थात् शिर, काँध, पाखुरा अनि पाउलाई समेत पुग्ने पर्याप्‍त अत्तर त्यहाँ थियो भन्ने बुझिन्छ। पाउहरूमा सुगन्घित तेल यति प्रशस्त भयो कि त्यसलाई उनले आफ्नै __________ले पुछिन् (यूहन्ना १२:३)।

मरियमले येशूप्रति आफ्नो प्रेम यसरी देखाएकीमा के यहूदा इस्करयोती खुशी थियो (यूहन्ना १२:४-५)? ____________। यहूदा र कतिपय अन्य चेलाहरूले येशूको पूरै शरीर भरि यसरी अत्तर खन्याइएको देखेर तिनीहरूले सोचे, “यस्तो बरबादी किन!” (मर्कूस १४:४-५ सँग दाँज्नुहोस्)। यहूदाले चाहिँ आफ्नो मुख फोरिहाल्यो र भन्यो, यो सुगन्धित तेल (अत्तर) बेचेर पैसाचाहिँ ____________लाई दिइएको भए हुन्थ्यो (यूहन्ना १२:४-५)। के यहूदा साँच्चै नै गरिबहरूको वास्ता गर्थ्यो (यूहन्ना २:६)? __________। यहूदाले खास कसको मात्र वास्ता गर्थ्यो? __________। यहूदा चेलाहरूको समूहका “कोषाध्यक्ष” थियो। पैसाको थैली उसैसँग रहन्थ्यो र बाइबलले बताउँछ त्यो एउटा चो ____ थियो (यूहन्ना १२:६)। के येशू उसको दुष्ट हृदयलाई जान्नुहुन्थ्यो? ______________। मरियम कति उदार थिइन् तर यहूदा भने कति लोभी!

के येशूले मरियमको कामलाई मूर्खतापूर्ण पैसाको बरबादी ठान्नुभयो? (यूहन्ना १२:७-८)? ______________। येशूको भनाइअनुसार मरियमले जे गरेकी थिइन् त्यो ज्यादै अर्थपूर्ण थियो। उनले येशूको शरीरलाई दफनका निम्ति तेल खनाएर अभिषेक गरेकी थिइन्। नयाँ नियमका समयहरूमा मृत शरीरमा सुगन्धित मसलाहरू र अत्तरहरू घसिदिने यहूदीहरूको चलनै थियो। पछिबाट समय नहुने भएको हुनाले मरियमले यो काम उहाँको मुत्यु अघि नै गरेकी हुन् भनेर येशूले बताउनुभयो। हुन पनि, पछिबाट स्त्रीहरू उहाँको शरीरलाई तेलले अभिषेक गर्नलाई येशूको चिहानमा आउँदा (मर्कूस १६:१) उनीहरूले उहाँको शरीरलाई त्यहाँ भेट्टाएनन् (मर्कूस १६:६)। उहाँको शरीरलाई मरियमले बाहेक कसैले अभिषेक गर्न पाएन!

यूहन्ना १२:८ मा येशू आफ्ना चेलाहरूसँग बातचित गर्दै हुनुहुन्थ्यो। तिनीहरूका साथमा को सोधैंभरि हुनेछन्? ________________। अनि तिनीहरूका साथमा कोचाहिँ सधैंभरि हुनुहुनेछैन? ____________। गरिबहरूलाई सहायता गर्ने अवसर सधैं नै छ भनेर येशू उनीहरूलाई बताउँदै हुनुहुन्थ्यो (मर्कूस १४:७ मा हेर्नुहोस् जतिबेला तिमीहरूलाई इच्छा लाग्छ त्यतिबेलै तिमीहरूले तिनीहरूको ___________ गर्न सक्छौ)। तर येशू सोधैंभरि तिनीहरूसँग नरहने समय नजिक आउँदैथियो। येशूको निम्ति केही न केही गरिदिने मौका छिट्टै नै समाप्त हुँदै थियो। उहाँको लागि केही गर्ने मौका अहिले नै हो भन्ने जानेर मरियमले आफूले सक्दो गरिन्। येशू आज संसारमा हुनुहुन्न। हामीले उहाँलाई आफ्नो प्रेम देखाउने चाहन्छौं भने हामीले के गर्नुपर्छ (यूहन्ना १४:१५,२१-२४)? ___________________________________।

मानिसहरू ठूलो संख्यामा बेथानीमा आउँदैथिए। यसरी भीड जम्मा हुनुमा त्यहाँ दुइटा कारणहरू थिएः १) तिनीहरू येशूलाई हेर्न चाहन्थे (यूहन्ना १२:९); २) तिनीहरू __________लाई पनि हेर्न चाहन्थे (यूहन्ना १२:९), कारण उनी चार मरेर पनि जीवित पारिएका मानिस हुन् भनी धेरैले सुनेका थिए! प्रभुका शत्रुहरूले येशूलाई मात्र मार्ने मत्तो गरेनन्, तर तिनीहरूले अरु कसलाई समेत मार्ने मतो गरे (यूहन्ना १२:१०-११)? ________________।

नम्र दास यरुशलेम शहरभित्र प्रवेश गर्नुहुन्छ

यूहन्ना १२:१२-१९ मा हामी एउटा घटनाको उल्लेख छ जसलाई ख्रीष्टको विजयी प्रवेश अथवा ख्रीष्टको राजकिय प्रवेश भन्ने चलन छ। अन्तिमपटक येशू यरुशलेम शहरभित्र प्रवेश गर्नुभएको यस घटनालाई सुसमाचारका चारैओटा पुस्तकहरूले उल्लेख गरेका छन् (मत्ती २१, मर्कूस ११, लूका १९, यूहन्ना १२)। पुरानो नियमले समेत यसको भविष्यवाणी गरेको छ (जकरिया ९:९ मा हेर्नुहोस्)।

यूहन्ना १२:१२-१९ मा तपाईंले पढ्दै जानुहुँदा तपाईंले यस घटना खुल्लमखुल्ला भएको थाह पाउनुहुनेछ। येशू साहससित र धुमधामसित शहरभित्र आउनुभयो। साथै उहाँ बिना डर आउनुभयो यद्यपि उहाँ उहाँलाई पक्रन शत्रुहरू तम्सेर बसेका छन् भनी जान्नुहुन्थ्यो (यूहन्ना ११:५७ मा हेर्नुहोस्)। यस घडी प्रभुले मानिसहरूको ध्यान आफूतर्फ आकर्षण गर्न सकभर गर्नुभयो। त्यो घडी आइपुगेको थियो (यूहन्ना १३:१ सँग दाँज्नुहोस्)।

यसबेला प्रभुले आफ्नो सेवकाईमा पहिलाभन्दा एकदमै फरक नीति अपनाउँदै हुनुहुन्थ्यो। पहिला भने येशू खुल्लमखुल्ला बढी मात्रामा देखा नपर्न साह्रै होशियार हुनुहुन्थ्यो अनि कति पटक उहाँ भीडहरूदेखि पन्छिनुहुन्थ्यो। उहाँका शत्रुहरूले उहाँलाई पक्रन खोज्दा उहाँ फुत्किनुहुन्थ्यो र अलग्गिनुहुन्थ्यो (यूहन्ना १०:३९-४० र यूहन्ना ११:५३-५४ मा हुर्नुहोस्)। तर यतिखेर भने “होसन्ना! धन्य इस्राएलका ________, जो प्रभुको नाममा आउनुहुन्छ!” (यूहन्ना १२:१३ र भजनसोग्रह ११८:२५-२६ बीच तुलना गर्नुहोस्) भन्दै चिच्याइरहेको ठूलो भीडका साथमा दिन दहाडै उहाँ यरुशलेम शहरभित्रै लम्कनुभयो। येशूले धेरै भन्दा धेरै प्रचार र विज्ञापन गरेइयोस् भन्ने चाहनु भएजस्तै देखिन्थ्यो। अब यति गरिसकिएपछि प्रभुका शत्रुहरू उहाँको लोकप्रियता देखेर छक्क परे र भने “हेर, _________ उसको पछि लागेको छ” (यूहन्ना १२:१९)।

मानिसहरूले “_________का हाँगाहरू” लिएर निस्के अनि उहाँ शहरभित्र पस्दै गर्नुहुँदा तिनीहरूले उहाँको अघि अघि राखिदिए। राजालाई अथवा विजेतालाई स्वागत गर्ने चलन यस्तै थियो।

येशू यरुशलेमभित्र एकदम नम्र तरिकामा प्रवेश गर्नुभयो, एउटा भर्खरको गधा वा खच्चरमा बस्दै (यूहन्ना १२:१४-१५)। उहाँ शक्तिशाली धोडाहरूले तान्ने जगमगाउँदो बग्गीमा चढेर शहरभित्र पस्नुभएको थिएन। उहाँ शहरभित्र यसरी प्रवेश गर्नुहुनेछ भनेर जकरिया ९:९ ले भविष्यवाणी गरेको थियो: “उहाँ _______ हुनुहुन्छ र गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।” “भला” भनेर नेपालीमा रुपान्तर गरिएको हिब्रू शब्दलाई “नम्र” भनेर अनुवाद गर्न सकिन्छ।

भविष्यमा येशू ख्रीष्ट इस्राएलको राजा भएर दोस्रो पटक आउनुहुनेछ। उहाँ त्यतिखेर दीनता र नम्रतामा आउनुहुनेछ कि ठूलो सामर्थ्य र महिमामा (मत्ती २४:३०)? ___________ ______________________________। उहाँ दोस्रो आगमनमा आउनुहुँदा उहाँ नम्रतामा गधामाथि चढेर आउनुहुनेछ कि संसारका विजेता र न्यायकर्ता बनेर सेतो घँडामाथि रवाफका साथ आउनुहुनेछ? (प्रकाश १९:११-१६)? ________________________________________ _______________________________________। येशू पहिला संसारको मीक्तदाता हुनलाई आउनुभयो। दोस्रो पटक भने उहाँ संसारको न्यायकर्ता हुनलाई आउनुहुनेछ। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण नगर्नेहरूले त्यस दिन उहाँलाई न्यायकर्ताको रूपमा सामना गर्नु पर्नेछ।

नम्र दास आफ्नो मृत्युको घोषणा गर्नुहुन्छ

यूहन्नाको सुसमाचारका अघिल्ला अध्यायहरूमा हामीले देखेका थियौं कसरी यहूदीहरूले उहाँमाथि चाहेर पनि हात हाल्न सकिरहेका थिएनन् किनभने “उहाँको ________ अझै ________ थिएन” (यूहन्ना ७:३० र ८:२० पढ्नुहोस्, यूहन्ना २:४ सित दाँज्नुहोस्)। यूहन्ना १२:२३ मा हामी एउटा महत्त्वपूर्ण भनाइ पढ्छौ: “मानिसका पुत्रको महिमा हुने _______ ____________ छ।” समय आइपुगेको थियो! येशूले आफ्नो मरणको कुरा गरिरहनुभएको थियो भन्ने कुरा हामी यूहन्ना १२:२४ मा देख्छौं।

यूहन्ना १२:२४ मा प्रभुले एउटा दानाको उदाहरणबाट सिकाउनुभयो। एउटा गहुँको दाना वा बिउ _________मा खस्नैपर्छ र _______पर्छ। त्यसरी मात्र तपाईंले फसल (गहुँको प्रशस्त बाली) पाउनुहुन्छ। तपाईंले गहुँको बीउलाई एउटा शिशाको भाँडामा हालेर भान्साको दराजभित्र राख्‍नुभयो भने के तपाईंले कहिल्यै त्यसको फल पाउनुहोला? वर्षौं पछि हेर्दा पनि गेडा जस्ताको त्यस्तै पाउनुहुनेछ। त्यो एक्लै रहिरहनेछ! तर जब त्यो बिउलाई जमीनभित्र “मर्नलाई” राखिन्छ तब एउटा अचम्मको कुरा हुनेछ! बिउको बाहिरी कडा खोष्टा नरम हुन थाल्छ र चाँडै नै त्यो नष्ट हुन थाल्छ र फक्लक्क फुट्छ। तब जीवन देखा पर्छ! अब त्यो गेडा त छैन तर गहुँको जिउँदो टुसा पलाएको छ! फल फलोस् र जीवन सम्भव होस् भनेर नै येशू क्रूसमा मर्नु आवश्यक थियो! येशू नमर्नु भएको भए उहाँ एक्लै मात्र स्वर्ग जानुहुनेथ्यो। स्वर्गमा न मोशा हुनेथ्यो न दाऊद, न यशैया न पत्रुस, न पावल न तपाईं नै! तर उहाँ मर्नु भएकोले नै उहाँले उहाँमाथि विश्वास गर्ने (मतलब, उहाँ जो हुनुहुन्छ र उहाँले जे गरिदिनुभएको छ त्यसमाथि विश्वास गर्ने) जोसुकैलाई पनि अनन्तसम्म परमेश्वरको साथमा बस्न सम्भव तुल्याइदिनुभयो। कल्वरी क्रूसले गर्दा प्रशस्त आत्माहरूको फसल सम्भव भयो! हामीले जीवन पाऔं भनेर नम्र दास आफ्नो जीवन दिन (बलि हुन) आउनुभयो।

विश्वासी जनहरूले आफ्नो प्रभुको उदाहरणलाई पछ्याउनुपर्छ (यूहन्ना १२:२५)। संसारको सोचाइमा लिनु भनेको पाउनु हो दिनु भनेको गुमाउनु हो। संसारको सोचाइमा दिनु भन्दा लिनु नै उत्तम हो। तर केही प्राप्‍त गर्न केही गुमाउनै पर्छ भनी येशूले सिकाउनुभयो। प्राप्‍त गर्न हामीले गुमाउनैपर्छ। केही माथि पुग्न तल्लो केहीलाई त्याग्नैपर्छ!कोही आफ्नै निम्ति मात्र जिउँछ भने ऊ समस्यामा छ, किनभने “जसले आफ्नो प्राणलाई मायाँ गर्छ, त्यसले त्यो ___________ छ” (यूहन्ना १२:२५)। जसले आफूलाई इन्कार गर्दछ र परमेश्वरको निम्ति र अरुहरूका निम्ति जिउँदछ, उसको इनाम ठूलो हुनेछ (यूहन्ना १२:२५ को अन्तिम खण्ड)। कसको सेवा गर्ने, हो हामीले रोज्नैपर्छ। हामी आफ्नै सेवा गरौं कि मुक्तिदाताको (यूहन्ना १२:२६)? ________________।

यूहन्ना १२:२७-२८ मा येशू आफ्ना स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ। मानिसका पापको म मर्नुछ र परमेश्वरदेखि म त्यागिनुछ भन्ने कुरालाई सम्झेर येशू, आफ्नो पापरहित मनुष्यत्वमा, एकछिन त झस्किनुभयो (मत्ती २७:४६ सोग दाँज्नुहोस्)। यूहन्ना १२:२७ मा येशूले भन्नुभयो, “पिता, _________ यस घडीबाट ______________।” तर यसैका निम्ति उहाँ पृथ्वीमा आनुभएको हो भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना १२:२७)। यदि उहाँ क्रूसमा जानदेखि बचाइनुभएको भए हामीकोही पनि कहिल्यै बचाइने थिएनौं। उहाँले आफ्नो प्राणलाई बचाउनुभएको खण्डमा हामी हाम्रा पापहरूमा मर्नेथ्यौं। विश्वास नगर्ने कुकर्मीले भने, “_______लाई र _______लाई बचाऊ” (लूका २३:३९)। तर येशू क्रूसबाट ओर्लनुभएर आफूलाई बचाउनुभएको भए के उहाँले हामीलाई बचाउन सक्नुहुनेथ्यो? _______________। मुक्तिदाताले पापको दण्डरूपी जरिवाना पूरै नतिर्नुभएसम्म मुक्ति असम्भव छ!

अरू सबैकुरा भन्दा बढी येशू परमेश्वरको महिमा भएको चाहनुहुन्थ्यो: “हे पिता, तपाईंको नामको ___________ गर्नुहोस्” (यूहन्ना १२:२८)। के येशूको यस प्रार्थनाको जवाफ मिल्यो (यूहन्ना १२:२८)? ___________। परमेश्वर पिता स्वर्गबाटै प्रत्यक्ष बोल्नुभएको घटना बिरलै भेटिन्छ, तर यो त्यस्तो एउटा घटना थियो। के मानिसहरूले त्यस घटनालाई बुझे (यूहन्ना १२:२९)? ________________।

मानिसहरूसित बोल्ने क्रमामा येशूले आफ्नो आइरहेको मरणको बारेमा उनीहरूलाई बताइरहनुभयो। यूहन्ना १२:३२ मा उहाँले भन्नुभयो, “अनि म पृथ्वीदेखि _______ (क्रूसमा) ____________ भने ______ ______________लाई आफूकहाँ खिँच्नेछु। यसो भन्नुहुँदा के उहाँले आफ्नो मरणको कुरा गर्दै हुनुहुन्थ्यो (यूहन्ना १२:३३)? _______________। यूहन्ना ३:१४ मा पनि येशू क्रूसमाथि उचालिनुहुने बारेमा सिकेका थियौं।

प्रभु येशूको मृत्यु हुँदा, त्यहाँ अरू दुइटा क्रूसहरू थिए – एउटा उहाँको बायाँपट्टि, अर्को उहाँको दायाँपट्टि (मर्कूस १५:२७)। प्रभु येशूले सबै मानिसहरूलाई बीचको क्रूसतिर खिँच्नुहुन्छ जहाँ आएर उनीहरूले क्रूसमा उचालिनुभएका मुक्तिदातालाई या त स्वीकार गर्नुपर्छ या त अस्वीकार गर्नुपर्छ। एक व्यक्तिले दुइटामा एउटा रोज्नुपर्छ। ती दुई छनोटहरूलाई दुईतिरका क्रूसहरूले चित्रण गर्दछन्:

येशूले आफ्नो मृत्युको कुरा गरिरहनुभएको सुनेर ती यहूदीहरू जिल्ल परे (यूहन्ना १२:३३-३४)। उनीहरूले भने, “__________ (मसीह) _______भरि रहनुहुन्छ भनी हामीले व्यवस्थाबट सुनेका छौं (यूहन्ना १२:३४)।” यसको मतलब, मसीह सदाका लागि जिउनुहुनेछ र राज्य गर्नुहुनेछ भनी पुरानो नियमले सिकाउँदछ भनी उनीहरू जान्दथे (हेर्नुहोस्, दानियल ७:१४,२७; यशैया ९:७ र भजनसंग्रह १०२:२६-२७)। तर येशू, जो भर्खरै राजाझैं (यूहन्ना १२:१३) यरूशलेमभित्र प्रवेश गर्नुभयो, उहाँले आफ्नो मृत्युको कुरा गर्दै उहाँ क्रूसमा माथि उचालिने कुरा पो गर्नुभयो! येशू मसीह नै हुनुहुन्छ भने एउटा जटिल समस्या खडा भएको देखिन्छ! मरेका मसीह कसरी सदाका लागि जिउनेछन् र राज्य गर्नेछन्? परमेश्वरले यस समस्यालाई कसरी हल गर्नुभयो (प्रेरित ५:३० पढ्नुहोस्)? _________________________ ___________________________।

येशूले उनीहरूको प्रश्नको जवाफ खासै दिनुभएन (यूहन्ना १२:३४-३६ पढ्नुहोस्) बरु उनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण काम गर्नलाई भन्नुभयो: “ज्योतिमाथि ___________ गर” (यूहन्ना १२:३६)। ज्योति भनेकोले हो (यूहन्ना १२:४६)? ______________। ज्योतिलाई अस्वीकार गर्नेहरू अन्धकारमै रहनेछन्, अन्धा रहनेछन् (यूहन्ना १२:४०)!

आफ्नै आँखाले थुप्रै आश्चर्यकर्महरू देखेर पनि अझै विश्वास नगर्न सम्भव छ (यूहन्ना १२:३७)? __________। कसैले भन्ला, “आज येशू पृथ्वीमै हुनुभएको भए ता! उहाँले ती आश्चर्यकर्महरू गरिरहनुभएको मैले देख्न पाउँथे र मैले विश्वास गर्नेथिएँ!” के विश्वास त्यसरी नै आउने हो त? __________। याद राख्‍नुहोस्, कैयौं यहूदीहरूले ख्रीष्टका आश्चर्यकर्महरू देखे तरैपनि उनीहरूले पछि चिच्याउँदै कराए, “यसलाई क्रूसमा टँगाऊ!”

यूहन्ना १२:३९-४१ मा प्रेरित यूहन्नाले पुरानो नियमको यशैया ६:१-१० बाट उद्धरण गर्दै छन्। यूहन्ना १२:४१ मा यूहन्नाको भनाइलाई विचार गरौं: “उहाँ (ख्रीष्ट) को महिमा देखेर उहाँ (ख्रीष्ट)ले विषयमा बोल्दाहुँदि ____________ले यी कुराहरू भने।” यसको मतलब, यूहन्ना भन्छन्, यशैयाले देखेका व्यक्ति येशू ख्रीष्ट नै थिए! यशैया ६:१ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________________। यशैया ६:५ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________। ती महान् प्रभु र राजा अरूकोही थिएनन्, येशू ख्रीष्ट नै हुनुहुन्थ्यो (पृथ्वीमा आउनुअघि)!

के शासकहरूमध्ये केहीले येशूमा विश्वास गरे (यूहन्ना १२:४२)? _________। उनीहरूले उहाँलाई स्वीकार गर्दै अरूहरूलाई येशूको बारेमा उनीहरूको आफ्नो धारणालाई बाँडे (यूहन्ना १२:४२)? ________। उनीहरूले ख्रीष्टलाई साहसका साथ र गर्वका साथ स्वीकार गरेका भए उनीहरूलाई के गरिनेथ्यो (यूहन्ना १२:४२; दाँज्नुहोस् यूहन्न ९:२२,३४)? ______ ______________________________। के तपाईंले येशू ख्रीष्ट आफ्नो मुक्तिदाता हुनुहुन्छ भनी कहिल्यै स्वीकार गर्नुभएको छ? तपाईंले उहाँलाई प्रेम गर्नुहुन्छ र उहाँमाथि विश्वास गर्नुहुन्छ भनी के तपाईंले अरूहरूलाई कहिल्यै बताउनुभएको छ? उहाँलाई मानिसहरूका सामु स्वीकार गर्नेहरूलाई येशूको के प्रतिज्ञा छ (मत्ती १०:३२)? __________________________ __________________________________। सभाघरबाट निकालिनुभन्दा अति डरलाग्दो अर्को कुरा पो छ त्यहाँ (मत्ती १०:३३ पढ्नुहोस्)!

यूहन्ना १२:४४-५० पढ्नुहोस्। उहाँमाथि विश्वास गर्ने र उहाँका वचनहरूलाई ग्रहण गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ? उहाँमाथि विश्वास नगर्ने र उहाँका वचनहरूलाई अस्वीकार गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बौरिउठाइ र जीवन

Study Series

बौरिउठाइ र जीवन

यूहन्नाको सुसमाचारको पुस्तकको अध्ययन गर्ने क्रममा हामी येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भनेर हेर्दैछौं। यहाँसम्मको अध्ययनमा हामीले थाह पायौं, उहाँ:

  • परमेश्वर-मानिस हुनुहुन्छ
  • जीवनको पानी हुनुहुन्छ
  • जीवनको रोटी हुनुहुन्छ
  • संसारको ज्योति हुनुहुन्छ
  • मुक्तिको ढोका हुनुहुन्छ
  • असल गोठालो हुनुहुन्छ

यूहन्ना ११:२५ पनि अर्को “म हुँ” पद हो जसले हामीलाई येशू ख्रीष्ट साँच्चै को हुनुहुन्छ भनेर राम्ररी बुझ्न मदत गर्छ: “____________ र ________________ म नै हुँ; जसले म माथि विश्वास गर्छ ऊ मरे तापनि ______________।” आऔं, अब यस पद भएको अध्यायलाई अध्ययन गरौं:

यूहन्ना ११ अध्यायको रुपरेखा

  1. लाजरसको रोग र मृत्यु (यूहन्ना ११:१-१६)।
  2. मानिसहरू सुन्छन् र येशू पीडित हुनुहुन्छ (यूहन्ना ११:१७-३८)
  3. येशू लाजरसलाई मृत्युबाट बौराएर उठाउनुहुन्छ (यूहन्ना ११:३९-४४)
  4. येशूका शत्रुहरूले षड्यन्त्र रच्दछन् (यूहन्ना ११:४५-५७)।

यूहन्ना ११ अध्यायमा हामी येशूको एउटा आश्चर्यकर्मलाई अध्ययन गर्नेछौं। मानव इतिहासमै नभएको कार्य येशूद्वारा गरियो। उहाँले मरेर __________ दिन भइसकेको (यूहन्ना ११:३९) एउटा मानिसलाई बौराएर उठाउनुभयो। पुराना नियमका समयहरूमा परमेश्वरले आफ्ना भविष्यवक्ताहरूद्वारा विशेष प्रकारले काम गर्नुहुन्थ्यो र यी व्यक्तिहरूले समेत मरेका मानिसहरूलाई जिउँदो पारेका थिए (१ राजा १७:१७-२४ मा एलियाले र २ राजा ४:१-३७, १३:२०-२१ मा एलिशाले)। तर ती मानिसहरू मरेर चार दिन भएका थिएनन्।

येशूले मरेकालाई उठाउनुभएको यो पहिलो पटक थिएन। उहाँले याइसरकी छोरीलाई   उठाउनुभएको थियो जो मरेको केही छिन मात्रै भएको थियो (लूका ८:४१-५६)। उहाँले विधवाको छोरालाई पनि जिवीत पार्नुभयो, जो मरेर त्यस्तै एकदिन भन्दा बढी भएको थिएन (लूका ७:११-१५)। तर यी तीनओटा आश्चर्यकर्मभन्दा पनि ठूलो आश्चर्यकर्म हामी यूहन्ना ११ अध्यायमा देख्छौं र यस आश्चर्यकर्मले साँच्चै नै यहूदीहरूका बीचमा एउटा हलचल नै मच्चायो (यूहन्ना ११:४७-४८, १२:९)। अब हामी यूहन्ना ११ अध्यायतिर लाग्छौं र हामीले के सिक्न सक्छौं, त्यो हेर्नेछौं।

लाजरसको रोग र मृत्यु

यूहन्ना ११:१ मा हामी लाजरसलाई वि _________ अवस्थामा भेट्टाउँछौं। उनी कत्तिका विरामी थिए? केही दिन पछाडि त लाजरस __________ छन् (यूहन्ना ११:१४)। उनको रोगले उनलाई छिट्टै चिहानमा पुर्‍यायो।

लाजरस _____________ शहरमा बस्दथे (यूहन्ना ११:१), जुन शहर अर्को ठूलो शहर ___________को नजिकै पर्थ्यो (यूहन्ना ११:१८– बेथानी यरुशलेमबाट पुगनपुग २ माईल टाढा थियो। बाइबल मानचित्रमा हेरेर बेथानी र यरुशलेम भेट्टाउनुहोस्)।

लाजरसका दुईटी दिदीहरूका नाम के के थिए (यूहन्ना ११:१)? _________________ ____________। यी दुईटी दिदीबहिनीहरूका बारेमा हामी लूका १०:३८-४२ मा पनि पाउँछौं। यूहन्ना ११:२ मा मरियमले येशूका निम्ति गरेकी एउटा कामको पनि उल्लेख छ। यसबारेमा यूहन्ना १२:१-८ मा हामी अझै अरू कुराहरू सिक्न सक्छौं।

मार्था र मरियमले येशूलाई एउटा खबर पठाए (यूहन्ना ११:३)। तिनीहरू चाहन्थे, येशू झट्टै आउनुभएर उनीहरूका भाइलाई निको पार्नुभएको। तिनीहरू येशूले यो काम गर्नुहुनेछ भनेर ढुक्क थिए किनभने येशूले लाजरसलाई प्रेम गर्नुहुन्थ्यो। के साँच्चै येशूले लाजरसलाई प्रेम गर्नुहुन्थ्यो त (यूहन्ना ११:५)? ______________। के येशू झट्टै बेथानी आइपुग्नुभयो (यूहन्ना ११:६)? ______________। याद राखौं, परमेश्वरले सधैं हामीले उहाँबाट चाहेजस्तै गर्नुहुन्न अथवा हामीले सोचेजस्तै गर्नुहुन्न। परमेश्वरले जे सर्वोत्तम छ त्यही गर्नुहुन्छ! सर्वोत्तम कुन हो भनेर जान्ने को हो? परमेश्वर कि हामी? ________________।

लाजरस विरामी भएको खबर सुनेर येशूले के भन्नुभयो, “यो _________सम्म पुर्‍याउने रोग होइन” (यूहन्ना ११:४)। यस भनाइको तात्पर्य के थियो? के यसको मतलव लाजरस मर्नेछैन भन्ने थियो? उहाँको तात्पर्य यो त हुन सक्दैन किनकि लाजरस मर्नेछ भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना ११:१४)। येशूको तात्पर्य यो थियो, यस रोगको अन्तिम परिणाम मृत्यु होइन। लाजरसको मृत्यु हुनेछ तर पनि उसको अन्त नै मृत्यु हुनेछैन! ऊ त पछि जिउँदो हुनेछ! येशूको तात्पर्य यो थियो:

“यो मृत्युसम्म पुर्‍याउने रोग होइन”

यदि यो मृत्युसम्म पुर्‍याउने रोग भइदिएको भए, अन्तिम परिणाम मृत्यु हुनेथियो:

परमेश्वरले एउटा मानिसलाई जन्मैदेखि अन्धा हुन दिनुमा उहाँको एउटा सुन्दर योजना थियो, ठीक त्यस्तै नै लाजरसलाई मर्न दिनुमा पनि परमेश्वरको एउटा सुन्दर योजना थियो (यूहन्ना ९:१-३ पढ्नुहोस्)।

 

द्रष्टब्यः यशूले लाजरसका निम्ति के गर्नुभयो भन्ने कुराको विचार गर्ने क्रममा एउटा महत्त्वपूर्ण भिन्नतालाई बुझ्न आवश्यक छ। भविष्यमा हुने विश्वासीहरूको बौरिउठाइ लाजरसको बौरिउठाइ भन्दा धेरै फरक हुनेछ। लाजरस “मृत्युबाट बौरिउठेका थिए” यो साँचो हो (यूहन्ना १२:९), तर “अन्तिम दिन” मा हुने विश्वासीहरूको बौरिउठाइ र लाजरसको घटना उस्तै होइन (यूहन्ना ५:३९,४०,४४,५४)। लाजरस पुनर्जीवित पारिए (उनलाई फेरि जीवन दिइयो)। लाजरसलाई जीवनमा पुनर्स्थापित गरियो। लाजरस साँच्चै मरेका थिए (यूहन्ना ११:१४) तर परमेश्वरको सामर्थ्यद्वारा उनलाई फेरि शारीरिक जीवन दिइएको थियो। तर लाजरसलाई कहिल्यै नमर्ने नयाँ शरीर भने दिइएको थिएन। यद्यपि उनी अब फेरि जिवीत भए र बिरामी थिएनन्, उनी अझै पनि उही शरीरमा नै थिए र कुनै दिन तिनी फेरि मर्नेवाला थिए! येशूले लाजरसको जीवनमा जे गर्नुभयो त्यो छक्कलाग्दो थियो तरैपनि त्यो एउटा अस्थायी कार्य थियो, स्थायी थिएन।

भविष्यमा जब येशूले विश्वासी जनहरूलाई बौराएर उठाउनुहुनेछ, त्यो कार्य स्थायी हुनेछ। बौरिउठाइको समयमा विश्वासी जनहरूले नयाँ शरीर पाउनेछन् जुन शरीर अविनाशी र अमर हुनेछ (१ कोरिन्थी १५:५१-५४)। यसको मतलब तिनीहरूको शरीर कहिल्यै बुढो हुनेछैन, कहिल्यै रोगी हुनेछैन, साथै कहिल्यै मर्नेछैन। तिनीहरूले अनन्त-अनन्तसम्म जिइरहनका लागि तयार पारिएका शरीर पाउनेछन्। भविष्यमा लाजरसले समेत बौरिउठाइको एउटा नयाँ शरीर पाउनेछन्।

बौरिउठाइ भनेको सारा मानिसहरूलाई भविष्यमा हुने एउटा घटना हो (यूहन्ना ५:२८-२९ पढ्नुहोस्। एकातिर त्यहाँ जी________को बौरिउठाइ हुनेछ (यूहन्ना ५:२९)। यी मानिसहरू नयाँ शरीरहरूमा जिउनेछन् र तिनीहरूले अनन्तसम्म ख्रीष्टसित आनन्दमय सङ्गति गर्नेछन्। अर्कोतिर त्यहाँ द_______को बौरिउठाइ पनि हुनेछ (यूहन्ना ५:२९)। यी मानिसहरूलाई नयाँ शरीर दिइनेछ जुनचाहिँ अनन्तसम्म आगोको झीलमा रहनालाई रचिएको हुनेछ (प्रकाश २०:११-१५)। तिनीहरू सदाका लागि परमेश्वरदेखि अलग पारिनेछन्। तसर्थ, एउटा असल बौरिउठाइ हुनेछ (मुक्ति पाएकाहरूका निम्ति) र एउटा खराब बौरिउठाइ पनि हुनेछ (मुक्ति नपाएकाहरूका निम्ति)। तपाईं कुन बौरिउठाइमा पर्नुहुनेछ? छनोट तपाईंकै हो।

परमेश्वरले लाजरसलाई जे गर्नुभयो त्यो एकदमै विशेष थियो। उहँले एउटा मान्छेलाई  चिहानबाट निकाल्नुभयो र उसलाई शारीरिक जीवनमा फर्काई ल्याउनुभयो। परमेश्वरले तपाईंका लागि र प्रत्येक विश्वासी जनका लागि भविष्यमा गर्नुहुने काम त झनै विशेष हुनेछ (फिलिप्पी ३:२०-२१; १ थेस्सलोनिकी ४:१६-१७ र १ कोरिन्थी १५ अध्याय पढ्नुहोस्)।

 लाजरस बिरामी छ भन्ने खबर सुन्नासाथ के येशू तुरुन्तै बेथानी जानुभयो (यूहन्ना ११:६)? ______________। जुन ठाउँमा उहाँ हुनुहुन्थ्यो त्यहीं उहाँ कति दिन बस्नुभयो (यूहन्ना ११:६)? ________________। याद राखौं, परमेश्वर कहिल्यै ढिलो गर्नुहुन्न ! उहाँ आफ्ना कार्यहरू जानीबुझी गर्दैहुनुहुन्छ, अनि सबै कामहरू उहाँ सठीक हिसाबले गर्नुहुन्छ। कतिपय कार्यहरू हामीले चाहेजस्तै चाँडो उहाँले नगर्नुहोला तर उहाँ कहिल्यै ढिलो हुनुहुन्न ! परमेश्वरले कहिल्यै ढिलो नगर्नुहुने हुनाले हामीले परमप्रभुको ________ ________ (अर्थात् उहाँको प्रतिक्षमा पर्खन) सिक्नुपर्छ (भजनसंग्रह २७:१४ )।

यी दुई दिन पछि येशूले भन्नुभयो, “हामी फेरि __________ जाऔं” (यूहन्ना ११:७)। बेथानी (जहाँ लाजरस थिए) र यरुशलेम (जहाँ येशूका धेरैजसो शत्रुहरू थिए) दुवै नै यहूदिया भनिने इलाकामा पर्दथे। यस इलाकामा फर्कन चेलाहरू किन डराएका थिए (यूहन्ना ११:८)? ______________________________________। यूहन्ना १०:३१-३३ मा यहूदीहरूले के गर्न खोजेका थिए भन्ने कुरा चेलाहरूले सम्झे। त्यतिखेर त उहाँ उम्कनुभयो (यूहन्ना १०:३९ )  तर के अब फेरि उहाँ उम्कन सक्नुहुनेछ होला?

येशूले चेलाहरूलाई जवाफ दिएर भन्नुभयो, उहाँ दिनमा सुरक्षासाथ हिँड्न सक्नुहुन्छ (यूहन्ना ११:९-१०)। आफ्नो मृत्युको घडी अझै आइपुगेको छैन भनेर उहाँ जान्नुहुन्थ्यो। येशू जान्नुहुन्थ्यो, परमेश्वरले उहाँलाई यस संसारमा परमेश्वरको इच्छा पूरा गर्नलाई निश्चित समय अवधि दिनुभएको छ। उहाँका शत्रुहरूले यस समयलाई छोट्याउन सक्ने थिएनन् (यूहन्ना १०:१८)। आफ्नो काम गरी नसिध्याइकन उहाँ मर्न सक्नुहुन्न भनेर पनि उहाँ जान्नुहुन्थ्यो। हाम्रो जीवनमा पनि यही साँचो हुन्छ। एउटा विश्वासी जन ज्योतिमा हिँड्दछ र उसको जीवनका निम्ति परमेश्वरको इच्छा उसले पूरा गर्दै छ भने ऊ डराउनुपर्नेछैन। परमेश्वरले आफ्ना सेवकहरूको सुरक्षा गर्नुहुन्छ! मानिसले केही गर्ला कि भनेर के परमेश्वरको सेवक डराउनु आवश्यक छ (भजनसंग्रह ११८:६; भजनसंग्रह २७:१; हिब्रू १३:६)? __________________।

तब येशूले आफ्ना चेलाहरूलाई एउटा कुरा भन्नुभयो जुन कुरा तिनीहरूले बुझेनन्: “हाम्रा साथी लाजरस _____________ छन्; तर म उनलाई _________बाट ____________ जान्छु” (यूहन्ना ११:११)। “लाजरस निदाएका छन्” भन्नुको तात्पर्य के थियो (यूहन्ना ११:१३)? __________________________________________। येशूको तात्पर्य के होला भनी चेलाहरूले सोचे (यूहन्ना ११:१२-१३)? _______________________________ ______________________। यूहन्ना ११:१४ मा येशूले कुरा सफा पार्नुहुन्छ। लाजरस त मृत्युको निद्रामा निदाइरहेका थिए! उनलाई निन्द्राबाट बिउँझाउने भन्ने येशूको भनाइको तात्पर्य के थियो? ______________________________________________________।

बाइबलमा मृत्युलाई बयान गर्न कतिपय ठाउँमा “निदाउनु” वा “सुत्‍नु” भन्ने शब्द प्रयोग भएको छ (१ राजा २:१०; मत्ती २७:५२; लुका ८:५२; १ कोरिन्थी १५:२०; १ थेस्सलोनिकी ४:१४)। एउटा उदाहरण १ कोरन्थी ११:३० पनि हो: “किनकि यही कारणले गर्दा तिमीहरूको बीचमा धेरै कमजोर र रोगीहरू छन् अनि धेरै सुतिगए।” यसको मतलब यो होइन कि त्यहाँ केही कमजोर र रोगीहरू थिए अनि अरुहरू निदाइरहेका थिए। होइन, यसको मतलब हो,कोही रोगी थिए रकोही चाँहि साँच्चै मरिगए

हस्पिटलको मुर्दाघरमा जानुभयो भने र मरेको मानिसको लाशलाई हेर्नुभयो भने, उक्त शरीर साँच्चिकै सुतिरहेको मान्छे जस्तै देखिन्छ! शरीर आराम गरिरहेको जस्तै देखिन्छ। मानिस मरेपछि उसको शरीरलाई बिश्राम दिइन्छ। तर त्यसले सघैंको लागि विश्राम पाउँदैन। भविष्यमा त्यस शरीरलाई केही गरिनेवाला छ।

सुतिरहेको मान्छे सघैंभरी सुतिरहँदैन भनेर हामीलाई थाह छ! उसको उठ्ने बेला आउँछ। चिहानमा सुत्‍ने अर्थात् विश्राम गर्ने शरीर पनि त्यस्तै हो। दानियल १२:२ मा हामी यसरी पढ्छौं: “पृथ्वीको धूलोमा ___________ भीडहरू ______________, केही अनन्त _____________को लागि र अरूहरूचाहिँ शर्म र अनन्त __________________को लागि।” मरेकाहरूलाई उठाउने व्यक्ति को हुनुहुन्छ (यूहन्ना५:२७-२९)? ________________।

येशूसँगै बेथानी जानलाई चेलाहरूको साहस थियो, तर थोमा को के हुन्छ होला भनी ठाने (यूहन्ना १:१६)? __________________________________। थोमाको सोचाइले फेल खायो! चाँडै नै येशूको मर्ने समय आउँदै थियो तर यो चेलाहरूको मर्ने समय भने आएको थिएन। आफ्नो प्रिय पुत्रको निम्ति परमेश्वरको एउटा सिद्द योजना थियो र हरेक चेलाहरूका निम्ति पनि परमेश्वरको सिद्ध योजना थियो।

मानिसहरू रुन्छन्, येशू सुस्केरा हाल्नुहुन्छ

येशू बेथानी आइपुग्नुहुँदा, लाजरस मरेको __________ दिन भइसकेको थिए (यूहन्ना १:१७ )। मार्था र मरियमलाई सान्त्वना दिन थुप्रै यहूदीहरू आएका थिए (यूहन्ना ११:१९।

दिदी बहिनीमा सबभन्दा पहिले को येशूकहाँ आए (यूहन्ना ११:२०)? ____________। के तिनी येशूले लाजरसलाई मर्नदेखि बचाउन सक्नुहुन्थ्यो भन्ने ठान्थिन् (यूहन्ना ११:२१)? ________________। के तिनी येशूले अझै पनि केही न केही गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्थिन् (यूहन्ना ११:२२)? ______________

तब येशूले मार्थालाई एउटा गजबको प्रतिज्ञा दिनुहुन्छ जुनचाहिँ आफूले गर्नै लागेको कुरासित सम्बन्धित थियो। “तिम्रो भाइ ___________  उठ्नेछ” (यूहन्ना ११:२३)। येशू गएर लाजरसलाई निद्राबाट बिउँझाउन लाग्दै हुनुहुन्थ्यो (यूहन्ना ११:११ सँग दाँज्नुहोस्।

के मार्थालाई लाजरस फेरि उठ्नेछ भन्ने थाह थियो (यूहन्ना ११:२४)? ____________। मार्थाले, यो कुरा तुरुन्तै हुनेछ भनेर सोचेकी थिईन् कि पछि भविष्यमा हुनेछ भनेर (यूहन्ना ११:२४)? ____________________________। तिनलाई दानियल भविष्यवक्ताले दानियल १२:२ मा भनेझैं अन्तिम दिनमा त्यहाँ बौरिउठाइ हुनेछ भन्ने थाह थियो।

बौरिउठाइ, पछि भविष्यमा हुने एउटा घटना भनेर मार्था विश्वास गर्थिन्। उनले बौरिउठाइ त एक व्यक्ति हुनुहुन्छ भनेर बुझ्न खाँचो थियो जुन व्यक्ति ठीक उनकै सामु उभिइरहनु भएको थियो। येशूले मार्थालाई भन्नुभयो: “______________ र ____________ म नै हुँ” (यूहन्ना ११:२५।

“बौरिउठाइ” शब्दको अर्थ ग्रीक भाषामा “माथि उठ्नु” अर्थात् “ठाडो उभिनु” भन्ने हुन्छ। मानिस मरेपछि ऊ “लम्पसार पर्छ” अर्थात् उसलाई चिहानभित्र विश्राम गराइन्छ। मानिस मृत्युबाट बौरिउठाइँदा, ऊ “उभिन्छ” जसरी लाजरसस पनि चिहानबाट निस्केर आउँदा उभिए (यूहन्ना ११:४४)। येशू ख्रीष्टलाई चिहान र मृत्यु कुनै समस्या होइन। उहाँ बौरिउठाइ र जीवन हुनुहुन्छ। मृत्यु मानिसको महान शत्रु हो (१ कोरिन्थी १५:२६) तर येशू ख्रीष्टले यस शत्रुलाई   जित्‍नुभएको छ! शंका-उपशंकाहरू र डरको कारण मार्थालाई लागेको थियो, येशू, मृत्यु र चिहानभन्दा शक्तिशाली हुनुहुन्न भनेर। येशू मृत्यु र चिहानभन्दा महान् हुनुहुन्छ भनेर बुझ्न मार्थालाई खाँचो थियो। येशू ख्रीष्ट “जि ________ का ____________” हुनुहुन्छ (प्रेरित ३:१५।

येशूले भन्नुभयो, “बौरिउठाइ म नै हुँ।” यसको अर्थ यूहन्ना ११:२५ को अन्तिम खण्डमा खुलाइएको छ:

“जसले ममाथि विश्वास गर्छ, ऊ मरे तापनि जिउनेछ”

येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई शारीरिक मृत्यु कुनै समस्या होइन्। एक विश्वासी जन मरेपछि उसले केही गुमाउँदैन बरु केही पाउनेछ (फिलिप्पी १:२१-२३)। विश्वासी जनहरू शारीरिक मृत्युदेखि डराउनुपर्ने कुनै कारण छैन। यो त एउटा ढोका मात्रै हो, जसबाट जीवनमा प्रवेश गरिन्छ (जिवीत परमेश्वरसँगको अनन्त सम्बन्धमा)।

येशूले भन्नुभयो, “जीवन म नै हुँ” (यूहन्ना ११:२५)। यसको अर्थ यूहन्ना ११:२६ मा खुलाइएको छ:

“अनि जो जिउँछ र ममाथि विश्वास गर्छ, त्यो कहिल्यै _____________”

येशूले यूहन्ना ८:५१ मा यस्तै कुरा गर्नुभयो (अघिल्ला पाठहरूमा हेर्नुहोस्)। एउटा साँचो विश्वासी कहिल्यै परमेश्वरदेखि अलग पारिनेछैन। विश्वासीसँग अनन्त जीवन हुन्छ। उसले कहिल्यै आत्मिक मृत्युको अनुभव गर्नेछैन (परमेश्वरदेखि अलग हुनु पर्नेछैन।

मार्था, येशू परमेश्वरका __________, _________ हुनुहुन्छ भन्ने कुरामा विश्वास गर्थिन् (यूहन्ना ११:२७), तर “बौरिउठाइ र जीवन म नै हुँ” भन्ने येशूको भनाइको तात्पर्य बुझिनन् (यूहन्ना ११:२५)। येशूभन्दा चिहान नै सामर्थी छ भनी सोचिन् उनले (यूहन्ना ११:३९-४० पढ्नुहोस्)। तर केही छिन पछि नै उनले “परमेश्वरको महिमा” देख्‍न लाग्दै थिइन् (यूहन्ना ११:४०)। परमेश्वरका पुत्र साँच्चै नै कति महान हुनुहुन्छ भनेर तिनले देख्‍न लाग्दै थिइन्। उहाँका लागि चिहान कुनै चुनौति होइन!

मार्था   गइन्   र त्यसपछि मरियम येशूलाई भेट्न आइन्। तिनका पछिपछि थुप्रै यहूदीहरू पनि आए उनीसँगै बिलाप गर्नलाई (यूहन्ना ११:२८-३१)। मरियमले येशूलाई भेट्नासाथ के उनले दिदीले भने जस्तै नै भनिन्? (यूहन्ना ११:३२ र ११:२१ बीच तुलना गर्नुहोस्)? _____________। लाजरस जिउँदो हुँदा नै येशू त्यहाँ हुनुभएको भए ता उहाँले केही न केही त अवश्य गर्नुहुन्थ्यो भनेर तिनले बिचार गरिन्। अब चाँडै नै उनले, लाजरस मरेर चार दिन भएको भएपनि येशूले केही न केही गर्न सक्नुहुन्छ भन्ने कुरा थाह पाउनेवाला थिइन्। मृत्यु येशू भन्दा ठूलो होइन। येशू मृत्युको पनि प्रभु हुनुहुन्छ। यूहन्ना ११:३३ अनुसार मरियम के गर्दै थिइन् अनि यहूदीहरू के गरिरहेका थिए? ____________। तिनीहरू रोइरहेका थिए तर येशू भने पीडित भइरहनुभएको थियो।

“पिडित हुनुभयो” (यूहन्ना ११:३३) भन्नुको मतलब हो, येशू “आत्मामा साह्रै चुरिनु भयो” (औडाहा वा डाहा भयो)। यस शब्दले प्रायः रीस वा क्रोधले चुरिएको मानिसलाई जनाउँछ। येशू रिसाउनु भएको थियो। धर्मी हिसाबले उहाँ रिसाउनुभयो र बिचलित हुनुभयो। उहाँको वरिपरिको रुवाबासी र सुकसुकाइमा प्रभु खुशी हुनुहुन्नथ्यो। मरियम र उनीसँगै आएका यहूदीहरूले बुझ्न सकेनन् तिनीहरूले मृत्युको बारेमा बुझेका थिएनन्। तिनीहरूले लाजरसको बारेमा बुझेका थिएनन्। अनि सबभन्दा महत्त्वपूर्ण कुरा त, तिनीहरूले येशू को हुनुहुन्थ्यो र येशूले के गर्न सक्नुहुन्थ्यो भनेर बुझेनन्। जीवनका राजा तिनीहरूकै अगाडि उभिइरहनुभएको थियो र तिनीहरू भने मृत्युले गर्दा रोइरहेका र आलाप विलाप गरिरहेका थिए।

लाजरसको चिहान कहाँ छ भनेर येशूले सोध्नुभयो र तिनीहरूले उहाँलाई भने, “प्रभु, आउनुहोस् र हेर्नुहोस्” (यूहन्ना ११:३४)। त्यसपछि बाइबलले हामीलाई बताउँछ “__________________” (यूहन्ना ११:३५)। अंग्रेजी बाइबलमा यो नै सबभन्दा छोटो पद हो (दुई शब्द र नौ अक्षरहरू मात्रै)। तर नेपाली बाइबलमा ६ अक्षर मात्रै। (ग्रीक नयाँ नियममा सबभन्दा छोटो पदचाहिँ १ थेस्सलोनिकी ५:१६ हो – “सधैं आनन्द गर।”

येशू रुनुभयो, तर उहाँ यहूदीहरू रोए जस्तै गरी रोइरहनुभएको थिएन (यूहन्ना ११:३३ पढ्नुहोस्) यूहन्ना ११:३५ को “रुनुभयो” भन्ने शब्द हामीले यूहन्ना ११:३३ मा हेरेको “रोइरहेका” भन्ने शब्द भन्दा फरक शब्द हो। यूहन्ना ११:३३ मा हामी देख्दछौं, मरियम र यहूदीहरू रोइरहेका थिए। त्यहाँ “रोइरहेका” भन्ने शब्दको अर्थ हो ठूलो स्वरले आफ्नो दुःख प्रकट गर्दै विलाप गर्नु विशेष गरी मरेका मान्छेका निम्ति। यी यहूदीहरू लाजरस मरेका कारण   रोइरहेका र आलाप विलाप गरिरहेका अनि घुँक्क घुँक्क सुक्सुकाइरहेका थिए। यूहन्ना ११:३५ को “रुनुभयो” शब्दले ठूलो स्वरले रोएको र आलाप विलाप गरेको जनाउँदैन। यसको मतलब हो “आँसु खसाल्नु”।

किन येशूले आँसु खसाल्नुभयो? निश्चय पनि उहाँका आँसु लाजरसका लागि थिएनन् किनभने लाजरसको मृत्यु उहाँको लागि कुनै ठूलो समस्या थिएन। लाजरसलाई उहाँले तुरुन्तै के गर्नुहुनेछ त्यो उहाँ जान्नुहुन्थ्यो (यूहन्ना ११:४,११,२३)। येशूले लाजरसको लागि आँसु खसाल्नुभएको थिएन बरु ती विलाप गर्नेहरूका लागि थियो! यी मानिसहरूले नबुझेका कारण उहाँ दुःखित हुनुभएको थियो। उहाँ तिनीहरूका अविश्वासका कारण दुःखित हुनुभयो।

येशू रुनुभएको यहूदीहरूले देखेर तिनीहरूले भने “हेर, उहाँले उनलाई (लाजरसलाई )  कति ________ गर्नुहुन्थ्यो” (यूहन्ना ११:३६)। तिनीहरूले भन्ठाने, उहाँ लाजरस मरेका हुनाले रुनुभएको थियो। यूहन्ना ११:३७ मा पढ्नुहोस्।कोही यहूदीहरू यसो भन्दै थिएः “येशू लाजरसलाई यति माया गर्थे भने, किन उहाँले लाजरसलाई मर्नदेखि बचाउन सकेनन्? अन्धाका आँखा खोल्न सक्नेले किन लाजरसको मृत्युलाई रोक्न सकेनन्?” के यी कुराहरूले येशू खुशी हुनुभयो (यूहनन्ना ११:३८)? __________। तिनीहरूका अविश्वासका कारण उहाँ फेरि रीसले चुर हुनुभयो। येशू, मुत्यु र चिहानका सामु केही गर्न सक्दैनन् भन्ने उनीहरूको धारणा थियो!

येशू लाजरसलाई मुत्युबाट बौराएर उठाउनुहुन्छ

लाजरसको चिहान एउटा गुफामा थियो (यूहन्ना ११:३८)। भित्र छिर्ने ठाउँ अगाडि एउटा ढुंगा राखिएको थियो। यो सम्भवत: पछि येशूको शरीरलाई राखिएको चिहान जस्तै थियो।

येशूले चिहानको मुखको ढुंगा हटाउन आदेश दिनुभयो (यूहन्ना ११:३९)। मार्था किन ढुंगा हटाइएको चाहँदैनथिन् (यूहन्ना ११:३९)? ___________________________________ ________________________। लाजरसको शरीर कुहिएर सड्न थालिसकेको थियो। तर येशू आफ्नो योजना जान्नुहुन्थ्यो र तुरुन्तै अलिकत्ति पनि दुर्गन्ध नलिइकन लाजरस चिहानबाट निस्कनेवाला थिए!

मार्थाले विश्वास मात्र गरिन् भने तिनले के देख्‍नेथिइन् (यूहन्ना ११:४०)? ___________________________। यूहन्ना ११:४ र ११:२५-२६ बीच तुलना गर्नुहोस्। लाजरसको बौरिउठाइ, परमेश्वरका लागि एउटा विशेष सुन्दर मौका थियो। परमेश्वरले आफूलाई विशेष प्रकारले चिनाउने मौका थियो।

तिनीहरूले ढुंगा हटाइसकेपछि येशूले प्रार्थना गर्नुभयो यूहन्ना ११:४१) उहाँले आफै मनमनै प्रार्थना गर्नुभयो कि उहाँले अरुहरूले पनि सुनून् भनेर ठूलो स्वरले प्रार्थना गर्नुभयो (यूहन्ना ११:४१-४२)? _________________________________________। जे हुन लाग्दै थियो, त्यसका लागि येशूले सबैका सामुन्ने परमेश्वरलाई धन्यवाद दिनुभयो!

यति प्रार्थना गरिसकेपछि येशू ठूलो स्वरले कराउनुभयो र भन्नुभयो, “हे लाजरस, _________________” (यूहन्ना ११:४३)। के लाजरसले प्रभुको आज्ञा माने (यूहन्ना ११:४४)? ________। येशूले नाम काढेर केवल लाजरसलाई बोलाउनुभयो (यूहन्ना १:४३)। पिताको इच्छा हुँदो हो त उहाँले मरेका अरूहरूलाई पनि मृत्युबाट बोलाउन सक्नुहुन्थ्यो! त्यो घडी पनि आउनेछ, जसमा चिहानभित्र रहेका ________ले उहाँका स्वर सुन्नेछन् (यूहन्ना ५:२८)। अनि तिनीहरू निस्किआउनेछन् (यूहन्ना ५:२९)। मृत्यु र चिहान उहाँका लागि कुनै समस्या होइनन्।

लाजरस चिहानबाट कात्रोले बौरिएकै अवस्थामा निस्किआएको देख्‍नु पक्कै पनि  अजीवको दृश्य थियो (यूहन्ना ११:४४)। लाशलाई प्रायः कपडाका फेरहरूले बाँधिएको हुन्थ्यो अनि बाँधिसके पछि साह्रै कडा गन्ध नआओस् भनी मसलाहरू छर्किएको हुन्थ्यो। लाजरस हिँड्डुल गर्ने “मम्मी” (मिश्रका पिरामिडहरूमा गाडिएका लाश) जस्तै देखिन्थे होला। येशूले मानिसहरूलाई उनलाई फुकाइदिन अह्राउनुभयो र जानदेओ भन्नुभयो (यूहन्ना ११:४४)।

यस आश्चर्यकर्म देख्‍नेहरू कसरी ट्वाँ परेर तीन छक्क खाए होलान् भनेर कल्पना सम्म गर्न पनि गाह्रो छ। अब विचार गर्नुहोस्, भविष्यमा हुने विश्वासीहरूको बौरिउठाइ लाजरसको भन्दा झन् कति धेरै गुणा गजबको हुनेछ। लाजरस जीवनमा फर्किआए तर उनी एक दिन फेरि मरे। तपाईंलाई दुई पटक मर्न कत्तिको चाहना छ? तर बौरिउठेका विश्वासीहरूका भने नयाँ शरीरहरू हुनेछन् र तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्। तलको चार्टले लाजरसलाई के भएको थियो र भविष्यमा विश्वासीहरूलाई के हुनेछ भन्ने भिन्नताहरू देखाउँछ:

विश्वासीहरू

ê

लाजरस

ê

अमर शरीरहरू मरणशील शरीर
कहिल्यै मर्न नपर्ने (१ कोरिन्थी १५:५३)
फेरि कहिल्यै मर्न नपर्ने
मर्ने शरीर (यूहन्ना १२:१०)
दोस्रो पटक मर्नैपर्ने

अविनाशी शरीरहरू

ê

नाशवान शरीर

ê

वृद्ध र नाश नहुने, नसड्ने शरीर (१ को. १५:५३)
अनन्तसम्म रहिरहने शरीरहरू (१ को. १५:४२-४४)
नाश हुने र कुहिने (१ को. १५:४२-४४)
माटैमा मिल्नुपर्ने शरीर (उत्पत्ति ३:१९)

येशूका शत्रुहरू षड्यन्त्र रच्छन्

यस्तो उल्लेखनीय आश्चर्यकर्म देखेर धेरैजना यहूदीहरूले येशूमाथि ___________ गरे (यूहन्ना (यूहन्ना ११:४५)। अरुहरूले चाहिँ फरिसीहरूकहाँ गएर येशूले गर्नुभएका कुराहरू बताइदिए (यूहन्ना ११:४६)। यहूदी अगुवाहरूले अब येशूलाई के गर्ने हो भनेर निर्णय गर्नु पर्‍यो (यूहन्ना ११:४७)। के उनीहरूलाई येशूका आश्चर्यकर्मका बारेमा थाह थियो (यूहन्ना ११:४७)? __________।

के यी अगुवाहरू येशूलाई यत्तिकै छोडिदिनु असल होला भन्ने बिचार राख्दथे (यूहन्ना ११:४८)? _____________। येशू यसरी नै लोकप्रिय बन्दै जानुहोला र धेरै-धेरै मानिसहरू उहाँको पछि लाग्लान् भनेर तिनीहरू चिन्तित थिए। शायद येशू र उनका चेलाहरूले कुनै दिन राजनैतिक शक्ति पो हात पार्ने हुन् कि भनी उनीहरूले सोचे। यस्तो हुन गएको खण्डमा रोमीहरूले हस्तक्षेप गरेर यहुदीहरूलाई झन् कडासाथ शासन गर्नेछन् भन्ने कुरा यी यहूदीहरूले जान्दथे। येशूले गर्दा सारा राष्ट्र नै खतरामा छ भनी तिनीहरूले मुर्ख पाराले सोचे।

तब, कायफा, महापुजाहारीले एउटा कुरा बोले जसको वास्तवमा दुइटा फरक अर्थ छन्। उनको भनाइ हामी यूहन्ना ११:५० मा पाउँछौं:

“सारा जाति __________ नहोस् भनेर यस जनताका निम्ति ________ मानिस मर्नु नै हाम्रालागि फाइदा छ”

कायफाले यो एउटा अर्थमा भनेका थिए तर कायफाले नबुझिकनै उनका भनाइले अर्कै सन्देश पनि बोकेको थियो! यस्तो भयो कि कायफाले जे बोले, त्यो परमेश्वरको इच्छाअनुसार नै थियो!

हामी उनको भनाइका दुई अर्थहरूलाई विचार गरौं। कायफाले जब यी कुराहरू भने, उनले यसो भन्न खोजेका थिएः “हामीले ख्रीष्टलाई जिउँदै छाड्यौं भने पक्कै नै रोमीहरू आउनेछन् र हामीलाई नाश गर्नेछन् अनि हामीले जनतामाथि कहिल्यै शासन गर्न पाउनेछैनौं। यसो हुनुभन्दा त एउटा मानिस (येशू) मारिनु र सारा जाति नष्ट हुनबाट (रोमीहरूद्वारा) यो नै एकदम उत्तम हुन्छ।” यो त वास्तवमा येशूलाई नष्ट गर्ने दुष्ट षड्यन्त्र मात्रै थियो।

तर यी कुराहरूको अर्को अर्थ पनि छ। कायफालाई थाहै थिएन तर उनले संसारकै सबभन्दा सुन्दर शुभ-सन्देश उच्चारण गर्दैथिए! येशू ख्रीष्ट सारा जातिका निम्ति मर्नैपर्छ। सुसमाचारको मीठो सन्देश यही नै हो। हामी नाश हुन नपरोस् भनेर ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नैपर्छ। हामी बाँच्न सकौं भनेर उहाँ मर्नैपर्छ। ख्रीष्ट मानिसको सट्टामा मर्नुपर्छ। त्यसकारण, कायफाले येशूलाई मार्ने एउटा दुष्ट मतोको कुरा गरेका भएता पनि परमेश्वरले त्यही नै शब्दहरूलाई सुसमाचारको सुन्दर सन्देश प्रस्तुत गर्न प्रयोग गर्नुभयो। जानी नजानीकनै, कायफा सबभन्दा पहिला सुसमाचार प्रचार गर्नेहरू मध्येका एक ठहरिन पुगे। परमेश्वरले मानिसको क्रोधलाई समेत उहाँको प्रशंसामा परिणत गर्न सक्नुहुन्छ।

हाम्रा परमेश्वर यति महान हुनुहुन्छ, जसले मानिसका सबैभन्दा दुष्ट योजनाहरूलाई समेत उहाँको अचम्मको योजना पूरा गर्न प्रयोग गर्न सक्नुहुन्छ। परमेश्वर दुष्ट मानिसहरूलाई विभिन्न प्रकारले बोल्न र काम गर्न दिन सक्नुहुन्छ, तर यी जे जस्ता भए पनि त्यसले नै परमेश्वरको योजना सफल पारिरहेको हुन्छ। तिनीहरू हार्नेहरू हुन्, परमेश्वर जित्नेवाला हुनुहुन्छ। तपाईं लूका २२:२२, प्रेरित २:२३-२४ र प्रेरित ४:२६-२८ जस्ता पदहरू पढेर यस्तो कसरी हुनसक्छ भनेर थाह पाउन सक्नुहुन्छ। परमेश्वरले विश्वास नगर्नेहरूलाई समेत उहाँको सिद्ध योजना पूरा गर्नलाई प्रयोग गर्न सक्नुहुन्छ।

त्यस दिनदेखि उसो, यहूदीहरूले के गर्ने मतो गरे (यूहन्ना ११:५३)? ____________ _______________। परमेश्वरको योजना मुताविक अब चाँडै नै येशूले आफ्नो प्राण दिनुपर्ने समय आउँदैथियो। उहाँको घडी आइसकेको नै त थिएन र त येशू आफ्ना चेलाहरूसँग इफ्राइम भनिने शहरमा निस्कनुभयो (यूहन्ना १२:१२-१९)। येशूको मृत्युको घडी नजिकै आएको थियो (यूहन्ना ११:५६)। अर्को अध्यायमा हामी देख्‍नेछौं, उहाँ निस्तारको लागि यरुशलेम आउनुहुन्छ। उहाँ खुल्लमखुल्ला, सबैको देखिने गरी आउनुहुन्छ (यूहन्ना १२:१२-१९)। तर उहाँ आउनु अघि, उहाँ एकदम खोजिएको मानिस हुनुहुन्थ्यो (यूहन्ना ११:५७)। अर्को शब्दमा भन्ने हो भने उहाँ “टाउकाको मूल्य तोकिएको मानिस” हुनहुन्थ्यो। तिनीहरू उहाँलाई पक्रन र मार्न चाहान्थे (यूहन्ना ११:५७,५३)।

तुरुन्तै तिनीहरूले येशूलाई पक्रनेछन् र उहाँलाई एउटा रोमी क्रुसमा टँग्याउँनेछन्। त्यसपछि उहाँको मृत शरीरलाई लाजरसलाई जस्तै चिहानमा राखिन्छ तर लाजरस जस्तै उहाँ फेरि मर्नुहुन्न (रोमी ६:९, प्रकाश १:१८)। जसरी लाजरस बौरिउठ्नु अघि नै उनको बौरिउठाइ हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभयो (यूहन्ना ११:४,२३) त्यसरी नै उहाँले अघि नै आफ्नै बौरिउठाइको पनि भविष्यवाणी गर्नुभयो (यूहन्ना २:१९-१०:१७; मत्ती १६:२६)। मृत्युले उहाँलाई बाँधिराख्‍नु असम्भव थियो (प्रेरित २:२४।

के तपाईं उहाँमाथि भरोसा गर्दै हुनुहुन्छ जो नै बौरिउठाइजीवन हुनुहुन्छ? के तपाईं अनन्त मुक्तिका लागि जीवनका राजामाथि भरपर्दै हुनुहुन्छ? येशूले भन्नुभयो,

“जो जिउँछ र ममाथि विश्वास गर्छ त्यो कहिल्यै मर्नेछैन(यूहन्ना ११:२६)!

“के तिमी यो विश्वास गर्छ्यौ (गर्छौ)

(यूहन्ना ११:२६)?” __________________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

असल गोठाला

Study Series

असल गोठाला

येशू ख्रीष्ट बास्तवमा को हुनुहुन्छ त, भनेर हामीले यूहन्नाको सुसमाचारमा अध्ययन गरिरहेका छौं। येशू बास्तवमै को हुनुहुन्छ भन्ने कुरा थाहा पाएर तिनीहरूले वि ___________ गरून् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ मा पढ्नुहोस्) र विश्वास गरेर उनीहरूले उहाँको नामद्वारा __________ पाऊन् भनी परमेश्वर चाहनुहुन्छ (यूहन्ना २०:३१ र यूहन्ना १०:१० बीच तुलना गर्नुहोस्)।

हामीले यूहन्नाको सुसमाचारमा “म हुँ” भनेर येशूले भन्नुभएका केही महत्त्वपूर्ण पदहरू अध्ययन गरिसकेका छौं। यूहन्ना १० अध्यायमा हामी अरू ४ ओटा “म हुँ” पदहरूलाई भेट्टाउँनेछौं जसले हामीलाई येशू को हुनुहुन्छ भनेर राम्ररी बुझ्न मदत गर्नेछ :

  • “भेडाहरूको __________ म नै हुँ” (यूहन्ना १०:७)
  • “___________ म नै हुँ” (यूहन्ना १०:९)
  • “उही नै __________ म नै हुँ” (यूहन्ना १०-११)
  • “__________ म नै हुँ” (यूहन्ना १०:१४)

बाइबलको एउटा अति परिचित पद छ जुन पद दाऊदले धेरै समय पहिला लेखेका थिए। त्यो हो, भजनसङ्ग्रह २३:१ “____________ मेरा ____________ हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन।” आफ्ना भेडाहरूको वास्ता राख्‍ने महान् गोठाला को हुनुहुन्छ? दाऊदले उल्लेख गरेका परमप्रभु (यहोवा) को हुनुहुन्छ? यसको जवाफ यूहन्ना १० अध्यायमा पाइन्छ। दाऊदले उल्लेख गरेका परमप्रभु आफू नै हुँ भनेर येशूले दाबी गर्नुभएको छ। यी पदहरू बीच तुलना गर्नुहोस्:

भजनसङ्ग्रह २३:१
परमप्रभु मेरा गोठाला हुनुहुन्छ

यूहन्ना १०:११,१४
येशूले भन्नुभयो, “असल गोठाला म नै हुँ”

त्यो गोठाला प्रभु येशू ख्रीष्ट (यहोवा येशू) नै हुनुहुन्छ, अरू होइन। उहाँ “____________ महान __________ (हिब्रू १३:२) हुनुहुन्छ। यूहन्ना १० अध्यायमा हामी यस महान गोठालाका बारेमा अनि कसरी उहाँले आफ्ना भेडाहरूको वास्ता गर्नुहुन्छ र उनीहरूका खाँचो पूरा गर्नुहुन्छ भन्ने बारेमा हेर्नेछौं।

यूहन्ना १० अध्यायको रूपरेखा

  1. गोठाला र भेडाहरू (यूहन्ना १०:१-१०)।
  2. गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन् (यूहन्ना १०:११-१८)।
  3. गोठालाका वचनहरूले विभाजन आउँछ (यूहन्ना १०:१९-२१)।
  4. गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गर्छन् (यूहन्ना १०:२२-२९)।
  5. उनी परमेश्वरमा छन् भन्ने गोठालाको दाबी (यूहन्ना १०:३०-४२)।

गोठाला र भेडाहरू

यूहन्ना १० अध्यायको पहिलो भाग बुझ्नलाई हामीले पहिला प्यालेस्टाइनमा कस्तो “भेडी गोठ” को चलन थियो भनेर जान्नु आवश्यक छ (यूहन्ना १०:१ मा हेर्नुहोस्)। “भेडी गोठ” पर्खालले घेरिएको ठाउँ हुन्थ्यो जहाँ भेडाहरू राती बास बस्थे। पर्खाल ढुङ्गाहरूले बनेको हुन्थ्यो र त्यसको छाना हुँदैनथ्यो। पर्खालले घेरिएको त्यस ठाउँभित्र तिनीहरू हावा हुरी र खराब मौसमबाट अनि चोरहरू र जङ्गली जनावरहरूबाट जोगिन सक्दथे। भेडी गोठको एउटै मात्र ढोका हुन्थ्यो। कहिलेकाँहि भेडी गोठमा एकभन्दा बढी बगालहरू पनि मिसाइन्थ्यो। दुई-तीन जना गोठालाहरूले आ-आफ्नै भेडा बगालहरू ल्याउँथे र एउटै गोठभित्र राख्दथे।

यस अध्यायभरि नै “भेडा” शब्दले साँचो गरी येशूमा विश्वास गर्ने र उहाँको पछि लाग्ने मानिसहरूलाई जनाउँछ। विश्वास नगर्नेहरू चाहिँ को हुन् नि? के तिनीहरू उहाँका भेडा हुन् र (यूहन्ना १०:२६? __________। येशूले भन्नुभयो “मेरा भेडाहरूले मेरो सोर __________ अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई __________________” (यूहन्ना १०:२७)।

यूहन्ना ९ अध्यायमा हामीले येशूले निको पार्नुभएको एक अन्धा मानिसको बारेमा अध्ययन गर्‍यौं। के त्यस मानिसले येशूलाई पछ्याए? के उनी साँचो विश्वासी थिए (यूहन्ना ९:३५-३८)? _________। तसर्थ, के उनी एउटा साँचो भेडा थिए? _________। यिनले र अरूहरूले येशूलाई पछ्याउनदेखि रोक्नलाई केही यहूदी अगुवाहरूले सक्दो प्रयास गरे (यूहन्ना ९:२२,३४ मा हेर्नुहोस्)। यी मानिसहरू चोर जस्तै थिए। तिनीहरू भेडालाई गोठालादेखि टाढा राख्‍न चाहन्थे, तर असल गोठालाले उसलाई भे ____________ (यूहन्ना ९:३५)। चोर र डाँकू को हुन्, येशूले यूहन्ना १०:१ मा बताउनुभयो। चोर कसरी भेडाको गोठभित्र पस्छ (यूहन्ना १०:१)? ________________________________________________। साँचो गोठालाचाहिँ भेडाको गोठभित्र कसरी पस्दछ नि? ______________ ___________________________। हिजोआज पनि यसरी नै हेरिन्छ। कसैलाई तपाईंले मूलढोकाबाट घरभित्र पसिरहेको देख्‍नुभयो भने त्यो व्यक्ति सम्भवतः त्यहीँ बस्ने मान्छे हो। तर कोही झ्याल फोडेर भित्र पस्दै गरेको देख्‍नुभयो भने तपाईंलाई पक्कै पनि शङ्का लाग्छ।

तेस्रो पदको “ढोके” भन्नाले “पाले” बुझिन्छ। यहाँ ३-५ पदहरूले, बिहान भेडाहरूको गोठालाले भेडी गोठबाट आफ्ना भेडाहरू निकालिसकेपछि के कस्ता कुराहरू गरिन्छ भनेर देखाउँछ। गोठाला र भेडाहरूको बीच एक सुन्दर सम्बन्ध हुन्छ। भेडाहरूले गोठालालाई चिन्दछन् अनि गोठालाले पनि भेडाहरूलाई चिन्दछ।

भेडाहरू गोठालालाई चिन्छन्

गोठालाले बोलाउँदा भेडाहरूले के गर्छन्, उनको सोरलाई ध्यान दिन्छन् कि मतलबै राख्दैनन् (यूहन्ना १०:३? ________________। तिनीहरू आफ्ना गोठालाको सोर चिन्न सक्छन्। त्यहाँ तीनओटा भेडी बगालहरू गोठमा छन् र तिनीहरूका आ-आफ्नै तीनैओटा गोठालाहरूले एकैचोटि बोलाउन थाले भने पनि भेडाहरूले आ-आफ्नै गोठालाहरूलाई पछ्याउँछन्, “किनकि तिनीहरूले उसको सोर ____________” (यूहन्ना १०:४)। के तिनीहरूले बेग्लै गोठालालाई कहिल्यै पछ्याउँछन् (यूहन्ना १०:५)? ________________। साँचो गोठालाले बोलाउँदा भेडाहरूले सुन्छन्, चिन्छन् र पछ्याउँछन्। येशू ख्रीष्टले बोल्नुहुँदा, उहाँका विश्वासी जनहरूले उहाँको सोर सुन्छन्, अनि उहाँलाई चिन्छन् र पछ्याउँछन् (यूहन्ना १०:२७ सँग दाँज्नुहोस्)।

गोठालाले भेडाहरूलाई चिन्दछ

भेडाको बथानलाई हेर्दा सबै भेडा उस्तै-उस्तै देखिन सक्छन्। तपाईंलाई त्यस्तो लागे तापनि गोठालालाई भने सबै भेडा फरक देखिन्छन्। एउटा असल गोठालाले आफ्नो प्रत्येक भेडालाई चिनेको हुन्छ र प्रत्येकलाई एउटा-एउटा ना ______ समेत दिएको हुन्छ (यूहन्ना १०:३)। त्यसरी नै प्रभुले हरेक विश्वासीलाई चिन्नुहुन्छः “प्रभुले उहाँका आफ्नाहरूलाई ____________” (२ तिमोथी २:१९)। प्रत्येक विश्वासी येशू ख्रीष्टका निम्ति महत्त्वपूर्ण हुन्छन्। सभाघरबाट निष्कासित मानिसप्रति उहाँको अचम्मको चासोको बारेमा हामीले अगाडि नै हेरिसक्यौं (यूहन्ना ९:३४-३५)। असल गोठालाले तपाईंका सबै कुरा जान्नुहुन्छ। तपाईंले आफूलाई जति चिन्नुहुन्छ त्यसभन्दा बढ्ता उहाँले तपाईंलाई चिन्नुहुन्छ!

यूहन्ना १०:३ अनुसार भेडाहरूको गोठालाले “तिनीहरूलाई बा________ लै____________” र यूहन्ना १०:४ अनुसार गोठाला “तिनीहरूको ____________ हिँड्छ र भेडाहरूले उसलाई ______________।” भेडाहरूलाई सही दिशामा हिँडाउने दुइटा तरिका छन्। तपाईं अघि-अघि हिँडेर तिनीहरूलाई डोर्‍याउन सक्नुहुन्छ अथवा तपाईं तिनीहरूको पछि-पछि आउँदै तिनीहरूलाई धपाउन सक्नुहुन्छ। असल गोठाला प्रभु येशूले चाहिँ डोर्‍याउनुहुन्छ, उहाँले धपाउनुहुन्न। (नोट: स्थानीय मण्डलीका गोठाला अर्थात् पास्टरमा पनि यो गुण हुनुपर्छ। उसले डोर्‍याउने काम गर्नुपर्छ, धपाउने काम होइन। १ पत्रुस ५:३ मा हेर्नुहोस्)।

ढोका

गोठाला र भेडाको कुरा के यहूदीहरूले बुझे (यूहन्ना १०:६)? _____________। तिनीहरूले बुझ्न सकून् भनेर येशूले फेरि “म हुँ” भन्ने अर्को वाणी दिनुहुन्छः “भेडाहरूको _________ म नै हुँ” (यूहन्ना १०:७)। येशूको तात्पर्य यो थियो, “तिमीहरू सुरक्षा चाहन्छौ, आत्मिक भोजन र जीवन चाहान्छौं भने तिमीहरू मकहाँ आउनुपर्छ। एकमात्र ढोका म नै हुँ! तिमीहरूलाई यी कुराहरू दिन सक्ने एकमात्र व्यक्ति म नै हुँ।”

यूहन्ना १०:९ मा हामी फेरि “म हुँ” भन्ने अर्को पद पाउँछौं: “________ म नै हुँ,कोही मबाट भित्र पस्यो भने उसले ________ पाउनेछ, अनि भित्र र बाहिर जानेछ, अनि खर्क पाउनेछ।” येशू ख्रीष्ट मुक्तिको ढोका हुनुहुन्छ र उहाँ एकमात्र ढोका हुनुहुन्छ। बिहान भेडाहरू गोठको ढोका बाहिर निस्केर जाँदा, तिनीहरूले खर्क (भोजन र स्वास्थ्य) पाउनेछन्। साँझमा तिनीहरू गोठभित्र पस्छन् र सुरक्षित हुन्छन्। केवल येशू ख्रीष्टले मात्र मानिसलाई सन्तुष्टि (खर्क) र सुरक्षा प्रदान गर्न सक्नुहुन्छ। भोजन पुग्ने गरी खान पाए भने र सुरक्षा पाए भने मात्रै तिनीहरू बाँचिरहन सक्छन्। येशू ख्रीष्टले मात्र मानिसलाई जीवन दिन सक्नुहुन्छः “म चाहिँ तिनीहरूले __________ पाऊन र झन् ____________ गरी पाउन् भनी आएको हुँ” (यूहन्ना १०:१०)। प्रशस्तताको जीवन येशू ख्रीष्टमा मात्रै पाइन्छ। येशू ख्रीष्टले भरपूरीको जीवन सम्भव गराउनुहुन्छ, यस्तो खालको जीवन जुनचाहिँ आत्मिक रूपमा प्रशस्त हुन्छ, धनाढ्य हुन्छ, फलिफाप हुन्छ।

कोही मानिस ढोकाबाट भित्र पस्दैन भने उसले खर्क पाउनेछैन, उसले सुरक्षा पाउनेछैन र उसले जीवन पाउनेछैन। यी कुराहरू मानिसले पाओस् भनेर के चोरले चाहन्छ (यूहन्ना १०:१०)? _______________। येशू जीवन प्रदान गर्न आउनुभयो, तर चोर ता चोरूँ, मारूँ र __________ पारूँ भन्छ (यूहन्ना १०:१०)।

के तपाईं ख्रीष्टरूपी ढोकाबाट भित्र पस्नुभयो? के उहाँ बाहेक अरू कसैमा मुक्तिको आशा छ र (प्रेरित ४:१२)? ___________।

गोठालाले भेडाहरूका निम्ति प्राण दिन्छन्

येशू ख्रीष्ट केवल ढोका हुनुहुन्न, तर उहाँ ____________ ____________ पनि हुनुहुन्छ (यूहन्ना १०:११)। असल गोठालाले आफ्ना भेडाहरूका निम्ति के गरिदिने प्रतिज्ञा गर्नुभयो (यूहन्ना १०:११)? ______________________________________। गोठालाले आफ्ना भेडाका निम्ति साँच्ची नै प्राण दिएका घटनाहरू सुनाइमा आएका छन्। कतिपय गोठालाहरूले डाँकूहरूका लाठी र छुरीहरूको सामना गरेका छन्। कतिले जङ्गली जनावरका सामना गरेका छन्। दाऊदले आफ्नो बगाललाई जोगाउन एउटा सिंह र भालुसँग कुस्ती लडेका थिए (१ शमुएल १७:३४-३६)। उनले आफ्नो प्राणलाई नै जोखिममा हालेका हुन् यद्यपि परमेश्वरले उनलाई जोगाउनुभयो। भेडाहरू ठूलो खतरामा छन् भनी येशू जान्नुहुन्थ्यो (यशैया ५३:६)। उहाँले तिनीहरूका निम्ति आफ्नो प्राण दिनुभएन भने सबै भेडाहरू नष्ट हुनेछन् भनी उहाँ जान्नुहुन्थ्यो। आफ्ना भेडाहरूलाई नाशदेखि बचाउनलाई नै येशू राजीखुशी मर्नु भएको हो। उहाँको मृत्यु नै आफ्ना भेडाहरूप्रतिको उहाँको ठूलो फिक्रीको प्रमाण हो।

यूहन्ना १०:१३ मा भेडाहरूको पटक्कै वास्ता नगर्ने एउटा मान्छेको उल्लेख छ। उसलाई “ज्यामी” भनिएको छ। ज्यामी भनेको ज्याला लिएर काम गर्ने मानिस हो। उसलाई भेडाहरूको हेरचाह गर्न राखिन्छ र काम गरे बापत उसलाई ज्याला दिइन्छ। हामीलाई बताइएको छ त्यसले “भेडाहरूको वास्ता ________” (यूहन्ना १०:१३)। उसले भेडाको मतलव होइन पैसाको (ज्यालाको) मतलव छ। त्यसैको लागि मात्रै उसले भेडाहरू चराउँछ। ज्यामीले “यी मेरा भेडाहरू हुन्” भन्दैन। असल गोठालाले मात्र त्यसो भन्न सक्छन्। आजकल त्यहाँ थुप्रै घार्मिक अगुवाहरू र शिक्षकहरू छन् जोहरू मानिसहरूलाई परमेश्वरसितको सही र सत्य सम्बन्धमा डोर्‍याउने कुरामा कुनै चासो राख्दैनन्। तिनीहरू आफ्नै निम्ति पैसा बटुल्ने अथवा आफ्नै स्वार्थपूर्तिका लागि मरिमेट्छन्। यस्ता मानिसहरूले कसको सेवा गर्दै छन्? येशू ख्रीष्टको सेवा कि आफ्नै (रोमी १६:१८ सँग दाँज्नुहोस्)? ________________________ __________________।

साँचो गोठालाको आफ्ना भेडाहरूसँग सुन्दर अन्तरसम्बन्ध हुन्छ। के गोठालाले भेडाहरूलाई चिन्दछ (यूहन्ना १०:१४)? ___________। के भेडाहरूले गोठालालाई चिन्दछन् (यूहन्ना १०:१४)? ____________।

एउटै बगाल

यूहन्ना १०:१६ मा येशूले यी यहूदीहरूलाई उहाँले भविष्यमा गर्न लाग्नुभएको एउटा कुराको बारेमा बताउनुभयो। यस पदमा येशूले दुई खालका भेडाहरूको बारेमा बताउनुहुन्छः

आज येशू ख्रीष्टकहाँ आउने हरेक जन यस एउटै गोठलाको एउटै बगालका सदस्य हुँदछन्। चाहे त्यस मानिस यहूदीजाति होस् वा अन्यजाति, त्यसले कुनै फरक पार्दैन। जब कुनै यहूदी वा अन्यजातिले ख्रीष्टमा विश्वास गर्छ तब ऊ मण्डलीको अंग बन्दछ जसको शिर येशू ख्रीष्ट हुनुहुन्छ। यी दुई (यहूदी र अन्यजाति) एक (एउटै बगाल, एउटै शरीर, एउटै मण्डली) भएका छन् — एफेसी २:११-१८ मा हेर्नुहोस्। बाइबलले बताउँछ, चाहे यहूदी होस् वा अन्यजाति “__________ __________मा तिमीहरू सबै ________ हौ” (गलाती ३:२८)। संसारका मानिसहरू आज तीन समूहमा विभाजित छन् (१ कोरिन्थी १०:३२ पढ्नुहोस्):

  1. यहूदीहरू (मुक्ति नपाएका यहूदीहरू)

  2. अन्यजातिहरू (यिनीहरू मुक्ति नपाएका अन्यजातिहरू)

  3. मण्डलीका अंगहरू (मुक्ति पाएका यहूदी र अन्यजाति विश्वासीहरूको मिलेर बनेको एउटा शरीर)

बाइबलले भन्दछ, येशू ख्रीष्टले मण्डलीलाई प्रेम गर्नुभयो अनि यसका निम्ति आफैलाई अर्पण गर्नुभयो (एफेसी ५:२५)। उहाँले भेडाहरूलाई प्रेम गर्नुभयो र आफैलाई तिनीहरूका निम्ति अर्पण गर्नुभयो। हामी यसबारेमा यूहन्ना १०:१७ मा पढ्छौं। येशू ख्रीष्ट हाम्रा निम्ति क्रूसमा मर्नुहुने कुरा जनाउन यूहन्ना १०:१७ मा उहाँले कुन शब्दहरू प्रयोग गर्नुभयो? ______________________________________। यूहन्ना १०:७ का कुन शब्दहरूले येशूको बौरिउठाइलाई जनाउँछ? ________________________________________। यी दुवै विचारहरू हामी यूहन्ना १०:१८ मा पाउँछौं।

येशू ख्रीष्टको मृत्युको कारण के थियो? उहाँको ज्यान दुष्ट मानिसहरूले लिएको कारण हो कि आफ्नै स्वेच्छाले येशूले आफ्नो प्राण दिनुभएकोले हो (यूहन्ना १०:१८)? __________________________________। उहाँले आफ्नै स्वेच्छाले आफ्नो प्राण भेडाहरूका निम्ति अपर्ण गर्नुभयो! उहाँले नै तिनीहरूलाई अनुमति दिनुभएकोले मानिसहरूले येशूलाई पक्रन सके अनि नानाभाँति दुर्व्यवहार गर्न सके र उहाँलाई क्रूसमा टाँगेर काँटी ठोक्न सके। यसभन्दा अघि मानिसहरूले येशूलाई पक्रन खोजेका थिए तर के तिनीहरूले सो गर्न सके (यूहन्ना १०:३९)? _______________। मानिसहरूले उहाँलाई डाँडाको डिलबाट खसाल्न खोज्दा के भएको थियो (लूका ४:२८-३०)? ___________________________________ _______________________________। मत्ती २६:४७-५४ पदहरू पढ्नुहोस्। हामी ५३ पदमा देख्दछौं येशूले प्रार्थना गर्नुभएको भए पिताले बाह्र पल्टनभन्दा बढी ______________ पठाउन सक्नुहुन्थ्यो जसले उहाँका शत्रुहरूबाट उहाँलाई सजिलै बचाउन सक्थे। एक रोमी पल्टनमा करिब ३,००० देखि ६,००० जना जति सिपाहीहरू हुन्थे। के येशूले यसो भनेर प्रार्थना गर्नुभयो? ______________। आफ्नो प्राण भेडाहरूका निम्ति अर्पण गर्नलाई येशू राजीखुशी स्वेच्छापूर्वक क्रूसको बाटो रोज्नुभयो!

गोठालाका वचनले विभाजन ल्याउँछ

येशू ख्रीष्ट मानिसहरूबीच ठूलो विभाजन ल्याउने व्यक्ति हुनुहुन्छ (यूहन्ना १०:१९)। हामी यूहन्ना ७ अध्यायमा यही कुराको अध्ययन गर्‍यौं। जब येशू बोल्नुहुन्थ्यो तब उहाँको भनाइले ती सुन्नेहरूलाई या त उहाँको पक्षमा आउन या त उहाँको विपक्षमा बस्न बाध्य गराउँथ्यो। प्रायः जसो यहूदीहरूले येशूको विषयमा के भने (यूहन्ना १०:२०)? ____________________ _____________________। यी यहूदीहरू उहाँको पक्षमा थिए कि विपक्षमा? __________। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको पागल भनेर आरोप लगाए! त्यहाँ अरूहरू थिए जसले उहाँलाई दुष्टआत्मा लागेको छ भन्ने कुरालाई मानेनन्। ख्रीष्टको कुनचाहिँ ठूलो आश्चर्यकर्म यी मानिसहरूको सम्झनामा ताजा थियो? (यूहन्ना १०:२१)? __________________________ ________________। यो हामीले यूहन्ना ९ अध्यायमा अध्ययन गरेको आश्चर्यकर्म हो।

आजकल पनि यस्ता विचार राख्‍नेहरू पाइन्छन्, कि येशू कुनै पागल अर्थात् बौलाहा थिए। तिनीरूका आँखा अन्धा पारिएका छन्। एउटा दिन आउँदै छ जब तिनीहरूले उहाँ साँच्चै को हुनुहुन्छ भनेर महसुस गर्नेछन् र उहाँका सामु तिनीहरूले आफ्ना घूँडा टेक्नेछन् अनि आफ्ना जिब्राहरूले भन्नेछन्, उहाँ पागल होइन, अनि झूटा पनि होइन, बरु उहाँ नै ____________ हुनुहुन्छ भनेर स्वीकार गर्नेछन् (फिलिप्पी २:१०-११)। के तपाईंले आफ्नो मुखले यो कुरा कहिल्यै स्वीकार गर्नुभएको छ (रोमी १०:९ पढ्नुहोस्)? ______________।

गोठालाले आफ्ना भेडाहरूको सुरक्षा गछर्न्

हामी यूहन्ना १०:२२ मा आइपुगेपछि थाह पाउँदछौं, यतिखेर समपर्ण-चाड (Feast of Dedication) थियो र __________को समय थियो। झुप्रेबासको चाड (Feast of Tabernacles) को केही महिना पछाडि यो चाड पर्दथ्यो (यूहन्ना ७:२ सँग तुलना गर्नुहोस्)। समर्पण-चाडलाई बत्तीहरूको चाड (Feast of Lights) पनि भनिन्थ्यो। आजकल यहूदीहरू यसलाई हनुक्का (Hanukkah) भन्छन् (यो एउटा यहूदी पर्व हो जसमा उनीहरू सिरियाको एन्टिओकसले यरूशलेमको मन्दिरलाई अपवित्र पारे पश्चात् यहूदीहरूले गरेको मन्दिरको पुनर्समर्पणको सम्झना गर्दछन् – इतिहासको त्यो अचम्मको अवधिको बारेमा बाइबलभन्दा बाहिरका १ र २ माकाबीज (1 and 2 Maccabees) भन्ने पुस्तकहरूले बताउँदछ)।

यहूदीहरू जब येशूको वरिपरि भेला भए, तिनीहरूले उहाँले यसको ठाडो जवाफ दिनलाई भनेः “तपाईं ________ (मसीह) हुनुहुन्छ भने हामीलाई सफासँग भनिदिनुहोस” (यूहन्ना १०:२४)। तिनीहरूलाई खास बताइनुपर्ने खाँचो थिएन बरु तिनीहरूले वि________ गर्नुपर्ने खाँचो थियो (यूहन्ना १०:२५)। येशूले आफ्ना कामहरूद्वारा, आफ्ना वचनहरूद्वारा उहाँ को हुनुहुन्छ भनेर अघिबाटै सफासँग बताइसक्नुभएको थियो (यूहन्ना १०:२५)। तर के तिनीहरूले विश्वास गरे (यूहन्ना १०:२६)? _____________। के तिनीहरू उहाँका भेडाहरू थिए त (यूहन्ना १०:२६)? ____________। प्रभु उनीहरूका गोठाला हुनुहुन्नथ्यो।

येशू तब आफ्ना साँचा भेडाहरू कस्ता हुन्छन् बयान गर्नुहुन्छ। उहाँका साँचा भेडाहरूमा कुन कुन गुणहरू हुन्छन् (यूहन्ना १०:२७)? (१) तिनीहरूले उहाँको सोर ________________ (२) तिनीहरूले उहाँलाई ________________ येशूका वचनहरू (बाइबल) लाई सुन्न कसैले अस्वीकार गर्छ भने, र यदि उसले येशूलाई पछ्याउँदैन भने के त्यो व्यक्ति साँचो भेडाले जस्तै व्यवहार गर्दै छ? ___________। आफ्नो साँचा भेडाहरूलाई येशूले के दिनुहुन्छ (यूहन्ना १०:२८)? ____________ _____________। अनन्त जीवन एउटा उपहार हो (रोमी ६:२३ र एफेसी २:८-९ लाई तुलना गर्नुहोस्)। ख्रीष्टका साँचा भेडाहरू कहिल्यै _________ हुनेछैनन्। यसको मतलब, तिनीहरू कहिल्यै हराउने छैनन्। तिनीहरूले कहिल्यै आफ्नो मुक्तिलाई गुमाउने छैन। असल गोठालाले आफ्ना भेडाहरूलाई सधैंभरी सुरक्षित राख्छन्। उनले आफ्ना भेडाहरूलाई अनन्तको खराबीदेखि सुरक्षा दिन्छन्। तिनीहरू सधैंभरी सुरक्षित रहनेछन् ।

यूहन्ना १०:२८ अनुसार साँचा विश्वासीहरू कसको हातमा छन् (याद राख्‍नुहोस्, यी वचनहरू बोल्ने येशू हुनुहुन्छ)? ____________। तिनीहरूलाई उहाँको हातबाट कसैले खोसेर लान सक्छ (यूहन्ना १०:२८)? ____________। यूहन्ना १०:२९ अनुसार साँचा विश्वासीहरू कसका हातमा छन्? ___________। के उहाँको हातबाट कसैले तिनीहरूलाई खोसेर लैजान सक्छ र? ____________। यदि तपाईं एक साँचो विश्वासी हुनुहुन्छ भने के तपाईं असल हातहरूमा हुनुहुन्छ? ________। के तपाईं यी हातहरूमा सुरक्षित हुनुहुन्छ? _______। के परमेश्वरका हातहरूले तपाईंलाई छाड्नेछन्? _____________। के परमेश्वरले उहाँका हातहरूबाट तपाईंलाई खसेर नाश हुन दिनुहुनेछ? __________________ (द्रष्टब्यः शिक्षकले एउटा सिक्का प्रयोग गरेर यूहन्ना १०:२८-३० लाई सिकाउन सक्छन्। सिक्काले एउटा विश्वासीको चित्रण दिँदछ। यूहन्ना १०:२८ लाई चित्रण गर्न एक हातमा सिक्कालाई बलियो गरी समात्नुहोस् (तपाईं ख्रीष्टको हातमा हुनुहुन्छ!)। यूहन्ना १०:२९ देखाउनलाई यही सिक्का अब अर्को हातमा समात्नुहोस् (तपाईं पिताको हातमा हुनुहुन्छ!)। त्यसपछि यूहन्ना १०:३० लाई देखाउनलाई दुईटै हातले सिक्का बलियोसँग समात्‍नुहोस् (तपाईं दुवै पिताको र पुत्रको हातमा हुनुहुन्छ!)।

परमेश्वर “पिता र म एक हुँ” भन्ने गोठालाको दाबी

यूहन्ना १०:३० मा येशूले यस्तो अचम्मको दाबी गर्नुभयो: “म र मेरा पिता ______ हौं।” कुनै सामान्य व्यक्तिले यसो कहिल्यै भन्न मिल्दैन। कुनै सामान्य व्यक्तिले “परमेश्वर र म एक हौं” भन्न सक्दैन। तर येशूले भन्न सक्नुभयो किनभने उहाँ एक असाधारण मानिस हुनुहुन्थ्यो। उहाँ परमेश्वर-मानिस हुनुहुन्थ्यो (सिद्ध ईश्वर र सिद्ध मानिस)। उहाँले मात्रै आफू परमेश्वरसित एक छु भन्ने दाबी गर्न सक्नुहुन्थ्यो।

प्रभुका शत्रुहरूले येशूको भनाइको तात्पर्य राम्ररी नै बुझे (यूहन्ना १०:३१) र तिनीहरूले येशूलाई के गर्न खोजे? ____________________________। तिनीहरूले उहाँलाई मार्न खोजे। एउटा मानिसले आफू परमेश्वरसित एक छु भनी दाबी गर्नु ठूलो ईश्वर निन्दा (blasphemy) हो भनेर तिनीहरूले ठाने। येशूले आफूलाई परमेश्वरसँग बराबरी तुल्याउनुभएको हो भनी तिनीहरूले बुझे (यूहन्ना ५:१८ सँग तुलना गर्नुहोस्)। तर येशू ईश्वर निन्दाको दोषी हुनुहुन्थेन किनभने उहाँले जे भन्नुभयो त्यो साँचो थियो

येशूले यी यहूदीहरूलाई “कुन कामका निम्ति तिमीहरू मलाई ढुंगाले हान्छौ” भनेर सोध्नुभयो (यूहन्ना १०:३२)। येशूले गर्नुभएका सबै कामहरू ________ कामहरू थिए (यूहन्ना १०:३२) र असल गर्दागर्दै कसैलाई मार्न त उचित होइन! आफ्नो जीवन भरीमा येशूले एउटै पनि “खराब” काम गर्नुभएन। यहूदीहरूले येशूलाई ____________का ________का निम्ति ढुंगाले हान्न चाहन्थे थिए (यूहन्ना १०:३३), “एउटा _________ भएर तिमीले आफुलाई ______________ तुल्याएका हुनाले” (यूहन्ना १०:३३)। जब येशूले “म र मेरा पिता एक हौं” भनी भन्नुभयो, उहाँले आफू परमेश्वर हुँ भनेर दाबी गर्दै हुनुहुन्थ्यो – यो कुरा यी यहूदीहरूले प्रस्टै बुझे! मानिसहरूलाई आफू परमेश्वर हुँ भनी विश्वास दिलाउन खोज्नु येशूको भयंकर ठूलो पाप हो भनी यहूदीहरू ठान्दथे।

टिप्पणी: येशूले यूहन्ना १०:३४-३६ मा दिनुभएको तर्क बुझ्नलाई अलिक कठिन छ। यसलाई यसरी ब्याख्या गर्न सकिन्छ: येशूले भन्नुभएको पहिलो कुरा हो पुरानो नियममा मानिसहरूलाई “ईश्वरहरू” भनिएको छ (यूहन्ना १०:३४-३५)। येशूले उद्धृत गरिरहनुभएको खण्ड भजनसङ्ग्रह ८२:६ हो जहाँ पापपूर्ण, न्यायकर्ता (न्यायधीश) हरूलाई “ईश्वरहरू” भनिएको छ। न्यायकर्ताको बडो गहन जिम्मेवारी हुन्छ। राम्रोसँग न्याय गर्नलाई तिनीहरू परमेश्वरको अघि जिम्मेवार हुन्छन्। तिनीहरूका आफ्नै दाजुभाईहरू (मानिसहरू) को न्याय गर्दा परमेश्वर उसको ठाउँमा हुनुभएको भए कसरी न्याय गर्नुहुनेथ्यो भनेर परमेश्वरले झैं न्याय गर्नुपर्थ्यो। त्यसैकारण एकदम वास्तविक रूपमा यी न्यायकर्ताहरूले परमेश्वरको स्थान लिइरहेका र परमेश्वरले तिनीहरूलाई दिनुभएको काम गरिरहेका थिए। त्यसैकारणले यस अर्थमा तिनीहरूलाई “ईश्वरहरू” भनिएको थियो। यी न्यायकर्ताहरूले परमेश्वरको तर्फ बाट काम गर्नु पर्थ्यो।

येशूले यूहन्ना १०:३५-३६ मा दोस्रो तर्क गर्नुहुन्छ। उहाँ मानौं यसो भन्दै हुनुहुन्थ्यो: “यदि पवित्र शास्त्रले पापी मानिसहरूलाई त “ईश्वरहरू” को संज्ञा दिन्छ भने (अनि पवित्र शास्त्र भङ्ग हुन सक्दैन), तब कसरी मैले आफैलाई “परमेश्वर” भन्नु गलत हुन्छ? मानिसहरूलाई भजनसङ्ग्रह ८२:६ मा “ईश्वरहरू” भनिएको छ भने तब कसरी परमेश्वरका पुत्रले आफैलाई “परमेश्वर” भन्दा यो ईश्वर निन्दा ठहरिन्छ?” येशूले आफ्नो बारेमा यूहन्ना १०:३६ मा के भन्नुभएको छ, हेर्नुहोस्:

  1. परमेश्वर पिताले पवित्र पार्नु भएको (विशेष रीतिले अलग गरिएको) व्यक्ति उहाँ नै हुनुहुन्छ। येशू ख्रीष्ट अद्वित्तीय हुनुहुन्छ। उहाँ जस्तो केही छैन!
  2. परमेश्वरले संसारमा पठाउनुभएको व्यक्ति उहाँ नै हुनुहुन्छ। उहाँ परमेश्वरबाट आउनुभयो!
  3. उहाँले आफू ____________को ______ हुँ भन्ने दाबी गर्नुभयो (यूहन्ना १०:३६)। अनि यहूदीहरू जान्दथे, आफुलाई परमेश्वरको पुत्र हुँ भन्नुचाहीँ आफूलाई परमेश्वरसँग ____________ तुल्याउनु हो (यूहन्ना ५:१८)।

यहूदीहरूले सोझो र सफा उत्तर मागेका थिए (यूहन्ना १०:२४) र येशूले ठीक त्यस्तै जवाफ दिनुभयो!

प्रभुका शत्रुहरूले उहाँका वचन (उहाँले भन्नुभएका कुरा) हरूमा विश्वास गर्न चाहेनन् अनि तिनीहरूले उहाँका कामहरूमा (उहाँले जे गर्नुभएको थियो त्यसमा) पनि विश्वास गर्न चाहेनन् – यूहन्ना १०:३८ पढ्नुहोस्। येशूले तिनीहरूलाई बताइरहनुभएको कुरा तिनीहरूले रुचाएनन् र फेरि तिनीहरूले उहाँलाई पक्रन खोजे। के तिनीहरूले पक्रन सके (यूहन्ना १०:३९)? ______________। तर सबैजनाले नै उहाँका वचनहरू र कामहरूलाई इन्कार गरेका थिएनन्। हामीलाई बताइएको छ, “अनि त्यहाँ धेरैले उहाँमाथि ____________।” (यूहन्ना १०:४२)।

के तपाईं येशू ख्रीष्टमा साँचो विश्वास गर्ने व्यक्ति हुनुहुन्छ? के तपाईं उहाँका भेडाहरू मध्येका एक हुनुहुन्छ? के तपाईं उहाँको हातमा सुरक्षित हुनुहुन्छ? के तपाईं धेरै वर्ष पहिले दाऊदले भनेझैं यसो भन्न सक्नुहुन्छ, “परमप्रभु _________ गोठाला हुनुहुन्छ” (भजनसङ्ग्रह २३:१)?

* * * * * * * * * * *

केही प्रश्‍नहरू:

अब हामीले यूहन्नाको सुसमाचारको पुस्तकका अघिल्ला १० अध्यायहरू अध्ययन गरेर सक्यौं। तपाईंले यहासम्म सिक्नुभएको आधारमा, निम्न प्रश्‍नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छः

  1. येशू ख्रीष्ट को हुनुहुन्छ?

  2. उहाँले गर्नुभएका केही अचम्मलाग्दा दाबीहरू के के हुन्?

  3. उहाँले गर्नुभएका केही उल्लेखनीय आश्चर्यकर्महरू के के हुन्?

  4. मानिस कसरी नयाँ गरी जन्मन्छ?

  5. मानिसले कसरी अनन्त जीवनको दान पाउनसक्छ?

  6. एकपटक अनन्त जीवनको दान पाएपछि के त्यो गुमाइन सम्भव छ?

  7. अघिल्ला १० अध्यायहरूमा हामीले अध्ययन गरेका केही महान “म हुँ” पदहरू कुन कुन हुन्?

परमेश्वरको सहायताले अब हामी यस सुसमाचारका अरू ११ अध्यायहरू अध्ययन गर्न तयार भएका छौं। आउनुहोस्, हामी ध्यान दिँदैप्रार्थना गर्दै अघि बढौं।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

संसारको ज्योति

Study Series

संसारको ज्योति

येशू ख्रीष्ट “संसारको __________” हुनुहुन्छ (यूहन्ना ८:१२)। यूहन्ना ३:१९-२१ मा हामीले हेरिहाल्यौं, त्यहाँ कति मानिसहरू छन् जो ज्योतिलाई घृणा गछर्न् अनि कति छन् जो ज्योतिकहाँ आउँछन्। त्यहाँ कोहीकोही “अन्धकारमा हिँड्ने” हरू पनि छन् (यूहन्ना ८:१२)। जब हामी यूहन्ना ८ र ९ अध्याय पढ्न थाल्छौं तब हामीले ज्योतिका सन्तान अनि अन्धकारका सन्तानका बारेमा अझ बढी थाहा पाउनेछौं (एफिसी ५:८ र १ थिस्सलोनिकी ५:४-५ बीच तुलना गर्नुहोस् )।

यूहन्ना ८ र ९ अध्यायको रूपरेखा

 

  1. यहूदीहरू दोषी स्त्रीलाई अभियोग लगाउँछन् (यूहन्ना ८:१-११)
  2. दोषी (यूहन्ना ८:१)
  3. दोषीहरू (यूहन्ना ८:६-११)
  4. येशूको शिक्षाले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:१२-५९)
  5. आफू संसारको ज्योति हुँ भन्ने उहाँको दावीले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:१२-२०)
  6. तिनीहरू पापमा मर्नेछन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:२१-२९)
  7. तिनीहरू दास हुन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:३०-३६)
  8. तिनीहरूका पिताले हुन् भन्ने उहाँको भनाइले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:३६-४८)
  9. आफू अब्राहामभन्दा महान् हुँ भन्ने उहाँको दावीले यहूदीहरू रिसाउँछन् (यूहन्ना ८:४८-५९)
  10. एकजना अन्धा निको पारिन्छ (यूहन्ना ९:१- ४१)
  11. चङ्गाइको आश्चर्यकर्म (यूहन्ना ९:१-७)
  12. निको पारिएको व्यक्तिको गवाही (यूहन्ना ९:८-३४)
  13. आत्मिक दृष्टिको खाँचो (यूहन्ना ९:३५-४१)

एउटी दोषी

एक दिन येशू मन्दिरमा शिक्षा दिँदै गर्नुहुँदा यहूदी अगुवाहरूले एउटी ______________मा पक्राउ परेकी स्त्रीलाई उहाँकहाँ ल्याए (यूहन्ना ८:३)। यसको मतलब उनले आफ्ना पति बाहेक अन्य पुरुषसँग यौन सम्बन्ध राखेकी थिइन्। उक्त स्त्री व्यभिचारको पापको दोषी छिन् भन्ने ती यहूदीहरूको आरोप शंकाको आधारमा थियो कि पक्का प्रमाणको आधारमा थियो (यूहन्ना ८:४)? ______________________। के त्यस स्त्रीले दस आज्ञा मध्ये एउटा आज्ञालाई भङ्ग गरेकी थिइन् (प्रस्थान २०:१२-१६? _____________। मोशाको व्यवस्थानुसार व्यभिचारीलाई के गरिनुपर्थ्यो (यूहन्ना ८:५,लेवी २०:१०, व्यवस्था २२:२२,२४)? ___________________________________ ______________। व्यवस्था भङ्ग गर्ने दोषीहरू मृत्युदण्डको लायक हुन्छन्।

ती यहूदीहरू येशूलाई पासोमा पार्ने दाउ गर्दै थिए (यूहन्ना ८:६)। तिनीहरू उहाँलाई पतन गराउन चाहन्थे। तिनीहरू उहाँलाई फुत्कन नसकिने पासोमा पार्न चाहन्थे। उनीहरूले थापेको पासो यस्तो थियो: एकातिर, “यो स्त्रीलाई ढुङ्गाले हानेर मार्नुहुन्न” भनी यदि येशूले भन्नुभयो भने उहाँ मोशाको व्यवस्थाको विरुद्धमा जानुभएको ठहरिने भयो। अर्कोतिर, “हुन्छ, यसलाई ढुङ्गाले मार्नुपर्छ” भनी यदि येशूले भन्नुभयो भने उहाँ सर्वसाधारण मानिसहरूको साहनुभूति गुमाउनुहुने भयो किनभने उहाँ पापीहरूका मित्रको रूपमा लोकप्रिय हुनुहुन्थ्यो (मत्ती ११:१९ सँग दाँज्नुहोस्)। टिप्पणी: साथै, रोमको विपरित जाने नीतिलाई प्रोत्साहन दिएको भनेर पनि उहाँलाई आरोप लगाउन सकिन्थ्यो किनभने मृत्यु दण्डको सजायँ रोमले मात्र दिन सक्थ्यो। यहूदीहरूले चाहेर पनि आफैले ख्रीष्टलाई मृत्युदण्ड दिन नसकेका कारण यही थियो। रोमले नै निर्णय दिनुपर्थ्यो (यूहन्ना १८:३१ मा हेर्नुहोस्)।

ख्रीष्टलाई बल्ल पक्र्यौं भनी ती यहूदीहरूले ठाने। तर तिनीहरू नै आफ्नो पासोमा परे!‍

धेरैजना दोषी

उहाँलाई दोष लगाउन उत्सुक ती यहूदीहरू येशूको जवाफ पर्खिरहेका थिए। उनीहरूलाई केही बेर पर्खाउनु भएपछि (यूहन्ना ८-६) येशूले आफ्नो जवाफ दिनुभयो। त्यस स्त्रीलाई ल्याउनेहरूलाई उहाँले के भन्नुभयो (यूहन्ना ८:७ मा हेर्नुहोस्)?

  1. “यिनलाई ढुङ्गाले हानेर मार्नुपर्छ”
  2. “यिनलाई ढुङ्गाले हानेर मार्नु हुँदैन”
  3. “यिनले मृत्युदण्ड लायकको कुनै अपराध नै गरेकी छैन”
  4. येशूले तिनीहरूलाई पहिलो ढुङ्गा हान्नेले हुनुपर्छ भनी बताउनुभयो

येशूको अनुसार पहिलो ढुङ्गा कसले हान्नुपर्छ (यूहन्ना ८:७)? _____________________ ______________________। पहिलो ढुङ्गा हानियो त (यूहन्ना ८:८-९)? _____________। के यिनीहरूमध्येकोही “पाप रहित” थिए? ______________। तिनीहरू सबै पापी थिए; यो तिनीहरू जान्दथे। पापी भएकाले तिनीहरू सबै मृत्युदण्डका योग्य थिए। येशूको जवाफले ती यहूदीहरू त्यस पापी स्त्रीको सट्टा आफैलाई जाँच्न बाध्य भए। मानिसहरू प्रायः अरुहरूको जीवनमा पाप देख्‍न सक्छन् तर आफ्नै जीवनमा भएको पाप भने देख्दैनन्। जसरी अर्काको गाडीको बत्ती (headlight) आफ्नो भन्दा तेजिलो देखिन्छ त्यस्तै आफ्नो भन्दा अर्काको पाप ठूलो देखिन्छ।

त्यस स्त्री व्यवस्था भङ्ग गर्ने स्त्री थिइन्, त्यो साँचो हो, तर उनलाई पक्रेर येशूकहाँ ल्याउनेहरू पनि व्यवस्था भङ्ग गर्नेहरू थिए। यूहन्ना ७:१९ मा येशूले यहूदीहरूलाई भन्नुभयो: “तिमीहरूमध्ये एउटाले पनि व्यवस्था __________ __________।” एकमात्र सिद्ध र धर्मी व्यक्तिले हुनुहुन्छ (यूहन्ना ७:१८)? ___________________।

रोमी ३:१० अनुसार विश्वमा कतिजना धर्मी मानिसहरू छन्? ____________________। असल गर्ने अनि पाप कहिल्यै नगर्नेहरू कतिजना छन् (रोमी ३:१२)? _____________________। परमेश्वरको दृष्टिमा कतिजना दोषी छन् (रोमी ३:१९)? ______________। के यी दोषी ठहरिनेहरू मृत्युदण्डका लायक छन् (रोमी १:३२)? __________। कतिजनाले पाप गरेका रहेछन् (रोमी ३:२३)? येशू ख्रीष्ट संसारमा किन आउनुभयो (१ तिमोथी १:१५)? _________________________________________ ____।

अभियोग लगाउनेहरू सबै गइसकेपछि, त्यस स्त्रीसँग येशू मात्र बाँकी रहनुभयो। के येशूले त्यस दोषी स्त्रीलाई दोषी ठहराउनुभयो (यूहन्ना ८:१० -११)? ___________________। येशू संसारमा किन आउनुभएको थियो? दोषी ठहराउनलाई कि मुक्ति दिनलाई (यूहन्ना ३:१७)? _________________। के येशूले त्यस स्त्रीलाई गएर अरू पाप गर भन्नुभयो (यूहन्ना ८:११)? _________________। बरु उहाँले यसो भन्नुभयो, “जाऊ र ________ पाप ________” (यूहन्ना ८:११)।

येशूका शिक्षाले गर्दा यहूदीहरू रिसाउँछन्

 

आफू संसारको ज्योति हुनुभएको येशूको दाबीले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८ अध्यायको कुन पदमा येशूले “म संसारको ज्योति हुँ” भन्नुभयो? _______ पद। यस पदमा येशूले संसारका मानिसलाई दुई समूहमा विभाजन गर्नुभएको पाउँछौं:

  1. अ ______________ हिँड्नेहरू
  2. येशूलाई पछ्याउनेहरू, जसले __________को __________ पाएका छन्।

येशूले “म संसारको ज्योति हुँ” भन्ने दावी गर्नुहुँदा के यहूदीहरूले विश्वास गरे (यूहन्ना ८:१३)? ______________। येशूले आफ्नो साक्षी आफै दिनुभयो (उहाँले आफैलाई औंल्याउनुभयो र उहाँ साँच्चैले हुनुहुन्छ भन्ने कुरा मानिसहरूलाई बताउनुभयो) तर अरु कसले उहाँको बारेमा साक्षी दिनुभयो (यूहन्ना ८:१९)? _____________________।

त्यसबेला उहाँलाई पक्रन चाहे तापनि के उहाँका शत्रुहरूले उहाँमाथि हात हाल्न सके (यूहन्ना ८:२०)? ______________। किन (यूहन्ना ८:२०)? _____________________ _____________। येशूले आफ्ना शत्रुहरूलाई उहाँमाथि हात लगाउन दिनुहुने समय आउँदै थियो तर अहिले त्यो समय थिएन ! यूहन्नाको सुसमाचारमा येशूले यूहन्ना ८:१२ मा जस्तै घरीघरी “म… हुँ” भन्नुभएको छ। यूहन्ना ६:३५ मा पनि “म… हुँ” भन्ने येशुको वचन हेरिसक्यौं। यूहन्नाको सुसमाचार पढ्दैजाँदा हामी अरु पनि यस्ता पदहरू भेट्टाउनेछौं (जस्तै, यूहन्ना १०:९, १०:११, ११:२५, २४:६, १५:१)। “म … हुँ” भन्ने शब्दहरूलाई यहूदीहरूले गम्भीररूपमा लिन्थे। पुरानो नियममा परमप्रभु (यहोवा) मोशाकहाँ विशेष प्रकारले प्रकट हुनुभएको थियो। परमप्रभुले आफूलाई कुन नामले चिनाउनुभयो (प्रस्थान ३:१३-१४)? _____________________। पुरानो नियमका परमेश्वर (यहोवा) महान् “म हुँ” भनी चिनिनुहुन्थ्यो ! यसले पछि यूहन्ना ८:५८ मा येशूले भन्नुभएका बचनहरू बुझ्न सहायता गर्नेछ।

तिनीहरू पापमा मर्नेछन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:२१ मा येशूले यूहन्ना ७:३३-३४ले ताजुबपूर्ण भनाइलाई फेरि दोहोर्‍याउनुहुन्छ। आफ्ना पितासँगै हुनलाई येशू स्वर्गमा फर्केर जाँदै हुनुहुन्थ्यो। उहाँले भन्नुभयो, “जहाँ म जान्छु ________ तिमीहरू आउन _____________” (यूहन्ना ८:२१)। स्वर्ग जानुको साटो “तिमीहरू आफ्ना ______________मा मर्नेछौ” भनी येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:२१)। मुक्ति नपाएको अवस्थामा, परमेश्वरको क्रोधमुनि रहेको बेलामा मर्नु भनेको अति भयानक र डरलाग्दो कुरा हो। पाप नै त्यो कुरा हो जसले मानिसलाई परमेश्वरदेखि अलग पार्छ (यशैया ५९:२), अनि जब मानिसहरू आफ्ना पापहरूमै मछर्न् तब तिनीहरू परमेश्वरदेखि सदाका निम्ति अलग पारिनेछन्।

“जहाँ म जान्छु त्यहाँ तिमीहरू आउन सक्दैनौ” भन्ने येशूको भनाइलाई यहूदीहरूले बुझेनन् (यूहन्ना ८:२२)। उहाँले आत्महत्या गर्ने कुरा गर्नु भएको होला भन्ने उनीहरूलाई लागेन (“के उसले आफैलाई मार्ला त?”) तरैपनि उहाँको भनाइलाई बुझेनन्। तिनीहरू अन्धकारमा थिए (यूहन्ना ८:१२ सँग दाँज्नुहोस्)। स्वर्ग सम्बन्धी येशूका वचनहरू उनीहरूले बुझेनन् किनभने तिनीहरू “त ___________” थिए (यूहन्ना ८:२३)। तिनीहरू शैतानको राज्यका थिए र यसरी तिनीहरू आत्मिक सत्यताप्रति अन्धा थिए (२कोरिन्थी ४:३-४)। “तिनीहरूले बुझे ______” (यूहन्ना ८:२७)।

अन्धाहरूका निम्ति आशा छ। आफ्ना पापहरूमा मरेकाहरूका निम्ति पनि आशा छ। तर यदि यी मानिसहरू एउटा काम गर्न इन्कार गर्छन् भने उनीहरूलाई कुनै आशा रहँदैन। आफ्ना पापहरूमा नमर्नलाई एक व्यक्तिले नगरी नहुने एउटै काम के हो (यूहन्ना ८:२४)? _________________________________________। येशूले भन्नुभयो, “तिमीहरूले म उही हुँ भनी विश्वास गरेनौ भने।” एक व्यक्तिले येशू नै महान् म हुँ हुनुहुन्छ भनेर विश्वास गर्नै पर्छ (प्रस्थान ३:१४ सँग तुलना गर्नुहोस्)। टिप्पणी: हाम्रो नेपाली अनुवादमा यूहन्ना ८:२४ पदमा “म उही हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने” लेखिएको छ। तरैपनि “उही” भन्ने शब्द ग्रीक टेक्स्टको मूललेखमा छैन। त्यसैले यसलाई अक्षरशः अनुवाद गर्दा यसरी लेखिन्छ: “म हुँ भनी तिमीहरूले विश्वास गरेनौ भने”। यूहन्ना ८:२८ (“म उही रहेछु”) मा पनि यही कुरा लागु हुन्छ।

येशू ख्रीष्टको बारेमा एक व्यक्तिले के विश्वास गर्दछ, त्यो महत्त्वपूर्ण छ। तपाईं येशू ख्रीष्ट वास्तवमाले हुनुहुन्छ भनेर विश्वास गर्नुहुन्छ? यो प्रश्‍न यति महत्त्वपूर्ण छ कि यसैले तपाईंको जीवनमा स्वर्ग र नरकको फरक पर्नेछ।

  1. “विश्वास नगर्ने” हरूलाई के हुनेछ (यूहन्ना ८:२४)? __________ ___________________________________।
  2. “विश्वास” गर्नेहरूलाई के हुनेछ (प्रेरित १०:४३)? __________ ____________________________________।

तिनीहरू दास हुन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:३ मा धेरै यहूदीहरूले उहाँमाथि __________ गरे भनी बताइएको छ। विश्वास गर्नेहरूको यस नयाँ झुण्डलाई देखेर के येशू उत्तेजित हुनुभयो? “अति बेस भयो! मलाई पछ्याउनेहरू नयाँहरू कति बढेका छन्!” के येशूले यसरी कुरा गर्नुभयो? अहँ, येशूले यी विश्वास गर्नेहरूलाई तुरुन्तै स्वागत गर्नुभएन। बरु उहाँले उहाँको साँचो चेला बन्न के कुराको खाँचो छ भनेर राम्रोसँग बताइदिनु भयो ! “तिमीहरू मेरा वचनमा ____________ भने तिमीहरू साँच्चै मेरा __________ हौ” (यूहन्ना ८:३१)। साँचो चेलाहरू ती हुन् जो येशूका वचनमा लागिरहन्छन्। यिनीहरूले नै सत्य जान्नेछन् र यिनीहरू नै स्वतन्त्र पारिनेछन् (यूहन्ना ८:३२)।

थोरै समयका निम्ति विश्वास गर्नेहरू पनि हुन्छन्। लूका ८:१३ मा यस्ता मानिसरूको उल्लेख छ। के यी मानिसहरूले वचनलाई आनन्दपूर्वक ग्रहण गर्छन्? ___________। के तिनीहरूले विश्वास गर्छन्? __________। तर तिनीहरूले _________ ___________का निम्ति विश्वास गर्छन् अनि पछि अप्ठेरो परिस्थितिहरू आइपर्दा तिनीहरू ________ _____________। तिनीहरूको विश्वास लागिरहने खालको विश्वास थिएन। परमेश्वर मानिसहरू विश्वासमा ______________ चाहनुहुन्छ (कलस्सी १:२३ मा हेर्नुहोस्) र यशू ख्रीष्टलाई अन्तसम्म भरोसा गरिरहेको चाहनुहुन्छ (हिब्रू ३:६,१४)। क्षणिक विश्वासको काम छैन! परमेश्वर दिगो विश्वास खोज्नुहुन्छ।

येशूले स्वतन्त्रताको कुरा गर्नुहुँदा यहूदीहरूको विचारमा आफूहरू स्वतन्त्र नै छौं भन्ने थियो (यूहन्ना ८:३२-३३)। तिनीहरू ताजुब माने, “हामी स्वतन्त्र नै छौं भने हामी किन स्वतन्त्र पारिनु खाँचो छ र? निश्चय हामी कसैका दास होइनौं!”

यी मानिसहरू अन्धकारमा थिए भन्ने कुरा यसले पनि देखाउँछ। तिनीहरूले आफ्नो डरलाग्दो दासत्व र बन्धनलाई बुझ्न सकेनन्: “जसले _______ गर्छ त्यो ________को दास हो (यूहन्ना ८:३४)। पापको बन्धनबाट मानिसलाई स्वतन्त्र गराउने एकमात्र व्यक्तिले हुनुहुन्छ (यूहन्ना ८:३६)? __________।

संसारका सबै मानिसहरू दास हुन्। हरेक नै कि त ऊ पापको दास हो कि भने येशू ख्रीष्टको दास हो। एक व्यक्तिले मुक्ति पाउनु अघि ऊ ________को दास हुन्छ (रोमी ६:१७)। उसले मुक्ति पाएपछि ऊ पापबाट छुटकारा पाउँछ र अब ऊ _____________को दास बन्दछ (रोमी ६:२२)। तपाईं कुन मालिकको सेवा गर्नुहुन्छ? तपाईं पापको, स्वार्थको र शैतानको सेवा गर्नुहुन्छ कि मुक्तिदाताको? साँचो रुपले स्वतन्त्र व्यक्ति त्यो हो जो पापबाट स्वतन्त्र भएको छ र मुक्तिदताको सेवा गर्न स्वतन्त्र छ।

तिनीहरूका पिता को हुन् भन्ने उहाँको भनाइले गर्दा यहूदीहरू रिसाउँछन्

“अब्राहाम हाम्रा पिता हुन्” भन्दै यहूदीहरू खुबै घमण्ड गर्थे (यूहन्ना ८:३३)। अब्राहाम यहूदीहरूका पुर्खा थिए र आफूहरू शरीरअनुसार उनकै वंशबाट आएका हौं भनी उनीहरू जान्दथे। येशू पनि यो जान्नुहुन्थ्यो: “म जान्दछु तिमीहरू ____________ सन्तान हौ” (यूहन्ना ८:३७)। तिनीहरू अब्राहामका शारीरिक सन्तानहरू हुन् भन्ने येशू जान्नुहुन्थ्यो तर उहाँ यो पनि जान्नुहुन्थ्यो, तिनीहरू अब्राहामका आत्मिक सन्तानहरू होइनन्

एउटा भनाइ छ, “जस्तो बुबा उस्तै छोरा”। यसको मतलब, छोरा बुबाजस्तै हुन्छ। यी यहूदीहरू हाम्रा पिता अब्राहाम हुन् भन्ने दावी गर्थे तर तिनीहरूको व्यवहार अब्राहामको जस्तो थिएन। येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अब्राहामका ____________ हुँदा हौ ता अब्राहामकै कामहरू गर्नेथियौ” (यूहन्ना ८:३९)।

यहूदीहरूले चाहिँ कस्तो किसिमको व्यवहार गरे (यूहन्ना ८:४०)? ____________ ______________________। के अब्राहामले कहिल्यै त्यस्तो व्यवहार गरे (यूहन्ना ८:४०)? ___________। उत्पति १८ मा तीन जना मानिसहरू अब्राहामलाई भेट्न आएको कुराको उल्लेख छ (तिनीहरूमध्ये एकजना चाहिँ प्रभु येशू ख्रीष्ट आफ्नो पूर्व-देहदारी रूप (pre-incarnate form) मा हुनुहुन्थ्यो अनि दुई जनाचाहिँ स्वर्गदूतहरू थिए)। यी विशेष पाहुनाहरूलाई अब्राहामले कस्तो व्यवहार गरे? तिनले उनीहरूलाई मार्न खोजे कि सत्कार गरे (उत्पति १८:१-८ )? ________________________।

यी विश्वासी नगर्ने यहूदीहरूलाई येशूले भन्नुभयो, “तिमीहरू आफ्ना _________का कामहरू गर्दछौ” (यूहन्ना ८:४१)। यहूदीहरू ____________ उनीहरूका पिता हुन् भन्ठान्थे (यूहन्ना ८:४१)। तर परमेश्वर तिनीहरूका पिता हुनुभएको भए तिनीहरूले के गर्नेथिए भनेर येशूले तिनीहरूलाई भन्नुभयो (यूहन्ना ८:४२)? तिनीहरूले __________________ _______________________। तिनीहरूका खास आत्मिक पिताले थिए (यूहन्ना ८:४४)? ______________। संसारका मानिसहरू दुई समूहमा विभाजित छन् भनी परमेश्वरको वचनले बताउँछः (१) _________________का सन्तान (२) ________________का सन्तान (१ यूहन्ना ३:१०)।

यूहन्ना ८:४४ मा शैतानको बारेमा कुन दुइटा कुराहरू उल्लेख छन्? _________________________________________ _____________। यी यहूदीहरू कुन हिसाबमा आफ्ना आत्मिक पिता जस्तै थिए? ___________________________________ _________________________।

यी यहूदीहरूको सबभन्दा ठूलो समस्या नै अविश्वासको समस्या थियो (यूहन्ना ८:२४,४५,४६ मा हेर्नुहोस्)। तिनीहरू र अब्राहाम बीचको अर्को ठूलो भिन्नता यो थियो। बाइबलले बताउँछ “अब्राहामले परमप्रभुमाथि _____________ गरे” (उत्पति १५:६) तर यी यहूदीहरूले चाहिँ गरेनन्। बरु तिनीहरूले शैतानको झूटलाई विश्वास गरे।

यूहन्ना ८:४६ मा येशूले आफ्ना शत्रुहरूलाई ठूलो चुनौती दिनुभयो: “तिमीहरूमध्ये कसले मलाई पापको विषयमा दोषी ठहराउँछ?” अर्को शब्दमा भन्ने हो भने, तिमीहरूमध्ये कसले ममा पाप देखाउन सक्छ?” यो यस्तो काम थियो जुन उहाँको कुनै पनि शत्रुहरूले गर्न सकेनन्। येशूले आफ्ना शत्रुहरूलाई पापको दोषी ठहराउन सक्नुहुन्थ्यो (यूहन्ना ८:७-९) तर तिनीहरूले उहाँलाई पापको दोषी ठहराउन सकेनन्। उहाँले एउटा सिद्ध जीवन जिउनुभयो र उहाँ आफै भन्नुहुन्छ, “किनकि उहाँलाई (पितालाई) __________ कुराहुरू म _______ गर्दछु” (यूहन्ना ८:२९)।

संसारकै एकमात्र पापरहित मानिस यी यहूदीहरूका सामु उभिनुभयो र तिनीहरूसित सत्य बोल्नुभयो तर के तिनीहरूले विश्वास गरे (यूहन्ना ८:४६)? ____________। परमेश्वर साँच्चै नै तिनीहरूका पिता हुनुभएको भए भने ता तब तिनीहरूले ______________का __________हरू सुन्नेथिए (यूहन्ना ८:४६) तर परमेश्वर तिनीहरूका पिता नहुनुभएकोले तिनीहरूले न ता सुने न ता विश्वास गरे।

यदि कसैले येशू ख्रीष्टलाई प्रेम गर्दैन भने (यूहन्ना ८:४२) अनि परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने (यूहन्ना ८:४७), ऊ परमेश्वरको सन्तान होइन। के तपाईं परमेश्वरको सन्तान हुनुहुन्छ? एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _________________________________________ ____________________।

आफू अब्राहामभन्दा महान् हुनुभएको येशूको दाबीले गर्दा यहूदीहरू रिसाउँछन्

यूहन्ना ८:४८ मा यहूदीहरूले येशूलाई खराब बोली प्रयोग गरेर आक्रमण गेर। तिनीहरूले उहाँलाई दुइटा अति निन्दापूर्ण शब्दहरू बोले (१) तिनीहरूले उहाँलाई सा __________ भने। यहूदीहरू सामरीहरूलाई घृणा गर्थे र कसैलाई यो शब्दले बोलाउनु भनेको उसलाई एकदमै होच्याएर बोलाउनु थियो। यहूदीका लागि “तँ सामरी होस्” भन्नु जस्तै कुवचन अर्को हुँदैनथ्यो। (२) तिनीहरूले उहाँसँग दुष्टआत्मा छ भने। तिनीहरूले उहाँलाई दुष्टआत्मा लागेको मान्छे भनेर आरोप लगाए। के यो साँचो थियो (यूहन्ना ८:४९)? ___________। के तपाईंलाई कहिल्यै मानिसहरूले अपशब्द प्रयोग गरेर वा होच्याउने कुराहरू बोलेर वा निर्दयी शब्दहरू प्रयोग गरेर तपाईंको अपमान गरेका छन्? याद राख्‍नुहोस्, येशू ख्रीष्टले यही कुरा भोग्नुभएको थियो! हाम्रा दुःख-कष्टहरू उहाँ बुझ्नुहुन्छ (हिब्रू ४:१५-१६)।

यूहन्ना ८:५१ मा यहूदीहरूलाई ताजुब पार्ने अर्को कुरा येशूले गर्नुभयो: “कसैले मेरो वचन पालन गर्छ भने (कसैले मैले भनेको मान्छ भने) उसले कहिल्यै __________ देख्‍नेछैन।” कसैले येशू ख्रीष्टले जे भन्नुहुन्छ त्यही मान्छ भने ऊ कहिल्यै मर्नेछैन (यूहन्ना ११:२६ सँग दाँज्नुहोस्)। यो कसरी हुनसक्छ? मृत्यु भनेको अलग हुनु हो। जब एउटा मुक्ति नपाएको मान्छे मर्छ, ऊ आफ्ना पापका कारण परमेश्वरबाट अलग पारिनेछ। येशूले यसो भन्दै हुनुहुन्थ्यो, एकजना विश्वासी परमेश्वरबाट कहिल्यै अलग पारिनेछैन। विश्वासीसँग अनन्त जीवन हुन्छ र यस जीवन कहिल्यै खोसिनेछैन।

फेरि पनि येशूको भनाइको तात्पर्य यहूदीहरूले बुझेनन् (यूहन्ना ८:५२)। अब्राहाम र भविष्यवक्तहरू (यशैया, यर्मिया, दानियल आदि) मरिसके भनी उनीहरू जान्दथे। “यी सबै महान् व्यक्तिहरू मरे भने येशूचाहिँ कहिल्यै नमर्ने व्यक्तिको कुरा गरिरहेका छन्। के यिनले अब्राबाम र सबै अगमवक्ताहरू भन्दा पनि आफूलाई ठूलो बनाउँदै छन् (यूहन्ना ८:५३ सँग दाँज्नुहोस्– “के तिमी हाम्रा पिता अब्राहाम भन्दा __________ हौ?”।

तिनीहरूले राम्रो प्रश्‍न सोधे र येशूले तिनीहरूलाई उहाँ साँच्ची नै अब्राहामभन्दा ठूला हुनुहुन्छ भनेर देखाउन चाहनुहुन्थ्यो। येशूले भन्नुभयो, “तिमीहरूका पिता अब्राहाम मेरो दिन देख्‍ने आशामा हर्षित थिए, अनि उनले देखे र आनन्दित भए” (यूहन्ना ८:५६)। यस भनाइले यहूदीहरू झस्किए। कस्तो कुरा सुन्नुपरेको होला भनी तिनीहरू आफ्ना कानलाई विश्वास गर्नै सकेनन्। तिनीहरूले सोचे, “के साँच्चै नै येशूले आफूले अब्राहामलाई देखेको हुँ भनिरहेका हुन्?” (यूहन्ना ८:५७)। अब्राहाम ख्रीष्ट यस संसारमा आउनुभन्दा २००० बर्ष अघि जिउने मानिस थिए। येशूले यी कुराहरू बोल्नुहुँदा उहाँ त्यस्तै ३३ बर्ष जतिको हुनुहुँदो हो। यहूदीहरूले ठीकै भनेका थिए जब तिनीहरूले उहाँलाई “तिमी अझै ________ बर्ष पुगेका छैनौ” भनी भने (यूहन्ना ८:५७)। तर येशूको जीवन उहाँ बेतलेहेममा जन्मनुभए पछि मात्र शुरु भएको होइन भन्ने कुरा तिनीहरूले बुझ्न खाँचो थियो। त्यसबेला उहाँ मानिस बन्नुभएको हो तर परमेश्वरको रूपमा उहाँ बेतलेहेमको जन्मभन्दा धेरै अघिदेखि नै हुनुहुन्थ्यो। मानिसको रूपमा उहाँ ३३ बर्षका मात्रै हुनुहुन्थ्यो, तर परमेश्वरको रूपमा चाहिँ उहाँ अनन्त हुनुहुन्छ जसको शुरुआत नै छैन। उहाँ परमेश्वरको अनन्त पुत्र हुनुहुन्थ्यो।

कोही तपाईंकहाँ आएर आफू २००० बर्षभन्दा अघिको व्यक्ति भएको दावी गरे भने तपाईं के गर्नुहुन्छ? तपाईंले पक्कै सोच्नुहुनेछ, यो मान्छे कि ठट्टा गर्दै छ कि त पागल भएको छ ! तरैपनि ठीक यस्तै दावी येशूले गर्नुभयो: “अब्राहाम हुनभन्दा पहिले ___________” (यूहन्ना ८:५८)। उहाँले “आदम हुनुभन्दा पहिले म हुँ” वा “संसार हुनुभन्दा पहिले म हुँ” भन्न पनि मिल्थ्यो (यूहन्ना १७:५,२४ सित दाँज्नुहोस्)। उहाँ अनन्तका महान् परमेश्वर हुनुहुन्छ ! उहाँ महान् “म हुँ” हुनुहुन्छ (प्रस्थान ३:१४)।

यस उल्लेखनीय दाबीलाई सुन्दा यहूदीहरूलाई कस्तो लाग्यो (यूहन्ना ८:५९)? ____________________________________। के तिनीहरूले जे गर्न चाहेका थिए सो गर्न सके (यूहन्ना ८:५९ र लुका ४:२८-३० बीच तुलना गर्नुहोस्)? _____________। के तपाईंले यही अनन्त परमेश्वरमाथि अफ्नो विश्वास र भरोसा राख्‍नुभएको छ? जसले यसो गरेका छैनन् तिनीहरू समस्यामा पर्नेछन् (यूहन्ना ८:२४)।

एकजना अन्धाको चङ्गाइ

कहिलेदेखि यस मानिस अन्धा थिए (यूहन्ना ९:१)? _________________। यूहन्ना ९:२-३ पढ्नुहोस्। यस मानिस के कारणले अन्धा भएका थिए? के उनी आफ्ना बाबुआमाको कारण अनधा भएका थिए? ____________। कि उनको आफ्नै कारण? ______________। यस मानिस जन्मैदेखि अन्धा हुनुमा परमेश्वरको अचम्मको योजना थियो (यूहन्ना ९:३)। शायद तपाईंको पनि कुनै शारीरिक दुर्बलता वा दीर्घकालीन समस्या होलान्। शायद तपाईंको यस्तो समस्या जन्मैदेखि नै छ। यसको बारेमा गनगन गर्नु र यस्तो नभएको भए हुन्थ्यो भनेर दुःखित हुनुको सट्टा, तपाईंले यो कुरालाई सम्झनु आवश्यक छ, हरेक कुरामा परमेश्वरको उद्देश्य र योजना हुन्छ। उहाँ कहिल्यै गलती गर्नुहुन्न! आफ्ना समस्याका लागि अरूहरूलाई दोष दिनुको सट्टा, हामी परमेश्वरलाई धन्यबाद दिऔं जसले, हामी जोसुकै र जस्तोसुकै भए पनि, हाम्रो जीवनमा महान् कार्य गर्न सक्नुहुन्छ!

येशूले यस अन्धालाई जुन अचम्म प्रकारले निको पार्नु भयो त्यसको बयान यूहन्ना ९:६-७ मा पाइन्छ। यस आश्चर्यकर्म हप्‍ताको कुन बारमा भएको थियो (यूहन्ना ९:१४)? ___________________________।

चङ्गाइ गरिएको व्यक्तिको गवाही

यस मानिसका छिमेकीहरूले उक्त परिवर्तनलाई विश्वासै गर्न सकेनन् (यूहन्ना ९:८)। यस अन्धा माग्नेले अब देख्‍न सक्थे। यो त्यही मान्छे नै हुन् र भनेर कतिले छक्क पर्दै उसलाई नियालेर हेरे (यूहन्ना ९:९)। के यस अन्धाले भएका घटनाहरू यी मानिसहरूलाई दुरुस्तै बताए (यूहन्ना ९:१०-१२ )? ______________।‍ के उनले त्यही घटना विवरण फरिसीहरूलाई पनि सुनाए (यूहन्ना ९:१५)? ______________।

यस आश्चर्यकर्मले मानिसहरूमा फाटो ल्यायो (जसरी यूहन्ना ७ अध्यायमा पनि हामीले देख्यौं)। यूहन्ना ९:१६ मा पढ्नुहोस् र येशूका बारेमा दुई भिन्न मतहरूलाई हेर्नुहोस्:

  1. कतिले बिचार गरे, “त्यो मानिस ______________बाटको होइन किनभने त्यसले _______________ पालन गर्दैन।” विश्रामदिन सम्बन्धी यहूदीहरूको गलत धारणाका बारेमा प्रभु येशूलाई कस्तो लाग्थ्यो? मर्कूस ३:१-५ मा पढ्नुहोस्।
  2. अरूले भने “कसरी मानिसले _________ भएर यस्ता _______________ गर्न सक्छ र?”

तब तिनीहरू अन्धा मानिसतिर फर्केर उनलाई उनको विचार व्यक्त गर्न लगाए (यूहन्ना ९:१७)। उनको विश्वासमा येशू एक असल मानिस नै हुनुपर्छ भन्ने थियो: “उहाँ _______________ हुनुहुन्छ” (यूहन्ना ९:१७)।

तब यी विश्वास नगर्ने यहूदीहरूले यो आश्चर्यकर्म साँच्चै नै भएको हो कि होइन भनेर थाह पाउन यस मानिसका आमा-बुबालाई सोधपुछ गरे। तिनीहरूले के थाह पाए (यूहन्ना ९:१८-२१)? _________________________________________ ________________। कसैले येशू “ख्रीष्ट” वा “मसीह” नै हुन् भनी स्वीकार गरे भने उसलाई के गरिनेथियो (यूहन्ना ९:२२)? _________________________________________ __________।

यहूदीहरूले अन्धा मानिसलाई फेरि बोलाए र उनलाई उनीहरूकै मतमा ल्याउन खोजे: “परमेश्वरलाई महिमा दे! हामी जान्दछौं त्यो मान्छे __________ हो” (यूहन्ना ९:२४)। येशू पापी हुनुहुन्छ भन्ने तिनीहरूको धारणालाई यस अन्धा मानिसले समर्थन गरेको तिनीहरू चाहन्थे! तिनीहरूले यसो भन्नु पर्नेथ्यो, “पापी त हामीहरू हौं, येशूचाहिँ मुक्तिदाता हुनुहुन्छ।”

अन्धा मानिसको गवाही यूहन्ना ९:२५ मा पाइन्छ: “म __________ थिएँ, अब म ___________।” एकताका म अन्धा थिएँ, तर अब म देख्‍न सक्छु ! के यहूदीहरूले यस गवाहीलाई इन्कार गर्न सके? ____________। के तिनीहरूले यसका विरुद्वमा तर्क दिन सके? ____________। हामीले मानसहरूलाई येशू नै साँचो मुक्तिदाता हुनुहुन्छ भनेर विश्वस्त तुल्याउन कहिल्यै पनि तर्क गर्न आवश्यक छैन। हामीले गर्नु पर्ने एउटै कुरा छ — उनीहरूलाई एउटा बदलिएको जीवन देखाउनु! तिनीहरूले यसको विरोध गर्न सक्दैनन्।

एक दिन एकजना ख्रीष्ट-विरोधी खानी-मजदुरहरूको कुनै एउटा बस्तीमा भाषण दिन भनेर आएका थिए। आफ्नो भाषण दिएका साँझ, उनले त्यहाँ एकजनालाई एकाग्र भई सुनिरहेका देखे। खानीमा काम गर्दा लाउने खस्रो र मैलो कपडा तिनले त्यतिखेर समेत लगाइराखेकै थिए। अनि उनी असाधारण शारीरिक क्षमता भएका मानिस भएको तथ्य तिनको भिमकाय बनावट र तिनका प्रस्टै देखिने मांशपेशीहरूले देखाइरहेका थिए। अन्तमा ती ख्रीष्ट-विरोधीले यसो भन्दै आफ्नो सन्देशलाई टुङ्ग्याए, “म निश्चित छु, मैले तपाईं सबैलाई इसाई विश्वास एउटा किंवदन्ती मात्र हो भन्ने कुरा, साथै येशू ख्रीष्ट परमेश्वर होइनन् भन्ने कुरामा विश्वस्त तुल्याउन सफल भएको छु।” नास्तिकले आफ्नो कुरा सिद्ध्याउन नपाउँदै, ती खानी मजदुर बिस्तारै आफ्नो ठाउँमा उठेर खडा भए। “महाशय”, उनले भने, “म त एउटा मामुली मजदुर मात्र हुँ। म यो “किंवदन्ती” भन्ने हजुरको शब्दको अर्थ पनि जान्दिनँ, तर यी मानिसहरू सबैले मलाई राम्ररी चिन्छन्। तिनीहरू जान्दछन्, तीन बर्ष अघिसम्म म यस शहरको सबैभन्दा कठोर मान्छे थिएँ। मेरो घरको हालत ज्यादै दयनिय थियो। मैले मेरी पत्‍नी र बालबच्चाको कुनै वास्ता गर्दिनँथें। म मनपरी बोल्थें, पिउँथें, हिँड्थें। मेरो अगाडि उभिने जोकोहीले पनि मेरो मुक्का भेट्टाउन बेर लाग्दैनथ्यो। तर एक दिनको कुरा हो। एकजना मकहाँ आउनुभयो र बिचरा पापीहरूका लागि परमेश्वरको प्रेमको बारेमा मलाई बताउनुभयो। उहाँले मलाई म जस्तो हराएको बेइमानीका लागि ख्रीष्ट येशू कल्वरी क्रूसमा मर्नुभएको कुराको दृश्य प्रस्ट देखाइदिनुभयो। अनि मैलेचाहिँ हजुरले भर्खरै इन्कार गर्नुभएका कुराहरूलाई नै त्यसबेलादेखि विश्वास गरेको छु। यहाँ उपस्थित हुनुहुने सबैजनालाई थाहा नै छ। म शिरदेखि पैतलासम्मै बदलिएको एउटा नयाँ मान्छे बनेको छु।” एउटा बदलिएको जीवनसँग कसैले के तर्क गर्न सक्थ्यो र? नास्तिक ती खानी मजदुरका सामु नाजवाफ भए।

के त्यस अन्धा मानिसले येशू एक पापी हुनुहुन्छ भन्ने विचार गरेका थिए (यूहन्ना ९:३०-३२)? ______________। के यस अन्धाले येशू “परमेश्वरबाटका” हुनुहुन्छ भन्ने विश्वास गरेको थियो (यूहन्ना ९:३३)? ______________। यस अन्धा मानिस येशूको पक्ष लिएका हुनाले यहूदीहरूले उनलाई के गरे (यूहन्ना ९:३४; पद २२ सित तुलना गर्नुहोस्)? _______________।

आत्मिक दृष्टिको खाँचो

सभाघरबाट निकालिएको मानिसलाई कसले भेट्टाए (यूहन्ना ९:३५)? __________। यस मानिसलाई ता मानिसहरूले निकालिदिएका थिए, तर उसले जो येशूकहाँ आउँछ ऊ कहिल्यै अ ____________छैन भनेर थाह पाउनु खाँचो थियो (यूहन्ना ६:३६)। उहाँ भविष्यवक्ता मात्र नभएर अझ ठूला हुनुहुन्छ भन्ने कुरा यस मानिसले बुझ्न आवश्यक छ भनी येशू जान्नुहुन्थ्यो (१७ पदमा हेर्नुहोस्)। येशूले आफू ले हुँ भन्ने दावी गर्नुभयो (यूहन्ना ९:३५-३७)? _____________________। के अन्धा मानिसले यो विश्वास गरे (यूहन्ना ९:३८)? __________।

येशूले यूहन्ना ९:३९ मा भन्नुभएका वचनहरूलाई ध्यान दिएर हेर्नुहोस्। यूहन्ना ९ अध्यायमा हामी यस अन्धा मानिसले राम्रैसँग देख्‍न सक्थे भन्ने पाउँछौं, शरीरमा मात्रै होइन, आत्मिक रूपमा पनि। उनले येशू ख्रीष्ट साँच्चैले हुनुहुँदो रहेछ भनेर देखे र आफ्नो हृदयले उहाँमाथि विश्वास गरे। अर्कोतिर भने, यी विश्वासी नगर्ने यहूदीहरूले सफासँग कहिल्यै देख्‍न सकेनन्। येशू ख्रीष्ट साँच्चैले हुनुहुन्छ भन्ने विषयमा र आफ्नै आत्मिक अवस्था (परमेश्वरका सामु आफू पापी छौं भन्ने कुराको विषय) मा तिनीहरू अन्धा भइरहे। कुनचाहिँ अन्धापना बढी नराम्रो लाग्छ तपाईंलाई? शारीरिक कि आत्मिक? ____________। तपाईं कुन चाहिँ रोज्नुहुन्छ: येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता भनेर जान्ने अन्धा मानिस हुन कि एकदम देख्‍ने शारीरिक आँखा भएको तर मुक्ति नपाएको मानिस हुन? _______________________________। के यी विश्वास नगर्ने यहूदीहरू पापको अन्धकारमा नै रहिरहे कि यिनीहरू संसारको ज्योतिकहाँ आए (यूहन्ना ९:४१)? ___________________ ____________________________________।

“अचम्मको अनुग्रहले, बाँच्यो तुच्छ प्राण मेरो
हराएको थिएँ, अब पाइएको छु–अन्धो देख्‍ने भएँ।”

-जन न्यूटन

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

मानिसहरूका विभाजक

Study Series

मानिसहरूका विभाजक

यूहन्ना सातौं अध्यायको चाबी पद यूहन्ना ७:४३ हो: “यसकारण __________को कारणले मानिसहरूको बीचमा ______________ भयो।” येशू ख्रीष्ट मानिसहरूका विभाजक हुनुहुन्छ! सम्पूर्ण मानव जातिलाई दुई समूहमा विभाजन गर्न सकिन्छः (१) परमेश्वरका पुत्रमाथि विश्वास गर्नेहरू (२) परमेश्वरका पुत्रमाथि विश्वास नगर्नेहरू (यूहन्ना ३:१८ मा हेर्नुहोस्)। कोही ख्रीष्टको पक्षमा छन् भने कोही ख्रीष्टको विपक्षमा छन्। जब मानिसहरू मर्छन् अनि अनन्ततामा प्रवेश गर्छन् फेरि त्यहाँ पनि उनीहरूको बीचमा एउटा ठूलो विभाजन हुनेछः (१) बाँचेकाहरू परमेश्वरको राज्यमा पस्नेछन्। (२) हराएकाहरू अग्नि-कुण्डमा पर्नेछन्। एक व्यक्तिले येशू ख्रीष्टको बारेमा जे विश्वास गर्छ त्यसले स्वर्ग र नरकको फरक पार्छ।

यूहन्नाको सातौं अध्यायमा हामी येशूले हुनुहुन्छ भन्ने विषयमा फरक-फरक विचार राख्‍ने मानिसहरूको बारेमा अध्ययन गर्नेछौं। कोही उहाँमाथि विश्वास गर्न चाहन्थे भने कोही उहाँलाई मार्न चाहन्थे। यस अध्यायलाई निम्न रूपरेखाअनुसार विभाजन गर्न सकिन्छः

यूहन्ना ७ अध्यायको रूपरेखा

 

  1. तमासे कि प्रभु? (यूहन्ना ७:१-९)
  2. असल मानिस कि धोकेबाज? (यूहन्ना ७:१०-१३)
  3. परमेश्वरबाट पठाइएका कि आफै आएका? (यूहन्ना ७:१४-१८)
  4. मार्ने कि नमार्ने? (यूहन्ना ७:३२-४४)
  5. विश्वास गर्ने कि विश्वास नगर्ने? (यूहन्ना ७:३२-४४)
  6. उहाँको पक्षमा कि विरोधमा? (यूहन्ना ७:४५-५३)

तमासे कि प्रभु?

के तपाईं बाइबलको मानचित्रमा यहूदिया र गालील भेट्टाउन सक्नुहुन्छ? किन येशूले यहूदियाको सट्टा गालीलमा धेरै समय बिताउनुभयो (यूहन्ना ७:१)? ____________________________________________________। यूहन्ना ७ अध्यायका घटनाहरू कहिले घटेका हुन् यूहन्ना ७:२ ले बताउँछ। ______________चाड नजिकै थियो (यूहन्ना ७:२)। यस महान् चाडका निम्ति थुप्रै यहूदीहरू यरुशलेमतिर (यहूदियामा) जान्थे। करिब ६ महिना पछाडि येशू क्रूसमा टाँगिदै हुनुहुन्थ्यो (झोपडी चाड,निस्तार चाडभन्दा ६ महिना अगाडि पर्थ्यो)।

यूहन्ना ७:३ मा “भाइहरू” भनी उल्लेख छ। येशूका भाइहरू थिए भन्ने कुरा के तपाईंलाई थाह थियो?  वास्तवमा तिनीहरू येशूका “भाइ भनाउँदाहरू” मात्रै थिए। उनीहरूका आमा एउटै थिइन् तर बाबु चाहिँ एउटै थिएनन्। यी भाइ भनाउँदाहरू यूसुफ र मरियमका छोराहरू थिए। येशूका चार भाइका नामहरू के के थिए (मर्कूस ६:३)? ____________  ____________  ____________  ______________। येशूका भाइहरूले उहाँले के गरेको चाहन्थे? यूहन्ना ७:३-४ पढ्नुहोस् र सही भनाइहरूको अगाडि गोलो चिन्ह लगाउनुहोस् लगाउनुहोस्:

  1. तिनीहरू येशू गालीलमै रहनुभएको चाहन्थे किनभने यरुशलेम जानुभए उहाँ मारिनुहोला भन्ने तिनीहरूलाई डर थियो।
  2. तिनीहरू, येशू यहूदिया जानुभएको चाहन्थे
  3. तिनीहरू, येशूले यरुशलेमका ठूला-ठूला भीडहरूका बीच आश्चर्यकर्महरू गर्नुभएको चाहन्थे
  4. तिनीहरू, येशूले आफ्ना कामहरू सकभर धेरैले थाहा नपाउने गरी गोप्य तवरले गर्नुभएको चाहन्थे।
  5. तिनीहरू, येशूले आफैलाई मानिसहरूका बीच प्रसिद्ध बनाउनुभएको र आफैलाई संसारमा प्रकट गर्नुभएको चाहन्थे

यी भाइहरू येशू नामुद बन्नुभएको देख्‍न चाहन्थे। मानिसहरूका बीच उहाँले ख्याति पाएको देख्‍न उनीहरू चाहन्थे। उहाँले मानिसहरूका सामु सामर्थी कार्यहरू गरेर आफूलाई “तमासे” (सर्कसमा खेल देखाउनेझैं) बनाउनुभएको उनीहरू देख्‍न चाहन्थे।

के यी भाइहरूले येशूलाई आफ्नै प्रभु र मुक्तिदाता भनी विश्वास गर्थे (यूहन्ना ७:५)? ______________। सम्भवतः यी भाइहरू हामीले छैटौं अध्यायमा अध्ययन गरेका यहूदीहरूजस्तै थिए जो आफ्ना पेट भर्न, रोगबाट निको हुन र रोमीहरूको शासनबाट मुक्त गरिन उहाँलाई राजा बनाउन चाहन्थे। तर येशू मानिसको हृदयभित्र एउटा काम गर्न यस संसारमा आउनुभएको थियो (यूहन्ना ७:३९ मा हेर्नुहोस्)। येशूका भाइहरूलाई नयाँ जन्मको आवश्यकता थियो। यिनीहरू हरेकलाई एउटा नयाँ जीवन अनि एउटा नयाँ हृदयको आवश्यकता थियो।

के तपाईंका पनि आफन्त तथा मित्रहरू छन् जसले नता प्रभुलाई विश्वास गर्छन् न आत्मिक कुराहरू नै बुझ्दछन्? के तपाईंको परिवारमा मुक्ति नपाएको कोही छ? ठीक यस्तै परिस्थितिको अनुभव प्रभु येशूले पनि गर्नुभयो। उहाँका आफ्नै भाइहरूले उहाँमाथि विश्वास गरेनन् र उहाँ किन यस संसारमा आउनुभएको भनी बुझेनन्। तिनीहरू शारीरिक खाँचो पुरा गर्न सक्ने एक तमासेको प्रतिक्षामा थिए। तर आत्मिक खाँचो पुरा गर्न आउनुभएको प्रभु र मुक्तिदातालाई भने तिनीहरूले मन पराएनन्।

येशूका भाइ भनाउँदाहरूका बीचमा एक अचम्मको कुरा भयो। येशू क्रूसमा मर्नु अघि तिनीहरू अविश्वासी थिए तर पछि तिनीहरू विश्वासी बने। यस्तो परिवर्तनको पछाडि लुकेको रहस्य के हो? यूहन्ना ७:५ मा तिनीहरू अविश्वासी थिए भन्ने देख्छौं तर पछि प्रेरित १:१४ मा तिनै भाइ-भनाउँदाहरू विश्वासी बनेर अरु विश्वास गर्नेहरूसँगै मिलेर प्रार्थना गरिरहेका देख्छौं! येशूका भाइहरूमध्ये याकूब एक थिए। याकूबको जीवनमा एकदिन घटेको कुन घटनाले गर्दा उनमा यति ठूलो परिवर्तन आयो (हेर्नुहोस् १ कोरिन्थी १५:४,५,७) _________________________________ _________________________________। परमेश्वरले यी भाइहरूमध्ये दुइजनालाई विशेष प्रकारले प्रयोग गर्नुभयो। याकूब र यहूदा दुवैलाई  परमेश्वरले एक-एक पत्र लेख्‍न चलाउनुभयो जुन पत्रहरू नयाँ नियममा समावेश छन्। ती हुन् याकूब र यहूदाका पत्रहरू।

उहाँलाई मार्न खोज्ने यहुदीहरू त्यहाँछन् भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना ७:१)। साथै त्यतिखेर उहाँको मरणको घडी होइन भनी पनि येशू जान्नुहुन्थ्यो, किनभने “मेरो समय अझै ________________ छैन” (यूहन्ना ७:६)। येशूलाई संसारले प्रेम गर्‍यो कि घृणा गर्‍यो (यूहन्ना ७:७०)? ________। यूहन्ना ७:७ अनुसार संसारलाई येशूले दिनुभएको सन्देश के थियो?

  1. तिम्रा कामहरू ठीक छन्, असल छन्, पवित्र छन्।
  2. तिम्रा कामहरू दुष्ट छन्।

येशूले तिनीहरूलाई सत्य कुरा बताउनुभयो तर तिनीहरू सत्यता सुन्न इच्छुक थिएनन्। बरु उनीहरू सत्यता बताउने मानिसकै अन्त गर्न इच्छुक थिए।

असल मानिस कि धोकेबाज?

आखिरमा येशू चाडमा जानुभयो त (यूहन्ना ७:१०)? ________________। उहाँ खुल्लमखुल्ला जानुभयो कि गोप्यरूपमा जानुभयो (यूहन्ना ७:१०)? ______________________। यसको करिब ६ महिना पछि येशू सबैका सामु खुल्लमखुल्ला यरुशलेमभित्र प्रवेश गर्दै हुनुहुन्थ्यो (हेर्नुहोस् यूहन्ना १२:१२-१९) जुन समय उहाँ मानिसहरूका हातबाट मारिने समय थियो। तर यूहन्ना ७ अध्यायमा, त्यो समय अहिले होइन भनी येशू जान्नुहुन्थ्यो अनि उहाँ यति गुप्त तवरले शहरभित्र छिर्नुभयो कि उहाँलाई भेट्टाउन मानिसहरूलाई साह्रो पर्‍यो (हेर्नुहोस् यूहन्ना ७:११)।

यूहन्ना ७:१२ मा येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ त भन्ने विषय लिएर मानिसहरूको बीचमा चर्को मतभेद भइरहेको देखिन्छ। कसैले भन्थे, “तिनी ________________ छन्”तर अरुले भन्थे, “होइन, तिनले मानिसहरूलाई________ दिन्छन्”। उहाँ असल मानिस हुनुहुन्थ्यो कि एउटा धोकेबाज?

यूहन्नाको सुसमाचार अध्ययन गर्ने क्रममा हामीले येशूका अचम्मका दाबीहरूको बारेमा अगाडि नै हेरिसकेका छौं। अब निम्न जोडा मिलाउने अभ्यास पुरा गरौं:

१. ____ उहाँले मानिसहरूलाई अनन्त जीवन दिन सक्ने दाबी गर्नुभयो।

२. ____ उहाँले आफू “ख्रीष्ट” अर्थात् मसीह हुँ भन्ने दाबी गर्नुभयो।

३. ____ उहाँले आफूले बोलेका वचनहरू जीवनका वचनहरू हुन् भनी दाबी गर्नुभयो।

४. ____ उहाँले आफू परमेश्वरको पुत्र र इस्राएलका राजा हुँ भनी दाबी गर्नुभयो।

५. ____ उहाँले आफू र्स्वर्गबाटको जीवनको रोटी हुँ भनी दाबी गर्नुभयो।

६. ____ उहाँले आफू मृत्युबाट फेरि बौरिउठ्ने दाबी गर्नुभयो।

७. ____ उहाँले आफू सबै मानिसका अन्तिम न्यायकर्ता हुँ भनी दाबी गर्नुभयो।

८. ____ उहाँले आफू परमेश्वरको बराबरी भएको दाबी गर्नुभयो।

(क) यूहन्ना १:४९-५०

(ख) यूहन्ना २:१९-२१

(ग) यूहन्ना ४:१४

(घ) यूहन्ना ४:२५-२६

(ङ) यूहन्ना ५:१८

(च) यूहन्ना ५:२२,२७,२८

(छ) यूहन्ना ६:५१

(ज) यूहन्ना ६:५३

 

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने कुरा हरेकले नै पक्कासँग निश्चय गर्नुपर्छ। उहाँले हुनुहुन्छ भनेर जान्नु भन्दा बढी महत्त्वपूर्ण कुरा अर्को छैन। जब हामीले येशूले गर्नुभएका अचम्मका दाबीहरूका बारेमा बिचार गर्छौं तब हामी महसुस गर्छौं, मानिसले रोज्न सक्ने विकल्प केवल तीनओटा मात्रै छन्:येशू कि त झुटा हुनुहुन्छ कि भने पागल हुनुहुन्छ नत्र भने प्रभु हुनुहुन्छ। तलको चित्रले यस कुरालाई देखाउँछः

 

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

जीवनको रोटी

Study Series

जीवनको रोटी

यूहन्ना ६ अध्यायको रूपरेखा

  1. येशू पाँच हजारलाई खुवाउनुहुन्छ (यूहन्ना ६:१-१४)
  2. येशू पानीमाथि हिँड्नुहुन्छ (यूहन्ना ६:५-२१)
  3. ठूलो जमात येशूलाई खोज्छन् (यूहन्ना ६:२२-२९)
  4. येशू–जीवनको रोटी (यूहन्ना ६:३०-५९)
  5. धेरै चेलाहरू येशूलाई त्याग्छन् (यूहन्ना ६:६०-७१)

येशू पाँच हजारलाई खुवाउनुहुन्छ

यूहन्नाको छैटौं अध्यायमा येशूको अर्को आश्चर्यकर्मको उल्लेख छ (हेर्नुहोस्, यूहन्ना ६:१४)। अघिल्ला पाँच अध्यायहरूमा येशूले अन्य कुन आश्चर्यकर्महरू गर्नुभएको थियो?

येशूले पाँच हजारलाई खुवाउनुभएको आश्चर्यकर्म चारैओटा सुसमाचारका पुस्तककालेखकहरूले उल्लेख गरेका छन्। उक्त घटना यूहन्नाको छैटौं अध्यायमा मात्रै नभई मत्ती १४:१५-२१, मर्कूस ६:३२-४४ अनि लूका ९:१२-१७ मा पनि पाइन्छ। बाइबलले यसलाई चारपटक उल्लेख गरेको तथ्यबाट यो एउटा महत्त्वपूर्ण आश्चर्यकर्म थियो भन्ने बुझिन्छ। गालील समुद्रको अर्को नाउँ के हो (यूहन्ना ६:१)? __________________। उक्त विशाल ताललाई प्यालेस्टाइनको मानचित्रमा भेट्टाउनुहोस्। येशूले गर्नुभएको यस आश्चर्यकर्म यही गालील समुद्रको तीरमा भएको थियो। घटनामा उल्लेखित सानो केटोसँग भएका दुइटा साना माछाहरू सम्भवतः यही समुद्र (ठूलो ताल) बाट पक्रिएका थिए (यूहन्ना ६:९ हेर्नुहोस्)।

मानिसका यति ठूला भीडहरूले येशूलाई पछयाउनुको खास कारण के थियो? (यूहन्ना ६:२ पढ्नुहोस् र ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्):

  1. तिनीहरू मुक्ति पाउन र आफ्ना पापहरूको क्षमा पाउन चाहन्थे
  2. तिनीहरू येशूलाई आफ्ना प्रभु तथा मालिकको रूपमा अपनाउन चाहन्थे र उहाँका जुनसुकै पनि आज्ञाहरू मान्न चाहन्थे
  3. रोगीहरू उहाँद्वारा निको पारिएका देखेका थिए
  4. तिनीहरू नयाँ जन्म पाउन चाहन्थे

येशूले आश्चर्यकर्म गर्नुभई खुवाउने काम गर्नुहुँदा त्यहाँ कति जना मानिसहरू उपस्थित थिए? यस आश्चर्यकर्मलाई “पाँच हजारलाई खुवाइएको आर्श्चर्यकर्म” भनी प्रायः उल्लेख गरिन्छ, तर वास्तवमा त्यहाँ पाँच हजारभन्दा धेरैलाई खुवाइएको थियो। हामी यूहन्ना ६:१० मा देख्दछौं त्यहाँ प्रायः ________ ____________ पुरुषहरू थिए। यसमा स्त्री र बाल-बालिकाहरूको गन्ती गरिएको छैन (मत्ती १४:२१ मा हेर्नुहोस्)। यदि हामीले स्त्री र बाल-बालिकाहरूको समेत हिसाब गर्‍यौं भने जम्माजम्मी मानिसहरूको संख्या आठ-दश हजार वा त्यो भन्दा बढी भएको अनुमान लगाउन सकिन्छ। के तपाईंले १०,००० वा त्यो भन्दा बढी मानिसहरूको भीड देख्‍नु भएको छ (सायद कुनै खेलकुद कार्यक्रममा)? मानौं तपाईंले ती सबैलाई खाना खुवाउनु पर्‍यो। तपाईंले खाद्यान्न पसलमा कति पैसा खर्च गर्नुपर्ला?

फिलिप बाह्र चेला मध्येका थिए। हामीले फिलिपलाई पहिलो पटक यूहन्ना १:४३ मा भेट्यौं। येशूले फिलिपलाई के भन्नुभयो (यूहन्ना ६:५)? _____________________________________ ____________________________________________________। यो कुरा उहाँले फिलिपको जाँच्न गर्नका निम्ति भन्नुभएको थियो तर उहाँ आफैले जे गर्न लाग्नुभएको सो उहाँलाई अघिबाटै ________ ________ (यूहन्ना ६:६ )।

फिलिपको सोचाइमा यतिका धेरै मानिसहरूका निम्ति खाना किनेर खुवाउनु एक असम्भव कुरो थियो। दुई सय दिनारको रोटी तिनीहरूमध्ये हरेकले थोरै-थोरै लिए तापनि तिनीहरूका निम्ति पर्याप्‍त हुनेथ्यो र (यूहन्ना ६:७)? ____________। दुई सय दिनार ठूलै रकम हो। चाँदीले बनेको रोमी सिक्कालाई दिनार भनिन्थ्यो। एउटा सरदर ज्यालादारीले एक दिनको ज्याला बराबर एक दिनार पाउँथ्यो। दुई सय दिनार कमाउन झण्डै __________ दिन काम गर्नुपर्थ्यो। एक दिनको काम बापत तपाईं या तपाईंका बुबाले कति रकम पाउनुहुन्छ? त्यसलाई २००ले गुणन गर्नुभयो भने फिलिपले कति धेरै पैसाको कुरा गरिरहेका थिए भनेर तपाईंले अनुमान लगाउन सक्नुहुनेछ।

फिलिपले बरु यसो भन्नुपर्थ्यो: “प्रभु, यतिका धेरै मानिसलाई किनेर खाना खुवाउनु भनेको हाम्रो निम्ति असम्भव कुरा हो। यदि तपाईं यी मानिसहरूलाई खुवाउन चाहनुहुन्छ भने तपाईंले नै केही न केही गर्नुपर्छ। एउटा अलौकिक कामकै खाँचो छ। त्यस्तो गर्न हामी सक्दैनौं तर परमेश्वर सक्नुहुन्छ। यी मानिसहरूका निम्ति जे असल लाग्छ त्यही गर्नुहोस्। हामी तपाईंकै भर पर्छौं।”

अर्का चेला आन्द्रियासले एउटा केटोलाई ल्याए जससँग पाँचओटा जौका रोटी र दुइटा ससाना माछा थिए। के अन्द्रियासलाई यति थोरै खानेकुरा भोकाएका भीडहरूका निम्ति पर्याप्‍त हुन्छ भन्ने लागेको थियो (यूहन्ना ६:९)? ____________। त्यसबेलाका जौका रोटी आजकलका पाउरोटी जस्ता ठूला थिएनन् अनि ती दुइटा माछा पनि सानै थिए। कति थोरै!

त्यस केटोसँग जस्तै हामीसँग पनि धेरै थोक नहोला, तैपनि हामीसँग भएको थोरैलाई हामीले उहाँलाई नै दियौं भने उहाँले आश्चर्यपूर्ण काम गर्न सक्नुहुन्छ। के तपाईंको योग्यता र प्रतिभा थोरै छ? के तपाईंसँग जे छ त्यसलाई तपाईंले प्रभुलाई दिनुभएको छ? मेरो अभाव प्रशस्तता बन्दछ जब त्यो म परमेश्वरलाई चढाउँछु। विश्वासद्वारा मैले त्यसलाई उहाँको हातमा राखिदिँदा उहाँमा त्यो गणितीय हिसाबले वृद्घ हुनेछ, आशिषित बन्नेछ अनि उहाँकै महिमाका निम्ति त्यसको प्रयोग भएको देखिनेछ।

फेनी क्रस्बी (सन् १८२०-१९१५) एउटी अन्धी स्त्री थिइन् जसका थुप्रै लोकप्रिय भजनहरू इसाई जगतमा आजसम्म गाइन्छन् (“महान् सृष्टिकर्ता परमेश्वरको जय”, “येशू हुन् मेरो …” आदि)। उनको जीवनलाई हेर्दा परमेश्वरले एक व्यक्तिको सानो खुबीलाई पनि प्रयोग गर्न र आशिष दिन सक्नुहुन्छ भन्ने सत्यता प्रस्ट हुन्छः

एउटी सानी अन्धी केटी, देख्‍न पनि नसक्ने
केवल सानो खुबी भएकी,लेख्थिन् साना कविता उनले।

त्यही थोरै क्षमतालाई चढाइन् उनले प्रभुलाई
र सारा इसाई जगत नै गाउँछन् आज रमाउँदै।

यी सानी अन्धी केटी को हुन् तिनी?
नाउँ उनको अमर छ, उनी हुन् फेनी क्रस्बी।

प्रशस्त घाँस भएको चउरमा येशूले मानिसहरूलाई समूह-समूहमा बस्न लगाउनुभयो (यूहन्ना ६:१०। बसन्त ऋतुको याम थियो त्यो (यहूदीहरूको निस्तार चाड यसै ऋतुमा पर्छ (यूहन्ना ६:४), यसकारण त्यहाँ थुप्रै घाँस थियो। के मानिसहरूलाई खान दिनु अघि प्रभु येशूले परमेश्वरलाई धन्यबाद चढाउनुभयो (यूहन्ना ६:१)? ________________। के पावल प्रेरितले खाना खानु अघि परमेश्वरलाई धन्यबाद चढाउँथे (प्रेरित २७:३५)? तपाईं नि, खानु अघि परमेश्वरलाई धन्यबाद चढाउनुहुन्छ? ______________।

आश्चर्यकर्मकै विवरण भने यूहन्ना ६:११-१३ मा पाइन्छ। के मानिसहरूले खान चाहे जति खाए? ________। तिनीहरू टन्न अघाए? ____________। त्यहाँ “उब्रेका टुक्राहरू” पनि थिए कि? __________। त्यहाँ कुनै खाना खेर गयो (यूहन्ना ६:१२)? ____________। यसले हामीलाई यो सिकाउँछ, हामीले कुनै पनि कुरा खेर फाल्नु हाम्रो प्रभुको इच्छा होइन। विचार गर्नुहोस्, आज मानिसहरूले खानेकुरा तथा अन्य कुराहरू कसरी खेर फाल्छन्।

येशूले त्यो आश्चर्यकर्म कसरी गर्नुभयो, हामीलाई बताइएको छैन। हामीलाई यति थाह छ–उहाँले त्यो कार्य गर्नुभएकै हो। परमेश्वर जसले कुनै चीजबिना नै संसार सृष्टि गर्नुभयो, जसले पानीलाई दाखमद्यमा परिणत गर्नुभयो, उहाँले नै त्यस दिन ५ ओटा रोटी र २ ओटा माछा लिएर अचम्म प्रकारले थुप्रै-थुप्रै रोटी र माछाहरू बनाउनुभयो।

बाइबलमा विश्वास नगर्ने कतिपय मानिसहरू, त्यस दिन वास्तवमा के भएको थियो भन्ने विषयमा अर्कै खालको तर्क दिन्छन्। तिनीहरू यसो भन्छन्: “त्यस दिन मानिसहरू सबैले नै खाना लिएर आएका थिए जसलाई शुरुमा आफूहरूसितै लुकाएर राखे तर त्यस सानो ठिटाले आफ्ना रोटी र माछाहरू बाँड्न भनी दिएको देख्‍ने बित्तिकै तिनीहरूले आफ्नो स्वार्थी भावना त्यागे अनि तिनीहरू सबैले आ-आफ्ना खाना झिकेर एकअर्कालाई बाँड्न थाले।” के बाइबलले यस्तै भएको थियो भनेर बताउँछ त? ____________________। कति मानिसहरू आफ्ना अविश्वासका कारण बाइबलका आश्चर्यकर्महरूलाई पन्छाउन चाहन्छन् तर यूहन्ना ६:१४ले त्यस दिनको घटना कस्तो घटना थियो भनी प्रस्टै बताएको छ? येशूले जे गर्नुभयो त्यो एउटा ____________ थियो।

यसभन्दा अघि पनि परमेश्वरले हजारौं मानिसहरू (करिब २० लाख भन्दा बेसी)लाई खुवाउनुभएको इतिहासको बारेमा तपाईंलाई याद छ? त्योचाहिँ मोशाको समयमा भएको थियो जतिबेला इस्राएलका सन्तानहरू उजाडभूमिमा थिए। मानिसहरूलाई खुवाउन हरेक दिन परमेश्वरले “मन्ना” दिनुभयो (यूहन्ना ६:३१ मा हेर्नुहोस्)। सयौं वर्ष पछाडि आएर येशूले यहूदीहरूका ठूला जमातहरूलाई गालील समुद्रको छेउमा खुवाउनुभयो र तिनीहरूमध्ये धेरैले मोशालाई सम्झे होलान्। साथै मोशाले संसारमा एक ठूला भविष्यवक्ता आउनेछन् भनी भविष्यवाणी गरेका कुरालाई सम्झे होलान् (यूहन्ना ६:१४ लाई व्यवस्था १८:१५,१९ सित तुलना गर्नुहोस्)।

येशू पानीमाथि हिँड्नुभएको

येशूले विशाल भीडलाई खुवाउनुभएपछि, मानिसहरूले उहाँलाई के बनाउन खोजे (यूहन्ना ६:१५)? ____________। तिनीहरू यस कुरामा यति जोशिला थिए कि तिनीहरू उहाँलाई जबरजस्ती _______________” समेत तयार थिए (यूहन्ना ६:१५)। येशू हामीलाई चाहिएकै जस्तो राजा बन्न योग्य हुनुहुन्छ भनी तिनीहरूले किन सोचे होलान्? अन्य व्यक्तिलाई भन्दा येशूलाई नै राजा बनाउन चाहनुको पछाडि के कारण थियो? तिनीहरूले शायद यसरी सोचे, “येशू हाम्रो राजा भए भने हाम्रो सबै समस्याको हल हुन्छ। विरामी पर्दा निको पार्न सक्ने (यूहन्ना ६:२), भोक लाग्दा खाना दिने (यूहन्ना ६:११-१२) व्यक्ति राजा भए त भइहाल्यो नि। उहाँले हाम्रो सबै शारीरिक तथा आर्थिक खाँचोहरू पूरा गरिदिनुहुनेछ।” तर यस्तो सोचाइमा एउटा समस्या छ। येशू संसारमा आउनुभएको प्रमुख कारण मानिसको शारीरिक र भौतिक खाँचो पूरा गर्नलाई होइन। उहाँ मानिसका आत्मिक खाँचोहरू पूरा गर्न आउनुभएको हो। येशू जान्नुहुन्थ्यो मानिसको वास्तविक समस्या पेट र शरीरको होइन तर हृदयको हो।

तब येशू भीडहरूबाट फुत्त निस्कनुभयो अनि एउटा ठाउँ खोज्नुभयो जहाँ उहाँ __________रहन सक्नुहुन्थ्यो (यूहन्ना ६:१५)। त्यस रात उहाँका चेलाहरू एउटा डुङ्गामा चढे अनि कपर्नुहुमतिर लागे। येशूले नै तिनीहरूलाई पारिपट्टि जान अह्राउनुभएको थियो (मत्ती १४:२२ सँग दाँज्नुहोस्)। विशाल तलाउमा तिनीहरू जाँदै गर्दा अचानक एउटा डरलाग्दो आँधी चल्यो (यूहन्ना ६:१८)। यूहन्ना ६:१९ अनुसार तिनीहरू तीन-चार माइलजति गएका थिए अर्थात् तलाउको बीचतिर पुगेका थिए।

येशूले आफ्ना चेलाहरूलाई दिनुभएको आज्ञा कुन थियो, तलाउको पारिपट्टि जानू कि तलाउको बीचमा पुगेर डुब्नू (मत्ती १४:२२ मा हेर्नुहोस्)? _______________________________। आँधी चल्दा चेलाहरूले प्रभुमा भरोसा गर्दै यसो भन्नुपर्नेथ्यो: “प्रभु, हामीलाई पारिट्टि जाने आज्ञा तपाईंले नै दिनुभएको हो जुन आज्ञाअनुसार हामी अगाडि बढेका हौं। तपाईंले नै हामीलाई सुरक्षासाथ पारी पुर्‍याउनुपर्छ। आँधी ठूलो छ तर हाम्रो प्रभु आँधीभन्दा ठूलो हुनुहुन्छ।”

विशाल तलाउमा आँधी चलिरहेकै बेलामा चेलाहरूले अचानक एउटा आश्चर्यकर्म देखे। तिनीहरूले के देखे (यूहन्ना ६:१९)? __________________________________________ ________________________। एउटा असम्भव कुरा येशूले गर्नुभयो। प्राकृतिक नियम (गुरुत्वाकर्षणको नियम आदि) अनुसार मान्छेलाई पानीमाथि हिँड्न असम्भव छ। तर के परमेश्वर आफूले बनाउनुभएका नियमहरूभन्दा महान् हुनुहुन्न र? __________________। उहाँ आफैले रच्नुभएका नियमहरूले परमेश्वरलाई बाँधेर राख्‍न सक्दैन। पुरानो नियमका समयहरूमा समेत परमेश्वरले उहाँ गुरुत्वाकर्षणका पनि प्रभु हुनुहुन्छ भनेर देखाउनुएको थियो (२ राजा ६:१-७ मा पढ्नुहोस्)।

चेलाहरूले येशूलाई देखेर “तिनीहरू ______________” (यूहन्ना ६:१९) कारण उनीहरूले उहाँलाई भूत-प्रेत भन्ठाने (मत्ती १४:२६ मा हेर्नुहोस्)। तिनीहरू डराउनुहुँदैनथ्यो, किन? (यूहन्ना ६:२० ) ________________________________________________। त्रास र विश्वास एउटै घरमा सँगै बस्न सक्दैनन्। जब विश्वास भित्र आउँछ, तब त्रास निस्की जानुपर्छ। प्रभुमा भरोसा राख्‍नेहरू जीवनका जति नै ठूला आँधीहरूमा पनि डराउनु पर्दैन।

त्यस तलाउमा गरिएको अर्को आश्चर्यकर्म के थियो जसको बारेमा यूहन्नाले हामीलाई बताएका छैनन्   (मत्ती १४:२८-३१ मा हेर्नुहोस्)? ____________________________________। पत्रुस र येशू डुङ्गाभित्र पस्ने बित्तिकै के-के भयो (मत्ती १४:३२)? ___________________ ____________________________________________। यूहन्ना ६:२१ अनुसार त्यहाँ के भयो? _____________________ ____________________________________। यो डुङ्गा यात्रा त साँच्चै अविस्मरणीय यात्रा थियो। यस रातको यात्रा चेलाहरूले कहिल्यै बिर्सेनन्।

ठूला भीडहरू येशूलाई खोज्छन्

जस्तो हामीले अघि हेरिहाल्यौं, मानिसहरू येशूलाई के गर्न चाहन्थे (यूहन्ना ६:१५)? ______________________________________________। तिनीहरू यस्तो राजा चाहन्थे जसले तिनीहरूका शरीरहरूलाई निको पारोस् र तिनीहरूका पेटहरू भरिदेओस् र तिनीहरूलाई रोमी साम्राज्यको शासनदेखि स्वतन्त्र गरिदेओस्। यहूदीहरूको त्यो भीडले येशूलाई भेट्टाउन सकेनन् तरैपनि तिनीहरूले उहाँलाई खोजी नै रहे (यूहन्ना ६:२२-२४)। भोलिपल्ट तिनीहरूले उहाँलाई तलाउको पारिपट्टि भेट्टाए (यूहन्ना ६:२५)। यी मानिसहरू येशूलाई किन खोजिरहेका थिए (यूहन्ना ६:२६ पढ्नुहोस र ठीक उत्तरमा गोलो लगाउनुहोस्):

  1. किनभने तिनीहरूले आश्चर्यकर्महरू देखेका थिए
  2. किनभने तिनीहरू आफ्ना पापी मार्गहरूबाट फकर्न चाहन्थे
  3. किनभने तिनीहरू नयाँ गरी जन्मन चाहन्थे
  4. किनभने तिनीहरू परमेश्वरबाटको अनन्त जीवनको दान लिन चाहन्थे।

येशूले यिनै मानिसहरूसँग यूहन्ना ६:२७ मा बोल्नुभयो। हामीले खाने दाल-भात, रोटी भन्दा पनि महत्त्वपूर्ण केही चीज छ? ________। येशूले तिनीहरूलाई पेटभरी माछा र रोटी खुवाउनुभएको कुरा साँचो हो तर त्यहाँ अर्को खानेकुरा पनि छ जुन येशूले मानिसहरूलाई दिन चाहनुहुन्छ, यस्तो खानेकुरा जुनचाहिँ __________________ सम्म रहिरहन्छ (यूहन्ना ६:२७ )। कुनै चीज खाएर सदाको लागि जिउनु कस्तो हुन्थ्यो। यस्तो खानेकुराको लागि पो मानिसले परिश्रम गर्नुपर्ने हो।

यहूदीहरू यस्तै खानेकुराको लागि काम गर्न उत्सुक भएझैं देखिन्थे। तिनीहरूले सोधे, “परमेश्वरका कामहरू गर्नका निम्ति हामी के गरौं?” (यूहन्ना ६:२८)। येशूले यस प्रश्‍नको उत्तर प्रस्टै दिनुभयो। मान्छेले एउटा कुन काम गरेको परमेश्वर चाहनुहुन्छ (यूहन्ना ६:२९)? उहाँ (पिता )ले पठाउनुभएको व्यक्ति येशू ख्रीष्टमा वि ____________ गरेको चाहनुहुन्छ। त्यो एउटै काम कुन हो जुन कामले परमेश्वरलाई खुशी पार्छ (हिब्रू ११:५-६)? ______________। मुक्ति नपाएको व्यक्तिले पालन गर्नुपर्र्ने परमेश्वरको पहिलो आज्ञा कुन हो (१ यूहन्ना ३:२३ को पहिलो खण्डमा हेर्नुहोस्)? ____________________ __________________________________। यूहन्ना ६:२९ अनुसार “परमेश्वरको काम” (परमेश्वरले हामीबाट माग गर्नुभएको काम) कुन हो?

  1. बप्‍तिस्मा लिनु
  2. असल कामहरू गर्नु
  3. येशू ख्रीष्टमा विश्वास गर्नु
  4. दस आज्ञा पालन गर्न प्रयास गर्नु
  5. सारा सारा हृदयले परमेश्वरलाई प्रेम गर्न प्रयास गर्नु

यहूदीहरूले गर्न नचाहेका एउटै काम यही थियो। तिनीहरू विश्वास गर्न होइन, दे ______ चाहन्थे (यूहन्ना ६:३०)। तिनीहरू चिन्हहरू देख्‍न चाहन्थे। यी मानिसहरूले भने, “देख्‍न पाए विश्वास गरौंला!” तर चिन्हहरू देखेर विश्वास उत्पन्न हुने होइन। यी मानिसहरूले अघिबाटै कस्ता कस्ता आश्चर्यकर्म र चिन्हहरूलाई देखिसकेका थिए (यूहन्ना ६:२,१४)? _________________________ ___________________________________। के तिनीहरूले देखेका हुन् (यूहन्ना ६:३६)? ______________। के तिनीहरूले विश्वास गरे (यूहन्ना ६:३६)? ______________।

येशू जीवनको रोटी हुनुहुन्छ

यूहन्ना ६:२७ मा येशूले उल्लेख गर्नुभएको खानेकुरा कस्तो किसिमको खानेकुरा हो? यहूदीहरू अलमल्ल परे। के येशूको तात्पर्य “म तिमीहरूलाई मोशाको समयमा इस्राएलीहरूले खाएका मन्ना जस्तै स्वर्गबाटको रोटी दिनेछु” भन्ने थियो (यूहन्ना ६:३१)? होइन, येशूले मन्नाभन्दा बढी उत्तम चीजको कुरा गरिरहनुभएको थियो: “मेरा पिताले तिमीहरूलाई स्वर्गबाट ________ _______ दिनुहुन्छ” (यूहन्ना ६:३२)। यो साँचो रोटी कस्तो रोटी हो? यूहन्ना ६:३३ बाट हामी साँचो रोटी भनेको के हो भनेर सिक्छौं। साँचो रोटी भनेको …

  1. यस्तो कुरा हो जुनलाई तपाईं मुखमा हालेर खान सक्नुहुन्छ
  2. एक व्यक्ति हो–जो स्वर्गबाट तल ओर्ली आउनुहुन्छ अनि जसले मानिसहरूलाई जीवन दिन सक्नुहुन्छ।
  3. मन्ना हो

के यहूदीहरू यस्तो खालको रोटी पाउन उत्सुक भएझैं देखिन्थे (यूहन्ना ६:३४)? ____________। जीवनको रोटीले हुनुहुन्छ (यूहन्ना ६:३५)? ____________। कस्ता मानिसहरू कहिल्यै भोकाउनेछैनन् (यूहन्ना ६:३५)? ______________________________________। कस्ता मानिसहरू कहिल्यै तिर्खाउनेछैनन् (यूहन्ना ६:३५)? _____________________________ _____________________। के तपाईंले यी दुइटा कामहरू गर्नुभयो? __________________। येशू ख्रीष्टले मानिसको आत्मिक भोक र तिर्खा पूरै मेटाउनुहुन्छ। ख्रीष्टकहाँ आउन इन्कार गर्ने र उहाँलाई विश्वास गर्न इन्कार गर्नेहरू कहिल्यै तृप्त हुनेछैनन्।सदाका निम्ति सुरक्षित र सुनिश्चित

उहाँकहाँ आउनेलाई येशूले कस्तो प्रतिज्ञा दिनुहुन्छ (यूहन्ना ६:३७)? _________________ _______________________। “कुनै रीतिले अफाल्नेछैन” भन्नुको मतलव हो “कहिल्यै कदापि अफाल्नेछैन”! उहाँकहाँ केवल सरल विश्वासमा आउने मानिसलाई उहाँले कहिल्यै पनि अफाल्नुहुनेछैन! कसैले भन्लाः “म त यति ठूलो पापी हुँ, भो मलाई येशूको नजिक जान डर लाग्छ। उहाँले मलाई स्वागत गर्नुहुन्नहोला, यसैले मलाई डर लाग्छ”। यस मानिसलाई तपाईं के सल्लाह दिनुहुन्छ? याद राख्‍नुहोस्, उहाँकहाँ आउने सबै नै स्वागत गरिनेछन् अनि कतिजना अफालिनेछन् (यूहन्ना ६:३७)? __________________________________________।

येशू ख्रीष्टले विश्वास गर्नेहरूमध्ये कतिजनालाई गुमाउनुहुनेछ? (यूहन्ना ६:३९) ____________________________________। ख्रीष्टमा विश्वास गर्ने प्रत्येक नै अनन्तसम्म सुरक्षति हुन्छ। परमेश्वर बचाउनु मात्र हुन्न तर बचाइराख्‍नु हुन्छ। पुत्रलाई देख्‍ने (पाठ २ मा “उजाडस्थानको साँप” शीर्षकमुनि यूहन्ना ३:१४-१६ सम्बन्धी टिप्पणीलाई हेर्नुहोस्) र उहाँमाथि विश्वास गर्ने हरेकले ______________ ____________ पाउँछ (यूहन्ना ६:४०)। विश्वासीहरूले अनन्त जीवन पाऊन् र त्यो तिनीहरूले नगुमाऊन् भन्ने परमेश्वरको इच्छा छ (यूहन्ना ६:३८-४०)। यी पदहरूले हामीलाई साँचो विश्वासीले आफ्नो मुक्तिलाई गुमाउन असम्भव छ भनी सिकाउँछन्।

के यहूदीहरूले येशू स्वर्गबाट नै ओर्ली आउनु भएको हो भन्ने कुरामा विश्वास गरे (यूहन्ना ६:४१,४२)? ________________। तिनीहरू येशूको मनुष्यत्वलाई मात्र देख्‍न सक्थे (यूहन्ना ६:४२)। तिनीहरूले उहाँ स्वर्गबाटको सृष्टिकर्ता हुनुहुन्छ र उहाँ यस पृथ्वीमा आउनुभएको हो भन्ने कुरा बुझेनन्। येशू स्वर्गबाट ओर्ली आउनुभएको हो भनी प्रस्ट सिकाउने यूहन्ना अध्याय १ (पद १-१८ ) मा हामीले के सिक्यौं? येशू यूसुफका छोरा हुनुहुन्नथ्यो (यूहन्ना ६:४२ ), तर वास्तवमा उहाँ पत्रुसले पछि स्वीकार गरेजस्तै “____________________ का पुत्र” हुनुहुन्थ्यो (यूहन्ना ६:६९)!

यी यहूदीहरूले उहाँको बारेमा के विचार गर्दैथिए भनी के येशू सब जान्नुहुन्थ्यो (यूहन्ना ६:४३)? ______________________। यी यहूदीहरू ख्रीष्टकहाँ आउन सकेनन् (यूहन्ना ६:४४) किनभने तिनीहरू उहाँकहाँ आउन चाहेनन् (दाँज्नुहोस्, यूहन्ना ५:४०)। आफ्नो अविश्वासमा तिनीहरू मुक्तिदाताकहाँ आउन इन्कार गरे। जस्तै, उत्पत्ति ३७:४ मा उल्लेख छ, यूसुफका दाज्यूहरूले तिनीसँग राम्ररी बोल्न सक्दैनथे। के कारण यूसुफका दाज्यूहरू यूसुफसित ठीक किसिमले बोलचाल गर्न सकेनन्? तिनीहरूले चाहेनन् त्यसैले सकेनन्। आफ्नो भाइप्रति तिनीहरूको डाहा र घृणाको पापको कारण तिनीहरूले तिनीसित राम्ररी बोल्न चाहेनन्। यसरी नै पापी मानिस पनि मुक्तिदाताकहाँ आउन इच्छा गर्दैन। बरु ऊ अन्धकारमै रहन चाहन्छ (यूहन्ना ३:१९-२०)? अनन्त जीवन पाउनका लागि गर्नुपर्ने एउटै काम जुन येशूले अनिवार्य छ भनी भन्नुभएको छ उसले त्यो काम गर्न इन्कार गर्छ। त्यो के काम हो (यूहन्ना ६:४७)? __________________________________। ख्रीष्टमा विश्वास गर्ने हरेकले नै अनन्त जीवनको उपहार प्राप्‍त गर्छन्।

मोशाको समयमा इस्राएलीहरूले खाएका मन्नाको विचार गर्नुहोस्। के मन्ना खाएर तिनीहरूले अनन्त जीवन पाए (यूहन्ना ४:४९)? ________________। के येशूले दिनुभएको रोटी खाने व्यक्ति कहिल्यै मर्नेछन् (यूहन्ना ६:५०)? ______________। त्यो व्यक्ति “________भरि जिउनेछ” (यूहन्ना ६:५१)।उहाँको शरीर खानु र उहाँको रगत पिउनु भनेको के हो?

येशूले यहूदीहरूलाई अरु कुरा भन्दै जानुभयो जसले तिनीहरूलाई अझ ताजुब बनायो। मानिसहरूलाई   येशूले कुन रोटी खान दिनुभयो (यूहन्ना ६:५१)? “त्यो रोटीचाहिँ, जो म दिनेछु मेरो __________ हो”। के यहूदीहरूले यस कुरालाई बुझे (यूहन्ना ६:५२)? ________________। येशूले मानिसलाई पिउनालाई के दिनुभयो (यूहन्ना ६:५३-५४)? __________________________ ___________________________।

एक वर्षपछि म यरुशलेममा एउटा क्रूसमा मारिनेछु भनी येशू जान्नुहुन्थ्यो। उहाँको शरीर एउटा क्रूसमा टगाँइनेथियो, उहाँको रगत बहाइनेथियो। संसार बाँच्न सकोस् भनेर उहाँ मर्नुहुनेथियो (यूहन्ना ६:५१ का अन्तिम छओटा शब्दहरूलाई पढ्नुहोस्)। येशूले आफ्नो शरीर र रगतको कुरा गर्नुको तात्पर्य   यही नै थियो।

तर कसरी एउटा मानिसले ओफ्नो शरीर खान र रगत पिउन सक्छ? येशूले भन्नुभयो, यसो नगर्ने व्यक्तिसँग जी ________ छैन (यूहन्ना ६:५३)! उहाँको शरीर खाने अनि उहाँको रगत पिउने व्यक्तिसँग भने अ __________ जी ________ छ। उहाँको भनाइको तार्त्पर्य के थियो?

“रोमन क्याथोलिक” नामक समुदायका व्यक्तिहरूले आफूहरूले प्रभुभोज (जसलाई उनीहरू “मास” भन्छन्) खाँदा ख्रीष्टकै शरीर खाइरहेका र उहाँको रगत पिइरहेका हुन्छौं भनी दावी गर्छन्। रोटी र दाखरस   येशूकै वास्तविक शरीर र रगतमा परिवर्तन हुन्छन् अरे। तर यहाँ येशूले नरभक्षी (अर्थात् मान्छेको मासु खाने) बन्न कदापि सिकाइरहनुभएको थिएन। प्रभुभोजको रोटी र दाखरस त येशूले हाम्रा निम्ति गरिदिनुभएको कामको सम्झना गराउने सामाग्री मात्र हुन् (१ कोरिन्थी ११:२४,२५–“मेरो ______________ मा यो गर्ने गर”)। होइन, येशूले उहाँको मासु खाने र उहाँको रगत पिउने कुरा गर्नुको तात्पर्य अर्कै थियो।   एक व्यक्तिले ख्रीष्टलाई कुन अर्थमा “खान” सक्छ? एक व्यक्तिले ख्रीष्टलाई कसरी ग्रहण गर्न सक्छ? यूहन्ना छैटौं अध्यायको चावी शब्द हो “विश्वास”। यूहन्ना ६:२९-४७ मा यस चावी शब्द भएका पदहरू भेट्टाउन सक्नुहुन्छ? ______ ______ ______ ______ ______ ______ (छ पटक )। यूहन्ना ६:५४ को खास अर्थ बुझ्न सबभन्दा उत्तम उपाय हो यसलाई योसँग मिल्ने अर्को पद यूहन्ना ६:४० सँग दाँजेर हेर्नुः

यूहन्ना ६:४० यूहन्ना ६:५४
अनन्त जीवन कोसित हुन्छ र अन्तिम दिनमा को बौराइनेछ? “हरेक जन, जसले __________लाई देख्छ र उनीमाथि _______________ गर्छ।”अनन्त जीवन को सित हुन्छ र अन्तिम दिनमा को बौराइनेछ? “जसले मेरो ____________ खान्छ र मेरो _____________ पिउँछ।”

त्यसैले, ख्रीष्टको शरीर खाने र उहाँको रगत पिउने व्यक्तिले हो? तिनीहरू सबै नै हुन् जस-जसले ख्रीष्टमाथि विश्वास गर्दछन् (अर्थात् ख्रीष्ट मेरो उद्घारको निम्ति शारीरिक रूपमा क्रूसमा मर्नुभयो र आफ्नो रगत बहाउनुभयो भनी विश्वास गर्ने हरेक व्यक्ति)! यस व्यक्ति ख्रीष्टसँग एउटा वास्तविक र गजबको आत्मिक सम्बन्धमा जोडिएको हुन्छ (यूहन्ना ६:५६)।

खानेकुराले मान्छेलाई कुनै फाइदा दिँदैन जबसम्म उसले त्यो खाँदैन। यदि खाना थालमै रहन्छ र पिउने कुरा गिलासमै रहन्छ भने उसलाई के फाइदा हुन्छ र? हामी आफैले (अर्थात् व्यक्तिगत तवरले ) खानालाई लिनुपर्छ   र त्यसलाई हाम्रो मुखभित्र हाल्नुपर्छ, अनि निल्नुपर्छ   र त्यसलाई   हाम्रो आफ्नै अङ्ग बनाउनुपर्छ। येशू ख्रीष्टमा पनि यही नै सिद्धान्त लागु हुन्छ। विश्वासैद्वारा हामीले उहाँले हाम्रा निम्ति क्रूसमा के गरिदिनुभएको छ, त्यसलाई व्यक्तिगत रूपमा नै ग्रहण   गर्नुपर्छ। उहाँ मेरै निम्ति मर्नुभयो। उहाँले मेरै निम्ति आफ्नो रगत बहाउनुभयो। उहाँ मलाई नै बचाउन क्रूसमा झुण्डिनुभयो। के तपाईंलाई यस्तो मुक्तिदाताको खाँचो छ? के तपाईंले उहाँलाई तपाईंको प्राण बचाउन दिनुभयो? के तपाईं आफ्नो सारा हृदयले उहाँमाथि विश्वास गर्नुहुन्छ? त्यसो हो भने तपाईं स ____________  जि ____________________ (यूहन्ना ६:५८)।

पछयाउनेमध्ये धेरैले येशूलाई त्याग्छन्

एकदिन अघि मात्र येशूले भीडहरूलाई खुवाउनुभएको थियो अनि त्यसबेला त्यहाँ हजारौं हजार मानिसहरू उपस्थित थिए। तर यूहन्ना छैटौं अध्यायको अन्ततिर धेरैले येशूलाई छाडेर जान्छन्। तिनीहरू पेट भर्ने रोटीको चाहना गर्थे तर येशूको वचनलाई भने वास्ता गर्दैनथे। यी “जोशिला” चेलाहरूमध्ये धेरैको (यूहन्ना ६:३४ हेर्नुहोस्) जोश थोरै बेरमै हरायो। तिनीहरू आफ्ना पेट भर्ने खानेकुराको खोजी गर्थे तर आफ्ना आत्मालाई चाहिने खानेकुराको खोजी गर्दैनथे। तिनीहरूले उहाँको शिक्षालाई पचाउन सजिलो ठाने कि गाह्रो (यूहन्ना ६:६०)? __________। खास समस्या येशूको भनाइमा थिएनः “जुन वचनहरू म तिमीहरूलाई भन्दछु ती ______________ हुन् र ____________ हुन्” (यूहन्ना ६:६३)। खास समस्या मान्छेको हृदयमा थियो। तिनीहरूका पाप र अविश्वासका कारण तिनीहरू यी जीवनका वचनहरू ग्रहण गर्न तयार भएनन्।

को साँचो विश्वासी बन्छ र को बन्दैन भनेर के येशू जान्नुहुन्छ (यूहन्ना ६:६४)? ________। को स्वर्ग जानेछ र को जाँदैन भनेर के उहाँलाई अगाडि नै थाह छ? ________। के येशूलाई शुरुदेखि नै यहूदाको बारेमा सब थाह थियो (यूहन्ना ६:६४,७०-७१)? ____________। परमेश्वर सबथोक जान्नुहुन्छ! तपाईं विश्वास गर्ने व्यक्ति हुनुहुन्छ कि हुनुहुन्न? तपाईं स्वर्ग जाँदै हुनुहुन्छ कि हुनुहुन्न? आज नै हो, ख्रीष्टकहाँ आउने र उहाँलाई   विश्वास गर्ने। परमेश्वर यही गर्न तपाईंलाई आज्ञा गर्नुहुन्छ (१ यूहन्ना ३:२३ अनि यूहन्ना ६:२९ हेर्नुहोस्)। यदि तपाईं ख्रीष्टकहाँ आउन र उहाँलाई विश्वास गर्न इन्कार गर्नुहुन्छ भने यसमा दोषी को हुन्छ? ________________। के ख्रीष्टले तपाईंलाई आउन भनी निम्तो दिनुभएको छ (मत्ती ११:२८)? __________।

येशूका धेरैजना चेलाहरूले के गरे (यूहन्ना ६:६६)? ______________________। यूहन्ना ८:३१ सँग दाँज्नुहोस्। प्रभुका धेरैजना चेलाहरू थिए तर साँचो चेलाहरू भने थोरै थिए। उहाँको ________ लागिरहनेहरू त्यहाँ थोरै मात्र थिए (यूहन्ना ८:३१)। ती थोरै मध्येमा के पत्रुस पनि पर्थे (यूहन्ना ६:६७-६९)? ________। प्रभुसित अघिल्लो दिनमा हजारौं मानिसहरू भए तापनि आखिरमा कतिजना मात्र बाँकी भए (यूहन्ना ६:६७)? _______। अनि चाँडै नै थप अर्को व्यक्तिलाई पनि उहाँले गुमाउन लाग्दै हुनुहुन्थ्यो जसको नाम थियो ____________ (यूहन्ना ६:७०-७१)।

तपाईं नि? तपाईं पत्रुस जस्तै प्रभुसँगै टाँस्सिने व्यक्ति बन्नुहुन्छ कि प्रभुदेखि पछि हट्ने यहूदा जस्तो? हामी प्रत्येकले येशूको प्रश्‍नलाई विचार गरौं:

“के तिमीहरू पनि ________ चाहन्छौ?”
यूहन्ना ६:६७

जाने ठाउँ अन्य कुनै छ र (यूहन्ना ६:६८)? उहाँदेखि पछि नहट्नुहोस् बरु उहाँकहाँ आउनुहोस्! उहाँले तपाईंलाई कहिल्यै अफाल्नुहुनेछैन (यूहन्ना ६:३७)।

येशूले भन्नुभयो,

“मकहाँ _____”
मत्ती ११:२८

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)