नम्र दास (भाग १)

नम्र दास (भाग १)
मर्कूस १०:४३-४५ मा प्रभु येशूले आफैलाई एक उदाहरणीय असल दासको रूपमा प्रस्तुत गर्नुभयो:
(४३) “तर तिमीहरूका बीचमा चाहिँ यस्तो हुनेछैन, तर तिमीहरूका बीचमा जो ठूलो हुने इच्छा गर्दछ ऊचाहिँ तिमीहरूको सेवक (दास) बनोस्।
(४४) र तिमीहरूमा जो पहिला हुने इच्छा गदर्छ, ऊचाहिँ सबैको __________ बनोस्।
(४५) किनभने ___________का ________ पनि सेवा गरिनलाई होइन, तर सेवा गर्न र धेरैको सट्टामा छुटकाराको दामको निम्ति आफ्नो प्राण _________ आए।” येशू सेवा गरिनलाई होइन तर सेवा गर्न आउनुभयो! उहाँ पाउनलाई होइन, दिनलाई आउनुभयो। हामी बाँच्न सकौं उहाँले हाम्रो सेवास्वरूप आफ्नो प्राण दिनुभयो।
यही सत्यता फिलिप्पी २:८ मा पनि उल्लेख छः
“अनि मानिसजस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई _________ तुल्याउनुभयो; र ________सम्म, अँ, ________को मृत्युसम्म आज्ञाकारी हुनुभयो।”
यूहन्ना १२ र १३ अध्यायहरूमा हाम्रा निम्ति आफ्नो प्राण दिन आउनुभएका यस नम्र दासको बारेमा सिक्न चाहन्छौं:
यूहन्ना १२ र १३ अध्यायको रुपरेखा
- नम्र दास दफनका लागि अभिषेक गरिनुहुन्छ (यूहन्ना १२:१-११)
- नम्र दास यरुशलेम शहरभित्र प्रवेश गर्नुहुन्छ (यूहन्ना १२:१२-१९)
- नम्र दास आफ्नो मृत्युको घोषणा गर्नुहुन्छ (यूहन्ना १२:२०-५)
- नम्र दास चेलाहरूका पाउ धुनुहुन्छ (यूहन्ना १३:१-१७)
- नम्र दास आफू यहूदाद्वारा पक्राइने र पत्रुसद्वारा इन्कार गरिने कुराको भविष्यवाणी गर्नुहुन्छ (यूहन्ना १३:१८-३८)
यूहन्ना १२
नम्र दास दफनका लागि अभिषेक गरिनुहुन्छ
येशू फेरि लाजरस बस्ने गाउँ, बेथानीमा फर्कनुभयो (यूहन्ना १२:१)। उहाँ क्रूसमा मर्नुभन्दा करिब एक हप्ता अगाडिको कुरो हो।
लाजरसकी दिदी मार्थाले खाना खुवाइन् (यूहन्ना १२:२)। यहाँ खाना खानेहरूमा मरियम (मार्थाकी बहिनी), येशू, बाह्र चेलाहरू र शिमोन नाउँको एकजना मानिस (मर्कूस १४:३ मा हेर्नुहोस्) बाहेक अरुहरू पनि थिए। खानलाई त्यहाँ अर्को कुन मानिस पनि उपस्थित थिए? (यूहन्ना १२:२)? ____________। कल्पना गर्नुहोस् त! मरेर चिहानमा चार-चार दिनसम्म गाडिएका मान्छेसित बसेर खाना खानु कस्तो अनुभव हुन्थ्यो होला!
अब हामी मरियमले येशूका लागि गरेकी एउटा विशेष कुराको बारेमा हेर्न लाग्दैछौं। येशूप्रति उनको प्रेमको कारण उनले जे गरिन्, त्यसलाई कहिल्यै बिर्सिएको छैन। यस कुरालाई तीन-तीन ठाउँमा लेखिएको छ (यूहन्ना १२:३-८, मत्ती २६:६-१३ र मर्कूस १४:३-९)। जहाँ जहाँ बाइबल प्रचारिन्छ, त्यहाँ मानिसहरूले मरियम र उनले येशूका निम्ति गरेकी त्यस कार्यको बारेमा सिक्नेछन् (मर्कूस १४:९ मा हेर्नुहोस)।
नयाँ नियममा “मरियम” नाम भएका विभिन्न स्त्रीहरू छन्। कुनचाहिँ मरियमले प्रभु येशूलाई तेलले अभिषेक गरिदिएकी हुन्? यसको उत्तर यूहन्ना ११:१-२ मा छ (यूहन्ना ११:३२ सँग पनि तुलना गर्नुहोस्)। यिनीचाहिँ ____________ शहरमा बस्थिन् र तिनकी दिदीको नाउँ _________ थियो र भाइको नाउँ _____________ थियो। लूका १०:३८-४२ मा उल्लेख भएकी मरियम यिनी नै हुन्।
मरियमको प्रेमरूपी कार्यको बयान यूहन्ना १२:३ मा पाइन्छ। मरियमसँग एक “माना” साह्रै किम्मती (महँगो) सुगन्धित तेल अर्थात् अत्तर थियो। (“माना” लाई ग्रीकमा “लित्रा” भनिएको छ जुनचाहिँ करिब ३७५ ग्राम जति हुँदो हो)। यो अत्तर केको थियो? हामीलाई बताइएको छ, यो एकदमै शुद्ध वा सक्कली जटामसीको तेल थियो। यो जटामसी तिब्बत र भारतको बीचको उच्च हिमाली खर्कहरूमा उम्रने बोटबाट ल्याइन्थ्यो। यो त्यति विकट ठाउँमा मात्रै पाइने र यति टाढादेखि उँटमा लादेर प्यालेस्टाइनसम्म पुर्याइनुपर्ने भएको हुनाले यो साह्रै नै किम्मती थियो।
यहूदाको सोचाइअनुसार त्यो अत्तर ______________ दीनारमा बेच्न सकिन्थ्यो (यूहन्ना १२:४-५। यो त ठूलै रकम थियो। दीनारको भाउ कति हुन्छ भनेर हामीले यूहन्ना ६ अध्यायको अध्ययन गर्दा हेरिसकेका छौं। एकजना सरदर ज्यालादारीले एक दिन काम गरे बापत पाउने ज्याला एक दिनार हुन्थ्यो (मत्ती २०:१-१६) जुनचाहिँ एउटा चाँदीको सिक्का थियो। तसर्थ, यस्ता तीन सयओटा चाँदीका सिक्काहरू कमाउन एकजना ज्यालादारीलाई _____________ दिन (करिब एक बर्ष!) लाग्छ। यसको मतलब मरियमको जतिको जटामसीको तेल किन्न एउटा सरदर ज्यालादारीलाई उसको करिब एक बर्ष जतिको कमाइको आवश्यकता पर्छ।
यस अत्तरको साह्रै मीठो बासना थियो। हामीलाई बताइएको छ, भुडुल्को खोलिँदा तेलको __________ले ________ भरियो (यूहन्ना १२:३)।
मरियमले गरेकी कामलाई एकछिन कल्पना गरौं। येशू टेबिलनेरको ओछ्यानमा पस्रिरहनु भएको थियो। अचानक मरियमले आफ्नो हातमा लिइरहेकी भुँडुल्को फुटाउँछिन् र यसको मगमग बास्नादार तेललाई उनले येशूमाथि खन्याइ दिन्छिन्। मत्ती र मर्कूसका अनुसार उनले त्यो उहाँको शिरमा खन्याइदिएकी थिइन् (मत्ती २६:७ र मर्कूस १४:३) र यूहन्नाका अनुसार उनले त्यो उहाँको पाउमा घसिदिएकी थिइन् (यूहन्ना १२:३)। यी दुवै भनाइहरू साँचा हुन्। अत्तर येशूको शरीरमाथि खन्याइएको थियो भनेर मत्ती र मर्कूसले प्रस्टै जनाएका छन्। उदाहरणको लागि हेरौं मत्ती २६:१ मा: “उसले मेरो ________मा यो सुगन्घित तेल खन्याई।” पूरै शरीर अर्थात् शिर, काँध, पाखुरा अनि पाउलाई समेत पुग्ने पर्याप्त अत्तर त्यहाँ थियो भन्ने बुझिन्छ। पाउहरूमा सुगन्घित तेल यति प्रशस्त भयो कि त्यसलाई उनले आफ्नै __________ले पुछिन् (यूहन्ना १२:३)।
मरियमले येशूप्रति आफ्नो प्रेम यसरी देखाएकीमा के यहूदा इस्करयोती खुशी थियो (यूहन्ना १२:४-५)? ____________। यहूदा र कतिपय अन्य चेलाहरूले येशूको पूरै शरीर भरि यसरी अत्तर खन्याइएको देखेर तिनीहरूले सोचे, “यस्तो बरबादी किन!” (मर्कूस १४:४-५ सँग दाँज्नुहोस्)। यहूदाले चाहिँ आफ्नो मुख फोरिहाल्यो र भन्यो, यो सुगन्धित तेल (अत्तर) बेचेर पैसाचाहिँ ____________लाई दिइएको भए हुन्थ्यो (यूहन्ना १२:४-५)। के यहूदा साँच्चै नै गरिबहरूको वास्ता गर्थ्यो (यूहन्ना २:६)? __________। यहूदाले खास कसको मात्र वास्ता गर्थ्यो? __________। यहूदा चेलाहरूको समूहका “कोषाध्यक्ष” थियो। पैसाको थैली उसैसँग रहन्थ्यो र बाइबलले बताउँछ त्यो एउटा चो ____ थियो (यूहन्ना १२:६)। के येशू उसको दुष्ट हृदयलाई जान्नुहुन्थ्यो? ______________। मरियम कति उदार थिइन् तर यहूदा भने कति लोभी!
के येशूले मरियमको कामलाई मूर्खतापूर्ण पैसाको बरबादी ठान्नुभयो? (यूहन्ना १२:७-८)? ______________। येशूको भनाइअनुसार मरियमले जे गरेकी थिइन् त्यो ज्यादै अर्थपूर्ण थियो। उनले येशूको शरीरलाई दफनका निम्ति तेल खनाएर अभिषेक गरेकी थिइन्। नयाँ नियमका समयहरूमा मृत शरीरमा सुगन्धित मसलाहरू र अत्तरहरू घसिदिने यहूदीहरूको चलनै थियो। पछिबाट समय नहुने भएको हुनाले मरियमले यो काम उहाँको मुत्यु अघि नै गरेकी हुन् भनेर येशूले बताउनुभयो। हुन पनि, पछिबाट स्त्रीहरू उहाँको शरीरलाई तेलले अभिषेक गर्नलाई येशूको चिहानमा आउँदा (मर्कूस १६:१) उनीहरूले उहाँको शरीरलाई त्यहाँ भेट्टाएनन् (मर्कूस १६:६)। उहाँको शरीरलाई मरियमले बाहेक कसैले अभिषेक गर्न पाएन!
यूहन्ना १२:८ मा येशू आफ्ना चेलाहरूसँग बातचित गर्दै हुनुहुन्थ्यो। तिनीहरूका साथमा को सोधैंभरि हुनेछन्? ________________। अनि तिनीहरूका साथमा कोचाहिँ सधैंभरि हुनुहुनेछैन? ____________। गरिबहरूलाई सहायता गर्ने अवसर सधैं नै छ भनेर येशू उनीहरूलाई बताउँदै हुनुहुन्थ्यो (मर्कूस १४:७ मा हेर्नुहोस् जतिबेला तिमीहरूलाई इच्छा लाग्छ त्यतिबेलै तिमीहरूले तिनीहरूको ___________ गर्न सक्छौ)। तर येशू सोधैंभरि तिनीहरूसँग नरहने समय नजिक आउँदैथियो। येशूको निम्ति केही न केही गरिदिने मौका छिट्टै नै समाप्त हुँदै थियो। उहाँको लागि केही गर्ने मौका अहिले नै हो भन्ने जानेर मरियमले आफूले सक्दो गरिन्। येशू आज संसारमा हुनुहुन्न। हामीले उहाँलाई आफ्नो प्रेम देखाउने चाहन्छौं भने हामीले के गर्नुपर्छ (यूहन्ना १४:१५,२१-२४)? ___________________________________।
मानिसहरू ठूलो संख्यामा बेथानीमा आउँदैथिए। यसरी भीड जम्मा हुनुमा त्यहाँ दुइटा कारणहरू थिएः १) तिनीहरू येशूलाई हेर्न चाहन्थे (यूहन्ना १२:९); २) तिनीहरू __________लाई पनि हेर्न चाहन्थे (यूहन्ना १२:९), कारण उनी चार मरेर पनि जीवित पारिएका मानिस हुन् भनी धेरैले सुनेका थिए! प्रभुका शत्रुहरूले येशूलाई मात्र मार्ने मत्तो गरेनन्, तर तिनीहरूले अरु कसलाई समेत मार्ने मतो गरे (यूहन्ना १२:१०-११)? ________________।
नम्र दास यरुशलेम शहरभित्र प्रवेश गर्नुहुन्छ
यूहन्ना १२:१२-१९ मा हामी एउटा घटनाको उल्लेख छ जसलाई ख्रीष्टको विजयी प्रवेश अथवा ख्रीष्टको राजकिय प्रवेश भन्ने चलन छ। अन्तिमपटक येशू यरुशलेम शहरभित्र प्रवेश गर्नुभएको यस घटनालाई सुसमाचारका चारैओटा पुस्तकहरूले उल्लेख गरेका छन् (मत्ती २१, मर्कूस ११, लूका १९, यूहन्ना १२)। पुरानो नियमले समेत यसको भविष्यवाणी गरेको छ (जकरिया ९:९ मा हेर्नुहोस्)।
यूहन्ना १२:१२-१९ मा तपाईंले पढ्दै जानुहुँदा तपाईंले यस घटना खुल्लमखुल्ला भएको थाह पाउनुहुनेछ। येशू साहससित र धुमधामसित शहरभित्र आउनुभयो। साथै उहाँ बिना डर आउनुभयो यद्यपि उहाँ उहाँलाई पक्रन शत्रुहरू तम्सेर बसेका छन् भनी जान्नुहुन्थ्यो (यूहन्ना ११:५७ मा हेर्नुहोस्)। यस घडी प्रभुले मानिसहरूको ध्यान आफूतर्फ आकर्षण गर्न सकभर गर्नुभयो। त्यो घडी आइपुगेको थियो (यूहन्ना १३:१ सँग दाँज्नुहोस्)।
यसबेला प्रभुले आफ्नो सेवकाईमा पहिलाभन्दा एकदमै फरक नीति अपनाउँदै हुनुहुन्थ्यो। पहिला भने येशू खुल्लमखुल्ला बढी मात्रामा देखा नपर्न साह्रै होशियार हुनुहुन्थ्यो अनि कति पटक उहाँ भीडहरूदेखि पन्छिनुहुन्थ्यो। उहाँका शत्रुहरूले उहाँलाई पक्रन खोज्दा उहाँ फुत्किनुहुन्थ्यो र अलग्गिनुहुन्थ्यो (यूहन्ना १०:३९-४० र यूहन्ना ११:५३-५४ मा हुर्नुहोस्)। तर यतिखेर भने “होसन्ना! धन्य इस्राएलका ________, जो प्रभुको नाममा आउनुहुन्छ!” (यूहन्ना १२:१३ र भजनसोग्रह ११८:२५-२६ बीच तुलना गर्नुहोस्) भन्दै चिच्याइरहेको ठूलो भीडका साथमा दिन दहाडै उहाँ यरुशलेम शहरभित्रै लम्कनुभयो। येशूले धेरै भन्दा धेरै प्रचार र विज्ञापन गरेइयोस् भन्ने चाहनु भएजस्तै देखिन्थ्यो। अब यति गरिसकिएपछि प्रभुका शत्रुहरू उहाँको लोकप्रियता देखेर छक्क परे र भने “हेर, _________ उसको पछि लागेको छ” (यूहन्ना १२:१९)।
मानिसहरूले “_________का हाँगाहरू” लिएर निस्के अनि उहाँ शहरभित्र पस्दै गर्नुहुँदा तिनीहरूले उहाँको अघि अघि राखिदिए। राजालाई अथवा विजेतालाई स्वागत गर्ने चलन यस्तै थियो।
येशू यरुशलेमभित्र एकदम नम्र तरिकामा प्रवेश गर्नुभयो, एउटा भर्खरको गधा वा खच्चरमा बस्दै (यूहन्ना १२:१४-१५)। उहाँ शक्तिशाली धोडाहरूले तान्ने जगमगाउँदो बग्गीमा चढेर शहरभित्र पस्नुभएको थिएन। उहाँ शहरभित्र यसरी प्रवेश गर्नुहुनेछ भनेर जकरिया ९:९ ले भविष्यवाणी गरेको थियो: “उहाँ _______ हुनुहुन्छ र गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।” “भला” भनेर नेपालीमा रुपान्तर गरिएको हिब्रू शब्दलाई “नम्र” भनेर अनुवाद गर्न सकिन्छ।
भविष्यमा येशू ख्रीष्ट इस्राएलको राजा भएर दोस्रो पटक आउनुहुनेछ। उहाँ त्यतिखेर दीनता र नम्रतामा आउनुहुनेछ कि ठूलो सामर्थ्य र महिमामा (मत्ती २४:३०)? ___________ ______________________________। उहाँ दोस्रो आगमनमा आउनुहुँदा उहाँ नम्रतामा गधामाथि चढेर आउनुहुनेछ कि संसारका विजेता र न्यायकर्ता बनेर सेतो घँडामाथि रवाफका साथ आउनुहुनेछ? (प्रकाश १९:११-१६)? ________________________________________ _______________________________________। येशू पहिला संसारको मीक्तदाता हुनलाई आउनुभयो। दोस्रो पटक भने उहाँ संसारको न्यायकर्ता हुनलाई आउनुहुनेछ। उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण नगर्नेहरूले त्यस दिन उहाँलाई न्यायकर्ताको रूपमा सामना गर्नु पर्नेछ।
नम्र दास आफ्नो मृत्युको घोषणा गर्नुहुन्छ
यूहन्नाको सुसमाचारका अघिल्ला अध्यायहरूमा हामीले देखेका थियौं कसरी यहूदीहरूले उहाँमाथि चाहेर पनि हात हाल्न सकिरहेका थिएनन् किनभने “उहाँको ________ अझै ________ थिएन” (यूहन्ना ७:३० र ८:२० पढ्नुहोस्, यूहन्ना २:४ सित दाँज्नुहोस्)। यूहन्ना १२:२३ मा हामी एउटा महत्त्वपूर्ण भनाइ पढ्छौ: “मानिसका पुत्रको महिमा हुने _______ ____________ छ।” समय आइपुगेको थियो! येशूले आफ्नो मरणको कुरा गरिरहनुभएको थियो भन्ने कुरा हामी यूहन्ना १२:२४ मा देख्छौं।
यूहन्ना १२:२४ मा प्रभुले एउटा दानाको उदाहरणबाट सिकाउनुभयो। एउटा गहुँको दाना वा बिउ _________मा खस्नैपर्छ र _______पर्छ। त्यसरी मात्र तपाईंले फसल (गहुँको प्रशस्त बाली) पाउनुहुन्छ। तपाईंले गहुँको बीउलाई एउटा शिशाको भाँडामा हालेर भान्साको दराजभित्र राख्नुभयो भने के तपाईंले कहिल्यै त्यसको फल पाउनुहोला? वर्षौं पछि हेर्दा पनि गेडा जस्ताको त्यस्तै पाउनुहुनेछ। त्यो एक्लै रहिरहनेछ! तर जब त्यो बिउलाई जमीनभित्र “मर्नलाई” राखिन्छ तब एउटा अचम्मको कुरा हुनेछ! बिउको बाहिरी कडा खोष्टा नरम हुन थाल्छ र चाँडै नै त्यो नष्ट हुन थाल्छ र फक्लक्क फुट्छ। तब जीवन देखा पर्छ! अब त्यो गेडा त छैन तर गहुँको जिउँदो टुसा पलाएको छ! फल फलोस् र जीवन सम्भव होस् भनेर नै येशू क्रूसमा मर्नु आवश्यक थियो! येशू नमर्नु भएको भए उहाँ एक्लै मात्र स्वर्ग जानुहुनेथ्यो। स्वर्गमा न मोशा हुनेथ्यो न दाऊद, न यशैया न पत्रुस, न पावल न तपाईं नै! तर उहाँ मर्नु भएकोले नै उहाँले उहाँमाथि विश्वास गर्ने (मतलब, उहाँ जो हुनुहुन्छ र उहाँले जे गरिदिनुभएको छ त्यसमाथि विश्वास गर्ने) जोसुकैलाई पनि अनन्तसम्म परमेश्वरको साथमा बस्न सम्भव तुल्याइदिनुभयो। कल्वरी क्रूसले गर्दा प्रशस्त आत्माहरूको फसल सम्भव भयो! हामीले जीवन पाऔं भनेर नम्र दास आफ्नो जीवन दिन (बलि हुन) आउनुभयो।
विश्वासी जनहरूले आफ्नो प्रभुको उदाहरणलाई पछ्याउनुपर्छ (यूहन्ना १२:२५)। संसारको सोचाइमा लिनु भनेको पाउनु हो दिनु भनेको गुमाउनु हो। संसारको सोचाइमा दिनु भन्दा लिनु नै उत्तम हो। तर केही प्राप्त गर्न केही गुमाउनै पर्छ भनी येशूले सिकाउनुभयो। प्राप्त गर्न हामीले गुमाउनैपर्छ। केही माथि पुग्न तल्लो केहीलाई त्याग्नैपर्छ!कोही आफ्नै निम्ति मात्र जिउँछ भने ऊ समस्यामा छ, किनभने “जसले आफ्नो प्राणलाई मायाँ गर्छ, त्यसले त्यो ___________ छ” (यूहन्ना १२:२५)। जसले आफूलाई इन्कार गर्दछ र परमेश्वरको निम्ति र अरुहरूका निम्ति जिउँदछ, उसको इनाम ठूलो हुनेछ (यूहन्ना १२:२५ को अन्तिम खण्ड)। कसको सेवा गर्ने, हो हामीले रोज्नैपर्छ। हामी आफ्नै सेवा गरौं कि मुक्तिदाताको (यूहन्ना १२:२६)? ________________।
यूहन्ना १२:२७-२८ मा येशू आफ्ना स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ। मानिसका पापको म मर्नुछ र परमेश्वरदेखि म त्यागिनुछ भन्ने कुरालाई सम्झेर येशू, आफ्नो पापरहित मनुष्यत्वमा, एकछिन त झस्किनुभयो (मत्ती २७:४६ सोग दाँज्नुहोस्)। यूहन्ना १२:२७ मा येशूले भन्नुभयो, “पिता, _________ यस घडीबाट ______________।” तर यसैका निम्ति उहाँ पृथ्वीमा आनुभएको हो भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना १२:२७)। यदि उहाँ क्रूसमा जानदेखि बचाइनुभएको भए हामीकोही पनि कहिल्यै बचाइने थिएनौं। उहाँले आफ्नो प्राणलाई बचाउनुभएको खण्डमा हामी हाम्रा पापहरूमा मर्नेथ्यौं। विश्वास नगर्ने कुकर्मीले भने, “_______लाई र _______लाई बचाऊ” (लूका २३:३९)। तर येशू क्रूसबाट ओर्लनुभएर आफूलाई बचाउनुभएको भए के उहाँले हामीलाई बचाउन सक्नुहुनेथ्यो? _______________। मुक्तिदाताले पापको दण्डरूपी जरिवाना पूरै नतिर्नुभएसम्म मुक्ति असम्भव छ!
अरू सबैकुरा भन्दा बढी येशू परमेश्वरको महिमा भएको चाहनुहुन्थ्यो: “हे पिता, तपाईंको नामको ___________ गर्नुहोस्” (यूहन्ना १२:२८)। के येशूको यस प्रार्थनाको जवाफ मिल्यो (यूहन्ना १२:२८)? ___________। परमेश्वर पिता स्वर्गबाटै प्रत्यक्ष बोल्नुभएको घटना बिरलै भेटिन्छ, तर यो त्यस्तो एउटा घटना थियो। के मानिसहरूले त्यस घटनालाई बुझे (यूहन्ना १२:२९)? ________________।
मानिसहरूसित बोल्ने क्रमामा येशूले आफ्नो आइरहेको मरणको बारेमा उनीहरूलाई बताइरहनुभयो। यूहन्ना १२:३२ मा उहाँले भन्नुभयो, “अनि म पृथ्वीदेखि _______ (क्रूसमा) ____________ भने ______ ______________लाई आफूकहाँ खिँच्नेछु। यसो भन्नुहुँदा के उहाँले आफ्नो मरणको कुरा गर्दै हुनुहुन्थ्यो (यूहन्ना १२:३३)? _______________। यूहन्ना ३:१४ मा पनि येशू क्रूसमाथि उचालिनुहुने बारेमा सिकेका थियौं।
प्रभु येशूको मृत्यु हुँदा, त्यहाँ अरू दुइटा क्रूसहरू थिए – एउटा उहाँको बायाँपट्टि, अर्को उहाँको दायाँपट्टि (मर्कूस १५:२७)। प्रभु येशूले सबै मानिसहरूलाई बीचको क्रूसतिर खिँच्नुहुन्छ जहाँ आएर उनीहरूले क्रूसमा उचालिनुभएका मुक्तिदातालाई या त स्वीकार गर्नुपर्छ या त अस्वीकार गर्नुपर्छ। एक व्यक्तिले दुइटामा एउटा रोज्नुपर्छ। ती दुई छनोटहरूलाई दुईतिरका क्रूसहरूले चित्रण गर्दछन्:
येशूले आफ्नो मृत्युको कुरा गरिरहनुभएको सुनेर ती यहूदीहरू जिल्ल परे (यूहन्ना १२:३३-३४)। उनीहरूले भने, “__________ (मसीह) _______भरि रहनुहुन्छ भनी हामीले व्यवस्थाबट सुनेका छौं (यूहन्ना १२:३४)।” यसको मतलब, मसीह सदाका लागि जिउनुहुनेछ र राज्य गर्नुहुनेछ भनी पुरानो नियमले सिकाउँदछ भनी उनीहरू जान्दथे (हेर्नुहोस्, दानियल ७:१४,२७; यशैया ९:७ र भजनसंग्रह १०२:२६-२७)। तर येशू, जो भर्खरै राजाझैं (यूहन्ना १२:१३) यरूशलेमभित्र प्रवेश गर्नुभयो, उहाँले आफ्नो मृत्युको कुरा गर्दै उहाँ क्रूसमा माथि उचालिने कुरा पो गर्नुभयो! येशू मसीह नै हुनुहुन्छ भने एउटा जटिल समस्या खडा भएको देखिन्छ! मरेका मसीह कसरी सदाका लागि जिउनेछन् र राज्य गर्नेछन्? परमेश्वरले यस समस्यालाई कसरी हल गर्नुभयो (प्रेरित ५:३० पढ्नुहोस्)? _________________________ ___________________________।
येशूले उनीहरूको प्रश्नको जवाफ खासै दिनुभएन (यूहन्ना १२:३४-३६ पढ्नुहोस्) बरु उनीहरूलाई सबैभन्दा महत्त्वपूर्ण काम गर्नलाई भन्नुभयो: “ज्योतिमाथि ___________ गर” (यूहन्ना १२:३६)। ज्योति भनेकोले हो (यूहन्ना १२:४६)? ______________। ज्योतिलाई अस्वीकार गर्नेहरू अन्धकारमै रहनेछन्, अन्धा रहनेछन् (यूहन्ना १२:४०)!
आफ्नै आँखाले थुप्रै आश्चर्यकर्महरू देखेर पनि अझै विश्वास नगर्न सम्भव छ (यूहन्ना १२:३७)? __________। कसैले भन्ला, “आज येशू पृथ्वीमै हुनुभएको भए ता! उहाँले ती आश्चर्यकर्महरू गरिरहनुभएको मैले देख्न पाउँथे र मैले विश्वास गर्नेथिएँ!” के विश्वास त्यसरी नै आउने हो त? __________। याद राख्नुहोस्, कैयौं यहूदीहरूले ख्रीष्टका आश्चर्यकर्महरू देखे तरैपनि उनीहरूले पछि चिच्याउँदै कराए, “यसलाई क्रूसमा टँगाऊ!”
यूहन्ना १२:३९-४१ मा प्रेरित यूहन्नाले पुरानो नियमको यशैया ६:१-१० बाट उद्धरण गर्दै छन्। यूहन्ना १२:४१ मा यूहन्नाको भनाइलाई विचार गरौं: “उहाँ (ख्रीष्ट) को महिमा देखेर उहाँ (ख्रीष्ट)ले विषयमा बोल्दाहुँदि ____________ले यी कुराहरू भने।” यसको मतलब, यूहन्ना भन्छन्, यशैयाले देखेका व्यक्ति येशू ख्रीष्ट नै थिए! यशैया ६:१ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________________। यशैया ६:५ अनुसार यशैयाले कसलाई देखेका हुन्? _____________________________। ती महान् प्रभु र राजा अरूकोही थिएनन्, येशू ख्रीष्ट नै हुनुहुन्थ्यो (पृथ्वीमा आउनुअघि)!
के शासकहरूमध्ये केहीले येशूमा विश्वास गरे (यूहन्ना १२:४२)? _________। उनीहरूले उहाँलाई स्वीकार गर्दै अरूहरूलाई येशूको बारेमा उनीहरूको आफ्नो धारणालाई बाँडे (यूहन्ना १२:४२)? ________। उनीहरूले ख्रीष्टलाई साहसका साथ र गर्वका साथ स्वीकार गरेका भए उनीहरूलाई के गरिनेथ्यो (यूहन्ना १२:४२; दाँज्नुहोस् यूहन्न ९:२२,३४)? ______ ______________________________। के तपाईंले येशू ख्रीष्ट आफ्नो मुक्तिदाता हुनुहुन्छ भनी कहिल्यै स्वीकार गर्नुभएको छ? तपाईंले उहाँलाई प्रेम गर्नुहुन्छ र उहाँमाथि विश्वास गर्नुहुन्छ भनी के तपाईंले अरूहरूलाई कहिल्यै बताउनुभएको छ? उहाँलाई मानिसहरूका सामु स्वीकार गर्नेहरूलाई येशूको के प्रतिज्ञा छ (मत्ती १०:३२)? __________________________ __________________________________। सभाघरबाट निकालिनुभन्दा अति डरलाग्दो अर्को कुरा पो छ त्यहाँ (मत्ती १०:३३ पढ्नुहोस्)!
यूहन्ना १२:४४-५० पढ्नुहोस्। उहाँमाथि विश्वास गर्ने र उहाँका वचनहरूलाई ग्रहण गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ? उहाँमाथि विश्वास नगर्ने र उहाँका वचनहरूलाई अस्वीकार गर्नेहरूको बारेमा येशूले के भन्नुभएको छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)