पुनरुत्थित् प्रभु (भाग २)

Study Series

पुनरुत्थित् प्रभु (भाग २)

४) येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ

तिबेरियासको समुद्र (यूहन्ना २१:१), _________ को समुद्र (यूहन्ना ६:१) को अर्को नाउँ हो। यूहन्नाको एक्काइसौं अध्यायले येशू आफ्ना चेलाहरूकहाँ उनीहरू सामूहिक रूपमा हुँदा बौरिउठ्नुभएपछि तेस्रो पटक देखा पर्नुभएको घटनालाई बयान गर्दछ (यूहन्ना २१:१४ पढ्नुहोस्)। हामीले उहाँ त्यसरी देखा पर्नुभएको पहिलो दुइटा घटनाहरू हेरिसक्यौं (यूहन्ना २०:१९ र यूहन्ना २०:२६)।

यस अवसरमा त्यहाँ कतिजना चेलाहरू सँगै थिए (यूहन्ना २१:२)? __________। माछा मार्न जाने योजना कसको थियो (यूहन्ना २१:३)? __________। तिनीहरू कत्तिको सफल भए? (यूहन्ना २१:३)? ____________________________। यूहन्ना २१ मा घटेको घटना केहि वर्ष अगाडि घटेको एउटा घटना जस्तै थियो (लूका ५:४-११ पढ्नुहोस्)। लूका ५ र यूहन्ना २१ मा घटेका घटनाबीच के-कस्ता समानन्तरताहरू थिए? लूका ५:१० मा येशूले शिमोन पत्रुसलाई भन्नुभएको थियो, “अबदेखि उसो तिमीले ______________ पक्रनेछौ”। तर यूहन्ना २१ मा पत्रुस माछा पक्रनलाई फर्केको हामी देख्छौं!

यूहन्ना २१:७ मा हामीलाई पत्रुस र यूहन्नाको बारेमा केही कुरा बताइएको पाउँछौं। कुनचाहिँ चेलाले येशूलाई पहिले चिने? __________। कुनचाहिँ चेला पानीमा हाम फाल्न छिटो थिए? ___________। सबैजना चेलाहरू किनारमा आइपुग्दा कसले बिहानको नास्ता तयार गर्दैहुनुहुन्थ्यो (यूहन्ना २१:९)? _________________। कसले खाना खुवाउनुभयो (यूहन्ना २१:१३)? ________________। हाम्रो प्रभु साँच्चै बौरिउठ्नुभएको कुराको यहाँ प्रशस्तै प्रमाण भेटिन्छन्। सातजना वयस्क पुरुषहरूले उहाँलाई बिहानको घामको उज्यालोमा आफ्नै आँखाले देखे। गालीलको समुद्रको किनारमा प्रभुलाई बसिरहनुभएको, कुराकानी गरिरहनुभएको र खाना खाइरहनुभएको हामी देख्छौं। बौरिउठाइको यो भन्दा प्रबल प्रमाण दिन सकिन्छ? पत्रुस यसबाट पूर्ण रूपमा विश्वस्त भएका र सन्तुष्ट भएका थिए किनकि वर्षौं बितेपछि उनले कर्नेलियसलाई भन्छन्, “उहाँ __________बाट ________ ___________पछि हामीले उहाँसँगै खायौं-पियौं” (प्रेरित १०:४१)। आज येशू जीवित हुनुहुन्छ भनेर हामी विश्वस्त छैनौं भन्नेहरूले इमानदारीका साथ स्पष्ट प्रमाणहरूलाई हेर्नु खाँचो छ!

यस अध्यायको अर्को खण्डमा प्रभुले कस्तो कोमल तरिकाले पत्रुससित व्यवहार गर्नुभएको थियो भन्ने कुरालाई हेर्नेछौं। धेरै समय बितेको थिएन जुन बेला पत्रुसले आफ्ना प्रभुलाई शर्मलाग्दो गरी इन्कार गरे। पत्रुसको इन्कार गराइलाई यूहन्ना २१ को खण्डसित तुलना गर्दा निम्न समानन्तरताहरूलाई ख्याल राख्‍नुहोस्:

पत्रुसको इन्कार गराइपत्रुससितको प्रभु येशूको व्यवहार (यूहन्ना २१)
प्रभुलाई इन्कार गर्दा पत्रुसले आ_____ तापिरहेका थिए (यूहन्ना १८:१८)।पत्रुससित येशू कुरा गर्नुहुँदा पनि उहाँहरू कोइलाको _________ वरिपरि हुनुहुन्थ्यो (यूहन्ना २१:९)
पत्रुसले प्रभुलाई तीन-तीन पटक इन्कार गरे (यूहन्ना १३:३८)।प्रभुका निम्ति आफ्नो प्रेम स्वीकार गर्नलाई पत्रुसलाई येशूले तीन-तीन पटक मौका दिनुहुन्छ (यूहन्ना २१:१५-१७)।
तेस्रो इन्कार गराइपछि भाले बास्यो र पत्रुस दुःखित बने र धुरुधरु रोए (मत्ती २६:७५)।प्रभुले तेस्रो पटक प्रश्न गर्नुभएपछि पत्रुस दुःखित भए (यूहन्ना २१:१७)। विगतको आफ्नो विफलताको उनलाई सम्झना आएको थियो कि?

यूहन्ना २१:१५-१७ पढ्नुहोस् र प्रत्येक पदको अन्तमा उल्लेखित तीन वा चार शब्दहरूलाई ध्यान दिनुहोस्। उनले येशूलाई साँच्चै प्रेम गर्छन् भनी देखाउन पत्रुसले गर्नुपर्ने एउटै काम के हो भनी उसलाई भनियो? _______________________________________। यूहन्नाको एक्काइसौं अध्याय पत्रुस कसरी मछुवाबाट गोठाला बन्न पुगे भन्ने कुराको कहानी पनि हो!

पत्रुसको जीवनको सेवाकार्य माछाको काम गर्नु थिएन तर मान्छेसित काम गर्नु थियो (लूका २२:३१-३२ पढ्नुहोस्)। उनले परमेश्वरको बगालको हेरचाह गर्नु थियो। यूहन्ना १०:२७ मा अध्ययन गरिसक्यौं, परमेश्वरका भेडा ती हुन् जसले ख्रीष्टको स्वर सुन्छन्, उहाँलाई पछ्याउँछन् र उहाँमाथि विश्वास गर्छन्। आफूले सिक्नुपर्ने पाठ पत्रुसले राम्ररी सिकेको दखिन्छ किनकि पछि उनको जीवनमा बगाललाई खुवाउने र परमेश्वरका भेडाहरूका लागि सही किसिमको अगुवा हुने भन्ने कुराको महत्त्व उनले बुझेका थिए (१ पत्रुस ५:१-४)! यदि कुनै पास्टरले परमेश्वरको बगालको राम्रो हेरविचार गरिरहेका छैनन् र उनीहरूलाई परमेश्वरको वचनबाट खुवाइरहेका छैनन् भने, के तिनले प्रभुलाई प्रेम गर्दछन् भन्ने कुरा साँच्चै दर्शाइरहेका छन् त? _____________

यूहन्ना २१:१८ मा प्रभु येशूले पत्रुसलाई उनलाई भविष्यमा हुने केही कुराको बारेमा बताउनुभयो। त्यो कुरा उनी बूढा भएपछि उनलाई हुनेछ भनेर भन्नुभयो। प्रभुले उनलाई भन्नुभएको कुरा कुन विषयमा थियो (यूहन्ना २१:१९)? _______________________। प्रभु पत्रुसका बारेमा सबै कुरा जान्नुहुन्थ्यो, उनको मृत्यु कसरी हुनेछ भन्ने बारेमा समेत। पत्रुसको दोस्रो पत्र उनी बूढा भइसकेपछि र उनको मर्ने बेला नजिक आइसकेपछि लेखिएको थियो। २ पत्रुस १:१४ मा पत्रुसले उनको निकटमा हुने मृत्युको बारेमा कसरी लेखेका छन् हेर्नुहोस्: “किनकि हाम्रा प्रभु येशू ख्रीष्टले __________ _________________ मेरो डेरा (अस्थायी वासस्थान) उठाइने समय चाँडै आइरहेछ भनी म जान्दछु”। घटना हुनुभन्दा धेरै अगाडिबाट नै येशूले पत्रुसलाई उनको मृत्युको बारेमा बताउनुभयो। ऐतिहासिक परम्पराअनुसार प्रेरित पत्रुस सम्राट नीरोको शासन कालमा रोमीहरूको हातबाट क्रूसमा टँगाइए। यसरी, आफ्नो जीवनले मात्र होइन तर आफ्नो मृत्युले समेत पत्रुसले _____________को महिमा गरे (यूहन्ना २१:१९ सित फिलिप्पी १:२०-२१ लाई तुलना गर्नुहोस्)।

प्रभुले हाम्रो भविष्यको बारेमा सब जान्नुहुन्छ भन्ने जानेर हामीलाई ठूलो सान्त्वना मिल्दछ। आगामी दिनहरू कस्ता हुनेछन् हामी जान्दैनौं तर परमेश्वरले पक्कै पनि जान्नुहुन्छ। हामी उहाँको _________ लाग्नुपर्छ र हाम्रो जीवन र मरणका सबै बन्दोबस्तका लागि उहाँमै भरोसा गर्नुपर्छ।

तब पत्रुस पछिल्तिर फर्के र यूहन्नाको भविष्यका लागि प्रभुका योजना के कस्ता होलान् भन्ने कुरा जान्नलाई एकदम जिज्ञासु बने (यूहन्ना २०:२०-२१ सित यूहन्ना १३:२३-२६ लाई तुलना गर्नुहोस्)। “यिनको चाहिँ के होला?” भनेर पत्रुसले प्रश्न गरे। येशूले जवाफ दिनुभयो, “तिमीलाई यसको के चासो?” (यूहन्ना २१:२२), जसको तात्पर्य थियो, “तिमी आफ्नै काम-कर्तव्यलाई ध्यान देऊ!” पत्रुसका लागि प्रभु येशूको एउटा योजना थियो र यूहन्नाको लागि अर्को योजना थियो। यदि येशूले चाहनुभएको भए उहाँले प्रेरित यूहन्ना उहाँको आगमन नभएसम्मै संसारमा राखिछाड्न सक्नुहुन्थ्यो। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको आगमनका लागि प्रतीक्षा गरिरहेका थिए र उहाँ यूहन्नाकै जीवन कालमा समेत आउन सक्नुहुन्छ भनेर विश्वास गर्थे। यूहन्ना अन्य सबै प्रेरितहरूभन्दा बढी बाँचे र बूढा मानिस भई मरे। यूहन्ना पत्रुसभन्दा धेरै वर्ष बढी बाँचे, तर यी दुवै मानिसहरू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए र परमेश्वरले यी दुवै मानिसलाई विशेष किसिमले चलाउनुभयो। यूहन्नालाई के हुन्छ होला भन्ने कुरामा पत्रुस ध्यानकेन्द्रित हुनु आवश्यक थिएन। पत्रुसले ख्रीष्टलाई पछ्याउने कुरामा आफ्नो ध्यान लगाउनु आवश्यक थियो। महत्त्वपूर्ण कुरा एउटा व्यक्ति कति लामो बाँच्यो भन्ने होइन तर कति राम्ररी बाँच्यो भन्ने हो!

यूहन्नाले लेखेका आखिरी वचनहरू

यूहन्ना २१:२४ मा यूहन्नाले आफ्नो बारेमा बताउँदछन्। पुस्तकभरिमा यूहन्नाले आफूलाई कहिल्यै आफ्नो नाउँले जनाउँदैनन्। उनले आफूलाई प्रायः “त्यो चेला”, “त्यो अर्को चेला” अथवा “येशूले प्रेम गर्नुभएको चेला” भनेर जनाउँदछन्। हामीले अध्ययन गर्दै आएको पुस्तकका लेखक यूहन्ना हुन् “अनि हामी जान्दछौं, यिनको गवाही सत्य छ” (यूहन्ना २१:२४)। यूहन्नाको सुसमाचार येशू ख्रीष्टका वचनहरू तथा कार्यहरूको सत्य र सठीक अभिलेख हो!

के प्रेरित यूहन्नाले प्रभु येशू ख्रीष्टका बारेमा लेख्‍न सकिने जति जम्मै कुरा लेखे (यूहन्ना २१:२५)? ______________। यूहन्नाले राम्ररी छनोट गरेर यी कुराहरू लेखेका थिए। बाइबललाई ध्यानपूर्वक अध्ययन गर्नेहरूले बताएअनुसार चारओटा सुसमाचारीय पुस्तकहरूमा बताइएका घटनाहरूले साँढे तीन वर्षका मध्ये करीब ३५ दिनहरूका घटनाहरू मात्र बताइएका छन्। यसको मतलब एक हजार भन्दा बढी दिनका बारेमा कुनै कुरा लेखिएको छैन। यूहन्नाले कागतमा लेख्‍न सक्ने त्यहाँ थुप्रै अरू कुराहरू थिए तर उनले लेखेनन्। तरैपनि येशू ख्रीष्ट को हुनुहुन्छ र येशू ख्रीष्टले हाम्रा निम्ति के गरिदिनुभएको छ भन्ने कुरा जान्न र बुझ्न यूहन्नाले हाम्रा लागि पर्य‍ाप्‍त गरी लेखेका छन्। हामीलाई ख्रीष्टको बारेमा थप जानकारी आवश्यक छैन बरु उहाँको वचनमा परमेश्वरले दिनुभएको जानकारीलाई हामीले विश्वास गर्नु आवश्यक छ।

यूहन्नाको सुसमाचारको अन्तिम पदले कसैलाई एउटा कविता लेख्‍न अभिप्रेरित गरेको थियो जुन कविता एउटा पागलखानाको साँघुरो कोठाको भित्तामा शीशाकलमले कोरिएको पाइयो, जसको नेपाली रूपान्तर “ईश्वरको प्रेम कति महान्” भन्ने भजनको तेस्रो दफामा भेट्न सकिन्छ:

समुद्र मसीले भरेको, आकाश पत्र भएको भए
हर रूखको डाँठ कलम बेनको, र हरेक मानिस लेखक भए
लेख्‍न ईश्वरको महान् प्रेम, समुद्र सुकिजान्थ्यो
न त अटाउँथ्यो आकाशमा, वर्णन त्यो अपार प्रेमको!

आफूले लेख्नुमा यूहन्नाको उद्देश्य

यूहन्नाले सुसमाचारको यो पुस्तक किन लेखे भन्ने कारण पत्ता लगाउन हामी फेरि यूहन्ना २०:३०- ३१ मा फर्केर जानुपर्छ। यस पुस्तक लेख्दा यूहन्नाले होशियारपूर्वक छनोट गरिएका कुराहरूलाई समावेश गरे, तर परमेश्वरको अगुवाइ र परमेश्वरको प्रेरणाद्वारा उनले ठीक आवश्यक कुरा मात्र लेखे: “तर येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले ____________ गर्न सक र विश्वास गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ भनी यीचाहिँ लेखिएका हुन्” (यूहन्ना २०:३१)।

यूहन्नाको सुसमाचारमा भएका २१ ओटा अध्यायहरूको अध्ययनको अन्त अब यहाँ अन्त गर्दैछौं। यदि तपाईंले यस पुस्तकलाई शुरुदेखि विचार गर्नुहुन्छ भने, तपाईंको निष्कर्ष के हुन्छ त? येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भन्ने तपाईं सोच्नुहुन्छ?

के उहाँ एक फटाहा हुनुहुन्छ?
कि पागल हुनुहुन्छ?
कि परमप्रभु परमेश्वर हुनुहुन्छ?

के प्रेरित यूहन्ना एक फटाहा र बहकाउने व्यक्ति थिए कि उनी सत्य र सठीक कुरा नै लेख्‍ने व्यक्ति थिए? के तपाईंले उनको सन्देशलाई विश्वास गर्नुभएको छ? यूहन्नाको सुसमाचार अनुसार अनन्त जीवन पाउनलाई एउटा व्यक्तिले के गर्नुपर्छ (यूहन्ना ३:१६,१८,३६; ५:२४; ६:३५-३७; ११:२५-२६, आदि)? _____________________________________________________

के तपाईंले सो काम गर्नुभएको छ? _________। ठूला, साना, पुरुष, महिला, केटा, केटी सबैले उहाँको पुत्रमा विश्वास गरेको परमेश्वर चाहनुहुन्छ र विश्वास गर्ने जतिसित अनन्त जीवन हुन्छ!

येशू ख्रीष्टमाथि विश्वास गर्ने ती सुखी मानिसहरूको जमातसँग तपाईं पनि मिल्न आउनुभएको होस् भनेर यस बाइबल अध्ययनमाला तयार गर्ने लेखकहरू तपाईंलाई आग्रह गर्न चाहनुहुन्छ।

अन्द्रियासले विश्वास गरे (यूहन्ना १:४१)
फिलिपले विश्वास गरे (यूहन्ना १:४५)
नथनएलले विश्वास गरे (यूहन्ना १:४९)
सामारीहरूले विश्वास गरे (यूहन्ना ४:४२)
पत्रुसले विश्वास गरे (यूहन्ना ६:६८-६९)
जन्मैदेखिको अन्धाले विश्वास गरे (यूहन्ना ९:३५-३८)
यूहन्नाले विश्वास गरे (यूहन्ना २०:८)
थोमाले विश्वास गरे (यूहन्ना २०:२८-२९)

तपाईंचाहिँ के गर्नुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

पुनरुत्थित् प्रभु (भाग १)

Study Series

पुनरुत्थित् प्रभु (भाग १)

“सुसमाचार” भन्ने शब्दको अर्थ हो “असल खबर” अथवा “शुभ सन्देश”। हामीले यूहन्नाको सुसमाचारको अध्ययन गर्दै आएका छौं। यूहन्नाको १९ औं अध्यायको अन्ततिर आइपुग्ने क्रममा येशू वास्तवमै मर्नुभएको र उहाँको मृत शरीरलाई एउटा बगैंचामा रहेको कबरभित्र राखिएको कुरा पढ्यौं (यूहन्ना १९:३३-४२)। यूहन्नाको सुसमाचार यदि १९ औं अध्यायमै टुङ्गिएको भए, यसलाई सुसमाचार भन्न सकिँदैनथ्यो! त्यहाँ कुनै शुभ सन्देश हुनेथिएन। ख्रीष्ट यदि कबरभित्रै रहिरहनुभएको भए मुक्ति भन्ने कुरा नै हुनेथिएन, इसाईमत भन्ने कुरा नै हुनेथिएन र मानिसका लागि आशाको कुनै सन्देश हुनेथिएन (तुलना गर्नुहोस्, १ कोरिन्थी १५:१४-१९)। विश्वास गर्नलाई कुनै असल खबर हुनेथिएन र अरूलाई बाँड्नलाई कुनै शुभ सन्देश हुनेथिएन।

खुशीको कुरा, यूहन्नाको सुसमाचार उन्नाइसौं अध्यायमा नै टुङ्गिदैन। यसमा थप दुइटा अध्यायहरू छन् जसले प्रभु बौरिउठ्नुभएको छ भन्ने गौरवमय सत्यताहरू प्रकाशित गर्दछन्! उन्नाइसौं अध्यायमा मर्नुभएको व्यक्ति बीस र एक्काइसौं अध्यायहरूमा जिउँदो भएको देखिनुहुन्छ! कुनै व्यक्तिको लिखित जीवन वृत्तान्तलाई जीवनी भनिन्छ। यदि तपाईंले प्रख्यात व्यक्तिहरूको जीवनीहरू पढ्नुभएको छ भने तपाईंलाई यो कुरा थाहा भएको हुनुपर्छ कि जीवनीको अन्तिम अध्यायले प्रायः निजको मृत्युको बारेमा बताउने गर्छ। व्यक्तिको मृत्यु भइसकेपछि निजको बारेमा प्रायः भन्ने कुरा कुनै बाँकी रहँदैन। जीवनको जहाँ अन्त हुन्छ त्यहीँ जीवनको अभिलेख पनि अन्त हुन्छ। मृत्यु भएदेखि उसो निजले कुनै काम गर्दैन, कुनै कुरा बोल्दैन। उक्त पुरुष वा स्त्री अब विदा भइसके र थप अध्यायहरू लेखिन सम्भव हुँदैन। आखिरी अध्याय अब लेखेर सकियो। कहिलेकाहीँ थप अध्यायहरूमा निजको जीवनले समाज आदिमा पारेको प्रभावको बारेमा लेखिएला तर उक्त व्यक्तिकै बारेमा भने अब केही लेख्न सकिन्न। निज अब विदा भइसके।

येशू ख्रीष्टको जीवनी भने अन्य कुनै पनि जीवनी भन्दा अचम्म रीतिले पृथक छ! उहाँको मृत्युको विवरण नै आखिरी अध्याय होइन। उहाँको मृत्युको विवरण पछि हामी थप कुराहरू पढ्दछौं। यस मानिसले निश्चित कामहरू गरिरहनुभएको, निश्चित कुराहरू बोलिरहनुभएको पाउँदछौं। त्यहाँ थप अध्यायहरू छन् किनकि जो मर्नुभएको थियो उहाँ फेरी जीवित हुनुहुन्छ। उहाँको जीवनी क्रमशः अगाडि बढ्दछ!

यूहन्नाको सुसमाचारको आखिरी दुई अध्यायहरूको रूपरेखा

  1. रित्तो चिहान (यूहन्ना २०:१-१०)
  2. येशू बौरनुभएपछि उहाँ देखा पर्नुभएको घटनाहरू (यूहन्ना २०:११-२१-२३)
    1. येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:११-१८)
    2. थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१९-२५)
    3. थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:२६-३१)
    4. येशू गालील समुद्रको किनारमा चेलाहरूकहाँ देखा पर्नुहुन्छ (यूहन्ना २०:१-२३)
  1. यूहन्नाले लेखेका आखिरी वचनहरू (यूहन्ना २१:२४-२५)
  2. आफूले लेख्नुमा यूहन्नाको उद्देश्य (यूहन्ना २०:३०-३१)

रित्तो चिहान

निम्न कुरालाई विचार गर्नुहोस्:

अब्राहामको चिहान — ओगटिएकै छ
मोशाको चिहान — ओगटिएकै छ
कन्फ्युसियसको चिहान — ओगटिएकै छ
बुद्धको चिहान — ओगटिएकै छ
महम्मदको चिहान — ओगटिएकै छ
येशूको चिहान — रित्तो छ!

येशूको चिहान रित्तो छ भनेर कसले पत्ता लगाए (यूहन्ना २०:१-२)? ______________________________। तिनी हप्ताको पहिलो दिनमा अथवा आइतबारको दिनमा त्यहाँ आइन्। तिनी बिहान सबेरै आइन्, “_____________ छैँदै” (यूहन्ना २०:१)। चिहानको _________ हटाइएको देखेर तिनी छक्क परिन् (यूहन्ना २०:१ लाई मत्ती २७:६२-६६ सित तुलना गर्नुहोस्)। के त्यो ढुङ्गा ठूलो थियो (मर्कूस १६:४)? ___________। मत्ती २८:२ अनुसार ढुङ्गालाई हटाउने को थिए?

  1. येशू
  2. रोमीहरू
  3. स्वर्गदूत
  4. यहूदीहरू
  5. चेलाहरू

येशूलाई चिहानको ढोकाबाट ढुङ्गा हटाइन खाँचो थिएन (दाँज्नुहोस्, यूहन्ना २०:१९,२६), तर मानिसहरूले चिहान रित्तो छ भन्ने देखेको परमेश्वर चाहनुहुन्थ्यो। ढुङ्गा हटाइनुको कारण येशूलाई त्यहाँबाट निस्कन दिनलाई होइन, मानिसहरूलाई त्यहाँ पस्न दिनलाई थियो! ढुङ्गा हटाइने घडीको अगावै प्रभुले चिहानलाई छोडिसक्नुभएको थियो।

पत्रुस र यूहन्नालाई खबर सुनाउन मरियम छिटोछिटो दुगिरन् (यूहन्ना २०:२)। मरियम मग्दलिनीले येशू बौरनुभएको छ भनेर विश्वास गरिन् कि कसैले आएर उहाँको मृत शरीरलाई अन्यत्र सारेको हुनुपर्छ भनेर विश्वास गरिन् (यूहन्ना २०:२)? ________________________________________________

पत्रुस र “अर्को चेला” (यूहन्ना) आफ्नै आँखाले हेर्न चिहानतिर दगुरे। कुनचाहि चेलाले अर्कोलाई उछिने (यूहन्ना २०:४)? _____________। के उनी चिहानभित्र पसे (यूहन्ना २०:५)? ______________। तब पत्रुस आइपुगे। के उनी दगुर्दै भित्र छिरिहाले (यूहन्ना २०:६)? _____________। [पत्रुस हडबडे चरित्रका थिए। तुलनामा यूहन्नाचाहिँ विचार गर्ने, चिन्तन-मनन गर्ने चरित्रका थिए। पौडी खेल्ने दहमा पहिला हाम फाल्ने अनि पछिबाट त्यहाँ पानी छ कि छैन भनेर हेर्ने मान्छे जस्तै थिए, पत्रुस!]

आफूहरूले देखेको कुराले पत्रुस र यूहन्ना आश्चर्यचकित भएको हुनुपर्छ (यूहन्ना २०:६-७ मा हेर्नुहोस्)। लाश बेर्ने कात्रो राम्रैसित पडिरहेको थियो, सम्भवतः लाश सुताइएकै अवस्थामा। यो कसरी हुन सक्यो? यदि कसैले लाश चोरेका भए तिनीहरूले कात्रोसँगै लानुपर्ने। तिनीहरूले कात्रो फुकाल्नलाई किन समय खेर फाल्थे र? यदि पहिला कात्रो फुकालेका भए किन त्यो कात्रो कतै भुइँतिर जथाभावी मिल्काइएको अवस्थामा भेट्टाइएन? कात्रोलाई जस्ताको तस्तै कायम राखी येशूको शरीरलाई कसरी हटाउन सकिन्थ्यो र? सुती कपडाको बेर्ने फित्ताहरू बिलकुलै व्यवस्थित ढङ्गमा भेटिए मानौं ती बेर्ने फित्ताहरूलाई नखोलिकनै ख्रीष्ट त्यसभित्रबाट निस्कनुभएको थियो! जब यूहन्नाले यो देखे, बाइबलले बताउँछ, उनले “विश्वास गरे” (यूहन्ना २०:८)।

यूहन्नाले बुझ्न नसकेका अझै थुप्रै कुराहरू थिए (यूहन्ना २०:९), तर उनले बिहानको मिर्मिरे उज्यालो देख्‍न थालेका थिए। उनले ती ताजुपलाग्दा कात्रोको कपडाहरूलाई देखे र अवलोकन गरे अनि विश्वास गरे कि मान्छेले होइन तर परमेश्वरले नै केही न केही गर्नुभएको हुनुपर्छ, अन्य कुनै पनि हिसाबले यसलाई व्याख्या गर्न सकिन्न! यूहन्नालाई अब यति थाहा भयो, केही न केही ज्यादै उदेकको कुरा भएको हुनैपर्छ!

येशू बौरिउठ्नुभएछि उहाँ देखा पर्नुभएको घटनाहरू

१) येशू मरियम मग्दलिनीकहाँ देखा पर्नुहुन्छ

मर्कूस १६:९ अनुसार येशू प्रभुलाई सर्वप्रथम देख्‍ने व्यक्ति को थिए? _______________________________। आफू बौरेर उठ्नुभएपछि ख्रीष्ट धेरैजना व्यक्तिहरूकहाँ देखा पर्नुभयो। उहाँ _________ को अवधिसम्म मानिसहरूद्वारा देखा परिरहनुभयो (प्रेरित १:३)। एक पटक उहाँ _______ ________ भन्दा बेसी भाइहरूकहाँ देखा पर्नुभयो (१ करिन्थी १५:६) अनि यस पदअनुसार तीमध्ये २५० जनाभन्दा बढी व्यक्तिहरू अझै जीवित नै थिए जब पावलले कोरिन्थीहरूलाई यो पहिलो पत्र लेखेका थिए जुनचाहिँ ए.डी. ५५ तिरको अर्थात् बौरिउठाइ भएको २५ वर्ष जति पछिको कुरा थियो। येशू प्रभु धेरैजनाकहाँ देखा पर्नुभयो, तर बौरिउठ्नुभएका प्रभुलाई देख्ने पहिलो व्यक्ति एक नम्र महिला थिइन्: मरियम मग्दलिनी। मरियमकहाँ प्रभु देखा पर्नुभएको घटना बारेमा सबभन्दा बढी विवरण यूहन्नाको सुसमाचारमा पाइन्छ (यूहन्ना २०:११-१८)।

मरियमले चिहानभित्र हेर्दा तिनले सबभन्दा पहिला के देखिन् (यूहन्ना २०:११-१२)? ____________________________________। चिहान किन रित्तो छ भन्ने बारेमा मरियमको धारणा के थियो (यूहन्ना २०:१३ सित १५ पद लाई तुलना गर्नुहोस्)? _______________________________________________। फर्केर हेर्दा तिनले कसलाई देखिन् (यूहन्ना २०:१४)? _________________। के तिनले उहाँलाई चिनिन् (यूहन्ना २०:१४)? ________________। तिनले उहाँलाई को होला भनी ठानिन् (यूहन्ना २०:१५)? _______________________। कुन कुराले तिनले अन्तमा उहाँलाई चिन्न सकिन् (यूहन्ना २०:१६)? _________________________

यूहन्ना २०:१७ मा प्रभुले बोल्नुभएको वचनलाई धेरैले गलत अर्थमा बुझ्ने गरेका छन्। प्रभुले भन्नुभयो, “मलाई ___________” (यूहन्ना २०:१७)। प्रभुले “मलाई छुँदै नछोऊ” त भन्नुभएको थिएन, मानौं मरियमले आफ्नो कान्छी औंलाले मात्र पनि उहाँलाई छोएको खण्डमा तिनलाई कुनै भयङ्कर घटना नै होला जस्तो। “छुनु” भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ कति पटक “टाँस्सिनु, झुण्डिनु, पक्रनु” भन्ने हुन्छ। “मलाई नछोऊ” को सट्टा “मलाई पक्रिनराख” अझ राम्रो अनुवाद हुन्थ्यो।

मरियमले उहाँ येशू प्रभु हुनुहुन्छ भन्ने महसुस गरेपछि तिनी यति खुशी र उत्तेजित भइन् कि तिनले प्रभुलाई पक्रिन् र, शायद उहाँका पाउलाई पक्रेर (मत्ती २८:९ सित तुलना गर्नुहोस्), उहाँलाई नछोड्ने गरी समातिरहिन्। प्रभु येशूले आफू मा____ आफ्ना पिताकहाँ जानुहुने कुरा प्रस्टै बताउनुभयो (यूहन्ना २०:१७)। उहाँ स्वर्गमा फर्कन लागिरहनुभएको थियो। वास्तवमा, उहाँ अझै पनि “यस संसारबाट पिताकहाँ जाने” क्रममा हुनुहुन्थ्यो (यूहन्ना १३:१)। स्वर्गमा फर्केर जानु अघि उहाँ केही व्यक्तिहरूकहाँ आफू बौरेरउठ्नुभएको प्रमाणस्वरूप देखा पर्नुभयो अनि मरियम तीमध्येमा एक व्यक्ति थिए जसले बौरिउठ्नुभएका प्रभुलाई देख्‍ने सौभाग्य पाए।

मरियमले यस्तो सोचेकी हुन सक्छ: “येशू यहीँ हुनुहुन्छ! उहाँ जीवित हुनुहुन्छ! अब सब कुरा राम्रो हुने भयो किनकि प्रभु शरीरमै यहाँ मसित हुनुहुन्छ।” त्यसो हो भने, के प्रभु शरीरमा यस संसारमा उपस्थित नहुनुचाहिँ सब कुरा राम्रो नहुनु हो त? [कसैकसैले अझ यसरी समेत सोच्छन्, येशूको “चित्र” कोठा-कोठामा भएसम्म वा आफूसँगै भएसम्म सब कुरा राम्रो हुन्छ!] केही दिन अगाडि येशूले चेलाहरूलाई आफू जानु र पिताकहाँ फर्कनु कति आवश्यक छ भनेर सिकाइसक्नुभएको थियो (यूहन्ना १६:७)। प्रभुसित एउटा विश्वासीको सम्बन्ध उहाँको शारीरिक उपस्थितिमा भर पर्दैन। यो कुरा बुझ्न मरियमलाई खाँचो थियो।

के बौरिउठ्नुभएका प्रभु येशूले मानिसहरूलाई आफ्नो शरीर “छुन” दिनुभयो (मत्ती २८:९, यूहन्ना २०:२७ र लूका २४:३९ मा पढ्नुहोस्)? ____________। तर आज यो सम्भव छैन। येशू परमेश्वरको दाहिने हाततर्फ स्वर्गीय स्थानहरूमा अवस्थित हुनुहुन्छ (एफेसी १:२०-२१)। विश्वासीहरूले उहाँलाई छुन सक्दैनन् न ता देख्न नै सक्छन्न तर तिनीहरूले उहाँलाई प्रेम गर्न सक्छन् र विश्वास गर्न सक्छन् र “बयान गरेर नसकिने र महिमाले भरपूर भएको आनन्दले खूबै ____________” (१ पत्रुस १:८) मनाउन सक्छन्। उहाँ उनीहरूसित शरीरमै उपस्थित नहुनुभए तापनि के ख्रीष्टले आफ्ना विश्वासीहरूलाई उनीहरूको साथमा हुने प्रतिज्ञा गर्नुभएको छ (मत्ती २८:२०; मर्कूस १६:२०)? ______। आज हामी मरियमले जस्तै प्रभु येशूलाई पक्रिराख्न सक्दैन, तर हामी उहाँको कहिल्यै नचुक्ने विश्वासयोग्य र सत्य वचनलाई पक्रिराख्न सक्छौं, किनकि हामी ________ __________ होइन तर _____________द्वारा हिँड्छौं (२ कोरिन्थी ५:७)।

यूहन्ना २०:१७ (“मलाई पक्रिनराख”) र यूहन्ना २०:१८ अनुसार, ख्रीष्टको बौरिउठाइ मरियमलाई तिनका तीनओटा ज्ञानेन्द्रियहरूद्वारा पक्का गरिएको थियो: तिनले उहाँलाई देखिन्! तिनले उहाँलाई सुनिन्! तिनले उहाँलाई छोइन्! तिनी तुरुन्तै यस शुभ खबर बताउनलाई चेलाहरूकहाँ गइन् (यूहन्ना २०:१७)।

२) थोमा गयल हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

सबैभन्दा पहिलो त्यो इस्टर आइतबारको साँझपख चेलाहरू कुनै ठाउँमा भेला भएका थिए, र ढोकाहरू ________ थिए, शायद गजबार लगाइएका थिए (यूहन्ना २०:१९)। बौरिउठ्नुभएका ख्रीष्टलाई जसरी छाप लगाई ढुङ्गाले बन्द गरिएको चिहानबाट बाहिर निस्कन कुनै समस्या थिएन, उसरी नै उहाँलाई ढोकाहरू बन्द भएको कोठाभित्र पस्न कुनै समस्या थिएन। येशूले उनीहरूलाई आफू बौरिउठ्नुभएको सदृश्य प्रमाण दिनुभएपछि चेलाहरूमा कस्तो भावना आयो (यूहन्ना २०:२०)? _____________। प्रभुको बौरिउठेको र महिमित पारिएको शरीरमा, उहाँले हाम्रा निम्ति के गरिदिनुभयो भन्ने कुराको जिउँदो सम्झना दिने गरी, उहाँको मृत्युका दाग र खतहरू अझै देखिन सकिन्थ्यो (यूहन्ना २०:२०,२७)।

यूहन्ना २०:२१ मा येशूले आफ्ना चेलाहरूसित ज्यादै महत्त्वपूर्ण शब्दहरू बोल्नुभयो। यसलाई हामी “यूहन्ना अनुसारको महान आज्ञा” भन्ने शीर्षक दिन सक्छौं। येशूले भन्नुभयो, “जसरी मेरा पिताले मलाई ______________ छ, उसरी नै म पनि तिमीहरूलाई ___________।” ठीक यही सत्यता यूहन्ना १७:१८ मा पाइने उहाँको प्रार्थनामा येशूले व्यक्त गर्नुभएको छ।

पिताले पुत्रलाई पठाउनुभयो र ठीक त्यही प्रकारले पुत्रले आफ्ना चेलाहरूलाई पठाउनुभयो। ख्रीष्टद्वारा पठाइनुको अर्थ यदि हामीले बुझ्ने हो भने पिताद्वारा पुत्र पठाइनुको अर्थ हामीले पहिला बुझ्नुपर्ने हुन्छ। हाम्रा प्रभु कसरी पठाइनुभयो? आफूलाई पठाउनुहुनेसित उहाँको सम्बन्ध के-कस्तो थियो? यूहन्नाको सुसमाचारले यस सम्बन्धको अर्थलाई स्पष्टसित रेखाङ्कन गर्दछ। यूहन्नाको सुसमाचारमा पाइने निम्न खण्डहरूमा येशू ख्रीष्ट आफ्ना पिताद्वारा पठाइनुभएको भन्ने कुराको चर्चा गरिएको पाइन्छ।

१) येशू ख्रीष्ट आफ्नै इच्छा गर्नलाई होइन तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्नलाई पठाइनुभएको थियो (यूहन्ना ४:३४; ५:३०; ६:३८)।

अन्य कुनै कुरा भन्दा बढि यसैका निम्ति हाम्रा प्रभु भोका हुनुहुन्थ्यो: आफूले चाहेको कुरा गर्नलाई होइन, तर उहाँको पिताले चाहेको कुरा गर्न। उहाँले इच्छा गर्नुभएको कुरा होइन तर उहाँको पिताले इच्छा गर्नुभएको कुरा गर्न। उसरी नै, हामीले पनि यसरी भन्न सक्नुपर्छ, “मेरो भोजन मलाई पठाउनुहुने येशू प्रभुको इच्छा गर्नु हो — केवल येशू ख्रीष्टले चाहनुभएको र इच्छा गर्नुभएको कुरा मात्र गर्नु। मेरो इच्छा होइन तर ख्रीष्टको इच्छा पूरा होस्!”

२) येशू ख्रीष्ट आफैलाई खुशी पार्न होइन तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)।

उसरी नै, हामीले पनि भन्न सकौं, “किनकि म उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु” (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-८)। पावलको ठूलो चासो _____________लाई खुशी पार्नु थिएन, तर _______________लाई खुशी पार्नुथियो जसको सेवा उनी गर्दथे (गलाती १:१०)।

३) येशू ख्रीष्ट आफ्नै महिमा खोज्न होइन तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्न पठाइनुभएको थियो (यूहन्ना ७:१८)।

येशू ख्रीष्ट आफूतिर मान, प्रशंसा र ध्यान खिँचिएको चाहनुहुन्नथ्यो। उहाँ पितातर्फ ध्यान खिँचिएको चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरका गवाही हुनुहुन्थ्यो, उहाँलाई पठाउनुहुनेतर्फ निरन्तर, स्पष्टै औंल्याइरहने साक्षी। उसरी नै, हामीले पनि मान र प्रशंसा आफूहरूमाथि थुपारिएको चाहनुहुन्न। हामी आफ्ना जीवनहरूले हाम्रै घिनलाग्दो “मपाईं” तर्फ होइन तर हामीलाई पठाउनुहुने हाम्रा प्रभु येशू ख्रीष्टको सुन्दरतातर्फ ध्यान आकर्षण गर्न चाहनुपर्छ। हामी उहाँका सा___________ हौं (प्रेरित १:८) त्यसैले हाम्रा जीवनहरूले स्पष्ट गरी उहाँलाई नै औंल्याउने काम गर्नुपर्छ। जसरी बप्‍तिस्मा दिने यूहन्नाले एकपटक भने, “उहाँ _____________, तर मचाहिँ ______________” (यूहन्ना ३:३०)।

४) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुने अदृश्य व्यक्तिको प्रतिनिधित्व गर्न संसारमा पठाइनुभएको थियो (यूहन्ना ५:३७ सित यूहन्ना १:१८ लाई तुलना गर्नुहोस्)।

पितालाई कसैले देख्‍न सक्दैनथे, तर तिनीहरूले येशू ख्रीष्टलाई देख्‍न सक्थे। येशूले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो! उसरी नै, हामी पनि हाम्रा अदृश्य प्रभु येशूको प्रतिनिधित्व गर्न संसारमा पठाइएका छौं (२ कोरिन्थी ५:२०)। संसारले आज येशूलाई देख्‍न सक्दैन (यूहन्ना १६:१ — “म मेरा _________कहाँ जान्छु, अनि तिमीहरूले मलाई _______ ____________”), तर तिनीहरूले संसारमै भएका उहाँका विश्वासी जनहरूलाई देख्‍न सक्छन्। यदि आज संसारले येशू ख्रीष्टलाई देख्ने हो भने उहाँलाई विश्वासीहरूकै जीवनमा दर्शाइनुभएको देख्नु खाँचो छ।

५) येशू ख्रीष्ट, उहाँलाई देख्‍ने जतिले उहाँलाई पठाउनुहुनेलाई देखून् भनेर संसारमा पठाइनुभयो (यूहन्ना १२:४४-४५)।

यूहन्ना १४:९ अनुसार मानिसहरूले ख्रीष्टलाई हेर्दा तिनीहरूले वास्तवमा परमेश्वर पितालाई हेरिरहेका थिए। उसरी नै, मानिसहरूले हाम्रा जीवनहरूलाई हेर्दा तिनीहरूले हामीलाई पठाउनुहुनेलाई अर्थात् हाम्रा प्रभु येशूलाई देख्‍न सक्नुपर्छ (गलाती २:२० — “ख्रीष्ट _____ भित्र _____________” र गलाती ४:१९ –“जबसम्म ख्रीष्ट तिमीहरूमा ______________”)। हामीले संसारमा हामीलाई पठाउनुहुनेको स्वरूपलाई प्रतिबिम्बित गरेका होऔं। संसारलाई ख्रीष्टको स्वरूप बोकेका विश्वासीहरू देख्न खाँचो छ!

६) येशू ख्रीष्ट उहाँका जीवित पिताद्वारा संसारमा पठाइनुभयो र उहाँ आफूलाई पठाउनुहुनेद्वारा जिउनुभएको थियो (यूहन्ना ६:५७)।

उसरी नै, जीवित प्रभु येशूले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा जिउँदछौं। ख्रीष्ट हाम्रो जी_______ हुनुहुन्छ (कलस्सी ३:३-४)। पावलले भने, “मेरो निम्ति __________ ख्रीष्ट _____________” (फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा नै केन्द्रित रहेको छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित रहेको थियो। नबिर्सनुहोस्, साक्षीको हैसियतले हाम्रो प्राथमिक कर्तव्य भनेको “ये_________को जी________” (२ कोरिन्थी ४:१०-११) थाहा गराउनु र प्रकट गर्नु हो।

७) येशू ख्रीष्ट आफ्नै वचनहरू र शिक्षा लिएर होइन तर उहाँलाई पठाउनुहुनेका वचनहरू र शिक्षा लिएर संसारमा पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)।

शिक्षकको हकमा प्रभु येशू ख्रीष्टमा मौलिकताको सवाल नै उठ्दैनथ्यो किनकि उहाँले सिकाउनुभएका कुराहरू आफ्नैपट्टिबाट (मौलिक) नभएर सबै पिताबाटका थिए! उसरी नै, ख्रीष्टले हामीलाई संसारमा पठाउनुभएको छ, हाम्रा आफ्नै सन्देशका साथ होइन तर ख्रीष्टको सुसमाचारका साथ, “मैले तिमीहरूलाई जे‍जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” (मत्ती २८:२०)। दूतको काम मौलिक बन्नु होइन तर राजाबाटको खबरलाई केवल घोषणा गर्नु हो। उसले आफ्नै सन्देश बनाउन खोज्नु हुँदैन। हामी राजाहरूको राजाद्वारा पठाइएका उहाँको सन्देश वहन गर्ने उहाँका केवल दूतहरू मात्र हौं (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०)। खबरको स्रोत परमेश्वर हुनुहुन्छ। हामीले केवल खबर पुर्‍याउने काम गर्नुपर्छ!

८) येशू ख्रीष्टले उहाँलाई पठाउनुहुनेबिना केही पनि गर्न सक्नुहुन्नथ्यो (यूहन्ना ५:३०)।

प्रभु येशू पूर्ण रूपमा उहाँका स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूर्ण रूपमा हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं। हामीलाई संसारमा पठाउनुहुनेले यसरी भन्नुभएको छ, “_____बाट अलग भएर तिमीहरूले ________ _______ गर्न सक्दैनौं” (यूहन्ना १५:५)।

९) येशू ख्रीष्ट एकलो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँसँगै हुनुहुन्थ्यो (यूहन्ना ८:१६,२९)।

उसरी नै, जसले हामीलाई पठाउनुभएको छ, उहाँ निरन्तर हामीसँगै हुनुहुन्छ। येशूले भन्नुभयो, “हेर, म सधैंभरि, अँ संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु” (मत्ती २८:२० सित मर्कूस १६:२० र हिब्रू १३:५ लाई तुलना गर्नुहोस्)। उहाँको शारीरिक उपस्थिति नै हामीसित नभए तापनि उहाँको उपस्थितिका सबै आशिष र उपलब्धिहरू हामीसँगै हुन्छन्।

१०) येशू ख्रीष्ट, उहाँलाई पठाउनुहुनेको काम गर्नमा व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र उहाँले काम पूरा गर्नुभएपछि उहाँ आफूलाई पठाउनुहुनेको घरमा उहाँसँगै हुनलाई फर्केर जानुभयो (यूहन्ना ७:३३; १६:५)।

उसरी नै, हामी सधैंभरि प्रभु येशू ख्रीष्टको काममा प्र_________ हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम सक्किन्छ, तब हामी हामीलाई पठाउनुहुनेकहाँ उहाँसँगै हुनलाई जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)।

यूहन्ना २०:२१ मा उल्लेखित यस महान आज्ञालाई जब हामीले राम्ररी विचार गर्छौं, तब हामी के भन्न सक्छौं र? नम्र विश्वासीले त यसरी भन्नुपर्ने हो, “प्रभु, मैले यी कुराहरू कसरी गर्न सक्छु र? यस्ता कुराहरूका लागि को योग्य छ र? यस्ता कुराहरू गर्न र यस्तो किसिमले जीवन जिउन मसित कहिल्यै कसरी क्षमता होला र?”

चाबी यहाँ छ। यूहन्नाको सुसमाचारको अध्ययन गर्दै जाँदा एउटा उदेकको कुरा पत्ता लगाउँदछौं, अर्थात्, ख्रीष्टले हामीलाई पठाउनुभएको कुरा मात्र नभएर उहाँले अर्को एक व्यक्तिलाई समेत पठाउनुभएको कुरा! “तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ ___________” (यूहन्ना १६:७)। पवित्र आत्माबिना हामीले यस महान आज्ञालाई कहिल्यै पालन गर्न सक्नेथिएनौं! चाहिएको सामर्थ्यको आपूर्ति उहाँले मात्र गरिदिनुहुन्छ (लूका २४:४९ र प्रेरित १:८)। पवित्र आत्मा बिना उनीहरूको कार्ययोजान पूर्ण रूपमा विफल हुनेछ भन्ने कुरा येशूले आफ्ना चेलाहरू सम्झना गराउन चाहनुहुन्थ्यो। त्यसैले नै हो, येशूले “उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” भन्नुभएपछि उहाँले तिनीहरूमाथि सास फुकिदिनुभयो र तिनीहरूलाई भन्नुभयो: “__________ ___________ लेओ” (यूहन्ना २०:२२) भन्ने कुरा हामीलाई त्यहाँ बताइएको छ। यसको तात्पर्य यो थियो, “पवित्र आत्माबिना यो काम कुनै हालतले हुन सक्नेछैन। तिमीहरू आफैले यो काम कदापि पनि गर्नेछैनौ!”

ख्रीष्टको बौरिउठाइको पचास दिनपछि (पेन्टेकोस्टको दिनमा) पवित्र आत्मा चेलाहरूमाथि अझ विशेष र महिमापूर्ण रीतिले आउनुभयो (प्रेरित अध्याय २ मा पढ्नुहोस्)। चेलाहरू यही महान् प्रतिज्ञाका लागि पर्खिरहेका थिए (लूका २४:४९; प्रेरित १:४,८)। हामीले यो विशेष प्रतिज्ञाको बारेमा यूहन्नाको सुसमाचारको निकै अघिल्तिर नै अध्ययन गरिसक्यौं (यूहन्ना ७:३७-३९ पढ्नुहोस्)। आज प्रत्येक विश्वासीसँग पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९)। पवित्र आत्माको भरपूरी र सामर्थ्यमा नै हो “जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु” (यूहन्ना २०:२२) भन्ने प्रभुको वचनलाई पूरा गर्न हामी अग्रसर हुने।

यूहन्ना २०:२३ मा उल्लेखित बौरिउठ्नुभएका येशू प्रभुका वचनहरू पनि गलत अर्थमा बुझ्ने गरिएको पाइन्छ। येशूले भन्नुभयो, “जस-जसका पाप तिमीहरू क्षमा गर्दछौ, ती तिनीहरूलाई क्षमा हुन्छन् अनि जस-जसका पाप तिमीहरू राख्दछौ (क्षमा गर्नुको विपरित), ती राखिन्छन्।” के यसको मतलब ख्रीष्टले मानिसहरूलाई पाप क्षमा गर्ने अधिकार दिनुभएको छ भन्ने हो? के यसको मतलब मानिसहरू आफ्ना पापहरूको क्षमा पाउन कुनै मानिसहरू (जस्तै “पूजाहारीहरू”) कहाँ जानुपर्छ भन्ने हो?

मर्कूस २:७ अनुसार, कसले मात्र पापहरू क्षमा गर्न सक्नुहुन्छ? ________________। परमेश्वरले मात्र गर्न सक्ने काम प्रेरितहरूले गर्न सक्दैनथे। प्रेरितहरूले पाप क्षमा गर्न सक्दैनथे। तर उनीहरूले गर्न सक्नै एउटा कामचाहिँ थियो। उनीहरूले अधिकारसित, कस-कसका पाप क्षमा भएका छन् र कस-कसका पाप क्षमा भएका छैनन्, उक्त कुराको घोषणा गर्न वा उच्चारण गर्न भने सक्दथे।

प्रेरितहरू, मानिसहरूका पाप क्षमा गर्दै हिँड्ने काम गरेनन्। तर प्रेरितहरू, कस-कसका पाप क्षमा हुनेछन् र कस-कसका पाप क्षमा हुनेछैनन् भनी मानिसहरूलाई बताउँदै हिड्ने काम चाहिँ गरे। जस्तै, प्रेरित ३:१९ मा पत्रुसले प्रस्टै बताएअनुसार जस-जसले प__________ गर्नेछन् र फ____________ उनीहरूको पाप मे__________। पश्चात्ताप गर्न नचाहनेहरूको नि? के उनीहरूले यस प्रतिज्ञालाई दावी गर्न मिल्छ? प्रेरित १०:४३ लाई धन्यापूर्वक पढ्नुहोस्। यस पदअनुसार, कसका पापहरू क्षमा गरिनेछन्? — “उहाँ (येशू ख्रीष्ट) माथि _____________ __________ हरेकले”। कसका पापहरू राखिनेछन्? _________________________________। पत्रुस पाप क्षमा गर्दै हिँडेनन्, तर पश्चात्ताप गरी ख्रीष्टमाथि विश्वास गर्नेहरू सबैका लागि पापहरूको पूरै क्षमा हुने शुभ सन्देश प्रचार गर्दै हिँडे। प्रेरितहरूको सन्देशलाई स्वीकार गर्ने र ख्रीष्टमाथि विश्वास गर्नेका पापहरू क्षमा भए। प्रेरितहरूको सन्देशलाई इन्कार गर्नेका पापहरू राखिछाडिए, जसरी येशूले यूहन्ना ८:२४ मा भन्नुभएको छ — “किनभने ‘म उही हुँ’ भनी तिमीहरूले ___________ गरेनौ भने तिमीहरू आफ्ना पापहरूमा मर्नेछौ'”। तपाईं नि? तपाईंका पापहरू क्षमा भए कि यथावत् राखिछाडिएका छन्?

पहिलो आइतबारको साँझ येशू उनीहरूकहाँ देखा पर्नुहुँदा चेलाहरूमध्ये कुनचाहिँ थिएनन् (यूहन्ना २०:२४)? __________। के थोमाले आफ्ना मित्रहरूका गवाही ग्रहण गरे (यूहन्ना २०:२५)? ______________। थोमाको अनुसार ख्रीष्ट साँच्चै बौरिउठ्नुभएको हो भनेर उनलाई विश्वस्त तुल्याउन कुन कुरा आवश्यक पर्नेथ्यो (यूहन्ना २०:२५)? ___________________________________________________। “तिमीहरूको मुखको वचनकै आधारमा म विश्वास गर्नेछैनँ। मैले देख्न सकें र छुन समेत सकें भने मात्र म विश्वास गर्नेछु!” यही कारणले गर्दा उनलाई “शङ्कालु थोमा” भन्ने उपनाम दिइएको हो।

३) थोमा हाजिर हुँदा येशू चेलाहरूकहाँ देखा पर्नुहुन्छ

यहूदीहरूले “एक हप्‍ता पछि” भनेर भन्नुपर्दा “आठ दिनपछि” (यूहन्ना २०:२६) भन्ने गर्थे। येशू आफ्ना चेलाहरूकहाँ सर्वप्रथम आइतबारका दिन देखा पर्नुभयो। त्यसपछिको आइतबारमा उहाँ फेरि देखा पर्नुभयो र यस पालि उनीहरूसँग _________ पनि थिए (यूहन्ना २०:२६)। प्रभु उनीहरूकहाँ अन्य कुनै दिनमा पनि देखा पर्न सक्नुहुन्थ्यो, तर शुरुदेखि नै प्रभुले विश्वासीहरूलाई भेला हुनका लागि आइतबारको दिन ज्यादै विशेष दिन हो भनेर आफ्ना चेलाहरूलाई देखाउन चाहनुभएको जस्तै बुझिन्छ। त्यसबेला देखि अधिकांश इसाईहरू यसै दिनमा जुट्ने काम गर्दै आएका छन्।

प्रभु येशूले सर्वप्रथम थोमासित बोल्नुभयो। प्रभुले थोमालाई उनको औंला आफ्नो हातमा भएको काँटीको डोबमा राख्नलाई बोलाउनुभयो र उनको हातलाई आफ्नो कोखाभित्र हाल्नलाई भन्नुभयो! एक हप्‍ता अगाडि थोमाले भनेकै शब्दहरूलाई (यूहन्ना २०:२५ मा पढ्नुहोस्) प्रभुले यहाँ दोहोर्‍याउँदै हुनुहुन्थ्यो। हामीले बोलेका वा सोचेका कुराहरू परमेश्वरलाई सधैं थाहा हुन्छन्! के थोमाले येशूले उनलाई गर भनेजस्तै गरे (यूहन्ना २०:२७-२९)? ___________। देख्न र सुन्न पाएपछि थोमालाई पुग्यो। छुन आवश्यक परेन। शङ्कालु थोमा तुरुन्त विश्वस्त थोमा बने! यूहन्ना २०:२७ मा येशू प्रभुले थोमाको अविश्वासलाई हप्‍काउनुयो: “विश्वास नगर्ने होइन, तर विश्वास गर्ने होऊ!”

बौरिउठ्नुभएका प्रभुलाई देखेर थोमाले भन्ने सक्ने एउटै कुरा मात्र थियो: “हे मेरा ________ र हे मेरा ____________” (यूहन्ना २०:२८)। आज धेरैओटा धार्मिक समूहहरू र झूटा शिक्षा सिकाउने समूहहरू छन् जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दैनन्। थोमाले येशूलाई असंदिग्ध शब्दमा “परमेश्वर” भनेर नै सम्बोधन गरे भन्ने कुरा महसुस गर्नु महत्त्वपूर्ण कुरा हो। साथै, थोमा ती शब्दहरू प्रयोग गरेकोमा येशूले थोमालाई सच्च्याउनुभएन न ता उनलाई हप्काउनु नै भयो। “थोमा, तिमीले मलाई कहिल्यै परमेश्वर भन्नु हुँदैन!” भनेर येशूलाई थोमालाई भन्नुभएन। “म तिम्रो गुरु हुँ, शिक्षक हुँ, तर म परमेश्वर होइन र मलाई त्यसरी सम्बोधन गर्नु गलत हो! भनेर येशूले भन्नुभएन! “थोमा, तिमी गलत कुरा गर्दैछौ!” भनेर येशूले भन्नुभएन बरु उहाँले भन्नुभयो, “थोमा, …. तिमीले विश्वास गरेका छौ” (यूहन्ना २०:२९)। येशू ख्रीष्ट परमेश्वर नै हुनुहुन्छ भनेर थोमाले विश्वास गरे र उनको विश्वास बिलकुलै ठीक थियो! के तपाईं यो विश्वास गर्नुहुन्छ? थोमाले जे भने के तपाईंले आफ्नो हृदयदेखि भन्न सक्नुहुन्छ? — “हे मेरा प्रभु र हे मेरा परमेश्वर”?

थोमाले किन बौरिउठाइमा विश्वास गरे? ___________________________________________। थोमालाई एउटा कुराको सहुलियत थियो जुन सहुलियत संसारमा हुने आज कसैलाई छैन। थोमाले बौरिउठ्नुभएका ख्रीष्टलाई आफ्नै आँखाले देख्न पाए। के हामीले आज त्यसो गर्न सक्छौं (यूहन्ना १६:१० पढ्नुहोस्)? __________। यदि आज कसैले बौरिउठ्नुभएका प्रभुलाई नदेखेसम्म विश्वास नगर्ने अठोट गर्‍यो भने, त्यो व्यक्तिले लामो समय पर्खनुपर्ने हुन्छ! अनि जब उनले बौरिउठ्नुभएका प्रभुलाई अन्तमा देख्नेछ तब ढिलो भइसकेको हुनेछ। आँखाले देखेको आधारमा गरिएको भन्दा उत्तम खालको विश्वास पक्कै पनि हुन्छ। तिनीहरू कति सुखी हुन् जसको विश्वास परमेश्वरको लिखित वचनमाथि छ! येशूले भन्नुभयो, “उनीहरू धन्य (सुखी) हुन्, जसले ________ छैनन्, तापनि ___________ गरेका छन्” (यूहन्ना २०:२९)। यस्ता सुखी व्यक्तिहरूलाई १ पत्रुस १:८ मा बयान गरिएको पाइन्छ। के ती व्यक्तिहरूले देखेका थिए? _________। के तिनीहरूले विश्वास गरे? _______। थोमाले प्रेरितहरूको गवाहीलाई विश्वास गर्न अस्वीकार गरे। तिनीहरूले उनलाई खुशीको खबर बताएका थिए: “हामीले प्रभुलाई देखेका छौं!” (यूहन्ना २०:२५) तर उनले तिनीहरूको वचनलाई विश्वास गर्न अस्वीकार गरे। यूहन्नाको सुसमाचार तीमध्ये एकजानले लेखेका हुन्। बौरिउठ्नुभएका प्रभुलाई आफैंले देख्ने र बौरिउठाइको वास्तविकतालई व्यक्तिगत रूपमा नै अनुभव गरेका व्यक्तिले यो लेखिएको हो। यिनले येशू ख्रीष्टका बारेमा केही महत्त्वपूर्ण कुराहरू लेखेर एउटा पुस्तकमा प्रकाशित गरेका छन् (यूहन्ना २०:३१)। यस उद्देश्यमा यी कुराहरू लेखिए कि, “येशू नै परमेश्वरका पुत्र ‘ख्रीष्ट’ हुनुहुन्छ भनी तिमीहरूले __________ गर्न सक र ___________ गरेर तिमीहरूले उहाँको नामद्वारा _________ पाओ” (यूहन्ना २०:३१)। के तपाईं प्रेरित यूहन्नाको गवाही ग्रहण गर्न राजी हुनुहुन्छ? के तपाईं उनको वचनद्वारा ख्रीष्टमाथि विश्वास गर्न राजी हुनुहुन्छ (तुलना गर्नुहोस्, यूहन्ना १७:२०)? याद राख्नुहोस्, “यिनको गवाही ________ छ” (यूहन्ना २१:२४)! विश्वास गर्ने मानिस धन्य र सुखी मानिस हो (यूहन्ना २०:२९)। त्यो मानिस अनन्त जी_______ को भागीदार हुनेछ (यूहन्ना २०:३१)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

परमेश्वरका थुमा (भाग २)

Study Series

परमेश्वरका थुमा (भाग २)

ख्रीष्टलाई रद्द गरिएको

येशू निर्दोष हुनुहुन्छ भनेर पिलातस जान्दथे र तिनले उहाँलाई छोडिदिन चाहन्थे। पिलातसको अन्तिम प्रयास भनेको ख्रीष्टलाई बेसरी सजायँ दिनु थियो। उहाँको दयनिय अवस्था देखेपछि यहूदीहरूमा दया पलाउला भन्ने उनको आशा थियो ताकि येशूलाई छोडिदिन सकियोस्। “उसलाई कष्ट दिन पुग्यो अब, उसलाई छोडिदिनुहोस्” भनेर यहूदीहरूले भन्लान् भन्ने आशा पिलातसको थियो। “तब पिलातसले येशूलाई लगे र ______ लगाए” (यूहन्ना १९:१)। कोर्राको सजायँ बाँधेर पिट्ने सजायँमा पनि ज्यादै निर्मम सजायँ थियो। रोमी सिपाहीको कोर्राजस्तो भयङ्कर सजायँ अर्को कुनै थिएन, केवल रोमीहरूकै क्रूसको सजायँ थियो। निम्न बयानलाई विचार गर्नुहोस्:


“यस्तो कोर्राको सजायँ एउटा डरलाग्दो यातना थियो। रोमी कोर्रामा काठको एउटा छोटो बिँड हुन्थ्यो जसमा छालाका चेप्टो खालका डोरीहरू गाँसिएका हुन्थे र ती डोरीका टुप्पामा सिसा वा काँसाका टुक्राहरू, तीखा-तीखा हड्डीका टुक्रासहित जडान गरिएका हुन्थे। कोर्रा व्यक्तिको विशेषतः ढाडमा हिर्काइन्थ्यो, कुप्रिएको र नाङ्गो ढाडमा (यद्यपि सधैं केवल ढाडमा मात्र होइन)। त्यसको प्रहारले शरीर कति पटक यतिसम्म छियाछिया पारिन्थ्यो कि भित्रपट्टिका रक्तवाहिनीहरू र कहिलेकाहीँ आन्द्राभुँडी र आन्तरिक अङ्गहरू समेत प्रदर्शित हुन्थे। यस्तो कोर्राहनाइले मानिसहरू कति पटक मर्दथे, यद्यपि रोमी नागरिक भने यस्तो सजायँदेखि विमुक्त हुन्थे” (William Hendriksen, John, p. 414)।

कोर्राको कुटाइ येशूले भोग्नुभएका निर्दयी व्यवहारहरूमध्ये एउटा थियो, तर उहाँले भोग्नु परेको त्यतिमात्र थिएन (यूहन्ना १९:२-३ पढ्नुहोस्)। यतिबेलासम्ममा उहाँको मुहार रूप बिग्रने गरी पिटिएको थियो (यशैया ५२:१४ र ५३:२ पढ्नुहोस्)। उहाँलाई क्रूसमा टँगाइएको देखाउने प्रायः चित्रहरूमा उहाँको त्यतिखेरको वास्तविक अनुहारलाई देखाइएको पाइँदैन। तर हामी येशूको निम्ति होइन बरु ती सिपाहीका निम्ति दुःखित हुनुपर्छ। एउटा दिन आउँदैछ जब ती मानिसहरू राजाहरूका राजाको सामु फेरि घूँडा टेक्नेछन् जसलाई तिनीहरूले गिल्ला गरेका थिए र दुर्व्यवहार गरेका थिए (फिलिप्पी २:९-११ पढ्नुहोस्)। पहिला त उनीहरूले ठट्टामा घूँडा टेकेका थिए तर त्यस दिन उनीहरूले साँच्ची नै टेक्नेछन्!

यी सबै भइसकेपछि पिलातसले येशू ख्रीष्टलाई बाहिर भीडका सामु ल्याएर भने, “हेर __________ _________” (यूहन्ना १९:५)। येशूलाई त्यस्तो विरूप, रगताम्य अवस्थामा देखेर के यहूदीहरूको ट भन्ने लाग्यो त उनीहरूलाई (यूहन्ना १९:६)? ____________। तिनीहरू त उहाँलाई क्रूसमा टँगाइएको देखेपछि मात्र सन्तुष्ट हुनेवाला थिए। येशूलाई मारेर छाड्नेवाला थिए उनीहरू!

ख्रीष्ट येशूले गर्नुभएको अपराध के थियो? यहूदीहरूका अनुसार उहाँले आफूलाई ______________का ________ तुल्याउनु नै (यूहन्ना १९:७) उहाँको ठूलो अपराध थियो। उहाँले आफू परमेश्वरका पुत्र भएको दाबी गर्नुभयो अनि यहूदीका दृष्टिमा यो ईश्वर-निन्दा थियो! कसैले आफू परमेश्वरका पुत्र भएको दाबी गर्नुचाहिँ उसले आफूलाई “____________सँग बराबरी” तुल्याउनु थियो (यूहन्ना ५:१८)। येशू ख्रीष्ट एक सामान्य मानिस मात्र हुनुभएको भए उहाँको दाबी साँच्ची नै ईश्वर-निन्दा ठहरिनेथ्यो अनि उहाँ मृत्युदण्ड पाउन लायक ठहरिनुहुन्थ्यो (लेवी २४:१६ पढ्नुहोस्)। तर येशूले ज-जस्तो दाबी गर्नुभयो त्यो सब सत्य थियो। उहाँ परमेश्वरकै पुत्र र इस्राएलका राजा हुनुहुन्थ्यो!

येशू कुनै सामान्य मान्छे हुनुहुन्न भन्ने कुराको महसुस उनलाई हुन थालेपछि पिलातस झन् ___________ (यूहन्ना १९:८)। पिलातसले आफूसित ठूलो अधिकार र शक्ति भएको कुरा येशू प्रभुलाई बताए (यूहन्ना १९:१०) तर उहाँले तिनलाई यो कुराको सम्झना गराउनुभयो कि परमेश्वरबाट नदिइएको भए तिनीसित ______ अधिकार हुनेथिएन भनेर (यूहन्ना १९:११)। परमेश्वरको अनुमतिविना पिलातस राज्यपाल हुन सक्ने नै थिएनन् (रोमी १३:१ पढ्नुहोस्)। शासकहरूको उत्थान र पतन परमेश्वरकै हातमा हुन्छ (दनियल २:२१; ४:१७, २५, ३२)। पिलातसले ठूलो अपराध गरे। यहूदी शासकवर्ग र कराइरहेको जमातको दबाबमुनि परेका पिलातस जानाजानी बेठीक काम गर्नलाई अघि बढे। येशूका अनुसार पिलातसको भन्दा यहूदी शासकवर्गको पाप झन् ________ थियो (यूहन्ना १९:११)। के पिलातसले येशूलाई छुटाउने चेष्टा गरे (यूहन्ना १९:१२)? _________। उनले पटकपटक चेष्टा गरे तर सफल भएनन्।

आखिरमा तिनले यहूदीहरूलाई थप एक पकट मौका दिए। तिनले येशूलाई बाहिर ल्याएर यहूदीहरूलाई यसो भने, “हेर _____________ __________ (यूहन्ना १९:१४)! यहूदीहरूले येशू ख्रीष्टलाई ज्यादै नराम्रो किसिमले इन्कार गरे जुनचाहिँ उनीहरूले भनेका यी तीन कुराहरूबाट देख्‍न सकिन्छ (यूहन्ना १९:१५):

  1. “ह___________! ह___________!” तिनीहरू उहाँलाई सधैंका लागि हटाउन चाहन्थे।
  2. “त्यसलाई __________मा _____________!” उहाँले त्यस किसिमको कष्टदायी मृत्यु भोगोस् भन्ने उनीहरू चाहन्थे जुनचाहिँ सबैभन्दा खराब अपराधीहरूले भोग्थे(फिलिप्पी २:८ सित तुलना गर्नुहोस्)।
  3. “___________बाहेक हाम्रो अरू __________ नै छैन”।

यहूदीहरू सिजरलाई घृणा गर्थे, उनीहरू रोमी शासनको जुवामुनि रहनै चाहँदैनथे तर ख्रीष्टलाई उनीहरूले त्यसभन्दा बढ्ता घृणा गरे। पापी मान्छेको उहिलेदेखिको नारा यही हो: “हामी परमेश्वरको शासनमुनि बस्न चाहन्नौं। हामीले के गर्नुपर्छ भनेर परमेश्वरको भनेको हामी सुन्न चाहन्नौं। हामी जे मन लाग्छ त्यही गर्न चाहन्छौं।” मान्छे आफू आफ्नै राजा बन्न खोजेको छ र आखिरमा कमारो बन्न पुगेको छ। परमेश्वरलाई राजा बन्न दिनेहरू मात्र साँच्चै स्वतन्त्र हुन्छन् (यूहन्ना ८:३१-३६)।

के ती यहूदीहरूले यूहन्ना १:११ को वचनलाई पूरा गरे त? __________

क्रूसको मृत्यु

पिलातस अन्तमा यहूदीहरूको दबाबमुनि निहुरिए अनि उनीहरूकै मागलाई पूरा गरिदिए (यूहन्ना १९:१६)। येशूलाई क्रूसमा टँगाइने ठाउँलाई गलगथा भनिन्थ्यो जसको अर्थ हो “___________को ठाउँ” (यूहन्ना १९:१७)। कलवरी भन्ने शब्दको माने पनि खोपडी हो र यसले पनि उही ठाउँलाई जनाउँछ (लूका २३:३३ पढ्नुहोस्)। त्यस दिन ख्रीष्टसित कतिजना अपराधीहरू टाँगिए (यूहन्ना १९:१८)? ___________

अपराधीलाई क्रूसमा टँगाइँदा उसको अभियोग वा दोषलाई लेखेर उसकै शिरमाथि टाँगाइने चलन थियो। जस्तै, कसैले अर्कालाई जानाजानी मारेको भए त्यहाँ “यो हत्यारा हो!” भनेर लेखिन सक्थ्यो। येशूको शिरमाथि चाहिँ कस्तो अभियोग लेखियो (यूहन्ना १९:१९)? ________________________________________________। उक्त कुरा कतिओटा भाषामा लेखियो (यूहन्ना १९:२०)? __________ [टिप्पणी: प्यालेस्टाइनको स्थानीय भाषा हिब्रू वा अरामी थियो; रोमी साम्राज्यमा चल्ने साझा भाषाचाहिँ ग्रीक थियो र औपचारिक वा कानूनी भाषाचाहिँ ल्याटिन थियो कारण त्यतिखेर शासन उनीहरूको हातमा थियो]। येशू कुनचाहिँ ठूलो अपराधका दोषी हुनुहुन्थ्यो त? उहाँ “यहूदीहरूका राजा” हुनुहुन्थ्यो! यसरी लेखिएकोमा के यहूदीहरू खुशी थिए (यूहन्ना १९;२१)? ___________। के पिलातसले उनीहरूले चाहेको जस्तै गरी त्यसलाई बदले (यूहन्ना १९:२२)? ___________। यो उनीहरूसित साटो फेर्ने एउटा मौका बन्यो पिलातसको लागि। पिलातसले ठूलै हार खाएका थिए (येशूलाई छुटाउन असफल भएकाले) तर अब उनले एउटा सानै कुरामा भए पनि विजय हासिल गरेर छाडे। साथै उक्त पत्रद्वारा परमेश्वरको आवाजले बोलिरहेको पनि सुन्न सक्छौं। येशूले आफू राजा हुनुभएको केवल दाबीमात्र गर्नुभएको होइन, उहाँ वास्तवमा राजा नै हुनुहुन्थ्यो!

त्यसपछि रोमी सिपाहीहरूले एउटा काम गरे जुन कुराको भविष्यवाणी परमेश्वरले धेरै अघिबाटै गरिसक्नुभएको थियो (यूहन्ना १९:२३-२४ पढ्नुहोस्)। करिब १००० वर्ष पहिला दाऊदले भजनसङ्ग्रह २२:१८ का शब्दहरू लेखेका हुन्। यस भविष्यवाणीको सम्बन्धमा ती रोमी सिपाहीहरू अनभिज्ञ थिए तरैपनि उनीहरूले त्यसलाई हुबहु पूरा गरे! परमेश्वरले शुरुदेखि अन्तलाई जान्नुहुन्छ (यशैया ४६:१०)। भजनसङ्ग्रह २२ लाई पढ्नुहुँदा क्रूसको मरणको याद दिलाउने त्यहाँ थप अरू पदहरू भेट्टाउन सक्नुहुन्छ? ________________________________ साथै, रोमीहरूबाट आएको क्रूसको दण्डको चलन हुनु भन्दा सयौं वर्ष अगाडि नै यो भजनसङ्ग्रह लेखिएको थियो भन्ने कुरा नबिर्सनुहोला नि!

विजयको चित्कार

क्रूसमा येशू करिब ६ घण्टा बिताउनुभयो। यसको अन्ततिर उहाँले “मलाई _________ लाग्यो” भन्नुहुँदै पिउने कुरा माग्नुभयो (यूहन्ना १९:२८-२९)। फेरि पवित्र शास्त्रको अर्को खण्ड पूरा हुन आयो (भजनसङ्ग्रह ६९:२१ पढ्नुहोस्)। सबैले बुझोस् भनी एउटा कुरा ठूलो स्वरमा प्रस्टै उच्चारण गर्नका लागि येशूले त्यस पेय पद्धार्थबाट आफ्नो सुख्खा मुखलाई भिजाउनुभएको थियो शायद। [टिप्पणी: प्रभुले त्यतिखेर ठूलो स्वरमा एउटा कुरा उच्चारण गर्नुभएको थियो तर त्यसलाई गलत बुझिएको थियो। मत्ती २७:४६-४७ पढ्नुहोस्। तर अब उहाँले भन्न लाग्नुभएको कुरा यति महत्त्वपूर्ण थियो कि कसैले त्यसलाई गलत बुझेको उहाँ चाहनुहुन्नथ्यो।] पिउने कुरा लिनुभएको लगत्तै पछि उहाँ ठूलो स्वरमा कराउनुभयो र भन्नुभयो, “_________ भयो” (यूहन्ना १९:३०)। मत्ती २७:५० मा पढेर हामीले थाहा पाउँछौं कि येशूले ती शब्दलाई ________ स्वरले कराएर भन्नुभएको थियो। “पूरा भयो! सिद्धियो! सक्कियो! पिताले मलाई गर्न दिनुभएको काम मैले गरी सिद्ध्याएको छु!” (यूहन्ना १७:४ पढ्नुहोस्)।

मारिन उचालिए
अब सिद्धियो कराए
पापको मोल पूरा तिरे
हल्लेलूयाह! मुक्तिदाता!

हामीसित एउटा यस्तो मुक्तिदाता हुनुहुन्छ कि, उहाँले नै सब गर्नुभयो, सब तिरिदिनुभयो, सब पूरा गरिदिनुभयो र हाम्रो मुक्तिका निम्ति आवश्यक सब काम पूरा गरिदिनुभयो। उहाँले आफ्नो लक्ष्य पूरा गर्नुभयो (लूका १९:१०; यूहन्ना ३:१७; १ तिमोथी १:१५)! प्रभु येशूले भन्नुभयो, “पूरा भयो!” अनि उहाँद्वारा मुक्त गराइएको व्यक्तिले अब यसरी भन्छ, “यथेष्ट भयो! यथेष्ट येशू मर्नुभो, मेरो लागि मर्नुभो!” येशू ख्रीष्टले पूरा गर्नुभएको कामको महत्त्वलाई हिब्रूहरूको पुस्तकले बयान गर्दछ (हिब्रू १:३; ९:२४-२८ पढ्नुहोस् र हिब्रू १०:१०-१४ मा “एकैचोटी” भन्ने शब्दको प्रयोगलाई ध्यान दिनुहोस्)। क्रूसमा येशू ख्रीष्टले तपाईंको लागि पूरा गर्नुभएको कामका निम्ति के तपाईंको हृदयले “आमेन!” भनेको छ त?

ख्रीष्टको मृत्यु

क्रूसको दण्ड भयङ्कर डरलाग्दो मृत्यु दण्ड थियो। करेन्टले वा गोलीले वा गिलोटिन (गर्धन च्वाट्टै काट्ने मृत्युदण्ड) को दण्ड तुलनामा छिटो र पिडारहित मृत्युदण्ड हुन्थ्यो। सुसमाचारका लेखकहरूले ख्रीष्टलाई क्रूसमा टाँगिएको कुराको ज्यादै थोरै मात्र बयान गर्नु एउटा उल्लेखनीय कुरो छ। क्रूसमा ख्रीष्टले भोग्नुभएका घण्टौं लामो कष्टदायी पीडाहरूको एक-एक बयान उनीहरूले गर्थे होलान् भनेर हामीलाई लाग्न सक्थ्यो। उनीहरूले त्यसो गरेनन्। उदाहरणको लागि, यूहन्नाको बयान एकदम छोटो छ। उनले यति लेख्छन्, “… तिनीहरूले उहाँलाई __________________” (यूहन्ना १९:१८)।

ख्रीष्टका शारीरिक कष्टहरूलाई बढ्ता जोड नदिनुको पछाडि पवित्र शास्त्रका ईश्वरीय लेखक, पवित्र आत्मा परमेश्वरसित कारण थियो। शारीरिक कष्टहरूले नै ख्रीष्टको मरणलाई कहालिलाग्दो बनाएको होइन। ख्रीष्टलाई भन्दा नराम्रोसित कोर्रा हानिएकाहरू त्यहाँ अरू थिए अनि ख्रीष्टले भन्दा लामो समय क्रूसमा झुण्डिएका त्यहाँ अरू मानिसहरू थिए। कतिपय इसाई सहीदहरूले मृत्युदण्डका त्यस्ता यातनाहरू भोगे कि तिनका तुलनामा त क्रूसको मरण समेत त्यति डरलाग्दो नलाग्न सक्छ (फोक्सेज बुक अफ मार्टर्ज भन्ने पुस्तकमा पढ्नुहोस्)। येशू ख्रीष्टले अन्य कुनै मानिसले भन्दा बढी कष्ट सहनुभयो, तर रोंमी सिपाहीहरूले उहाँलाई दिएको दण्डको आधारमा यसो भनिएको होइन।

यदि हामीले क्रूसको मृत्युको केवल शारीरिक पक्षलाई मात्र देख्न सक्छौं भने हामीले मुख्य कुरा नै नबुझेको ठहरिन्छ। क्रूसमा जानु अघि त्यहाँ कुन कुरा थियो जसदेखि ख्रीष्ट सबभन्दा बढी त्रसित हुनुहुन्थ्यो (मर्कूस १४:२६ र यूहन्ना १८:११)?

क) उहाँका हात र पाउलाई छेंड-छेंड पार्ने ती काँटीहरू
ख) उहाँको कोखामा हानिने त्यो भाला
ग) ६-६ घण्टासम्म क्रूसमा टाँगिदाको पीडा
घ) त्यो भयङ्करको तिर्खा र सास रोकिने खतरा
ङ) पिताले उहाँलाई पिउनलाई दिनुहुने कचौरा

मत्ती २७:४६ मा उल्लेखित ख्रीष्टका आफ्नै शब्दअनुसार क्रूसको मरणको अनुभवमा सबैभन्दा डरलाग्दो कुरो के थियो (मत्ती २७:४६)?

क) रोमी सिपाहीहरूद्वारा क्रूसमा काँटीले ठोकिनुपर्ने कुरा
ख) विश्वास नगर्ने यहूदीहरूको गिल्लाको पात्र बनिने कुरा
ग) आफ्नै शरीरको वजनले काँटीमा थिचिनु पर्दाको कष्ट
घ) परमेश्वर पिताले उहाँलाई छोड्नुहुने र परित्याग गर्नुहुने कुरा

येशू ख्रीष्ट _____________का लागि दुःख भोग्नुभयो (१ पत्रुस ३:१८)। क्रूसको खास दुःख भोगाइहरू रोमी सिपाहीहरूले उहाँलाई गरेका कुनै कुराले आएन तर तपाईं र मेरा पापहरूको खातिर परमेश्वरले उहाँले जे-जे गर्नुभएको थियो त्यसको कारण आयो! यशैया ५३ अध्याय पढ्नुहोस् र प्रभु येशूलाई परमेश्वरले गर्नुभएका केही कुराहरू लेख्नुहोस्:

पद ४: ____________________________________
पद ६: ____________________________________
पद १०: ___________________________________

हाम्रा मुक्तिदाता हाम्रो सट्टामा मर्ने क्रममा उहाँमाथि परमेश्वरकै क्रोध र इन्साफ बर्सिएर आयो। परमेश्वरले दण्ड दिनुपर्ने व्यक्तिहरू त हामी हौं। हाम्रा सिद्ध प्रतिस्थापकले हाम्रो सट्टामा त्यो डरलाग्दो दण्ड तिरिदिनुभयो। यही नै हो ख्रीष्टको मृत्युको साँचो अर्थ: ख्रीष्ट _________ _______________का निम्ति मर्नुभयो” (१ कोरिन्थी १५:३)।

के येशू साँच्चै मर्नुभएको थियो?

येशू क्रूसमा साँच्चै मर्नुभएको थियो भनेर कोही-कोही मानिसहरू विश्वास गर्दैनन्। कोही भन्छन् उहाँ केवल बेहोश हुनुभएको थियो र मर्नुभएको जस्तै देखिनुहुन्थ्यो (अर्थात् उहाँले सबैलाई झुक्क्याउनुभयो), तर पछिबाट फेरि होश आउनुभयो र मानिसहरूले उहाँ बौरेर उठ्नुभयो भनीठाने (फेरि सबैलाई झुक्क्याउनुभयो)। के येशू साँच्चै मर्नुभएको थियो कि उहाँ मर्नुभयो भनेर मानिसहरूले ठानेका मात्र थिए? यसको जवाफ यूहन्ना १९ अध्यायमा भेटिन्छ।

येशू क्रूसमा टँगाइनुभएको भोलिपल्टको दिन एउटा विशेष पवित्र दिन थियो त्यसैले क्रूसमा कोही पनि नरहून् भन्ने यहूदीहरू चाहन्थे (यूहन्ना १९:३१)। रोमन क्रूसमा टाँगिएको व्यक्ति मर्नलाई प्रायः दुई-तीन दिन लाग्ने गर्थ्यो। कोही-कोही त क्रूसमा टाँगिएको एक हप्ता भन्दा पनि बढी बाँचिरहेको पाइन्थ्यो! क्रूसको मृत्यु दण्ड न छिटो थियो न ता पीडारहित थियो।

नीज छिटो मरोस् भन्ने हेतुले खुट्टा भाँच्ने (यूहन्ना १९:३१-३२) प्रयोजन थियो। थेग्नलाई खुट्टाले नसकेपछि शरीर तल लच्किन्थ्यो, छातीका मांशपेशीमा हुने तनाव बढ्ता भएर छिटै सास फेर्न नसकिने हुन्थ्यो। उक्त प्रयोजनबेगर ख्रीष्टसित मर्ने दुई कुकर्मीहरू थप एक-दुई दिन बाँचिरहन सक्थे। ती दुईमध्ये एकजनालाई त ख्रीष्टसित स्वर्गलोकमा त्यही दिन उसको भेट हुने कबुल मिलिसकेको थियो (लूका २३:४३ पढ्नुहोस्)। उनका खुट्टा भाँचिदिएर रोमी सिपाहीहरूले उनलाई त्यस ठाउँमा छिटो पुग्न मद्दत गरे जहाँ उनले फेरि कहिल्यै पीडाको अनुभव गर्ने छैनन्। त्यो अर्को कुकर्मीको अन्त भने त्यस्तै नै असल थिएन किनकि उनले मुक्ति पाएका थिएनन्। उनी अनन्त कष्टमा गए, उनलाई बचाउन चाहनुभएका ख्रीष्टदेखि सदाका लागि अलग हुने गरी।

सिपाहीहरू बीचको क्रूसमा आइपुग्दा येशू __________ ______________ देखे, तब तिनीहरूले उहाँका खुट्टा भाँचेनन् (यूहन्ना १९:३३)। येशू क्रूसमा ६ घण्टा मात्र रहनुभई मरिसक्नुभएकोमा के पिलातस छक्क परे (मर्कूस १५:४४)? ________। येशू साँच्चै मर्नुभएको थियो कि थिएन भन्ने कुरामा यदि कुनै शङ्का लाग्छ भने यूहन्ना १९:३४ ले सदाका लागि शङ्का निवारण गरिदिन्छ! त्यहाँ एकजना सिपाहीले के गरेका थिए? ________________________________________। त्यसो गर्दा येशू त मरिसक्नुभएको थियो (पद ३३) तर त्यो सिपाहीले जे गर्‍यो त्यसले यस सवालको टुङ्गो लगाउम मद्दत गर्‍यो। यदि येशू केवल “बेहोश” हुनुहुन्थ्यो र सिपाहीहरूले नजानेर उहाँ मरिसक्नुभएको ठानेका थिए भने पनि त्यो भालाको रोपाइले त उहाँलाई मार्ने नै थियो। कोखामा ख्रीष्टलाई जस्तै गरी भाला हानिएको कोही बाँच्दैन। येशू खासमा मर्नुभएको थिएन भन्नेहरू सत्य-तथ्यप्रति अन्धा भएकाहरू हुन्। [टिप्पणी: १ शमूएल १७:४९-५१ सित तुलना गर्नुहोस्। दाऊदले गोलियतको टाउको च्वाट्टै काटिदिँदा गोलियत मरिसकेका थिए, तर दाऊदले त्यसो गर्नुको कारण थियो गोलियत साँच्चै मरिसके भनेर सबैलाई देखाउनलाई। गोलियत साँच्चै मरेका छन् कि छैनन् भनेर कसैलाई शङ्का रहेको खण्डमा उनको काटिएको टाउकोले छिट्टै शङ्का निवारण गर्ने थियो।]

यूहन्नाको सुसमाचार लेख्‍ने व्यक्ति क्रूसकै छेउमा उभिरहेका थिए र उनले यी सबै कुराहरू आफैंले देखे (यूहन्ना १९:२५-२७ र १९:३५)। यूहन्ना यी सबै कुराका प्रत्यक्ष साक्षी थिए र उनले भने, “जसले यो _________, उसैले गवाही (साक्षी) दिएको हो, अनि उसको गवाही ________ छ” (यूहन्ना १९:३५)। यूहन्नाले कथा बनाएका होइनन्। प्रत्यक्षदर्शीको रूपमा उनले त्यहाँ साँच्चै भएका घटना लेखेका हुन्। यूहन्नाले यी कुराहरूले “तिमीहरूले __________ गर्न सक” (यूहन्ना १९:३५) भनेर लेखेका हुन्।

ख्रीष्टलाई दफन गरिएकोबाट (यूहन्ना १९:३८-४२) पनि येशू साँच्चै मर्नुभएको थियो भनेर प्रमाणित गर्दछ। जीवितलाई दफन गरिँदैन। येशूलाई आदरपूर्वक दफन गर्नलाई महत्त्वपूर्ण भूमिका निभाउने दुईजनाका नाम उल्लेख भएको छ (यूहन्ना १९:३८,३९)। हामीले निकोदेमसलाई यूहन्नाको तेस्रो अध्यायमा भेटेका थियौं। क्रूसमा टँगाइएका प्रायः अभियुक्तहरूलाई राम्ररी दफन गरिँदैनथ्यो। तिनका लाशलाई कहिलेकाहिँ यरूशलेम शहरको बाहिरपट्टि रहेको गहेन्ना (GEHENNA) भनिने फोहोर फाल्ने डम्प साइटमा फ्याँकिने गरिन्थ्यो। तरैपनि पिलातसले येशूलाई चिहानमा दफन गरिनलाई यूसुफलाई अनुमति दिए।

* * * * * * * * * * *

येशू ख्रीष्टले क्रूसमा सम्पन्न गर्नुभएको काम मान्छेको एउटै मात्र आशा वा उपाय हो। हवाइजहाजबाट हामफाल्नुपर्ने व्यक्तिको विचार गर्नुहोस्। उसको प्याराशुटले राम्ररी काम गर्छ भनेर हामी मानिलिऔं। त्यस व्यक्तिलाई चाहिने त्यत्ति एउटा प्याराशुट नै हो। त्यसले ऊ बाँच्नेछ, त्यसबिना ऊ मर्नेछ। त्यो प्याराशुट त्यस व्यक्तिको एउटै मात्र आशा हो। उसले आफूलाई बचाउन आफैं केही गर्न सक्दैन। उसले आफ्ना हात जतिसुकै नहल्लाओस् किन, तर त्यो प्याराशुटबिना ऊ जमिनमा बजारिएर मर्छ नै। उसले केवल विश्वास गर्नुपर्छ कि त्यो प्याराशुटले उसलाई बचाउँछ भनेर; प्याराशुट खोलिदिने डोरीलाई तान्नुपर्छ र सबै काम प्याराशुटलाई गर्न दिनुपर्छ।

त्यसरी नै एउटा पापीलाई चाहिएको केवल येशू ख्रीष्ट हो। ख्रीष्टले ऊ बाँच्नेछ, ख्रीष्टबिना ऊ नष्ट हुनेछ (यूहन्ना ३:१६)। ख्रीष्ट नै पापीको एउटै उपाय हो। पापीले आफूलाई बचाउन केही गर्न सक्दैन (तीतस ३:५; एफेसी २:८-९)। उसले केवल विश्वास गर्नुपर्छ कि उसलाई बचाउन ख्रीष्ट मर्नुभयो, ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ र उसको आत्मा बचाउनलाई येशूलाई सब काम गर्न दिनुपर्छ।

के तपाईंले सो गर्नुभयो?

के तपाईं येशू ख्रीष्टले पूरा गरिसक्नुभएको काममा भरोसा गर्दै हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

परमेश्वरका थुमा (भाग १)

Study Series

परमेश्वरका थुमा (भाग १)

बप्‍तिस्मा दिने यूहन्नाले येशू ख्रीष्टलाई औंल्याउँदै एकपटक यसरी भने, “हेर, परमेश्वरका _________लाई, जसले संसारको ________ उठाई लैजानुहुन्छ” (यूहन्ना १:२९ र १:३६)। थुमाचाहिँ बलि चढाइने पशु थियो (दाँज्नुहोस् उत्पत्ति २२:६-८; प्रस्थान १२:३-७)। यहूदीहरूको वेदीमा चढाइने निर्दोष थुमाले ख्रीष्टको सिद्ध बलिदानको चित्रण गरेको हुन्थ्यो (हिब्रू १०:४-१४)। येशू ख्रीष्ट बलि चढाइने परमेश्वरबाटको थुमा हुनुहुन्थ्यो – उहाँ नै त्यो निर्दोष व्यक्ति हुनुहुन्थ्यो जसले संसारको पापका निम्ति दुःख सहनुभयो र मर्नुभयो। परमेश्वर प्रेम हुनुहुन्छ जसले हाम्रा निम्ति आफ्नै प्रिय पुत्रलाई बलिदान दिन इच्छुक हुनुभयो:

“उहाँले आफ्नै पुत्रलाई पनि बाँकी __________________, तर हामी सबका निम्ति उहाँलाई _________________” (रोमी ८:३२)

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्नो एकमात्र जन्माइएको पुत्रलाई ________________” (यूहन्ना ३:१६)

यूहन्ना १८-१९ अध्यायका अध्ययनमा हामी कलवरी क्रूसको फेदीमैं पुग्नेछौं। त्यहीं नै मानिसका पुत्र मारिनलाई “उचालिनुभयो” (यूहन्ना ३:१४-१५; १२:३२-३३)। त्यहीं नै हामी पापीका सट्टामा मर्नुहुने परमेश्वरका थुमालाई नियालेर हेर्न पाउँदछौं।

यूहन्ना १८-१९ को रूपरेखा

 

  1. ख्रीष्टलाई गिरफ्तार गरिएको (यूहन्ना १८:१-१४)
  2. ख्रीष्टलाई इन्कार गरिएको (यूहन्ना १८:१५-१८, २५-२७)
  3. ख्रीष्टको न्यायिक जाँच गरिएको (यूहन्ना १८:१९-२४, २८-४०)
  4. ख्रीष्टलाई रद्द गरिएको (यूहन्ना १९:१-१५)
  5. ख्रीष्टलाई क्रूसमा टाँगिएको (यूहन्ना १९:१६-३७)
  6. ख्रीष्टलाई चिहानमा गाडिएको (यूहन्ना १९:३८-४२)

ख्रीष्टलाई गिरफ्तार गरिएको

यूहन्ना १८:१ मा हामी सिक्छौं, येशूले प्रार्थना गरिसक्नुभएपछि (यूहन्ना १७ मा हेर्नुहोस्) उहाँले आफ्ना चेलाहरूलाई गेत्समनी नाउँ गरेको एउटा बगैंचामा लानुभयो। बगैंचामा येशूले के गर्नुभयो? उहाँका चेलाहरूले के गरे (पढ्नुहोस् मत्ती २६:३६, ३९, ४१, ४२, ४४)? _________________________। येशूलाई कहाँ भेट्टाउन सकिन्छ भनेर के धोकेबाज यहूदालाई राम्ररी थाहा थियो (यूहन्ना १८:२)? ______________

यूहन्ना १८:३ मा येशूलाई पक्रन आउने समूहको बयान गरिएको छ। “टोली” भन्ने शब्द सैनिक शब्दावलीअन्तर्गत पर्छ र यसले एउटा रोमी फौजको दसौं भागलाई जनाउँछ। एउटा फौजमा ६,००० सम्म सिपाही हुन्छन्। तसर्थ एउटा “टोली” मा ६,००० को दसौं भाग अर्थात् ६०० सिपाही हुन्थे। निस्तारचाडको अवसरमा यरूशलेममा मानिसहरूको खचाखच हुने भएकोले त्यहाँ सम्भावित विद्रोहलाई थाम्न सक्नलाई रोमी सिपाहीहरू पर्याप्त सङ्ख्यामा खटिएका हुन्थे। त्यसैले त ख्रीष्टलाई गिरफ्तार गर्न यहूदी शासकहरूले रोमी सिपाहीहरूको सिङ्गो टोली प्राप्त गर्न सके। त्यहाँ पूरा ६०० रोमी सिपाही नै थिए भनेर हामीले यकिन गर्न नसके तापनि तिनीहरू ठूलै सङ्ख्यामा आएका थिए भन्ने कुरा निश्चित छ। मत्तीले बताएको छ, यहूदाका साथमा एउटा ठू____ _________ (मत्ती २६:४७) थियो। चेलाहरूको त्यो सानो झुण्डलाई हातमा लिन सक्न उनीहरूको दलबल पर्याप्त थियो।

त्यहाँ यहूदी शासक वर्गका आफ्नै अफिसरहरू पनि थिए (यूहन्ना १८:३)। यस पदमा उल्लेखित “मुख्य पूजाहारी र फरिसीहरूपट्टिबाट अफिसरहरू” चाहिँ “मन्दिरका प्रहरीहरू” थिए (लूका २२:५२ सित तुलना गर्नुहोस्)। उक्त समूह हात-हतियार भिरेर आएका थिए कि खाली हात आएका थिए (यूहन्ना १८:३)? _____________________। एउटा निरस्त्र व्यक्ति र उहाँका साथमा रहेका एघार निरस्त्र चेलाका विरुद्धमा यहूदी-रोमी गठबन्धनको एउटा शसस्त्र जत्था नै उर्लेर आयो! ___________को ज्यो_____ (यूहन्ना ८:१२) लाई पक्राउ गर्न अन्धकारका सन्तानहरू बत्ती र राँका बोकेर आए (यूहन्ना १८:३)। उनीहरूले के-कस्ता हतियारहरू बोकका थिए (मर्कूस १४:४३)? ____________________________

घटनाक्रम यसरी अगाडि बढ्न गएकोमा के येशू आश्चर्यचकित हुनुभयो (यूहन्ना १८:४)? ____________। बरु गिरफ्तार टोली पो तीनछक पर्नेवाला थिए। यूहन्ना १८:४-६ राम्ररी पढ्नुहोस्। येशूले “म हुँ” भनेर आफूलाई प्रस्तुत गर्नुभयो (मौलिक ग्रीक लेखोटमा ‘उही’ भन्ने शब्द छैन)। येशूले भन्नुभयो, “म हुँ!” अर्थात् “म नै हुँ!” येशूले आफू नै म हुँ भन्ने अद्वित्तीय, महान् यहोवा परमेश्वर हुनुभएको दाबी गर्नुभयो (दाँज्नुहोस्, प्रस्थान ३:१४; यूहन्ना ४:२६; ६:२०; ८:२४,२८,५८)। येशूले आफ्नो चिनारी यसरी दिनुहुँदा मानिसहरूको त्यस ठूलो भीडलाई के भएको थियो (यूहन्ना १८:६)? _____________________________ ___________________। के यहूदा इस्करयोती पनि भीडसितै भुइँमा पछारिएका थिए (यूहन्ना १८:५-६)? ____________। यहूदा कसको पक्षमा रहेछन् भन्ने कुरा अब सबैलाई छर्लङ्गै भयो! उनी प्रभुका शत्रुपक्ष रहेछन्। शत्रुहरूसितै उनी भुइँमा लडिरहेका छन्! कस्तो अचम्मको दृश्य: एकातिर सयौं तालिमप्राप्‍त रोमी सिपाहीहरू र यहूदीहरूको जमात भुइँमा सोतर परेको छ, अर्कोतिर मात्र एघार चेलाहरूसित निरस्त्र येशू चाहिँ खुट्टामा खडा भई उभिरहनुभएको छ! येशूको मुखबाट निस्केका दुई शब्द – “म हुँ!” – को नतीजा थियो यस्तो!

त्यो ठूलो जमात फेरि उठ्दै गर्दा, उनीहरूलाई येशूको मुक सन्देश यस्तो थियो, “हे मानिसहरूहो, मलाई गिरफ्तार गर्न म तिमीहरूलाई अनुमति त दिन्छु, तर वास्तवमा कसको नियन्त्रणमा को रहेछ भन्ने कुरा राम्ररी जानीराख!” सबै कुरा परमेश्वरको पुत्रकै नियन्त्रणको घेराभित्र चलिरहेको थियो।

माल्खसको कान

यूहन्ना १८:१०-११ अनुसार पत्रुस प्रभुलाई बचाउन भनी ठूलो जोशमा जाइलागेका थिए तर निशाना चुक्न गई उसको तरवारले माल्खस नाउँ गरेको मान्छेको कान च्वाट्टै काटियो! डाक्टर लूकाको अनुसार यसबारे प्रभु येशूले के गर्नुभयो (लूका २२:५१)? _____________________ _____________________। येशूलाई गिरफ्तार गर्न आउने व्यक्तिहरूले दुइटा आश्चर्यकर्महरू देखे:

  1. येशूको दुई शब्द सुन्नेबित्तिकै सिङ्गो भीड भुइँमा पछारिएको (यूहन्ना १८:६)
  2. येशूको अलौकिक सामर्थ्यले माल्खसको काटिएको कान निको पारिएको (लूका २२:५१)

येशूलाई गिरफ्तार गर्न आउने सेनालाई कुनै बाहाना थिएन। “उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्न हामीलाई कुनै आधार थिएन” भनेर उनीहरू पन्छिन सक्दैनथे। के येशूलाई पत्रुसको मद्दतको खाँचो थियो त (मत्ती २६:५३)? _____________। (स्मरण होस्, एउटा पल्टनमा ६,००० सिपाहीहरू हुन्थे; बाह्र पल्टन स्वर्गदूतहरू भनेको ७२,००० स्वर्गदूतहरू हो!)। करिब ५३ दिन पछि पत्रुसले फेरि एउटा तरवार ख्रीष्टका शत्रुहरू विरुद्ध चलाए र त्यस पटक उनी सफल भए! त्यस पटक उनको तरवारले एउटा कान काट्ने भन्दा ठूलो काम गर्‍यो, त्यसले त हजारौंको हृदयलाई छेंड्यो। यसबारे हामी प्रेरित २:१४,३६,३७,३८,४१ पदहरूमा पढ्छौं। प्रेरित २:३७ को “छेंडियो” शब्दको अर्थ हो “घोच्यो, रोप्यो”। उनीहरूको “मुटु छेंडियो”। पत्रुसले प्रयोग गरेको तरवारलाई हिब्रु ४:१२ मा बयान गरिएको छ। के परमेश्वरले हामीले पनि यही तरवार प्रयोग गरेको चाहनुहुन्छ (एफेसी ६:११,१७)? _____________

के यहूदी र रोमी सिपाहीहरूले येशूलाई पक्रेर गिरफ्तार गरे (यूहन्ना १८:१२)? _____। तर के उनीहरूले उहाँलाई साँच्ची नै पक्रेका थिए त? येशूले यूहन्ना १०:११,१७,१८ मा सिकाउनुभएको कुरालाई स्मरण गरिनुपर्छ। येशूले उनीहरूलाई अनुमति दिनुभएको कारणले मात्र उनीहरूले येशूलाई पक्रन सकेका हुन्। येशूले स्वेच्छापूर्वक आफ्नो प्राण अर्पण गर्नुभयो, यसैले उनीहरूले उहाँलाई पक्रन सके। नत्रभने उनीहरूले उहाँलाई पक्रनु असम्भव हुनेथ्यो (तुलना गर्नुहोस् यूहन्ना ७:३०; ८:२०; आदि)। प्रभुले आफैंले आफैंलाई यसरी सुम्पनुको कारण के थियो (गलाती २:२०; एफेसी ५:२,२५)? _________________________। मानिसले उहाँलाई क्रूसमा पुर्‍याएको होइन। उहाँको प्रेमले हो! पापी मानिसलाई बचाउन ख्रीष्ट यहाँसम्म इच्छुक हुनुहुन्थ्यो! प्रश्‍न उठ्छ, तपाईंचाहिँ उहाँद्वारा बचाइनलाई कत्तिको इच्छुक हुनुहुन्छ? (यूहन्ना ५:४० को खेदपूर्ण भनाइसित तुलना गर्नुहोस्)।

पत्रुस येशूसँगै हुँदा उनले माल्खसको कानलाई बडो साहसका साथ काटिदिएका थिए। तर केही बेरपछि यी साहसी पत्रुस डरपोक पत्रुस बने। मर्नुपरे तापनि प्रभुलाई पछ्याउनेछु भन्ने पत्रुस (यूहन्ना १३:३७) आफ्ना प्रभुलाई तीन-तीनपटक इन्कार गर्नेवाला थिए (यूहन्ना १३:३८)!

ख्रीष्टलाई इन्कार गरिएको

यूहन्ना १८:१५-१६ मा उल्लेखित “अर्को चेला” सम्भवत: यूहन्ना आफैं थिए जसले लेखेका सुसमाचारको अध्ययन हामी गर्दैछौं। येशू पक्राउ पर्नुभएपछि सबै चेलाहरू भागाभाग गरे (मत्ती २६:५६) तर पत्रुस र यूहन्ना फर्केर आए। महापुजारीसित यूहन्नाको पहुँच थियो (यूहन्ना १८:१५) जसको कारण उनी पत्रुसलाई साथमा लिई दरवारको परिसरभित्र पस्न सफल भए (यूहन्ना १८:१६)।

आफू बलियो छु भनी पत्रुसले सोचेका थिए (यूहन्ना १३:३७) तर आफू वास्तवमा कति दुर्बल छु भनेर उनले सिक्ने बेला आइपुगेको थियो। पत्रुसको पहिलो इन्कार यूहन्ना १८:१७ मा पाइन्छ। एउटी स्त्रीले सोधेकी प्रश्‍नलाई यसरी अनुवाद गरिनुपर्थ्यो, “तिमी यस मानिसका चेलाहरूमध्येका एउटा हौ र?” (तिनले नकारात्मक जवाफको अपेक्षा गरेकी थिइन्)। के पत्रुसले सत्य बोले? __________। पत्रुसले केवल झूट बोलेका थिएनन्, उनले त आफ्ना प्रभुलाई इन्कार गर्दैथिए!

पत्रुसले आफ्नो प्रभुलाई इन्कार गरे। आफ्नो जवाफद्वारा उनले यसो भन्दै थिए: “नासरतको येशूसित मेरो कुनै सम्बन्ध छैन।” आफ्नो जीवनको यस घडीमा पत्रुस येशूको चेला कहलिन शर्माएका थिए कि गर्ववान्वित भएका थिए (यूहन्ना १८:१७)? ____________। तपाईं येशू मुक्तिदातादेखि शर्माउनुहुन्छ कि उहाँमा गर्व गर्नुहुन्छ? आफू येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुँ भनेर अरूले जानेको तपाईं चाहनुहुन्छ कि चाहनुहुन्न? कसैले तपाईंलाई, “के तिमी बाइबल विश्वास गर्ने ख्रीष्टियन हौ” भनेर सोध्यो भने तपाईंले कसरी जवाफ दिनुहुनेछ? पत्रुसले यसरी जवाफ दिनुपर्नेथ्यो, “हो, म हुँ! म गर्वसित भन्दछु, म येशूको चेला हुँ। उहाँ मेरा प्रभु हुनुहुन्छ र म उहाँको चेला हुँ।”

दोश्रो इन्कार यूहन्ना १८:२५ मा पाइन्छ। तिनीहरूले पत्रुसलाई सोधे, “तिमी उसका चेलाहरूमध्ये एकजना हौ र?” (तिनीहरूले नकारात्मक जवाफको अपेक्षा गरेका थिए)। के पत्रुसले झूट बोल्दै उहाँलाई इन्कार गरे? ____________

तेश्रो र अन्तिम इन्कार यूहन्ना १८:२६ मा पाइन्छ। आखिरी पटक प्रश्‍न गर्ने पुरुष माल्खसका आफन्त थिए (यूहन्ना १८:१० सित दाज्नुहोस्)। उनी पनि गिरफ्तारीको बेलामा बगैंचामै थिए र त्यहाँ पत्रुसले उनका आफन्तको कान काटिदिएका देखेका थिए। यो मान्छे पत्रुस नै हुनुपर्छ भन्ने उसलाई करिब पक्का भइसकेको थियो। तर उनी निश्चित भइसकेका थिएनन्। उनको प्रश्‍नलाई यसरी अनुवाद गर्न सकिन्छ: “मैले तिमीलाई बगैंचामा देखेको होइन र?” (उनले सकारात्मक जवाफको अपेक्षा गरेका थिए)। पत्रुसले यस प्रश्‍नको जवाफ कसरी दिए? पत्रुसले यसरी भन्नुपर्नेथ्यो, “हो, मैले सत्य बोल्नैपर्छ। येशूसित बगैंचामा तिमीले देखेको मान्छे म नै हुँ। तिम्रो आफन्तको कान काटिदिने म नै हुँ।” के पत्रुसले यस्तै भने (यूहन्ना १८:२७)? ___________। येशूले यूहन्ना १३:३८ मा गर्नुभएको भविष्यवाणी के साँचो ठहरियो? _________

मत्ती १०:३२-३३ पढ्नुहोस्। कुनचाहिँ पदमा पत्रुसले गरेको कामको बयान गरिएको छ? ______। कुनचाहिँ पदमा हामीले गर्नुपर्ने परमेश्वरको इच्छाको बयान गरिएको छ? _______। जसरी एउटा बोतलको बाहिरपट्टि टाँसिएको कागतको लेबुलले बोतलभित्र भएको पद्धार्थलाई सङ्केत गर्दै त्यसको अस्तित्वलाई “स्वीकार” गरिरहेको हुन्छ, त्यसरी नै प्रत्येक विश्वासीले आफूभित्र वास गर्नुहुने प्रभु र मुक्तिदातालाई विनाशर्म प्रस्टै स्वीकार्नुपर्छ (रोमी १०:९-११)। पावलले भनेजस्तै हामीले पनि भन्न सक्नुपर्छ: “म ख्रीष्टको ______________देखि ____________” (रोमी १:१६)। पत्रुस आफ्नो प्रभुदेखि शर्माए। के त्यसो गरेकोमा पत्रुस पछिबाट दुःखित भए (लूका २२:५९-६२)? ________। पत्रुस पापमा लडे, बेसरी नै लडे, तर उनी फेरि उठे! करिब ५३ दिन बितेपछि पत्रुसले साहसका साथ, विनाडर हजारौं यहूदीहरूका सामु ख्रीष्टलाई स्वीकार गर्ने काम गरे (हेर्नुहोस्, प्रेरित २:१४,२२-२४,२९,३६,४१)! उनी उप्रान्त कहिल्यै येशूदेखि शर्माएनन् बरु आफ्ना प्रभुका लागि मारिन पनि तयार भए अनि ठीक त्यस्तै भयो पनि (तुलना गर्नुहोस् यूहन्ना २१:१७-१९)। पत्रुस र यहूदाबीच ठूलो अन्तर छ। दुवैले प्रभुलाई धोका दिएका हुन्—यहूदाले विश्वासघात गरेर र पत्रुसले इन्कार गरेर। पत्रुसले पश्चात्ताप गरे अनि फर्के तर यहूदाले त्यसो कहिल्यै गरेनन्।

ख्रीष्टलाई न्यायिक जाँच गरिएको

पवित्रशास्त्रले बताउँछ, उहाँको गिरफ्तारीको लगत्तैपछि येशू ख्रीष्ट प्रारम्भिक छानबिनका लागि सर्वप्रथम ___________ (यूहन्ना १८:१३) कहाँ लगिनुभयो। यी महत्त्वपूर्ण व्यक्ति को थिए?

हन्नास सम्भवतः यरूशलेमका सबैभन्दा शक्तिशाली र प्रभावशाली व्यक्ति थिए। उनले ई.सं. ७-१५ सम्म महापूजाहारीको कार्यभार सम्हाले, तर ई.सं. १५ मा उनको पदावधि समाप्‍त भएपछि पनि उनी उक्त दर्जाले नै चिनिन्थे (हेर्नुहोस् लूका ३:२; यूहन्ना १८:१९,२२; साथै प्रेरित ४:६ मा उनलाई “महापूजाहारी” भनी जनाइएको छ यद्यपि उनी खास महापूजाहारी थिएनन्)। हन्नास _____________ को ससुरा थिए (यूहन्ना १८:१३; यूहन्ना ११:४९-५२ मा हामीले यिनै व्यक्तिका बारेमा अध्ययन गरेका थियौं)। पूजाहारी गठबन्धनमाथि हन्नासले ठूलै प्रभाव जमाएका थिए। भन्नुपर्दा, उनका पाँच भाइ छोराका साथसाथै उनका ज्वाइँ कायफा र उनका नाती मत्तीयाससमेतले महापूजाहारीको पद सम्हाले। येशूलाई इन्साफ गरिँदाको समयमा हन्नास एक वयोवृद्ध, अनुभवी तथा धनी व्यक्ति भइसकेका थिए। महापूजाहारीको पदमा नरहे तापनि जनसमाजको नजरमा महापूजाहारी उनी नै थिए, र महत्त्वपूर्ण मामिलामा प्रायः उनकै सल्लाहलाई मान्यता दिइन्थ्यो। त्यसैले येशू “प______ हन्नासकहाँ” (यूहन्ना १८:१३) लगिनुभएको कुरा पढ्दा हामीलाई आश्चर्य लाग्दैन।

हन्नासले येशूलाई दुइटा विषयमा प्रश्न गरे, ती के थिए (यूहन्ना १८:१९)?

  1. उहाँका _______________ र
  2. उहाँको _______________को विषयमा

हन्नासको प्रश्‍नको तात्पर्य यो थियो कि येशूले रोमका विरुद्ध सम्भावित राजनैतिक विद्रोह मच्चाउने उद्देश्यमा क्रान्तिकारीहरू (उहाँका चेलाहरू) लाई बटुल्दैहुनुहुन्छ। अनि उनी यो चाहन्थे कि येशूले कुनै त्यस्तो कुरा प्रकट गर्नुभएको होस् (उहाँको शिक्षा) जसको आधारमा उहाँलाई रोमी शासनलाई पल्टाउन खोज्नुभएको दोष लगाउन सकियोस्। विद्रोह र राजद्रोहको दोषीलाई अथवा यस्ता कुराको केवल अभियोग मात्र लागेको व्यक्तिलाई रोमी सरकारले बाँकी राख्‍नेछैनन् भन्ने कुरा हन्नासलाई राम्ररी थाहा थियो। यसर्थ हन्नास यो चाहन्थे कि येशूले आफ्नै विरुद्धमा कुनै कुरा व्यक्त गर्नुभएको आधारमा उहाँलाई दोषी ठहराउन सकियोस्।

यूहन्ना १८:२०-२१ मा प्रभुको गहकिलो प्रत्युत्तरलाई विचार गर्नुहोस्। उहाँको भनाइको तात्पर्य यो थियो, “आफ्नै विरुद्धमा गवाही दिन म इन्कार गर्छु। व्यवस्थाबमोजिम तिमीहरूले साँचो साक्षीहरू खडा गराऊ।” यस न्यायोचित माग राख्‍नेबित्तिकै येशूले एउटा यहूदी अफिसरको हातबाट अन्यायपूर्ण व्यवहार भोग्नुपर्‍यो जसले “येशूलाई…____________ लगायो” (यूहन्ना १८:२२)। त्यसले मुड्की पारेर होइन तर पाँच औंला फिँजाएर बेसरी थप्पड लगाएका थिए। त्यसपछिका घडीहरूमा येशूले त्यस्ता कैयौं पिटाइहरू सहनुपर्‍यो; योचाहिँ पहिलो थियो। यूहन्ना १८:२३ मा प्रभुले राख्‍नुभएको प्रश्‍नको जवाफ त्यस अफिसरले दिन सके होलान्? ____________। मानवजातिका लागि क्रूसमा मर्न जाने क्रममा उहाँ ज्यादै निर्मम शारीरिक यातनाहरू भोग्नलाई राजी हुनुपरेको थियो। प्रश्‍न उठ्छ, तपाईंचाहिँ मुक्ति पाउनलाई कत्तिको राजी हुनुहुन्छ?

हन्नाससितको भेटपछि येशू कता लगिनुभयो (यूहन्ना १८:२४)? _______________। वास्तवमा महापूजाहरी यिनी थिए (यूहन्ना ११:४९; १८:१३)। कायफा र हन्नास उस्तै चरित्रका थिए, दुवैले येशूलाई उत्तिकै घृणा गर्थे। कायफाका सामु भएको ख्रीष्टको न्यायिक जाँचको बारेमा जान्नलाई सुसमाचारका अन्य पुस्तकहरूमा पढ्नुपर्ने हुन्छ (मर्कूस १४:५३-६५ आदि)।

पिलातसका सामु

यहूदीहरूले येशूलाई बाँधे अनि उहाँलाई रोमी राज्यपालकहाँ लगे जसको नाउँ पिलातस थियो (यूहन्ना १८:२८-२९)। यहूदीहरू ख्रीष्टलाई मृत्युदण्ड दिन चाहन्थे तर उनीहरू आफैं त्यसो गर्न सक्दैनथे। यूहन्ना १८:३१ अनुसार मृत्युदण्ड दिने अधिकार केवल रोमी सरकारको हातमा थियो। ख्रीष्टलाई यहूदीहरू आफैंले मार्न सकेका भए उनीहरूले सम्भवतः ढुङ्गा हानेर मार्ने थिए (यूहन्ना ८:५९ र १०:३१ सित दाँज्नुहोस्)। अपराधीलाई मृत्युदण्ड दिने रोमीहरूको तरिकाचाहिँ क्रूस थियो। यसर्थ, येशूले आफू “मारिनलाई उचालिने” कुरा (यूहन्ना १२:३२-३३ र यूहन्ना १८:३२) गर्नुहुँदा उहाँ कस्तो कुरा गर्दैहुनुहुन्थ्यो सो राम्ररी जान्नुहुन्थ्यो।

यूहन्ना १८:२८ मा ख्रीष्टको हत्या गर्न चाहने यी यहूदीका बारेमा एउटा उल्लेखनीय कुरा बताइएको छ: “अनि अशुद्ध नहोऔं, तर निस्तार-चाडको भोज खान सकौं भनेर तिनीहरू आफैचाहिँ राजभवनभित्र पसेनन्” (यूहन्ना १८:२८)। यिनीहरू मानव इतिहासकै सबैभन्दा घोर अपराधमा संलग्न भइरहेका थिए र पनि आफूहरू एउटा विधर्मीको राजभवनमा पसेर अशुद्ध होऔंला भन्ने कुराको उनीहरू फिक्री गर्दै थिए! यो त एउटा डाँकूको कथा जस्तै हो जो एउटा बैङ्किङ् कार्यालयभित्र पस्नुअघि भित्र फोहोर नलागोस् भनेर आफ्नो जुत्ताको धुलो राम्ररी टकटक्याउँदछ अनि भित्र पसेपछि उसले खजाञ्चीलाई गोली हानेर १ करोड रूपैयाँ लुटेर भाग्छ! यिनीहरू आफ्नो चियामा परेको सानो भुसुनाको फिक्री गर्दैथिए तर सिङ्गो ऊँट निल्न उनीहरूलाई कुनै ठूलो कुरा लागिरहेको थिएन (मत्ती २३:२३-२४ सित तुलना गर्नुहोस्)। आफूहरू निकृष्टतम तवरले अशुद्ध भइसकेको कुरालाई उनीहरूले महसुस गर्न सकेनन्! उनीहरू त आफूले बाँधेका कैदीका सामु घोप्टो परेर दयायाचना र क्षमायाचनाका लागि रूँदै कराउनुपर्थ्यो! धर्म भनिने कुराको दुःखद वास्तविकता नै यही हो जब मान्छे पवित्र परमेश्वरकहाँ आफ्नो पाप स्वीकार गर्दै आउनुको सट्टा आफ्नो दुषित हृदयलाई ढाकछोप गर्ने प्रयास गर्दछ।

पिलातसले येशूलाई एउटा सरल प्रश्न गरे: “के तिमी यहूदीहरूका __________ हौ?” (यूहन्ना १८:३३) “के तिमी राजा हौ?” येशूले यसको स्पष्ट जवाफ दिनुभयो। यूहन्ना १८:३६ मा येशूले तीन-तीनपटक “मेरो __________” भन्नुभयो! राज्य भएको व्यक्ति __________ नै हुनुपर्छ! यूहन्ना १८:३७ मा येशूले उहाँ राजा हुनुहुन्छ भन्ने कुरालाई अस्वीकार गर्नुभयो कि स्वीकार गर्नुभयो? ________________________। साथै येशूले यो स्पष्ट पार्नुभयो कि उहाँका सेवकहरू न यहूदीहरूको विरुद्धमा लड्नेवाला थिए न ता रोमीहरूको विरुद्धमा (यूहन्ना १८:३६)। अब यस्तो किसिमको राजा न पिलातसका लागि खतराजनक हुन सक्थे न ता रोमी सरकारका लागि। त्यसैले पिलातसले आफ्नो फैसला दिए, “म उसमा एउटै पनि _________ पाउँदिनँ” (यूहन्ना १८:३८)। तर ख्रीष्ट क्रूसमा टँगाइएको नदेखेसम्म यहूदीहरूलाई चित्त नबुझ्ने भएको थियो। उनीहरू चाहन्थे, दोषी बरब्बा छुटाइएको र निर्दोष ख्रीष्ट क्रूसमा टँगाइएको (यूहन्ना १८:४०)। बरब्बाचाहिँ एउटा ________ थियो (यूहन्ना १८:४०); अहिलेको बोलिचालीमा उसलाई “आतङ्ककारी” को संज्ञा दिन सकिन्छ; उसलाई भनौं “यहूदी मुक्ति मोर्चा” को सदस्य मान्न सकिन्छ। आतङ्ककारी कार्यकलाप गर्ने क्रममा उसले हत्या गरेका थिए (मर्कूस १५:७ र प्रेरित ३:१४)।

पिलातसले येशूलाई सोधेका अर्को एउटा प्रश्न थियो। उक्त प्रश्न यूहन्ना १८:३८ मा पाइन्छ – “__________ के हो?” पिलातसले ठीक व्यक्तिसँग ठीक प्रश्न गरेका थिए! प्रभु येशूले उनलाई दिनुहुने जवाफ सुन्नलाई के पिलातस पर्खेर बसे (यूहन्ना १८:३८)? ___________। पिलातस जवाफ पर्खेर बसेका भए येशूलाई उनलाई के जवाफ दिनुहुनेथियो होला (यूहन्ना १४:६ र यूहन्ना १७:१७ पढ्नुहोस्)? _______________________________________________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

महान् महापुजाहारी

Study Series

महान् महापुजाहारी

हाम्रा मुक्तिदाताले हाम्रा निम्ति आज गरिरहनुभएको एउटा सुन्दर कार्यको बारेमा हिब्रूको पुस्तकले यसरी बताएको छ:

“किनकि ख्रीष्ट हातले बनाएका पवित्रस्थानहरूभित्र पस्नुभएन, जो वास्तविक पवित्रस्थानहरूका प्रतिरूप हुन्; तर ________भित्र नै पस्नुभयो, अब _____________का सामु ________ निम्ति देखा पर्नालाई” (हिब्रू ९:२४)।

येशू ख्रीष्ट हाम्रा महान् महापुजाहारी हुनुहुन्छ (हेर्नुहोस्, हिब्रू ४:१४; ७:२६ र ८:१) जो स्वर्गभित्र नै पस्नुभएको छ। किन? पृथ्वीमा रहेका आफ्ना जनहरूका निम्ति अन्तर्विन्ती गर्न:

“यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई पूर्ण रूपले _______ गर्न उहाँ सामर्थी हुनुहुन्छ; किनकि तिनीहरूका निम्ति ________________ गर्न उहाँ सधैं ___________ रहनुहुन्छ” (हिब्रू ७:२५)।

उहाँ स्वर्गमा फर्कनुहुँदा येशू ख्रीष्टले पृथ्वीमा रहिरहेका आफ्ना चेलाहरूलाई सहायता गर्न दुइटा काम गर्नुभयो। पहिलो, उहाँले पवित्र आत्मा (शान्तिदाता)लाई प्रत्येक विश्वासी जनभित्र बास गर्नलाई पठाउनुभयो। यसलाई हामीले यूहन्ना अध्याय १४-१६ मा अध्ययन गर्‍यौं। दोस्रो, उहाँले आफ्ना जनहरूका निम्ति प्रार्थना गर्ने सेवाकाइको प्रारम्भ गर्नुभयो: “किनकि तिनीहरूका निम्ति अन्तर्विन्ती गर्न उहाँ सधैं जीवित रहनुहुन्छ”(हिब्रू ७:२५)। येशू ख्रीष्ट त्यसबेलादेखि आफ्ना चेलाहरूसित पृथ्वीमा नै त हुनुहुन्न, तर उहाँ आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्दै स्वर्गमा हुनुहुन्छ!

यस प्रार्थनाको सेवाकाइ कत्तिको महत्त्वपूर्ण छ? मानौं, येशू आफ्ना जनहरूका निम्ति प्रार्थना गर्न छाड्नुभयो। के उनीहरू पृथ्वीमा टिक्न सक्नेछन् होला? पत्रुस एक पटक परीक्षामा परे अनि आफ्ना प्रभुलाई अस्वीकार समेत गरे (हेर्नुहोस्, लूका २२:३४,५४-६२)। तर उनको विश्वास नटुटोस् भनेर पत्रुसका निम्ति प्रार्थना गरिरहनुहुने त्यहाँकोही हुनुहुन्थ्यो कि (लूका २२:३१-३२)? _______________। येशूले उनको निम्ति अन्तर्विन्ती गरिदिनुभएकोमा पत्रुस पक्कै पनि ज्यादै धन्यवादी भए!

यूहन्ना सत्रौं अध्यायमा हामी सिक्न लागिरहेका छौं, पृथ्वीमा भएका आफ्ना जनहरूका निम्ति प्रार्थना गरिदिन स्वर्गमा हाम्रा मुक्तिदाता भइदिनु कति महत्त्वपूर्ण कुरा हो। यूहन्ना १७ले पूरै अध्याय (२६ ओटै पदहरू) एउटा प्रार्थना हो जुन प्रार्थना येशूले स्वर्गमा बस्नुहुने आफ्ना पितासित गर्नुभयो। उहाँले यस प्रार्थना त्यही रात गर्नुभएको थियो जुन रात उहाँलाई यहूदा इस्करयोतीद्वारा धोका दिइयो र यहूदीहरूद्वारा गिरफ्तार गरियो। उहाँको क्रूसको मरणको अघिल्लो साँझमा गरिएको प्रार्थना थियो यो। लगत्तै भोलि बिहान उहाँ काँटीहरूले क्रूसमा टाँगिनेवाला हुनुहुन्थ्यो अनि २४ घण्टा नपुग्दै उहाँ चिहानभित्र गाडिनेवाला हुनुहुन्थ्यो।

यस अध्यायलाई तीन खण्डमा विभाजन गर्न सकिन्छ:

यूहन्ना १७ को रूपरेखा

 

  1. येशू, परमेश्वरको महिमाका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:१-५)
  2. येशू आफ्ना चेलाहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:६-१९)
    1. येशू आफ्ना चेलाहरूको वर्णन गर्नुहुन्छ (यूहन्ना १७:६-१०)
    2. “तिनीहरूलाई…रक्षा गर्नुहोस्”भनेर येशूले पितासित प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:११-१५)
    3. “तिनीहरूलाई पवित्र पार्नुहोस्”भनेर येशूले पितासित प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:१६-१९)
  3. येशू भावी विश्वासी जनहरूका लागि प्रार्थना गर्नुहुन्छ (यूहन्ना १७:२०-२६)

यूहन्ना १७ का यी पदहरूलाई अध्ययन गर्न थाल्न अघि, यस महान प्रार्थना सम्बन्धी केही तथ्यहरूप्रति हाम्रो ध्यान लगाऔं:

१)    बाइबलमा उल्लेखित येशूको सबैभन्दा लामो प्रार्थना यही हो (२६ ओटा पदहरू)। बाइबलमा उल्लेखित येशूका अन्य प्रार्थनाहरू एकदमै छोटो छन् (उदाहरणका लागि हेर्नुहोस् यूहन्ना ११:४१-४२; यूहन्ना १२:२७-२८; लूका २२:४१-४२; र मत्ती ११:२५-२६)।

२)   यस प्रार्थना हाम्रो निम्ति एकदमै महत्त्वपूर्ण प्रार्थना हो। येशूले धेरै प्रार्थनाहरू गर्नुभयो। एक पटक उहाँले “परमेश्वरलाई प्रार्थना गर्नमा ________ ________ बिताउनुभयो”(लूका ६:१२)। तर येशूले प्रार्थना गर्नुभएका सबै प्रार्थनाहरू मध्ये परमेश्वरले यूहन्ना १७ले यही प्रार्थनालाई हाम्रा निम्ति लिखित रूपमा राख्‍न चाहनुभयो। यस प्रार्थनालाई बाइबलमा समावेश गरिनमा उहाँको विशेष कारण थियो। उहाँ क्रूसमा जानु भन्दा अघिल्लो रात येशूले प्रार्थना गर्नुभएको शब्दहरूलाई हामीले सुनेको परमेश्वर चाहनुभयो।

३)    बाइबलले बताउँछ, येशू ख्रीष्ट आफ्नाहरूका लागि प्रार्थना गर्नुहुन्छ। रोमी ८:३४ मा हामी सिक्छौं, ख्रीष्ट “परमेश्वरको दाहिने हातपट्टि पनि हुनुहुन्छ, जसले _________ निम्ति _______________ पनि गर्नुहुन्छ”(रोमी ८:३४)। येशू ख्रीष्ट आज स्वर्गमा रहेर आफ्नाहरूका लागि प्रार्थना गर्दै विन्ती गर्दैहुनुहुन्छ। हाम्रा निम्ति प्रार्थना गर्नुहुँदा येशू कस्ता कुराहरूका लागि प्रार्थना गर्नुहुन्छ? यो बुझ्नलाई हामीले कान थाप्न पायौं भने र येशूले प्रार्थना गर्नुभएको सुन्न पायौं भने हामीलाई मदत मिल्नेथ्यो। हामीलाई यूहन्ना १७ अध्याय दिनुमा परमेश्वरको एउटा उद्देश्य यही हो। येशूले पितासित हाम्रा निम्ति प्रार्थना गर्नुभएको हामीले कान थापेर सुनेको परमेश्वर चाहनुहुन्छ।

४)   यूहन्ना १७ अध्यायको प्रार्थनालाई प्रभुको प्रार्थना भन्न मिल्छ। क्रूसमा जानु भन्दा अघिल्लो रातमा उहाँले गर्नुभएको प्रार्थना हो यो। त्यहाँ अर्को प्रार्थना छ जसलाई कतिपयले “प्रभुको प्रार्थना”भन्ने गर्छन् जुनचाहिँ मत्ती ६:९-१३ मा पाइन्छ। मत्तीमा उल्लेखित उक्त प्रार्थनाचाहिँ येशूले आफ्ना चेलाहरूलाई कसरी प्रार्थना गर्ने भनेर सिकाउनका लागि दिनुभएको थियो। तर के येशू आफैले उक्त प्रार्थना कहिल्यै प्रार्थना गर्नुभयो र? के येशूले कहिल्यै “हाम्रा ऋणहरू क्षमा गर्नुहो्स्”(मत्ती ६:१२) भनेर प्रार्थना गर्नुहुन्छ र? ___________। के येशूका कुनै पापहरू थिए र? के उहाँलाई पापको क्षमाको आवश्यकता थियो र? __________। परमेश्वरका पापरहित पुत्रले कहिल्यै क्षमाको लागि प्रार्थना गर्नुभएन! मत्तीमा उल्लेखित प्रार्थनाचाहिँ प्रभुले सिकाउनुभएको प्रार्थना हो तर गर्नुभएको प्रार्थना भने होइन। येशूले गर्नुभएको प्रार्थना चाहिँ यूहन्ना १७ अध्यायमा पाइन्छ।

५)   जब हामी यूहन्ना १७ अध्यायमा पढ्छौं तब हामी पवित्र भूमिमा प्रवेश गरिरहेका हुन्छौं। परमेश्वरका पवित्र पुत्र आफ्नो “प_____ पि____”(यूहन्ना १७:११) सँग गर्नुभएको पवित्र बातचीत हामी सुनिरहेका हुन्छौं”(यूहन्ना १७:११)। यो अति अचम्मको र उदेकको कुरा हो, परमेश्वरले हामीलाई यस्तो प्रार्थनालाई सुन्न समेत दिनुभएको छ! हामीले यस प्रार्थनाको अध्ययन परमेश्वरप्रति आदर र भयका साथ गरेका होऔं जो हामीले बयान गर्न नसकिने गरी महान् हुनुहुन्छ। हामीले यो महसुस गर्नुपर्छ, यस प्रार्थनामा धेरै गहीरा कुराहरू छन्—त्यस्ता कुराहरू जसलाई हाम्रा साना-साना दिमागहरूलाई बुझ्न कठिन लाग्छ। उदाहरणको लागि, यस प्रार्थनाले हामीलाई विगतको अनन्तकाल मा पुर्‍याउँछ (पद ५-“__________ हुनुभन्दा पहिले”; पद २४- “__________को उत्पत्तिभन्दा पहिल्यै”) साथै यस प्रार्थनाले हामीलाई भविष्यको अनन्तकाल मा पनि पुर्‍याउँछ जब हामी ख्रीष्टसँगै उहाँको महिमा हेर्दै स्वर्गमा हुनेछौं (पद २४)। यदि हाम्रो हृदय प्रभुसित ठीक छ भने, उहाँले हामीलाई यस प्रार्थनाबाट धेरै कुराहरू सिकाउनुहुनेछ। प्रभुको सहायता लिँदै हामी यूहन्ना १७ का केही पदहरूलाई विचार गरौं:

येशू परमेश्वरको महिमाको निम्ति प्रार्थना गर्नुहुन्छ

प्रार्थना जहिले पनि शिर निहुराएर र आँखा बन्द गरेर गर्नुपर्छ भन्ने होइन। जब येशूले प्रार्थना गर्नुभयो, हामीलाई यहाँ बताइएको छ, उहाँले “आफ्ना ________ _________तिर उठाउनुभयो” (यूहन्ना १७:१)। उहाँले आफ्ना आँखा माथि उचाल्नुभयो र माथितिर हेर्नुभयो!

येशूले यस प्रार्थनामा उच्चारण गर्नुभएका प्रथम शब्दहरूलाई विचार गर्नुहोस्, “हे पिता, ___________ ______________ छ”(यूहन्ना १७:१)। उहाँको मरणको समय आइपुगेको छ भनेर येशू जान्नुहुन्थ्यो। पापी मानिसका लागि मुक्तिको प्रबन्ध गरिदिन क्रूसमा जाने समय आइपुगेको थियो। उहाँको जीवनको यस अन्धकारमय र अप्रिय घडीमा येशूले के गर्नुभयो? उहाँ माथि हेर्नुभयो! उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो!

जीवनमा साह्रो-गाह्रो पर्दा तपाईं के गर्नुहुन्छ? ती अन्धकारमय र अप्रिय घडीहरूमा तपाईं के गर्नुहुन्छ? हामीले हाम्रा शिरहरू उठाएर (दाँज्नुहोस् लूका २१:२८) माथि हेरेको परमेश्वर चाहनुहुन्छ! यताउता समस्याहरूलाई नहेर्नुहोस् (लूका २१:२६) तर मुक्तिदातालाई हेर्नुहोस् (लूका २१:२८)।

येशूले अरू कुनै पनि कुराभन्दा एउटा कुराको बढी चाहना गर्नुहुन्थ्यो! येशूले अरू कुनै पनि कुराभन्दा एउटा कुराको बढी वास्ता गर्नुहुन्थ्यो! त्यो के थियो, पद १ले अन्तमा पाइन्छ: “तपाईंका ________ले पनि तपाईंको ___________ गरून्।”परमेश्वर पिता महिमित हुनुभएको होस् भनेर येशूले प्रार्थना गर्नुभयो! यो नै उहाँको सबैभन्दा ठूलो चाहना थियो (यूहन्ना १२:२८ सित दाँज्नुहोस्)।

हाम्रो पनि सबैभन्दा ठूलो वास्ता यही नै हुनुपर्छ। बाइबलले भन्छ, हामीले जे गर्छौं सबै कुरा “परमेश्वरकै ___________ का निम्ति”गर्नुपर्छ (१ कोरिन्थी १०:३१)। हामीहरू यस्तो प्रकारले जिऔं जसद्वारा परमेश्वर प्रकट हुनुभएको होस् र उहाँको आदर भएको होस्।

उहाँले “हे पिता…तपाईंको पुत्रको महिमा गर्नुहोस्” (पद १) भनेर प्रार्थना गर्नुहुँदा के येशूले स्वार्थपूर्ण प्रार्थना गर्नुभएको थियो? के उहाँको प्रार्थनाको तात्पर्य, “हे पिता, मेरो महिमा गर्नुहोस्!”भन्ने थियो र (पद ५लाई दाँज्नुहोस्)। के येशू स्वार्थपूर्ण उद्देश्यले आफ्नो महिमा खोज्दै हुनुहुन्थ्यो? कदापि होइन! “तपाईंको पुत्रको महिमा गर्नुहोस्”भन्ने प्रार्थना त प्रार्थनाको अघिल्लो भाग मात्र थियो! प्रार्थनाको पछिल्लो भाग यस्तो छ: “र तपाईंका पुत्रले पनि ___________को महिमा गरून्”(यूहन्ना १७:१)। पिताको महिमा गर्न सकूँ भनेर उहाँ पिताबाट महिमा चाहनुहुन्थ्यो। तसर्थ, यस प्रार्थनामा कत्ति पनि स्वार्थ थिएन।

परमेश्वरले तपाईंको महिमा गर्नुभएको होस् भनेर के तपाईंले कहिल्यै प्रार्थना गर्नुभएको छ? “हे प्रभु, मेरो महिमा गर्नुहोस् ताकि म तपाईंको महिमा गर्न सकूँ!” यो स्वार्थी प्रार्थना होइन जबसम्म “महिमा”परमेश्वरलाई नै फिर्ता जान्छ!

“महिमा” भन्ने शब्दको खास अर्थ के हो? कसैको “महिमा”भन्नाले उसको सम्पदा (धन), योग्यता (मूल्य) र गरिमा (महत्त्व) भन्ने बुझिन्छ। परमेश्वरको महिमाले उहाँ कति धनी, योग्य र महत्त्वपूर्ण हुनुहुन्छ भन्ने जनाउँछ! परमेश्वर, बास्तवमा नै जो हुनुहुन्छ, जे हुनुहुन्छ र जति हुनुहुन्छ त्यसको अभिव्यक्तिलाई परमेश्वरको महिमा भनिन्छ!

पिताले आफ्ना सन्तानहरूलाई महिमा दिनुभएको (यूहन्ना १७:२२) ताकि यी सन्तानहरूले साटोमा पितालाई देखाउँदै उहाँको महिमा गर्न सकून् (१ कोरिन्थी १०:३१)। परमेश्वर आफ्ना सन्तानहरूलाई महिमा दिनुहुन्छ ताकि संसारले उहाँका सन्तानहरू कसका हुन् भनेर जान्न सकून्! परमेश्वर कति उदेकको हुन्छ भनेर उहाँका सन्तानहरूले अरूहरूका सामु प्रकट गर्न सक्दछन्! परमेश्वरका सन्तानहरूले परमेश्वरको सम्पदा, मूल्य र महत्त्वलाई खुल्लमखुल्ला देखाउन सक्नुपर्छ!

विश्वासी जनले यसरी प्रार्थना गर्न मिल्छ: “हे पिता, मलाई आवश्यक सम्पूर्ण कुराहरू प्रबन्ध गरिदिनुभएकोमा तपाईंलाई धन्यवाद छ (यूहन्ना १७:२२)। तपाईंले मलाई प्रबन्ध गरिदिनुभएको सबै कुराहरूको सठीक प्रयोग गर्न मलाई मदत गर्नुहोस् ताकि अरूहरूले त्यो देखून् र विचार गरून् अनि मेरो यस्तो प्रबन्धको स्रोतको बारेमा सोध्न उनीहरू बाध्य होऊन्।” अरूहरूले शायद यस्ता प्रश्नहरू गर्लान्: “तिमीले त्यो कसरी गर्न सक्यौ?” “तिमीले त्यो किन त्यसरी गर्यौ?” “तिमी किन त्यसरी विचार गर्छौ?”किन तिमी हामीसँग मिलेर यो गरेनौ?”आदि।

एउटा अत्यन्तै धनाढ्य मानिसको छोराको विचार गरौं। मानौं त्यो छोरा झुत्रो थाङ्ना लगाएर खातेजस्तै भएर बाटोमा हिँड्ने गर्छ। यसरी हिँड्दा के उसको बुबाको महिमा हुन्छ र उसको बुबालाई दर्शाउने काम हुन्छ? ________। यसो गर्नाले त उसको धनाढ्य बुबाको अनादर हुन्छ। त्यस गरीबजस्तै देखिने व्यक्ति एक धनाढ्य बुबाको छोरा होला भनेर कसैले पनि अनुमान लगाउन सक्नेछैन!

तर मानौं त्यस धनाढ्यका छोराले एक धनाढ्यकै छोराले जस्तै व्यवहार गर्‍यो। मानौं उसले महँगा-महँगा पोशाकहरू लगायो, सुन र हिराले जडेको घडी र औंठीहरू लगायो र हरेक दिन ऊ उसको ड्राइभरद्वारा एउटा सललल बग्ने टिलिक्कै परेको लामो कालो गाडीमा स्कूल पुर्‍याइयो। यसले तपाईंलाई उसको बुबाको बारेमा कस्तो कुरा बताइरहेको हुन्छ? उसको बुबा धनी हुनुपर्छ भन्ने के तपाईंलाई लाग्नेछ होला? _____________।

हाम्रा स्वर्गीय पिता अत्यन्तै धनाढ्य हुनुहुन्छ अनि उहाँको महिमा कति महान् छ भनेर अरू मानिसहरूले जानेको हामी चाहन्छौं। हामी विश्वासी जनहरू परमेश्वरका सन्तान भएका हुनाले हाम्रा स्वर्गीय पिताप्रति धन्यवादी हुनुपर्छ किनकि हाम्रा जीवनहरूले उहाँलाई दर्शाउनका लागि र संसारले हामी उहाँका हौं भनेर जानून् भन्ने हेतुले उहाँले हामीलाई आवश्यक सम्पूर्ण कुराहरू दिनुभएको छ! परमेश्वरसित हाम्रा हृदयहरू ठीक अवस्थामा रहेका होऊन् ताकि हामीलाई उहाँले दिनुभएका सबै कुराहरूलाई हामीले सठीक प्रकारले काममा लगाउन गर्न सकेका हौं।

याद गर्नुहोस्, यदि परमेश्वरले तपाईंलाई कुनै पनि प्रकारले आदर दिनुभयो वा आशिष दिनुभयो भने, त्यसलाई परमेश्वरलाई नै फिर्ता दिन नचुक्नुहोस्! त्यसलाई आफ्नै निम्ति नराख्‍नुहोस्। हेरोद, परमेश्वरलाई महिमा दिन विफल भए र परमेश्वरको दण्डमा परेर मरे (प्रेरित १२:२१-२३ पढ्नुहोस्)।

अनन्त जीवन

दुर्बल, मरणशील, पापी मानिसलाई बास्तवमै आवश्यक कुरा एउटा छ: अ__________ जी______ (यूहन्ना १७:२)। मान्छेलाई अनन्त जीवन दिन सक्नेले हुनुहुन्छ (यूहन्ना १७:२)? _____________________। येशू ख्रीष्टमा बाहेक अनन्त जीवनको आशा अरू कतै छैन, कदापि छैन! येशू ख्रीष्ट आफ्ना भेंडाहरूलाई कुनचाहिँ अचम्मको वरदान दिनुहुन्छ (यूहन्ना १०:२७-२८)? _____________________।

अनन्त जीवन के हो? कतिको सोचाइमा अनन्त जीवन भनेको केवल “सदा जिउनु”वा “सदा अस्तित्वमा रहनु”हो। तर यो साँचो होइन। मुक्ति नपाएकाहरु आगोको झीलभित्र सदा अस्तित्वमा रहनेछन् (प्रकाश २०:१०,१५;२१:८)। उनीहरूसित अनन्त अस्तित्व हुनेछ तर उनीहरूसित अनन्त जीवन निश्चय पनि हुनेछैन। सबै मानिसहरू सदाका लागि एउटा ठाउँमा अस्तित्वमा रहेनेछन्: या त स्वर्गमा या त नरकमा।

अनन्त जीवन के हो? यसबारे परमेश्वरले हामीलाई अन्धकारमै छाड्नुभएको छैन। उहाँले अनन्त जीवनको आफ्नै परिभाषा दिनुभएको छ अनि योचाहिँ यूहन्ना १७:३ मा पाइन्छ: “अनि तिनीहरूले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनुभएको ________ ________लाई ___________ – ___________ ___________ यही हो।” अनन्त जीवन भनेको परमेश्वरलाई र ____________________ (परमेश्वरले पठाउनुभएको व्यक्तिलाई चिन्नु हो। परमेश्वलाई र ख्रीष्टलाई ठीकसँग चिन्ने व्यक्ति नै आफूसित अनन्त जीवन भएको व्यक्ति हो।

इसाई हुनु भनेको धर्म मान्नु होइन, यो त परमेश्वरसितको एउटा सम्बन्ध हो। कुनै काम गर्नु होइन तर कसैलाई चिन्नु हो। यो नियम र विधिहरूको संगालो होइन तर एकजना उदेकको व्यक्तिलाई प्रेम गर्नु, सेवा गर्नु, पछ्याउनु र उहाँको आज्ञा मान्नु हो। अनन्त जीवन भनेको एक मात्र साँचो परमेश्वरसितको उदेकको सम्बन्ध हो!

संसारमा थुप्रै छन् जोसित धर्म छ तर एक मात्र साँचो परमेश्वरसित ठीक सम्बन्धमा आएका व्यक्तिहरू भने थोरै छन्। के तपाईंसित यस्तो खालको सम्बन्ध छ? के तपाईंले यस व्यक्तिलाई आफ्नो परमेश्वर र मुक्तिदाता मानेर लिनुभयो अर्थात् ग्रहण गर्नुभयो (यूहन्ना १:१२)? यूहन्ना १७:३ले सत्यताको आधारमा के तपाईंले आफ्नो हृदयदेखि यसो भन्न सक्नुहुन्छ: “मैले यस व्यक्तिलाई चिनेको छु, उहाँलाई मैले मेरै मुक्तिदाता, मेरै प्रभु, मेरै मेरै गोठाला, मेरै राजा, मेरै प्रेम, सदा-उपस्थित मेरै मित्र र सहायकको रूपमा चिनेको छु!”? परमेश्वरले वर्तमान र अनन्तका लागि हामीसित गाँस्न चाहनुभएको सम्बन्ध यस्तो खालको सम्बन्ध हो!

“पूरा भयो!”

येशू संसारमा मानिसहरूलाई न्याय गर्नलाई आउनुभएको थियो कि मानिसहरूलाई मुक्त गर्नलाई (यूहन्ना ३:१७)? ________________________। येशू संसारमा आउनुभयो, क्रूसमा जानुभयो अनि आफ्नो काम पूरा गर्नुभयो। यूहन्ना १७:४ मा येशूले भन्नुभयो, “तपाईंले मलाई जुन काम गर्न दिनुभएको थियो, सो मैले ______________________ छु।” कलवरी क्रूसमा मानिसको पापको दण्ड पूरै तिरिदिनुभएपछि येशूले के भनेर कराउनुभयो (यूहन्ना १९:३० पढ्नुहोस्)? ______________________। पूरा भयो! काम सिद्धियो! सदाका लागि गरियो!

यूहन्ना १७:४ का यी शब्दहरू उच्चारण गर्नुहुँदा येशू क्रूसमा गइसक्नुभएको थिएन र पापी मानिसहरूका निम्ति मर्ने काम उहाँले गरिसक्नुभएको थिएन। तर येशू अलिक पर हेर्दै हुनुहुन्थ्यो। चौबिस घण्टा नबित्दै उहाँको काम सिद्धिनेवाला थियो। छिट्टै हुन लागिरहेको कुराको प्रतिक्षामा उहाँ यो भन्दै हुनुहुन्थ्यो। आफू क्रूसमा जाने र मर्ने कुरामा उहाँ यति निश्चित हुनुहुन्थ्यो कि उहाँले मानौं भइसकेको घटना भएझैं त्यसको कुरा गर्नुभयो। उहाँको विचारमा त्यो कुरा भइसके बराबर थियो! क्रूसमा येशूले जे गर्नुभयो त्यसको बारेमा हामी यूहन्ना अध्याय १९ मा अझ धेरै कुरा सिक्नेछौं।

यूहन्ना १७:५ मा हामी मुक्तिदाता येशू ख्रीष्टको बारेमा एउटा अत्यन्तै महत्त्वपूर्ण कुरा सिक्छौं। यस प्रार्थनामा येशूले भन्नुभयो कि उहाँ “_________ हुनुभन्दा _________ पितासित”हुनुहुन्थ्यो। यस भनाइले एकदम प्रस्ट पार्छ कि येशू ख्रीष्टको शुरूआत बेतलेहेमको गोठमा भएको होइन। बेतलेहेम एउटा बस्ती बन्नुभन्दा धेरै अगाडि येशू ख्रीष्ट हुनुहुन्थ्यो! संसार अस्तित्वमा आउनुभन्दा धेरै अगाडिदेखि नै उहाँ हुनुहुन्थ्यो! के यूहन्ना १७:२४ले यही सत्यता सिकाउँछ? ______________। परमेश्वरका अनन्त पुत्र (यूहन्ना १:१ पढ्नुहोस्) मानिस बन्नुभयो (यूहन्ना १:१४) –क्रूसमा जान र मुक्तिको कार्य सम्पन्न गर्न (यूहन्ना १७:४) जसद्वारा पिताको महिमा गर्न (यूहन्ना १७:१; १२:२८)!

येशू आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नुहुन्छ

येशू, आफ्ना चेलाहरूको वर्णन गर्नुहुन्छ

आफ्ना चेलाहरूका निम्ति प्रार्थना गर्नु अघि येशूले यूहन्ना १७:६-१० मा उनीहरूको वर्णन गर्नुहुन्छ। जोहरू उहाँका हुन् उनीहरूको विषयमा के-कस्ता कुराहरू साँचा हुन्छन् भनी उहाँले बताउनुहुन्छ। यी पदहरूमा येशूले आफ्ना चेलाहरूलाई छ प्रकारले वर्णन गर्नुहुन्छ। यी छ कुराहरू, प्रत्येक साँचो विश्वासी जनको सवालमा साँचो हुनुपर्ने कुराहरू हुन्। यी पदहरूलाई विचार गर्ने क्रममा हामीले आफैलाई एउटा प्रश्‍न सोध्नुपर्छ: “के म यस विवरणअनुसारको छु? के म ख्रीष्टको चेला जस्तै छु?” आउनुहोस्, हामी यस छ-पक्षीय वर्णनलाई विचार गरौं:

१)  उनीहरू पितालाई चिन्छन्। यूहन्ना १७:६ मा येशूले भन्नुभयो, “मैले ती मानिसहरूलाई तपाईंको _________ प्रकट गरिदिएको छु।” परमेश्वरको “नाम”ले परमेश्वरको सर्वस्व गुणहरूलाई जनाउँछ। येशूले आफ्ना चेलाहरूलाई परमेश्वर प्रकट गर्नुभयो (मत्ती ११:२७)। येशूले उनीहरूलाई पिता देखाउनुभयो जसरी हामीले यूहन्ना १४:८-९ मा अध्ययन गरिसक्यौं। जोहरू ख्रीष्टका हुन् उनीहरूले पितालाई चिन्छन् र परमेश्वरसित उनीहरूको व्यक्तिगत सम्बन्ध हुन्छ। के मुक्ति नपाएकाहरूले पितालाई चिन्छन् (यूहन्ना १५:२१; १६:३)? ____________। के तपाईं पितालाई चिन्नुहुन्छ? के तपाईं यस वर्णनअनुसारको हुनुहुन्छ?”

२)  उनीहरूले परमेश्वरको वचन पालन गर्छन्।छैटौं पदको अन्तमा येशूले भन्नुभयो, “अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।” जोहरू ख्रीष्टका हुन् उनीहरू परमेश्वरको वचनका आज्ञाकारी हुन्छन्। यसको मतलब यो होइन कि ख्रीष्टलाई पछ्याउनेहरू कहिल्यै लोट्दैनन्। बास्तवमा यसै रातमा पत्रुसले आफ्ना प्रभुलाई तीनपटक इन्कार गर्छन् (यूहन्ना १३:३८) अनि अरू चेलाहरू त्रसित भई तितरबितर हुन्छन् (यूहन्ना १६:३२ र मत्ती २६:५६)! तरैपनि, येशू यिनै मानिसहरूका बारेमा भन्नुहुन्छ, “तिनीहरूले तपाईंको वचन _________ _________ छन्” (यूहन्ना १७:६)! उनीहरू कहिलेकाहीं लोट्नेछन् भनी येशू जान्नुहुन्थ्यो, तर उनीहरूको सम्पूर्ण जीवनलाई हेर्दा उनीहरू परमेश्वरको वचनलाई आदर गर्ने र त्यसको पालन गर्ने व्यक्तिहरू हुन्छन् भनी जान्नुहुन्थ्यो। के तपाईं परमेश्वरको वचनलाई पालन गर्ने इच्छा गर्नुहुन्छ (१ यूहन्ना २:३-५ सित दाँज्नुहोस्) कि तपाईं परमेश्वरले भन्नुभएको कुराको बारेमा कुनै वास्तै राख्‍नुहुन्न? “तिनीहरूले तपाईंको वचन पालन गर्छन्”भन्ने शब्दहरू के तपाईंलाई समेत बयान गर्ने शब्दहरू हुन् कि?

३)   उनीहरूले परमेश्वरको वचनलाई ग्रहण गरेका छन्। येशूले आफ्ना चेलाहरूलाई परमेश्वरका वचनहरू दिनुभयो (यूहन्ना १७:८)। उनीहरूले यी वचनहरूलाई ग्रहण गरे कि अस्वीकार गरे (यूहन्ना १७:८)? _________________। परमेश्वरका वचनहरूलाई अस्वीकार गर्नु डरलाग्दो कुरा हो: “जसले मलाई ________गर्छ र मेरा __________हरू ग्रहण __________, तयसलाई न्याय गर्ने एउटा छ”(यूहन्ना १२:४८)। के परमेश्वरका वचनहरूलाई अस्वीकार गर्ने र सुन्न इन्कार गर्ने व्यक्ति परमेश्वरको जन हुन् (यूहन्ना ८:४७)? ____________। साँचो विश्वासी जनहरू ती हुन् जसले आनन्दसित उनको वचन ___________”गर्छन् (प्रेरित २:४१)। बाइबल पाएर एउटा मान्छेले के गर्छ त्यो महत्त्वपूर्ण जाँच हो। के तपाईंले परमेश्वरको वचनलाई आफ्नो हृदयले विश्वास गर्नुभयो र ग्रहण गर्नुभयो? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?

४)  उनीहरू येशू ख्रीष्टको बारेमा ठीक विश्वास राख्छन्। येशूले आफ्ना चेलाहरूका बारेमा भन्नुभयो, “मचाहिँ तपाईंबाट निस्की आएँ भनी तिनीहरूले पक्का गरी __________छन्”(यूहन्ना १७:८)। ख्रीष्टले हुनुहुन्छ र उहाँ कहाँबाट आउनुभयो भन्ने बारेमा के विश्वास गरिन्छ त्यो ज्यादै महत्त्वपूर्ण छ। यूहन्ना ६:४१-४२ मा उल्लेखित यहूदीहरूले येशूको बारेमा के ठीक विश्वास राखेका थिए? ___________। येशू स्वर्गबाट आउनुभएको हो र उहाँलाई पिताले यस संसारमा हाम्रो मुक्तिदाता हुनलाई पठाउनुभएको हो भन्ने कुरा के तपाईं विश्वास गर्नुहुन्छ? __________। के तपाईं यस बयान अनुसारको हुनुहुन्छ?

५)  उनीहरू परमेश्वरका हुन्। यूहन्ना १७:९-१० पढ्नुहोस्। यहाँ “तपाईंकै”वा “तपाईंका”भन्ने शब्दहरू कतिपटक भेटिन्छन्? ___________। “मेरा”भन्ने शब्द कतिपटक भेटिन्छन्? ___________। “तपाईंकै”भन्नाले परमेश्वर पिताकै भन्ने बुझिन्छ र यसको अर्थ हो, चेलाहरू परमेश्वर पिताका हुन्। “मेरा”भन्नाले येशू ख्रीष्टका भन्ने बुझिन्छ र यसको अर्थ हो, चेलाहरू येशू ख्रीष्टका हुन्! जब एउटा व्यक्तिले मुक्ति पाउँछ ऊ पूर्ण रूपमा परमेश्वरको हुन्छ! बाइबलले भन्दछ, “तिमीहरू ________का होइनौ”(१ कोरिन्थी ६:१९)! तपाईं आफ्नै हुनुहुन्न, तपाईं परमेश्वरको हुनुभएको छ! के तपाईंले आफ्नो हृदय र जीवन परमेश्वलाई दिनुभयो? के तपाईं उहाँको हुनुभयो? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?६) उनीहरू येशू ख्रीष्टको महिमा गर्दछन्। यूहन्ना १७:१० मा येशूले भन्नुभयो, “म तिनीहरूमा ______________भएको छु।” यसको अर्थ हो, चेलाहरूले येशू ख्रीष्टको महिमा गरे! उनीहरू आफ्नै निम्ति जिउनुको सट्टा उनीहरूलाई बचाउनुहुनेको महिमाको निम्ति जिउन चाहे! पावल प्रेरित कसको महिमा गर्न चाहन्थे (फिलिप्पी १:२०)? _________________। उनी कसको निम्ति जिउन चाहन्थे (फिलिप्पी १:२०)? ____________________। के तपाईंले पनि पावलले भनेकै कुरा भन्न सक्नुहुन्छ? के तपाईंले आफ्नो जीवनले येशू ख्रीष्टको महिमा गरेको चाहनुहुन्छ? के तपाईं यस बयानअनुसारको हुनुहुन्छ?
 

तिनीहरूलाई रक्षा गर्नुहोस्!

आफू चाँडै नै स्वर्ग फर्कनेछु भनी येशू जान्नुहुन्थ्यो (यूहन्ना १७:११)। र उहाँका चेलाहरू “सं______मा हुन्छन्”(यूहन्ना १७:११) भनी उहाँ जान्नुहुन्थ्यो। यसको मतलब, चेलाहरू शैतानको इलाकाकै बीचमा अर्थात् प्रतिकूल वातावरणकै बीचमा हुनेछन्। यी चेलाहरूलाई सुरक्षाको खाँचो छ भनी येशू जान्नुहुन्थ्यो। त्यसैले येशूले प्रार्थना गर्नुभयो कि परमेश्वरले … (यूहन्ना १७:११,१२,१५ पढेर ठीक उत्तरमा चिन्ह लगाउनुहोस्):

  1. …उनीहरूलाई धनी बनाइदिनुभएको होस् भनेर
  2. …उनीहरूलाई प्रसिद्ध र प्रख्यात बनाइदिनुभएको होस् भनेर
  3. …उनीहरूलाई रक्षा गरिदिनुहोस् भनेर
  4. …उनीहरूलाई संसारबाट लैजानुहोस् भनेर

आफ्ना विश्वासी जनहरूलाई यस संसारमा सुरक्षित राख्‍न सक्नुहुने केवल परमेश्वर मात्र हुनुहुन्छ। १ पत्रुस १:५ मा बाइबलले भन्दछ, हामी “परमेश्वरको _________ले…सुरक्षित”छौं। तपाईं विश्वासी जन हुनुहुन्छ भने तपाईंको सुरक्षा तपाईंमै निर्भर नभएर परमेश्वरमा निर्भर छ! यदि तपाईंको सुरक्षा तपाईंमै निर्भर भएको भए तपाईं सुरक्षित हुनुहुनेथ्यो? ___________। परमेश्वरले बचाउनु मात्र हुन्न, तर बाचाइराख्‍नु पनि हुन्छ!

के एउटा मुक्ति पाएको व्यक्ति कहिल्यै नष्ट हुन सक्छ?यो एउटा महत्त्वपूर्ण प्रश्‍न हो र येशूले यसको जवाफ यूहन्ना १७:१२ मा दिनुहुन्छ – “________पनि नष्ट भएन”। के येशूले यूहन्ना १८:९ र ६:३९ मा पनि यही भन्नुभएको थियो? _____________। परमेश्वरले आफ्नाहरूलाई रक्षा गर्न सक्नुहुन्छ! महान् गोठाला आफ्ना भेडाहरूको रक्षा गर्न जान्नुहुन्छ!

नष्ट हुने चेला एउटै मात्र थियो। उसको नाउँ थियो यहूदा इस्करयोति। यूहन्ना १७:१२ मा उसलाई “विनाशको पुत्र”भनिएको छ (अर्थात् ऊ पूरै नष्ट हुने मान्छे हो जो अग्निकुण्डमा नष्ट हुनेछ)। तर यो नबिर्सौं, यहूदा इस्करयोतिले आफ्नो मुक्ति कहिल्यै गुमाएका होइन किनभने यहूदाले कहिल्यै मुक्ति पाएको थिएन। आफूसित नभएको कुरा गुमाउन सकिन्न! यूहन्ना १३:१०-११ले अध्ययनमा हामीले सिकेका थियौं कि यहूदा नै त्यो एकलो चेला थियो जो अशुद्ध थियो र अमुक्त थियो (उसले मुक्तिको स्नान कहिल्यै पाएको थिएन)।

यस मानिस यहूदाबाट हामीले एउटा पाठ सिक्नुपर्छ। ऊ संसारकै सबैभन्दा असल बाइबल शिक्षकद्वारा सिकाइएको थियो। उसले संसारकै सबभन्दा उदेकका आश्चर्यकर्महरू देख्‍यो। उसले येशू ख्रीष्टमा विश्वास गर्ने थुप्रै मौका पायो तर कहिल्यै विश्वास गरेन। ऊ प्रभुको यति नजिक थियो तरैपनि ऊ हराएको थियो!

तपाईं नि? के तपाईं बाइबलीय शिक्षा सिकाउने एउटा असल मण्डलीको सभाहरूमा जाने गर्नुहुन्छ? के तपाईंको निम्ति पास्टर र शिक्षकहरू र बाबुआमा हुनुहुन्छ जसले तपाईंलाई पवित्र बाइबलका पन्नाहरूमा प्रकाश दिइएको मुक्तिको मार्ग सिकाउनुभएको छ? याद राख्‍नुहोस्, मण्डली सभाहरूमा जाँदैमा, प्रवचन सुन्दैमा मुक्ति पाइने होइन! एउटा बाइबलीय मण्डलीका सभाहरूमा गएर वर्षौंसम्म मुक्तिको सन्देश सुनेर पनि एउटा व्यक्तिले कहिल्यै मुक्ति नपाउन सम्भव छ! एउटा यहूदा नबन्नुहोस्! मुक्तिदातातिर फर्कनुहोस् र आजै ख्रीष्टकहाँ आउनुहोस्! सत्यको नजिकमा हुँदैमा मुक्ति पाइने होइन।

उनीहरू संसारमा रहिरहँदा उनीहरूलाई सहायता गर्न येशूले आफ्ना चेलाहरूलाई के दिनुभएको छ (यूहन्ना १७:१४)? ______________________। बाइबल नै विश्वासी जनलाई उनको बाचावटको लागि दिइएको मार्गदर्शक (GUIDE TO SURVIVAL) हो! यदि हामी यस संसारमा बाइबलरहित हुने हो भने हामीलाई ठूलो समस्या हुनेथ्यो! हामी त नक्सा वा कम्पास बिना आफ्नो बाटो पहिल्याउन खोज्ने एउटा यात्रीजस्तै हुनेथ्यौं! एकजनाले बाइबलको श्रद्धाञ्जलिस्वरूप निम्न अचम्म र घतलाग्दा हरफहरू लेखेका छन्:

बाइबलमा परमेश्वरको मन छ, मानिसको अवस्था छ, मुक्तिको मार्ग छ, दुष्टहरूको विनाश छ र विश्वास गर्नेहरूको सुख छ। यसका शिक्षाहरू पवित्र छन्, यसका नीतिहरू आधिकारिक छन्, यसका इतिहासहरू सत्य छन् र यसका फैसलाहरू अपरिवर्तनीय छन्। बुद्धिमान हुन यसलाई पढ्नुहोस्, सुरक्षित हुन विश्वास गर्नुहोस्, पवित्र हुन पालन गर्नुहोस्। डोर्‍याउनलाई यसमा ज्योति छ, सामर्थ्य दिने भोजन छ, ढाडस दिने साहारा छ।

यात्रीको नक्सा हो यो, परदेशीको लौरो, चालकको कम्पास हो यो र तलवार योद्धाको। ख्रीष्टियनको राजपत्र हो यो। यहाँ सत्ययुग पुनर्स्थापित हुन्छ, स्वर्ग खोलिन्छ, नरकका ढोकाहरू प्रकट हुन्छन्। ख्रीष्ट यसको केन्द्रीय विषय हो, हाम्रो भलाइ यसको उद्देश्य र परमेश्वरको महिमा यसको लक्ष्य।

यसले स्मृतिलाई भर्नुपर्छ, हृदयलाई नियन्त्रण गर्नुपर्छ, पाउहरूलाई डोर्‍याउर्नुपर्छ। यसलाई बिस्तारै पढ्नुहोस्, बारम्बार पढ्नुहोस्, प्रार्थनासहित पढ्नुहोस्। यो, ऐश्वर्यको खानी हो, महिमाको स्वर्गलोक हो र सुखको नदी हो। यो तपाईंलाई यस जीवनमा दिइएको छ, न्यायको दिनमा खोलिन्छ र यसलाई सदासर्वदा स्मरण गरिनेछ। यसमा सबभन्दा ठूलो जिम्मेवारी छ, अधिक परिश्रमलाई इनाम छ र यसका पवित्र कुराहरूसित खेलबाड गर्नेहरू सबलाई दण्ड छ।

– एक अज्ञात लेखक

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype

बिदाइ हुनुहुने व्यक्ति (भाग १)

Study Series

बिदाइ हुनुहुने व्यक्ति (भाग १)

यूहन्ना १४-१६ अध्यायहरूमा येशूले आफ्ना चेलाहरूलाई दिनुभएका बिदाइका वचनहरू पढ्छौं। उहाँले उनीहरूलाई छोड्नुहुने र आफू जानुहुने कुरा घरिघरि गर्नुभयो (यूहन्ना १४:२,३,१८,२८,२९; १६:५,७,१६,२८)। त्यही रात येशू गिरफ्तार गरिन र चेलाहरूदेखि लगिन लागिरहनुभएको थियो (यूहन्ना १८)। भोलिपल्ट विहानै उहाँ क्रूसमा टाँगिनेवाला हुनुहुन्थ्यो। तसर्थ, यूहन्ना १४-१६ अध्यायहरूमा येशूले आफ्ना चेलाहरूसित आफू क्रूसमा जानुअघि बोल्नुभएका आखिरी वचनहरू पाउँछौं। चेलाहरूसित येशूले चर्चा गर्नुभएका विषयहरू यस प्रकार थिए:

यूहन्ना १४ – १६ अध्यायहरूको रूपरेखा

 

  1. जानुहुने तर फेरि आउनुहुने (यूहन्ना १४:१-४)
  2. परमेश्वरकहाँ जाने बाटो (यूहन्ना १४:५-१४)
  3. परमेश्वरलाई कसरी प्रेम गर्ने (यूहन्ना १४:१५-२४)
  4. आउनुहुने शान्तिदाता (यूहन्ना १४:२५-३१)
  5. दाखको बोट र हाँगाहरू (यूहन्ना १५:१-११)
  6. सबैभन्दा महान् प्रेम (यूहन्ना १५:१२-१७)
  7. विश्वासी जन र संसार (यूहन्ना १५:१८-२७)
  8. आउन लागेको सतावट (यूहन्ना १६:१-४)
  9. येशू जानुहुन्छ तर शान्तिदाता आउनुहुन्छ (यूहन्ना १६:५-१५)
  10. बिदाइका वचनहरू (यूहन्ना १६:१६-३३)

यूहन्ना १४

 

जानुहुने तर फेरि आउनुहुने!

यूहन्ना १३:३३ पढ्नुहोस्। आफू जानुहुने र अब केही बेरसम्म मात्र उनीहरूसँग रहनुहुने कुरा के येशूले आफ्ना चेलाहरूलाई जनाइसक्नुभएको थियो? __________। येशूले उनीहरूलाई छोड्नुहुनेछ भन्ने कुराले चेलाहरूलाई चिन्तित बनाएको थियो (दाँज्नुहोस्, यूहन्ना १४:१)। उनीहरूले प्रभुसित साँढे तीन वर्ष सँगै बिताइसकेका थिए (दाँज्नुहोस्, यूहन्ना १४:९)। प्रभुका शत्रुहरूले उहाँलाई मार्न खोजिरहेका छन् भनी उनीहरू जान्दथे। आफ्नै जीउ-ज्यानलाई समेत खतरा हुन सक्ने कुराले उनीहरू चिन्तित थिए (यूहन्ना ११:७-८,१६;१३:३७)। हुन लागिरहेका कुराहरूलाई उनीहरू राम्ररी बुझ्न सकिरहेका थिएनन्, तर यतिसम्म उनीहरूले बुझे कि अब चाँडै उनीहरू आफ्ना प्रभुबाट अलग हुनेछन् र उहाँ अब उनीहरूसँगै हुनुहुनेछैन। यसकारण उनीहरूका हृदयहरू चिन्तित थिए।

येशूले आफू जाँदै छु भनी चेलाहरूलाई भन्नुभयो। आफू जाने ठाउँ पनि बताउनुभयो! उहाँ आफ्नो _________ ________मा जाँदै हुनुहुन्थ्यो (यूहन्ना १४:२)। यस पदले हामीलाई त्यो अनन्तको घरको बारेमा बताउँछ जसलाई परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति स्वर्गमा तयार पार्नुभएको छ। यूहन्ना १४:२ मा के येशूले स्वर्गलाई एउटा बास्तविक स्थानको रूपमा बयान गर्नुभएको छ? ________। येशू त्यहाँ किन जानुभयो (यूहन्ना १४:२)? _____________________________________________। याद गर्नुहोस्, स्वर्ग जानु अघि येशू पहिला क्रूसमा जानुभयो! यदि येशू क्रूसमा नमर्नुभएको भए के हामीले स्वर्गमा स्थान पाउन सक्थ्यौं (दाँज्नुहोस्, १ पत्रुस ३:१८; २कोरिन्थी ५:२१)? ____________।

आफूले प्रिय मान्ने व्यक्तिलाई फेरि कहिल्यै भेटिन्न भनेर तपाईंलाई थाह छ भने त्यस व्यक्तिलाई बिदाइ गर्न गाह्रो पर्छ। तर यदि त्यस व्यक्ति फेरि फर्केर आउनेछन् भनेर थाह छ भने बिदा दिन अलिक सजिलो पर्छ। के येशूले आफू फर्केर आउनेछु भनेर प्रतिज्ञा गर्नुभयो (यूहन्ना १४:३)? _______________। उहाँ जानुभए तापनि उहाँले फेरि __________ (यूहन्ना १४:३) भन्नुभएको हुनाले उनीहरूले सान्त्वना पाए। येशूले आफू आउनुभएर उनीहरूलाई स्वर्गमा लानुहुने प्रतिज्ञा गर्नुभयो। के उहाँले उहाँ कहिले आउनुहुनेछ भनेर बताउनुभयो? _______________। उहाँको आगमन निश्चित छ किनभने उहाँले भन्नुभयो, “म फेरि _____________ (यूहन्ना १४:३)।”उहाँको आगमनको समय भने निश्चित छैन किनभने उहाँले त्यो हामीलाई प्रकट गर्नुभएन।

येशू ख्रीष्ट आफ्ना विश्वासी जनहरूलाई लिन आउनुहुने र स्वर्गमा पिताको घरमा लानुहुने घटना एउटा ज्यादै महत्त्वपूर्ण घटना हो। यसलाई र्‍याप्चर (“उठाइलगिने”अथवा विश्वासी जनहरूलाई माथि लगिने काम) पनि भनिने चलन छ अनि यस घटनाका बारेमा थप जानकारी १ थेस्सलोनिकी ४:१३-१८ र १ कोरिन्थी १५:५१-५३ मा दिइएको छ। महसुस गर्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा के हो भने, येशूले आफू फर्कनुभएर सबै मानिसहरूलाई नै स्वर्गमा लानुहुने प्रतिज्ञा गर्नुभएन। उहाँको पुन:आगमनको प्रतिज्ञा केवल वि________ गर्नेहरूका लागि मात्रै हो (यूहन्ना १४:१)। के उहाँको यो प्रतिज्ञा तपाईंको लागि पनि हो? __________।

परमेश्वरकहाँ जाने बाटो

येशूले आफ्ना चेलाहरूलाई स्वर्गको बारेमा र स्वर्ग जाने बाटोको बारेमा बताउँदै हुनुहुन्थ्यो। के थोमाले येशूले भन्नुभएका कुरालाई बुझे (यूहन्ना १४:४-५)? ____________। येशूले उनको प्रश्नको जवाफ दिनुहुँदा एउटा अर्को महत्त्वपूर्ण वचन बोल्नुभयो जसमा म हुँभन्ने शब्दहरू छन्:

…म हुँ(यूहन्ना १४:६ मा हेर्नुहोस्)
__________येशू नै स्वर्ग जाने बाटो हुनुहुन्छ! के अर्कै बाटोबाट पुग्न खोज्ने व्यक्ति सफल हुन सक्छ? ___________।
__________येशू नै सत्य हुनुहुन्छ। उहाँले कसैलाई कहिल्यै भ्रममा पार्नुहुन्न, धोका दिनुहुन्न। येशू ख्रीष्टलाई बेवास्ता गर्ने वा अस्वीकार गर्ने व्यक्तिले सत्य कहिल्यै जान्नेछैन।
__________उहाँमा नै जीवन छ (यूहन्ना १:४)। “जससँग पुत्र हुनुहुन्छ ऊसित ___________ छ”(१ यूहन्ना ५:१२)। अनन्त जीवन येशू ख्रीष्टमा पाइन्छ, अरू कसैमा पाइन्न। हामीले परमेश्वरलाई चिन्न र परमेश्वरमा आनन्दित हुन सक्न येशूले नै सम्भव तुल्याउनुभयो!

परमेश्वरकहाँ जाने बाटो धेरै छन्, भन्ने गर्छन् धेरैले। निष्कपट भावना छ भने जसले जुनसुकै बाटो अपनाए पनि हुन्छ, अन्तमा उनीहरू सबै नै एउटै ठाउँमा पुग्छन् अरे। उनीहरू सबै नै अन्तमा स्वर्गमै पुग्छन्। एकजना वक्ताले एउटा मनोहर बगैँचामा रहेको एउटा सुन्दर दरवारको बयान गरे। चारै दिशाबाट त्यस दरवारमा पुग्नलाई बाटोहरू रहेछन्। ती बाटाहरूमा थुप्रै-थुप्रै मानिसहरू हिँडिरहेका थिए। कतिजना चाहिँ पहाड पर्वत उक्लँदै आए; कतिजना अलिक कम ढुंगेनी बाटो भएर आए; कतिजना हाँस्दै गाउँदै, दुवैतिर फूलहरू फुलिरहेका रमणीय बाटो हुँदै आए। तर सबै नै अन्तमा दरवारको ढोकामा आइपुगे! यो बयान सुन्दर होला तर के परमेश्वरकहाँ जाने बाटोको सत्य बयान हो त? _______। येशूले भन्नुभयो, “_____द्वारा बाहेककोही पनि _______कहाँ आउँदैन”(यूहन्ना १४:६)। परमेश्वरकहाँ जाने बाटो येशू मात्र हुनुहुन्छ! मानिसहरू बास्तवमा दुइटा बाटाहरूमा हिँडिरहेका छन्—एउटा सही बाटो र अर्को गलत बाटो (पढ्नुहोस्, मत्ती ७:१३-१४)। तपाईं कुन बाटोमा हुनुहुन्छ?

ख्रीष्टलाई साँच्ची नै चिन्ने व्यक्तिले अरू कसलाई पनि चिनेको हुन्छ (यूहन्ना १४:७)? _______________________। पितालाई चिन्ने सबभन्दा राम्रो तरिका हो पुत्रलाई चिन्नु! येशूको भनाइलाई फिलिपले बुझेनन्। उनले भने, “प्रभु, हामीलाई _______ _____________, अनि यही हाम्रा निम्ति पर्याप्‍त हुन्छ (यूहन्ना १४:८)।”येशूले फिलिपलाई यूहन्ना १४:९ मा भन्नुभएको कुरा तलका कुनचाहिँ भनाइसित सबभन्दा राम्ररी मेल खान्छ?

  1. फिलिप, म तिमीलाई पिता देखाइदिनेछैनँ।
  2. फिलिप, भोलि तिमीले दर्शनमा चम्किलो प्रकाश देख्‍नेछौ र तिमीले पिता देख्‍नेछौ!
  3. फिलिप, तिमीलाई पिता देखाइसकिनुभएको छ!
  4. फिलिप, तिमीले पितालाई देख्न सक्दैनौ किनभने उहाँ अदृश्य हुनुहुन्छ!

परमेश्वर पितालाई प्रकट गर्नुहुने र चिनाउनुहुने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। येशूले भन्नुभयो, जसलले मलाई __________ छ, उसले _______लाई देखेको छ”(यूहन्ना १४:९)। कुनै सामन्य मानवले यस्तो दावी कहिल्यै गर्न सक्दैनन्! येशू यसो भन्दै हुनुहुन्थ्यो: “यदि तिमी साँच्ची नै परमेश्वरलाई देख्न चाहन्छौ भने मलाई हेर र मलाई चिन्न थाल! अदृश्य परमेश्वरलाई देख्न सकिने बनाउने म नै हुँ!”(यूहन्ना १:१८)। कलस्सी १:१५ मा हामी सिक्छौं, येशू ख्रीष्ट अदृश्य परमेश्वरका ___________ हुनुहुन्छ। एउटा उदाहरणलाई विचार गरौं: हामी मध्ये कसैले पनि राजा पृथ्वीनारायण शाहलाई देखेका छैनौं किनभने हामी जन्मनुभन्दा धेरै अगाडि राजा पृथ्वीनारायण शाह मरे। तर पृथ्वीनारायण शाहको प्रतिरूप भने इतिहासका पुस्तकहरूमा छापिएका तस्वीरहरूमा पाइन्छ र त्यसलाई हेरेर उनी कस्ता देखिन्थे भन्ने हामीलाई केही ज्ञान मिल्छ। येशू ख्रीष्ट परमेश्वरको प्रतिरूप हुनुहुन्छ। प्रतिरूपलाई हेरेर हामीले परमेश्वर बास्तवमा कस्तो हुनुहुन्छ भनेर सिक्न सक्छौं। जसरी ऐनाको प्रतिरूपले मान्छेलाई देखाउँछ त्यसरी नै येशू ख्रीष्टले परमेश्वर पितालाई सिद्धरूपमा देखाउनुहुन्छ!

“यीभन्दा ठूला कामहरू”?

यूहन्ना १४:१२ मा ख्रीष्टले आफ्ना चेलाहरूलाई दिनुभएको अचम्मको प्रतिज्ञालाई पढ्नुहोस्। उहाँको भनाइको तात्पर्य के थियो?

येशूले आफ्नो सार्वजनिक सेवाकाइमा गर्नुभएका कामहरू अति महान् थिए। रोगहरू निवारण भए, दुष्टात्माहरू निकालिए, मरेकाहरू बौराइए; दाखरस, रोटी, माछा सृष्टि गरिए, ठूला-ठूला हुरी तत्कालै थामिए। तर यो महसुस गरिनुपर्छ कि यी प्रत्येक आश्चर्यकर्महरू जानाजानी नै सतही र अस्थायी गुणका थिए! अर्को शब्दमा, यिनीहरूबाट कसैलाई पनि स्थायी किसिमको सहायता मिलेन, न ता मानिसको सबैभन्दा गहिरो खाँचोहरू नै पूरा भए! एउटा अवसरमा सृष्टि गरिएको खानेकुराले अरू समयहरूको खाँचोलाई स्वत: पूरा गरेन। शारीरिक रोगहरूको सम्बन्धमा, येशूद्वारा चंगाइ पाएका प्रत्येक रोगी, लगंडो,लेरी व्यक्ति अन्तमा मरे। प्रत्येक नै! अनि विचरा लाजरस! येशूले उनलाई मृत्युबाट तुरुन्तै र पूर्ण रूपमै बौराउनुभएको त हो, तर उनी फेरि मरे! दुई पटक मर्ने रहर छ र तपाईंलाई? (डा. जोन सी. व्हीटकम्ब, के ख्रीष्टियनहरूले आज आश्चर्यकर्महरू गरेको परमेश्वर चाहनुहुन्छ?, पृष्ठ ११)

येशूले भन्नुभयो, “यीभन्दा ठूला कामहरू गर्नेछ, किनभने म मेरा पिताकहाँ जान्छु।”ख्रीष्टका आश्चर्यकर्महरूभन्दा ठूला कामहरू के हुन सक्ला र? प्रभु येशू ख्रीष्ट स्वर्गमा फर्कनुभएपछि, पत्रुसले परमेश्वरको शक्तिशाली वचन (क्रूसमा टाँगिनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा) हजारौं यहूदीहरूलाई प्रचार गरे। परमेश्वरले ठूलो काम गर्नुभयो अनि एकै दिनमा ३,००० व्यक्तिहरूले मुक्ति पाए र उनीहरूको पापहरू क्षमा भए (प्रेरित २:४१)। अदृश्य-आत्मिक क्षेत्रमा ठूलो आश्चर्यकर्म भयो –नयाँ जन्मको आश्चर्यकर्म। यस आश्चर्यकर्मले मानिसको सबभन्दा ठूलो खाँचोलाई स्थायी रूपमा अनन्तका लागि पूरा गरिदियो!

कुन ठूलो?

चङ्गाइ गरिएका, हजारौं खुवाइएका, दुष्टात्माहरू धपाइएका, मरेकाहरू बौराइएका जस्ता आश्चर्यकर्महरू।

मुक्तिका आश्चर्यकर्महरू, पापहरूको क्षमा, नयाँ जन्म, पापबाट छुटकारा जस्ता आश्चर्यकर्म।

  1. परमेश्वरको काम र सामर्थ्य आवश्यक परेको
  2. भौतिक क्षेत्रमा गरिएको आश्चर्यकर्म
  3. मानिसको शरीरमा परमेश्वरको काम गरिएको
  4. मानिसलाई अस्थायीरूपमा फाइदा भएको
  5. अन्तिम परिणाम: शारीरिक मृत्यु।
  1. परमेश्वरको काम र सामर्थ्य आवश्यक परेको
  2. आत्मिक क्षेत्रमा गरिएको आश्चर्यकर्म
  3. मानिसको हृदयमा परमेश्वरको काम गरिएको
  4. मानिसलाई स्थायीरूपमा फाइदा भएको
  5. अन्तिम परिणाम: अनन्त जीवन।

 

यूहन्ना ६:१३-१५,२६-२७ पढ्नुहोस्। यहूदीहरूचाहिँ कुन खालको आश्चर्यकर्महरूको चाहना गर्दथे? ___________________________________________।  विगत २००० वर्षदेखि आजसम्म परमेश्वरले आफ्नो मण्डलीमा दिनहुँ थप्ने कार्य गर्ने क्रममा (प्रेरित २:४७) मुक्तिको यस आत्मिक आश्चर्यकर्म बारम्बार दोहोरिँदै आएको छ। के यस “अझ ठूलो”आश्चर्यकर्म तपाईंको जीवनमा पूरा भयो? पूरा भएको छ भने, के तपाईंले अरूहरूलाई क्रूसमा टाँगिनुभएको र बौरिउठ्नुभएको मुक्तिदाताको बारेमा बताउँदैहुनुहुन्छ त, ता कि उनीहरूले पनि उहाँमा विश्वास गरी यस आश्चर्यकर्मको अनुभव गर्नुसकून्?

येशू ख्रीष्ट नै परमेश्वरकहाँ जाने बाटो हुनुहुन्छ! उहाँद्वारा मात्रै एक व्यक्ति स्वर्गमा पुग्न सक्नेछ (यूहन्ना १४:६)। उहाँद्वारा मात्रै एक व्यक्तिले परमेश्वर पिता कस्तो हुनुहुन्छ भनेर जान्न सक्नेछ (यूहन्ना १४:९)। अनि उहाँद्वारा मात्रै हो, एक व्यक्ति पिताकहाँ अहिले नै आउन सक्दछ! के तपाईंलाई थाह छ, विश्वासी जन अहिले नै परमेश्वरकहाँ आउन सक्दछ! एक विश्वासी जन दिन वा रातको कुनै पनि घडी परमेश्वरकै उपस्थितिमा सीधै आउन सक्दछ! यसो गर्न प्रार्थनाद्वारा सम्भव छ जसको बारेमा येशूले यूहन्ना १४:१३-१४ मा चर्चा गर्नुभयो।

यूहन्ना १४:१३-१४ मा येशूले भन्नुहुन्छ, पितालाई प्रार्थना गर्नेहरूले मेरो ______मा माग्नुपर्छ। यसको मतलब हामीले प्रार्थना गर्न सक्ने एउटै मात्र कारण येशूको नाम (उहाँको व्यक्तित्व र उहाँले हाम्रो निम्ति गरिदिनुभएको काम) हो। जब हामी “येशूको नाममा”भनेर प्रार्थना गर्दछौं यो प्रार्थनाको अन्तमा पुच्छर लगाउने कुनै जादुको सुत्र होइन। यी शब्दहरूद्वारा हामीले याद गर्नुपर्छ, हामी परमेश्वर पिताकहाँ येशू ख्रीष्टद्वारा आउँदैछौं अनि परमेश्वरले हाम्रो प्रार्थना हाम्रो कारणले होइन तर उहाँको पुत्रको कारणले जवाफ दिनुहुनेछ भनेर प्रतिक्षा गर्दैछौं! विश्वासी जनको धारण यस्तो हुनुपर्छ: “परमेश्वर खुद परमेश्वर नै हुनुहुन्छ र उहाँले यो प्रार्थनाको जवाफ दिनुहुनेछ, मकोही भएको कारणले होइन तर ख्रीष्ट सर्वोपरि हुनुभएको कारणले; म केही पाउनलाई योग्य भएकोले होइन तर ख्रीष्टले क्रूसमा मेरो निम्ति गरिदिनुभएको कार्यले गर्दा परमेश्वर मप्रति अनुग्रही हुनुभएको कारणले। मैले मागेको कुनै पनि कुरा ख्रीष्टले चाहनुहुन्न भने त्यो कुरा म पनि चाहन्न।”

परमेश्वरकहाँ ख्रीष्टद्वारा प्रार्थनामा आउन पाउनु ठूलो सौभाग्य हो। एउटा समान्य व्यक्तिले साधारणतया नेपालको राजासित कुरा गर्न पाउँदैन। उसलाई नारायणहिटी दरवारको गेटबाट भित्र पस्न दिइन्न! एक विश्वासी जन नेपालको राजा भन्दा अति महान व्यक्तिकै उपस्थितिमा जान पाउँछ! कुनै पनि बेला कुनै पनि ठाउँमा हुँदा हामी आउन सक्छौं!

परमेश्वरलाई कसरी प्रेम गर्ने

येशूले भन्नुभयो, “मलाई प्रेम गर्छौ भने… (यूहन्ना १४:१५, ठीक जवाफलाई चिन्ह लगाउनुहोस्)

  1. “येशू प्रभु तपाईंलाई म प्रेम गर्दछु”भन्ने भजन गाऊ
  2. मलाई प्रेम गर्दछौ भनेर अरूहरूलाई बताऊ
  3. मेरा आज्ञाहरू पालन गर
  4. तिमीलाई जस्तो मन लाग्छ त्यस्तो जीवन बिताऊ

प्रभुलाई हाम्रो प्रेम देखाउने एउटै तरिका हो, आज्ञापालन। मानौं ८ वर्षे गीताले आफ्नी आमालाई “मम्मी, म तपाईंलाई प्रेम गर्छु”भन्छिन् तर मम्मीले अह्राएबमोजिम तिनले आफ्नो लुगा मिलाउँदिनन्, भाँडा माझ्न सहायता गर्दिनन्, पढ्न मान्दिनन्। के यस बालिकाले आफूले बोलेको कुरालाई कामले देखाउँदैछिन्? ______________। आज्ञापालन चाहिँ प्रेमले गर्ने काम हो! हामी येशूलाई साँच्ची नै प्रेम गर्छौं भने हामीले उहाँले भन्नुभएबमोजिम गर्नेछौं!

यूहन्ना १४:२१ अनसार येशूलाई प्रेम गर्ने व्यक्तिले हो? _____________________ _______________________। कसैले येशूलाई साँच्ची नै प्रेम गर्दछ भने उसले के गर्नेछ (यूहन्ना १४:२३)? _________________________________________। यूहन्ना १४:२४ मा येशूले उहाँलाई प्रेम नगर्ने व्यक्तिको विषयमा बताउनुहुन्छ: “जसले मलाई प्रेम ________, त्यसले मेरा ______________ पालन गर्दैन।”येशूलाई हामी साँच्ची नै प्रेम गर्छौं भनी देखाउने एउटै तरिका छ। हामीले उहाँका वचनहरू पालन गर्नुपर्छ र उहाँले भन्नुभएबमोजिम गर्नेछौं।

पुरानो नियममा यही कुरा उल्लेख छ। परमेश्वरलाई प्रेम गर्नु र परमेश्वरका आज्ञाहरू पालन गर्नु चाहिँ जुम्ल्याहा नानीहरू जस्तै हुन्। यी दुई सधैं सँगै हुन्छन्। जस्तै, प्रस्थान २०:६, “मलाई ________ गर्ने र मेरा _______________ ____________ गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु।”साथै हेर्नुहोस्, व्यवस्था ५:१०; ७:९; १०:१२; ११:१; १३:३-४; ३०:१६; ३०:२० आदि। “म तपाईंलाई प्रेम गर्छु”भनेर पुग्दैन। “येशू प्रभु तपाईंलाई म प्रेम गर्दछु”भन्दै गाएर पुग्दैन। हामीले परमेश्वरलाई प्रेम गर्छौं भनेर आज्ञापालनले देखाउनुपर्छ।

आउनुहुने शान्तिदाता

येशू जान लाग्दै हुनुहुन्थ्यो। यसको कारण चेलाहरूको हृदय शोकले भरिएको थियो (यूहन्ना १६:६) तर उनीहरूको निम्ति प्रभुसित खुशीको खबर थियो! उहाँ जान लाग्दै हुनुभए तापनि अर्को व्यक्ति उनीहरूसँग सधैं हुनलाई आउँदै हुनुहुन्थ्यो! यस व्यक्तिलाई येशूले शा__________ (यूहन्ना १४:१६)ले संज्ञा दिनुभयो। “ढाडस गर, चेलाहरू! म जान लाग्दै छु तर शान्तिदाता आउँदैहुनुहुन्छ!”एकजना जानुहुन्छ तर अर्को आउनुहुनेछ!

“शान्तिदाता”को शाब्दिक अर्थ हो, “सहायता गर्नलाई छेवैमा बोलाइएको, एक सहायक, सान्त्वना दिने व्यक्ति, जसले मदत गर्छ र हौसला दिन्छ।”यूहन्ना १४:२६ मा शान्तिदाताले हुनुहुन्छ भनेर थाह पाउँछौं: “तर _____________, जो _________ _________ हुनुहुन्छ।”केही वर्षसम्म येशू चेलाहरूसित निरन्त रहनुभयो। उनीहरूलाई सहायता गर्न, सान्त्वना दिन, हौसला दिन, सिकाउन उहाँ उनीहरूको छैवैमा हुनुहुन्थ्यो। तर अन्तमा उहाँ उनीहरूलाई छोडेर जानुहुनेछ भनेर येशूले चेलाहरूलाई भन्नुभयो। चेलाहरूलाई यस्तो लाग्यो होला, “हाम्रा सहयात्री, हाम्रा मित्र हाम्रा सहायक अब हामीसँग कहिल्यै हुनेछैनन्। हामी एकलै छाडिनैछौं।”तर यी चेलाहरूका निम्ति येशूसित खुशीको खबर थियो! अर्को सहयात्री, अर्को शान्तिदाता उनीहरूसित हुनलाई आउनुहुनेछ! येशूले उनीहरूलाई छोड्नुहुनेछ तर येशूजस्तै अर्को उनीहरूसँग हुनलाई आउनुहुनेछ! यस शान्तिदाता चेलाहरूसित कहिलेसम्म रहनुहुनेछ (यूहन्ना १४:१६)? ________________________________।

यी तीन अध्यायहरूमा (यूहन्ना १४-१६) येशूले आउनुहुने शान्तिदाताको बारेमा बारम्बार कुरा गर्नुहुन्छ। के तपाईंले शान्तिदाता उल्लेख हुनुभएको पदहरूलाई भेट्टाउन सक्नुहुन्छ?

यूहन्ना १४, पद ________
यूहन्ना १४, पद ________
यूहन्ना १५, पद ________
यूहन्ना १६, पद ________

जब शान्तिदाता (पवित्र आत्मा) आउनुहुनेछ, उहाँ कहाँ बास गर्नुहुनेछ (यूहन्ना १४:१७ का आखिरी दुई शब्दहरूलाई ध्यान दिनुहोस्) __________________________। के संसार (मुक्ति नपाएकाहरू)ले पवित्र आत्मालाई ग्रहण गर्न सक्नेछन् (यूहन्ना १४:१७)? ____________। पवित्र आत्मालाई पाउनेहरू उनीहरू मात्र हुन् जसले येशू ख्रीष्टमाथि __________ गरेका छन् (यूहन्ना ७:३७-३९)!

पवित्र आत्मा दिइनुहुने दिन कुन थियो? शान्तिदाता आउनुहुने दिन कुन थियो? पिताले पवित्र आत्मालाई पठाउनुहुने दिन कुन थियो (यूहन्ना १४:२६)? येशूले भन्नुभयो, “त्यस दिनतिमीहरूले, म मेरा पितामा छु, अनि तिमीहरू ममा, र म तिमीहरूमा छु भनी जान्नेछौ (यूहन्ना १४:२०)।”त्यस दिन कहिले आउने दिन थियो?

येशूले यी वचनहरू आफू क्रूसमा जानुभन्दा अघिल्लो साझ बोल्नुभयो। क्रूसको मरणपछि उहाँ तेस्रो दिनमा फेरि बौरेर उठ्नुभयो। बौरिउठाइ पछि उहाँ आफ्ना चेलाहरूद्वारा ________ दिनसम्म देखा पर्नुभयो (प्रेरित १:३) अनि उहाँ स्वर्गमा _______________ (हेर्नुहोस्, प्रेरित १:९)। स्वर्गमा फर्कनु अघि येशूले आफ्ना चेलाहरूलाई पिताको प्रतिज्ञालाई पर्खनू भनेर आज्ञा गर्नुभयो (प्रेरित १:४ र लूका २४:४९)। योचाहिँ पिताले पवित्र आत्मा पठानुहुनेछ भन्ने प्रतिज्ञा थियो। अन्तमा, येशू स्वर्ग उठाइनुभएको १० दिनपछि अर्थात् बौरिउठाइको ५० दिनपछि, पवित्र आत्मा आउनुभयो! यस महान घटनाको बयान तपाईंले प्रेरित अध्याय २ मा पढ्न सक्नुहुन्छ। पवित्र आत्मा पेन्टेकोस्टको दिनमा आउनुभयो। शान्तिदाता आफ्ना चेलाहरूसित सधैंभरि रहनलाई आउनुभयो! पवित्र आत्मा परमेश्वर प्रत्येक विश्वासी जनको हृदयमा बास गर्नुहुन्छ (१ कोरिन्थी ६:१९ र रोमी ८:९)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype