रोमी १६:२५-२७

रोमी १६:२५-२७ (अन्तिम आशीर्वाद)

यी पदहरू र रोमी १ अध्यायका सुरुका पदहरूमा धेरै समानताहरू छन्। निम्न कुराहरूलाई विचार गर्नुहोस्:

रोमी १६

रोमी १

“मेरा सुसमाचार” –२५ पद

“परमेश्वरका सुसमाचार” –१ पद

“सुसमाचारसँग लजाउँदिनँ” –१६पद

“येशू ख्रीष्टको प्रचार” –२५ पद

“आफ्‍ना पुत्र हाम्रा प्रभु येशू ख्रीष्टको विषयमा” –३ पद

“ख्रीष्टको सुसमाचार” –१६ पद

“तिमीहरूलाई स्थिर पार्नालाई” –२५ पद

“तिमीहरूलाई स्थिर पार्नाका निम्ति”—११ पद

“सबै जातिहरूलाई बताइएको छ” –२६ पद

“सबै जातिहरूका बीचमा”—५ पद

“विश्वासप्रति आज्ञाकरी बनाउनालाई” –२६ पद

“विश्वासप्रति आज्ञापालन”—५ पद

त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूका पवित्र शास्त्रहरूद्वारा –२५-२६ पद

पहिल्यै पवित्र शास्त्रहरूमा आफ्‍ना भविष्यवक्ताहरूद्वारा—२ पद

अन्तिम (गाढा कालो अक्षर) मा लेखिएकोचाहिँ वास्तवमा दाँज्दा देखिएको भिन्नता हो। १ अध्यायमा पावलले परमेश्वरको सुसमाचारको बारेमा बताउँछन् जसको प्रतिज्ञा पहिल्यै पुरानो नियमका अगमवक्ताहरूले गरेका थिए, तर १६ अध्यायमा पावलले सुसमाचारको बारेमा कुरा गर्दा गुप्तमा राखिएको रहस्यको उल्लेख गर्दछन् जुनचाहिँ अहिले नयाँ नियमका अगमवक्ताहरूद्वारा प्रकट गरियो। एक अर्थमा सुसमाचार दुवै पुरानो र नयाँ छन्। सुसमाचारको एउटा पक्ष छ जुन पुरानो हो र जुनचाहिँ पुरानो नियम शास्त्रहरूका पान्नाहरूमा प्रकट गरिएका थिए। सुसमाचारको अर्को पक्ष पनि छ जुन नयाँ हो जुनचाहिँ पुरानो नियमका समयहरूमा गुप्त राखिएको थियो, तर यस वर्तमान युगमा पावल र अन्य नयाँ नियमका अगमवक्ताहरू र प्रेरितहरूद्वारा प्रकट गरिएको छ।

पुरानो सुसमाचार

सुसमाचारको सन्देश ख्रीष्टको व्यक्तित्व र कार्यमा केन्द्रित छ, अझ विशेष गरी उहाँको प्रतिस्थापनकारी मृत्यु र मरेकाहरूबाटको उहाँको स-शरीर बौरिउठाइमा। पावलले १ कोरिन्थी १५:१-४ मा सुसमाचारलाई सबभन्दा स्पष्ट रूपमा परिभाषित गर्छन् जहाँ उनले यसो भनेका छन्, “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो…अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ तेस्रो दिनमा बौराइनुभयो”। क्रूस र रित्तो चिहानको प्रचार हाम्रा आफ्‍नै विचार र धारणाको आधारमा गरिनुहुन्न, तर शास्त्रहरूमा, अर्थात पुरानो नियमहरूमा यी अति महान् घटनाहरूको बारेमा प्रकट भएको कुराहरूसित एकदम ठीकसँग मेल खाने गरी गरिनुपर्छ। जस्तै, ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको सबभन्दा विस्तृत विवरण र सुस्पष्ट व्याख्या यशैया ५३ मा प्रस्तुत गरिएको छ। उक्त खण्ड ख्रीष्ट क्रूसमा मारिनुभन्दा करिब ७०० वर्ष अगाडि लेखिएको थियो। ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको शिक्षा यशैया ५३ मा जत्तिकै पूर्ण रूपमा सिकाइएको नयाँ नियममा समेत भेट्टाउन कठीन छ (नयाँ नियमका लेखकहरूले तपाईंले यशैया अगमवक्ताले भनेका कुराहरूलाई राम्ररी बुझिसक्नुभएको छ भनी मानिलिन्छन्!)। ख्रीष्टको मृत्यु र बौरिउठाइका महान् सत्यताहरू पुरानो नियममा प्रकट गरिएका थिए भन्ने कुराको प्रमाण पुनरुत्थित प्रभुकै शब्दहरूमा पाउन सकिन्छ, लूका २४:४४-४६ मा।

फिलिपले नपुंसकलाई सुसमाचार प्रचार गर्दा, यशैया ५३ बाट नै सुरु गरे (प्रेरित ८:२८-३५)। प्रेरित २:२४-३२ मा पत्रुसले ख्रीष्टको बौरिउठाइको प्रचार गरे र तिनले आफ्‍नो सन्देशको आधारको रूपमा भजनसङ्ग्रह १६ लाई प्रयोग गरे। प्रेरित ३:१८ मा पत्रुसले सुसमाचार प्रचार गरे र ख्रीष्टका दु:खहरूको बारेमा परमेश्वरका सबै अगमवक्ताहरूका मुखले पहिल्यै बताइसकेको थियो भनी घोषणा गरे। प्रेरित ४:१०-११ मा पत्रुसले ख्रीष्टको मृत्यु र बौरिउठाइलाई भजनसङ्ग्रह ११८ मा आधारित गर्दै प्रचार गरे। प्रेरित १०:४३ मा पत्रुसले सबै अगमवक्ताहरूले येशू ख्रीष्ट र उहाँमा पाइने पापहरूको क्षमाको विषयमा गवाही दिन्छन् भनी दाबी गरे। प्रेरित १३:३३-३७ मा पावलले सभाघरमा सुसमाचार प्रचार गरे र ख्रीष्टको बौरिउठाइ भजनसङ्ग्रह २ र भजनसङ्ग्रह १६ को पूरा हुवाइ हो भनी यहूदीहरूलाई प्रचार गरे। 

रोमीको पुस्तकमा पावलको मुख्य विषय वस्तु विश्वासद्वाराको धर्मीकरण हो र पावलले यसको उदाहरणस्वरूप अब्राहामलाई अघि सार्छन्, उत्पत्ति १५:६ लाई उद्दरण गर्दै (रोमी ४:१-८)। परमेश्वरको धार्मिकताको प्रकाश सम्बन्धी व्यवस्था र भविष्यवक्ताहरूले पहिल्यै गवाही दिसकेका थिए (रोमी ३:२१)। रोमी १० मा पावलले परमेश्वरको अनुग्रहको सुसमाचारको बारेमा चर्चा गर्छन् र आफ्‍ना बुँदाहरू स्थापित गर्न तिनले केही पुरानो नियमका खण्डहरूको उद्दरण गर्दछन् (६,७,८,११,१३,१५,१६,१८ पदहरू हेर्नुहोस्)। रोमी १५ मा पावलले केही पुराना नियमका खण्डहरूको उद्दरण गर्दछन् जुन खण्डहरू सुसमाचार अन्यजातिहरूकहाँ पुग्‍ने कुरासँग सम्बन्धित छन् (९-१२,२१ पदहरू)।

गलातीमा पावलले विश्वासद्वारा धर्मी ठहरिने कुराको नमुनाको रूपमा फेरि अब्राहामलाई प्रयोग गर्दछन् (३:६) र साथै अन्यजातिहरू विश्वासद्वारा धर्मी ठहरिनेछन् र आशिषित हुनेछन् भन्ने कुरा परमेश्वरले पहिल्यै जान्नुभएर उत्पत्ति १२:३ को प्रतिज्ञा दिनुभएको थियो भनी बताउँछन् (गलाती ३:८)। त्यही सन्दर्भमा परमेश्वरले “पहिले नै अब्राहामलाई … सुसमाचार सुनाउनुभयो” भनी पावलले बताउँछन् (गलाती ३:८)। पावलले विश्वासद्वाराको धार्मिकताको आफ्‍नो शिक्षालाई समर्थन गर्न हबक्कूक २:४ प्रयोग गर्दछन् (३:११)।

पावलले प्रचार गरेको सुसमाचार “पवित्र-शास्त्रहरूमुताबिक” थियो (१ कोरिन्थी १५:३-४)! क्रूस, रित्तो चिहान र विश्वासद्वारा पाइने धार्मिकता — पावलका यी आधारभूत विषयवस्तुहरू पुरानो नियममा पाइने विषयवस्तुहरू थिए। यसमा कुनै रहस्य थिएन। 

नयाँ सुसमाचार

आज सुसमाचारको एउटा “रहस्य” पक्ष छ जुनचाहिँ अन्य युगहरूमा अज्ञात रहेको थियो तर त्यो रहस्य यस युगमा सुसमाचार प्रचारको मुटु भएको छ:

जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ; अर्थात् सुसमाचारद्वारा ख्रीष्टमा अन्यजातिहरू साझा हकवालाहरू, एउटै शरीरको साझेदार र उहाँका प्रतिज्ञाका साझा-भागीदारहरू हुनुपर्छ;… अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर (एफेसी ३:५-८)।

त्यसैकारण, यस युगमा, सुसमाचारको विषयवस्तुमा एउटा विशिष्ट तत्त्व छ जसलाई “सुसमाचारको रहस्य” भनिएको छ (एफेसी ६:१९ हेर्नुहोस् र कलस्सी १:२६-२७; ४:३ सँग तुलना गर्नुहोस्)। यो नयाँ रहस्य यही हो, अन्यजातिहरू शरीरको सह-हकवालाहरू र सह-सदस्यहरू हुन् र प्रतिज्ञाका सह-भागीहरू हुन् (एफेसी ३:६)। यहूदी र अन्यजाति एउटै शरीरमा एक बनाइने जस्तो समानता पहिले अज्ञात थियो। मण्डलीको सुस्पष्ट सन्देश यही थियो, अर्थात् यहूदी र अन्यजातिले सुसमाचार विश्वास गर्न सक्छन् र एउटै शरीरमा एक हुन सक्छन् (१ कोरिन्थी १२:१३); र यसको उद्देश्य हो यस अद्वित्तीय र जिउँदो संरचनाको सावर्भौम शिर अर्थात् ख्रीष्टलाई प्रकट गर्नु र उहाँको साक्षी हुनु।

प्रबन्धवादी लेखकहरूले यस मण्डली युगमा सुसमाचार प्रचारको विशिष्ट तत्त्वलाई धेरै समयदेखि पहिचान गर्दै आएका छन्:

अन्यजातिहरू पनि इस्राएलीहरूसँगै ठीक एउटै तहमा हुने भन्ने कुरा, र साथसाथै, घनिष्ट सम्बन्धमा एउटै शरीरका सदस्यहरू हुने भन्ने कुरा, पुरानो नियमको लागि एकदम पराइ कुरा थियो। यशैया ६१:५,६ मा अन्यजातिहरूलाई दासका रूपमा र इस्राएललाईचाहिँ परमेश्वरका पूजाहारीहरूको रूपमा दर्शाइएको छ। यद्यपि अन्यजातिहरूहरूलाई भविष्यको हजार वर्षीय राज्यमा आशिषहरूको प्रतिज्ञा गरिएको कुरा सत्य हो, तर पुरानो नियममा उनीहरूलाई कहिल्यै पनि यहूदीहरूको समानतामा राखिएको पाइँदैन। (Walvoord, The Church in Prophecy, pp. 46-47)।

पुरानो नियमले हजार वर्षीय राज्यको कालखण्डमा अन्यजातिहरूलाई दिइने आशिषको बारेमा भविष्यवाणी गरेको त छ (यशैया ६१:५-६; २:१-४), तर ती आशिषहरूमध्येमा अन्यजातिहरू पनि यहूदीहरूकै बराबरीमा राखिनेछन् भन्ने कुरा चाहिँ छैन, जब कि आज ख्रीष्टको शरीरमा भने त्यस्तो छ। पुरानो नियमका अगमवाणीहरूमा अन्यजातिहरूलाई ठूलो आशिषको प्रतिज्ञा गरिएको छ, तर यहूदीहरूको समान दर्जाको आधारमा चाहिँ होइन। यो समानता नै नयाँ नियमका समयहरूमा प्रेरितहरू र भविष्यवक्ताहरूलाई प्रकट गरिएको रहस्य थियो। (Ryrie, Dispensationalism Today p. 134)

रहस्य सम्बन्धी सत्यता रोमीमा उल्लेख विस्तार गरिएको छैन, जसरी एफेसी र कलस्सीमा छ, तर रोमीको पत्रले यसको केही मात्रामा चर्चा भने गर्दछ। ख्रीष्टको शरीरमा हुनुको विशेषताको चर्चा रोमी १२ मा गरिएको छ र “ख्रीष्टमा” भएको हैसियतले दुवै यहूदी र अन्यजातिहरूले ख्रीष्टसँगको अनुपम एकतासम्मिलिकरणमा आनन्द मनाउन सक्ने कुरालाई रोमी ६ मा सुन्दर ढङ्गले चर्चा गरिएको छ। “ख्रीष्ट तिमीहरूभित्र” को महिमित र बहूमूल्य रहस्य रोमी ८:९-१० मा चर्चा गरिएको छ। ख्रीष्टसँग विश्वासीको एकतालाई वैवाहिक सम्बन्धसित (एफेसी ५:२९-३२) तुलना गरिएको कुरालाई रोमी ७:१-४ मा प्रस्तुत गरिएको छ। यहूदीहरू र अन्यजातिहरूले ख्रीष्टमा बराबरी साझेदार बन्न गएका धेरै धनहरूलाई रोमी ८ मा प्रस्तुत गरिएको छ। इस्राएलको अर्ध र अस्थाइ अन्धोपनालाई रोमी ११:२५ मा प्रस्तुत गरिएको छ। साँच्चै, रोमीको पुस्तकले अरू कुनै पनि पुस्तकले भन्दा बढी हामीलाई आज परमेश्वरले अन्यजातिहरूको माझमा के गर्दैहुनुहुन्छ र भविष्यमा उहाँले के गर्नुहुनेछ भन्ने प्रकाशमा (रोमी ९-११) इस्राएलको निम्ति परमेश्वरको उद्देश्य बुझ्न मद्दत गर्दछ। त्यसैले रोमीको पुस्तकले रहस्यमा रहेको सत्यतालाई बुझ्न हामीलाई उल्लेखनीय तरिकाले योगदान दिँदछ। परमेश्वरले हामीलाई यी कुराहरूको असल र विश्वासयोग्य भण्डारीहरू हुन सहायता गर्नुभएको होस् (१ कोरिन्थी ४:१-२)!

अब हामी अन्तिम तीन पदहरूका चाबी शब्दहरू र शब्दावलीहरूको अध्ययन गर्नेछौं।  

रोमी १६:२५

कसैलाई “स्थिर पार्नु” को माने निजलाई स्थापित र अचल बनाउनु, लोट्नबाट जोगाउनु” भन्ने हुन्छ। हाम्रो विश्वास परमेश्वरका वास्तविकताहरूमाथि बसालिएका होस् भन्ने हेतुले विश्वासीहरूलाई सत्यतामा स्थापित गराउन परमेश्वरसित सारा अधिकार र शक्ति छ। रोमीको पुस्तकमा प्रस्तुत गरिएका सत्यताहरूमा राम्ररी जग नबसालिएका विश्वासीहरू जोखिमपूर्ण धरातलमा उभिरहेका छन् र धेरै सन्तापकारी भ्रमहरूका शिकार बन्न सक्छन्। तर पावलको यस उत्कृष्ट शिक्षागत कृतिलाई राम्ररी सिकेका विश्वासीहरूले आफैंलाई यी महान् आधारभूत सत्यताहरूमा सुदृढ पारेका छन् र आफैंलाई स्थापित गरेको त्यस ठोस चट्टानको जगबाट उनीहरूलाई हल्लाउन र हटाउन गाह्रै पर्छ।

रहस्य सम्बन्धी सत्यताको विषयलाई राम्ररी नबुझीकन विश्वासीहरू सत्यतामा पूर्ण रूपमा स्थापित हुन सक्दैनन्। यस अन्तिम खण्डको विषय यही हो। तर प्रेरित पावलको हृदयको यति नजिक र प्रिय रहेका पवित्र रहस्यहरूको सम्बन्धमा धेरैजसो विश्वासीहरू अज्ञान रहेको र त्यसलाई बेवास्ता गरेको कुरा दु:खलाग्दो छ। विगतका सबै युगहरूमा परमेश्वरको प्रेमिलो हृदयभित्र थुनिएर, लुकेर बसेको सत्यताको एउटा सँगालो छ, तर त्योचाहिँ यस वर्तमान युगमा आफ्‍ना जनहरूलाई जनाउने इच्छा परमेश्वरले गर्नुहुन्छ। तरैपनि हाम्रो दिनमा रहस्य सम्बन्धी सत्यताहरू प्रतिको बेवास्ता भयङ्कर छ। वचनका सेवकहरूको नियुक्ति परिषदहरू (ordination councils) मा प्रश्न सोध्ने गरिन्छ: “परमेश्वरका रहस्यहरूको भण्डारी हुनु भनेको के हो (१ कोरिन्थी ४:१-२) र यो तपाईंको सेवकाइको निम्ति कतिको महत्त्वपूर्ण छ?” कसै-कसैलाई यसको बारेमा केही पनि थाह नभएको पाइन्छ। हामीलाई थाह गराउन परमेश्वर खुशी हुनुभएका यी रहस्यको धनहरू र महिमाहरू बुझ्ने सवालमा हामी कति अनभिज्ञ छौं (कलस्सी १:२७)! पावलको ठूलो बोझ यही थियो, “अन्यजातिहरूका बीचमा ख्रीष्टको खोजेर नसकिने धनको प्रचार गरूँ भनेर, र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:८-९)। हाम्रो हृदयको निम्ति पनि यो नजिक र प्रिय हुन सकोस्। 

“मेरा सुसमाचार अनुसार”—“मेरा सुसमाचार” भनिने शब्दावली बाइबलका अरू दुई ठाउँमा मात्र पाइन्छ: १) रोमी २:१६—“त्यो दिन, जब परमेश्वरले मेरो सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरूका गुप्त कुराहरूको न्याय गर्नुहुनेछ”; २) २ तिमोथी २:८—“मेरो सुसमाचार अनुसार दाऊदका वंशका येशू ख्रीष्टलाई मरेकाहरूबाट बौराइनुभयो भनी सम्झना गर।” पावलले यी पदहरूमा “मेरो सुसमाचार” भनी भन्दा तिनले रोमी १६:२५ मा जस्तै “रहस्यको सत्यता” लाई नै जनाइरहेको हुनुपर्छ भन्ने छैन। मसीह दाऊदको वंशबाट आउनुहुनेछ र उहाँ मरेकाहरूबाट बौराइनुहुनेछ भन्ने सत्यताहरू पुरानो नियममा नै प्रकट गरिएका थिए अर्थात् तीचाहिँ रहस्यहरू थिएनन्। 

“मेरा सुसमाचार” भन्नुमा पावलको तात्पर्य के हो? कुन अर्थमा सुसमाचार पावलको थियो? याद गर्नुहोस्, रोमी १:१ मा पावलले प्रचार गरेको सुसमाचार “परमेश्वरको सुसमाचार” हो भनी तिनले एकदम स्पष्टै भनिसके। यो त परमेश्वरको सुसमाचार थियो! कुन अर्थमा यो पावलको सुसमाचार थियो? पावलले उक्त सुसमाचारलाई व्यक्तिगत बनाउनुमा कम्तीमा दुई कारणहरू छन् १) त्यो पावलको सुसमाचार थियो किनकि त्यो उनलाई सुम्पिएको थियो: “परमधन्य परमेश्वरको महिमित सुसमाचार अनुसार, जोचाहिँ मेरो जिम्मामा सुम्पिएको छ” (१ तिमोथी १:११)। “सुसमाचार बाँड्ने काम (भण्डारीपन) मलाई सुम्पिएको छ…किनकि यो ता मैले गर्नु खाँचै छ; अँ, मैले सुसमाचार प्रचार गरिनँ भनेचाहिँ मलाई धिक्कार छ!” (१ कोरिन्थी ९:१७,१६)। पावलले आफ्‍नो  सुसमाचारको जिम्मेवारीलाई एकदम गम्भीरतापूर्वक लिए। २) त्यो पावलको सुसमाचार थियो किनकि उनलाई प्रकाश विशेष किसिमले दिइएको थियो: “जुन सुसमाचार मद्वारा सुनाइएको थियो, त्यो मान्छेअनुसारको होइन। किनकि न ता मैले त्यो मान्छेबाट पाएँ, न ता त्यो मलाई सिकाइएको हो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले त्यो पाएँ” (गलाती १:११-१२)। “मेरा सुसमाचार…त्यस रहस्यको प्रकाशअनुसार” (रोमी १६:२५-२६)। “अनि प्रकाशअनुसार म माथि गएँ, र जुन सुसमाचार म अन्यजातिहरूका बीचमा प्रचार गर्दछु, त्यही उनीहरूलाई बताइदिएँ”(गलाती २:२)। “कसरी उहाँले त्यो रहस्य प्रकाशद्वारा मलाई बताउनुभयो” (एफेसी ३:३ र ६ पदसँग तुलना गर्नुहोस्—“सुसमाचारद्वारा”)।

पावलको सुसमाचारमा रहस्यसम्बन्धी सत्यता समावेश थियो: “सुसमाचारको रहस्य थाह गराउनाका लागि साहससित मैले आफ्‍नो मुख खोल्दा मलाई वचन दिइयोस्” (एफेसी ६:१९)। यस कुराको प्रकाशमा, उग्रप्रबन्धवादीहरूको दुईओटा त्रुटिहरूबाट हामी अलग रहनुपर्छ: १) रहस्यको प्रकाश प्राप्त गर्ने मानिस पावल मात्र थिए। यो गलत शिक्षालाई एफेसी ३:५ ले खण्डन गर्दछ जसअनुसार उक्त रहस्य परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूकहाँ प्रकट गरिएको थियो। निसन्देहः पावल नै रहस्य सम्बन्धी सत्यताका प्रमुख प्रकाशक थिए तर यो केवल उनलाई मात्र दिइएको थिएन। केवल उनी मात्र परमेश्वरका रहस्यहरूका भण्डारी थिएनन् (१ कोरिन्थी ४:१-२)। २) पावलले प्रकट नगरेसम्म यो रहस्यको सत्यता थाह गराइएको थिएन। पावलका पत्रहरूमा परमेश्वरका रहस्यहरूलाई तिनको पूर्ण सुन्दरतामा प्रकट गरिएका छन्, तर ती रहस्यहरू प्रकट गर्ने पहिलो व्यक्ति नै पावल हुन् भन्ने धारणा गलत हो। 

स्मरण होस्, रहस्यको सत्यता हाम्रा प्रभु येशू ख्रीष्टले अर्थात् सबभन्दा मूल प्रकाशकले सुक्ष्म रूपमा प्रकट गरिसक्नुभएको थियो। यो कुरा विशेष गरी मत्ती १३ का रहस्यहरूमा र यूहन्ना १४-१७ को माथिल्लो कोठाको प्रवचनमा देखिन्छ। यहाँ केही उदाहरणहरू छन्:

  1. मण्डलीको रहस्य मत्ती १३:४५-४६ मा प्रतीक्षा गरिएको पाइन्छ। 
  2. “ख्रीष्ट तिमीहरूभित्र” को रहस्य (कलस्सी १:२७) यूहन्ना १४:२० र १७:२३ मा प्रतीक्षा गरिएको थियो।
  3. ख्रीष्ट र उहाँको मण्डलीको सम्मिलिकरण (एकता) को रहस्य (एफेसी ५:३१-३२) यूहन्ना १७:२१-२३ मा प्रतीक्षा गरिएको थियो।
  4. र्‍याप्चरको रहस्य (१ कोरिन्थी १५:५१-५२) यूहन्ना १४:१-३ मा प्रतीक्षा गरिएको थियो।
  5. इस्राएल जातिको वर्तमान अवस्थाको रहस्य (रोमी ११:२५) मत्ती १३:४४ मा प्रतीक्षा गरिएको थियो।
  6. अधर्मको रहस्य जसले यस वर्तमान युगमा काम गरिरहेकोछ (२ थेस्सलोनिकी २:९) रायोको दाना र खमीरको दृष्टान्तमा प्रतीक्षा गरिएको थियो।
  7. यहूदीहरू र अन्यजातिहरू एउटै शरीरमा एक बनाइने रहस्य (एफेसी ३:५-६) यूहन्ना १०:१६ मा प्रतीक्षा गरिएको थियो।

लुइस् स्पेरी चेफर (Lewis Sperry Chafer) ले पनि मत्ती १३ मा वर्णन गरिएका “स्वर्गको राज्यका रहस्यहरू” र नयाँ नियमका पत्रहरूमा पावलद्वारा प्रकट गरिएका रहस्यहरूको बीचमा उल्लेखनीय सामञ्जस्यता पत्ता लगाएका छन्।

मत्ती १३ मा ख्रीष्ट आफैंले सातओटा दृष्टान्तहरूमा यस युगका लक्षणहरू प्रस्तुत गर्नुभएको छ। शास्त्रको यस खण्डमा यो युग स्वयं एउटा रहस्य वा परमेश्वरले पहिलेका युगहरूमा गुप्त राख्नुभएको कुरा हो भनिएको छ (१३:११), र यस युगभरिमा तीनओटा मुख्य लक्षणहरू हाजिर हुनेछन् भन्ने सत्यतालाई यी दृष्टान्तहरूले क्रमिक रूपमा प्रस्तुत गर्दछन्, ती हुन्: (क) जो ग्रहणयोग्य छन्—गहुँ, मोती, र असल माछा; (ख) जसले अन्धो पारिएको इस्राएलको चित्रण गर्दछ (१४-१५ पदहरू), जोहरू बारीमा लुकाइराखेको गाडधनहरू हुन्—बारी भनेको संसार हो र (ग) खराबको उपस्थिति—सामाहरू, खराब चराहरू, खमीर, र खराब माछा। यो ध्यान दिइनुपर्छ कि, नयाँ नियममा, यी तीनओटै पक्षहरू रहस्य वा परमेश्वरले पहिला गुप्त राख्नुभएका कुरा हुन्, भनी बताइएका छन्: (क) यहूदी र अन्यजाति एकै शरीरमा मिलेर बनेको मण्डली (एफेसी ३:४-६), (ख) मण्डलीको बोलावटको समयावधिभरि इस्राएल अन्धो पारिने (रोमी ११:२५; प्रेरित १५:१३-१८), र (ग) यस युगमा खराबको उपस्थिति र त्यसको चरित्र (२ थेस्सलोनिकी २:७)। (सिस्टमेटिक थिओलोजी, भोल्यूम ४, पेज. ४४) 

हामीले भनिसक्यौं, उग्र-प्रबन्धवादअनुसार रहस्य सम्बन्धी सत्यताहरू पावलभन्दा अगाडि प्रकट भएको थिएन र केवल पावलद्वारा मात्र ती प्रकट गरिए। डा. अर्नेस्ट पिकरिङ्गले यसको जवाफ दिएका छन्: “मण्डली सम्बन्धी सत्यता पावल भन्दा अगाडि कहिल्यै पनि प्रकट गरिएको थिएन भन्नुचाहिँ प्रभु आफैंले त्यस्ता सत्यताहरू सिकाउनुभएको शास्त्रका खण्डहरूलाई इन्कार गर्नु हो। माथिल्लो कोठाको प्रवचन (यूहन्ना १३-१७) निश्चय पनि मण्डलीलाई [किटान गरी मण्डलीलाई र मण्डलीलाई मात्र] नै लागु हुन्छ। ख्रीष्टमा पवित्र जनहरूको आशिषमय ओहोदा, प्रार्थनामा पहुँच, पवित्र आत्माको सेवकाइ, मण्डलीको र्‍याप्चरसम्बन्धी — यी सबै शिक्षाहरू साथै अधिक कुराहरू माथिल्लो कोठाको प्रवचनमा सिकाइएका छन्। (Distinctive Teachings of Ultra-Dispensationalism)।

“येशू ख्रीष्टको प्रचार” (रोमी १६:२५): पावलको सुसमाचार प्रभु येशू ख्रीष्टको व्यक्तित्वमा केन्द्रित थियो। उनले केवल ख्रीष्ट प्रचार मात्र गरेनन् (२ कोरिन्थी ४:५) तर अरूले ख्रीष्ट प्रचार गर्दा पनि उनले आनन्द मनाए (फिलिप्पी १:१८)। पावलले यस पत्रको सुरुबाट नै सुसमाचारको केन्द्र र मियो भनेको परमेश्वरका अनन्त पुत्र येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट पारेका थिए (रोमी १:१-४)। अनि जब पावलले अन्यजातिहरूको माझमा सुसमाचारको रहस्य प्रचार गर्दथे उनले ख्रीष्टको खोजेर नसकिने धनको पनि प्रचार गर्न छोड्दैनथिए (एफेसी ३:८)। जब हामीहरू प्रभु येशू ख्रीष्टको व्यक्तित्वतर्फ अलग र समर्पित हुन्छौ, तब मात्र हामीहरू सुसमाचारतर्फ अलग र समर्पित हुन सक्छौं (रोमी १:१)।

“त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो”—एकसमय गुप्त राखिएको यो रहस्य अब प्रकट भएको छ! यो अब उसो रहस्य होइन! जुन कुरा लुकाइएको थियो थाह गराइएको छ! “यो विगतको लामो युगहरूमा गुप्त राखिएको थियो, तर अब बताइएको छ” (जी सी मूल)। “संसारको उत्पत्तिदेखि” भन्ने वाक्यांशलाई अक्षरशः “युगहरूका समयमा” (जोन डार्बी) र “अनन्तकालहरूमा” (विलियम केली) भनेर पनि अनुवाद गरिकएको छ। यो रहस्य युग-युगदेखि र पुस्ता-पुस्ताहरूदेखि गुप्त राखिएको थियो (कलस्सी १:२६)।

नयाँ नियम अन्तर्गतको रहस्य भन्नाले के बुझिन्छ, यसलाई सुस्पष्ट परिभाषित गर्ने पाँचओटा खण्डहरू छन्। ती निम्नानुसार छन्:

  1. “जसद्वारा तिमीहरूले पढेर ख्रीष्टको रहस्यको विषयमा मेरो ज्ञान थाह पाउन सक्छौ; जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू, र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:४-५)।
  2. “र सबै मानिसहरूलाई, जुन परमेश्वरले येशू ख्रीष्टद्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो, उहाँमा युग-युगदेखि लुकेर बसेको रहस्यको सङ्गति के रहेछ, सो कुरा देख्ने बनाउनालाई” (एफेसी ३:९)।
  3. “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई, जुनचाहिँ युग-युगदेखि र पुस्ता-पुस्तादेखि लुकाई राखिएको थियो, तर अहिले उहाँका पवित्र जनहरूकहाँ प्रकट गरिएको छ” (कलस्सी १:२६)।
  4. “म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु; संसारको उत्पत्तिदेखि गुप्त राखिएका कुराहरू म बोल्नेछु” (मत्ती १३:३५)।
  5. “त्यस रहस्यको प्रकाशअनुसार, जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो, तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञाअनुसार भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ” (रोमी १६:२६)।

यी पाँच खण्डका आधारमा हामीले नयाँ नियमको रहस्यलाई यसरी परिभाषित गर्न सक्छौं: नयाँ नियमको रहस्य भनेको त्यो हो जुन लुकाइएको थियो, गुप्त राखिएको थियो र पहिलेका पुस्ता (पावलका पुस्ताभन्दा अघिका) का मानिसहरूलाई थाह गराइएको थिएन तर नयाँ नियमको युगमा नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरूलाई थाह गराइएको छ र उनीहरूद्वारा प्रकट गरिएर प्रकाशमा ल्याइएको छ।

यस बाइबल-आधारित परिभाषा मुताबिक, प्रबन्धवादीहरूले धेरै समयदेखि यो मान्दै आएका छन् कि नयाँ नियमको रहस्य भनेको यस्तो कुरा हो जुनचाहिँ विगतका पुस्ताहरू (पुरानो नियमको युगका मानिसहरू) लाई कहिल्यै पनि प्रकट गरिएको थिएन तर जसलाई पावलको समयमा प्रकट गर्न परमेश्वरलाई असल लाग्यो। अघि बताइए अनुसार, यस्ता रहस्यहरू पहिले ख्रीष्टद्वारा (आंशिक रूपमा) र त्यसपछि उहाँको प्रेरित पावलदारा (पूर्ण रूपमा) थाह गराइएको थियो। यस मान्यताको विपरीतमा रिफर्म्ड ईश्वरशास्त्र (अथवा कभनेन्ट ईश्वरशास्त्र) ले यस्तो भन्ने गर्दछ कि नयाँ नियमका रहस्यहरू पुरानो नियममै प्रकट गरिएका थिए, तर आजका दिनमा जस्तो स्पष्ट रूपमा बुझिएका थिएनन्। उनीहरू यो सिकाउँछन् कि यस्ता रहस्यहरू पुराना नियममा बिलकुलै थिएनन् भन्ने होइन। त्यसैले उनीहरू यो सिकाउँछन् कि रहस्यहरू आंशिक रूपमा प्रकट गरिएका थिए, यद्यपि पछिबाट मात्र तिनलाई बुझ्न सकिएको हो। तर यस्तो मान्यता अघि सूचित गरिएका पाँचओटा खण्डहरूको विपरीत छ। यी पदहरूले ती रहस्यहरू आंशिक रूपमा प्रकटित थिए भन्दैनन् तर बरु ती त बिलकुलै प्रकट गरिएका थिएनन् भनी बताउँछन्। यसलाई परमेश्वरको प्रेमिलो हृदयभित्र लुकाइएको र गुप्त राखिएको थियो। 

यसलाई एउटा ठोस उदाहरणले दर्शाऔं। १ कोरिन्थी १५:५१-५२ मा पावलले एउटा रहस्य प्रकट गर्छन् जुनचाहिँ विगतका युगहरूमा गुप्त राखिएको थियो। उनले प्रकट गरेको रहस्य यस्तो थियो, त्यहाँ जिउँदो विश्वासीहरूको एउटा सिङ्गो पुस्ता हुनेछ जसले शारीरिक मृत्युको स्वाद चाख्नेछैनन्।  पुरानो नियमले कतै पनि त्यस्तो घटनाको बारेमा केही बताउँदैन। मोशा, एलिया, दाऊद र यशैयालाई एकदिन त्यस्तो घटना घट्नेछ भन्ने कुराको छनक समेत थिएन। यो कुरा पूर्ण रूपमा उनीहरूबाट लुकाइएको थियो र सो बारेमा उनीहरूको पवित्र शास्त्रहरूमा भेट्टाउन सकिँदैन। नयाँ नियमको समयहरूमा हाम्रो प्रभुले थोरै मात्रामा (यूहन्ना १४:१-३) र पावलले पूर्ण रूपमा (१ कोरिन्थी १५:५१-५२ र १ थेस्सलोनिकी ४:१३-१८) वर्णन नगर्नुभएसम्म परमेश्वरले यसको बारेमा एक शब्द पनि निस्वासित गर्नुभएको थिएन। नयाँ नियमको रहस्य भनेको खास यो हो। 

रोमी १६ मा पावलले बताइरहेका रहस्य यो थियो कि, यहूदी र अन्यजातिहरूलाई अब परमेश्वरले पूर्ण समानताको आधारमा व्यवहार गर्दैहुनुहुन्छ र ख्रीष्टमा विश्वास गरेपछि उनीहरू एउटै शरीरमा एकसाथ जोडिएका हुन्छन् यस उद्देश्यले कि उनीहरूले अन्धकारबाट आफ्‍नो अचम्मको ज्योतिभित्र बोलाउनुहुने प्रभुका सर्वश्रेष्ठताहरू प्रकट गरून्। दुईजनाबाट, परमेश्वरले एउटा नयाँ मानिस (एफेसी २:११-१८) र एउटा नयाँ बगाल (यूहन्ना १०:१६) बनाउनुभयो। आज हामी बाँचिरहेका दिनहरूमा अरूलाई यो रहस्य थाह गराउनु, गुप्त कुरा प्रकट गर्नु र एक समय लुकाइएको प्रकाशलाई खोल्नु हाम्रो विशेष अधिकार हो। यो एउटा कुरामा हामीले गुप्त कुराहरू प्रकट गरेको परमेश्वर चाहनुहुन्छ (यद्यपि हितोपदेश ११:१३ ले गुप्त कुरा प्रकट गर्नेलाई दोषी ठहराइएको छ)। 

रोमी १६:२६

“तर अहिले प्रकट भएको छ… भविष्यवक्ताहरूका पविरत्रशास्त्रहरूद्वारा..बताइएको छ”

एकसमय गुप्त राखिएको रहस्य अहिले प्रकट गरिएको छ। “भविष्यवक्ताहरूका पवित्रशास्त्रहरूद्वारा” लाई “भविष्यवाणीका पवित्रशास्त्रहरू” भनेर अनुवाद गर्न सकिन्छ (नेपाली टि.बि.एस. बाइबलमा उक्त पदको फुटनोट हेर्नुहोस्)। परमेश्वरले यो रहस्य उहाँका अगमवक्ताहरूका लेखहरूद्वारा प्रकट गर्नुभएको छ। 

पावलले भर्खरै मात्र ती रहस्यहरू विगतका युगहरूमा गुप्त राखिएका थिए भनेर भनिसकेपछि पनि प्रबन्धवादलाई नमान्नेहरूले कसरी ती लेखहरू भन्नाले पुरानो नियमकै लेखहरू हुन् भनी ठान्न सकेका होलान्, यो बुझ्न कठिन छ। पावलले यहाँ नयाँ नियमका अगमवक्ताहरूको बारेमा भनेको हुनुपर्छ। एफेसी ३:५ मा हामी सिक्दछौं, अरू युगहरूमा मानिसका सन्तानहरूलाई प्रकट नगरिएका रहस्यहरू अब परमेश्वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई प्रकट गरिँदैछ। यीचाहिँ नयाँ नियमका प्रेरितहरू र अगमवक्ताहरू हुन् जोहरू एफेसी २:२० मा उल्लेख गरिएका उही व्यक्तिहरू नै हुन् (१ कोरिन्थी १२:१०,२९; एफेसी ४:११ पनि हेर्नुहोस्)। निश्चय पनि, यी रहस्यहरूलाई सबभन्दा स्पष्ट र पूर्ण रूपमा प्रस्तुत गर्ने भविष्यवाणीका लेखोटहरू चाहिँ पावलका पत्रहरू नै हुन्, यो कारणले कि पावल रहस्यका सत्यताहरूका प्रमुख प्रकाशक हुन्, यद्यपि यस सवालमा पावलको एकलौटी भूमिका थियो भन्ने होइन। रहस्य सम्बन्धी सत्यताको  सवालमा, पुरानो नियमका अगमवक्ताहरू पूर्ण रूपमा अन्धकारमा थिए। पुरानो नियमको कालखण्डमा रहस्यहरूको बारेमा जान्नुहुने एक मात्र व्यक्ति परमेश्वर आफैं हुनुहुन्थ्यो। 

“अनन्तका परमेश्वरको आज्ञाअनुसार”

“आज्ञा” को माने आदेश हो।  प्रेरित १:२ मा प्रभुको महान् आज्ञालाई (बौरिउठाइ पश्चात् र स्वर्गारोहण आफ्‍ना चेलाहरूलाई दिनुभएको प्रभुका ती आज्ञाहरू) जनाउने उही शब्दचाहिँ यो होइन। 

पावलले यो शब्दलाई आफ्‍नो सेवकाइको सन्दर्भमा अन्य दुई ठाउँमा मात्र प्रयोग गर्दछन्: १) “हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रा आशा प्रभु येशू ख्रीष्टको आज्ञा (आदेश वा हुकुम) द्वारा येशू ख्रीष्टका प्रेरित पावलको तर्फबाट” (१ तिमोथी १:१)। पावल जीवित परमेश्वरको आदेशद्वारा एक प्रेरित (“पठाइएको” व्यक्ति) थिए, र यो कुरा हरेक विश्वासीको हकमा पनि सत्य हो: “जसरी तपाईंले मलाई संसारमा पठाउनुभएको छ, उसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु” (यूहन्ना १७:१८)। हामीले उहाँलाई संसारमा उचित तरिकाले प्रतिनिधित्व गर्नु र उहाँको महिमित सुसमाचारलाई हरेक जातिलाई प्रकट गर्नु नै परमेश्वरको आज्ञा र आदेश हो। २) “तर ठीक समयहरूमा प्रचारद्वारा आफ्‍नो वचन प्रकट गर्नुभएको छ, जुनचाहिँ हाम्रा मुक्तिदाता परमेश्वरको आज्ञा (आदेश वा हुकुम) अनुसार मलाई सुम्पिइएको छ” (तीतस १:३)। आफूलाई सुसमाचारको र प्रचारको जिम्मेवारी सुम्पिइएको छ भनी पावल जान्दथे। उनी प्रचारद्वारा परमेश्वरको वचन प्रकट गर्ने आज्ञाहरूको अधिकारमनि थिए।

निश्चय पनि यी भनाइहरू महान आज्ञासित एकदम मेल खान्छन् जसमा ख्रीष्टका विभिन्न आज्ञाहरू समाविष्ट थिए, जस्तै: सारा संसारमा गएर हरेक प्राणीलाई सुसमाचार सुनाउने (मर्कूस १६:१५), सबै जातिहरूलाई चेला बनाउने (मत्ती २८:१९-२०), यहूदीहरूबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पापहरूको क्षमाको विषयमा प्रचार गर्ने (लूका २४:४७) र इस्राएलबाट सुरु गरेर संसारभरी नै ख्रीष्टको निम्ति गवाही हुने (प्रेरित १:८; र रोमी १:१६ को “पहिले यहूदीका लागि” सित तुलना गर्नुहोस्)। तर समय बित्दै जाँदा सुरुका चेलाहरूले मण्डली सम्बन्धी सत्यता र रहस्य सम्बन्धी सत्यताको बारेमा झन्-झन् सिक्दै गए, र यी थप प्रकाशहरूले अनुग्रहको सुसमाचार र यस युगका निम्ति परमेश्वरको उद्देश्यको बारेमा उनीहरूको बुझाइलाई अझ गहिरो र गहकिलो बनाउन उनीहरूलाई थप मद्दत गर्यो। तर यी थप प्रकाशहरूमध्ये कुनैले पनि बौरिउठाइ र स्वर्गारोहण बीचको ४० दिनको अवधिभित्र उनीहरूलाई दिइएको ख्रीष्ट र उहाँको सुसमाचार प्रचार गर्नुपर्ने जिम्मेवारीको वास्तविक आदेशलाई कमजोर तुल्याउने काम गरेन।

“विश्वासप्रति आज्ञाकारी बनाउनालाई सबै जातिहरूलाई बताइएको छ”

यहाँ प्रयोग गरिएको भाषा झण्डै रोमी १:५ को जस्तै-जस्तै छ — “सबै जातिहरूका बीचमा विश्वासप्रति आज्ञापालन पैदा गराऔं भनेर”। सबै जातिबाटका सबै मानिसहरूलाई विश्वास गर्न र मुक्ति पाउन आज्ञा गरिएको छ (प्रेरित १७:२१ र १ यूहन्ना २:२३क)। जहाँसुकैका हरेक मानिसहरू प्रभु येशू ख्रीष्टमा विश्वास गरेर सुसमाचारको आज्ञा मान्न गर्न जिम्मेवार छन्। सुसमाचारको अवज्ञा गर्नेहरू अनन्त विनाशको दण्ड पाउनेछन् (२ थेस्सलोनिकी १:८-९)। परमेश्वरले उनीहरूलाई मुक्ति पाउन आज्ञा गर्नुभएको छ भनी हामीले मानिसहरूलाई जनाइदिनुपर्छ, र सुसमाचारको आज्ञा सुनेर सही प्रत्युत्तर दिन उनीहरूसित गम्भीरतापूर्वक बिन्ती गर्नुपर्छ (२ कोरिन्थी ५:१८-२१ सित तुलना गर्नुहोस्)। 

रोमी १६:२७

एक मात्र बुद्धिमान्

परमेश्वरलाई नै

येशू ख्रीष्टद्वारा

सदासर्वदा

महिमा भइरहोस्।

आमेन

सुसमाचारको योग्यको हिँडाइ आवश्यक छ।

“केवल तिमीहरूको चालचलन ख्रीष्टको सुसमाचारको योग्य होओस्” (फिलिप्पी १:२७)।

“कि उहाँलाई पूरा प्रसन्न गराउनालाई तिमीहरू प्रभुको योग्य चालमा हिँड, हरेक असल काममा फलदार हुँदै जाओ, र परमेश्वरलाई चिन्ने ज्ञानमा बढ्दै जाओ” (कलस्सी १:१०)।

“हामीलाई तिमीहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्यौं। तिमी विश्वास गर्नेहरूका बीचमा कति पवित्रता र धार्मिकतासहित र दोषरहित भई हामी चल्यौं, त्यस कुराका साक्षी तिमीहरू नै हौ, र परमेश्वर पनि हुनुहुन्छ” (१ थेस्सलोनिकी २:९-१०)।

“अन्तमा हे भाइहरूहो, हामी तीमीहरूलाई प्रभु येशूमा आग्रहपूर्वक बिन्ती गर्छौं र अर्ती दिन्छौं; तिमीहरूले कसरी चल्नुपर्छ, र परमेश्वरलाई खुशी पार्नुपर्छ, सो कुरा तिमीहरूले हामीबाट जसरी प्राप्त गरेका छौ, उसरी नै तिमीहरू झन्-झन् भरपूर हुँदै जाओ;” (१ थेस्सलोनिकी ४:१)।

“कमजोरहरूलाई खिँच्न सकूँ भनेर कमजोरहरूका निम्ति म कमजोरझैं भइदिएँ; कुनै न कुनै प्रकारले कतिलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका निम्ति सबै थोक भइदिएँ। अनि यो कुरा म सुसमाचारका निम्ति गर्दछु, म पनि यसमा सहभागी हुन सकूँ भनेर” (१ कोरिन्थी ९:२२-२३)।

“येशू ख्रीष्टको दास पावलबाट — जो प्रेरित हुनालाई बोलाइएको, परमेश्वरका सुसमाचारका निम्ति अलग पारिएको छ”(रोमी १:१)।

रोमी १६:१६-२४

रोमी १६:१६-२४

 

रोमी १६:१६ पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासीबीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीकामण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले।

नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरागर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७;यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले के यो अभिवादनउही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्नेहको अभिवादन थियो)? तर यो अभ्यासउही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p.1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमकोयो न्यानो र स्नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाईदर्शाउँछ” (हेन्ड्रिक्सन)।

आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिनेविकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)।

कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ।

“ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीचयस्तोनिकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा “जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)
एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)।

आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।

रोमी १६:१७-१८ अलगपनताको निम्ति आह्वान

लेखोटको यस बिन्दुमा आइपुगेरप्रसङ्ग एक्कासी बदलिन्छ। पावलले रोममा भएका विश्वासीहरूलाई एकपछि अर्कोलाई गरी अभिवादनहरू पठाउँदै थिए। एक्कासी उनी रोक्किन्छन्, मानौंपावललाई कुनै ज्यादै जरूरी कुराको याद आएको छ जुन कुरा यी विश्वासीहरूलाई उनीहरूको सुरक्षाको निम्ति उनीहरूसँग बाँड्नै परेको छ। यसले हामीलाई यहूदाको पत्रको सम्झना गराउँछ जहाँ यहूदाले जब साझा मुक्तिको बारेमा लेख्न हर प्रकारको प्रयत्न गर्दैथिए तबएक्कासी उनी विश्वास (खाँटी शिक्षा) का निम्ति यत्नपूर्वक सङ्घर्ष गर्नुपर्छ भन्ने अर्ती दिन र झूटा शिक्षकहरूदेखिहोशियार हुनुपर्छ भनेर लेख्नलाई विवश भए (यहूदा ३ देखिका पदहरू हेर्नुस्)।

पावलले यी पदहरूमा झूटा शिक्षकहरूको बारेमा अन्तिम चेताउनी र अर्ती दिन्छन् जसमा उनले विश्वासीहरूले आफैंलाई झूटा शिक्षकहरूबाट कसरी सुरक्षित राख्न सक्छन् भन्ने बारेमा दुई तरिकाहरू बताउँछन्। पहिलो हो, अलगपनता (१७ पद) र दोस्रो होविवेचना (१८ पद)

अलगपनता (१७ पद)

हामीले आफूलाई झूटा शिक्षकहरूदेखि सुरक्षितराख्न सक्ने पहिलो तरिका हो, अलगपनता। यस पदमा दुईटा आज्ञा छन्। यी दुईटा आज्ञाहरू पालन गरेर मात्र बाइबलीय अलगपनताको अभ्यास पूरा गर्न सकिन्छ। पहिलो आज्ञाचाहिँ चिन्नुभन्ने आज्ञा हो: तिनीहरूलाई चिनिराख! झूटा शिक्षक को हो भनेर नचिनेसम्म उनीहरूबाट अलग हुनु असम्भव छ। ऊ साँच्चै कस्तो हो भनेर पहिल्याउनैपर्छ अर्थात् उसको पहिचान गर्नैपर्छ। यो आज्ञा रोममा भएका “भाइहरू” लाई दिइएको हो, रोममा भएका एल्डरहरूलाईमात्र होइन र स्थानीय मण्डलीका अगुवा वर्गलाई मात्र होइन। हरेक विश्वासी यस प्रकारले खुट्ट्याउन सक्ने हुनुपर्छ। पावलले यसो भन्दैथिए: “तिनीहरूलाई औंल्याउन र पहिल्याउन सक्ने होऊ। निरन्तरसतर्क रहो, झूटा शिक्षा फैलाउन खोज्नेहरूलाई चिन्न सक्न जागा रहो (प्रेरित २०:२९-३१मा पावलले एफेससका एल्डरहरूलाई दिएका चेताउनीसँग तुलना गर्नुहोस्)।

पावलले अब ती झूटा शिक्षकहरूलाई पहिचान गर्न सक्नलाई केही सहायता गर्छन्।झूटा शिक्षकहरू “फाटो ल्याउने र ठक्कर खुवाउनेहरू” हुन्छन् भनेरउनीहरूको बयान गर्दछन्। परमेश्वरको वचनप्रति विश्वासयोग्य हुनेहरू र सहीअर्थमा “साँघुरो विचार” राख्नेहरू (बाइबल ज्यादै साँघुरो पुस्तक हो, मत्ती ७:१३-१४ सँग तुलना गर्नुहोस्), लाईफाटो ल्याउनेहरू भनी दोष लगाइनु धेरै सम्भव छ। “तिमी अलगपनतावादीहरू जहिल्यै ख्रीष्टको शरीरलाई सधैं टुक्र्याउने काम गर्छौ। किन तिमीहरू आफ्नो विश्वासमाकम कट्टरपन्थीर बढी प्रेमिलो हुँदैनौ?” इत्यादि। खासमा फाटो ल्याउनेहरू को हुन् पावलले सम्झना गराउँछन्: उनीहरू ती हुन्, जो सुम्पिएको शिक्षाकोविपरीतजान्छन्। अर्को शब्दमा भन्नुपर्दा, फाटो ल्याउनेहरू उनीहरू नै हुन् जो उत्पत्तिदेखि प्रकाशसम्मको लिखित परमेश्वरको वचनमा आज्ञाकारी र विश्वासयोग्य भएर उभिन इन्कार गर्छन्। परमेश्वरको दृष्टिकोणमा, त्यो साँचो जगलाई छोडेरअन्यत्रजानेहरू नै फाटो ल्याउनेहरू हुन्। उनीहरू सत्यताको ठोस चट्टानबाट बाहिर जानु हुँदैनथियो!

ती झूटा शिक्षकहरूले रोमका विश्वासीहरूले ग्रहण गरेका शिक्षाको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउने कार्य गरिरहेका थिए। यहाँ “विपरीत” भनेर अनूदित शब्द ग्रीकमा “पारा” भन्ने एउटा नामयोगी शब्द हो जसलाई साधारणतया “सँगसँगै” भनेर अनुवाद गरिन्छ। झूटो शिक्षा सत्यताको नजिक-नजिक पुग्छ र त्यसको सँगसँगै आउँछ। झूटो शिक्षा सत्य कुराको नजिक रहेर आउँछ तरैपनि सत्यतासँग कहिल्यै मेल खाँदैन। तर यो एकदम नजिक भएर हिँड्छ र एकदम धूर्त हुन्छ। पावलले रोमका विश्वासीहरूले शिक्षालाई पर्याप्त रूपमा सिकेर झूटलाई सत्यबाट छुट्टाउन र त्यसद्वारा झूटा शिक्षकहरूलाई चिनिराख्न उनीहरू सक्षम होउन् भन्ने चाहन्थे। झूट र सत्य धेरै कुराहरूमा एउटै देखिए तापनि कुनचाहिँ झूटा हो र कुनचाहिँ सत्य हो भनी भिन्नता बताउनलाई उनीहरू एकदम कौशल हुनु खाँचो थियो। आज थुप्रै मण्डलीहरूमा एउटा समस्या यो छ कि साँचो शिक्षाको विपरीत सिकाइरहेको मान्छेलाई राम्ररी पहिचान गर्न सक्नका निम्ति मानिसहरूलाई पर्याप्त शिक्षाको ज्ञान छैन।

झूटा शिक्षकलाई चिनेपछि त्यसपछिको कदम के हो? यसले हामीलाई दोस्रो आज्ञा तर्फ डोर्याउँछ जुन आज्ञा चाहिँ पृथक्करणको आज्ञा हो: टाढा बस! यसको अक्षरशः अर्थ यो हुन्छ, “तिनीहरूबाट अन्तै फर्किऊ”। हामी केवल उनीहरूको शिक्षाबाट मात्रै होइन तर उनीहरूबाट नै अलग हुन भनिएको कुरालाई ध्यान दिनुहोस्। अल्भा म्याक्लेनले यसरी भनेका छन्, “उनीहरूबाट जतिसक्दो हुन्छ टाढै बस्नुहोस्।”

झूटो शिक्षा सिकाउनेहरूको बारेमा, नयाँ नियमले अन्य ठाउँहरूमा हामीलाई के भन्दछ, हेर्नुहोस्:

त्यो श्रापित होओस् (गलाती १:८-९)
यस्ताहरूबाट पर बस (२ तिमोथी ३:५)
पहिलो र दोस्रो चेताउनी दिएपछि विभाजन ल्याउने मानिसलाई रद्द गर (तीतस ३:१०)
यदि कोही तिमीहरूकहाँ आउँछ र यही शिक्षा ल्याउँदैन भने त्यसलाई आफ्नोघरभित्र स्वागत नगर… (२ यूहन्ना १०)।
यी हरेक खण्डहरूको हरेक आज्ञालाई ठीकसँग बुझ्न र पालन गर्न तिनका सन्दर्भ अनुसार अध्ययन गरिनुपर्छ।

प्रवेश (१८ पद)

यहाँ १८ पदले माग गरेको विवेचनाको दुईटा पक्ष छ। पहिलो, उनीहरूको अभिप्रायभित्र प्रवेश (“त्यस्ता मानिसहरू हाम्रा प्रभु येशू ख्रीष्टको सेवा गर्दैनन्, तर आफ्नै पेटको सेवा गर्दछन्”) र दोस्रो, उनीहरूको तरिकाहरूभित्र प्रवेश (अनि मीठा मोली र चिप्ला कुराहरूद्वारा सीधा-सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्)।

उनीहरूको अभिप्रायको विवेचना:

हामीहरू खोक्रो दाबीको सहतमुनिछिर्नुपर्छ। उनीहरूले ख्रीष्टको सेवा गर्ने दाबी गरे, तर पावल उनीहरूको साँचो अभिप्रायभित्र प्रवेश गरे। उनीहरूले ख्रीष्टको सेवा गर्छन् भनी तिनले इन्कार गरे, तर बरू उनीहरूले आफ्नै पेटको सेवा गर्छन् भनी पहिचान गरे। उनीहरूले आफ्नै सेवा गरिरहेका छन् भनेर व्यक्ति गर्ने यो निकै कडा तरिका हो। “पेट” भन्ने शब्द ग्रीकमा “खोक्रो” भनिने अर्थ बोक्ने शब्दबाट आउँछ (नयाँ नियममा गर्भ भनी प्रयोग गरिएको)। यूहन्ना ७:३८ मा मानिसको सबभन्दा भित्री भागको लाक्षणिक अर्थमा यो शब्दको प्रयोग गरिएको छ। फिलिप्पी ३:१८-१९ मा पावलले यस शब्दावलीलाई ख्रीष्टको शत्रुहरूको वर्णन गर्न प्रयोग गरेकाछन्: “तिनीहरूको ईश्वर पेट हो।” अधिकांश व्यक्तिहरूले आज ख्रीष्टको सेवा गरेको दाबी गर्दछन् तर वास्तवमा व्यक्तिगत लाभ र नामको निम्ति संघर्ष गरिरहेका हुन्छन्। उनीहरूले ख्रीष्टको नाम र सम्मानको कुनै पर्वाह गर्दैनन्। उनीहरूले परमेश्वरलाई होइन तर आफ्नै सेवा गर्दै आफैंलाई खुशी बनाउँदैछन्।

उनीहरूको तरिकाहरूभित्र प्रवेश:

उनीहरू सोझा (अक्षरश: “दुष्टता नभएको”, निर्दोष, शङ्का नगर्ने व्यक्ति) हृदयहरूलाई ठग्छन्। शिकार बनेका यी व्यक्तिहरू खतरादेखि सतर्क नभईकन छिट्टै विश्वास गर्ने सोझा व्यक्तिहरू हुन्। यस्ता व्यक्तिहरूलाई ती झूटा शिक्षकहरूले कसरी धोका दिन्छन्? तिनीहरूले राम्रा शब्दहरू (हो झैं भान पार्ने र राम्रा सुनिने शब्दहरू) र मीठाबोलीहरू (सुसस्कृत भाषा) द्वारा धोका दिने गर्छन्। झूटा शिक्षकहरू कुरा गर्न एकदम सिपालु हुन्छन्! उनीहरूको बोलीमा विष हुन्छ तर त्यो सुन्दर थालमा पस्किएको हुन्छ। तिनीहरू ज्यादैचिप्ला बोली बोल्नेहरू हुन्। तिनीहरू झूटलाईआकर्षक बनाउन सिपालु हुन्छन्। त्यो पुरानो साँपको बोलीलाई सम्झनुस् (उत्पत्ति ३) जुन बोलीले हव्वालाई मोहित पारेको थियो। हामी तिनीहरूको चिप्लो र कर्णप्रियबोलीकोसतहमुनिछिर्नुपर्छ र साँपकोआवाजलाई छुट्ट्याउनुपर्छ। त्यस्ता मानिसहरूलाई चिन्नुपर्छ र उनीहरूबाट टाढा बस्नुपर्छ!

रोमी १६:१९

मुक्ति नपाएका झूटा शिक्षकहरूको बिरुद्धमा कडा चेताउनी दिसकेपछि, पावलले रोमीलाई असल र खराब प्रतिको उनीहरूको जिम्मेवारीका विषयमा अर्ती दिन्छन्। सर्वप्रथम उनले उनीहरूको विश्वासयोग्यताको टिप्पणी गर्छन् (उनीहरू झूटा शिक्षाको शिकार भएका थिएनन्) “तिमीहरूको आज्ञापालनको कुरा सबैकहाँ फैलिएको छ।” रोममा भएका विश्वासीहरू उनीहरूको विश्वासको निम्ति प्रख्यात थिए भन्ने कुरा हामीले पहिल्यै हेरिसक्यौं (रोमी १:८)। जहाँ विश्वास हुन्छ, त्यहाँ आज्ञापालन पनि हुन्छ: “अब्राहामले…विश्वासद्वारा आज्ञापालन गरे” (हिब्रू ११:८)। झूटा शिक्षाबाट बचाउने सबभन्दा प्रभावकारी प्रतिकारात्मक औषधि भनेकै परमेश्वरको वचन पालन गर्नु हो (रोमी ६:१७ हेर्नुहोस्)। उनीहरूको आज्ञाकारिताले पावललाई खुशी र आनन्दित तुल्यायो (प्रेरित यूहन्ना पनि विश्वासीहरूको आज्ञाकारिताको कारणले खुशी भएका थिए, ३ यूहन्ना ३-४)। रोमका विश्वासीहरू साम्राज्यकै मुटुमा अवस्थित भएका हुनाले सुसमाचार विस्तारको लागि रणनीतिका दृष्टिले तिनीहरूले एकदम महत्त्वपूर्ण स्थान ओगटेका थिए र अर्कोतिर उनीहरूको विश्वास दूषित भएको खण्डमात्यसबाट पर्ने असर पनि भयङ्कर हुन सक्थ्यो। अन्ततः इतिहासमा यस्तै भयो पनि। ख्रीष्टियनमतबाट विकास भएको सबैभन्दा नराम्रो असर पार्ने दूषित धर्म प्रणालीमा “रोमी” वा अङ्ग्रेजीमा “रोमन” भन्ने नाम पाइन्छ, अर्थात् रोमन क्याथोलिक मण्डली!

यी विश्वासीका निम्ति पावलको ठूलो इच्छा भनेको उनीहरू “असल कुराका निम्ति बुद्धिमान र खराब कुराका निम्ति सोझा” बनून् भन्ने थियो। “असल कुराका निम्ति बुद्धिमान” बन्नु भनेको “परमेश्वरको सत्यको वचन निरन्तर अध्ययन गर्नु होसाथै हाम्रा वरिपरि देखिने जीवनहरूमा र हामीले पढ्ने गरेकालेखकहरूका जीवन तथा कामहरूमा कुन-कुन कुरा असल छन् भनेर ध्यानपूर्वक अवलोकन गर्नु र तिनलाई मान्यता दिनु हो। पावलले यस कुराको सार फिलिप्पी ४:८ व्यक्त गरेका छन्” (न्यूवेल)। के असल हो, को असल छ, र कसरी असल बन्ने भन्ने सवालमा हामी होशियार चेलाहरू बनेको परमेश्वर चाहनुहुन्छ। परमेश्वरको असल इच्छा के हो भनेर हामीहरूले बारम्बार जाँच्नुपर्छ (रोमी १२:२), असल कुरालाई पछ्याइरहनुपर्छ (१ थेस्सलोनिकी ५:१५; १ पत्रुस ३:१३), खराब कुरालाई पन्साइरहनुपर्छ (१ पत्रुस ३:११-“तर्कोस्”), असल काममा भरपूर हुनुपर्छ (२ कोरिन्थी ९:८; एफेसी २:१०; २ थेस्सलोनिकी २:१७; २ तिमोथी ३:१७; तीतस ३:१) र त्यसमा फलवान हुँदै जानुपर्छ (कलस्सी १:१०)।

“खराबका निम्ति सोझा” बन्नु भनेकोचाहिँ कुनै न कुनै अर्थमा “असल कुराका निम्ति बुद्धिमान” बन्नुको उल्टो हुनुपर्छ। हामीहरू खराबका निम्ति बुद्धिमान हुनुहुँदैन। हामीहरू खराब कुराका निम्ति असल तरिकाले सोझा (निर्दोष, ज्ञान नभएको) हुनुपर्छ। हामीहरूले संसार कति भ्रष्ट छ भन्ने अनुभव खोज्न व्यक्तिगत रूपमा जाँचपड्ताल गर्दै दुष्टताको बारेमा अध्ययन गर्न बाहिर संसारमा जानुहुँदैन। ज्ञान र समझको सवालमा, हामीहरू पाको र उमेरदार हुनुपर्छ, तर दुष्टता र भ्रष्टताको सवालमा, हामीहरू साह्रै नाबालक र ज्ञान नभएको हुनुपर्छ (१ कोरिन्थी १४:२०)। यदि कुनै भ्रष्ट टेलिभिजन कार्यक्रम छ भने, एउटा विश्वासीले सोको बारेमा अरूलाई चेताउनी दिनलाई आफै थाह गर्छु भन्दै उक्त कार्यक्रम हेर्नु हुँदैन। “थुप्रै ख्रीष्टियनहरूले आधुनिक संस्कृतिको बारेमा विश्लेषण गर्न सक्ने हुन र संसारिकहरूलाई गवाही दिन तयार हुनको निम्ति संसारको मार्गहरूको बारेमा परिचित हुनुपर्छ भनी खराब चलचित्रहरू र टेलिभिजन कार्यक्रमहरूको हेर्ने कुरालाई तर्कसङ्गत बनाउन खोज्छन्। तर फोहोरको थुप्रो कति फोहोर छ भनी थाह गर्न त्यसको बीचबाट भएर हिँड्नु पर्दैन, र जति हामी त्यसको वरिपरि हुन्छौं, उति नै हामीमा त्यसको गन्ध रहेको हुन्छ। जति स्वेच्छाले हामी दुष्टसँग नजिक हुन्छौं, उति नै त्यसले हामीलाई त्यसकै स्तरमा घिसारेर लैजान्छ” (म्याकर्थर)। हामीले “खराब कुरालाई घृणा” गर्नुपर्छ (रोमी १२:९) र यसको बारेमा जाँचपड्ताल गर्न यसको नजिकमा जानुहुँदै तर डराउँदै यसबाट पछाडि हट्नुपर्छ। हाम्रो उद्देश्य भनेको यसबाट जति सक्दो टाढो जानु हो, र “शरीरद्वारा कलङ्कित भएको वस्त्रलाई पनि घृणा” गर्नु हो (यहूदा २३)।

“सोझा” शब्दको अक्षरश: अर्थ “अमिश्रित” वा “मिश्रण नभएको” हुन्छ। यो शब्दचाहिँ “मिसाउनु, मिश्रण गर्नु, पानी र दाखरस मिसाउनु” भन्ने क्रिया शब्द (“केरान्नुमी”) बाट आउँछ र यसको अगाडि उपसर्गको रूपमा ग्रीक अक्षर अल्फा (“अ”) जोडिएको छ जसले यसलाई विपरीत अर्थमा ढाल्छ।फलस्वरूप यसको अर्थ हुन्छ, “दुष्टताको मिश्रण नभएको, दोषबाट अलग, निर्दोष, सोझा” (थेयर)। यो शब्द पानी नमिसिएको दाखरस (विशुद्ध दाखरस) र मिश्रण नगरिएको धातु (चोखो धातु)लाई जनाउन प्रयोग गरिन्छ। नयाँ नियममा यो अरू दुई ठाउँमा प्रयोग गरिएको छ—१)फिलिप्पी २:१५, “कि तिमीहरू निर्दोष र सोझो (अङ्ग्रेजी KJV मा harmless, कुनै हानि नगर्ने) होओ टेढा र भ्रष्ट पुस्ताका बीचमा परमेश्वरका निष्कलङ्क सन्तानहरू होओ…” २)मत्ती १०:१६ “यसकारण तिमीहरू साँपहरूजस्तै चतुर र ढुकुरहरूजस्तै सोझा होओ”। पवित्र-शास्त्रमा ढुकुर भनेको शुद्धताको चित्रण हो। श्रेष्ठगीत ६:९ मा ढुकुर शब्दलाई “निष्कलङ्क” शब्दको समानान्तर रूपमा प्रयोग गरिएको छ र मत्ती ३:१६ माचाहिँ यो पवित्र आत्माको सङ्केत हो।

रोमी १६:२०

यस पदमा शैतानसँगको हाम्रो युद्ध छिट्टै पूर्ण र अन्तिम निष्कर्षमा आइपुग्नेछ भन्ने अचम्मको प्रतिज्ञाविश्वासीहरूलाई दिइएको छ जसमा शैतान पूर्ण रूपले हराइनेछ र परमेश्वरका जनहरू महिमापूर्ण विजयमा सहभागी हुनेछन्। उहाँ “शान्तिका परमेश्वर” हुनुहुन्छ, अर्थात् उहाँले मात्र शैतानसँगको युद्धको अन्त्य गर्नुभई पवित्रजनहरूलाई शान्ति दिनुहुनेछ (युद्धको अन्त्य, झगडाबाट स्वतन्त्र भन्ने अर्थमा “शान्ति”)। निश्चय पनि परमेश्वरका जनहरूले अहिले पनि परमेश्वरको शान्तिमा आनन्द मनाउँछन् (यूहन्ना १४:२७), तर यस पदमा भएको प्रतिज्ञाको प्रकाश अनुसार, पावलले सम्भवत: शैतानको हारद्वारा विश्वासीहरूले प्राप्त गर्ने आखिरी शान्तिको बारेमा सोचिरहेका थिए।

यो प्रतिज्ञा सोझै उत्पत्ति ३:१५ को सङ्केतहो जहाँ स्त्रीको सन्तान (ख्रीष्ट) ले शैतानको शिर कुच्च्याउनुहुनेछ (घातकप्रहार), र शैतानले ख्रीष्टको कुर्कुच्चा डस्नेछ वा दबाउनेछ (कलवरीको क्रूस) भनी हामीलाई बताइएको छ। हाम्रा प्राणहरूको प्रधानशत्रुमाथि परमेश्वरले कुच्च्याउने किसिमको चोट लगाउनुहुनेछ, र हामी शैतानमाथिको प्रभुको विजयमा सहभागी हुनेछौं। जोहरू “साझा-हकवालाहरू” हुन् (रोमी ८:१७), उनीहरू साझा-विजयीहरू पनि हुन्। ऊ “तिमीहरूका पाउमनि” कुल्चाइनेछ। जब इस्राएलीहरू विरोधी राजाहरूमाथि विजयी हुन्थे, तब तिनहरूको घाँटीमाथि आफ्ना खुट्टा दबाएर महान् विजयको चित्रण दिनेगर्दथे (यहोशू १०:२४)। परमेश्वरले शैतानमाथिको उहाँको विजयमा विश्वासीहरूलाई खुशी मनाउन स्वागत गर्नुहुन्छ।

शैतानको यो ठूलो पराजय हुने कहिले हो? यो “चाँडै, छिट्टै, एकैछिनमा, शीघ्र” हुनेछ। युद्ध गाह्रो भए तापनि लामो हुनेछैन भनी विश्वासीहरूलाई उत्साह दिइएको छ। यसको अन्त्य छिट्टै हुनेछ भनी हामीले आशा गर्न सक्छौं। शैतानको समय छोटो छ र उसको हार निश्चित छ।

हामी भविष्यवाणीहरूद्वारा जान्दछौं,सङ्कष्टकालको मध्यविन्दुमा शैतान तेस्रो स्वर्गबाट निष्कासन गरिनेछ र समय छोटो छ भनी जानेर संसारमा आफ्नो क्रोध पोख्नेछ(प्रकाश १२:१२)। आफ्नो विनाश नजिकै छ भन्ने कुरा उसलाई थाह छ। साँढे तीन वर्षपछि ऊ अथाह कुण्डमा फ्याँकिनेछ जुन बेला ऊ हजार वर्षको राज्यका पवित्र जनहरूको “पाउमनि” वास्तवमै हुनेछ। उसको अन्तिम र अनन्त विनाशचाहिँ प्रकाश २०:१० मा वर्णन गरिएको छ (मत्ती २५:४१ सित पनि तुलना गर्नुहोस्)।

शैतान कलवरीमा पराजित भईसकेका भए तापनि, पावलले रोमीहरूलाई यो पत्र लेख्दा आजको दिनमा जस्तै ऊ अझै सक्रियरभयानक शत्रुको रूपमै थियो (१ पत्रुस ५:८-९; १ यूहन्ना ४:४)। पहिलो शताब्दीका विश्वासीहरू लगायत आजका विश्वासीहरू पनि आनन्द भई येशू ख्रीष्टको पुनरागमनको बाटो हेरिरहेका छन् (तीतस २:१३; रोमी १३:११; १ कोरिन्थी १:७ इत्यादि)। हामी जान्दछौं, यो घटना घटेपछि (र यो घटना जुनसुकै बेला पनि घट्न सक्छ अर्थात् यो सन्निकट वा अङ्ग्रेजीमा imminent छ), शैतानको हार छिट्टै हुनेछ। यही सन्निकटता (imminency) कोदृष्टिले शैतानको हार “छिट्टै” हुनेछ भनी हामी भन्नसक्छौं। मण्डली युगको कुनै पनि समयमा बाँचेका विश्वासीहरू ख्रीष्टको शीघ्र आगमन र शैतानको शीघ्र हारको तथ्यले उत्साहित हुनुपर्छ।

“छिट्टै” वा “चाँडै” शब्दावली प्रकाश १:१ र २२:६ मा पनि पाइन्छ—“चाँडै हुनेपर्ने कुराहरू”। सङ्कष्टकाल भनेको भविष्यमा हुने कुरा होइन तर इतिहासमै अर्थात् ई.सं. ७०मा यरूशलेम ध्वस्त हुँदा पूरा भइसक्यो भनी विश्वास गर्ने कोही-कोही छन्। त्यही समयमा नै प्रकाशको पुस्तकमा उल्लेखित अधिकांश भविष्यवाणीहरू पूरा भए भनी उनीहरू विश्वास गर्दछन्। तर रोमी १६:२० ले त्यस्तो विचारको विपरीतमा तर्क प्रदान गर्दछ। निश्चय पनि आज शैतान सक्रियर भयानक शत्रु हो र उसले अहिलेसम्म उसलाई कुल्चने र खतम गर्ने मुक्का खान बाँकी नै छ, तरै पनि छिट्टै नै त्यसो हुनेछ भनी पावलले प्रतिज्ञा गरेको झण्डै २००० वर्ष भइसक्यो! तरै पनि, त्यसबेलाको र अहिलेको विश्वासीको दृष्टिकोणमा, यो घटना “छिट्टै” नै हुने घटना हो भनेर प्रतीक्षा गर्न सकिन्छ।

मैले, ग्यारी डेमार (Gary DeMar) लाई एउटा प्रश्न लेखेर पठाएको थिएँ, जोचाहिँ एक प्रमुख लेखक, प्रबन्धवादकाविरोधी र अधिकांश भविष्यवाणीहरू विगतमै, अर्थात्, ई.सं. ७० तिर नै पूरा भइसके भन्ने व्याख्याकासमर्थक हुन्। मैले उहाँलाई रोमी १६:२०को आधारमा शैतानकहिले कुल्चाइनेछ भनी विश्वास गर्नुहुन्छ भनी प्रश्न गरेको थिएँ। उक्त कुरा ई.सं. ७० मै पूरा भइसक्यो भनी विश्वास गर्नुहुन्छ कि भनेर पनि प्रश्न गरेको थिएँ। उहाँको प्रतिकृया यस्तो थियो:

मूल प्रसङ्ग रोमी ख्रीष्टियनहरूकोछजसलाई पावलले यहाँ लेख्दैथिए (“तिम्रा पाउहरू” भनेको “तिनीहरूका पाउहरू” होइनन्, अर्थात्, पावलले पत्र लेखेको समयभन्दा बाहिरका मानिसका पाउहरू होइनन्)। कुल्चाउने कार्य “छिट्टै” घट्नेवाला थियो। “छिट्टै” भनेको “छिट्टै” नै हो। झण्डै २००० वर्ष बितिसकेको छ। पावलले जे वर्णन गरिरहेका थिए, त्यो इतिहास भइसक्यो। शैतान भन्नाले विश्वास नगर्ने यहूदीहरूलाई पनि जनाउन सक्छ जसलाई “शैतानको सभाघर” भनी प्रकाशको पुस्तकले वर्णन गर्दछ (प्रकाश २:९; ३:९), उनीहरू नै शैतानसँग सम्बन्धित छन् भनी येशूले यूहन्ना ८:४४ मा उनीहरूको बयान गर्नुभयो (“तिमीहरू आफ्ना बाबु शैतानबाटका हौ”)। पावलले लेखेका छन् कि “यहूदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे, र हामीलाई सताएका छन्; अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन्; अनि सधैं आफ्ना पापहरूको नापो भर्नालाई तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्; तर तिनीहरूमाथि भयानक क्रोध आएको छ” (१ थेस्सलोनिकी २:१४-१६)। यो “क्रोध” नै सायद पावलले बताएका कुल्चाउने विषयको लाक्षणिक माने हुन सक्छ। (सन् २१ मे, २००१)

यहाँ याद गर्नुहोस्, डेमारले अक्षरश: रूपमा “छिट्टै” भन्ने शब्दलाई बुझ्न खोज्दा उनी अर्थको साह्रै अनर्थ हुने गरी बुझ्न बाध्य भएका छन्। तिनले भन्छन् “छिट्टै” भनेको “छिट्टै” हो तर त्यसपछि तिनले शैतान भनेको शैतान होइन तर ई.सं. ७०मा नाश भएका विश्वास नगर्ने यहूदीहरूको लाक्षणिक अर्थ मात्र हो भन्छन्। भूतकालीक (पूरा भईसक्यो भन्ने “प्रिटेरिस्ट”) दृष्टिकोण राख्नेहरूबीच प्रायः पाइने व्याख्या यही हो। अधिकांश भविष्यवाणीहरू पहिलो शताब्दीमै पूरा भए भन्ने अर्थ लगाउन खोज्दा यसले निजलाई धेरै भविष्यवाणीहरू एकदम अनर्थ तरिकाले लिन बाध्य गराउँछ।

रोमी १६:२१-२४

यस अध्यायको पहिलो खण्डमा पावलले रोममा भएका विभिन्न विश्वासीहरूलाई व्यक्तिगत सलाम पठाएका छन्। यस खण्डमा, पावलले आफूसँग कोरिन्थमा भएका सहकर्मीहरूबाट रोमीहरूलाई सलाम व्यक्त गर्दछन्। रोमीको पुस्तक पावलको तेस्रो मिसनरी यात्राको अन्ततिर कोरिन्थबाट लेखिएको थियो।

पावलले तिनका विश्वासयोग्य सहकर्मी तिमोथीको उल्लेख गर्दछन्, जो विश्वासमा तिनका आफ्नै छोरा थिए (फिलिप्पी २:१९-२०; १ तिमोथी १:२)। तिमोथीको निम्ति मृत्युसम्मै पनि पावलको हृदयमा न्यानो स्थान थियो। तिनका अन्तिम अभिलिखित शब्दहरूमा, पावलले दुई पटक तिमोथीलाई फेरि भेट्ने इच्छा प्रकट गर्दछन् (२ तिमोथी ४:९,२१)। लुसियसचाहिँ सम्भवत: प्रेरित १३:१ मा उल्लेख गरिएका एन्टिओक मण्डलीका अगमवक्ताहरू र शिक्षकहरूमध्येकै लुसियस हुन सक्छन्। कति (जस्तै, म्याकर्थर) ले लुसियसचाहिँ लूका नै हुन् भनी ठान्दछन्। यासोनचाहिँ प्रेरित १७:५-९ मा उल्लेख भएकै व्यक्ति हुन सक्छन् जसले पावल र सिलासलाई पाहुना राखेका थिए र जसको घर भीडहरूद्वारा आक्रमण गरिएको थियो। सोसिपाटरचाहिँ प्रेरित २०:४-६ मा सोपट्रोस भनी कहलिएका व्यक्ति हुन सम्भव छ, र यदि उनी नै हुन् भने उनीचाहिँ प्रेरित १७:१०-१२का उत्तम बेरियालीहरू मध्ये एक हुनुपर्छ। २१ पदमा उल्लेख गरिएका अन्तिम तीन नामहरू पावलका “आफन्तहरू” भनिएकोले उनीहरू यहूदीहरू थिए भन्ने बुझिन्च (रोमी १६:७ मा भएको “आफन्तहरू” अन्तर्गतको हाम्रो टिप्पणी हेर्नुहोस्)। अनि यस कुराले पनि यहाँ उल्लेखित लुसियस लूका होइनन् भन्ने रायको समर्थन गर्दछ (लूका अन्यजाति थिए)।

रोमीको पुस्तकमा पावलले नलेखेका एउटै मात्र पदचाहिँ २२ पद हो! टेर्टियस पावलका लेखनदास थिए। पावलले पवित्र आत्माले चलाइए अनुसार बोल्दथे (२ पत्रुस १:२१सँग तुलना गर्नुहोस्) र टेर्टियसलेचाहिँ उनले जे भन्छन् त्यही कुराहरू टिपोट गर्दथे वा जस्ताको त्यस्तै उतार्ने गर्दथे। तर यहाँ पावलले टेर्टियसलाई आफ्नै निम्ति बोल्ने र रोमका विश्वासीहरूलाई सलाम पठाउने अनुमति दिए। पावलले आफ्ना पत्रहरू साधारणतया अरूलाई लेख्न लाउँथे भन्ने देखिन्छ, सायद उनका आँखाको समस्याले गर्दा, जसको कारण उनले आफैले लेख्नुपर्दा ठूला-ठूला अक्षरहरूमा लेख्न उनी बाध्य हुन्थे(गलाती ६:११)। आफ्ना पत्रहरूको अन्त्यमा पावलले साधारणतया आफ्नै हातले लेखेर अभिवादन गर्ने गर्दथे र यसरी उक्त पत्र पावलकैहो भनी प्रमाणिकरण हुन्थ्यो (२ थेस्सलोनिकी ३:१७ र गलाती ६:११)। तिनले विश्वासीजनहरूलाई “प्रभुमा” अभिवादन गरे। विश्वासीहरूलाई आपसमा एक बनाउन सक्नुहुने केवल मण्डलीका शिर, धन्य प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ।

गायस (२३ पद) उनको पाहुना सत्कार गर्ने कामका निम्ति चिनिएका थिए, र तिनले पावललाई मात्र होइन तर सम्पूर्ण मण्डलीलाई पनि सत्कार गरेका थिए। “यहाँ एकजना भाइ छन् जसको सत्कारले सम्पूर्ण पवित्रजनहरूलाई स्वागत गर्दछ। भाइहरूहो, यदि तपाईं परमेश्वरका जनहरूका निम्ति आशिषको सहयोगी बन्ने तृष्णा गर्नुहुन्छ भने, गायस बन्नुहोस्! आफूसँग भएका थोकहरूलाई आफ्नै जस्तो होइन तर ख्रीष्टको जस्तो ठान्नुहोस्;जसको कारण ख्रीष्टका आफ्नाहरूले स्वतन्त्रतापूर्वक प्रयोग गरिन सकियोस्” (न्यूवेल)। सायद १ कोरिन्थी १:१४मा उल्लेख गरिएका व्यक्ति उनी नै थिए, जसलाई पावलले बप्तिस्मा दिएका थिए (पावलले रोमीको पत्र कोरिन्थबाट नै लेखेका हुन्।)कतिले तिनलाई प्रेरित १८:७का जस्ट हुन् भनी ठानेका छन्। सम्भवतः गायस एक धनी र ठूलाठाला मानिस थिए जसको घर विश्वासीहरू उपासना गर्नको निम्ति जुट्नलाईपुग्ने गरीफराकिलो थियो।

एरास्टस (२३ पद) कोरिन्थ शहरका खजाञ्ची थिए। यो “ओइकोनोमोस” (oikonomos: अङ्ग्रेजी इकोनोमी भन्ने शब्दसित तुलना गर्नुहोस्) शब्द हो जसको अर्थ “घरको अध्यक्ष, भण्डारी” अथवा यस अर्थमा “शहरको आर्थिक पर्यवेक्षक”। यही शब्दबाट हामीले “प्रबन्ध” भन्ने शब्दावली पाउँछौं। एरास्टस एक भन्दा बेसी तरिकाद्वारा प्रबन्धवादी थिए। उनी शहरको आर्थिक कुरामा विश्वास गरिएका थिए र त्यो भन्दा महत्त्वपूर्ण, विश्वासीको रूपमा परमेश्वरको अनुग्रह प्रकट गर्ने र प्रदर्शन गर्ने जिम्मेवारीमा पनि विश्वास गरिएका थिए (एफेसी ३:२)। एरास्टस ठूलो दर्जा र राजनैतिक प्रभाव भएका मानिस थिए, र त्यस्ता मानिसहरूले शहरका शासकका सामु गवाही हुने अति राम्रो अवसर पाएका हुन्छन्। हामीलाई परमेश्वरले उच्च दर्जा वा सानो दर्जा, जहाँसुकै राख्नुभए तापनि हामी ख्रीष्टको निम्ति चम्कन सकौं (फिलिप्पी २:१५)।

कुआर्टस (२३ पद) सायद उच्चकोटिकामानिस थिएनन्, तर तिनी ख्रीष्टमा प्रिय भाइ थिए र पावलले रोमीहरूलाई कुआर्टसको तर्फबाट हृदयदेखिको अभिवादन पठाए। ख्रीष्टले हामीलाई “भाइ” भन्न लजाउनुहुन्न भन्ने कुरामा हामी कति धन्यवादी हुनुपर्ने हो (हिब्रू २:११)। अभिवादनहरू पठाउने क्रममा कुआर्टस पावलका अन्तिम मित्र थिए।

२४ पदमा पावलले २० पदको जस्तै आशीर्वाद दिन्छन्। दुईटा आशीर्वादहरू एकदम नजिक हुनु भनेको पावलको शैलीसित नमिल्ने कुरा होइन (२ थेस्सलोनिकी ३:१६,१८ हेर्नुहोस्)। ख्रीष्टमा विश्वासीहरूले उनीहरूलाई अनुग्रहको परमेश्वर र परमेश्वरको अनुग्रहको बारेमा बारम्बार सम्झना गराइनु नराम्रो होइन (२ कोरिन्थी ९:८; २ तिमोथी २:१सँग तुलना गर्नुहोस्)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १६:७-१५

रोमी १६:७-१५

रोमी अध्याय १६

रोमी १६:७

यस पदमा उल्लेखित दोस्रो नामले पुरुष (हुन् भने युनियस) लाई हो कि स्त्री (हुन् भने युनिया) लाई जनाउँछ भन्ने कुरामा केही अनिश्चयता छ, मौलिक ग्रीक शब्दलाई कसरी उच्चारण गरिन्छ त्यसले फरक पर्ने भएकोले।) यदि यी व्यक्ति स्त्री हुन् भने एन्ड्रोनिकस र युनिया पति-पत्नी हुन सक्छन्। यी दुई विश्वासीहरूको बारेमा पावलले हामीलाई ४ ओटा रोचक कुरा बताउँछन्: 1. तिनीहरू पावलका “आफन्तहरू” थिए। यो शब्द कति ठाउँमा नजिकको रगतको नातेदारलाई जनाउन प्रयोग गरिएको छ, जस्तै: मर्कूस ६:४, लूका १:३६ (मरियमकी “नातादार इलिशिबा”, लूका १:५८, लूका २:४४; लूका १४:१२, लूका २१:१६, यूहन्ना १८:२६ र प्रेरित १०:२४। रोमी ९:३ मा पावलले इस्राएलीहरूलाई “शरीर अनुसार मेरा आफन्तहरू” भन्दै माथिको भन्दा फराकिलो अर्थमा यो शब्दको प्रयोग गर्दछन्। रोमी १६ मा पावलले यो शब्द तीन पटक प्रयोग गर्दछन् (७,११,२१ पदहरू) र उनले आफ्‍ना आफन्तको रूपमा छ जनालाई उल्लेख गर्छन्। के यसको माने यी मानिसहरू यहूदी भएकाले एकअर्कासित नाता जोडिएका सङ्गी इस्राएलीहरू हुन् भन्ने हो? कि पावलले यहाँ त्योभन्दा नजिकको नाताको कुरा गरिरहेका हुन्? पूर्ख्यौली हिसाबले पावल त टार्ससबाटका थिए अनि रोममा उनका छ-छ जना नजिकका नातेदारहरू हुनु त असाधारण कुरा मान्नुपर्छ, त्यसैले यो शब्दलाई फराकिलो अर्थमा बुझ्नु उचित होला। पावलले प्रत्येक यहूदीलाई आफ्‍ना “आफन्त” भनी अभिवादन गरेनन् किनभने ३ पदमा प्रिस्किल्ला र अक्विला दुवैजना यहूदीहरू थिए तर पावलले उनीहरूलाई “आफन्तहरू” भनी भनेनन्। यदि यो शब्दावलीले यी छ जना मानिसहरू इस्राएलीहरू हुन् भन्ने कुरा जनाउँदछ भने, यो कुरा रोचक कुरा हो कि पावलले मण्डलीलाई सम्बोधन गर्दा उनले त्यहाँ भएका केही यहूदीहरूलाई विशेष रूपमा उल्लेख गरे। यसले गलाती ६:१६ लाई बुझ्न मदत गर्न सक्छ, जहाँ पावलले “परमेश्वरको इस्राएल” भनी विशेष समूहको उल्लेख गर्दछन्। “परमेश्वरको इस्राएल” भन्नाले अन्यजाति विश्वासीहरू होइनन् (पवित्र-शास्त्रमा अन्यजातिहरूलाई कहिल्यै पनि इस्राएलीहरू भनिएको छैन) तर यहूदी विश्वासीहरू हुन् जोहरू “भित्रबाटका” यहूदीहरू थिए (रोमी २:२८-२९)। 2. उनीहरू पावलका सङ्गी-कैदीहरू (“मसँगै झ्यालखानामा बस्‍नेहरू”) थिए। पावल रोममा दुईपटक कैदमा पर्नुभन्दा अगाडि नै यो पत्र लेखिएको थियो, तर २ कोरिन्थी ६:५ र ११:२३ अनुसार पावल घरी-घरी कैद पर्थे, र कैद परेका तिनै समयहरू मध्ये एउटामा एन्ड्रोनिकस र युनियस पावलसँगै तिनको दु:खमा सहभागी भएका हुनुपर्छ। 3. उनीहरू “प्रेरितहरूका बीचमा नामी” थिए। यसलाई बुझ्न सकिने दुईटा तरिका छन्: कि त १) उनीहरू नामी प्रेरितहरू हुनुपर्छ, अर्थात, उनीहरू प्रेरितहरू मध्येकै थिए। यदि पावलले भन्न खोजेको यही हो भने, तिनले यहाँ “प्रेरित” शब्दलाई कुनै उद्देश्यको निम्ति पठाइएको व्यक्तिझैं साधारण अर्थमा प्रयोग गरेका हुनुपर्छ। अथवा २) प्रेरितहरूको माझमा उनीहरू नामी हुनुपर्छ। सन्तोषजनक अर्थ यही नै हो। यी दुई विश्वासीहरू पावलभन्दा पनि अगाडि ख्रीष्टमा आएका थिए (तल चौथो बुँदा हेर्नुहोस्), त्यसैले उनीहरू यरूशलेमका निकट र प्रेरितहरूद्वारा चिनिएका व्यक्तिहरू थिए अनि उनीहरूको सामु तिनीहरूको उत्तम गवाही थियो। 4. उनीहरू पावलभन्दा अगाडि “ख्रीष्टमा” थिए। उनीहरू पावलभन्दा, अर्थात् प्रेरित ९ अध्यायभन्दा अगाडि ख्रीष्टमा आएका थिए। आत्मिक वर्षहरूमा, उनीहरू पावलभन्दा वृद्ध थिए! मण्डली कहिले सुरु भयो भन्ने बुझ्नलाई यो चाखलाग्दो कुरा हो। यदि “ख्रीष्टमा” भन्ने शब्द गलाती ३:२७-२८ मा पाइने अर्थसँग मिल्ने शब्द हो भने (“ख्रीष्टमा” हुनु=मण्डलीमा हुनु), रोमी १६:७ अनुसार मण्डली प्रेरित ९ भन्दा अगाडि नै सुरु भएको हुनुपर्छ। हामी यो कुरा पावलले “मण्डलीलाई” सताउने बारेमा बताइएको पदबाट पनि थाह गर्न सक्छौं (१ कोरिन्थी १५:९; फिलिप्पी ३:६; गलाती १:१३)। मण्डली प्रेरित २ अध्यायमा (पेन्टकोष्टमा) सुरु भयो भन्ने तथ्यलाई यसले सहायता गर्छ र प्रेरित १३ (कसैले भनेझैं) मा अथवा प्रेरित २८ (अरूले भनेझैं) मा मण्डली सुरु भयो भन्ने उग्रप्रबन्धवादीको धारणालाई इन्कार गर्छ। गलाती १:२२ मा हेर्नुहोस् जहाँ पावलले “ख्रीष्टमा भएका यहूदियाका मण्डलीहरू” को बारेमा कुरा गरेका छन् (र यी “ख्रीष्टमा भएका मण्डलीहरू” प्रेरित १३ भन्दा दसकौं वर्ष अगाडिदेखि अस्तित्वमा थिए)। हामीले यो पनि ध्यान दिन सक्छौं कि यदि “ख्रीष्टमा” हुनु भन्ने शब्दावलीले उहाँको मण्डलीको हिस्सा हुनु भन्ने प्राबिधिक अर्थ बोक्छ भने, १ थेस्सलोनिकी ४:१६ ले (“ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्”) र्याप्चरको समयमा हुने बौरिउठाइमा केवल मण्डली-युगका विश्वासीहरू मात्र पर्छन्, पुरानो नियमका सन्तगणहरू पर्दैनन् (केही पुराना प्रबन्धबादीहरूले त्यस्तै सिकाउने गर्दथे)।

रोमी १६:८ – अम्प्लियस

हेन्ड्रिक्सनको अनुसार अम्प्लियस नाम दासहरूको माझमा प्रायः प्रचलित थियो। सम्भवत: अम्प्लियस रोमको मण्डलीमा सदस्य रहेका एक दास थिए, तर तिनी पावलका प्रिय थिए। जीवनको जुनसुकै स्तर वा समाजको जुनसुकै स्थानमा भए तापनि, विश्वासीहरूको ख्रीष्टसँग अति विशेष सम्बन्ध हुन्छ। सुसमाचारले हरेक विश्वसीलाई एउटै तहमा ल्याउँछ। हामी सबैजना हाम्रा मालिक प्रभु येशूको सेवा गर्ने दासहरू हौं (कलस्सी ३:२३-२४)। अम्प्लियस दास होलान्, तर उनी ख्रीष्टमा पावलका अति प्रेम गरिएका प्रिय भाइ थिए। नयाँ नियम मण्डलीहरूमा महत्त्व कसैको जीवन-स्तरलाई दिइँदैनथ्यो, बरु उसको आत्मिकता र प्रभुसँगको हिँडाइलाई दिइन्थ्यो। जस्तै, १ तिमोथी ३ अध्यायमा कुनै मानिस दास भएकोले एल्डर वा डिकन हुन अयोग्य ठहरिँदैनथियो (यस्तो कुनै कुरा त्यहाँ उल्लेख छैन)। यसले एउटा गजबको सम्भावनालाई ठाउँ दिन्छ; अर्थात्: एउटा दास स्थानीय मण्डलीमा पदाधिकारी हुन सक्थे अनि उसका विश्वासी मालिकचाहिँ मण्डलीमा उसको अधीनमा हुनुपर्ने हुन्थ्यो, जब कि मण्डलीबाहिर विश्वासी दास चाहिँ उसको विश्वासी मालिकको अधीनमा बस्‍नुपर्ने हुन्थ्यो। विलियम क्यारी भारतमा हुँदा मानिसहरू जातिप्रथाको निकै कडा बन्धनमा थिए, तर जब ती मानिसहरूले ख्रीष्टलाई व्यक्तिगत  मुक्तिदाताको रूपमा ग्रहण गरे र जीवित परमेश्वरको मण्डलीमा प्रवेश गरे, उनीहरूले ख्रीष्टमा, जीवनको अनुग्रहको साझा-हकवालाहरूको हैसियतले समान स्तरमा रमाहट गर्न सके। “अब त्यहाँ न यहूदी रह्यो न ग्रीक, न कमारा न स्वतन्त्र, न पुरुष न स्त्री; किनकि ख्रीष्ट येशूमा तिमीहरू सबै एक हौ” (गलाती ३:२८)।

रोमी १६:९—उर्बानुस र स्टाखुस

“सहकर्मी” शब्द ३ पदमा पनि पाइन्छ। विश्वासीहरू एउटै टीममा काम गर्दछन्, उनीहरूको एउटै महत्त्वाकांक्षा हुन्छ (अर्थात् ख्रीष्टलाई खुशी पार्नु—२ कोरिन्थी ५:९) र एउटै लक्ष्य हुन्छ (अर्थात् परमेश्वरको महिमा —१ कोरिन्थी १०:३१)। जसरी शरीरका अङ्गहरू एकअर्कालाई सहायता गर्दछन्, उसरी नै ख्रीष्टको शरीरको सवालमा पनि साँचो हुन्छ (१ कोरिन्थी १२:१२,२०-२७)। स्टाखुस पावलका प्रिय थिए। यी पदहरूमा पावलका अभिवादनहरू कति उत्साहदायी छन् भन्ने कुरामा ध्यान दिनुहोस्। यी रोमी विश्वासीहरूका निश्चय पनि कमजोरीहरू र भूलदोषहरू थिए, तर पावलले उनीहरूलाई प्रेममा अभिवादन गरे र “प्रेम दयालु हुन्छ र खराबीको हिसाब राख्दैन” (१ कोरिन्थी १३:४,५)। पावलले यी विश्वसीहरूलाई उनीहरू आफैंमा भएअनुसार हेरेनन् तर उनीहरू “ख्रीष्टमा” भएकाहरूको रूपमा हेरे (३,७,८,९,१०,११,१२,१३ हेर्नुहोस् र “ख्रीष्टमा” “प्रभुमा” भन्ने अभिव्यक्तिहरूलाई ध्यान दिनुहोस्)।

रोमी १६:१०—अपेल्लेस र अरिस्तोबुलस

“योग्य” शब्द अन्य ठाउँहरूमा पनि पाइन्छ, जस्तै: रोमी १४:१८; १ कोरिन्थी ११:१९; २ कोरिन्थी १०:१८; १३:७ र २ तिमोथी २:१५ (तिमोथीले आफूलाई शर्ममा पर्नु नपर्ने किसिमको कामदारजस्तो परमेश्वकहाँ “ग्रहणयग्य” तुल्याउने हर प्रयत्न गर्नुपर्थ्यो)। यो शब्द याकूब १:१२ मा पाइन्छ—“धन्य हो त्यो मानिस, जो परीक्षामा स्थिर रहन्छ; किनकि उसको जाँच (जाँच गरिएर योग्य भेट्टाउनु) भइसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन मुकुटको प्रतिज्ञा प्रभुले आफूलाई प्रेम गर्नेहरूसित गर्नुभएको छ।” १ कोरिन्थी ९:२७ मा उहि शब्दको नकारात्मक अभिव्यक्ति (“अयोग्य”) पाइन्छ (“बेकम्मा”) र यसको अर्थ हुन्छ “अयोग्य, निकम्मा, इन्कार गर्नु” (रोमी १:२८; २ कोरिन्थी १३:५,६,,७; तीतस १:१६; हिब्रू ६:८; २ तिमोथी ३:८)। अपेल्लेस यस्तो व्यक्ति थिए जो परीक्षाहरू, सङ्कष्टहरू र कठीन परिस्थितिहरूबाट जाँचिएका थिए, तर तिनले परमप्रभुमा भरोसा राखे र ख्रीष्टमा सत्य भइरहे। एउटा विश्वासीले कसरी उसको मार्गमा परमेश्वरले पठाउनुभएको अग्निमय जाँचहरूमा खडा रहन्छ भन्ने कुराचाहिँ अति महत्त्वपूर्ण हुन्छ। कोही-कोही (लाइटफूट, हेन्ड्रिक्सन) ले अरिस्तोबुलसचाहिँ हेरोद महान (हेरोद अग्रिप्पा प्रथमको भाइ) को नाती हुनुपर्छ भन्ने धारणा व्यक्त गर्दछन्, यद्यपि यो कुरा साँचो हो भनी किटान गर्नु कठीन छ। यदि यो हो भने, पावलले सम्भवत: तिनको घरका विश्वासी दासहरूको कुरा गरिरहेको हुनुपर्छ। आशै नगरिएको स्थानहरूमा पनि विश्वासीहरूको बारेमा जान्न हामी मौन रहनुहुँदैन। हेरोदको परिवार मानवजातिकै इतिहासमा सबैभन्दा भक्तिहीन परिवार थियो, तर परमेश्वरले कुख्यात अविश्वासीहरूको ढोकाहरू र पर्खालहरूभित्र पनि आफ्‍नो अनुग्रहको उदेकको काम गर्न सामर्थी हुनुहुन्छ। आज हाम्रै दिनहरूमा पनि बीसौं शताब्दीका पछिल्ला वर्षहरूमा बाँचेका उच्च सम्मान पाएका र नाम चलेका नास्तिकहरूको छोरा ख्रीष्टियन भएको घटनाहरू छन्!

रोमी १६:११- हेरोदियन, नर्किस्सस

हेरोदियन पावलका आफन्त थिए, जसले सम्भवतः उनी एक यहूदी थिए भन्ने कुरा जनाउँछ (७ पद अन्तर्गतको टिप्पणी हेर्नुस्)। हामी सबै विश्वासीहरू पनि एकअर्काका “भाइहरू” हौं र हाम्रो बीचमा नजिकको सम्बन्ध छ भन्ने कुरा सम्झनुपर्छ। भाइभन्दा नजिकको नातेदार अर्को त हुँदैन! “हेरोदियन” नामले निजको हेरोदको परिवारसँग कतै सम्बन्ध भएको जनाएको हुन सक्छ। हेन्ड्रिक्सनले उक्त व्यक्ति हेरोदको परिवारसँग “आवद्ध भएको” वा त्यो परिवारप्रति “सराहना भएको” हुन सक्ने राय व्यक्त गरेका छन्। मुर्रेले उक्त व्यक्ति हेरोदकै परिवार वा घरानाहरूमध्येको हुन सक्ने राय व्यक्त छन्। सायद तिनी अरिस्तोबुलसको घरानाहरूसँग पनि आवद्ध थिए (१० पद)। “नर्किस्सस” नामले हामीलाई एकजना काल्पनिक जवानको सम्झना गराउँछ जो यति सुन्दर थियो कि सबै युवतीहरू उसको हुने इच्छा गर्थे, तर उसले सबैलाई बेवास्ता मात्र गर्थ्यो। उसले कसैलाई चाहना गरेन। अन्त्यमा उसले हृदयमा चोट पुर्‍याएको एकजना युवतीले देउताहरूसित यसरी प्रार्थना गरी, “जसले कसैलाई प्रेम गर्दैन, उसले आफैंलाई प्रेम गरोस्”। नेमेसिस देवीले उसको बिन्ती पूरा गरिदिई। जब नर्किस्सस एउटा कुवाको पानी पिउनलाई निहुरेको थियो र उसले कुवाको कञ्चन पानीको सतहमा आफ्‍नै प्रतिबिम्ब देख्यो, तब ऊ तुरुन्तै त्यससित प्रेममा फस्यो। ऊ आफैंप्रति प्रेमले जल्न थाल्यो र त्यो पानीमा देखिएको रूपलाई हेरिराख्यो र त्यसलाई छोड्नै सकेन। ऊ त्यहीँ बसिरह्यो, र उसको यो चाहनाले रोगी हुँदै-हुँदै आखिरमा त्यहीँ मरेर गयो। त्यसैले आफैंलाई गरिने प्रेम, आफ्‍नै रूप, आफ्‍नै सुखसयल, महत्त्व, क्षमता आदि प्रति अति चासो राख्ने कामलाई नर्किस्सस (narcissism, नर्किसवाद) को संज्ञा दिने गरिन्छ। खेदको कुरा, अन्तिम दिनहरूको एउटा लक्षण यही हो, “किनकि मानिसहरू आफूलाई मात्र प्रेम गर्ने...हुनेछन्” (२ तिमोथी ३:२)। लाइटफूटको रायअनुसार नर्किस्सस एक धनाढ्य र शक्तिशाली स्वतन्त्र व्यक्ति हुन सक्छन् जो सम्राट क्लाउडियससित (उसको सचिव भएको नाताले) निकट सम्बन्धमा थिए जसलाई नीरोले आफू सम्राट बनेको थोरै अवधिभित्रै मृत्युदण्ड दिए। यदि अरिस्तोबुलस हेरोदहरूसँग नाता गाँसिएका व्यक्ति हुन् भने (१० पद हेर्नुहोस्), तिनी क्लाउडियसका नजिकको मित्र पनि भएको हुनुपर्छ। यी दुई सम्भावनाहरूले हामीलाई फिलिप्पी ४:२२ बुझ्न केही मद्दत गर्न सक्छ (“सबै पवित्र जनहरूले, विशेष गरेर सिजरका घरानाकाहरूले”), किनभने दरबारमा कम्तीमा दुईओटा घरानाहरू हुनेथिए जसमा विश्वासीहरू थिए।

रोमी १६:१२ ट्रिफैना, ट्रिफोसा, पेर्सिस—तीन महिला कामदारहरू!

यी तीनजना विश्वासीहरू उनीहरूका मेहनतका निम्ति परिचित थिए। यो शब्दको माने हो, बेस्सरी कडा परिश्रम गर्नु, यहाँसम्म कि थकित र लल्याकलुलुक हुने अवस्थामा पुग्‍ने गरी। मेहनतको बीचमा पनि, विश्वासीले विश्राम गर्न सिक्नुपर्छ (मत्ती ११:२८)। यी तीन महिलाहरूले “प्रभुमा” मेहनत गरेका थिए र हामीलाई थाह छ प्रभुमा हाम्रो परिश्रम व्यर्थ हुँदैन (१ कोरिन्थी १५:५८)। उहाँ जो हुनुहुन्छ, त्यसको कारणले उहाँको महान् नामको खातिर हाम्रो मेहनत “प्रभुमा” हुनुपर्छ (प्रकाश २:३)। जसको निम्ति हामी मेहनत गर्छौं, उहाँ हाम्रो सर्वोत्तम शक्ति र परिश्रमको योग्य हुनुहुन्छ। उहाँ हाम्रो सर्वोत्तमभन्दा कमको योग्य हुनुहुन्न। यदि कसैले परिश्रम गरेका छन् भने, प्रेरित पावलले गरेका छन्: “तर मे जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छे; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१० र कलस्सी १:२९; २ कोरिन्थी ११;२३ सित पनि तुलना गर्नुहोस्)। यो यस्तो मेहनत थियो जो परमेश्वरको अनुग्रहद्वारा अभिप्रेरित र उर्जापूर्ण बनाइएको थियो। हाम्रो मेहनत पछाडि प्रेमको प्रेरणा पनि हुनुपर्छ—मुक्तिदाताको र विश्वासीहरूको साथै सम्पूर्ण मानवजातिको निम्ति प्रेम। परमेश्वर हाम्रो प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनुहुन्न (हिब्रू ६:१०)। ट्रिफैना र ट्रिफोसाका नामहरू सुन्नमा एउटै छन् र उनीहरू सम्भवत: दिदी-बहिनी थिए (कहिलेकाहीँ बाबुआमाले आफ्‍ना छोराछोरीलाई उस्तै-उस्तै सुनिने नामहरू दिन्छन्, जस्तै सुनिता र सुभिना इत्यादि)। पेर्सिसको मेहनतलाई भूतकालमा बताइएको छ जुनचाहिँ असाधारण हो (अन्य दुई स्त्रीहरूको मेहनतचाहिँ वर्तमान कालमा बताइएको छ)। हेन्ड्रिक्सनले सम्भावित कारण बताउँछन्: “भूतकाल र वर्तमानकालहरूको भिन्नता पेर्सिसलाई वृद्धापनको दुर्बलताहरूले भेटेको सङ्केत हो कि, जसले गर्दा ऊ पहिले जस्तो अहिले कडा मेहनत गर्न असक्षम भएकी छिन्? यदि यस्तो हो भने, तिनका विगतका मेहनतहरू नबिर्सिऊन् भन्ने पावलको चाहना देखिन्छ। यो हामी सबैले सम्झनु पर्ने एउटा पाठ हो।” महिला विश्वासी जनलाई उल्लेख गर्नु पर्दा पावल होशियार थिए। ९ पदमा उनले स्टाखुस (एक पुरुष) लाई “मेरा प्रिय” भनेका छन् तर उनले पेर्सिसलाई “प्रिया” मात्र भनी उल्लेख गर्छन्। यस्ता कुराहरूको बारेमा होशियार हुनु महत्त्वपूर्ण छ, नत्र मानिसले आफू कुनै स्त्रीसँग एकदम घनिष्ट हुन खोजेको सन्देश जान सक्छ।

रोमी १६:१३ – रूफस र उनकी आमा

पावलले यहाँ मर्कूस १५:२१ मा उल्लेख गरिएकै व्यक्ति, अर्थात् हाम्रो प्रभुको क्रूस बोक्ने सिमोनका छोरा “रूफस” लाई अभिवादन पठाइरहेको हुन सक्छ। मर्कूस १५:२१ मा उल्लेखित “रूफस” का एकजना अलेक्जान्डर नामका भाइ थिए। पावलले रूफसकी आमालाई “उनकी र मेरी आमा” भनी बयान गरे। रूफसकी आमालाई पावलले एक अर्थमा आफ्‍नै आमा भनेर दाबी गर्दैथे जुन कुराले हामीलाई मर्कूस १०:२९-३० पुनर्सम्झना गराउँछ। निःसन्देह, तिनले पावललाई आफ्‍नै छोरालाई झैं वास्ता गर्ने अवसर पाएकी थिइन्। जब हामीले मुक्ति पाउँछौं र परमेश्वरको परिवारका सदस्य हुन्छौं, तब हाम्रा थुप्रै भाइबहिनीहरू अनि आमाबुबाहरू भएको कुरा हामीले चाँडै थाहा गर्छौं! रगतले किनिएका परमेश्वरका सन्तानहरूको एक-अर्कासित एउटा विशेष सम्बन्ध हुन्छ। “ख्रीष्टिय आमाहरूले यहाँ सेवा गर्ने ठूलो अवसर देख्न सकून् — स्वभावैले प्रेमिलो वास्ता राख्ने सुन्दर हृदय हुनु आमामा हुने विशेषता हो जसलाई उनीहरूले आफ्‍नो परिवारभित्र सीमित नराखीन सबै ख्रीष्टियनहरूप्रति देखाऊन्, विशेष गरी ख्रीष्टका सबै सेवकहरूप्रति। प्रभुले यो कुरा उहाँको आगमनमा सम्झनुहुनेछ!” (विलियम न्यूवेल)। सबै विश्वासीहरू “प्रभुमा चुनिएका” हुन्छन्। हामी सबै परमेश्वरका चुनिएकाहरू हौँ (यी पदहरूमा यही शब्द प्रयोग गरिएको छ, कलस्सी ३:१२; रोमी ८:३३; २ तिमोथी २:१०; १ पत्रुस १:२; २:९)। एफेसी १:४ सित पनि दाँज्नुस्। यो शब्दावली यस ठाउँमा एउटा छुट्टै अर्थमा प्रयोग गरिएको छ भनी कतिले ठान्छन्, अर्थात्, रूफस एक “विशिष्ट” विश्वासी थिए (कुनै विशेष गुण भएका एक असाधारण विश्वासी) भन्ने अर्थमा। थेयर भन्छन् यसको एउटा अर्थ “रोज्न लायक, छनौट गरिएको, कुनै समूह वा वर्गमा सर्वोत्तम, सर्वोत्कृष्ट” भन्ने पनि हुन सक्छ। तर, हामीलाई प्रश्न उठ्छ, रूफस यदि यतिसम्म उत्कृष्ट, असाधारण विश्वासी थिए भने किन उनी यस ठाउँमा बाहेक पवित्रशास्त्रको अन्य ठाउँमा उल्लेख नगरिएका? (जस्तै, अक्विला र प्रिस्किल्ला नयाँ नियममा पटक-पटक उल्लेख गरिएका छन्।) त्यसैले पावलले यहाँ “प्रभुमा चुनिएका” भन्ने शब्दावलीलाई सम्भवतः यसको सामान्य, साधारण अर्थमै प्रयोग गरेका हुन्। सायद पावलले उनको चुनाउको महिमित तथ्यलाई सम्झना गराएर रूफसको हृदयलाई उत्साह दिन चाहन्थे। यो तथ्यले  त प्रत्येक विश्वासीको हृदयबाटको धन्यवाद प्रशस्त बनाउनुपर्ने हो (२ थेस्सलोनिकी २:१३)। हुन सक्छ, एक समय रूफस ख्रीष्टमा आउलान् भनेर अरूले सम्भावना देख्दैनथे तर एक दिन कुनै असाधारण तरिकाले ख्रीष्टमा आए। हामी सबैले त्यस्ता मानिसहरू चिन्छौं जो मानवीय दृष्टिकोणमा मुक्तिका निम्ति असम्भव उम्मेदवारको रूपमा देखिन्थे: “त्यो मान्छेले त कहिले विश्वास गर्ला र!” तर टार्ससको शाउलको जीवन परिवर्तन गर्नुहुने परमेश्वरले हामीलाई गजबसँग चकित तुल्याउन सक्नुहुन्छ। “रूफस, परमेश्वरले तिमीलाई बोलाउनुभएर, चुन्नुभएर र आफैकहाँ खिँच्नुभएर गर्नुभएको उदेकको कामलाई कहिल्यै पनि नबिर्स! तिमी मुक्ति दिलाउने परमेश्वरको सार्वभौम अनुग्रहलाई प्रकट गर्ने भाँडो हौ!”

रोमी १६:१४-१५ – दसजना विश्वासीहरू

१४ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। १५ पदमा पाँचजना विश्वासीहरू नाम तोकिएर सम्बोधन गरिएका छन् र “उनीहरूसँग भएका भाइहरू” को उल्लेख गरिएको छ। रोमी १६:५ मा “घरेलुमण्डली” भन्ने शीर्षकमा गरिएको लामो टिप्पणीलाई अध्ययन गर्नुहोस्। नेरेयसचाहिँ दुई चर्चित रोमी नागरिकहरूको मुक्तिको निम्ति साधन बनेको व्यक्ति हुन सक्छ। ई. सं. ९५ मा दुईजना चर्चित रोमी नागरीकहरूलाई उनीहरू ख्रीष्टियन बनेकोमा दोषी ठहराइएको थियो: फ्लाभियस क्लिमेन्स (Flavius Clemens) र तिनकी पत्नी डोमाटिल्ला (Domatilla, तिनी चाहिँ भूतपूर्व सम्राट भेस्पासियनका नातिनी र तात्कालीन सम्राट डोमिटियनकी भतिजी/भान्जी थिइन्)। फ्लाभियसलाई मृत्युदण्ड दिइयो र तिनकी पत्नीलाई एउटा टापुमा देशनिकाला गरियो। फ्लाभियस र तिनकी पत्नीको घरमा एकजना नेरेयस नाम गरेका दास थिए (१५ पद हेर्नुहोस्)। हुन त “नेरेयस” नाम एउटा सामान्य चलनचल्तीकै नाम थियो, तर पनि यदि पावलले यहाँ भनेका व्यक्ति उही फ्लेभियसका घरका दास हुन् भने, नेरेयस नै ती दुई चर्चित व्यक्ति प्रभुमा आउनुको पछाडि एउटा प्रभावकारी माध्यम भएको हुनुपर्छ।

रोमी १६:१६ – पवित्र चुम्बन

सुरुका मण्डलीहरूमा विश्वासी-विश्वासी बीच विशिष्ट खाले निकटता हुन्थ्यो: “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर”। विश्वासीका मण्डलीहरू बीच पनि विशिष्ट खाले निकटता हुन्थ्यो: “ख्रीष्टका मण्डलीहरूले तिमीहरूलाई सलाम पठाएका छन्”। विश्वासीहरूको एक-अर्कासित विशेष सम्बन्ध थियो र मण्डलीहरूको पनि एक-अर्कासित विशेष सम्बन्ध थियो। कसरी? येशू ख्रीष्टको कारणले। नयाँ नियममा “चुम्बन” भन्ने शब्द अभिवादनको प्रसङ्गसित जोडिएर पाँच पटक प्रयोग गरिएको छ। चार पटक पावलले “पवित्र चुम्बन” को कुरा गर्छन् (रोमी १६:१६; १ कोरिन्थी १६:२०; २ कोरिन्थी १३:१२; १ थेस्सलोनिकी ५:२६) र एक पटक पत्रुसले “प्रेमको चुम्बन” को कुरा गर्छन् (१ पत्रुस ५:१४)। फरिसी सिमोनलाई हल्कासित हप्काउनुहुँदा प्रभु येशूले चुम्बनको चलनको कुरा गर्नुभयो: “तिमीले मलाई चुम्बन दिएनौ” (लूका ७:४५)। पावल एफेसीहरूबाट बिदा हुँदा उनीहरूले “पावललाई अँगालो हालेर चुम्बन गरे” (प्रेरित २०:३७; यसलाई हराएको छोरोलाई लूका १५:२० मा स्वागत गरिएको तरिकासित दाँज्नुहोस्)। चुम्बन गर्दा निधार वा गालामा चुम्बन गर्ने चलन थियो, ओठहरूमा होइन (यो कुनै कामुक, कामोत्तेजक वा रोमाञ्चकारी चुम्बन थिएन)। पावलले उनीहरूलाई “एक-अर्कालाई पवित्र चुम्बनले सलाम गर” भनेका हुनाले  के यो अभिवादन उही लिङ्गका विश्वासीहरूसित मात्र नभएर सबै विश्वासीसित गरिने अभिवादन थियो त (उत्पत्ति २९:११ सँग तुलना गर्नुहोस् जहाँ याकूबले राहेललाई चुम्बन गरे, जुनचाहिँ रोमाञ्चकारी चुम्बन थिएन तर नातेदारहरूप्रति स्‍नेहको अभिवादन थियो)? तर यो अभ्यास उही लिङ्गका व्यक्तिहरूसित मात्र गरिने कुरा थियो भन्ने कतिलाई लाग्छ—पुरुषहरूले पुरुषहरूलाई र स्त्रीहरूले स्त्रीहरूलाई चुम्बन गर्ने (International Standard Bible Encyclopedia, p. 1814)। यो “पवित्र चुम्बन” थियो अर्थात् परमेश्वर यसमा संलग्‍न हुनुहन्थ्यो र विश्वासीहरू बीच हुने साँचो प्रेमको यो न्यानो र स्‍नेहपूर्ण अभिव्यक्तिमा परमेश्वर खुशी हुनुहुन्थ्यो: “यसले कहिल्यै पनि तीनजना भन्दा कमको संलग्‍नतालाई जनाउनुहुँदैन: परमेश्वर अनि एक-अर्कालाई चुम्बन गर्ने दुईजना। पवित्र चुम्बनले ख्रीष्टको प्रेम परस्परमा बाँडिएको कुरालाई दर्शाउँछ” (हेन्ड्रिक्सन)। आज हाम्रो समाजमा र प्रायः अन्य समाजहरूमा पनि, चुम्बनभन्दा अन्य तरिकाहरूद्वारा न्यानो र स्‍नेहपूर्ण अभिवादनलाई व्यक्त गरिन्छ। पहिलो शताब्दीका विश्वासीहरूको चलनको सट्टामा नेपाली समाजमा चाहिँ आफ्‍ना दुई हात जोडेर “जय मसीह” भन्नु वा उही लिङ्गका व्यक्तिहरूसित भने न्यानो प्रेमले हात मिलाउनु परमेश्वरलाई आदर दिने विकल्प हुन्। हामी ख्रीष्टमा दाजुभाई तथा दिदीबहिनीहरू हौं र हामीले एक-अर्कालाई चोखो हृदयले गहिरो प्रेम गरेका होऔं (१ पत्रुस १:२२)। कतिपटक विश्वासीहरूले “व्यवस्थाको लेख” लाई पालन गर्न खोजेका छन् तर त्यसो गर्न खोज्दा उनीहरूले खासमा “व्यवास्थाको आत्मा” को अवज्ञा गर्न पुगेका छन्। अमेरिकामा एकादुई मण्डलीहरूले “पवित्र चुम्बन्” को अभ्यास पहिलो शताब्दिकाहरूले जस्तै गर्न खोज्दा त्यो ज्यादै कृत्रिम र अस्वाभाविक हुन गएको र फलस्वरूप त्यो हृदयदेखि नभईकन एउटा बाहिरी रीति मात्र हुन गएको गुनासो सुनिएको छ। त्यसो गर्नुभन्दा त बरु “पवित्र हात मिलाउने” विकल्पद्वारा र नेपालीहरूको सन्दर्भमा पवित्र जय मसीह अभिवादन नै व्यवस्थाको आत्मा अनुरूप हुन्छ र प्रभुलाई आदर गर्दछ। “ख्रीष्टका मण्डलीहरूले” रोममा भएको ख्रीष्टको मण्डलीलाई सलाम पठाए। पहिलो शताब्दीका मण्डलीहरूबीच यस्तो निकटता र एकता थियो जुन आजका मण्डलीहरूबीच पाइँदैन। यसको कारणचाहिँ पहिलो शताब्दीका मण्डलीहरूबीच निम्न कुरा साझा थिए:

एउटै शिक्षा “जसरी म जहाँतहीं हरेक मण्डलीमा शिक्षा दिन्छु” (१ कोरिन्थी ४:१७)

एउटै अभ्यास “जसरी प्रभुले हरेकलाई बोलाउनुभएको छ, त्यसरी नै ऊ हिँडोस्। अनि सबै मण्डलीहरूमा म यस्तै आज्ञा दिन्छु” (१ कोरिन्थी ७:१७)

एउटै चलन “तर कसैले विवाद गर्न चाहन्छ भने उसलाई थाह होस्, हाम्रो यस्तो रीति छैन, न ता परमेश्वरका मण्डलीहरूकै छ” (१ कोरिन्थी ११:१६)

एउटै अनुशासन “किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न्, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ।” (१ कोरिन्थी १४:३३)। आजको दिनमा यसरी अभ्यास गर्ने मण्डलीहरू भेट्टाउन कठीन छ।  

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १६:१-६

रोमी १६:१-६

 

रोमी अध्याय १६

रोमी १६:१

पावलको पत्र आफैलेबोकेर रोमीहरूको हातमाथमाइदिने काम फिबीले गरेको हुन सक्छ। तिनले पावलको हृदयदेखिको तारिफ पाइन्। पावलले उल्लेख गरेका पहिलो पाँच विश्वासीहरू मध्ये (१-६पदहरू), तीतीन जनाचाहिँ स्त्रीहरू हुनुरोचक कुरा छ। ख्रीष्टको सेवा, उहाँको मण्डलीको सेवा गर्ने काममा, स्त्रीहरूको भूमिका पुरुषहरूको भन्दा कुनै हालतले पनि दोस्रो स्थानमा पर्दैन। उनीहरू “जीवनका अनुग्रहका साझा हकदारहरू” हुन् (१ पत्रुस ३:७) र ख्रीष्टको न्यायआसनमा उनीहरूको विश्वासयोग्यताको बापत इनाम दिइनेछ। मालिकका निम्ति विश्वासयोग्य भएर मेहनत गर्ने सम्बन्धमा, ख्रीष्टमा पुरुष र स्त्री भन्ने हुँदैन। हामी उही मुक्तिदाताको सेवा गर्दछौं, उहाँको प्रेमका दासहरूझैं, यद्यपि फरक-फरक भूमिकामा। आलोचकहरू जेसुकै भनून्, बाइबलले नारीत्वलाई सधैं सम्मान गरेको छ र विश्वास गर्ने स्त्रीहरू परमेश्वरको इच्छाबमोजिमकाव्यक्तिहरू बन्न सक्छन् र त्यसमा पूर्ण सन्तुष्टि र आनन्द पाउन सक्छन्। स्त्रीहरूलाई बेसरीदुर्व्यवहार गरिने र थोरै मूल्यको ठानिनेचाहिँ बाइबलीय सिद्धान्तहरूलाई मान्यता नदिइने समाजहरूमा हो।

फिबी बहिनी र सेविका दुवै थिइन् (१ पद)। पावलले तिनलाई ख्रीष्टमा एक बहिनी (पारिवारिक ममता जनाउने शब्द) र मण्डलीका एक सेविका (ग्रीकमा diakonon) भनेर ठान्दथे। उनी केङ्ख्रेयामा भएको मण्डलीकी सेविका थिइन्।केङ्ख्रेया कोरिन्थसँगै टाँसिएको एउटा बन्दरगाह शहर थियो (प्रेरित १८:१८ सित तुलना गर्नुहोस्)।

फिबी मण्डलीका एक “सेविका” वा “डिकनेस” (deaconess) थिइन्। प्रश्न उठ्छ, यो शब्द तिनी साधारण अर्थमा मण्डलीकी नम्र सेविका थिइन् भनी जनाउन प्रयोग गरिएको हो किविशेषअर्थमा मण्डलीमा तिनको कुनै पद थियो? सुरुका मण्डलीहरूमा “स्त्री डिकन” (डिकनेस) भन्ने कुनै पदथियो कि? नयाँ नियममा स्त्री डिकनहरूको कुनै उल्लेख छैन। तरैपनि१ तिमोथी ३ अध्यायमा एउटाखण्ड छ जसलाई कतिले सान्दर्भिक ठान्छन्। उक्त अध्यायले एल्डरहरू (अध्यक्षहरू) र डिकनहरूमा हुनुपर्ने योग्यताहरूको चर्चा गर्दछ। डिकनहरूको योग्यताहरू उल्लेख गरेको सूचीको बीचतिर, पावलले यो पनि भन्छन्: “यही प्रकारले उनीहरूका पत्नीहरू पनि गम्भीर हुनुपर्छ; बदनामी नगर्ने, सतर्क, सबै कुरामा विश्वासयोग्य हुनुपर्छ” (१ तिमोथी ३:११)। “पत्नीहरू” भन्ने शब्दललाई “स्त्रीहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ। यसले कि त डिकनहरूका पत्नीहरूलाई जनाउँछकि त मण्डलीका अन्य स्त्रीहरूलाई (“स्त्री डिनकनहरू”?)। यदि यसले डिकनहरूका पत्नीहरूलाई जनाउँछ भने, यस अध्यायमा एल्डरहरूको पत्नीहरूको बारेमा चाहिँ किन त्यसरी नै चर्चा गरिएन भन्ने प्रश्न उठ्छ। एल्डरहरूका पत्नीहरूको कुनै योग्यताको चर्चा नगरिएको अवस्थामा डिकनहरूका पत्नीहरूको चाहिँ किन गरिएको त? त्यसैले पावलले डिकनहरूका पत्नीहरूको नभएर “स्त्री डिकनहरू” मा हुनुपर्ने योग्यताहरूको चर्चा गरेका हुन् भनी कोही-कोहीले भन्छन्।

स्त्री डिकनहरूको “पद” लाई बाइबलबाट समर्थन गर्न सकौंला वा नसकौंला, तरैपनि हामीले स्त्री डिकनहरूको “काम”लाई भने मान्यता दिनैपर्छ। तिनको त्यस्तो औपचारिक पद होस् वा नहोस् एक ईश्वरीय स्त्री एक नम्र सेविकाको रूपमा सक्रिय हुनु परमेश्वरको इच्छा हो। यदि हामीले पुरुष डिकनहरूको उद्देश्य बुझ्यौं भने, हामीले स्त्री सेविकाहरूको आवश्यकता पनि बुझ्न सक्नेछौं। डिकनहरूको सुरुआत प्रेरित ६:४मा भेटिन्छ। त्यहाँ खाँचोमा परेका विधवाहरूको सेवा गर्नुपर्नेस्थिति थियो र यो समस्या प्रेरितहरूकोकाँधमा भार बन्दैथियो, यहाँसम्मकि यसले प्रार्थना र वचन प्रचारको उनीहरूको सेवकाइबाट खिँच्दैथ्यो। मण्डलीका आत्मिक अगुवाहरू प्रार्थना र प्रचारको प्रमुख कार्यदेखि अन्तै मोडिनुहुन्न। यस्ता विषयहरू सम्हाल्नलाई योग्य “डिकनहरू” नियुक्त गरिए यस उद्देश्यले कि प्रेरितहरू “प्रार्थना र वचनको सेवामा निरन्तर लागिरहन” सकून्। विधवाहरूको सेवकाइको जिम्मा डिकनहरूलाई दिइयो ताकि प्रेरितहरूले आफैंलाई परमेश्वरको वचनको सेवकाइमा ध्यान दिलाउन सकून्।

आज डिकनको प्राथमिक कार्य यही हो। ऊएक आत्मिक मानिस हुनुपर्छ, नम्र र सक्षम सेवक हुनुपर्छ जसले अर्थ व्यवस्था, भवन र जायजेथाहरू लगायत अन्य त्यस्ता जुनसुकै कुराहरूमाथि राम्ररी ध्यान दिनसक्छजसले गर्दा बगालका आत्मिक अगुवाहरूले आफूहरूलाई प्रार्थना र वचनको सेवामा निरन्तर लगाइरहन सक्नेछन्। पास्टरले यदि हप्ताको २५ घण्टा मण्डली भवनमा रङ्ग लगाउन, मर्मत कार्य गर्न, सरसफाइ गर्न समय बिताउनुपर्यो भने, वचनको सेवकाइमा ठूलो धक्कापुग्छ। विश्वासयोग्य र दक्ष डिकनहरूले यस्ताधेरैओटा आवश्यक कुराहरू सम्हाल्न सक्नुपर्छ। कल्पना गर्नुहोस्, ठूलो असिना परेर जमिनलाई १५ इन्चले ढाकिदिएको छ। पास्टरले सावेल लिन्छन् र असिनाको ढिक्का सफा गर्ने काम गर्न थाल्छन्। त्यही समय डिकन कपिल आइपुग्छन्, सावेल समात्छन् र भन्छन्, “पास्टर, यो म सम्हाल्छु! तपाई फर्की जानुभएर यो समयलाई प्रचारको निम्ति प्रार्थना गर्न र तयार गर्न खर्चिनुहोस् भन्ने म इच्छा गर्दछु। असिनालाई त डिकहरूले सम्हाल्न सकिहाल्छन्, तर बगाललाई खुवाउनलाई परमेश्वरले केही मानिसहरूलाई मात्र दान दिनुभएको छ (एफेसी ४:११-१२) र तपाईंको आफ्नो मूख्य कामबाट अन्तै ध्यान आकर्षण भएकोचाहिँ हामी चाहँदैनौं!”

त्यस्तैगरी, मण्डलीका ईश्वरीय स्त्रीहरूले पनि त्यस्तै कार्यहरूमा साथ दिन सक्छन्। त्यहाँ असङ्ख्य कार्यहरू र आवश्यक कामहरू छन् जुनचाहिँ स्त्रीहरूले सम्हाल्न सक्छन् जसले भार सजिलो गराउँछ र मण्डलीका आत्मिक अगुवाहरूको बोझ कम गराउँछ। नम्र स्त्री सेविकाले यसरी सोध्नुपर्छ, “मैले कसरी पास्टर र एल्डरहरूलाई उहाँको भार कम गराएर वचनको गम्भीर सेवकाइमा उहाँहरूले आफैंलाई पूर्ण रूपमा समर्पण गराउन सजिलो पार्न सक्छु?” हामी उनीहरूलाई स्त्री डिकनहरू भनौं वा नभनौं, “स्त्री डिकनहरूको काम” आज हाम्रो दिनहरूमा निकै खाँचो छ र पूरै बगालले यसबाट फाइदा पाउन सक्छ। औपचारिक पद नपाए तापनि स्त्रीहरूले डिकनको रूपमा कार्य गर्न सक्छन्।

रोमी १६:२

पावलले फिबीलाई ग्रहण गर्न रोमका विश्वासीहरूलाई अर्ती दिए। यसको अर्थ हो उनीहरूले तिनलाई “आफैंकहाँ लिनु, स्वीकार गर्नु, सङ्गति र आपसी कुराका लागि ग्रहण गर्नु” (थेयर)। उनीहरूले तिनलाई उत्सुकतापूर्वक उनीहरूको माझमा स्वागत गर्नुपर्ने थियो (यो “ग्रहण” भन्ने शब्द विश्वासीहरूले दृढतासाथ प्रभुको आगमनलाई पर्खिरहेको कुरा जनाउन प्रयोग गरिएको छ – तीतस २:१३—“बाटो हेर्दै”; यहूदा २१—“बाटो हेर्दै”; र लूका २:२५ सित तुलना गर्नुहोस—“बाटो हेरिरहन्थे” र लूका २:३८—“बाटो हेर्नेहरू”)। फिलिप्पी २:२९ मा फिलिप्पीका विश्वासीहरूले पावलका विश्वासयोग्य सङ्गी-सिपाही एपाफ्रोडिटसलाई ग्रहण गर्ने विषयमा यो शब्दको प्रयोग भएको छ। यो शब्द, प्रभु येशूको बारेमा प्रयोग गरिएको छ जसले पापीहरूलाई ग्रहण गर्नुभएर तिनीहरूसँगै खानु भएको थियो(लूका १५:२)। तिनलाई “प्रभुमा” उनीहरूले ख्रीष्टमा एउटी बहिनीलाई झैं ग्रहण गर्नु पर्नेथियो, जसले परमेश्वरका पुत्रसितको एकत्वमा रमाहट गरेकी थिइन्। उनीहरूले “पवित्र जनहरूलाई सुहाउने प्रकारले”, पवित्र जनहरूको योग्य तरिकाले त्यसो गर्नुपर्ने थियो। विश्वासीहरूको रूपमा, हामीहरू हाम्रो महान्, पवित्र र स्वर्गीय बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१), र यसमध्ये हाम्रो सङ्गी विश्वासीहरू प्रतिको हाम्रो व्यवहार पनि पर्छ। मुक्ति पाउनु भनेको अद्भुत विशेषाधिकार हो, तर यो सँग-सँगै योग्य चालमा हिँड्ने र जिउने अद्भुतजिम्मेवारीहरू पनि हुन्छन्।

पवित्र जनहरू भएको हैसियतले, हामीहरू हाम्रो बोलावटको योग्य चालमा हिँड्नुपर्छ (एफेसी ४:१)।

हामी परमेश्वरको सुसमाचारको योग्य चालमा हिँड्नुपर्छ (फिलिप्पी १:२७)।

हामी उहाँलाई पूरा प्रसन्न गराउनालाई प्रभुको योग्य चालमा हिँड्नुपर्छ (कलस्सी १:१०)।

हामी आफूलाई आफ्ना राज्य र महिमामा बोलाउनुहुने परमेश्वरको योग्य चालमा हिँड्नुपर्छ (१ थेस्सलोनिकी २:१२)।

तेस्रो यूहन्नामा गायसलाई पवित्रजनहरूको सेवा “परमेश्वरलाई सुहाउने रीतिले” अथवा परमेश्वरको योग्य रीतिले गर्नलाई अर्ती दिइएको थियो। अर्थात् उनले उनीहरूलाई परमेश्वर आफैं भेट्न आउनुभएको झैं गरी अतिथि सत्कार गर्नुपर्नेथियो। हामीले मुक्तिदातासँग जस्तो व्यवहार गर्नेथियौं, पवित्र जनहरूसँग पनि उस्तै व्यवहार गर्नुपर्छ। ख्रीष्टको खातिर उनीहरू त्यस्तो व्यवहार पाउन योग्य छन्।

प्रभुले हामी ख्रीष्टमा को हौं भन्ने कुरा हामीले कहिल्यै नबिर्सेको चाहनुहुन्छ। हामी पवित्र जनहरू (रोमी १:७)हौं भन्ने कुरा हामीले कहिल्यै बिर्सनुहुँदैन। परमेश्वरले हामीलाई ख्रीष्ट येशूमा पवित्र बनाउनुभएको छ (१ कोरिन्थी ६:११)। हामी जिवित परमेश्वरको सेवा गर्नलाई अलग गरिएका उहाँका पवित्र जनहरू हौं। हामी पवित्रजनझैं जिएका होऔं। हामीलाई आफ्ना निम्ति अलग गर्नुहुनेको नामलाई निन्दा हुने काम हामीले कहिल्यै नगरेकाहोऔं।

पावललले रोमका विश्वासीहरूलाई फिबीलाई “सहायता” गर भनी भन्छन्। यस शब्दको माने हो, “सहयोग गर्न तत्पर हुनु” (थेयर), “प्रबन्ध गर्नु” (प्रेरित २३:२४ हेर्नुहोस्) उनलाई जुनसुकै कुराको खाँचो किन नपरोस्। उनीहरूले तिनलाई सहायता गर्नुपर्ने कारण के थियो? किनभने तिनी धेरैकी, साथै पावलकी पनि सहायिका भएकी थिइन्। सहायता गर्नेहरू सहायता गरिन लायक हुन्छन्। अरूलाई मदत गर्नेहरू मदत गरिन लायक हुन्छन्। यो सुहाउँदोर उचित कुरा हो। फिबीले पावल र अरू धेरैको सहायता कसरी गरेकीथिइन् हामीलाई बताइएको छैन। तरैपनि पावलले रोमीहरूलाई लेखेका यस पत्रद्वारा शताब्दीयौं देखि आत्मिक सहायता र आशिष पाएका अनगिन्ती मानिसहरूलाई विचार गर्नुहोस्। यो पत्र पुर्याइदिएर, फिबी निश्चय पनि “धेरैकी सहायिका” भएकी छिन्।

रोमी १६:३-४

पावलले पत्नी प्रिस्किल्लाको नाम तिनकापति अक्विलाको भन्दा पहिला उल्लेख गरेको कुरा रोचक छ। यस उल्लेखनीय पति/पत्नीको टोलीको बारेमा नयाँ नियमले दिएका केही जानकारीहरूलाई विचार गर्नुहोस्:

१.

अक्विला र प्रिस्किल्ला उद्यमी थिए। उनीहरू मेहनती र सही तरिकामा व्यस्त थिए। उनीहरूको पाल बनाउने पेशा थियो (प्रेरित १८:२-३) र उनीहरू आफ्नो व्यवसायमा कडा परिश्रम गर्थे। अक्विलाएक यहूदी भएको कुरा हामीले उल्लेख गर्नुपर्छ (प्रेरित १८:२)। पावलले पहिलोपटक यी दुई विश्वासीहरूलाई कोरिन्थमा भेटेका भए तापनि उनीहरू मौलिक रूपमारोमबाट आएका थिए (प्रेरित १८:२)।

२.

उनीहरू आतिथि सत्कार गर्न सरीक थिए। उनीहरूले आफ्नो घर प्रेरित पावलको लागि खुल्ला गरे जो पनि पाल बनाउनेनै थिए। उनीहरूले पावललाई आफ्नो घर मात्र होइन तर आफ्नो हृदय पनि खुल्लागरे (प्रेरित १८:३)।

३.

उनीहरू सिकाउन सकिने स्वभावका थिए। सम्भवतः अक्विला र प्रिस्किल्ला पावलको सेवकाइबाट प्रभुलाई चिन्नेज्ञानमा आएका थिए। उनीहरूको प्रेरित १८ मा पावलसँग जम्काभेट हुनुभन्दाअगावै उनीहरूले प्रभुलाई चिनिसकेका थिए भन्ने हामीसँग कुनै अभिलेख छैन।उनीहरूले पावललाई आफ्नो घरमा भित्र्याए मात्र होइनन् तर उनीहरूले पावलकाख्रीष्टलाई पनि आफ्नो हृदयमा भित्र्याए। सबै व्यग्रता र मनको तयारीका साथउनीहरूले आनन्दसाथ पावलले प्रचार गरेको सन्देशलाई स्वीकार गरे। उनीहरूपावलका चेला बने। उनीहरूले पावल प्रेरितबाटका शिक्षा र सत्यतालाई आत्मसातगरे।

४.

उनीहरू बाइबलमुखी थिए। उनीहरू सिक्नलाई तत्पर मात्र थिएनन्, उनीहरू अरूहरूलाई सिकाउन योग्य पनिथिए (प्रेरित १८:२४-२६)। अपोल्लस एक निपुण वक्ता थिए जो पुरानो करारमासामर्थी थिए, तर उनी सुसमाचारका मूलभूत तथ्यहरूमा (र प्रबन्धसम्बन्धीसत्यतामा कमजोर) अनभिज्ञ थिए। यस मानिसका लागि परमेश्वरका कुराहरूकोसम्बन्धमा, अक्विला र प्रिस्किल्लाले अपोल्लसलाई आफूकहाँ लगे र परमेश्वरकोमार्गको अर्थ अझै ठीकसँग खोलेर तिनलाई बताइदिए। सम्भवतः अपोल्लससँगको यसवार्तालापमा प्रिस्किल्लाले अगुवाइ गरे, किनभने केही ग्रीक पाण्डुलिपिहरूमाप्रेरित १८:२६ मा उनको नाम पहिले उल्लेख गरिएको छ। कतिपय पत्नीहरूआफ्ना पतिहरू भन्दा अझ बाइबलका शिक्षाहरू बढी उत्तम तवरले व्याख्यागर्न कुशल हुन्छन्, र ठीक प्रकारको परिवेशमा स्त्रीहरूले अगुवाइ गर्नु उचितछ (यद्यपि निश्चयनै स्थानीय मण्डलीमा सिकाउने अवस्थामा होइन)। उनीपरमेश्वरको वचन राम्ररी जान्दथिन् र उनी यस्ता प्रकारका शिक्षागत कुराहरूमाकसरी व्यवहार गर्ने भन्ने कुरामा दक्ष थिइन्। पति र पत्नीको यो टोलीपरमेश्वरको सत्यतामा राम्ररी गढिएको र सत्यताद्वारा अरूको सेवा गर्नयोग्यका थिए।

५.

उनीहरू स्थानीय मण्डलीमुखी थिए। १ कोरिन्थी १६:१९ र रोमी १६:५ – यी दुवै खण्डहरूले तिनीहरूको घरमा (रोम रएफेसस दुवैमा) भएको मण्डलीको बारेमा बताएको छ। तिनीहरूको घर विश्वासीहरूकोलागि भेला हुने ठाउँ थियो – उपासना गर्ने, गाउने, प्रचार गर्ने, सङ्गतिगर्ने, प्रार्थना गर्ने, र रोटी भाँच्ने स्थान थियो।

६.

उनीहरू पति-पत्नी मिलेर बनेको एक टोली थिए। प्रिस्किल्लाको नाम नयाँ करारमा छ-छ पटक उल्लेख हुँदा हरेक ठाउँमा उनकोपतिको नाम पनि सँगै भेटिन्छ। पतिसँगै उनको नाम सधैं उल्लेख भएको छ।यसले उनीहरूको सम्बन्धमा तालमेल मिलेको र उद्देश्यमा एकता भएको देखाउँदछ।उनी आफ्नो पतिसँग काम गर्दथे, उनको विरूद्धमा होइन। उनीहरू राजाकोसेवा गर्न एउटै टोलीको रूपमा सक्रिय थिए।

७.

उनीहरूको परमेश्वरबाट दान पाएको व्यक्तिसित ठीक सम्बन्ध थियो। रोमी १६:३ – यस पदमा तिनीहरूलाई पावलका “सहकर्मीहरू” भनी जनाइएको छ। जबअक्विला र प्रिस्किल्ला पावलको विचारमा आउँथ्यो, उसले भन्न सक्थ्यो, “यीप्रिय विश्वासीहरू मेरा सहयोगीहरू हुन्, मेरा सहकर्मीहरू हुन्।” के तपाईंकोपाष्टरले तपाईंको बारेमा यस्तै भन्न सक्नुहुन्छ? परमेश्वरबाट दान-प्राप्तव्यक्तिसँग तपाईंको सम्बन्ध कस्तो प्रकारको छ (तुलना गर्नुहोस् एफेसी४:११)? तपाईं आफ्नो पाष्टरको सहयोगी हुनुहुन्छ कि बाधक हुनुहुन्छ? तपाईंउहाँसँगै मिलेर काम गर्दैहुनुहुन्छ कि उहाँको विरूद्धमा? के उहाँलेतपाईंलाई फाइदाजनक देख्नुहुन्छ कि हानिकारक? पावलले निश्चय नै यीपति-पत्नीको टोलीलाई उनको सेवकाइ र ख्रीष्टको सेवामा ठूलो फाइदाकोरूपमा देख्ने गरेका थिए।

८.

उनीहरू साहसी थिए। रोमी १६:४ – स्पष्ट रूपमा पावलको जीवन यी साहसी पति-पत्नीप्रतिऋणी थियो। हामीलाई विस्तृत रूपमा बताइएको त छैन, तर तिनीहरूले कुनै न कुनैकिसिमले आफ्नो जीवनलाई पावलको निम्ति जोखिम र सङ्कटमा पारेको हुनुपर्छ।तिनीहरूले पावलको ज्यान जोगाउनको लागि आफ्नै गर्दन दिएका थिए, रपरिणामस्वरूप पावल र अन्यजातिहरूका सबै मण्डलीहरू तिनीहरूप्रति धन्यवादकोऋणी थिए। पावल परमेश्वरबाट अन्यजातिहरूका लागि एक विशेष प्रेरित थिए, र यदिप्रिस्किल्ला र अक्विला बीचमा नआएका भए, पावलको मृत्यु भइसकेको हुन्थ्यो रअन्यजातिहरूप्रति उनको सेवकाइ अप्रत्याशित रूपमा अन्त हुन जान्थ्यो।प्रिस्किल्ला र अक्विलाले पावललाई आत्मामा १ यूहन्ना ३:१६ अनुसार साँचोप्रेम प्रकट गरे। पावलले जे-जस्तो घटनालाई सङ्केत गरको भए तापनि, यो सम्भव छकि रोमी १६:३ मा प्रिस्किल्लाको नाम पहिला उल्लेख गरिएको तथ्यलाई प्रकाशमापार्दा उनकै बढी महत्त्वपूर्ण भूमिका भएको हुनुपर्छ। यसले हामीलाई अर्कोबुँदातर्फ लैजान्छ।

९.

प्रिस्किल्ला अधीनतामा बस्ने पत्नी थिइन् तर दमन गरिएकी भने थिइनन्। यी पति/पत्नीको उल्लेख भएको नयाँ नियमका छ ठाउँहरूमध्ये तीनठाउँहरूमा प्रिस्किल्लाको नाम पहिलो स्थानमा रहेको छ (केही ग्रीकपाण्डुलिपिको प्रेरित १८:२६ मा पहिलो स्थानमा उल्लेख गरिएको कुरा सहित चारठाउँ)। किन प्रिस्किल्लाको नाम यी खण्डहरूमा पहिलो स्थानमा आयो, जब किसूचीमा पतिको नाम पहिलो स्थानमा राख्ने चलन थियो? हामीलाई कारण बताइएकोछैन तर हामी अनुमान मात्र गर्न सक्छौं। के यसको कारण ती दुईमध्ये उनी बढीफुर्तिलो भएकीले हो कि? के उनको दरिलो खालको चरित्र थियो? के उनमा उत्कृष्टजोश थियो? के उनमा निश्चित क्षेत्रहरूमा उत्कृष्ट क्षमता थियो? के उनलेपावलको लागि आफ्नै गर्दन दिने जोखिम उठाउँदा बढी महत्त्वपूर्ण भूमिकाखेलेकी थिइन्? पवित्र शास्त्र मौन रहेको अवस्थामा बोल्न कोशिश गर्नुभन्दा, निम्न कुराहरू भने भन्न सकिन्छः

उनी दमन गरिएकी स्त्री थिइनन्।उनीसँग विशेषवरदानहरू वा क्षमताहरू भएको देखिन्छ अथवा ख्रीष्टप्रति विशेष खालको भक्तिभएको देखिन्छ जसले गर्दा उनले कतिपय क्षेत्रहरूमा आफ्नो पतिलाई यस्तोप्रकारले उछिन्न सकिन् कि उनी पावलबाटको विशेष सम्मान पाउन योग्य ठहरिन्।

उनी अधीनतामा बस्ने पत्नी थिइन्।नयाँ नियममा (लूका र पावलद्वारा) उनलाई उल्लेख गरिएका छओटै खण्डहरूमा उनी कुनै तरिकालेआफ्नो स्थानमा नरहीकन कामकुरा गरेको भन्ने कुनै सङ्केत कतै पाइँदैन। उनकोकहिल्यै आलोचना गरिएको छैन बरु तारिफ गरिएको छ। उनलाई सधैं उनकोपतिसँगको सम्बन्धमा नै उल्लेख गरिएको छ। उनी अधीनतामा बस्ने खालकीपत्नी थिइन्।

१०.

उनीहरू अन्तसम्मै विश्वासयोग्य र स्थिर थिए। २ तिमोथी ४:१९ – यो पत्र पावलको अक्विला र प्रिस्का (प्रिस्किल्ला) सँगभएको पहिलो भेटको १४ बर्ष पछि लेखिएको अन्तिम पत्र थियो। तिनीहरूविश्वासयोग्य विश्वासीहरू थिए। यी दुई विश्वासीहरूको बारेमा पावल वा लूकाकोकुनै पनि पत्रहरूमा नकारात्मक रूपमा भनिएको छैन। अभिलेखहरूले देखाएअनुसार, पावल र अक्विला/प्रिस्किल्लाबीच सधैं एक मन थियो। पावलले कहिले पनितिनीहरूलाई डेमासलाई भन्नु परे झैं भन्नु परेन (२ तिमोथी ४:१०)। तपाईंकोबारेमा नि? आजको १४ बर्ष पछि तपाईंको आत्मिक अवस्था कस्तो होला? हामीलेहाम्रो पहिलो प्रेमलाई नत्यागौं र हामीले हाम्रो मुक्तिको आनन्दलाई कहिल्यैनगुमाऊँ।

रोमी १६:५

पावलले अक्विला र प्रिस्किल्लाको घरमा भएको मण्डलीलाईअभिवादन पठाए। यहाँ हामीलाई “घरेलु मण्डली”भन्ने रोचक विषयमा सोच्न कर लाग्छ। पहिलो शताब्दीमा हिजोआजका जस्ता मण्डली भवनहरू थिएनन्। विश्वासीहरू जहाँ सक्थे त्यहीँ जुट्थे—घरहरूमा, चउरहरूमा (प्रेरित १६:१३ जहाँ यहूदीहरू नदीको किनारमा भेला भएको देखिन्छ), सुरुङ्गहरूमा इत्यादी। उनीहरूसित ख्रीष्टको यो प्रतिज्ञा थियो, “किनकि जहाँ दुई वा तीनजना मेरो नाममा भेला हुन्छन्, त्यहाँ तिनीहरूका माझमा म हुन्छु” (मत्ती १८:२०)। यातायातको सुविधा पनि आजको जस्तो सजिलो थिएन। आज हामी कुनैठूलो शहरको एक छेऊदेखि अर्को छेऊमासजिलैपुग्न सक्छौं, तर प्राय:जसो पैदलै यात्र गर्नुपर्ने पहिलो शताब्दीको समयमा, त्यसो गर्नु खासै सजिलो हुनेथिएन।

“घरेलुमण्डलीहरू” (house churches)को सवालमा निम्न खण्डहरू महत्त्वपूर्ण छन्:

अक्विला र प्रस्किल्ला एफेससमा रहँदा “आफ्नो घरमा भएको मण्डली” भनी उल्लेख गरिएको थियो (१ कोरिन्थी १६:१९)।

रोमी १६:१४ मा पावलले केही विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका भाइहरूलाई” भनी उल्लेख गर्छन्। रोमी १६:१५मा पावलले अरू विश्वासीहरूलाई अभिवादन गर्दछन् र “उनीहरूसँग भएका सबै पवित्र जनहरूलाई” भनी उल्लेख गर्छन्। के यसले विश्वासीहरू जुट्ने गरेका अरू दुई स्थानहरूको सङ्केत गरेको हुन सक्छ?

प्रेरित १२:१२ मा मर्कूस उपनाम भएको यूहन्नाकी आमा मरियमको घरमा “धेरैजना भेला भएर प्रार्थना गरिरहेका थिए” भनी बताइएको छ।

लिडियाको घरलाई विश्वासीहरू जुट्ने स्थानको रूपमा प्रयोग गरिन्थ्यो (प्रेरित १६:१५, ४०)।

लाओडिसियामा नुम्फसले ठाउँ दिएको घरेलुमण्डली थियो “उनको घरमा भएको मण्डलीलाई सलाम भनिदेओ”—कलस्सी ४:१५)। फिलेमोन २ मा हामी पढ्दछौं, “साथै हाम्री प्रिया अप्फिया, र हाम्रो सङ्गी सिपाही अर्खिप्पस, र तिम्रो घरमा भएको मण्डलीलाई”।

विश्वासीहरू विभिन्न स्थानहरूमा जुट्ने गरेको भए तापनि, यो कुरा ध्यानमा राख्नु खाँचो छ कि, परमेश्वरको दृष्टिकोणमा, हरेक प्रमुख शहरमा एउटा स्थानीय मण्डली हुन्छ। त्यसैले रोमको शहरमा थुप्रै मण्डलीहरू थिएनन्; त्यहाँ एउटा मण्डली थियो। हरेक शहरमा एउटै मात्र मण्डली हुने गर्थ्यो। उदाहरणको निम्ति, १ कोरिन्थी १:२ मा हामीले “कोरिन्थमा भएको परमेश्वरको मण्डली (एकवचन)” भनेर पढ्दछौं। एफेसस निकै ठूलो शहर थियो तर त्यहाँ पनि केवल एउटा मण्डली थियो, यद्यपि त्यस शहरमा थोरैमा पनि एउटा “घरेलुमण्डली” थियो भन्ने कुरा हामीलाई थाह छ (१ कोरिन्थी १६:१९)। तरैपनि यदि हामीलाई कोरिन्थीका विश्वासीहरू विभिन्न घरहरूमा भेट्नेगर्थे भनी हामीले मानिलिए तापनि, यस्तो समयहरू पनि थियो जब “सारा मण्डली” “एक ठाउँमा भेला” हुने गर्दथ्यो (१ कोरिन्थी १४:२३ र ११:२० हेर्नुहोस्)।

आज, अत्याधुनिक सवारी साधनहरू हुँदा-हुँदै पनि, एउटा शहरमा क्षेत्रफल र जनसङ्ख्याको कारणले एकभन्दा धेरै मण्डली हुने कुरालाई हामी न्यायसङ्गत तुल्याउने गर्दछौं। “एउटा मण्डली ती सबै मानिसहरूकहाँ पुग्न सक्दैन। यस शहरमा एकभन्दा धेरै मण्डलीहरूको निम्ति पर्याप्त ठाउँ छ।” यस कुराको प्रकाशमा नयाँ नियमको समयहरूका केही शहरहरूमा उल्लेखनीय जनसङ्ख्या भएको बिचार गर्नु चाखलाग्दो हुन्छ:

यरूशलेम

निस्तार चाडको बेलामा (जब त्यहाँ हजारौं हजारौं यात्रीहरू र पाहुनाहरू हुने गर्दथ्यो), यस शहरमा २७,००,००० मानिसहरू हुन्थे भनी जोसेफसले बताउँछन्। इन्टरनेशनल स्ट्याण्डर्ड बाइबल इन्साइक्लोपिडीयाले बताउँदछ कि ई.सं. ७०मा यरूशलेमको सङ्ख्या झण्डै २,५०,००० थियो (सायद त्यो भन्दा थोरै)। तर त्यहाँ कम्तीमा १,००,००० मानिसहरू थिए भनी भन्नु ठीकै होला।

यरूशलेमको मण्डलीमा कतिजना विश्वासीहरू थिए (प्रेरित २:४१; ४:४; ५:१४; इत्यादी हेर्नुहोस्)? यरूशलेममा कतिओटा मण्डलीहरू थिए (प्रेरित १५:४)?

रोम

पहिलो शताब्दी (ई.सं.) ताका यस शहरका बासिन्दाहरूको जनसङ्ख्या १२००००० र २०००००० बीचमा हुनुपर्छ भनी पहिले अनुमान गरिएको थियो। तरैपनि १९४१ मा, ओस्टियामा एउटा लेख भेट्टिएको थियो जसमा १४ ई.सं. मा, अर्थात अगस्टसको मृत्यु भएको समयमा रोम शहरका बासिन्दाहरूको जनसङ्ख्या ४१,००,०००० रहेको तथ्य उल्लेखित गरिएको थियो” (An Introduction to the New Testament, D. Edmond Hiebert, Vol. 2, page 164 साथै Introduction to the New Testament by Everett F. Harrison, p. 299).

अलेक्जान्ड्रिया

रोमी सम्राज्यको दोस्रो विशाल शहर अलेक्जान्ड्रिया थियो जसमा तीन प्रमुख समूहहरू पर्दथे: मिस्रीहरू, यहूदीहरू र ग्रीकहरू। Schaff-Herzog Encyclopedia को अनुसार, “ख्रीष्टियन युगको सुरुतिर अलेक्जेन्ड्रियाको शहरमा ३,००,००० स्वतन्त्र मानिसहरू थिए”। यो उचाइमा यस शहरमा १० लाख जनसङ्ख्या हुनुपर्छ भनी The World Book Encyclopediaले बताउँदछ।

एफेसस

यस प्रमुख शहरमा एउटा मात्र मण्डली थियो (प्रकाश २:१)। यसको जनसङ्ख्या यति धेरै थियो कि दोस्रो शताब्दीमा यस शहरले जनसङ्ख्याको हिसाबमा अलेक्जेन्ड्रियासित प्रतिस्पर्धा नै गरेको थियो।

एन्टिओक

यस शहरमा कतिओटा मण्डलीहरू थिए (प्रेरित १४:२६-२७)? त्यस सम्राज्यको ठूला शहरहरूमध्ये यो पनि एउटा पर्दथ्यो। यसको जनसङ्ख्या पनि मिश्रित झुण्ड थियो। Schaff-Herzog Encyclopedia को अनुसार नयाँ नियमको समयमा त्यसको जनसङ्ख्या ५००००० थियो।

थेस्सलोनिका

यस शहरमा कतिओटा स्थानीय मण्डलीहरू भेट्टाउन सकिन्थ्यो (१ थेस्सलोनिकी १:१)? पावलको दिनमा यस शहरमा २००००० मानिसहरू भएको हुन सक्छ (Introduction to the New Testament by Everett F. Harrison, page 260).

कोरिन्थ

यो विशाल व्यवसायीक शहरमा केवल एउटै स्थानीय मण्डली थियो (१ कोरिन्थी १:२)। यो शहर समिश्रित थियो (सबै कुराहरूका मिश्रण)। मानिसहरू त्यहाँ पैसा कमाउन र खर्च गर्न जानेगर्थे। साझा व्यसाय, व्यापार र साझा मोजमस्तीका तरिकाहरू नै तिनीहरूलाई एकसाथ जोड्ने एउटै कडी थियो। यो शहर पाप र अनैतिकताको शहर थियो र यसको जनसङ्ख्या धेरैमा ७००००० हुन सक्छ (कतिलेचाहिँ ५,००,००० थियो भनी अनुमान गर्छन्)। Zondervan Pictorial Encyclopediaले त्यहाँ २,००,००० स्वतन्त्र मानिसहरू र ५,००,००० दासहरू थिए भनी बताउँदछ।

अवलोकनहरू: आजका आधुनिक जनसङ्ख्याको हिसाबमा पनि यी निकै ठूला-ठूला शहरहरू थिए, तरैपनि त्यहाँ हरेक शहरमा केवल एउटै स्थानीय मण्डली थियो। आज हामीहरू नयाँ नियम पद्दतीबाट निकै टाढा छौं। यस्तै हुनेछ भनी प्रभुले रायोको दानाको दृष्टान्तमा बताउनुभएको थियो (मत्ती १३:३१-३२)। साँचो इसाईमतबाट असाधारण, अनियमित, बढ्दो धार्मिक पद्दतीहरू हुर्किए जसलाई कतिले “ख्रीष्टियनमत” भन्छन्। हामी यसलाई “मण्डलीवाद” भन्न सक्छौं। शैतानले एकसमयमा भएको स्पष्ट गवाहीलाई बिगार्ने, कठिन पार्ने, अलमल पार्ने र अस्थव्यस्त गर्ने काममा सफलता पाएको छ। उसले भद्रगोल गराएको छ!

रोमी १६:५–एपाइनेतुस

अखैयामा प्रभुको सेवा गर्दाखेरि पावललेआत्मिक फसलको कटनी गरे। त्यस फसलको पहिलोफल (प्रभुमा आउने प्रथमविश्वासी) एपाइनेतुस थिए, जो प्रेरितको हृदयका अति प्रिय थिए।

पावलले निश्चयपनि म्यासिडोनियाको पहिलोफललाई (वास्तवमा यूरोपकै पहिलोफल) सम्झेर पनि आनन्दित हुन्थे जोचाहिँ लिडिया नाम गरेकी एकजना स्त्री थिइन्, जसको हृदय परमेश्वरले खोल्नुभएको थियो (प्रेरित १६:१४)। समयलाई फर्केर हेर्दा कुनै पनिइलाकामा प्रभुमा विश्वास गर्ने पहिलो व्यक्तिलाई सम्झनु सधैं आनन्दको कुरा हुन्छ यो जानेर किउक्त असल काम सुरु गर्नुहुने परमेश्वरलेआफ्नो काम अगाडि अझै बढाउनुहुनेछ। फसलको सम्बन्धमा “पहिलोफल’ले त्यसको सुरुआतलाईसङ्केत गर्दछ र अरू धेरै फलहरू आउँदैछ भन्ने कुराकोजनाउ दिन्छ। के तपाईं आफूसँग परमेश्वरमा डोर्याउनुभएको पहिलो व्यक्तिको बारेमा रमाइलो सम्झनाहरू छन्? के अझै अरू पनि छन् कि?

रोमी १६:६—मरियम

मरियमको बारेमा हामीलाई थोरै मात्र कुरा बताइएको छ। यति कि तिनले पावल र उनका सहकर्मीहरूका निम्ति “खुबै मेहनत गरेकी छन्” । ग्रीक शब्दको अर्थचाहिँ तिनले थकित र लल्याकलुलुक हुने अवस्थासम्म बेस्सरी कडा परिश्रम गर्दै मेहनत गरिन् भन्ने हुन्छ। त्यहाँ धेरै विश्वासीहरू हुन्छन्जसले ख्रीष्टका निम्ति बेस्सरी कडा परिश्रम गर्छन्तर कति पटक त्यसमाथि मानिसको नजर परेको हुँदैन, उनीहरूले मानिसबाट कुनै स्याबासी वा इनाम पाएका हुँदैनन्। तर परमेश्वरले निश्चय पनि ख्याल राख्नुहुन्छ (हिब्रू ६:१० हेर्नुहोस्)। मुक्तिदाताको निम्ति र उहाँको कामको निम्ति हामीले हाम्रो सम्पूर्ण दिएका होऔं:

“सर्वोत्तम देऊ मालिकलाई जवानको सामर्थ्य देऊ प्राणको ताजा बल्दो जोश लिई सत्यको युद्धमा आऊ!”

मरियम नाम नयाँ नियममा निकै प्रचलित नाम थियो र विभिन्न स्त्रीहरूको यही नाम थियो:

  1. ख्रीष्टकी आमा मरियम (मत्ती १:१६)।
  2. मरियम मग्दलिनी (लूका ८:२)।
  3.  
  4. यूहन्ना उपनाम भएको मर्कूसकी आमा (प्रेरित १२:१२)।
  5.  
  6. बेथानीकी मरियम, मार्थाकी बहिनी (लूका १०:४२)।
  7.  
  8. क्लिओफसकी पत्नी मरियम (यूहन्ना १९:२५; याद गर्नुहोस्, यस पदमा उल्लेखित ४ जना स्त्रीहरूमध्ये ३ जना स्त्रीहरूको नाम “मरियम” थियो)।
  9.  
  10. रोमी १६:६ मा उल्लेख गरिएकी मरियम।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १५:१७-३३

रोमी १५:१७-३३

 

रोमी १५:१७-१८

पावल गर्व गर्न खूब मन पराउँथे! पावल एकदम “घमन्डी” मानिस थिए — उनी आफ्ना मुक्तिदाताको सम्बन्धमा घमन्ड गर्थे! ख्रीष्टले गरिदिनुभएको कुरामा उनलाई घमन्ड थियो। हरेक विश्वासीले भन्न सक्नुपर्छ, “प्रभुले मेरा निम्ति ठूला-ठूला कामहरू गर्नुभएको छ” जसको सम्बन्धमा म गर्व गर्दछु! आफूतर्फ घमन्ड गर्न बिलकुल निषेध गरिएको छ (१ कोरिन्थी १:२९)। परमेश्वरतर्फ घमन्ड गर्न भने पूरा हौसला दिइएको छ (१ कोरिन्थी १:३०-३१)। पावलको गर्व वा घमन्ड येशू ख्रीष्टमा थियो (पद १७)। उसले अन्य कतै पनि गर्व गर्न आँट गरेनन् (पद १८)। उनले आफैले गरेका कामहरूमा गर्व गर्न वा घमन्ड गर्न इन्कार गरे; उनले केवल ख्रीष्टले उनमा गर्नुभएका कामको विषयमा मात्र चर्चा गर्थे र गर्व गर्थे (पद १८)। पावल परमेश्वरका हातमा केवल एक भाँडो थिए। “कुनै पनि बुरुशले त्यसको प्रयोगले रङ्गाइएको तस्वीरका लागि श्रेय लिँदैनन्। कुनै पनि भायोलिनले त्यसको प्रयोग गरी बजाइएको मीठो सङ्गीतका लागि श्रेय लिँदैनन् (म्याकआर्थर)।

उनले यसरी भनेनन्, “जुन कामहरू मैले ख्रीष्टद्वारा पूरा गरेँ ती काममा मात्र म गर्व गर्नेछु।”
बरु उनले भने, “जुन कामहरू ख्रीष्टले मद्वारा पूरा गर्नुभयो ती काममा मात्र म गर्व गर्नेछु।”

ख्रीष्ट स्वर्गमा हुनुहुन्छ तरैपनि उहाँ पृथ्वीमा आफ्ना चुनिएका भाँडाहरूद्वारा सक्रिय रूपमा काम गर्दै हुनुहुन्छ (मर्कूस १६:२०)। ख्रीष्टले पावलद्वारा गर्नुभएको कामको लक्ष्य थियो “अन्यजातिहरूलाई आज्ञाकारी बनाउन” र यहाँ “आज्ञाकारी” भन्नाले सुसमाचारको आज्ञापालनलाई जनाउँदछ। एक अन्यजाति सुसमाचारको आज्ञाकारी बन्दछ जब उसले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दछ। ख्रीष्टलाई र सुसमाचारलाई इन्कार गर्नु भनेको परमेश्वरले सबै मानिसहरूलाई पश्चात्ताप गर्नू (प्रेरित १७:३०) र मुक्ति पाउनू (प्रेरित १६:३१) भनेर दिनुभएको आज्ञालाई पालन नगर्नु अर्थात् अवज्ञा गर्नु हो। सुसमाचारको अवज्ञा सम्बन्धमा एउटा ज्यादै स्पष्ट खण्ड २ थेस्सलोनिकी १:८-९ हो।

ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” ठूला-ठूला कामहरू गर्नुभयो। ख्रीष्टले पावलद्वारा “वचन र कार्यद्वारा” काम गर्दै हुनुहुन्थ्यो भन्ने तथ्यले हामीलाई प्रेरित १:१-२ को सम्झना गराउँछ। यस खण्डमा हामीलाई बताइएको छ कि ख्रीष्टले उहाँको स्वर्गारोहणको समयसम्ममा जे-जति कामहरू गर्नुभयो ती उहाँका कामहरू र शिक्षणका केवल सुरुआत मात्र थिए (“येशूले जे गर्न र सकाउन थाल्नुभयो” — प्रेरित १:१)। प्रेरितको पुस्तकले उहाँका कार्यहरू र शिक्षण (उहाँका वचन र कार्यहरू) को निरन्तरताको अभिलेख प्रस्तुत गर्दछ। ख्रीष्टले आफ्नो पार्थिव सेवकाइमा जे सुरु गर्नुभयो, उहाँले आफ्नो मण्डलीद्वारा निरन्तरता दिँदै हुनुहुन्छ। ख्रीष्ट पृथ्वीमा जे सुरु गर्नुभयो, उहाँले स्वर्गबाट निरन्तरता दिनुहुन्छ पृथ्वीमा भएका आफ्ना चुनिएका भाँडाहरूद्वारा (पावल लगायत अरू विश्वासीहरू)। ख्रीष्टको महिमित सेवकाइ क्रूसमा वा बौरिउठाइमा वा स्वर्गारोहणमा अन्त भएन। त्यो आजसम्म जारी छ! मर्कूस १६:२० फेरि हेर्नुस्।

ख्रीष्टले पावलद्वारा, वचन र कार्यद्वारा, “सामर्थी चिन्हहरू र अचम्मका कामहरूद्वारा” (अन्यजातिहरूको मुक्तिको निम्ति) ठूला-ठूला कामहरू गर्दै हुनुहुन्थ्यो। ख्रीष्टले पावलद्वारा गजबका आश्चर्यकर्महरू गर्नुभयो। पावलले कोरिन्थीहरूलाई यस्तै कुरा गरेका थिए: “म कुनै कुरामा सबैभन्दा मुख्य प्रेरितहरूभन्दा कम छैन। साँच्ची नै प्रेरितका लक्षणहरू तिमीहरूका बीचमा सम्पूर्ण धीरजसाथ चिन्हहरू, अचम्मका कामहरू र सामर्थ्यका कामहरूमा प्रकट गरिएका थिए” (२ कोरिन्थी १२:११-१२)। यो ख्याल राख्नुहोस् कि यी चाहिँ “प्रेरितका लक्षणहरू” थिए (साथै तुलना गर्नुस् प्रेरित २:४३; ५:१२)। पहिलो शताब्दीको मण्डलीमा समेत आश्चर्यकर्महरू गर्ने सामान्यतयाः प्रेरितहरू नै हुन्थे। यी आश्चर्यकर्महरू सबै विश्वासीहरूले गर्दैनथे। प्रेरितहरू जब बितेर गए, प्रेरितका चिन्हहरू पनि उनीहरूसितै बितेर गए। यी सुरुका चिन्हरूपी आश्चर्यकर्महरूको उद्देश्य हिब्रू २:३-४ मा प्रस्तुत गरिएको छ। आश्चर्यकर्महरूले प्रेरितहरूको सन्देशलाई समर्थन गरे र साँचो प्रमाणित गरे। प्रायः “अनपढ र अशिक्षित” (प्रेरित ४:१३) भनी बयान गरिएका प्रेरितहरूको आफ्नै योग्यता केही थिएन। तसर्थ परमेश्वरले तिनीहरलाई यस्ता योग्यताहरू दिनुभयो जोचाहिँ अतिदर्शनीय थिए र उल्लेखनीय थिए अनि तिनले प्रेरितहरूको सन्देश परमेश्वरबाट आएको हो भन्ने कुरा जनाए।

आज, प्रेरित-पश्चातको युगमा, सुसमाचार प्रचारका निम्ति चिन्हरूपी आश्चर्यकर्महरू आवश्यक छैनन्। परमेश्वरले हामीलाई आफ्नो पूर्ण वचन (६६ पुस्तकहरू) ले र आफ्नो सामर्थी आत्माले र परमेश्वरको सारा हातहतियारले (एफेसी ६:१०-१८) सुसज्जित पार्नुभएको छ। हामीलाई अरू के कुरा चाहिन्छ र? सुसमाचार प्रचारको निम्ति “चिन्हहरू र आश्चर्यकर्महरू” आज पनि आवश्यक छन् भनेर सिकाउनेहरू (कथित “पावर इभान्जेलिज्म”) देखि होसियार हुनुहोस्। आज हामीसँग कुनै प्रेरितहरू छैनन्, न ता हामीसित प्रेरितका चिन्हहरू नै छन्, तर हामीसित प्रेरितका शिक्षाहरू छन् जसलाई हामीले यत्नसित प्रचार गर्नुपर्छ र सिकाउनुपर्छ। जब त्यसलाई आत्माको सामर्थ्यमा प्रचार गरिन्छ तब स्वर्गकै सम्पूर्ण असीम सामर्थ्यसहित परमेश्वर स्वयंले आफ्नो वचनलाई समर्थन गर्नुहुनेछ र त्यसको पछाडि उभिनुहुन्छ।

ख्रीष्टले पावलद्वारा गर्नुभएका आश्चर्यकर्महरू के कस्ता थिए?

    • प्रेरित १३:६-१२ — टुन्याहा एलिमास अन्धापनाले प्रहार गरिए
    • प्रेरित १४:१-३ — उनीहरूको हातहरूबाट चिन्हहरू र आश्चर्यकर्महरू भए
    • प्रेरित १४:८-१० — जन्मैदेखिको लङ्गडो तुरुन्तै निको पारियो
    • प्रेरित १६:६-१८ — एउटी युवतीबाट दुष्ट आत्मा हटाइयो
    • प्रेरित १६:२५ आदि — झ्यालखानाबाट अलौकिक छुटकारा गरियो
    • प्रेरित १९:११-१६ — धेरैजना निको पारिए र दुष्टात्माहरू निकालिए

यी आश्चर्यकर्महरूले कस्तो नतीजा ल्यायो?

“तब त्यहाँ जे भएको थियो, सो देखीकन प्रभुको शिक्षाले चकित भएर ती अञ्चलाधीशले विश्वास गरे” (प्रेरित १३:१२)।

“अनि यो कुरा एफेससमा बस्ने सबै यहूदीहरू र ग्रीकहरूले पनि थाह पाए; अनि तिनीहरू सबैलाई डर भयो, र प्रभु येशूको नामको बढाइ भयो। यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्रेरित १९:१७,२०)। परमेश्वर-केन्द्रित सुसमाचार प्रचार “परमेश्वरको आत्माको सामर्थ्यमा” गरिनुपर्छ। परमेश्वरको काम परमेश्वरको तरिकामा र परमेश्वरको सामर्थ्यमा गरिनुपर्छ। “न बलद्वारा, न शक्तिद्वारा, तर मेरो आत्माद्वारा, सेनाहरूको परमप्रभु भन्नुहुन्छ” (जकरिया ४:६)। यस युगमा ख्रीष्टले आफ्नो मण्डली निर्माण गर्दै हुनुहुन्छ (मत्ती १६:१८) जोचाहिँ उहाँको घर हो (१ तिमोथी ३:१५; दाँज्नुस् हिब्रू ३:६)। “परमप्रभुले नै घर निर्माण गर्नुभएन भने ता यसको निर्माण गर्नेहरूले व्यर्थमा यसमा परिश्रम गर्दछन्; परमप्रभुले नै शहरको रक्षा गर्नुभएन भने पाले व्यर्थमा जागो बस्दछ” (भजनसङ्ग्रह १२७:१)। सुरुका चेलाहरू परमेश्वरको आत्माको सामर्थ्य र निर्देशनमा परिचालित थिए भन्ने कुरा निम्न पदहरूबाट प्रस्ट छ: प्ररित १:८; २:१५-१७; ४:८; ४:३१; ६:५; ७:५५; ९:१७; १३:२,४; १३:५२; १५:२८; १६:६।

रोमी १५:१९

“यरूशलेमदेखि…इल्लुरिकुमसम्म” (पद १९) — पावलको मिसनरी परिश्रमको सिमानाहरू यिनै हुन्। उनको परिश्रम कहाँसम्म पुगेको थियो? दक्षिण-पूर्वी सिमाना चाहिँ यरूशलेम थियो; उत्तर-पश्चिमी सिमाना चाहिँ इल्लुरिकुम थियो जुनचाहिँ म्यासिडोनिया र अखैयाको उत्तर र पश्चिमपट्टि थियो। यी दुई सिमानाहरू बीचको दूरी करिब २२०० किलोमिटर थियो (स्मरण होस् पावलको सेवकाइ केवल सीधा रेखामा सीमित थिएन तर उक्त भू-भागको “चारैतिर” सम्म पुगेको थियो)!। प्रेरितको पुस्तकले इल्लुरिकुम पुगेको यात्रालाई उल्लेख गरेको छैन। तर उक्त यात्रा प्रेरित २०:१-२ को समयमा पूरा भएको हुन सक्छ अथवा पावल आफू कोरिन्थमा अवस्थित भएको बेलामा त्यहाँ गएको हुन सक्छ जुन कोरिन्थमा हुँदा नै रोमीहरूलाई यो पत्र लेखिएको थियो। पावलले कोरिन्थबाट रोमीहरूलाई यो पत्र आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर लेखेका हुन्। पावलको काम सतही थिएन, गहिरो थियो। उनले परमेश्वरले उनलाई दिनुभएको कामलाई पूरा गरे। उनले आफ्नो काम फत्ते गरी छाडे।

पावलले ख्रीष्टको सुसमाचार “पूरा प्रचार गरे”; अक्षरशः उनले सुसमाचारपूरा गरे (भर्नु, भरिएको बनाउनु, पूरा गर्नु, सम्पन्न गर्नु)। यो शब्द बप्तिस्मा दिने यूहन्नाको सम्बन्धमा प्रयोग भएको छ जसले “आफ्नो (जीवनको) दौड पूरा गरे” (प्रेरित १३:२५)। उनले उसलाई परमेश्वरबाट दिइएको कामलाई पूरा गरे। पावलले आफ्नो सुसमाचारीय काम पूरा गरे। परमेश्वरले उनलाई निर्देशित गर्नुभएका सबै ठाउँहरूलाई उनले ख्रीष्टको सुसमाचार विश्वासयोग्यसाथ घोषणा गरे। उनी मण्डली सुरु गर्ने वा स्थापना गर्ने व्यक्ति थिए। जसरी पावलले कोरिन्थीहरूलाई भने, “मैले रोपें” (१ कोरिन्थी ३:८), अरूहरूले पानी लगाए। रोप्नेले आफ्नो रोप्ने काम गर्छ र त्यसपछि अर्को ठाउँमा सरेर जान्छ। पावलले विश्वासयोग्यसाथ रोपिसकेपछि उसले भन्न सके, “अब यी इलाकाहरूमा कुनै ठाउँ नरहेको हुनाले” (रोमी १५:२३)। रोमी १५ का बाँकी पदहरूमा बयान गरिएअनुसार पावल अर्को ठाउँमा सर्ने बेला भएको थियो।

पावलले जुन सुसमाचारीय सेवकाइ पूरा गरे त्यो सतही वा थोरै गहिराइको थिएन। उनको सन्देश न्यूनतम आवश्यकता भन्दा धेरै परसम्म पुग्थ्यो। उनले परमेश्वरको अनुग्रहको सुसमाचारको गवाही दिने क्रममा (प्रेरित २०:२४) उनी परमेश्वरको पूरा मनसाय बताउन अठोट गर्थे (प्रेरित २०:२७)। यो त वर्तमान समयको आत्माभन्दा पूरै भिन्न छ; आज केवल न्यूनतम कुराहरू मात्र प्रचार गर्नुपर्छ र विभाजन ल्याउने र अरूलाई चोट पर्ने शिक्षाहरू सिकाउनुहुँदैन भन्ने गरिन्छ। हाम्रा प्रभुले हामीलाई “मैले तिमीहरूलाई जे-जे आज्ञा गरें, ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ” भन्नुभयो (मत्ती २८:२०)। पावलको सुसमाचारीय सेवकाइ केवल खँदिलो मात्र थिएन, त्यो उल्लेखनीय गरी प्रभावकारी पनि थियो। उनको तेस्रो मिसनरी यात्राको समयमा एफेससमा पावलको बसाइको अवधि लामो थियो (प्रेरित २०:३१)। यस सेवकाइको असर कस्तो थियो? “अनि यो कुरा दुई वर्षसम्म भइरह्यो; यसो हुँदा एशियामा बस्ने सबैले – दुवै यहूदीहरू र ग्रीकहरूले – प्रभु येशूको वचन सुने” (प्रेरित १९:१०)। “यसरी परमेश्वरको वचन शक्तिसित बढ्दै गयो र विजयी भयो” (प्ररित १९:२०)। पावलले सुसमाचार पूरा गरे। उनले यस्तै अभिव्यक्ति कलस्सी १:२६ मा पनि प्रयोग गर्दछन्। उनको सेवकाइ भनेको “परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” थियो।

“यसकारण यरूशलेमदेखि, र चारैतिर इल्लुरिकुमसम्म मैले ख्रीष्टको सुसमाचार पूरा प्रचार गरेको छु” (रोमी १५:१९)

“परमेश्वरको वचनलाई अर्थात् त्यस रहस्यलाई पूरा गर्नालाई” (कलस्सी १:२६)

दुवै खण्डहरूले अन्यजातिहरूको बीचमा रहेको पावलको सेवकाइको चर्चा गर्दैछन्। दुवै खण्डहरूले सुसमाचारको त्यस पक्षलाई जनाउँदैछन् जोचाहिँ एउटा “रहस्य” थियो जुनचाहिँ बिगतका युगहरूमा लुकाई राखिइएको थियो। यसलाई हामी विस्तृत रूपमा अध्ययन गर्नेछौं जब हामी उक्त रहस्यको पावलद्वाराको प्रकट हुवाइलाई रोमी १६:२५-२६ मा हेर्नेछौं।

रोमी १५:२०-२१

मण्डली स्थापना गर्ने काममा पावलको नीति भनेको त्यस्तो ठाउँमा जानु थियो जहाँ सुसमाचार प्रचार गरिएको छैन। पावल एक अग्रज मिसनरी थिए, बाटो खोल्ने व्यक्ति थिए, मण्डली सुरुकर्ता थिए। उनको नीति २ कोरिन्थी १०:१४-१६ मा पनि प्रस्तुत गरिएको छ। आजकल पावलको यस नीतिलाई बलजफ्ती गर्ने मानिसहरूद्वारा पटकपटक अवहेलना भइरहेको पाइन्छ जब तिनीहरू यस्तो गाउँ वा बस्तीमा मण्डली सुरु गर्न जान्छन् जहाँ पहिल्यै एउटा ठोस किसिमको, बाइबल विश्वास गर्ने, विश्वासीहरूको सुस्थापित मण्डली छँदैछ। यसले शारीरिक प्रतिस्पर्धा र अनावश्यक गडबडी ल्याउँछ जुनचाहिँ नयाँ नियमको नमुनाको बिलकुलै विपरीत कुरा हो। ख्रीष्टको निम्ति दाबी गरिसकिएको इलाकाभित्र यसरी छिर्नु कति खेदजनक कुरा हो जब कि त्यहाँ कति धेरै इलाकाहरू छन् जहाँ सुसमाचारको गवाही बेसरी खाँचो परिरहेको छ!

पद २१ मा पावलले यशैया ५२:१५ बाट उद्दरण गर्छन्, जुन पद त्यस खण्डको ठीक अगाडि रहेको छ जुन खण्ड ख्रीष्टको प्रतिस्थापनकारी मृत्युको भविष्यवाणी गर्ने पुरानो नियमकै सबभन्दा महत्त्वपूर्ण खण्ड हो (यशैया ५३)। यहोवाका दुःख भोग्नुहुने सेवकका कारण, सुसमाचारको सन्देश राजाहरू र अन्यजातिहरूकहाँ पुग्न सक्छ, अनि यो कुरा पावलका दिनहरूमा निश्चय पनि पूरा हुँदै थियो (प्रेरित ९:१५ सित दाँज्नुस्)। मुक्तिदाताको नाम कहिल्यै नसुनेकाहरूका लागि हरेक विश्वासीको हृदय उत्तेजित हुन र बोझिलो बन्न सकोस्। अन्यजातिहरूको बीचमा ख्रीष्टको खोजेर नसकिने धनहरूलाई प्रचार गर्नु पावलको लागि सबैभन्दा महान् अवसर थियो (एफेसी ३:८)।

रोमी १५:२२-२४

परमेश्वरको पूर्वदृष्टि र उहाँको अगुवाइमा हिँड्ने क्रममा, पावल रोममा आउनदेखि निरन्तरै रोकिएका थिए (२२ पद, रोमी १:१३ हेर्नुहोस्)। उनी किन रोकिए? यरूशलेमदेखि इल्लुरिकुमसम्म (१९पद) पूर्ण रूपमा प्रचार कार्यको आफ्नो सेवकाइ पूरा नगरेसम्म उनी आउन सक्ने थिएनन्। तर ती इलाकाहरूमा यो कार्यभार पूरा गरेपछि “उनी अब मिसनरी आँखालाई थप टाढाका ठाउँहरूमा फैलाउन स्वतन्त्र थिए” (मूर्रे)। उनले आफ्नो आँखा स्पेनतर्फ लगाए (२४ पद)।

तीन प्रचार-यात्राहरू मार्फत ती इलाकाहरूमा सुसमाचार सुनाएपछि, तिनले अब रोममा गएर विश्वासीहरूलाई देख्ने तृष्णा गरे। धेरै वर्षहरूदेखि पावललाई रोमका जनहरू भेट्ने ठूलो इच्छा थियो र उनले यो इच्छा यस पत्रको सुरुमा पनि प्रकट गरेका थिए (रोमी १:९-१३)। जसरी उनीहरू तिनका निम्ति उत्साह बन्नेथिए (रोमी १:१२), उसरी नै उनी पनि उनीहरूका निम्ति आशिष र उत्साह बन्न चाहन्थे (रोमी १:११)। उनले रगतद्वारा किनिएका ख्रीष्टमा आफ्ना भाइहरू र बहिनीहरूसँगै हुने लालसा गरे (रोमी १५:२४; १ यूहन्ना ३:१४ सित तुलना गर्नुहोस्)।

पावलको मूलभूतउद्देश्यचाहिँ रोम होइन स्पेन जानु थियो। योचाहिँ सुसमाचार प्रचार नगरिएको इलाकामा पुग्ने उनको योजनाअनुसार नै थियो (२०पद)। रोममा सुसमाचार प्रचार गरिएको थियो र त्यहाँ मण्डली राम्ररी स्थापित गरिएको थियो। तर स्पेनतर्फ जाँदा पावलले रोममा विश्वासीहरूलाई सहायता गर्न र उनीहरूद्वारा सहायता गरिनको निम्ति पहिले रोकिने योजना गरे। उनले रोमका जनहरूले उनलाई स्पेनतर्फको यात्रामा परसम्म पुर्याइदिने (उनको यात्राको निम्ति आवश्यक कुराहरूको प्रबन्ध गरिदिने) अपेक्षा गरेका थिए। “त्यसैगरी नै ती दिनहरूमा सुसमाचार “फैलाइन्थ्यो”, हो, र अहिले पनि! किनभने हामी पवित्र जनहरूको यस्तो जमात पाउँदछौं जोहरूले प्रार्थना र दानहरूद्वारा प्रचारकलाई अन्य भूमिहरूमा पठाउँछन्!” (न्यूवेल)।

पावलले रोमीहरूलाई भेट्ने र त्यसपछि स्पेनतर्फ लाग्ने योजना बनाए, तर उनको योजना परमेश्वरद्वाराहेरफेर गर्न सकिने गरी उहाँकै अधीनतामा गरिएको थियो। पावलको यात्रा-तालिका उनको आफ्नो योजना अनुसार भएन। उनी रोममा त आइपुगे, तर स्पेन जानको निम्ति होइन, बरू ज्यानै जानसक्ने जहाज दुर्घटना हुँदै कैदीको रूपमा। पावलले सोचेअनुसार त भएन, तर निश्चय नै पावलका सार्वभौम अगुवाले सोचेअनुसारचाहिँ भयो। त्यसैगरी, हामीले पनि हरेक पटक हाम्रा योजनाहरू र समयतालिकाहरूलाई परमेश्वरको हातमा राख्नुपर्छ, ताकि उहाँले आफ्नै इच्छा अनुसार तिनलाई संशोधन गर्न अथवा रद्द गर्नु सक्नुभएको होस्।

के पावल कुनै समयमा स्पेन पुगे त? बाइबलले हामीलाई जवाफ दिँदैन। बाइबलभन्दा बाहिरका केही लेखहरू छन् जसले उनी स्पेन पुगेको सम्भावित सङ्केत दिन्छन्। “पावलले सारा संसारलाई धार्मिकताको प्रचार गरेपछि पश्चिमको पल्लो छेऊमा गएपछि…” (Clement of Rome, 1 Corinthians V.vii)। “पश्चिमको पल्लो छेऊ” भन्नाले सम्भवत: यूरोपको पश्चिमी भागहरूलाई देखाउँछ जसले स्पेनलाई पनि पूर्ण रूपमा सङ्केत गर्दछ।

रोमी १५:२५-२६

रोमको बाटो भएर स्पेन जानलाई पावलले यात्रा सुरु गर्नुभन्दा अगाडि, उनले गर्नुपर्ने केही काम थियो। उनले यरूशलेममा भएका यहूदी जनहरूको सेवा गर्नुपर्नेथियो। पावललाई पत्रुस, याकूब र यूहन्नाले अन्यजातिहरूकहाँ जानु अनि गरिबहरू (गलाती २:१०, सायद यरूशलेमका गरिब विश्वासीहरू) लाई कहिल्यै नभुल्नु भनी भनेको कुरालाई उनले बिर्सेनन्। यी विश्वासीहरू निकै गरिब थिए र उनीहरूलाई सहायताको खाँचो थियो, र म्यासिडोनिया र अखैयाका विश्वासीहरूले आफ्नो तर्फबाट उदार रत्यागी हृदयलेदिएका थिए। यरूशलेमका जनहरूलाई दिनको निम्ति पावलले म्यासिडोनिया र अखैयाका विश्वासीहरूलाई उत्साह दिएको मुख्य भूमिकालाई यहाँ उल्लेख गरिएको छैन (१ कोरिन्थी १६:१-४ र २ कोरिन्थी ८-९ अध्यायहरू पढ्नुहोस्)।

यरूशलेमका विश्वासीहरू किन यस्तो खाँचोमा परेका थिए? हामी जान्दछौं कि मण्डलीका सुरुका दिनहरूमा यरूशलेमका यहूदीहरूले आफ्नो सम्पत्तिहरू बेचेर बाँडेका थिए: “अनि विश्वास गर्नेहरू सबै एकैसाथ थिए, र तिनीहरूका सबै थोकहरू साझा थिए। अनि तिनीहरूले आफ्ना सम्पत्ति र सामानहरू बेचेर हरेकलाई खाँचो परेअनुसार ती सबै मानिसहरूलाई बाँडिदिन्थे” (प्रेरित २:४४-४५)। यसको अर्थ, उक्त समयमा पनि त्यहाँ आवश्यकतामा परेका विश्वासीहरू थिए। त्यति धेरै जनाको गरिबीको मूख्य कारणचाहिँ सतावट हुनसक्छ। मण्डली इतिहासमा, विश्वास गर्ने यहूदीहरू उनीहरूको आफ्नै मानिसहरूद्वारा सताइएका छन्, उनीहरूको आफ्नै परिवारद्वारा त्यागिएका छन् र यहूदी समाजबाट निकालिएका छन्। यो कुराको अलिकति पूर्वस्वाद यूहन्ना ९:३४-३५ मा पाइन्छ (जन्मैदेखिको अन्धो मानिस सभाघरबाट निकालिएको थियो; यूहन्ना ९:२२ पनि हेर्नुहोस्)। यो कुराले हामीलाई जब मानिसहरू बाहिर फ्याँकिन्छन्, येशू उनीहरूलाई स्वीकार गर्न पर्खिरहनुभएको हुनुहुन्छ भनी सम्झना गराउँदछ (यूहन्ना ६:३७ पनि हेर्नुहोस्)। विश्वास गर्ने एउटा यहूदी कसरी उसको परिवारबाट त्यागिन्छ भन्ने हृदय-स्पर्शी घटना पढ्न, चार्ली कोल्सन, युद्ध ढोलक बजाउने केटो नामक पुस्तिका हेर्नुहोस्। यरूशलेमका यहूदीहरूमाझ गरिबी आउनुको अर्को कारणचाहिँ प्यालेस्टाइनलाई बेस्सरी असर पार्ने गरी आएको अनिकाल थियो। यस अनिकालको कारणले “चेलाहरूले, हरेकले आफ्नो औकातमुताबिक यहूदियामा बसेका भाइहरूका निम्ति सहायता पठाउने निर्णय गरे” (प्रेरित ११:२७-३०)।

रोमी १५:२७

सङ्कष्टमा परेका यहूदीहरूको निम्ति त्यस्तो भेटी दिन अन्यजाति विश्वासीहरू खुशी थिए। यो काम उनीहरूले स्वेच्छापूर्वक गरे। उनीहरूले वाध्यताले होइन र इच्छुक हृदयले गरे। उनीहरूले २ कोरिन्थी ९:७ अनुसारको मनोभावले दिए।

अन्यजातिहरू यहूदीहरूका ऋणी हुन्। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने “मुक्ति यहूदीहरूबाट छ” (यूहन्ना ४:२२)। हामी उनीहरूप्रति एकदम ऋणी छौं किनभने बाइबल यहूदीहरूबाटको हो। साँच्चै, लूकाबाहेक नयाँ नियमका अन्य सबै लेखकहरू यहूदीहरू नै थिए। हामीहरू यहूदीहरूका ऋणीहरू हौं किनभने उनीहरूको परमेश्वर अब हाम्रो परमेश्वर हुनुभएको छ। उनीहरूको मसीह हाम्रो मसीह हुनुभएको छ! अन्यजातिहरू आत्मिक कुराहरूका भागीदार बनाइएका छन्! अन्यजातिहरूले शारीरिक (भौतिक) कुराहरूमा यहूदीहरूको सेवा गर्नु केवल यथायोग्य कुरा मात्र हो। ठूला आत्मिक आशिषहरू उनीहरूबाट हामीकहाँ आएका छन्। त्यसैले ठूला शारीरिक वा भौतिक आशिषहरू हामीबाट उनीहरूलाई जानु उचित कुरा हो। हामीले हाम्रो यहूदी भाइहरूलाई हर सम्भव तरिकाले सहयोग गर्नुपर्छ। उनीहरूको ईश्वरीय इतिहासको कारणले पनि हामी विश्वास नगर्ने यहूदीहरू प्रति ऋणी छौं, यद्यपि उनीहरूको वर्तमान अविश्वासको कारणले उक्त सम्पत्तिलाई उनीहरूले ठीकसँग प्रतिनिधित्व गरिरहेका छैनन्। संसारमै यहूदीको सबैभन्दा मिल्ने मित्र ख्रीष्टमा विश्वास गर्नेहरू हुनुपर्छ।

रोमी १५:२८-२९

पावलले आफूलाई परमेश्वरको इच्छामनिराख्दैआफ्ना योजना तथा विचार बाँड्छन्।

  1. पहिलो, यहूदी विश्वासीहरूलाई सुरक्षितसाथ दान पुर्याउनु।
  2. ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा रोममा भएका विश्वासीहरूकहाँ आउनु।
  3. स्पेनमा सुसमाचार प्रचार गर्नु (२८पद), र रोमको मण्डलीको सहायताद्वारा त्यहाँ आइपुग्नु।

पावलले कुरा गरेको “फल” भनेको म्यासिडोनिया र अखैयामा भएका अन्यजाति विश्वासीहरूबाट यहूदियाका गरिब जनहरूका निम्ति उदार हृदयलेदिइएको प्रेमको उपहार हो (फिलिप्पी ४:१७ लाई पनि दाँज्नुहोस् जहाँ “फल” शब्दको प्रयोग विश्वासीद्वारा विश्वासीलाई उदार हृदयले दिइएको दानको बारेमा बताउन प्रयोग गरिएको छ)। जुन थोकलाई कसै-कसैले खेर गएको बलिदान भन्छन्, त्यसलाई परमेश्वरले रहिरहने फल ठहराउनुहुन्छ। “कसै-कसैले चारैतिर छर्छ, तर पनि उसको बढ्ती नै हुन्छ” (हितोपदेश ११:२४)।

उनले उक्त दानलाई सफलतापूर्वक र सुरक्षासाथ नपुर्याएसम्म पावलको यरूशलेम तर्फको यात्रा सफल हुनेथिएन। तिनले “यो फल तिनीहरूलाई सुम्पिनुपर्नेथियो” अथवा मोहर (छाप) मार्नुपर्नेथियो। उक्त दान सुरक्षित साथ पुर्याइएपछि र उनीहरूलाई सुम्पिदिएपछि त्यो दानमा मोहर मारियो। दान सङ्कलन कार्य पहिल्यै भइसकेको थियो तर पुर्याइएको थिएन। “छाप” शब्दलाई परमेश्वरको सन्तानलाई सुरक्षितसाथ पुर्याउने सवालमा पनि प्रयोग गरिएको छ। परमेश्वरले हामीलाई पवित्र आत्माद्वारा छाप मार्नुभएको छ (२ कोरिन्थी १:२१-२२; एफेसी १:१३; ४:३०) जोचाहिँ हाम्रो अन्तिम छुटकाराको वैना वा जमानत हुनुहुन्छ। हामीभित्र वास गर्नुहुने आत्माचाहिँ हामी सुरक्षितसाथ परमेश्वरको स्वर्गमा पुर्याइनेछौं भन्ने कुराको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ। कसैले पनि त्यो छापलाई तोड्न सक्दैन। पावलले अन्यजाति विश्वासीहरूबाटको उक्त प्रेम-दानलाई सुरक्षित साथ पुर्याउनको निम्ति तिनको आफ्नै शक्ति, समय, बल र आवश्यक परेमा आफ्नै जीवन पनि (प्रेरित २१:१३ हेर्नुहोस्) दिन तयार थिए। परमेश्वर पनि उहाँको आफ्नै व्यक्तित्वमा तेस्रो स्वर्गमा हाम्रो सुरक्षित आगमनको निश्चयता (ग्यारेन्टी) हुनुहुन्छ! हामीहरू पवित्र पारिएका छौं, छाप मारिएका छौं र सुरक्षित पारिएका छौं!

पावलको योजना “तिमीहरूबाट भएर स्पेन” जानु थियो (२८ पद), अर्थात्, रोमीहरूबाट भएर। रोमीहरूको सहयोग र भौतिक सहायताको माध्यमद्वारा उनीहरूले तिनलाई स्पेनमा पुर्याउनेथिए। परमेश्वरका मानिसलाई परमेश्वरको कार्यको निम्ति सहयोग गर्नु परमेश्वरको मण्डलीहरूको विशेष अधिकार हो।

पावल कसरी रोम जानेथिए? “ख्रीष्टको सुसमाचारको आशिषको भरपूरीमा” (२९ पद)। पावलको हृदय परमेश्वरको असल खबरहरूले यति भरिएको र यति आशिषित भएको थियो कि रोमीहरूमा यो भरिएर पोखिनेथियो। रोमीको पुस्तकको चाबी शब्द नै “सुसमाचार” हो। यो पुस्तकको विषयवस्तु “परमेश्वरको सुसमाचार” हो (रोमी १:१)। पावलले केवल सुसमाचार प्रचार मात्र गरेनन्, तर सुसमाचार अनुसार जिए पनि; उनी सुसमाचारमा डुबेका थिए’ उनी “सुसमाचारका निम्ति अलग पारिएका” थिए (रोमी १:१)। कुनै व्यक्तिले पावललाई भेटेर पनि सुसमाचारको आशिषचाहिँ नभेट्न सक्दैनथियो। कुनै व्यक्तिले पावललाई भेट्दा परमेश्वरको असल खबरको बारेमाचाहिँ नसुन्न सक्दैनथियो।

रोमी १५:३०-३३ पावलको प्रार्थनाको बिन्ती

प्रभु येशू ख्रीष्ट र पवित्रआत्माबाट आएको प्रेमद्वारा (गलाती ५:२२), पावलले रोमका विश्वासीहरूलाई उनीसँगै मिलेर प्रार्थनामा कष्ट भोग्नर संघर्ष गर्न बिन्ती गर्दछन्। “संघर्ष” शब्दको अर्थ कुनै प्रतियोगितामा परिश्रम गर्नु, कुस्ती लड्नु, भिड्नु, युद्ध लड्नु भन्ने हुन्छ। यसको अर्थ सशक्त प्रयास गर्नु हुन्छ र अन्य ठाउँमा पावलले प्रार्थनासँग सम्बन्धित गरेर (कलस्सी ४:१२ हेर्नुहोस्) र विश्वासको असल लडाइँ लड्ने विषयमा (१ तिमोथी ६:१२; २ तिमोथी ४:७) उक्त शब्दको प्रयोग गरिएकोछ। बाइबलीय प्रार्थना भनेको सहज अभ्यास होइन (कलस्सी २:१ सँग तुलना गर्नुहोस्)। यसले हाम्रो सर्वोत्तम माग गर्दछ। आज निकै थोरै जनहरूले मात्र प्रार्थनामा परमेश्वरसँग कुस्ती लड्न र कष्ट भोग्न व्यक्तिगत रूपमा अनुभव गरेका छन्। “प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्” लूका ११:१ हेर्नुहोस्।

(टिप्पणीको निम्ति: ३० पदमा त्रिएक परमेश्वरको सबै सदस्यहरूको उल्लेख गरिएको छ: प्रभु येशू ख्रीष्ट, आत्मा, परमेश्वर। यो खण्डमा आत्माको फलको पनि उल्लेख गरिएको छ: प्रेम (३०पद), आनन्द (३२पद) र शान्ति (३३ पद)—गलाती ५:२२ सित तुलना गर्नुहोस्)

प्रार्थनाको पहिलो बिन्ती

(३१पद)—यहूदियामा भएका विश्वास नगर्नेहरूको हातबाट उम्कनको निम्ति।

पावल यरूशलेम जाँदाहुँदि उनी ठूलो खतरामा हिँडे (प्रेरित २१:११)। पावलको जीवन कसरी जोगियो भन्ने कुरा उल्लेखनीय छ। पावलले आफूलाई मार्ने निधो गरेका क्रोधले भरपूर यहूदी भीडको बीचमा आफैंलाई भेट्टाए। भीडले यसो भन्दै कराए, “त्यसलाई हटाइदेऊ!” (प्रेरित २१:३६)। “पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!” (प्रेरित २२:२२)। यरूशलेमका ती अविश्वासीहरूको हातबाट पावलले पाएको अचम्मको छुटकाराको बारेमा पढ्नको निम्ति प्रेरित २१-२३ अध्यायहरू हेर्नुहोस्। “विश्वास नगर्नेहरू”—जोहरू अनाज्ञाकारी छन्, अर्थात्, सुसमाचारप्रति अनाज्ञाकारी।

प्रार्थनाको दोस्रो बिन्ती

(३१ पद)—उनको दान पुर्याउने सेवा पूरा होस् र त्यो सेवा पवित्र जनहरूका लागि ग्रहणयोग्य होस् भनेर।

“ग्रहणयोग्य” भन्नाले राम्ररी स्वीकार गरिएको। यही शब्द १६ पदमा पनि प्रयोग गरिएको छ। पावलले यहूदियामा भएका गरिब जनहरूप्रतिको प्रेमको निम्ति आफ्नो मिसन पूरा गर्न चाहन्थे र उक्त दान सधन्यवाद स्वीकार गरिएको देख्न चाहन्थे। पावल कसरी ती यहूदीहरूद्वारा ग्रहण गरिए? प्रेरित २१:१७ हेर्नुहोस्। त्यो भन्दा पनि महत्त्वपूर्ण त यी यहूदीहरूले अन्यजातिहरूको माझमा परमेश्वरले महान् कार्य गरिरहनुभएको कुरालाई महसुस गरे (प्रेरित २१:१९-२०)। अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई परमेश्वरले अन्यजातिहरूसँग भेट गर्नुभएको महान् कामप्रति उनीहरू अप्रसन्न भएनन् (प्रेरित १५:१४)।

प्रार्थनाको तेस्रो बिन्ती

(३२ पद)—परमेश्वरको इच्छाद्वारा रोममा आइपुग्नको निम्ति

पावल परमेश्वरको इच्छाद्वारा रोममा त आइपुगे तर उनले योजना गरे अनुसार चाहिँ होइन। मानिसले योजना बनाउँछ तर परमेश्वरले निर्धारण गर्नुहुन्छ। उनी रोमी कैदी भएर बन्धनहरूमा आइपुगे, तर यो परमेश्वरको इच्छामा थियो र “सुसमाचारका प्रगतिका” निम्ति थियो (फिलिप्पी १:१२)। पावल आनन्दसाथ रोममा आइपुगे। रोमका भाइहरूलाई पहिलोचोटि भेट्दा पावलले महसुस गरेको आनन्द प्रेरित २८:१४-१५ मा देख्न सकिन्छ। “ताजा हुनु” को अर्थ विश्राम गर्नु वा कसैको आत्मामा ताजा हुनु हो (थेयर)। यो कृयालाई (उपसर्गको प्रयोग नगरिकन) मत्ती ११:२८ मा प्रयोग गरिएको छ—“म तिमीहरूलाई विश्राम दिनेछु”। “ताजा” शब्दको अर्थको निम्ति १ कोरिन्थी १६:१८; २ कोरिन्थी ७:१३; फिलेमोन ७,२० हेर्नुहोस्। पावल उनीहरूको निम्ति र उनीहरू पावलको निम्ति ताजा तुल्याउने आशिष हुनेथिए।

तिनओटै बिन्तीहरूको जवाफ दिइयो!

पावलले आशिषको वचन दिएर यो अध्यायको अन्त्य गर्दछन् (३३ पद)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

रोमी १५:९ख-१२

रोमी १५:९ख-१२

 

रोमी १५:९ख-१२

पावल, जो अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका दास थिए (पद १६), उनले अन्यजातिहरूप्रति परमेश्वरको दया प्रशस्त छ भन्ने देखाउनलाई पुरानो नियमबाट चारओटा खण्डहरू उद्दरण गर्दछन्। यी पुरानो नियमका खण्डहरू हुन् जसले परमेश्वरको कृपा अन्यजातिहरूसम्म तन्किएर पुग्दछ जसको फलस्वरूप उनीहरूको उद्धार हुन्छ भन्ने कुरा दर्शाउँदछ। पावलको तात्पर्य यो हो: के उहाँ यहूदीहरूका मात्र मुक्तिदाता हुनुहुन्छ? के उहाँ अन्यजातिहरूका मुक्तिदाता पनि हुनुहुन्न र? हो, उहाँ अन्यजातिहरूका पनि मुक्तिदाता हुनुहुन्छ (दाँज्नुस् रोमी ३:२९)।

खण्ड #१ — भजनसङ्ग्रह १८:४९ (२ शमूएल २२:५०)
हेर्नुहोस् रोमी १५:९

दाऊदले परमप्रभुलाई जातिजातिहरूका सामु स्वीकार गर्न चाहे। दाऊदले आफ्ना महान् परमेश्वरलाई इस्राएललाई मात्र होइन तर सबै जातिहरूलाई चिनाउन चाहे।

खण्ड #२ — व्यवस्था ३२:४३। हेर्नुस् रोमी १५:१०।

मोशाको गीतमा अन्यजाति राष्ट्रहरूलाई परमेश्वरको जाति (इस्राएल) सँगै आनन्द मनाउनलाई भनिएको छ। सन्दर्भमा परमेश्वरले इस्राएलका शत्रुहरूसित बदला लिनुहुने कुरा र आफ्ना जाति इस्राएलप्रति कृपालु हुनुहुने कुराको चर्चा गरिँदैछ। परमेश्वरले तिनीहरूलाई श्राप दिनुहुनेछ जसले इस्राएललाई श्राप दिनेछ (उत्पत्ति १२:३)। तरैपनि इस्राएललाई आशिष दिने र इस्राएलका परमेश्वरमाथि विश्वास गर्ने अन्यजातिहरू परमेश्वरको दयामा रमाहट गर्न इस्राएललाई साथ दिन सक्छन्। स्मरण होस्, अब्राहामसितको करारका आशिषहरू पृथ्वीका सबै कुलहरूसम्म फैलियोस् भन्ने ध्येय रहेको थियो (उत्पत्ति १२:३)।

खण्ड #३ — भजनसङ्ग्रह ११७:१। रोमी १५:११।

यो सबैभन्दा छोटो भजनमा सबै राष्ट्रहरू र सबै जातिहरूलाई उहाँको महान् कृपाको निम्ति परमप्रभुको प्रशंसा गर्न आज्ञा गरिएको छ।

खण्ड #४ — यशैया ११:१०। रोमी १५:१२।

हजार वर्षीय राज्यसम्बन्धी यस गहकिलो खण्डअनुसार यीशैका विशिष्ट पुत्र, ख्रीष्ट मसीहले राज्यको युगमा दुवै यहूदीहरू र अन्यजातिहरूमाथि शासन गर्नुहुनेछ भन्ने कुरा सिक्छौं। त्यस दिन अन्यजातिहरूले उहाँमाथि भरोसा राख्नेछन्।

यहूदीहरूप्रति परमेश्वरको आफ्नो वचनमा सत्य र आफ्ना प्रतिज्ञाहरूमा विश्वासयोग्य देखाउनुहुन्छ। अन्यजातिहरूप्रति परमेश्वर दयामा प्रशस्त देखाउनुहुन्छ!

रोमी १५:१३

धीरज र सान्त्वनाका परमेश्वर (पद ५) आशाका परमेश्वर पनि हुनुहुन्छ। उहाँ नै मेरो आशाको स्रोत हुनुहुन्छ। मेरो आशा उहाँबाट आउँछ। “हे मेरो प्राण, तँ परमेश्वरको मात्र बाटो हेर; किनकि मेरो आशा उहाँबाट नै पूरा हुन्छ” (भजनसङ्ग्रह ६२:५)। हाम्रा विश्वासयोग्य परमेश्वरको व्यक्तित्व र उहाँका प्रतिज्ञाहरू जति उज्याला छन् हाम्रो भविष्य पनि उत्तिकै उज्यालो छ। उहाँले विश्वास गर्नेको हृदयलाई “सारा आनन्द र शान्तिले” भरिदिन सक्नुहुन्छ।

आनन्द र शान्ति ख्रीष्टको हजार वर्षीय राज्यको चरित्र हुनेछ (रोमी १४:१७ अन्तर्गत हाम्रो टिप्पणी हेर्नुस्) जुन बेला उहाँले जातिजातिहरूमाथि राज्य गर्नुहुनेछ। विश्वास गर्ने हृदयमा ख्रीष्टले जब राज्य गर्नुहुन्छ तब यसको आशिषमय प्रतिफल आनन्द र शान्ति हुन्छ। तर विश्वासी जनचाहिँ विश्वास गरिरहेको हुनुपर्छ! विश्वास जरा हो; आनन्द र शान्ति फल हो (गलाती ५:२२ मा हेर्नुस् — “आत्माको फल हो प्रेम, आनन्द, शान्ति”)। विश्वास नगरीकन त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। शरीरअनुसार हिँड्दै गरेको एउटा शारीरिक विश्वासीको निम्ति त्यहाँ कुनै आनन्द वा शान्ति हुँदैन। तर भरोसा गर्ने विश्वासीसित निरन्तर आनन्दको मनोभाव हुनु सम्भव छ (१ थेस्सलोनिकी ५:१६) र उसले एक अविचलित हृदयको शान्ति जान्न सक्दछ (यूहन्ना १४:२७)। साँचो आनन्द र साँचो शान्ति परमेश्वर स्वयंबाट आउने कुरा हुन्। याद गर्नुस्, उहाँले “मेरो आनन्द” (यूहन्ना १५:११) र “मेरो शान्ति” (यूहन्ना १४:२७) को कुरा गर्नुभयो। परमेश्वर आफूले गरिरहनुभएको कुरामा सधैं आनन्दित हुनुहुन्छ अनि यसरी हामीले उहाँको आनन्द र शान्तिको भागीदार हुन पाउँछौं। परमेश्वर कहिल्यै कुनै कुराको बारेमा विचलित हुनुहुन्न अनि हामीले उहाँको शान्तिको भागीदार हुन पाउँछौं यद्यपि हामी एउटा सङ्कष्ट-ग्रस्त संसारमा बाँचिरहेका छौं (यूहन्ना १६:३३)। परमेश्वरको आनन्द र परमेश्वरको शान्तिले भरिएको विश्वासी त्यो हो जो पवित्र-आत्माले भरिएको छ। आनन्द र शान्तिमा पुर्याउने अर्को कुनै बाटो वा मार्ग छैन, केवल “पवित्र आत्माको सामर्थ्यद्वारा” (रोमी १५:१३) मात्र त्यो सम्भव छ।

“प्रशस्त हुनु” एउटा क्रियापद हो जसको माने “एउटा निश्चित अङ्क वा नापभन्दा बढी हुनु हो, अधिक हुनु, प्रशस्त हुनु, चुलिएर पोखिनु” (थेयर)।

विश्वासी जन भित्रपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन आशाले प्रशस्त (रोमी १५:१३)
विश्वासी जन सान्त्वनाले प्रशस्त (२ कोरिन्थी १:५)
विश्वासी जन अनुग्रहले प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन आनन्दले प्रशस्त (फिलिप्पी १:२६)

विश्वासी जन बाहिरपट्टि प्रशस्त भइरहेको बयान

विश्वासी जन प्रभुको काममा प्रशस्त (१ कोरिन्थी १५:५८)
विश्वासी जन ख्रीष्टको निम्ति परिश्रममा प्रशस्त (१ कोरिन्थी १५:१०)
विश्वासी जन हरेक असल काममा प्रशस्त (२ कोरिन्थी ९:८)
विश्वासी जन अरूहरूतर्फ प्रेममा प्रशस्त (फिलिप्पी १:९; १ थेस्सलोनिकी ३:१२; ४:९-१०)
विश्वासी जन प्रभुलाई खुशी पार्ने हिँडाइमा प्रशस्त (१ थेस्सलोनिकी ४:१)

आशाका परमेश्वरले विश्वासीलाई आशामा प्रशस्त बनाउन सक्नुहुन्छ:

विश्वासी जन, सबै कुरा मिलेर भलाइ उत्पन्न गर्दछन् र हामीलाई ख्रीष्टको स्वरूपमा ढाल्ने प्रमुख लक्ष्य पूरा गर्दछन् भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (रोमी ८:२८-२९)। विश्वासी जन सबै कुराहरूमा ख्रीष्ट महिमित हुनुहुनेछ भन्ने कुराको निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ (फिलिप्पी १:२०)। विश्वासी जन यो निश्चित प्रतीक्षाले प्रशस्त भइरहेको हुन्छ कि जब ख्रीष्ट देखा पर्नुहुनेछ तब हामी पनि उहाँजस्तै हुनेछौं किनकि हामीले उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौं (१ यूहन्ना ३:२-३)। यो अचम्मको कुरा हो कि हामी आशाले प्रशस्त हुन सक्छौं र चुलिएर पोखिन सक्छौं जब कि हामी एक पटक यसरी बयान गरिएकाहरू थियौं, “आशा नभएका र परमेश्वररहित” (एफेसी २:१२)। त्यो थियो हाम्रो विगतको अवस्था जब हामी बाँचेका थिएनौं तर अब येशू ख्रीष्ट नै हाम्रो आशा हुनुहुन्छ (तीतस १:१)!

रोमी १५:१४

“पूरा निश्चित भएको छु” भन्ने अभिव्यक्ति (जो पावलले रोमी ८:३८; १४:१४; फिलिप्पी १:६; २ तिमोथी १:१२, आदिमा प्रयोग गरेका छन्) को माने विश्वस्त हुनु, ढुक्क हुनु भन्ने हो। रोममा भएका आफ्ना भाइहरू (सङ्गी विश्वासीहरू) को सवालमा त्यहाँ तीनओटा कुराहरू थिए जसको विषयमा पावल निश्चित थिए र विश्वस्त थिए:

१) तिनीहरू भलाइले भरपूर छन् भन्ने कुरामा

“भलाइ” भन्ने शब्द गलाती ५:२२ र एफेसी ५:९ मा पाइन्छ। ती दुवै ठाउँमा त्यो चाहिँ आत्माको फल भएको कुरा उल्लेख छ (यो शब्द पाइने नयाँ नियम तेस्रो र अन्तिम ठाउँ हो २ थेस्सलोनिकी १:११)। यो धेरैपटक पाइने अर्को एउटा ग्रीक शब्द “आगाथोस्” (असल) सित सम्बन्धित शब्द हो। प्रेभु येशूले यो सिकाउनुभयो कि परमेश्वर बाहेक अरू कोही असल छैन (मत्ती १९:१६-१७)। “परमप्रभु भलो हुनुहुन्छ, सङ्कष्टको दिनमा एउटा किल्ला ठहरिनुहुन्छ; अनि जसले उहाँमाथि भरोसा राख्छन्, उनीहरूलाई उहाँ चिनुहुन्छ” (नहूम १:७)। पावल निश्चय गरी जान्दथे कि रोममा भएका विश्वासीहरूभित्र परमेश्वर अन्तरवास गर्नुहुन्छ जो असल हुनुहुन्छ। विश्वासीमा भएको कुनै पनि भलोपन (असलपन) उहाँ र उहाँकै कारण मात्र हो। हामी यदि असल छौं भने यो परमेश्वरको कारण हो। हामी यदि भलाइले भरपूर छौं भने त्यो चाहिँ हामी उहाँले भरपूर भएर हो, उहाँको व्यक्तित्व र उपस्थितिमा रमाइरहेकाले हो।

२) तिनीहरू ज्ञानले भरिएका छन् भन्ने कुरामा

उनीहरू भरिएका थिए र फलस्वरूप उनीहरू भरिएको अवस्थामा रहिरहेका थिए (पूर्णकालिक क्रियापद, perfect tense)। परमेश्वरले यी विश्वासीहरूलाई उहाँ को हुनुहुन्छ र उहाँको इच्छा के हो भन्ने ज्ञानले भरपूर पार्नुभएको थियो। कोरिन्थका विश्वासीहरूको बारेमा पावलले भनेका कुराको हामीलाई सम्झना आउँछ: “म तिमीहरूको विषयमा, येशू ख्रीष्टद्वारा तिमीहरूलाई दिइएको परमेश्वरको अनुग्रहका निम्ति मेरा परमेश्वरलाई सधैं धन्यवाद चढाउँछु, किनकि हरेक कुरामा तिमीहरू उहाँद्वारा धनवान् बनाइएका छौ – सारा वचनमा र सारा ज्ञानमा” (१ कोरिन्थी १:४-५)। विश्वासी जन किन ज्ञानले भरिएको छ? किनभने ऊ ख्रीष्टले अन्तरवास गरिएको छ जसमा नै “बुद्धि र ज्ञानका सम्पूर्ण सम्पत्तिहरू लुकेका छन्” (कलस्सी २:३)। हामीसित ख्रीष्ट हुनुहुन्छ त्यसैले हामीलाई ज्ञानको कहिल्यै अभाव छैन! “हामीसित ख्रीष्टको मन छ” (१ कोरिन्थी २:१६)। हामीसित जे छ त्यसको फाइदा उठाउनुपर्छ (दाँज्नुस् फिलिप्पी २:५ — “त्यही मन तिमीहरूमा पनि होओस्…”)। हामीसित ठूलो इन्साइक्लोपिडिया होला रे, तर हामी यदि त्यसलाई कहिल्यै प्रयोग गर्दैनौं र त्यसको कहिल्यै फाइदा उठाउँदैनौं भने त्यो सबै ज्ञानको हामीलाई के फाइदा भयो र?

३) तिनीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए

यो क्रियापद (नूथेटेओ) नयाँ नियममा आठ पटक प्रयोग भएको छ र यसलाई “चेताउनी दिनु” वा “सम्झाउनु” भनेर अनुवाद गरिएको छ। पावलले तीन वर्षसम्म एफेससका विश्वासीहरूलाई दिन-रात आँसुसहित चेताउनी दिए (प्रेरित २०:३१), किनकि भेडाहरूलाई ब्वाँसाहरूदेखि जोगाउनलाई उनी जिम्मेवार थिए। पावलले कोरिन्थीहरूलाई चेताउनी दिए किनकि उनले उनीहरूलाई “प्रिय छोराहरूलाई” जस्तै प्रेम गर्थे (१ कोरिन्थी ४:१४)। पावलको सेवकाइ हरेक मानिसलाई चेताउनी दिनु र हरेक मानिसलाई सिकाउनु थियो ताकि हरेक मानिस ख्रीष्टमा परिपक्क्व (सिद्ध) अवस्थामा प्रस्तुत गर्न सकियोस् (कलस्सी १:२८)। यो चेताउनी र सम्झाउने काम भजनहरू र स्तुतिगानहरू र आत्मिक गीतहरूद्वारा पनि गर्ने गरिन्छ (कलस्सी ३:१६)। प्रभुमा हामीमाथि रहेकाहरू अर्थात् स्थानीय मण्डलीका अगुवाहरूले हामीलाई शिक्षा-चेताउनी दिनुपर्ने जिम्मेवारी बोकेका हुन्छन् (१ थेस्सलोनिकी ५:१२)। बेठीक चाल चल्ने विश्वासीहरूलाई अर्थात् पवित्र शास्त्रहरूको स्पष्ट शिक्षाभन्दा बाहिर हिँड्नेहरूलाई चेताउनी दिइनुपर्छ, सम्झाइनुपर्छ (१ थेस्सलोनिकी ५:१४; २ थेस्सलोनिकी ३:१५)।

चेताउनी दिने सेवकाइको महत्त्वलाई हामीले तुच्छ ठान्ने आँट नगरौं। चेताउनी सकली प्रेमको प्रमाण हो। जुन व्यक्तिले प्रस्टै कुनै खतरा देख्छ र चेताउनी दिँदैन भने उसले प्रेम होइन घृणा देखाउँदैछ। त्यसैले परमेश्वरका जनहरूलाई चेताउनी दिन नसक्नुको पछाडि दुई मध्ये एउटा कारण हो: १) प्रेमको अभाव २) खतराहरू चिन्न नसक्नु। हामी डरपोक पहरेदार कदापि नभएका होऔं (इजिकिएल ३३:६; प्रेरित २०:२६-२७)। चेताउनी दिनु सजिलो छैन तर त्यो आवश्यक छ। रोकथामको औषधी मीठो नलाग्ला तर त्यसले हामीलाई शल्यक्रिया वा मृत्युबाट बचाउन सक्छ। मानिसहरूलाई चेताउनीको कडा डोस चाहिन्छ ताकि उनीहरूले आफ्ना जीवनहरूलाई परमेश्वरको वचनको पक्षतिर सुधारमा लैजाऊन्।

चेताउनी भन्ने कुरा शिक्षण कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो, तसर्थ महान् आज्ञा पूरा गर्ने कार्यमा हुनुपर्ने अत्यावश्यक तत्त्व हो (मत्ती २८:२०)। विश्वासीहरूलाई केवल “सकारात्मक” सत्यताहरू मात्र सिकाउनु र चेताउनीहरू नदिनु चाहिँ भेडाहरूलाई ब्वाँसाहरूका निम्तिपोस्याउनु हो जसले बगाललाई बाँकी राख्नेछैनन् (प्रेरित २०:२९-३०)। विश्वासयोग्य बाइबलीय शिक्षामा चेताउनी समावेश हुनैपर्छ। पावलले परमेश्वरको सारा मनसाय बताउन पछि हटेनन् मात्र होइन (प्रेरित २०:२७), उनले बगाललाई तीन वर्षसम्म दिनरात आँसुसित चेताउनी दिन छोडेनन् (प्रेरित २०:३१)। हरेक मानिस ख्रीष्ट येशूमा परिपक्क्व रूपमा उपस्थित गराइने हो भने निरन्तर सिकाउने र चेताउनी दिने सेवकाइ अपरिहार्य छ (कलस्सी १:२८)।

के परमेश्वरका जनहरू खतरारहित छन् र? के हामी सुक्ष्म भ्रमले सङ्क्रमित हुनदेखि टाढा छौं र? के हामी शिक्षागत रूपमा बाटो बिराउनै नसक्ने भएका छौं र? के यस संसारको ईश्वरले हाम्रा मनहरूलाई नियन्त्रण गर्न सक्ने र प्रभाव पार्न सक्ने क्षमता पूरै गुमाइसकेको छ र? हामीले एकअर्कालाई चेताउनी दिनुपर्छ जब हामी दिनहुँ हामीलाई सामना गर्ने खतराहरू देख्छौं। त्यस्तो चेताउनी तथ्यमा आधारित, निर्दिष्ट (specific, किटानसाथ), प्रासङ्गिक (relevant, सम्बद्ध) र व्यक्तिगत हुनुपर्छ। हाम्रा अबाइबलीय र टेढा विचारधाराहरूलाई सुधारिनैपर्छ। पापको सामना गरिनैपर्छ। जताततै दुष्टात्माका शिक्षाहरू भएको यस सङ्कटपूर्ण समयहरूमा, परमेश्वरले धेरैजना विश्वासयोग्य विश्वासीहरू उठाउनुभएको होस् जोहरूले दिनरात आँसुसहित चेताउनी दिन्छन्।

तरैपनि, यी सबैमा समेत खतरा छ! उन्नति र हौसलाबिनाको चेताउनी विफल हुन्छ। भेडाहरूलाई हानि हुन्छ — ब्वाँसाहरूबाट होइन तर भोकमरीबाट। हामी आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं — एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं (हिब्रू १०:२४-२५; कलस्सी ३:१६; एफेसी ४:२९; १ थेस्सलोनिकी ५:१४)।

पावल पूरा निश्चित थिए कि रोमी विश्वासीहरू एक-अर्कालाई चेताउनी दिन सक्ने भएका थिए। यसमा ध्यान दिनुस् कि यो सेवकाइ हामीले एक-अर्काप्रति अभ्यास गर्नुपर्ने रहेछ। मण्डली अगुवाहरूले त्यो गर्नुपर्छ, तर उनीहरूले मात्र होइन। अवश्य पनि अगुवाहरूले पुलपिटबाट चेताउनी दिनुपर्छ, तर यो यस्तो कुरा हो जो सबै स्वस्थ विश्वासीहरूले गरिरहनुपर्छ। त्यसबेला रोमी विश्वासीहरूका बीचमा कुनै पनि प्रेरित सेवकाइ गरिरहेका थिएनन् तरैपनि तिनीहरू एकअर्कालाई चेताउनी दिन सक्ने भएका थिए।

रोमी १५:१५-१६

पद १५ मा पावलले रोमीहरूलाई लेख्दै गरेका पत्रको चर्चा गर्दैछन्: “भाइहरूहो…धेरै साहसिलो भएर मैले तिमीहरूलाई कुनै-कुनै विषयमा लेखेको छु”। पावलले विश्वासयोग्यसाथ र साहससित परमेश्वरको सुसमाचार अर्थात् परमेश्वरको पूरा मनसाय, उनीहरूलाई प्रस्तुत गरे। उनले वचनमा मिसाउने काम गरेनन्। उनले सत्यलाई चिनी छर्केर मीठो पार्न खोजेनन्। उसले जस्तो हो त्यस्तै बताइदिए। उनले तिनीहरूदेखि कुनै पनि त्यस्तो कुरा बाँकी राखेनन् जो उनीहरूको आत्माको लागि फाइदाजनक थियो (प्रेरित २०:२० सित तुलना गर्नुस्)। उनी परमेश्वरको वचनका विश्वासयोग्य प्रचारक थिए।

पावलले उनीहरूलाई याद दिलाए (अक्षरशः “मनमा फेरि पुनःसम्झना गराए”)। उनले रोमीहरूलाई उनीहरूले जानिसकेका सत्यताहरूको पुनःसम्झना गराए। हामीले जानेकै सत्यताहरू पनि फेरि सम्झनामा ल्याइनु आवश्यक छ र हृदय र मनमा ताजा राखिनु आवश्यक छ।

ख्रीष्टका प्रेरित भएर सेवा गर्ने क्रममा पावल, उसलाई दिइएको परमेश्वरको अनुग्रहको आफू ऋणी भएको कुराप्रति, सधैं संवेदनशील थिए। निम्न खण्डहरूले पावललाई दिइएको अनुग्रहलाई जोड दिन्छन् जुन अनुग्रह उनलाई सेवाका निम्ति दिइयो: रोमी १२:३; १ कोरिन्थी ३:१०; गलाती २:७-९; १ तिमोथी १:१२-१४ र एफेसी ३:६-१२। सेवाका निम्ति परमेश्वरको अनुग्रहमाथिको जोडको सबभन्दा सुन्दर सारांश १ कोरिन्थी १५:१० मा छ — “तर म जे छु, परमेश्वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरूले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्वरको अनुग्रहले नै हो”। जसरी भजन लेखकले व्यक्त गरेका छन्, “ईश्वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु!” पावलले आफ्नो सेवकाइलाई परमेश्वरबाटको एउटा अनुग्रहपूर्ण उपहारको रूपमा देख्थे र त्यसका निम्ति धन्यवादी थिए यद्यपि त्यससित नाप्न नसकिने दुःखकष्ट जोडिएको थियो (प्रेरित ९:१६)। हामी जो अनुग्रहले बचाइएका छौं, अनुग्रहले नै जिउनुपर्छ र अनुग्रहले नै सेवा गर्नुपर्छ: “यसकारण हल्लन नसक्ने राज्य हामीले पाइरहेका हुनाले आओ, हामी अनुग्रह प्राप्त गरौं, जसद्वारा हामी श्रद्धा र ईश्वरीय भयसाथ परमेश्वरलाई ग्रहणयोग्य सेवा चढाउन सकौं” (हिब्रू १२:२८)।

पावल अन्यजातिहरूका निम्ति येशू ख्रीष्टका सेवक थिए (पद १६), र हामीले यो कुरा याद राख्नुपर्छ कि रोमको मण्डली अधिकांश रूपमा अन्यजातिहरूले बनेको मण्डली थियो। रोमी ११:१३ मा पावलले लेखे, “किनकि म तिमी अन्यजातिअरूसँग बोल्दछु, म अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवाको बढाइ गर्दछु”। गलाती २:६-८ पढ्नुस् जहाँ पत्रुसको सेवकाइ यहूदीहरूपट्टि थियो भने पावलको सेवकाइ अन्यजातिहरूपट्टि थियो। यसको माने पत्रुसको सेवकाइमा अन्यजातिहरूका निम्ति कहिल्यै ठाउँ थिएन भन्ने होइन (प्रेरित १० अध्यायमा कर्नेलियसको घरानाको उदाहरण हेर्नुस्), न ता पावलको सेवकाइमा यहूदीहरूलाई कहिल्यै ठाउँ थिएन भन्ने हो। उनी आफू पुगेको शहरको सभाघरमा धेरैपटक जाने गर्थे र यहूदीहरूलाई ख्रीष्ट प्रचार गर्थे।

पद १६ ले पूजाहारीय सेवाको भाषा प्रयोग गर्दछ। पावलले सेवा गर्थे यस अर्थमा कि उनी एक पूजाहारीले जस्तै कामकुरा गर्थे। जसरी पूजाहारीले परमेश्वरलाई ग्रहणयोग्य बलिदान चढाउनुपर्थ्यो, त्यसरी नै पावलले विश्वास गर्ने अन्यजातिहरूलाई परमेश्वरकहाँ चढाए। जसरी पहिलो लेवीय पूजाहारी हारूनले लेवीहरूलाई प्रभुकहाँ अर्पण गरे “ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गर्न सकून्”, त्यसरी नै आज बाँचिरहेका विश्वासी-पूजाहारीहरूले अन्यजातिबाटका विश्वासीहरूलाई प्रभुकहाँ अर्पण गर्न सक्छन् ताकि उनीहरूले उहाँको सेवा गर्न सकून् (गन्ती ८:१३)। अन्यजातिबाटका विश्वासीहरूलाई उहाँलाई चढाइँदा परमेश्वर खुसी हुनुहुन्छ किनकि यस युगमा “अन्यजातिहरूबाटको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई” (प्रेरित १५:१४) परमेश्वरको योजना रहेको छ। यस युगमा उहाँले यहूदीहरू र अन्यजातिहरूलाई एउटा शरीरमा एक बनाउँदै हुनुहुन्छ (एफेसी २:१३-१७)। अन्यजातिबाटको हरेक नयाँ विश्वासी पवित्र आत्माद्वारा पवित्र गरिएको हुन्छ, उसमा उहाँको अन्तरवास हुन्छ, ऊ परमेश्वरको निम्ति पवित्र र ग्रहणयोग्य बनाइएको हुन्छ। यस पदमा भएको धारणा यशैया ६६:२० बाट लिइएको हुन सक्छ जहाँ “सबै जातिहरूको बीचबाट” का मानिसहरू परमेश्वरकहाँ ल्याइने कुरा उल्लेख गरिएको छ (अनि पद १८ पढ्नुस् जहाँ “सबै जातिहरू” लाई आशिषको प्रतिज्ञा गरिएको छ।) हामी विश्वासी-पूजाहारीहरू भएको हैसियतले अनमोल आत्माहरू उहाँकहाँ ल्याउन हामीलाई परमेश्वरले प्रयोग गर्नुभएको होस् भनेर प्रार्थना गरौं ताकि परमेश्वरमा चढाइएका नयाँ विश्वासीहरू पवित्र आत्माद्वारा ग्रहणयोग्य र पवित्र तुल्याइएका होऊन्।

“ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा माध्यम भूली देखून् सबले केवल येशूलाई!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)