कोरोनाभाइरसका असल र अनौठा खबरहरू

हिले कोभीड१९ सङ्कटकाल चल्दैछ आर्थिक समस्याहरू बढ्दैछन्, तर अझै पनि असल खबर प्रशस्तै छन्।

इन्फ्लूएञ्जा (कडा रूघा) को तुलनामा कोभीड१९ अझै पनि सानै कुरा रहेको छ। इन्फ्लूएञ्जा द्वारा अमेरिकामा मात्र अक्टोबरदेखि यता कोरोड ६० लाख देखि करोड १० लाख मानिस सङ्क्रमित भए, लाख जति अस्पताल भर्ना भए २२,००० देखि ५५,००० मरे (“Influenza Preliminary In-Season 2019-2020,” Centers for Disease Control, सीडीसी) २०१८ मा अमेरिकामा ८०,००० फ्लूले मेर। अथवा हरेक दिन करिब ४५० जना मरे। विश्वभरिमा इन्फ्लूएञ्जाद्वारा फ्लू लाग्ने समयमा वर्षेनी ५००,००० मर्छन्। यसको माने प्रत्येक दिन ,२५० जना अथवा प्रति घण्टा २६० को मृत्यु हुनु हो।

विश्वमै सबैभन्दा ठूलो महामारी ट्यूबर्कुलोसीस (टीबी) हो जसद्वारा हरेक वर्ष करोड लाई रोग लाग्छ १५ लाख मर्छन् (अथवा हरेक १८ सेकेण्डमा एकजना टीबीले मर्छ) यो विश्वकै प्रथम स्थान ओगट्ने घातक सरुवा रोग विश्वभरिमा मृत्युको प्रमुख कारकहरूमध्ये नौऔं स्थान ओगट्ने रोग हो। डब्लू एच ओको अनुमानअनुसार अरब ८० करोड मानिसहरू टीबी लाग्ने माइकोब्याक्टेरियम ट्यूबर्कलोसीसद्वारा सङ्क्रमित छन्। यो विश्वव्यापी रोग हो संसारको हरेक देशमा भेटिन्छ।टीबी वायुवाहित रोग हो यो खोक्दा वा हाँछ्यू काढ्दा फैलिन सक्छ अनि विश्वकै प्रमुख सङ्क्रमणकारी रोग हो। यस रोगले हाल उपलब्ध औषधीहरूलाई विस्तारै माथ गर्दैछ जसको माने यो रोग झनै घातक उपचार गर्न गाह्रो हुँदै गइरहेको छ। गत वर्ष लाख भन्दा बढीलाई टीबी लाग्यो जसलाई औषधीले छोएन” (TBAlliance.org)

कोभीड१९ को उद्गम स्थल चीनको वूहान जिल्ला अब आफ्नो कामकाजमा फर्कन थालेको , अस्थायी अस्पतालहरू बन्द गरिँदैछन् अनि आउजाउका प्रतिबन्धहरू हटाइँदैछन्। सम्पूर्ण चीनभरि मार्च १८१९ मा शून्यओटा सङ्क्रमण भेटियो।

कोभीड१९ को मृत्युदर डब्लू एच ओको प्रतिवेदनहरूले सुरुमा देखाएको भन्दा कम छ। श्वासप्रश्वासलाई असर गर्ने यो भाइरसद्वारा सङ्क्रमित ठूलो सङ्ख्यामा रहेका व्यक्तिहरू तथ्याङ्कमा गनिँदैनन् किनभने कतिका लक्षणहरू प्रायः मन्द खाले हुन्छन्। वर्तमान तथ्याङ्क वूहानमा समेत . रहेको (“Coronavirus latest news,” New Scientist, Mar 19, 2020) टाइम पत्रिकाले भने, “यसको माने सङ्क्रमित भनी रिपोर्ट गरिएको कुल सङ्ख्या खास सङ्क्रमणको भन्दा थोरै हुनुपर्छ थुप्रै मन्द वा लक्षणरहित स्थितिहरूलाई नगनिएकाले, हामीले यस रोगको कुल मृत्युदरलाई भएको भन्दा बढी ठान्दैछौं।विगतका कोरोनाभाइरस प्रकोपहरूभन्दा कोभीड१९ धेरै हिसाबमा मौसमी फ्लू जस्तो देखिन्छ। यस प्रकोपको क्रममा परीक्षण क्षमता बढ्दै जाने क्रममा तथ्याङ्कहरू अझ प्रशोधित हुने क्रममा, कोभीड१९ को अझ पूर्ण (आशा ) ठानिएको भन्दा कम गम्भीर तस्वीर सम्भवत: देख्न थालिनेछ” (“The WHO estimated COVID-19 Mortality,” Time, Mar. 9, 2020)

सिङ्गापुरमा बुद्धिमानी, त्रासविहिन तवरले मार्च २३ मा स्कूलहरू फेरि खुले (The Straits Times, March 20, 2020) सरकारले आफ्‍नो शैक्षिक प्रणालीको निरन्तरतामाथि नजर लगाइराखेको छ। यस सङ्कटकालमा निरन्तरताको धारणा महत्त्वपूर्ण रहेको छ। अर्थतन्त्र सहित थुप्रै तत्त्वहरूको लेखाजोखा गर्नुपर्छ।

अष्ट्रेलिया, फ्रान्स अन्य ठाउँहरूमा मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीनलाई अजिथ्रोमाइसीनसित चलाउँदा कोरोनाभाइरसका बिरामीहरूको उपचार सफल प्रमाणित हुँदैछ। सानो स्याम्पलमाथि गरिएको फ्रान्सेली अध्ययनले यसलाई १०० प्रतिशत प्रभावकारी रहेको देखायो। अनुसन्धानकर्ता डिडियर राऊल्ट उनका समूहले अगुवाइ गरेको उक्त फ्रान्सेली अध्ययनले विश्वव्यापी ध्यानाकर्षण गरेको छ। उक्त अध्ययनमा जना कोभीड१९ रोगीहरूलाई प्लान्केनील (हाइड्रोक्सीक्लोरोक्वीन औषधी) दिइएको थियो जसको साथमा अजिथ्रोमाइसीन नामक एन्टिबायोटिक औषधी दिइएको थियो, फोर्ब्स पत्रिकाले बताएको छ। छैटौं दिनमा जनासित नै कोभीड१९ नरहेको परीक्षणले देखायो। अस्ट्रेलियामा क्वीन्सल्याण्ड विश्वविद्यालयको एउटा अध्ययनमा मलेरियाको यो औषधीलाई एचआइभीको औषधीसित प्रयोग गर्दा निकै प्रभावकारी ठहरियो। क्वीन्सल्याण्ड समूहले अब यी औषधीहरूलाई परीक्षण स्वरूप प्रयोग गर्दैछन्।परीक्षणलाई अगाडि बढाउनु अघि उक्त औषधीहरू अष्ट्रेलियाका कोभीड१९ सङ्क्रमित प्रथम बिरामीहरूमध्ये केहीलाई दिइयो अनि सबै नै भाइरसको कुनै अंश बाँकी नरहने गरी पूर्ण रूपमा निको भए’, क्वीन्स्ल्याणड विश्वविद्यालयका डेविड प्याटरसनले प्रेस विज्ञप्तिमा भने।कोहीकोहीको यहाँत्यहाँ सुनिने अनुभव जस्तो मात्र नभईकन यी औषधीहरू सबैका लागि इलाजको साँचो उपाय हुने सम्भावना छ।विश्वविद्यालयको प्रेस विज्ञप्तिमा यसलाईकोरोनाभाइरसको उपायभन्ने संज्या दिइयो (“Patients ‘Completely Recovered,’” Christian Headlines, Mar. 19, 2020)

राष्ट्रपति ट्रम्पले कोभीड१९ बिरामीका लागि हाइड्रोक्सीक्लोरोक्वीनको परीक्षणलाई सहज बनाउँदैछन् अनि सीडीसी (रोग नियन्त्रण केन्द्र) लाई सो गराउनलाई निर्देशन दिएका छन्।

हाइड्रोक्सीक्लोरोक्वीनद्वारा ज्यान बचाइएको एकजनाको गवाही यस प्रकार : “लस एन्जेलेस लगायत विश्वका उच्चकोटी रेस्टुरेन्टहरूका लागि पकाउने उपकरणहरू बनाउने कम्पनीका उपसभापति रहेका ५२ वर्षीय रीयो गीयारदिनीएरी आफू न्यू योर्कको एउटा सम्मेलनमा कोभीड१९ द्वारा सङ्क्रमित भएको ठान्छन्। उनलाई पाँच दिनसम्म ज्वरो आयो, ढाड बेसरी दुख्यो, टाउको दुख्यो, खोकी लाग्यो थकान लाग्ने भयोडाक्टरहरूले उनलाई निमोनिया कोरोनाभाइरस लागेको माने। उनीहरूले उनलाई आइसीयूमा अक्सीजन दिए तर उनी भन्छन् उनलाई सास फेर्न अझै मुस्किल थियो। शुक्रबार साँझ उनले आफ्नी पत्नी तीन छोराछोरीसित बिदा लिए।एकजना प्रिय मित्रले उनलाई तुरुन्तै हाइड्रोक्सीक्लोरिक्वीन सम्बन्धी नयाँ लेख पठाएतब गीयारदिनीएरीले सरुवा रोग सम्बन्धी डाक्टरसित आग्रह गरे।उहाँले मलाई सबै कारणहरू बताउनुभयो, किन त्यो औषधी लिन खोज्नुहुँदैन, किनभने त्यहाँ कुनै परीक्षण गरिएका छैनन्, कुनै जाँच गरिएको छैन, त्यो अनुमतिप्राप्त औषधी होइन। अनि मैले भनें हेर्नुहोस् अब बिहानसम्म बाँच्छु कि बाँच्दिनँ जान्दिनँ किनभने मलाई साँच्ची नै लाग्यो कि यसबेला अन्तिम घडीतिर पुग्दैछु किनभने मैले सास फेर्न सकिरहेको थिइनँ। उहाँले मान्नुभयो औषधी चलाउन तोक आदेश दिनुभयो ३० मीनेटपछि नर्सले त्यो मलाई दिनुभयो।उहाँहरूले मलाई केही बेनाड्रील दिनुभयो जसले गर्दा निदाएँ बिहान ठीक :४५ मा बिउँझदा मलाई यस्तो लाग्यो कि मानौं मलाई केही भएकै थिएन।आश्चर्यजनक रूपमा त्यसबेलादेखि बिरामीलाई कुनै ज्वरो वा दुखाइ छैन, सञ्चो भएको लाग्छ फेरि सास फेर्न सकेको ” (“A man with coronavirus,” Fox10 Phoenix, Mar. 23, 2020)

रेमडेसिभिर, कोभीड१९ लाई रोक्ने भाइरसको एउटा नयाँ सम्भावित औषधीको परीक्षण चीन अमेरिकामा बिरामीहरूमा बृहत रूपमा हुँदैछ।

कालेट्रा, एचआइभीको औषधीहरूको समिश्रणले चीनमा केही मात्रामा सफलता देखाएको छ। इन्डियाका स्वास्थ्य मन्त्री रोहित कुमार सिंहले मार्च १६ मा एचआइभी औषधीहरूको समिश्रणले तीनजना कोभीड१९ बिरामीहरू निको भएको घोषणा गरे।यसले काम गर्दैछ जस्तो देखिन्छ किनकि तीनजना निको भए। राम्रो कुरा के भने तीनैजना बिरामी वृद्ध छन् यति उमेरमा औषधीको प्रयोग सफल हुनु भनेको ठूलो कुरा हो” (“Combination of two anti-HIV drugs proved crucial,” The Economic Times, Mar. 16, 2020)

इस्राएलको इन्स्टिट्यूट अफ टेक्नोलोजी (टेक्नियोन) ले कोभीड१९ जाँच गर्ने एउटा नयाँ प्रणालीको घोषणा गरेको जसद्वारा एकैचोटि ६० भन्दा बढी बिरामीहरूलाई जाँच्न सकिन्छ। इन्स्टिट्यूटले यो बताएको कि उनीहरूले एउटा प्रक्रियाको सफलतापूर्वक परीक्षण गरेका छन् जसले गर्दा वर्तमान कोभीड१९ परीक्षण क्षमतालाई हाल उपलब्ध स्रोतसाधनलाई नै प्रयोग गरीकन नाटकिय ढङ्गले वृद्धि गर्नेछ” (“Technion, Weizmann Institute,” No Camels, Mar. 18, 2020)

प्रथम कोभीड१९ भ्याक्सीन (मोडेर्ना कम्पनीद्वारा) अमेरिकाको वाशिङ्टन राज्यमा मान्छेमा परीक्षण गर्न थालिएको (“Biotech company ships first batches of vaccine,” Fox News, Mar. 16, 2020)

गालीलस्थित इस्राएलको विज्ञान तथा प्रविधि मन्त्रालय (MIGAL) सित एउटा भ्याक्सीन जसलाई छिटोछिटो परीक्षण गरीकन फास्टट्र्याक अनुमतिद्वारा त्यो प्रयोगमा ल्याईन सुरक्षित रहेको भनी अनुमति प्राप्त गर्ने आशा गरिएको (“Israeli breakthrough in coronavirus vaccine imminent,” Israel Today, Mar. 16, 2020) MIGAL को भ्याक्सीन पक्षी कोरोनाभाइरस भ्याक्सीन विकासको एउटा उपज हो।

अरू कम्पनीहरूसित परीक्षणका लागि तयार भइसकेका भ्याक्सीनहरू छन्। प्रकोपीय तयारीसित सम्बन्धित एउटा गठबन्धन (The Coalition for Epidemic Preparedness Innovations, CEPI) ले अक्सफर्ड विश्वविद्यालयको एउटा भ्याक्सीनको साथसाथै अमेरिकी कम्पनी इनोभियो (Inovio) द्वारा विकसित अर्को भ्याक्सीनलाई पनि समर्थन गर्दैछ (जब जनवरीमा कोरोनाभाइरसको वंशाणुको अनुक्रम (gene sequence) प्रकाशित भयो,  इनोभियोले तीन घण्टामै एउटा भ्याक्सीन तयार गरेको थियो।  यसले अप्रिलमा नैदानिक परीक्षणहरू गर्ने योजना राखेको , यदि सफल भएको खण्डमा डिसेम्बरसम्ममा १० लाख डोजहरू तयार गर्नेछ” (“The race to test coronavirus antiviral drugs and vaccines,” New Scientist, Mar. 11, 2020)

फ्रान्सेली कम्पनी सानोफी पास्चरले कोभीड१९ भाइरसलाई एक ब्याकूलोभाइरस (baculovirus) सित हाइब्रीडीकरण गर्दैछ (कम्पनीले फ्लू भ्याक्सीनका निम्ति अनुमति प्राप्त गरिसकेको ) शीघ्र गतिमा एक सम्भावित भ्याक्सीनलाई ठूलो सङ्ख्यामा उत्पादन गर्ने योजना बनाएको छ।

कोरोनाभाइरस सङ्कटले नागरिकमाथि सरकारको निगरानी कार्य ह्वात्तै बढाएको छ। सिङ्गो विश्वव्यापी सरकार चलाउनलाई परीक्षण भइरहेको जस्तो भान हुन्छ हामीलाई, यो निकै सुमधुरताका साथ चलिरहेको देखिन्छ। दसओटा राष्ट्रले फोन डाटा पछ्याइरहेको छ। पोल्याण्डले घरमा क्वारन्टीन गरिएका बिरामीहरूलाई एक विशेष एप प्रयोग गराएको जसद्वारा उनीहरूले आफू घरभित्र भएको प्रमाणित गर्न नियमित सेल्फीहरू खिच्नुपर्ने भएको ; सो नगरेमा पुलिस आइपुगिहाल्छ (“Poland made an app,” Business Insider, Mar. 23, 2020) टाइवानमाएलेक्ट्रोनिक तारबारले घराउ गर्ने प्रविधि प्रयोगमा ल्याइएको सङ्क्रमणको आशंका भएको व्यक्ति आफ्‍नो घर छोडेर गएको खण्डमा प्रविधिले पुलिसलाई जनाउ दिन्छ (“Taiwan’s New Electronic Fence,” New York Times, Mar. 20, 2020)

अमेरिकामा कतिपय मदिरा डिस्टिलरीहरू ह्याण्ड सानिटाइजर उत्पादन गर्न पट्टी लागेका छन्।

अक्सा मस्जीद बन्द गरिएपछि एकातिर मुसलमानहरूले टेम्पल माउन्टलाई अधिक रूपमा छोडेर गएका छन् भने अर्कोतिर यहूदीहरूले त्यहाँ आफ्‍नो उपस्थिति बढाएका छन् (“Coronavirus causes Muslims to Abandon Temple Mount,” Breaking Israel News, Mar. 19, 2020)

एकजना यहूदीले संसारको अन्त नजिकै आइपुगेको भन्दै डराएर आफूले १५ वर्ष अगाडि चोरेको एउटा प्राचीन सामग्रीलाई फिर्ता गरेका छन्। पन्ध्र वर्षको उमेरमा तिनले पुरातत्त्व प्रदर्शनीको एउटा रोमी बलिस्टा ढुङ्गा (एक प्रकारको विशाल गुलेलीको ढुङ्गा) लाई उठाएर घर लगेका थिए। उक्त ढुङ्गा ७० एडीमा भएको यरूशलेमको घेराउमा प्रयोग भएको थियो। विवाह गरेर बालबच्चा भइसकेको उमेरमा आएर उक्त व्यक्तिले आफू परमेश्वरको सामु उभिँदा एउटा सफा विवेकको हुन खोजेको (“‘It’s the End of the World,’ Says Repentant Israeli Antiquities Thief,” Israel Today, Mar. 18, 2020) यदि उनले आफ्‍नो बाइबल आँखा खोलेर पढेका भए, आफूले परमेश्वरको विरुद्धमा गरेको हरेक पापचाहे त्यो विचारमा सीमित भएको होस् वा कामद्वारा गरिएको होस्हरेक पापको लेखा परमेश्वरलाई दिनुपर्नेछ जसको कारण मानिस आफूले गरेका कामहरूद्वारा धर्मी ठहरिन सक्ने कुनै सम्भावना नै छैन भन्ने कुरा देख्नेथिए; मसीहले पूरा गरिदिनुभएको प्रतिस्थापनकारी प्रायश्चित कार्यले मात्र एक पापी धर्मी ठहरिन सक्छ।किनकि परमेश्वरले हरेक काम हरेक गुप्त कुराको न्याय गर्नुहुनेछ, चाहे त्यो असल होस्, चाहे खराब” (उपदेशक १२:१४)तर ता हाम्रै पापहरूका निम्ति घायल भएको थियो; उसलाई हाम्रै अधर्महरूका निम्ति चोटैचोट परेको थियो; हाम्रै शान्तिका निम्ति ताडना उसमाथि पर्‍यो, उसका कोर्राहरूका चोटहरूद्वारा हामी निको भयौं। हामी सबैले भेडाहरूले झैं बाटो बिराएका छौं; हामी हरेक आफ्‍नो बाटोतिर लागेका छौं; तर परमप्रभुले हामी सबैको अधर्म उसैमाथि राखिदिनुभएको ” (यशैया ५३:)

इरानले कोरोनाभाइरसको कारण मध्यपूर्वमा आफ्‍नो आतङ्ककारी क्रियाकलापलाई कटौती गरेको (“IDF indicates Iran scaling back,” The Times of Israel, Mar. 17, 2020)

बाइबल, उद्धार पाएकाहरूका निम्ति परमेश्वर हाम्रा मुक्तिदाताबाटका सुन्दर प्रतिज्ञाहरूले भरिभराउ छ। तर हे परमप्रभु, मैले तपाईंमाथि भरोसा राखें; मैले भनें: ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ।मेरा समयहरू तपाईंका हातमा छन्…” (भजनसङ्ग्रह ३१:१४१५) चार्ल्स स्पर्जनका पत्नी सुसन्नाले यस प्रतिज्ञाको सम्बन्धमा यसरी टिप्पणी गरिन्: “मेरो इतिहासका एकदुईटा महत्त्वपूर्ण विशिष्टकाल मात्र होइनन्, तर मेरो सम्बन्धमा रहेका सबै कुराहरू; —मैले प्रतीक्षा नगरेका आनन्दहरू, —मेरा त्यस्ता दु:खहरू जसको अपेक्षा गर्न सकिएको भए तिनले मलाई चुरचुर पार्ने थिए; —कष्टहरू जसको कठोरताले त्रसित हुनेथिएँ यदि मैले तिनलाई नजर लाएका भए, —-आसर्जेहरू जो असीम प्रेमले मेरो निम्ति तयार गर्नुभयो, —सेवाहरू जसका निम्ति आफू सक्षम हौंला भनेर कल्पना समेत गर्न सक्दिनथें; —यी सबै कुरा मेरो निम्ति परमेश्वरको उद्देश्यको रूपमा त्यो सामर्थी हातमा रहेको थियो” (cited from Susie: The Life and Legacy of Susannah Spurgeon by Ray Rhodes Jr.)

सबभन्दा असल खबर यो हो कि पापको घातक भाइरसद्वारा सङ्क्रमित कुनै पनि व्यक्ति परमेश्वरका पुत्र, येशू ख्रीष्टको रगतमाथि विश्वास गरेर निको हुन सक्छ अनि निश्चय आउने अनन्त मृत्युबाट उम्कन सक्छ। पापको मृत्यु दर १००% रहेको तर बचाउने विश्वासको ढोकाद्वारा उहाँकहाँ आउनेहरूका निम्ति डा० येशूको सफलता दर १००% रहेको छ।किनकि पापको ज्याला मृत्यु हो; तर परमेश्वरको अनुग्रहको वरदानचाहिँ हाम्रा प्रभु येशू ख्रीष्टमा अनन्त जीवन हो” (रोमी :२३)

साभार: David Cloud, Friday Church News Notes, March 25, 2020, www.wayoflife.org fbns@wayoflife.org, 866-295-4143

 

Print Friendly, PDF & Email