हामानको दुष्ट योजना
हामानको दुष्ट योजना
हामानको दुष्ट योजना
एस्तर ३:१-१५
शैतान सक्रिय छ, तर परमेश्वर पनि सक्रिय हुनुहुन्छ!
शैतानलाई एस्तरको पुस्तकमा कतै उल्लेख गरिएको छैन, तरैपनि शैतान परमेश्वरका जाति, यहूदीहरूलाई नष्ट गर्न, “पर्दाको पछाडि” बसेर सक्रियरूपमा काम गरिरहेको पाइन्छ। अब एस्तरको तेस्रो अध्यायमा एकजना व्यक्ति छ जसलाई नै शैतानले आफ्नो षड्यन्त्रलाई सफल पार्ने प्रयोग गर्न थाल्छ।
शैतानको आफ्नो मान्छेः हामान
हामानको पदोन्नती गरी उसलाई उच्च पार्ने व्यक्ति को थिए (एस्तर ३:१)? ____________________________।
एस्तर ३:१०; ७:६ र ८:१ मा हामानलाई कसरी बयान गरिएको छ? ____________________________। अरू कसलाई शत्रु भनिएको छ (मत्ती १३:३९; लूका १०:१७-१९)? ________________। हामान शत्रु मात्र थिएन, तर उसलाई एस्तर ७:६ मा वि________ पनि भनिएको छ। अरू कसलाई उक्त नाउँ दिइएको छ (१ पत्रुस ५:८)? ____________। (टिप्पणीः “शैतान” को माने “विरोधी” हो; अर्थात् ऊ परमेश्वर र परमेश्वरका जनहरूको विरोध गर्ने व्यक्ति हो।) हामान एक दुष्ट शत्रु र विरोधी थियो, तरैपनि उसको पछाडि अझ भयङ्कर तर अदृश्य शत्रु थियो जो आफ्ना खराब योजनाहरू पूरा गर्न व्यस्त थियो।
हामानको पदोन्नती गरीकन उसलाई उच्च पार्ने को थिए (एस्तर ३:१)? एउटामा चिन्ह लगाउनुहोस्:
(क) परमेश्वर (ख) एउटा मानिस (ग) एस्तर
हामानलाई अरू भारदारहरूभन्दा श्रेष्ठ स्थान र उच्च पद दिइयो! कुनै व्यक्ति जब ज्यादै उच्च पारिन्छ, उसले एउटै मात्र दिशा लिन सक्दछ: उँधो! हामी देख्नेछौं, हामान सिंहासनबाट फाँ______को (एस्तर ७:१०) काठमा झुण्डिन पुगे। परमेश्वरले हामानलाई कसरी होच्च्याउनुभयो भन्ने कुरा अचम्मलाग्दो छ। एक विश्वासी उच्च हुन चाहन्छ भने उसले पहिला के गर्नुपर्छ (१ पत्रुस ५:६; याकूब ४:१०)? ________________________ ________________________। होचो बन्नाले उच्च बनाउँछ। कसले एक व्यक्तिलाई उच्च बनाउन र महान् बनाउन सक्नुहुन्छ (याकूब ४:१०; १ इतिहास २९:१२,२५)? __________________। प्रभु येशू ख्रीष्टले महान् बन्ने उपायको रहस्य के हो भन्नुभयो (मत्ती २३:११-१२; १८:१-४; मर्कूस १०:४३-४५)? _______________________________ _________________________ _______________________________ _____________________________________ __________________________। हामी बप्तिस्मा दिने यूहन्नाजस्तै हुन सकौं उनी ________को दृष्टिमा _____ _______ हुनेछन्, (लूका १:१५)।
मोर्दकै दण्डवत् गर्न मान्दैनन्
राजाका सबै भारदारहरूले के गर्दथे (एस्तर ३:२)? _____________________ _________________________ ______________________________। तिनीहरूले किन यसो गर्दथे (एस्तर ३:२)? ____________________________ ________________________। कुनचाहिँ मानिसले त्यसो गर्न मानेनन् (एस्तर ३:२)? ______________। घमण्डी हामानले मान्छेले उसलाई दण्डवत् गरेको चाहन्थ्यो। एकजनाले त्यसो गर्न मानेनन् किनकि उनी एक य________ (एस्तर ३:४) थिए। हामानको आत्मिक बाबु, शैतान, पनि अर्काको दण्डवत् खोज्दछ (मत्ती ४:८-९)। शैतानको सामु घोप्टो परी उसलाई दण्डवत् गर्न कसले इन्कार गर्नुभयो (मत्ती ४:१०)? ________________। कसलाई मात्रै दण्डवत् गरिनुपर्दछ (मत्ती ४:१०)? ______________________। एस्तर ३:३ मा राजदरबारका अधिकारीहरूले मोर्दकैलाई एउटा प्रश्न गर्छन् — “तपाईं किन राजाको आज्ञा उल्लङ्घन गर्नुहुन्छ?” उनले के उत्तर दिए होलान्? कहिलेकाहीँ प________________को आज्ञा पालन गर्नका लागि मा__________________को आज्ञा उल्लङ्घन गर्नुपर्दछ (प्रेरित ५:२९)। मोर्दकैले, राजाहरूका राजाको आज्ञा पालन गर्न सक्नका लागि राजाको आज्ञालाई मानेनन्।
मोर्दकैले उसलाई दण्डवत् नगरेको देख्दा, हामानलाई कस्तो लाग्यो (एस्तर ३:५)?
- (क) ऊ आनन्दले गदगद भयो (ख) ऊ रिसले चूर भयो
- (घ) ऊ खुशी भयो (ङ) उसलाई खास कुनै असर परेन
- (ग) उसलाई अलिकति खिन्न बन्यो
विनाशको दिन
शैतानले मान्छेको रिसको फाइदा उठाएर त्यसलाई आफ्नो उद्देश्य पूरा गर्न प्रयोग गर्न सक्दछ। अरू कसले मान्छेको रिसलाई आफ्नो उद्देश्य र प्रशंसाका लागि प्रयोग गर्न सक्नुहुन्छ (भजनसङ्ग्रह ७६:१०)? ____________________।
हामानको बल्दो रिसले उसलाई, मोर्दकैलाई मात्र होइन अरू कसलाई नाश गर्ने प्रेरणा दियो (एस्तर ३:६)? _____________________________________ _______________________________________________। शैतान परमेश्वरका जनहरूको शत्रु हो! के तपाईं परमेश्वरको जन हुनुहुन्छ? हुनुहुन्छ भने शैतानले तपाईंलाई नि______ खोजिरहेको हुन्छ (१ पत्रुस ५:८)!
वर्षको पहिलो महिनामा (एस्तर रानी भएकी ४ वर्ष जति पछि), यहूदीहरू विरुद्ध रचिएको हामानको दुष्ट योजनालाई कार्यान्वयन गर्नका लागि चिट्ठा हालियो (एस्तर ३:७)। सम्पूर्ण यहूदीहरू कहिले नाश गरिनुपर्थ्यो? कुनचाहिँ दिनमा? चिट्ठाद्वारा विनाशको दिन तोकियो।
पहिलो महिनाबाट सुरु गर्दै, क्रमिक रूपमा प्रत्येक दिन र महिनाको जाँच गरिँदा, प्रत्येक नै अयोग्य ठहरिँदै गयो। अन्तमा बाह्रौं महिनामा चिट्ठा पर्यो, बाह्रौं महिनाको तेह्रौं दिन। त्यसैले, उक्त दिन विनाशको दिनको रूपमा छनोट भयो जुन दिन आउन अझै एघार महिना बाँकी थियो। मानिसले चिट्ठा हाल्न सक्दछ, तर त्यसको नतीजा कसको हातमा छ (हितोपदेश १६:३३)? ____________________। भाग्य वा सञ्जोग भन्ने कुरा के साँचो हो? ____________। के त्यहाँ एक सर्वज्ञानी, सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ जसले सबै कुरा आफ्नो उदेकको योजनाअनुसार अगाडि बढाउँदै हुनुहुन्छ (एफेसी १:११; रोमी ८:२८)?
हामानको योजनालाई विफल तुल्याउन प्रशस्त समय (करिब एघार महिना) होस् भनेर परमेश्वरले चिट्ठालाई नियन्त्रण गर्नुभयो। हामानले सोचे, बाह्रौं महिनाको तेह्रौं दिनमा सम्पूर्ण यहूदीहरू नाश गरिनेछन्। तर त्यो दिन समेत उसले देख्न नपाईकनै उसको मृत्यु हुनेछ भनेर उसले कल्पना पनि गरेको थिएन।
राजाको उर्दी
परमेश्वरको चुनिएको जाति अन्य सबै जातिभन्दा फरक भएको कुरा हामान जान्दथ्यो। यहूदीहरू फारस साम्राज्यभरि जहाँतहीँ छरिएर बसिरहेका थिए, तरैपनि तिनीहरू आफ्नो परिचय यथावत् राख्न सफल थिए। (यसको मतलव उनीहरू फारसी बनेनन्। फारसीहरूकै माझमा रहेर पनि यहूदीहरू यहूदी नै भइरहे)। आजसम्म यो साँचो छ। कैयौं यहूदीहरू विश्वभरिका राष्ट्र-राष्ट्रमा छरिएर बसिरहेका छन्, तर जहीँ गए तापनि तिनीहरू यहूदी नै भनी चिनिन्छन्।
एउटा जाँच गरौं: चिनीलाई पानीमा घोल्नुहोस्। घोलियो त? अब अर्को भाँडामा तेललाई पानीमा घोल्नुहोस्। घोलियो त? पानीचाहिँ विश्वभरिका जातिहरूजस्तै हो भने तेलचाहिँ यहूदीहरूजस्तै। आज विश्वासीहरू अरू मानिसहरूभन्दा भिन्न छन्। परमेश्वरले नै त्यो भिन्नता राख्नुभएको हो। हामी संसारको बीचमा छौं, तर संसारजस्तै बन्नु हुँदैन (रोमी १२:२)। मानिसहरूले हामीमा भिन्नता देख्नुपर्छ! तपाईं संसारसित एकनासे नहुनुहोस्, तर संसारदेखि ____________ हुनुहोस् (२ कोरिन्थी ६:१७)।
एस्तर ३:९ अनुसार, हामान यहूदीहरूको ____________ चाहन्थ्यो। हामानद्वारा समस्त यहूदीहरूलाई के-के गर्ने लिखित आज्ञाको हुकुम पठाइयो (एस्तर ३:१३)? १) _________________ २) ____________ ३) ___________________ ____________________ ४) _______________________ _______________________________। उक्त राजकीय उर्दी शाही दूतहरूद्वारा साम्राज्यभरि प्रकाशित गरियो (एस्तर ३:१३,१५)। फारसीहरूको हुलाक प्रणाली ज्यादै प्रभावाकारी थियो। प्राचीन इतिहासकार हेरोडिटसले ती दूतहरूको बयान यसरी गरेका छन् —
यी फारिसी दूतहरूजत्तिकै छिटो यात्रा गर्ने मनुष्यजाति अरू कुनै छैन। राजमार्गको सुरुदेखि अन्तसम्मै, यात्रा पूरा गर्न आवश्यक दिनका गन्ती अनुसार, प्रत्येक दिनका लागि एउटा मान्छे र घोडाहरू पर्याप्त हुने गरी, ठाउँ-ठाउँमा मान्छेहरू घोडाहरूका साथ तैनाथ गरिएका छन्। अनि आफूले कटाउनुपर्ने दूरी सक्दो छिटो कटाउन यी मानिसहरूलाई कुनै कुराले रोक्दैन — न हिमपातले न वर्षाले, न गर्मीले न रातको अन्धकारले। पहिलो घोडचढीले आफूले बोकेको माल दोस्रोलाई सुम्पन्छ, अनि दोस्रोले तेस्रोलाई; अनि त्यसरी नै उक्त माल हातहातै राजमार्गको पल्लो छेउसम्म पुग्छ (हेरोडिटस ८.९८)।
केही हप्ताभित्र नै साम्राज्यको कुनाकाप्चा सम्मै राजाको उर्दी पुग्नसक्थ्यो!
हामानलाई राजाकै नाउँमा उक्त उर्दी तयार गर्न अनुमति दिइयो। उर्दी लेखिएपछि, तिनले राजाकै औंठाछापले उर्दीलाई छाप मारेर त्यसलाई औपचारिक गरायो, अर्थात् त्यो उर्दी राजा स्वयंले हस्ताक्षर गरेको उर्दी बराबर ठहरियो।
फारसी साम्राज्यमा राजाको व्यवस्थालाई अदलबदल गर्नु असम्भव थियो। त्यसलाई राजा स्वयंले समेत बदल्न सक्दैनथे। राजाद्वारा कुनै उर्दी निकालिएपछि, त्यो कानूनसरह मानिन्थ्यो अनि त्यसलाई अदलबदल गर्न सकिन्नथ्यो। निश्चय पनि हामानले सोचे, अब यहूदीहरूको विनाश पक्का भयो! तर स्वर्गका परमेश्वर मानवीय कानूनको कठघेराभित्र हुनुहुन्न भन्ने कुरा हामानले महसुस गर्न सकेनन्। प्रभु आफ्ना जनहरूलाई जोगाउन अति सिपालु र सक्षम हुनुहुन्छ। त्यो कुन कुरा हो जो कहिल्यै बदलिन सक्दैन, जो मादी र फारसीहरूका कानूनभन्दा पक्का छ (गन्ती २३:१९-२०; भजनसङ्ग्रह ११९:८९; यशैया ४६:१०-११; हिब्रू ६:१७-१८)? ________________________ ______________________।
शत्रु हामानले यहूदीहरूलाई नाश गर्न चिट्ठा हाले। परमेश्वरले उक्त चिट्ठालाई आफ्नो नियन्त्रणमा लिनुभयो अनि एक लामो अन्तरालको प्रबन्ध गर्नुभयो ताकि तोकिएको विनाशकारी कामलाई पन्छाउन सकियोस्। यस शैतानिक षड्यन्त्रलाई उल्टाउन परमेश्वरले के-कसरी काम गर्नुहोला त? मानव दृष्टिकोणको हिसाबमा यहूदीहरूको परिस्थिति पूर्णरूपमै आशारहित देखिन्थ्यो। तिनीहरूको भविष्य अँध्यारो देखिन्थ्यो। त्यसरी नै आज पनि परमेश्वरले विश्वासी जनलाई आशारहित देखिने परिस्थिति र समस्याको पुर्याउनुहुन्छ। त्यसबेला कुनै उपाय देखिँदैन, उम्किने बाटो कतै हुँदैन। के परमेश्वरले सबै कुरा मिलाउन सक्नुहुन्छ? के तपाईंको परिस्थितिमाथि परमेश्वरको नियन्त्रण छ? के उहाँको हातमा समाधानको उपाय छ? तपाईंको आँखा कतातिर लागेका छन् (२ इतिहास २०:१२)? ______________________________________ __________________________।