एस्तरको साहस

एस्तरको साहस

 

एस्तरको साहस

एस्तर ४:१-५:८

एक दिन अचानक तपाईंकहाँ यस्तो खबर आयो — तपाईंका बाबु-आमा, दाज्यू-भाइहरू, दिदी-बहिनीहरू, बाजे-बज्यै, मामा-माइज्यू लगायत तपाईंका सबै प्रियजनहरू एघार महिनापछि एउटा निश्चित दिनमा मारिने भएको छ। त्यस्तो परिस्थितिमा तपाईं के गर्नुहुनेथ्यो? मोर्दकैले के गरे (एस्तर ४:१-२)? अरू कसले पनि त्यसै गरे (एस्तर ४:३)? __________________________________। मोर्दकै र ती यहूदीहरू किन त्यति चिन्तित भएका थिए (एस्तर ३:१३)? ________________________________________________________________।

पुरानो नियमका समयहरूमा मानिसहरू आपत-विपदको घडीमा आफ्ना वस्त्रलाई च्यातेर आफ्नो शोक र दुःखलाई प्रकट गर्ने गर्थे। (उनीहरूले साधारणतया वस्त्रलाई पूरै त च्यात्दैनथे, केवल वस्त्रका किनारको केही भाग च्यात्थे)। साथै उनीहरू भाङ्ग्राको लुगा अथवा उँटको रौंबाट बनेको खुकुलो र खस्रो लुगा लगाएर खरानीमाथि बस्थे वा टाउकामा खरानी खन्याउँथे। जस्तै, योनाले निनवे शहरका बासिन्दाहरूलाई तिनीहरूमाथि ४० दिनमा परमेश्वरको विनाशकारी दण्ड आइपर्नेछ भनी प्रचार गर्दा, तिनीहरू र तिनीहरूका राजाले के गरे (योना ३:५-६)? ____________________________________________________। साथै, अत्यन्तै ठूलो सङ्कटमा पर्दा यहूदीहरू उपवास बस्थे अर्थात् केही नखाई बस्थे। भोजन एउटा आवश्यकता हो, तरैपनि कहिलेकाहीँ भोजनभन्दा अरू नै कुरा अझ महत्त्वपूर्ण हुन सक्छ अनि केही समयका लागि केही नखाने निर्णय गर्नुपर्ने हुन्छ। मानौ कुनै शत्रु राष्ट्रले हाम्रो देशमाथि भारी बमवर्षा गर्न लागिरहेको छ भन्ने खबर आइपुग्यो। त्यस्तो परिस्थितिमा कसैले “मलाई अहिले खबर-सबर नसुनाऊ। मेरो भात खाने टाइम हो यो” भन्छ होला र?

राजाको उर्दी एस्तरको कानमा

मोर्दकैको बारेमा सुनेर एस्तर गम्भीर बन्छिन्। मोर्दकैले त्यस्तो लुगा लगाएको र त्यसरी व्यवहार गरेकोले त्यहाँ कुनै ठूलै समस्या आइपरेको हुनुपर्छ भनी बुझिन्। एस्तर महारानीलाई त्यसबेलासम्म हामानको दुष्ट उर्दीको बारेमा थाहै थिएन। खास के भएको हो भनी पत्ता लगाउन उनले आफ्नो एउटा भरपर्दो नोकरलाई मोर्दकैकहाँ पठाउँछिन्। तपाईं किन भाङ्ग्रा लगाएर बस्दैहुनुहुन्छ? यसको कारण के हो? हामानले यहूदीहरूलाई ________ गर्नका निम्ति (एस्तर ४:७) कस्तो योजना बनाएका छन् भनी मोर्दकैले एस्तरको नोकरलाई बताइदिए अनि साथमा राजाज्ञाको एउटा नकल पनि पठाइदिए। मोर्दकैले एस्तरलाई के गर्नलाई निर्देशन दिए?

    1. (क) परमेश्वरसित प्रार्थना गर्न
    2. (घ) उपवास बस्न (खाना नखाई बस्न)
    3. (ग) राजाकहाँ गएर निगाह प्राप्त गर्न र यहूदीहरू नाश हुनबाट बचाइयोस् भनी विन्ती चढाउन
    4. (घ) भाङ्ग्राको लुगा लगाएर बस्न
    5. (ङ) हामानको हत्या गर्न

एस्तरको साहसी निर्णय

रानीलाई भित्री दरबारमा राजाको सामु आउने हुकुम वा अनुमति नआएको कति दिन भइसकेको थियो (एस्तर ४:११)? ________________। नबिर्सौं, त्यसबेलासम्म एस्तर रानी बेनकी करिब पाँच वर्ष भइसकेको थियो। हुकुम बिना राजाको सामु जाने व्यक्तिलाई सम्भवतः के गरिन सक्थ्यो (एस्तर ४:११)? ______________________। के यो नियम सबैलाई लागु हुन्थ्यो? एस्तरलाई पनि? ________________। आज पनि शासकहरू तथा महत्त्वपूर्ण व्यक्तिहरूको सामु पुग्न प्रायः कठीन छ। मानौं तपाईं काठमाडौंको बालुवाटारमा प्रधानमन्त्रीको भवनमा गएर गेटपालेलाई “म प्रधानमन्त्रीसँग कुरा गर्न चाहन्छु” भन्नुभयो। के तपाईंलाई अनुमति मिल्छ होला?

जिउँदो परमेश्वर नै सबभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ! पुरानो नियमका समयहरूमा भेट हुने पालमा र मन्दिरमा परमेश्वरको विशेष उपस्थिति थियो। भेट हुने पाल (मन्दिर) भित्र दुईटा पवित्रस्थानहरू थिएः १) पवित्रस्थान, जहाँ सामदान र भेटीका रोटीको टेबल हुन्थ्यो (हिब्रू ९:२) र २) ________ पवित्रस्थान (हिब्रू ९:३) जहाँ परमेश्वरको उपस्थिति थियो। परमेश्वरको उपस्थिति भएको त्यो भित्री पवित्रस्थानमा जान कसलाई मात्र अनुमति थियो (हिब्रू ९:७)? ________________________। उक्त व्यक्तिलाई परमेश्वरले कुन-कुन समयमा भित्र आउनलाई अनुमति दिनुभएको थियो (हिब्रू ९:७)? ____________________________। यदि अर्कै व्यक्ति उक्त महापवित्रस्थानभित्र पसेको खण्डमा वा सही व्यक्ति अर्कै समयमा भित्र पसेको खण्डमा, के हुने निश्च्य थियो?

के आज विश्वासी जनलाई राजाहरूका राजाको सामु जानलाई अधिकार छ (एफेसी २:१८)? ________। के हामी साहससित (निश्चयताका साथ, बिनाडर) महा पवित्रस्थानभित्र पस्न सक्छौं (हिब्रू १०:१९-२०)? ____________। के हामी सारा सृष्टिका महाराजाको नजिक जान सक्छौं? कि हामी डराउँदै डराउँदै पर बस्नुपर्छ (हिब्रू १०:२२)? __________________________________________________। के राजा परमेश्वरले हामीलाई उहाँको सिंहासनको नजिक आउन स्वागत गर्नु भएको छ (हिब्रू ४:१६)? ________________। तपाईं यस विशेषाधिकरको फाइदा कत्तिको लिने गर्नुहुन्छ? सर्वशक्तिमान् परमेश्वरका सामु तपाईंको व्यक्तिगत सुनुवाइ कत्तिको हुने गर्छ?

यदि फारसका राजाको सामु कुनै व्यक्ति निम्तोबिना गएको खण्डमा, अनि राजाले आफ्नो सुनको ________________ अगाडि नसारेको खण्डमा, उक्त व्यक्ति निश्चय नै मारिनुपर्थ्यो (एस्तर ४:११)। सुनको राजदण्ड अगाडि सारिनुको माने राजाले निजलाई ग्रहण गरेको छ भन्ने बुझिन्थ्यो।

      1. आफूले गर्नुपर्ने काम एस्तरलाई असम्भव लाग्यो होला। किनभने उसको अगाडि तीनओटा विशाल समस्याहरू थिए:

१) राजासित दर्शन भेट गर्न खोज्दा फाँसीको जोखिम उठाउनुपर्ने समस्या (एस्तर ४:११);

२) अदलबदलै हुन नसक्ने उर्दीलाई बदल्नु पर्ने समस्या;

३) राजाकै विश्वासको पात्र हामानको विरुद्धमा राजाको समर्थन प्राप्त गर्नुपर्ने समस्या। एस्तरका निम्ति यी कुराहरू असम्भव थिए तर एस्तरले कुन कुरा बुझनु आवश्यक थियो (मत्ती १९:२६)?

      1. __________________________________________________________________________________________________।

परमेश्वर असम्भव कुरा गर्न मन पराउनुहुन्छ।

मोर्दकैले फिर्ता पठाएको जवाफले एस्तरलाई उक्त साहसी कदम चाल्न मदत गर्यो यद्यपि उक्त कदम कठीन र जोखिमपूर्ण थियो। मोर्दकैले प्रस्तुत गरेका तीनओटा महत्त्वपूर्ण तर्कहरूका कारण एस्तर रानी आफू राजाका सामु जानैपर्ने कुरामा विश्वस्त भए।

१) ठूलो जोखिम उठाउनुपरे तापनि, यदि यस समयमा एस्तरले यहूदीहरूको पक्षमा आफ्नो मुख खोलिनन् भने, उनी पछिबाट नाश हुनेछिन्। यदि हालको लागि उनले आफ्नो ज्यान जोगाउने प्रयास गरिन् भने पनि उनले पछिबाट आफ्नो ज्यान गुमाउनेछिन्।

२) यदि एस्तरले यहूदीहरूको पक्षमा कदम चालिनन् भने, यहूदीहरूका लागि सहायता र छुटकारा अन्य ठाउँबाट नै आउनेछ। परमेश्वरका प्रतिज्ञाका आधारमा यहूदी जातिको निरन्तरता निश्चित छ भनी मोर्दकै जान्दथे किनकि परमेश्वर ________ बोल्न सक्नुहुन्न (गन्ती २३:१९)। जस्तै, मोर्दकैभन्दा सय वर्ष अघि यर्मिया नाम गरेका अगमवक्ता थिए। यर्मिया ३१:३५-३७ पढ्नुहोस्। उक्त वचनअनुसार, हामान तथा फारस राज्यका शत्रुहरूले इस्राएल जातिको अस्तित्वलाई मेटाउन निम्न कुराहरू गर्न सक्‍नुपर्थ्यो:

१) घामलाई चम्कन नसक्ने बनाउनुपर्थ्यो (दिन र रातको चक्रलाई ठप्पै पार्न सक्नुपर्थ्यो);

२) विश्वब्रह्माण्डको सिमाना पत्ता लगाउनुपर्थ्यो र त्यसमा रहेका ताराहरूको सङ्ख्या पत्ता लगाउनुपर्थ्यो

३) पृथ्वीको पेटसम्म पुग्ने सुरूङ् खन्न सक्नुपर्थ्यो। यी कुराहरू गर्न नसकेको खण्डमा इस्राएल जाति

परमप्रभुको सामु रहिरहनेछ! यो त परमेश्वरले इस्राएललाई दिनुभएको थुप्रै प्रतिज्ञाहरूमध्ये केवल एउटा मात्र हो (हेर्नुहोस्, उत्पत्ति १२:१-३; १५:१८-२१; १७:६-८; व्यवस्था ३०:१-१०; २ शमूएल ७:१२-१६ इत्यादि)। परमेश्वरले आफ्नो प्रजाको उद्धार गर्नुहुनेछ भनी मोर्दकै जान्दथे किनकि परमेश्वरले आफ्ना प्रतिज्ञाहरू तोड्नु असम्भव छ भनी उनले जानेका थिए!

३) मोर्दकैको विचारमा वर्तमान सङ्कटपूर्ण समयमा नै एस्तर रानी हुनुको पछाडि एउटा महत्त्वपूर्ण कारण र उद्देश्य हुनैपर्छ। एस्तरलाई रानीको ओहोदामा पुर्याउनु परमेश्वरको बुद्धिमानी योजना थियो। आफ्नो महिमा प्रकट गर्न र आफूले करार बाँध्नुभएको जातिको भलाइ गर्न एउटा अचम्मको योजनालाई कार्यान्वयन गर्दैहुनुहुन्थ्यो। के यूसुफलाई मिश्रदेशका अधिपति बनाउनुको पछाडि परमेश्वरको कुनै उद्देश्य थियो (उत्पत्ति ५०:२० हेर्नुहोस्)? __________। के एस्तरलाई रानी बनाउनुको पछाडि परमेश्वरको उद्देश्य थियो? __________

एस्तर ४:१६ बाट यो बुझिन्छ कि एस्तरले आफ्नो हृदयमा निर्णय गरिन्। उनले के निर्णय गरिन्?

(क) “म राजाकहाँ जानेछु” (ख) “म राजाकहाँ जान्न”

मारिने सम्भावनाको बाबजुद पनि एस्तर राजाकहाँ जान राजी भइन् (एस्तर ४:१६; दानियलका तीन साथीहरूले पनि मर्नु परे पनि परमेश्वरको आज्ञा नतोड्ने अडान लिएका थिए, दानिएल ३:१७-१८)।

राजाका सामु एस्तर

राजाले एस्तरलाई देखेपछि के गरे? तिनलाई ग्रहण गरे कि इन्कार गरे (एस्तर ५:१)? ______________। एस्तरलाई स्वीकार गरेको कुरा राजाले कुन इशाराले जनाए? (एस्तर ५:२; दाँज्नुहोस् ४:११)? ______ ____________________________________________। कसैको मनमा यस्तो लाग्ला, “एस्तर रानीलाई भाग्यले साथ दिएछ। राजाको मनःस्थिति ठिक भएकै बखत एस्तर त्यहाँ पुगिछन्! यदि राजाको मन खिन्न भएको बेलामा एस्तर पुगेकी भए, तिनी मारिने थिइन्!” हामी नबिर्सौं, परमेश्वर आफ्नो योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो; “________को हृदय __________________को हातमा पानीका खोलाहरूझैं छ; उहाँले जता चाहनुहुन्छ, त्यतै त्यसलाई फर्काउनुहुन्छ” (हितोपदेश २१:१)। परमेश्वर पूर्णरूपमा परिस्थितिमाथि नियन्त्रण गर्दैहुनुहुन्थ्यो।

कल्पना गर्नुहोस्, तपाईं परमेश्वरको सामु उभिरहनुभएको छ जो राजाहरूका राजा हुनुहुन्छ, पवित्र र धर्मी हुनुहुन्छ, जसले पापलाई घृणा गर्नुहुन्छ। मानौं परमेश्वरले तपाईंलाई यसरी भन्नुहुन्छ, “मैले तिमीलाई ग्रहण गर्नुपर्ने के कारण छ र? म तिमीलाई मेरो सामु आउने अनुमति दिनुपर्ने के कारण छ र? म तिमीलाई नरकको आगोमा नाश नगर्नुपर्ने के कारण छ? तपाईंको जवाफ कुनचाहिँ हुनेथ्यो?

        1. (क) किनभने मैले असल जीवन बिताउने प्रयास गरेको छु।
        2. (घ) किनभने मैले खराब कामहरू भन्दा असल काम धेरै गरेको छु।
        3. (ग) किनभने म मण्डली गएको छु, हरेक दिन प्रार्थना गरेको छु र बाइबल पढेको छु।
        4. (घ) किनकि म एक विश्वासयोग्य ख्रीष्टियान भई जिएको छु।
        5. (ङ) किनकि
            __________________________________________________________________________। एस्तरको विन्ती

एस्तर कुनै अति जरुरी माग लिएर आएको हुनुपर्छ भनेर राजाले बुझे किनकि उनी राजाले नबोलाईकनै ज्यानकै बाजी राखेर उनकहाँ आउने आँट गरेकी थिइन्। त्यसबेला राजा एकदमै उदार मनःस्थितिमा थिए र एस्तरले जे मागे पनि दिन तयार थिए (एस्तर ५:३,६)!

तर आफ्नो माग तत्कालै जाहेर गर्नुको सट्टा एस्तरले राजा र हामानलाई त्यही दिन एउटा भोजमा निमन्त्रणा गरिन्। भोज खाँदै गर्दा राजाले फेरि पनि एस्तरलाई उनको माग के हो भनी सोधे। जवाफमा एस्तरले बताउन थालिन् (”मेरो ________ र मेरो ________________ यही हो;…” (एस्तर ५:७) तर उनले कुरा बताउनदेखि रोक्छिन्। कताकता एस्तरलाई लाग्यो, अहिले बोलिहाल्नु उचित छैन। यदि एस्तरले त्यति नै खेर हामानको विरुद्धमा बोलेकी भए, उक्त बोली कुबेलाको बोली ठहरिनेथ्यो, अनि यहूदीहरूलाई बचाउने उनको प्रयास विफल हुनेथ्यो। परमेश्वरले हामीलाई कहिले मुख खोल्नलाई अगुवाइ गर्नुहुन्छ, कहिले बन्द गर्नलाई! एस्तर बोलेको परमेश्वर चाहनुहुन्थ्यो, तर अहिले नै चाहिँ होइन! एस्तरले राजालाई आफ्नो माग जाहेर गर्ने कामलाई पछि सारेको यो दोस्रो पटक थियो। सट्टामा उनले राजा र हामानलाई फेरि भोलिपल्टको दिनमा अर्को भोजमा आउन निमन्त्रणा गरिन्।

 

Print Friendly, PDF & Email