मोर्दकै विरुद्ध हामानको षड्यन्त्र
मोर्दकै विरुद्ध हामानको षड्यन्त्र
मोर्दकै विरुद्ध हामानको षड्यन्त्र
एस्तर ५:९-१४
भोजबाट निस्कँदा हामान किन हर्ष विभोर थिए (एस्तर ५:९,१२)? ______________________________ ____________________________________________। कुन कुरा देख्नेबित्तिकै हामानको हर्ष रीसको आगोमा परिणत भयो (एस्तर ५:९)? ________________________________________________________। हामान आफ्नो शत्रुलाई उत्तिनैखेर नाश गर्न चाहन्थे तर तिनले आफैलाई सम्हालेर घर गए (एस्तर ५:१०)।
हामान घर र्फर्केर आफ्ना मित्रहरू र आफ्नी पत्नीलाई बोलाए, र तिनीहरूलाई आफ्ना थुप्रै आशिषहरू बताउन थाले —
१) आफ्नो धन-सम्पत्तिको रवाफ
२) आफ्ना धेरै छोराहरू — हामानका छोराहरू कति थिए (एस्तर ९:१०)? ________। धेरै सन्तान हुनु यहूदीहरू ठूलो आशिष् ठान्दथे; फारसीहरू पनि उस्तै धारणा राख्थे। प्राचीन इतिहासकार हेरोडिटसले फारसीहरूका बारेमा यो लेखे: “अस्त्रको बहादुरीपछि, धेरै छोराहरूका बाबु हुनु नै पुरूर्षार्थको श्रेष्ठताको उत्कृष्ट प्रमाण मानिन्छ। सालैपिच्छे राजाले सबभन्दा धेरै सङ्ख्या देखाउन सक्ने पुरूषलाई बहुमूल्य उपहारहरू पठाउँछन्, किनकि सङ्ख्या नै सामर्थ्य हो भन्ने उनीहरूको धारणा छ।”
३) आफ्नो उच्च ओहोदा
४) उनले पाएका विशिष्ट निमन्त्रणा — राजारानीसँग भोज खान उनले मात्र निम्तो पाएका थिए अनि यो सौभाग्य उनले भोलि पनि पाउनेवाला थिए। एस्तर एक यहूदी भएकी कुरा के हामानलाई थाह थियो? ____________
उपर्युक्त सूचीबाट हामी यो बुझ्दछौं, परमेश्वरले कहिलेकाहिँ दुष्टहरूलाई फलिफाप हुन दिनुहुन्छ भजनसङ्ग्रह ७३:२-७, १२; यर्मिया २१:१०; भजनसङ्ग्रह ३७:१)। हामान धेरै हिसाबमा सफल भएका थिए, तरैपनि कुनचाहिँ मान्छे जीवित रहुन्जेल हामान खुशी हुन सक्दैनथे (एस्तर ५:१३)? ____________। जसरी एउटा सानो सिक्का आँखाकै अगाडि राख्नाले सिङ्गो घाम छेकिन्छ, त्यसरी नै बदलाको भावनाले हामानका सबै आशिषहरूलाई छेकिदिए!
हामानको समस्या समाधान गर्ने उपाय उनकी पत्नी एवं मित्रहरू जान्दथे। “ तिनिहरूले ______________ हात अग्लो एउटा फाँसी दिने खाँबा बनाऊन्; (एस्तर ५:१४)। फाँसी जति अल्गो हुन्छ त्यति नै टाढासम्म त्यो देखिन्छ। बिहान मोर्दकैलाई त्यसमा झुण्डयाउन (रोपेर प्राणदण्ड दिन, भालाजस्तो तीखो टुप्पा भएको खम्बामा शूली चढाउन) हामानले राजासित विन्ती गर्ने भए। हामानलाई यो विचार साह्रै मनपर्यो अनि उनले फाँसी तयार गर्न लगाए!
यसरी, भोलिपल्ट दुईटा कुराहरू हुनेवाला थिए —
१) हामान राजासमक्ष आफ्नो विन्ती राख्नेवाला थिए (मोर्दकै झुण्डयाइयोस् भनेर)।
२) एस्तर राजासमक्ष आफ्नो विन्ती राख्नेवाला थिइन् (यहूदीहरू बचाइयोस् भनेर)।
परमेश्वरले उक्त परिस्थितिको नियन्त्रण कसरी गर्नेवाला हुनुहुन्थ्यो त?
हामान आफ्नो शत्रुको आदर गर्छन्
एस्तर ६
त्यस रात (एस्तरले लगाएको अघिल्लो र पछिल्लो भोजको बीच) राजा अहासूरसलाई के समस्या आइपर्यो (एस्तर ६:१)? ________________________________। निद्रा लाग्ने काम हाम्रो नियन्त्रणभन्दा बाहिरको कुरा हो। सुत्न चाहेर पनि हामीलाई कहिलेकाहिँ निद्रै लाग्दैन। हामी आफ्नो शरीरलाई यसरी आज्ञा दिन सक्दैनौं: “ए मेरो शरीर, अब तिमी एक मिनेटमा निदाऊ!” आँखा खोल्ने र बन्द गर्ने काम हाम्रो नियन्त्रणमै हुन्छ, तर निद्रा लाग्ने काम भने सधैं त्यतिको सजिलो हुँदैन।
निदाउन खोज्नलाई राजाले के गरे (एस्तर ६:१)? ____________________ ______________________________________________ ____________________________। इतिहासको पुस्तकमा राज्यका सबै महत्त्वपूर्ण घटनाहरूको यथार्थ विवरण लेखेर राखिएको हुन्थ्यो। त्यही विवरण राजालाई पढेर सुनाइयो। त्यति नै खेर त्यहाँ एउटा अभिलेख पाइयो जुन कुरा सुनेर राजाको कान ढाडो भयो। त्यो के थियो?
क) करिब चार वर्ष अगाडि सूर्यग्रहण लागेर (चन्द्रमाले सूर्यलाई छेकेर) केही समयका लागि सारा देशमा अन्धकार छाएको थियो।
- ख) करिब चार वर्ष अगाडि ग्रीकहरूले फारस राज्यका विरुद्ध युद्ध गरेका थिए।
- ग) करिब चार वर्ष अगाडि मोर्दकैले एक षड्यन्त्रको पर्दाफास गरिदिएर राजाको ज्यान बचाएका थिए।
- घ) करिब चार वर्ष अगाडि एस्तर महारानी बिरामी परी झण्डै मरेकी थिइन्।
एस्तर ६:३ मा उनको ज्यान बचाइदिएका मोर्दकैलाई कुनै इनाम दिइयो कि दिइएन भनी राजाले आफ्ना भारदारहरूलाई सोधे। के उनको साहसी कामको लागि मोर्दकैलाई कुनै इनाम दिइएको थियो (एस्तर ६:३)? ____________। जसले राजाको ज्यान बचाए उनैलाई राजाको हुकुमले फाँसी (झण्डै) दिनेवाला थिए भन्ने कुरा राजालाई थाहै थिएन!
एक विश्वासी जनले गरेका कतिपय असल र प्रशंसनीय कामहरू अरूले ख्याल गरेका हुँदैनन्। ती सुकर्मका निम्ति उनको कदर सायद नगरिएला, उनलाई इनाम नदिइएला। ख्रीष्टका निम्ति उनले गरेका सेवा कतिपय समय अरूले ख्याल गर्दैनन् र जसरी उनको ज्यानै बचाउने मोर्दकैलाई राजाले बिर्सेर यसरी नै अरूले पनि एक विश्वासी जनका सुकर्मलाई बिर्सन सक्छन्। मानिसले नदेख्नेगरी एक विश्वासी जनले प्रभुको निम्ति “गुप्तमा” गरेका कामहरूलाई कसले देख्नुहुन्छ (मत्ती ६:४,६,१८)? ____________________। कसले एक विश्वासी जनको प्रेमको परिश्रमलाई कहिल्यै बिर्सनुहुनेछैन (हिब्रू ६:१०)? ________________
घटनाक्रम कस्तो अतभुत् रीतिले मोडियो! एक व्यक्तिलाई केवल निद्रा नलागेकोले मोर्दकैको ज्यान जोगिनेभयो! जसलाई हामान झुण्डयाउन चाहन्छन्, उनैलाई अब राजाले सम्मान दिने इच्छा गर्दछन्! हामान मोर्दकैसित बदला लिन चाहन्छन्, राजा भने उनलाई इनाम दिन चाहन्छन्! मोर्दकै सार्वजनिक रूपमा राज्यमै अपमानित गरिनुको सट्टा उनलाई सर्वोत्कृष्ट नागरिकको रूपमा सम्मान गरिनेछ! कसरी यस्तो हुन गयो कसैले भन्ला, मोर्दकैको भाग्य त बलियै रहेछ! “सञ्जोगले” त्यही रात राजा सुत्न सकेनन्। “सञ्जोगले” राजाले अभिलेखहरूको पुस्तक पढियोस् भनी हुकुम गरे! “सञ्जोगले” उक्त पुस्तकमा उल्लेखित सैयौं घटनाहरूमध्येबाट चार वर्ष अगाडिको मोर्दकैको साहसी काम “सञ्जोगले” पढेर सुनाइयो! कस्ता भाग्यमानी मान्छे रहेछन् मोर्दकै! घटनाक्रमले यस्तो मोड लिनुमा खास कसको हात थियो, भाग्यको कि परमप्रभुको? ______________________। मोर्दकैको भाग्य बलियो होइन, मोर्दकैका परमेश्वर बलवान् हुनुहुन्छ “जसले ________ ______________ आफ्नै इच्छाको सल्लाहमुताबिक गर्नुहुन्छ” (एफेसी १:११)!
निम्नलिखित घटनाहरूमा के तपाईं परमेश्वरको हात देख्नुहुन्छ? कि यी सबै घटनाहरू तपाईंलाई सञ्जोगमा भएका कुराहरू हुन् भन्ने लाग्छ? जोडा मिलाउनुहोस्:
***** *****
यो संसार एक सर्वज्ञानी, सर्वशक्तिमान्, सर्वप्रेमी परमेश्वरको नियन्त्रणमा छ अनि उहाँले आफ्नो महिमाका निम्ति र आफ्ना जनहरूका भलाइका निम्ति आफ्नो योजनालाई सफलताका साथ अघि बढाउँदै हुनुहुन्छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ?
बिहान सबेरै हामान राजासँग दर्शनभेट गर्ने आशामा बाहिरी चोकमा देखा परे। तिनी राजासित कुन कुरा गर्न चाहन्थे (एस्तर ५:१४; ६:४)?
______________________________ ______________________________। हामान मोर्दकैको बिजोग हेर्न चाहन्थे। उसको आफ्नै कस्तो बिजोग हुन लागिरहेको छ भन्ने कुराको उसलाई एक छेउसम्म पनि शङ्का थिएन! हामानले मोर्दकैको निम्ति फाँसीको काठ त________ गरेका थिए (एस्तर ६:४), तर हामानको निम्ति परमेश्वरले एउटा कुरा तयार पार्नुभएको थियो! हामानले झुण्डयाउन चाहेको व्यक्ति त राजाले सम्मान गर्न चाहेको व्यक्ति पो पर्यो!
के हामानले राजासँग दर्शनभेट गर्न पाए (एस्तर ६:५)? ________। याद गरौं, कसैले राजासँग दर्शनभेट गर्न पाउन उसले पहिला राजाबाट निम्तो पाउनुपर्थ्यो! हामानले आफ्नो मुख खोल्न नपाउँदै राजा बोले र भने, “राजा आफैले सम्मान दिने इच्छा गरेको मानिसलाई के गर्नुपर्छ?” यो सुन्नेबित्तिकै हामान मोर्दकैलाई बिर्सेर आफ्नै विषयमा सोच्न थाले! राजा वास्तवमा कसको बारेमा सोच्दैथिए (एस्तर ६:३)? ________________। तर हामानले राजा कसको बारेमा सोच्दैछन् भनिठाने (एस्तर ६:६)? __________________।
एस्तर ६:७-९ मा हामी देख्दछौं, राजालाई आफ्नो जवाफ दिन हामान एकदमै तयार थिए। यो हामानले अघिबाटै सोचेको र कल्पना गरेको कुरा हुनुपर्दछ। उनलाई यो खुशीको खबर आफ्ना पत्नी र मित्रहरूलाई बताउन हतार भयो। शायद उनी सोच्दैथे, “मेरा सुन्दर सपनाहरू अब सब पूरा हुनेभए!” तर, हाय, विपनामा अब के-के हुन लागेका थिए भन्ने कुरा उसको सोचाइबाट परै थियो!
हेर्नुहोस्, हामान आफ्नो निम्ति के-के गरियोस् भन्ने चाहन्थ्यो (एस्तर ६:७-९): राजकीय पोशाक (राजाले लगाएको), राजकीय घोडा (राजाले चढेको) र राजकीय मुकुट (राजाले पहिरेको)। सडकमा हिँड्दा मानिसहरूले उसलाई राजा नै भन्ठानोस् न! जीवनमा कहिल्यै नखाएको ठक्कर अब हामानले खानै लागेका थिए!
एस्तर ६:९ मा “राजाका सबैभन्दा माननीय पदाधिकारीहरूमा एक जना” भनी हामानले तोक्दछन्। उक्त व्यक्ति त को पर्यो (एस्तर ६:१०)? ____________। एक्कासी हामान छाँगाबाट खस्छ (राजाले सम्मान दिन इच्छा गरेको व्यक्ति आफू नभई उसलाई सबभन्दा मन नपर्ने व्यक्ति मोर्दकै पो रहेछ! मोर्दकैलाई फाँसी दिनुको सट्टामा अब हामानले उसलाई सम्मान दिनुपर्नेभयो! अनि आफूलाई जे गरियोस् भनी ऊ चाहन्थ्यो, त्यही नै अब उसले मोर्दकैको निम्ति गरिदिनुपर्नेभयो, त्यसमा पनि ऊ आफैले भनेबमोजिम! उसलाई फाँसी दिने अनुमतिको सट्टामा उसलाई सम्मान दिने आज्ञा उसमाथि आइपर्यो!
हामान फन्दामा परेका छन्। के अब “यो विचार मलाई ठिक लागेन!” भन्ने? यो त उसले भन्नै मिलेन। त्यो उसकै विचार थियो! त्यो पूर्णरूपमा उसकै विचार थियो! अब त्यो पूरा नगरी उसलाई सुख नहुने भयो!
राजाले हामानलाई आज्ञा गरे, “तिमीले भनेबमोजिम सबै कुरामध्ये केही नछुटोस् (एस्तर ६:१०)।”
आफूले भनेजस्तै उसले गर्नुपर्यो! हामानका सबै वचनहरू पूरा हुनैपर्छ! उहाँले आफ्नो वचनहरू अनुसार नै गर्नुहुनेछ भनी के हामी परमेश्वरमाथि भरोसा राख्न सक्छौं? के परमेश्वरका वचनहरू पूरा हुनेछन्? आफूले पूरा गर्ने प्रतिज्ञा गर्नुभएका सबै कुराहरू के परमेश्वरले पूरा गर्नुहुनेछ? (हेर्नुहोस्, यहोशू २१:४५; २३:१४; १ राजा ८:५६; २ राजा १०:१०)।
हामान, आफ्नै इच्छाविपरित, आफ्नो शत्रुको निम्ति त्यो गर्नुपर्नेभयो जो आफ्नो निम्ति गरियोस् भन्ने उसले चाहेको थियो। के हामानले लूका ६:३१ लाई पालन गरे? __________। के त्यो सिद्धान्तलाई उसले राजीखुशी पालन गरे? __________
अघिल्लो दिन, हामान रानीको भोजबाट रमाउँदै, मनमा खुशी हुँदै घर र्फर्केका थिए (एस्तर ५:९)। मोर्दकैलाई भव्य रीतिले शहरको परिक्रमा गर्न सहायता गरेपछि के हामान रमाउँदै थिए, मनमा खुशी थिए (एस्तर ६:१२)? ______________। शायद फारसी साम्राज्यले नै ऊजस्तै निरूत्साहित र अपमानित व्यक्ति कहिल्यै देखेको थिएन! (टिप्पणीः कुनै व्यक्तिले आफ्नो गहिरो शोक व्यक्त गर्नुपर्दा उसले आफ्नो शिर ढाक्ने चलन थियो)।
हामानका पत्नी र मित्रहरू जान्दथे, उनलाई जे भयो त्यो केवल बिग्रेको भाग्य थिएन। भाग्य मात्र बिग्रेको भए त शायद भाग्य फेरि फर्केर आउन सक्थ्यो। तर तिनीहरू जान्दथे, हामान कहिल्यै नउठ्ने गरी पतन हुन लाग्दैछन् (उसको यो आंशिक पतनपछि पूर्ण पतन आउनेछ)। तिनीहरू जान्दथे, यहूदीहरूको शत्रु बन्नु जोखिमपूर्ण मामला हो। यहूदीहरूलाई सराप दिनेहरूलाई के हुनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो (उत्पत्ति १२:३)? __________________________________________ __________________। परमेश्वरको विरुद्धमा लड्ने व्यक्तिले जित्ने आशा गर्नुहुँदैन! एकातिर हामान एक शक्तिशाली व्यक्तिको मदतले काम गर्दैथिए, तर के अर्कोतिर यहूदीहरूलाई सर्वशक्तिमान् व्यक्तिले नै मदत गर्दैहुनुहुन्नथ्यो (तुलना गर्नुहोस् १ यूहन्ना ४:४)? ________________। के हामानका पत्नी र मित्रहरूले उनको पतनको सही भविष्यवाणी गरे (एस्तर ६:१३; दाँज्नुहोस् ७:१०)? ______________।
हामान, आफ्नी पत्नी र आफ्ना मित्रहरूसँगको कुराकानी सिध्याउन नपाउँदै, एस्तरको दोस्रो भोजमा हतार-हतार लगिए। परमप्रभुले (बिग्रेको भाग्यले होइन), यो दुष्ट मान्छेको निम्ति अर्कै कुराको तयारी गर्नुभएको थियो!
हामानको जीवनले लूका १८:१४ मा उल्लेखित आत्मिक सिद्धान्तलाई कसरी दर्शाउँछ? ________ ____________________________________________ ______________________________________________________। हामानको जीवनले निम्न हितोपदेशहरूलाई कसरी दर्शाउँछ
हितोपदेश १६:१८ ______________________________________________ __________________________________।
हितोपदेश २९:१३ ______________________________________ __________________________________________।
हितोपदेश ११:२ _________________________________ _______________________________________________।
हितोपदेश १८:१२ ______________________________ __________________________________________________।
यसबाट के तपाईंले पनि चेताउनी पाउनुभएको छ?