नयाँ नियमका पुस्तकहरू

नयाँ नियमका पुस्तकहरू

 

एक पूर्व तयारी

(नयाँ नियम के हो?)
नयाँ करार

मत्ती २६:२८ मा उहाँ क्रूसमा मर्नभन्दा अघिको रात प्रभु येशू ख्रीष्टले यी शब्दरू उच्‍चारण गर्नुभयो: “किनभने यो _________ __________ को मेरो रगत हो, जोचाहिँ धेरैका लागि पापहरूको क्षमाका निम्ति बहाइन्छ।” “नयाँ वाचा” भन्‍नु र “नयाँ करार ” भन्‍नु एउटै हो। जब प्रभुका यहूदी चेलाहरूले यी शब्दहरु सुने, तब उनीहरू प्रभुले के विषयमा बोल्दैहुनुहुन्थ्यो सो जान्दथे। परमेश्वले यहूदीहरूलाई एउटा सुन्दर प्रतिज्ञा दिनुभएको थियो जुन यार्मिया ३१:३१-३४ मा पाइन्छ। यी चारओटा पदहरू राम्ररी पढ्नुहोस् र निम्‍नलिखित प्रश्‍नहरूको जवाफ लेख्‍नुहोस्:

  1. इस्राएल राष्ट्रसित नयाँ करार अथवा नयाँ वाचा बाँध्‍ने प्रतिज्ञा कसले गर्नुभयो (पद ३१)? ____________________।
  2. यो नयाँ करार मोशाको समयमा परमेश्वरले यहूदीहरूसँग गर्नुभएको करार भन्दा भिन्‍न थियो कि त्यो करारसँग दुरूस्तै थियो (पद ३२)?
    _________________________।
  3. के यहूदी मानिसहरूले पुरानो करार (मोशाद्वारा परमेश्वरले दिनुभएका व्यवस्था र आज्ञाहरू) को पालना गरे कि त्यसको उल्लङघन गरे (यार्मिया ३१:३२)?
    _____________________________।
  4. के तपाइले दश आज्ञालाइ सिद्धरूपमा पालन गर्न सक्‍नुहुन्छ?_______________। के तपाईले “सबभन्दा ठूलो आज्ञा” लाई पालन गर्नुभएको छ (मत्ती २२:३६-३८)? __________________। के तपाई आज्ञा पालन ग्रने व्यक्ति हुनुहुन्छ कि आज्ञा उल्लङघन गर्ने व्यक्ति? ­­­­­­­­­­­­_____________________। के एक पापीले परेमश्वरको पवित्र व्यवस्थालाई पालन गर्ने सक्छ? _______________।
  5. पुरानो करार अन्तर्गत परमेश्वरले आफ्नो व्यवस्थालाई ढुङगाका पाटीहरूमा लेखेर दिनुभयो (२ कोरिन्थी ३:३)। नयाँ करारअन्तर्गत परमेश्वरले आफ्नो व्यवस्थालाई कहाँ राख्‍नुहुन्छ (यार्मिया ३१:३३ र २ कोरिन्थी ३:३)? ___________________________। परमेश्वरको व्यवस्था आफ्ना हृदयहरूमा लेखिएका परमेश्वरका जनहरूले व्यवस्थालाई पालन गर्नेछन् कि उल्लङघन गर्नेछन् (इजकिएल ११:१९-२१; ३६:२५-२७)? _______________________।
  6. पुरानो करार अन्तर्गत मानिसहरू धर्मी न्यायकर्ता परमेश्वरको सामु आज्ञा उल्लङघन गर्ने दोषी व्यक्तिहरूका रूपमा थिए। नयाँ करार अन्तर्गत परमेश्वरका सामु मानिसहरूको सम्बन्ध कस्तो हुनेछ (यार्मिया ३१:३३)?______________________ _____________________________ _____________________________।
  7. यर्मिया ३१:३४ ले भावी राज्यको युगको बयान गर्दैछ। त्यसबेला इस्राएल राष्ट्रले नयाँ करारका आशिषहरू पाउनेछन्। के त्यसबेला छिमेकीहरूलाई गवाही दिनुपर्ने र अरूहरूलाई तिनीहरूले प्रभुलाई चिन्‍नुपर्छ भनेर बताउनुपर्ने हुन्छ (यर्मिया ३१:३४ र यशैया ११:९)? _________________________ _____________________________ ____________________________।
  8. नयाँ करार अन्तर्गतका दुई ठूला प्रतिज्ञाहरू के-के हुन् (यर्मीया ३१:३४)? “तिनीहरूका _____________________________ ___________________________ गर्नेछु” “तिमीहरूका ____________________________ _____________________ सम्झनेछैनँ” साथै रोमी ११:२७ मा पनि: “म ______________________________ हटाउँला” के यही नै प्रतिज्ञा आजका छिश्वासीहरालई पनि दिइएको छ ( हिब्रू ८:१०-१२; १०:१६-१७)? _____________। हामीले हाम्रा सम्पूर्ण पापहरूको क्षमा प्राप्‍त गर्न सकौं भनेर प्रभु येशू ख्रीष्टले के गर्न आवश्यक पर्‍यो (मत्ती २६:२८)? ____________________________­­­­­­­­­­­­­­­­­­­। यदि ख्रीष्टले आफ्नो रगत नबहाउनुभएको भए र हाम्रा पापहरूका निम्ति नमर्नयभएको भए, हामीले हाम्रा सम्पूर्ण पापहरूको क्षमा प्राप्‍त गर्न सक्‍ने थियौ। (हिब्रू ९:२२)?__________।

पुरानो करारको माग थियो, “व्यवस्था भङ्ग गर्ने दोषी मर्नैपर्छ।” (हेर्नुहोस् प्रस्थान २१:१२,१५,१६,१७, इजकिएल १८:४; रोमी १:३२; ६:२३)। नयाँ करारले भन्छ, “येशू ख्रीष्टले आफ्नो रगत बहाउनुभयो र व्यवस्था भङग गर्ने दोषीहरूका निम्ति मर्नुभयो, अनि उहाँले पापको मोल पूर्णरूपमा चुक्ता गर्नुभएको हुनाले परमेश्वरले उहाँको पुत्रमा विश्वास गर्ने दोषी व्यक्तिहरूलाई पूर्णरूपमा क्षमा गर्न सक्‍नुहुन्छ।”

मण्डली सभामा प्रभु भोजबाट लिँदा हामीले यो याद गर्नुपर्छ, क्रुसमा ख्रीष्टको मृत्यु भएकै कारण नयाँ करार सम्भव हुन्छ (१ कोरिन्थी ११:२५)। नयाँ नियम पवित्रशास्त्रले ख्रीष्टको मृत्युको सुसमाचारको घोषणा गर्दछ जसले गर्दा नै नया करार सम्भव हुन्छ।

४०० वर्षको सन्‍नाट्टा

पुरानो नियमको अन्तिम पुस्तक मलाकी इ.पू ४०० तिर लेखिएको हो। त्यसपछि ४०० वर्षसम्म परमेश्वर आफ्ना जनहरूसित बोल्नु नै भएन। उक्त समयमा परमेश्वरले कुनै अगमवक्ताहरूलाई पठाउनुभएन। परमेश्वरले ४ शताब्दीहरूसित बोल्नुभएन, कुनै संवाद गर्नुभएन। देशमा लामो अनिकाल पर्‍यो— अन्तको अनिकाल नभएर “परमप्रभुका वचनको ____________ तृष्णाको अनिकाल” (आमोस ८:११-१२) थियो। यहूदीहरूसँग पुरानो नियम थियो र उनीहरूले त्यसलाई पढेको र विश्वास गरेको र मसीहको आगमनलाई पर्खेको परमेश्वर चाहनुहुन्थ्यो।

अन्तमा धेरै वर्षपछि परमेश्वरले सन्‍नाट्टलाई तोड्नुभयो र उहाँले मानिसहरूसँग सबभन्दा असल तरिकामा बोल्नुभयो। हिब्रू १:१-२ लाई राम्ररी पढ्नुहोस्। पुरानो नियमका समयहरूमा परमेश्वर मानिसहरूसित कसरी बोल्नुभएको थियो (पद१)?___________________ ________________________________। अन्तमा परमेश्वर मानिसहरूसित कसरी बोल्नुभयो (पद २)? उहाँको ___________द्वारा”।

मानौं मेरो एउटा साथी छ जो २००० किलोमिटर पर बस्दछ। यो साथीसँग मऔले कुराकानी गर्ने सबभन्दा राम्रो उपाय कुन होला? एउटा पत्र लेख्‍नु राम्रो हुन्थ्यो कि? इ-मेल लेख्‍नु राम्रो हुन्थ्यो कि? फोन गर्नु राम्रो हुन्थ्यो कि? चक्‍कामा भनेर पठाउनु राम्रो हुन्थ्यो कि? उसलाई भेट्न सक्‍ने कुनै व्यक्तिको मार्फत एउटा सन्देश पठाउनु राम्रो हुन्थ्यो कि? यो साथीसँग कुरा गर्ने सबभन्दा राम्रो उपाय कुन हुनेथ्यो होला? सबभन्दा राम्रो उपाय त यो हुनेथ्यो: म व्यक्तिगत रूपमै भेट गर्न जानु! ठीक यही नै काम परमेश्वरले गर्नुभयो। उहाँले व्यक्तिगत रूपमै यस पृथ्वीमा आफ्नो पुत्र प्रभु येशू ख्रीष्टमा भइकन भेट गर्न आउनुभयो। येशू ख्रीष्टले हामीलाई भेट गर्नुभएको छ। परमेश्वरसित आफ्नो पुत्रद्वारा बोल्नुभएको छ। परमेश्वरको यो भेट गर्ने कामको विषयमा हामीले पढ्न सक्‍ने सबै कुराहरू नैयाँ नियममै पाउँछौं। अब हामी पुरानो नियमलाई नयाँ नियमसित तुलना गरौ:

 

नयाँ नियममा कतिओटा पुस्तकहरू छन् (यदि तपाई पक्‍का हुनुहुन्छ भने बाइबलको शुरूमा भएको सूचीलाई हेर्नुहोस्)? ­­­­­­­­­­_________।

यीमध्ये पाँचौओटा चाहिँ इतिहासका पुस्तकहरू हुन् (पछाडिपट्टको तालिकालाई हेर्नुहोस्)। सुसमाचारका चार पुस्तकहरूले येशूका आश्चर्यकर्म र शिक्षाको थालनीको प्रस्तुत गर्दछन्— प्रेरित १:१-२ मा पढ्नुहोस्:

प्रकाशको पुस्तक पनि इतिहासकै पुस्तकजस्तै हो, केवल यो घटनाहरू हुनु अगावै लखिएको पुस्तक हो। यो भविष्यलाई प्रकाश पार्ने एक महान् भविष्यवाणीको पुस्तक हो।

नयाँ नियमका सबै अन्य पुस्तकहरू पत्रका रूपमा छन्। उदाहरणको लागि पावलले १३ ओटा पत्रहरू लेखे। यीमध्ये ९ ओटा चाहिँ मण्डलीहरूलाई लेखिएका थिए (रोमी, १ र २ कोरिन्थी, गलाती, एफेसी, फिलिप्पी, कलस्सी, १ र २ थेस्सलोनिकी) अनि यीमध्ये ४ ओटा चाहिँ व्यक्तिहरूलाई लेखिएका थिए (पास्टर तिमोथी लेखिएका १ र २ तिमोथी; तीतसलाई लेखिएको तीतस; कलस्सीका मण्डलीका एक सदस्य फिलेमोनलाई लेखिएको फिलेमोन)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email