ख्रीष्टका चार तस्वीरहरू

ख्रीष्टका चार तस्वीरहरू

 

ख्रीष्टका चार तस्वीरहरू

त्यहाँ किन चारओटा सुसमाचारहरू छन्? परमेश्वरले हामीलाई ख्रीष्टको जीवन र सेवाकाइको वर्णन गर्ने चारओटा पुस्तकहरू किन दिनुभयो? के एउटै पुस्तक पर्याप्त थिएन र?
मानौं तपाईको एउटा पत्र-मित्र छ – एक व्यक्ति जोसँग तपाई पत्र आदन- प्रदान गर्नुहुन्छ तर जोसँग तपाईंको प्रत्यक्ष भेटघाट भएको छैन। एक दिन तपाईंले पत्रमा यसरी लेख्नुभयो, “म तपाईंलाई अझ राम्ररी चिन्न चाहन्छु। कृपया एउटा फोटो पठाउनुहोला अनि तपाई कस्तो हुनुहुन्छ मैले देख्न पाउने थिएँ।” केले तपाईंलाई आफ्नो पत्र-मित्रलाई चिन्न बढी मद्दत गर्ला— तपाईको पत्र-मित्रले एउटा फोटो पठाए भने कि चारओटा फोटोहरू पठाए भने? ______________________________ _________________________________ ________। किन?
परमेश्वरले हामीलाई आफ्नो पुत्र प्रभु येशू ख्रीष्टका चारओटा तस्वीरहरू दिनुभएको छ। यी हुन् सुसमाचारका चार लखोटहरू जसलाई मत्ती, मर्कूस, लुका र यूहन्ना भनिन्छ। परमेश्वरले एउटै मात्र सुसमाचारको लेखोट दिन सक्नुहुन्थ्यो तर चारओटा हुनु अझ राम्रो हो। १ पत्रुस १:८ अनुसार हामीले उहाँलाई आफ्ना आँखाले कहिल्यै देखेका छैनो तरैपनि के परमेश्वर हामीले उहाँको पुत्रलाई राम्ररी चिनेको चाहनुहुन्छ (यूहन्ना १७:३; फिलिप्पी ३:१०)?____________________। हामी उहाँलाई जति-जति राम्ररी चिन्छौं त्यति नै हामी कसलाई पनि चिन्छौं (यूहन्ना ८:१९; १४:७)? _____________________। हामी ख्रीष्टलाई जति-जति प्रस्ट देख्छौं (यी चारओटा तस्विरहरूलाई हेर्दै जाँदा) त्यति नै हामी कसालाई पनि देख्छौं (यूहन्ना १४:९)?_________________। येशू नै परमेश्वरको सिद्ध तस्वीर हुनुहुन्छ। यदि तपाईं परमेश्वर पिता कस्तो हुनुहुन्छ भनी जान्न चाहनुहुन्छ भने पुत्रलाई हेर्नुहोस्। येशू ख्रीष्ट “___________ परमेश्वरका _______________” हुनुहुन्छ (कलस्सी १:१५)। अदृश्य परमेश्वरलाइ तपाईँ देख्न सक्नुहुन्छ तर तपाईं उहाँको पुत्रलाई देख्न सक्नुहुन्छ जसरी उहाँ पवित्रशास्त्रमा प्रकट गरिनुभएको छ।

तपाईंको पत्र-मित्रका ती चारओटा फोटोहरूलाई फेरी विचार गर्नुहोस्। के ती सबै फोटोहरूका बीचमा आपसमा मिल्ने त्यस्ता केहि कुराहरू हुन्छन् होला? केही कुराहरू चारैओटा फोटोहरूमा समानरूपमा पनि भेटिन्छन् होला? (सायद तपाईंको पत्र- मित्रले चारैओटा फोटोहरूमा एउटै स्वीटर लगाउनुभएको होला वा हरेक फोटोको पृष्टठभूमीमा एउटै रूख होला? प्रत्येक फोटोमा अरू तीन फोटोहरूभन्दा कुनै न कुनै हिसाबलमा फरक हुन्छ होला? तीमध्ये तीनओटा फोटोहरू धेरै मिल्दाजुल्दा (सयाद ती प्रत्येक नै एउटै कोठामा केही मिनेटकै अन्तरमा खिचिएका) हुन अनि चोथो फोटोचाहिँ अत्यान्तै फरक (सायद अर्कै समयमा अर्कै लुगा लगाएको बेला, भिन्न दृष्यका बीच घरको बाहिर खिचिएको ) हुन सम्भव छ? के तपाईंले यसो भन्नुहुनेछ, “यो चौथो फोटो अरू तीनभन्दा यति भिन्न छ कि यो त अर्कै व्यक्ति हुनुपर्छ”?

चार सुसमाचारहरूको सन्दर्भमा कुरा यस्तै छ। तिनीहरू आपसमा मिल्दाजुल्दा छन् र पनि तिनीहरू एक अर्को भन्दा भिन्न छन्। पहिला तीन सुसमाचारहरू धेरै हिसाबमा आपसमा मिल्दाजुल्दा छन् (यद्यपि त्यहाँ भिन्नताहरू पनि छन्) अनि यूहन्नाको सुसमाचार ती पहिला तीनभन्दा ज्यादै भिन्न छ (समानताहरू थोरै मात्र छन्), तरैपनि येशू को हुनुहुन्छ र उहाँ कस्तो हुनुहुन्छ भनी बुझ्न सक्न हामीलाई ती चारै ओटाको आवश्यकता पर्छ।

कही उदाहरूणहरू हेरौ:

  1. मत्ती २४:३२-३६ पढ्नुहोस् र मर्कूस १३:२८-३२ सित तुलना गर्नुहोस्। यी खण्डहरू खासमा उस्तै छन् कि फरक छन्?________ _______________।
  2. मत्ती १३:५५ पढ्नुहोस् र मर्कूस ६:३ सित तुलना गर्नुहोस्। यी पदहरू उस्तै भए तापनि, तपाई के भिन्नता पाउनुहुन्छ? मत्ती येशूलाई ______________ का छोरा भनी उल्लेख गरेका छन् भने मर्कूसले येशू एक सिकर्मी हुनुहुन्थ्यो? _______________। के दवै पदहरू साँचा हुन? _____________।
  3. मर्कूस ६:३८ पढ्नुहोस् र मत्ती १५:३४ सित तुलना गर्नुहोस्। के यहाँ भिन्नता छ? _________________________________ _________________________________ __________________________________ _____________________________ ______________________________। मत्तीले गन्न नजानेका हुन् कि मर्कूसले ? यो समस्याको समाधान के हो (हेर्नुहोस् मर्कूस ८:१९-२० र मत्ती १६:९-१० साथै हेर्नुहोस् मर्कूस ८:५ र मत्ति १४:१७)? _________________________________ ________________________________ __________________________________।
    बास्तवमा यो कुनै समस्या थिएन। हामीले सबै तथ्यहरूलाई हिसाबमा लिन नसक्दासम्म यो एउटा समस्याको रूपमा देखा परेको मात्र थियो।
  4. यी चारओटा पदहरू तुलना गर्नुहोस्: मत्ती २७:३७; मर्कूस १५:२६; लुका २३:३८; यूहन्ना १९:१९। के यी सबै पदहरू आपसमा मिल्छन्? के त्यहाँ भिन्नताहरू छन्? क्रुसमा टाँगिनुभएको ख्रीष्टको शीरमाथि लेखिएको दोषपत्रमा के लेखिएको थियो भन्ने कुराको सवालमा के सबै पदहरूले सही र सत्य तथ्य बताएका छन्? _______। के यी सबै पदहरुले त्यहाँ लेखिएको सम्पूर्ण कुरालाई नै बताउँदछन्? ______________। यूहन्ना १९:२० ले यी भिन्नताहरूको कारणलाई प्रकाश पार्दछ कि?
  5. त्यहाँ कही कुराहरू छन् जो सबै चार सुसमाचारमा उस्तै छन्:
    •सबै चार सुसमाचारहरूले बप्तिस्मा दिने यूहन्नाको सेवाकाइको बारेमा बताउँदछन्।
    •सबै चार सुसमाचारहरूले येशूको बप्तिस्माको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले ५००० लाई खुवाइएको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले प्रभलाई पत्रुसले इन्कार गरेको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको पक्राउ र मानविय इन्साफको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको क्रूसको टँगाइको बारेमा बताउँदछन्।
    • सबै चार सुसमाचारहरूले येशूको बौरिउठाइको बारेमा बताउँदछन्।
    त्यहाँ केही भिन्नताहरू पनि छन। प्रत्येक सुसमाचारमा अर्को सुसमाचारमा नपाइने कुराहरू पनि छन्। जस्तै:
    • मत्तीले मात्रै यूसुफ र मरियम मिश्रमा पलायन भएका बारेमा बताउदछन् (मत्ती २:१२-२३)।
    • मर्कूसले मात्रै एक अन्धा मान्छेको दुई चरणको चंगाइको बारेमा बताउँदछन् (मर्कूस ८:२२-२६)।
    • लुकाले मात्रै हराएको छोरोको दृष्टान्त बताउँदछन् (लुका १५:११-३२)।
    • यूहन्नाले मात्रै लाजरसको मृत्युबाटको बौरिउठाइको बारेमा बताउँदछन् (यूहन्ना ११:१-४५)।

कोही व्यक्तिहरू सुसमाचारका लेखोटहरूमा त्रुटीहरू र अन्तर- विरोधहरू छन् भन्ने दावी गर्छन् तर हामी जान्दछौं सबै चारैओटा सुसमाचारहरूमा सत्य मात्रै छन्। परमेश्वरको वचनका कुनै पनि भागमा कुनै त्रुटीहरू वा गल्तहरू छैनन्। कसैले यसो भन्ला, ” चार सुसमाचारका पुस्तकहरू येशू मर्नुभएको धेरै वर्षपछि मात्रै लेखिएका हुन् (जु कुरा साँचो पनि हो) यसकारण सुसमाचारका लेखकहरूले येशूले भन्नभएका र गर्नुभएका कुराहरू कसरी सम्झन सके?” यसको जवाफ तपाईं कसरी दिनुहुन्छ? उनीहरूलाई सिद्धरूपमा सम्झना गर्न सक्न कसले सहायता गर्नुभयो ( हेर्नुहोस् यूहन्ना १४:२६)?________________________।

“सुसमाचार” को अर्थ हो “शुभ खबर”। १ कोरिन्थी १५:१-५ अनुसार सुभ खबर के हो:
उहाँ हाम्रा _________________ का निम्ति __________________ (पद ३)
उहाँ __________________ भयो (पद ४)
उहाँ __________________ भयो (पद ४)
उहाँ _______________ पर्नु भयो (पद ५)।

के सबै चारओटै सुसमाचाहरूले ख्रीष्ट मर्नुभयो, गाडिनुभयो, बौरिउठ्नुभयो र जीवित देखा पर्नुभयो भन्ने शुभ खबर बताउँदछन्? __________________?
मानौं त्यहाँ पाँचजना अन्धाहरू एउटा हात्तीलाई त्यो के हो भनी नजानीकनै छामेर बुझ्न खोजिरहेका छन्। एउटाले खुट्टालाई छामेर यो एउटा ठूलो रूख हुनुपर्दछ भनेर सोच्दछ। अर्कोले सुँडलई छामेर यो एउटा ठूलो साँप हुनुपर्छ भनेर सोच्दछ। अर्काले त्यसको पेटलाई छामेर यो एउटा ठूलो पर्खाल हुनुपर्छ भनेर सोच्दछ। अर्कोले पुच्छरलाई छामेर यो एउटा डोरी हुनुपर्छ भनेर सोच्दछ। अर्काले दाह्रालाई छामेर यो एउटा फलामको खम्बा हुनुपर्छ भनेर सोच्दछ। के तिनीहरू सबै बेठीक थिए?_________। ___________________तिनीहरू सबैसित एउटा भागमात्रै थियो र तिनीहरूले सिङगोलाई बुझ्न सकेनन्। सँड हात्तीको एउटा मात्र भाग हो। त्यो नै सिङगो हात्ती होइन। यदि हामीले एउटा भागलाई मात्र हेर्यौं भने हामीले सिङगोलाई बुझ्दैनौं। वास्तवमा एउटै मात्र भागले एउटा हात्ती कस्तो हुन्छ भनेर सही ज्ञान दिन सक्दैन। सिङगो बन्न त एउटा भागलाई अर्को भागको आवश्यकता पर्छ।

तिनीहरूले हामालई ख्रीष्टमा डोर्याऊन् भनेर परमेश्वरले हामीलाई चार सुसमाचारहरू दिनुभयो। त्यहाँ केवल एउटा ख्रीष्ट हुनुहुन्छ, चारओटा होइन। त्यहाँ चारओटा मुक्तिदाताहरू छैनन्। चार सुसमाचारहरूले एउटै धन्य व्यक्तिलाई औंल्याउँछन् जसलाई हामीले चिनेको परमेश्वर चाहनुहुन्छ। हामीले सबै चारओटै सुसमाचारहरूलाई सँग-सँगै हेर्नुपर्छ जसरी तपाईंले आफ्नो एकजना पत्र-मित्र कस्तो हुनुहुन्छ भनेर जान्नलाई उनका चारओटै फोटोहरूलाई हेर्नुहोस्।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email