रित्तो चिहान
रित्तो चिहान
अघिल्लो पाठमा हामीले ख्रीष्टको मृत्युको बारेमा अध्ययन गर्यौं। बाइबलको शुभ-खबर (सुसमाचार) यही हो कि “पवित्र-शास्त्रहरूमुताबिक ख्रीष्ट हाम्रा ____________ का निम्ति ____________ (१ कोरिन्थी १५:३)। तर सुसमाचार यतिमै टुंगिदैन। शुभ-खबरको बाँकी भाग के हो त (१ कोरिन्थी १५:४)? “र गाडिनुभयो, अनि पवित्र-शास्त्रहरूमुताबिक उहाँ _________ ___________________________________।”
के तपाईंले कसैको जीवनी पढ्नुभएको छ? जीवनी भनेको कुनै व्यक्तिको जीवनको लिखित कथा हो। शायद तपाईंले नेपालको पहिलो शाहवंशी राजा पृथ्वीनारायण शाहको जीवनी पढ्नुभएको होला अथवा नेपाली भाषाको आदिकवि भानुभक्त आचार्यको जीवनी पढ्नुभएको होला अथवा सिद्धार्थ गौतम (बुद्ध) को जीवनी पढ्नुभएको होला अथवा अन्य कुनै प्रख्यात व्यक्तिको। कुनै पनि व्यक्तिको जीवनीको पहिलो अध्यायले प्रायः सो व्यक्तिको जन्मको बारेमा बताउँछ। जीवनीको अन्तिम अध्यायले प्रायः उसको मृत्यु बारेमा बताउँछ। व्यक्तिको मृत्युपछि उसको बारेमा बताउन सकिने कुरा खास हुँदैन। जहाँ जीवनको अन्त हुन्छ, त्यहीँ नै उसको जीवनीको पनि अन्त हुन्छ। मृत्युपछि सो व्यक्तिले अझ कुनै काम गर्दैन, बोल्दैन। आफ्नो मृत्युपछि पृथ्वीनारायण शाहले फेरि राज्य गरेनन्! मृत्युपछि भानुभक्तले अरु कविता लेखेनन्! मृत्युपछि बुद्धले अरु उपदेश दिएनन्! मरेका व्यक्तिहरूले त्यसो त गर्नै सक्दैनन्! सो जीवनको बारेमा थप केहीलेख्न सकिन्न कारण त्यहाँ थप जीवन छैन। त्यो पुरूष वा स्त्री मरेर गइसकेको हुनाले त्यस व्यक्तिको जीवनको बारेमा अरु केहीलेख्ने कुरा हुँदैन। त्यो व्यक्तिको दाहसंस्कारको बारेमा लेख्न सकिएला, उसका सन्तानको बारेमा लेख्न सकिएला वा उसको जीवनले ल्याएको असरको बारेमा लेख्न सकिएला, तर सो व्यक्तिको बारेमा थपलेख्न भने सकिन्न। उसको मृत्यु भइसक्यो!
येशू ख्रीष्टको जीवनी भने उदेकको छ! अरु कुनै पनि जीवनी भन्दा फरक छ! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! केही उदाहरणहरू हेरौं: मत्ती २७ ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के मत्तीको पुस्तकको अन्तिम अध्याय त्यही हो? मर्कूस १५ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? लूका २३ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? यूहन्ना १९ले ख्रीष्टको मृत्युको बारेमा बताउँछ। के अन्तिम अध्याय यही हो? ख्रीष्टको मृत्युको बिवरण पढेपछि हामी अझ अरु कुरा पढ्न पाउँछौं! उहाँको मृत्युको घटना अन्तिम अध्याय होइन! यस व्यक्तिले अझ अरु काम गर्नुभएको, अझ अरु बोल्नुभएको हामी पाउँछौं। त्यहाँ थप नयाँ अध्यायहरू छन् कारण जो मर्नुभएको थियो उहाँ फेरि जीवित हुनुभएको छ! उहाँको जीवनी त क्रमशः अगाडि बढ्छ!
ख्रीष्टको मृत्यु नै अन्त थिएन। बास्तवमा त्यो त शुरु मात्र थियो! (टिप्पणी: इतिहासको केन्द्रीय घटना नै क्रूस हो। सम्पूर्ण इतिहास क्रूसतर्फ लम्कन्छ र क्रूसबाटै प्रारम्भ पनि हुन्छ। क्रूस नै विश्वासीको महान् मुक्तिको प्रारम्भिक बिन्दु र केन्द्रबिन्दु हो!)
नयाँ नियमको अन्तिम खण्ड अर्थात् प्रकाशको पुस्तकमा प्रभु येशू ख्रीष्ट अझै पनि जीवितै हुनुभएको र बोलिरहनुभएको पाउँछौं! उदाहरणको लागि, प्रकाश १:१८ हेर्नुहोस्: प्रभु येशूले भन्नुभयो, “अनि ____________ म नै हुँ, म _________ थिएँ; अनि हेर, म _______________ निम्ति ____________ छु।” घटनाक्रम त अझ अगाडि बढ्दै छ!
वास्तवमा के भएको थियो?
के प्रभु येशूले कहिल्यै आफू मृत्युबाट फेरि बौरेर उठ्नेछु भनी भविष्यवाणी गर्नुभयो (मत्ती १६:२१? ____________। त्यो घटना हुनुभन्दा अगाडि नै उहाँलाई सबै थाह थियो! मर्कूस ९:९-१० अनि मर्कूस ९:३१-३२। के चेलाहरूले यी कुरा बुझे? ______________।
चाखलाग्दो कुरा के छ भने प्रभुका शत्रुहरूले भने यस भविष्यवाणीलाई गम्भीरतापूर्वक लिए (मत्ती २७:६२-६६)। ख्रीष्टले आफू फेरि बौरेर उठ्नेछु भनी भन्नुभएको छ भनेर के उहाँका शत्रुहरूलाई थाह थियो (मत्ती २६:६३)? ____________। उनीहरूले येशूलाई कुनचाहिँ नराम्रो नाम दिए (मत्ती २७:६३)? ____________। के ख्रीष्टले मानिसहरूलाई ठग्नुहुन्थ्यो कि सधैं सत्य बोल्नुहुन्थ्यो? __________________।
ख्रीष्टको दाबीअनुसार उहाँको बौरिउठाइ नहोस् भनेर यी मानिसहरूले के गरे (मत्ती २७:६४-६६)? उनीहरूले तीनओटा काम गरेः १ . चिहानको मुखमा एउटा ठूलो ढुङ्गा तेर्साए। २ . ढुङ्गालाई छाप लगाए। ३ . कसैले शरीरलाई चोरेर लैजान नपाओस् भनी चिहानलाई पहरा दिए (मत्ती २८:४)। ख्रीष्टलाई चिहानमै राखिछाड्न उनीहरूले सक्दो गरे!
मत्ती २९:१-८ पढ्नुहोस्। त्यहाँ के भयो? स्वर्गदूतले ढुङ्गालाई किन गुडाएर हटाए? ख्रीष्ट बाहिर निस्कन सक्नुभएकोहोस् भनेर हो? होइन, चिहान त रित्तो भइसकेको थियो (मत्ती २८:६ — “उहाँ __________ __________________”)! जीवित, पुनरूत्थित ख्रीष्टलाई चिहानबाट निस्केर आउन कुनै समस्या थिएन, जसरी उहाँलाई ढोकाहरू बन्द भएकोलेठाभित्र छिर्न कुनै समस्या भएन (यूहन्ना २०:१९,२६ हेर्नुहोस्)! बास्तवमा, सबैले चिहान अब रित्तो छ भनी देखून् भनेर नै स्वर्गदूतले ढुङ्गालाई हटाएका थिए।
साधारणतया कुनै रोमी सिपाहीले आफ्नो कर्तव्य पूरा गर्न नसक्दा उसलाई मृत्युदण्ड दिइन्थ्यो। जस्तो कि सिपाहीको रखवारीमा सुम्पेको कैदी उम्क्यो भने सो हुन दिएकोमा सिपाहीले मृत्युदण्ड पाउँथ्यो। ख्रीष्टको चिहानको रखवारी गर्ने सिपाहीहरूलाई भने जे गरियो सो अति चाख लाग्दो छ (मत्ती २८:११-१५)। के उनीहरू मारिए? ______________। उनीहरूलाई मृत्युदण्डको सट्टामा पैसा पो दिइयो! भएको घटनालाई ढाकछोप गरी झूट बोलोस् भनी उनीहरूलाई पैसा (घूस) दिइयो! उनीहरूलाई बताउन लगाइएको झूटो कथा के थियो? ____________________________________________________। यी शत्रुहरूले ख्रीष्टलाई “ठग” भनी भनेका थिए (मत्ती २७:६३)। खास ठगहरू तले थिए? _________________ _______________________________________।
ख्रीष्टको बौरिउठाइ किन महत्त्वपूर्ण छ?
ख्रीष्टको बौरिउठाइको महत्त्व बुझ्न हामी एकछिनलाई उहाँको बौरिउठाइ भएको थिएन भनेर मानिलिऊँ (यद्यपि बौरिउठाइ भएकै हो भनेर हामीलाई थाह छ)। मानिलिऊँ ख्रीष्ट मृत्युबाट जीवित हुनुभएन अरे। मानिलिऊँ ख्रीष्ट मर्नुभयो र मरेको मरै हुनुभयो अरे। यदि यसो हुँदो हो त, यसको मतलब के हुनेथ्यो?
- बाइबलले घरीघरी बताउँछ कि ख्रीष्ट मृत्युबाट बौरिउठ्नुभयो। यदि ख्रीष्ट मृत्युबाट साँच्ची नै बौरिउठ्नुभएको होइन भने त यसको मतलब के हुनेथ्यो? यसको मतलब बाइबल साँचो होइन रहेछ भन्ने हुनेथ्यो! अर्थात् बाइबललाई खास विश्वास गर्न सकिन्न भन्ने बुझिन्थ्यो। यदि बौरिउठाइ झूटा हो भने बाइबल पनि झूटा हो। बौरिउठाइ परमेश्वरको वचनको अभिन्न सत्यता हो।
- येशू ख्रीष्टले आफू बौरेर उठ्नेछु भनेर स्पष्टसँग भन्नुभयो (मत्ती १६:२१; १७:९; १७:२२-२३, आदि)। के उहाँको वचन विश्वासयोग्य छ? कि उहाँ झूटा हुनुहुन्थ्यो? उहाँका शत्रुहरूले भनेजस्तै के उहाँ धोकेबाज नै हुनुहुन्थ्यो त? यदि ख्रीष्ट बौरेर उठ्नुभएको होइन भने उहाँका वचनहरू र भविष्यवाणीहरू झूटा ठहरिन्थे। यसको मतलब प्रभु येशूले सत्य बोल्नुभएन भन्ने ठहरिन्थ्यो।
- सुसमाचार अर्थात् खुशीको खबर यो हो कि ख्रीष्ट तेस्रो दिनमा बौरेर उठ्नुभयो (१ कोरिन्थी १५:४)। यो बास्तवमा कहिल्यै भएको होइन भने हामीसँग खासै सुसमाचार नै छैन! यदि सुसमाचार सत्य समाचार होइन भने त्यो सुसमाचार (असल समाचार) हुन सक्दैन! यदि तपाईं भन्नुहुन्छ, “खुशीको खबर ल्याएको छु। पानी परेको छैन। हामी पिकनिक जान सक्छौं!” अनि म झ्याल बाहिर हेर्छु त झरी परिरहेकोछ! यसको मतलब तपाईंको खुशीको खबर खुशीको खबर नै होइन रहेछ! यदि ख्रीष्ट अझै मरेकै हुनुहुन्छ भने त सुसमाचार नै छैन, खुशीको खबर छैन!
- मानिसहरूलाई ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ भनेर प्रचार गरिन्छ। बास्तवमा कुनै पनि व्यक्तिले मुक्ति पाउन ख्रीष्टको बौरिउठाइमा विश्वास गर्नुपर्छ (रोमी १०:९ हेर्नुहोस्)। साँचो ख्रीष्टियन ती हुन् जसले येशू ख्रीष्ट उनीहरूको लागि मर्नुभयो र बौरेर उठ्नुभयो भनी विश्वास गर्छन्। कतिले भजन पनि गाउँछन्, “जिउँदो! जिउँदो! छन् येशू ख्रीष्ट जिउँदो!” यदि येशू ख्रीष्ट जिउँदो हुनुभएन भने, हाम्रो विश्वास __________ हो (१ कोरिन्थी १५:१७ हेर्नुहोस्)। हाम्रो विश्वास बेकामको हो! यसो त कसैलाई बचाउन नसक्ने मरेको मुक्तिदातामा हामीले आफ्नो विश्वास राख्नु हो! यदि येशू ख्रीष्ट जिउँदो हुनुहुन्न भने विश्वासीहरूले केवल एक काल्पनिक र मरेको मुक्तिदातामा विश्वास गरेको ठहरिन्छ। जेमाथि विश्वास गरेकाछौं त्यो बेकामको छ भने त्यो विश्वास पनि बेकामको हुन्छ। धान्नै नसक्ने भाँचिएको मेचमाथि विश्वास गर्दै त्यसमा बस्यौं भने हामी भुईंमा लड्छौं। भाँचिएको मेचमाथि आफ्नो विश्वास राख्नु मूर्खता हो। तर २५० के .जी .ले मानिसलाई धान्न सक्ने मेचमाथि विश्वास गर्नु राम्रो हो! एउटा मरेको मुक्तिदातामाथि विश्वास गर्नु मूर्खता हो तर त्यो मानिस बुद्धिमान् हो जसले सामर्थी मुक्तिदाता अर्थात् सबभन्दा ठूलो पापीलाई समेत बचाउन सक्ने जीवित मुक्तिदातामाथि विश्वास गर्छ।
- यदि ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको होइन भने जसले हामीलाई सुसमाचार बताए उनीहरू सबै झूटा हुन्। नयाँ नियमलेख्नेहरूलाई सम्झनुहोस्। मत्ती, यूहन्ना र पत्रुसलाई सम्झनुहोस्। यी सबैले येशू ख्रीष्ट मृत्युबाट बौरनुभयो भनीलेखे। नयाँ नियमका धेरै पुस्तकहरूलेख्ने पावल प्रेरितले पनि ख्रीष्ट बौरनुभएको र आफैले उहाँलाई देखेको कुरा समेत गरेका छन्! यदि ख्रीष्टको पुनरूत्थान भएकै होइन भने यी सबै मानिसहरू झूटा ठहरिन्छन् (१ कोरिन्थी १५:१५ हेर्नुहोस् — “झूटा साक्षी”)। या त उनीहरू झूटा थिए (ख्रीष्ट मरेको-मरेकै छन् भनी जानी-जानीकन पनि उहाँ जिउँदो हुनुहुन्छ भनी उनीहरूले भने) या त उनीहरूलाई भ्रम परेको थियो (ख्रीष्ट जीवित नभए तापनि उहाँ जीवित हुनुहुन्छ भनी ठाने)। बाइबल यदि झूटा या भ्रममा परेका व्यक्तिहरूद्वारालेखिएको हो भने बाइबलको कुनै महत्त्वको हुँदैन! यूहन्ना २१:२४ पढ्नुहोस्। के यी शब्दहरू एक बहकाउने व्यक्तिका हुन्? कि यी शब्दहरू एक आँखाका साक्षीका हुन् जसले साँचो बोल्दैथिए? ____________________________।
- विश्वभरिका ख्रीष्टियनहरू प्रायः आइतवार (हप्ताको पहिलो दिन) मा प्रभुको सामूहिक आराधना गर्दछन् कारण त्यस दिन प्रभु येशू ख्रीष्ट मृत्युबाट बौरेर उठ्नुभएको हो। प्रत्येक आइतवार हामी ख्रीष्टको पुनरूत्थानलाई सम्झन्छौं र हामी एक जिउँदो मुक्तिदाताको सेवा गर्दछौं भनी हामीलाई याद हुन्छ। यदि ख्रीष्ट बौरनुभएको होइन भने ख्रीष्टियनहरू हरेक आइतवार त्यसरी जुट्नु भनेको कहिल्यै नभएको घटनालाई सम्झना गर्नलाई भेट्नु हो!
- ख्रीष्टको बौरिउठाइले परमेश्वरको सामु मानिसको स्थानलाई महत्त्वपूर्ण असर पार्दछ। यदि ख्रीष्ट बौरनुभएको होइन भने, हामी अझै हाम्रा पापहरूमै हुनेथ्यौं (१ कोरिन्थी १५:१७)। मुक्तिको आशा नै हुनेथिएन। पापहरूको क्षमा नै हुनेथिएन। मरेको मुक्तिदाताले कसैलाई बचाउन सक्दैन र क्षमा दिन सक्दैन। केवल एक जीवित मुक्तिदातासित बचाउने सामर्थ्य हुन्छ (हिब्रू ७:२५)। ग्रहणयोग्य बलिदान मृत्युमा टुंगिनुहुँदैन तर जीवनमा। ख्रीष्ट क्रूसमा मर्नुभयो तर उहाँ अझै क्रूसमा हुनुहुन्न! उहाँ बौरेर उठ्नुभएकोछ!
हामीले येशू ख्रीष्ट बौरेर उठ्नुभएन भनी कल्पना गर्यौं तर कल्पना गर्दैमा वास्तविकता बदलिँदैन! हामीलाई थाह छ प्रभु येशू ख्रीष्टले जसरी भन्नुभयो उसरी नै उहाँ बौरेर उठ्नुभएको हो (मत्ती २८:६ हेर्नुहोस् — “उ __________ भ ____________________ उहाँ बौरेरे उठ्नुभयो”)। ख्रीष्ट बौरनुभएको होइन भने के हुनेथ्यो भनी सोच्नु महत्त्वपूर्ण छ। अझ “अब ख्रीष्ट मरेकाहरूबाट बौराइनुभएको छ” (१ कोरिन्थी १५:२०)! भनी सोच्नु महत्त्वपूर्ण छ। यो इतिहासको वास्तविक घटना हो! यो साँचो हो! यो साँच्चै भएको हो! “________ ________ (कतिजना?) भन्दा बेसी मानिसहरूले जीवित ख्रीष्टलाई आफ्नै आँखाले देखे (१ कोरिन्थी १५:६)! यसकारण उहाँ मरेको हुनुहुन्न, बाइबल साँचो छ, हामीसँग साँच्चै खुशीको खबर छ, हाम्रो विश्वास व्यर्थ होइन, शुरूमा ख्रीष्टको बौरिउठाइको प्रचार गर्नेहरू झूटा होइनन्, आराधनाको दिनमा हामी एक जीवित मुक्तिदाताको उपासना गर्दछौं जसले उहाँमाथि विश्वास गर्ने हरेकलाई जीवन दिन सक्नुहुन्छ। सबभन्दा त, प्रभु येशू ख्रीष्ट झूटा वा बहकाउने व्यक्ति हुनुहुन्न। उहाँ “बाटो, सत्य र जीवन हुनुहुन्छ” (यूहन्ना १४:६)।
गलत धारणाहरू
बाइबललाई झूटा प्रमाणित गर्न खोज्ने धेरै मानिसहरू छन्। येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनी उनीहरू विश्वास गर्दैनन्। यसकारण उनीहरूले ख्रीष्टको बौरिउठाइ भएकै होइन भनी देखाउन खोज्छन्। (टिप्पणी: यो पनि याद गरौं कि धेरैजसो मानिसहरू आफ्नो कठोर हृदय र बेवास्ताको कारणले खीष्टको बौरिउठाइलाई राम्ररी विचारै गर्दैनन्। त्यसलाई झूटा प्रमाणित गर्न पनि खोज्दैनन् तर जसरी उनीहरूले बाइबललाई अनि प्रभु येशू ख्रीष्टलाई बेवास्ता गर्छन् त्यसरी नै बौरिउठाइलाई पनि पूरै बेवास्ता गर्छन्।
तर कसै-कसैले बौरिउठाइलाई झूटा प्रमाणित गर्न खोजेका छन्। उनीहरू यसो भन्छन्:
१. “चेलाहरूले शरीरलाई चोरेर लगे”
रित्तो चिहानको वास्तविकता (मत्ती २८:११-१५) लाई सर्वप्रथम यसो भनेर पन्छाउने प्रयास गरियो। तर सिपाहीहरूले चिहानलाई पहरा दिइरहेका भए यो कसरी सम्भव थियो र? अनि यदि त्यसो नै हो भने, येशू मरेको मरै हुनुहुन्छ भनी चेलाहरूलाई थाह हुनेथ्यो। तब किन त उनीहरू उहाँ जिउँदो हुनुहुन्छ भनी जताततै प्रचार गर्दै हिँडे? अनि यो प्रचार गर्ने क्रममा उनीहरू दुःख भोग्न र मर्न तयार हुनु भनेको सानो कुरा होइन! झूट प्रचार गर्दै छु भनी जान्नेले त्यसैको लागि ज्यानै त दिँदैन!
अर्को कुरा, कात्रो त एकै ठाउँमा राम्ररी रहेको पाइयो, शायद जसरी शरीर सुताइएको थियो त्यसरी नै (यूहन्ना २०:६-७) हेर्नुहोस्)। यो कसरी सम्भव थियो? यदि कसैले शरीरलाई चोरेर लगेका भए, उनीहरूले कात्रोसमेत लाँदैनथे र? यदि कात्रो फुकाल्न समय लिएकै भए कात्रोलाई अस्तव्यस्त अवस्थामा भेटिनुपर्ने। तर यस्तो त चेलाहरूले भेट्टाएनन्!
२. “स्त्रीहरू लगायत सबैजना अर्कै चिहानलाई हेर्न पुगे”
झुक्किएर उनीहरू अर्कै चिहानमा पुगे जसलाई रित्तो भेट्टाए। तर के ती स्त्रीहरूले चिहान कहाँ थियो भनेर राम्ररी अवलोकन गरेका थिए (मत्ती २७:५७-६१)? ________। यदि भूल भएकै थियो भने ख्रीष्टका शत्रुहरूले अवश्य यसो भन्नेथिएः “येशू जिउँदो छन् भनी विश्वास गर्ने तिमी ख्रीष्टियनहरूले भूल गरेछौ! तिमीहरू अर्कै चिहानमा पुगेछौ! उनी खास कुन चिहानमा गाडिएर राखिएका छन् हामी देखाइदिन सक्छौं।” तर कुरो के भने ख्रीष्टका शत्रुहरूले ख्रीष्टको शरीरलाई प्रकट गरेर मरेकै छन् भनी प्रमाण दिन सकेनन्।
३. “येशू क्रूसमा वास्तवमा मरेनन्। मरेतुल्य भए तर खास मरेनन्। शरीरलाई चिहानमा राखेपछि उनको बल फिर्ता आयो र उनी उठेर चिहानबाट निस्के।”
यो तर्क हाँसोलाग्दो छ! रोमी सिपाहीहरू, बीचको क्रूसमा आईपुग्दा, प्रभु मरिसक्नुभएको थियो कि जिउँदै हुनुहुन्थ्यो (यूहन्ना १९:३३)? ______________। उहाँको मृत्युलाई पक्का गर्न एकजना सिपाहीले के गर्यो (यूहन्ना १९:३४)? ________________________ __________________। भालाको त्यस्तो चोट पाएपछिकोही जिउँदै रहन सक्दैन!
४. “मानिसहरूले बास्तवमा ख्रीष्टलाई देखेका होइनन्, केवल देखेको भान परेको हो। उनीहरूको समझमा भ्रम पर्न गएर बौरेरउठेकोजस्तै लाग्न पुगेको हो।”
यो साँचो हो कि कहिलेकाहीँ मान्छे आफ्नै दिमागद्वारा झुक्किन पुग्छ अनि उसले कुनै कुरा देखेको वा सुनेको जस्तो उसलाई लाग्छ। यस्तो भान एकजना वा शायद दुई या तीनजनालाई समेत पर्नसक्छ, तर प्रभु येशू ख्रीष्ट ______________ भन्दा बेसी मानिसहरूको सामु देखापर्नुभयो (१ कोरिन्थी १५:६)! साथै उहाँ पटक-पटक मानिसहरूको अन्य समूहद्वारा पनि देखिनुभयो। यत्ति थुप्रै मानिसहरूलाई एकैपटक ख्रीष्ट देखेको भान पर्नु भनेको सम्भव कुरो होइन! त्यस्तो “आम-भरम” सम्भवै छैन।
५. “यशू आज जीवित हुनुहुन्छ तर यसको मतलब उहाँको शरीर मृत्युबाट बौरेर उठ्यो भन्ने होइन। येशू आज जीवित हुनुहुन्छ कारण उहाँको जीवनको प्रभाव आजसम्म जीवितै छ। जसको जीवनहरूलाई उहाँले प्रभाव पार्नुभएको छ उनीहरूको सम्झना र हृदयहरूमा उहाँ जीवित हुनुहुन्छ।”
यसो भन्नेहरू पुनरूत्थानमा विश्वास गर्दैनन्। ख्रीष्टको शरीर चिहानबाट बौरेर उठ्यो भनी उनीहरू विश्वास गर्दैनन्। बरु “उहाँको आत्मा जीवित छ” वा “उहाँको प्रभाव जीवित छ” वा “उहाँको सम्झना जीवित छ” वा “उहाँले गर्नुभएको असल काम जीवित छ”, आदि भनेर उनीहरू विश्वास गर्छन्। येशू ख्रीष्ट आज एक महिमित, पुनरूत्थित शरीरमा जीवित हुनुहुन्छ भनेर उनीहरू विश्वास गर्दैनन्।
यस गलत धारणाले प्रभुलाई होच्याउँछ र उहाँलाई अन्य प्रख्यात मानिसको तहमा झार्दछ। त्यसो गर्नु भनेको ख्रीष्ट पृथ्वीनारायाण शाह जस्तै वा पावल प्रेरित जस्तै मात्र प्रभावको रूपमा जिउँछन् भन्नु हो। तर ख्रीष्टलाई जे भयो त्यो अद्वित्तीय, अपूर्व र असाधारण थियो।
फेरि विचार गर्नुहोस् ती ५०० भन्दा बढी मानिसहरूलाई जसकहाँ जीवित ख्रीष्ट देखापर्नुभयो (१ कोरिन्थी १५:६)। के यो ख्रीष्ट केवल एक “आत्मा” वा “भूत” वा “प्रभाव” वा “सम्झना” हुनुहुन्थ्यो कि एक वास्तविक शरीर भएको वास्तविक व्यक्ति हुनुहुन्थ्यो? __________________________________________________। के उहाँको शरीरलाई छुन वा समाउन सकिन्थ्यो (लूका २४:३९)? ____________। के उहाँ साँच्चैको सडकमा हिँड्न सक्नुहुन्थ्यो (लूका २४:१५)? ______________। के चेलाहरूले उहाँको साँच्चैकै मासु र हड्डी छ भनेर आँखाले देख्न र छामेर जान्न सके (यूहन्ना २१:९)? ____________। के उहाँले साँच्चै खाना खानसक्नुभयो (लूका २४:४२)? ____________। के उहाँका कष्टहरूका दागहरू आँखाले देख्न र हातले छाम्न सकिन्थ्यो (यूहन्ना २०:२५,२७)? ______________।
यदि येशू शरीरमै जिउँदो बनेर उठ्नुभएको होइन भने, उहाँको शरीर किन भेट्टाइएन? चिहान किन रित्तो थियो? ख्रीष्टका शत्रुहरूले किन शरीरलाई फेला पार्न सकेनन्? निश्चय, खास कारण यो हो: ख्रीष्ट साँच्चै नै बौरेरउठ्नुभएको थियो!
येशू ख्रीष्टले आफू जो हुँ भनी भन्नुभएको थियो त्यो बौरिउठाइद्वारा प्रमाणित भयो। उहाँ परमेश्वरका पुत्र हुनुहुन्थ्यो, संसारका मुक्तिदाता। तिमी साँच्चै मसिह र परमेश्वरको पुत्र हौ भने कुनै चिन्ह देखाएर प्रमाण देऊ भनेर यहूदीहरूले खीष्टलाई घरीघरी भनेका थिए:
यूहन्ना २:१८-२२ हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ___________________________।
मत्ती १२:३८-४० हेर्नुहोस्। येशूले उनीहरूलाई कुन चिन्ह दिनुभयो? ________ ______________________________।
हो, ख्रीष्टको बौरिउठाइ नै येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने सबभन्दा ठूलो प्रमाण हो। यसबाट बाइबलको सत्यता प्रमाणित हुन्छ र क्रूस मुक्तिको एकमात्र उपाय हो भन्ने तथ्य पुष्टि हुन्छ। कसैले पनि बौरिउठाइलाई झूटा प्रमाणित गर्नसकेको छैन। यो इतिहासको महान् घटनाहरूमध्ये एक हो। ख्रीष्टको जन्म इतिहासकै तथ्य भएकोले प्रभुको सम्बत् (इश्वी सम्बत्) विश्वभरि प्रयोग गरिन्छ। ख्रीष्टको मृत्यु इतिहासकै घटना हो। ख्रीष्टको बौरिउठाइ उत्तिकै इतिहासकै घटना हो।कोही मानिसहरू यस तथ्यलाई इन्कार गर्छन्; यो कहिल्यै नभएको घटना हो भन्छन् तर उनीहरूले सो भन्नुको कारण एउटै छः अविश्वास! त्यहाँ प्रशस्त मात्रामा ठोस प्रमाण छ तर उनीहरू न त विश्वास गर्छन् न त प्रमाणलाई वास्ता गर्छन्। उनीहरू अविश्वासको कारणले सत्य-तथ्यप्रति अन्धा भएकाछन्।
आश्चर्यमय परिवर्तित जीवनहरू
ख्रीष्टको बौरिउठाइ इतिहासमै सबभन्दा ठूलो आश्चर्यकर्म थियो। यस आश्चर्यकर्मको फलस्वरुप अन्य धेरै आश्चर्यकर्महरू भए। जीवित मुक्तिदाताको सामर्थ्यको कारण जीवन परिवर्तन भएका केही व्यक्तिहरूको विचार गरौं:
१. डरपोक पत्रुस साहसी पत्रुस बने
पत्रुसले कातर बनेर ख्रीष्टलाई ________ पटक इन्कार गरे (लूका २२:५४-६२ हेर्नुहोस्)। मात्र ५३ दिनपछि उनले हजारौं मानिसका सामु साहससित ख्रीष्टको प्रचार गरे (प्रेरित २:२२,२३,२४,३६,४०,४१)! न ता जेलनेल न ता यहुदी शासकका कडा धम्कीले यस निडर प्रचारकलाई चूप गराउन सके (प्रेरित ४:१-२१; ५:२७-३२; ५:४१-४२)! केही न केही भएको हुनुपर्छ! कुन कुराले पत्रुसको जीवनमा यत्रो ठूलो परिवर्तन ल्यायो?
२. शंकालु थोमा विश्वस्त थोमा बने
बौरेर उठ्नुभएको ख्रीष्टलाई नदेखेसम्म र नछोएसम्म ख्रीष्टको बौरिउठाइलाई थोमाले अस्वीकार गरे (यूहन्ना २०:२४-२५)। पछि गएर यही व्यक्ति ठूलो प्रचारक बने र उनी येशू ख्रीष्ट जीवित हुनुहुन्छ भनी विश्वस्त थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?
३. डराउने चेलाहरू निडर प्रेरितहरू बने
ख्रीष्टलाई गिरफ्तार गरिँदा ११ चेलाहरू त्रसित खरायोझैं भागे (मत्ती २६:५६)। केही हप्तापछि यही व्यक्तिहरू सामर्थी, साहसी प्रचारकहरू बने जो आफ्नो विश्वास र प्रचारको खातिर मर्न समेत तयार भए! केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?
४. अविश्वासी याकूब विश्वासी याकूब बने
याकूब प्रभुका एक अर्ध-भाई थिए (यूसुफ र मरियमका छोरा)। यूहन्ना ७:५ अनुसार याकूब विश्वासी थिए कि अविश्वासी? _____________। पछि यही व्यक्ति विश्वासी बने, येशू ख्रीष्टका एक विश्वासयोग्य सेवक बने र यरूशलेमको ठूलो मण्डलीका एक अगुवा बने। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो? १ कोरिन्थी १५:७ हेर्नुहोस्।
५. शत्रु शावल प्रेरित पावल बने
टार्ससका शावल ख्रीष्टको मण्डलीका ठूला शत्रु थिए। ख्रीष्टियनहरूलाई नाश गर्न उनले आफ्नो जीवन सुम्पेका थिए (प्रेरित ८:१-३; ९:१-२; १ कोरिन्थी १५:९; १ तिमोथी १:१३)। एक दिन शावल दमस्कस शहरतर्फ जाँदैगर्दा त्यहाँ पुग्न नपाउँदै एउटा घटना घट्यो जसले उनको जीवनमा आमूल परिवर्तन ल्यायो (प्रेरित ९:१-९; १ कोरिन्थी १५:८)। मण्डलीको भयानक शत्रु मण्डलीको महान् प्रेरित बने! जताततै उनले त्यही ख्रीष्ट प्रचार गरे जसलाई उनले पहिले खेदो र घृणा गरेका थिए। केही न केही भएको हुनुपर्छ! कुन कुराले यत्रो परिवर्तन ल्यायो?
के जीवित ख्रीष्टको कारण तपाईंको जीवन परिवर्तित भयो? के तपाईंलाई केही न केही भयो? के जीवित ख्रीष्टको सामर्थ्यले तपाईंको जीवनमा परिवर्तन ल्यायो?
ख्रीष्टलाई इन्कार गरेर र अविश्वास गरेर जीवनमा यस्तो परिवर्तन आउँदैन। केवल बौरेरउठ्नुभएको जीवित ख्रीष्टले नयाँ जीवन दिनसक्नुहुन्छ। पापको दास भएर अधर्ममा, अशुद्धतामा र दुष्टतामा जीवन व्यतित गरिरहेकाहरूलाई धार्मिकताका निम्ति परमेश्वरको पवित्र जन र सेवकमा परिवर्तन गर्नसक्नुहुन्छ।
येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ! के तपाईंले उहाँलाई भेट्नुभयो? के तापईंले उहाँलाई चिन्नुहुन्छ? उहाँले तपाईंको जीवनमा के गर्नुभएको छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)