येशू आज कहाँ हुनुहुन्छ?

येशू आज कहाँ हुनुहुन्छ?

 

प्रभु येशू ख्रीष्ट बौरेर उठ्नुभयो! उहाँ जीवित हुनुहुन्छ! उहाँ आफैले भन्नुभयो, “अनि ___________ म नै हुँ, म __________ थिएँ; अनि हेर, म सदासर्वदाका निम्ति ___________ छु” (प्रकाश १:१८)। उहाँ सदाको लागि जीवित हुनुहुन्छ। बाइबलले भन्छ, “उहाँ स _____ जी ________ हुनुहुन्छ (हिब्रू ७:२५), तर उहाँ अहिले कहाँ हुनुहुन्छ? हामी उहाँलाई संसारमा देख्दैनौ। किन देख्दैनौं? त्यहाँ के भएको थियो? उहाँ कहाँ जानुभयो? उहाँ आज कहाँ हुनुहुन्छ? उहाँ के गर्दैहुनुहुन्छ?

प्रभु येशू कहाँ जानुभएको छ भन्ने कुरा १ पत्रुस ३:२२ मा बताइएको छः “उहाँ __________ ______________ छ, र परमेश्वरको ___________ _________तर्फ हुनुहुन्छ; स्वर्गदूतहरू, अधिकारीहरू र सामर्थ्यहरू उहाँकै अधीनमा राखिएका छन्।” यस पद अनुसार उहाँ आज कहाँ हुनुहुन्छ? __________________________________________।

हामीले प्रभु येशू ख्रीष्टको मृत्यु र बौरिउठाइको अध्ययन गरिसकेका छौं। निम्न समय रेखाले त्यस समयमा घटेका महत्त्वपूर्ण घटनाहरूलाई देखाउँदछः



प्रेरित १ अध्यायमा हामी देख्छौं, प्रभु स्वर्ग उक्लनुभएको (माथि जानुभएको) र प्रेरित २ अध्यायमा हामी देख्छौं, पवित्र आत्मा ओर्ली आउनुभएको (तल आउनुभएको। टिप्पणी: एफेसी ४:९-१० मा “उक्लनभयो” र “ओर्लनुभयो” भन्ने शब्दहरू पाइन्छन्। रोमी १०:६-७ मा पनि हेर्नुहोस्)।

प्रभु किन चालीस दिनसम्म पर्खिरहनुभयो?

बौरिउठाइपछि प्रभु किन तुरून्तै स्वर्ग फर्कनुभएन? उहाँ किन चालीस दिनसम्म पर्खनुभयो? ती चालीस दिनको अवधिमा उहाँले के गर्नुभयो?

ती चालीस दिनको बारेमा बताउने बाइबलको खण्ड प्रेरित १:२-३ हो। यी पदहरू बुझ्नलाई निम्न चित्रबाट मदत लिन सक्छौं:



उक्त चालीस दिनको अवधिमा प्रभु येशूले आफ्ना चेलाहरू र अरुहरूलाई आफू साँच्चै जीवित हुनुभएको प्रमाण दिनुभयो! बौरिउठाइपछि त्यहाँ धेरै थिए (चेलाहरू समेत) जसले शंका गरे र येशू जीवित हुनुहुन्छ भनी विश्वास गर्दैनथे। विश्वास नगर्नेमा थोमा मात्र थिएनन्। अरु पनि थिए। वास्तवमा, चारैओटा सुसमाचारका पुस्तकहरूले विश्वास नगर्ने वा शंका गर्ने व्यक्तिहरूको बारेमा बताउँछन्। निम्न खण्डहरूका कुन-कुन पदहरूले बौरिउठाइमाथि विश्वास नगर्ने वा शंका गर्नेको बारेमा बताउँछन्:

१.      मत्ती २८:१६-१८ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

२.     मर्कूस १६:९-१४ शंका वा अविश्वास उल्लेखित पदहरू: __________________________।

३.     लूका २४:६-१२,१८-२७ शंका वा अविश्वास उल्लेखित पदहरू: _____________________।

४.     यूहन्ना २०:२४-२९ शंका वा अविश्वास उल्लेखित पदहरू: _______________________।

यूहन्नाको यो खण्डलाई विचार गर्नुहोस्। “शंकालु थोमा” के “विश्वस्त थोमा” बने? किन? यशू जिउँदो हुनुहुन्छ भनेर कुन कुराले उसलाई विश्वास दिलायो? थोमाजस्तै अरु पनि थिए जसलाई विश्वास दिलाइन खाँचो थियो।

पवित्र आत्मा आउनुभएपछि जब प्रेरितहरू (चेलाहरू) प्रचार गर्दै निस्के, उनीहरूले प्रचार गरेको खुशीको खबर के थियो (हेर्नुहोस् प्रेरित ४:२ र २:२४,३२; ३:१४,२६; ४:१०, आदि)? ______________________________________________________________।

तिनीहरूका मुक्तिदाता र प्रभु जिउँदो हुनुहुन्छ भनेर यी मानिसहरूले पक्का-पक्कि जान्न आवश्यक थियो। नत्र ता उनीहरूले के प्रचार गर्ने? प्रचार गरे भने पनि उनीहरूको सन्देश ज्यादै अनिश्चित हुनेथ्यो:



चेलाहरू र साथै अरुहरू बौरिउठाइको प्रत्यक्ष साक्षी थिए। तिनीहरूले बौरिउठ्नुभएका प्रभुलाई आफ्नै आँखाले देखेका थिए र उहाँ जिउँदो हुनुहुन्छ भनी पक्का थिए। यस चालीस दिनको अवधिभित्र प्रभुले आफू जिउँदो हुनुभएको प्रमाण दिने उद्देश्यले बेग्लाबेग्लै समयहरूमा बेग्लाबेग्लै तरिकाले केही व्यक्तिहरूकहाँ देखा पर्नुभयो। चालीस दिनको अन्तमा ती व्यक्तिहरूलाई प्रभु बौरिउठ्नुभएको छ भन्ने कुरामा शंकाको छेउसमेत थिएन। उनीहरू अब निश्चित थिए!

एक महत्त्वपूर्ण शिक्षा

ती चालीस दिनको अवधिमा प्रभुले के गर्नुभयो? के ती सबै दिनहरू उहाँले चेलाहरूसँगै बिताउनुभयो? के उहाँ प्रत्येक दिनको प्रत्येक मीनेट नै उनीहरूसित हुनुहुन्थ्यो र? उहाँ कुन समय कुन ठाउँमा हुनुहुन्छ भनी चेलाहरूलाई थाह भइरन्थ्यो र?

के तपाईंलाई थाह छ, अधिक समय त उहाँ चेलाहरूसित हुनुहुन्नथ्यो। यी चालीस दिनमा उहाँ जति समय चेलाहरूबाट अलग हुनुहुन्थ्यो, त्यसभन्दा थोरै समय मात्र उनीहरूको साथमा हुनुहुन्थ्यो। यस अवधिभित्र उहाँ उनीहरूकहाँ फरक समयहरूमा फरक ठाउँहरूमा देखापर्नुभयो। कहिले उहाँ धेरैजनाकहाँ देखा पर्नुभयो; कहिले उहाँ थोरैजनाकहाँ देखा पर्नुभयो। कहिले उहाँ विहान सबेरै देखा पर्नुभयो; कहिले उहाँ दिउँसोको उज्यालैमा देखा पर्नुभयो र कहिले बेलुकीपख देखा पर्नुभयो। कहिले उहाँ यहूदीयामा देखा पर्नुभयो, कहिले गालीलमा (प्यालेस्टाइनको मानचित्र हेर्नुहोस्)। उहाँ कहिल्यै पनि लामो समयसम्म देखा पर्नुभएन — केवल उहाँको पुनरूत्थानको निश्चयता दिलाउने गरी केही समयको लागि देखा पर्नुभयो।

प्रभुले किन यसो गर्नुभयो? उहाँले आफ्ना चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो?

कोही-कोही बाबुआमाले आफ्नो सानो बच्चासित यस्तो खेल खेल्न रूचाउँछन्: केही समय बाबु कतै देखिनुहुन्न, तर एक्कासी बाबुको ठूलो हँसिलो अनुहार बाच्चाको सामु देखा पर्छ। बच्चा हाँस्छ र सिक्न थाल्छ कि बाबु त टाढामा हुनुहुन्न रहेछ भनेर। अर्थात्, बाबु नदेखिए तापनि उहाँ नजिकैं हुनुहुन्छ भन्ने महत्त्वपूर्ण शिक्षा यस खेलले बच्चालाई सिकाउँछ।

चालीस दिनसम्म प्रभु येशूले चेलाहरूसित त्यसरी नै खेलेझैं गर्नुभयो। उहाँ देखा पर्नुहुन्थ्यो अनि एक्कासी हराउनुहुन्थ्यो। तिनीहरूले उहाँलाई देख्थे तर त्यसपछि उहाँ बिलाउनुहुन्थ्यो! एक ठाउँमालेखिएको छ कि “उहाँ तिनीहरूको _________बाट _______________” (लूका २४:३१)। तिनीहरूले उहाँलाई समय-समयमा देख्थे तर साधारणतया देख्दैनथे।

ख्रीष्ट देखा पर्नुभएको यी समयहरू कुन पदहरूमा उल्लेख छन्, पत्ता लगाउनुहोस् (चार सुसमाचारका पुस्तकहरूका अन्तिम भागहरूमा हेर्नुहोस्):

  • एक पटक उहाँ मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा उपस्थित थिएनन्। _____________________________
  • एक पटक उहाँ चेलाहरूकहाँ देखा पर्नुभयो जब थोमा पनि उपस्थित थिए। _____________________________
  • एक पटक उहाँ बाटोमा हिँड्दै गरेका दुई अन्य चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ तिबेरियास (गालील) समुदरको किनारमा सातजना चेलाहरूकहाँ देखा पर्नुभयो। _____________________________
  • एक पटक उहाँ ५०० भन्दा बेसी मानिसहरूकहाँ एकैचोटि देखा पर्नुभयो। यो १ कोरिन्थी १५:६ मा पाइन्छ।
  • एक पटक उहाँ टार्ससको शाऊल (पावल) कहाँ देखा पर्नुभयो। यो प्रेरित ९:१-९ मा पाइन्छ।

धेरैजसो समयहरूमा त उनीहरूले प्रभुलाई देखेनन्। उहाँ जति देखा पर्नुभयो त्यो भन्दा बेसी छिपिनुभयो। तिनीहरूले उहाँलाई नदेखे तापनि उहाँ तिनीहरूको साथमा नै हुनुहुन्छ भनी तिनीहरूलाई सिकाउन चाहनुहुन्थ्यो। तिनीहरूको निम्ति यो अति महत्त्वपूर्ण शिक्षा थियो। चाँडै नै अब चालीस दिन पूरा हुनेवाला थियो र प्रभु येशू आफ्ना चेलाहरूलाई छोडेर स्वर्ग फर्कँदै हुनुहुन्थ्यो। के उहाँले तिनीहरूलाई साँच्चै छोड्दै हुनुहुन्थ्यो? उहाँले तिनीहरूलाई के प्रतिज्ञा दिनुभयो जो मत्ती २८:२० मा पाइन्छ? “हेर, म ______________, अँ, संसारको (युगको) अन्तसम्म नै _______________को __________ छु।”

उहाँ स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्न जाँदै हुनुहुन्थ्यो (१ पत्रुस ३:२२) तर उहाँ आफ्ना चेलाहरूको साथमा पनि रहनुहुनेथ्यो। उहाँ कसरी एकैचोटि त्यहाँ पनि र यहाँ पनि हुन सक्नुहुन्थ्यो? उहाँले यसो गर्न सक्नुहुन्छ किनभने उहाँ परमेश्वर हुनुहुन्छ! मर्कूस १६:१९ अनुसार, प्रभु येशू कहाँ हुनुहुन्छ? _______________________________________। तर त्यसपछिले पद (मर्कूस १६:२०) अनुसार प्रभु येशू आफ्ना चेलाहरूको साथमा काम गर्दै पृथ्वीमा नै रहनुभयो! उहाँ अदृश्य हुनुभए तापनि उहाँ उपस्थित र सक्रिय हुनुहुन्थ्यो।

प्रभु येशू ख्रीष्टलाई तपाईं आज देख्‍न सक्नुहुन्छ? तपाईंले उहाँलाई नदेखे तापनि के उहाँ तपाईंको साथमा हुनुहुन्छ? कुन बेला उहाँ तपाईंको साथमा हुनुहुन्छ? यो तपाईंलाई कसरी निश्चित छ? (हिब्रू १३:५ हेर्नुहोस् र भजनसंगरह २३:४ सित दाँज्नुहोस्)? ______________ ____________________________________________________________________। उहाँ किन तपाईंको साथमा हुनुहुन्छ? उहाँ कहिलेसम्म तपाईंको साथमा रहनुहुनेछ?

विशेष आज्ञाहरू दिइए

यस चालीस दिनको अवधिको अर्को कारण प्रेरित १:२दृ३ मा देख्छौं। त्यहाँ बताइएको छ कि उहाँले चुन्नुभएका ती प्रेरितहरूलाई पवित्र आत्माद्वारा आ ________ दिनुभयो। उहाँले यी आज्ञाहरू ठीक कुन समयमा दिनुभयो?

उहाँ माथि उठाइनु अगाडि (पद २)

उहाँको मृत्यु र बौरिउठाइ पछाडि (पद ३)

यी आज्ञाहरू यही चालीस दिनको अवधिमा दिइएका थिए। उहाँ जिउँदो हुनुहुन्छ भनेर देखाउन (प्रेरित १:३) र आफ्ना प्रेरितहरूले के गर्नुपर्छ भनी प्रभु येशूले उनीहरूलाई देखाउन चाहनुहुन्थ्यो। उहाँले उनीहरूलाई आदेशहरू, आज्ञाहरू अर्थात् निर्देशनहरू दिनुभयो।

प्रायः मानिसहरू कसैको अन्तिम वचनलाई बिर्सँदैनन्। उहाँ स्वर्गमा फर्कनु अगाडि येशूले दिनुभएका अन्तिम वचनहरू ती चेलाहरूले बिर्सेनन्। उहाँले दिनुभएका निर्देशनहरू तथा आज्ञाहरू उनीहरूले सम्झिराखे। आज हामी यी आज्ञाहरूलाई महान् आज्ञा भन्दछौं।

“प्रेरितहरू” (प्रेरित १:२) भन्ने शब्दको अर्थ हो “पठाइएकाहरू”। तिनीहरू येशू ख्रीष्टद्वारा पठाइएकाहरू थिए। पिताले ख्रीष्टलाई संसारमा पठाउनुभएको थियो अनि ख्रीष्टले आफ्ना चेलाहरूलाई संसारमा पठाउनुभएको थियो:



उनीहरू किन पठाइए? उनीहरूले गर्नुपर्ने काम के थियो? उनीहरूलाई के-के आज्ञाहरू दिइएका थिए? उनीहरूको जिम्मा के थियो? अनि यदि तपाईं प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने यस संसारमा तपाईंले के गरिरहनुपर्छ?

यसको जवाफ मर्कूस १६:१५ मा पाउँछौं। पहिला विचार गरौं यस पदले के बताउँदैनः

  • सारा संसारमा जाओ र आफ्नो छिमेकीलाई प्रेम र भलाइ गर्नुपर्छ भनेर सबै मानिसहरूलाई सिकाओ।
  • सारा संसारमा जाओ र दस आज्ञा प्रचार गर र यी आज्ञाहरू पालन गर भनेर सिकाओ।
  • सारा संसारमा जाओ र भोकालाई खुवाओ, गरिबका लागि घरहरू अनि रोगीहरूका निम्ति अस्पतालहरू निर्माण गर।
  • सारा संसारमा जाओ र संसारलाई परिवर्तन गर अनि संसारको विकास गर्दै बसोबासको निम्ति अझ राम्रो बनाओ।

होइन, यस पदले खास के भन्दछ? “सारा संसारमा जाओ, र __________________ __________________________________________” (मर्कूस १६:१५)।

“सुसमाचार” शब्दको अर्थ हो “शुभ-सन्देश”, “खुशीको खबर”। ख्रीष्टका चेलाहरूले प्रचार गर्नुपर्ने शुभ-सन्देश के हो (१ कोरिन्थी १५:१-४ हेर्नुहोस्)? __________________________ ____________________________________________________। यो शुभ-सन्देशको विषय हो येशू ख्रीष्ट र उहाँले पूरा गर्नुभएको काम। यदि येशू ख्रीष्टलाई एकातिर पन्छाइयो भने त्यहाँ शुभ-सन्देश रहँदैन, सुसमाचार रहँदैन।

येशू ख्रीष्टको क्रूसको मृत्यु किन सुसमाचार हो (१ कोरिन्थी १५:३ हेर्नुहोस्)? उहाँको मृत्यु कसरी राम्रो हो? उहाँको मृत्युले गर्दा तपाईंलाई के राम्रो भएको छ? उहाँको मृत्युको निम्ति के तपाईं धन्यवादी हुनुहुन्छ? किन? १ पत्रुस ३:१८ र २कोरिन्थी ५:२१ले ख्रीष्टको मृत्युलाई बुझ्न र त्यस मृत्युले विश्वासीको निम्ति के काम पुरा गर्‍यो सो बुझ्नलाई कसरी मदत गर्छदृ यदि ख्रीष्ट नमर्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो?

ख्रीष्टको मृत्युबाटको बौरिउठाइ किन सुसमाचार हो (१ कोरिन्थी १५:४ हेर्नुहोस्)? उहाँको बौरिउठाइ तपाईंको लागि किन महत्त्वपूर्ण छ? उहाँ जिउँदो हुनुहुन्छ भनेर के तपाईं धन्यवादी हुनुहुन्छ? किन? यदि ख्रीष्ट मृत्युबाट बौरेर नउठ्नुभएको भए, त्यो किन सुसमाचार नहुनेथ्यो (१ कोरिन्थी १५:१३-१९ हेर्नुहोस्)? ____________________________________ ____________________________________________________________________।

सुसमाचार सुनाइन खाँचो भएका मानिसहरू तपाईं चिन्नुहुन्छ? सुसमाचार सुनाइन खाँचो भएका र सुसमाचारलाई विश्वास गर्न खाँचो भएका साथीहरू के तपाईं चिन्नुहुन्छ? सुसमाचार अरुहरूलाई सुनाउनको निम्ति परमेश्वरले तपाईंलाई प्रयोग गर्न चाहनुहुन्छ।

स्वर्गारोहण

प्रभु येशू “माथि उठाइनुभएको” घटना प्रेरित १:९-११ मा बयान गरिएको छ। सेतो वस्त्र लगाएका ती दुईजनाले थिए? ____________________। भइरहेको घटनालाई बुझ्न यी दुईजनाले चेलाहरूलाई मदत गरे। के प्रभु येशू कहिल्यै नफर्कने गरी सधैंको लागि जानुभएको थियो कि उहाँ कुनै दिन फर्कनुहुनेछ? ________________________________________। उहाँ माथि जानुभयो, र कुनै एक दिन उहाँ तल आउनुहुनेछ! उहाँ जानुभएको छ तर उहाँ फेरि आउनुहुनेछ! यस संसारले प्रभु येशू ख्रीष्टलाई फेरि देख्‍नेछ। उहाँको पहिलो आगमन इतिहास हो। उहाँ आइसक्नुभयो। उहाँको दोस्रो आगमन भविष्य हो। उहाँ फेरि आउनुहुनेछ।

यूहन्ना १४:२-३ हेर्नुहोस्। प्रभु येशूले भन्नुभयो: “म …जान्छु ….म फेरि आउनेछु”। उहाँ कहाँ जानुभयो (यूहन्ना १४:२)? _____________________________। उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ (यूहन्ना १४:२? ____________________________________________। उहाँ फेरि किन आउनुहुनेछ (यूहन्ना १४:३)? ______________________________________। साँचो विश्वासी जनहरूका निम्ति (पद १) एउटा सुन्दर, निश्चित, स्वर्गीय आशा छ (पद ३)।

प्रभु येशू पृथ्वीमा अनुपस्थित हुँदा, विश्वासीहरूसित र विश्वासीहरूभित्र रहनलाई उहाँले कसलाई पठाउनुहुन्छ (यूहन्ना १४:१६-१८; १५:२६; १६:५-११)? _______________________ ____________________________________________________________। प्रभु येशू जानुभयो तर परमेश्वरको आत्मा आउनुभयो (यस पाठको पहिलो पृष्ठको चित्रलाई हेर्नुहोस्)। जहाँ परमेश्वरको पवित्र आत्मा हुनुहुन्छ, त्यहाँ येशू पनि हुनुहुन्छ (रोमी ८:९)। यदि पवित्र आत्मा हामीसित हुनुहुन्छ भने ख्रीष्ट पनि हामीसित हुनुहुन्छ। अनि यो त हाम्रो प्रभुले भनिसक्नुभएको कुरा हो (मत्ती २८:२०)। यद्यपि उहाँलाई हामी देख्‍न सक्दैनौ, उहाँ हामीसँगै हुनुहुन्छ!

के आज मानिसहरूले प्रभु येशूलाई देख्‍न सक्छन्?

येशूलाई देखेको वा येशू उनीहरूकहाँ प्रकट हुनुभएको भनी मानिसहरूले दाबी गरेको कहिलेकाहीँ तपाईंले सुन्नुहुनेछ। के आज प्रभु येशू साँच्चै मानिसहरूकहाँ देखा पर्नुहुन्छ त? यदि यो साँचो हो भने, उहाँ किन कसैकहाँ देखा पर्नुहुन्छ र कसैकहाँ देखा पर्नुहुन्न?

हामी आज प्रभु येशूलाई देख्‍न सक्छौं कि सक्दैनौं – बाइबलले के भन्दछ? यूहन्ना १६:१० मा प्रभुले उहाँ आज देखापर्ने विषयमा एउटा कुरा स्पष्ट भन्नुभएकोछः “म मेरा ________कहाँ जान्छु अनि तिमीहरूले मलाई _________ _______________।” यस वचनअनुसार, यदि येशू आफ्नो पिताकहाँ जानुभएकोछ भने, हामीले उहाँलाई देख्‍न सक्छौं भनेर सोच्न मिल्छ? ____________।

प्रभु येशू मानिसहरूकहाँ चालीस दिनको अवधिसम्म देखा पर्नुभयो भनी हामीले अध्ययन गर्‍यौं। उहाँ तब स्वर्गको पिताकहाँ फर्कनुभयो। उहाँको देखापर्ने अवधि पुरा भइसकेको छ। उहाँ आज संसारका मानिसहरूकहाँ देखापर्ने काम गर्नुहुन्न। ख्रीष्टलाई देख्यौं भनेर मानिसहरूले दाबी गर्लान् तर त्यसो भन्दैमा उहाँ उनीहरूकहाँ देखापर्नु भयो भन्ने होइन। मानिसलाई जे-जस्तो देखेको वा अनुभव गरेको जस्तो लागे तापनि हामीले बाइबललाई नै पछयाउनुपर्छ।

आज विश्वासीहरू कसरी जिउनुपर्छ — विश्वासद्वारा कि दृष्टिद्वारा (२कोरिन्थी ५:७)? ____________________। थोमा दृष्टिद्वारा हिँडे अनि उनले आफ्ना आँखाले देखेको कारण विश्वास गरे (यूहन्ना २०:२४-२९)। यूहन्ना २०:२९ मा प्रभुले भन्नुभयो, “उनीहरू धन्य हुन्, जसले देखेका __________, तापनि ______________ गरेका छन्।” येशू ख्रीष्ट आज जीवित हुनुहुन्छ भनेर के तपाईं निश्चित हुनुहुन्छ? कसरी निश्चित बन्न सकिन्छ? के उहाँलाई तपाईंले कहिल्यै देख्‍नुभएको छ र?

म निश्चित छु यस कारणले कि परमेश्वरले सो भन्नुभएको छ! हामी पक्का हुन सक्छौं, हामीले देखेको कारण होइन, तर परमेश्वरले भन्नुभएको कुरालाई विश्वास गरेर। परमेश्वरको वचन पक्का छ अनि हामीले उहाँको वचनलाई “आमेन!” भन्नुपर्छ। यदि बाइबलले उहाँ जीवित हुनुहुन्छ भनेर बताउँदछ भने के त्यो तपाईंलाई पर्याप्‍त हुन्छ? यदि प्रभुलाई नदेखेसम्म विश्वास गर्न अस्वीकार गर्नुहुन्छ भने तपाईं लामो समयसम्म पर्खनुहोला! अनि जब उहाँलाई अखिरमा देख्‍नुहुन्छ, विश्वास गर्ने तपाईंको मौका बितिसकेको हुन्छ! किन?

१ पत्रुस १:८ लाई विचार गर्नुहोस्। स्वर्गमा हुनुहुने प्रभुसित विश्वासीहरूको सम्बन्धको बारेमा यहाँ बयान गरिएको छ। के हामी उहाँलाई देख्छौं? __________। के हामी उहाँलाई प्रेम गछौं? __________। के हामी विश्वास गर्छौं? __________। के हामी रमाउँछौं? __________। १ पत्रुस १:७ मा हामीलाई यो सम्झना गराइएको छ कि एक दिन हामीले उहाँलाई देख्‍नेछौं किनभने उहाँ प्रकट हुनुहुनेछ। प्रभु सधैं स्वर्गमा बसिरहनुहुनेछैन! उहाँ फेरि आउनुहुनेछ। के तब हामी उहाँलाई देख्‍नेछौं (१ यूहन्ना ३:२; तीतस २:१३)? ________। हो, जब ख्रीष्ट यस पृथ्वीमा राजा भइकन आउनुहुनेछ, बाइबलले बताउँछ कि “हरेक __________ले उहाँलाई ______________” (प्रकाश १:७)। तब कसैले पनि उहाँ जीवित हुनुहुन्छ कि हुनुहुन्न भनेर शंका गर्नेछैन।

उहाँ कहिलेसम्मको लागि जानुभएको छ?

प्रभु येशू यस पृथ्वीबाट कहिलेसम्मको लागि जानुभएको छ? कहिलेसम्म उहाँ फर्किनुहुन्न? प्रेरित १:६ मा चेलाहरूले यस्तै प्रश्‍न सोधे अनि यसको जवाफ पद ७ मा छ — “पिताले आफ्नै अधिकारमा राख्‍नुभएका __________ वा __________ विषयमा जान्ने काम तिमीहरूको _____________।”

कतिपय कुराहरू परमेश्वरले हामीलाई बताउनुभएको छैन (मत्ती २४:३६,४२)। परमेश्वरको इच्छा यो हो, उहाँको पुत्र जुनै समयमा आउनुभए पनि हामी तयार रहौं। यदि परमेश्वरले उहाँको पुत्र दस वर्ष पछि आउनुहुन्छ भनी भन्नुभयो भने, शायद हामी अन्तिम घडीमा मात्र उहाँको आगमनको निम्ति तयार हुनेछौं होला! हामी हर समय तयार बसेको परमेश्वर चाहनुहुन्छ! हामीले उहाँको आगमनको बाटो हेर्नुपर्दछ, प्रतिक्षा गर्नुपर्दछ, उहाँको आगमनलाई प्रेम गर्नुपर्दछ चाहे जुनसुकै बेला उहाँको आगमन किन नहोस् (२ तिमोथी ४:८)।

कुनै स्कूलको एउटा कक्षामा एक अतिथि आए। “अर्को पटक आउँदा जसको डेस्क (लेखपढ गर्ने टेबुल) सबभन्दा व्यवस्थित र सफा भेट्नेछु उसलाई पुरस्कार दिनेछु” भन्ने प्रतिज्ञा गरेर अतिथि आफ्नो बाटो लागे। आफू फर्केर आउने दिन कुन हो भनेर चाहिँ उनेल कुनै सङ्केत दिएनन्। उनी कक्षालेठाबाट निस्केका मात्र के थिए, एकजना विद्यार्थीले त्यो पुरस्कार आफूले जितेर छाड्ने आफ्नो निर्णय सबैलाई सुनाइन्। उनी एक केटी थिइन् जसको टेबुल प्रायः अस्तव्यस्त हुन्थ्यो। तिनका साथीहरूले हाँस्दै तिनलाई भने, “होइन सरला, तिम्रो टेबुल त जहिले पनि अव्यवस्थित हुने गर्छ। कहिल्यै सफा हुँदैन।” “तर”, सरलाले भनिन्, “आजदेखि म हरेक सोमबार बिहान यसलाई सफा गर्नेछु।” “तर, अंकलचाहिँ हप्ताको अन्ततिर आउनुभयो भने नि?” कसैले प्रश्‍न गर्‍यो। “त्यसो भए”, सरलाले भनिन्, “म हरेक बिहान यसलाई सफा गर्नेछु।” “तर अंकल दिनको अन्ततिर आउनुभयो भने नि?” तब उनको मुहार उज्यालो भयो र उनले भनिन्, “मलाई थाह छ म के गर्नेछु। म यसलाई सब समय सफा राख्‍नेछु!”

प्रभु येशू ख्रीष्ट कुनै पनि समय आउन सक्नुहुन्छ। यसैकारण हामीले आफ्नो जीवनलाई उहाँको निम्ति सब समय सफा र शुद्ध राख्‍नुपर्दछ! के तपाईं यही घडी उहाँको आगमनको निम्ति तयार हुनुहुन्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email