पास्टरीय पत्रहरू

पास्टरीय पत्रहरू

 

पास्टरीय पत्रहरू

(१ तिमोथी, तीतस, २ तिमोथी)

रोमको शहरमा पावल कैदी हुँदा उनले लेखेका चारओटा पत्रहरूलाई सातौं पाठमा अध्ययन गर्यौं। करिब दुई वर्षको निम्ति रोमको कैदमा रहेपछि, पावल अन्त्यमा स्वतन्त्र पारिए। अब एक स्वतन्त्र मानिसको रूपमा पावल विश्वासीहरूलाई सहायता गर्दै, मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दै, मण्डलीहरू खडा गर्दै र तिनीहरूलाई बलियो बनाउँदै चारैतिर हिँड्नलाई स्वतन्त्र थिए। यस स्वतन्त्रताको समयमा पावलले दुईओटा पत्रहरू लेखे। ती हुन्, तिमोथी र तीतस।

उनको जीवनको अन्तिम समयहरूतिर, पावललाई फेरी रोमको झ्यालखानामा हालियो (२ तिमोथी २:९ पढ्नुहोस्)। योचाहिँ पावलको निम्ति दोस्रो र अन्तिम कैद थियो। यस बेलाचाहिँ उनी स्वतन्त्र पारिने थिएनन्; तर बरु, उनलाई मृत्युदण्ड दिइने थियो! पावल आफ्नो कारागारमा बस्दा, उनले तिमोथीलाई थप एउटा पत्र पठाए जसलाई आज हामीले २ तिमोथी भन्दछौं। यस पुस्तकमा हामीसँग पावलका अन्तिम लिखित वचनहरू छन्। पावलले लेखेका पत्रहरूमध्ये योचाहिँ अन्तिम पत्र थियो र पावलले यो पत्र लेख्दाहुँदी उनको मृत्युको दिन झन्-झन् नजिक हुँदैछ भनी उनलाई थाह थियो।

फिलेमोनको पुस्तकबाहेक पावलका अन्य सबै पत्रहरू मण्डलीहरूलाई लेखिएका थिए, तर यी तीन पत्रहरू दुई मानिसहरूलाई लेखिए। ती दुई मानिसहरू तिमोथी र तीतस हुन्। यी दुवै मानिसहरू अध्यक्षहरू (गोठालाहरू) थिए। यसको अर्थ उनीहरू आफ्ना मण्डलीहरूका अगुवाहरू थिए। जसरी गोठालाले भेँडाहरूको हेरचाह गर्नुपर्छ, यी मानिसहरू आ-आफ्ना मण्डलीहरूमा भएका विश्वासीहरूको हेरचाह गर्न जिम्मेवार थिए। त्यसैले प्राय: जसो यी पत्रहरूलाई “पास्टरीय पत्रहरू” (Pastoral Epistles) भनिन्छ।

पास्टरको रूपमा तिमोथीले आफ्नो सेवकाइ कहाँ गरिरहेका थिए (१ तिमोथी १:३)? ए____________। पास्टरको रूपमा तीतसले आफ्नो सेवकाइ कहाँ गरिरहेका थिए (तीतस १:३)? क्रे____________। के यी स्थानहरूलाई बाइबलको नक्सामा भेट्टाउन सक्नुहुन्छ?

हामीले प्रेरितको १६-२० अध्यायहरूमा (विशेषगरी १६:१-३) तिमोथीको बारेमा सिक्न सक्छौं। तीतसलाई प्रेरितको पुस्तकमा उल्लेख गरिएको छैन, तर हामीले तिनको बारेमा पावलका अन्य पत्रहरूमा पढ्नसक्छौं (२ कोरिन्थी २:१३; ७:६,१३,१४; ८:६; १२:१८; गलाती २:१,३ पढ्नुहोस्)। यी दुवै मानिसहरू प्रभु येशू ख्रीष्टका विश्वासयोग्य सेवकहरू थिए।

तिमोथी र तीतसका पत्रहरूमा हामीले हिजो-आज बुझ्नै पर्ने ठूलो सन्देश छ। यी मानिसहरूलाई पावलले लेखेका कुराहरू अध्ययन गर्दाहुँदी, पास्टर कस्तो किसिमको मानिस हुनुपर्छ भनी हामीले बुझ्न थाल्दछौं। मण्डली पनि साँच्चै कस्तो हुनुपर्छ भनी हामी थाह गर्न थाल्दछौं। त्यसपछि हामीले यो प्रश्न गर्नैपर्छ, “के मेरो मण्डली यस्तो छ?” “के म ठीक मण्डलीमा छु?” “के मेरो पास्टरले उहाँले जे गर्नुभएको होस् भनी परमेश्वरले चाहनुहुन्छ त्यही गरिरहनुभएको छ?”

यी तीन पुस्तकहरू पढ्दा, पास्टर र उनको प्रचारको बारेमा हामीले कम्तीमा पाँचओटा कुराहरू सिक्दछौं। यही पाँच कुराहरू हरेक विश्वासीको जीवनमा पनि मेल खानुपर्छ जोहरू परमेश्वरको वचन बाँडिरहेका र अरूहरूलाई आफ्नो उदेकको प्रभु र मुक्तिदाताको बारेमा बताइरहेका हुन्छन्,

१) पास्टरले मुक्तिको बारेमा प्रचार गर्नैपर्छ।

मुक्तिको निम्ति परमेश्वरको मार्ग प्रचार नगर्ने मण्डलीहरू धेरै छन्। हामीले पाँचौं पाठमा सिके झैं, मानिसहरूलाई मुक्तिको असल खबरको बारेमा कहिल्यै नबताउने पास्टर, पूजाहारी वा सेवकहरू भएका धेरै मण्डलीहरू छन्। तपाईंले थुप्रै वर्षसम्म हरेक साता यी मण्डलीमा जान सक्नुहुन्छ तरैपनि तपाईंले कहिल्यै मुक्ति नपाउनुभएको हुनसक्छ (अथवा तपाईंले मुक्ति पाउन खाँचो छ भन्ने कुरा समेत नजान्नु भएको हुनसक्छ)।

जब पावलले तिमोथी र तीतसलाई लेखे, मुक्तिको बारेमा बताउन उनीसँग धेरै कुराहरू थिए! येशू ख्रीष्टमा पाइने सुन्दर मुक्तिको बारेमा यी मानिसहरूले प्रचार गरेको र सिकाएको पावल चाहन्थे!

येशू ख्रीष्ट किन यस संसारमा आउनुभयो (१ तिमोथी १:१५)? _____________________________________ परमेश्वर कसलाई बचाउन इच्छा गर्नुहुन्छ (१ तिमोथी २:३-४)? _________________________ ख्रीष्टले कसका लागि छुटकाराको दामको रूपमा आफैंलाई दिनुभयो (१ तिमोथी २:६)? _______________________ (नोट: “छुटकाराको दाम” को अर्थ: ख्रीष्टले परमेश्वरको इन्साफमुनि रहेका पापीहरूको पूर्ण ज्यालाको सट्टामा आफ्नै जीवनको बलिदान दिनुभयो।) हामीलाई परमेश्वरकहाँ ल्याउन सक्नुहुने एउटै व्यक्ति को हुनुहुन्छ? परमेश्वर र मानिसहरूको बीचमा एउटै मध्यस्त को हुनुहुन्छ (१ तिमोथी २:५)? ___________________________ हामीले हाम्रो भरोसा र आशा कसमाथि राख्नुपर्छ (१ तिमोथी ४:१० र ६:१७)? ____________________________________
एउटा मानिसले कसरी मुक्ति पाउन वा धर्मी ठहरिन सक्छ, उसको आफ्नै असल कार्यले कि परमेश्वरको अनुग्रहले (तीतस ३:७)? __________________________ निम्न अध्यायहरूमा, मानिसले उसको आफ्नै असल कामहरूद्वारा मुक्ति पाउँदैन भनी सिकाउने पदहरू पत्ता लगाउनुहोस्,
तीतस ३ अध्याय, पद _________
२ तिमोथी १ अध्याय, पद _________

निम्न अध्यायहरूमा, यदि कुनै मानिसले साँच्चै मुक्ति पाएको छ भने (र यदि परमेश्वर ऊभित्र जिउनुहुन्छ भने) उसले असल कामहरू गर्नेछ भनी सिकाउने पदहरू पत्ता लगाउनुहोस्,
तीतस ३ अध्याय, पद _________
तीतस २ अध्याय, पद _________

२) पास्टरले ख्रीष्ट प्रचार गर्नैपर्छ।

१ कोरिन्थी २:२ मा पावलले उनीहरूका बीचमा _________ ___________, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेका थिए! आज धेरै मण्डलीहरूले ख्रीष्ट प्रचार गर्दैनन्। कोही-कोहीले राजनिती वा विचारशास्त्र प्रचार गर्ने गर्छन्। अरूहरूलेचाहिँ हामीले आफ्नो छिमेकीहरूलाई सहायता र प्रेम गर्नुपर्छ भनी प्रचार गर्छन्। कोही-कोहीले युद्ध, गरिबी र अपराधको विरूद्धमा प्रचार गर्छन्। अरूहरूले धर्म (मानिसले आफ्नै तरिकाले परमेश्वरकहाँ ग्रहणयोग्य हुने प्रयास गर्ने बारेमा) प्रचार गर्छन्। यिनीहरूभन्दा पावल भिन्न थिए। उनले तिमोथी र तीतसलाई ख्रीष्ट प्रचार गर्न उत्साह दिए! मानिसको एउटै मात्र आशा परमेश्वरका पुत्रमा पाइन्छ।

जोडा मिलाउनुहोस्। तलको तालिकाले पास्टरीय पत्रहरूले पावलले प्रचार गरेको ख्रीष्टका सत्यताहरू देख्न तपाईंलाई मद्दत गर्नेछ:

३) पास्टरले सम्पूर्ण बाइबल प्रचार गर्नुपर्छ।

कुनै कुनै मण्डलीहरूले सुसमाचारका पत्रहरूबाट केही मात्रामा, भजनसङ्ग्रहबाट थोरै भाग र अन्य मनपर्ने खण्डहरूबाट केही हिस्सा मात्र प्रचार गर्ने गर्छन्। तर उनीहरूले कहिल्यै प्रचार नगरेका परमेश्वरका वचनहरू थुप्रै छन्। अन्य मण्डलीहरूले हरेक समय मुक्तिको बारेमा प्रचार गर्छन्, तर उनीहरूले ख्रीष्टिय जीवन कसरी जिउने भन्ने विषयमा मानिसहरूलाई सहायता गर्दैनन्। यूहन्ना ३:१६ अति सुन्दर पद हो, तर बाइबलमा यूहन्ना ३:१६ भन्दा पनि धेरै कुराहरू छन्। यदि परमेश्वरले हामीले यूहन्ना ३:१६ मात्र जानेको परमेश्वरले चाहनुभएको भए, उहाँले हामीलाई निकै सानो बाइबल दिनुहुनेथियो!

पावलले तिमोथीलाई के प्रचार गर्ने सल्लाह दिए (२ तिमोथी ४:२)? _____________________________ यदि कुनै मानिसले वचन प्रचार गर्ने हो भने, उसले परमेश्वरको सत्यको वचन अध्ययन गर्नैपर्छ (२ तिमोथी २ अध्यायमा परमेश्वरको सत्यको वचनलाई ध्यानसँग पढ्नुको महत्त्व देखाउने पद कुन हो? ______ पद)। २ तिमोथी ३:१६ अनुसार परमेश्वरको वचनको कति हिस्सा हाम्रो लागी लाभदायक हुन्छ?

    • क. नयाँ नियम मात्र
    • ख. नयाँ नियम र भजनसङ्ग्रह
    • ग. सुसमाचारका पुस्तकहरू, भजनसङ्ग्र र हितोपदेश मात्र
    • घ. सबै पवित्रशास्त्रहरू (बाइबलका सबै ६६ ओटा पुस्तकहरू)

परमेश्वरको वचनले मेरो निम्ति के गर्छ (२ तिमोथी ३:१६)?

 

४) पास्टरले मण्डली सम्बन्धित सत्यता प्रचार गर्नैपर्छ।

पास्टरले उहाँको मण्डलीको विषयमा परमेश्वरले के भन्नुभएको छ भनी बुझ्नै पर्छ। तिमोथीले परमेश्वरको घरमा, जो जीवित परमेश्वरको मण्डली हो, सत्यको खाँबो र जग हो, कसरी च_________ (व्यवहार गर्नुपर्छ), सो जानुन् (१ तिमोथी ३:१५) भनी सिकाउनु नै पावलले १ तिमोथीको पुस्तक लेख्नुको मुख्य कारण थियो। पास्टरीय पत्रहरूमा स्थानीय मण्डलीको बारेमा धेरै कुराहरू बताइएको छ। यी पुस्तकहरूले हामीलाई मण्डलीको सङ्गठन, मण्डलीका सेवकहरू, मण्डलीको शिक्षा, मण्डलीका शत्रुहरू, मण्डलीको उपासना र मण्डलीको भविष्यको बारेमा बताउँदछ।

आज धेरै मानिसहरूलाई मण्डली भनेको वास्तवमा के हो र बाइबलले मण्डलीको बारेमा के सिकाउँछ भन्ने पनि थाह छैन। उदाहरणको निम्ति, आजभोली मण्डलीहरूमा यस्ता मानिसहरू छन् जसले आफैंलाई “पूजाहारी” भनी नाम दिएका छन्। के पास्टरीय पत्रहरूले मण्डलीमा पूजाहारीहरू हुनुपर्छ भनी सिकाउँछ? मण्डलीमा के हुनुपर्छ (१ तिमोथी ३:१२ र १ तिमोथी ५:१७)? से__________ र प्रा__________। आजभोली मण्डलीहरूमा यी पत्रहरूले उल्लेख नगरेका अन्य अभ्यासहरू पनि गरिएको छ। अनि आजभोली मण्डलीहरूमा यी पत्रहरूले उल्लेख गरेका, तर अभ्यासहरू नगरिएका कुराहरू पनि छन्। किन यस्तो हुन्छ?

५) पास्टरले ओठहरूले मात्र नभई जीवनले पनि प्रचार गर्नैपर्छ।

एउटा असल पास्टरले आफूले प्रचार गरे अनुसार अभ्यास पनि गर्नैपर्छ नत्रता तिनको कुरा सुन्ने मानिसहरूले यसो भन्नेछन्, “तपाईंका अभ्यासहरू यति चर्का छन् कि हामीले तपाईंको आवाज नै सुन्न सक्दैनौं!” उसले सत्यता प्रचार गर्नैपर्छ र सत्यतामा जिउनै पर्छ। तिमोथीलाई केवल शिक्षाको (आफूले सिकाउने गरेको शिक्षा ठीक छ भन्ने) विषयमा मात्र होसियार रहन भनिएको थिएन तर “आफ्नो” (उसको ठीक किसिमको जीवन) विषयमा पनि होसियार रहन भनिएको थियो!

१ तिमोथी ४:१२ (तीतस २:७ पनि हर्नुहोस्) मा, तिमोथीलाई विश्वासीहरूका निम्ति नमुना हुन भनियो, ताकि उनीहरूले तिमोथीलाई हेरेर यसो भन्न सकुन्, “विश्वासी त्यस्तो पो हुनुपर्छ!” पावलले तिमोथीलाई ___________ निम्ति आफैलाई साधना गर भनी भने (१ तिमोथी ४:७)। शारीरिक साधना महत्त्वपूर्ण हुन्छ (१ तिमोथी ४:८), तर आत्मिक साधना त्यो भन्दा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। शारीरिक रूपमा बलियो र स्वस्थ हुन शारीरिक क्षेत्रमा हामीले गर्नुपर्ने कुराहरू के के हुन्? आत्मिक रूपमा बलियो र स्वस्थ हुन आत्मिक क्षेत्रमा हामीले गर्नुपर्ने कुराहरू के के हुन्?

तिमोथी र तीतस आत्मिक रूपमा बलियो होऊन् भन्ने पावलको चाहना थियो! २ तिमोथी २ अध्यायमा निम्न उदाहरणसँग मिल्ने पदहरू भेट्टाउन सक्नुहुन्छ?

तिमोथी यस्तो भएको पावल चाहन्थे…

यी मध्ये हरेकको पछाडि के आत्मिक अर्थ छ? अर्को शब्दमा, कुन तरिकाहरूद्वारा एउटा पास्टर असल सिपाही हुनुपर्छ? कुन तरिकाहरूद्वारा एउटा विश्वासी असल सिपाही हुनुपर्छ? इत्यादि।

प्रेरित पावल सत्यता प्रचार गर्ने मात्र होइन, तर सत्यतामा जिउने व्यक्ति थिए। यदि एउटा व्यक्ति असल तरिकाले जिउँछ भने, ऊ असल तरिकाले नै मृत्युमा सुत्ने पनि छ (फिलिप्पी १:२१ पढ्नुहोस्)। पावलले २ तिमोथी लेख्दाहुँदी उनी झ्यालखानामा थिए र तिनको मृत्युको दिन निकै नजिकमा छ भनी जान्दथे। के पावल मर्नको निम्ति तयार थिए (२ तिमोथी ४:६)? ___________ किन पावल यस जीवनबाट बिदा लिन डराएनन् (फिलिप्पी १:२३)? _____________________________________ के एउटा ख्रीष्टियन भएर जिएकोमा पावल लजाए (२ तिमोथी ४:७)? __________ के पावल आनन्दसाथ धर्मी न्यायकर्ता प्रभु येशू ख्रीष्टको सामु उभिने घडीको बाटो हेर्दैथिए (२ तिमोथी ४:८)? __________________
तिमोथीलाई यो पत्र पठाएको धेरै समय नबित्दै, पावललाई रोमीहरूद्वारा मृत्यु दण्ड दिइयो (रोमी तरवारद्वारा शिर काटिएर) र तुरुन्तै उनी ख्रीष्टसँग रहन गए जुनचाहिँ अति नै राम्रो हो! कृपया यस पदलाई सच्च्याउनुहोस्: “किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ र मर्नुचाहिँ ठूलो नोक्सानी र ठूलो वियोगान्त हो!”
________________________________________ _____________________________________
तिनीहरूले पावललाई कैदमा राख्न सक्थे र पावललाई मार्न सक्थे, तर तिनीहरूले उनले प्रचार गरेको वचनलाई रोक्न सक्दैनथिए। “परमेश्वरको वचन _________ छैन” (२ तिमोथी २:९)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email