नयाँ विश्वासीहरूका निम्ति निर्देशन

नयाँ विश्वासीहरूका निम्ति निर्देशन

 

नयाँ विश्वासीहरूका निम्ति निर्देशन

 

(१ र २ थेस्सलोनिकी)

थेस्सलोनिकाको शहर म्यासिडोनिया (उत्तरी ग्रीस) को बन्दरगाहमा अवस्थित एक विशाल शहर थियो। के आफ्नो बाइबलमा म्यासिडोनिया र थेस्सलोनिकाको शहर भेट्टाउन सक्नुहुन्छ?

थेस्सलोनिका धेरै तरिकाले कोरिन्थको शहरसँग मिल्दोजुल्दो छ (पाठ ६ हेर्नुहोस्)। थेस्सलोनिका पनि “पापको शहर” थियो। अधिकांश मानिसहरूले मूर्तीहरूको पूजा गर्दथे (१ थेस्सलोनिकी १:९ सित तुलना गर्नुहोस्)। यो शहर सबै प्रकारका दुष्टताले भरिएको थियो र कोरिन्थमा जस्तै यसमा पनि व्यभिचारको पाप नै ठूलो समस्या थियो (पाठ ६ हेर्नुहोस् र १ थेस्सलोनिकी ४:३ सित तुलना गर्नुहोस्)। परमेश्वर पापमा हराएकाहरूकहाँ पुग्न र बचाउन मन पराउनुहुन्छ, र २ थेस्सलोनिकी २:१३-१४ मा प्रेरित पावलले थेस्सलोनिकाको विश्वासीहरूका हृदयहरूमा सम्पन्न गर्नुभएको मुक्तिको महान् कार्यको निम्ति परमेश्वरलाई धन्यवाद दिए।

कसरी यस शहरमा मण्डलीको सुरुवात भयो? यी मानिसहरूलाई कसले सुसमाचार प्रचार गरे? यी प्रश्नहरूका जवाफ प्रेरित १७:१-९ मा पाउन सकिन्छ। आफ्नो दोस्रो प्रचार यात्राको क्रममा पावल थेस्सलोनिकाको शहरमा आए। यी मानिसहरूलाई पावलले मुक्तिको असल समाचार प्रचार गरेपछि, के कोही-कोहीले विश्वास गरे (प्रेरित १७:४)? __________ अन्त्यमा अविश्वासीहरूले निकै समस्याहरू खडा गरे जसको कारणले पावल र सिलास उक्त शहर छोडेर जान बाध्य भए (प्रेरित १७:५-१०)।

थेस्सलोनिकाबाट छोडेर गए पनि यी विश्वासीहरू प्रति पावलको ठूलो चासो थियो। सामान्यतया पावलले नयाँ विश्वासीहरूमाझ उनीहरूलाई सिकाउँदै र विश्वासमा बलिया बनाउँदै धेरै महिनाहरू बिताउने गर्दथे। तरैपनि, सतावटको कारणले थेस्सलोनिकीहरूको माझमा उनले यसो गर्न सकेनन्। के यी विश्वासीहरूलाई फेरी भेट्नलाई पावल थेस्सलोनिकामा फर्किन चाहे (१ थेस्सलोनिकी ३:६,१०)? _____________ यी विश्वासीहरूलाई पावलले भेट्न नसके तापनि, उनले थेस्सलोनिकाको विश्वासीहरूको विश्वासमा उनीहरूलाई बलियो बनाउन र उत्साह दिनको निम्ति त्यस खतराले पूर्ण कार्यमा तिमोथीलाई पठाउन सके (१ थेस्सलोनिकी ३:२ पढ्नुहोस्)। अन्त्यमा जब तिमोथी पावलकहाँ फर्केर आए, उनले कस्तो सन्देश ल्याए? १ थस्सलोनी ३:६-७ पढ्नुहोस् र ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्।

    • क. “थेस्सलोनिकाको विश्वासीहरू मूर्तीहरूको पूजा गर्न परमप्रभुबाट फर्के।”
    • ख. “मसँग एउटा खराब खबर छ। थेस्सलोनिकीहरूले परमप्रभुलाई प्रेम गर्न छाडे, र उनीहरू तपाईंलाई फेरी भेट्न चाहँदैनन्।”
    • ग. “मसँग एउटा असल खबर छ। थेस्सलोनिकीहरू सतावटहरू हुँदा हुँदै पनि ख्रीष्टमा भरोसा पर्न छाडेका छैनन्। उनीहरू साँच्चै तपाईंलाई भेट्न चाहन्छन्!”
    • घ. “अविश्वासीहरूले थेस्सलोनिका शहरको सबै विश्वासीहरूलाई मारेछन्, र त्यहाँ कोही पनि बाँकी छैन!”

तिमोथीले ल्याएका असल खबरहरूको कारणले पावलको हृदय आनन्दित भयो, र उनले उनीहरूलाई परमप्रभुको आगनको विषयमा केही कुराहरू सिक्नलाई मद्दत गर्न र उनीहरूको सबै सङ्कष्टहरूमा सान्त्वना दिनको निम्ति ती विश्वासीहरूलाई १ थेस्सलोनिकीको पत्र पठाए र उनीहरूलाई आफूले सिकाएको कुराहरूको सम्झना गराए। यो लेखेको केही क्षणपछि, उनले अर्को पत्र (२ थेस्सलोनिकी) पठाए। उक्त पत्र मण्डलीमा भित्रिएको केही गलत शिक्षा सुधार्न (२ थेस्सलोनिकी २ अध्याय) र केही मण्डली सदस्यहरूका गलत व्यवहार सुधार्न (२ थेस्सलोनिकी ३ अध्याय) लेखिएको थियो।

यी दुवै पत्रहरू निकै अगाडि, अर्थात् ख्रीष्टको मृत्यु र बौरिउठाइको करिब २० वर्ष पछि लेखिएका थिए। पावलका सुरुका पत्रहरूमध्ये दुई पत्रहरू यी नै हुन्। यी पत्रहरू करिब ई. सं. ५१ मा लेखिएका हुन्। पावलका पत्रहरूमध्ये सबैभन्दा अगाडि लेखिएको पत्र गलातीको पत्र हो जुन पत्र करिब ई.सं. ४८-४९ मा लेखिएको हुनुपर्छ।

यी दुई पत्रहरू नयाँ विश्वासीहरूका निम्ति लेखिएका हुन्। नयाँ विश्वासीहरूले बुझ्नुपर्ने कुराहरू के के हुन्? हरेक ख्रीष्टियनले जान्नुपर्ने केही कुराहरू के के हुन्? हरेक नयाँ ख्रीष्टिनलाई सिकाइनुपर्ने बाह्रओटा कुराहरू बिचार गर्नेछौं:

नयाँ विश्वासीहरूका निम्ति शिक्षाहरू

१) ख्रीष्टिय जीवन गुलाफहरूको बिछ्यौना होइन भनी नयाँ विश्वासीले जान्नैपर्छ।

एउटा व्यक्ति ख्रीष्टिन भएपछि, कठिनाइहरू र समस्याहरू बन्द हुन्छन् भन्नु गलत हो। के १ थेस्सलोनिकी १:६; ३:३-४; २ थेस्सलोनिकी १:४,६ अनुसार थेस्सलोनिकाको विश्वासीहरूलाई धेरै कष्ट थियो (कठिनाइहरू, दवावहरू, समस्याहरू, परिक्षाहरू)? __________ के परमेश्वरले उनीहरूलाई कष्ट हुन दिनुभयो (१ थेस्सलोनिकी २:१४; २ थेस्सलोनिकी १:५)? __________ के पावलले उनीहरूलाई सहज जीवनको आशा गर्नु भनी सिकाए, कि उनले उनीहरूलाई सङ्कष्टहरू हुनेछन् भनी सिकाए (१ थेस्सलोनिकी ३:४)? ________________________________________________________________ के प्रभु येशूले उहाँका चेलाहरूलाई उनीहरू यस संसारमा होउन्जेल सङ्कष्ट र समस्याहरू हुनेछन् भनी बताउनुभयो (यूहन्ना १६:३३)? ______________ के एउटा विश्वासी यस संसारमा छ (यूहन्ना १६:३३; १७:११)? _________ संसारमा सङ्कष्ट छ र ख्रीष्टमा शा_______ छ (यूहन्ना १६:३३)। ख्रीष्ट पहिल्यै विजय भइसक्नुभयो भनी जानेर सङ्कष्टहरूको बीचमा पनि हामीलाई शान्ति हुन्छ!

२) नयाँ विश्वासी हरेक समयहरूमा रमाउन सिक्नुपर्छ।

थेस्सलोनिकीहरूलाई कष्ट (समस्या र सतावट) मात्र थिएन तर उनीहरूलाई आ_________ पनि थियो (१ थेस्सलोनिकी १:६)। जब पावलले उनीहरूलाई लेखे, उनले उनीहरूलाई यो कुराको सम्झना गराउँदै सधैँ आ___________ रहो भनी बताए (१ थेस्सलोनिकी ५:१६)। विश्वासीहरू सधैं आनन्दित हुनुपर्छ! जस्तो हामीले देख्यौं, फिलिप्पीहरूलाई पनि पावलले यही सन्देश दिएका थिए “प्रभुमा ________ आ__________ गर; म फेरी पनि भन्दछु _____________ गर” (फिलिप्पी ४:४)।

३) परमेश्वरको वचनतर्फ नयाँ विश्वासीको ठीक आचरण हुनुपर्छ।

जब एउटा व्यक्तिले मुक्ति पाउँछ, उसले परमेश्वरको वचन आफ्नो हृदयमा ग्रहण गर्छ र परमेश्वरको वचनले उसको हृदयमा स्थान पाउँदछ (१ थेस्सलोनिकी १:६ र प्रेरित २: ४१; १७:११ सित तुलना गर्नुहोस्)। एउटा मानिसले मुक्ति पाएपछि, ऊ परमेश्वरको वचन ग्रहण गर्ने कुरामा निरन्तर लागिरहनुपर्छ। १ थेस्सलोनिकी २:१३ अनुसार थेस्सलोनिकाको मानिसहरूले कसरी परमेश्वरको वचन ग्रहण गरे (ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्)?

    • क. उनीहरूले यसलाई अन्य कुनै लेखको टुक्रालाई जस्तै गरी ग्रहण गरे। उनीहरूले तिनलाई परमेश्वरका वचनहरू होइन तर मानिसका वचनहरू जस्तो मानिलिए।
    • ख. उनीहरूले यसलाई पूर्ण शंका र अनिश्चयतामा ग्रहण गरे। यो वास्तवमै सत्य छ भनी उनीहरू निश्चित थिएनन्।
    • ग. उनीहरूले यसलाई ग्रहण गरे, तर ग्रीसबाट आएका अन्य विचारशास्त्रीहरूले जीवन र मृत्युको बारेमा सिकाउने कुराहरू पनि सुन्न तयार थिए।
    • घ. उनीहरूले यसलाई मानिसहरूको वचनजस्तो गरी होइन, तर परमेश्वरकै वचनजस्तो गरी ग्रहण गरे, र यसलाई उनीहरूको सम्पूर्ण हृदयले विश्वास गरे।

के तपाईंले साँच्चै बाइबललाई तपाईंको निम्ति परमेश्वरकै सन्देशको रूपमा ग्रहण गर्नुभयो?

४) एउटा नयाँ विश्वासी हरेक पलपलमा परमेश्वरतर्फ सचेत हुनुपर्छ।

१ थेस्सलोनिकी ५:१७ मा पावलले थेस्सलोनिकीहरूलाई यो महत्त्वपूर्ण आज्ञा दिए नि___________ प्रा___________ गरिरहो। जब एउटा व्यक्तिले साँच्चै ठीक तरिकाले प्रार्थना गर्दछ, ऊ परमेश्वरको उपस्थितीको बारेमा निकै सचेत हुन्छ। हाम्रो दिन बित्दै जाँदा, हामीलाई सहायता गर्न परमेश्वर हामीसँगै हुनुहुन्छ र उहाँ योग्य पनि हुनुहुन्छ भनी हामीले सम्झनुपर्छ। हामीले उहाँलाई कुनै पनि समयमा कहीँ पनि पुकार्न सक्छौं। निरन्तर प्रार्थना गरिरहो भन्नुको तात्पर्य हामीले हरेक दिन चौबिसै घण्टा घुँडा टेकिरहेको हुनुपर्छ भन्ने होइन, तर यसको तात्पर्य हाम्रो दैनिक जीवनमा परमेश्वर हामीसँगै हिँडिरहनुभएको हुनुहुन्छ भनी सचेत रहनु हो। उहाँको व्यक्तित्व र उहाँको उपस्थितीको बारेमा हामी सचेत हुनुपर्छ। हामी उहाँमा आनन्दित हुन सिक्नुपर्छ!

यदि हामी आफ्नो साथीसँग बाटोको किनारमा हिँडिरहेका छौं भने, के हामी उसको उपस्थितीको बारेमा सचेत रहन्छौं? के हामी उक्त व्यक्तिसँग बारम्बार बातचित गर्नेछौं? के यस व्यक्तिसँग हामी रमाहट गर्नेछौं? त्यसैगरी हामी परमेश्वरसँग हिँड्दा पनि, उहाँलाई हामीले नदेखे तापनि, उहाँको उपस्थितीको बारेमा हामी सचेत हुन सक्छौं। उहाँसँगको यस सुन्दर सम्बन्ध र सङ्गतिमा रमाहट गर्दाहुँदि हामी उहाँसँग कुनै पनि समयमा कुरा गर्न सक्छौं।

५) नयाँ विश्वासी हरेक कुरामा धन्यवादी हुनैपर्छ।

आफूहरूमा आइपरेका सङ्कष्टहरू र सतावटहरूको कारणले थेस्सलोनिकीहरू गनगनले भरिएका थिए होलान् भनी कल्पना गर्न सक्छौं। तर पावलले उनीहरूलाई धन्यवादले भरिनुपर्छ भनी बताए, “__________ ____________ ______________ चढाओ; किनकि प्रभु येशूमा तिमीहरूका निम्ति परमेश्वरको यही इच्छा छ” (१ थेस्सलोनिकी ५:१८)।

हरेक विश्वासीले “धन्यवाद!” भन्न सक्छ। समयहरू कठिन भएको भए तापनि, हामीले “धन्यवाद!” भन्न सक्छौं। परमेश्वरले सबै कुराहरू सम्हाल्नु भएको छ, आफूले के गर्दैछु भनी परमेश्वरलाई थाह छ र परमेश्वरले सबै कुराहरू उत्तमतामा गर्नुहुन्छ! यसको कारणले, हरेक दिन नै धन्यवाद चढाइने दिन हुनुपर्छ!

६) नयाँ विश्वासीले परमेश्वरको आत्मालाई आफ्नो जीवनमा काम गर्न दिनैपर्छ।

मुक्ति पाएको घडी परमेश्वरले हरेक विश्वासीलाई कस्तो बहुमूल्य उपहार दिनुहुन्छ (१ थेस्सलोनिकी ४:८)? ______________________ परमेश्वरको आत्माले हाम्रो जीवनमा काम गर्न चाहनुहुन्छ, तर कहिलेकाहीँ हामीमा उहाँको सामर्थी काम गर्न दिन हामी आफैंले उहाँलाई रोक्दछौं! पावलले थेस्सलोनिकीहरूलाई यसो भने, “आ___________ न____________” (१ थेस्सलोनिकी ५:१९)। जसरी पानीद्वारा आगोलाई निभाइन्छ, त्यसरी नै विश्वासीले परमेश्वरलाई “हुँदैन” भन्दाहुँदी आत्मालाई निभाइन्छ। हामीले जहिले पनि प्रभुलाई “हुन्छ!” भन्नुपर्छ, “हुन्छ प्रभु, मैले जे गरेको तपाईं चाहनुहुन्छ, त त्यही गर्नेछु! हुन्छ प्रभु, तपाईं जहाँ चाहनुहुन्छ, म त्यहीँ जानेछु! हुन्छ प्रभु, मैले जे बोलेको तपाईं चाहनुहुन्छ, म त्यही बोल्नेछु!” परमेश्वरले “हुँदैन” भन्नुहुँदा हामीले “हुन्छ” भन्यौं भने पनि हामीले आत्मालाई निभाउन पुग्छौं। जब परमेश्वरले “हुँदैन” भन्नुहुन्छ, विश्वासीले “हुन्छ” भन्नु गलत कुरा हो। हामी परमेश्वरको सुन्दर इच्छातर्फ लम्किँदा र उहाँको वचनमा दिइएका आज्ञाहरूमुनि आफैंलाई समर्पण गरेर हामीले आत्मालाई निभाउँदैनौं।

७) नयाँ विश्वासीले प्रभुलाई खुसी पार्दै पवित्र जीवन जिउनै पर्छ।

हामीले पवित्र जीवन बिताउन सकौं भनेर परमेश्वरको हामीलाई पवित्र आत्मा दिनुभएको छ। पावलले थेस्सलोनिकीहरूलाई १ थेस्सोलोनिकी ४:१-८ मा पवित्रताको बारेमा बताए। सम्झनुहोस्, यी ख्रीष्टियनहरू दुष्ट सहरको बीचमा बस्दथे जहाँ उनीहरू हरेक दिन खराब गर्न र पापमा फस्न परिक्षामा पर्दथे। तर उनीहरूभित्र वास गर्नुहुने परमेश्वरले उनीहरूलाई विजयी हुन र “प__________ न_________” (१ थेस्सलोनिकी ४:५) मानिसहरूभन्दा भिन्न तरिकाले जिउन पनि सहायता गर्नुहुनेथियो।

८) नयाँ विश्वासीले प्रभुको आगमनको बाटो हेर्नैपर्छ।

पावलले यी नयाँ विश्वसीहरूलाई समस्याहरूबाट आफ्ना आँखाहरू उनीहरूलाई लिनलाई फेरी आउनुहुने प्रभु येशू ख्रीष्टतर्फ लगाउन सहायता गरे। १ थेस्सलोनिकीको हरेक अध्यायको अन्त्यमा प्रभुको आगमन (वा “र्याप्चर”) को उल्लेख गरिएको छ। के तपाईंले यी पदहरू भेट्टाउन सक्नुहुन्छ?

    • १ अध्याय: ______________
    • २ अध्याय: ______________
    • ३ अध्याय: ______________
    • ४ अध्याय: ______________
    • ५ अध्याय: ______________

प्रभुको आगमन सम्बन्धि अति विस्तृत खण्ड १ थेस्सलोनिकी ४:१३-१८ मा पाइन्छ:

 

९) नयाँ विश्वासीलाई शैतानको बारेमा सिकाइनुपर्छ।

के पावलले मानिसहरूलाई परिक्षामा पार्ने वास्तविक शैतानमा विश्वास गर्थे (१ थेस्सलोनिकी ३:५)? ___________ २ थेस्सलोनिकी २:१-१२ ले शैतानको बारेमा र भविष्यमा उसले के गर्ने प्रयास गर्नेछ भनी थप प्रकाश दिन्छ। यी पदहरू पढ्दाहुँदी, तपाईंले शैतान, शैतानको मानिस (पापको मानिस, ख्रीष्टविरोधी) र शैतानको शक्तिको बारेमा के-कस्ता कुराहरू सिक्नुहुन्छ? परमेश्वरको सत्यतालाई भन्दा बेसी शैतानको झूटलाई विश्वास गर्ने मानिसहरूलाई के हुनेछ?

१०) आफ्नो दैनिक कार्यमा आफ्नो जिम्मेवारीहरूको बारेमा नयाँ विश्वासीलाई सिकाइनुपर्छ।

विश्वासीहरू अल्छी हुँदा अनि प्रभुलाई मनपर्ने र अरूलाई असल गवाही हुने कामहरू गर्न चुक्दा शैतान खुसी हुन्छ। थेस्सलोनिकामा यस्ता मानिसहरू थिए जोहरूले केही पनि काम गरिरहेका थिएनन् (१ थेस्सलोनिकी ४:११; २ थेस्सलोनिकी ३:१०-१२)। यी मानिसहरूका निम्ति पावलले केही कडा शब्दहरू प्रयोग गरे र उनीहरूले काम गरेनन् भने उनीहरूले _________ पनि हुँदैन समेत भने (२ थेस्सलोनिकी ३:१०)।

जब एउटा व्यक्तिले मुक्ति पाउँछ, यसले उसलाई एउटा खराब कामदार, खराब विद्यार्थी अथवा लापर्वाह गृहिणी बनाउनु हुँदैन! ख्रीष्टियनले परमेश्वरको महिमाको निम्ति ऊ हुन सक्ने सम्मको उत्तम कामदार वा उत्तम विद्यार्थी बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्छ। एउटी ख्रीष्टियन महिलाले ऊ हुन सक्ने सम्मको उत्तम गृहिणी, आमा र श्रीमती बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्छिन् भने एउटा पुरुषले पनि ऊ हुन सक्ने सम्मको उत्तम श्रीमान, पिता र व्यवस्था गर्ने व्यक्ति बन्नलाई परमेश्वरको सहायताको निम्ति उहाँमा भर पर्न सक्दछ!

११) नयाँ विश्वासीले आफूमाथि परमेश्वरले अगुवाको रूपमा राख्नुभएकाहरूलाई आदर र प्रेम गर्नुपर्छ।

थेस्सलोनिकीमा यस्ता मानिसहरू थिए जोहरू अगुवाहरू थिए र जोहरू बगालको (विश्वासीहरूको) आत्मिक उन्नतिका निम्ति जिम्मेवार थिए। पावलले थेस्सलोनिकीका विश्वासीहरूलाई ती मानिसहरू प्रति आफ्नो ठीक आचरण राख्न प्रेरित गरे (१ थेस्सलोनिकी ५:१२-१३ हेर्नुहोस्)।

के तपाईंले आफ्नो पास्टर र मण्डलीका अन्य अगुवाहरूलाई आदर र प्रेम गर्नुहुन्छ? उहाँहरूले आफ्नो दिनहुँको कार्यभार सम्हाल्नुहुँदा के तपाईंले उहाँहरूको निम्ति प्रार्थना गर्नुहुन्छ? के तपाईंले उहाँहरूलाई हरेक सम्भावित तरिकाले सहायता गर्न खोज्नुहुन्छ? तपाईंले उहाँहरूलाई के कस्ता तरिकाहरूले सहयोग गर्न सक्नुहुन्छ?

१२) नयाँ विश्वासीले ऊ आफू पूरा बढिसकें भन्ने विचारमा आइपुग्नु हुँदैन।

थेस्सलोनिकीहरू नयाँ विश्वासीहरू भए तापनि, उनीहरूले राम्रो उन्नति गर्दै थिए। पावलले उनीहरूको विश्वास, उनीहरूको प्रेम र उनीहरूको आशाको सम्झना गरे (१ थेस्सलोनिकी १:३)। तर उनीहरूले राम्रो गरिरहेको भए तापनि, उनीहरूले अझै राम्रो गरून् भनी पावलको इच्छा थियो!

के पावल यी विश्वासीहरूमा भएको विश्वासको निम्ति धन्यवादी थिए (१ थेस्सलोनिकी ३:६)? ____________ के उनीहरूको विश्वास जस्तो हुनुपर्ने त्यस्तै थियो, कि उनीहरूको विश्वासमा सुधार गरिनुपर्ने थियो (१ थेस्सलोनिकी ३:१०)? ________________________________ के उनीहरूको प्रेम जस्तो हुनुपर्ने त्यस्तै थियो, कि उनीहरूको प्रेममा सुधार गरिनुपर्ने थियो (१ थेस्सलोनिकी ३:१२)? ________________________________
के यी ख्रीष्टियनहरूले एक अर्कालाई प्रेम गर्दथे (१ थेस्सलोनिकी ४:९)? ____________ के पावलले उनीहरूको प्रेम उस्तै रहेको चाहन्थे कि बढेको (१ थेस्सलोनिकी ४:१०)? ______________________________________
हाम्रो ख्रीष्टियन जीवनको कुनै कुनै क्षेत्रमा हामीले जतीसुकै राम्रो गरे तापनि, हामी बढ्नु पर्ने जति बढिसक्यौं भनेर हामीले कहिल्यै पनि सोच्नुहुँदैन। हामीले जति राम्रो गरे तापनि, परमेश्वरले हामीहरूले झन्-झन् उत्तम गर्दै परमेश्वरलाई र अरूहरूलाई झन्-झन् बेसी प्रेम गरेको चाहनुहुन्छ! हामीले राम्रो गरेको जुनसुकै कुरा भए तापनि, परमेश्वरले उक्त काममा झन् प्रगती गरेको र अझै बेसी उहाँलाई प्रतिबिम्बित गरेको चाहनुहुन्छ!

के कुनै ख्रीष्टियनले “म बढिसकें! अब उसो म बढ्नुपर्दैन!” भनी कहिल्यै भन्न सक्ला,? ______________________ परमेश्वरले हामीलाई बढिरहन र हामीले प्राप्त गर्नुपर्ने कुराहरू झन्-झन् बेसी प्राप्त गर्न सहायता गर्नुभएको होस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email