कैद पत्रहरू

कैद पत्रहरू

 

कैद पत्रहरू

 

(एफेसी, फिलिप्पी, कलस्सी, फिलेमोन)

रोमीको पुस्तकको अध्ययनमा (पाठ ५ हेर्नुहोस्), पावलको रोम शहर जाने र त्यहाँ विश्वासीहरूलाई भेट्ने आफ्नो ठूलो इच्छा रहेको बारेमा हामीले अध्ययन गर्यौँ (रोमी १:१०-१२)। पावललाई रोम जान परमेश्वरले सम्भव तुल्याउनुभयो, तर ती सबै घटनाहरू असामान्य किसिमले घटे। पावल एक कैदीको रूपमा रोममा ल्याइएका थिए! उनको अपराध यही थियो, उनले परमेश्वरको अनुग्रहको सुन्दर सुसमाचार प्रचार गरेका थिए (अर्थात्, चाहे यहूदी वा अन्यजाति, कमारा वा स्वतन्त्र, पुरुष वा स्त्री, धनी वा गरिब, ख्रीष्टद्वारा परमेश्वरकहाँ आउने सबैलाई पूर्ण रूपले मुक्त गर्न परमेश्वर योग्य हुनुहुन्छ—हिब्रू ७:२५; गलाती ३:२८)। पावल रोममा पुगेको चाखलाग्दो घटना प्रेरितको पुस्तक, २१-२८ अध्यायहरूमा बताइएको छ।

पावल कैदीको रूपमा रोममा हुँदा, उनले नयाँ नियमका चारओटा पत्रहरू लेखे। ती हुन्: एफेसी, फिलिप्पी, कलस्सी र फिलेमोन।

 

पावलले आफैंलाई रोमीहरूको कैदीको रूपमा सोचेनन् (यद्यपि उनी रोमीहरूकै कैदी थिए) बरू उनले आफैंलाई ___________ _____________ कै_________ को रूपमा देखे (एफेसी ३:१ र ४:१ सित तुलना गर्नुहोस्)। प्रभुको कैदी र दास हुनु कति सुन्दर कुरा हो!

जीवित परमेश्वरले पावललाई पक्रनुभएको थियो र उहाँले उनलाई स्वतन्त्र पार्नुहुने थिएन! के जीवित प्रभुले तपाईंलाई पक्रनुभयो? के तपाईं प्रेमको सङ्लाहरूले बाँधिनुभएको छ?

 

१) एफेसी—ख्रीष्ट हाम्रो धन हुनुहुन्छ!

एकजना चाँदीको खोजी गर्ने वृद्ध व्यक्तिको बारेमा एउटा कथा बताइएको थियो जसले ओल्ड वेस्ट (Old West) को पहाडहरूमा चाँदीको खोजी गर्न आफ्नो सम्पूर्ण जीवन बिताएको थिए। उनी खोजी कार्यमा यती लिप्त थिए कि तिनको श्रीमती र नानीहरूले पनि तिनलाई छोडिदिए। जब उनी मरे, तिनलाई गाड्न आएका केही मानिसहरूले तिनको सामग्रीहरू माझमा एउटा टिपोट भेट्टाए जसमा तिनले आफूलाई आफ्नै कोठामुनि गाड्न अनुरोध गरेका थिए। जब केही माटोहरू खनेर निकालियो, केही चमकिलो खरानी रङ्गको सामग्री देखिन थाल्यो। त्यो त क्यालिफोर्नियाको इतिहासमा नै मूल्यवान कम्स्टक सिल्भर भेन (Comstock Silver Vein) थियो। उक्त चाँदीको खोजकर्ता उसको जीवनभरी नै करोडपति थियो, तर उसले कहिल्यै पनि आफ्नो सम्पत्तिको दाबी गरेन। वास्तवमा आफू कति धनी छु भन्ने पनि उसले महसुस गरेकै थिएन!

हरेक साँचो विश्वासी आत्मिक खरबपति हो। ख्रीष्टको गरिबीद्वारा हामी _________ होऔं भनेर उहाँ गरिब हुनुभयो (र हाम्रो निम्ति मर्नुभयो) भनी बाइबलले बताउँदछ (२ कोरिन्थी ८:९)। हामी कत्तिको धनी छौं भनी महसुस गर्न प्राय: विफल हुनु नै समस्या हो। विश्वासी भनेको राजाको सन्तान हो तर प्राय: जसो ऊ राजकुमार जस्तो जिउनुको सट्टा कङ्गाल जस्तो भएर जिउन पुग्छ! एफेसीको पुस्तक हामी कत्तिको धनी छौं भनेर हामीलाई देखाउन र ख्रीष्टमा भएको हाम्रा आशिषहरूको सम्झना दिलाउन लेखिएको हो। परमेश्वरले “हामीलाई स्वर्गीय स्थानहरूमा सबै आ___________ आ__________ ख्रीष्टमा आशिषित पार्नुभएको छ” (एफेसी १:३)!

एफेसीको पुस्तकको पहिलो तीन अध्यायहरूलाई सरसरती हेर्दा, ख्रीष्टमा तपाईंले पाउनुभएको केही आशिषहरू र धनहरू के-के हुन् (दुईटा तपाईंको निम्ति गरिएको छ):

परमेश्वरले मलाई उहाँको आफ्नै हुनका निम्ति चुन्नुभएको छ (एफेसी १:४-५)___________

परमेश्वरले मेरा सबै पापहरू क्षमा गर्नुभएको छ (एफेसी १:७)______________________________________ _________________________________________ _________________________________________ _________________________________________ _________________________________________ _________________________________________ सबै विश्वासीहरूले साझा रूपमा बाँड्ने आशिषहरूमध्ये एउटाचाहिँ येशू ख्रीष्टको मण्डलीको सदस्य हुने विशेषाधिकार पाउनु हो। एफेसीको पुस्तकले मण्डलीको बारेमा थुप्रै कुराहरू गरेको छ।

पावलले मण्डलीलाई शरीरको रूपमा व्याख्या गर्छन्। के तपाईंले एफेसीको पुस्तकको पहिलो चार अध्यायहरूमा मण्डलीलाई ख्रीष्टको शरीरको रूपमा व्याख्या गर्ने केही पदहरू भेट्टाउन सक्नुहुन्छ?

    • एफेसी १ अध्याय, पद ___________
    • एफेसी २ अध्याय, पद ___________
    • एफेसी ३ अध्याय, पद ___________
    • एफेसी ४ अध्याय, पद ___________

यस शरीरको शिर ख्रीष्ट हुनुहुन्छ (एफेसी १:२२-२३) र हरेक विश्वासीचाहिँ अङ्ग हो!

पावलले मण्डलीलाई भवन वा मन्दिर (परमेश्वर वास गर्नुहुने र जिउनुहुने पवित्र स्थान) भन्दछन्। के तपाईंले एफेसी २ अध्यायमा मण्डलीलाई मन्दिर भनी सम्बोधन गरिएको पद भेट्टाउन सक्नुहुन्छ? एफेसी २ अध्याय, पद __________।

पावलले मण्डलीलाई केवल शरीर र भवन भनी भनेका छैनन्, तर दुलही भनेर पनि भनेकाछन्। एफेसी ५:२२-३३ मा विवाहले कुन कुराको चित्रण गर्नुपर्छ भनी पावलले होशियारपूर्वक वर्णन गर्दछन्। श्रीमानले प्रभुको चित्रण गर्नुपर्छ र श्रीमतीले मण्डलीको चित्रण गर्नुपर्छ। श्रीमतीले उसको श्रीमानको आदर गर्नुपर्छ, अधिनमा रहनुपर्छ, आज्ञापालन गर्नुपर्छ र तिनको आदर गर्नुपर्छ। त्यही तरिकाले मण्डलीले प्रभुको आदर गर्नुपर्छ, अधिनमा सुम्पनुपर्छ, आज्ञा पालन गर्नुपर्छ र उहाँलाई सम्मान गर्नुपर्छ।

शरीरको अङ्ग हुनु, भवनको हिस्सा हुनु र प्रभुसँग विवाहित हुनु कस्तो आशिषपूर्ण कुरा हो (उहाँसँगको निकटमतामा र उहाँसँगको नजिकको सम्बन्धमा आनन्द मनाउनु)!

 

२) फिलिप्पी—ख्रीष्ट हाम्रो आनन्द हुनुहुन्छ!

फिलिप्पीहरूलाई पावलले लेखेको पत्र वास्तवमा “धन्यवाद ज्ञापन पत्र” हो जहाँ पावलले फिलिप्पीहरूलाई उनीहरूले तिनलाई पठाएका उपहारहरूको निम्ति धन्यवाद दिएका छन् (फिलिप्पी ४:१५-१७)। तर पावलले यस पत्रलाई यी विश्वासीहरूलाई प्रभुमा उत्साहित गराउन र बलियो बनाउन प्रयोग गरे।

यस पत्रको चाबी शब्द “आनन्द” हो। के तपाईंले यस पत्रका हरेक अध्यायहरूमा यो शब्द भेट्टाउन सक्नुहुन्छ?

यो शब्द भेट्टाउन सकिने पदहरूलाई लेख्नुहोस्:
फिलिप्पी १ अध्याय: ________________________________
फिलिप्पी २ अध्याय: ________________________________
फिलिप्पी ३ अध्याय: ________________________________
फिलिप्पी ४ अध्याय: ________________________________

“आनन्द” र “खुशी” बीच भिन्नता छ भनी पावलले जाने। एउटा व्यक्ति खुशी भएर पनि वास्तवमा आनन्दित नभएको हुन सक्छ। “खुशी” को अङ्ग्रेजी शब्द “Happy” चाहिँ “Hap” बाट आएको हो जस्को अर्थ हुन्छ, सन्जोग, भाग्य, मौका। यदि सबै कुराहरू “भाग्यशाली” (“Hap”) हुन गयो भने एउटा मानिस खुशी (“Happy”) हुन सक्छ! तपाईंले चिताउनु भएको जस्तो भयो भने तपाईं खुशी हुन सक्नुहुन्छ।

उदाहरणको निम्ति, यी कुराहरू भए भने तपाईं खुशी बन्नुहुनेछ,
सुन्दर दिन भएमा
जन्मदिनमा विशेष किसिमको उपहार पाउनुभएमा
स्कूलको रिजल्ट राम्रो आएमा
सबै कुराहरू तपाईंले भन्नुभए जस्तै भएमा

तर यदि तपाईंको भाग्य राम्रो भएन भने नि? कामकुराहरू तपाईंले चिताउनुभएको अनुसार भएन भने के हुन्छ होला? यदि यी कुराहरू भए भने…
पानी परेर सबै योजनाहरू भद्रगोल भयो भने
तपाईंले सोच्नुभए अनुसार उपहार पाउनुभएन भने
स्कूलको रिजल्ट राम्रो आएन भने
तपाईं बिमार हुनुभयो भने
तपाईंको मनपर्ने टोलीले जितेन भने
तपाईंको साथीले तपाईंलाई निराश बनायो भने

खुशी हुने कुरा परिस्थिती र घटनाहरूमा भर पर्छ! सबै कामकुराहरू ठीक भए भने, म खुशी हुन सक्छु! यदि कामकुराहरू ठीक भएनन् भने, मेरो खुशी मसँग रहनेछैन!

आनन्द भनेको योभन्दा धेरै भिन्न कुरा हो। फिलिप्पी ४:१४ अनुसार, एउटा विश्वासी कत्तिको आनन्दित हुने गर्नुपर्छ (ठीक जवाफमा गोलो चिन्ह लगाउनुहोस्)?

    • क. कामकुराहरू राम्रो हुन जाँदा
    • ख. कहिलेकसो
    • ग. सँधै
    • घ. साताको कम्तिमा एक पटक

विश्वासी कुन कुरामा आनन्द गर्नुपर्छ?

    • क. हाम्रो परिस्थितीहरूमा आनन्द गर्नुपर्छ
    • ख. विश्वको अवस्थामा र दैनिक खबरपत्रिकामा हामीले पढेका समाचारहरूमा आनन्द गर्नुपर्छ
    • ग. हामी आफैंमा आनन्द गर्नुपर्छ
    • घ. प्रभुमा आनन्द गर्नुपर्छ

आनन्द हाम्रो परिस्थितीमा भर पर्ने कुरा होइन, आनन्द परमेश्वरमा भर पर्ने कुरा हो, र उहाँ कहिल्यै बदली हुनुहुँदैन! पावलको परिस्थितीहरू भयावह (उनी एक कैदी थिए!) भए तापनि, उनले आनन्द मनाउन सक्थे (प्रेरित १६:२२-२५ सित तुलना गर्नुहोस्)।

जहिले पनि हामीले सोचेकै जस्तो हुन्छ भनी हामीले ठान्नुहुँदैन। तर जेसुकै भए तापनि परमेश्वर जहिले पनि परमेश्वर नै रहनुहुनेछ भनी हामीले ठान्नसक्छौं। तपाईं कतै यात्रा गर्न जानुहुँदा गाडी बिग्रेर गाडी बनाउँदा बनाउँदै दिन बित्यो। के यसको अर्थ परमेश्वर बदलिनुभएको छ भन्ने हुन्छ? के परमेश्वरका प्रतिज्ञाहरू बदलिएका छन्? के परमेश्वर तपाईंलाई यस्ता परिस्थितीहरूमा पनि सिकाउन र आशिष दिन योग्यको हुनुहुन्छ?

 

३) कलस्सी—ख्रीष्ट हाम्रो सबथोक हुनुहुन्छ!

कलस्सीहरूको निम्ति पावलको पत्र गलातीहरूलाई लेखिएको उनको पत्रसँग मिल्दोजुल्दो छ किनभने कलस्सीको मण्डली पनि झूटो शिक्षाद्वारा प्रभावित भएको थियो।

झूटा शिक्षाले (आज पनि) येशू ख्रीष्ट साँच्चै को हुनुहुन्छ भन्ने कुराको प्राय: गलत सन्देश वा विचार प्रस्तुत गर्दछ। उदाहरणको निम्ति, यहोवाका शाक्षीहरू झूटा शिक्षा हो। उनीहरूले परमेश्वर (यहोवा) ले येशू ख्रीष्टलाई सृष्टि गर्नुभयो र त्यसपछि येशू ख्रीष्टले बाँकी सबैकुराहरू सृष्टि गर्नुभयो भनी सिकाउँछन्। यस कुराले येशूलाई एउटा सामान्य प्राणी मात्र बनाउँछ। यस कुराले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने पनि सिकाउँछ, किनभने परमेश्वरको कुनै सुरु वा अन्त्य हुँदैन र परमेश्वर सृष्टि गरिनुभएको होइन। यो खतरापूर्ण र झुटो शिक्षा हो किनभने बाइबलले “वचन प_________ हुनुहुन्थ्यो” (यूहन्ना १:१) भनी भन्दछ।

यस प्रकारका त्रुटी र झूटा शिक्षासँग व्यवहार गर्दा येशू ख्रीष्ट साँच्चै को हुनुहुन्छ भनी देखाउनु सर्वोत्तम तरिका हो! कलस्सीको पुस्तकले यही काम गर्दछ। यस पुस्तकले ख्रीष्ट सबैभन्दा उच्च, सबै कुराहरूका सृष्टिकर्ता, मण्डलीको शिर र सबैकुरामा पहिलो स्थान दिइनुपर्ने व्यक्ति हुनुहुन्छ भनी सिकाउँछ! हो, हामीलाई आवश्यक पर्ने सबै कुरा नै येशू हुनुहुन्छ; हाम्रो सबै खाँचो नै उहाँ हुनुहुन्छ र हामी उहाँमा पूर्ण छौं (कलस्सी २:१०)।

कलस्सी १ अध्यायमा, हाम्रो प्रभुको बारेमा बताउने निम्न वाक्यहरूसँग मिल्ने पद भेट्टाउनुहोस्:

 

कलस्सीको पुस्तक र एफेसीको पुस्तक धेरै हिसाबमा उस्तै छन्। पावलले यी दुवै पत्रहरूलाई एकै दिनमा नै लेखेको हुन सम्भव छ। यो थाह गर्न निम्न पदहरूलाई तुलना गर्नुहोस्:

एफेसी १:७ र कलस्सी १:१४
एफेसी ४:२९ र कलस्सी ३:८
एफेसी ४:३२ र कलस्सी ३:१३
एफेसी ५:१९ र कलस्सी ३:१६

फेरी, यी दुवै पत्रहरूले मानिसहरूका निम्न समूहहरूलाई अर्ती र आज्ञाहरू दिँदछन्, पत्नीहरू, पतीहरू, नानीहरू, बुबाहरू, कमाराहरू (दासहरू), मालिकहरू (कमाराहरूका मालिक)। एफेसी ५:२२-६:९ पढ्नुहोस् र कलस्सी ३:१८-४:१ सित तुलना गर्नुहोस्।

 

४) फिलेमोन—भगुवा दासको कथा

पावलले यो संक्षिप्त पत्र फिलेमोन नाम गरेका एकजना विश्वासीलाई लेखेका हुन्। फिलेमोन कलस्सीमा भएको मण्डलीको एक सदस्य थिए। यो छोटो पत्र पढ्दा, हामीले एकजना दासको बारेमा जान्न सक्छौं जसले आफ्नो मालिक फिलेमोनकहाँबाट कुनै थोक चोरी गरेको थियो (१८ पद हेर्नुहोस्) र रोमको शहरबाट भागेको थियो। समयसँगै, यो भगुवा दास (जसको नाम ओ_____________ हो) परमेश्वरको मिसनरी, प्रेरित पावलकहाँ भागेर गयो! त्यस समयमा पावल पनि कैदी थिए! पावलले ओनेसिमससित मुक्तिको असल खबर बाँडे र उसले नयाँ जन्म पायो (१० पद)। त्यो दास अबउसो मुक्ति पाएको दास थियो र उसले एकजना बिल्कुलै नयाँ मालिक पाएको थियो!

मानौं ओनेसिमस अचानक उसको मालिक फिलेमोनकहाँ फर्कियो। फिलेमोनले के भने होला? सायद यस्तै केही भनेको हुनुपर्छ, “तँ काम नलाग्ने दुष्ट! तैंले मबाट चोरेको त्यो पैसा खोई? चोरेर भागेको कारणले तँ दण्डको योग्य छस्!”

जे होस्, फिलेमोनले आफूकहाँ फर्केर आएको उक्त दास भागेर गएको दासभन्दा निकै भिन्न छ भनी महसुस गरेनन् होला! भागेर गएको व्यक्ति बेफाइदाजनक दास थियो; फर्केर आएको व्यक्ति ख्रीष्टमा एउटा फाइदाजनक भाइ थियो (११ पद हेर्नुहोस्—ओनेसिमस नामको अर्थ “फाइदाजनक” हो)।

पावलले ओनेसिमसलाई फिलेमोनकहाँ फिर्ता मात्र पठाएनन्; तर उनले यो सानो पत्र पनि पठाए जसलाई आज हामी फिलेमोनको पुस्तक भन्दछौं। फिलेमोनले यो पुस्तक पढेपछि, उनले ओनेसिमसलाई के भने होला? सायद उनले यस्तो भने, “ओनेसिमस, तिमी मेरो दास हौ, तर दासभन्दा बढी तिमी मेरो _________ हौ (१६ पद)। ख्रीष्टले तिम्रा सबै पापहरू क्षमा गरिसक्नुभयो भन्ने कुरा मलाई थाह छ, र म पनि तिमीलाई क्षमा गर्न खुसी छु यद्यपि तिमी मबाट भागेर गयौ। ख्रीष्टको शरीरमा त्यहाँ दास वा स्वतन्त्र केही हुँदैन; हामी सबैजना ख्रीष्टमा एक हौं। परमेश्वरको सहायताले म तिम्रो लागि सक्दो असल मालिक बन्न चाहन्छु! हाम्रो घरमा स्वागत छ!”

एफेसी ४:३२ र कलस्सी ३:१३ फिलेमोनको पुस्तकसँग कसरी मिल्दो जुल्दो हुन पुग्छ?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email