मण्डलीमा समस्याहरू

मण्डलीमा समस्याहरू

 

मण्डलीमा समस्याहरू

(१ कोरिन्थी, २ कोरिन्थी, गलाती)

भित्रबाट समस्या—कोरिन्थीहरूका निम्ति पत्रहरू

कुनैपनि मण्डलीमा र हरेक मण्डलीमा समस्याहरू हुन्छन्। एकपटक एकजना मानिसले आफ्नो स्थानीय मण्डलीमा हरेक प्रकारका समस्याहरू देखेछ। उसले उक्त मण्डली छोड्ने र सिद्ध मण्डली खोज्ने निर्णय गरेछ। जानुभन्दा पहिले, कुनै एकजनाले उसलाई यस्तो सल्लाह दिएछन्, “जब तपाईंले सिद्ध मण्डली भेट्टाउनुहुनेछ, त्यहाँ नजानुहोस्, नत्र तपाईंले त्यसलाई पनि बिगार्नुहुनेछ!”

मण्डली मानिसहरूद्वारा बनिएको हुन्छ, र मानिसमा समस्याहरू हुन्छन्। तरैपनि, त्यहाँ एकजना वास्तविक परमेश्वर हुनुहुन्छ जससँग मानिसहरूले सामना गर्नुपर्ने वास्तविक समस्याहरूको वास्तविक जवाफहरू छन्! कुनै पनि मण्डली सिद्ध छैन, तर “परमेश्वरचाहिँ—उहाँको बाटो _______ छ” (भजनसङ्ग्रह १८:३०) र परमेश्वरको वचन वा परमेश्वरको व्यवस्था ____________ छ (भजनसङ्ग्रह १९:७)! मण्डलीसँग सिद्ध परमेश्वर र सिद्ध पुस्तक छ!

एकपटक कोरिन्थको शहरमा अवस्थित एउटा मण्डली थियो जसमा कैयौं समस्याहरू थिए। यी समस्याहरूमध्ये केहीको अध्ययन गर्नु अगाडि, यस शहरको बारेमा केही कुरहरू सिकौं।

पापको शहर

तलको नक्सा हेर्नुहोस् र कोरिन्थ शहर पत्ता लगाउनुहोस्।

 

सबसे दक्षिणी भागलाई मूख्य भूमीसँग जोड्ने साँघुरो भू-भाग बाहेक ग्रीसको दक्षिणी जमिनको भूभाग धेरै हिसाबमा एउटा ठूलो टापु जस्तो देखिन्छ। के तपाईंले नक्सामा यो साँघुरो भू-भाग भेट्टाउन सक्नुहुन्छ? कोरिन्थको शहर भनिने यो साँघुरो भू-भाग अर्थात् “इस्मस” (स्थल संयोजक) को एकदम नजिकमा अवस्थित थियो। (दुई ठूला भू-भागहरूलाई जोड्ने साँघुरो भू-भागलाई इस्मस भनिन्छ।)

कोरिन्थ विशेष महत्व बोकेको शहर थियो, विशेषगरी यात्रीहरू वा व्यापारीहरूको निम्ति। क्रमिकरूपमा आइरहने आँधिबेहरीजन्य मौसमको कारण ग्रीसको सबसे दक्षिणी भागबाट यात्रा गर्नु जोखिमपूर्ण हुन्थ्यो। छोटो बाटो यात्रा गर्नु नै अति उचित थियो। व्यापारीहरू वा यात्रीहरूले कोरिन्थको नजिक आफ्ना जहाजहरूबाट ओर्लन्थे, उक्त साँघुरो भू-भागबाट (करिब ६.५ किलोमिटर) भएर आफ्ना मालसामानहरू बोकेर लान्थे र अर्को जहाजमा सार्दथे। साना-साना जहाजहरू वारीबाट पारीसम्म चिप्लो पारिएको काठको बाटोमा (जहाजलाई सार्न काठबाट बनाइएको पटरी) घिसारेर पल्लोपट्टि लैजान सकिन्थ्यो। यसरी यस स्थलको पारी जानु फाइदाजनक हुन्थ्यो किनभने घुमेर जाने अर्को मार्ग खतरापूर्ण मात्र थिएन, त्यो मार्गबाट यात्रा गर्नु अति लामो पनि पर्थ्यो (करिब ३२२ किलोमिटर)। कोरिन्थको बाटो भएर जाँदा जीवन मात्र होइन समय पनि बाँच्ने गर्थ्यो! निम्न नक्सामा कोरिन्थ र नजिकको इस्मसलाई नजिकबाट देखाइएको छ।

 

सन् १८८१-१८९३ मा एउटा नहर खनियो जसले जहाजहरूलाई यस इस्मसलाई पार गर्न निकै सजिलो बनायो। यो आधुनिक रचना ६.५ किलोमिटर लामो, १७० फुट अग्लो पुलद्वारा वारपार गरिएको छ।

यसको स्थानको कारणले, कोरिन्थमा आगन्तुकहरू र यात्रीहरूको निरन्तर आउजाउ हुन्थ्यो। योचाहिँ व्यापार र व्यवसायको केन्द्र थियो। त्यहाँ ठूलो बजारस्थल थियो र त्यहाँ मानिसहरूका निम्ति मद्य पिउन र मत्त हुन धेरै मदिरालयहरू थिए। धेरै मानिसहरू व्यापार र व्यवसायको कारणले धनाढ्य भए, र प्राय: तिनीहरूले आफ्ना पैसाहरू पापपूर्ण तरिकाहरूमा खर्च गर्दथे। मानिसहरूलाई मनोरञ्जन प्रदान गर्नको निम्ति त्यहाँ विशाल रङ्गमञ्च थियो। दौड खेलकुदहरूको निम्ति पनि उक्त शहर प्रख्यात थियो। हरेक दुई वर्षको अन्तरालमा चिर-परिचित इस्मीय खेलहरूको आयोजना हुने गर्द्थ्यो। ओलम्पिक खेलबाहेक यी दौड खेलकुदहरू निकै प्रख्यात थिए।

विशेषगरी, यो शहर उसको पाप र दुष्टताको निम्ति परिचित थियो। शहरमा मानिसहरूले प्रेमकी देवी एफ्रोडाइट (भेनस) को आदर गर्दथे। त्यसको उपासनालाई “अभिलाषा” भन्ने शब्दले उचित परिचय दिन्छ। त्यसको मन्दिर करिब १००० दुष्ट, अभिलाषापूर्ण स्त्रीहरूले भरिएको थियो र यस मन्दिरमा घुम्न आउने मानिसहरूले त्यो अभिलाषाकी देवीको “पूजा” गर्नलाई ठूलो हिसाबमा रकमहरू तिर्ने गर्दथे। त्यस्तो दुष्टतालाई बाइबलमा “व्यभिचार” भन्ने शब्दमा वर्णन गरिएको छ (पावलले कोरिन्थीहरूलाई यसको बारेमा के लेखे भनी हेर्नुहोस्—१ कोरिन्थी ५:१; ५:९-१०; ६:९; ६:१५-२०; ७:२; १०:८; २ कोरिन्थी १२:२१)।

कोरिन्थको शहर वास्तवमा पापको शहर थियो भनी रोमी सम्राज्य भरका मानिसहरूलाई थाह थियो। कोरिन्थमा भएका अन्यजाति मानिसहरूको राम्रो व्याख्या रोमी १:२१-३२ मा पाइन्छ (वास्तवमा, पावलले रोमीहरूलाई पत्र लेख्दा उनी कोरिन्थमा नै थिए)।

पावल मिसनरीको रूपमा यस शहरमा पहिलोचोटि गएको घटनालाई प्रेरित १८:१-११ मा वयान गरिएको छ। पावल कोरिन्थमा कति समयसम्म बसे (११ पद)? ______________________________ यस समयको सुरुतिर, परमेश्वरले पावललाई यसो भन्दै तिनको हृदयलाई उत्साह दिनुभयो, “यस शहरमा मेरा __________ ____________ छन्” (प्रेरित १८:१०)। पापले दुषित भएको यस शहरमा पनि, परमेश्वरले एउटा महान् कार्य गर्दै हुनुहुन्थ्यो! पापको यस शहरमा धेरै मानिसहरू थिए जसलाई परमेश्वरले मुक्ति दिँदै र परिवर्तन गर्दै (उनीहरूको जीवन पूर्ण रूपमा बदली गरेर फर्काउनु) हुनुहुन्थ्यो! यी मानिसहरूमध्ये केहीको बारेमा तपाईंले १ कोरिन्थी ६:९-११ मा पढ्न सक्नुहुन्छ। परमेश्वरको अनुग्रह यी मानिसहरूकहाँ पुग्नुभन्दा पहिलेका उनीहरूको आचरणको बारेमा केही वर्णनहरू के के हुन् (१ कोरिन्थी ६:९-१०)?__________________________________________ __________________________________________ __________________________________________

परमेश्वरले उनीहरूको हृदयमा मुक्तिको काम गरिसक्नुभएछि तपाईंले उनीहरूलाई कसरी वर्णन गर्नुहुन्छ (१ कोरिन्थी ६:११)?__________________________________________ __________________________________________ __________________________________________

के आज संसारमा पापका शहरहरू छन्? के आजका शहरहरू शुद्धता, सद्गुण र प्रेमका केन्द्रहरू हुन्? के परमेश्वरले आज हाम्रो भूमिका शहरहरू र बजारहरूमा कार्य गर्न सक्नुहुन्छ? मानिसहरूलाई पापको दुषित लेदो र हिलोबाट तानेर निकालेर चट्टान अर्थात्, ख्रीष्ट येशूमाथि बसाल्नुमा नै परमेश्वरको आनन्द छ (१ कोरिन्थी ३:११; भजनसङ्ग्रह ४०:२)!

मानिसका समस्यहरूप्रति परमेश्वरको जवाफ

कोरिन्थीहरूको निम्ति पावलको पहिलो पत्र करिब ई. सं. ५५ तिर लेखिएको थियो। यो पत्र पावलको पहिलो पत्रहरूमध्ये एक हो। १ कोरिन्थीको पुस्तकले कोरिन्थको मण्डलीमा भएको थुप्रै समस्याहरूलाई प्रकट गर्दछ। पावलले निम्न थुप्रै समस्याहरूप्रति परमेश्वरको जवाफ दिनलाई यस शहरमा भएका विश्वासीहरूलाई लेखे:

  1. मण्डलीमा विभाजनहरूको समस्या (१ कोरिन्थी १:१०-१३)
  2. सांसारिक बुद्धिको समस्या (१ कोरिन्थी १:१७-२:१६)
  3. शारीरिकपनाको समस्या (१ कोरिन्थी ३:१-४)
  4. मण्डलीमा अनैतिक सम्बन्धको समस्या (१ कोरिन्थी ५:१-१३)
  5. सङ्गी विश्वासीलाई अदालतमा मुद्दा हाल्ने समस्या (१ कोरिन्थी ६:१-८)
  6. व्यभिचारको समस्या (१ कोरिन्थी ६:१५-२०)
  7. विवाह र त्यागपत्रको समस्या (१ कोरिन्थी ७:१-४०)
  8. मूर्तीहरूलाई चढाइएका मासुहरूको समस्या (१ कोरिन्थी ८:१-१३)
  9. ख्रीष्टको मण्डलीमा पुरुष र स्त्रीहरूले निभाउनु पर्ने भूमिकाको समस्या (१ कोरिन्थी ११:१-१७)
  10. प्रभु भोजको दुरुपयोगको समस्या (१ कोरिन्थी ११:२०-३४)
  11. आत्मिक वरदानहरूको समस्या (१ कोरिन्थी १२:१-३१)
  12. प्रेमको अभावको समस्या (१ कोरिन्थी १३:१-१३)
  13. अन्यभाषाहरूमा बोल्ने विषयमा समस्या (१ कोरिन्थी १४:१-४०)
  14. मरेकाहरूको बौरिउठाइको शिक्षा सम्बन्धि समस्या (१ कोरिन्थी १५:१-५८)
  15. पवित्र जनहरूलाई दिने सम्बन्धमा समस्या (१ कोरिन्थी १६:१-३)

कोरिन्थीमा भएको मण्डली समस्यहरूले ग्रस्त थियो! आजका मण्डलीहरूले पनि यही समस्याहरूलाई उस्तै अथवा बेग्लै रूपमा झेलिरहेका छन्। स्वर्गमा हुनुहुने परमेश्वर समस्याहरूका महान् समाधानकर्ता हुनुहुन्छ भनी यी विश्वासीहरूले जानेको पावल चाहन्थे! परमेश्वरका जनहरूले उहाँको वचनमा दिइएका मार्गदर्शनहरू र अर्तीहरूलाई पछ्याइरहेको हुनुपर्छ। समस्याहरू समाधान हुन सक्छन्, तर तीचाहिँ परमेश्वरकै मार्गद्वारा समाधान गरिनुपर्छ!

कोरिन्थीहरूले सामना गरेका धेरै समस्याहरू धेरै अघि इस्राएलीहरूले सामना गरेका समस्याहरूसँग निकै मिल्दोजुल्दा छन्। आज पनि यही समस्याहरू विद्यमान छन्!

 

१ कोरिन्थीको पुस्तक संभवत: प्रेमको विषयमा लेखिएको सर्वोत्कृष्ट अध्याय (१३ अध्याय) र बौरिउठाएको विषयमा लेखिएको सर्वोत्कृष्ट अध्याय (१५ अध्याय) का निम्ति चिरपरिचित छ!

प्रेरित पावल

२ कोरिन्थीको पुस्तक संभवत: ई.सं. ५६ तिर १ कोरिन्थीको पुस्तक लेखिएको १ वर्षभित्र लेखिएको थियो। हामीसँग उपलब्ध पावलको कलमले लेखिएको निकै व्यक्तिगत पत्र यही हो। नयाँ नियमका अन्य पत्रहरू भन्दा यस पत्रबाट हामीले पावलको बारेमा अधिक कुराहरू (उनी कस्तो व्यक्ति थिए, उनको जीवन, उनको सेवकाइ इत्यादि) जान्न सक्छौं। निश्चय पनि, पावलको जीवन र सेवकाइको बारेमा प्रेरितको पुस्तकबाट पनि हामीले धेरै कुराहरू जान्न सक्छौं।

२ कोरिन्थी पढ्नु भनेको झण्डै-झण्डै कुनै व्यक्तिगत जीवनकथा पढ्नु जस्तै छ। ईश्वरीय प्रेरणाद्वारा लेखिएको यस पत्रमा हामीले कोरिन्थीकाहरूको निम्ति पावलको उच्चतम प्रेम र उनीहरूको आत्मिक प्रगतिको विषयमा उनमा भएको विशिष्ट वास्ताहरू देख्दछौं (२ कोरिन्थी २:४; ६:११; ११:२; १२:१४-१५; १२:१९; १३:१०)।

यस पुस्तकबाट पावलको जीवनीको बारेमा हामीले कसरी सिक्न सक्छौं भन्ने बारे यहाँ एउटा उदाहरण दिइएको छ। प्रेरित ९:१६ मा प्रभुले पावलको विषयमा यस्तो भन्नुभयो, “किनभने उसले मेरा नामका निम्ति कति धेरै ____________ भोग्नुपर्छ, सो म उसलाई देखाउनेछु”। पावलले आफ्नो प्रभु र मुक्तिदाताको निम्ति दु:ख भोगे! २ कोरिन्थी ११:२३-२८ पढेर, के तपाईंले पावलले कसरी दु:ख भोगे भनी वर्णन गर्ने सातओटा बुँदाहरू सुचित गर्न सक्नुहुन्छ?

    1. ________________________________________
    2. ________________________________________
    3. ________________________________________
    4. ________________________________________
    5. ________________________________________
    6. ________________________________________
    7. ________________________________________

पावल परमेश्वरका जन थिए र परमेश्वरका प्रेरित थिए भनी कोरिन्थीहरूले पहिचान गर्नु खाँचो थियो। दुवै १ र २ कोरिन्थीमा पावलले आफू साँच्चै मण्डलीहरूको वास्ता गर्न परमेश्वरबाट पठाइएको प्रेरित थिए भनी बुझ्न कोरिन्थीहरूलाई सहायता गरे (१ कोरिन्थी ९:१-२; २ कोरिन्थी १०:१-१८ र १२:११-१२)। आज पनि हामीले हामीलाई शिक्षा दिन, हामीलाई अगुवाइ गर्न र हामीलाई वचनबाट खान्दिन स्थानीय मण्डलीमाथि परमेश्वरले राख्नुभएका पास्टरहरू र अगुवाहरूको पहिचान गर्दै उहाँहरूको आदर गर्नुपर्छ (१ थेस्सलोनिकी ५:१२-१३; हिब्रू १३:१७)। के तपाईंको स्थानीय मण्डलीमा परमेश्वरले तपाईंको निम्ति दिनुभएको पास्टरहरू र अन्य अगुवाहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिइरहनुभएको छ?

बाहिरबाट समस्या—गलातीको पत्र

कोरिन्थीहरूमाझ मण्डलीभित्रबाट समस्या थियो—अर्थात् उनीहरू आफैंले खडा गरेका समस्याहरू थिए। गलातीहरूमाझ बाहिरकाहरूबाट समस्या थियो, अर्थात्, उनीहरूलाई विचलित पारिरहेका र ठूला झूटहरू सिकाइरहेका झूटा शिक्षकहरूबाट (गलाती १:६-७; ५:१०)। गलातीहरूको निम्ति पावलको पत्र उनको सुरुका पत्रहरूमध्ये एक थियो। यो पत्र आजकको दिनको एशिया माइनरमा (नक्सा हेर्नुहोस्) अवस्थित मण्डलीहरूलाई पठाइएको थियो (गलाती १:२)।

गलातीको पुस्तकलाई पावलको युद्धको पत्र पनि भनिएको छ। यो पत्र लेख्दा पावलले आफ्नो मुहार युद्धमा जाने मानिसले आफ्नो अनुहारमा रङ्ग लगाए जस्तै बनाएको हामी कल्पना गर्न सक्छौं! यी मण्डलीहरूमाझ फैलिँदै गरेको झूटा शिक्षाको विषयमा पावलको साह्रै ठूलो चासो थियो।

झूटा शिक्षाभन्दा विनाशकारी थोक अरू कुनै छैन। मानिसहरू आफूले के खाँदैछु भन्ने कुरामा सतर्क रहन्छन्। के तपाईंले ५ लिटर मट्टितेल पिउनुहुन्छ? के तपाईंले विषालु च्याउ खानुहुन्छ? के तपाईंले आफ्नो दुधमा आर्सनिक मिसाएर पिउनुहुन्छ? यी कुराहरू खतरापूर्ण हुन सक्छन्! यस्ता कुराहरूले जीवन नाश गर्न सक्छ!

आत्मिक क्षेत्रमा पनि झूटा शिक्षा खतरापूर्ण हुनसक्छ। यदि कुनै मानिसले मुक्ति पाएर स्वर्ग जाने हो भने, उसले साँचो सुसमाचार सुन्नै पर्छ (पावलले रोमीको पुस्तकमा अघि सारेको सुसमाचार—यस अध्ययनमालाको ५ पाठ हेर्नुहोस्)। झूटा शिक्षकहरूले सिकाएको सुसमाचार कहिल्यै पनि एउटा मानिसलाई मुक्ति दिँदैन। झूटा सुसमाचारले कहिल्यै पनि साँचो मुक्ति ल्याउन सक्दैन। गलातीको पुस्तकमा पावलले भने, यदि कसैले झूटा सुसमाचार प्रचार गर्छ भने, परमेश्वरको श्राप उसमाथि रहनेछ (गलाती १:८-९)!

मानिस कसरी परमेश्वरसँग ठीक हुनसक्छ? झूटा शिक्षकहरूले एउटा मानिस परमेश्वरसँग ठीक हुनलाई ख्रीष्टमा विश्वास गर्नुपर्छ र व्यवस्था पनि पालन गर्नैपर्छ भनी सिकाइरहेका थिए (प्रेरित १५:१-२ सित तुलना गर्नुहोस्)। के यो सत्य हो? के एउटा मानिसले परमेश्वरको व्यवस्था पालन गरेर मुक्ति (धर्मी ठहरिनु) पाउँछ कि परमेश्वरको पुत्रलाई विश्वास गरेर? __________________________________________________ यदि व्यवस्था पालन गरेर कुनै मानिसले मुक्ति पाउन सक्छ भने, ख्रीष्ट किन मर्नुपर्यो त (गलाती २:२१)? उहाँको मृत्यु कुनै पनि कारणबिनाको हुनेथियो।

मानिसले कसरी परमेश्वरको सामु ठीक जीवन जिउन सक्छ? झूटा शिक्षकहरूले एउटा मानिसले व्यवस्था पालन गर्न खोजेर, चाडहरू मानेर र पवित्र दिनहरू मानेर ख्रीष्टिय जीवन बिताउनुपर्छ भनी सिकाइरहेका थिए (गलाती ३:१-६; ४:९-११)। के यो सत्य हो? यदि हामीले विश्वासद्वारा ख्रीष्टिय जीवन सुरु गरेका छौं भने (हामीले त्यसरी नै मुक्ति पाएका हौं), के हामीले विश्वासैद्वारा ख्रीष्टिय जीवन जिउन निरन्तरता दिनु पर्दैन र (गलाती ३:२-६)? मैले मेरा आफ्नै कामहरूद्वारा मुक्ति पाएको होइन, र मेरा आफ्नै कामहरूद्वारा म ख्रीष्टिय जीवन जिउँदिन। मैले फलाउने “कामहरू” धेरै राम्रा कामहरू होइनन् (गलाती ५:१९-२१)! परमेश्वरले मेरो हृदयमा महान् कार्य गर्नुहुने कुरामा विश्वास गरेर मैले मुक्ति पाएको थिएँ, र परमेश्वरले उहाँको पवित्र आत्माद्वारा ममा महान् कार्य गर्नुहुन्छ भन्ने विश्वास गर्दै मैले मेरो ख्रीष्टिय जीवन जिउनुपर्छ (गलाती ५:१६,२२-२३)!

जब म कोशिश गर्छु म विफल हुन्छु;
जब म भरोसा पर्छु, उहाँ सफल बन्नुहुन्छ!

गलातीको पुस्तकलाई एउटा पदले संक्षिप्तमा वर्णन गर्दछ:

गलाती २:२०

के तपाईंको विषयमा पनि यो सत्य छ?

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email