परमेश्वरको सुसमाचारको प्रस्तुति
परमेश्वरको सुसमाचारको प्रस्तुति
परमेश्वरको सुसमाचारको प्रस्तुति
(रोमी)
नयाँ नियममा २७ ओटा पुस्तकहरू छन् अनि यीमध्ये धेरैजसो पुस्तकहरू वास्तवमा पत्रहरू हुन्।। यस अध्ययन मालाको पृष्ठ ४ मा हेर्नुहोस्। उदाहरणको लागि, रोमीको पुस्तक रोम शहरमा बस्ने विश्वासीहरूलाई लखिएको पावलको पत्र हो। के तपाईले कसैलाई पत्र लेख्नुभएको छ? पावलले रोमीहरूलाई लेखे जत्तिकै लामो पत्र लेख्नुभएको छ?
हामी सुसमाचारका पुस्तकहरूमा (पाठ २ हेर्नुहोस्) ख्रीष्ट मर्नुभयो भनी सिक्छौं। अनि नयाँ नियमका पत्रहरूमा आएर हामी ख्रीष्ट किन मर्नुभयो भनी सिक्छौं (उदाहरणको लागि हेर्नुहोस्, २ कोरिन्थी ५:२१ र १ पत्रुस ३:१८)। सुसमाचारका पुस्तकहरूले ख्रीष्ट मरेकाहरूबाट बौरिउठ्नुभयो भनी बताउँदछन्। अनि पत्रहरूले चाहिँ यो अचम्मको बौरिउठाइले कसरी मेरो जीवनलाई परिवर्नत गराउन सक्दछ भनी बुझ्न मलाई मद्दत गर्दछन् (रोमी ६:४,५,९,१०,११; २ कोरिन्थी ५:१५)। साथै यी पत्रहरूले आज जीवित प्रभु येशूले मेरो लागि के गर्दैहुनुहुन्छ भनी बझ्न मलाई मद्दत गर्दछन् (हेर्नुहोस् रोमी ८:३४ र हिब्रूको पूरै पुस्तक)। सुसमाचारको पुस्तकहरूले ख्रीष्टको मृत्यु र बौरिउठाइको तथ्य प्रस्तुत गर्दछन्। पत्रहरूले चाहिँ यी तथ्यहरूको व्याख्या गर्दछन्।
पावलले रोमीहरूलाई किन लेखे?
रोमीको पुस्तक ______________ प्रेरितले (रोमी १:१) लेखेका हुन्। पावलले उक्त पत्र ई सं ५६ तिर कोरिन्थी शहरमा हुँदा लेखेका हुन्। पावल कहिल्यै रोम पुगेका थिएनन् तर परमेश्वरले उनलाई त्यो महान् शहरमा जान र त्यहाँका विश्वासीहरूसित भेट्न सम्भव तुल्याइदिनुभएको होस् भनी उनले प्रार्थना गर्दैथिए (हेर्नुहोस् रोमी १:१०-१२)। रोमचाहिँ रोमी साम्राज्यको राजधानी थियो। नक्सामा कोरिन्थ र रोम भेट्टाउन सक्नुहुन्छ (आफ्नो बाइबलको नक्सा प्रयोग गर्न सक्नहुन्छ)?
रोमीहरूलाई लेखिएको पावलको पत्रको सबभन्दा पहिलो पदले नै यो पुस्तकको विषयवस्तुलाई प्रस्ट पारेको छ: “पत्र______ _______ को सु________________”। “सुसमाचार” शब्दको अर्थ असल खबर हो। पावल रोममा आइपुग्नुभन्दा पनि धेरै अगाडि, उनले यी विश्वासीहरूलाई मुक्तिको असल खबर सावधानीपूर्वक व्याख्या गर्ने एउटा पत्र पठाउन चाहे।
रोमीको पुस्तकले एउटा व्यक्ति कसरी परमेश्वरसँग ठीक हुन सक्छ भनी होशियारीपूर्वक देखाउँदछ। पावल यस असल खबरसँग लजाउँदैनथिए, किनभने “वि_________ गर्ने हरेकका लागि … ____________ निम्ति यो परमेश्वरको सामर्थ्य हो” (रोमी १:१६)। वास्तवमा, यदि तपाईंले पावलको जीवनलाई अध्ययन गर्ने हो भने उनले निडर भइ मुक्तिको असल खबर प्रचार गरेको हुनाले उनलाई रोमको शहरमा मृत्युदण्ड दिइएको कुरा थाह गर्नुहुनेछ। उनीहरूले पावललाई मारे, तर यस असल खबरको बारेमा बताउने रोमीको पुस्तक बाँचिरहेकोछ!
रोमीको पुस्तक पढ्दा यो पत्र पावलद्वारा लेखिएको हो र रोममा भएका विश्वासीहरूलाई पठाइएको हो भनी हामीले सम्झना गर्नुपर्छ. तर हामीले यो पनि सम्झना गर्नुपर्छ, कि बाइबल पढ्दा (सबै ६६ ओटा पुस्तकहरू), हामीले जीवित परमेश्वरले लेख्नुभएको प्रेम पत्र पढ्दैछौं जसलाई उहाँले व्यक्तिगत रूपमा तपाईंलाई र मलाई पठाउनुभएको छ। रोमीको पुस्तकमा पनि हामीतर्फ परमेश्वरको अचम्मको प्रेमको बारेमा पढ्न सकिन्छ (रोमी ५:८ र ८:३५-३९ हेर्नुहोस्)!
रोमीको पुस्तकको रुपरेखा
रोमीको पुस्तकलाई पाँच मूख्य भागहरूमा विभाजन गर्न सकिन्छ:
- सबै मानिसहरू परमेश्वरका सामु दोषी छन् (१:१८-३:२०)।
- विश्वास गर्ने पापीलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ (३:२१-५:२१)।
- विश्वास गर्ने पापीले पापमाथि विजय प्राप्त गर्न सक्छ (६:१-८:३९)।
- यहूदीहरूको सवालमाचाहिँ के (इस्राएलको विगत, वर्तमान र भविष्य)? (९:१-११:३६)
- ख्रीष्टिय जीवनका सिद्धान्तहरू (१२:१-१५:३३)
यी पाँच भागहरूलाई विस्तृत रूपमा अध्ययन गरौं:
भाग १—सबै मानिसहरू परमेश्वरका सामु दोषी छन्।
(रोमी १:१८-३:२०)

परमेश्वरको नजरमा…
कतिजना धर्मी छन् (३:१०)? _________________
परमेश्वरलाई खोज्नेहरू कतिजना छन् (३:११)? _________________
कतिजना असल छन् (३:१२)? _________________
कतिजना पापी छन् (३:२३)? _________________
मानिसको पापस्वभावका कारण, सारा संसार परमेश्वरको सामु दो______ छ (रोमी ३:१९ हेर्नुहोस्)। तपाईंको हृदयमा यो विचार आउँदा यो तथ्य सत्य छ भनी के तपाईंले महसुस गर्नुभएको छ?

“यस्ता-यस्ता काम गर्नेहरू (२९-३१ पदहरूमा उल्लेख गरिएका कामहरू) मृ__________ पाउन लायकका हुन्छन् भन्ने परमेश्वरको ____________ जानी-जानीकन पनि तिनीहरू ती काम नै गर्छन्” (रोमी १:३२)। के रोमी १:२९-३१ मा उल्लेख गरिएका मध्ये कुनै पनि पापहरूको विषयमा तपाईं दोषी हुनुहुन्छ? __________ के तपाईं मृत्युको योग्य हुनुहुन्छ (रोमी १:३२)? __________
अभक्ति र अधर्मी मानिस परमेश्वरको क्रो_____ (रोमी १:१८) र परमेश्वरको न्या____को योग्य हुन्छ (रोमी १:३२)। रोमी २:३,५,८,९ पनि पढ्नुहोस्।
भाग २— विश्वास गर्ने पापीलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ।
(रोमी ३:२१-५:२१)
म परमेश्वरको सामु दोषी छु, म मृत्यु र नरकको योग्य छु र मृत्युको दण्ड तिरिनैपर्छ। धर्मी न्यायकर्ता परमेश्वरले पापलाई नदेखेको जस्तो गर्न सक्नुहुन्न। प्रभु येशू संसारमा आउनुभयो र मेरो निम्ति मृत्युको दण्ड तिरिदिनुभयो। उहाँ मेरो सट्टामा मर्नुभयो।

“ख्रीष्ट _________________ निम्ति मर्नुभयो” (रोमी ५:६)।
“ख्रीष्ट __________ निम्ति मर्नुभयो” (रोमी ५:८।
“जुन प्रभु येशू _________ अपराधहरूका निम्ति सुम्पिइनुभयो” (रोमी ४:२५)।
जब एउटा पापीले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, परमेश्वरले उसलाई धर्मी ठहराउनुहुन्छ र “उसका निम्ति उसको विश्वास ______________ ठहरिन्छ” (रोमी ४:५)।
येशूले मेरो दण्ड आफूमा लिनुभयो (रोमी ५:६,८) र मैले उहाँको सिद्ध धार्मिकता लिएँ (रोमी ३:२२; ४:३,५)।

रोमी ५:९ पढ्नुहोस्। यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, के हामी धर्मी ठहरिन सम्भव हुनेथियो? ___________ तर ख्रीष्ट हाम्रो निम्ति मर्नुभएको हुनाले (रोमी ५:६-११), परमेश्वर हामीप्रति अनुग्रहकारी हुन र हाम्रो खातामा ख्रीष्टको धार्मिकता हालिदिन स्वतन्त्र हुनुहुन्छ। हामी अबउसो दोषी पापी होइनौं किनभने हामी अब ख्रीष्टमा छौं (रोमी ८:१ हेर्नुहोस्)।

ममाथि इन्साफ नआओस् भनेर ख्रीष्टमाथि इन्साफ आयो (रोमी ८:३)।
नयाँ फैसला: निर्दोष! (रोमी ३:२४) सित्तैंको उपहार: अ___________ जी___________ (रोमी ६:२३)।
भाग ३— विश्वास गर्ने पापीले पापमाथि विजय प्राप्त गर्न सक्छ।
(रोमी ६:१-८:३९)
रोमी ६ अध्याय
मैले यी दुई महान् तथ्यहरूलाई विश्वास गर्नुपर्छ र ती सत्य छन् भनी मानिलिनुपर्छ:
तथ्य नं. १—म मरेँ! के तपाईंले रोमी ६ अध्यायमा हामीलाई यो कुरा देखाउने केही पदहरू सूचित गर्न सक्नुहुन्छ? _____________________ जहाँसम्म मेरो पूरानो पापपूर्ण जीवनको सवाल छ, जब ख्रीष्ट मर्नुभयो, म पनि मरेँ!
तथ्य नं. २—मसँग नयाँ जीवन छ! के तपाईंले रोमी ६ अध्यायमा हामीलाई यो कुरा देखाउने दुई ओटा पदहरू सूचित गर्न सक्नुहुन्छ? _____________________ येशू ख्रीष्ट मृत्युबाट फेरी बौरिउठ्नुभयो र म उहाँको सुन्दर जीवनको सहभागी भएको छु!
मनन गर्नुपर्ने प्रश्नहरू:
पानीको बप्तिस्माले यी महान् तथ्यहरूलाई कसरी चित्रण गर्छ?
गलाती २:२० ले कसरी रोमी ६ अध्यायले सिकाएकै कुरा सिकाउँछ?
रोमी ७ अध्याय
ख्रीष्टियनको रूपमा ममा अझै पनि युद्ध चलिरहन्छ किनभने पाप मभित्र वास गर्छ। के तपाईंले रोमी ७ अध्यायमा एउटा विश्वासीको अझै पनि पापसँग संघर्ष हुन्छ भनी देखाउने पदहरू भेट्टाउन सक्नुहुन्छ? _________________________
रोमी ८ अध्याय
पापमाथी विजय हुनलाई सहायता गर्नको निम्ति मभित्र को (अथवा के) वास गर्नुहुन्छ (रोमी ८:२,४,५,९,१०,११,१३,१४,१५,१६)? ____________________ मभित्र जिउनुहुने आत्माले मलाई पापमाथि विजय हुन सहायता गर्न सक्नुहुन्छ!
भाग ४- यहूदीहरूको सवालमाचाहिँ के? इस्राएलको विगत, वर्तमान र भविष्य
(रोमी ९:१-११:३६)
रोमीको पुस्तकमा पावलले मुक्तिको असल खबरको बारेमा लेखिरहेका थिए। तर प्राय: यहूदी मानिसहरूले ख्रीष्टलाई मुक्तिदाताको रूपमा इन्कार गरेका थिए र पावलले लेखिरहेका यति ठूलो मुक्तिको सम्बन्धमा केही पनि गर्न चाहँदैनथिए भनी सुरुका ख्रीष्टियनहरू जान्दथे।
सुरुका ख्रीष्टियनहरूलाई यही समस्या थियो किनभने यहूदीहरू परमेश्वरका चुनिएका मानिसहरू थिए भनी उनीहरू जान्दथे। उनीहरूको चाहिँ के होला? के परमेश्वरले आफ्ना मानिसहरूलाई अफाल्नुहुनेछ? यहूदीहरूले प्रभु येशूलाई इन्कार गरे। के परमेश्वरले पनि उनीहरूलाई इन्कार गर्नुहुनेछ? रोमी ९-११ अध्यायहरूमा पावलले यी महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिन्छन्।
रोमी ९ अध्याय – यहूदीहरू — विगतको इतिहास
यहूदीहरू परमेश्वरद्वारा चुनिएका थिए र निश्चय नै विशेषाधिकार पाएका मानिसहरू थिए (रोमी ९:४-५), तरैपनि ख्रीष्ट आउनुहुँदा उनीहरूले उहाँलाई इन्कार गरे (रोमी ९:३२)।
रोमी १० अध्याय – यहूदीहरू — वर्तमान इतिहास
जसरी उहाँले हरेक पुरुष र स्त्री, केटा र केटीको हृदयहरूभित्र काम गर्दैहुनुहुन्छ, आजपनि परमेश्वरले यहूदीहरूसँग काम गर्दैहुनुहुन्छ। परमेश्वरले हरेक मानिसलाई उहाँको पुत्रकहाँ आउन र मुक्ति पाउन बोलाउनुहुन्छ।
रोमी ११ अध्याय – यहूदीहरू — भविष्यको इतिहास
के परमेश्वरले उहाँका जनहरूलाई अफाल्नुभएको छ? के परमेश्वरले आफ्ना जनहरूसित बाँध्नुभएको प्रतिज्ञाहरू तोड्नुहुनेछ? यो प्रश्नको उत्तर के हो (रोमी ११:१)? ___________________________ इस्राएल राष्ट्रको निम्ति परमेश्वरसँग सुन्दर भविष्य छ (रोमी ११:२६-२७)!
भाग ५—ख्रीष्टिय जीवनका सिद्धान्तहरू
(रोमी १२:१-१५:३३)
परमेश्वरले मलाई मुक्ति र नयाँ जीवन दिनुभएको छ भन्ने कुराको ज्ञानले मेरो जिउने शैलीमा ठूलो भिन्नता ल्याउनुपर्छ। यदि ख्रीष्ट मेरो निम्ति मर्नुभयो भने, के म उहाँको निम्ति जिउनु हुँदैन? पुरानो नियमका समयहरूमा, यहूदी मानिसले परमेश्वरको सामु बलिदान ल्याउँदा (भेडा, बाख्रा वा अन्य पशु), उसले यसो भनिरहेको हुन्थ्यो, “प्रभु, यो पशु तपाईंको हो। म यो पूर्ण रूपमा तपाईंलाई दिँदै छु।” त्यसपछि उक्त पशुलाई मारिन्थ्यो। विश्वासीहरूले परमेश्वरको सामु बलिदानको रूपमा के ल्याउनुपर्छ (रोमी १२:१)? ______________________________ के यो बलिदान हो कि मरेको बलिदान हो? _______________________ के तपाईंले यो बलिदान ल्याउनुभयो?
रोमी सडक
अन्य मानिसहरूलाई गवाही दिन र उनीहरूलाई परमेश्वरको मुक्तिको असल खबर देखाउन रोमीहरूलाई लेखिएको पत्र निकै सहयोगपूर्ण भएको कुरा धेरै मानिसहरूले भेट्टाएका छन्। निम्न जोडा मिलाउने कार्यले कसरी त्यसो हुन्छ भनी देखाउनेछ।
हरेक पदको अगाडि मिल्ने अक्षर राख्नुहोस् (कुनै अवस्थामा एउटा भन्दा बढि अक्षरहरू राख्न सक्नुहुनेछ):
- क. सबै मानिसहरू पापपूर्ण, हराएका र मुक्ति पाउन खाँचो रहेकाहरू छन्।
- ख. मानिसको पापको कारणले, मानिस मृत्युदण्डको योग्य छ।
- ग. ख्रीष्ट मानिसको सट्टामा मर्नुभयो र उसको निम्ति मृत्युको दण्ड भोग्नुभयो।
- घ. मुक्ति पाउन, एउटा व्यक्तिले येशू ख्रीष्टमाथि आफ्नो विश्वास राख्नुपर्छ।
- ङ. मुक्ति पाएको मानिस (विश्वास गर्ने पापी) धर्मी ठहरिएको छ र उसले येशू ख्रीष्टको धार्मिकता प्राप्त गर्दछ।
- च. परेश्वरले ख्रीष्टमा विश्वास गर्ने हरेकलाई अनन्त जीवन दिनुहुन्छ।

तपाईंका विश्वासी साथीहरूसँग, अभिभावकहरूसँग वा घरमा दाजुभाइहरूसँग कोशिश गर्न सक्नुहुने केही कुरा यहाँ छ: १) रोमी ३:१०; २) रोमी ३:२३; ३) रोमी ६:२३ (पहिलो खण्ड); ४) रोमी १०:९; ५) रोमी ६:२३ (पछिल्लो खण्ड)। तपाईंले मुक्ति नपाएको कुनै व्यक्तिलाई गवाही बाँडिरहनुभएको जस्तो गर्नुहोस्। जति होशियारीपूर्वक हुन सक्छ, यस व्यक्तिलाई ऊ कसरी ख्रीष्टयन बन्न सक्छ भनी वर्णन गर्नुहोस्। तपाईंले यसो गर्नुहुँदा माथि दिइएका पाँचओटा पदहरूलाई प्रयोग गर्नुहोस्।
अलिकति अभ्यास गर्नुभएपछि यो सन्देश सुन्न साँच्चै खाँचो भएको मानिसलाई मुक्तिको असल खबर बाँड्न तपाईं तयार हुनुभएको हुनुपर्छ। यी पदहरू भेट्टाउन तपाईंले आफ्नो बाइबलमा चिन्ह पनि लगाउन सक्नुहुन्छ। उदाहरणको निम्ति, रोमी ३:१० नजिकै तपाईंले सानो अक्षरमा रोमी ३:२३ लेख्न सक्नुहुन्छ। यसो गर्नाले तपाईंलाई अब रोमी ३:२३ मा पल्टाउनुपर्छ भनी सम्झना हुनेछ। त्यसपछी रोमी ३:२३ नजिकै रोमी ६:२३ लेख्नुहोस्, र रोमी ६:२३ नजिकै रोमी १०:९ लेख्नुहोस्। तपाईंले यो सन्देश केही पटक अरूलाई बाँड्नुभएपछि, तपाईंलाई यसरी सम्झना गराइन पनि आवश्यक पर्दैन। ती पदहरू कहाँ भेट्टाउन सकिन्छ भनी तपाईं आफैंले सम्झनुहुनेछ। तपाईंले जति धेरै पदहरू अरूलाई बाँड्नुहुन्छ, उती नै धेरै ती पदहरू तपाईंको सम्झनामा बस्नेछन्!
परमेश्वरको धार्मिकताले जीवित परमेश्वरलाई चिन्न सम्भव गराउँछ र उहाँको सामु ठीक जीवन बिताउन योग्य गराउँछ।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)