सृष्टिका छ दिन – दिनहरू थिए कि युगहरू?

सृष्टिका छ दिन — दिनहरू थिए कि युगहरू?

१) कतिको विश्वासमा उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित दिनहरू सामान्य २४ घण्टे दिनहरू थिए। जसरी आइतवार, सोमवार, मंगलवारमा २४ घण्टा हुने गर्छ त्यसरी नै।

२) अरूहरूको विश्वासमा उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित दिनहरू सामान्य २४ घण्टे दिनहरू नभई युगहरू थिए। उनीहरूको विश्वासअनुसार प्रत्येक “युग-दिन” (“day-age”) हजारौं वा लाखौं वर्ष लामो थियो। यसलाई “युग-दिन सिद्धान्त” (“day-age theory”) भनिन्छ।

परमेश्वर के भन्नुहुन्छ?

प्रस्थान २०:११—“किनकि _____ ________ परमप्रभुले आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू ________________।”

किन केही मानिसहरूले यी ६ दिनहरू वास्तवमा युगहरू हुन् भनी विश्वास गर्छन्? विकासवादी वैज्ञानिकहरू विश्वास गर्छन् कि वर्तमान समयका जीवहरू (मानिस, बाँदर, जिराफ, कङ्गारु, चरा, माछा, वनस्पति र आज हामीले जानेका सबै प्राणीहरू) ४ अर्ब वर्ष लामो (पछिल्लो सिद्धान्तहरू मुताबिक यो भन्दा धेरै वा थोरै हुन पनि सक्छ) विकासवादी प्रकृयाको प्रतिफल हुन्! यो त निकै लामो समय हो! विकासवादीहरूको निम्ति प्रस्थान २०:११ यसरी लेख्न उपयुक्त होला: “किनकि ४०००,०००,००० वर्षहरूमा आकाश, पृथ्वी, समुद्र र तिनमा भएका सबै थोकहरू स्वत: विकास भए” प्र: ४,००,००,००,००० वर्ष बराबर कति दिन हुन्छ? एक वर्षमा कति दिन हुन्छन्? ___________ दिन

४,००,००,००,००० वर्षहरू(क्रमविकासको निम्ति आवश्यक समय) × ३६५ दिनहरू(एक वर्षमा हुने दिनको सङ्ख्या)
= १४,६०,००,००,००,००० दिन!!!
अथवा
(१४ खरब ६० अरब दिनहरू!!!)

कत्रो भिन्नता! यो अचम्म र उदेकको कुरा हो कि हाम्रो महान् परमेश्वरले केवल ६ दिनमा सारा सृष्टि कार्य सम्पन्न गर्नसक्नुहुन्छ। विकासवादीहरूको ईश्वर (संजोगको ईश्वर) लाई आफ्नो कार्य समापन गर्न भने थुप्रै समय लाग्नु चाहिँ दु:खलाग्दो र दयनीय कुरा हो! तर विकासवादीहरूले पर्याप्त समय भए जुनसुकै कुरा सम्भव हुन्छ भनी विश्वास गर्दछन्! उनीहरू निम्न सरल सुत्रमा विश्वास राख्छन्:

पर्याप्त समय + पर्याप्त संजोग (ठूलै भाग्य!) = आश्चर्यजनक प्रतिफलहरू (वनस्पति, माछा, पशु, पंक्षी, मानिस आदि) के यो साँचो हुन सक्छ त?

१) मानौं तपाईंसँग एउटा बाँदर छ जसले १२ वर्ण प्रति सेकेण्डको गतिले टाइप गर्न सक्छ। उक्त बाँदरले अन्धाधुन्द टाइपराइटरमा वर्णहरू थिचिरहेको छ। उसलाई उत्पत्तिको पुस्तक (पूरै ५० अध्याय) उतार्न कति समय लाग्ला? त्यस बाँदरले दिनको २४ सै घण्टा विश्राम नगरिकन सयौं वर्षसम्म टाइप गर्यो भने तापनि, के ऊ “भाग्यशाली” भएर ती सबै शब्दहरू जस्ताको त्यस्तै उतार्न सफल होला? के उसले ५ करोड वर्षसम्म टाइप गर्ने अवसर पाएमा सफल होला?

२) उडिरहेको हवाइजहाजबाट तपाईंको नामका अक्षरहरू काठका ब्लकहरूमा लेखेर खसाल्ने कामलाई हरेक दिन ५० पटकको हिसाबमा पर्याप्त चोटि दोहोर्याइयो भने के ती ब्लकहरू भुईँमा खस्दा ठीक तपाईंकै नामलाई उतार्न सफल होलान्? _______। यदि हामीले संजोग र भाग्यमा भरोसा गर्ने हो भने, के साधारण रूपमा थोकहरूका क्रम मिल्न जाला कि बिग्रेको क्रम हुन जाला? __________________।

३) एउटा घडीका सम्पूर्ण पार्टपुर्जालाई खोलखाल गरी एउटा बाकमा राखेर उक्त बाकसलाई १० अरब वर्षसम्म हल्लाइयो भने, के ती पार्टपुर्जाहरू संजोगले मिल्न गएर एउटा काम गर्ने घडी बन्न पुग्ला? के जीवजन्तु र वनस्पतिहरू एउटा घडीभन्दा जटिल हुन्छ? ______________।

विकासवाद असम्भवझैं देखिन्छ र उक्त कार्य फेरी हुनको निम्ति ठूलै संजोग आवश्यक पर्नेछ भनी विकासवादीहरूले स्वीकार गर्दछन्, तर पर्याप्त समय भएमा, सबै कुराहरू सम्भव छ भनी तिनीहरूले दावी गर्दछन्; “ठीक अणु ठीक स्थानमा ठीक समयमा (पहिलो एककोषीय जीव उत्पादन हुनको निम्ति) हुने सम्भावना साह्रै चकित तुल्याउने कुरा हो। तरैपनि, जसरी विज्ञानले यसको नाप गर्दछ, त्यसरी नै प्रकृतिले काम गर्ने एउटा समय रेखा हुन्छ। वास्तवमा, यदि वर्णनै गर्न नसकिने युगहरू दिइएमा, एकै क्षणमा हुन असम्भव झैं देखिने थोकहरू, निश्चयतामा परिवर्तन हुन सक्छन्।”(National Geographic Magazine, September 1976, page 390)

समयसँग सबै कुराहरू सम्भव छन्! र विकासवादीहरू यो विश्वास गर्दछन् कि यस पृथ्वीमा त्यस जीवकोषलाई अहिलेको वर्तमान अवस्थामा पुग्नलाई ४,०००,०००,०० वर्ष पर्याप्त समय भयो, र त्यो पनि सबै संजोगवश!

विकासवादीहरू भन्छन्: “१४,६०,००,००,००,००० दिन लाग्यो” परमेश्वरले भन्नुभयो: “६ दिन लाग्यो!”

तपाईं कसलाई विश्वास गर्नुहुन्छ?

    • १) थोरै मानिसहरू परमेश्वरको वचन ग्रहण गर्छन् र सृष्टि सम्पन्न हुन २४ घण्टा लामो ६ दिन लाग्यो भनी विश्वास गर्छन्।
    • २) धेरैजसो मानिसहरू विकासवादीहरूको वचन ग्रहण गर्छन् र सम्पूर्ण जीवहरू विकास हुँदै वर्तमान रूपमा आइपुग्न ४ अर्ब वर्ष लाग्यो भनी विश्वास गर्छन्।
    • ३) केही मानिसहरू परमेश्वर र विकासवादीहरू दुवैको वचन ग्रहण गर्न सकिन्छ भन्ने सोच्छन्। दुवै सत्य हुन् अरे। उनीहरू विश्वास गर्छन्, उत्पत्ति अध्याय १ मा उल्लेखित दिनहरू वास्तवमा दिनहरू नभएर लामो युगहरू (“युग-दिनहरू”) हुन्। उनीहरूको विश्वासमा परमेश्वरले ६ ओटा लामो युगहरूमा सबैथोकको सृष्टि गर्नुभएको हो।

प्र: यदि यो सत्य हो भने र हरेक “युग” को समयावधि बराबर थियो भने, एक “युग” ले कति समय समेट्यो त?

उ: ४,००,००,००,००० ÷ ६ “दिन” = ६६,६६,६६,६६६ वर्ष बराबर एक “युग-दिन”।

प्रत्येक “युग-दिन” को लमाइ ६६ करोड वर्ष हुने रहेछ! यो त निकै लामो “दिन” हो! के सृष्टिका दिनहरू वास्तवमै लामो समयावधिहरू थिए त? के दिनहरू साँच्ची नै युगहरू थिए त? यस प्रश्नको जवाफ दिनु अगाडी, हामीले यो बुझ्नै पर्छ कि कहिलेकाहिँ “दिन” भन्ने शब्दलाई लामो समयावधिको बयान गर्न प्रयोग गरिएको छ:

        • १) अहिले हामी अनुग्रहको दिनमा बाँचिरहेका छौं (२ पत्रुस ३:८-९)। निश्चय, परमेश्वरको अनुग्रह र सहनशीलताको दिन २४ घण्टा भन्दा लामो छ!
        • २) “परमप्रभुको दिन” (२ पत्रुस ३:१०) भन्नाले मानिसहरूको क्रियाकलापहरूमा परमेश्वरले प्रत्यक्षरूपमा हस्तक्षेप गर्नुहुने एउटा लामो समयावधि बुझिन्छ।
        • ३) याकूबको दु:खको दिन (यर्मिया ३०:७) ले इस्राएल राष्ट्रले भोग्ने गम्भिर संकष्टको समयावधिलाई जनाउँछ। यही समयावधिलाई प्रकाश १२ मा बयान गरिएको छ। उक्त “दिन” मा कति दिन हुनेछ (पद ६)? __________। कति वर्ष (पद १४)?

    (समय=१ वर्ष) + (समयहरू=२ वर्ष) + (आधा समय=१/२ वर्ष) जम्मा ____________ वर्ष

      • ४) “दिन” लाई हामी यसरी पनि प्रयोग गर्ने गर्छौं: “हामी यस्तो

दिन

      • मा बाँचिरहेका छौं जहाँ मानिसहरू आफैलाई प्रेम गर्छन्, परमेश्वरलाई भन्दा पैसा र मोजमज्जालाई प्रेम गर्छन्” (२ तिमोथी ३:१-४ सित तुलना गर्नुहोस्)। यस्तो प्रकारको दिनको अवधि २४ घण्टाभन्दा लामो भइसकेको छ कि?
      • ५) “पृथ्वीनारायण शाह मोटरगाडी, टेलिफोन, हवाइजहाज इत्यादि नभएको

दिन

      • मा जिउँथे। ” के अब्राहाम, मोशा, पावल पनि त्यस्तै दिनमा जिउँथे? यी उदाहरणहरूबाट हामी देख्छौं, “दिन” भन्ने शब्दलाई लामो समयावधीलाई जनाउन प्रयोग गर्न सकिन्छ। ‘दिन” लाई १२ घण्टाको समयलाई जनाउन पनि प्रयोग गर्न सकिन्छ: “आज

दिनभरि

      • घाम लाग्यो!” तर प्राय: “दिन” शब्दलाई २४ घण्टाको अवधिलाई जनाउन प्रयोग गरिन्छ (वैज्ञानिक परिभाषाअनुसार पृथ्वीलाई आफ्नो अक्ष (axis) मा एकचोटी घुम्न लाग्ने समय)। हामी भन्छौं, “एक हप्तामा सात

दिन

    • हुन्छन्।” यहाँ हामी सामान्य २४ घण्टे दिनको कुरा गर्दैछौं। हाम्रो लागि महत्वपूर्ण प्रश्न यो छ: उत्पत्तिको पहिलो अध्यायमा ‘दिन’ शब्द कुन अर्थमा प्रयोग भएको छ?

सृष्टिका ६ दिनहरूमा सामन्य २४ घण्टे दिनहरू थिए भन्ने १० कारणहरू

१)“साँझ र बिहान”

परमेश्वरले होशियारपूर्वक “दिन” शब्दलाई “साँझ र बिहान” भनिने सङ्केत दिनुभएको छ। “अनि __________ पर्यो र __________ भयो — पहिलो __________” (उत्पत्ति १:५ र पद ८,१३,१९,२३,३१ हेर्नुहोस्)। प्रत्येक दिनमा हुने कुराहरू यहि हुन् – साँझ र बिहान! निम्नलिखित सङ्केतले कति दिनलाई जनाउँछ?

साँ-बि-साँ-बि-साँ-बि-साँ-बि-साँ-बि-साँ-बि ______ दिन
दानियल ८:१४ (हिब्रू प्रतिलिपि अनुसार) ले भन्दछ “दुई हजार तीन सय साँझ-बिहानहरूसम्म; त्यसपछि पवित्रस्थान शुद्ध पारिनेछ” (वा आफ्नो बाइबलको फुटनोट पनि हेर्न सक्नुहुन्छ)। यो भनेको कति दिन हो? _______ दिन। दानियल ८:२६ पनि पढ्नुहोस्। प्रत्येक २४ घण्टे दिनमा एउटा साँझ र एउटा बिहान हुन्छ। के एक युगमा केवल एउटा साँझ र एउटा बिहान हुन्छ? ________। (अति लामो समयावधिमा धेरै-धेरै साँझहरू र बिहानहरू हुन्छन्!) युगको सुरु र अन्त्य होला, तर यसमा केवल एउटा साँझ र एउटा बिहान भने हुँदैन!!

२)अंकित शब्द

परमेश्वरले “दिन” शब्दको अगाडी एउटा अङ्क राखेर त्यसलाई परिभाषित गर्नुभएको छ: “अनि साँझ पर्यो, र बिहान भयो– ________ दिन” (उत्पत्ति १:५)। त्यो कुन दिन थियो भनी परमेश्वरले तोकेर बताउनुभएको छ। त्यो पहिलो दिन थियो। हेर्नुहोस्, उत्पत्ति १:८,१३,१९,२३,३१ र प्रस्थान २०:११ (“छ दिन”)।

“दिन” शब्द अगाडि अङ्क तोकिएको खण्डमा, प्राय: त्यो एक २४ घण्टे दिनकै कुरा गरिएको हुन्छ। तुलना गर्नुहोस् गन्ती ७:१२,१८,२४,३०,३६,४२,४८ आदि। केहि उदाहरणहरूको बिचार गरौं:

३) दिन र रात

१:५ मा “पहिलो _______” मा के भएको थियो भनी परमेश्वरले हामीलाई बताउनुभएको छ। यो पहिलो दिन कस्तो प्रकारको दिन थियो? के यो एउटा युग थियो? ५ पदमा परमेश्वरले बताउनुभएको छ कि उक्त पहिलो दिनमा उज्यालोको एउटा अवधि थियो जसलाई ______ भनियो र अँध्यारोको एउटा अवधि थियो जसलाई ______ भनियो। यसबाट हामीलाई थाहा हुन्छ, उक्त पहिलो दिनमा दिन र रातको एउटा अवधि थियो। सृष्टि साताको प्रथम दिन १२ घण्टा उज्यालो र १२ घण्टा अँध्यारो अवधिले बनेको थियो।

माथिको चित्रले कति दिन प्रस्तुत गर्दछ? ____________ प्रत्येक २४ घण्टे दिनमा दिन (उज्यालोको अवधि) र रात (अँध्यारोको अवधि) हुन्छ। के एक युगमा केवल एउटा दिन र एउटा रात हुन्छ? _________। (एक युगमा थुप्रै-थुप्रै दिनहरू र साँझहरू हुन्छन्!)

४) चौथो दिन

उत्पत्ति १:१५-१९ ले सृष्टिको चौथो दिनको बयान गर्दछ। यी पदहरूमा “दिन” वा “दिनहरू” ५ पटक प्रयोग भएको छ।

५) सातौं दिन

सातौं दिन पनि एक २४ घण्टे दिन थियो (उत्पत्ति २:१-३)। आदम र हव्वा कुन दिनमा सृष्टि गरिए (उत्पत्ति १:२६-३१)? _______। के आफूले आशिष दिनुभएको सातौं दिनलाई परमेश्वरले श्राप दिनुभयो (हेर्नुहोस् उत्पत्ति ३:१७-१९ र उत्पत्ति २:३)? __________। के आदम र हव्वा सातौं दिनभन्दा बढी बाँचे? ______। मृत्युमा आदमको उमेर कति थियो (उत्पत्ति ५:४-५)? __________। सातौं दिन हजारौं-लाखौं वर्षको लामो समयावधि थिएन। पहिलो ६ दिन जस्तै त्यो २४ घण्टे दिन थियो।

६) चौथो आज्ञा

चौथो आज्ञा प्रस्थान २०:८-११ मा उल्लेख गरिएको छ जहाँ “दिन” वा “दिनहरू” ६ पटक प्रयोग भएको छ। यी पदहरूमा कसरी “दिन(हरू)” भनिने शब्द प्रयोग गरिएको छ भनी हेर्न, निम्न बमोजिम जोडा मिलाउनुहोस्

ख्याल राख्नुहोस्, प्रस्थान २०:११ मा “दिनहरू” को अगाडि _____ अङ्क राखिएको छ। तपाईंको साथीले तपाईंलाई यसो भन्लान्, “विद्यालयको एउटा कार्यपत्र बनाउन मलाई ६ दिनहरू लाग्यो!” के तपाईंको साथीले दिनहरू भनेको जस्तो लाग्छ कि युगहरू? ________ (तपाईंले विद्यालयको गृहकार्य गर्दा, युग नै बितेजस्तो लागे तापनि वास्तवमा त दिनहरू मात्र लागेका हुन्!) सृष्टिको कार्य पुरा गर्न परमेश्वरलाई कति समय लाग्यो (प्रस्थान २०:११)? __________________ तपाईंको बिचारमा के यी २४ घण्टे दिनहरू हुन्? ___________

यी पदहरूले, परमेश्वरले जसरी काम गर्नुभयो र विश्राम लिनुभयो सो इस्राएलको निम्ति एक नमूना थियो भनी बताउँछन्। परमेश्वरले इस्राएलका सन्तानहरूलाई ६ दिन (आइतवारदेखि शुक्रवार) काम गर्न र सातौं दिन (शनिवार) मा विश्राम लिने आज्ञा दिनुभयो किनकि परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुहुँदा ठीक त्यही समयतालिका अनुसार नै काम र विश्राम लिने कार्य गर्नुभएको थियो (प्रस्थान २०:११)।

यदि सृष्टिका दिनहरू युगहरू थिए भने, इस्रएलीहरूका काम गर्ने दिनहरू पनि युगहरू थिए भन्नुपर्ने हुन्छ। कामबाट घर फर्केका एक इस्राएलीले आफ्नो पत्नीलाई यसो भन्दै गरेको अनुमान गर्न सक्नुहुन्छ, “अहो! आज कति लामो दिन काम गरियो! आज म ५० करोड वर्ष काम गरेर थकित भएको छु! विश्राम दिन कहिले आउला अनि विश्राम गरूँला!”

दिनहरूलाई युगहरूको अर्थ लगाउँदा अर्थको अनर्थ हुन जान्छ! यो मूर्ख कुरा बन्दछ। निम्न बुँदामा दिनहरूले (बहुबचन) कहिल्यै पनि युगहरूको सङ्केत गर्दैन भनी हामी अध्ययन गर्नेछौं।

७) दिनहरू (बहुवचन)

प्रस्थान २०:११ मा बताइएको छ, परमप्रभुले सबथोक दिनमा बनाउनुभयो। हिब्रू बाइबलमा यहाँ “दिन” शब्दको बहुवचन रूप प्रयोग भएको छ। हिब्रु बाइबलमा यो बहुवचन रूप प्राय: सधैं २४ घण्टे दिनहरूलाई जनाउन प्रयोग हुन्छ। “दिन” शब्द (एकवचन) लाई २४ घण्टे भन्दा लामो समयावधिलाई जनाउन प्रयोग गर्न सकिन्छ: “परमप्रभुको दिन” “अनुग्रहको दिन” “सङ्कष्टको दिन” “आधुनिक विज्ञानको दिन” इत्यादि। तर जब मानिसले “दिनहरू” (बहुबचन) को कुरा गर्दछ, उसले २४ घण्टे दिनको कुरा गरिरहेको हुन्छ। निम्न उदाहरणहरूलाई बिचार गर्नुहोस्।

      • १. तिम्रो जन्मदिन आउन कति

दिन(हरू)

      • बाँकी छन्?
      • २. यरिहो शहर कब्जा गर्न इस्राएलका सन्तानहरूलाई ७

दिन(हरू)

      • लाग्यो (यहोशू ६ अध्याय पढ्नुहोस्)।
      • ३. मर्कूस १४:१—“दुई

दिन(हरू)”

    •  
      • ४. प्रकाश १२:६ (सङ्कष्टकालको पछिल्लो साँढे तीन वर्षको समयावधि)
      • ५. प्रस्थान २०:११—६

दिन(हरू)

८) “दिन” शब्दको सामान्य अर्थ

हामीले पहिले नै अध्ययन गर्यौं कि “दिन” शब्दलाई उज्यालोको १२ घण्टे समयावधि जनाउन प्रयोग गर्न सकिन्छ (उत्पत्ति १:५,१४,१६,१८)। “दिन” शब्दलाई लामो समयावधि जनाउन पनि प्रयोग गर्न सकिन्छ (२ पत्रूस ३:८-१०; यर्मिया ३०:७)। तर प्राय: जसो जब हामीले “दिन” शब्दको प्रयोग गर्दछौं, हामीले २४ घण्टे दिनको कुरा गरिरहेका हुन्छौं। “दिन” शब्दको सामान्य र आधारभूत अर्थ यहि हो।

हामीले बाइबल अध्ययन गर्दा कुनै पनि शब्दलाई – अर्थको अनर्थ हुने परिस्थितिमा बाहेक — त्यसको अक्षरश:, सामान्य, साविक अर्थमा नै लिनुपर्छ। हाम्रो नियम यहि हो—यदि सामान्य अर्थले मुनासीब अर्थ लाग्छ भने कुनै अर्को अर्थ नखोज्नू नत्रता अर्थको अनर्थ होला। केही उदाहरणहरू:

      • क) “थुमा” को सामान्य अर्थ – चारखुट्टे पशु, पाठो
      • अ. यशैया ११:६ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • आ. यूहन्ना १:२९ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • ख) “कुकुर” को सामान्य अर्थ — चारखुट्टे घरपालुवा पशु
      • अ. लूका १६:२१ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • आ. फिलिप्पी ३:२ र प्रकाश २२:१५ मा सामान्य अर्थ मुनासीब छ? ______।
      • ग) “रगत” को सामान्य अर्थ – रक्तनलीमा हुने रातो तरल पद्धार्थ
      • अ. यूहन्ना १९:३४ मा सामान्य अर्थ मुनासीब छ? ______।
    • आ. मत्ती २६:२८ मा सामान्य अर्थ मुनासीब छ? ______।

टिप्पणी: रोमन क्याथोलिक्सहरूले यस पदलाई गलत ढङ्गले बूझ्दछन् किनभने “रगत” लाई उनीहरूले सामान्य अर्थमा बुझ्दैनन्, र त्यसैले जब उनीहरूले म्यास (MASS) लिँदछन्, अङ्गुरको रस ख्रीष्टको वास्तविक रगत बन्दछ भनी उनीहरू विश्वास गर्दछन्। यूहन्ना ६:५४ लाई यूहन्ना ६:४० सित तुलना गर्नुहोस् जहाँ हामी देख्दछौं कि विश्वास गर्नु भनेकै उहाँको मासु खानु र रगत पिउनु हो।

सृष्टिका दिनहरूलाई सामान्य अर्थमा अक्षरश: २४ घण्टे दिनहरूको रूपमा लिन मिल्छ? यसले मुनासिब अर्थ दिन्छ कि अनर्थ हुन्छ? निम्न प्रश्नहरूलाई विचार गर्नुहोस्:

    • (१) के सर्वशक्तिमान परमेश्वरले ६ ओटा अक्षरश: दिनहरूमा सृष्टि गर्ने सम्पूर्ण कार्य सम्पन्न गर्न सक्नुहुन्छ? के परमप्रभुको निम्ति कुनै कुरा औधी कठीन छ (उत्पत्ति १८:१४)?
    • (२) के परमेश्वरले चाहनुभएको भए उक्त कार्य एकै दिनमा गर्नसक्नुहुन्थ्यो? एकै सेकेण्डमा?
    • (३) परमेश्वरले किन ६ दिन लगाएर सो गर्नुभयो (प्रस्थान २०:११)?
    • (४) के परमेश्वरलाई सृष्टिको काम सम्पन्न गर्नलाई करोडौं वर्षको आवश्यकता थियो?
    • (५) सृष्टिका दिनहरूलाई युगहरूको अर्थ लगाउँदा मुनासिब अर्थ लाग्छ?

कतिपय मानिसहरूलाई सृष्टिका छ दिनलाई लामो युगहरूको अर्थ लगाउनु पर्ने बाध्यता हुनुको एउटै मात्र कारण छ: विकासवादीहरूको “ईश्वर” लाई काम गर्ने पर्याप्त समय दिन। संजोगको ईश्वरलाई थुप्रै समयको आवश्यकता पर्छ! उसले छ दिनमा कार्य सम्पन्न गर्नु एक असम्भाव्य कुरो थियो! वास्तवमा उसले त्यो ६,००,००,००,००,००,००० दिनमा सम्पन्न गर्न सक्थ्यो भन्ने कुरामा पनि शंकै छ!

९) मोशाको बुझाइ के थियो?

उत्पत्तिको पुस्तक लेखाउन परमेश्वरले प्रयोग गर्नुभएको व्यक्ति मोशा थिए (लूका २४:२७,४४)। बाइबल अध्ययन गर्दा तपाईंले आफूलाई सधैं यो महत्त्वपूर्ण एउटा प्रश्न सोध्ने गर्नुपर्छ: मूल लेखक (हाम्रो सन्दर्भमा मोशा) र मूल श्रोताहरू (इस्राएलीहरू) ले लेखिएको वचनलाई कसरी बुझ्थे?

के तपाईंलाई, मोशाले सृष्टिका दिनहरूलाई युगहरूको अर्थमा बुझ्थे भन्ने लाग्छ? के मोशाका समकालीन मानिसहरूले ती दिनहरूलाई २४ घण्टे दिनहरूको अर्थमा बुझ्थे? के तिनीहरूलाई ती दिनहरूलाई युगहरूको अर्थमा सोच्नुपर्ने कुनै कारण थियो?

मोशा लगायत त्यसबेलाका मानिसहरूले यो विश्वास गर्थे, परमेश्वरले सृष्टिको कार्य आइतबार सुरु गर्नुभयो, मानिसलाई शुक्रबारमा सृष्टि गर्नुभयो अनि शनिबार विश्राम गर्नुभयो। के तपाईं मोशाले जस्तै विश्वास गर्नुहुन्छ?

१०) रोज्नुहोस्: उत्पत्तिको पुस्तक कि विकासवाद?

कतिपय मानिसहरूको सोचाइमा सृष्टिका दिनहरूलाई युगहरूको अर्थमा लिएको खण्डमा उत्पत्तिको पहिलो अध्यायले विकासवादकै सिद्धान्त सिकाउँछ। तिनीहरू विश्वास गर्छन् कि उत्पत्तिको पहिलो अध्यायमा उल्लेखित घटनाक्रम विकासवादीहरूकै प्रस्तावित घटनाक्रमसित मेल खान्छ। हेरौं, यो साँचो हो कि होइन:

(१) विकासवादअनुसार पृथ्वी अगाडि सूर्य थियो।

तर परमेश्वर भन्नुहुन्छ, सूर्य ________ दिनमा र पृथ्वी __________ दिनमा सृष्टि गरिएका थिए। तसर्थ पृथ्वी सूर्यभन्दा ________ दिन पुरानो छ! के सूर्यको सृष्टि हुनुभन्दा पनि अगाडि त्यहाँ प्रकाश थियो? ________। प्रकाशको सृष्टि कुन दिनमा भएको हो? __________ दिन।

(२) विकासवादअनुसार जीवको सुरुआत समुद्रबाट भएको हुनुपर्छ। करोडौं वर्ष बितेपछि कतिपय जीवहरू जमीनमा सरे।
तर परमेश्वर भन्नुहुन्छ, समुद्रमा जीवहरू __________ दिनमा र जमीनमा जीवहरू __________ दिन (वनस्पति) मा देखा परेका हुन्। तसर्थ समुद्रमा जीवहरू देखापर्नु भन्दा ________ दिन अगाडि जमीनमा जीवहरू देखा परेका हुन्।

(३) विकासवादअनुसार पंक्षी अगाडि रेप्टाइल (घस्रने पशु) हरू आए (कारण पंक्षीहरू रेप्टाइलहरूबाट विकास भएका हुन् भन्ने उनीहरूको विश्वास छ)।
तर परमेश्वर भन्नुहुन्छ, पंक्षीहरू ________ दिनमा र स्थलजन्तुहरू (यसर्थ रेप्टाइलहरू पनि) ________ दिनमा मात्रै सृष्टि भएका हुन्। पंक्षीहरू रेप्टाइलहरूभन्दा ______ दिन पुराना हुन्! के पंक्षीहरू रेप्टाइलहरूबाट विकास हुन सम्भव थियो? ________। निश्चय पनि रेप्टाइलहरू पंक्षीहरूबाट विकास भएनन् (विकासवादीहरूले समेत यो मान्दैनन्!)। बाइबलले भन्छ, परमेश्वरले नै पंक्षीहरू र रेप्टाइलहरू सृष्टि गर्नुभयो। रेप्टाइलहरू पंक्षीहरूभन्दा लाखौं वर्ष अगाडिका होइनन्।

(४) विकासवादअनुसार जमीनका स्तनधारी प्राणीहरू व्हेलहरूभन्दा अगाडि आए (किनभने तिनीहरू विश्वास गर्दछन् कि व्हेलहरू जमीनका स्तनधारी प्राणीहरूबाटा विकास भएका हुन्)।
तर परमेश्वर भन्नुहुन्छ, व्हेलहरू र समुद्रका अरू विशाल जलचरहरू __________ दिनमा र जमीनका स्तनधारी प्राणीहरू _________ दिनमा मात्रै सृष्टि भएका हुन्। कुन पहिला आएको हो, व्हेल कि सुङ्गुर? _____________ के व्हेल सुङ्गुरझैं देखिने प्राणीबाट बिकास भएर आएका हुन्? _________ त्यसैले व्हेलहरू जमीनका स्तनधारी प्राणीहरूभन्दा _______ दिन पुराना हुन्! जमीनका स्तनधारी प्राणीलाई व्हेल बन्नको निम्ति ऊ फेरी पानीमा फर्किनुपर्छ, उसको रौंहरू बिलाउनुपर्छ र आफ्नो वास्तविक भन्दा ५० गुणा बेसी ठूलो आकार लिनुपर्छ! के यो साँच्चै हुन सक्छ होला? _______ ठूलो हात्तीको (जमीनका सबैभन्दा ठूलो स्तनधारी प्राणी) तौल लगभग ७ हजार किलो हुन्छ! ब्लू व्हेलको (blue whale) (व्हेलको सबैभन्दा ठूलो प्रजाती) तौल लगभग १५० हजार किलो हुन्छ! व्हेल संजोगले विकास भएको होइन, यो त परमेश्वरको सृष्टि हो!

(५) विकासवादअनुसार किराफटेङ्ग्राबिना वनस्पति जीव हुन सक्दैन किनकि वनस्पतिको प्रजनन प्रकृयाको निम्ति मौरी जस्ता किराहरूको आवश्यकता पर्छ।
तर परमेश्वर भन्नुहुन्छ, किराफटेङ्ग्राहरू (घस्रिने जन्तुहरू पनि) _________ दिनमा सृष्टि गरिएका हुन् र वनस्पतिहरू __________ दिनमा सृजिएका हुन्। यसको अर्थ वनस्पतिहरू किराफटेङ्ग्राहरू भन्दा _______ दिन पुराना हुन्! किराफटेङ्ग्राहरू बिना बिरुवा र वनस्पतिहरू के ३ युगसम्म बाँच्न सक्लान्? ___________ बिरुवा र वनस्पतिहरू बिना किराफटेङ्ग्राहरू के ३ युगसम्म बाँच्न सक्लान्? ___________

(६) विकासवादअनुसार बाँदरजस्ता प्राणीहरू मानिसभन्दा हजारौं वर्ष अगाडि आए (किनकि उनीहरूको विश्वासमा मानिस बाँदरजस्ता प्राणीबाट विकास भएका हुन्)।
तर परमेश्वर भन्नुहुन्छ कि दुवै मानिस र बाँदरहरू _________ दिनमा सृष्टि गरिएका हुन्।

(७) विकासवादअनुसार जीवहरूको सुरुआत हुनु अगाडि सूर्य हुनैपर्छ (किनकि उनीहरूको विश्वासमा जीवहरूको सुरुआत प्राचीन समुद्रहरूमा सूर्यको किरणहरू परेर भएको थियो)।
तर परमेश्वर भन्नुहुन्छ कि जीवन (वनस्तपति) __________ दिनमा सृजिए र सूर्य _________ दिनमा मात्र बनाइयो। सूर्यबिना जीवन सुरु हुन सम्भव छ तर के सृष्टिकर्ताबिना जीवन सुरु हुन सक्छ? ________ जीवनको स्रोत को हुनुहुन्छ (प्रेरित १७:२८ पढ्नुहोस्)? _________ जीवनले आफ्नो अस्तित्वको श्रेय सूर्यलाई होइन तर परमेश्वरको पुत्रलाई दिनुपर्छ (यूहन्ना १:३ र कलस्सी १:१६ हेर्नुहोस्)।

कुन दिनमा निम्न कुराहरू सृष्टि भएका हुन् भनी लेख्नुहोस।

परमेश्वरको वचन र विकासवादीहरूका सिद्धान्त, दुवैलाई नै मान्न सकिन्न! यी दुईले एउटै कुरा सिकाइरहेका छैनन्! यदि उत्पत्तिको पहिलो अध्याय साँचो हो भने (अनि यो हो पनि!), विकासवाद झूटो हुनुपर्छ। यदि विकासवाद साँचो हो भने, उत्पत्तिको पहिलो अध्याय झूटो हुनुपर्छ, बाइबल त्रुटिहरूले भरिएको हुनुपर्छ। तर प्रभु येशू ख्रीष्टले भन्नुभयो कि परमेश्वरको वचन ________ (यूहन्ना १७:१७) छ अनि हामी जान्दछौं कि परमेश्वरको वचन __________ नै ________ छन् (भजनसंग्रह ११९:१६०)। तपाईंले कसलाई विश्वास गर्नुपर्छ—सृष्टिकर्तालाई कि विकासवादीहरूलाई? तपाईं आफ्नो विश्वास कसमाथि राख्नुहुन्छ—आफ्नो कार्य सम्पन्न गर्न अरबौं वर्ष लगाउने विकासवादीहरूको झुटो ईश्वरमाथि कि सबथोक ६ दिनमा सृष्टि गर्न सक्नुहुने सर्वशक्तिमान सृष्टिकर्तामाथि?

यस जगतको अवलोकन र अध्ययन गर्ने क्रममा तपाईंले यो पत्ता लगाउनुहुनेछ कि विज्ञानका सम्पूर्ण सत्य-तथ्यहरू र विज्ञानका सम्पूर्ण सत्य नियमहरू बाइबल र उत्पत्तिको पहिलो अध्यायसित ठ्याम्मै मेल खान्छन्! के तपाईंलाई, परमेश्वरले दिनुभएको पहिलो पुस्तक (सृष्टिमा दिइएको परमेश्वरको प्रकाश) ले दोस्रो पुस्तक (उहाँको वचनमा दिइएको परमेश्वरको प्रकाश) को खण्डन गर्न सम्भव छ भन्ने लाग्छ? ____________। पहिलो पुस्तक कसले लेखे? ______________। दोस्रो पुस्तक कसले लेखे? _______________। परमेश्वर नै दुवैका लेखक हुनुहुन्छ! त्यसैले नै दुवै पुस्तक मेल खान्छन्। अनि दुवै पुस्तकले सृ____________को महानतालाई औंल्याउँछन् जो सदासर्वदा धन्यको हुनुहुन्छ (रोमी १:२५)। खेदको कुरा, विकासवादीहरूका पुस्तकहरू विज्ञानका सत्य-तथ्यहरूसित प्राय: मेल खाँदैनन्, तिनीहरू परमेश्वरको वचन बाइबलसित त निश्चय मेल खाँदैनन्। आजै रोज्नुहोस्! (यहोशू २४:१५ मा हेर्नुहोस्)। कि त सृष्टिका साँचो परमेश्वरलाई रोज्नुहोस्, कि त विकासवादीहरूको झूटो ईश्वर (संजोगको ईश्वर) लाई रोज्नुहोस्!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email