१-सृष्टिकर्ता (क)
१- सृष्टिकर्ताको शुरुआत थिएन
“शुरुमा ___________” (उत्पत्ति १:१)
“शुरुमा _________ हुनुहुन्थ्यो” (यूहन्ना १:१; पद १४ हेर्नुहोस्)
सबभन्दा शुरुमा के थियो? सबभन्दा प्राचीन अस्तित्व केको वा कसको थियो? सबभन्दा शुरुको घडीमा यदि फर्केर जान सम्भव भएको भए, त्यहाँ हामीले परमेश्वरको अस्तित्व रहेको पाउनेथ्यौं। परमेश्वर सधैं हुनुहुन्थ्यो। परमेश्वरको अस्तित्व नभएको कुनै घडी थिएन। सबै कुराभन्दा अगाडि परमेश्वर हुनुहुन्थ्यो।
परमेश्वरको कुनै शुरुआत थिएन! शुरुमा उहाँ पहिले नै हुनुहुन्थ्यो (यूहन्ना १:१, १ यूहन्ना १:१)। परमेश्वरको शुरुआत थिएन तर तपाईंको शुरुआत भने थियो। तपाईंको शुरुआत कहिले भएको हो? ______________________ (आफ्नो जन्म मिति लेख्नुहोस्)। मनुष्य (मानव जाति) को एक शुरुआत थियो: “के तिमीहरुले पढेका छैनौ? _______मा जसले तिनीहरुलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरुलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४)। “के तिमीहरुले पढेका छैनौ?” भनी सोध्नुहुँदा प्रभुले उत्पत्तिको पुस्तकको एउटा खण्डको विचार गर्दैहुनुहुन्थ्यो जसलाई उहाँका श्रोता (फरिसीहरु) ले अवश्य बुझेका थिए। मानव जातिको पहिलो बाबु-आमाको सृष्टिको बयान गर्ने उत्पत्ति १ अध्यायका पदहरु कुन-कुन हुन्? उत्पत्ति १: __________।
संसार (आकाश र पृथ्वी) को पनि एक शुरुआत थियो (हेर्नुहोस् उत्पत्ति १:१)। एक समय (उत्पत्ति १:१ भन्दा अघि) थियो जब संसार थिएन! तर सृष्टिकर्ता स्वयं नहुनुभएको कुनै समय थिएन! सृष्टिकर्ता अ___________ वास गर्नुहुने (यशैया ५७:१५) व्यक्ति हुनुहुन्छ!
प्रस्थान २०:११ लाई ध्यानपूर्वक पढ्नुहोस्। सृष्टिका यी छ दिन अघि त्यहाँ आ______ थिएन, पृ____ थिएन, स______ थिएन। साथै आ_______मा कुनै कुरा (पंक्षी, तारा आदि) थिएन, पृ____मा कुनै कुरा (मानिस, पशु, बनस्पति आदि) थिएन अनि स______मा कुनै कुरा (माछा, अन्य जलजन्तु आदि) थिएन किनभने यी छ दिन अघि त्यहाँ न आ______ थियो न पृ_____ न स______! यी सबै कुराहरूको शुरुआत थियो!
सैतानको समेत एक शुरुआत थियो: “त्यो ______देखि नै हत्यारा थियो” (यूहन्ना ८:४४)। सैतानले ______देखि नै पाप गर्दै आएको छ” (१ यूहन्ना ३:८)। उसको पतन हुनभन्दा (हेर्नुहोस् यशैया १४:१२-१५) अघि र उसले आफ्नो पापपूर्ण र हत्यापूर्ण क्रियाकलाप शुरु गर्नभन्दा अघि ऊ एक स्वर्गदूत थियो जसको नाम “वि______को ______” (यशैया १४:१२) थियो जसलाई किङ्ग जेम्स् बाइबलमा “लुसिफर” भनी रुपान्तर गरिएको छ। तर सैतानको समेत एक शुरुआत थियो किनकि एक निश्चित दिनमा उसको सृष्टि भएको भनी बाइबलले उल्लेख गर्दछ: “जबसम्म तँमा अधर्म पाइएन, तबसम्म तँ तेरो _________ भएको _______देखि आफ्ना चालहरूमा सिद्ध थिइस्” (इजकिएल २८:१५; पद १३ पनि हेर्नुहोस्)।
अन्य स्वर्गदूतहरुको पनि शुरुआत थियो: “किनभने स्वर्गमा भएका र पृथ्वीमा भएका कुराहरु, देखिने र नदेखिने (हामी स्वर्गदूतहरु देख्न सक्दैनौ) कुराहरु, चाहे सिंहासनहरु चाहे प्रभुताहरु, चाहे प्रधानहरु, चाहे अधिकारीहरु (यी शब्दहरुले स्वर्गदूतहरुलाई जनाउँदछन् – हेर्नुहोस् रोमी ८:३८; एफेसी १:२१; ३:१०; ६:१२; कलस्सी २:१०,१५), ______ उहाँद्वारा नै ______ __________ हुन्; सबै कुराहरु उहाँद्वारा र उहाँकै निम्ति सृष्टि गरिएका हुन्” (कलस्सी १:१६) । तर सृष्टिकर्ता परमेश्वरको शुरुआत थिएन!
जोडा मिलाउनुहोस्:

: “उत्पत्ति” को पुस्तक शुरुआतहरुको पुस्तक हो। यस पुस्तकमा हामीलाई संसारको शुरुआतको (उत्पत्ति १:१), मानिसको शुरुआतको (उत्पत्ति १:२६), पाप र मृत्युको शुरुआतको(उत्पत्ति २:१७; ३:६) र विवाहको शुरुआतको (उत्पत्ति २:२४) बारेमा बताइएको छ। यस पुस्तकमा अन्य कुन कुराहरुको शुरुआतहरुको बारेमा बताइएको छ?

कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघि नै परमेश्वर हुनुहुन्थ्यो: “अनि सबै कुराहरुका ______ उहाँ हुनुहुन्छ” (कलस्सी १:१७)। उहाँ “परमेश्वरको सृष्टिका ______ हुनुहुन्छ” (प्रकाश ३:१४ लाई कलस्सी १:१५ सित दाँज्नुहोस्)। यसको मतलव कुनै पनि कुराको सृष्टि हुनुभन्दा अघिको घडीमा यदि हामी फर्केर जान सम्भव भएको भए त्यहाँ हामीले परमेश्वरको अस्तित्व पाउनेथियौं। भजनसंग्रह ९०:२ मा परमेश्वरको जन मोशाले यसरी लेखे: “पहाडहरू उत्पन्न हुनुभन्दा अघि, अथवा पृथ्वी र संसार तपाईंले सृष्टि गर्नुभन्दा अघिदेखि, _________देखि _________सम्म तपाईं नै ______________ हुनुहुन्छ।”

जनसंग्रह ९०:१० मा मोशाले मानिसको औसत आयु ________ वर्ष छ भनी बताएका छन्। के सबै यति नै जिउँछन्? ____________। उक्त पदमा मोशाले कतिपय मानिस ________ वर्षसम्म बाँच्दछन् भनी बताएका छन्। तपाईंले त्यति उमेर पुग्नुभएका वा त्योभन्दा बढी उमेर पुग्नुभएका कतिजनालाई चिन्नुभएको छ? मोशा कति उमेरमा मरे (व्यवस्था ३४:७)? ________________। मानिसको अल्प आयु र परमेश्वरको अनन्त जीवनबीच रहेको ठूलो अन्तरलाई बिचार गरौं:

शिक्षकलाई निर्देशन: कक्षामा एउटा मैनबत्ती वा सलाइ बाल्न सक्नुहुन्छ (होश गर्नुहोस्!)। अब त्यसलाई निभाउन कसैलाई फुक्न लगाउनुहोस् र सबैलाई त्यसको धुवाँलाई अवलोकन गर्न लगाउनुहोस् जबसम्म त्यो विलिन भएर जाँदैन। सो बिलिन हुन कति समय लाग्यो?
अब याकूब ४:१४ पढ्नुहोस्। तपाईंले भर्खरै आफ्नो जीवनको एउटा दृष्टान्त देख्नुभयो! यसलाई यशैया ४०:६-८ र १ पत्रुस १:२४-२५ सित दाँज्नुहोस्।
यसको दाँजोमा परमेश्वरको अनन्त र अविनाशी जीवन कति फरक छ! निम्न पदहरुलाई विचार गर्नुहोस्:
१) यशैया ४४:६; प्रकाश १:१७ (प्रकाश १:११)

२) प्रकाश १:८; २१:६; २२:१३

३) प्रकाश १:८,११; २१:६; २२:१३

अल्फा (Α) ग्रीक वर्णमाला (अल्फाबेट) को पहिलो अक्षर हो।
ओमेगा (Ω) ग्रीक वर्णमालाको अन्तिम अक्षर हो।
सृष्टिकर्ता परमेश्वर प्रथम र अन्तिम, शुरु र अन्त, अल्फा र ओमेगा हुनुहुन्छ!! उहाँ सृष्टि गरिनुभएको होइन। उहाँ कहिल्यै पनि जन्मिनुभएन। उहाँको अस्तित्वको शुरु छैन। उहाँको उत्पत्ति छैन। उहाँको शुरु छैन। उहाँ सधैं नै हुनुहुन्थ्यो! उहाँ परमेश्वर हुनुहुन्छ, “जो ____________, जो _____________ र जो ______________” (प्रकाश १:४,८; हेर्नुहोस् प्रकाश ३:१४ र यूहन्ना ८:५८)। सृष्टिकर्ताको शुरुआत थिएन!! “शुरुमा परमेश्वर”।
२- सृष्टिकर्ता त्रिएक (एकमा तीनजना) परमेश्वर हुनुहुन्छ
“शुरुमा ______________ले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१)। यस पदअनुसार, सृष्टिकर्ता को हुनुहुन्थ्यो? ______________। यहाँ हिब्रू शब्द “एलोहीम” लाई “परमेश्वर” भनी अनुवाद गरिएको छ। “एलोहीम” को “ईम” प्रत्ययले हिब्रू भाषामा बहुवचनको संकेत दिन्छ। नेपाली भाषामा बहुवचन जनाउन “हरू” प्रत्यय लगाइन्छ। निम्न शब्दहरूलाई बहुवचन बनाउनुहोस्:
- १) कुकुर____ ४) हजुरआमा____
- २) कलम____ ५) ईश्वर____
- ३) खरबुजा____ ६) चरा___
राम्रो! अब निम्न हिब्रू शब्दहरूलाई बहुवचन बनाउनुहोस्:
करूब___ (प्रस्थान २५:१८-२०—“हरू” नलेख्नुहोस्)
सराफ___ (यशैया ६:२,६—“हरू” नलेख्नुहोस्)
तराफ___ (न्यायकर्ता १७:५—“तराफीम” भन्नाले घर-देवता वा मूर्तिहरू बुझिन्छ)
त्यसैले “एलोहीम” एक बहुवचन शब्द हो। बाइबलमा धेरैचोटि एलोहीम शब्दले “ईश्वरहरू” लाई अर्थात् झूटा ईश्वरहरूलाई जनाएको पाइन्छ:
- “मेरो सामु तिम्रा अरू कुनै ________________ (एलोहीम) हुनुहुँदैन” (प्रस्थान २०:३)।
- “अरू ____________ (एलोहीम)को नाम नलेओ” (प्रस्थान २३:१३)।
- “तिनीहरू खाई-खाईकन तृप्त हुन्छणन् र मोटाउँछन्, तब तिनीहरू अरू ____________ (एलोहीम) तिर लाग्नेछन्” (व्यवस्था ३१:२०; पद १८ मा हेर्नुहोस्)।
- “अन्य ____________ (एलोहीम) को पूजा गर्नलाई परमप्रभुलाई त्याग्ने काम हामीबाट कदापि नहोस्!” (यहोशू २४:१६; पद २ मा हेर्नुहोस्)।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)