१-सृष्टिकर्ता (ख)

सृष्टिकर्ता
सत्य परमेश्वरलाई जनाउन एलोहीम प्रयोग गरिँदा (जस्तै उत्पत्ति १:१ मा) यसलाई नेपालीमा “परमेश्वर” भनी रूपान्तर गरिएको छ। तर “ऐलोहीम” एउटा बहुवचन शब्द हो! त्यसो भए उत्पत्ति १:१ लाई नेपालीमा “आदिमा परमेश्वरहरूले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” भनेर लेखिनुपर्ने थिएन त? परमेश्वर कतिओटा हुनुहुन्छ (१ कोरिन्थी ८:५-६; मर्कूस १२:२९-३०; व्यवस्था ४:३९; यशैया ४४:६-८; ४५:५-६)? ________। के संसार तीनओटा परमेश्वरहरूद्वारा सृष्टि गरिएको हो? ______।
उत्पत्ति १:१ को “सृष्टि गर्नुभयो” भन्ने क्रियापद एकवचन क्रियापद हो अनि यसलाई“उहाँले सृष्टि गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ। त्यसैले, “आकाश र पृथ्वी कसले सृष्टि गर्नुभयो?” भन्ने प्रश्नको जवाफ दुइटा छ:
- उहाँले गर्नुभयो (एकवचन) किनकि त्यो क्रियापदको अर्थ “उहाँहरूले” नभएर “उहाँले सृष्टि गर्नुभयो” भन्ने हुन्छ।
- परमेश्वरले गर्नुभयो (बहुवचन) किनकि एलोहीम एक बहुवचन शब्द हो।
त्यसैले संसार सृष्टि गर्नुहुने दुवै एकवचन अनि बहुवचन पनि हुनुहुन्छ! उहाँ एक हुनुहुन्छ तर उहाँ एकभन्दा धेरै पनि हुनुहुन्छ! उहाँ “बहु-एक” हुनुहुन्छ! ब्यवस्था ६:४—“हे इस्राएल सुन, ___________ (एकवचन) हाम्रा ___________ (एलोहीम-बहुवचन) एउटै __________ (बहु-एकवचन) हुनुहुन्छ”। हाम्रो परमेश्वर एउटै परमप्रभु हुनुभएको हुनाले, हामीले उहाँलाई कसरी प्रेम गर्न सक्छौं (ब्यवस्था ६:५)? ____________________________________________________________________ । यदि त्यहाँ दुई परमेश्वरहरू हुनुभएको भए, के हामीले दुवैलाई त्यसरी प्रेम गर्न सक्नेथ्यौं होला (लूका १६:१३)? ______________। उत्पत्ति १:२६-२७ मा पनि परमेश्वरको “बहु-एकता” देख्छौं। पद २६ ले परमेश्वर “बहु” हुनुहुन्छ भनी देखाउँछ। पद २७ ले परमेश्वर एउटै हुनुहुन्छ भनी देखाउँछ।
उत्पत्ति १:२६ (बहुवचन)
“अनि _________ (एलोहीम) ले भन्नुभयो, ‘हामी मानिसलाई ______ स्वरूपमा, _______ समानतामा बनाऔं’ (उत्पत्ति ३:२२; ११:७; यशैया ६:८)।
उत्पत्ति १:२७ (एकवचन)
“अनि परमेश्वरले मानिसलाई _______ स्वरूपमा _______ ___________ (एकवचन क्रियापद – उहाँले सृष्टि गर्नुभयो) , उहँले तिनलाई परमेश्वरको स्वरुपमा _______ ___________। उहँले तिनीहरूलाई नर र नारी गरेर _______ ______________।”
सृष्टिकर्ता कसरी “बहु” पनि “एक” पनि हुन सम्भव छ? सृष्टिकर्ता कसरी “बहु-एक” हुन सम्भव छ? यसको जवाफ नयाँ नियममा छ जहाँ हामी पाउँछौं कि एउटै परमेश्वर तीन व्यक्तिहरूमा हुनुहुन्छ।
तीन व्यक्तिहरू तर एउटै परमेश्वर
मत्ती २८:१९ २ कोरिन्थी १३:१४
१) ______________________ १) ______________________
२) ______________________ २) ______________________
३) ______________________ ३) ______________________
यस सत्यतालाई परमेश्वरको त्रिएकता भनिन्छ:


यो बुझ्नलाई यसरी विचार गर्न सकिन्छ: पानी ३ भिन्न रूपहरूमा पाइन्छ (१. बरफ २. तरल ३. बाफ) तरैपनि प्रत्येक रूप पानी नै हो र प्रत्येक नै एउटै तत्व (H2O) ले बनेको हुन्छ। अब, परमेश्वर ३ भिन्न व्यक्तिहरू (१. पि__ २. पु__ ३. प____ आ____) मा हुनुहुन्छ तरैपनि प्रत्येक व्यक्ति परमेश्वर नै हुनुहुन्छ र प्रत्येकमा एउटै तत्व समानरूपमा छ। परमेश्वर आफैंमा जे-जस्तो हुनुहुन्छ त्यसलाई परमेश्वरको तत्वभनिन्छ। परमेश्वर…हुनुहुन्छ:
सर्वशक्तिमान सर्वज्ञानी बुद्धिमान पवित्र
सर्वव्यापी अपरिवर्तनीय विश्वासयोग्य धर्मी
सत्य अनन्त प्रेम सार्वभौम
र, परमेश्वर यी सबै गुणहरू वा चरित्रहरू भन्दा पनि अझै बढी हुनुहुन्छ!

सृष्टिको अध्ययन गर्ने क्रममा, सृष्टि गर्ने कार्यमा त्रिएक परमेश्वरका तीनओटै व्यक्तिहरू संलग्न हुनुहुन्थ्यो भन्ने सिक्छौं:
१. सृष्टि गर्ने कार्यमा पिता परमेश्वर संलग्न हुनुहुन्थ्यो
एफेसी ३:९—“परमेश्वर (परमेश्वर पिता) ले येशू ख्रीष्टद्वारा ____ ____________ ______ गर्नुभयो” (हिब्रू १:२ मा पनि हेर्नुहोस्)।
२. सृष्टि गर्ने कार्यमा पुत्र परमेश्वर संलग्न हुनुहुन्थ्यो
सृष्टि गर्ने कार्यको प्रमुख कर्ता पुत्र परमेश्वर हुनुहुन्थ्यो! सृष्टि गर्ने कार्य वास्तवमा उहाँले गर्नुभयो! येशू ख्रीष्ट नै सृष्टिकर्ता हुनुहुन्छ!
कलस्सी १:१६—“______ ______ (परमेश्वरको पुत्र, पद १३ हेर्नुहोस्) द्वारा नै _______ गरिएका हुन्; सबै कुराहरू ________ र उहाँकै निम्ति ______ __________ ______।”
यूहन्ना १:३—“_____ ___________ ______ (वचन, पद १४ मा हेर्नुहोस्) द्वारा __________, अनि हुनआएका कुराहरूमध्ये कुनै पनि उहाँबिना हुनआएन।” पुत्र परमेश्वरबिना कति थोकहरू बनिए? ________________________।
हिब्रू १:२—“(परमेश्वर पिता) यी अन्तिम दिनहरूमा चाहिँ हामीसँग आफ्ना ______द्वारा बोल्नुभएको छ; जसलाई उहाँले सबै कुराहरूको हकवाला नियुक्त गर्नुभएको छ, जसद्वारा उहाँले संसारहरू (युगहरू) पनि ______________।”
एफेसी ३:९—“परमेश्वर (पिता) ले ______ _______द्वारा सबै कुराहरूको सृष्टि गर्नुभयो।”
३. सृष्टि गर्ने कार्यमा पवित्र आत्मा परमेश्वर संलग्न हुनुहुन्थ्यो
उत्पत्ति १:२—“अनि ____________ _______ पानीको सतहमाथि घुम्नुहुन्थ्यो।”
अय्युब २६:१३—“आफ्नो आत्माद्वारा उहाँले आकाश सिंगार्नुभएको छ।” “सिंगार्नु” को अर्थ हो, “सुन्दर बनाउनु।” यस पदले बताउँछ, सृष्टिको कार्यमा पवित्र आत्मा चाहिँ ईश्वरीय चित्रकार हुनुहुन्छ। पृथ्वी “आकारविनाको र शून्य” भएको समयमा परमेश्वरको आत्मा क्रियाशील बन्नुभयो र नवसृजित पृथ्वीलाई ढाल्न, सुन्दर बनाउन र त्यसलाई जीवन दिने कार्य गर्न थाल्नुभयो (उत्पत्ति १:२)!

त्रिएक परमेश्वर सृष्टि गर्ने कार्यमा मात्र नभएर नयाँ सृष्टि गर्ने कार्यमा पनि संलग्न हुनुहुन्थ्यो (२ कोरिन्थी ५:१७; एफेसी २:१०), अर्थात् उद्धारको कार्यमा!
त्रिएक परमेश्वर र हाम्रो उद्धार:


यूहन्ना ३:१६ लाई यूहन्ना ३:५ सित तुलना गर्नुहोस्। पिता चाहिँ दाता हुनुहुन्छ, पुत्र चाहिँदान हुनुहुन्छ र विश्वास गर्ने पापीको उक्त दानको प्राप्त गराइलाई पक्का गरिदिनुहुनेचाहिँ पवित्र आत्मा हुनुहुन्छ!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)