सृष्टिकर्ताका दुई पुस्तकहरू

सृष्टिकर्ताका दुई पुस्तकहरू

सृष्टिकर्ताको बारेमा हामी कसरी जान्न सक्छौं? मानिस (सृष्टिको एउटा प्राणी) ले परमेश्वर (सृष्टिकर्ता) को बारेमा कसरी जान्न सक्छ? हामीले उहाँलाई चिन्न सकौं भन्ने हेतुले सृष्टिकर्ताले आफूलाई हामीकहाँ कसरी प्रकट गर्नुभएको छ?

सृष्टिकर्ताले आफूलाई मानिसहरूकहाँ प्रकट गर्न चाहनु भएको हुनाले उहाँले

दुई ओटा पुस्तकहरू

लेख्नुभएको छ। यी दुई पुस्तकहरूले हामीलाई सृष्टिकर्ताको बारेमा बताउँछन्! मानिसहरूले यी दुवै पुस्तकहरू पढून् र उहाँलाई चिन्न सकून् भन्ने परमेश्वरको इच्छा हो। पहिलो पुस्तक सबैले पढ्छन्, तर निकै थोरैले मात्र दोस्रो पुस्तक पढ्छन्। अब हामी सृष्टिकर्ताका दुई पुस्तकहरूको बारेमा सिक्नलाई अघि बढौं!  

पहिलो पुस्तक – सृष्टिकर्तको कार्य (सृष्टि)

(भजनसंग्रह १९:१-६)

“आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ; अनि आकाश-मण्डलले उहाँको हातको काम देखाउँछ।”(भजनसंग्रह १९:१)

“जब म तपाईंको आकाशलाई विचार गर्दछु, जो तपाईंका औंलाहरूको काम हो, अर्थात् जून र ताराहरू, जसलाई तपाईंले नियुक्त गर्नुभयो… सबै भेडाबाख्रा र गाईगोहरुहरू, अँ, वनपशुहरू; आकाशका चराहरू, समुद्राका माछाहरू र समुद्रहरूभित्र चल्ने सबै जन्तुहरू। हे परमप्रभु हाम्रा प्रभु, सारा पृथ्वीभरि तपाईंको नाम कति उत्तम छ!” (भजनसंग्रह ८)।

सृष्टिकर्ताले पहिलो पुस्तक सबै मानिसहरूलाई दिनुभएको छ। र हरेकले यो उदेकको पुस्तक अध्ययन गर्न र बुझ्न सक्दछन्!

हामीले पढ्ने गरेका अधिकांश पुस्तकहरू शब्दहरूले भरिएका हुन्छन्, त्यसैकारणले पढ्न नसक्ने व्यक्तिले पढ्न नजानेसम्म उक्त पुस्तक अध्ययन गर्न सक्दैन! यहिकारणले तपाईं पढ्नसिक्नु अघि अक्षरहरू चिन्न नर्सरी कक्षाबाट सुरु गर्नुभयो! तर त्यहाँ यस्ता पुस्तकहरू पनि छन् जुन पुस्तक निकै साना बाल-बालिकाहरूले पनि पढ्न र बुझ्न सक्छन्! तिनलाई चित्र पुस्तिका भनिन्छ! यी त्यस प्रकारका पुस्तकहरू हुन् जसमा अक्षरहरू हुँदैनन् तर चित्रहरू मात्र हुन्छन्।

पहिलो पुस्तक चित्र पुस्तक हो—त्यहाँ कुनै शब्दहरू छैनन् (अघिल्लो उदाहरणलाई फेरी हेर्नुहोस्)। परमेश्वरको सृष्टिको पुस्तक भनेको त्यस्तो पुस्तक होइन जसलाई मानिसले खोल्नैपर्छ र पढ्नैपर्छ। उसले त केवल हेर्नुपर्छदेख्नुपर्छ: “किनभने संसारको _____________ नै उहाँका ____________ गुणहरू (हामी परमेश्वरलाई देख्न सक्दैनौं—१ यूहन्ना ४:१२) अर्थात उहाँका अनन्त शक्ति र परमेश्वरत्व छर्लङ्ग ________ परेका छन् (हामी परमेश्वरको सृष्टिलाई देख्न सक्छौं!—भजनसङ्ग्रह ८:३) — __________ गरिएका कुराहरूद्वारा ____________ छन् (सबै मानिसहरूले पहिलो पुस्तकलाई जान्न सक्छन्)— रोमी १:२०। जब बालकले उसका आँखाहरू पहिलो पटक खोल्दछ र उसको वरिपरि भएको संसारलाई अवलोकन गर्न थाल्दछ, तब उसले पहिलो पुस्तक पढ्न सुरु गर्दछ। एउटा बालकले शब्दहरू पढ्न सक्दैन, र निश्य पनि उसले बाइबल पढ्न र बुझ्न पनि सक्दैन, तर उसले परमेश्वरको सृष्टिको पुस्तकलाई पढ्न सक्दछ!

संसारभरिका करोडौं मानिसहरू (वयस्कहरू पनि) अक्षरहरू पढ्न सक्दैनन्। उनीहरू निरक्षर छन् (उनीहरूले पढ्न र लेख्न सक्दैनन्)। उनीहरू विद्यालय गएनन् र कसैले पनि उनीहरूलाई कसरी पढ्ने भनी सकिएन! मिशनरीको महत्त्वपूर्ण कामहरू मध्ये एउटा चाहिँ निरक्षर मानिसहरूलाई पढ्न सिकाउनु हो ताकि उनीहरूले परमेश्वरको वचन, बाइबल पढ्न र बुझ्न सुरु गर्न सकुन्! तर निरक्षर मानिसहरूले पनि पहिलो पुस्तक पढ्न सक्छन् “दिनले दिनसित (अघिल्लो चित्रको दाहिनेपट्टि हेर्नुहोस्) बात गर्छ, अनि रातले रातलाई (अघिल्लो चित्रको देब्रेपट्टि हेर्नुहोस्) ज्ञान प्रकट गर्छ” (भजनसङ्ग्रह १९:२)।

केहि पुस्तकहरू छन् जुन पुस्तकहरू हामीले पढ्न सक्दैनौं किनभने ती वैदेशिक भाषामा लेखिएका छन्। जब दाऊदले, भजनसङ्ग्रह १९:१ ले तिनले यो हिब्रू भाषामा लेखे:

के तपाईंले यी शब्दहरू पढ्न र बुझ्न सक्नुहुन्छ? यसै कारणले बाइबललाई नेपालीमा अनुवाद गरिनु परेको हो: “___________ परमेश्वरको ___________ वर्णन गर्छ;” (भजनसङ्ग्रह १९:१)। अर्कोतर्फ, पहिलो पुस्तक कहिल्यै पनि अनुवाद गर्नु खाँचो छैन! परमेश्वरले उहाँको सृष्टिको पुस्तक सबै ठाउँका सबै मानिसहरूले बुझ्ने भाषामा लेखिदिनुभयो: “न कुनै ______ छ, न _________, जहाँ तिनीहरूको आवाज सुनिँदैन। तिनीहरूको ध्वनि सारा ____________ _______________ _____________ छ” (भजनसङ्ग्र १९:३,४)।

पहिलो पुस्तकले हामीलाई सृष्टिकर्ताको बारेमा उदेकका कुराहरू सिकाउँछ! कुनै लेखकका पुस्तकहरू पढेर हामीले उक्त लेखकको बारेमा थुप्रै कुराहरू जान्न सक्छौं! रोमी, २ कोरिन्थी, फिलिप्पी२ तिमोथीको मानवीय लेखक को थिए? _________________ जसै हामी यी पुस्तकहरू पढ्दछौं उक्त मानिसको बारेमा हामीले धेरै कुराहरू सिक्न सक्छौं। उदाहरणको निम्ति, रोमी १:१ मा हामीले जान्न सक्छौं कि उक्त लेखकको नाम पा_____ थियो र तिनी एकजना प्रे______ थिए। यसैकारण हामी तिनलाई प्रे_____ पा______ भनी सम्बोधन गर्दछौं। जब हामीले भजनसङ्ग्रहका थुप्रै खण्डहरू अध्ययन गर्दछौं, हामीले दाऊद भनीने लेखकको बारेमा थुप्रै कुराहरू जान्न सक्दछौं! त्यसै गरी, जब हामी परमेश्वरको सृष्टिको पुस्तक पढ्दछौं, हामीले यस पुस्तकका लेखक, सृष्टिकर्ताको बारेमा जान्न सक्दछौं।

सृष्टिले हामीलाई सृष्टिकर्ताको बारेमा सिकाउँदछ! अय्यूब १२:७-९ पढ्नुहोस्। यस पदको अनुसार, हामीलाई कसले सृष्टिकर्ताको बारेमा सिकाउँछ? १. प_______ २. आ______ प_______ ३. पृ________ ४. स__________ मा________।

त्यहि प्रकारले, सृष्टि (पहिलो पुस्तक) लाई हेरेर मात्र पनि, हामीले आकाशहरू र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर, अर्थात्, सृष्टिकर्ताको बारेमा धेरै कुराहरू जान्न सक्दछौं। परमेश्वरको सृष्टिको पुस्तक हेरेर हामीले सिक्न सक्ने दस ओटा कुराहरू निम्न बमोजिम छन्:

अघिल्लो तालिकामा, हामीले पहिलो पुस्तक पढेर सृष्टिकर्ताको बारेमा थाह पाउन सकिने १० ओटा कुराहरूको सूची हेर्यौं। तिनलाई क देखी ञ सम्मका वर्णहरूले सुचाङ्कित गरिएका छन्। अब तपाईंले तिनलाई निम्न १० वक्तव्यहरूसँग जोडा मिलाउनुहोस्। यी मध्ये कुनै-कुनैको निम्ति एकभन्दा धेरै उत्तरहरू मिलेको जस्तो देखा पर्न सक्छ। तर तपाईंले सर्वोत्तम उत्तर खोज्नुहोस्।

निम्न बुँदासित मिल्ने उपर्युक्त सूचीको अक्षरलाई खाली ठाउँमा लेख्नुहोस्—

  1. ______ भूआकर्षणको नियम; पानी जम्ने नियम (पानी सधैं जीरो डिग्री सेन्टिग्रेडमा जम्ने गर्छ) र प्रकृतिका अन्य अपरिवर्तनीय नियमहरू। यी नभएका भए प्रकृतिमा पूरा गोलमाल हुनेथ्यो।
  2. ______ सुन्दर सूर्यास्त; मयुरका प्वाँख; समुद्री माछाका बनोट र रंगहरू
  3. ______ गर्जन, भूकम्प, सुनामी, आँधी (रोमी १:२०)
  4. ______ आकाशको वृष्टि; फलदायी ऋतुहरू; सूर्यको उज्यालो र ताप (प्रेरित १४:१७; मत्ती ५:४४-४५)।
  5. ______ ब्रम्हाण्ड (universe) को विशालता (सौर्य मण्डल, तारामण्डलहरू)। हाम्रो तारामण्डलमा मात्र ३००,०००,००० सूर्यहरू छन् जसमध्ये हाम्रो सूर्य एक हो! ताराहरूका बीचको दूरी कल्पनै गर्न नसक्ने छन् (ती प्रकाशवर्षमा नापिन्छन्)। वैज्ञानिकहरू समेत ताराहरूको संख्या गन्न सक्दैनन् किनकि ती अति धेरै छन् (भजनसंग्रह ८:३-४; उत्पत्ति १५:५; यर्मिया ३१:३७; ३३:२२; भजनसंग्रह १४७:४)।
  6. ______ मानिसको मस्तिष्कको बनोट मानिसले नै रचेको कुनै पनि कम्प्युटरभन्दा पनि जटिल छ। भजनसंग्रह १३९:१४ हेर्नुहोस्।
  7. ______ प्रत्येक हिउँको कण सबै षट्कोण रचनाका भए तापनि एक-अर्का भन्दा फरक भेटिन्छन्। अरबौं मानिसमा धरि कुनै दुईजना उस्तै छैनन्। जुम्ल्याहा समेत फरक हुन्छन्!
  8. ______ सूर्य पृथ्वीबाट नता बढ्ता टाढा छ (नत्र हामी काठ्ठिएर मर्नेथ्यौं) नता बढ्ता नजीक छ (नत्र हामी डढेर नष्ट हुनेथ्यौं)। हामी बस्ने ग्रहमा प्रशस्त पानी छ (जसविना जीवन सम्भव हुनेथिएन), प्रशस्त अक्सिजन छ (जसविना हामी सास फेर्न सक्नेथिएनौं)। चन्द्रमा, मंगल वा बुध ग्रहमा हामी बाँच्नै सक्ने थिएनौं। पृथ्वीलाई मानिसको निम्ति तयार गर्ने क्रममा आफू के गर्दैछु भन्ने कुरा बुद्धिमानी परमेश्वर राम्ररी जान्नुहुन्थ्यो (यशैया ४५:१८; भजनसंग्रह १०४:२४; १३६:५; यर्मिया १०:१२; ५१:१५।
  9. ______ पंक्षीहरूको आहारा; लिली फूलको पोशाक; चल्लालाई माउले पखेटामुनि रक्षा गर्छिन् र स्याहार गर्छिन् (मत्ती ६:२६-३०; २३:३७)।
  10. ______ दिन र रातको चक्र; ऋतु चक्र (ग्रीष्म, शरद, शिशिर, बसन्त)—उत्पत्ति ८:२२; यर्मिया ३१:३६; ३३:२०।

परमेश्वरको सृष्टिको पुस्तक (जसलाई हामीले “पहिलो पुस्तक” भनेका छौं) लाई हेरेर मात्र पनि सृष्टिकर्ताको बारेमा हामीले धेरै कुराहरू जान्न सक्छौं। हामीले परमेश्वरको सृष्टिको पुस्तकलाई हाम्रो वरिपरि जहिँतहिँ देख्न सक्छौं — चाहे हामी सृष्टिका कठीन कुराहरूलाई सुक्ष्मदर्शक यन्त्रबाट हेरौं वा सृष्टिका विशाल ब्रम्हाण्डलाई दूरदर्शक यन्त्रबाट हेरौं! तर परमेश्वरको बारेमा जानेर मात्र पर्याप्त हुँदैन, हामीले वास्तविक र व्यक्तिगत रुपमा नै परमेश्वरलाई जान्नुपर्छ! पहिलो पुस्तकले हामीलाई परमेश्वरको बारेमा जान्नलाई मात्र सहायता गर्दछ — जस्तै, उहाँको अस्तित्व छ र उहाँ शक्तिमान्, विश्वासयोग्य, बुद्धिमानी र सर्वज्ञानी परमेश्वर हुनुहुन्छ। तर यदि हामीले साँच्चै हाम्रो सृष्टिकर्तालाई जान्ने हो भने हामीले अर्को पुस्तक पढ्नैपर्छ, अर्थात्, दोस्रो पुस्तक

“परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई परिवर्तन गर्ने; परमप्रभुको साक्षी पक्का छ; बोधालाई बुद्धिमान् तुल्याउने। परमप्रभुका नियमहरू सही छन्, हृदयलाई आनन्दित गराउने; परमप्रभुको आज्ञा शुद्ध छ, आँखाहरूलाई ज्योतिर्मय पार्ने। परमप्रभुको भय सफा छ, सदा रहिरहने; परमप्रभुको न्याय-वचनहरू पूर्णतया सत्य र धर्ममय छन्। सुनभन्दा बढी, अँ धेरै निखुर सुनभन्दा बढी तिनीहरूको चाहना गरिनुपर्छ; ती महभन्दा, अँ महको चाकाभन्दा पनि मीठा छन्। साथै तीद्वारा नै तपाईंको दासले चेताउनी पाउँछ, अनि तिनको पालन गरेमा ठूलो इनाम छ”(भजनसङ्ग्रह १९:७-११)।

“अनि तिंमीले बालककालदेखि नै पवित्र शास्त्रहरू जानेका छौ; जसले तिमीलाई, ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिका निम्ति बुद्धिमान् तुल्याउन सक्छन्। सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो (सबै पवित्रशास्त्र “परमेश्वरद्वारा निश्वासित” हो), अनि शिक्षाका निम्ति (सिकाउन), भूलदोष देखाउनाका निम्ति (हप्काउन), सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; जसद्वारा परेमश्वरको जब हरेक असल कामका निम्ति पूर्ण रूपले (पूरै) सुसज्जित भई सिद्ध होओस्।” (२ तिमोथी ३:१५-१७)।

दोस्रो पुस्तक चित्रहरूको पुस्तक होइन। तपाईंले उदाहरणमा देख्नुभएझैं, दोस्रो पुस्तक शब्दहरूले भरिएको छ। निरक्षरहरूले दोस्रो पुस्तक पढ्नसक्दैनन् किनभने अक्षरहरू कसरी पढ्ने भनी उनीहरूलाई थाहै छैन। कति देशका मानिसहरूले दोस्रो पुस्तक उनीहरूको आफ्नै भाषामा अनुवाद नभएसम्म पढ्न सक्दैनन्। सृष्टिकर्ता परमेश्वरले हामीले उहाँलाई जान्न सकौं भनेर हामीलाई दोस्रो पुस्तक दिनुभएको हो (यूहन्ना १७:३)! परमेश्वरले हामीलाई लिखित अभिलेख दिनुभएको छ (१ यूहन्ना ५:११) जसले हामीलाई उहाँको पुत्रको बारेमा र उहाँमा पाउने यति ठूलो मुक्तिको बारेमा बताउँदछ!

हामीले दोस्रो पुस्तकमा पढ्ने शब्दहरू केवल मानिसका शब्दहरू मात्रै होइनन् (यद्यपि ती कुराहरू लेख्न परमेश्वरले मानिसहरूलाई प्रयोग गर्नुभयो), तर ती ता सृष्टिकर्ताका शब्दहरू हुन्! परमेश्वरले बोल्नुभयोउहाँका शब्दहरू लेखिए: “किनकि ____________ ___________ यो _____________ छ” (यशैया ४०:५)। जब हामी पहिलो पुस्तक हेर्दछौं, सृष्टिकर्ताले के रच्नुभयो भनी हामी देख्दछौं! जब हामी दोस्रो पुस्तक हेर्दछौं सृष्टिकर्ताले के भन्नुभयो भनी हामी देख्दछौं! हामीले दोस्रो पुस्तक पढ्दाहुँदि यस्ता कुराहरू सिक्न सक्छौं जुन कुराहरू पहिलो पुस्तकको अवलोकन गरेर मात्र कहिल्यै सिक्न सकिँदैन। उदाहरणको निम्ति, दोस्रो पुस्तकमा हामीले निम्न कुराहरूको बारेमा सिक्दछौं:

क) मुक्ति—

      • यूहन्ना ३:१७; प्रेरित ४:१२
      • सुर्यास्त हेरेर तपाईंले कहिल्यै पनि मुक्तिको बारेमा सिक्न सक्नुहुँदैन!
    •  

ख) क्षमा –

      • भजनसंग्रह १०३:१२ हिब्रू १०:१७
      • ताराहरू अवलोकन गरेर तपाईंले कहिल्यै पनि क्षमाको विषयमा सिक्न सक्नुहुँदैन!
    •  

ग) शान्ति—

      • रोमी ५:१; कलस्सी १:२१ (जोहरू परमेश्वरसँग युद्धमा छन्, उनीहरूको परमेश्वरसँग शान्ति वा मेलमिलाप भएको छ।)
      • मयुरलाई हेरेर तपाईंले कहिल्यै पनि कसरी एउटा पापीले परमेश्वरसँग शान्ति वा मेलमिलाप पाउन सक्छ भनी सिक्न सक्नुहुँदैन!
    •  

घ) अनन्त जीवन—

      • यूहन्ना १०:१०; १ यूहन्ना ५:१२
      • चट्ट्याङ्ग परेको हेरेर तपाईंले कहिल्यै पनि कसरी अनन्त जीवन पाउन सकिन्छ भनी सिक्न सक्नुहुँदैन!
    •  

ङ) धार्मिकता—

      • १ कोरिन्थी १:३०; २ कोरिन्थी ५:२१
    • भू-आकर्षणको नियमलाई अध्ययन गरेर तपाईंले कहिल्यै पनि परमेश्वरसँग कसरी ठीक सम्बन्धमा आउन सकिन्छ भनी सिक्न सक्नुहुँदैन!

दोस्रो पुस्तकमा मात्र तपाईंले मुक्तिदाताको बारेमा सिक्न सक्नुहुन्छ!!!

यहाँ २० ओटा प्रश्नहरू छन्। यदि कुनै प्रश्नको जवाफ पहिलो पुस्तकजवाफ हो भने, प्रश्न अगाडिको खाली ठाउँमा अङ्क १ लेख्नुहोस्। यदि कुनै प्रश्नको जवाफ जवाफ दोस्रो पुस्तकजवाफ हो भने, प्रश्न अगाडिको खाली ठाउँमा अङ्क २ लेख्नुहोस्। प्रश्नहरू यस प्रकार छन्:

  1. _____ स्वर्गहरूको बारेमा कुन पुस्तकले सिकाउँछ (उत्पत्ति १:१)?
  2. _____ स्वर्ग कसरी जाने भनी कुन पुस्तकले सिकाउँछ (यूहन्ना १४:६)?
  3. _____ तेस्रो स्वर्गको बारेमा कुन पुस्तकले सिकाउँछ (२ कोरिन्थी १२:२-४)?
  4. _____ कुन पुस्तकलाई सबै वैज्ञानिकहरू पढ्ने गर्छन्?
  5. _____ कुन पुस्तकलाई प्राय: वैज्ञानिकहरू पढ्ने गर्दैनन्?
  6. _____ कुन पुस्तकलाई विकासवादीहरूले इन्कार गर्छन्?
  7. _____ कुन पुस्तक टलेर जानेछ (मत्ती २४:३५)?
  8. _____ कुन पुस्तक कहिल्यै टल्नेछैन (मत्ती २४:३५)?
  9. _____ कुन पुस्तकभित्र अझै ६६ पुस्तकहरू छन्?
  10. _____ कुन पुस्तक सबै मानिसले प्रस्टै बुझ्छन् (रोमी १:२०)?
  11. _____ कुन पुस्तक मुक्ति नपाएकाहरूले कहिल्यै बुझ्दैनन् (१ कोरिन्थी १:१८; २:१४)?
  12. _____ कुन पुस्तकले एक व्यक्तिलाई मुक्तिका निम्ति बुद्धिमान बनाउन सक्छ (२ तिमोथी ३:१५)?
  13. _____ कुन पुस्तकले एक व्यक्तिलाई परमेश्वारको सामर्थ्य, महानता र महिमाको बारेमा बुद्धिमान बनाउन सक्छ (रोमी १:२०; भजनसंग्रह १९:१)?
  14. _____ “महान् ईश्वर विचार्छु काम तपाईंको” भन्ने आत्मिक गीत कुन पुस्तकको बारेमा हो?
  15. _____ भजनसंग्रह ११९ कुन पुस्तकको बारेमा हो?
  16. _____ भजनसंग्रह १९:१-६ कुन पुस्तकको बारेमा हो?
  17. _____ कुन पुस्तकले प्राणलाई बदल्न सक्छ (भजनसंग्रह १९:७)?
  18. _____ भजनसंग्रह १३९:१४ कुन पुस्तकको बारेमा हो?
  19. _____ संसारका सबै जातिले बुझ्ने पुस्तक कुन हो?
  20. _____ सुसमाचार (असल समाचार) कुन पुस्तकमा पाइन्छ (१ कोरिन्थी १५:१-४)?

तपाईंको निम्ति प्रश्नहरू

तपाईंको जीवनमा दोस्रो पुस्तकले के अर्थ राख्दछ? के तपाईं दोस्रो पुस्तक पढ्ने गर्नुहुन्छ? के तपाईं सृष्टिकर्ताका शब्दहरू सुन्ने गर्नुहुन्छ? के दोस्रो पुस्तकले तपाईंलाई मुक्तिको निम्ति बुद्धिमान तुल्याएको छ? स्मरण रहोस: सृष्टिकर्ताको बारेमा जान्नु पर्याप्त छैन। तपाईंले सृष्टिकर्तालाई चिन्नै पर्छ!! र उहाँलाई चिन्नु भनेको अनन्त जीवन पाउनु हो (यूहन्ना १७:३)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email