छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

छोराछोरीको संरक्षण गर्न बाबुआमाका जिम्मेवारीहरू

  • के बाबुआमाहरूले छोराछोरीलाई ईश्वरीय तालीम दिने कामलाई प्रमुख प्राथमिकता र लक्ष्य बनाएका छन्?
  • आफ्‍ना छोराछोरीहरूले नयाँ जन्म पाऊन् भन्ने हेतुले के बाबुआमाहरूले गर्न सक्ने सबै कुराहरू गरिरहेका छन्?
  • के बाबुआमाहरूको ख्रीष्टियन जीवन नियमित र एकनास खालको छ?
  • के बाबुआमाहरू प्रभावकारी खालको व्यक्तिगत बाइबल अध्ययन गर्ने गर्छन्?
  • के उनीहरू देनिक रूपमा पारिवारिक सङ्गति गर्छन्?
  • के उनीहरू एउटा खाँटी मण्डलीमा विश्वासयोग्य छन्?
  • के बाबुआमाहरूले त्यस्ता कुनै पनि प्रत्यक्ष पापलाई ठाउँ नदिई जिउँदैछन् जसले नत्र उनीहरूको अनुशासन कार्यलाई थाहा नपाउने गरीकन दुर्बल बनाउनेथ्यो?
  • के पति र पत्नीको प्रभुमा सँगसँगै एउटा स्वस्थ पारस्परिक सम्बन्ध छ?
  • के बुबा घरको आत्मिक शिरको रूपमा सक्रिय छन्?
  • के बुबाले आफ्नी पत्नीलाई प्रेम गर्ने र उनीसित मन खोलेर कुरा गर्ने, कुरा सुन्ने गर्ने गर्छन्?
  • के पत्नीमा एउटा ईश्वरीय र अधीनताको आत्मा छ?
  • के आमा “घर सम्हाल्ने” व्यक्ति छिन्?
  • के उक्त घर आत्मिक सङ्गीतले भरिएको छ?
  • के नानीहरूलाई प्रभावकारी ढङ्गले अनुशासन गरिँदैछ र के छडीलाई अनुशासन पद्धतिमा ठीकसित प्रयोग गरिँदैछ?
  • के अनुशासन नियमित (अविरोधी) रूपमा गर्ने गरिएको छ?
  • के अनुशासन दृढतापूर्वक गर्ने गरिएको छ?
  • के आज्ञापालन उत्पन्न गराउन छडीलाई पर्याप्त बलका साथ प्रयोग गरिँदैछ?
  • के छोराछोरीहरूलाई आज्ञापालन र अधिकारप्रति आदरभाव सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई असल मनोभाव कायम राख्न सिकाइँदैछ?
  • के छोराछोरीहरूलाई पटक-पटक चेतावनी दिने काम नगरीकन बरु छिट्टै आज्ञापालन गर्न सिकाइँदैछ?
  • के अनुशासन प्रेममा गरिँदैछ?
  • के बाबुआमाहरूले छोराछोरीलाई रिसमा अनुशासन गर्नदेखि आफूलाई जोगाउँदैछन्?
  • के छोराछोरीहरूलाई उनीहरूले अनुशासनको विरोध गर्न वा मुख लाग्न पाउँदैनन् भनेर सिकाइँदैछ?
  • के छोराछोरीहरू बाइबलको जगमा बसालिँदैछन्? के उनीहरूलाई आफ्‍नै व्यक्तिगत दैनिक बाइबल अध्ययन गर्ने बानी हुन सिकाइँदैछन्?
  • के छोराछोरीहरूलाई बाइबल अध्ययन गर्न र बाइबलको अर्थ प्रकाशन गर्न सिकाइँदैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीहरूसित घनिष्ट कुराकानी गर्ने अवस्थामा छन्?
  • के बुबा र आमा छोराछोरीका सामु एउटै मनसित व्यवहार गर्दैछन्?
  • के बाबुआमाहरूले छोराछोरीका हृदयहरू आफूतिर कामय राख्दैछन् र सुरक्षित राख्दैछन्?
  • के बुबा आफ्‍ना छोराछोरीलाई रिस नउठाउन होशियार छ?
  • के बाबुआमाहरूले छोराछोरीका जीवनहरूका सबै क्षेत्रहरूमाथि नजिकबाट निगरानी राखिरहेका छन्?
  • छोराछोरी तन्नेरी भएका छन् भने के बाबुआमाहरू उनीहरूसित अझै घनिष्ट कुराकारनी गर्ने र उनीहरूका जीवनहरूलाई निगरानी राख्ने गर्दैछन्?
  • के बाबुआमाहरू आफ्‍ना छोराछोरीका सामु इमानदार छन् र आवश्यक पर्दा आफ्‍ना पाप र भूलहरूलाई स्वीकार गर्ने गर्छन्?
  • के छोराछोरीहरूलाई नियम र प्रतिबन्धहरूको बाइबलीय आधार सिकाइँदैछ?
  • के तिनीहरूलाई दैनिक जीवनहरू र निर्णयहरूमा बाइबललाई लागु गर्न सिकाइँदैछ?
  • के बाबुआमाहरू छोराछोरीहरूका निम्ति दैनिक रूपमा र यत्नपूर्वक प्रार्थना गरिरहेका छन्?
  • के छोराछोरीहरूलाई संसारका खराब कुराहरू जस्तै बलिऊड, पप सङ्गीत, अभद्र फेशन र अस्वस्थ भिडियो गेमहरू तथा पढ्ने कुराहरूबाट अलग राख्दैछन्?
  • के इन्टरनेटको सम्पूर्ण प्रयोग ईश्वरीय नियन्त्रणमुनि रहेको छ?
  • के छोराछोरीहरूलाई प्रभुको सेवा कसरी गर्ने भनेर सिकाइँदैछ? के उनीहरू सेवकाइमा संग्लग्न छन्?
  • के छोराछोरीहरू एउटा खाँटी, आत्मिक रूपमा स्वस्थ बाइबलीय मण्डलीमा छन्?
  • के बाबुआमाहरू मण्डलीका मानदण्डहरूलाई समर्थन गर्दछन्?
  • के छोराछोरीहरू एउटा स्वस्थ ख्रीष्टियन स्कूलमा वा होमस्कूलमा पढाइँदैछन्?
साभार: David Cloud, Keeping the Kids, Way of Life Literature (2010)

Sharing Policy

Sharing Policy

यस वेबसाइटमा प्रकाशन गरिएको कुनै पनि सामग्रीलाई अनुमति बिना अन्य वेबसाइटमा प्रकाशन गर्न मनाही छ। साथै यदि यस वेबसाइटको कुनै पनि सामग्रीलाई छापेर वितरण गर्न चाहनुहुन्छ भने अनिवार्य उक्त छापिएको प्रतिलिपिमा उक्त सामग्री यस वेबसाइटबाट कपि गरिएको हो भन्ने कुरालाई जनाउनु आवश्यक छ। अनुमतिको लागि info@wordoftruth.com.np मा हामीलाई लेख्नुहोला धन्यवाद।

३ शिक्षा कि भ्रम

पाठ ३

शिक्षा कि भ्रम

 

शिक्षा

शिक्षा शब्दको अर्थ हो सिकाइने वस्तुको सङ्गालो। येशू ख्रीष्टको मण्डली मानिसहरूको शिक्षा, सिद्धान्त, राय वा विचारहरूमा बनाइएको छैन, तर यो त परमरेश्वरको शिक्षामा बनाइएको छ:

परमेश्वरको शिक्षाको एउटा चरित्र हो, सत्यता। पवित्र आत्मा (मण्डलीको शिक्षक) लाई “___________को आत्मा” भनिएको छ (यूहन्ना १६:१३) र उहाँलाई पछ्याउनेहरूलाई उहाँले “सबै ___________” डोर्याउनुहुन्छ (यूहन्ना १६:१३)। उहाँले कहिल्यै पनि झूटा कुरा सिकाउनुहुन्न र उहाँले कहिल्यै पनि कसैलाई भड्काउनुहुन्न।प्रभु येशू ख्रीष्टलाई मण्डलीको शिर भनिएको छ, र उहाँले आफू नै सत्यताको साकार रूप भएको दाबी गर्नुभयो, “बाटो, ____________ र जीवन म नै हुँ” (यूहन्ना १४:६)। उहाँले कहिल्यै पनि आफ्नो मण्डलीलाई भड्काउनुहुन्न। 

येशू ख्रीष्टको मण्डलीले एउटा पुस्तकलाई पछ्याउँछ, त्यो हो बाइबल। यही एउटा पुस्तकमा मण्डलीलाई चाहिने सबै अर्ती, शिक्षा, अगुवाइ र बुद्धि हामीले पाउँदछौं। के बाइबलले कहिल्यै हामीलाई भड्काउनेछ? येशूले भन्नुभयो, “तपाईंको वचन _____________ छ” (यूहन्ना १७:१७)। बाइबललाई “___________को वचन” भनिएको छ (२ तिमोथी २:१५)। 

जब सम्म विश्वासीहरू सत्यको परमेश्वरसत्यको वचनसँग टाँसिरहन्छन्, उनीहरू सुरक्षित् रहन्छन् र भड्किनेछैनन्। 

भ्रम

भ्रममा परेको व्यक्ति छलिएको वा धोकामा परेको हुन्छ। ऊ सत्यताबाट अन्तै डोर्याइएको छ र उसले झूटलाई अङ्गालेको छ। २ थेस्सलोनिकी २:९-१२ मा महासङ्कष्टकालको समयमा यस संसारमा जिउने मानिसहरूको बारेमा सिकिन्छ। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्नेछन् कि इन्कार गर्नेछन् (२ थेस्सलोनिकी २:१०)? __________________ उनीहरूले के विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:११)? ____________________ के उनीहरू भ्रममा परेका छन् (२ थेस्सलोनिकी २:११)? ____________ उनीहरू के विश्वास गर्न इन्कार गर्छन् (२ थेस्सलोनिकी २:१२)? __________________ यी अविश्वासीहरूको तुलनामा, पावलले बताउँछन् कि साँचो विश्वासीहरू ती हुन् जसले “स_________” विश्वास गर्नेछन् (२ थेस्सलोनिकी २:१३)। 

शैतान नै भ्रमको मालिक हो। प्रभु येशूले शैतानलाई यसरी व्याख्या गर्नुभयो, “त्यो शुरुदेखि नै हत्यारा थियो, अनि _____________ रहेन, किनभने त्यसमा ______________ छँदै _______। जब त्यसले __________ बोल्दछ, तब त्यो आफ्नैतर्फबाट बोल्दछ; किनकि त्यो ___________ हो र झूटको __________ हो” (यूहन्ना ८:४४)। 

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै डोर्याउन र लैजान चाहन्छ। ऊ छल गर्न, धोकामा पार्न र भ्रममा पार्न चाहन्छ। उसले झूटो शिक्षाद्वारा परमेश्वरको शिक्षाको ठाउँ ओगट्न चाहन्छ। “साँचो (स्वस्थ) शिक्षा” को सट्टामा (१ तिमोथी १:१०; तीतस १:९; २:१), उसले मानिसहरूलाई विषालु शिक्षाहरूलाई (उनीहरूको अनन्त विनाश) विश्वास गर्न तर्फ डोर्याउन चाहन्छ। शैतानले परमेश्वरको सत्यताको विरुद्धमा अटल युद्धको फुत्कार छोडेको छ र यो युद्ध पुरुषहरू र स्त्रीहरूको हृदयहरूमा चलिरहेको छ। रोजाइ यहाँ छ:

मानिसहरूको हृदय कब्जा गर्ने यो युद्धले हामीमध्ये हरेकलाई प्रभाव पार्दछ। तपाईं कुन धरातलमा खडा हुनुहुन्छ? के तपाईं परमेश्वरको सत्यतामा खडा हुनुहुन्छ कि शैतानका भ्रमहरूमा? होशियार, नत्रता तपाईंले परमेश्वरको सत्यतालाई मानिसहरूका भावहरू, विचारहरू र धारणाहरूसँग साट्नुहोला। बहकिएर जानु निकै सजिलो छ। धोका खानु निकै सजिलो छ। सत्यतालाई हातबाट छोड्नु र शैतानका झूटहरूमा टाँसिनु एकदम सजिलो छ। 

होशियार!

शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट र सत्यताको परमेश्वरबाट अन्तै डोर्याएर लैजान चाहन्छ। बाइबलले हामीलाई यसको बारेमा थुप्रै, थुप्रै ठाउँहरूमा चेताउनी दिँदछ। 

प्रभु येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “__________ ________________ होसियार बस” (मत्ती ७:१५)। साँचो भविष्यवक्ता परमेश्वरको अधिवक्ता वा परमेश्वरको मुख जस्तै हो। उसले परमेश्वरको वचनको घोषणा गर्दछ। झूटा भविष्यवक्तालाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ? के उनीहरू बाहिरबाट हेर्दा खतरापूर्ण देखिन्छन् (मत्ती ७:१५)? ____________ के उनीहरू साँच्चै खतरापूर्ण हुन्छन्? ___________ के झुटा भविष्यवक्ताहरूलाई प्रयोग गरेर धेरैलाई धोका दिन र भ्रमित् पार्न शैतान सफल भएको छ (हेर्नुहोस् मत्ती २४:११, २४)? ___________ के पावलले तीतसलाई छलीहरूको बारेमा चेताउनी दिए (तीतस १:१०)? _________

के आज हाम्रो संसारमा धोका दिनेहरू छन्? के आज हामीले धोका र भ्रमहरूजस्ता समस्या भोगिरहेका छौं? २ तिमोथी ३ अध्यायमा पावलले तिमोथीलाई भने, “अन्तिम दिनहरूमा” (१ पद) “दुष्ट मानिसहरू र बहकाउनेहरू धोका दिँदै र ________ खाँदै _______________ ____________ हुँदै जानेछन्” (१३ पद)। उनीहरूले अरूलाई धोका दिनेछन् र आफैं पनि धोका खानेछन्। उनीहरूले अरूलाई मूर्ख बनाउनेछन् र उनीहरू आफैं पनि मूर्ख बन्नेछन्। उनीहरूले छल खुवाउनेछन् र आफैं पनि छल खानेछन्। के आज हाम्रो संसारमा यस प्रकारका मानिसहरू छन्? के उनीहरूमध्ये कसैले कुनै पुस्तकहरू पनि लेख्छन्? के उनीहरूमध्ये कसैले ख्रीष्टिय पत्रिकाहरूमा लेखहरू लेख्छन्? के उनीहरूमध्ये कसैले रेडियो वा टेलिभिजनमा पनि बोल्छन्? के उनीहरूमध्ये कोही पुल्पीटहरूमा उभिएर प्रचार गर्छन्?

साँचो शिक्षामा टाँसिरहनु भनेर विश्वासीहरूलाई बारम्बार बताइएको छ। हामीले कहिल्यै पनि सत्यतालाई छोड्नुहुँदैन। हामी कहिल्यै पनि परमेश्वरको शिक्षाबाट हट्नुहुँदैन। पावलले तिमोथीलाई “त्यहाँका कतिजनालाई अर्कै किसिमको ___________ ______________” (१ तिमोथी १:३) भनेर बताएका थिए। केवल साँचो (स्वस्थ) शिक्षा मात्र सिकाइनुपर्छ। परमेश्वरको शिक्षा मात्र घोषणा गरिनुपर्छ। हरेक अन्य शिक्षाचाहिँ झूटो र विषालु शिक्षा हो। के परमेश्वरको शिक्षाबाट अन्तै फर्केका केही मानिसहरूमा बारेमा पावल जानकार थिए (१ तिमोथी १:६)? _______________________ सिकाइनुपर्ने एउटै मात्र वचनहरू वा शिक्षा के हो (१ तिमोथी ६:३)? _____________________________________________________________

परमेश्वरको सत्यता शिक्षकबाट विद्यार्थीलाई र प्रचारकबाट श्रोतालाई सुम्पिइनुपर्छ। परमेश्वरको सत्यतामा केही पनि थप्नुहुँदैन र केही पनि हटाउनुहुँदैन। पूरै बाइबल सिकाइनुपर्छ—त्यो भन्दा ज्यादा पनि होइन र कम पनि होइन। पूरै बाइबलबाट थोरै भाग हटाएर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? पूरै बाइबलमा थोरै भाग थपेर सिकाइयो भने कस्ता समस्याहरू आउन सक्छन्? अर्कै किसिमको कुनै पनि कुरा सिकाइनुहुँदैन। उही सत्यता (परमेश्वरको सत्यता) र उही पुस्तक (परमेश्वरको पुस्तक, बाइबल) लाई होशियारीपूर्वक सिकाइनुपर्छ र अरूलाई सुम्पिइनुपर्छ (तुलना गर्नुहोस् २ तिमोथी २:२)। 

धोकेबाज शैतान आफ्नो काममा व्यस्त छ!

धेरै समय अगाडि शैतानले बगैंचामा कसलाई छल गर्‍यो (२ कोरिन्थी ११:३)? ______________ त्यस समय यता मानिसहरूलाई छल गर्न ऊ व्यस्त छ। ऊ निकै सफल पनि भएको छ! उसका खेतालाहरू थुप्रै छन् (२ कोरिन्थी ११:१३)। उसले त्रुटिलाई अति मनोहर दखा पर्ने र अन्धकारलाई अति ज्योतिर्मय देखा पर्ने तुल्याउँछ (२ कोरिन्थी ११:१४)। शैतानका सेवकहरू अति धर्मी देखा पर्छन् (२ कोरिन्थी ११:१५)। कतिको नामको अगाडि त रेभरेन्ट (सम्माननिय) पनि लगाइएको हुन्छ र उनीहरू हरेक शनिबार पुल्पीटमा उभिन्छन् र मानिसहरूलाई प्रचार गर्छन्। उनीहरूको समस्या एउटै मात्र छ। तिनीहरूले सत्यता प्रचार गर्दैनन्!

१ तिमोथी ४:१ मा वर्णन गरिएझैं शैतानको कार्यलाई होशियारपूर्वक ध्यान दिनुहोस्:

शैतानले मानिसहरूको सामु आफ्नो शिक्षालाई आकर्षक देखाउँछ र धेरैजना उसको झूटमा फस्छन्। प्याकेटमा राखेर बेचिएका खाने कुराहरू आकर्षक त देखिएलान् र स्वादमा मीठो पनि होला तर यदि मानिसहरूले अरू केही नखाएर चकलेट र कुरकुरे मात्र खाने हो भने धेरै मानिसहरूको स्वास्थ्य बिग्रन पुग्छ। शैतानको शिक्षा आकर्षक होला तर ती विषालु हुन्छन्। साँचो स्वस्थ शिक्षा केवल परमेश्वरको वचनमा मात्र पाइन्छ।

कसरी शैतानले मानिसहरूलाई परमेश्वरको सत्यताबाट अन्तै बहकाउन सफल भयो भन्ने कुरा गलाती १ अध्यायबाट जान्न सकिन्छ:

नयाँ नियमको पुस्तकहरूमा परमेश्वरले मानिसहरूलाई उहाँको सत्यताबाट हटेर शैतानको धोकालाई विश्वास गर्न सक्ने खतराहरूको बारेमा चेताउनी दिनुभएको छ। निम्न जोडा मिलाउने काम गर्दा तपाईंले ती मध्ये केही चेताउनीहरूलाई देख्नुहुनेछ:

१.__________तपाईंलाई बहकाउन खोज्नेहरू हुनेछन्। क. कलस्सी २:४
२.__________तपाईंलाई धोका दिन चाहनेहरू हुनेछन्। ख. १ यूहन्ना २:२६
३.__________परमेश्वरको वचनलाई बिगार्नेहरू हुनेछन्। ग. २ पत्रुस ३:१६
४.__________आफ्नै उद्देश्यको निम्ति पवित्रशास्त्रलाई टेंढामेढा पार्नेहरू हुनेछन्।घ. हिब्रू १३:९
५.__________अनेकौं अनौठा शिक्षाहरूद्वारा यता र उता पार्न खोज्नेहरू हुनेछन्।ङ. २ कोरिन्थी २:१७

झूटा शिक्षाले स्थानीय मण्डलीको विनाश गर्न सक्छ भनी पावल जान्दथे, र त्यसैकारण तिनले यसको बारेमा मानिसहरूलाई दिनरात चेताउनी दिरहे (प्रेरित २०:३१)। मण्डलीलाई सत्य र स्वस्थ शिक्षा खुवाइनुपर्छ (प्रेरित २०:२८)। मण्डलीलाई सम्पूर्ण बाइबल खुवाइनुपर्छ (प्रेरित २०:२७)। मण्डलीलाई बाहिर र भित्र दुवै तर्फबाट आउने खतराहरूको निम्ति जागो राख्नुपर्छ। 

रोमी १६:१७-१८ मा पनि पावलले झूटा शिक्षकहरूको वयान गरेका छन्। के यी मानिसहरूले परमेश्वरबाट नै पाएका साँचो शिक्षा सिकाउँछन्? ______________ उनीहरूको प्रचार सुन्दा, के उनीहरूका शब्दहरू असल सुनिन्छन् र के तिनीहरूले केही उत्कृष्ट बुँदाहरू बनाएका देखिन्छन् (१८ पद)? ______________ के उनीहरूले साँच्चै ख्रीष्टको सेवा गर्छन्? _________ के हामीहरूले उनीहरूलाई पछ्याउनु हुन्छ (१७ पद)?

२ यूहन्नाको सानो पुस्तक पढ्नुहोस्। के यो पुस्तकमा झूटा शिक्षकहरूको बारेमा कुनै कुरा भेट्टाउन सक्नुहुन्छ? यी मानिसहरूले कस्तो खालको शिक्षा ल्याउँछन्? के यी मानिसहरूलाई कुनै पनि प्रकारले सहायता गर्नु ठीक हुन्छ? के मानिसहरू आफ्नो साथमा झूटो शिक्षा लिएर तपाईंको घरमा आउने गर्छन्? के झूटा शिक्षा र झूटा धर्महरूका मानिसहरूले तपाईंको घरको ढोका ढक्‍ढक्याउँछन्? झूटो शिक्षाको बारेमा प्रभु येशू ख्रीष्टले के सोच्नुहुन्छ (प्रकाश २:१५)? ______________________________________ जसरी शरीरको लागि आर्सेनिक विषालु हुन्छ, त्यसरी नै प्राणको निम्ति झूटा शिक्षा पनि विषालु हुन्छ। यो खतरापूर्ण हुन्छ!

पत्रुसले झूटा शिक्षकहरूको बारेमा के चेतावनी दिए (२ पत्रुस २:१)? के यी झूटा शिक्षकहरूलाई मानिसहरूले पछ्याउनेछन् भनी पत्रुसले सोच्दथे (२ पत्रुस २:२)? _________________________ मानिसहरूले परमेश्वरका वचनहरूको ठाउँमा मानवीय शिक्षालाई ठाउँ दिए भने शैतान सफल हुन्छ (हेर्नुहोस् मत्ती १५:९)। 

मानिसहरू किन झूटा शिक्षामा फस्छन्?

१. किनभने उनीहरूको चाहना यही नै हो!

पावलले तिमोथीलाई के प्रचार गर्नु भने (२ तिमोथी ४:२)? _____________________ उनी बाइबल बाहेक अरू केही पनि होइन तर पूरै बाइबल प्रचार गर्न चाहन्थे। किन थुप्रै मानिसहरू परमेश्वरको सत्यता (खाँटी शिक्षा) सुन्न चाहँदैनन् भनी २ तिमोथी ४:३ बाट हामी जान्न सक्छौं। शिक्षकहरूले आफूलाई सुन्नमा असल र राम्रो लाग्ने खालको प्रचार गरेको उनीहरू चाहन्छन्। उनीहरूले आफूलाई चोट पुर्याउने वा आफूलाई बाधा दिने कुनै पनि कुरा सुन्न चाहँदैनन्। कहिलेकाहीँ सत्यताले चोट पुर्याउँछ (कहिलेकाहीँ औषधी पनि निकै तितो लागेको जस्तै), तर चोट पुर्याए पनि वा नपुर्याए पनि हामीले सत्यता सुन्नु पर्छ। हामीलाई यो सँधै मन नपर्ला, तर हामीलाई सँधै यो चाहिन्छ। परमेश्वरको सत्यता हरेक पल्ट मानिसले खोजेको जस्तो नहोला, तर हरेक पल्ट उनीहरूलाई चाहिएको यही हो। परमेश्वरको वचनमा पाइने कुनै यस्तो शिक्षाको बारेमा सोच्न सक्नुहुन्छ, जुनचाहिँ निकै कठीन (निल्न एकदम गाह्रो) तर अति सत्य र आवश्यक हुन्छ?

२. किनभने मानिसहरू ख्रीष्टमा हुर्कन असक्षम हुन्छन्!

एफेसी ४:१४ लाई बिचार गर्नुहोस्। यी मानिसहरू झुटा शिक्षाको हरेक बतासद्वारा यता उता हुत्याइन्छन्। उनीहरू स्थीर छैनन्। यी बालकहरू (१४ पद) ब_______ पर्छ (१५ पद)! सत्यता नजान्नेहरूले आफैंलाई त्रुटीपूर्ण कुराहरूका निम्ति खुल्ला राखिरहेका छन्। हामी जति प्रभुमा बढ्छौं र परमेश्वरको सत्यता सिक्छौं, त्यती नै धोकामा पर्न र त्रुटीमा खस्नबाट कम जोखिममा हुन्छौं। तपाईंले प्रभुमा बढ्न र परमेश्वरका सत्यताहरू सिक्नका निम्ति सहायता गर्न दिन-व-दिन के गर्दैहुनुहुन्छ?

पहिलो शताब्दीमा समेत मानिसहरू पतन भइरहेका थिए।

मण्डलीको सुरुका दिनहरूमा समेत मानिसहरू भड्काइएका र झूटा शिक्षाभित्र पतन भइरहेका थिए। नयाँ नियमले हामीलाई यसको बारेमा धेरै उदाहरणहरू दिएको छ; ती मध्ये केही यस्ता छन्:

  1. केही कोरिन्थीहरूले पक्रिरहेको झूटो शिक्षा के थियो (१ कोरिन्थी १५:१२)? 
  2. हुमेनियस र फिलटेसले कुन झूटो शिक्षा सिकाइरहेका थिए (२ तिमोथी २:१७-१८)?
  3. गलातीहरू परमेश्वरको अनुग्रहको सुसमाचारबाट फर्किएका थिए र अर्कै सुसमाचार प्रचार गरिरहेका थिए (गलाती १ अध्याय)।
  4. कलस्सीहरू झूटा शिक्षाहरूद्वारा प्रभावित भएका थिए। उनीहरूले स्वर्गदूतहरूको पूजा गर्नुपर्छ भनी उनीहरूलाई बताइएको थियो (कलस्सी २:१८)। उनीहरूले मानिसहरूका आज्ञाहरू र शिक्षाहरूलाई पछ्याइरहेका थिए (कलस्सी २:२२)। 
  5. प्रेरित यूहन्नाले ख्रीष्ट ___________ आउनुभएको होइन भनी सिकाउनेहरूको बारेमा चेताउनी दिए (१ यूहन्ना ४:३)। उनीहरूले ख्रीष्टको वास्तविक शरीर थिएन र उहाँ वास्तविक मानिस हुनुहुन्न थियो भनी सिकाए।
  6. १ तिमोथी ४:१-३ मा दुई गलत शिक्षा सिकाउनेहरूको बारेमा सिक्दछौं: १) कुनै-कुनै मानिसहरूले विवाह गर्नुहुँदैन २) कुनै-कुनै खाने कुराहरू खानु हुँदैन। यी दुई शिक्षाहरूलाई पछ्याउने कुनै धर्महरूको बारेमा सोच्न सक्नुहुन्छ?
  7. २ थेस्सलोनिकी २:२ मा ख्रीष्टको आगमन र प्रभुको दिनको विषयमा झूटा शिक्षा भएको एउटा पत्र प्राप्त भएको थियो भनी हामी सिक्दछौं।
  8. यहूदा ४ मा केही यस्ता झूटा शिक्षकहरूको बारेमा सिक्न सक्छौं जोहरूले यसो भनीरहेका थिए, “परमेश्वरको अनुग्रहद्वारा मुक्ति पाएको हुनाले हामीले आफूलाई मन पर्ने जस्तो सुकै तरिकाले जिए पनि हुन्छ।” के आज कुनै नामधारी “ख्रीष्टियनहरू” ले यो शिक्षालाई पक्रेको छ?

सुरुको मण्डली इतिहास

झूटा शिक्षकहरूलाई भित्र पस्न र मण्डलीलाई बिगार्न धेरै समय लागेको थिएन भनी सुरुको मण्डली इतिहासको अध्ययन गर्दा हामीले छिट्टै बुझ्न सक्छौं। भित्र पसेका केही झूटा शिक्षाहरू मध्ये थोरै यहाँ छन्:

  1. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले पानीको बप्तिस्माले एउटा मानिसलाई बचाउँदछ भनी सिकाउँथे। यो झूटा शिक्षालाई ब्याप्टिज्मल रिजेनेरेशन (बप्तिस्माद्वारा नयाँ जन्म) भनिन्छ र आज पनि थुप्रै मानिसहरूले यो सिकाउने गर्छन्। 
  2. मण्डली इतिहासको सुरुतिर त्यहाँ केही यस्ता मानिसहरू थिए जोहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्न भनेर सिकाउँथे। उहाँ केवल एउटा सृष्टिको थोक, वा परमेश्वरले सृष्टि गर्नुभएको महान् स्वर्गदूत मात्र हुनुहुन्छ भनी उनीहरूले भन्थे। यो झूटो शिक्षा आफैंलाई यहोवा विट्नेस् भनी चिनाउने समूहद्वारा प्रचार भइरहेको छ। 
  3. हरेक स्थानीय मण्डलीमा केही मानिसहरू अगुवाहरूको रूपमा हुन्छन् र उक्त अगुवाहरूलाई डिकनहरू र अध्यक्षहरु (एल्डरहरू) भनिन्छ भनी बाइबलले सिकाउँदछ। हेर्नुहोस् फिलिप्पी १:१। अगुवापनको यो शिक्षालाई मण्डली इतिहासको सुरुका केही मानिसहरूले बङ्ग्याए र दुरुपयोग गरे। “अध्यक्ष” क्रमिक रूपमा झन् झन् शक्तिशाली हुँदै गए र अन्य थुप्रै मण्डलीहरूमाथि अगुवा समेत भए:

समयको क्रममा सबै मण्डलीहरूमाथि एउटै मानिसलाई अधिकार दिइयो, र उसलाई पछि पोप भनी नामाकरण गरियो। के परमेश्वरले योजना गर्नुभएको यस्तै हो? सबै मण्डलीहरूमाथि एउटै शिर को हुनुहुन्छ (एफेसी १:२२-२३)? ___________________________

आफैंलाई झूटा शिक्षाबाट जोगाउन तपाईंको स्थानीय मण्डलीले के गरिरहेको छ? आफैंलाई जोगाउने तपाईंले के गर्दै हुनुहुन्छ? धोकामा पर्न, भ्रममा पर्न र परमेश्वरको सत्यताबाट भड्काइनबाट बाँच्नलाई तपाईं के गर्दै हुनुहुन्छ? के सत्यको आत्मा तपाईंको हृदयभित्र जिउनुहुन्छ? के तपाईंले उहाँलाई आफ्नो शिक्षक हुन दिइरहनुभएको छ? कसरी? के तपाईं हरेक दिन सत्यको वचन खोल्नुहुन्छ? तपाईंको निम्ति बाइबल कत्तिको महत्त्वपूर्ण छ? गएको मङ्गलबार आफ्नो बाइबलसित केही गर्नुभयो? गएको बिहीबार? गएको शुक्रबार?

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

बाइबल पढ्न चुनौति

बाइबल जान्दछु भनी म ठान्दथेँ,

अलिकति यहाँ, अलिकति त्यहाँ जब म पढ्दथेँ,

कहिले थोरै मत्ती, कहिले थोरै यूहन्ना,

अब उत्पत्तिको एक टुक्रा,

यशैयाका केही अध्याय,

कुनै-कुनै भजनसङ्ग्रह

(तेइस अध्याय विशेष गरी),

रोमीको बाह्रौं, हितोपदेशको पहिलो पनि —

हो, वचन म जान्दछु भन्ने लाग्थ्यो मलाई!

तर वचन पूरै पढ्नु भनेको त

बेग्लै कुरा रहेछ मैले जानेँ,

अनि बाटो नचिनेको जस्तो

जब बाइबल पूरै पढ्न थालेँ।


बाइबलसित खेल्नेहरूहो:

यहाँ र त्यहाँ डुबुल्की मार्नुहुन्छ तपाईं

थाकेर घुँडा टेक्नुअघि

हाइ काट्दै हतारमा प्रार्थना गर्नुहुन्छ तपाईं;

लेखोटहरूका पनि सर्वश्रेष्ठ लेखोटलाई

अन्य किताबसितझैं व्यवहार गर्नुहुन्छ–

छेउ न टुप्पो गरी कुनै खण्ड पढ्नुहुन्छ,

अधीर बनी यस्सो नजर लाउनुहुन्छ —

त्योभन्दा उत्तम उपाय चाखी हेर्नुस् न,

चौडा, अटुट दृष्टि लगाइरहनुस् न;

हर्षले विभोर भई घुँडा टेक्नुहुन्छ तब

बाइबल तपाईं पूरै पढ्नुहुन्छ जब!

— आमोस आर वेल्स

ख्रीष्टको बौरिउठाइको प्रमाण

“चिहान रित्तो थियो र ख्रीष्टका शत्रुहरूले यसलाई नकार्न सकेनन्” (Ernest Kevan, The Resurrection of Christ, 1961, p.14) “प्रमाण भनेको कस्तो हुन्छ त्यो मलाई थाह छ। अनि म तपाईंलाई भन्दछु, यस्तो प्रमाण जस्तो बौरिउठाइको प्रमाण छ, त्यो आजसम्म कहिल्यै ढलेको छैन” (Lord Lyndhurst or John Singleton Copley, Attorney General of Great Britain, Lord Chancellor of England, High Steward of the University of Cambridge, सम्भवत: निम्न मौलिक रचनाबाट: Theodore Martin, A Life of Lord Lyndhurst). “यति कुरा स्पष्ट भनिनुपर्छ कि हामीलाई येशूको मृत्युको बारेमा र उहाँको मृत्यु हुनुभन्दा ठीक अघिका घडीहरूमा यरूशलेम र यरूशलेम नजिक घटेका विस्तृत घटनाहरूको सम्बन्धमा यति धेरै जानकारी छ कि त्यसको तुलनामा प्राचीन संसारकै अर्को कुनै पनि मानिसको मृत्युको बारेमा हामीलाई त्यति जानकारी छैन।” (Wilbur Smith, Therefore Stand, p. 360). “रित्तो चिहान कसरी रित्तो भयो भनेर बताउन खोज्ने आश्चर्यकर्मरहित व्याख्याहरूले एउटा निर्दयी छनोटको सामना गर्नुपर्ने हुन्छ: उनीहरूले कि त आफूलाई अनुकूल पर्ने किसिमको प्रमाणको पुनर्लेखन गर्नुपर्ने हुन्छ कि त उपलब्ध प्रमाणहरूको सवालमा आफूहरूले उचित व्यवहार नगरेको भनेर स्वीकार गर्नुपर्ने हुन्छ। प्रमाणसित मेल खाने एउटै अवधारणा यो हो कि येशू वास्तवमै बौराइनुभयो। जुन मानिसले आफ्‍नो मृत्यु र बौरिउठाइको भविष्यवाणी गर्नुभयो अनि भन्नुभए जस्तै ठ्याकै हुन गयो, उहाँ परमेश्वर नभए को हुनुहुन्छ त?” (Winfred Corduan, No Doubt about it: The Case for Christianity, p. 277).

परिचय

  1. बाइबलले यो बताउँछ कि ख्रीष्टको बौरिउठाइका त्यहाँ “अनेकौं अचूक प्रमाणहरू” छन् (प्रेरित १:३)। वास्तवमा यो घटना प्राचीन इतिहासकै सर्वोत्कृष्ट रूपमा अभिलेख गरिएको घटना मध्ये एक हो। बाइबलीय ख्रीष्टियन विश्वास अन्धो धार्मिक विश्वास होइन!
  2. येशू, बाइबल र इसाईमत, ख्रीष्टको बौरिउठाइकै कुराले कि त खडा रहन्छ कि त ढल्दछ! बाइबलको दाबी यो छ कि येशू सम्बन्धी बाइबलका विवरणहरू ऐतिहासिक विवरण हुन्, प्रत्यक्षदर्शीका विवरण हुन् (लूका १:१-४; २ पत्रुस १:१५-१६; १ यूहन्ना १:३)। ती विवरण यदि ऐतिहासिक रूपमा अचूक छैनन् भने तिनलाई अस्वीकार गरिनु उचित हो। ख्रीष्टले आफ्‍नो आधिकारिकतालाई बौरिउठाइले जाँच्न सकिने रूपमा प्रस्तुत गर्नुभयो (कम्तीमा पनि सात पटक उहाँले आफू मारिनुहुने र त्यसपछि मरेकाहरूबाट बौराइनुहुने कुरा गर्नुभयो — मत्ती १६:२१; १७:९,२२-२३; २०:१८-१९; २६:३२; लूका ९:२२-२७; यूहन्ना २:१८-२२)।पावलले यो लेखे कि ख्रीष्टियन विश्वास ख्रीष्टको बौरिउठाइमा निर्भर रहेको विश्वास हो (१ कोरिन्थी १५:१४-१७)।

ख्रीष्टको बौरिउठाइका तीन महान् प्रमाणहरू

1. सुसमाचारका वृत्तान्तहरूका चरित्र

सुसमाचारका चार पुस्तकहरू (मत्ती, मर्कूस, लूका र यूहन्ना) का वृत्तान्तहरूको चरित्रलाई हेर्दा ती आफैले यस्तो प्रमाण दिइरहेका छन् कि ती वृत्तान्तहरू आफूले लेखेको कुरा वास्तविक हुन् भन्ने कुरा विश्वास गर्ने प्रत्यक्षदर्शीहरूद्वारा लेखिएका हुन् जोहरूले बिना बढाइचढाइ र बनावटी कुरा नगरी सत्य बोल्दैथे। ती वृत्तान्तहरूका विवरणहरूलाई विचार गर्नुहोस्।
“यूहन्नाको सुसमाचारमा पूरापूर व्यक्तिगत स्पर्शको चरित्र भेटिन्छ; त्यसमा एउटा प्रत्यक्षदर्शीको मात्र नभएर एकजना सचेत अवलोकनकर्ताको प्रमाणका सबै लक्षणहरू भेटिन्छन् … चेलाहरू दगुरेर गएको, उनीहरू चिहानमा कोपछि को आइपुगेको र छिरेको, यूहन्ना पहिला आफूलाई रोकेर होचो प्रवेशद्वारभित्र हेर्दा सूती कपडा पडिरहेको देखेको तथ्य, जब कि पत्रुस, बढी साहसी, पहिला भित्र छिरेको … सुती कपडा र रूमालको अवस्था र स्थानको बयान … यी त आफूले वास्तवमै देखेको व्यक्तिको बयान बाहेक अरू केही हुन सक्दै-सक्दैन, जुन व्यक्तिको सम्झनामा उक्त दृश्यको छाप अझै पनि रहिरहेको छ, जसको निम्ति त्यो रित्तो चिहान र छोडिएको कात्रोको दृश्य, उसको विश्वास र जीवनमै एक निर्णायक विन्दु बनेको थियो।” (E. Day, On the Evidence of the Resurrection, pp. 16-17)
ती वृत्तान्तहरूको खरापनलाई (निष्कपटतालाई) विचार गर्नुहोस्। कसैले एउटा धर्म सुरू गर्नु छ त उसले त्यसका अग्रजहरूको बढाइचढाइ गर्छ तर सुसमाचारका लेखोटहरूले इसाईमतका संस्थापकहरूलाई ज्यादै कमजोर व्यक्तिहरू भएको तस्वीर प्रस्तुत गर्दछन् (जस्तै पत्रुसलाई ख्रीष्टले शैतानको संज्ञा दिँदै हप्काइनुपरेको, मत्ती १६:२३; पत्रुसले ख्रीष्टलाई तीन-तीनपटक इन्कार गरेको; चेलाहरू भागेको, लुकेको; ख्रीष्ट उनीहरूकहाँ देखा परिसक्नुभएपछि पनि थोमा र अरूहरूले शङ्का गरेको)।

अझ, यदि ख्रीष्टको बौरिउठाइको घटना पुरुषहरूद्वारा रचिएको बनावटी कुरा थियो भने, उनीहरूले विश्वास गर्नेहरूमा पहिलो चाहिँ स्त्रीहरू थिए भनेर पक्कै पनि भन्ने थिएनन्। त्योबेलाको समाजको नजरमा स्त्रीहरूको कुनै आधिकारिकता हुँदैनथ्यो। त्यसबेलाको समयमा स्त्रीहरूले कानूनी अड्डामा साक्षी समेत बन्न पाउँदैनथे, कुनै कुनै अवस्थामा बाहेक (J.P. Moreland, Scaling the Secular City, p. 168)। घटना वास्तवमै त्यस्तै नभएको भए र लेखकहरू सत्यको र सत्यको मात्र अभिलेख गर्नलाई पूरै समर्पित व्यक्तिहरू नभएका भए, स्त्रीहरूले पहिला विश्वास गरे भनेर खास लेखिने खालको कुरै थिएन। यो असाधारण खरापना यस कुराको बलियो प्रमाण हो कि सुसमाचारका लेखोटहरू सत्य, रङले नपोतिएका वृत्तान्तहरू हुन्।

2. रित्तो चिहान

येशूको चिहान रित्तो भएको कुरा दुईटा तथ्यले प्रमाणित गर्दछन्: पहिलो, यहूदी अगुवाहरू उहाँको शरीर चेलाहरूले चोरेका हुन् भन्ने झूट फैलाउन बाध्य भए (मत्ती २८:११-१५)। यदि येशूको शरीर कतै न कतै भएको भए त उनीहरूले खोजेर त्यसलाई अवश्य प्रस्तुत गरिहाल्थे। दोस्रो, क्रूसीकरणको केही थोरै हप्तापछि नै, पत्रुसले सार्वजनिक रूपमा, उक्त रित्तो चिहानबाट धेरै पर पनि होइन, बौरिउठाइको प्रचार गरे र ३,००० जतिले विश्वास गरे, जसको थोरै समयपछि “पुजाहारीहरूको एउटा ठूलो भीडले” अनि “धेरै जनाले” विश्वास गरे (प्रेरित २:३७-४२; ६:७; ११:२१)। यदि शरीरलाई प्रस्तुत गर्न सक्ने कोही थिए भने वा त्यो नभेटिनुको मुनासीव कारण बताउन सक्ने कोही थिए भने, तिनीहरूले अवश्य सो गरिहाल्थे! रित्तो चिहान किन रित्तो थियो भनेर बताउने प्रयास स्वरूप निम्न परिकल्पनाहरू प्रस्ताव गरिएका छन्:
“बाइबल आलोचनाको भूमि एउटा विशाल चिहानडाँडा जस्तो देखा पर्छ। निकै कल्पनाशक्ति भएका सन्देहवादीहरूले दिमाग घोटेर विभिन्न परिकल्पना रचेका छन् तर ती एक-एक नै रद्दी ठहरिएर मिल्काइँदा तिनका हड्डीहरूले उक्त चिहानडाँडा भरिन पुगेको छ … कसैलाई लाग्दो हो, यति धेरैपटक दोहोरिएको विफलताले गर्दा विरोधीहरूले अब प्रयास गर्न छाड्नेछन्। तर कहाँ हुनु। उनीहरू अविरल रूपमा लागिरहन्छन्, अनि मानिसहरू अझै आफ्‍ना दिमाग घोट्दैछन्, कल्पनाशक्तिलाई ओभरटाइम काममा लाउँदैछन्, उनीहरू भएभरको विद्वता र चतुरता प्रदर्शनी गर्दैछन्। उनीहरू ऐतिहासिक प्रमाणको एउटा अजेय चट्टानलाई नष्ट गर्नलाई, हामीले देख्दा, व्यर्थका प्रयास गर्दैछन् जुन चट्टानमाथि नै बौरिउठामाथिको ख्रीष्टियन विश्वास गर्वका साथ, नहक्लीकन, खडा रहिरहेको छ।” (John Lilly)

१. कतिले यो भन्छन् कि येशू बेहोश मात्र हुनुभएको थियो र चिहानभित्रको चीसोले उहाँको होश फर्केर आएको मात्र हो।

उहाँ वास्तवमा मरिसक्नुभएको कुरालाई पेशागत सिपाहीहरूले पक्का गरिसकेको तथ्यले यो परिकल्पना रद्द हुन्छ (यूहन्ना १९:३१-३४)। सोच्ने हो भने, झण्डै-झण्डै मरिसकेको एउटा मान्छेले चिहानको त्यत्रो गह्रौं ढुङ्गालाई हटाउन सक्न कहाँ सम्भव थियो र? अनि त्यसपछि गएर आफ्‍ना चेलाहरूलाई आफू मृत्युबाट बौरेको हुँ भनेर विश्वास दिलाउनु कसरी सम्भव हुन्थ्यो र? ख्रीष्टले भोग्नुभएका शारीरिक यातनाहरूलाई विचार गर्नुहोस्: भयङ्कर प्रहारहरू खेप्नु, काँटीले हात र पाउलाई छेडिनु; एकातिर भाला रोपिनु (यूहन्ना १९:३४); अधिक मात्रामा रगत र शरीरका द्रव्यहरू गुमाएको हुनु।

२. कतिले यो भन्छन् कि स्त्रीहरू अर्कै चिहानमा पुगे।

The Historical Evidence for the Resurrection of Jesus Christ मा Kirsopp Lake ले यो दाबी गर्छन् कि स्त्रीहरू अँध्यारोमा अलमलिएर अर्कै चिहानमा पुगेका हुन्। यो कुरा सुसमाचारका वृत्तान्तहरूको विपरित मात्र छैन, यो अर्थ न व्यर्थको कुरा हो। स्त्रीहरू अर्कै चिहानमा पुगेका भए अनि त्यही गल्तीको आधारमा ख्रीष्ट बौरनुभयो भनी खबर पुर्‍याएका भए, त्यो कुराको स्पष्टिकरण उहिल्यै भइसक्थ्यो। प्रथमत, चेलाहरू बुद्धु थिएनन्। उनीहरूले एक दुई दिग्भ्रमित स्त्रीहरूकै गवाहीका निम्ति आफ्‍नो ज्यान फाल्नेवाला थिएनन्। उनीहरूले ती स्त्रीका बयानलाई अवश्य होशियारपूर्वक जाँच्नेथिए र सत्यतथ्य के हो भनेर टुङ्गो लाउनेथिए। त्यति मात्र कहाँ हो र, अझ पहिला यहूदी अगुवाहरू आफै गएर ‘खास चिहान यो पो हो’ र ‘ई शरीर यहाँ छ’ भनेर देखाइदिएर यो मामिलाको उहिल्यै टुङगो लगाइसक्थे!

३. कतिले यो भन्छन् कि चेलाहरूलाई मतिभ्रम भएको थियो।

यदि मतिभ्रम भएको थिए भने त्यो व्यापक मतिभ्रम भएको हुनुपर्छ किनकि पावलले यो लेखे कि बौरिउठ्नुभएका ख्रीष्ट एउटा अवसरमा एकै पटक ५०० भन्दा बढी व्यक्तिकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५-५-८)! पावलले पहिलो कोरिन्थीको पत्र लेख्दाको बेला ती प्रत्यक्षदर्शीहरू अधिकांश अझै जीवितै थिए। पावलले उहिले-उहिले भएको घटनाको कुरा गरिरहेका थिएनन्। जोश म्याकडावेल (Josh McDowell) को अवलोकनलाई विचार गर्नुहोस्: “हामी ती ५०० जनालाई एउटा अड्डा अदालतमा खडा गराऔं जोहरूले येशूलाई उहाँको मृत्यु र दफनपछि जीवित देखे। अब  सोच्नुहोस्। यदि ती ५०० जनाले ६-६ मीनेट मात्र आ-आफ्नो गवाही बक्न पाए भने — उनीहरूलाई केरकार गर्दाको समयलाई जोडेर समेत — तपाईंलाई ५० घण्टा बराबरको प्रत्यक्ष (first hand) बयान उपलब्ध हुनेथ्यो। अब त्यसमा थप्नुहोस् अरू थुप्रै प्रत्यक्षदर्शीहरूको गवाही। यो भनेको त इतिहासकै सबैभन्दा ठूलो, एकतर्फी मुद्दाको सुनुवाइ हुन जान्थ्यो।” (Evidence for Resurrection) यस्तो अनुमानले “ख्रीष्टलाई एउटा धोखेबाज बनाउँछ र उहाँका चेलाहरूलाई उल्लू बनाउँछ” भन्ने फ्र्याङ्क मोरीसनको अभिव्यक्ति सही हो। ती चेलाहरूले पछिबाट आफ्‍नो गवाहीका निम्ति बिनाडर कति ठूला संत्रास र सतावटहरू भोगे। उनीहरूले सामना गरेका ती सतावटहरूलाई हेर्दा, उनीहरू भित्र-भित्र शङ्का बोक्दै आधा मनले यस मतमा लागिरहेका व्यक्तिहरू थिए भन्न सक्नै त्यहाँ कुनै ठाउँ नै छैन।

४. कतिले यो भन्छन् कि उनीहरूले अर्कैलाई देखेका हुन् जसले येशूको रूप धारण गरेका थिए। (Hugh Schonfield, The Passover Plot)

यो त यति हास्यास्पद छ कि यसको खण्डन गर्नलाई समय खेर नफाल्दा हुन्थ्यो। तीन-तीन वर्ष येशूसँगै हिँडेका चेलाहरूले उहाँलाई चिन्न सक्ने थिएनन् र? एकछिन अलमलमा पर्नु, केही छोटो अवधिको लागि समेत दिग्भ्रमित हुनु, एउटा कुरा हो, तर समय बित्दै जाँदा निज आखिरमा एक धोखेबाज हुन् भनेर महसुस भइहाल्ने कुरा हो नि।

५. कतिले भन्छन्, उहाँको शरीर चोरिएको थियो।

यो कथन यहूदी अगुवाहरूको रचना थियो। उनीहरूले गार्डहरूलाई घुस दिए यो झूट बोल्न लगाए कि चेलाहरूले येशूको शरीर चोरे (मत्ती २८:११-१५)। यो एउटा असम्भव कुरा हो। पहिलो, उनीहरू सुतिरहेका भए, शरीरलाई के भयो भनेर उनीहरूले कसरी जान्न सक्थे र? अनि यदि चोरिएकै भए पनि, कसले चोरे भनेर कसरी जान्न सक्थे र? दोस्रो, गार्ड ड्यूटीमा सुत्नु भनेको मृत्युदण्डको सजाय पाइन्थ्यो त्यसबेला। एकजना सम्म गार्ड सुतेको कुरा सायद सोच्न सकिन्छ, तर सब का सब नै निदाएको हुनु भनेको सोच्नै योग्य कुरा होइन। विशेष गरी यस्तो असाधरण अवसरमा कि शरीर नचोरियोस् भन्ने हेतुले उनीहरू गार्ड बस्दैछन् ताकि क्रूसमा टाँगिएका येशू मरेकाबाट बौरिउठ्नुभयो भनी नभनियोस्। सबै सुते? सम्भव छ, तर विश्वास गर्न योग्य छैन। विशेष गरी जब यो विचार गरिन्छ कि ती गार्डहरू संसारकै सबभन्दा कडा अनुशासनमुनि रहेका सिपाहीहरू थिए। ड्यूटीमा निदाउनु भनेको त रोमी सिपाहीको लागि मृत्युदण्ड थियो। तरैपनि ती सिपाहीहरूलाई मारिएन, न ता शासकवर्गले उनीहरूलाई दोषी नै ठहराए। अवश्य नै ती शासकहरू शरीरलाई थुनेर राख्ने आफ्‍नो योजना विफल भएको देख्दा बेसरी लज्जित भएका र चिढिएका थिए। तेस्रो, उनीहरूको कामकुराले यो देखाउँछ कि यहूदी अगुवाहरूले आफ्‍नै बयानलाई विश्वास गर्दैनथे। शरीर छैन भन्ने कुरा जब उनीहरूले थाह पाए, खै त, उनीहरूले चेलाहरूलाई बोलाएर कही सोधखोज गरेनन्, नता शरीर खोज्नपट्टि नै लागे। यसले त झन् बौरिउठाइ भएकै थियो भन्ने कुरालाई प्रमाणित गर्दछ। किनकि शरीर त्यहाँ छैन भन्ने कुरा स्वीकार गरेका मान्छेको भाषा हो यो। जब शरीर त्यहाँ छैन भनेर उनीहरूले स्वीकार गर्छन्, तर चोरिएको हो भन्ने कुरा जब झूटो र विश्वास गर्न नसकिने भनेर देखाइन्छ (किनभने पहरा दिएका उनीहरूले नै हुन्, छाप लगाएका उनीहरूले नै हुन् अनि चेलाहरूको भयभीत अवस्थालाई जब विचार गर्छौं) बौरिउठाइको प्रमाण त झनै खण्डन गर्नै नसकिने बन्दछ। अझ कुरा केलाऊँ, कसले चोरे होला त ख्रीष्टको शरीरलाई?
  1. यहूदीहरूले निश्चय पनि चोरेनन्, किनकि उनीहरू उहाँ बौरनुभएको होइन भन्ने कुरा प्रमाणित गर्न चाहन्थे।
  2. रोमी सरकारले निश्चय पनि चोरेन, किनकि चिहानलाई औपचारिक सील छाप लगाएर थुन्ने कुरा रोमी सरकारले नै गरेको थियो। अनि आफैले शरीर चोरेर ख्रीष्टियनहरूलाई ‘उहाँ बौरनुभएको छ’ भन्दै प्रचार गर्न दिनु भनेको त उनीहरूकै लक्ष्यको ठीक विपरित कुरा हुन्थ्यो।
  3. अरमिथियाका यूसुफले निश्चय पनि चोरेनन्। उनी येशूका चेला थिए र चोर्नका निम्ति उनलाई अभिप्रेरित गराउने कुनै कुरा छैन। अझ भन्नुपर्दा, एकलै त चोर्न सक्ने कुरा पनि भएन। त्यत्रो ढुङ्गा हटाउन कसैको सहायता चाहिन्थ्यो नै अनि ढिलो चाँडो उक्त कुरा ‘एक कान दुई कान मैदान’ भइसक्थ्यो।
  4. चेलाहरूले निश्चय पनि चोरेनन्। पहिलो, उनीहरू आफ्नै ज्यानको डरमा लुकिरहेका थिए। दोस्रो, उनीहरूलाई मौकै थिएन, किनकि चिहानमा सरकारी सीलछाप लगाइएको थियो र अझ गार्डहरूद्वारा त्यो सुरक्षित थियो। तेस्रो, त्यस्तो षड्यन्त्र रचेर र त्यसलाई पूरा गर्न सक्ने खुबी भएको उनीहरूको कुनै अगुवा थिएन। अघिका अगुवा पत्रुस अब एक टुटेका व्यक्ति थिए, ख्रीष्टको चेलापनमा अघि बढ्ने कुरा त परै जाओस्, उनले आफ्‍नै पेशामा फर्केने सोच बनाइसकेका थिए (यूहन्ना २१:३)। चौथो, उनीहरू जानाजानी झूटको लागि दु:ख भोग्न र मारिन रोजेका हुँदो हो त उनीहरू महामूर्ख हुन्! चेलाहरूले अरूले देखेका कुराको लागि ज्यान फालेका होइनन् (जस्तो मुस्लिमहरू कोरानका निम्ति मर्छन्), तर उनीहरू त आफैले देखेका कुराको दाबी गर्दै मरेका हुन् (प्रेरित ४:१८-२०)। पाँचौं, यति धेरैजना मानिस मिलोमतो गरी शरीर चोरेका भए, त्यो कुरालाई गुप्तमा लुकाएर राख्नु असम्भव कुरा हो। यदि चेलाहरूले चोर्न सम्भवै भएको भए पनि, पछिको इसाईमतको इतिहास नै फरक हुनेथ्यो। ढिलो चाँडो सत्य-तथ्य जानेको कोही न कोही व्यक्तिबाट गोप्य कुरा खुलिसक्थ्यो। छैटौं, नयाँ नियममा भेटिने जस्तो यति महान् नैतिकताको धर्म जसले सत्यता र इमानदारीतालाई उच्च मान्छ, यस्तो नीच कपटमा आधारित हुनु एउटा असम्भव कुरा हुनेथ्यो।
“कसैले पनि, चाहे सरकारी वा गैरसरकारी निकायले, उहाँको अवशेषहरूलाई प्रस्तुत गर्न वा कुनै चिहानलाई देखाउन पूर्ण रूपमा विफल भएको तथ्यले नै शरीरलाई चिहानबाट अन्यत्र लगिएको थियो भन्ने कुरामा आधारित हरेक परिकल्पनालाई आखिरमा ढालेर छोड्छ” (Morrison, Who Moved the Stone?)।
हामी यो नबिर्सौं, सुरुका ख्रीष्टियनहरूले ख्रीष्ट मरेकाहरूबाट बौरनुभएको छ भन्ने उनीहरूको गवाहीका निम्ति यथार्थमा के कस्ता कुरा भोगे। उनीहरू परिवार र साथीभाइबाट बाहेक भए, समाजकै शत्रुहरू गनिए र घृणित भए, यातनाहरू भोगे , वर्षौं सम्म अँध्यारो, मुसाग्रस्त कोठरीहरूमा कैद गरिए। जग्गा जम्मीन खोसिए; क्रूसमा टाँगिए, जिउँदै गाडिए, जङ्गली पशुहरूद्वारा च्यातचुत पारिए, जीउ टुक्रा-टुक्रा गरी काटिए, बाँधेर तन्काइने र्‍याकहरूमा राखेर पोलिए, उनीहरूका जिब्राहरू च्यातेर निकालिए, आँखाहरू फुटाइए। साथै उनीहरूले परिवारका प्रियहरूको सास्ती, यातना र मृत्युलाई आफ्‍नै आँखाले हेर्नुपर्ने पीडा भोगे।
“उनीहरूका प्रभु भर्खरै एउटा सार्वजनिक न्यायलयको फैसलाले एक कुकर्मी ठहराइएर नष्ट हुनुभएको छ। उहाँको धर्मले सारा संसारकै धर्महरूलाई हटाउने प्रयास गर्‍यो। हरेक राष्ट्रका नियमहरू उहाँका चेलाहरूका शिक्षा-सिद्धान्तहरूका विपरित थिए। संसारमा भएका सबै शासकवर्ग तथा ठूला बडा व्यक्तित्वहरूका इच्छा-आकांक्षा र अभिलाषाहरू तिनका विरुद्ध थिए। संसारको रीतिरिवाज उनीहरूको विरुद्धमा थियो। यो नयाँ विश्वासलाई, जतिसक्दो कसैलाई ठेस नखुवाउने र शान्तिपूर्ण ढङ्गले फैलाउन खोज्दा समेत उनीहरूले केवल तिरस्कार, विरोध, गिल्ला-गलौज, तीता सतावटहरू, कोर्राहरू, कैदहरू, यातनाहरू र निर्दयी मृत्युहरूको मात्र अपेक्षा गर्न सक्थे। तरै पनि यही विश्वासलाई उनीहरूले जोशका साथ फैलाए; अनि यी सबै दयनीय कष्टहरू उनीहरूले हतोत्साहित नभईकन भोेगे। अझ रमाउँदै-रमाउँदै भोगे। जब एक पछि अर्कोलाई दर्दनाक मृत्युदण्ड दिइयो, बचेकाहरूले आफ्‍नो काम झनै ठूलो जोश र अठोटका साथ सम्पन्न गरे। सैन्य युद्धको इतिहासका अभिलेखहरूमा समेत यस्तै वीरता, समर्पणता, धैर्यता कातरतारहित सहासको उदाहरण पाउन मुस्किल पर्छ। आफ्‍नो विश्वासको आधार के हो र आफूहरूले बेजोडसाथ समर्थन गरेका महान् तथ्यहरू र सत्यताहरूको प्रमाणहरू के के हुन् भनेर राम्रोसित उनीहरूलाई पुन: विचार गर्न अभिप्रेरित गर्ने प्रशस्तै कुराहरू थिए। अनि यी अभिप्रेरित गर्ने कुराहरू भयङ्कर ग्लानि ल्याउने गरीकन र एकदम दोहोरिने तवरले उनीहरूको ध्यानमाथि दबाब पर्ने गरीकन आउँथे। यसैकारण, यदि येशू मृत्युबाट वास्तवमै बौरिउठ्नुभएको होइन भने अनि यस तथ्यलाई उनीहरूले अन्य कुनै पनि तथ्यलाई जति पक्का गरी जान्न सक्थे त्यति पक्का गरी नजानेका भए उनीहरू ती सत्यताहरूलाई समर्थन गरिरहन उनीहरू लागेको लागै, लागेको लागै गरिरहन असम्भव कुरा थियो। … यदि उनीहरूको गवाही सत्य थिएन भने, एउटा झूटो जालसाजी गवाही बनाउन उनीहरूलाई अभिप्ररित गर्न सक्नै त्यहाँ कुनै कुरा थिएन।” (Simon Greenleaf, An Examination of the Testimony of the Four Evangelists by the Rules of Evidence Administered in the Courts of Justice, 1846)
(ख्रीष्टको बौरिउठाइको तेस्रो महान् प्रमाण: परिवर्तित जीवनहरू — यो खण्ड पछि थपिनेछ)। साभार: David Cloud, An Unshakable Faith: A Christian Apologetics Course, 2011)

प्रेरित यूहन्नाको पहिलो पत्र

प्रेरित यूहन्नाको पहिलो पत्र