अध्याय ५ – सुसमाचार फैलिन थाल्छ

अध्याय ५ – सुसमाचार फैलिन थाल्छ
(प्रेरित ८-९)
सामरीहरूले मुक्ति पाउँछन्
स्टिफनसको मृत्यु लगत्तै येरूशलेममा भएको मण्डली विरूद्ध एउटा ठूलो स_______________ आइपर्यो (प्रेरित ८:१)। येरूशलेममा रहनु अब उसो सुरक्षित रहेन किनभने पुरुष र स्त्रीहरूलाई झ्या_____________ भित्र हालिँदैथिए (प्रेरित ८:३)। उक्त सतावटको कारणले विश्वासीहरू येरूशलेम छाड्न बाध्य भए र उनीहरू य__________ र सा____________का इलाकाहरूमा गए (प्रेरित ८:१)। के तपाईंले यी इलाकाहरूलाई प्यालेस्टाइनको नक्सामा भेट्टाउन सक्नुहुन्छ? के तपाईंले येरूशलेमलाई पनि ठम्म्याउन सक्नुहुन्छ?
विश्वासीहरूले येरूशलेमलाई छोडेपछि उनीहरूले के गरे (प्रेरित ८:४)?
- उनीहरूलाई परिआएको ठूलो सतावटको बारेमा गनगन गर्दै उनीहरू चारैतिर फैलिए।
- उनीहरू परमेश्वरको वचन प्रचार गर्दै चारैतिर फैलिए।
- उनीहरू रोए र येरूशलेममा भएको उनीहरूको घरहरू छोड्न बाध्य भएको कारण शोकित भए।
यी प्रचारकहरू मध्ये एकजना फिलिप थिए (प्रेरित ८:५)। उनी विधवाहरूलाई सहायता गर्नको निम्ति चुनिएका सात सेवकहरू मध्येका एक थिए (प्रेरित ६:५)। स्टिफनसद्वारा गर्नुभए जस्तै, परमेश्वरले फिलिपद्वारा केही आश्चर्यकर्महरू गर्नुभयो (प्रेरित ८:६-७)। फिलिपले सा______________को शहरमा परमेश्वरको वचन प्रचार गरे (प्रेरित ८:५)। त्यस शहरका मानिसहरूलाई सामरीहरू भनिन्थ्यो।
के यहूदीहरूले सामरीहरूसँग राम्रो सम्बन्ध राख्ने गर्दथे (यूहन्ना ४:९)?________________। यहूदीहरूले यी मानिसहरूलाई घृणा गर्दथे। “सामरी” भन्ने नाउँले बोलाइनु ठूलो अपमान गनिन्थ्यो। परमेश्वरका शत्रुहरूले येशूलाई सामरी भनी सम्बोधन गरेका थिए—यूहन्ना ८:४८ पढ्नुहोस्। सामरीहरू एक मिश्रित जाति थिए। तिनीहरू आधा-यहूदीहरू र आधा-अन्यजातिहरू थिए। कसरी यस्तो प्रकारको मिश्रित जाति हुन आयो त? सारांशमा सामरीहरूको इतिहास यस प्रकारको थियो:
- इस्राएलका राजाहरूको पालामा सामरीया शहर उत्तरी राज्यको राजधानी थियो। उत्तरी राज्यमा इस्राएलका दस कुलहरू समावेश थिए र यसलाई “इस्राएल” भनिन्थ्यो भने बाँकी दुई कुलहरू भएको दक्षिणी राज्यलाई “यहूदा” भनिन्थ्यो र यसको राजधानी यरूशलेम थियो।
- परमेश्वरले इ. पू. ७२२ मा उत्तरी राज्यमाथि इन्साफको रूपमा सामरीया शहरलाई कब्जा गर्न र त्यसका बासिन्दाहरूलाई कैद गरी लैजान अश्शूरी सेनालाई प्रयोग गर्नुभयो (२ राजा १७:५-६)। परमेश्वरले किन उनीहरूमाथि यस्तो भयानक इन्साफ आउन दिनुभयो? (२ राजा १७:७-८ पढ्नुहोस्) ________________________________________________________________________
- सामरीयाका जम्मै मानिसहरू कैद गरी लगिएनन्। सम्भवतः अश्शूरीहरूले प्रायः जसो मुख्य-मुख्य मानिसहरू अर्थात् धनवान् र उच्च स्तरका मानिसहरूलाई लगे। उनीहरूले अधिकांश गरिब र सामान्य स्तरका मानिसहरूलाई सामरीयामै छोडे।
- सामरीयामा बसोबास गर्न छोडिएका यहूदीहरूले छिट्टै अन्यजातिहरूसँग अन्तर्विवाह गरे जसबाट उत्पन्न भएको मिश्रित जाति ________________ नाउँले चिनिन थाल्यो (यूहन्ना ४:९)।
फिलिपले एउटा नौलो काम गरे। उनले तिनै मानिसहरूलाई परमेश्वरको सुसमाचार सुनाए जसलाई यहूदीहरूले अत्यन्तै घृणा गर्दथे। उनले ती मानिसहरूकहाँ परमेश्वरको उद्धार र पाप-क्षमाको असल खबर पुर्याए। के उनीहरूले फिलिपले प्रचार गरेको सुसमाचारको सन्देशलाई विश्वास गरे (प्रेरित ८:६,१२)?___________। के उनीहरूले पानीको बप्तिस्मा लिए (प्रेरित ८:१२)? _________________।
के सामरी मानिसहरूलाई सुसमाचार प्रचार गरेर फिलिपले सही काम गरेका थिए? ठीक कि बेठीकमा घेरा तानेर यी प्रश्नहरूको जवाफ दिनुहोस्:

के येशूले सामरीहरूसँग अनन्त जीवनको बारेमा कुरा गर्नुभएको थियो (यूहन्ना ४:४,५,७,९,१४,३९-४२)?_____________________।
एक समय संयुक्त राज्य अमेरिकामा यस्ता मानिसहरू थिए जसलाई यहूदीहरूले सामरीहरूलाई गरेको जस्तै व्यवहार गरिन्थ्यो। तिनीहरू अफ्रिकी अमेरिकनहरू अर्थात् हब्सीहरू थिए जोहरू आफ्नो जन्मभूमि अफ्रिकाबाट दास बनाइन अमेरिकामा ल्याइएका थिए। कतिपय मालिकहरू आफ्ना दासहरूप्रति दयालु हुन्थे र उनीहरूसित असल व्यवहार गर्दथे तर अरू थुप्रै हब्सीहरू भने दुर्व्यवहारको शिकार बने र उनीहरूलाई अति क्रूरतापूर्वक काममा पेलिन्थ्यो। धेरैको विश्वासमा हब्सीहरू अरू मानिसभन्दा निम्न तहका र पशुभन्दा थोरै मात्र उच्च तहका प्राणी हुन् भन्ने थियो। अमेरिकाका केही प्रचारकहरू समेत ती मानिसहरूलाई सुसमाचार सुनाउन चाहँदैनथे। यसरी मानिसहरूको कुनै पनि समूहलाई नकार्नु गलत भनेको कुरा हो।
जसरी परमेश्वरले फिलिपलाई सामरीहरूकहाँ पठाउनुभयो त्यसरी नै परमेश्वरले अमेरिकी दासहरूकहाँ एकजना प्रचारकलाई पठाउनुभयो। ई.सं. १७४० सालमा एक उत्कृष्ट बेलायती प्रचारक जर्ज ह्वीटफिल्ड (George Whitfield) सुसमाचार प्रचार गर्न र अनाथहरूका निम्ति आवासलय बनाउन अमेरिका आए। सुसमाचार सबै मानिसहरूकहाँ पुर्याइनुपर्दछ भनेर ह्वीटफिल्ड जान्दथे अर्थात् अमेरिकी अफ्रिकनहरूकहाँ समेत। कति दासहरूलाई गरिएको व्यवहारको बारेमा उनलाई चासो थियो। उनले अमेरिकाका केही शहरका मानिसहरूलाई एउटा पत्र लेखेर पठाए जसमा उनले मालिकहरूलाई उनीहरूले आफ्ना दासहरूप्रति गरेको व्यवहारको कारण हप्काएका थिए। यसले थुप्रै मानिसहरूलाई रिस उठायो। सत्य कतिपटक तीतो लाग्छ!
जहाँ गए तापनि अमेरिकी अफ्रिकनहरूकहाँ मुक्तिको समाचार पुर्याउने प्रचारकहरूमध्ये प्रथम नै ह्वीटफिल्ड हुन्। एकपटक प्रचारको अन्त्यमा सुनिरहेका दासहरूलाई उनले यसरी भने:
“मैले गरिब नेग्रो (हब्सी) हरूलाई बिर्सनुहुँदैन। अहँ, पटक्कै हुँदैन। येशू ख्रीष्ट उनीहरूको निम्ति मर्नु भएको हो, साथै अरूहरूको निम्ति पनि….. येशू ख्रीष्टमा महिला वा पुरुष, दास (कमारा) वा स्वतन्त्र भन्ने हुँदैन; तपाईं पनि, यदी तपाईंले येशूमा विश्वास गर्नुभयो भने, परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ। यदी तपाईंले विश्वास गर्नुभयो भने तपाईंले मुक्ति पाउनुहुनेछ।”
त्यहाँ धेरैले विश्वास गरे। एक समय झण्डै पचासजना अमेरिकी अफ्रिकनहरू ह्वीटफिल्ड बसेको घरमा आए। परमेश्वरले उनीहरूका आत्माको निम्ति गरिदिनुभएको कुराको निम्ति उनीहरू धन्यवाद चढाउन चाहन्थे! धेरैजसो दासहरू आफ्ना बोझहरू हलुका भएको महसुस गर्दै आफ्ना कामहरू तर्फ फर्कन्थे। अनि उनीहरू ह्वीटफिल्डले सुनाएका उदेकलाग्दा सत्यताहरूको मनन गर्दथे। उनीहरू खेतमा काम गर्दाहुँदी प्रचारकका ओठबाट सुनिएका पङ्कतिहरूलाई बारम्बार दोहोर्याइरहन्थे। त्यसपछि उनीहरू ती हरफहरूमा शब्दहरू थपेर गाउन थाल्दथे र ती गीतलाई धेरै पटक दोहोर्याई-दोहोर्याई गाउँदथे। यिनै गीतहरू नेग्रो आत्मिक गीतहरू (Negro Spirituals) भनी चर्चित भए। जर्ज ह्वीटफिल्डलाई अमेरिकन दासहरूको पहिलो महान् मित्र भनेर चिनिए।
इथियोपियाका नपुंसकले मुक्ति पाउँछन्
जर्ज ह्वीटफिल्ड अफ्रिकनहरूलाई प्रचार गर्ने एउटै मात्र व्यक्ति होइनन्। सैयौँ वर्ष अगाडि इथियोपिया (उत्तर अफ्रिकाको एक राष्ट्र) का एकजना व्यक्तिलाई प्रचार गर्न परमेश्वरले फिलिपलाई पठाउनुभयो (प्रेरित ८:२६-२७)। अवश्य पनि यस इथियोपियाको मान्छेको कालो छाला हुनुपर्छ। ग्रीक शब्द “इथियोपिया” (प्रेरित ८:२७) को माने “डढेको-अनुहार” भन्ने हुन्छ। यर्मिया अगमवक्ताले एक पटक प्रश्न गरे: “के _________ (इथियोपियाइ) ले आफ्नो ___________ वा _____________ले आफ्नो ____________ बदल्न सक्छ र?” (यर्मिया १३:२३)। यी प्रश्नहरूको जवाफ के हुन्छ? _____________। चितुवाका थोप्लाहरू बदलिएर बाघको जस्तो टाटेपाटे हुनलाई आश्चर्यकर्मकै खाँचो पर्छ! इथियोपियाइको छालाको रङ्ग बदलिन पनि आश्चर्यकर्मको खाँचो पर्छ। अझ उसको हृदय नै परिवर्तन गर्न त त्योभन्दा पनि ठूलो आश्चर्यकर्मको खाँचो पर्छ। प्रेरित ८ अध्यायमा परमेश्वरले यस्तै आश्चर्यकर्म गर्नुभयो। फिलिपले उनलाई ये______ प्रचार गरे (प्रेरित ८:३५)। के उनले यस समाचारलाई विश्वास गरे (प्रेरित ८:३७)?_________। के उनले पानीको बप्तिस्मा लिए (प्रेरित ८:३६-३९)?_________। के परमेश्वरले उक्त अफ्रिकनको हृदय परिवर्तन गर्नुभयो?______________।
फिलिपले उसलाई शुरुमा भेट्दा नपुंसकले यशैयाको पुस्तकबाट पढिरहेका थिए (प्रेरित ८:३०) तर उनले के पढिरहेका छन् सो बुझेका थिएनन् (प्रेरित ८:३१)। के फिलिपले उनलाई सहयोग गर्न सफल भए (प्रेरित ८:३५)?__________।
मानौं मुक्ति नपाएको तपाईंको कुनै साथीलाई उसले यूहन्नाको सुसमाचारको पुस्तकमा तेस्रो अध्यायको सोह्रौं पद पढिरहेको तपाईंले भेट्टाउनुभयो (यूहन्ना ३:१६)। अनि यदि उसले “मैले पढिरहेको कुरा बुझिन। कृपया मलाई सहायता गर्नुहोस्!” भनी भन्यो भने के तपाईंले आफ्नो साथीलाई सहायता गर्न सक्नुहुन्छ? तपाईंले के भन्नुहुन्छ?
कसैलाई पानीको बप्तिस्मा दिनु अघि उसमा के हुनु आवश्यक छ (प्रेरित ८:३६-३८)? _________________________________________________। साना बालकहरूले ख्रीष्टमा विश्वास गर्न सक्छन्? साना नानीहरूलाई बप्तिस्मा दिनुहुन्छ? _______________। किन हुन्छ वा किन हुँदैन? के तपाईंले ख्रीष्टमाथि विश्वास गर्नुभयो र उहाँलाई आफ्नो मुक्तिदाताको रूपमा स्वीकार गर्नु भयो? के तपाईंले बप्तिस्मा लिनुभयो? लिनुभएको छैन भने किन?
शाउलले मुक्ति पाउँछन्
ख्रीष्टियनहरूलाई सके जति झ्यालखानामा हाल्न प्रयास गर्ने मण्डलीका ठूला शत्रु को थिए (प्रेरित ८:१-३; ९:१)?_______________। यी व्यक्ति पछिबाट कुन नामले चिनिए (प्रेरित १३:९; रोमी १:१)?______________। स्टिफनसलाई ढुङ्गाले हानेर मारिँदा के यी व्यक्ति पनि घटनास्थलमै उपस्थित थिए (प्रेरित २२:२०)?______________। ख्रीष्टमाथि विश्वास गर्ने मानिसहरूलाई शाउलले के गर्ने गर्थे (प्रेरित २२:१९)?_______________________________________________________________।
एक दिन शाउलले विश्वासीहरूलाई सताउने कामलाई अगाडि बढाउन दमस्कस जाने निर्णय गरे। तर दमस्कस जाने बाटोमा यात्रा गर्दै गर्दा परमेश्वरले एउटा अचम्मको कार्य गर्नुभयो (कृपया जोडा मिलाउनुहोस्):
शाउलले मण्डली (विश्वासीहरू) लाई सताइरहेका थिए तर येशूले भन्नुभयो, “तिमी मलाई सताइरहेको छौ!” प्रभुले भन्न खोज्नुभएको कुरा के थियो? कलस्सी १:१८ बाट हामी जान्दछौं, प्रभु येशू ख्रीष्ट “शरीरको शि____ हुनुहुन्छ”, शरीरचाहिँ मण्डली हो। येशू शिर हुनुहुन्छ र विश्वासीहरू मिलेर शरीर बन्दछ। कसैले तपाईंको खुट्टाको औंलामा जोडले टेक्यो भने तपाईंको शिरले दुखाइको अनुभव गर्छ कि गर्दैन? शरीरलाई चोट लाग्दा शिरले त्यसको अनुभव गर्छ (दुखाइ सधैं स्नायु प्रणालीको माध्यमबाट दिमागसम्म पुग्छ)। शिरलाई नदुखाईकन तपाईंले शरीरलाई चोट पुर्याउन सक्नुहुन्न। त्यसैगरी मण्डलीको शिरलाई चोट नपुर्याईकन मण्डलीलाई चोट पुर्याउन सकिँदैन। शाउलले शरीर (मण्डली) लाई सताइरहेका थिए तर शिरलाई पनि यसको महसुस भइरहेको थियो! कसैले शरीरलाई केही गर्दछ भने उसले शिरलाई पनि त्यही गरिरहेको हुन्छ।
दमस्कसको बाटोको यस अचम्मको घटनापछि, परमेश्वर ह________ नाम भएको विश्वासीसँग बोल्नुभयो (प्रेरित ९:१०) र शाउलकहाँ गएर उसलाई एउटा सन्देश दिने आज्ञा दिनुभयो। तपाईं हनानियाको ठाउँमा हुनुभएको भए त्यो काम गर्न तपाईं डराउनुहुन्थ्यो (प्रेरित ९:१३-१४)?__________। के हनानियाले परमेश्वरको आज्ञा पालन गरे (प्रेरित ९:१७)?__________।
शाउलले येशूको नामको निम्ति कति धेरै दु:ख भोग्नुपर्नेछ भन्ने कुरा हनानियाले उनलाई बताए (प्रेरित ९:१६)। ख्रीष्टियन जीवन सजिलो जीवन होइन। पावलको निम्ति यो कष्टको जीवन थियो। पावलले सहनु परेका केही सतावटहरू के-के हुन् (२ कोरिन्थी ११:२३-२८ पढ्नुहोस्)? के येशूको निम्ति दु:ख भोग्न शाउल तयार थिए (प्रेरित २०:२२-२४; २१:१३)? _________________।
शाउलले हनानियाद्वारा बप्तिस्मा लिए। उनको बप्तिस्मापछि उनले गरेको पहिलो कार्य के थियो (प्रेरित ९:२०)?_____________________________________________। एक समयमा आफैले न______________ विश्वासलाई उनले प्रचार गर्न शुरु गरे (गलाती १:२३)! के यस कुराले उनलाई सुन्ने मानिसहरू छक्क परे (प्रेरित ९:२१)?_______। ठूलो उत्पीडक अब ठूलो प्रचारक भएको थियो!
विश्वास नगर्ने यहूदीहरू अब शाउललाई मार्न चाहन्थे (प्रेरित ९:२३-२४)? शिकारी आफै अब शिकार बनिरहेको थियो! मण्डलीको ठूलो शत्रु नै मण्डलीको ठूलो मित्र भएका थिए, र मुक्ति नपाएका यहूदीहरू क्रोधित भए। शाउल कसरी बच्न सफल भए (प्रेरित ९:२५)? ______________________________________________________________________।
त्यसपछि शाउल येरूशलेमको शहरतर्फ लागे जहाँ बाह्र चेलाहरू थिए। शाउल शुरुमा त्यहाँ आइपुग्दा उनीहरूले ऊ साँचो विश्वासी हो भनी विश्वास गरे (प्रेरित ९:२६)?___________। सायद उनीहरूले सोचे होलान्, शाउल ख्रीष्टको चेला भएको नाटक मात्र गर्दैछन् र उनी विश्वासीहरूलाई राम्ररी चिनेर उनीहरूलाई हानि गर्न चाहन्छन्। अन्त्यमा येरूशलेमका विश्वासीहरूले शाउलको जीवनमा आएको परिवर्तन वास्तविक भएको देख्न सके। परमेश्वरले ठूलो कार्य गर्नुभएको थियो। मण्डलीको ठूलो विरोधी नै मण्डलीको ठूलो प्रेरित र मिसनरी बन्न लागेको थियो! कुनै त्यस्तो समय थियो जब शाउल सकभर धेरै विश्वासीहरूलाई नाश गर्न चाहन्थे। तर उनले मुक्ति पाएपछि, शाउल चारैतिर यात्रा गर्न र हरेक ठाउँमा सकभर धेरै मानिसहरूलाई मुक्तिको सुसमाचार प्रचार गर्न इच्छुक भए!
के परमेश्वरले तपाईंको जीवनलाई पनि अचम्मलाग्दो गरी परिवर्तन गराउन सक्नुहुन्छ? शाउलको जस्तै परिवर्तन मुक्तिबाट नै शुरु हुनुपर्दछ: “यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ ________ हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू _________ भएका छन्” (२ कोरिन्थी ५:१७)।
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)