अध्याय ७ – बढ्दै गरेको मण्डलीमाथि आक्रमण

अध्याय ७ – बढ्दै गरेको मण्डलीमाथि आक्रमण
(प्रेरित ११-१२)
एन्टिओकमा भएको मण्डली
स्टिफनसको मृत्युपछि यरूशलेममा भएको मण्डलीको विरूद्ध ठूलो सतावट परिआयो भन्ने कुरा हामीले हेरिसकेका छौं (प्रेरित ८:१)। विश्वासीहरू यरूशलेम छाड्न बाध्य भएका थिए। यसरी चारैतिर छरिन बाध्य बनेका विश्वासीहरू जहाँतहीँ के गर्दै गए (प्रेरित ८:४)? _______________________________________________। प्रेरित अध्याय ११ मा यरूशलेमको उत्तरतिर छरिएका विश्वासीहरूको बारेमा हामीले सिक्यौं जोहरूलाई परमेश्वरले विशेष रूपमा प्रयोग गर्नुभयो।
प्रेरित ११:१९ अनुसार यी छरिएका विश्वासीहरू टाढा-टाढासम्म अर्थात् फोनिसिया (यस क्षेत्रका मुख्य शहरहरू टायर र सिडोन हुन्), साइप्रस टापु र एन्टिओकसम्म गए। के तपाईं यी ठाउँहरूलाई बाइबलको नक्सामा पत्ता लगाउन सक्नुहुन्छ? विश्वासीहरू यी ठाउँहरूमा जाँदा उनीहरूले ______________________लाई मात्र वचन प्रचार गरे (प्रेरित ११:१९)।
एन्टिओक शहरमा चाहिँ विश्वासीहरूले यहूदीहरूलाई मात्र नभई ग्रीक वा अन्यजातिहरूलाई समेत प्रभु येशू ख्रीष्टको प्रचार गरे (प्रेरित ११:२०)। उनीहरूले त्यसरी प्रचार गर्दा के प्रभुको आशिषमय हात उनीहरूमाथि रहेको थियो (प्रेरित ११:२१)?______________। विश्वास गर्ने र प्रभुतिर फर्कनेहरू धेरै थिए कि थोरै (प्रेरित ११:२१)? ________________________।
रोमी सम्राज्यको तेस्रो ठूलो शहर एन्टिओक थियो। अन्य विशाल शहरहरू केवल रोम (राजधानी) र एलेक्जेन्ड्रिया (इजिप्टमा अवस्थित) थिए। एन्टिओक शहरमा भएको मण्डलीले रोमी सम्राज्यभरि रहेका अन्यजातिहरूकहाँ सुसमाचार पर्याउन परमेश्वरको योजना पूरा गर्न एकदम महत्त्वपूर्ण भूमिका खेलेको बारेमा हामी पछि सिक्नेछौं।
यरूशलेममा भएका विश्वासीहरूले उत्तरी क्षेत्रमा परमेश्वरले गर्नुभएको कामको बारेमा सुने र उनीहरूले त्यहाँ ब___________लाई पठाउने निर्णय गरे (प्रेरित ११:२२)। जब तिनी त्यहाँ आइपुगे तिनले ती मानिसहरूको हृदयहरूमा अनुग्रहको कार्य देखे जो परमेश्वरले गर्नुभएको थियो, र तिनले उनीहरूलाई प्रभुमा टाँसिरहनलाई उत्साह दिए (प्रेरित ११:२३)। के परमेश्वरले एन्टिओक शहरमा मानिसहरूलाई बचाउँदै रहनुभयो (प्रेरित ११:२४)?
एन्टिओक मण्डलीमा अगुवाको धेरै खाँचो छ भनेर बर्नबासले थाह गरे। ती सबै नयाँ विश्वासीहरूलाई सिकाउन र प्रभुमा बलियो बनाउन खाँचो थियो। एन्टिओक शहरमा भएका विश्वासीहरूलाई सिकाउन र अगुवाइ गर्न कसले सहायता गरेको बर्नबास चाहन्थे (प्रेरित ११:२५)?___________। शाउल टार्ससमा बसोबास गरिरहेका थिए जुन शहर एन्टिओकभन्दा १६० किलोमिटर जति टाढामा छ। त्यसो भएपनि बर्नबास त्यहाँ गए र शाउललाई भेट्टाए र उनलाई एन्टिओकमा लिएर आए। विश्वासीहरूलाई सिकाउँदै शाउल र बर्नबास एन्टिओकमा कति समय बसे (प्रेरित ११:२६)?_________________________________________।
प्रेरित ११:२६ बाट हामी जान्दछौं कि “अनि चेलाहरू सबैभन्दा पहिले एन्टिओकमै __________________ भनिए”। यो नाम प्रयोग भएको यो नै प्रथम पटक थियो! “ख्रीष्टियान” शब्दमा कुन नाम भेट्टाउनुहुन्छ? ख्री____। ख्रिष्टियन हुनु भनेको धर्म (अर्थात् परमेश्वरको निगाह पाउन गरिने मानिसको कुनै प्रयास) होइन तर यो एक व्यक्तिसँगको एउटा सम्बन्ध हो (जसले पापी मानिसहरूलाई बचाउन सबै आवश्यक कार्यहरू गरिसक्नुभयो – यूहन्ना १९:३०) र उक्त व्यक्ति ख्री_____ हुनुहुन्छ। यस व्यक्तिसँग व्यक्तिगत सम्बन्ध भएकाहरूलाई नै ख्री____________ भनिन्छन् (प्रेरित ११:२६)।
के यो पदले चेलाहरूले आफैंलाईं ख्रिष्टियान नाम दिए भनी बताउँछ? ___________। उनीहरू आफैंले आफैंलाई यो नाम दिएका होइनन्, तर उनीहरू एन्टिओकका विश्वास नगर्ने मानिसहरूद्वारा “ख्रीष्टियान” भनी भनिएका हुन्। मुक्ति नपाएको संसारले चेलाहरूलाई हेर्दा उनीहरू ख्रीष्टलाई देख्न बाध्य भए! जब उनीहरूले चेलाहरूको बारेमा बिचार गर्दथे उनीहरू ख्रीष्टको बारेमा सोच्न बाध्य हुन्थे। यसैकारणले तिनीहरूले उनीहरूलाई “ख्रीष्टियान” नाम दिए।
तपाईं नि? के मानिसहरूले तपाईंको जीवन हेरेर ख्रीष्टसँग तपाईंको व्यक्तिगत सम्बन्ध छ भनी भन्न सक्छन्? के तपाईं यस्तो तरिकाले जिउनुहुन्छ कि तपाईं परमेश्वरको पुत्रको हुनुहुन्छ भनी मानिसहरूले जान्दछन्? के अरूहरूले ख्रीष्ट तपाईंभित्र जिउनुभइरहेको देख्न सक्छन् (गलाती २:२०)?
मानौं तपाईंको साथीले तपाईंलाई यो प्रश्न सोध्नुभयो: “ख्रीष्टियान भनेको के हो?” यो प्रश्नको जवाफ तपाईंले कसरी दिनुहुन्थ्यो? मानौं अरू कसैले तपाईंलाई यो प्रश्न गर्यो: “एउटा व्यक्ति कसरी ख्रीष्टियन बन्न सक्छ?” तपाईंले कसरी जवाफ दिनुहुन्थ्यो?
एकदिन यरूशलेमका एकजना भविष्यवक्ता खडा भए र एन्टिओकका विश्वासीहरूलाई पृथ्वीमा ठूलो अनिकाल पर्नेछ भनी बताए (प्रेरित ११:२८। पहिले एन्टिओकको मण्डलीलाई बर्नबासलाई पठाएर यरूशलेमको मण्डलीले सहायता गरेको थियो। अब यरूशलेमका गरीब विश्वासीहरूलाई एन्टिओकको मण्डलीले सहायता गर्न सक्यो। उनीहरूले आपसमा मिलेर पैसा जम्मा गरे र यरूशलेमको खाँचोमा परेका विश्वासीहरूका निम्ति पठाइदिए। येशूले भन्नुभयो: “तिमीहरूको __________ प्रेम छ भने यसैबाट सबैले तिमीहरू मेरा चेला रहेछौ भनी थाह पाउनेछन् (यूहन्ना १३:३५)। एन्टिओकका विश्वासीहरूले यो प्रेमको कार्य यरूशलेममा रहेका गरीब चेलाहरूको निम्ति गरे।
मण्डली र उत्पीडन
याकूबको हत्या
त्यसबेला प्यालेस्टाइनका शासक हे______ नाम भएका एकजना मानिस थिए। यिनीचाहिँ “हेरोद अग्रीप्पा प्रथम” हुन्। तिनी हेरोद एन्टिपसका भतिजा हुन् जसको बारेमा हामी मत्ती १४:१-१२ मा पढ्दछौं। हेरोद एन्टिपसले कसको हत्या गरेका हुन् (मत्ती १४:८,१०)? __________________________________________। हेरोद अग्रीप्पा प्रथम हेरोद महानका नाति पनि हुन् जसको बारेमा हामी मत्ती २ अध्यायमा पढ्दछौं। हेरोद महानले कसको हत्या गरेको थिए (मत्ती २:१६)?__________________________________________________।
हेरोद अग्रीप्पा प्रथम तिनका काका र हजुरबुवा जस्तै हत्यारा थिए। तिनले कसको हत्या गरे (प्रेरित १२:२)? ___________का दाजु ______________। तलको तालिकाले ती तीनैजना हेरोदहरू र उनीहरूले कस-कसको हत्या गरे भनी देखाउँदछ:

याकूब येशूलाई पछ्याउने निर्णय गरेका एकजना मछुवा थिए (मत्ती ४:२१-२२)। याकूब ख्रीष्टमा भएको उनको विश्वासको कारण मर्ने पहिलो प्रेरित थिए। तिनी त____________ मारिए (प्रेरित १२:२) जसको अर्थ सायद तिनको शिर काटिएको थियो। याकूबको शरीरलाई मार्न हेरोद सफल भए तर उनी के गर्न असफल भए (मत्ती १०:२८)? __________________________________________। याकूबको मृत्यु हुने बित्तिकै तिनी कहाँ गए (फिलिप्पी १:२३)? _________________________________________।
पत्रुस झ्यालखानामा हालिन्छन्
हेरोदले याकूबलाई मार्ने काम मात्र गरेनन् तर तिनले कसलाई समातेर कैद गरे (प्रेरित १२:३)? _______________________। तिनले पत्रुसलाई पनि मार्न चाहन्थे तर निस्तार चाड सकिने घडीसम्म पर्खनु असल होला भन्ने तिनले सोचे। पत्रुसलाई झ्यालखानाबाट निकाल्न मण्डलीले कुनचाहिँ शक्तिशाली हतियारको प्रयोग गरे (प्रेरित १२:५)?
- धारिलो तरवार
- लडाकु सेना
- बम
- रार्थना (२ कोरिन्थी १०:३-४ पढ्नुहोस्)
हेरोदले पत्रुसलाई झ्यालखानाबाट उम्कनदेखि रोक्न सबै बन्दोबस्त गरे। पत्रुस दुईजना सिपाहीसित साङ्लाले बाँधिएको थियो (प्रेरित १२:६)। झ्यालखानाको ढोका अगाडि पहरेदारहरू पनि राखिएका थिए (प्रेरित १२:६)। उनीहरू आफ्नो कैदीलाई भाग्ने कुनै पनि मौका दिन चाहदैनथे। पत्रुस अघिल्लो पटक झ्यालखानाबाट अचम्म तरिकाले उम्केको कुरा उनीहरूले पक्कै पनि बिर्सेका थिएनन् (प्रेरित ५:१७-२३)।
महान् छुटकारा
पत्रुस मारिनलाई तोकिएको दिनभन्दा ठीक एक रात अघिसम्म परमेश्वरले केही नगरी पर्खनुभयो (प्रेरित १२:६)। त्यसपछि उहाँले अचम्मको कार्य गर्नुभयो। पत्रुसलाई छुटाउन उहाँले स्वर्गदूत पठाउनुभयो। स्वर्गदूतले पत्रुसलाई गर्न लगाएका केही कामहरू के-के हुन्? (प्रेरित १२:७-८)? _______________________________________ ___________________________________________ _____________________________________। स्वर्गदूतले मात्र गर्न सक्ने केही कुराहरू के-के हुन् (प्रेरित १२:७-८)? __________________________________________ _______________________________________
एकातिर त्यस्ता केही कार्यहरू छन् जो परमेश्वरले मात्र गर्न सक्नुहुन्छ र अर्कातिर केही कार्यहरू छन् जो हामीले नै गर्नुपर्छ। यदि हामीले आफ्नो जिम्मेवारी (हामीले गर्ने सक्ने साना कुराहरू) पूरा गर्यौं भने, परमेश्वरले निश्चय नै उहाँको आफ्नो जिम्मेवारी (उहाँले मात्र गर्न सक्नुहुने ठूला कुराहरू) पूरा गर्नुहुनेछ। के त्यस महान् छुटकाराको निम्ति पत्रुसले परमेश्वरलाई महिमा दिए (प्रेरित १२:११)? _____________।
येशू स्वर्ग फर्किनुभन्दा अगाडि उहाँले पत्रुसलाई उनी कसरी मर्नेछन् भनी बताउनुभयो (यूहन्ना २१:१९)। येशूले पत्रुस जवानै हुँदा तिनी मर्नेछन् भनी बताउनुभयो कि तिनी बूढो भएपछि (यूहन्ना २१:८)? _____________________________। यद्यपि हेरोदले पत्रुसलाई मार्न चाहे तिनी मारिनलाई परमेश्वरको समय भएको थिएन। पत्रुस त्यस रात बिनाफिक्री निदाउन सक्नुको एउटा कारण यही थियो (प्रेरित १२:६) ।
परमेश्वरले एकातिर याकूबलाई मर्न दिनुभयो र अर्कातिर उहाँले पत्रुसलाई जिउन दिनुभयो। मरण र जीवनको सवालमा परमेश्वरकै अधिकार हुन्छ! हरेक मानिसको निम्ति सर्वोत्तम के हो सो उहाँ जान्नुहुन्छ। हिब्रू ११:३३-३७ मा विश्वासका केही वीरहरूको बारेमा हामी पढ्दछौं। केहीले छुटकारा पाए र बचाइए तर अरूहरू हत्या गरिए र मारिए। रोमी १४:८ मा हामी पढ्दछौं, “यसकारण चाहे बाचौं वा मरौं, हामी ________________ हौं।”
पत्रुस झ्यालखानाबाट भागेको कुरा थाहा पाएपछि त्यस झ्यालखानाका पहरेदारहरूलाई के भयो (प्रेरित १२:१९)? _______________________________ _______________________________________।
प्रार्थनाको जवाफले ढोकामा ढक्ढकाउँछ
पत्रुस पहिले मरियमको घरमा गए जहाँ केही विश्वासीहरू भेला भएका हुन्छन् भनी उनले जान्दथे। पत्रुस आइपुग्दा विश्वासीहरू के गर्दै थिए (प्रेरित १२:१२)? _________________________। उनीहरू केका निम्ति प्रार्थना गर्दै थिए (प्रेरित १२:५ पढ्नुहोस्)? ढोकामा को आई (प्रेरित २:१३)?__________________________। के तिनले पत्रुसको आवाज चिनिन् (प्रेरित १२:१४)? ______________। के तिनले पत्रुसलाई भित्र आउन दिइन् (प्रेरित १२:१४)? ___________। रोदाले अरूहरूलाई पत्रुस ढोकामा भएको कुरा बताउँदा उनीहरूले के भने?
- “परमेश्वरको प्रशंसा होस्! हाम्रो प्रार्थनाको जवाफ दिइएको छ!”
- “पत्रुसलाई हेरोदको हातबाट छुटाउनु भएकोमा धन्यवाद प्रभु।”
- “रोदा, तँ पगली होस्!!”
उनीहरूले प्रार्थना गरे तर उनीहरूको प्रार्थनाको जवाफ दिइँदा उनीहरूले विश्वास गरेनन्! हामीले यसबाट पाठ सिक्न सक्छौं। हामीले प्रार्थना गर्दा परमेश्वरले उहाँको इच्छा मुताबिक महान् कार्यहरू गर्न सक्नुहुन्छ भनेर विश्वास गर्नुपर्छ। येशूले मर्कूस ११:२४ मा भन्नुभयो: “तिमीहरूले प्रार्थना गर्दै जे-जे कुराहरू ____________, ती पाउँछौ भनी ____________ गर, र तिमीहरूले ती पाउनेछौ।” परमेश्वरले हाम्रो प्रार्थनाको जवाफ दिनुहुँदा हामी छक्क नपरौं। हामीले मागेको वा सोचेको भन्दा पनि बढी गर्न परमेश्वर सक्नुहुन्छ (एफेसी ३:२०)।
हेरोदलाई परमेश्वरले प्रहार गर्नुहुन्छ
एक दिन हेरोद राजकीय वस्त्र पहिरेर आफ्नो सिंहासनमाथि बसेर ठूलो भाषण दिए। त्यस भाषण सुन्न जम्मा भएका मानिसहरू यसो भन्दै चिच्याए, “यो ता ___________ वाणी हो, ___________ होइन” (प्रेरित १२:२२)। के हेरोदले जुरुक्क उठेर आपत्ति जनाउँदै ती मानिसहरूलाई यसरी भने, “होइन! होइन! तपाईंहरू गलत हुनुहुन्छ। म परमेश्वर होइन, म त मानिस मात्र हुँ”? हेरोदले परमेश्वरलाई महिमा दिए कि आफैंलाई महिमा दिए (प्रेरित १२:२३)? ___________________________________________। परमेश्वरलाई मात्र दिइनु पर्ने उहाँलाई नदिएकाले तिनलाई के भयो (प्रेरित १२:२३)? __________________________________________।
याकूबको सवालमा जे गरिनुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (२ कोरिन्थी ५:८)। पत्रुसको सवालमा जे गरिनुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (भजनसङ्ग्रह ३४:६-७)। हेरोदको सवालमा जे गर्नुपर्थ्यो सो परमेश्वरले गर्नुभयो (भजनसङ्ग्रह ९४:१, ३, २३)। परमेश्वर महान् हुनुहुन्छ। उहाँलाई नै महिमा होस्!
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)