अध्याय ८ – पहिलो प्रचार यात्रा

अध्याय ८ – पहिलो प्रचार यात्रा
(प्रेरित १३-१५)
एन्टिओकबाट मिसनरी समूह पठाइन्छ
प्रेरित १० अध्यायमा हामीले सिक्यौं, सिजरियाको शहरमा कर्नेलियस र अरु अन्यजातिहरूले पत्रुसद्वारा प्रचार गरिएको परमेश्वरको वचन सुने, विश्वास गरे अनि मुक्ति पाए (यस अध्ययन मालाको अध्याय ६ मा हेर्नुहोस्)। त्यसपछि प्रेरित ११ अध्यायमा हामीले सिक्यौं, एन्टिओकमा भएका अन्यजातिहरूको ठूलो समूहले सुसमाचारमा विश्वास गरे र मुक्ति पाए (प्रेरित ११:२०-२१)।
मुक्तिको सुसमाचार अरु शहरहरूमा पनि पुगेको परमेश्वर चाहनुहुन्थ्यो। अरु अन्यजातिहरूले (र यहूदीहरूले पनि) सुसमाचार सुन्नु खाँचो थियो। परमेश्वरले चाहनुभएको कुरा एन्टिओक शहरका विश्वासीहरूले पनि चाहे। उनीहरू परमेश्वरको मुक्तिको सन्देश अरुहरूकहाँ पनि पुर्याउन चाहन्थे। यी विश्वासीहरूले प्रार्थना गर्दै थिए र परमेश्वरको इच्छा खोज्दै थिए र एक दिन पवित्र आत्माले दुईजना मानिसहरूलाई अलग गर्नुभयो। यी मानिसहरू को-को थिए (प्रेरित १३:२)? १)________________ २)______________ यी दुईजनाद्वारा ठूलो काम गर्ने परमेश्वरको योजना थियो!
यी व्यक्तिहरू उनीहरूको प्रचार यात्रामा कसद्वारा पठाइएका थिए (प्रेरित १३:४)? _______________________________________। प्रभु येशू ख्रीष्टले एक समय आफ्ना चेलाहरूलाई प्रार्थना गर्न र फसलका ________लाई, उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदिऊन् भनी प्रार्थनामा विन्ती गर्नुपर्छ भनेर आज्ञा दिनुभयो (मत्ती ९:३८)। परमेश्वरले आफ्नो फसलमा खेतालाहरू पठाउनुहुन्छ!
यस महान् कार्यमा एन्टिओकका विश्वासीहरूको पनि भाग थियो। बर्नबास र शाऊललाई पठाइनु अघि विश्वासीहरूले प्रार्थना गरे र उनीहरूमाथि आफ्ना ________________ राखे (प्रेरित १३:३)। यस हातहरू राख्ने कार्यले यो कुरा जनाउँदै थियो: “हे बर्नबास र शाऊल, हामी जान्दछौं कि परमेश्वरले तपाईंहरूलाई बोलाउनुभएको हो र यस कामको निम्ति तपाईंहरूलाई अलग पार्नुभएको हो। हामी तपाईंहरूमाथि आफ्ना हातहरू राख्दैछौं किनभने यस काममा हामी तपाईंहरूलाई साथ दिन्छौं र तपाईंहरूले यो जानेको हामी चाहन्छौं कि हामी तपाईंहरूका निम्ति र तपाईंको सेवकाइमा परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस् भनी प्रार्थना गरिरहनेछौं।”
यस महत्त्वपूर्ण कार्यमा खटाइएका परमेश्वरका खेतालाहरू बर्नबास र शाऊल थिए, तर त्यहाँ अर्को व्यक्ति पनि थियो जो सहयोगीको रूपमा उनीहरूका साथमा आएका थिए। तिनको नाम ____________ थियो (प्रेरित १३:५), जसलाई _______________ पनि भनिन्थ्यो (प्रेरित १२:२५)। यी त्यही मानिस हुन् जसले पछि मर्कूसको सुसमाचार लेखे। मर्कूस बर्नबासका भतिज थिए (कलस्सी ४:१०)।
प्रचार यात्रा
पहिलो प्रचार यात्रा करिब साँढे एक वर्ष लामो थियो, र प्रचार टोली समुद्र र जमीन भएर सयौं किलोमीटर यात्रा गरे। तलको नक्साले उनीहरू गएका सबै स्थानहरू देखाउँदछ। तपाईंले १३ र १४ अध्याय पढ्नुहुँदा, बर्नबास र शाऊल गएका स्थानहरू हेर्न तलको नक्साको मदत लिन सक्नुहुन्छ।
साइप्रसको टापु
मिसनरीहरू आफ्नो यात्रा प्रारम्भ गरे: उनीहरू एउटा जहाज चढेर साइप्रसको विशाल टापुतर्फ प्रस्थान गरे। यस टापुसित बर्नबास राम्ररी परिचित थिए किनकि उनी पहिला साइप्रसकै बासिन्दा थिए (प्रेरित ४:३६)।
उनीहरू प्रवेश गरेको प्रथम शहर सलामिस थियो जहाँ उनीहरूले यहूदीहरूको ________________ परमेश्वरको वचन प्रचार गरे (प्रेरित १३:५)। सभाघर भनेको त्यस्तो ठाउँ हो जहाँ यहूदीहरू प्रार्थना गर्न र शास्त्रहरू अध्ययन गर्न भेला हुन्थे। जब शाऊल र बर्नबास कुनै शहरमा आइपुग्थे, उनीहरू पहिले प्रायःजसो सभाघरमा पस्ने गर्थे र यहूदीहरूलाई ख्रीष्ट प्रचार गर्थे।
त्यसपछि उनीहरू टापुको पल्लो छेऊको शहर पाफोसतर्फ लागे। त्यहाँ बारयेशू वा एलिमास नाम भएको जादुगरसँग उनीहरूको भेट भयो (प्रेरित १३:६-८)। उनी एक यहूदी थिए र आफू परमेश्वरको साँचो भविष्यवक्ता भएको उनले दावी गर्दथे। के उनी वास्तवमै साँचो भविष्यवक्ता थिए कि झूटा (प्रेरित १३:६)?_____________________________। के उनी समर्थक थिए कि दुष्मन (प्रेरित १३:१०)? __________________________। के उनी परमेश्वरको सन्तान थिए कि शैतानको (प्रेरित १३:१०)? __________________________। जब परमेश्वरले कुनै ठूलो कार्य गर्नुहुन्छ, शैतानले यसलाई बाधा दिन र रोक्न खोज्छ। के यस जादुगरले सर्गियस पौलसले परमेश्वरको वचन सुनेको चाहन्थ्यो (प्रेरित १३:७-८)? ___________________________।
यस दुष्ट मानिसमाथि परमेश्वरको इन्साफ आयो। यस जादुगरलाई के भयो (प्रेरित १३:११)?
- उसको मृत्यु भयो।
- ऊ अन्धो पारियो।
- ऊ पक्षघातले पीडित भयो।
- ऊ बहिरो भयो।
यो मानिस पहिल्यै आत्मिक रूपमा अन्धो थियो (यूहन्ना ३:१९-२०; १ यूहन्ना २:११) र अचानक परमेश्वरको न्यायको कारणले ऊ शारीरिक रूपमा पनि अन्धो भयो! यस अचम्मको घटनाको परिणामस्वरूप, सर्जियस पौलसले के गरे (प्रेरित १३:१२)? _____________________।
पिसिडियाको एन्टिओक
उनीहरू साइप्रसबाट निस्के र पेर्गामा आइपुगे (यो करिब २०० किलोमीटरको जलयात्रा थियो)। यूहन्ना मर्कूस फर्कने निर्णय गरेको यही पेर्गामा हो (प्रेरित १३:१३ र १५:३८ पढ्नुहोस्)। यस घडीबाट पावल र बर्नबास मर्कूस बिना नै यात्रा गरे।
उनीहरू त्यसपछि जुन शहरमा आइपुगेका थिए त्यो पिसिडियाको ए__________ थियो (प्रेरित १३:१४)। माथि नक्साबाट एन्टिओक नाम गरेका दुईटा शहरहरू थिए भन्ने कुरा तपाईंले देख्न सक्नुहुन्छ।
विश्रामदिनमा (शनिबार) पावल र बर्नबास यहूदीहरूको सभाघरभित्र पसेर बसे (प्रेरित १३:१४)। शास्त्रबाट पढिएपछि सभाघरका शासकहरूले पावल र बर्नबाससँग मानिसहरूलाई भन्ने केही छ कि भनी सोधे (प्रेरित १३:१५)। को उठे र बोल्न शुरु गरे (प्रेरित १३:१६)?_____________________।
पावलको प्रचार प्रेरित १३:१६-४१ मा पाइन्छ। यस प्रचारमा उनले पुरानो नियमका केही कुराहरू बताए जससित यहूदीहरू निकै परिचित थिए (जस्तै इस्राएलीहरूलाई परमेश्वरले मिश्रबाट छुटाउनुभएको इतिहास, उजाडस्थानको यात्रा, न्यायकर्ताहरूको समय, राजा शाऊल र राजा दाऊद)। उनले त्यसपछि तिनीहरूलाई ख्रीष्ट प्रचार गरे। प्रचारको अन्तमा उनले तिनीहरूलाई कसरी तिनीहरूले आफ्ना पापहरूको क्षमा पाउन सक्छन् र कसरी तिनीहरू धर्मी ठहरिन सक्छन् भनी बताए (प्रेरित १३:३८-३९)। पावलको अनुसार, परमेश्वरले कसलाई क्षमा दिनुहुन्छ र धर्मी ठहराउनुहुन्छ (३९ पद हेर्नुहोस्)?
- विश्वास गर्ने हरेक मानिस
- विश्वास गर्ने र खतना भएका हरेक मानिस
- विश्वास गर्ने र मोशाको व्यवस्था पालन गर्ने हरेक मानिस
- विश्वास गर्ने र असल जीवन बिताउन प्रयास गर्ने हरेक मानिस
केही अन्यजातिहरू पनि सभाघरको सेवामा भाग लिएका थिए। पावलले सुसमाचार सुनाइसकेपछि, कसले उनी अर्को विश्राम-दिनमा फेिर फर्केर आएर ती वचनहरू सुनाएको चाहे—यहूदीहरूले कि अन्यजातिहरूले (प्रेरित १३:४२)?________________। पावलको प्रचार सुन्न एक हप्तापछि कतिजना फर्केर आए—थोरै मानिसहरू कि ठूलो भीड (प्रेरित १३:४४)? ______________________________।
कसले पावल र बर्नबासलाई सताएर एन्टिओक शहर छाड्न बाध्य गराए (प्रेरित १३:४५,५०)? ______________। पावल र बर्नबासले आफ्ना पाउका धूला टकटक्याए (प्रेरित १३:५१ पढ्नुहोस् र मत्ती १०:१४ सित तुलना गर्नुहोस्)?
विश्वास नगर्ने यहूदीहरू _______ले भरिए (प्रेरित १३:४५), तर मुक्ति पाएका यहूदीहरू र अन्यजातिहरू _________ले भरिए (प्रेरित १३:५२)। पवित्र आत्माले त्यहाँका पुरूष र स्त्रीहरूको हृदयहरूमा ठूलो काम गर्दै हुनुहुन्थ्यो।
इकोनियम
अर्को शहर इकोनियम थियो (प्रेरित १४:१) र पावल र बर्नबास फेिर सभाघरमा पसे र मुक्तिको सुसमाचार प्रचार गरे। प्रेरित १४:१ अनुसार के केही यहूदीहरूले विश्वास गरे? ____________। के केही ग्रीक (अन्यजाति) हरू ले विश्वास गरे?_________। कसले पावल र बर्नबासलाई समस्या दिए (प्रेरित १४:२)? विश्वास नगर्ने __________________ले।
उनीहरू त्यहाँ थोरै समयसम्म बसे कि लामो समयसम्म बसे (प्रेरित १४:३)? _________________। के पावल र बर्नबासद्वारा परमेश्वरले अचम्मका कामहरू गर्नुभयो (प्रेरित १४:३)? ______________।
शहरमा फाटो आयो—कोही पावल र बर्नबासपट्टि लागे र अरुहरू चाहिँ उनीहरूको विरुद्धमा लागे (प्रेरित १४:४)। एकातिर उनीहरूका मित्रहरू थिए भनेर अर्कोतिर उनीहरूका शत्रुहरू पनि थिए। कोहीले उनीहरूलाई प्रेम गरे र अरुले उनीहरूलाई घृणा गरे।
प्रभु येशूले प्रचार गर्नुहुँदा पनि के यस्तै भएको थियो? के मानिसहरूको बीचमा फाटो आएको थियो (यूहन्ना १०:१९-२१ पढ्नुहोस्)?_____________।
आखिरमा पावल र बर्नबास इकोनियम शहरबाट भाग्न बाध्य भए किनभने उनीहरूका शत्रुहरूले उनीहरूलाई ढु________ हान्न लाग्दैथिए (प्रेरित १४:५-६)!
लुस्त्रा र डेर्बे
उनीहरू पुगेको अर्को शहर लुस्त्रा थियो। यहाँ उनीहरूले एकजना लङ्गडो मानिसलाई भेट्टाए जो कहिल्यै ____________ थिएन (प्रेरित १४:८)। यो मानिसलाई के भयो (प्रेरित १४:९-१०)? _________________________________________।
लुस्त्राका मानिसहरू निकै अन्धविश्वासी थिए। जब तिनीहरूले यो ठूलो अचम्मको काम देखे, तिनीहरूले सोचे कि बर्नबास र पावल मानिसको भेषमा तल पृथ्वीमा ओर्लेका देउताहरू हुन्! प्रेरित १४:१२ अनुसार, तिनीहरूले बर्नबासलाई जे______ भने (अथवा जुपिटर, देउताहरूको राजा) र पावललाई “मर्कूरी” (वा हर्मेस, देउताहरूको दूत) भने। ग्रीक र रोमी पौराणिक कथा अनुसार, मर्कूरी भनेको कुनै देउता थियो जसले मानिसहरूकहाँ देउताहरूको सन्देश ल्याउँदथ्यो। उसको पखेटा भएको खुट्टा थियो। तिनीहरूले सायद पावल देउताका दूत हुन् भनी सोचे किनभने उनले नै धेरैजसो बोल्ने काम गरेका थिए।
शहरका मानिसहरूले यी दुई “देउताहरूलाई” पशु बलिदान चढाउन लाग्दा तिनीहरूलाई कसले रोके (प्रेरित १४:१३-१८)?___________________। उक्त अवसरमा पावलले तिनीहरूलाई सत्य र जीवित परमेश्वरको बारेमा प्रचार गरे मौका लिए। प्रेरित १४:१५ पढ्नुहोस् र तल जोडा मिलाउनुहोस्:

पावल तिनीहरूको शहर छोडेर जाँदैमा एन्टिओक र लुस्त्रामा भएका पावलका शत्रुहरूलाई सन्तोष लागेन। यी यहूदीहरू पावल र बर्नबासको पछि-पछि लागे र लुस्त्रा सम्मै आइपुगे। पावलले सदाको निम्ति प्रचार गर्न छोडेको तिनीहरू चाहन्थे। पावललाई तिनीहरूले के गरे (प्रेरित १४:१९)? ________________________________। के पावलले यस घटनाबारे २ कोरिन्थी ११:२५ मा लेखेका छन्? ________________।
यस दुष्कर्मपछि उनी __________ भन्ठानेर तिनीहरूले पावललाई शहरदेखि बाहिर घिसारेर लगे (प्रेरित १४:१९)। के उनी साँच्चै मरेका थिए? ________। ढुङ्गा हानिएर पनि त्यसको बारेमा बताउन जीवित रहेका मानिस धेरै त छैनन्! अविस्मरणिय तरिकाले परमेश्वरले पावलको देखभाल गर्नुभयो। पावल उठे र भोलिपल्ट उनी डेर्बेतिर लागे। परमेश्वरले पावललाई अचम्मको तरिकाले सामर्थ्य दिनुभयो! यदि आजको दिनमा कुनै मानिसलाई यस्तो परिआयो भने, उसलाई पूरै ठीक हुन कम्तिमा पनि एक महिना नै लाग्छ होला! तर उनले तुरुन्तै यात्रा गर्न र प्रचार गर्न सकून् भनेर परमेश्वरले पावलको शरीरमा काम गर्नुभयो र उनलाई सामर्थ्य दिनुभयो।
डेर्बेमा मात्र पावललाई ठूलो सतावट आइपरेन। अरु जम्मै शहरहरूमा विश्वास नगर्ने यहूदीहरूले परमेश्वरको प्रचारकलाई सताएका थिए र उनको हत्या समेत गर्न खोजेका थिए। विश्वासीहरूलाई सताउन खोज्ने अरु यहूदीहरूको बारेमा पावल के भन्छन्, १ थेस्सलोनिकी २:१५-१६ मा पढ्नुहोस्। यहूदी मानिसहरू सुसमाचार प्रचार कार्यका निकै विरोधी थिए।
फिर्ती सवारी
डेर्बेमा प्रचार गर्ने र सिकाउने काम गरेपछि, पावल फेिर लुस्त्रामा (जहाँ उनलाई ढुङ्गा हानिएको थियो), इकोनियममा (जहाँ उनी झण्डै ढुङ्गाले हानिएका थिए) र एन्टिओकमा (जहाँ उनलाई शहरबाट निकालिएको थियो) फर्किए—प्रेरित १४:२१ पढ्नुहोस्। मिसनरी टोली किन यी ठाउँहरूमा फर्कन चाहन्थे? कि त उनीहरू एकदम पागल हुनुपर्छ, नत्र त उनीहरू निकै साहसी हुनुपर्छ!
यी शहरमा भएका विश्वासीहरूको निम्ति पावल र बर्नबासलाई निकै चिन्ता थियो (प्रेरित १४:२२)। उनीहरू यी चेलाहरूलाई उत्साह दिन (प्रेरित १४:२२) र हरेक मण्डलीमा विश्वासीहरूलाई अगुवाई गर्ने र सिकाउने मानिसहरू नियुक्त गर्न चाहन्थे (प्रेरित १४:२३)। चेलाहरूलाई विश्वासमा ला_______________ (प्रेरित १४:२२) अर्थात् परीक्षाहरू आए तापनि र परिस्थिति जतिसुकै गाह्रो भए तापनि परमेश्वरमा रहिरहनुपर्छ भनी बताइयो । अनेकौं क_____ (समस्या, दवाव, कठीनता) सहँदै उनीहरू परमेश्वरको राज्यभित्र पस्नुपर्छ भनी पाउल र बर्नबासले अर्ती दिए (प्रेरित १४:२२)। के येशूले आफ्ना चेलाहरूलाई उनीहरूको जीवनमा सङ्कष्ट आउने नै छ भनेर बताउनुभएको थियो (यूहन्ना १६:३३)?_________।
कतिपटक मानिसहरूले परमेश्वरको वचन आनन्दका साथ ग्रहण गरे तापनि परमेश्वरको वचनको कारण सङ्कष्ट र सतावटहरू आइपरेको कारण उनीहरूले ठेस खान्छन् (मत्ती १३:२०-२१)। पावल र बर्नबास ती शहरहरूका विश्वासीहरूलाई यस्तो भएको चाहँदैनथे। उनीहरूले तिनीहरू विश्वासमा लागिरहेको र हरेक जोखिम र खतराहरूमा विजयी हुन परमेश्वरमाथि भरोसा राखेको चाहन्थे। पावल र बर्नबासलाई सहायता गर्नुहुने र अचम्मको तरिकाले बचाउनुहुने परमेश्वर उही परमेश्वर हुनुहुन्थ्यो जसले ती नयाँ विश्वासीहरूलाई सम्हाल्न सक्नुहुन्थ्यो।
अन्त्यमा मिसनरी टोली एन्टिओकमा फर्क्यो जहाँको मण्डलीबाट उनीहरू पठाइएका थिए (प्रेरित १४:२६)। पावल र बर्नबासले परमेश्वरले गर्नुभएका महान् कामहरूको एक सुन्दर प्रतिवेदन सुनाए, विशेषगरी कसरी परमेश्वरले अ______________ विश्वासको ___________ खोल्नुभयो भनी बताए (प्रेरित १४:२७)।
मुक्ति पाउन अन्यजातिहरूले के गर्नुपर्छ?
यहूदीयाबाट केही यहूदीहरू एन्टिओकमा आएर अन्यजाति विश्वासीहरूलाई एउटा झूटा शिक्षा सिकाउन खोजे। तिनीहरूले भने, “मोशाको रीतिअनुसार ________________________________________” (प्रेरित १५:१)। खतना भनेको त्यस्तो चलन हो जुन हरेक यहूदीहरूलाई गरिन्थ्यो (प्रायः जन्मेको आठ दिनपछि)। उत्पत्ति १७:१०-१४ पढ्नुहोस्। अरु यहूदीहरूले सिकाउन थाले कि मुक्ति पाउनलाई अन्यजातिहरूको खतना हुनैपर्छ र उनीहरूले मोशाको व्यवस्था पालन गर्नैपर्छ। यो शिक्षा झूटो हो कि साँचो हो? बाइबलले के भन्छ?
- जब पत्रुसले अन्यजाति कर्नेलियसलाई प्रचार गरे, उनले के तिनलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिए कि उनलाई ख्रीष्टमा विश्वास गर्न आज्ञा दिए (प्रेरित १०:४३)? ____________________________।
- जब पावलले एन्टिओकको सभाघरमा प्रचार गरे (जहाँ अन्यजातिहरू पनि उपस्थित थिए—प्रेरित १३:४२ पढ्नुहोस्), उनले मानिसहरूलाई के खतनाद्वारा मुक्ति पाओ भने कि उनले तिनीहरूलाई विश्वासद्वारा मुक्ति पाओ भने (प्रेरित १३:३८-३९)? ______________________।
- पत्रुसको अनुसार मानिसहरूले खतनाद्वारा र व्यवस्था पालन गरेर मुक्ति पाउँछन् कि अनुग्रहद्वारा मुक्ति पाउँछन् (प्रेरित १५:११)? __________________________
- प्रेरित १६:३१ ले वास्तवमा के भन्दछ? (सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):
(क) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र खतना गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”
(ख) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र व्यवस्था पालन गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”
(ग) “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”
के तपाईंले यसो गर्नुभयो? के तपाईंले मुक्ति पाउनुभयो? तपाईंले यो कसरी थाह पाउन सक्नुहुन्छ? सुसमाचारको सन्देश अन्यजातिहरूकहाँ गएकोमा के तपाईं धन्यवादी हुनुहुन्छ? सुमाचार सन्देशको सरलताको निम्ति के तपाईं धन्यवादी हुनुहुन्छ?
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)