Entries by Pradesh Shrestha

विश्वास के हो?

विश्वास के हो?

डेविड क्लाउड

पद कण्ठ: यूहन्ना ३:१६; ६:२८-२९; १४:६; प्रेरित १६:३०; एफेसी २:८-९

यी सुरुका दुई पाठहरूमा हामी मुक्तिको सवालमा मानिसको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा अध्ययन गर्दैछौं। हाम्रा सामु दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पहिलो पाठमा हामीले पश्चात्तापको बारेमा अध्ययन गर्‍यौं, अब हामी विश्वासको बारेमा अध्ययन गर्नेछौं।

प्रेरित २०:२१

पहिलो पाठमा हामीले जसरी अध्ययन गरेका थियौं, पावलले आफ्ना प्रचारहरूमा मानिसहरूलाई परमेश्वरतर्फ मन फिराउनुपर्छ र येशू ख्रीष्टमाथि विश्वास गर्नुपर्छ भनेर आज्ञा गर्दथे। पापीले परमेश्वरतर्फ पश्चात्ताप गर्नुपर्छ किनकि उसले आफ्नो स्वेच्छाचारी जीवन र अनाज्ञाकारीताद्वारा आघात पुर्‍याएको परमेश्वरलाई हो। पापीले आफ्नो विश्वास येशूमाथि राख्‍‍नुपर्छ किनकि उहाँ नै हाम्रा पापका लागि मर्नुभएको हो।

मुक्ति दिलाउने खालको विश्वासका बारेमा निम्न तीनओटा महत्त्वपूर्ण प्रश्‍नहरूलाई विचार गर्नुहोस्:

मुक्ति दिलाउने खालको विश्वास कस्तो हुन्छ?

मुक्ति दिलाउने विश्वास भनेको केही ऐतिहासिक तथ्यहरूलाई दिमागले विश्वास गर्नु मात्र होइन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ। जस्तै, पृथ्वीनारायण शाह एकिकृत नेपालका पहिलो राजा थिए वा महात्मा गान्धी भारतका नेता थिए वा दोस्रो विश्वयुद्धको समयमा जर्मनीका शासक हिटलर थिए भनेर हामी विश्वास त गर्छौं। तर यस्ता विश्वासहरूले जीवन परिवर्तन गराउँदैनन्। त्यही किसिमले येशू ख्रीष्ट पनि धेरै वर्ष अघि संसारमा हुनुहुन्थ्यो र उहाँले थुप्रै अचम्मका काम गर्नुभयो भनेर कतिले विश्वास त गर्छन् तर त्यस्तो विश्वासले उनीहरूको जीवनलाई परिवर्तन गराउँदैन। मुक्ति दिलाउने खालको विश्वास त्योभन्दा बेग्लै हुन्छ।

मुक्ति दिलाउने विश्वास एकचित्त विश्वास हो

येशू नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर बाइबलले बताउँछ: यूहन्ना १४:६, प्रेरित ४:१२ मा हेर्नुहोस्। मुक्ति पाउनलाई बाइबलले बताएजस्तै मैले येशू ख्रीष्ट नै एक मात्र प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्नैपर्छ। कतिले आफूले मानेका देवताका साथसाथै येशूलाई पनि राख्‍न खोज्छन्। उनीहरू अन्य प्रभुहरूलाई पनि विश्वास गर्दै येशूमा समेत विश्वास गर्न चाहन्छन्। यस्तो प्रकारले कसैले मुक्ति पाउन सक्दैन।

मुक्ति दिलाउने विश्वास भरोसापूर्ण विश्वास हो

बाइबलमा “विश्वास” शब्दको माने भरोसा गर्नु, भर पर्नु, कसैमा आश्रित बन्नु भन्ने हुन्छ। मुक्ति पाउनलाई निजले पूर्ण रूपले आफ्नो प्राणका लागि र आफ्नो अनन्त भविष्यका लागि प्रभु येशूमा आश्रित बन्नैपर्छ। निजले पापहरूको क्षमा पाउनका लागि र परमेश्वरका सामु धर्मी ठहराइनका लागि र स्वर्गमा पुर्‍याइनका लागि केवल येशूमा भर पर्नुपर्छ।

येशूमा भरोसा गर्नु भनेको नदी तर्नलाई डुङ्गामा भरोसा गर्नु जस्तै हो। डुङ्गालाई राम्ररी अवलोकन गर्दैमा तरिँदैन, त्यसको तारिफ गर्दैमा तरिँदैन। तपाईं डुङ्गामा नचढी हुन्न अनि सुरक्षासाथ पारीपट्टी पुर्‍याइनलाई त्यसमाथि भरोसा नगरी हुन्न। तपाईंका पापहरू हरण गरिन तपाईंले येशूमा विश्वास गर्नुभएको छ कि छैन? कतिजनाले येशूमा विश्वास गरेको छु भन्छन् तर पनि उनीहरू पहिलेका धार्मिक रीतिहरू गर्न छाड्दैनन्। उनीहरूले येशूमा खास भरोसा गरिरहेका छैनन् भन्ने कुराको प्रमाण दिँदैछन्। मुक्ति पाउन कुनै पनि त्यस्ता व्यर्थका रीतिहरू चाहिँदैनन् भन्ने कुरा येशूमा भरोसा गरेपछि हामीले महसुस गरेका हुन्छौं।

मुक्ति दिलाउने विश्वास पक्का विश्वास हो

मुक्ति पाउनलाई येशू नै प्रभु र मुक्तिदाता हुनुहुन्छ र उहाँले आफ्ना प्रतिज्ञाहरू मेरा निम्ति पूरा गर्नुहुनेछ भनेर म पूर्ण रूपले विश्वस्त हुनैपर्छ। साँचो मुक्ति भनेको “म-निश्चित-छु” भन्ने खालको विश्वास हो। येशूका सुरुका चेलाहरूको विश्वास यस्तै किसिमको थियो। यूहन्ना ६:६६-६९ ना पत्रुसको गवाही कस्तो थियो हेर्नुहोस्। साँचो रूपमा मुक्ति पाएको व्यक्तिको गवाही यस्तो हुन्छ। हामी पक्का हुन सक्ने कारण परमेश्वरका प्रतिज्ञाहरूले गर्दा नै हो (१ यूहन्ना ५:११-१३)। तर अर्कातिर “मैले मुक्ति पाउँला कि भन्ने आशा गरेको छु” भन्ने “विश्वास” गरेकाहरूको कुरालाई तुलना गर्नुहोस्; उनीहरूको भनाइको तात्पर्य यो हो कि उनीहरू पक्का छैनन्। एकपटक मैले एकजना नेपालीलाई भेटेँ जसले मलाई आफूलाई येशूमा ९९% विश्वास लागेको कुरा बताए। तर कुरा के भने, त्यतिले पुग्दैन! डुङ्गाको उदाहरणलाई विचार गर्नुहोस्: तपाईंले आफ्नो शरीरको १०० प्रतिशत वजनलाई नै डुङ्गामा सुम्पनुपर्छ, ९९ प्रतिशत सुम्पन्छु भन्न मिल्दैन!।

मुक्ति दिलाउने विश्वास विशुद्ध विश्वास हो

मुक्ति दिलाउने विश्वासलाई मानवीय कर्मसँग मिसाउन सकिन्न। एफसी २:८-१० लाई हेर्नुहोस्। बाइबलको सबैभन्दा महत्त्वपूर्ण खण्डहरूमध्येमा पर्छ यो। यसले सिकाउँछ, ख्रीष्टबाटको मुक्तिलाई एक व्यक्तिले सित्तैंको उपहारको रूपमा लिनुपर्छ, असल काम बापत पाइने इनामको रूपमा होइन। अनि परमेश्वरबाटको सित्तैंको मुक्तिको उपहारलाई ग्रहण गरेपछि हामी उहाँलाई कृतज्ञ हृदयले सेवा गर्दछौं। मुक्ति पाउनलाई म उहाँको सेवा गर्दिनँ; होइन, बरु मैले मुक्ति पाइसकेको हुनाले म उहाँको सेवा गर्दछु। उपहार त्यस्तो चीज हो जुनचाहिँ कसैले किन्छ र मलाई सित्तैंमा दिन्छ। हाम्रो मुक्ति किनिदिनुहुने येशू हुनुहुन्छ जसले त्यसका लागि आफ्नै मृत्युद्वारा, रगत बहाईकन मूल्य तिरिदिनुभयो। तपाईं येशू ख्रीष्टमा पाइने परमेश्वरबाटको सित्तैंको मुक्तिमा आज रमाहट गर्दै जिउँदैहुनुहुन्छ कि तपाईं अझै पनि मुक्तिलाई कमाउन खोज्दै हुनुहुन्छ?

मुक्ति दिलाउने विश्वास ग्रहण गर्ने विश्वास हो

मुक्ति दिलाउने विश्वासले येशूलाई प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गर्दछ। मुक्ति दिलाउने विश्वासले येशूलाई केवल ऐतिहासिक व्यक्तिको रूपमा विश्वास गर्ने काम मात्र गर्दैन; त्यसले उहाँलाई पुकार्दछ र मुक्तिका निम्ति उहाँलाई विन्ती गर्दछ। यूहन्ना १:११-१२ र रोमी १०:१३ लाई हेर्नुहोस्। मुक्ति ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो।

ख्रीष्टियन जीवनमा असल-असल कामहरूको के कस्तो स्थान छ त?

के ख्रीष्टमा विश्वास गर्नु भनेको मेरो ख्रीष्टियन जीवनमा मैले कुनै पनि असल-असल कामहरू गर्नु पर्दैन भन्ने हो? असल-असल कामहरूको के कस्तो स्थान छ?

फेरि हामी एफेसी २:८-१० लाई विचार गरौं।

हामीले आज्ञाकारी तथा पवित्र जीवनहरू व्यतित गरेको परमेश्वर चाहनुहुन्छ, तर यो चाहिँ मुक्ति पाइसकेपछि आउने कुरा हो। असल कामहरू मुक्तिका प्रतिफल हुन्, कारक होइनन्। असल कामहरू विश्वासीमा पवित्र आत्माद्वारा आउने कुरा हुन्।

एफेसीको पत्रमा विश्वासीले पालन गर्नुपर्ने झण्डै ९० ओटा आज्ञाहरू पाइन्छन्। यसमा पर्दछन् नम्र हुनु (एफेसी ४:१), सहनशील हुनु (एफसी ४:१), झूटलाई फाल्नु (एफेसी ४:२५), रिसलाई हटाउनु (एफेसी ४:२६), नचोर्नु (एफेसी ४:२८), कुनै कुवचन नबोल्नु (एफेसी ४:२९), दयालु हुनु (एफेसी ४:३२), क्षमाशील हुनु (एफेसी ४:३२), व्यभिचार र अशुद्धता हटाउनु (एफेसी ५:३), अन्धकारका कामहरूसँग कुनै सङ्गती नगर्नु (एफेसी ५:११), समयलाई खेर जान नदिनु (एफेसी ५:१६), परमेश्वरको इच्छा बुझ्नु (एफेसी ५:१७), दाखमद्यले नमातिनु (एफेसी ५:१८), पवित्र आत्माले भरपूर हुनु (एफेसी ५:१८), पत्‍नीहरू आफ्ना पतिहरूका अधीनमा सुम्पिइनु (एफेसी ५:२२), पतिहरू आफ्ना पत्‍नीहरूलाई प्रेम गर्नु (एफेसी ५:२५), नानीहरू आफ्ना बाबुआमाको आज्ञाकारी हुनु (एफेसी ६:१-३), बाबुआमाहरूले आफ्ना नानीहरूलाई तालिम दिनु र उनीहरूलाई रिस नउठाउनु (एफेसी ६:४), नोकरहरू आफ्ना मालिकप्रति आज्ञाकारी हुनु (एफेसी ६:५) र मालिकहरू आफ्ना नोकरहरूप्रति न्यायोचित व्यवहार गर्नु (एफेसी ६:९)।

विश्वासीहरूले परमेश्वरको इच्छाअनुसार आज्ञापालन गर्नुपर्ने केही असल कामहरू यी नै हुन् तर हामीले पहिले मुक्ति नपाएसम्म यी कुनै पनि कामहरू गर्न सक्दैनौं। हामी पहिला येशू ख्रीष्टद्वारा परमेश्वरसित मिलापमा आउनुपर्छ, हामीले हाम्रा पापहरूका क्षमा पाउनुपर्छ र पवित्र आत्मा हामीभित्र अन्तरवास गर्न आउनुपर्छ। त्यसपछि मात्र हामीले परमेश्वरलाई ग्रहणयोग्य तवरले सेवा गर्न सक्छौं।

के मुक्ति भनेको क्रमिक ढाँचाले प्राप्‍त हुने धार्मिक कुरो हो?

मुक्ति भनेको क्रमिक ढाँचामा प्राप्‍त हुने कुरा हो भन्ने सिद्धान्त एउटा व्यापक झूटा शिक्षा हो, तर बाइबलले बताउँछ यो त एउटा आश्चर्यकर्मरूपी परिवर्तनको अनुभव हो। येशूले सिकाउनुभएको कुरा यही थियो। हेर्नुहोस्, मत्ती १८:३ र यूहन्ना ३:३।

नयाँ जन्मको परिवर्तन एउटा लामो प्रक्रिया होइन; यो अलौकिक हुन्छ, यो जीवन-परिवर्तन गराउने घटना हो! अनि जुन घडी एउटा पापीले आफ्नो पापदेखि पश्चात्ताप गर्छ र येशूलाई आफ्नो एकमात्र मुक्तिदाताको रूपमा विश्वास गर्दछ त्यही नै घडी उसमा यो घटना घट्छ।

बाइबलमा हामीले यही कुरा पाउँछौं। प्रेरितको पुस्तकमा जति पनि व्यक्तिहरूले मुक्ति पाएका थिए उनीहरूले ख्रीष्टलाई ग्रहण गरेकै दिनमा मुक्ति पाएका थिए। यसमा पर्दछन्, पेन्टेकोस्टको दिनमा विश्वास गर्ने यहूदीहरू (प्रेरित २:४१), इथियोपियाइ नपुंसक (प्रेरित ८:३६-३९), कर्नेलियस र उनका घराना (प्रेरित १०:४४-४८), लिडिया (प्रेरित १६:१४-१५), र फिलिप्पीमा झ्यालखानाको हाकिम र उनका घराना (प्रेरित १६:३०-३४)।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






पश्चात्ताप के हो?

पश्चात्ताप के हो?

डेविड क्लाउड

पद कण्ठ: लूका १३:३; प्रेरित १७:३०; २०:२१

पहिलो र दोस्रो पाठमा हामी मुक्ति पाउने सवालमा मान्छेको आफ्नो जिम्मेवारी के हो भन्ने विषयमा हेर्नेछौं। यसअन्तर्गत दुईटा कुरा छन्: पश्चात्ताप र विश्वास। पावलले यी दुइटैलाई प्रेरित २०:२१ मा व्याख्या गर्छन्। त्यहाँ उनले पश्चात्तापलाई पहिला उल्लेख गर्छन्, त्यसैले हामी यसैबाट सुरु गर्नेछौं।

पश्चात्ताप सम्बन्धी केही महत्त्वपूर्ण प्रश्नका जवाफ यस प्रकार छन्:

के मुक्ति पाउनलाई पश्चात्ताप आवश्यक पर्छ?

पश्चात्ताप परमेश्वरले आज्ञा नै गर्नुभएको छ। नयाँ नियममा यो ६० पटक उल्लेख भएको छ। यसको प्रचार बप्‍तिस्मा दिने यूहन्नाले गरे (मत्ती ३:१-२) , ख्रीष्टले गर्नुभयो (लूका १३:३), पत्रुसले गरे (२ पत्रुस ३:९) र पावलले गरे (प्रेरित १७:३०)। मुक्ति पाउनलाई पश्चात्ताप र विश्वास दुवै आवश्यक छ, र पावल प्रेरितले दुइटैको प्रचार गरे (प्रेरित २०:२१)।

पश्चात्ताप सम्बन्धी त्यहाँ के कस्ता गलत धारणाहरू छन्?

पश्चात्तापको माने जीवन बदल्नु होइन, सुध्रिनु होइन।

मुक्ति मानिसका कामले पाइने होइन; कामहरू मुक्ति पाइसकेपछिका त्यसका प्रतिफल हुन् (एफेसी २:८-१०)। जीवन सुध्रिनु भनेको त केवल मानिससितको र यस जीवनसितको सम्बन्ध राख्‍ने कुरा हो, तर पश्चात्ताप भनेको परमेश्वरसतिको र अनन्त कुराहरूसितको सम्बन्ध राख्‍ने कुरा हो। मुक्ति पाउनलाई मान्छेले आफ्नो जीवन बदल्नुपर्छ र आफ्नो पाप छाड्नुपर्छ भन्ने आभास मानिसहरूलाई दिनु गलत हुन्छ – त्यसो नगर्नलाई हामी होसियार हुनुपर्छ। जीवन परिवर्तन गराउने मुक्तिको भाग परमेश्वरको हो, मान्छेको होइन।

पश्चात्तापको माने तपस्या गर्नु होइन।

कतिपय क्याथोलिक बाइबलहरूमा “पश्चात्ताप” लाई “तपस्या गर्नु” (penance) भनेर अनुवाद गरिएको छ। त्यसअन्त्तर्गत पूरोहीतलाई पाप स्वीकार गर्नु, पछुताउनु, पापमोचन (क्षमा भएको भनी पूरोहीतले घोषणा गर्नु), प्रायश्चित पर्दछन्। क्याथोलिक तपस्या कामले कमाउने मुक्ति हो जसलाई बाइबलले रद्द गर्दछ।

पश्चात्तापको माने गल्ती गरेकोमा पछुतो लाग्नु मात्र होइन।

मानिसले गल्ती गरेकोमा पछुतो माने तापनि मुक्ति ल्याउने साँचो पश्चात्ताप उसले नगर्न सक्छ भन्ने कुरा बाइबलले बताउँछ। यसलाई २ कोरिन्थी ७:१० मा “सांसारिक शोक” भनेर बयान गरिएको छ। पुरानो र नयाँ नियममा यसका उल्लेखनीय उदाहरणहरू छन्। पुरानो नियमको प्रमुख उदाहरण शाऊल राजा हो। विभिन्न पापपूर्ण काममा उनी पक्राउ परेकोमा उनी दुःखित थिए तर आफूले पश्चात्ताप गरेको उनले कहिल्यै देखाएनन् किनकि उनको व्यवहारमा कुनै परिवर्तन आएन (१ शमूएल १५:२४; २४:१७; २६:२१)। पछुतो मान्ने तर परमेश्वरतर्फ पश्चात्ताप नगर्ने मान्छेको नयाँ नियमको उदाहरण चाहिँ यहूदा हो (मत्ती २७:३-४)।

पश्चात्तापको माने येशूमा विश्वास गर्नु मात्र होइन।

कतिले पश्चात्तापलाई विश्वास गर्नु भन्ने अर्थमा नै परिभाषित गरेका छन्। एकजना परिचित प्रचारकले यसलाई “अविश्वासबाट विश्वासमा फर्कनु” भन्ने परिभाषा दिएका छन्। तर यदि यो सत्य हुँदो हो ता, बाइबलमा उल्लेखित प्रचारकहरूले पश्चात्तापको प्रचार नगर्नेथिए। पावलले “परमेश्वरतर्फ मन फिराउनुपर्छ” अर्थात् पश्चात्ताप गर्नुपर्छ र “प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुपर्छ” भनी प्रचार गर्थे भनेर हामीले हेरिसक्यौं (प्रेरित २०:२१)। प्रेरित २६:२० लाई विचार गर्नुहोस्; त्यहाँ पावलले विश्वासीहरूलाई “पश्चात्ताप लायकका कामहरू गर” भन्दै अधिकारयुक्त माग राखे। यसको मतलब पश्चात्तापको माने असल कामहरू गर्नु होइन; यसको मतलब पश्चात्तापको माने मनको एउटा प्रभावशाली परिवर्तन हो जसको फलस्वरूप असल कामहरू उत्पन्न हुन्छन्।

बाइबलीय पश्चात्ताप के हो?

पश्चात्तापको माने मैले परमेश्वरको विरुद्धमा पाप गरेको छु भन्ने कुराको स्वीकार गर्नु र त्यसका निम्ति दुःखित बन्नु हो (प्रेरित २०:२१)। पश्चात्ताप “परमेश्वरतर्फ” गरिनुपर्ने कुरा हो किनकि मैले अप्रसन्न तुल्याएको परमेश्वरलाई हो। उहाँले मानिसलाई आफ्नो निम्ति बनाउनुभएको थियो, अनि उहाँले मानिसलाई आफ्ना नियमहरू पालन गर्नलाई बनाउनुभयो। तर हामीले उहाँलाई हाम्रा पिठिउँ फर्काएका छौं र उहाँका नियमहरू उल्लङ्घन गरेका छौं र हामीले यसको पश्चात्ताप गर्नुपर्छ भन्ने माग उहाँले राख्‍नुहुन्छ। पश्चात्तापको माने म असल छैन भनेर स्वीकार गर्नु हो, यहाँसम्म कि मेरो आफ्नै धार्मिकता त तीनदोब्बर पवित्र परमेश्वरका सामु फोहोर झुत्राझैं छन् भनी मानी लिनु हो (यशैया ६४:६)।

पश्चात्तापको माने फनक्क फर्कनु हो, दिशा बदल्नु हो (प्रेरित २६:२०)। यो यस्तो कुरा हो जुनचाहिँ हृदयभित्र, मानिसको मनभित्र पूरा हुन्छ।

पश्चात्तापको माने परमेश्वरको शासनप्रति आफूलाई आत्मसमर्पण गर्नु हो (येशैया ४५:२२-२३)। पश्चात्तापको माने ख्रीष्टलाई आफ्नो प्रभुको रूपमा ग्रहण गर्नु हो (रोमी १०:९-१३)। विश्वास गर्नुको माने येशू ख्रीष्टलाई मेरो एकमात्र मुक्तिदाताको रूपमा ग्रहण गर्नु हो र पश्चात्ताप गर्नुको माने उहाँलाई मेरो एकमात्र प्रभुको रूपमा ग्रहण गर्नु हो। हामी यस कुरालाई नयाँ नियमभरि देख्‍न सक्छौं। येशूलाई साँच्चै नै ग्रहण गर्नेहरूले उहाँलाई प्रभु भनी पुकारेका छन् (लूका २३:४२)।

पश्चात्तापको माने जीवनको परिवर्तन होइन; पश्चात्तापको माने परमेश्वरको बारेमा र पापको बारेमा मनको यस्तो परिवर्तन हो जसको फलस्वरूप जीवनको परिवर्तन हुन्छ। “मैले विश्वास गरेँ” वा “मैले ग्रहण गरेँ” भन्ने धेरैजना हुन्छन् जसका मनमा नयाँ जीवन जिउने कुनै सङ्कल्प नै हुँदैन। उनीहरू ख्रीष्टको चेला बन्न इच्छुक छैनन्। उनीहरू स्वर्ग जाने टिकट चाहन्छन्, नरकबाट जोगिन चाहन्छन्, तर उनीहरू आफूखुसी जीवन व्यतित गरिरहन चाहन्छन्। उनीहरू येशूमा विश्वास गर्न त चाहन्छन् तर उहाँको आज्ञा भने मान्न चाहँदैनन्। बाइबलले बताएको मुक्ति यो होइन। सत्य परमेश्वरको उपासना गर्न र उहाँको सेवा गर्न सक्नलाई एउटा पापी आफ्ना झूटा देव-देवीहरूदेखि अर्थात् स्वपूजादेखि समेत फर्कन तयार हुनुपर्छ।

बाइबलमा पश्चात्तापको के कस्ता उदाहरणहरू छन्?

पश्चात्तापलाई बुझ्ने सर्वोत्तम उपाय बाइबलमा पाइने यसका उदाहरणहरूलाई हेर्नु हो।

उडाउ पुत्र

उडाउ पुत्र “होशमा आयो” (लूका १५:१७-२०)। यसको तात्पर्य उसलाई पवित्र आत्माले कायल पार्नुभयो र प्रकाश दिनुभयो। उसले आफूलाई नम्र तुल्यायो, परमेश्वरको विरुद्धमा र आफ्नो बुबाको विरुद्धमा उसले गरेको आफ्नो पापलाई स्वीकार गर्‍यो; अनि बेग्लै दिशातर्फ उन्मुख हुने गरी ऊ फनक्कै फर्क्यो। पश्चात्ताप भनेको यस्तो हुन्छ। उसले पश्चात्ताप गरेको थियो भन्ने कुराको प्रमाण यसैमा देखिन्छ कि ऊ घर फर्क्यो र बुबासितको आफ्नो सम्बन्धलाई ठीक-ठाक पार्‍यो; उसले आफूलाई नम्र तुल्यायो र बुबाको घरमा नोकर भएर काम गर्न तत्पर भयो।

जक्कै

जक्कैले पश्चात्ताप गर्‍यो र ऊ यस्तरी बदलियो कि आफूले ठगेकाहरूलाई सट्टाभर्ना तिर्ने खालको एउटा इमानदार मान्छे बन्यो (लूका १९:८)।

थेस्सलोनिकीहरू

थेस्सलोनिकीहरू “जीवित र सत्य परमेश्वरको सेवा गर्नाका निम्ति…मूर्तिहरूबाट परमेश्वरतर्फ” फर्के (१ थेस्सलोनिकी १:९)। बाइबलीय पश्चात्ताप यस्तो हुन्छ। उनीहरू केवल मूर्तिहरूबाट फर्केका होइनन्; उनीहरू परमेश्वरतर्फ मूर्तिहरूबाट फर्केका हुन् [अङ्ग्रेजी: “turned from idols to God” होइन तर “turned to God from idols”]। यो भिन्नता महत्त्वपूर्ण छ। यदि एउटा मान्छे परमेश्वरतर्फ नै फर्केको छ भने उसका पहिलेका देव-देवीहरू र उसको पुरानो जीवन उसको पिठिउँको पछाडि हुन्छ। साँचो पश्चात्ताप यस्तो हुन्छ।

एउटा व्यक्तिले आफ्ना झूटा देवताहरू र झूटा धर्महरूलाई इन्कार नगरेसम्म र आफूलाई ख्रीष्टको प्रभुत्वमुनि आत्मसमर्पण नगरेसम्म उसले मुक्ति पाउन सक्दैन।

ख्रीष्टलाई स्वीकार गर्नेले ख्रीष्टलाई प्राप्‍त नगरेको हुन सक्छ भनेर बाइबलले चेताउनी दिन्छ।

यी जोरदार वचनहरूलाई विचार गर्नुहोस् जसले बाइबल मान्ने खालका मण्डलीहरूकै बीचमा भएका व्यक्तिहरूको समेत बयान गर्दछ: तीतस १:१६; १ यूहन्ना २:४।

“येशूमा विश्वास गर्नु” नै पर्याप्‍त होइन। दुष्टात्माहरूले समेत विश्वास गर्छन् (याकूब २:१९)। भन्ने हो भने, दुष्टात्माहरू थरथर काम्छन्; अर्थात् सामान्य “ख्रीष्टियन” हरू भन्दा त उनीहरू पो बढी परमेश्वरको डर मान्दा रहेछन्!

बाइबलअनुसार धेरैले येशूमा विश्वास गरे तापनि उहाँले आफूलाई उनीहरूको भरोसामा छोड्नुभएन, किनभने उनीहरूले उहाँमाथि ठीकसँग विश्वास गरिरहेका थिएनन् भनी उहाँ जान्नुहुन्थ्यो (यूहन्ना २:२३-२५)। उनीहरूले उहाँलाई मुक्तिदाता र प्रभुको रूपमा विश्वास गरेनन्; केवल उनीहरूको खाँचोहरू पूरा गरिदिने, सांसारिक शत्रुदेखि रक्षा गर्ने व्यक्तिको रूपमा मात्र विश्वास गरे (यूहन्ना ६:२६)। उहाँलाई उनीहरूले एक महान् अगववक्ताको रूपमा विश्वास गरे तर आफ्नो एकमात्र परमेश्वर र मुक्तिदाताको रूपमा भने विश्वास गरेनन्।

थुप्रै नामधारी ख्रीष्टियनहरूको जीवनहरूमा अप्राप्‍य तत्त्व नै पश्चात्ताप हो।

म हुर्केको मण्डली प्रायःजसो अन्य सदर्न ब्याप्टिस्ट मण्डली (Southern Baptist Church) जस्तै थियो। थोरै युवाहरू मात्र पछिसम्म मण्डलीमा टिक्न सके। धेरैजसो भने किशोरावस्थामा पुगेपछि मण्डली छोड। पछिल्तिर फर्केर हेर्दा म बुझ्छु कि मूल समस्या मुक्तिको अभाव थियो। मेरो अनुभव अरूको जस्तै थियो। ११ वर्षको उमेरमा गर्मी विदाको अवसरमा आयोजना गरिने बाल सङ्गति (Vacation Bible School) मा मैले विश्वासको स्वीकार गरें, तर त्यसमा कुनै आत्मिक वास्तविकता थिएन। मेरो जीवनमा कुनै परिवर्तन थिएन। ख्रीष्टको निम्ति कुनै जोश थिएन, बाइबलप्रति कुनै प्रेम थिएन, आफ्नो जीवनको लागि परमेश्वरको इच्छा खोज्ने कुनै उत्सुकता थिएन। मेरो जोश मोजमज्जाको निम्ति थियो र मेरो परमेश्वर स्वयम् आफैं थिएँ। सकभर चाँडो मैले मण्डली छाडेँ। किन? म नयाँ गरी जन्मेकै थिइनँ, र युवा समूहका सबैजसोको अवस्था यस्तै थियो। परमेश्वरका कुराहरूका निम्ति गम्भीर देखिने एउटै युवा उक्त मण्डलीमा भएको मलाई सम्झना छैन।

मेरा परममित्रहरू सांसारिक थिए अनि एक दिनको कुरा हो, मण्डलीका हामी तीनजना साथीहरू एकजना मण्डली नजाने साथीसँगै सुन्तला बारीमा हिँड्दै थियौं। ऊचाहिँ हाम्रो “नाइके” थियो। हामी हाहाहुहू गर्दै लहडबाजीमा सँगै दगुर्थ्यौं र कैयौं सांसारिक बदमाशीमा सँगै फस्थ्यौं, तर किन हो कुन्नी हामीले मण्डलीको एउटा विशेष सभामा आउनलाई उसलाई मनाउन खोज्दैथियौं। फर्केर उसले हामीलाई हकार्‍यो, “म त्यहाँ किन जाने? तिमीहरूको जीवन मेरोभन्दा अलिकति पनि फरक छैन।” हाम्रो मुख बन्द भयो, किनकि उसको कुरा शतप्रतिशत सही थियो!

अभाव भनेको पश्चात्तापको थियो। म येशूमा “विश्वास गर्थेँ” जसरी दुष्टात्माहरूले पनि परमेश्वरमा विश्वास गर्छन्, तर त्योचाहिँ मुक्ति दिलाउने विश्वास थिएन किनकि त्यो पश्चात्तापरहित थियो।

मुक्ति भनेको ख्रीष्टसितको एउटा व्यक्तिगत सम्बन्ध हो।

मुक्ति भनेको धर्म होइन। यो अथवा त्यो विश्वास गर्नु, यो अथवा त्यो गर्नु नै मुक्ति होइन। यो त येशूसितको व्यक्तिगत सम्बन्ध हो। हरेकलाई नै म यो प्रश्‍न सोध्न चाहन्छु: के तपाईं येशूलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा चिन्नुहुन्छ? के उहाँसँग तपाईंको वास्तविक सम्बन्ध छ? के तपाईं उहाँसँगै हिँड्नुहुन्छ र उहाँसँग कुरा गर्नुहुन्छ? यसलाई पो भनिन्छ मुक्ति! यूहन्ना १७:३ मा हेर्नुहोस्।

 

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।






साँचो विश्वासीका गुणहरू – भाग ५

साँचो विश्वासीका गुणहरू – भाग ५

 

हामीले आत्मिक जीवनका नौओटा लक्षणहरू अध्ययन गरिसक्यौं। जसले साँच्चै मुक्ति पाएको छ उसले आफूले मुक्ति पाएको कुरा जानेको हुनुपर्छ र आफूले मुक्ति पाएको कुरा देखाउनु पर्छ। उसको जीवनले आफ्नो उदेकको मुक्तिदाता, प्रभु येशू ख्रीष्टलाई प्रस्टै दर्शाउनुपर्छ। परमेश्वरको सन्तान भएको हुनाले उसको जीवन प्रभुलाई नचिन्नेहरूको भन्दा बिलकुलै फरक हुनु आवश्यक छ (हेर्नू: १ थेस्सलोनिकी ४:५)। यदि मसँग परमेश्वरको जीवन साँच्चै छ भने त्यो जीवन देखिनुपर्छ। “कोही _________मा छ भने ऊ एउटा ________ ________ हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू ________ भएका छन् (२ कोरिन्थी ५:१७)। निम्न जोडाउने अभ्यासले यस विषयमा हाम्रो यहाँसम्मको अध्ययनलाई पुनःसम्झना गर्नलाई मद्दत गर्नेछ:

एउटा साँचो विश्वासीको जीवनमा ती गुणहरू हुनु आवश्यक छ। यदि तपाईं साँच्चै परमेश्वरको सन्तान हुनुहुन्छ भने तपाईंले सो कुरा देखाउनुपर्छ र सो अनुसार जिउनुपर्छ। परिवारको स्वरुप तपाईंको जीवनमा झल्किनुपर्छ (१ यूहन्ना ३:९ -१०)। कसैले भनेझैं तपाईं एक ख्रीष्टियन हुनुभएको अभियोगमा पक्राउ पर्नुभएको खण्डमा सोअनुसार तपाईंलाई दोषी सावित गराउन पर्याप्‍त प्रमाण भेटिएला? प्रमाणस्वरुप, धेरै पढेर पुरानो भएको बाइबल प्रकट गर्न सकिएला? तपाईंले आफ्नो प्रभुको बारेमा बताउनुभयो भनी गवाही दिने साक्षीहरू झिकाउन सकिएला? तपाईं एक सक्रिय, स्वस्थ, विश्वासयोग्य, सेवारत विश्वासी र ख्रीष्टलाई आदर गर्ने एक बाइबलीय, स्थानीय मण्डलीका सदस्य हुनुहुन्छ भनी गवाही दिने पास्टर भेटिएला?

यदि उपर्युक्त कुराहरू तपाईंको जीवनमा भेटिँदैनन् भने, यसले तपाईंको जीवनमा गम्भीर आत्मिक समस्या छ भन्ने देखाउँछ। यसको मतलब, हामीले पाठ १७ मा भनेझैं, दुइटामा एउटा साँचो हुनुपर्छः १) तपाईं आत्मिकरूपमा रोगी हुनुहुन्छ। अर्थात्, तपाईं साँचो विश्वासी भएर पनि ज्यादै शारीरिक हुनुहुन्छ अनि पछाडि हटेको अवस्थामा हुनहुन्छ (१ कोरिन्थी ३:१-४)। तपाईं परमेश्वरसित फेरि ठीक हुनु आवश्यक छ। २) तपाईं आत्मिकरूपमा मरेको हुनुहुन्छ। अर्थात्, तपाईं एक साँचो विश्वासी हुनुहुन्न, तपाईंसित परमेश्वरको जीवन छैन। तपाईंले आफूले मुक्ति पाएको दाबी गर्नुहुन्छ, तरैपनि मुक्तिको भागी बन्नुभएको छैन। तपाईंलाई हामी यो आग्रह गर्दर्छौं, तपाईं आफ्नो पास्टर अथवा कुनै परिपक्व ख्रीष्टियनको मदत लिनुहोस् जसले तपाईंलाई सही आत्मिक परामर्श र मदत दिनसक्नुहुन्छ। यो बुझ्नुहोस्, अरु कुनै पनि कुरा ख्रीष्टसँगको तपाईंको सम्बन्ध जत्तिको महत्त्वपूर्ण छैन। यसकारण एक मात्र सत्य परमेश्वरसँग एक वास्तविक, ठीक, स्वस्थ र सुखी सम्बन्ध प्राप्‍त गर्नका लागि तपाईंले जे गर्न आवश्यक छ त्यो तपाईंले गर्नै पर्दछ।

१०. एउट साँचो विश्वासी अन्तसम्मै विश्वासमा लागिरहन्छ (हिब्रू ३:६,१४)

जीवनको लक्षणहरूमध्ये अब अर्को एउटा लक्षणलाई अध्ययन गर्न लागिरहेका छौं — त्यो हो, विश्वासीको विश्वासको निरन्तरता। एउटा साँचो विश्वासीलाई पापसँग लड्नुपर्ने हुन्छ अनि ऊ धेरै हिसाबले लड्न सक्छ। दुःखको कुरा, ऊ लामो समयसम्म प्रभुको सङ्गतिमा नहिँड्न सक्छ (तर हामीले चाँडोभन्दा चाँडो हाम्रा पापहरू परमेश्वरका सामु स्वीकार गर्नुपर्छ – १ यूहन्ना १:९)। तर, एउटा साँचो विश्वासीले ख्रीष्टलाई विश्वास गर्न छाड्न सक्दैन। ऊ विश्वासलाई त्यागेर सत्यत्यागी (apostate) बन्न सक्दैन। ऊ “विश्वासको जहाज” को भुइँमा बेसरी लड्नु सम्भव छ, तरैपनि ऊ जहाजलाई छोडेर बाहिर पानीमा डुब्न भने पुग्दैन, न ता उसले जहाजलाई परित्याग नै गर्नेछ। ऊ पत्रुसजस्तै विश्वासमा नराम्रो गरी चुक्न सक्छ, तरैपनि आखिरमा उसको विश्वास भने टुट्नेछैन (लूका २२:३२)। ऊ विश्वासी हुन छाड्नेछैन्!

१. अनन्त सुरक्षाको माने साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित रहन्छ भन्ने हो। अनन्त सुरक्षाको शिक्षा हिब्रूको पुस्तकमा प्रस्टै सिकाइएको छ। ख्रीष्टमा रहेको हाम्रो अनन्त सुरक्षाको बारेमा निम्न सत्यताहरू सिकाउने पदहरू हिब्रूको पुस्तकमा भेट्टाउनुहोस् (अध्याय दिइएको छ, पद तपाईंले भेट्टाउनुपर्छ):

हिब्रू ५:____ मुक्ति अनन्तका लागि हो (“अनन्त मुक्ति”)

हिब्रू ७:____ परमेश्वरले पूर्ण रूपमा मुक्त गर्न सक्नुहुन्छ

हिब्रू ७:____ ख्रीष्टले आफ्नाहरूका निम्ति अन्तर्बिन्ती गर्न कहिल्यै छाड्नुहुन्न।

हिब्रू ९:____ हाम्रो छुटकारा अनन्तका लागि हो (“अनन्त छुटकारा”)

हिब्रू ९:____ हाम्रो हक अनन्तका लागि हो (“अनन्त हक”)

हिब्रू ९:____ ख्रीष्ट हाम्रा निम्ति (आफ्ना सन्तानका खातिर) परमेश्वरका सामु देखा पर्नुहुन्छ

हिब्रू १०:____ ख्रीष्टले आफ्ना पवित्र जनहरूलाई अनन्तका लागि सिद्घ पार्नुभएको छ (“सदाका निम्ति सिद्घ”)

हिब्रू १२:____ परमेश्वर आफ्ना सन्तानहरूलाई ताडना दिने काम गर्नुहुन्छ (दोषी ठहराउने काम होइन)।

हिब्रू १३:____ ख्रीष्टले हामीलाई कहिल्यै छाड्नुहुनेछैन, उहाँले हामीलाई कहिल्यै त्याग्नुहुनेछैन!

के हिब्रूको पुस्तकका लेखकले साँचो विश्वासी ख्रीष्टमा अनन्तका लागि सुरक्षित रहन्छ भनी सिकाउँछन्? ____________________।

२. हिब्रू ३:६

आज ख्रीष्टको घर भन्नाले के बुझिन्छ (१ तिमोथी ३:१५ र मत्ती १६:१८)? ______________। ख्रीष्ट नै यस घरको निर्माता र शिर हुनुहुन्छ। आज ख्रीष्टको घर भन्नाले को बुझिन्छ (हिब्रू ३:६)? ________________________। यदि एक व्यक्तिले “यस भरोसा र आशाको आनन्दलाई अनन्तसम्म बलियो गरी” पक्रिराख्दैन भने यसले के प्रमाणित गर्छ? ________________________________________________ ______________________। कुनै भवन निर्माण वा मर्मत गरिँदा भवनको वरिपरि खडा गरिने खटलाई विचार गर्नुहोस्। खट केवल एक अस्थायी जडान हो। त्यो वास्तवमा भवनकै भाग होइन। त्यसैले पछिबाट खटलाई हटाइन्छ, त्यसलाई भवनसँगै जोडेर राखिन्न। यदि एक व्यक्ति साँच्चै ख्रीष्टको घरको भाग हो भने, हिब्रू ३:६ अनुसार उक्त व्यक्तिले के गर्नेछ? __________________________________________________________ _________________________________________________________________ _______________।

३. हिब्रू ३:१४

“भएका छौं” — व्याकरणमा यसलाई पूर्णकालिक क्रियापद भनिन्छ। यसको तात्पर्य हामी ख्रीष्टका भागीदारहरू भएका छौं जसको परिणामस्वरुप हामी अहिले पनि ख्रीष्टका भागीदारहरू भइराखेका छौं। “भागीदार” भनेको साझेदार हो जो कसैसँग एउटै कुरामा सहभागी हुन्छ, सम्मिलित हुन्छ। साँचो विश्वासी ख्रीष्टको भागीदार हो। ऊ ख्रीष्टको जीवनको सहभागी बनेको छ। ऊ ख्रीष्टसँग अचम्म रीतिले एक बनेको छ। कतिजना विश्वासीहरू ख्रीष्टको जीवनका भागीदारहरू भएका छन् (हिब्रू ३:१४), अर्थात् कतिजना विश्वासीहरूसँग ख्रीष्ट हुनुहुन्छ र कतिजना उहाँको जीवनको सहभागी बनेका छन् (हेर्नुहोस् १ यूहन्ना ५:१२; यूहन्ना ६:४७)? ____________। तपाईं कहिले ख्रीष्टको भागीदार बन्नुभयो? जुन घडी मैले ______________________। के ख्रीष्टको साँचो “भागीदारी” लाई कहिल्यै ख्रीष्टको भागीदार हुनबाट अलग्ग्याइनेछ (दाँज्नुहोस् फिलिप्पी १:६; १ पत्रुस १:५; रोमी ८:३८-३९ इत्यादि)? ____________________। यदि कोही साँच्चै ख्रीष्टको भागीदार भएको छ भने उसले के गर्नेछ (हिब्रू ३:१४)? ________________________ __________________। “पक्रिराख्यौं भने” भनेर हिब्रू ३:६ मा उल्लेख छ। यदि कसैले आफ्नो भरोसाको शुरूलाई अन्तसम्म बलियो गरी पक्रिराख्दैन भने (हेर्नुहोस्, हिब्रू ३:१४) यो प्रमाणित हुन्छ कि ऊ कहिल्यै साँचो गरी ख्रीष्टको भा____________ भएकै थिएन। ऊ एक अस्थायी जडान मात्र थियो।

४. १ कोरिन्थी १५:२

हिब्रू ३:६ र ३:१४ मा प्रयोग भएकै शब्द यहाँ प्रयोग भएको छ। यदि एक व्यक्तिले पावलले प्रचार गरेको सुसमाचारलाई बलियो गरी पक्रेन भने यसबाट यो बुझिन्छ, उसले मु____ पाएको रहेनछ। अर्को शब्दमा भन्दा, त्यो व्यक्तिले आफ्नो ________ ________________________ विश्वास गरेन (हेर्नुहोस्, हिब्रू १०:३९), तर उसले __________मा विश्वास गर्‍यो (हेर्नुहोस्, १ कोरिन्थी १५:२)। के साँचो (सक्कली) विश्वास र व्यर्थैमा गरिएको विश्वासमा भिन्नता हुन्छ? __________। एक व्यक्तिसँग साँचो विश्वास छ भने उसलाई ____________ गरिएको सुसमाचार उसले बलियो गरी पक्रेको हुन्छ। मुक्ति पाएको बीस-तीस वर्षपछि पनि एक साँचो विश्वासीले यसरी भन्नेछ भनी हामी निश्चित हुन सक्छौं, “म अहिलेसम्म पनि येशू ख्रीष्टमा भरोसा गर्दै छु जो मेरा निम्ति मर्नुभयो र बौरनुभयो।” आफ्नो मृत्युशैयामा पनि उसले भन्नेछ, “मेरो पूर्ण धार्मिकता — केवल येशूको रगतमा!” तर उसले अन्य नै कुरा वा व्यक्तिमाथि भरोसा गर्दै छ भने त्यो त गम्भीर समस्या हो।

५. कलस्सी १:२२-२३

ठीक कि बेठीकः __________ परमेश्वरले प्रत्येक विश्वासीलाई आफ्ना सामु पवित्र, निष्कलङ्क र निर्दोष उपस्थित गराउनुहुनेछ। (कलस्सी १:२२-२३; हेर्नुहोस्, यहूदा २४-२५)। यदि एक व्यक्ति विश्वासमा लागिरहेन भने (हेर्नुहोस् कलस्सी १:२३) यसले के देखाउँछ (सही जवाफलाई चिन्ह लगाउनुहोस्):

(क) विश्वासीले आफ्नो मुक्ति गुमाउन सक्ने रहेछ।

(ख) विश्वासीलाई परमेश्वरले लोट्नदेखि बचाउन सक्नुहुन्न रहेछ।

(ग) उक्त व्यक्ति वास्तवमा साँचो विश्वासी नै थिएन (केवल एक अस्थायी जडान मात्र थियो); फलस्वरूप ऊ विश्वासमा लागिरहेन।

(घ) उक्त व्यक्ति पवित्र जन हुन छाडेको रहेछ।

विश्वासमा लागिरहनु नै साँचो विश्वासीको एक लक्षण हो। निश्चय नै त्यस्ता घडीहरू हुन्छन् जब हामी ढलपल हुन्छौं, धरमराउँछौं, बाटो बिराउँछौं। पत्रुसलाई याद गर्नुहोस् जसले आफ्नो प्रभुलाई तीन पटक इन्कार गरे। तर प्रभुले उनको विश्वास ________________ भनी पत्रुसका निम्ति प्रार्थना गर्नुभयो (लूका २२:३१-३२)। पत्रुसको विश्वास ढलपल भएकै थियो तर उनी पुनः ठीक अवस्थामा फर्के र अन्तत: उनको विश्वास टुटेन। उनी आफ्नो जीवनको अन्तसम्म एक विश्वासयोग्य विश्वासी भइरहे। यसको अर्थ यो होइन, विश्वासीहरूले आफैलाई सुरक्षित राख्‍नुपर्छ र पर्याप्‍त शक्ति र भक्ति हुने विश्वासी मात्रै स्वर्गको योग्य हुनेछन्। पत्रुसले समेत जान्दथे विश्वासीहरू “परमेश्वरको ________ले” सुरक्षित छन् (१ पत्रुस १:५)। विश्वासीहरू विश्वासमा लागिरहनुको कारण यो हो, परमेश्वरले आफ्ना विश्वासीहरूलाई विश्वासयोग्य राख्‍नुहुन्छ। यद्यपि उहाँलाई सधैं नै बलियो गरी पक्रनुपर्ने हाम्रो कर्तव्य हो, तरैपनि उहाँलाई हामीले बलियो गरी पक्रन सकेको कारणले होइन तर उहाँले हामीलाई बलियो गरी पक्रनुभएको कारणले हामी सुरक्षित हुन्छौं (हेर्नुहोस्, यूहन्ना १०:२८-२९)।

६. लूका ८:६,१३

ढुङ्गेनी जमीनमा खसेको र असल जमीनमा खसेको बीउमा एउटा कुन कुरा उस्तै देखिन्छ (पद ६ र ८ लाई तुलना गर्नुहोस्)? ______________________________________________________।

ढुङ्गेनी जमीन (पद ६) असल जमीन (पद ८)

बाटोमा हिँड्दै गर्दा तपाईंले बढ्दै गरेका मकैका दुइटा विरूवालाई माथिको चित्रमा जस्तै देख्‍नुभयो। शुरुमा ती दुईबीच तपाईंले कुनै भिन्नता पाउनुहुन्छ? ____________________। भिन्नता देख्‍न सक्नलाई कुन कुराको आवश्यकता पर्छ (ठीक जवाफमा चिन्ह लगाउनुहोस्):

(क) वर्षातको आवश्यकता पर्छ (ग) मलको आवश्यकता पर्छ

(ख) समयको आवश्यकता पर्छ

विश्वासी हुँ भनी दाबी गर्नेहरूको सम्बन्धमा पनि यही कुराको आवश्यकता पर्दछ। शुरुमा तिनीहरूले वचन कसरी ग्रहण गर्दछन् (हेर्नुहोस्, पद १३)? ________________________। के तिनीहरू अन्तसम्मै परमेश्वरको वचन ग्रहण गरिरहन्छन्? __________________________। तिनीहरू कति समयका निम्ति विश्वास गर्छन् (पद १३)? ______________________________। के यो साँचो विश्वास हो कि केवल अस्थायी विश्वास हो? ______________। समस्याहरूको ओइरो लाग्दा यी भनाउँदा विश्वासीहरू के गर्छन्? __________________। के तिनीहरू गहिरो जरा हालेर, स्थिर भएर विश्वासमा लागिरहन्छन् (दाँज्नुहोस्, कलस्सी १:२३)? __________________________। तिनीहरूले “व्यर्थैमा विश्वास गरे” (१ कोरिन्थी १५:२) भनेर भन्न मिल्छ? __________। तिनीहरूसँग गहिरो जराको अभाव रहेछ!

लूका ८:१५ पढ्नुहोस्। असल जमीनकाहरूले वचन सुन्ने मात्र गर्दैनन् तर वचन सुनेर त्यसलाई ______________राख्छन् पनि। “सम्हालिराख्‍नु” भन्ने शब्द ग्रीकमा “काटेखो” हो जसलाई हिब्रू ३:६, हिब्रू ३:१४ र १ कोरिन्थी १५:२ मा “बलियो गरी पक्रनु” भनी अनुवाद गरिएको छ। साँचो विश्वासीले परमेश्वरको वचन सुन्दछ र त्यसलाई सम्हालिराख्छ (अन्तसम्म त्यस वचनलाई बलियो गरी पक्रिराख्छ) जसरी कोरिन्थका विश्वासीहरूले पनि पावलले उनीहरूलाई प्रचार गरेका सुसमाचारलाई बलियो गरी पक्रिराखे (१ कोरिन्थी १५:२)।

यूहन्ना ३:३६ (लगायत अरू थुप्रै अरु पदहरूमा) “विश्वास गर्दछ” भन्ने क्रियापद वर्तमान कालीन क्रियापद हो जसले क्रियाको निरन्तरतालाई सङ्केत दिन्छः “जसले पुत्रमाथि विश्वास गर्दछ (विश्वास गरिरहन्छ), ऊसँग अनन्त जीवन हुन्छ।” यस पदको आधारमा निम्नमध्येका सही जवाफहरूमा चिन्ह लगाउनुहोस्:

(क) यदि एउटा साँचो विश्वासीले विश्वास गरिरहँदैन भने उसले आफ्नो मुक्ति गुमाउनेछ (हेर्नुहोस् यूहन्ना १०:२८)।

(ख) एउटा साँचो विश्वासीले विश्वास गरिरहनेछ। साँचो विश्वासी कहिल्यै विश्वासी हुन छाड्दैन। साँचो विश्वासी कहिल्यै अविश्वासी बन्दैन (यद्यपि आफ्नो दिन-दिनको हिँडाइमा परमेश्वरमाथि भरोसा राख्‍न ऊ कतिपटक चुक्ला)। एक साँचो पवित्र जन ख्रीष्टमा विश्वास गरिरहन्छ।

(ग) एउटा साँचो विश्वासीले ख्रीष्टलाई पक्रन्छ र पक्रेर उहाँलाई कहिल्यै छाड्दैन। ऊ जीवित परमेश्वरसित सदाका लागि लङ्गरले झैं पक्का गरी बाँधिएको हुन्छ (हिब्रू ६:१९)।

(घ) मुक्ति पाएको दिनदेखि बाचुञ्जेल एउटा साँचो विश्वासीले ख्रीष्टलाई आफ्नो मुक्तिदाता, परमेश्वरलाई आफ्नो पिता, पवित्र आत्मालाई आफ्नो शान्तिदाता र स्वर्गलाई आफ्नो घर भनेर स्वीकार गर्दछ। कहिलेकाहीँ ऊ आत्मिक रूपमा अस्वस्थ होला, शारीरिक भएर पनि हिँड्ला, तर आफ्नो मुक्तिदाता को हुन् भनेर उसले बताउन सकेकै हुन्छ। उसको आशा केवल येशूको रगत र उहाँको धार्मिकतामै रहेको हुन्छ।

के लूका ८:१३ मा बयान गरिएका व्यक्तिहरू विश्वास गरिरहनेहरू हुन्? ________________________। के तिनीहरू साँचा विश्वासीहरू हुन्? ________________। के साँचो विश्वासी अनन्त विनाशतिर मोडिने गरी विश्वासदेखि पछि हट्ने गर्छन् (हिब्रू १०:३९)? ______________________। हिब्रूको पुस्तकका लेखकको भनाइ सबै साँचा विश्वासीहरूका निम्ति साँचो छ, “तर हामी तिनीहरूमध्येका ____________, जो ________ हुनलाई ________ ________________” (हिब्रू १०:३९) तर बरु, साँचो पवित्र जन त्यो हो जसले आफ्नो “________ ________________लाई विश्वास गर्छ।” लूका ८:१५ को “धैर्य” (हिन्दीमा धीरज) शब्दको माने संकष्ट र जीवनमा आइपर्ने परीक्षाका चेपमा पर्दा पनि “सहने क्षमता” भन्ने हो। ____________ जमीनले मात्रै वचनलाई बलियो गरी पक्रिराखेको र अन्तसम्म धैर्यता राखेको छ। यसले हामीलाई अब सातौं बुँदामा ल्याउँछ जुन तल प्रस्तुत छ।

७. मत्ती २४:१३ (दाँज्नुहोस् मत्ती १०:२२)

के भविष्यवाणीमा उल्लेखित संकष्टकाल (Tribulation Period) परमेश्वरका साँचा पवित्र जनहरूका निम्ति कठिन जाँच र भयानक परीक्षाको समय हुनेछ (मत्ती २४:२१-२२)? ____________। त्यत्रो कठीनाइ आइपर्दा साँचो गरी विश्वास नगरेकालाई के हनेछ (लूका ८:१३)? __________________________________। तपाईंको सङ्गति मण्डलीमाथि अग्निरुपी सतावट आइपर्‍यो भने साँचा विश्वासी को-को रहेछन् भनी प्रकट हुनेछ होला? ____________। सतावटको परिस्थितिमा मण्डली सभाहरूमा उपस्थिति संख्या घट्नेछ होला (यदि जीउ-ज्यानकै खतरा छ भने)? ____________। संकष्टको समयमा कसैले अन्तसम्म सहने काम (उही शब्द लूका ८:१५ मा “धैर्य” भनिएको छ) गरेन भने यसले के प्रमाणित गर्छ (मत्ती २४:१३)? ठीक जवाफमा चिन्ह लगाउनुहोस्:

(क) उसको पछि-हटाइले उसले आफ्नो मुक्ति गुमाएको प्रमाणित गर्‍यो।

(ख) उसको पछि-हटाइले उसले कहिल्यै मुक्ति नपाएको प्रमाणित गर्‍यो।

जो साँच्चै नै पवित्र जनहरू हुन् उक्त संकष्टको समयमा उनीहरूले के गर्नेछन् (मत्ती २४:१३)? __________ __________________________________________________________। ठीक कि बेठीक छुट्ट्याउनुहोस्:

__________ संकष्टकाल (Tribulation Period) मा एउटा मुक्ति नपाएको व्यक्तिले मुक्ति पाउनका निम्ति अन्तसम्म सहनुपर्छ (हेर्नुहोस्, प्रेरित १६:३०?३१)।

__________ संकष्टकालमा मुक्ति पाएको व्यक्ति अन्तसम्म सहन्छ।

__________ संकष्टकालमा मुक्ति पाएको व्यक्ति परमेश्वरको शक्तिले बचाइएकोले र सुरक्षित राखिएकोले नै अन्तसम्म सहन सक्नेछ।

__________ संकष्टकालमा विश्वासी हुँ भनी दाबी मात्र गर्ने व्यक्ति अन्तसम्म सहँदैन; ख्रीष्टविरोधीको चिन्हलाई ग्रहण गर्ने काम गरीकन उसले ख्रीष्टविरोधीलाई स्वीकार गर्नेछ र फलस्वरूप उसको दाबी झूटा सावित हुन्छ।

याद राख्‍नुहोस्, अन्तसम्म सहने काम मुक्ति पाउनलाई गरिने काम होइन तर एउटा मुक्ति पाएको व्यक्तिले गर्ने काम हो। अर्थात्, यो मुक्तिको एउटा प्रमाण हो, कारक होइन।

८. विश्वासको जहाजको चित्रण (प्रेरित २७:२२-२५,३१,४४)

प्रेरित २७ मा पावल लगायत अन्य यात्रुहरू एउटा पानी जहाजमा यात्रा गर्दै जाँदा एउटा आँधी आइपरेको घटनाको विवरण पढ्दछौं। आँधीबेरी यति डरलाग्दो थियो कि बाँच्ने कुनै आशा थिएन। तर परमेश्वरको योजना अर्कै थियो जसअनुसार जहाजका कतिजना मल्लाहहरू नष्ट हुनेवाला थिए (प्रेरित २७:२२)? ________________________। कतिजना बचाइनेवाला थिए (प्रेरित २७:२४)? ________। सो कुरा कसले भनेका थिए (प्रेरित २७:२५)? ____________________। जहाज चढ्ने सबैको सुरक्षाको “ग्यारेण्टी” को प्रतिज्ञा परमेश्वरले दिनुभएको थियो तरैपनि, पद ३१ मा पावलले उनीहरूलाई जहाजमा र________लाई चेताउनी दिन्छन्। उक्त चेताउनी आवश्यक थियो किनकि पद ३० मा हामी देख्‍छौं कि जहाजका मल्लाहहरू जहाजलाई त्याग्नै लागिसकेका थिए। यदि जहाजलाई त्यागेका भए तिनीहरू बचाइन्थे (पद ३१)? ____________________। के तिनीहरू सबै नै पावलको निर्देशन (पद ३१) बमोजिम जहाजमै रहिरहे? ______________। के तिनीहरू सबै नै बचाइए (पद ४४)? ________________।

आज विश्वासीहरू पनि विश्वासको जहाजमा यात्रा गर्दै छन् (यूहन्ना ६:४७; प्रेरित १६:३१)। के तीमध्ये कुनै विश्वासी नष्ट हुनेछन् (यूहन्ना १०:२८-३०)?________________। सो कसले भनेका हुन्? ____________________। यद्यपि सबै साँचा विश्वासीहरूको सुरक्षाको “ग्यारेण्टी” परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, तरैपनि परमेश्वरले विश्वासीहरूलाई होसियार रहन कडा चेताउनीहरू दिनुहुन्छ ताकि उनीहरू जीवित परमेश्वरदेखि टाढा नजाऊन् र उनीहरूमा अविश्वासको खराब हृदय नहोओस् (हिब्रू ३:१२)। परमेश्वरले विश्वासीहरूलाई जहाजमा रहनलाई हौसला दिनुहुन्छ (हेर्नुहोस्, कलस्सी १:२३ — “विश्वासमा ____________________ भने”; प्रेरित १३:४३( “परमेश्वरको अनुग्रहमा ________________________”; प्रेरित १४:२२(“विश्वासमा ______________________”)

पावलको चेताउनी मल्लाहहरूलाई बचाइराख्‍ने परमेश्वरको एउटा माध्यम थियो। त्यस्तै गरी परमेश्वरका थुप्रै चेताउनीहरू (जस्तै, हिब्रू ३:६,१२,१४; १ कोरिन्थी १५:२; हिब्रू १०:३८ आदि) विश्वासीजनलाई ख्रीष्टमा अनन्तसम्म सुरक्षित राख्‍ने परमेश्वरका माध्यम हुन्। त्यस्तै गरी बाबुआमाले आफ्ना प्रिय छोराछोरीलाई सडकमा निस्कँदा आइपर्न सक्ने खतराका बारेमा कडा चेताउनी दिन सक्छन्। ती चेताउनीका लक्ष्य आफ्नो बाबु वा नानीलाई सुरक्षित राख्‍नु हो। बाबुआमाले नानीलाई सान्त्वना दिँदै फेरी यसो भन्न सक्छन्, “तिमी सडकमा गएनौं भने अझ सडकको नजिक समेत गएनौ भने तिमीलाई गाडीले किच्नेछैन।” तर “तिमीलाई गाडीले किच्नेछैन त्यसैले तिमी जतासुकै जाऊ” भन्नु त मूर्खतापूर्ण हुन्छ। त्यस्तै गरी परमेश्वरले यसरी कहिल्यै भन्नुहुन्न, “तिमीले मुक्ति पाएकोले र तिमी अनन्तसम्म सुरक्षित भएकोले तिमीले जस्तोसुकै जीवन बिताए पनि हुन्छ अनि तिमीले चाह्यौ भने ख्रीष्टलाई परित्याग गर्न र विश्वासलाई परित्याग गर्न पनि सक्छौ।”

प्ररित २७ को उदाहरणलाई फेरि विचार गरौं। मल्लाहहरूलाई वास्तवमा कसले सुरक्षित राखेका हुन् (ठीक जवाफलाई चिन्ह लगाउनुहोस्):

(क) मल्लाहहरूले आफैलाई सुरक्षित राखेका हुन् किनकि तिनीहरू जहाजमै रहिरहे (पद ३१)।

(ख) परमेश्वरले मल्लाहहरूलाई सुरक्षित राख्‍नुभएको हो (पद २४)।

अब यस चित्रणको साथसाथै विश्वासीको सम्बन्धमा विचार गर्नुहोस् र ठीक जवाफलाई चिन्ह लगाउनुहोस्:

(क) विश्वासमा लागिरहेर एउटा विश्वासीले आफूलाई ख्रीष्टमा सुरक्षित राख्दछ।

(ख) परमेश्वरले विश्वासीलाई ख्रीष्टमा सुरक्षित राख्‍नुहुन्छ (१ पत्रुस १:५; यूहन्ना १७:१२)।

ठीक कि बेठीकः

__________ साँचो विश्वासीलाई जहाजको यात्रुसँग दाँज्न सकिन्छ। जहाजको तलामा ऊ घरीघरी पछारिए तापनि ऊ जहाजमै रहन्छ, पानीमा खस्दैन, डुब्दैन।

__________ यहूदाको लोटाइ (ख्रीष्टलाई धोका दिने काम) प्राणघातक थियो। ऊ कहिल्यै साँचो विश्वासी थिएन भन्ने कुरा त्यसैबाट प्रकट भयो।

__________ पत्रुसको लोटाइ (ख्रीष्टलाई इन्कार गर्ने काम) प्राणघातक थियो। ऊ कहिल्यै साँचो विश्वासी थिएन भन्ने कुरा त्यसैबाट प्रकट भयो।

पत्रुस जहाजको तलामा बेसरी पछारिए, तर के उनी उठे (लूका २२:३१-३२)? ________। के परमेश्वरले हामीलाई बिनाविश्वास नै सुरक्षित राख्‍नुहुन्छ (चाहे हामी उहाँमाथि विश्वास गरिराखौं वा नराखौं) कि विश्वासद्वारा सुरक्षित राख्‍नुहुन्छ (१ पत्रुस १:५)? ____________________________________________। परमेश्वरले हामीलाई विश्वासयोग्य बनाइ राख्‍नुहुन्छ!

९. यूहन्ना १०:२७-३० ( पद २८-३० मा दिइएका प्रतिज्ञाहरूलाई कसले मात्र दाबी गर्न सक्छन् (पद २७ मा हेर्नुहोस्)? ____________________________। पद २७ अनुसार साँचो भेडाले दुइटा काम गर्दछः १)______________________________________________ २) ________________________________________________। कसैले परमेश्वरको वचनलाई सुन्दैन भने र ख्रीष्टलाई पछयाउँदैन भने उसको बारेमा हामी के भन्न सक्छौं? ________________________________________।

१०. केही व्यावहारिक उदाहरणहरू

(१) “म एक समय युवा प्रचार झुण्डमा आवद्घ थिएँ। हामी सबै मुक्ति पाएकाहरू नै थियौं अनि हाम्रो प्रचार कार्य केही हदसम्म सफल नै मान्नुपर्छ। तर झुण्डको एक युवा सांसारिक सङ्गतमा फसे। उनले सांसारिक केटीलाई विवाह गरे। उनले आफ्नो इसाई विश्वासलाई परित्याग गरे अनि पियक्कड भई मरे। हुन त उनी ख्रीष्टियन नै थिए; उनी स्वर्ग नै गए; तर उनी एक शारीरिक ख्रीष्टियन थिए र एक आत्मिक ख्रीष्टियनको इनाम पाउन सक्नेछैनन्।” अब, हामीले गरेको अध्ययनको आधारमा तपाईं के भन्नुहुन्छ? उक्त व्यक्तिले मुक्ति पाएका थिए कि थिएनन्? ____________________________________।

टिप्पणीः के कोरिन्थका विश्वासीहरू शारीरिक थिए (१ कोरिन्थी ३:१-४)? ________। के कोरिन्थका ती विश्वासीहरू अन्तसम्म विश्वासमा लागिरहनेवाला थिए (१ कोरिन्थी १:८)? ________। होसियार, हामीले शारीरिक जीवनलाई बहानाको रूपमा प्रयोग नगरौं। आफू शारीरिक विश्वासी हुँ भनी बताउने धेरै व्यक्तिहरू वास्तवमा अनन्त विनाशतर्फ लम्किरहेका हुन सक्छन्। आफूले प्रचार गरेको सुसमाचार कोरिन्थका विश्वासीहरूले बलियो गरी पक्रिराखेका छन् भनी पावलले मानिलिएका थिए (१ कोरिन्थी १५:२)। आफूहरू शारीरिक भएको र आगोबाट उम्केझैं बचाइने सोचाइ राखेका कतिपय व्यक्तिहरू वास्तवमा आगोले (आगोको झीलभित्र) नष्ट हुनेछन्।

(२) एकजनाले यसरी प्रचार गरे, “प्रिय युवा भाइ बहिनीहरूहो, स्वर्ग जाने दुइटा मार्ग छन्, आत्मिक मार्ग र शारीरिक मार्ग। आत्मिक मार्ग रोज्नु नै अति उत्तम हुन्छ!” एक युवाले मन-मनै सोचे, “म एक ख्रीष्टियन हुँ, तर मलाई केवल दर्शकको रूपमा जीउनु ठीकै लाग्छ। म त शारीरिक मार्गद्वारा स्वर्ग जान रोज्दछु!” हाम्रो अध्ययनको आधारमा, तपाईंलाई यस व्यक्ति मुक्ति पाएकै व्यक्ति हुन् भन्ने लाग्छ? ______________।

(३) आफू ख्रीष्टियन भएको दाबी गर्ने अनेक थरी मानिसहरू व्यवहारिक जीवनमा विश्वास नगरेका हजारौं मानिसहरूका भन्दा खासै फरक हुँदैनन्। प्रार्थना सभाहरूमा तिनीहरू विरलै भेटिन्छन्। तिनीहरूको घरमा पारिवारिक आराधना गरिँदैन; तिनीहरू बाइबल विरलै पढ्छन्; बातचीत गर्दा तिनीहरू परमेश्वरका कुराहरू गर्दैनन्; तिनीहरूको हिँडाइ पूर्ण रूपमा सांसारिक हुन्छ; तरैपनि तिनीहरू आफू पक्कै पनि स्वर्ग पुग्ने सोचाइ राख्छन्! कसरी मुक्ति पाउनुभयो भन्ने प्रश्‍नको जवाफमा, आफूले धेरै वर्ष अगाडि ख्रीष्टलाई “ग्रहण” गरेको कुरा गर्छन्। कसैको पछि-पछि दोहोर्‍याउँदै एउटा प्रार्थना गरेको कुरा बताउँछन् कतिले। “त्यस घडी मुक्ति पाइयो, सधैंको निम्ति पाइयो” भनी त्यसैमा भरोसा राख्छन्। आफूहरूले मुक्ति साँच्चै पाएको प्रमाण के तिनीहरूले दिँदै छन्? ______________। कसैले मुक्ति पाएपछि उसले मुक्ति कहिल्यै गुमाउँदैन भन्ने कुरा साँचो हो तरैपनि एक व्यक्तिले र्सवप्रथम आफूले परमेश्वरको अनुग्रहले सदाका लागि मुक्ति साँच्चै नै पाएको निश्चय गर्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो!

(४) थोमस क्रान्मर सोह्रौं शताब्दीको बीचतिर बेलायतको प्रोटेस्टेन्ट अभियानमा महत्त्वपूर्ण भूमिका खेलेका एक व्यक्ति थिए। इ.सं. १५५५ मा रोमन क्याथोलिक चर्चद्वारा उनी बहिष्कृत गरिए। दबाव बढ्दै जाने क्रममा क्रान्मर कमजोर बनी उनले इसाई विश्वासको विरूद्घमा लेखिएको एउटा लेखोटमा हस्ताक्षर गरे। महारानी मेरी (एक कट्टर क्याथोलिक जसले झण्डै तीन सयलाई आगोमा जलाउन लगाइन् जसको कारण उनले “ब्लडी मेरी” भन्ने उपनाम कमाइन्। तर आफू पनि आगोले जलाइनु अघि क्रान्मरले आफ्नो अघिल्लो इन्कारोक्तिलाई फिर्ता लिए र बडो उत्साहका साथ ख्रीष्टमाथिको आफ्नो विश्वासको गवाही दिए। प्रोटेस्टेन्ट अभियानका बाइबलीय सिद्घान्तहरूलाई एकपटक आफूले इन्कार गर्न पुगेकोमा उनलाई पछिबाट कस्तो लाग्यो भन्ने कुरालाई उनले यसरी प्रकट गरे — इन्कारोक्तिमा हस्ताक्षर गर्ने आफ्नो हातलाई उनले आगोको ज्वालामा राखेको राखै गरे जबसम्म त्यो खरानी भएन। त्यसपछि ज्वालाले उनको शरीरलाई खाइदियो र यसरी उनी एक सहीदको मरण मरे। के तपाईंले एक दिन थोमस क्रान्मरलाई स्वर्गमा भेट्नुहुनेछ होला (प्रकाश २:१०-११)? ________________।


यस अध्ययनमा तपाईंले सयौंओटा बाइबल पदहरू अध्ययन गर्नुभयो! हाम्रो विश्वास छ परमेश्वरले तपाईंलाई उहाँको वचनबाट अनमोल सत्यताहरू सिकाउनुभएको छ। कलस्सी १:९-११ पढ्नुहोस् — तपाईंको निम्ति हाम्रो प्रार्थना पनि यही नै छ। तपाईंको निम्ति ख्रीष्टमा परमेश्वरको जुन सिद्घ योजना छ त्यो पूरा होस्!

– समाप्त –

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासीका गुणहरू – भाग ४

साँचो विश्वासीका गुणहरू – भाग ४

 

८. एउटा साँचो विश्वासीले असल-असल कामहरू गर्छ (३ यूहन्ना ११)

एफेसी २:८-९ र एफेसी २:१० पढ्नुहोस् अनि ठीक कि बेठीक जवाफ छुट्टयाउनुहोस्:

१. ________ मुक्ति पाउन असल कामहरू आवश्यक छन्।
२. ________ असल कामहरूद्वारा मुक्ति पाउन सम्भव भएको भए, एक व्यक्तिले परमेश्वरको सामु घमण्ड गर्न सक्नेथ्यो।
३. ________ एक दिन परमेश्वरको सामु केही व्यक्तिहरूले गर्व गर्न र घमण्ड गर्न सक्नेछन् (१ कोरिन्थी १:२९-३१; रोमी ३:२७)।
४. ________ असल कामहरू मुक्तिका प्रतिफल हुन् किनकि असल कामहरू गर्न सकोस् भनी परमेश्वरले साँचो विश्वासीको जीवनमा काम गर्नुहुन्छ।
५. ________ केवल साँचो विश्वासीहरूले मात्र परमेश्वरलाई मन पर्ने असल कामहरू गर्न सक्दछन् (रोमी ८:८-९)।
६. ________ विश्वासीजनको निम्ति परमेश्वरको सिद्घ इच्छा यो हो, विश्वासी जन असल-असल कामहरू गर्दै हिँडोस् र एक फलदायी जीवन बिताओस् (यूहन्ना १५:१६)।

एफेसी अध्याय २ का कुन दुई पदहरूले तीतस ३:५ ले सिकाएकै सत्यताहरू सिकाउँछन्? पद ____ र ____। एफेसी अध्याय २ को कुन पदले तीतस ३:१,८,१४ ले सिकाएकै सत्यता सिकाउँछ? पद ____।

साँच्चै परमेश्वरको जन बनेको व्यक्तिको विषयमा कुन कुरा साँचो हुन्छ (३ यूहन्ना ११)? ____________________________________। खराब गरिरहने (वर्तमान काल) व्यक्तिको विषयमा हामी के जान्दछौं (३ यूहन्ना ११)? ____________________________________________। १ यूहन्ना ३:६ अनुसार परमेश्वरलाई नदेखेको व्यक्ति त्यो हो जसले परमेश्वरलाई ____________ छैन। के उसले मुक्ति पाएको हुन्छ? ________।

प्रभुले आफ्ना चेलाहरूलाई कस्ता व्यक्तिहरूदेखि सावधान गराउनुभयो (मत्ती ७:१५)? ______________________________। ती मानिसहरू बाहिरबाट कस्ता देखिन्छन् (मत्ती ७:१५)? ______________। तिनीहरू वास्तवमा भित्रपट्टि कस्ता हुन्छन् (मत्ती ७:१५)? ____________________। प्रेरित २० अध्यायको कुन पदमा पावलले यही खतरा सम्बन्धी चेताउनी दिए? पद ____। तिनीहरू वास्तवमा कस्ता मानिसहरू हुन् भनी कसरी जान्ने (मत्ती ७:१६,२०)? ____________________________________। काँडाको झाङले अंगुर फलाउँछ? ________________। दाखको बोटले काँडा उमार्छ? ______________। दाखको बोटबाट हामी के पाउने आशा गर्न सक्छौं? ____________। स्याउको बोटबाट हामी के को आशा गर्छौं?_________। असल रूखबाट हामी के को आशा गर्छौं (मत्ती ७:१७)? ____________________। बिग्रेको रूखबाट हामी के को आशा गर्छौं? ____________________। बिग्रेको रूखले के फलाउँछ (मत्ती ७:१७)? ____________________। असल रूखले ____________ फल फलाउन असम्भव छ अनि बिग्रेको रूखले ____________ फल फलाउन असम्भव छ (मत्ती ७:१८)। कस्तो रूखले असल फल फलाउँदैन (मत्ती ७:१८-१९)? ______________________। बिग्रेको प्रत्येक रूखलाई के गरिनेछ? (मत्ती ७:१९)? ____________________________________________________। तसर्थ, झूटा शिक्षकहरू र भविष्यवक्ताहरूलाई के गरिनेछ (२ पत्रुस २:१)? ________________________________।

के सबै साँचा विश्वासीहरू फलदायी हुन्छन् (मत्ती १३:८,२३)? ______________। के कुनै विश्वासीहरू अरुभन्दा बढी फलदायी हुन्छन् (मत्ती १३:८,२३)? ______________। परमेश्वर आफ्ना सन्तानले ________ फल फलाएको (यूहन्ना १५:५,८) र ________ ________ फल फलाएको (यूहन्ना १५:२) चाहनुहुन्छ। प्रभुले कस्तो फलको कुरा गर्नुभएको हो? गलाती ५:२२ अनुसार __________को ______ हो — १) ________ २) ____________ ३) ________________ (शान्ति)। प्रभुले यूहन्ना १४-१६ अध्यायहरूमा उल्लेख गर्नुभएको फल यिनै हुन् या होइनन्, हामी अब हेरौं। यूहन्ना १५:९-१० मा कुन फलको चर्चा गरिएको छ? ________। यूहन्ना १४:२७; १६:३३ मा कुन फलको चर्चा गरिएको छ? __________। यूहन्ना १५:११; १६:२०,२२ मा कुन फलको चर्चा गरिएको छ? ______________। के गलाती ५:२२ मा उल्लेख गरिएको फल पनि उही हो? ________।

कामबिनाको विश्वास ____________ हुन्छ (याकूब २:१७,२०,२६)। जोडा मिलाउनुहोस्:

याकूबले मानिस ________________द्वारा धर्मी ठहरिँदछ (अर्थात् धर्मी भनी घोषणा गरिँदछ) भनी सिकाउँदछ (याकूब २:२१,२४) अनि पावलले मानिस ______________द्वारा धर्मी ठहरिँदछ भनी सिकाउँदछ (रोमी ५:१)। याकूबले अब्राहाम ______________द्वारा धर्मी ठहरिए भनी सिकाउँदछ अनि पावलले अब्राहाम ______________ द्वारा होइन तर ______________द्वारा धर्मी ठहरिए भनी सिकाउँदछ (रोमी ४:१-५ लाई रोमी ३:२६-२८ सित दाँज्नुहोस्)। के बाइबलमा कुनै अन्तरविरोध तथा त्रुटी छन् (यूहन्ना १७:१७; २ तिमोथी ३:१६; भजनसंग्रह ११९:८९,१६० आदि)? ____________।

अब्राहामले मुक्ति कसरी पाए? बाइबलले के भन्दछ (रोमी ४:३)? ______________________________ __________________________________________। तसर्थ, अब्राहामले विश्वासद्वारा मुक्ति पाए कि कामहरूद्वारा? ______________________। अब्राहाम विश्वासद्वारा धर्मी ठहरिए (धर्मी भनी घोषणा गरिए) भनी सिकाउने पद उत्पत्ति १५ मा भेट्टाउनुहोस्: पद ____। के पावल र याकूब दुवैले उक्त पदलाई उद्धृत गरेका छन् (रोमी ४:३ र याकूब २:२३)? __________। अब्राहाम कुन बेला कामहरूद्वारा धर्मी ठहरिएका हुन् (याकूब २:२१)? _________________________________________________________________ _। उक्त घटना अब्राहाम विश्वासद्वारा धर्मी ठहरिनुभन्दा अगाडि कि पछाडि घटेको थियो (उत्पत्ति १५:६ लाई उत्पत्ति २२ सित दाँज्नुहोस्)? ____________। ठीक कि बेठीक जवाफ दिनुहोस्:

______ अब्राहाम पहिला कामहरूद्वारा धर्मी ठहरिए अनि पछिबाट विश्वासद्वारा धर्मी ठहरिए।

______ अब्राहाम पहिला विश्वासद्वारा धर्मी ठहरिए अनि पछिबाट कामहरूद्वारा धर्मी ठहरिए।

______ परमेश्वरको नजरमा अब्राहाम उहाँमाथि विश्वास गरेकै घडी धर्मी ठहरिए (उत्पत्ति १५:६; रोमी ४:३-५)।

यदि अब्राहामले कामहरूद्वारा नै आफ्नो मुक्ति कमाएका भए उनले के गर्न सक्नेछन् (एफेसी २:९; रोमी ४:२)? _________________________________________।

अब्राहाम साँचो विश्वासी हुन् भनेर परमेश्वरलाई थाहा थियो (उत्पत्ति १५:५-६)? __________________। तपाईं साँचो विश्वासी हुनुहुन्छ या हुनुहुन्न भनेर के परमेश्वरलाई थाहा छ (२ तिमोथी २:१९)? __________________। हाम्रो हृदय साँच्चै जान्नुहुने र ख्रीष्टमा हाम्रो विश्वास साँच्चै छ या छैन भनी देख्‍न सक्नुहुने एउटै मात्र व्यक्ति को हुनुहुन्छ (यर्मिया १७:१०)? ____________________। अब हाम्रो अगाडि एउटा प्रश्न खडा छः अब्राहाम एक विश्वासका मानिस हुन् भनेर मानिसहरूले चाहिँ जान्ने कसरी? प्रभुमाथिको उनको विश्वास निष्कपट छ भनेर देखाउने त्यस्तो कुनै कुरा अब्राहामको जीवनमा थियो? दैनिक जीवनमा परमेश्वरमाथि उनी जिउँदो र सक्रिय रूपले विश्वास गर्दै छन् भनेर अब्राहामले कसरी प्रकट गरे? हामी अब यी प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछौं।

उत्पत्ति १२:२ मा परमेश्वरले अब्राहामबाट एक ________ ________ खडा हुनेछ भनी प्रतिज्ञा गर्नुभयो। अब्राहामको कस्तो समस्या थियो जसले गर्दा सो प्रतिज्ञा पूरा हुन कठिन देखिन्थ्यो (उत्पत्ति १५:२-३)? ________ ________________________________। परमेश्वरले अब्राहामलाई उत्पत्ति १५:५ मा दिनुभएको महान् प्रतिज्ञा के थियो? ____________________________________________________________। के अब्राहामले उक्त प्रतिज्ञालाई विश्वास गरे (उत्पत्ति १५:६)? ________। के उनी धर्मी ठहरिए (उत्पत्ति १५:६)? ________________। उनी कामहरूद्वारा धर्मी ठहरिएका हुन् कि विश्वासद्वारा? ____________________। उत्पत्ति १६:१ मा कुन समस्या उल्लेख छ? ________________________________________________। परमेश्वरले अब्राहामलाई के तुल्याउने प्रतिज्ञा दिनुभयो (उत्पत्ति १७:५)? ________________________________________। के परमेश्वरले अब्राहामसित उनलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १७:६-८)? ______________। उत्पत्ति १७:१५-१६ मा परमेश्वरले अब्राहामलाई कुन कुरा दिने प्रतिज्ञा गर्नुभयो? ____________________। ठीक कि बेठीकः ________ उक्त प्रतिज्ञा सुन्नेबित्तिकै अब्राहामले रमाउँदै भने, “तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ सो तपाईंले पूरा पनि गर्नुहुनेछ भनी म पूरा निश्चित छु!” (हेर्नुहोस्, उत्पत्ति १७:१७)। उत्पत्ति १७:१९ मा फेरि पनि अब्राहामलाई एउटा ________ दिने प्रतिज्ञा गर्नुभयो र उनको नाम ________________ राखिने कुरा समेत गर्नुभयो। के परमेश्वरले इसहाकलाई सन्तान दिने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति १७:१९)? ________________। तसर्थ, अब्राहाम जान्दथे, इसहाकबाट सन्तान आउनैपर्छ! साराले आफ्नो वृद्घ उमेरमा एउटा छोरा जन्माउन कसरी सम्भव थियो (उत्पत्ति १८:१४)? ______________________________________________ (लूका १:३४-३७ सित दाँज्नुहोस्)। के प्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो (उत्पत्ति २१:१-२)? ________________। रोमी ४:१६-२२ पढ्नुहोस्।

अब्राहामलाई प्रतिज्ञा गरिएको जाति उनको कुनचाहिँ छोरोबाट आउने भनियो, हागारबाटका छोरो इश्माएलद्वारा कि साराबाटका छोरो इसहाकद्वारा (उत्पत्ति २१:१०-१२ र रोमी ९:७)? ______________________। यसर्थ, उत्पत्ति १५:५ मा प्रतिज्ञा गरिएका सन्तान इसहाकबाट आउनेवाला थिए, इश्माएलबाट होइन। कसका सन्तान मिश्रमा ४०० वर्षसम्म दासत्वमा परे, इसहाकका कि इश्माएलका (उत्पत्ति १५:१३)? ________________________________। ठीक कि बेठीकः ______ उत्पत्ति १७:१९ र २१:१२ मा परमेश्वरले दिनुभएको प्रतिज्ञाबाट अब्राहामलाई थाहा थियो, इसहाकबाट सन्तान आउनैपर्छ।

उत्पत्ति २२ मा परमेश्वरले अब्राहामको विश्वासको जाँच गर्नुभयो (पद १)। परमेश्वरले अब्राहामलाई उनको विश्वासको प्रमाण सबैलाई देखाउने अवसर दिनुभयो। याकूब बताउँछन् कि यसैबेला अब्राहाम ________________द्वारा ________ ठहरिए (याकूब २:२१)। यहाँ उत्पत्ति २२ मा अब्राहामले आफ्नो विश्वास मरेको विश्वास नभएर सक्रिय र जिउँदो विश्वास भएको तथ्यलाई संसारका सामु प्रस्टै देखाए!

अब्राहामलाई परमेश्वरको आज्ञा के थियो (उत्पत्ति २२:२)? ____________________________________ _________________________________________ (अर्थात् परमेश्वरले उनलाई आफ्नो एउटै छोरोलाई बलिस्वरूप मार्ने आज्ञा दिनुभयो!)। परमेश्वरको आज्ञालाई एउटा विश्वासको मान्छेले के गर्दछ (हिब्रू ११:८)? ____________________________________________। आज्ञापालन गर्न के अब्राहामले हतार गरे (उत्पत्ति २२:३)? ________। हामीलाई थाहा छ, परमेश्वरले अब्राहामलाई उनको छोरालाई मार्नदेखि रोक्नुभयो (उत्पत्ति २२:१०-१३)। तर परमेश्वरले त्यस्तै गर्नुहुनेछ भनेर के अब्राहामलाई अघिबाटै थाहा थियो? अब्राहाम, परमेश्वरले तोक्नुभएको स्थानमा पुगेर के गर्ने योजना राखेका थिए (उत्पत्ति २२:९-१०)? ________________________________________। के वेदीमा आफ्नो छोरालाई मार्ने नै उनको योजना थियो? ________। यसर्थ, अब्राहामको सामु एउटा असम्भाव्य समस्या खडा थियो:

१) परमेश्वरले उनलाई एउटा प्रतिज्ञा दिनुभएको थियो: “इसहाकका सन्तानहरू हुनेछन्”

विश्वासको मान्छेले प्रतिज्ञालाई विश्वास गर्नैपर्छ। अब्राहामले उक्त प्रतिज्ञालाई विश्वास गरे पनि। अब्राहाम जान्दथे, इसहाकबाट सन्तानहरू उत्पन्न हुने नै छन् किनकि “उहाँले जे ____________ गर्नुभएको छ, सो ________ ________लाई उहाँ ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे” (रोमी ४:२१)।

२) परमेश्वरले उनलाई एउटा आज्ञा दिनुभएको थियो:

“तिम्रो छोरालाई मार”

विश्वासको मान्छेले आज्ञालाई पालन गर्नैपर्दछ। अब्राहामले उक्त आज्ञालाई पालन गर्न थाले। उनको विचारमा उनी आफ्नो छोरालाई मार्नेवाला नै थिए। अब्राहाम जान्दथे अब चाँडै उनका छोरा मर्नेछन्!

एउटा मरेको छोरोले सन्तान कसरी जन्माउलान् त?

यो मानिसको चित्तमै नपसेको कुरा हो! यो असम्भव कुरा हो! तर परमेश्वरले अब्राहामलाई असम्भव कुराको अनुभव दिइसक्नुभएको थियो! अर्को कुन कुरा पनि असम्भव थियो (उत्पत्ति १८:११-१३)? ________ _________________________________________________________________ ___________। के परमेश्वरले मृत्युबाट जीवन ल्याउन सक्नुभयो (रोमी ४:१८-१९)? __________________। मरेका इसहाकले सन्तान जन्माउन सक्दैनन् भन्ने कुरा अब्राहाम जान्दथे, तर उनले अर्को कुन कुरा पनि जान्दथे (उत्पत्ति १८:१४)? __________ _________________________________________________________________ ___।

अब्राहाम जान्दथे इसहाक मर्नैपर्छ अनि उनी यो पनि जान्दथे इसहाकका सन्तानहरू हुनैपर्छ! यो कसरी सम्भव थियो? विश्वासद्वारा अब्राहामले समस्याको समाधान देखे!! उनले यो विश्वास गरे कि ________________ ____________________बाट पनि बौराएर उठाउनलाई परमेश्वर ____________ हुनुहुन्छ (हिब्रू ११:१९, १७- १८ पनि पढ्नुहोस्)। उत्पत्ति २२:५ लाई राम्ररी हेर्नुहोस्। अब्राहामले यी मानिसहरूलाई पर्खी बस्न आदेश दिए। इसहाक र आफूचाहिँ गएर उपासना गर्ने कुरा बताए (अब्राहामको विचारमा “उपासना” भन्नाले परमेश्वरले जे भन्नुभएको छ त्यो काम पूरा गर्नु थियो, अर्थात्, आफ्नो छोरालाई बलि चढाउने काम)। अर्को शब्दमा भन्ने हो भने, अब्राहाम यसो भन्दै थिए, “म र यो केटो ऊ परसम्म जानेछौं। तब म आफ्नो छोरालाई बलि चढाउनेछु, अनि “तिमीहरूकहाँ ____________ __________________” (उत्पत्ति २२:५)। “म आफ्नो छोरालाई मार्न लागिरहेको छु तर हामी दुवै जीवितै फर्कनेछौं!” अब्राहामको विश्वास थियो परमेश्वरले इसहाकलाई मरेकाबाट पनि जीवित पार्नुहुनेछ! अब्राहामको कत्रो विश्वास! परमेश्वरले उनको विश्वासको जाँच गर्नुभएको थियो; अब्राहाम जाँचमा उत्कृष्ट रीतिले सफल भए!

उत्पत्ति २२ को घटना वास्तवमा एउटा अद्वित्तीय बलिदान र बौरिउठाइको केवल एक ________________ (हिब्रू ११:१९) थियो। परमेश्वरले अब्राहामलाई उनले प्रेम गर्ने एउटै छोरोलाई बलि चढाउनदेखि रोके (उत्पत्ति २२:१२)। सैयौं वर्ष बिते। एक दिन रोमी ८:३२ अनुसार परमेश्वरले कुन काम गर्नुभयो? _________________________________________________________________ _____________ __________________________। तर प्रभु येशू ख्रीष्ट मृत्युको पकडमा रहनु असम्भव थियो (हेर्नुहोस् प्रेरित २:२४) किनकि उहाँद्वारा सन्तान आउनैपर्थ्यो (यशैया ५३:१०); उहाँले ________ ________________लाई महिमामा ल्याउनैपर्थ्यो (हिब्रू २:१०)। यसकारण परमेश्वरले के गर्नुभयो (प्रेरित ४:१०)? _________________________________________________________________ _______________।

अब हामी याकूब २ मा फर्कौं। याकूब २:१४ ले विश्वास भएको व्यक्तिको कुरा गर्दै छ कि विश्वास आफूसँग छ भनेर भन्ने व्यक्तिको? ______________________________________________________। के विश्वास साँच्चै देख्‍न सकिने कुरो हो ? __________। कुनै अपरिचित व्यक्तिसँग भेट हुँदा, ऊ एक विश्वासी हो या होइन भन्ने कुरा के तपाईंले उसलाई केवल हेरेर नै बताउन सक्नुहुन्छ? ______________। कुनै व्यक्तिले आफूसँग विश्वास छ भन्ने कुराको प्रमाण दिने हो भने उसले त्यस्ता असल कामहरू गर्नुपर्छ जुन कामहरू साँचो विश्वासको साथ-साथै हुने गर्दछन् (हेर्नुहोस्, एफेसी २:१० र तीतस ३:८)।

के याकूब २:१६ मा बयान गरिएको व्यक्तिले आफूसँग जिउँदो विश्वास छ भनेर देखायो? ______________। उसले वास्तवमा के को प्रमाण दियो (१ यूहन्ना ३:१४)? __________________________________________। उसले आफूसँग विश्वास छ भनी दाबी गरे तापनि, उसको विश्वास कस्तो विश्वास रहेछ (याकूब २:१७)? __________________________। पद १८ ले यो सिकाउँछ, असल कामहरू गरेको या नगरेकोबाट नै एक व्यक्तिले आफ्नो विश्वासलाई देखाउँदछ! जन क्याल्भिनले भनेका छन्, “विश्वास एकलैले बचाउँदछ, तर बचाउने विश्वास एकलो हुँदैन।” कामहरू धर्मी ठहरिएपछिका प्रतिफल हुन्! संसार त्यस्ता नामधारी ख्रीष्टियनहरूदेखि वाक्क भइसकेको छ जो ठूलो स्वरमा अनुग्रहको कुरा गर्छन् तर शैतानजस्तै जिउँदछन्!

के पावल प्रेरितले विश्वास र कामहरू सँगसँगै जानुपर्छ भनी सिकाए (एफेसी २:८-१० र तीतस ३:८)? ____________। के पावल र याकूब दुवै नै अब्राहाम विश्वाद्वारा धर्मी ठहरिएका हुन् भन्ने कुरामा सहमत थिए (रोमी ४:२-३ र याकूब २:२३)? ________। के हिब्रूका लेखक (सायद पावल?) र याकूब दुवै नै अब्राहामले आफ्नो छोरालाई बलि चढाउँदा उनी कामहरूद्वारा धर्मी ठहरिएका हुन् भन्ने कुरामा सहमत थिए (हिब्रू ११:१७-१९ र याकूब २:२१)? ________। पवित्र शास्त्रका खण्डहरू आपसमा बाझ्छन् कि आपसमा सिद्घ रूपमा मेल खान्छन्? ______________________________________________।

मरेको विश्वास भएको व्यक्तिले एकमात्र परमेश्वरको अस्तित्वलाई सजिलै स्वीकार्न सक्ला, तर यस्तै विश्वास कसको पनि छ (याकूब २:१९)? ____________________________। तिनीहरू एक दिन कुन ठाउँमा पुग्नेछन् (मत्ती २५:४१)? ________________________________________।

याकूब २:२६ लाई विचार गरौं। अस्पतालको एक शैयामा पस्रिराखेको एउटा शरीर छ। त्यस शरीरमा प्राण छ कि छैन भनेर पत्ता लगाउन त्यहाँ जीवनका लक्ष्यणहरूको खोजी गर्नु पर्ने हुन्छ! शारीरिक जीवनका के कस्ता लक्ष्यणहरू हुन्छन्? १. ____________________________________ २. ______________________________ ३. ______________________________। कुनै व्यक्तिसँग बचाउने खालको अर्थात् साँचो विश्वास छ भनी जान्न पनि जीवनका लक्ष्यणहरूको खोजी गर्नु पर्ने हुन्छ! आत्मिक जीवनका केही लक्ष्यणहरू के-के हुन्? १. (१ यूहन्ना ३:१४) ____________________________________________ २. (१ यूहन्ना २:३) ________________ ________________________________________ ३. (१ यूहन्ना ३:९) ________________________________________।

तपाईंको जीवन फलदायी छ कि फलहीन (हेर्नुहोस् २ पत्रुस १:८)? के तपाईं असल कामहरूमा लागिरहनमा ध्यान दिने गर्नुहुन्छ? के तपाईंले आफ्ना कामहरूद्वारा आफू विश्वासको मान्छे हुँ भन्ने प्रमाण दिँदै हुनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!! “

९. एउटा साँचो विश्वासीले ख्रीष्टलाई स्वीकार गर्दछ (रोमी १०:९-११)

ग्रीक शब्द होमोलोगेओलाई “स्वीकार” भनी अनुवाद गरिएको छ। लोगेओ चाहिँ लेगो अथवा “भन्नु” क्रियापदबाट आएको हो। त्यसैले स्वीकारको अर्थ हुन्छ, “अर्काले जे भन्छ त्यही भन्नु”, अथवा “सहमत हुनु”। ख्रीष्टमा विश्वास गर्नेले आफ्नो ________ले ________ ________लाई स्वीकार गर्दछ (रोमी १०:९)। उसले मौखिक तथा सार्वजनिक रूपमा परमेश्वरले आफ्नो पुत्रको विषयमा भन्नुभएको कुरासित आफू सहमत भएको कुरा जनाउँदछ (१ यूहन्ना ५:९-१२)।

जसरी एउटा शीशीभित्रको चीजलाई शीशीको लेबुलले स्वीकार गर्दछ, त्यस्तै गरी एउटा विश्वासीले आफ्नो प्रभु र मुक्तिदातालाई बिनाशर्म खुल्लमखुल्ला स्वीकार गर्नुपर्दछः “उहाँमाथि __________ गर्ने हरेक ____________ ________________” (रोमी १०:११)। प्रत्येक साँचो विश्वासीले पावलसँगै भन्न सक्नुपर्छ, “किनकि म ख्रीष्टको ____________________सँग ____________________; किनकि विश्वास गर्ने हरेकका लागि ( पहिले यहूदीका लागि र ग्रीकका लागि पनि __________का निम्ति यो परमेश्वरको ____________ हो” (रोमी १:१६)। के ख्रीष्ट हाम्रो निम्ति खुल्लमखुल्ला सार्वजनिक रूपमा मर्न लजाउनुभयो (मत्ती २७:३९,५४-५५ आदि)? ________________________।

“स्वीकार” गर्नु को विपरित अर्थ लाग्ने एउटा शब्द कुन हो (यूहन्ना १:२०; १ यूहन्ना २:२२-२३)? ______________। स्वीकार गर्नु भनेको “हो” भन्नु हो; इन्कार गर्नु भनेको “होइन” भन्नु हो। लूका २२:५७-६० मा पत्रुसले यसो भन्नुपर्थ्यो, “____, म उहाँलाई चिन्छु” (पद ५७)! “____, म तिनीहरू मध्येको हुँ” (पद ५८)! “____, म उहाँसँगै थिएँ” (पद ५९-६०)! तर पत्रुसले उहाँलाई ______________ गरे (पद ५७)। पत्रुस विश्वासमा नराम्ररी चुके तापनि उनी एक साँचो विश्वासी नै थिए भन्ने सङ्केत केले दिन्छ (पद ६२)? __________________________________ । के पत्रुसले पछिबाट हजारौं मानिसका सामु प्रभुलाई सार्वजनिक रूपमा स्वीकार गरे (प्रेरित २:४१,२२-२४,२९,३६,४१)? ________। “के तपाईं येशूलाई आफ्नो मुक्तिदाता र प्रभु भनी स्वीकार गर्नुहुन्छ?” भनी कसैले तपाईंलाई प्रश्न गर्‍यो भने तपाईं के जवाफ दिनुहुन्छ? ________________________________ ________________________________।

हाम्रो मुखको स्वीकार हाम्रो जीवनको व्यवहारसित मेल खानुपर्छ। तीतस १:१६ ले स्वीकार गर्नेहरूको एउटा समूहको बयान गर्दछ। जोडा मिलाउनुहोस्:

१. ______ उनीहरूको जिब्रोको सन्देश (क) “हामी परमेश्वरलाई चिन्दैनौं!!”

२. ______ उनीहरूको जीवनको सन्देश (ख) “तिनीहरू घिनलाग्दा छन्!!”

३. ______ उनीहरूप्रति परमेश्वरको भावना (ग) “हामी परमेश्वरलाई चिन्दछौं!!”

उनीहरूको व्यवहार उनीहरूको बोलीको विपरीत थियो; यो परमेश्वरलाई घिनलाग्ने कुरा थियो! यद्यपि उनीहरू परमेश्वरलाई चिन्छौं भनी दाबी गर्छन्, उनीहरू ________ हुन् र उनीहरूमा __________ छैन (१ यूहन्ना २:३-४)। जसको नामलाई हाम्रो जिब्रोले स्वीकार गरेको छ, उहाँ नै हाम्रो जीवनद्वारा सेवा गरिनुभएको परमेश्वर हुनुहुन्छ भनी संसारले देख्‍न सकोस्!

ठीक कि बेठीकः

_______ एक अविश्वासीले ख्रीष्टलाई स्वीकार गर्नु असम्भव छ। केवल विश्वासीहरूले मात्र उनीहरू ख्रीष्टका हुन् भनी स्वीकार गर्दछन् (तीतस १:१६; २ तिमोथी २:१९; १ यूहन्ना २:४,६,९)।

_______ प्रत्येक साँचो विश्वासीले ख्रीष्टलाई स्वीकार गर्नेछ अनि उहाँलाई आफ्नो मुक्तिदाता र प्रभु भनी मान्दछ (रोमी १०:९-११; १ यूहन्ना ४:१५)।

_______ एउटा साँचो विश्वासी पनि अस्थायी रूपमा विश्वासमा चुक्न सक्दछ र प्रभुलाई इन्कार समेत गर्न सक्दछ (लूका २२:५७-६०)।

मत्ती १०:३२ मा मानिसहरूका सामु उहाँलाई स्वीकार गर्नेहरूलाई प्रभुले कुन प्रतिज्ञा दिनुभयो? _________________________________________________________________ ___। लूका १२:८ मा? ______________ ______________________________________। प्रकाश ३:५ मा ______________________________________________ ____________________________। १ यूहन्ना ५:५ अनुसार, प्रकाश ३:५ मा उल्लेख गरिएको जय पाउने व्यक्ति को हो? _________________________________________________________________ _________।

टिप्पणीः येशू नै मसीह हुनुहुन्छ भनी स्वीकार गर्दा केही मूल्य चुकाउनुपर्ने हुन्छ (यूहन्ना ९:२२)। यसो हुनाले कतिले उहाँलाई स्वीकार गर्दैनन् (यूहन्ना १२:४२)। दोस्रो र तेस्रो शताब्दीहरूमा ख्रीष्टियनहरूको विरूद्घ उठेको ठूलो सतावटको समयमा भयङ्कर पीडा र कष्ट भोग्नु पर्ने सम्भावनाका बाबजुद पनि ख्रीष्टलाई इन्कार नगर्ने विश्वासीहरूलाई कन्फेसर्स (CONFESSORS) अर्थात् “स्वीकार गर्नेहरू” भन्ने नाम दिइन्थ्यो!

के तपाईं ख्रीष्टलाई सार्वजनिक रूपमा आफ्नो परिवार, साथीहरू, प्रियहरू र छिमेकीहरूका बीचमा स्वीकार गर्ने गर्नुहुन्छ? के तपाईं उहाँलाई खुशीसाथ आफ्नो प्रभु भनी मानिलिनुहुन्छ (यूहन्ना १०:२८)? उहाँले के गरिदिनुभएको छ र के भन्नुभएको छ भनी उहाँको विषयमा अरूहरूलाई बताउन के तपाईं लजाउनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासीका गुणहरू – भाग ३

साँचो विश्वासीका गुणहरू – भाग ३

 

५. एउटा साँचो विश्वासीले परमेश्वरको वचन पालन गर्छ (१ यूहन्ना २:३)

अनन्त जीवन त्यो व्यक्तिसँग छ जसले एकमात्र सत्य परमेश्वरलाई र उहाँले पठाउनुभएको ________ __________लाई ____________ (यूहन्ना १७:३)। हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाता र प्रभु भनी साँच्चै चिनेका छौं कि छैनौं भनी हामी कसरी जान्न सक्छौं? १ यूहन्ना २:३ अनुसार कसैले ख्रीष्टलाई साँच्चै चिन्दछ भने उसले के गर्नेछ? ______________________________________________________। एउटा यस्तो व्यक्तिको विचार गरौं जसले भन्छ, “प्रभु येशूलाई मेरो मुक्तिदाताको रूपमा चिन्न पाएकोमा म अत्यन्तै खुशी छु”, तर उसको जीवनलाई नियालेर हेर्दा ऊ परमेश्वरको वचनअनुसार हिँडिरहेको पाइएन। त्यो व्यक्तिको विषयमा कुन दुई कुराहरू शायद सत्य छन् (१ यूहन्ना २:४)? १. __________________________ २. ________________________________। परमेश्वरको वचनको आज्ञापालन गर्ने व्यक्ति नै त्यो व्यक्ति हो जसमा ______________________ ________ सिद्घ भएको छ। एक आज्ञाकारी विश्वासीले आफू ख्रीष्ट____ रहेको छु भनी जान्न सक्दछ (१ यूहन्ना २:५)। कुनै व्यक्ति प्रभु येशूमा साँच्चै रहिरहेको छ भने ऊ कसरी हिँड्दछ वा जिउँदछ (१ यूहन्ना २:६)? __________________________________________। हाम्रा प्रभु येशू कसरी हिँड्नुभयो भनी जान्न निम्न पदहरू ध्यानपूर्वक पढ्नुहोस् अनि जोडा मिलाउनुहोस्:

१. ____ यूहन्ना ५:३०; ६:३८ (क) प्रभु येशूले पिताको वचनको आज्ञापालन सधैं नै गर्नुभयो
२. ____ यूहन्ना ८:२९ (ख) प्रभु येशूले सधैं नै पितालाई मन पर्ने कामहरू गर्नुभयो
३. ____ यूहन्ना ८:५४-५५ (ग) प्रभु येशूले सधैं नै पिताको इच्छा पूरा गर्नुभयो

१ यूहन्ना ५:१-२ अनुसार एक व्यक्ति परमेश्वरको सन्तान कहिले बन्दछ (सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्):

(क) येशू नै ख्रीष्ट (मसीह) हुनुहुन्छ भनी विश्वास गरेर
(ख) परमेश्वरका जनहरूलाई प्रेम गरेर
(ग) परमेश्वरलाई प्रेम गरेर
(घ) परमेश्वरको आज्ञापालन गरेर

परमेश्वरको प्रेम के हो (१ यूहन्ना ५:३)? __________________________________________। हामी जान्दछौं, परमेश्वरका आज्ञाहरू __________________ (भारी, बोझिला) छैनन्। परमेश्वरले हामीलाई अह्राउनुभएको काम गर्नु के हाम्रो निम्ति एउटा भार हो? ____________। के परमेश्वरले हाम्रो जीवनलाई तीतो बनाउन नै आज्ञाहरू दिनुभएको हो? __________। के प्रभुको आज्ञापालन नगर्दा नै हाम्रो जीवन तीतो बन्दछ? __________। के दाऊदले प्रभुका आज्ञाहरू कष्ट पूर्ण छन् भनी ठाने (भजनसंग्रह १९:७-११)? व्यवस्था ६:२४ मा हामी सिक्छौं, परमेश्वरले हामीलाई केही निश्चित आदेशहरू पालन गर्नलाई दिनुभएको छ “ताकि हाम्रो __________________ ________ होस्” (दाँज्नुहोस्, व्यवस्था १०:१३; यर्मिया ३२:३९)। परमेश्वर हाम्रो भलाइ मात्र चाहनुहुन्छ!!

कसैले ख्रीष्टलाई प्रेम गर्दछ भने, उसले के गर्नेछ (यूहन्ना १४:१५)? ______________________________ ____________________________________। ख्रीष्टलाई साँच्चै प्रेम गर्ने व्यक्ति त्यो हो जससित १) उहाँका ________________ छन् र २) जसले उहाँका आज्ञाहरू ____________ गर्दछन् (यूहन्ना १४:२१)। कसैले प्रभु येशूलाई साँच्चै प्रेम गर्दछ भने उसले ख्रीष्टका ____________हरू ____________ गर्नेछ (यूहन्ना १४:२३)। जसले ख्रीष्टलाई प्रेम गर्दैन उसले ________________________________________________________ (यूहन्ना १४:२४)। तसर्थ, प्रभु येशूलाई उसले साँच्चै प्रेम गर्दछ भनी एक विश्वासीले कसरी देखाउन सक्दछ? ________________________________________________।

के नानीहरूले बाबुआमाको आज्ञापालन गर्नुपर्छ (कलस्सी ३:२०)? __________। के दासहरूले आफ्ना मालिकहरूको आज्ञापालन गर्नुपर्छ (कलस्सी ३:२२)? __________। के पत्‍नीहरूले आफ्ना पतिहरूको आज्ञापालन गर्नुपर्छ (१ पत्रुस ३:५-६)? __________। तसर्थ, हामी परमेश्वरका नानीहरू भएका हुनाले हामी ________________ ________हरू झैं हुनुपर्छ (१ पत्रुस १:१४)। परमेश्वरको प्रेमका दासहरू भएका हुनाले (१ कोरिन्थी ६:१९-२०) हामीले परमेश्वरको महिमा गर्नुपर्छ र ________ कुराहरूमा उहाँको ________ गर्नुपर्छ (दाँज्नुहोस् कलस्सी ३:२२)। मण्डली ख्रीष्टको दुलही भएको हुनाले (हेर्नुहोस्, एफेसी ५:२२-२३) हामीले ____________को आज्ञापालन गर्नुपर्छ जो ________________का ________ हुनुहुन्छ (एफेसी ५:२३)।

गलाती ३:१ अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ______________। एफेसी १:१३ र यूहन्ना १७:१७ अनुसार “सत्य” के हो? ________________________________। व्यवस्था ११:२७, १३:४, २७:१०, २८:६२, ३०:२,८,२० अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ____________________________________। यर्मिया ७:२३, ११:४,७ २६:१३, ३८:२०, ४२:६ अनुसार हामीले पालन गर्नुपर्ने कुरा के हो? ______________ ____________। कुन कुरामा इस्राएल राष्ट्र विफल भए (यर्मिया ३:१३,२५ ९:१३, ११:८, १७:२३, ३२:२३, ४०:३, ४२:२१, ४३:४,७ ४४:२३)? ________________________________________________________________।

१ शमूएल १५:१-२३ पढ्नुहोस्। शाऊललाई परमप्रभुले दिनुभएको आज्ञा के थियो (१ शमूएल १५:३)? ___________________________________________।

परमप्रभुले त्यस्तो आज्ञा दिनुको कारण के थियो (पढ्नुहोस्, व्यवस्था ७:१-६, विशेष गरी पद ४)? __________________ __________________________________________________________। कुन हिसाबमा शाऊलले उक्त आज्ञाको पालना गरेनन् (१ शमूएल १५:८-९)? __________________________________________________ ____________________________________। कुन हिसाबमा शाऊलले उक्त आज्ञाको पालना गरे (१ शमूएल १५:८-९)? _______________________। के शाऊलले आफूले आज्ञापालन गरें भनी ठाने (पद १३)? ________। शाऊलले भेडा र गाईगोरू किन बचाइराखे (पद १५)? ______________________________________________। शमूएलको विचारमा शाऊल प्रभुमा आज्ञाकारी भएका थिए (पद १९)? __________________। प्रभुले सबभन्दा कुन कुरा चाहनुहुन्छ (पद २२)? ________________________। के अनाज्ञाकारिता गम्भीर पाप हो (पद २३)? ________। के त्यो परमेश्वरको नजरमा टुनामुना र मूर्तिपूजा गर्नुजस्तै खराब कुरा हो? परमेश्वरले कसलाई इन्कार गर्नुभयो (पद २३)? ______________________।

मत्ती ८:२७ मा केले ख्रीष्टको आज्ञापालन गर्‍यो? __________________________________। अरु कसले उहाँको आज्ञापालन गरे (मर्कूस १:२७)? ________________________________। के मृतकहरूले उहाँको आज्ञापालन गर्छन् (यूहन्ना ११:४३-४४), १ थेस्सलोनिकी ४:१६)? __________। तसर्थ, आफ्ना सन्तानहरूले प्रेमसाथ आज्ञापालन गर्दै उहाँको सेवा गरोस् भनी राख्‍नुभएको परमेश्वरको माग के अनुचित हो? __________। के तपाईं प्रभु येशूलाई साँच्चै प्रेम गर्नुहुन्छ? के तपाईं उहाँको स्वर सुन्न दिनहुँ बाइबल पढ्नुहुन्छ? के तपाईं उहाँको स्वर सुन्दै आज्ञापालन गर्न रूचाउनुहुन्छ? के तपाईं परमेश्वरको वचनअनुसार जिउन प्रयास गर्नुहुन्छ? के तपाईं प्रभुले जे आज्ञा दिनुहुन्छ त्यहीअनुसार गर्न इच्छुक हुनुहुन्छ? परमेश्वरका आज्ञाहरू तपाईंकै भलाइका निम्ति हुन् भनी के तपाईं साँच्चै विश्वास गर्नुहुन्छ? के तपाईं परमेश्वरको एक आज्ञाकारी छोरा वा छोरी भई जिउँदै हुनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

६. एउटा साँचो विश्वासी पापमा जिइरहँदैन तर उसले धर्मी जीवन जिउँदछ (१ यूहन्ना ३:७-८)

साँच्चै नयाँ गरी जन्मेको व्यक्तिले ________________को काम गर्दछ (१ यूहन्ना २:२९)। त्यो व्यक्ति जसले पाप गर्दछ (१ यूहन्ना ३:६, शब्दार्थः “पाप गर्दछ” वर्तमान कालमा छ जसको अर्थ हुन्छ “पाप गरिरहन्छ, पापमा लागिरहन्छ”), उसको बारेमा हामी कुन दुई कुरा जान्दछौं? १) ________________________ ________________________ २) ______________________________________________। साँच्चै धर्मी ठहरिएको व्यक्ति (अर्थात् ख्रीष्ट जति धर्मी हुनुहुन्छ उत्तिकै धर्मी ठहरिएको व्यक्ति) ले ________________को काम गर्दछ (१ यूहन्ना ३:७)। पाप गरिरहने व्यक्तिको विषयमा हामी के जान्दछौं (१ यूहन्ना ३:८)? ____________________________________। हरेक जो साँच्चै परमेश्वरबाट ______________ छ, उसले पाप गरिरहँदैन … र उसले ________ गर्न सक्दैन, (अर्थात्, “उसले पाप गरिरहन सक्दैन, उसले निरन्तर पाप गर्न सक्दैन”) किनभने ऊ ____________________बाट ______________ हो” (१ यूहन्ना ३:९)। मुक्ति नपाएको व्यक्तिले एकातिर आफ्नो भाइलाई घृणा गर्दछ भने अर्कोतिर उसले __________________को काम गर्दैन (१ यूहन्ना ३:१०)। नयाँ गरी जन्मेको व्यक्तिले ________ गर्दैन (१ यूहन्ना ५:१८, वर्तमान कालको अर्थ, “उसले पाप गरिरहँदैन”)।

मुक्ति नपाएको कुनै व्यक्तिलाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ (ठीक उत्तरलाई चिन्ह लगाउनुहोस्)?

(क) “तपाईंले पापमा निरन्तर जिउन छाड्नुपर्छ!” (दाँज्नुहोस्, उत्पत्ति १९:७)
(ख) “तपाईंले एक धर्मी जीवन जिउन थाल्नुपर्छ!”
(ग) “तपाईं नयाँ गरी जन्मनुपर्छ!” (यूहन्ना ३:७)

एक व्यक्ति साँच्चै प्रभुको हो भने (हेर्नुहोस्, २ तिमोथी २:१९), उसले ____________को नाम लिने काम मात्र गर्दैन तर ऊ ____________बाट ____________ रहन्छ। गलाती ५:१९-२१ को सूचीअनुसारका कामहरू गरिरहने व्यक्तिको विषयमा हामी के जान्दछौं? _______________________________________________ __________________________________।

जसको जीवन अधर्मले भरिएको छ, उसको बारेमा हामी के भन्न सक्छौं (१ कोरिन्थी ६:९-१०)? __________________________________________________।

पावलले यस प्रश्नको जवाफ कसरी दिन्छन्: “अनुग्रह प्रशस्त होस् भनेर के हामी पापमा लागिरहौं?” (रोमी ६:१-२) ____________ ____________ (अक्षरशः “त्यसो नहोस्! “)। हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? ____________ ____________। शारीरिक मानिस (१ कोरिन्थी २:१४) ले हृदयमा यसरी विचार गर्दछः “परमेश्वर आफ्ना दुष्ट सन्तानहरू प्रति कति अनुग्रही र धैर्यवान् हुनुहुन्छ भनी सबैलाई देखाउनका लागि मुक्ति पाएको एक व्यक्ति पापमा निरन्तर जिउनुपर्दछ।” के साँचो विश्वासीमा हुनुपर्ने धारणा यही हो? ____________। परमेश्वरको अनुग्रहले उसलाई दुइटा कुरालाई इन्कार गर्न सिकाउँदछ (तीतस २:११-१२) भनेर एउटा आत्मिक मानिस (१ कोरिन्थी २:१५-१६) ले महसुस गर्दछ:

१. ____________________________
२. ____________________________

त्यही अनुग्रहले उसलाई यसरी जिउन सिकाउँछः

१. ____________________________
२. ____________________________
३. ____________________________

हामीलाई परमेश्वरको अनुग्रहले कसरी जिउन सिकाउँछ? यहाँ केही उदाहरणहरू छन्:

  1. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई क्षमा दिनुभएको छ (एफेसी ४:३२) र यसले हामीलाई एकअर्कालाई ________ गर्नुपर्छ भनी सिकाउँछ!
  2. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई प्रेम गर्नुभएको छ (यूहन्ना १३:३४) र यसले हामीलाई एकअर्कालाई ________ गर्नुपर्छ भनी सिकाउँछ!
  3. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई आफ्नो पुत्र जत्तिकै धर्मी ठहराउनुभएको छ (१ यूहन्ना ३:७, दाँज्नुहोस्, रोमी ३:२४) र यसले हामीलाई हामी एक ________ जीवन बिताउनुपर्छ भनी सिकाउँछ (दाँज्नुहोस्, १ पत्रुस २:२४)।
  4. परमेश्वरले आफ्नो अनुग्रहमा एक मानिस बनेर आफूलाई नम्र तुल्याउनुभयो, यहाँसम्म कि उहाँ क्रूसमा मर्न जानुभयो (फिलिप्पी २:५-८) अनि यसले हामीले आफूलाई नम्र तुल्याउनुपर्छ र ________का (फिलिप्पी २:४) कुराहरूलाई ध्यान दिनुपर्छ भनी सिकाउँदछ।
  5. परमेश्वर आफ्नो अनुग्रहमा हामीप्रति कृपालु हुनुभएको छ (रोमी १२:२) र यसले हामीलाई हामीले आफ्ना ____________________ ____________________ ________________को रूपमा चढाउनुपर्छ भनी सिकाउँदछ!
  6. परमेश्वरले आफ्नो अनुग्रहमा हामीलाई पवित्र हुनलाई आफूकहाँ बोलाउनुभएको छ (एफेसी ४:१), र यसले हामीलाई हामीहरू जुन बोलावटले ________________________ छौं, त्यसैको ____________ चालमा हिँड्नुपर्छ भनी सिकाउँदछ! के तपाईं ठीक विचार, ठीक काम, ठीक बोली र ठीक हिँडाइको जीवन जिउँदै हुनुहुन्छ? के तपाईं अधर्मबाट अलग हुनुभएको छ? के तपाईंले आफ्नो दैनिक जीवनमा पापको सामर्थ्यबाटको छुटकारा पाइरहेको आनन्द अनुभव गर्दै हुनुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

७. एउटा साँचो विश्वासी पापमा जिउन रूचाउँदैन (२ पत्रुस २:७-८)

यदि हामी उहाँका प्रिय ____________________झैं ____________________का ________________ ____________ (एफेसी ५:१) हुने हौं भने परमेश्वरले प्रेम गर्नुहुने कुराहरूलाई हामीले ________ गर्नुपर्छ र परमेश्वरले घृणा गर्नुहुने कुराहरूलाई हामीले ________ गर्नुपर्छ! प्रभु येशु कुन कुरालाई प्रेम गर्नुहुन्छ (हिब्रू १:८-९)? ______________________। उहाँ कुन कुरालाई घृणा गर्नुहुन्छ (हिब्रू १:९)? ____________________। यसकारण हामीले ____________लाई ________, ____________लाई ________ गर्नुपर्छ (आमोस ५:१५)। विश्वासीहरूले घृणा गर्नुपर्ने कुरा के हो (रोमी १२:९)? ____________________। प्रभुलाई साँच्चै प्रेम गर्नेहरूले के गर्नेछन् (भजनसंग्रह ९७:१०)? ______________________________________________। साँच्चै प्रभुको डर मान्नेहरूले के गर्नेछन् (हितोपदेश ८:१३)? ________________________________________________ ________________________। परमेश्वरको वचनलाई हामी साँच्चै प्रेम गर्दछौं भने हामी कुन‍ तीनओटा कुराहरूलाई घृणा गर्नेछौं (भजनसंग्रह ११९:१०४,११३,१२८,१६३)? १. ________________________________ २. __________________________________ ३. __________________________________।

अब्राहामबाट छुट्टिएर लोतले आफ्नो पाल कुनचाहिँ शहरतिर सारे (उत्पत्ति १३:११‍-१२)? __________। उक्त शहरका मानिसहरूलाई कसरी बयान गरिएको छ (उत्पत्ति १३:१३)? ______________________________ __________________। लोत कस्ता मानिस थिए (२ पत्रुस २:७-८)? __________। सदोम र गमोराको कुनचाहिँ कुरा परमेश्वर घृणा गर्नुहुन्थ्यो (उत्पत्ति १८:२०)? __________________________। त्यहाँ पचास धर्मीजन भेटिएमा के परमेश्वरले उक्त शहरलाई नाश गर्नुहुनेथ्यो? ______________________। के धर्मी न्यायकर्ताले कहिल्यै अन्याय गर्न सक्नुहुन्छ (उत्पत्ति १८:२५)? त्यहाँ केवल दश धर्मीजन भेटिएमा के परमेश्वरले उक्त शहरलाई नाश गर्नुहुनेथ्यो (उत्पत्ति १८:२७?३२)? के परमप्रभुले त्यो शहरलाई नाश गर्नुभयो (२ पत्रुस २:६; यहूदा ७)? ________________। उहाँले त्यसलाई कसरी नाश गर्नुभयो (उत्पत्ति १९:२४-२५)? ____________________________________________________________। परमेश्वरले उक्त शहर नाश गर्नुभएकोबाट हामीले के बुझ्न सक्छौं (दाँज्नुहोस्, उत्पत्ति १८:३२)? ________________________ ____________________________। प्रभुले लोतका निम्ति के गर्नुभयो (२ पत्रुस २:७; उत्पत्ति १९:१५-१६)? ______________________________________________। के लोतलाई सदोममा आफ्नो बसोबास आनन्ददायी लागेको थियो (२ पत्रुस २:७-८)? ____________। उक्त शहरमा बसोबास गर्ने क्रममा कुनचाहिँ दुइटा कुराले उनी विरक्त भएका थिए र आफू भित्र-भित्रै पीडित भएका थिए? १. (पद ७) __________________________________________ २. (पद ८) ______________________________________________________। लोतले सदोमका मानिसहरूलाई के सल्लाह दिए (उत्पत्ति १९:७)? ____________________________________________। यसले उक्त परिस्थितिमा कुनै सुधार ल्यायो? ____________।

जब परमेश्वरको जनले पाप गर्छ, त्यतिखेर पवित्र आत्मा ____________ बन्नुहुन्छ (एफेसी ४:३०) अनि परमेश्वरले आफ्नो सन्तानलाई ____________ दिनुपर्ने हुन्छ (हिब्रू १२:५-११) अनि परमेश्वरको त्यस सन्तानले आफ्नो ________लाई ______________ गर्नुपर्छ (१ यूहन्ना १:९)। पत्रुसको ठूलो पाप के थियो (लूका २२:५७)? ____________________________________________________। पत्रुस एउटा साँचो विश्वासी थिए भनेर हामीलाई कसरी थाह छ (लूका २२:६२)? ____________________________________________________। तपाईं आफ्नो जीवनमा पापप्रति कस्तो धारणा राख्‍ने गर्नुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच!!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासीका गुणहरू – भाग २

साँचो विश्वासीका गुणहरू – भाग २

 

२. एउटा साँचो विश्वासीले परमेश्वरको वचनको तृष्णा गर्दछ (१ पत्रुस २:२)

१ पत्रुस १:२३ मा हामी सिक्छौं, एक व्यक्तिले __________________को ____________द्वारा ________ ____________ पाएको हुन्छ। १ पत्रुस २:२ अनुसार नयाँ जन्म पाएको व्यक्ति एउटा ________ __________ ____________ जस्तै हुन्छ भनिएको छ। शिशुहरू कुन कुराको निम्ति औधी चाहना गर्छन् र जुन कुरा नपाउँदा उनीहरू छट्पटाउँछन् वा रून्छन्? ________। यदि कुनै शिशुलाई ________को चाहना छैन भने उसको कुनै न कुनै समस्या हुनुपर्छ! स्वस्थ शिशुलाई ________को ठूलो तृष्णा हुन्छ। त्यसरी नै नयाँ जन्म पाएको एक विश्वासीले कुन कुराको निम्ति बडो तृष्णा र चाहना गर्नुपर्दछ (१ पत्रुस २:२)? ____________________ ____________________________________। यदि एक विश्वासीलाई ______________________________________को कुनै तृष्णा छैन भने उसको कुनै न कुनै ____________ हुनुपर्छ! एक स्वस्थ विश्वासीलाई ______________________ ______________को तृष्णा हुनुपर्दछ। के आफ्नो बाइबल कहिल्यै पढ्न नचाहने ख्रीष्टियनको जीवनमा कुनै समस्या छ होला? __________। यदि एक विश्वासीलाई परमेश्वरको वचनको तृष्णा साँच्चै छ भने के उसले परमेश्वरको वचन अरू जान्नलाई एक बाइबलीय मण्डलीमा नियमित उपस्थित हुने इच्छा गर्नेछ? _____________।

साँच्चै नयाँ जन्म पाएको व्यक्तिले निम्न कुराहरू भन्न सक्नुपर्छ:

  1. “प्रभु, म साँच्चै तपाईंको वचनलाई ________ गर्दछु” (भ.सं. ११९:९७, ११३, ११९, १२७, १६७)।
  2. “प्रभु, तपाईंको वचन मेरो ______________ हो” (भ.सं. ११९:९७; भ.सं. १:२; भ.सं. ११९:१६,४७,१४३,१७४).
  3. “प्रभु, तपाईंको वचन ____________________ छन्” (भ.सं. ११९:१२९)।
  4. “प्रभु, मेरा आँखा खोलिदिनुहोस्, र म तपाईंको व्यवस्थाका ________________ कुराहरू देख्‍न सकूँ (भ.सं. ११९:१८)।
  5. “प्रभु, तपाईंको वचनले मेरा आँखालाई ____________ दिन्छ” (भ.सं. १९:८) अनि __________ प्रदान गर्छ (भ.सं. ११९:१८; साथै पद १०५ लाई २ पत्रुस १:१९ सित दाँज्नुहोस्) र ____________________ दिन्छ” (भ.सं. ११९:१३०)।
  6. “प्रभु, तपाईंको वचनले मेरो हृदयलाई ____________ तुल्याउँछन्” (भ.सं. १९:८; ११९:१११,१६२)।
  7. “प्रभु, तपाईंका वचनहरू संसारको सारा धन सम्पत्तिभन्दा बढी __________________ छन्! ” (भ.सं. ११९:७२)
  8. “प्रभु, तपाईंका वचनहरू सुनभन्दा पनि बढी ____________ गर्ने __________ छन्। तपाईंको वचन मेरो निम्ति कति अनमोल छ!” (भ.सं. १९:१०)।
  9. “प्रभु, तपाईंका वचनहरू चाकाबाट टप्कने महभन्दा बढी ____________ छन् अनि म मेरो पेटको निम्ति तयार गरिएको सबैभन्दा स्वादिष्ठ भोजनको भन्दा तपाईंको वचनकै स्वाद लिन इच्छा गर्दछु!” (भ.सं. १९:१०; भ.सं. ११९:१०३)।
  10. “प्रभु, साँच्चै म तपाईंको वचनको ________________ छु” (भ.सं. ११९:४०, १३१)।

टिप्पणीः यदि कसैले प्रत्येक दिन भजन संग्रह ११९ को एउटा पदलाई मनन गर्दछ भने, उसले यो अनमोल भजनलाई (जो बाइबलकै सबैभन्दा लामो अध्याय हो) एक वर्षमा दुई पटक दोहोर्‍याउन सक्नेछ!

३. एउटा साँचो विश्वासीले स्वर्गमा बस्नुहुने आफ्नो पितासँग प्रार्थना गर्दछ (रोमी ८:१५-१६)

एउटा दूधे बालक रूँदा उसले आफूभित्र भएको जीवनलाई एक किसिमले व्यक्त गरिरहेको हुन्छ। उसलाई भोक लाग्दा, कतै दुख्दा, दिसा-पिसाब गर्दा, असजिलो हुँदा, ऊ रून्छ। रूवाईकै कारण यो प्रमाणित हुन्छ, ऊ निश्चय ____________ छ! के मरेका बच्चा रून्छन्? ______________। त्यसरी नै जब एक व्यक्ति परमेश्वरको परिवारमा जन्मिन्छ (गलाती ३:२६), उसले एउटा नयाँ, अपूर्व सम्बन्धको स्वाद पाउँदछ! अब उसले यसो भन्दै पुकार्न सक्दछ, “हे __________! हे ________!” (रोमी ८:१५; गलाती ४:६; दाँज्नुहोस् मर्कूस १४:३६)! अब एकमात्र __________ ____________________ (यूहन्ना १७:३) लाई उसले व्यक्तिगत रूपमा चिन्दछ र उहाँसँग उसको सम्बन्ध गाँसिएको हुनाले उसले उहाँलाई आफ्नो ____________ ________ (मत्ती ६:३२) भनी सम्बोधन गर्न सक्दछ। अब उसले ________ ________________का निम्ति ______________ ________________ चढाउन सक्दछ (एफेसी ५:२०)। परमेश्वरको प्रत्येक सन्तानको सबै पाप पूर्ण रूपले धोइएका र क्षमा गरिएका हुनाले (हिब्रू १०:१७) ऊ परमेश्वरको ____________मा ________ सक्दछ अनि ऊ साहससँग ______________को ______________को नजिक ____________ सक्दछ र ________ पाउन सक्दछ, अनि ________ पर्दा सहायता पाउनलाई ______________ प्राप्‍त गर्न सक्दछ (हिब्रू ४:१६)। जब विश्वासी जन परमेश्वरको नजिक आउँदछ तब परमेश्वरले के गर्ने प्रतिज्ञा दिनुभएको छ (याकूब ४:८; दाँज्नुहोस् जकरिया १:३)? ________________________________________________________।

प्रार्थना भनेको जीवित परमेश्वरसँग बातचीत गर्नु हो! जसरी एउटा बालकले बोल्न सिक्नुपर्छ, त्यसरी नै एउटा विश्वासी जनले परमेश्वरसँग ____________ गर्न सिक्नुपर्छ! लूका ११:१ मा चेलाहरूले प्रार्थना गरेजस्तै हामीले पनि प्रार्थना गर्नुपर्दछः “हे प्रभु, मलाई ____________ ______ ____________________।” एउटा बालकले बोलेर नै बोल्न सिक्छ (यद्यपि शुरूमा उसको तोतेबोलीको खासै अर्थ नहोला)! एक विश्वासी जनले ____________ गर्दै गरेर नै प्रार्थना गर्न सिक्दछ! विश्वासी जनले जति प्रार्थना गर्दछ त्यति नै सजिलो हुँदै जान्छ! कुनै बालक बोल्नै नसिकी ठूलो भयो भने के त्यो एक समस्याजनक कुरो होइन? ____। यदि कसैले आफू परमेश्वरको सन्तान भएको दाबी गर्दछ तर कहिल्यै प्रभुसँग बोल्दैन भने, के तपाईं त्यहाँ कुनै न कुनै समस्या छ भन्ने ठान्नुहुनेछ? ____________।

४. एउटा साँचो विश्वासीले आफ्ना ख्रीष्टियन दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रेम गर्दछ (१ यूहन्ना ३:१४)

प्रभु येशूले हामीलाई भन्नुभएको छ, एक साँचो विश्वासी __________बाट ____________मा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)। म __________बाट ____________मा सरिसकेको छु कि छैन भनी मैले कसरी जान्न सक्छु? परमेश्वरको जवाफ १ यूहन्ना ३:१४ मा पाइन्छः हामी ______________ हामी __________बाट ____________मा सरिसकेका छौं, किनभने हामी ________________लाई ________ गर्छौं। जसले आफ्नो भाइलाई ________ गर्दैन, त्यो व्यक्ति __________बाट ____________मा सरिसकेको छैन किनभने त्यो __________मा रहिरहन्छ (१ यूहन्ना ३:१४)।

जुन व्यक्ति शैतानको सन्तान हो उसको जीवनमा निम्न दुई कुराहरू भेटिन्छन् (१ यूहन्ना ३:१०):

  1. ऊ एक धर्मी जीवन जिउँदैन
  2. उसले _________________________________________ गर्दैन।

परमेश्वरले विश्वासी जनलाई कुनचाहिँ समाचार दिनुभएको छ (१ यूहन्ना ३:११)? ______________________________________। १ यूहन्ना ३:१२ मा सिक्छौं, कयिन (उत्पत्ति ४:१-११ हेर्नुहोस्) __________को सन्तान थियो किनकि कयिनको जीवनमा निम्न दुई कुराहरू भेटिए (१ यूहन्ना ३:१२):

  1. कयिनले धर्मी जीवन बिताएन भन्ने हामीलाई थाह छ, किनभने त्यसका आफ्ना कामहरू __________ ________।
  2. कयिनले आफ्नो भाइलाई प्रेम गरेन भन्ने हामीलाई थाह छ, किनभने __________________________________ __________________________________।

के कयिनले हाबिललाई घृणा गरे? ________। ________को पापले अन्तमा हत्याको पापमा पुर्‍यायो! मत्ती ५:२१-२२ सित तुलना गर्नुहोस्। हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, त्यो ________________ हो (१ यूहन्ना ३:१५)। हत्याराको बारेमा हामी के जान्दछौं (१ यूहन्ना ३:१५)? ______________________________ ________________________। हामीले हाम्रा भाइहरूका निम्ति आफ्ना प्राणहरू किन अर्पण गर्नुपर्छ (१ यूहन्ना ३:१६)? ____________________________________________।

१ यूहन्ना ३:१७ पढेर ठीक कि बेठीक छुट्टयाउनुहोस्:

__________ यहाँ कुनै व्यक्तिले आफ्नो भाइलाई एउटा वास्तविक खाँचोमा परेको देखेको कुरा उल्लेख छ।
__________ उक्त व्यक्तिसँग त्यो खाँचो पूरा गरिदिने क्षमता छ।
__________ उक्त व्यक्ति त्यो खाँचो पूरा गरिदिन तत्पर छ।
__________ उक्त व्यक्तिले त्यो खाँचो पूरा गरिदिन इन्कार गर्छ।
__________ उक्त व्यक्तिमा परमेश्वरको प्रेमले वास गर्दछ।
__________ उक्त व्यक्ति एक साँचो विश्वासी नै हुनुपर्छ।
__________ उक्त व्यक्ति याकूब २:१५-१६ मा उल्लेख गरिएको व्यक्तिसँग मेल खान्छ।

हामीले कसरी प्रेम गरेको परमेश्वर चाहनुहुन्छ (१ यूहन्ना ३:१८)? ______________________________। हामी ख्रीष्टमा विश्वास गर्नेहरू भएका हुनाले, हामीले के गरिरहनुपर्छ (१ यूहन्ना ४:७)? ______________ ____________________________________________। हामीले यसो किन गर्नुपर्छ (१ यूहन्ना ४:७)? ____________ ____________________________________________। साँचो प्रेम गर्ने व्यक्तिको जीवनमा दुइटा कुरा सत्य हुन्छन् (१ यूहन्ना ४:७):

  1. ऊ ________________बाट ______________ हो
  2. उसले __________________लाई __________ (यूहन्ना १७:३ सित दाँज्नुहोस्)।

प्रेम नगर्ने व्यक्तिको विषयमा हामीले के भन्न सक्छौं (१ यूहन्ना ४:८)? ____________________________ ______________। परमेश्वर के हुनुहुन्छ (१ यूहन्ना ४:८)? ________। यसकारण, प्रिय बालकहरूझैं हामीले परमेश्वरका देखासिकी गर्दछौं भने (एफेसी ५:१), हाम्रो जीवनमा कुन कुरा पाइनेछ? ________। परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भनी हामी कसरी जान्दछौं (१ यूहन्ना ४:९-१०)? _________________________________________ _________________________________________। के यसरी नै परमेश्वरले हामीलाई प्रेम गर्नुभएको हो (१ यूहन्ना ४:११; यूहन्ना ३:१६ सित दाँज्नुहोस्)? ________। १ यूहन्ना ४:११ अनुसार हामीले एकअर्कालाई किन प्रेम गर्नुपर्दछ? __________________________________________ ________________________। हामी किन प्रेम गर्दछौं (१ यूहन्ना ४:१९)? __________________________________________________________। परमेश्वरलाई प्रेम गर्छु भन्ने तर आफ्नो भाइलाई चाहिँ घृणा गर्ने व्यक्ति कस्तो व्यक्ति हो (१ यूहन्ना ४:२०)? __________________। आफूले देखेको आफ्नो भाइलाई घृणा गर्ने व्यक्तिले आफूले नदेखेका परमेश्वरलाई के साँच्चै प्रेम गर्दछ (१ यूहन्ना ४:२०)? ____________। परमेश्वरलाई साँच्चै प्रेम गर्ने व्यक्तिले __________________________________________________________ (१ यूहन्ना ४:२१)। कृपया १ यूहन्ना २:९-११ पनि पढ्नुहोस्।

यूहन्ना १३:३४ मा, आफू क्रूसमा मर्नुभन्दा अघिल्लो रात, प्रभु येशूले आफ्ना चेलाहरूलाई एउटा नयाँ आज्ञा दिनुभयो — “तिमीहरूले एक-अर्कालाई ________ गर; ___________________________________________ ____________________, उसरी नै तिमीहरूले पनि एक-अर्कालाई प्रेम गर।” एफेसी ४:३२ ले हामीलाई सिकाउँछ, जसरी ____________________ले हामीहरूलाई क्षमा गर्नुभएको छ, उसरी नै हामीहरूले पनि ________________लाई क्षमा गर्नुपर्छ! यदि ख्रीष्टले तपाईंजस्तो घीनलाग्दो पापीलाई प्रेम गर्न सक्नुभयो भने (रोमी ५:६ -८), के तपाईंले ख्रीष्टमा भएका आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्न सक्नुहुन्छ? __________। यदि ख्रीष्टले तपाईंका सबै ______________________ (कलस्सी २:१३) क्षमा गर्न सक्नुभयो भने के तपाईंले तपाईंलाई खराबी गरेकाहरूलाई क्षमा गर्न सक्नुहुन्छ? ____________।

हामी ख्रीष्टका साँचा चेलाहरू हौं भनेर संसारले कसरी चिन्नेछन् (यूहन्ना १३:३५)? ________________ ________________________________।

यदि कसैले ख्रीष्टमा भएका आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेम गर्दछ भने, के उसले तिनीहरूसँगै एक बाइबलीय मण्डलीमा भेला हुने इच्छा गर्नेछ (हिब्रू १०:२५ र प्रेरित २:४२ सित दाँज्नुहोस्)? ____________। के शुरुको मण्डलीले प्रेममा एक-अर्काको वास्ता गर्थ्यो (प्रेरित २:४४-४५)? ____________।

के तपाईं पवित्र जनहरूलाई साँच्चै प्रेम गर्नुहुन्छ? के तपाईं अरु विश्वासीहरूका निम्ति आफ्नो प्राण अर्पण गर्नुहुन्छ? के तपाईंले आफैलाई अरुका निम्ति दिने गर्नुहुन्छ? के तपाईं उहाँहरूलाई काम र सत्यतामै प्रेम गर्नुहुन्छ? के तपाईं उहाँहरूका निम्ति प्रार्थना गर्नुहुन्छ? के तपाईं उहाँहरूलाई हर प्रकारले सहायता गर्ने प्रयास गर्नुहुन्छ? के तपाईं सकेसम्म धेरै पटक परमेश्वरका जनहरूसँगै भेला हुने गर्नुहुन्छ? ख्रीष्टले तपाईंलाई प्रेम गर्नुभएको कारण तपाईं उहाँहरूलाई प्रेम गर्ने गर्नुहुन्छ? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)