Entries by Pradesh Shrestha

मुक्तिका उपलब्धिहरू – भाग ३क

मुक्तिका उपलब्धिहरू – भाग ३ (क)

४) म पवित्र पारिएँ (Sanctification) – १ कोरिन्थी १:२; १:३०

अब हामी बाइबलीय पवित्रीकरण (अलगपनता) बुझ्नलाई छओटा तथ्यहरूको अध्ययन गर्नेछौं:

तथ्य १ — पवित्रीकरण (अलगपनता) को आधार परमेश्वरकै स्वभाव हो

यशैया ६:३ मा सराफहरूले परमेश्वर कस्तो हुनुहुन्छ भनी बयान गर्न एउटा शब्द तीन पटक प्रयोग गरे। त्यो शब्द कुन हो? __________________। प्रकाश ४:८ मा पनि यस्तै बयान पाइन्छ? ______। “पवित्र” को अर्थ हो, “अलग गरिएको, छुट्टयाइएको, अलग्गै”। त्यसैले यशैया ६:३ लाई यसरी अनुवाद गर्न सक्छौं: “परमप्रभु, अलग्गै, अलग्गै, अलग्गै हुनुहुन्छ।” परमेश्वर कुन हिसाबमा अलग्गै हुनुहुन्छ? यस प्रश्नको उत्तर हामी दुई तरिकाले दिन सक्छौं:

१) परमेश्वर संसार र सृष्टि गरिएका सबै थोकदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ।

के परमेश्वर स्वयंको सृष्टि कहिल्यै भएको थियो (तुलना गर्नुहोस् यूहन्ना १:१)? ____________। के परमप्रभुको कहिल्यै शुरूआत भएको थियो (भजनसंग्रह ९०:२)? ______________। यदि एक्कासि सारा सृष्टि अलप भए के परमेश्वर अझै परमेश्वर नै भइरहनुहुन्छ (मलाकी ३:६)? ____________________। यशैया ५७:१५ मा परमप्रभुको बयान यसरी गरिएको छ — “________________ जीवित हुनुहुने, ____________ र ____________ जसको नाउँ ______________ हो।” यशैया ६:१ मा हामी सिक्छौं, यशैयाले परमप्रभुलाई ____________ र ____________ सिंहासनमा विराजमान हुनुभएको देखे। सृष्टिकर्ता उच्च हुनुहुन्छ कि सृष्टि गरिएका थोकहरू? __________________। रोमी १:१९-२५ पढ्नुहोस्। मानिसले कसको उपासना र सेवा गर्नुपर्छ, सृष्टिकर्ताको कि सृष्टिको? __________________। प्रस्थान २०:३-५ पढ्नुहोस्। हामीले आकाश, पृथ्वी वा समुद्रमा भएको कुनै थोकलाई मूर्तिको रूपमा खोपेर परमेश्वरको पक्का प्रतिरुप उतार्न के सम्भव छ होला? __________। त्यसो भए परमेश्वर सृष्टि गरिएका सबै थोकबाट पूर्ण रूपमा भिन्न र अलग हुनुहुन्छ भन्ने कुरा सत्य हो? __________।

२) परमेश्वर सबै अशुद्घ कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। अर्थात् परमेश्वर सबै पापपूर्ण कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ।

जब यशैयाले परमेश्वरको पवित्रताको दर्शन देखे (यशैया ६:१-३), उनले आफ्नो विषयमा के महसुस गरे (यशैया ६:५)? ________________________________। भजनसंग्रह २४:३‍-४ अनुसार, परमेश्वरको पवित्र स्थानमा को खडा हुन सक्छ? ________________________ _____। परमेश्वरमा पापको अन्धकार कति मात्रामा छ (१ यूहन्ना १:५)? ____________________। भजनसंग्रह २२:१ र मत्ती २७:४५-४६ पढ्नुहोस्। येशूले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुहुँदा (१ पत्रुस २:२४) परमेश्वर पिताले आफ्नो प्रिय पुत्रलाई किन त्याग्नुभयो? ख्रीष्ट हाम्रा निम्ति पाप तुल्याइनुहुँदा (२ कोरिन्थी ५:२१) परमेश्वर पिताले आफूलाई आफ्नो एकमात्र जन्माइएको (अद्वित्तीय) पुत्रदेखि किन अलग गर्नुभयो? यी प्रश्नहरूको उत्तर भजनसंग्रह २२:३ मा पाइन्छः ________________________________। हामीलाई यस्तो पवित्र परमेश्वरदेखि अलग गर्ने कुरा के हो (यशैया ५९:२)? ____________________।

त्यसैले, परमेश्वरको पवित्रता भन्नाले यो बुझिन्छ, १) परमेश्वर सृष्टि गरिएका सब थोकदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ, र २) परमेश्वर सबै पापपूर्ण कुराहरूदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। हामी सृष्टि गरिएका सब थोकबाट अलग हुन असम्भवै छ। केवल सृष्टिकर्ता मात्रै सारा सृष्टिदेखि पूर्ण रूपमा अलग हुनुहुन्छ। यस अर्थमा हामी कहिल्यै पवित्र हुन सक्दैनौं। तरैपनि, परमेश्वरको अनुग्रहले एउटा विश्वासी सबै पापपूर्ण कुराहरूदेखि भने अलग हुन सक्छ। वास्तवमा, हामीलाई सबै पापपूर्ण कुराहरूदेखि अलग हुन आज्ञा नै दिइएको छ!! यो आज्ञा १ पत्रुस १:१६ मा पाइन्छः “तिमीहरू ____________ होओ।” यस पदअनुसार, हामी किन पवित्र (अलग) हुनुपर्छ? __________________________________________________। एउटा विश्वासीले उहाँको पवित्रताको देखासिकी गरेको के परमेश्वर चाहनुहुन्छ (तुलना गर्नुहोस्, एफेसी ५:१)? ________________। लेवी ११:४४-४५ अनुसार, के पुरानो नियमका विश्वासीहरूलाई पनि यो आज्ञा दिइएको थियो? __________। यसरी पवित्रीकरण (अलगपनता)को बाइबलीय शिक्षालाई अध्ययन गर्ने क्रममा हामीले स्वयम् परमेश्वरदेखि शुरू गर्नुपर्छ अनि सधैं उहाँको पवित्रता र उहाँको पवित्रीकरण (अलगपनता)को तथ्यलाई हाम्रो सामु राख्‍नुपर्छ!!!! पवित्र!!! पवित्र!!!! पवित्र!!!!!

तथ्य २ ‍‍– हरेक विश्वासी अलग गरिएको छ

परमेश्वरले हामीलाई केका निम्ति बोलाउनुभएको होइन (१ थेस्सलोनिकी ४:७)? ________________। उहाँले हामीलाई केका निम्ति बोलाउनुभएको हो? __________________। (१ थेस्सलोनिकी ४:३-४ पनि हेर्नुहोस्)। यसरी परमेश्वरले हामीलाई उहाँतर्फ अलग हुनलाई बोलाउनुभएको हो!!

रोमी १:१ अनुसार, पावल के हुनलाई बोलाइएका थिए? ______________________________। के पावल साँच्चै प्रेरित थिए (हेर्नुहोस्, २ कोरिन्थी १:१ र एफेसी १:१)? ____________। रोमी १:७ अनुसार, रोममा भएका विश्वासीहरू के हुनलाई बोलाइएका थिए? ______________। त्यसो भए, यी विश्वासीहरू साँच्चै पवित्र थिए? ____________। “पवित्र जन” को अर्थ हो, “पवित्र व्यक्ति, अलग गरिएको व्यक्ति, छुट्टयाइएको व्यक्ति”।

१ कोरिन्थी २:१५-३:४ पढ्नुहोस्। कोरिन्थका विश्वासीहरू कस्ता थिए, आत्मिक कि शारीरिक? __________________। अब छक्कलाग्दो कुरो के छ भने, १ कोरिन्थी १:२ अनुसार, यिनै विश्वासीहरू ______________ ________ हुनलाई बोलाइएका थिए!! अझ त्यहाँ यो पनि बताइएको छ, तिनीहरू “________ ________मा ______________ ________________ (अलग गरिएका, छुट्टयाइएका) __________।” १ कोरिन्थी १:३० मा हामी पाउँछौं, ख्रीष्ट येशू______ यी विश्वासीहरूले बुद्धि धार्मिकता र छुटकारा मात्र नभएर ________________ पनि पाएका थिए। १ कोरिन्थी ६:११ अनुसार कोरिन्थका यी विश्वासीहरू पहिले घिनलाग्दा पापीहरू थिए (पद ९-११) तर अब उनीहरू धोइएका थिए, ______________ पारिएका थिए, धर्मी ठहरिएका (धर्मी भनी घोषणा गरिएका) थिए! त्यसैले, उनीहरूको व्यावहारिक जीवनलाई हेदा कोरिन्थका यी विश्वासीहरू ________________ थिए, तर परमेश्वरले उनीहरूलाई ख्रीष्टमा (१ कोरिन्थी १:२) देख्‍नुभएअनुसार उनीहरू ________________ थिए।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

 ________ कोरिन्थ शहरका सबै विश्वासीहरू परमेश्वरतर्फ अलग भई पवित्र जीवन बिताउँदै थिए।

________ कोरिन्थ शहरका सबै विश्वासीहरू पवित्र जन थिए।

एफेसी १:१ र फिलिप्पी १:१ मा एफेसस र फिलिप्पीमा भएका विश्वासीहरूलाई ______________ __________ भनिएको छ। यदि पावलले तपाईंको मण्डलीलाई पत्र लेखेका भए, त्यो पत्रको शुरू शायद यसरी हुनेथ्यो: “____________________________मा भएका ____________ ________________ (पवित्र व्यक्तिहरू, अलग गरिएकाहरू) लाईः हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई ________________ र ____________।” कलस्सी १:१-२ पढेर ठीक कि बेठीक छुट्टयाउनुहोस्: एफेसस र फिलिप्पीका विश्वासीहरू लाई “पवित्र जनहरू” भनी सम्बोधन गरियो तर कलस्सेका विश्वासीहरूलाई गरिएन। ____________।

हिब्रू ३:१ मा विश्वासीहरूलाई कुन शब्दहरूले बयान गरिएको छ? प_________ भा______________। कलस्सी ३:१२ अनुसार हरेक विश्वासीको बारेमा तीन कुराहरू सत्य छन्। हरेक विश्वासी १) परमेश्वरको ________________ २) ____________ ३) ____________ हुन्छ (परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ किनकि हामी परमेश्वरको प्रियमा छौं — हेर्नुहोस्, एफेसी १:६ र मत्ती ३:१७)। १ पत्रुस २:९ मा हरेक विश्वासीको बारेमा अरु चार कुराहरू सिक्छौं। हामी विश्वासीहरू निम्नअनुसार हौं —

१) ________________ वंश

२) एउटा राजकीय __________________ को समाज (हामी हरेक विश्वासी पूजाहारी हौं अनि हामीले परमेश्वरलाई हिब्रू १३:१५-१६ मा उल्लेखित बलिदानहरू चढाउन सक्छौं)

३) एउटा ______________ जाति

४) निज प्रजा (अर्थात् उहाँकै प्रजा — हेर्नुहोस्, तीतस २:१४)।

ठीक कि बेठीकः ____________ हरेक विश्वासी पवित्र हुन्छ। ____________ हरेक विश्वासीले दिनहुँ पवित्र जीवन बिताउँछ। (तुलना गर्नुहोस्, २ कोरिन्थी ७:१; कलस्सी ३:८-९)।

हामीले पाठको शुरूमा “पवित्र” को अर्थ “अलग गरिएको, छुट्टयाइएको” हो भन्ने सिक्यौं। यसको अर्थ बुझ्नलाई एउटा उदाहरणस्वरुप बाइबललाई लिऊँ जसलाई प्रायः “पवित्र बाइबल” भनिन्छ। रोमी १:२ मा बाइबललाई “____________ __________________” भनिएको छ। हाम्रो बाइबल “पवित्र” छ भन्नुको तात्पर्य यसले कहिल्यै पाप गर्दैन भनेको होइन! एउटा पुस्तकले पाप गर्न सक्दैन, त्यो फोहोरै भएपनि! केवल मानिसहरू पाप गर्न सक्छन्! हाम्रो बाइबल पवित्र छ किनकि यो अन्य सबै पुस्तकहरूदेखि “अलग” छ! परमेश्वर-निश्वासित पुस्तक केवल बाइबल मात्रै हो (२ तिमोथी ३:१६)! यसरी बाइबल अद्वित्तीय छ र अरु हरेक पुस्तकबाट फरक छ। अब, ख्रीष्टमा भएको एक विश्वासीको निम्ति यसरी नै अर्थ लगाऔं। परमेश्वर भन्नुहुन्छ, हरेक विश्वासी पवित्र छ (हिब्रू ३:१; कलस्सी ३:१२); त्यसैले हरेक विश्वासीलाई “अलग गरिएको” छ र फरक तुल्याइएको छ। परमेश्वरले एक-एक विश्वासीलाई अलग गर्नुभएको छ! निम्नमध्ये ठीक भनाइहरूलाई मात्र गोलो चिन्ह लगाउनुहोस् (बेठीक भए चिन्ह नलगाउनुहोस्!) —

(क) हरेक विश्वासी पवित्र हुन्छ
(ख) हरेक विश्वासी अलग गरिएको छ
(ग) हरेक विश्वासी अलग हुन्
(घ) हरेक विश्वासीलाई फरक तुल्याइएको छ
(ङ) हरेक विश्वासी पवित्र जीवन बिताउँछ
(च) हरेक विश्वासी एक पवित्र जनझैं जिउँछ

तथ्य ३ — आफू अलग गरिएको हुनाले हरेक विश्वासी एक पवित्र जीवन बिताउन जिम्मेवार छ।

यसको मतलब, पवित्र जन पवित्रतामा जिउनुपर्छ! परमेश्वरतर्फ अलग गरिएका हुनाले हामीले अलग जीवन बिताउनुपर्छ।

एफेसी ४:१ मा यी शब्दहरू पाउँछौं — “यसकारण म, प्रभुको कैदी, तिमीहरूलाई बिन्ती गर्दछुः जुन बोलावटले तिमीहरू __________________ छौ, त्यसैको योग्य चालमा __________।”

ख्रीष्टमा विश्वास गर्नेहरूको बोलावट ज्यादै महान् छ! उहाँले हामीलाई बचाउनुहुँदा परमेश्वरले हामीलाई अलग गर्नुभयो र आफूकहाँ बोलाउनुभयो! १ कोरिन्थी १:९ अनुसार हामी केमा बोलाइएका छौं? __________________________। बाइबलले यस अचम्मको बोलावटलाई तीन प्रकारले बयान गरेको छ। हामी विश्वासीहरूको बोलावट उ______ (फिलिप्पी ३:१४), स्__________ (हिब्रू ३:१) र प__________ (२ तिमोथी १:९) बोलावट हो। १ थेस्सलोनिकी ४:७ अनुसार, परमेश्वरले हामीलाई केका निम्ति बोलाउनुभएको हो? __________________। के हामी आफ्नो पवित्र बोलावटको योग्य चालमा हिँड्नु परमेश्वरको इच्छा हो (एफेसी ४:१)? ______________।

एफेसी ४:१ मा “योग्य” अनुवाद गरिएको ग्रीक शब्द “जोख्‍नु” भन्ने शब्दबाट आएको हो। जोख्नलाई तराजु प्रयोग गरिन्छ जसको एकातिर ढक राखिन्छ भने अर्कोतिर जोखिने बस्तु (अन्न, फलफूल आदि)। जब तराजु बराबर हुन्छ तब जोख्नेमा ठीक मात्रा राखिएको छ भन्ने सबैलाई थाह हुन्छ! त्यसैले “योग्य” भन्ने शब्दले बराबर हुनु भन्ने अर्थ दिन्छ।

तलको चित्र अध्ययन गर्नुहोस्। के तराजुमा २ किलो ढक बराबरको नुन छ? ________। के नुनको मात्रा २ किलो ढकको “योग्य” छ? ________। तराजु बराबर हुन कति किलो नुन अझ थप्नुपर्छ अनि नुन ढकको योग्य बन्छ? ________।

एफेसी ४:१ लाई फेरि विचार गरौं। “योग्य चालमा हिँड्नु” भन्नुको अर्थ हो, हाम्रो हिँडाइ (जीवन) हाम्रो बोलावटसँग मिलेको अथवा बराबर हुनुपर्छ! हाम्रो बोलावट कस्तो बोलावट हो (२ तिमोथी १:९)? ____________। त्यसैले, हाम्रो पवित्र बोलावटलाई कस्तो खाले जीवन सुहाउँछ? ____________। यस तथ्यलाई चित्रमा हेरौं —

बराबर!

ठीक कि बेठीकः

____________ सबै विश्वासीहरू पवित्र छन्। विश्वासीले ______________ जीवन बिताउनुपर्छ।
____________ सबै विश्वासीहरू अलग गरिएका छन्। त्यसैले एक विश्वासीले ____________ जीवन बिताउनुपर्छ।

के एफेससका विश्वासीहरूलाई “पवित्र जनहरू” भनी सम्बोधन गरिएको थियो (एफेसी १:१)? ____________। के उनीहरू पवित्र जनहरू भएका हुनाले पवित्र जनहरूझैं हिँड्नुपर्थ्यो (एफेसी ५:३)? ________________। के रोममा भएका सबै विश्वासीहरू पवित्र जनहरू थिए (रोमी १:७)? ______________। के उनीहरूले पवित्र जीवन बिताएको परमेश्वरले अपेक्षा गर्नुहुन्थ्यो (रोमी १६:२)? __________________। के वृद्घ ख्रीष्टियन स्त्रीहरूले पवित्र जीवन बिताएको परमेश्वरले अपेक्षा गर्नुहुन्छ (तीतस २:३)? __________________।

ठीक कि बेठीकः ____________ म एक पवित्र जन हुँ र परमेश्वरले मलाई पवित्र बोलावटले आफूकहाँ बोलाउनुभएको हो भनी म जान्दछु। उहाँको अनुग्रहले म एक पवित्र र अलग (फरक) जीवन बिताउन चाहन्छु ताकि म, मलाई प्रेम गर्ने र मेरो निम्ति मर्नुहुने परमेश्वरको पुत्रको हुँ भनी सबैले जानून्!

ठूलो समस्या त्यसबेला आउँछ जब हामी एफेसी ४:१ लाई उल्लङ्घन गर्छौं र हाम्रो पवित्र बोलावटको योग्य चालमा हिँड्दैनौं। हामी पवित्र जनहरू हौं, तापनि हामी दिनहुँ नै पवित्र जनहरूझैं हिँड्दैनौं। यस तथ्यलाई चित्रमा हेरौं-

 

बोलावटको तुलनामा हिँडाइमा घटी!!

 
१ थेस्सलोनिकी ४:७
२ तिमोथी १:९
१ कोरिन्थी १:११-१३
१ कोरिन्थी ३:१-४
१ कोरिन्थी ५:१

माथिका दुई चित्रहरू तुलना गरेर तपाईंले बुझ्नुहुनेछ हाम्रो बोलावट कहिल्यै बदलिँदैन! हामीलाई बोलाउने को हुनुहुन्छ (१ कोरिन्थी १:९)? __________________। के उहाँ कहिल्यै बदलिनुहुन्छ (मलाकी ३:६)? __________________।

१ थेस्सलोनिकी ४:३ मा कुन एउटै शब्दमा तपाईंको जीवनको निम्ति परमेश्वरको इच्छा के हो भनी व्यक्त गरिएको छ- ______________। उक्त शब्दको अर्थ के हो (पृष्ठ ३३-३४ मा हेर्न सक्नुहुन्छ)?

(क) पापरहित हुनु
(ख) धर्मी ठहरिनु
(ग) प्रभुको निम्ति अलग गरिनु, अलग हुनु
(घ) सदाको निम्ति परमेश्वरको सन्तान हुनु

उपर्युक्त सूचीका कुन तीनओटा उत्तरहरू ख्रीष्टमा भएको विश्वासीको निम्ति अहिले नै सत्य छ (क,ख,ग,घ): ______ ______ ______। कुनचाहिँ उत्तर हाम्रो उद्घारको अन्तिम चरणको दिनमा मात्र सत्य हुनेछ (एफेसी १:१४ र ४:३०)? ______। १ थेस्सलोनिकी ४:३ मा “परमेश्वरको इच्छा” भन्नाले “परमेश्वरले हरेक विश्वासीको निम्ति चाहनुहुने कुरा” बुझिन्छ। १ पत्रुस १:१५-१६ अनुसार परमेश्वर हाम्रो जीवन कस्तो भएको चाहनुहुन्छ? ______________। ठीक कि बेठीकः हामीले दिन प्रति दिन पवित्र जीवन बिताऔं भन्ने अपेक्षा परमेश्वर गर्नुहुन्न कारण हामीले त्यसो गर्नै सक्दैनौं भनी उहाँ जान्नुहुन्छ। ______________।

२ तिमोथी २:१९ अनुसार कसैले आफू ख्रीष्टियन हुँ भन्ने दाबी गर्छ भने उसले के गर्नुपर्छ? __________________________________________। कुन-कुन व्यक्तिहरू साँच्चै उहाँका हुन् भनी के प्रभु जान्नुहुन्छ? ________________। पद २१ मा हामी सिक्छौं ख्रीष्टियन एउटा आदरको भाँडो बन्नु पर्छ, “जो ______________ ________________ (अलग गरिएको), ________________को काममा आउने” हुन्छ। तपाईंको मालिक तथा स्वामी को हुनुहुन्छ?

______________________________। खाना खाने बेला कस्ता थालहरू प्रयोग गर्नुहुन्छ, सफा कि फोहोर? ______________। हामी यदि अशुद्घ र फोहोर भाङ्ग्रा छौं भने के हाम्रा मालिक तथा प्रभुको काममा आउने हुन्छौं होला? ________________। त्यसैले, २ कोरिन्थी ७:१ अनुसार, हामीले शरीर र आत्माका __________ मैलाबाट आफूलाई __________ पारौं र परमेश्वरको डरमा ________________ सिद्घ पारौं।” (शब्दार्थः “परमेश्वरको डर मान्नु” = उहाँलाई मन नपर्ने कुनै पनि काम गर्न डराउनु! (पृष्ठ ९ मा हेर्नुहोस्)। अनि हामी हाम्रा अ!हरूलाई दासका रूपमा ________________का निम्ति धार्मिकता (सही हिँडाइ, सही सोचाइ, सही बोली, सही गराइ) को वशमा सुम्पन सक्छौं (रोमी ६:१९) र ________________का निम्ति आफ्ना फल फलाउन सक्छौं (रोमी ६:२२)। साथै हामी यी दुई कुराको पछि लाग्न सक्छौं, मेलमिलाप र ________________ (हिब्रू १२:१४)। (शब्दार्थः “पछि लाग्नु” = “दगुर्दै पछयाउनु, खेद्दै पछयाउनु” -पृष्ठ २९ मा हेर्नुहोस्)। ठीक कि बेठीकः

(क) __________ प्रत्येक विश्वासीको एक पवित्र बोलावट छ।

(ख) __________ प्रत्येक विश्वासीको हिँडाइ पवित्र हुन्छ।

(ग) __________ परमेश्वरको आज्ञा छ, हाम्रो हिँडाइ हाम्रो बोलावट जत्तिकै पवित्र होस् (एफेसी ४:१)।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मुक्तिका उपलब्धिहरू – भाग २

मुक्तिका उपलब्धिहरू – भाग २

 

३) मेरो उद्धार गरियो (Redemption) – एफेसी १:७; कलस्सी १:१४

पावलले एफेसीको पत्र कसलाई लेखेका हुन्, विश्वासीहरूलाई कि अविश्वासीहरूलाई (एफेसी १:१ मा हेर्नुहोस्)? ____________________। एफेसी १:७ अनुसार ती व्यक्तिहरूले के पाएका थिए (एउटै शब्दमा भन्नुपर्दा)? __________________। तपाईं ख्रीष्टमा विश्वास गर्ने व्यक्ति हुनुहुन्छ भने, एफेसी १:७ र कलस्सी १:१४ अनुसार तपाईंले के पाउनुभएको छ? __________________। “ठीक” कि “बेठीक” विश्वास गर्ने हरेकले छुटकारा पाइसकेको छः ______________। रोमी ३:२४ पढ्नुहोस्। हामीले ख्रीष्ट येशू____ भएको छुटकारा पाएका हौं। यसैले हामी १ कोरिन्थी १:३० मा पढ्छौं, “तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशू____ छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि धार्मिकता, पवित्रता र __________________ ठहरिनुभएको छ।” ख्रीष्टमा हामीले छुटकारा पाएका छौं! जो ख्रीष्टबाहिर छन्, तिनीहरूले __________________ पाएका छैनन्।

इस्राएलको छुटकारा (प्रस्थान १४)

इस्राएल राष्ट्रको अध्ययन गर्ने क्रममा, त्यहाँ छुटकाराको एउटा दृश्य पाउछौं जसबाट हामीलाई ख्रीष्टमा भएको हाम्रो छुटकारालाई बुझ्न मदत मिल्छ। उत्पत्ति १५:१२-१४ मा परमेश्वरले अब्राम (अब्राहाम) लाई तिनका सन्तानहरू कति वर्षसम्म विदेशमा कमारा-कमारी हुनेछन् भनी भन्नुभयो? ________________। पद १४ मा के यस बन्धनबाट तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा परमेश्वरले गर्नुभयो? __________________। प्रस्थान १:८-१४ पढ्नुहोस्। के परमेश्वरको यो वचन (उत्पत्ति १५:१३) पूरा भयो? ______________। इस्राएलका सन्तानहरूलाई कुन राष्ट्रले कमारा-कमारी बनाए? ________________। (शब्दार्थ: “इस्राएलका सन्तानहरू” = याकूबका सबै सन्तानहरू। याकूबको नाम परिवर्तन गरी “इस्राएल” राखिएको थियो। उत्पत्ति ३२:२७-२८ मा हेर्नुहोस्)। के इस्राएलका सन्तानहरूलाई यो दासत्व मन परेको थियो (प्रस्थान १:१४)? ____________________। के परमप्रभु तिनीहरूको अवस्था जान्नुहुन्थ्यो (प्रस्थान २:२३-२५)? __________________। के परमप्रभुले तिनीहरूलाई यो निर्दयी दासत्वबाट छुटाकारा दिने प्रतिज्ञा गर्नुभयो (प्रस्थान ६:६)? ____________________। के परमप्रभुले आफ्नो वचन पूरा गर्नुभयो? __________________ (परमेश्वरले गर्नुभएको छुटकाराको त्यो महान् कार्यको बिवरण प्रस्थान १४ अध्यायमा पढ्न सक्नुहुन्छ, जहाँ ( इस्राएलीहरू लाल समुद्र पार गरेको उल्लेख छ!

निम्न पदहरू पढ्नुहोस् र जवाफ दिनुहोस्।

१. व्यवस्था ७:८ — इस्राएल राष्ट्रलाई कसले छुटकारा दिए? __________________। यो छुटकारा दिनलाई के परमेश्वरले आफ्नो शक्ति प्रयोग गर्नुपर्‍यो? ______________। के इस्राएलका सन्तानहरूले मिश्रको दासत्वबाट छुटकारा पाए? ______________।

२. व्यवस्था ९:२६ — महान् उद्घारकर्ता (छुटकारा दिनेवाला) को हुनुहुन्छ? ____________________। के इस्राएलले छुटकारा पाउन त्यहाँ परमेश्वरको शक्तिशाली कार्यको आवश्यकता पर्‍यो? ____________। के इस्राएलका सन्तानहरू आफैले आफैलाई छुटाउन सक्थे? __________________।

३. व्यवस्था १३:५ — शक्तिशाली उद्घारक को हुनुहुन्छ? ____________________। के इस्राएलका सन्तानहरू दासत्वबाट स्वतन्त्र पारिए? ________________________

४. व्यवस्था १५:१५ — इस्राएललाई कसले मुक्त गरे (छुटकारा दिए)? ____________________। इस्राएलका सन्तानहरूले कहिल्यै बिर्सन नहुने कुरा के थियो?_________________।

५. व्यवस्था २४:१८ — इस्राएलका सन्तानहरूले सम्झनामा राख्‍नुपर्ने दुइटा कुराहरू के-के थिए?

 

१)_________________________२) __________________________

 

६. २ शमूएल ७:२३-२४ — इस्राएल राष्ट्रलाई कसले छुटकारा दिए? __________________। कुन चाहिँ राष्ट्रबाट इस्राएल छुटाइएको थियो? __________। पद २३ मा हामी सिक्छौं, इस्राएललाई परमेश्वरले “____________ निम्ति छुटकारा दिनुभयो।” इस्राएल अब मिश्रीहरूको स्वामित्वमुनि थिएनन्। उनीहरूको नयाँ मालिक अब को हुनुहुन्थ्यो? __________________।

७. १ इतिहास १७:२१-२२ पढ्नुहोस्। शक्तिशाली उद्घारकर्ता को हुनुहुन्छ? __________________। कुन चाहिँ राष्ट्रलाई उहाँले छुटकारा दिनुभयो? ________________। इस्राएल कुन चाहिँ राष्ट्रबाट मुक्त गरियो? ____________। मुक्त गरिएका हुनाले उनीहरू अब कसका भएका थिए? __________________। उनीहरू कहिलेसम्मको निम्ति उहाँका भएका हुन् (पद २२)? ______________________________।

८. मिका ६:४ — परमप्रभुले इस्राएललाई कुनचाहिँ देशदेखि छुटाउनुभयो? __________________। के उहाँले उनीहरूलाई दासत्वबाट छुटाउनुभयो? __________________।

माथिका ८ ओटा खण्डहरूको अध्ययनबाट हामीले इस्राएलको छुटकारा सम्बन्धी निम्नलिखित तथ्यहरू सिकेका छौं —

तथ्य १ — इस्राएलका उद्घारकर्ता ____________________ हुनुहुन्थ्यो।
तथ्य २ — उनीहरूले छुटकारा पाउनअघि, इस्राएलका सन्तानहरू मिश्रदेशमा ________________ थिए।
तथ्य ३ — परमेश्वरको शक्तिशाली __________द्वारा इस्राएलले छुटकारा पाए।
तथ्य ४ — उनीहरूले छुटकारा पाएको दिनदेखि, इस्राएलका सन्तानहरू सदार्सवदाका निम्ति __________________का भए।

अब हामी हेर्नेछौं, विश्वासीले ख्रीष्टमा पाएको छुटकाराको सम्बन्धमा पनि यही चारओटा तथ्यहरू सत्य छन्। यी चारओटा तथ्यहरूलाई यसरी लेख्‍न सकिन्छः

१) महान् उद्घारकर्ता २) क्रूर दासत्व ३) शक्तिशाली कार्य ४) नयाँ मालिक

विश्वासीको छुटकारा (एफेसी १:७)

१) महान् उद्घारकर्ता

हाम्रो निम्ति अनन्त छुटकारा कसले प्राप्‍त गर्नुभयो (हिब्रू ९:११-१२)? __________________________। कसले हामीलाई परमेश्वरका निम्ति छुटाउनुभएको छ (प्रकाश ५:८-९)? ________________________। (टिप्पणी: “थुमा” को हुनुहुन्छ? १ पत्रुस १:१८-१९ बाट पत्ता लगाउनुहोस्)। हामीलाई व्यवस्थाको श्रापबाट कसले छुटकारा दिनुभएको छ (गलाती ३:१३)? ______________________। हामीलाई छुटकारा दिनलाई परमेश्वरले कसलाई पठाउनुभयो (गलाती ४:४-५)? ______________________। कसले हामीलाई स्वतन्त्र पार्न सक्नुहुन्छ (यूहन्ना ८:३६)? ______________________। हामीलाई सबै अधर्मबाट छुटकारा दिनलाई कसले आफैलाई हाम्रा निम्ति दिहाल्नुभयो (तीतस २:१३-१४)? ______________________। यसकारण, हाम्रा महान् उद्घारकर्ता को हुनुहुन्छ? ________________________________।

२) क्रूर दासत्व

ख्रीष्टको साँचो चेलाले के गर्दछ (यूहन्ना ८:३१)? __________________________________________। मानिसलाई स्वतन्त्र पार्ने कुरा के हो (यूहन्ना ८:३२)? ____________। सत्य के हो? १) यूहन्ना १७:१७ अनुसार? ____________________________________। २) यूहन्ना १४:६ अनुसार? __________________________। यूहन्ना ८:३३ मा के यहूदीहरूले आफूहरू दास हौं भनी सोच्थे? ________________। प्रभु येशूले पद ३४ मा भन्नुभयो, “जसले पाप गर्छ, त्यो पापको __________ हो।” त्यसैले, आफूलाई स्वतन्त्र ठान्ने यहूदीहरू वास्तवमा __________का दास थिए। पापको दासत्वबाट हामीलाई छुटाउन सक्नुहुने एउटै मात्र व्यक्ति को हुनुहुन्छ (पद ३६)? __________________________________। रोमी ६:१७ अनुसार, मुक्ति पाउन अघि हामी __________ का ____________ थियौं।

गलाती ३:१३ अनुसार, ख्रीष्टले हामीलाई केबाट छुटकारा दिनुभएको छ? __________________________ ________________। व्यवस्थाको श्राप गलाती ३:१० मा उल्लेख छ। पापको दास भएर एउटा व्यक्तिले व्यवस्थाको पुस्तकमा भएका सबै कुराहरूलाई पालन गर्न सक्छ? ________________। पापको बन्धनमा रहेको व्यक्तिले दश आज्ञाहरूलाई पूर्ण रूपमा पालन गर्न सम्भव छ? __________। व्यवस्थाका पवित्र मागहरू यस प्रकारका छन्: “व्यवस्थाले भनेका सबै कुराहरू पालन गर्यौ भने तिमी बाँच्नेछौ! व्यवस्थाले भनेका सबै कुराहरू पालन गरनौ भने तिमी मर्नेछौ!” पापका दास भएका हुनाले हामीले पूर्ण रूपमा व्यवस्था पालन गर्नै सक्दैनौं अनि फलस्वरुप हामी मृत्युको श्रापमुनि छौं! तरैपनि, हाम्रा एक महान् उद्घारकर्ता हुनुहुन्छ जसले हामीलाई बचाउन मृत्युको श्राप आफैमाथि लिनुभयो (गलाती ३:१३)!

३) शक्तिशाली कार्य

उद्घार अर्थात् छुटकाराको निम्ति परमेश्वरको एक शक्तिशाली कार्यको आवश्यकता पर्छ। परमेश्वरको यो महान् कार्यको बयान १ पत्रुस १:१८-१९ मा छ। केले हामीलाई छुटकारा दिलायो? ____________________ ______________________________________________। एफेसी १:७ मा हामी सिक्छौं, हामीले __________ ______________द्वारा छुटकारा पाएका हौं। प्रकाश ५:९ मा हामी सिक्छौं, ख्रीष्टले हामीलाई __________ ______________द्वारा परमेश्वरका निम्ति किनेर छुटाउनुभएको हो। ख्रीष्टको “रगत” ले हामीलाई उहाँ संसारका पापहरूका निम्ति मर्नुहुँदा कलवरीको क्रूसमा चढाइएको त्यो महान् बलिदानको सम्झना गराउँछ (यूहन्ना १:२९; १ तिमोथी २:६ र १ यूहन्ना २:२)। हाम्रा मुक्तिदाताले क्रूसमा पूरा गर्नुभएको महान् कार्यले गर्दा नै हामीले पापको दासत्वबाट छुटकारा पाएका हौं! पुरानो निमयका पशुका सम्पूर्ण बलिदानहरू परमेश्वरका थुमा हाम्रा प्रभु येशू ख्रीष्टको सिद्घ र अन्तिम बलिदानको केवल चित्रण थिए (हिब्रू ९:१२-१४ र १०:३-१२)। ती सबै बलिदानहरूले एक दिन कलवरी क्रूसमा चढाइने सिद्घ बलिदानलाई औंल्याइरहेका थिए। त्यसबेला नै उद्घारको शक्तिशाली कार्य सम्पन्न भयो जब प्रभु येशू हाम्रा पापहरूका निम्ति मर्नुभयो! हाम्रो उद्घारको मूल्य ख्रीष्टले आफ्नै अनमोल रगतद्वारा तिर्नुभयो!

४) नयाँ मालिक

प्रकाश ५:९ अनुसार ख्रीष्टले हामीलाई ____________________का निम्ति किनेर छुटाउनुभएको हो। यसकारण हामी ____________________का भएका छौं। तीतस २:१४ मा हामी सिक्छौं, ख्रीष्टले हामीलाई सबै ____________ बाट छुटकारा दिनलाई र असल-असल कामहरूमा जोशिलो भएको एउटा विशेष जातिलाई ____________ निम्ति शुद्घ पार्नलाई उहाँले आफैलाई हाम्रा निम्ति दिहाल्नुभयो। रोमी ६:२२ पढ्नुहोस्। छुटकारा पाएको हुनाले हामी __________ बाट स्वतन्त्र पारिएका छौं र हामी ____________________का ________________ भएका छौं। यो कस्तो असल दासत्व! हिब्रू ९:१२ अनुसार, हाम्रो यो अचम्मको छुटकारा कहिलेसम्म कायम रहनेछ? __________________________ (तुलना गर्नुहोस् १ इतिहास १७:२१-२२, “सदार्सवदाको निम्ति”)।

मुक्त भनी बताउन मन लाग्छ, मुक्त थुमाको रगतले!
मुक्त भएँ अनन्त कृपाले, सदा उनकै सन्तान भएँ!

–फ्यानी जे. क्रस्बी

निम्न तालिकामा इस्राएलको छुटकारा र ख्रीष्टमा भएको विश्वासीको छुटकाराको तुलना गर्नेछौं:

इस्राएल विश्वासी
१) महान उद्धारकर्ता
परमप्रभुद्वारा इस्राएलले छुटकारा पायो। प्रभु येशू ख्रीष्टद्वारा विश्वासीले छुटकारा पायो।
२) क्रूर दासत्व

इस्राएल मिश्रको दासत्वबाट छुटाइयो।

विश्वासी पापको दासत्वबाट छुटाइयो।

३) शक्तिशाली कार्य

इस्राएलले छुटकारा पाउन परमेश्वरको इक शक्तिशाली कार्यको आवश्यकता पर्‍यो, अर्थात् लाल समुद्रको आश्चर्यकर्म (प्रस्थान १४)।

विश्वासीले छुटकारा पाउन परमेश्वरको एउटा शक्तिशाली कार्यको आवश्यकता पर्‍यो, अर्थात् कलवरीको क्रूस (१ पत्रुस १:१८-१९)।
४) नया मालिक

सदासर्वदा परमेश्वरको निजी प्रजा बन्नलाई इस्राएललाई छुटकारा दिइएको थियो (१ इतिहास १७:२१-२२)!

 

सदासर्वदा परमेश्वरको निजी सम्पत्ति बन्नलाई विश्वासीलाई छुटकारा दिइएको हो (१ कोरिन्थी ६:२०; तीतस २:१४; प्रकाश ५:९; हिब्रू ९:१२)!

उद्घारको व्यक्तिगत तथा व्यावहारिक पक्ष

१) म अब प्रभु येशू ख्रीष्टको हुँ! १ कोरिन्थी ६:२० बाट म थाह पाउँछु, ममाथि ख्रीष्टको पूर्ण स्वामित्व छ किनकि उहाँले मलाई ____________________! यसकारण, मेरो पैसा कसको हो? ________________। मेरा सम्पत्ति (घर, सवारी साधन, लुगाफाटा, आदि) कसका हुन्? ____________________। मेरो शरीर कसको हो? ______________________। मेरो समय कसको हो? ______________________।

२) १ कोरिन्थी ६:२० पढ्नुहोस्। दाम तिरेर किनिएको हुनाले (१ पत्रुस १:१८-१९) अनि ख्रीष्टले मलाई आफ्नै निम्ति छुटकारा दिनुभएकोले, मेरो सर्वोपरि कर्तब्य के हो? _______________________________________________________________________ _________________________________________________________।

३) छुटकारा पाएको हुनाले म अब प्रभु येशू ख्रीष्टको प्रेमको दास हुँ! यहूदा १ पढ्नुहोस्। यहूदाले आफूलाई ________ ____________ __________ भनी परिचय दिन्छन् (हेर्नुहोस् फिलेमोन १:१; तीतस १:१ याकूब १:१ र २ पत्रुस १:१)। छुटकाराद्वारा तपाईं स्वतन्त्र पारिनुभयो साथै तपाईं एक दास पनि बन्नुभयो!! यो दासत्व उदेकको छ!! म रगतद्वारा किनिएÕ अनि अब प्रेमले बाँधिएको छु! कोही पनि पूर्ण रूपमा स्वतन्त्र हुँदैन। एक व्यक्ति या त पापको दास हुन्छ या त ख्रीष्टको! तपाईं कुन खाले दास बन्न चाहनुहुन्छ? ______________________________। एफेसी ६:५ र कलस्सी ३:२२ अनुसार, आफ्नो मालिकप्रति दासको प्रमुख दायित्व के हो? ____________________________________________ (तुलना गर्नुहोस् १ पत्रुस २:१८)। तपाईंको मालिक र प्रभु को हुनुहुन्छ? __________________________। तब उहाँप्रति तपाईंको जिम्मेवारी के हो? ________________________________________________।

४) रोमी ६:२२ पढ्नुहोस्। छुटकारा पाएकोले म __________बाट ________________ छु। मुक्ति पाएकै क्षणमा हाम्रो जीवनमाथि रहेको पापको शक्तिबाट हामी स्वतन्त्र पारियौं। अबदेखि उसो हामी पापका दास हुनुपर्दैन। हामी अब ख्रीष्टको सेवा गर्न र पवित्र जीवन बिताउन स्वतन्त्र भएका छौं! यसको मतलब के एक ख्रीष्टियन पापरहित भएको छ भन्नु हो (१ यूहन्ना १:८-१०)? ________________। उदाहरणको लागि यसरी सोचौं: मुक्ति पाउन अघि हामी सबै पापको कैदखानाभित्र थियौं। उम्किने कुनै उपाय थिएन। कैदखानाका ढोकाहरू बन्द थिए। हामी निरन्तर पापमा जीवन बिताइरहन्थ्यो। परमेश्वरलाई हामीले खुशी पार्न असम्भव थियो (रोमी ८:७-८ र हिब्रू ११:६)। मुक्ति पाएकै क्षणमा कैदखानाका ढोकाहरू खुले। हामी स्वतन्त्र पारियौं! आनन्दका साथ हामी कैदखानाका ढोकाहरू भई स्वतन्त्रतामा निस्की आयौं। ख्रीष्टलाई मनपर्दो जीवन बिताउन, ____________________का निम्ति आफ्ना फल फलाउन अब हामी सक्ने भयौं, अनि अन्तचाहिँ अनन्त जीवन हो (रोमी ६:२२)। तरैपनि, कैदखानाका ढोकाहरू खुल्लै रहन्छन् अनि हामी फेरि त्यहीँ फर्केर जान सम्भव पनि छ! तर फेरि बन्धनमै फर्केर जानु कत्रो मूर्खता हो, जब कि हामीलाई स्वतन्त्र पार्न ख्रीष्टले त्यत्रो महान् कार्य गर्नुभयो! तैपनि, जब आफ्ना अंगहरूलाई ______________का हतियारहरूका रूपमा ____________को वशमा सुम्पन्छौं (रोमी ६:१३), तब आफूलाई हामी कैदखानाभित्र पाउँछौं! ढोकाहरू अझै खुल्ला छन्, तापनि पापको बन्धनमै बस्न हामीले रोजेका हौं। तरैपनि, चाँडै नै हामी आफ्ना पापहरू ____________________ गर्न सिक्छौं (१ यूहन्ना १:९) अनि फेरि कैदखानाका ढोकाहरू भएर स्वतन्त्रतामा निस्कन्छौं। पाको विश्वासी त्यो हो जसले धेरैजसो समय कैदखानाबाहिर बिताउँछ! एकदिन प्रभु येशू फेरि आउनुहुनेछ अनि तब हाम्रो छुटकारा पूर्ण हुनेछ। तब कैदखानाका ढोकाहरू कहिल्यै नखुल्ने गरी बन्द गरिनेछन्। हामी कैदखानाको बाहिर हुनछौं र हामी त्यस भित्र पस्न असम्भव हुनेछ। हाम्रो जीवन पापको शक्तिदेखि मात्र नभई पापको उपस्थितिदेखि नै स्वतन्त्र हुनेछ। जब हाम्रो छुटकारा पूर्ण हुन्छ, तब हामी साँच्चै पापरहित हुनेछौं र हामीले पाप गर्न असम्भव हुनेछ! त्यो अन्तिम अनि पूर्ण छुटकाराको बारेमा बताउने केही पदहरू यहाँ छन्: लूका २१:२८; एफेसी १:१४ र ४:३०; रोमी ८:२३।

चार्ल्स वेस्लीद्वारा लिखित यस भजनले ख्रीष्टमा भएको छुटकाराको राम्रो चित्रण दिन्छः

“आत्मा मेरो सधैं कैदी थियो
पापको दह्रो साङ्लो र अँध्यारोमा;
जीवन दिने तिम्रो आवाजले
म ब्यूँझें तुरून्त उज्यालोमा;
साङ्लो छिन्यो छुटकारा पायो यस प्राणले!
र म उठें अघि बढें तिम्रो पछि लागें!
उदेकको प्रेम! कसरी हो
तपाईं परमेश्वर क्रूसमा मर्नुभो!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मुक्तिका उपलब्धिहरू – भाग १

मुक्तिका उपलब्धिहरू – भाग १

 

१) मुक्ति पाएकै घडी म परमेश्वरको सन्तान बनाइएँ (Regeneration, Sonship) – यूहन्ना १:१२; १ यूहन्ना ३:१-२

 

१ यूहन्ना ३:१० बाट हामी सिक्छौं, मानिसहरू दुइटा समूहमा विभाजित छन्: (१) ______________का सन्तान र (२) ______________का सन्तान। १ यूहन्ना ३:१२ र उत्पत्ति ४:१-८ पढ्नुहोस्। कयिन परमेश्वरका सन्तान थिए कि शैतानका? ______________।

यूहन्ना ८ मा येशू र फरिसीहरू (यहूदी धर्मगुरूहरू) को आपसी कुराकानीको बारेमा पढ्दछौं। यी मानिसहरूले ख्रीष्टलाई के गर्न खोजे (पद ३७)? ____________________। यी मानिसहरू आफ्ना बाबु को हुन् भनी सोच्थे (पद ४१)? __________________। यदि कसैले ख्रीष्टलाई घृणा गर्दछ भने के परमेश्वर तिनका बाबु हुनुहुन्छ त (पद ४२)? ________________। तिनीहरूका बाबु वास्तवमा को हुन् भनी येशूले भन्नुभयो (पद ४४)? ________________। ख्रीष्टले बोल्नुभएका सत्य वचनहरू के ती फरिसीहरूले विश्वास गरे (पद ४५)? ________________। यदि कसैले परमेश्वरको वचन सुन्दैन र विश्वास गर्दैन भने के ऊ साँच्चै परमेश्वरको सन्तान हो (पद ४७)? ____________। फरिसीहरूले परमेश्वरको वचनलाई किन सुनेनन् र विश्वास गरेनन् (४७)? ______________________________ ___________________________________। ख्रीष्टले उनीहरूलाई बताइरहनुभएको कुराहरूसित के फरिसीहरू खुशी थिए (५९)? ______________। तिनीहरूले ख्रीष्टलाई मार्न सके? ______________ (पृष्ठ १३ मा हेर्नुहोस्)।

एफेसी २:१-३ अनुसार, के हामी शारीरिक जन्मद्वारा परमेश्वरका सन्तान बनेका हौं? ____________। एक व्यक्ति कसरी परमेश्वरको सन्तान बन्न सक्छ (यूहन्ना १:१२)? _______________________________________________________________________। तसर्थ, परमेश्वरको सन्तान बन्न तपाईं नयाँ गरी जन्मनुपर्छ (यूहन्ना १:१३ र यूहन्ना ३:१-७)। मुक्ति पाउनेबित्तिकै एक व्यक्ति परमेश्वरको परिवारको सदस्य बन्दछ। तब परमेश्वरसित उसको एक आशिषमय सम्बन्ध शुरू हुन्छ जुन सम्बन्ध त्यसभन्दा अघि छँदै थिएन। अब उसले “हे अब्बा, ______________” भन्दै पुकारा गर्न सक्छ (रोमी ८:१५-१६ र गलाती ४:६ हेर्नुहोस्)। “अब्बा” भनेको “पिता” हो र यसबाट हामीलाई एउटा सानो नानीको याद आउँछ जो आफ्नो बाबुकहाँ आउँछ र भन्छ, “बाबा”। परमेश्वरसँगको यस्तो घनिष्ट सम्बन्धमा खुशीसाथ हिँड्ने व्यक्ति को हुनुहुन्थ्यो (मर्कूस १४:३६)? ______________________।

एफेसी ६:१ र कलस्सी ३:२० अनुसार, आफ्ना बाबुआमाप्रति नानीहरूको एउटा जिम्मेवारी छ, त्यो के हो? ______________________________________। हामी परमेश्वरको सन्तान भएका हुनाले हाम्रा स्वर्गीय पिताप्रति हाम्रो एउटा जिम्मेवारी के हो? ______________________। त्यसैले हामी ________________ नानीहरूझैं हिँड्नुपर्छ (हेर्नुहोस् १ पत्रुस १:१४)।

हामी प्रिय __________________झैं परमेश्वरका __________________ गर्नेहरू हुनुपर्छ भनी एफेसी ५:१ मा सिक्छौं। नानीहरू प्रायः आफ्ना बाबुआमाको नमुनालाई पछयाउँछन्। तिनीहरू आफ्ना बाबुआमा जस्तै देखिन्छन्। तिनीहरू प्रायः आफ्ना बाबुआमाले जस्तै व्यवहार गर्छन् र धेरै हिसाबले उनीहरूकै देखासिकी गर्छन्। हामी ख्रीष्टमा विश्वास गर्नेहरूले हाम्रो स्वर्गीय पिताको देखासिकी गर्नुपर्छ। यसको मतलव हामी उहाँजस्तै बन्नुपर्छः

 

१) १ पत्रुस १:१५-१६ — उहाँ जसरी पवित्र हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

२) लूका ६:३६ — उहाँ जसरी कृपालु हुनुहुन्छ, उसरी नै हामी पनि ____________ हुनुपर्छ।

३) मत्ती ५:४८ — उहाँ जसरी सिद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

४) एफेसी ४:३२ — उहाँ जसरी क्षमाशील हुनुहुन्छ, उसरी नै हामी पनि _______________ हुनुपर्छ।

५) १ यूहन्ना ३:३ — उहाँ जसरी शुद्घ हुनुहुन्छ, उसरी नै हामी पनि __________ हुनुपर्छ।

 

१ पत्रुस २:२ र २ पत्रुस ३:१८ पढ्नुहोस्। परमेश्वर आफ्ना नानीहरूले के गरिरहेको चाहनुहुन्छ? ____ _____।

२) मुक्ति पाएकै घडी म धर्मी ठहराइएँ (Justification) – रोमी ३:२४; १ कोरिन्थी ६:११

परमेश्वरको नजरमा कतिजना मानिसहरू धर्मी छन् (रोमी ३:१०)? __________________। को मात्र धर्मी हुनुहुन्छ (१ यूहन्ना २:१ र १ पत्रुस ३:१८)? ________________________। यसको आधारमा यशैया ५३:११ मा उल्लेखित परमेश्वरको धर्मी दास को हुनुहुन्छ त? ________________________। अधर्मी मानिसहरूका लागि कसले कष्ट भोग्नुभयो (यशैया ५३:११ र १ पत्रुस ३:१८)? ______________________।

१ कोरिन्थी ६:९-११ पढ्नुहोस्। मुक्ति पाउन अघि कोरिन्थका कतिपय विश्वासीहरू कसरी जिउँथे भनेर बयान गर्ने दुइटा पद यस खण्डमा भेट्टाउनुहोस्: ________________। तिनीहरूले मुक्ति पाएकै क्षणमा परमेश्वरले उनीहरूका निम्ति गरिदिनुभएको कुराको बयान कुन पदले गर्छ? ____________। तिनीहरू धोइएका र पवित्र पारिएका मात्र थिएनन्, तर तिनीहरू प्रभु येशूको नाममा र हाम्रा परमेश्वरको आत्माद्वारा ________________________ थिए। कसैलाई “धर्मी ठहराउनु” भनेको उसलाई “दोषरहित अर्थात् धर्मी ठान्नु, मानिलिनु वा घोषणा गर्नु” हो। रोमी ४:५ अनुसार कस्ता खालका मानिसहरूलाई परमेश्वरले धर्मी ठहराउन सक्नुहुन्छ? ______________। के परमेश्वरले महसूल उठाउने एक दुष्टलाई धर्मी ठहराउन सक्नुहुन्छ (लूका १८:१३-१४)? ________________। के परमेश्वरले अधर्मी मानिसहरूलाई धर्मी ठहराउन सक्नुहुन्छ (१ कोरिन्थी ६:९-११)? ________________।

रोमी ५:१ मा यो सिक्छौं, हामीहरू धर्मी ठहरिएका विश्वासीहरू भएको हुनाले ________________सित हाम्रो __________________ भएको छ। यसको मतलब हामी अबदेखि उसो परमेश्वरका शत्रुहरू होइनौं! रोमी ५:१० अनुसार मुक्ति पाउन अघि हामी परमेश्वरका __________________ थियौं।

हामी आफै धर्मी छैनौं, तर प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेको हुनाले परमेश्वरले हामीलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ! हामी धर्मी छौं किनकि हामी परमेश्वरको धर्मी पुत्र भित्र छौं। १ कोरिन्थी १:३० — “तर उहाँद्वारा नै तिमीहरू ख्रीष्ट येशू______ छौ, जो परमेश्वरपट्टिबाट हाम्रा निम्ति बुद्धि __________________, पवित्रता र छुटकारा ठहरिनुभएको छ।” परमेश्वरले हामीलाई उहाँको पुत्रमा देख्‍नुहुने हुनाले हामी धर्मी छौं! २ कोरिन्थी ५:२१ — किनकि ______________ हामी परमेश्वरका __________________ बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई (ख्रीष्टलाई) परमेश्वरले पाप तुल्याउनुभयो।” परमेश्वरले ख्रीष्टको धार्मिकतालाई विश्वास गर्ने पापीकै धार्मिकता भएझैं गन्नुहुन्छ (मान्नुहुन्छ वा ठान्नुहुन्छ)। यसरी रोमी ४:३ मा हामी पढ्छौं: “अब्राहामले परमेश्वरलाई ______________ गरे, र यो उनका निम्ति ____________________________।” पद ३ मा “यो” भन्नाले के बुझिन्छ (पद ५ हेर्नुहोस्)? ________________।

रोमी ५:९ पढ्नुहोस्। यदि ख्रीष्ट क्रूसमा नमर्नुभएको भए, के तपाईं धर्मी ठहरिन सम्भव थियो? ______________। तर ख्रीष्ट हाम्रो निम्ति मर्नुनै भएकोले (रोमी ५:६-११) परमेश्वर हामीतर्फ अनुग्रही बन्न र ख्रीष्टकै धार्मिकता हाम्रो हिसाबमा राखिदिन स्वतन्त्र हुनुहुन्छ। अबदेखि उसो हामी दोषी छैनौं, दण्डको आज्ञामुनि रहेका पापीहरूझैं छैनौं किनकि हामी अब ख्रीष्टमा छौं:

उहाँको अनुग्रहमा परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले, मैले अब कस्तो प्रकारको जीवन बिताउनुपर्दछ? तीतस २:११-१४ पढेर सही जवाफलाई गोलो चिन्ह लगाउनुहोस्:

 

(क) परमेश्वरले मलाई ख्रीष्टमा धर्मी देख्‍नुहुन्छ; मैले अब जस्तोसुकै जीवन बिताए पनि हुन्छ।

(ख) परमेश्वरले मलाई धर्मी ठहराउनुभएको हुनाले अब म धर्मी जीवन बिताउन चाहन्छु। जीवनभर म ठीक प्रकारले हिँड्न, व्यवहार गर्न, सोच्न र बोल्न चाहन्छु!

(ग) म धर्मी ठहरिएको हुनाले अब मैले मुक्ति पाउनुअघिको जस्तै जीवन बिताउनुपर्छ।

 

जोडा मिलाउनुहोस्:

  1. ____ शारीरिक मान्छेको भनाइ यस्तै हुन्छ (१ कोरिन्थी २:१४ सित तुलना गर्नुहोस्)।

     

  2. ____ मुक्ति पाएको मानिसको भनाइ यस्तो हुन्छ।
 

क) “मेरो खातिर ख्रीष्टले भोग्नुभएको क्रूसको मृत्युलाई म कहिल्यै बिर्सनेछैन। मलाई उद्धार गर्नुहुने परमेश्वरलाई खुशी पार्न म सधैंभरि धर्मी जीवन बिताउन चाहन्छु।”

ख) “परमेश्वरले उसको सबै पापहरू क्षमा गर्नुभएको हुनाले र उसलाई ख्रीष्टले धर्मी ठहराउनुभएको हुनाले एउटा विश्वासी जसरी जीवन बिताए पनि फरक पर्दैन।”

१ यूहन्ना २:२९ ले भन्छ, “उहाँ (ख्रीष्ट) धर्मी हुनुहुन्छ भनी तिमीहरू जान्दछौ भने (१ यूहन्ना २:१ मा हेर्नुहोस्) हरेक जसले ________________ काम गर्दछ, ऊ पनि उहाँबाट जन्मेको हो भनी तिमीहरू जान।” त्यसैले साँच्चै नयाँ-जन्म पाएको व्यक्तिले कस्तो जीवन बिताउँछ, धार्मिकताको कि अधर्मको? ________________। १ यूहन्ना ३:७ ले भन्छ, “हे साना नानीहरूहो, कुनै पनि मानिसले तिमीहरूलाई धोका दिन नपाओस्; जसले ________________ काम गर्दछ, ऊ ________ हो (अर्थात्, ऊ साँच्चै धर्मी ठहरिएको व्यक्ति हो), जसरी उहाँ (येशू) पनि धर्मी हुनुहुन्छ (विश्वासीलाई परमेश्वरले आफ्नो पुत्र येशू जत्तिकै धर्मी देख्‍नुहुन्छ!)।” के धार्मिकताको काम नगर्ने व्यक्ति परमेश्वरको हुनसक्छ र (हेर्नुहोस्, १ यूहन्ना ३:१०)? ____________। १ यूहन्नाका यी पदहरूअनुसार, कुनै व्यक्ति साँच्चै धर्मी ठहरिएको छ भनेर हामी कसरी जान्न सक्छौं? निम्नमध्ये एउटालाई गोलो चिन्ह लगाउनुहोस् (ठीक उत्तर एउटै मात्र छ):

(क) यो जान्नै नसकिने कुरो हो। को-को धर्मी ठहरिएका छन् भनेर जान्ने केवल परमेश्वर मात्र हुनुहुन्छ। कुनै व्यक्तिले मुक्ति पाएको छ कि छैन भनी हामीले न्याय गर्ने प्रयास गर्नुहुन्न।

(ख) मैले मुक्ति पाएको छु भनी कसैले बताउँछ भने, उसले सत्यनै बताएको हुनुपर्छ (यो धारणा ठीक हो कि होइन सो पत्ता लगाउन १ यूहन्ना २:४,९ मा हेर्नुहोस्)।

(ग) कुनै व्यक्ति धर्मी जीवन बिताउँछ र दिन प्रति दिन परमेश्वरको वचन पालन गर्छ भने, ऊ एउटा धर्मी ठहरिएको व्यक्ति हो भनी प्रायः निश्चय गर्न सकिन्छ।

१ यूहन्ना २:२९ र ३:७,१० लाई फेरि पढ्नुहोस्। के तपाईं एक धर्मी जीवन बिताउन चाहनुहुन्छ र परमेश्वरको वचन पालन गर्न चाहनुहुन्छ? चाहनुहुन्न भने, तपाईंले सम्भवतः मुक्ति पाउनुभएको छैन। धोकामा नपर्नुहोस्! धर्मी मानिस उसको धर्मी जीवनबाटै चिनिन्छ!

रोमी ६:१३ मा विश्वासीलाई उनका शरीरका अंगहरूलाई ________________का हतियारहरूका रूपमा परमेश्वरको वशमा सुम्पन आज्ञा दिइएको छ। त्यसो हो भने हाम्रा हातका प्रयोगबारे हामी होशियार हुनुपर्छ? __________। हातमा चुरोट लिनु के धार्मिकताको कार्य हो? ____________। हाम्रो जिब्रो कसरी प्रयोग गर्छौं, के यसमा होशियार हुनुपर्छ (एफेसी ४:२९)? __________। हाम्रा आँखाले कस्ता कुराहरू हेर्छन्, के यसमा होशियार हुनुपर्छ (खराब पुस्तकहरू, अश्लिल पत्रपत्रिकाहरू, टेलिभिजन, फिलिमहरू आदि)? ____________। रोमी ६:१६-१८ पढ्नुहोस्। विगतमा हामी __________का दास थियौं (पद १७), तर जब हामी परमेश्वरको वचन पालन गर्छौं तब हामी __________________का दास बन्छौं (पद १८)। तपाईं कुन रोज्नुहुन्छ, पापको दास बन्न कि धार्मिकताको? ____________________________________।

१ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा तिमोथीलाई पावलले र्सवप्रथम कुन कुराको पछि लाग्न आज्ञा दिन्छन्? __________________। (शब्दार्थ: “पछि लाग” भनी अनुवाद गरिएको शब्द ग्रीक भाषामा = “दगुर्दै पछयाउनु, शिकारीले शिकारलाई खेदेझैं कुनै कुरालाई पछयाउनु, अथवा पुरस्कार पाउन आफ्नो निशानातिर दगुर्ने खेलाडीझैं दगुर्नु (फिलिप्पी ३:१४ मा हेर्नुहोस्। के तपाईं १ तिमोथी ६:११ र २ तिमोथी २:२२ मा उल्लेख भएका सद्गुणहरूलाई उत्साही बनेर दिलोज्यानले पछयाउँदै हुनुहुन्छ?) १ पत्रुस २:२४ पढ्नुहोस्। क्रूसमा ख्रीष्टले हाम्रा निम्ति जे गरिदिनुभयो, सो जानेर हामी विश्वासीहरूले आफ्नो जीवन कसरी बिताउनुपर्छ? _______________________________________ _______________________________।

२ तिमोथी ३:१६ पढ्नुहोस्। ख्रीष्टलाई मनपर्दो धर्मी जीवन बिताउन शिक्षा दिने अर्तिहरू कहाँ पाउन सकिन्छ? __________________________। मत्ती ५:१०-१२ र १ पत्रुस ३:१४ पढ्नुहोस्। धर्मी जीवन बिताउने क्रममा, हामीप्रति अरुहरूको व्यवहार कस्तो हुन्छ भनी हामी प्रतिक्षा गर्न सक्छौं? _______________________। यूहन्ना १५:१८ पढ्नुहोस्। धर्मी ख्रीष्ट संसारमा आउनुहुँदा के संसारले उहाँलाई प्रेम गर्‍यो? ______________। यूहन्ना १५:१९-२१ पढ्नुहोस्। हामी ख्रीष्टका हौं भने के संसारले हामीलाई पनि उहाँलाई जस्तै व्यवहार गर्छ होला? ______________। १ यूहन्ना ३:१३ अनुसार विश्वास नगर्ने संसारले हामीलाई प्रेम गर्दैन भने, के हामीले यसमा आर्श्चर्य मान्नुपर्छ? ________________।

प्रश्‍नः धर्मी ठहरिनु भनेको के हो? _____________________ ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मुक्ति पाउन कत्तिको सजिलो छ?

मुक्ति पाउन कत्तिको सजिलो छ?

 

१) मुक्ति पाउन, एउटा उपहार पाउन जत्तिकै सजिलो छ (यूहन्ना १:१२)

एफेसी २:८ अनुसार मुक्ति ____________________को __________ हो। कसैले तपाईंलाई एउटा उपहार दिन्छ भने के तपाईंले त्यसको निम्ति दाम तिर्नुपर्छ? ______________। यसैले मुक्तिको निम्ति हामीले दाम तिर्नुपर्छ? ______________। हाम्रो मुक्तिको निम्ति कसले दाम तिर्नुभयो (१ कोरिन्थी ६:२० र १ पत्रुस १:१८-१९ पढ्नुहोस्)? ____________________________। रोमी ६:२३ अनुसार परमेश्वरको वरदान के हो? ____________________________________________________। मुक्ति पाउन एउटा उपहार पाउन जत्तिकै सजिलो छ! हामीले यसको निम्ति काम गर्न सक्दैनौं! हामीले यसको दाम तिर्न सक्दैनौं! तुलना गर्नुहोस्, प्रेरित ८:१८-२०)। यो हाम्रो आफ्नै शक्तिले कमाउन सक्दैनौं! हामी यसलाई केवल ग्रहण गर्न सक्छौं! परमेश्वरको सित्तैंको वरदान अनन्त जीवन केवल ____________ ____________मा मात्र पाउन सकिन्छ (१ यूहन्ना ५:११)।

१ यूहन्ना ५:११-१२ अनुसार कसैसँग परमेश्वरको उपहार हुनलाई उसँग परमेश्वरको ____________ पनि हुनैपर्छ। यसैले, मुक्ति पाउनलाई त्यस पापीले एक व्यक्तिलाई ग्रहण गर्नुपर्छ! यूहन्ना ३:१६ अनुसार संसारलाई परमेश्वरको प्रेमको उपहार के हो? ______________________________ (शब्दार्थ: ग्रीक भाषामा “एकमात्र जन्माइएको” = “अद्वित्तीय”; अर्थात्, येशू ख्रीष्ट परमेश्वरको अद्वित्तीय पुत्र हुनुहुन्छ)। यूहन्ना १:१२ अनुसार परमेश्वरका सन्तान बन्नलाई हामीले प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ____________ गर्नुपर्छ! परमेश्वरले आफ्नै पुत्रलाई अनमोल उपहारको रूपमा दिनुभयो यसका निम्ति हामीले उहाँलाई कहिल्यै सट्टाभर्ना तिर्न सक्दैनौं, उहाँले जे गर्नुभयो त्यसको निम्ति आभारी बन्दै परमेश्वरलाई के भन्न सक्छौं (२ कोरिन्थी ९:१५)? ________________________________।

२) मुक्ति पाउन, पिउन र खान जत्तिकै सजिलो छ (यूहन्ना ६:३५)

यूहन्ना ६:३५ पढ्नुहोस्। जीवनको रोटी को हुनुहुन्छ? ________________________। विश्वासमा येशूकहाँ आउने व्यक्ति कहिल्यै ____________________छैन र उहाँमाथि ________________ गर्ने व्यक्ति कहिल्यै ____________________छैन। प्रभुले यहाँ शारीरिक भोकको कुरा गर्दै हुनुहुन्थ्यो कि आत्मिक? ______________। यूहन्ना ६:५४ लाई यूहन्ना ६:४०,४७ सँग तुलना गर्नुहोस्। यी पदहरू अनुसार ख्रीष्टको शरीर खानु र उहाँको रगत पिउनुको अर्थ के हो? ठीक उत्तरमा गोलो चिन्ह लगाउनुहोस्:

क) यसको मतलव हामी मान्छेको मासु खाने बन्नुपर्छ।

ख) यसको मतलव प्रभु-भोज लिँदा हामीहरू ख्रीष्टलाई नै खान्छौं।

ग) यसको मतलव यो हो कि येशू ख्रीष्ट क्रूसमा मर्नुहुँदा उहाँले आफ्नो पापरहित शरीर र अनमोल रगत हाम्रा पापहरूका निम्ति दिनुभयो भनेर हामीले विश्वास गर्नुपर्छ।

यूहन्ना ४:९-१४ पढ्नुहोस्। हामीले दिनदिनै पिउने पानीले केही समयको लागि हाम्रो शारीरिक तिर्खालाई मेट्न सक्छ, तर हाम्रा सबैभन्दा गहिरा आत्मिक खाँचोहरूलाई तृप्त पार्ने जिउँदो पानी दिन सक्ने एउटै मात्र व्यक्ति को हुनुहुन्छ? ________________________। एउटा मानिसले एक कचौरा पानी लिन र त्यसबाट पिउन जत्तिको सजिलो छ, येशू ख्रीष्टलाई हाम्रो एकमात्र मुक्तिदाता भनी विश्वास गर्न पनि त्यत्तिकै सजिलो छ

३) मुक्ति पाउन, एउटा ढोकाभित्र पस्न जत्तिकै सजिलो छ (यूहन्ना १०:९)

मुक्ति पाउन एउटा व्यक्तिले कुनचाहिँ ढोकाभित्र पस्नु पर्छ (यूहन्ना १०:९)? ____________________। येशू ख्रीष्टमा विश्वास गर्नुचाहिँ एउटा ढोकाभित्र पस्न जत्तिकै सजिलो छ तैपनि मत्ती ७:१३-१४ पढ्दा हामी थाह पाउँछौं कि ____________ मात्र त्यो ढोकाभित्र पस्दछन्!

४) मुक्ति पाउन, एउटा ढोका खोल्न जत्तिकै सजिलो छ (प्रकाश ३:२०)

प्रकाश ३:२० पढ्नुहोस्। प्रभु येशू ख्रीष्ट ढोकामा उभिएर के गर्दै हुनुहुन्छ? ________________________ __________। उहाँ के भित्र आउन चाहनुहुन्छ होला? ____________________। यस पदअनुसार पापीले गर्नुपर्ने दुइटा कामहरू के-के हुन्?

१) ____________________________________________________
२) ____________________________________________________

यी दुइटा कामहरू गर्ने व्यक्तिलाई ख्रीष्टको के प्रतिज्ञा छ? _____________________________ ____________________________________________________। (शब्दार्थ: “भोज खानु” भन्ने वाक्यांशले प्रभु येशूसित हुने विश्वासीको घनिष्ट सङ्गतिको बयान गर्दछ)। मुक्तिको निम्ति उहाँसँग पुकारा गर्ने हरेकलाई बचाउन प्रभु येशू तत्पर र इच्छुक हुनुहुन्छ (रोमी १०:१३)।

५) मुक्ति पाउन, हेर्न जत्तिकै सजिलो छ (यूहन्ना ३:१४-१५)

गन्ती २१:४-९ पढ्नुहोस्। पद ४-५ अनुसार इस्राएलीहरू परमप्रभुमाथि भरोसा गरिरहेका र धन्यवादी भइराखेका थिए कि आफ्ना समस्याहरूमा गनगनाइरहेका थिए? _________________ ______________। पद ६ अनुसार अविश्वासको कारण इस्राएलीहरूले परमप्रभुबाट कस्तो दण्ड पाए? __________________ _______________________________________________________________________। पद ८ मा परमप्रभुले मोशालाई के बनाउन आदेश दिनुभयो? ___________________________ _______________________________________। त्यो बनाइएपछि त्यसलाई एउटा ______________मा झुण्डयाइनुपर्थ्यो। र्सपको टोकाइबाट निको हुन मानिसहरूले के गर्नुपर्थ्यो? ________________________________। पद ९ बाट हामी सिक्छौं कि पित्तले साँपलाई हेर्ने जति ________________।

यूहन्ना ३:१४-१५। पित्तले साँपलाई हेर्नेहरू सबै बाँचे! क्रूसमा उठाइनुभएको मानिसका पुत्रलाई हेर्नेहरू पनि सबै बाँच्नेछन्। जब कुनै मानिसले कलवरी क्रूसलाई साँचो विश्वासको आँखाले हेदछ, त्यो मानिस ____________ हुँदैन तर उसले ____________ ____________ पाउँछ। यशैया ४५:२१-२२ पनि हेर्नुहोस्। जीवित परमेश्वर भन्नुहुन्छ, “______तिर __________ र ______________ पाओ।” (शब्दार्थ: पद २२ मा “र्फक” एउटा हिब्रू क्रियापदबाट आएको शब्द हो जसको अर्थ हुन्छ “आफ्नो अनुहार कसैतिर र्फकाउनु”। त्यसैले यशैया ४५:२२ मा परमप्रभु भन्दैहुनुहुन्छ, “मतिर हेर, आफ्नो अनुहार मतिर र्फकाऊ”)।

“येशूजीलाई हेर! थुमालाई हेर!
उनले मात्र तिमीलाई बचाउन सक्छन् — येशूजीलाई हेर!”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






यी पाँचओटा सत्यताहरू मुक्ति पाएको व्यक्तिले विश्वास गरेकै हुन्छ

यी पाँचओटा सत्यताहरू मुक्ति पाएको व्यक्तिले विश्वास गरेकै हुन्छ

 

पहिलो सत्यता – येशू ख्रीष्ट संसारको एकमात्र मुक्तिदाता हुनुहुन्छ (प्रेरित ४:१२)

 

यूहन्ना १४:६ अनुसार पिताकहाँ जाने कतिओटा बाटोहरू छन्? ______________। तसर्थ, मुक्ति पाउने उपायहरू कतिओटा छन्? ______________। मुक्तिको एउटै मात्र ढोका को हुनुहुन्छ (यूहन्ना १०:९) __________________________। स्वर्गमुनि मानिसहरूको बीचमा दिइएको एउटै मात्र नाम कुन हो जसद्वारा हामीले मुक्ति पाउन सक्छौं? (प्रेरित ४:१०-१२) __________________________।

 

दोस्रो सत्यता — येशू ख्रीष्ट हामीलाई बचाउन मर्नुभयो र बौरनुभयो (रोमी ४:२५; २ कोरिन्थी ५:१५)

रोमी ४:२५: प्रभु येशू ____________ अपराधहरूका निम्ति ______________________ (मर्नुभयो), र हाम्रा धार्मिकताका निम्ति __________________________। हामीले ख्रीष्टको मृत्युबारे अध्ययन गरिसकेका छौं (पृष्ठ १३-१७)। १ थेस्सलोनिकि ४:१४ पढ्नुहोस्। एउटा साँचो ख्रीष्टियन त्यो हो जसले विश्वास गर्दछ कि येशू ________________ र ______________ ____________________। रोमी १०:९ अनुसार मुक्ति पाउनलाई हामीले आफ्ना हृदयहरूमा के विश्वास गर्नुपर्छ? ___________________________________________________________ (१ कोरिन्थी १५:१-४ पनि हेर्नुहोस्)।

तेस्रो सत्यता — येशू ख्रीष्ट बचाउनलाई सामर्थी हुनुहुन्छ (हिब्रू ७:२५)

हिब्रू ७:२५: यसैकारण उहाँद्वारा जो-जो परमेश्वरकहाँ आउँछन्, तिनीहरूलाई __________ रुपले __________ गर्न उहाँ ______________ हुनुहुन्छ। मत्ती १:२१: र तिमीले उहाँको नाम __________ राख्नू, किनभने उहाँले आफ्ना जनहरूलाई तिनीहरूका पापहरूबाट __________ गर्नुहुनेछ। यसैले ‘येशू’ को अर्थ के हो? सही उत्तरमा गोलो चिन्ह लगाउनुहोस्:

  1. मसीह
  2. मुक्तिदाता
  3. परमेश्वरको पुत्र
  4. प्रभु

मत्ती १९:२५-२६ पढ्नुहोस्। के एउटा पापीले मुक्ति पाउन सम्भव छ? ________। १ तिमोथी १:१५-१६। पावललाई बचाउन सक्नुहुने ख्रीष्टले के अरु पापीहरूलाई पनि बचाउन सक्नुहुन्छ? ____________________।

चौथो सत्यता — येशू ख्रीष्ट बचाउन चाहनुहुन्छ (यूहन्ना ६:३७)

के मुक्ति पाउन उहाँकहाँ आउने कुनै पापीलाई ख्रीष्टले कहिल्यै इन्कार गर्नुहुन्छ (यूहन्ना ६:३७? ____________________। सबै मानिसहरूको निम्ति उहाँको चाहना के छ (१ तिमोथी २:३-४ हेर्नुहोस्)। _____________________________________________________।

पाँचौ सत्यता — येशू ख्रीष्टले ती सबैलाई बचाउनुहुनेछ जसले उहाँमाथि, केवल उहाँमाथि, आफ्नो मुक्तिदाता र प्रभु भनी भरोसा गर्दछन् (यूहन्ना ३:१६)

पाँचौ सत्यता बुझ्नलाई हामीले नयाँ नियममा पाइने मुक्तिका १५ ओटा प्रतिज्ञाहरूको अध्ययन गर्नुपर्छ। यी प्रतिज्ञाहरू कुनै र्सतमा आधारित छन्। यसको मतलब यदि पापी मानिसले एउटा काम गदर्छ भने, तब परमेश्वर अर्को काम गर्ने प्रतिज्ञा गर्नुहुन्छ। अर्थात् परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्न अघि, एउटा पापीले परमेश्वरले राख्‍नुभएको र्सत पूरा गर्नुपर्छ। पापी मानिसले आफूले गर्नुपर्ने काम गर्नेबित्तिकै, परमेश्वरले आफ्नो प्रतिज्ञा पक्कै पूरा गर्नुहुनेछ। स्मरण होस्, हामीलाई यी प्रतिज्ञाहरू दिनुहुने परमेश्वर झूट बोल्नै नसक्ने परमेश्वर हुनुहुन्छ (तीतस १:२)।

मुक्तिका यी १५ ओटा प्रतिज्ञाहरू अध्ययन गर्ने क्रममा, हामी दुइटा कुराहरूको खोजी गर्नेछौं: पहिलो, पापीको कर्तव्य के हो भनी हामी जान्न चाहन्छौं। कारागारको रक्षकले प्रेरित १६:३० मा जान्न चाहेको कुरा यही नै थियो, जब उसले यसो भन्दै चिच्यायो, मुक्ति पाउनलाई मैले के गर्नुपर्छ? दोस्रो, उहाँकहाँ आउने पापीको निम्ति परमेश्वरको प्रतिज्ञा के छ भनी हामी जान्न चाहन्छौं। पहिलो ३ ओटा चाहिँ तपाईंको निम्ति नमुना स्वरुप पूरा गरिएकाछन् जसबाट तपाईंले बाँकी खाली ठाउँहरू कसरी भर्नुपर्ने रहेछ सो बुझ्नुहुनेछ।

१) मत्ती ११:२८

क) पापीको कर्तव्यः ऊ ख्रीष्टकहाँ आउनुपर्दछ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः उसले विश्राम पाउनेछ

२) यूहन्ना १:१२

क) पापीको कर्तव्यः उसले ख्रीष्टलाई ग्रहण गर्नुपर्छ अर्थात् उहाँको नाममा विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः उसलाई परमेश्वरको सन्तान बन्ने अधिकार दिइनेछ

३) यूहन्ना ३:१६

क) पापीको कर्तव्यः उसले परमेश्वरको पुत्रमाथि विश्वास गर्नुपर्छ
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ऊ नष्ट हुनेछैन तर उसले अनन्त जीवन पाउँदछ

४) यूहन्ना ३:१८

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________

५) यूहन्ना ३:३६

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________

६) यूहन्ना ५:२४

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ______________________________
__________________________________________________

७) यूहन्ना ६:३५

क) पापीको कर्तव्यः ______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः _______________________________

८) यूहन्ना ६:३७

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

९) यूहन्ना ६:४७

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१०) यूहन्ना १०:९

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

११) यूहन्ना ११:२५

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१२) प्रेरित १०:४३

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१३) प्रेरित १६:३१

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

१४) रोमी १०:९

क) पापीको कर्तव्यः _______________________________________
__________________________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः _______________________________

१५) रोमी १०:१३

क) पापीको कर्तव्यः _______________________________________
ख) उसलाई परमेश्वरको प्रतिज्ञाः ________________________________

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मुक्ति कसरी पाइन्छ?

मुक्ति कसरी पाइन्छ?

 

१) व्यवस्था पालन गर्ने प्रयासले मुक्ति पाइँदैन

रोमी ३:२० अनुसार व्यवस्था पालन गरेर कतिजना मानिसहरू परमेश्वरको सामु धर्मी ठहरिनेछन्? ____________________________। के मानिसहरू व्यवस्थाका कामहरूद्वारा धर्मी ठहरिनेछन् (गलाती २:१६)? ________________। यदि मानिसहरूले व्यवस्था पालनद्वारा मुक्ति पाउन सक्ने भएको भए के ख्रीष्ट क्रूसमा मर्नु आवश्यक पर्थ्यो (गलाती २:२१)? ____________________। रोमी ७:१२ मा व्यवस्था भनेको कस्तो कुरो हो भनी वर्णन गर्ने तीनओटा शब्दहरू कुन-कुन हुन्? १) ____________ २) ____________ ३) ____________। के पापी मानिसले परमेश्वरको पवित्र व्यवस्थालाई पालन गर्न सक्छ (रोमी ७:७-१४ पढ्नुहोस्)? __________। के पापी मानिसले १० आज्ञाहरू पूर्ण रूपले पालन गर्न सक्छ (प्रस्थान २०:१-१७ हेर्नुहोस्)? __________। याकूब २:१० पढ्नुहोस्। परमेश्वरका सबै आज्ञामध्ये एउटा आज्ञा मात्र तोडेको व्यक्तिको विचार गर्नुहोस्। के उसले व्यवस्थालाई तोडेको ठहरिन्छ? __________। के ऊ दोषी ठहरिन्छ? ______________।

केवल एक ठाउँमा मात्र चुँडिएको सिक्रीलाई विचार गरौं।

के यो एउटा चुँडिएको सिक्री हो? ________। व्यभिचार कहिल्यै नगरेको तर हत्याचाहिँ गरेको एउटा व्यक्तिको विचार गरौं। के उसले परमेश्वरको व्यवस्थालाई तोडेको ठहरिन्छ (याकूब २:११)? ____________। व्यवस्था पालनद्वारा मुक्ति पाउन खोज्नेले के गर्नुपर्छ भन्ने कुरा गलाती ३:१० ले बताउँछ। उसले व्यवस्थाको पुस्तकमा लेखिएका __________ कुराहरूमा तिनलाई ____________ गर्नलाई लागिरहनुपर्छ। के एउटा पापीले त्यसो गर्न सक्छ? ______________। व्यवस्थालाई पूर्ण रूपले पालन गर्ने एउटै मात्र व्यक्ति को हुनुहुन्थ्यो? ____________________।

दस आज्ञालाई विचार गर्नुहोस् (प्रस्थान २०; व्यवस्था ५)

 

इमानदारीपूर्वक जवाफ दिनुहोस्:

  • के तपाईंले आफ्नो जीवनमा सधैं नै परमेश्वरलाई पहिलो स्थान दिनुभएको छ?
  • के तपाईंले कहिल्यै परमेश्वरको नाम व्यर्थमा उच्चारण गर्नुभएको छ?
  • के तपाईंले कहिल्यै अर्काको कुनै चीज चोर्नुभएको छ?
  • के तपाईंले कहिल्यै हृदयमा व्यभिचार गर्नुभएको छ (मत्ती ५:२८)?
  • के तपाईंले कहिल्यै अरुसित भएको चीजको लोभ गर्नुभएको छ?
  • के तपाईंले कहिल्यै झूट बोल्नुभएको छ? के तपाईंले कहिल्यै अदालतमा झूट बोल्नुभएको छ?
  • के तपाईंले एकैपटक मात्र भए पनि आफ्ना बाबु-आमाको आज्ञा उल्लङ्घन गर्नुभएको छ?

मानिसलाई ऊ साँच्ची नै कति पापी छ भनेर देखाउनलाई नै परमेश्वरको पवित्र व्यवस्था दिइएको हो, “किनकि ________________द्वारा __________ चिन्ने ज्ञान हुन्छ” (रोमी ३:२०)। व्यवस्थाले मानिसलाई कहिल्यै मुक्ति दिन सक्दैन, यसले केवल उसलाई मुक्तिदाताको खाँचो देखाउन सक्छ। ऐनालाई विचार गरौं। ऐनाले अनुहार फोहर छ भनेर देखाउने काम गर्छ। तर अनुहार धुनलाई ऐना प्रयोग गरिँदैन। ऐनाले हामीलाई साबुन र पानीतर्फ डोर्‍याउने काम गर्छ। त्यसरी नै परमेश्वरले व्यवस्था दिनुभयो जसले हामीलाई थुमाकहाँ डोर्‍याउँदछ जो प्रभु येशू हुनुहुन्छ जसले संसारको पापलाई उर्ठाई लानुहुन्छ। व्यवस्थाले कहिल्यै ____________ दिन सक्दैन (गलाती ३:२१), त्यसले केवल दोषी ठहर्‍याउन मात्र सक्छ। परमेश्वरको पवित्र र धर्ममय व्यवस्थाको सामु उभिने पापी मानिसले “म दोषी छु!” (रोमी ३:१९) भन्न मात्र सक्छ। तर, खुशीको कुरा, व्यवस्थाले गर्नै नसक्ने काम परमेश्वरले गर्नुभयो जब उहाँले आफ्नै _________लाई पठाउनुभयो (रोमी ८:३)! थुमाका लागि परमेश्वरलाई सदा प्रशंसा होस्!

२) असल कर्महरू गरेर मुक्ति पाइँदैन

यशैया ६४:६ मा हामी सिक्छौं, हामी सबै अशुद्ध र पापीहरू भएका हुनाले हाम्रा धार्मिकताहरू परमेश्वरको सामु ____________ ____________झैं छन्। एफेसी २:१-१० पढ्नुहोस् मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भनेर सिकाउने दुइटा पदहरू भेट्टाउनुहोस्। ती पदहरू कुन-कुन हुन्? ________________। तीतस ३:१-८ मा मानिसले असल कामहरूद्वारा मुक्ति पाउँदैन भनेर सिकाउने पद कुन हो? _________। यदि मुक्ति कामहरूबाट पाइने भएको भए, मानिसहरूले मुक्ति कमाउनलाई आफूले गरेका थुप्रै कामहरूमा घमण्ड गर्ने ठाउँ हुने थियो। तर परमेश्वरको वचनले मानिसले असल कामहरू गरेर मुक्ति पाउँदैन भन्ने कुरा प्रस्टै सिकाउँछ, तसर्थ जुन व्यक्तिले साँच्चै मुक्ति पाएको छ, उसले ____________ गर्न पाउँदैन (हेर्नुहोस् एफेसी २:९, रोमी ३:९ र रोमी ४:१-५)। लूका १८:९-१४ मा के फरिसीले आफ्ना असल काममा घमण्ड गरेको थियो? ____________। उसको घमण्ड गराइ कुन पदमा उल्लेख छ? ________। के उक्त फरिसीले मुक्ति पाएको थियो (१३-१४ पदहरू हेर्नुहोस्)? ____________।

स्वर्गमा प्रभुकै सामु आफू उभिनुपरेको कल्पना गर्नुहोस्। तपाईंले उहाँलाई के भन्नुहुनेथ्यो होला? तलको एउटामा ठीक चिन्ह लगाउनुहोस्:

  1. ______ “प्रभु, म तपाईंप्रति विश्वासयोग्य भएकोले र मैले एउटा असल जीवन बिताउन र तपाईंको दृष्टिमा मनपर्दो कामहरू गर्न सक्दो प्रयास गरेकोले नै म यहाँ स्वर्गमा छु।”
  2. ______ “प्रभु, ख्रीष्ट येशूले मलाई प्रेम गर्नुभई मेरा पापहरूको निम्ति क्रूसमा मरिदिनुभएको कारणले मात्र म यहाँ स्वर्गमा छु। ख्रीष्टको सिद्घ बलिदानको कारण म आज यहाँ हुन पाएको छु।”

प्रभुलाई मनपर्ने असल-असल कामहरू गर्न सक्षम तुल्याउनका लागि विश्वासीभित्र काम गर्नुहुने को हुनुहुन्छ? (फिलिप्पी २:१३ र हिब्रू १३:२०-२१)? ________________। कलस्सीका विश्वासीहरूका निम्ति पावलले गरेको प्रार्थना पढ्नुहोस् (कलस्सी १:९-१०)। असल कामहरूले भरिएको जीवनद्वारा यी विश्वासीहरूले प्रभुलाई खुशी पारेको देख्‍न के पावल चाहन्थे? ______________। विश्वासीले प्रभुको सहायताबिना कतिओटा असल कामहरू गर्न सक्छ (यूहन्ना १५:५)? ____________________________ __________। मुक्ति नपाएको व्यक्तिसँग ख्रीष्ट हुनुहुन्न भन्ने कुरा हामीलाई थाह छ (१ यूहन्ना ५:१२)। मुक्ति नपाएको मानिसले प्रभुलाई मनपर्ने असल कामहरू गर्न सक्छ होला (रोमी ८:८-९)? ______________। यूहन्ना ६:२८-२९ मा प्रभु येशूले भन्नुभएअनुसार, परमेश्वरलाई खुशी पार्न मानिसले गर्नुपर्ने पहिलो “काम” के हो? ____________________________________________________ _______। वास्तवमा, बिना______________ (हिब्रू ११:६) परमेश्वरलाई खुशी पार्न ________________ छ!

निम्नलिखित दुवै भनाइहरू गलत छन् र परमेश्वरको सत्यता नबुझेकाहरूले मात्र यसरी सोच्दछन्:

१) “म पापी हुँ भनेर म बुझ्दछु अनि मुक्ति पाउन मैले रक्सी, चुरोट पिउन छाड्नुपर्छ, एउटा असल चर्चमा जानुपर्छ र बाइबल दिनहुँ पढ्नुपर्छ।”

तर प्रेरित १६:३१ अनुसार, पापीलाई परमेश्वरले के आज्ञा गर्नुभएको छ? ____________________ ________________________________________। तसर्थ, मुक्ति नपाएको मानिसले र्सवप्रथम के गरेको परमेश्वर चाहनुहुन्छ? ____________________________________________________ __ ____________________।

२) “मुक्ति पाएपछि मैले आफ्नो इच्छाअनुसार जस्तोसुकै व्यवहार गरे पनि फरक पर्दैन किनकि मुक्ति पाइने कामले होइन, विश्वासले हो क्यारे।”

तर २ तिमोथी २:१९ अनुसार आफू विश्वासी भएको दाबी गर्ने व्यक्तिलाई परमेश्वरको आज्ञा के छ? ____________________________ ______________________________। यदि कसैले मुक्ति साँच्चै पाएको छ र ख्रीष्टले उसको निम्ति क्रूसमा के गरिदिनुभयो भनेर बुझेको छ भने, के उसले प्रभुलाई मनपर्ने चालमा हिँड्ने इच्छा गर्छ होला? ______________। मुक्ति पाएको व्यक्तिले आफ्नो जीवन कसको निम्ति बिताउन चाहन्छ (आफ्नै निम्ति कि ख्रीष्टको निम्ति (२ कोरिन्थी ५:१५)? ______________________________।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

  1. ______ मुक्ति नपाएको व्यक्तिले सबैभन्दा पहिले आफ्ना सबै खराब बानी तथा पापपूर्ण व्यवहारहरूलाई त्याग्नुपर्छ।
  2. ______ असल कामद्वारा मुक्ति पाइँदैन।
  3. ______ एउटा व्यक्तिले मुक्ति पाएपछि उसको व्यवहार जस्तोसुकै भए पनि हुन्छ।
  4. ______ मुक्ति पाएका हुनाले हामीहरू हरेक असल काममा फलदायी हुनुपर्छ।
  5. ______ एउटा विश्वासीले असल कामहरू गर्न सक्छ किनकि उसभित्र काम गर्नुहुने चाहिँ परमेश्वर हुनुहुन्छ।

३) आफ्ना प्रयासहरूले मुक्ति पाइँदैन

मानिस पापी, दुष्ट, हराएका, मरेका र अन्धा हुन्छन् भनी हामीले अध्ययन गरिसकेका छौं। त्यसैले मानिस आफैले आफैलाई बचाउन असम्भव छ!! एफेसी २:८ मा परमेश्वरको वचनले प्रस्टै बताउँछ, मुक्ति ____________बाट होइन, तर यो परमेश्वरको ______________ हो। तीतस ३:५ पढ्नुहोस्। के मानिसले आफ्नै प्रयास र असल कामद्वारा मुक्ति पाउँछ? ______________। परमेश्वरले मानिसलाई आफ्नो __________________द्वारा बचाउनुहुन्छ, न कि हाम्रा कुनै पनि कामद्वारा। यदि हाम्रो मुक्ति हाम्रा आफ्नै मानवीय प्रयासमा भरपर्ने कुरो हुँदो हो त हामीमध्ये कसैले पनि मुक्ति पाउन सक्ने थिएनौं। मुक्ति परमप्रभुबाट हो!!

४) पानीको बप्‍तिस्मा लिएर मुक्ति पाइँदैन

निम्न पदहरू बेठीकसँग लेखिएका छन्। कृपया तिनका बेठीक वाक्यांशलाई काटेर सुधार्नुहोस्:

यूहन्ना ३:१६ — “उहाँमाथि विश्वास गर्ने र बप्‍तिस्मा लिने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:३६ — “जसले पुत्रमाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन हुन्छ; अनि जसले पुत्रमाथि विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन त्यसले जीवन देख्‍नेछैन तर परमेश्वरको क्रोध त्यसमाथि रहन्छ।” यूहन्ना ६:४७ — “जसले ममाथि विश्वास गर्दछ र बप्‍तिस्मा लिन्छ ऊसँग अनन्त जीवन छ।” यूहन्ना ५:२४ — जसले मेरो वचन सुन्छ, र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, र बप्‍तिस्मा लिन्छ, ऊसँग अनन्त जीवन छ।” १ यूहन्ना ५:१२ — “जससँग पुत्र हुनुहुन्छ र जसले बप्‍तिस्मा लिएको छ, ऊसित जीवन छ।” मर्कूस १६:१६ — “जसले विश्वास गर्छ र बप्‍तिस्मा लिन्छ उसले मुक्ति पाउनेछ; तर जसले विश्वास गर्दैन र बप्‍तिस्मा लिँदैन ऊ दोषी ठहरिनेछ।” प्रेरित १६:३१ — “प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहोस् र बप्‍तिस्मा लिनुहोस् र तपाईंले मुक्ति पाउनुहुनेछ।”

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

  1. ______ मुक्ति पाउन पानीको बप्‍तिस्मा आवश्यक छ (एफेसी २:८-९; तीतस ३:५)।
  2. ______ मुक्ति पाएपछि आज्ञापालन स्वरूप पानीको बप्‍तिस्मा लिनु आवश्यक छ (प्रेरित १०:४८; मत्ती २८:१९-२०; प्रेरित २:३८)।
  3. ______ मर्कूस १६:१६ अनुसार बप्‍तिस्मा नलिने व्यक्ति दोषी ठहरिनेछ।
  4. ______ प्रेरित २:४१ र ८:३६-३७ अनुसार शुरूको मण्डलीमा बप्‍तिस्मा लिनेहरू अघिबाटै विश्वास गरिसकेका हुन्थे! अर्थात् उनीहरूले पहिला विश्वास गरे अनि पछि मात्र बप्‍तिस्मा लिए।
  5. ______ बप्‍तिस्मा मुक्ति पाउनलाई गरिने कार्य हो।
  6. ______ बप्‍तिस्मा मुक्ति पाएको व्यक्तिले गर्ने कार्य हो।
  7. ______ पानीको बप्‍तिस्माले हामीलाई सब पापबाट शुद्ध पार्दछ (एफेसी १:७; १ यूहन्ना १:७)।
  8. ______ मर्कूस १६:१६ अनुसार विश्वास नगर्ने व्यक्ति, उसले बप्‍तिस्मा लिए पनि नलिए पनि, दोषी ठहरिनेछ।
  9. ______ मत्ती १:२१ अनुसार पानीको बप्‍तिस्माले मानिसलाई उसका पापहरूबाट बचाउँदछ।
  10. ______ तीतस ३:५ अनुसार एक व्यक्ति केवल परमेश्वरको कृपाद्वारा मात्र मुक्ति पाउँदछ, हामी आफैले गरेका कुनै पनि कामद्वारा होइन।

प्रेरित १६:३१ पढ्नुहोस्। एक व्यक्तिले विश्वास गरेकै घडी मुक्ति पाउँछ कि पानीमा बप्‍तिस्मा लिएको घडीमा? ____________________________________________________ __।

यहाँसम्म हामीले अध्ययन गर्यौं — एक व्यक्तिले व्यवस्था पालन गर्ने प्रयासले वा असल कामहरूले वा आफ्नै प्रयासले वा पानीको बप्‍तिस्माले मुक्ति पाउँदैन। अब हामी यो अध्ययन गर्न तयार छौं — एक व्यक्तिले अनुग्रहले विश्वासद्वारा मुक्ति पाउँदछ।

५) विश्वासद्वारा अनुग्रहले मुक्ति पाइन्छ

एफेसी २:८ — “किनकि ______________द्वारा ______________ले तिमीहरूले __________ पाएका छौ।” अनुग्रह भन्नाले परमेश्वरले नालायक मानिसप्रति गर्नुहुने दया र निगाह हो! तीतस ३:४ अनुसार हामी भन्न सक्छौं अनुग्रहको अर्थ हो, हाम्रा ______________ परमेश्वरका ________ र ____________प्रतिको ________।” मानिसप्रति — अर्थात् परमेश्वरको क्रोध पाउनुपर्ने म अयोग्य पापीप्रति!! “अचम्मको अनुग्रहले बाँच्यो तुच्छ प्राण मेरो! “

हराएका पापीहरूको निम्ति क्रूसमा ख्रीष्टले जे गरिदिनुभयो, त्यसैको आधारमा ती पापीहरूप्रति परमेश्वरले अनुग्रह र दयाको व्यवहार गर्न सक्नुहुन्छ! रोमी ३:२४ — उहाँको ____________द्वारा __________ __________मा भएको ____________को कारणले तिनीहरू सित्तैंमा ________ ठहरिन्छन्।”

विश्वास भनेको परमेश्वरलाई उहाँको वचनकै आधारमा भरोसा गर्नु र उहाँले भन्नुभएको कुरालाई साँचो मानेर व्यवहार गर्नु हो।

विश्वासले परमेश्वरले भन्नुभएको कुरालाई साँचो मान्दछ। परमेश्वरको वचनलाई विश्वास गर्न र त्यसअनुसार हिँड्न सक्नलाई पहिला हामीले परमेश्वरको वचन सुन्नुपर्छ वा पढ्नुपर्छ)। यसैले रोमी १०:१७ मा लेखिएको छ, “यसकारण ______________ __________द्वारा आउँछ, र ________चाहिँ________________को __________द्वारा। साँचो विश्वास पक्का तथ्यहरूमा आधारित हुनुपर्छ; हाम्रो विश्वास परमेश्वरको लिखित वचनमा आधारित हुनुपर्छ। अब्राहाम विश्वासमा हिँड्ने मानिस थिए (उत्पत्ति १५:६; रोमी ४:३-५; गलाती ३:६-९)। अब्राहाम विश्वासमा बलिया थिए किनभने परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो त्यो अवश्य पूरा हुनेछ भनी उनी विश्वास गर्थे। रोमी ४:१९-२१ पढ्नुहोस्। यस खण्डमा हामी सिक्छौं अब्राहाम परमेश्वरको ____________को सम्बन्धमा ________________ गरेर उनी लड्खडाएनन्, तर परमेश्वरलाई महिमा दिँदै उनी ______________मा बलियो रहे; अनि उहाँले जे ____________ गर्नुभएको छ, सो __________ गर्नलाई उहाँ (परमेश्वर) ____________ पनि हुनुहुन्छ भनी उनी पूरा निश्चयतामा रहे।” के परमेश्वर आफ्ना प्रतिज्ञाहरू पूरा गर्नलाई सक्षम हुनुहुन्छ? __________________। के परमेश्वर आफ्नो वचनलाई पूरा गर्न सामर्थी हुनुहुन्छ? ________________। के परमेश्वरले सधैं आफूले भन्नुभएअनुसार नै गर्नुहुन्छ? ________________। के परमेश्वरले भन्नुभएका सबै कुराहरू सधैं पूरा हुनेछन्? (उत्पत्ति १:३)? ________________। के परमेश्वरको एउटै प्रतिज्ञा पनि झूटा सावित भएको छ? ________। परमेश्वरको कुनै एक प्रतिज्ञालाई पढेपछि के हामी “हो” र “आमेन” भन्न सक्छौं (२ कोरिन्थी १:२०) ____________। तीतस १:२ अनुसार परमेश्वरले के गर्न सक्नुहुन्न? ____________________। हिब्रू ६:१८ अनुसार परमेश्वरले के गर्नु असम्भव छ? ____________________। त्यसैले, परमेश्वरले भन्नुभएको कुरा साँचो नै हुन्छ र त्यसलाई हामीले विश्वास गर्नुपर्छ, त्यसमा भरोसा राख्‍नुपर्छ, त्यसमा आज्ञाकारी हुनुपर्छ र त्यसैअनुसार हिँड्नुपर्छ! जब हामी परमेश्वरको वचनलाई विश्वास गर्दैनौं, तब हामी कुनचाहिँ ठूलो पापको दोषी हुन्छौं (१ यूहन्ना ५:१०)? ____________________________________________________ । विश्वास भनेको परमेश्वरले भन्नुभएको कुरालाई उचित, सठीक र सही हिसाबले ग्रहण गर्नु हो! विश्वासमा हिँड्ने मानिसले परमेश्वरको वचनलाई ठीकसँग लिन्छ र त्यसप्रति ठीक प्रतिकृया देखाउँछ! यदि परमेश्वरले कुनै आज्ञा दिनुभएको छ भने उसले विश्वासैद्वारा ______________ गरी (हिब्रू ११:८) आफ्नो विश्वास प्रकट गर्छ। यदि परमेश्वरले कुनै प्रतिज्ञा दिनुभएको छ भने, विश्वासमा हिँड्ने मानिसले त्यसलाई विश्वास गर्छ, ऊ त्यसमा निश्चित हुन्छ, त्यसलाई देख्छ, त्यसको प्रतिक्षा गर्छ, त्यसलाई पर्खन्छ, त्यसैमा भरपर्छ, त्यसलाई बलियो गरी समातिराख्छ र त्यसलाई अँगाल्छ (हिब्रू ११:११,१३ हेर्नुहोस्)!

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)