Entries by Pradesh Shrestha

साँचो विश्वासीका गुणहरू – भाग १

साँचो विश्वासीका गुणहरू – भाग १

 

परिचय

ख्रीष्टमा नयाँ जीवन पाएको कुराका प्रमाणहरू

एक साँचो विश्वासी जन किन ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनेर हामीले १३ ओटा आधारहरू (पाठ १४-१६) अध्ययन गर्‍यौं! के बाइबलले एउटा साँचो विश्वासी आफ्नो मुक्ति गुमाउन सक्छ र हराउन सक्छ भनेर सिकाउँछ (यूहन्ना ६:३७-४०)? __________________। यदि तपाईं ख्रीष्टमा एउटा साँचो विश्वासी हुनुहुन्छ भने, के तपाईं ख्रीष्टमा साँच्चै अनन्तसम्म सुरक्षित हुनुहुन्छ (यूहन्ना १०:२८-३०)? ________।

आफूले मुक्ति पाएको जान्नु मात्र होइन, तर आफूले मुक्ति पाएको देखाउनु पनि महत्त्वपूर्ण छ। यदि मसँग साँच्चै परमेश्वरको जीवन छ भने त्यो जीवन देखिनुपर्छ र प्रकट गरिनुपर्छ। हरेक साँचो विश्वासीसित एउटा कुरा छ भनेर मैले याद राख्‍नुपर्छः

  • “जसले ममाथि विश्वास गर्दछ, ऊसँग अनन्त ____________ छ” (यूहन्ना ६:४७)।
  • “ऊ मृत्युबाट ____________मा सरिसकेको हुन्छ” (यूहन्ना ५:२४)।
  • “जससँग पुत्र हुनुहुन्छ, ऊसित ____________ छ” (१ यूहन्ना ५:१२)।

तसर्थ, हरेक साँचो विश्वासीसित जी________ हुन्छ। जो साँचो विश्वासी होइन ऊसित ____________ हुँदैन (१ यूहन्ना ५:१२; दाँज्नुहोस् एफेसी २:१)। ऊ मरेको हुन्छ। उसको अस्तित्व छ, ऊ सास फेर्दछ, हिँड्छ, खान्छ तर ऊसित __________________को ____________ छैन (एफेसी ४:१८)।

शारीरिक जीवनलाई विचार गरौं। हामी जान्दछौं, आत्माबिनाको शरीर ____________ हुन्छ (याकूब २:२६)। आफ्नो भाई लाजरस साँच्चै मरेको छ भनी मार्था कसरी जान्दथिन् (यूहन्ना ११:३९)? __________________________________________________ (शरीरको सडन मृत्युको पक्का चिन्ह हो!) आफू मृत्युबाट साँच्चै बौरेर आएको प्रमाण लाजरसले कसरी दियो (यूहन्ना ११:४४)? ________________ ______________________________________। कुनै व्यक्ति हिँडिरहेको, बोलिरहेको, खाइरहेको, हाँसिरहेको देखिन्छ भने, त्यो व्यक्तिसित शारीरिक ____________ छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ।

मानौं तपाईंको एउटा नानी छ जो एक वर्ष मात्र पुगेको छ। एक दिन एक्कासी तपाईंको नानी भर्‍याङ्बाट तल खस्दैगरेको आवाज सुन्नुभयो। आफ्नो नानीलाई उठाउन हतारिँदै जाने क्रममा, तपाईं के चाहनुहुन्छ — ‍नानीको रूँदै गरेको आवाज सुन्न कि नानीको कुनै आवाज ननिस्केको? _____________________________________________________। किन? _______________________________________________। यदि तपाईंले आफ्नो नानी रोइरहेको सुन्नुभयो भने, तपाईंको नानी ____________ छ भन्ने तपाईंलाई पक्का प्रमाण मिल्दछ।

परमेश्वरका सन्तानहरूसित परमेश्वरको जीवन हुने भएकोले, तिनीहरूमा जीवनका लक्षणहरू देखिनुपर्दछ। हामी साँच्चै परमेश्वरबाट जन्मेका हौं भनेर स्पष्ट देखाउने निश्चित लक्षणहरू अथवा सङ्केतहरू हाम्रो जीवनमा हुनुपर्छ। यी लक्षणहरू के-के हुन् भनेर हामी अध्ययन गर्न चाहन्छौं अनि यी लक्षणहरू हाम्रा जीवनहरूमा साँच्चै छन् कि छैनन् भनेर हामी आफैलाई जाँच्न चाहन्छौं। बाइबलले भन्छ, “तिमीहरू विश्वासमा छौ कि छैनौ, आफैलाई जाँच” (२ कोरिन्थी १३:५)। के तपाईं साँच्चै ______________मा हुनुहुन्छ (२ कोरिन्थी १३:५)? के तपाईंले प्रभु येशू ख्रीष्टमा साँच्चै ______________ गर्नुभएको छ (प्रेरित १६:३१)? ________। के तपाईं __________बाट ____________मा साँच्चै सारिनुभयो (यूहन्ना ५:२४)? के तपाईंले साँच्चै अ____________ले वि__________द्वारा मु______ पाउनुभएको छ (एफेसी २:८)? के तपाईं ख्रीष्टकहाँ एक दरिद्र, असहाय, आशारहित, हराएको पापीको रूपमा साँच्चै आ__________ काम गर्नुभएको छ (यूहन्ना ६:३७)? के तपाईंले उहाँलाई साँच्चै ग्र________ गर्नुभएको छ (यूहन्ना १:१२)?

बाइबलअनुसार हरेक साँचो विश्वासीमा के-कस्ता जीवनका लक्षणहरू भेटिनुपर्छ भनेर अब हामी अध्ययन गरौं। तपाईंको जीवनमा यी कुराहरू पाउन सकिन्न भने निम्न दुईमध्ये एउटा कुरा साँचो हुनुपर्छः

  1. तपाईं आत्मिक रूपमा रोगी हुनुहुन्छ। अर्थात्, तपाईं साँचो विश्वासी भएर पनि ज्यादै शारीरिक हुनुहुन्छ अनि पछाडि हटेको अवस्थामा हुनहुन्छ (१ कोरिन्थी ३:१-४)। यसकारण परमेश्वरसितको तपाईंको सम्बन्धलाई ठीक स्थितिमा ल्याइनु खाँचो छ।
  2. तपाईं आत्मिक रूपमा मरेको हुनुहुन्छ। अर्थात्, तपाईं एक साँचो विश्वासी हुनुहुन्न, तपाईंसित परमेश्वरको जीवन छैन। तपाईंले आफूले मुक्ति पाएको दाबी गर्नुहुन्छ, तरैपनि तपाईं मुक्तिको भागीदार बन्नुभएको छैन। तपाईंले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न आवश्यक छ, उहाँलाई केवल उहाँलाई मात्र भरोसा गर्न आवश्यक छ ( यूहन्ना १:१२; ६:४७)।

जीवनका लक्षणहरू

१. एउटा साँचो विश्वासीले परमेश्वरको वचनलाई विश्वास गर्दछ (१ यूहन्ना ५:९-१२)।

यो प्रस्टै बुझिने कुरा हो! एउटा साँचो विश्वासीले विश्वास गर्दछ! यदि तपाईं विश्वास गर्नुहुन्न भने तपाईं एक साँचो विश्वासी हुनुहुन्न! १ यूहन्ना ५:९ पढ्नुहोस्। यहाँ ____________________को गवाहीलाई __________________को गवाहीसित तुलना गरिएको छ। साधारणतया हामी मानिसहरूको गवाहीलाई विश्वास गर्दछौं। मानिसहरूले भनेको कुरालाई हामी सामान्यतया पत्याउँछौं। मानिसहरू साधारणतया झूट बोल्दछन् कि साँचो बोल्दछन्? ________। फटाहाहरू साधारणतया झूट बोल्दछन् कि साँचो बोल्दछन् (विचार गरी जवाफ दिनुहोस्)? ________। कसैले तपाईंलाई कुनै कुरा बताउँदा के तपाईं साधारणतया यसो भन्नुहुन्छ, “तिम्रो कुरा म विश्वास गर्दिन। तिमी झूट बोल्दैछौ!”? ______________। प्रधानमन्त्रीको मृत्यु भयो भन्ने खबर रेडियोमा सुन्नुभयो भने के तपाईं विश्वास गर्नुहुन्छ? ________। तपाईंलाई क्यान्सर रोग लागेको छ भनेर डाक्टरले बतायो भने के तपाईं विश्वास गर्नुहुन्छ? ________। धोएर सुकाएको लुगा हावाले उडायो भनेर तपाईंको छिमेकीले सुनायो भने के तपाईं विश्वासकै आधारमा लुगा हेर्नलाई बाहिर निस्कनुहुन्छ? ____________। के हामी साधारणतया मानिसहरूको गवाही ग्रहण गर्छौं (१ यूहन्ना ५:९)? ________। मानिसहरू प्रायः साँचो नै बोल्छन्, तर के तिनीहरू सधैं साँचो बोल्छन्? ______________। तीतस १:२ र हिब्रू ६:१८ अनुसार, परमेश्वरको गवाही झन् ठूलो किन छ? ______________________________________________________। यदि हामीले मानिसहरूले भनेका कुराहरू साधारणतया विश्वास गर्छौं भने, हामी झन् कति बढी ________________________________________________ विश्वास गर्नुपर्छ। उनीहरूले भनेकै आधारमा मानिसहरूका वचनलाई पत्याउँछौं भने हामीले झन् कति बढी _______________________लाई पत्याउनुपर्छ। परमेश्वरको गवाहीलाई विश्वास नगर्ने व्यक्तिले परमेश्वरलाई के तुल्याउँदछ (१ यूहन्ना ५:१०)? ________। तर एउटा साँचो विश्वासी यसरी भन्न सक्दछ, “प्रभु, तपाईं एक __________ परमेश्वर हुनुहुन्छ (व्यवस्था ३२:४) र बाइबल __________ छ (यूहन्ना १७:१७), त्यसैले तपाईंको वचनमा भन्नुभएका सबै कुराहरू __________ नै हुनुपर्छ।” परमेश्वरले आफ्ना पुत्रको विषयमा दिनुभएको गवाही १ यूहन्ना ५:११-१२ मा पाइन्छ। परमेश्वरले हामीलाई के दिनुभयो (पद ११)? __________________________। अनन्त जीवन कसरी पाइन्छ — सित्तैंमा पाइने दानस्वरुप कि काम गरेर पाइने ज्यालास्वरुप (रोमी ६:२३ मा हेर्नुहोस्)? ______________________________________________। यो दान कहाँ पाइन्छ (१ यूहन्ना ५:११)? ______________ ______________। पद १२ अनुसार ________ हुने व्यक्तिसँग ____________ छ र ________ नहुने व्यक्तिसँग ____________ छैन। परमेश्वरको गवाहीलाई विश्वास गर्ने व्यक्तिले यसरी भन्न सक्दछ, “प्रभु, म विश्वास गर्दछु कि अनन्त जीवन सित्तैंमा पाइने ________ हो अनि यो जीवन केवल तपाईंको ________मा छ, अनि मैले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ____________ गरेको (यूहन्ना १:१२) हुनाले मसँग अनन्त ____________ छ भनेर म ______________ (१ यूहन्ना ५:१३)।”

येशूमा विश्वास गरेको दाबी गर्ने केही व्यक्तिहरू परमेश्वरको वचनलाई विश्वास गर्न गाह्रो मान्छन्। तिनीहरूको मूल समस्या हो अविश्वास (लूका २४:२५-२७; मत्ती २२:२९)। तिनीहरूका केही समस्याहरूलाई हेरौं:

१) कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु, तर बाइबलमा विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, परमेश्वरको वचन __________ छ (यूहन्ना १७:१७) र पवित्र शास्त्रहरू ________ हुन सक्दैन (यूहन्ना १०:३५) र पवित्र शास्त्रहरूमा लेखिएका सबै कुराहरू ________ हुनैपर्छ (लूका २४:४४), हरेक बिन्दु र ________ समेत (मत्ती ५:१८)! के येशूले बाइबलमा विश्वास गर्नुभयो? ________________। यी मानिसहरूले वास्तवमा यसो भनिरहेकाछन्, “म येशूमा विश्वास त गर्दछु, तर बाइबल सत्य छ भन्ने येशूको भनाइ चाहिँ गलत हो।” तसर्थ, विश्वासीले भन्नुपर्ने कुराचाहिँ यो हो, “म येशूमा विश्वास गर्दछु, अनि मैले येशूमा विश्वास गरेको हुनाले म ______________मा पनि विश्वास गर्दछु।”

२) कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु, तर पावलका लेखोटहरूमा विश्वास गर्दिनँ।”

तर पावलले भने, “किनकि ________को ____________द्वारा हामी तिमीहरूलाई यो भन्दछौं” (१ थेस्सलोनिकी ४:१५; दाँज्नुहोस्, यूहन्ना १६:१२?१३)। “यदि कुनै मानिसले आफूलाई ‘भविष्यवक्ता हुँ’ वा ‘आत्मिक हुँ’ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूलाई लेख्दछु, ती ________का ______________ हुन् भनी उसले स्वीकार गरोस्” (१ कोरिन्थी १४:३७)। “अब हे भाइहरूहो, ________ ________ ________ __________को _______मा हामी तिमीहरूलाई आज्ञा गर्दछौं” (२ थेस्सलोनिकी ३:६)। के पत्रुसले पावलका पत्रहरू “पवित्र शास्त्र” हुन् भनी स्वीकारेका छन्? ________। तसर्थ, विश्वासी जनले यसरी भन्नुपर्दछ, “म येशूमा विश्वास गर्दछु अनि ____________का लेखोटहरूमा पनि विश्वास गर्दछु किनकि पावल ________ __________का ____________ थिए (गलाती १:१) अनि बाइबलका अन्य खण्डहरूजस्तै उनका लेखोटहरू पनि परमेश्वर-निश्वासित हुन् (२ तिमोथी ३:१६)।”

३. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर आदम र हव्वा वास्तवमै थिए भनेर विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “के तिमीहरूले परेका छैनौ? शुरूमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो, उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो” (मत्ती १९:४; दाँज्नुहोस् उत्पत्ति १:२७)। के येशूले उत्पत्तिको पुस्तकको सृष्टिको विवरणलाई विश्वास गर्नुभयो? ____________। के येशू विकासवादी सिद्घान्तलाई मान्नुहुन्थ्यो? __________________। यी मानिसहरू वास्तवमा यसो भन्दै छन्, “म येशूमा विश्वास गर्दछु तर आदम र हव्वा शुरूमा सृष्टि गरिए भन्ने येशूको शिक्षाचाहिँ गलत हो।” के हामीले भूल गर्न सक्ने परमेश्वरमाथि विश्वास गर्नुहुन्छ? ____________। हाम्रो जवाफ यस्तो छ: “मैले येशूमा विश्वास गरेको हुनाले म ________________________________ वास्तवमै थिए भनेर पनि विश्वास गर्दछु।”

४. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर म मोशामा विश्वास गर्दिन अनि मोशाका लेखोटहरूमा पनि विश्वास गर्दिनँ। साथै मोशाले बाइबलका पहिलो ५ ओटा पुस्तकहरू लेखे भन्ने कुरामा समेत विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “किनभने तिमीहरूले ________लाई विश्वास गरेका हुँदा हौ ता तिमीहरूले ____________ पनि विश्वास गर्नेथ्यौ; किनकि उनले ________ विषयमा लेखे। तर तिमीहरू उनका लेखहरूलाई विश्वास गर्दैनौ भने ________ __________________लाई कसरी विश्वास गरौला त (यूहन्ना ५:४६-४७)?” मोशाले प्रस्थानको पुस्तक लेखेका हुन् भनी के प्रभु येशू विश्वास गर्नुहुन्थ्यो (मर्कूस १२:२६ लाई प्रस्थान ३:६ सित तुलना गर्नुहोस्)? ________________। मत्ती ४:४,७,१० पढ्नुहोस् अनि यसलाई व्यवस्था ८:३: ६:१६; ६:१३ सित तुलना गर्नुहोस्। शैतानलाई पराजित गर्न प्रभु येशूले ३ पटक पुरानो नियमको कुनचाहिँ पुस्तकबाट उल्लेख गर्नुभयो (व्यवस्था १:१)? __________________। के प्रभु येशूले मोशाका पुस्तकहरूलाई महत्त्वपूर्ण र विश्वसनीय ठान्नुभयो (लूका २४:२५-२७)? __________________। के प्रभु येशूले मोशाका पुस्तकहरूलाई पवित्र शास्त्रकै अभिन्न अंगको रूपमा लिनुभयो (लूका २४:४४-४५)? ________________। भजनसंग्रहका लेखकले समेत भने, “तपाईंका ______________ वचनहरू सत्य छन् (भजनसंग्रह ११९:१६०)।” तसर्थ, विश्वासी जनले यसो भन्नुपर्दछ, “मैले येशूमा विश्वास गरेको हुनाले __________का लेखोटहरू पनि म विश्वास गर्दछु।”

५. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर नूहका दिनहरूमा विश्वव्यापी जलप्रलयले सारा संसारलाई डुबायो भनेर म विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “नूह जहाजभित्र पसेका दिनसम्म तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले विवाह गरिरहेका थिए, तिनीहरूको विवाह गराइँदैथ्यो, अनि जलप्रलय आयो र तिनीहरू सबैलाई नाश पार्‍यो” (लूका १७:२७)। के येशूले नूह, नूहको जहाज र जलप्रलयमा विश्वास गर्नुहुन्थ्यो? ________________। यी मानिसहरू वास्तवमा यसो भन्दै छन्: “म येशूमा विश्वास गर्दछु तर नूहको सम्बन्धमा येशूको शिक्षा भने गलत छ। नूह र जलप्रलयको कुरा एक काल्पनिक कथा मात्र हो भन्ने तथ्यप्रति येशू अनभिज्ञ हुनुहुन्थ्यो।” के हामीले एक भूल गर्नसक्ने परमेश्वरमाथि विश्वास राख्‍नुहुन्छ? ____________। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले म एक विश्वव्यापी ________________मा पनि विश्वास गर्छु जसले ________को दिनहरूमा संसारलाई नष्ट पार्‍यो।”

६. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर दानिएल आफैले दानिएलको पुस्तक लेखे भनेर म विश्वास गर्दिनँ।”

तर येशूले भन्नुभयो, “यसकारण, जब ______________ ____________________द्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई (दानिएल ९:२७) तिमीहरूले पवित्रस्थानमा उभिएको देख्‍नेछौ” (मत्ती २४:१५)। के येशूले दानिएलको पुस्तक पढ्नुपर्छ, बुझ्नुपर्छ भनी भन्नुभयो (मत्ती २४:१५)? ______________। दानिएलको पुस्तक दानिएलले लेखेको हो भन्ने मान्यता के येशूको थियो? ________। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले दानिएलको पुस्तक दानिएलले नै लेखेको हो भनेर म विश्वास गर्दछु।”

७. कोही भन्छन्, “म येशूमा विश्वास गर्दछु तर योनालाई एउटा ठूलो माछाले निलेको थियो भन्ने कुराचाहिँ म विश्वास गर्न सक्दिनँ।”

तर येशूले भन्नुभयो, “योना ठूलो माछाको पेटभित्र तीन दिन र तीन रात थिए” (मत्ती १२:४०; दाँज्नुहोस्, योना १:१७)। तसर्थ, विश्वासी जनले यसो भन्नुपर्छ, “मैले येशूमा विश्वास गरेको हुनाले योना साँच्चै एक ठूलो माछाको पेटभित्र थिए भनेर म विश्वास गर्दछु। यो येशूको भनाइ हो! अनि मेरो विश्वासलाई त्यो नै पर्याप्‍त छ!”

—————————————————————-

मुक्ति वास्तवमै पाएको एउटा व्यक्तिले परमेश्वरको गवाहीलाई विश्वास गर्दछ! उसले परमेश्वरको सम्पूर्ण वचनलाई विश्वास गर्दछ जसमध्ये पावलका पत्रहरू, मोशाका पुस्तकहरू र दानिएलका भविष्यवाणीहरू समेत पर्दछन्। के तपाईं एक बाइबल-विश्वासी हुनुहुन्छ? के तपाईं परमेश्वरको वचनलाई विश्वास गर्नुहुन्छ? के तपाईं परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीलाई विश्वास गर्नुहुन्छ (१ यूहन्ना ५:९-१२)? “तिमीहरू विश्वासमा छौ कि छैनौ आफैलाई जाँच।”

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

तेह्रओटा कारणहरू – भाग ३

११. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ परमेश्वरको शक्तिले सुरक्षित छ (१ पत्रुस १:५)।

१ पत्रुस १:५ अनुसार विश्वासीहरू ” ________का निम्ति परमेश्वरको ________ले ____________द्वारा ________________ छन् (शब्दार्थ: “सुरक्षित छौ” (“बचाइराखिएका छौ, रक्षा गरिएका छौ)। विश्वासीहरूलाई “तिमीहरू सुरक्षित छौ” भनी बताइएकोबाट निम्न तथ्यहरू पुष्टि हुन्छन् (क) विश्वासीहरू परमेश्वरको ________ले पलपलमा र निरन्तर सु____________ छन्। (ख) एक विश्वासीलाई सुरक्षित राख्‍ने कार्य विश्वासी आफैले गर्दैन तर ______________ले गर्नुहुन्छ! १ पत्रुस १:५ ले के हामी आफ्नै विश्वासयोग्यता र असल कामहरूद्वारा सुरक्षित राखिन्छौं भनी बताउँछ? ________________। हामी पलपलमा परमेश्वरकै शक्तिले ________________ राखिएका छौं। परमेश्वर कति शक्तिशाली हुनुहुन्छ (दाँज्नुहोस्, उत्पत्ति १७:१ र प्रकाश १९:६)? ____________________________________। के परमेश्वर पापी मानिसहरूलाई बचाउन सक्नुहुन्छ (मत्ती १९:२३-२६)? __________________। यदि परमेश्वर हामीलाई बचाउन सक्नुहुन्छ भने के उहाँ हामीलाई बचाइराख्‍न पनि सक्नुहुन्छ (१ पत्रुस १:५)? ________________। विश्वासीहरूलाई बचाइराख्‍ने र रक्षा गर्ने जिम्मा कसको हो (१ पत्रुस १:५)? ____________________। भेडाहरूको सुरक्षा गर्ने काम भेडाहरू आफैको हो कि गोठालोको हो? __________________। के प्रभु येशूले आफ्ना भेडालाई बचाइराख्‍न र रक्षा गर्न सक्नुहुन्छ (यूहन्ना १०:२७-२८)? __________________। हामी मुक्ति पाएकाहरू भएको हुनाले प्रभु येशू हाम्रा ________________का ____________ र ____________ हुनुहुन्छ (१ पत्रुस २:२५)। “अध्यक्ष” को अर्थ “देखरेख गर्नुहुने” हो, जसले हाम्रो देखभाल गर्नुहुन्छ, अनन्त विनाशबाट बचाइराख्‍नुहुन्छ। ख्रीष्ट हाम्रा प्राणका रक्षक हुनुहुन्छ!

हिब्रू ७:२५ मा प्रभु येशूको विषयमा लेखिएको छ, “यसैकारण ________द्वारा जो-जो __________________कहाँ आउँछन्, तिनीहरूलाई ________ __________ ________ गर्न उहाँ ____________ हुनुहुन्छ।” उहाँ तिनीहरूलाई पूर्ण रूपले बचाइराख्‍न सक्नुहुन्छ। “पूर्ण रूपले” भन्नाले “पूरै, सिद्घ रूपले”। तसर्थ, हाम्रो निम्ति ख्रीष्टले गर्नुभएको कार्यद्वारा हाम्रो मुक्ति सिद्घ र पूर्ण छ! अनि यो सिद्घ र पूर्ण मुक्ति सदाका लागि हाम्रो भएको छ किनकि हाम्रो निम्ति “अन्तर्बिन्ती गर्न उहाँ ________ ____________ रहनुहुन्छ” (हिब्रू ७:२५)।

यहूदा बताउँछन् (यहूदा २४ मा) कि परमेश्वरले हामीहरूलाई ____________देखि ________________ र उहाँको महिमाका सामु अति आनन्दसहित __________________ खडा गराउन ____________________! परमेश्वरको एउटा अर्को उत्कृष्ट जन को थिए जो परमेश्वरको सुरक्षित राख्‍न सक्ने सामर्थ्यप्रति विश्वस्त थिए (२ तिमोथी १:१२ पढ्नुहोस्)? ____________। तिमोथीलाई दोस्रो पत्र लेख्‍ने क्रममा के पावल आफ्नो मृत्युको घडी नजिकै छ भनी जान्दथे (२ तिमोथी ४:६-८)? ______________। यस परिवेशमा पनि पावललाई परमेश्वरको सुरक्षित राख्‍न सक्ने सामर्थ्यको पूर्ण निश्चयता थियो भन्ने अचम्मको गवाही २ तिमोथी ४:१८ मा पाउँछौं: “अनि ________ले मलाई ____________ खराब कामबाट छुटाउनुहुनेछ र आफ्नो ____________ __________का निम्ति ____________________________।” प्रभुले उनलाई उहाँको स्वर्गीय राज्यका निम्ति बचाइराख्‍नुहुनेछ भनी पावल जान्दथे! परमेश्वरको सुरक्षित राख्‍न सक्ने सामर्थ्यको कारणले हाम्रो मुक्तिको पूर्णता निश्चित छ!

ठीक कि बेठीकः

__________ भेडाहरूको सुरक्षाको जिम्मेवारी भेडाहरूकै हो।

__________ हाम्रा प्राणहरूका रक्षक हामी आफै हौं।

__________ यदि एक मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सम्भव भएको भए यसको मतलब आफूले मुक्त गर्नुभएकाहरूलाई परमेश्वरले सुरक्षित राख्‍न र बचाइराख्‍न सक्नुहुन्न भन्ने ठहरिन्थ्यो।

__________ र्सवशक्तिमान् परमेश्वर आफ्नाहरूलाई सुरक्षित राख्‍न र उहाँको स्वर्गीय राज्यको निम्ति बचाइराख्‍न पूर्ण रूपले सामर्थी हुनुहुन्छ।

__________ हामीलाई परमेश्वरले बचाउनुपर्छ, तर विश्वासयोग्य जीवन यापन गर्दै प्रभुलाई खुशी पार्ने असल कामहरू गरेर हाम्रा प्राणहरू बचाइराख्‍ने जिम्मेवारीचाहिँ हाम्रै हो।

__________ म परमेश्वरको शक्तिले पलपल बचाइराखिएको छु, तसर्थ म प्रभुप्रति धन्यवादी छु अनि म एक विश्वासयोग्य जीवन यापन गर्दै उहाँको दृष्टिमा मनपर्दो कामहरू गर्ने इच्छा गर्दछु। म आफ्नो पूर्ण मुक्तिको निम्ति परमेश्वरलाई धन्यवाद चढाउँछु।

__________ परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभएको छ र आफ्नो अनुग्रहले बचाइराख्‍नुभएको छ अनि म एक दिन परमेश्वरकै अनुग्रहले स्वर्गमा पुग्नेछु।

__________ परमेश्वरले मलाई आफ्नो अनुग्रहले बचाउनुभएको छ तर मैले आफ्नै असल कामहरू र धार्मिकताका कामहरूद्वारा आफूलाई बचाइराखेको छु।

__________ परमेश्वरले मलाई बचाउनुभएकोले र बचाइराख्‍नुभएकोले म जस्तोसुकै जीवन यापन गर्न सक्छु अनि मैले आफूखुशी गर्न सक्छु। म सुरक्षित भएको हुनाले अबदेखि उसो मैले पाप गरे पनि केही फरक पर्दैन।

__________ परमेश्वरका भेडाहरू उहाँको हातमा सदाका निम्ति सुरक्षित छन् (यूहन्ना १०:२८-२९)।

__________ परमेश्वरका भेडाहरूले गोठालोलाई पछयाउँछन् (यूहन्ना १०:२७)।

१२. ख्रीष्टले उसको निम्ति स्वर्गमा गरिरहनुभएको कामले गर्दा एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ।

ख्रीष्ट हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुन्छ (हिब्रू ७:२५)

आज प्रभु येशू ख्रीष्ट कहाँ हुनुहुन्छ (रोमी ८:३४)? ______________________________________________। उहाँ त्यहाँ के गर्दै हुनुहुन्छ (रोमी ८:३४)? ____________________________________________________________। सो कार्य कसको निम्ति गर्दैहुनुहुन्छ? __________________। हिब्रू ७:२५ पढ्नुहोस्। उहाँद्वारा परमेश्वरकहाँ आउनेहरू सबैलाई ख्रीष्टले पूर्ण रूपले बचाउनु मात्र हुन्न, तर तिनीहरूका निम्ति __________________ गर्न उहाँ सधैं जीवित रहनुहुन्छ! रोमी ८:३४ र हिब्रू ७:२५ दुवैमा “अन्तर्बिन्ती गर्न” भन्ने क्रियापद वर्तमान कालमा छ; यसको तात्पर्य ख्रीष्ट हाम्रा निम्ति निरन्तर ______________________ गर्नुहुन्छ। “अन्तर्बिन्ती गर्नु” को अर्थ हुन्छ “कसैको निम्ति प्रार्थना गरिदिनु, कसैको पक्षमा बिन्ती गर्नु”। के ख्रीष्टले शिमोन पत्रुसका निम्ति अन्तर्बिन्ती गर्नुभयो (लूका २२:३१-३२)? ________________। पत्रुसले आफ्नो प्रभुलाई इन्कार गर्दा उसको विश्वास निश्चय पनि ढलपल भएको थियो, तर उसको वि__________ न____________ भनेर येशूले प्रार्थना गर्नुभयो। के यो प्रार्थनाको जवाफ मिल्यो होला? ____________।

यूहन्ना १७:१-२६ मा अन्तर्बिन्तीको प्रार्थनाको सुन्दर उदाहरण पाउँछौं। यो कसको प्रार्थना थियो (यूहन्ना १७:१)? __________________। तसर्थ, हाम्रो निम्ति अन्तर्बिन्ती गर्नुहुने को हुनुहुन्छ? ______________। ख्रीष्टले कोसँग प्रार्थना गर्नुभयो (यूहन्ना १७:१,५,११,२१,२४,२५)? __________________________________। यो प्रार्थनामा ख्रीष्टले कसका निम्ति अन्तर्बिन्ती गर्नुभयो, विश्वास गर्नेहरूका निम्ति कि विश्वास नगर्नेहरूका निम्ति (यूहन्ना १७:९)? ________________________________। उहाँका जनहरूलाई रक्षा गर्नुहोस् भनी ख्रीष्टले पितासँग कुनचाहिँ पदमा विन्ती गर्नुहुन्छ? ________। उहाँका जनहरूलाई दुष्टबाट रक्षा गर्नुहोस् भनी ख्रीष्टले पितासँग कुनचाहिँ पदमा विन्ती गर्नुहुन्छ? ________। (अक्षरशः “दुष्टचाहिँ (अर्थात् र्शैतान) बाट रक्षा गर्नुहोस्)। ख्रीष्टले आफ्ना विश्वासी जनहरूका निम्ति उहाँ जहाँ हुनुहुन्छ त्यहीँ उहाँसँगै तिनीहरू रहून् भन्ने प्रार्थना कुन पदमा गर्नुहुन्छ? ________। यो प्रार्थनाको जवाफ मिल्नेछ त (यूहन्ना १४:३)? __________।

यदि हामीले मुक्ति गुमाउन सम्भव भए, ख्रीष्टले हाम्रो निम्ति अन्तर्बिन्ती गर्न छाड्नुपर्ने हुन्थ्यो! तर बाइबलले बताउँछ कि उहाँले ________ निम्ति ______________________ निरन्तर गरिरहनुहुन्छ (रोमी ८:३४)। तसर्थ, के विश्वासी जनले आफ्नो मुक्ति गुमाउन सम्भव छ? ________।

ख्रीष्ट हाम्रा वकिल हुनुहुन्छ (१ यूहन्ना १:८-२:२)

“मसँग पाप छैन” भन्ने विश्वासीको सवालमा तपाईं के भन्न सक्नुहुन्छ (१ यूहन्ना १:८)? __________ ________________________________। “मैले पाप गरेको छैन” भन्ने विश्वासीको सवालमा के भन्न सक्नुहुन्छ (१ यूहन्ना १:१०)? _______________________________________ _________________________________________। जब हामीले पाप गर्छौं तब ख्रीष्टलाई मुक्तिका निम्ति पुनः बिन्ती गर्नुपर्छ भन्नु १ यूहन्ना १:९ अनुसार सत्य हो कि होइन? ____________। शब्दार्थः “स्वीकार गर्नु” ‍‍= “उही कुरा गर्नु, सहमत हुनु, सकार्नु”। यसकारण पापको विषयमा परमेश्वरले जे भन्नुहुन्छ हामीले पनि त्यही भन्नुपर्छ। हाम्रो पापलाई परमेश्वरले जसरी देख्‍नुहुन्छ उसरी नै देख्‍नुपर्छ। हामीले जे गरेका छौं त्यो पापपूर्ण छ भनी परमेश्वरसित र उहाँको वचनसित हामी सहमत हुनुपर्छः “हो प्रभु, तपाईंको दृष्टिमा मैले पाप गरें र यो दुष्टता गरें” (भजनसंग्रह ५१:३-४ मा दाऊदको पाप-स्वीकारको प्रार्थनासित तुलना गर्नुहोस्)। जब हामीले हाम्रा पापहरू स्वीकार गर्दछौं, परमेश्वरले कुन दुई कुराहरू गरिदिनुहुने प्रतिज्ञा गर्नुहुन्छ (१ यूहन्ना १:९)? १) __________ ________________________________२)_________________ _____________________ __________________।

के हामीले पाप गरोस् र हारको जीवन व्यतित गरोस् भनी यूहन्नाले यी कुराहरू लेखेका हुन् (१ यूहन्ना २:१)? ____________। ठीक कि बेठीकः ______________ “कसैले पाप गर्‍यो भने उसले आफ्नो मुक्ति गुमाउँनेछ” (१ यूहन्ना २:१)। तर यदि हामीले पाप गर्यौं भने हाम्रा एकजना ____________ हुनुहुन्छ भनी हामी जान्दछौं (१ यूहन्ना २:१)। यस पदमा वर्तमान कालको क्रियापद “हुनुहुन्छ” को अर्थ हो, “भइरहनुहुन्छ”, अर्थात् “उहाँ हाम्रो वकिल भइरहनुहुन्छ”। यसको मतलव ख्रीष्ट हाम्रो वकिल हुन कहिल्यै छाड्नुहुन्न। शब्दार्थः “वकिल” =”हामीलाई सहायता गर्न हाम्रो पक्षमा रहन बोलाइएको व्यक्ति, सहायक”। हाम्रो वकिल र सहायक को हुनुहुन्छ (१ यूहन्ना २:१)? ____________________________________________।

हामीले पाप गर्दा हामीलाई पिताको सामु कसले दोष लगाउँछ (प्रकाश १२:९-१०)? ________________ __________________। शैतान परमेश्वरको सामु आएर भन्छ, “______________ले (आफ्नै नाम लेख्‍नुहोस्) पाप गरेको छ र खराब काम गरेको छ, अनि तपाईं एक पवित्र परमेश्वर हुनुभएको हुनाले तपाईंले यस विश्वासीलाई दण्ड दिनैपर्छ, उसलाई आगोको झीलमा फ्याँक्नैपर्छ अनि ऊ सदाको लागि तपाईंको क्रोधमुनि रहनैपर्छ।” तर पिताको साथमा हाम्रा एकजना व________ (सहायक) हुनुहुन्छ, धर्मी येशू ख्रीष्ट (१ यूहन्ना २:१) अनि उहाँ हाम्रो पक्षमा पितासित बिन्ती गर्नुहुन्छः “हे धार्मिक पिता, म जान्दछु कि ______________ (आफ्नै नाम लेख्‍नुहोस्) ले पाप गरेकै हो र परमेश्वरको वचनको अनाज्ञाकारी भएकै हो तर त्यो पापको निम्ति म मरें; जब म कलवरीको क्रूसमा उसको सट्टामा मरें ममाथि तपाईंको क्रोध खन्याइसकियो अनि मेरो रगतले सबै पापबाट शुद्घ पार्दछ (१ यूहन्ना १:७)। मेरा पिता, तपाईंले यस विश्वासीलाई दण्ड दिनुपर्दैन किनकि उसको सट्टामा मैले दण्ड भोगें!” धन्य मुक्तिदाता! सिद्घ बलिदान! उदेकको वकिल!

हामीले आफ्नो मुक्ति गुमाउन सक्न, ख्रीष्ट हाम्रो वकिल हुन छोड्नुपर्छ। तर बाइबलले बताउँछ, कसैले ________ गर्‍यो भने ________को साथमा हाम्रा एकजना __________________ हुनुहुन्छ [भइरहनुहुन्छ]” (१ यूहन्ना २:१)। के ख्रीष्ट हाम्रा वकिल र सहायक हुन छोड्नुहुनेछ? __________। तब के हामीले मुक्ति गुमाउन सम्भव छ? ________।

ध्यानपूर्वक २ शमूएल ११ अध्याय पढ्नुहोस् जहाँ हामी दाऊदले गरेको ठूलो पापको बयान पाउँछौं। २ शमूएल १२:१-४ पनि पढ्नुहोस्। दाऊदले गरेका दुइटा दुष्ट कामहरू कुन-कुन थिए (२ शमूएल १२:९)? १) ________________________________________________ २) ____________________________________________। २ शमूएल १२:१-१४ पढ्नुहोस्। दाऊदले कुनचाहिँ पदमा आफ्नो पापको स्वीकार गरे? ______। आफ्नो ठूलो पापपछि दाऊदले गरेको पाप-स्वीकारको प्रार्थना भजनसंग्रह ५१ मा पाइन्छ। कुनचाहिँ दुइटा पदहरूमा दाऊदले आफ्नो पाप स्वीकार गरेको पाइन्छः __________। के दाऊदले यसरी प्रार्थना गरे (“मलाई तपाईंको मुक्ति फिर्ता दिनुहोस्” (पद १२)? ______________। यो ठूलो पापको कारण के दाऊदले आफ्नो मुक्ति गुमाए? ________________। दाऊदले के गुमाए (पद १२)? ______________________________________।

के तपाईं आफ्नो मुक्तिको आनन्द अनुभव गर्दैहुनुहुन्छ? यदि हुनुहुन्न भने तपाईंको जीवनमा तपाईंले स्वीकार गर्नुपर्ने कुनै पाप हुनुपर्छ। भजनसंग्रह १३९ पढ्नुहोस् अनि २३ र २४ पदहरूमा दाऊदले गरेकै प्रार्थनालाई आफ्नै प्रार्थना बनाउनुहोस्। भजनसंग्रह ५१ र ३२ पनि पढ्नु राम्रो हुन्छ। १ यूहन्ना १:१-१० र १ यूहन्ना २:१-२ बाट तपाईंलाई मदत मिल्नेछ। १ यूहन्ना १:४ मा विशेष ध्यान दिनुहोस् जहाँ उल्लेख गरिएको छ — तिमीहरूको आनन्द पूरा होस्।

१३. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि उसमा उहाँले शुरू गर्नुभएको मुक्तिको महान् कार्यलाई परमेश्वरले पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)।

फिलिप्पी १:६ मा निश्चयताको एक वक्तव्य पाउँछौं, “र यस कुरामा म ______________ छु”। जसले यी फिलिप्पीका विश्वासीहरूमा एउटा असल काम ________ गर्नुभएको थियो उहाँले ________ __________को ________सम्म त्यो ________ गर्नुहुनेछ भनी पावल पूर्ण रूपमा निश्चित थिए। यी विश्वासीहरूको जीवनमा असल काम शुरू गर्नुहुने को हुनुहुन्थ्यो? __________________। उनीहरूमा निरन्तर काम गर्दैरहनुहुने व्यक्ति को हुनुहुन्छ (फिलिप्पी २:१३; हिब्रू १३:२०-२१)? ____________________। के उहाँले आफ्नो काम पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)? __________________। के परमेश्वरले आफूले शुरू गर्नुभएको कामलाई पूरा गर्न सक्नुहुन्छ (यहूदा २४; २ तिमोथी १:१२; हिब्रू ७:२५)? __________________।

विश्वासीहरू कुनचाहिँ महान् घटनाको बाटो हेरिरहेका छन्? (१ कोरिन्थी १:७) ____________________ ____________________________। तीतस २:१३ अनुसार विश्वासीहरू कुनचाहिँ महान् घटनाको बाटो हेर्दै जिउनुपर्छ? __________________________________________ __________________। यो महान् घटना पुरा हुनेवाला छ भनी हामी कसरी जान्दछौं (यूहन्ना १४:१-३)? ________________________________________।

के कोरिन्थका विश्वासीहरू आत्मिकतामा परिपक्व र स्वस्थ थिए? के तिनीहरू आत्मिक जीवनमा राम्ररी बढ्दै थिए (१ कोरिन्थी ३:१-२)? ____________। कोरिन्थको मण्डलीमा एकता थियो कि विभाजन (१ कोरिन्थी १:१०-१३; ३:३-४)? ______________। के कोरिन्थको मण्डलीका सबै सदस्यहरू पवित्र र शुद्घ जीवन बिताउँथे (१ कोरिन्थी ५:१,१३; ११:२९-३०)? __________________। यद्यपि तिनीहरूका थुप्रै कमजोरीहरू, पाप र समस्याहरू थिए, तैपनि यो उदेकलाग्दो कुरा हो कि प्रभु येशू ख्रीष्टको ________मा तिनीहरू ____________ होओस् भनेर तिनीहरूलाई प्रभु येशूले __________सम्म ____________ पार्नुहुनेछ भनी १ कोरिन्थी १:८ मा पावलले यी विश्वासीहरूलाई भन्छन्! के कोरिन्थका विश्वासीहरूमा शुरू गर्नुभएको असल काम परमेश्वरले पूरा गर्न सक्नुहुन्छ? __________________। तपाईंमा समेत सक्नुहुन्छ? __________________।

फिलिप्पी १:६ र १ कोरिन्थी १:८ दुवैमा एक निश्चित दिनको उल्लेख छ। त्यो दिनलाई कुन नामले जनाइएको छ? ________________________________________। कुनचाहिँ महान् घटना घट्दा त्यस “दिन” आउनेछ भनी हामी १ कोरिन्थी १:७ मा सिक्छौं? __________________________________________________।

जोडा मिलाउनुहोस्:

१. _______ परमेश्वरले आफ्नो काम ममा शुरू गर्नुभयो।

२. _______ परमेश्वरले अहिले नै ममा काम गर्दैहुनुहुन्छ।

३. _______ परमेश्वरले यस महान् कामलाई पूरा गर्नुहुनेछ।

४. _______ परमेश्वरले मलाई छुटकारा दिनुभयो र उहाँले अहिले पनि छुटकारा
दिँदैहुनुहुन्छ, अनि उहाँले मलाई छुटकारा दिनुहुनेछ! (यो हाम्रो महान् मुक्तिको वर्णन हो
— भूतकालमा, वर्तमानकालमा र भविष्यकालमा!)

(क) फिलिप्पी २:१३; हिब्रू १३:२१

(ख) १ कोरिन्थी १:७-८; फिलिप्पी ३:२०-२१

(ग) प्रेरित १६:३१; यूहन्ना ६:२९; एफेसी १:१२-१३; १ कोरिन्थी ६:११

(घ) २ कोरिन्थी १:१०

हामीलाई कसको रूपमा ढाल्नु परमेश्वरको अनन्तदेखिको मनसाय हो (रोमी ८:२८-२९)? __________ ____________________। हामीप्रतिको परमेश्वरको यो मनसाय कहिले पूरा हुनेछ (१ यूहन्ना ३:२)? __________ ____________________________________। १ यूहन्ना ३:२ अनुसार त्यस दिन हामी किन ख्रीष्टजस्तै हुनेछौं? ______________________________________________। के अहिले पनि हामीले प्रभु येशू ख्रीष्टलाई देखेको र हेरेको परमेश्वर चाहनुहुन्छ (२ कोरिन्थी ३:१८)? __________________। आज हामी ख्रीष्टलाई कसरी देख्‍न सक्छौं (लूका २४:२७,४४-४५; यूहन्ना ५:३९)? ________________________________________।

यदि एउटा साँचो विश्वासी आफ्नो मुक्ति गुमाउन सम्भव भएको भए, उसलाई ख्रीष्टको रूपमा ढाल्ने परमेश्वरको अनन्तदेखिको मनसाय असफल हुनेथ्यो! के परमेश्वरको अनन्तदेखिको मनसाय असफल हुन सम्भव छ? ________। परमेश्वरले कुनै अभिप्राय राख्‍नुभएको छ भने, के त्यो पूरा हुनेछ (यशैया १४:२७; ४६:१०-११)? ____________।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

तेह्रओटा कारणहरू – भाग २

६. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ सदाका निम्ति परमेश्वरको सन्तान भइसकेको छ।

यूहन्ना १:१२ ले बताउँछ, तपाईंले प्रभु येशूलाई ग्रहण गरेकै क्षणमा अर्थात् उहाँको नाममा विश्वास गर्नुभएकै क्षणमा तपाईं परमेश्वरको ____________ बन्नुभयो। हेर त, ________ले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ ( हामी ________________का ____________ कहलिँदछौं” (१ यूहन्ना ३:१)। “प्रियहरूहो, अहिले ता हामी ________________का ______________ हौं (१ यूहन्ना ३:२)। १ यूहन्ना ३:१० अनुसार संसारमा मानिसहरू कुन दुई समूहमा विभाजित छन्? १) ______________________________________ २) ________________________________________। साँच्चै मुक्ति पाएको व्यक्ति कुन समूहमा पर्छ? ____________________________________। तसर्थ, कुनै व्यक्ति “अ-मुक्त” हुन परमेश्वरले उसलाई यसरी भन्नुपर्ने हुन्छः “म तिमीलाई अब मेरो सन्तान भन्दिनँ। अबदेखि उसो तिमी मेरो सन्तान होइनौ र मेरो परिवारका होइनौ।” के स्वर्गमा बस्नुहुने हाम्रो पिताले आफ्नाहरूलाई यसो भन्नुहुनेछ? __________________।

संसारको कुनै बाबुको बिचार गरौं। हर्ष बहादुरको कान्छा नाम गरेको ९ वर्षको छोरा छ। एक दिन कान्छाले चकचक गर्दागर्दै बाबुको नयाँ रेडियो बिगार्छ। कान्छालाई अनुमतिबिना त्यो रेडियो छुन पनि मनाही गरिएको थियो। कान्छाको अनाज्ञाकारिताप्रति हर्ष बहादुरले कस्तो प्रतिकृया देखाउँछ होला? तलका ठीक-ठीक उत्तरहरूमा गोलो चिन्ह लगाउनुहोस्:

(क) ऊ ज्यादै बेखुशी बन्नेछ।
(ख) उसले आफ्नो छोरालाई प्रेम गर्न छाड्नेछ।
(ग) छोराको काम देखेर ऊ दुःखित र शोकित बन्नेछ।
(घ) उसले कान्छालाई परिवारबाट निष्कासन गर्नेछ।
(ङ) कान्छाले आफ्नो गल्ती स्वीकार गरोस् भन्ने उसले चाहनेछ (दाँज्नुहोस्, १ यूहन्ना १:९)।
(च) उसले कान्छालाई “तँ फर्केर नआइज” भन्दै उसलाई घरबाट निकालिदिनेछ (दाँज्नुहोस्, यूहन्ना ६:३७)।
(छ) उसले आफ्नो अनाज्ञाकारी छोरालाई ताडना दिनेछ, अनुशासन गर्नेछ, सुधार्नेछ, अथवा छडी लगाउनेछ (हितोपदेश १३:२४; २२:१५)।

ध्यानपूर्वक मत्ती ७:९-११ पढ्नुहोस्। पृथ्वीमा हुने एउटा “दुष्ट” बाबुले भन्दा स्वर्गमा बस्नुहुने हाम्रो पिताले आफ्ना नानीहरूप्रति “झन् बढ्ता गरी” न्यायोचित र प्रेमिलो व्यवहार गर्नुहुन्न होला र? ________________। पृथ्वीमा हुने एउटा बाबुले आफ्नो छोरालाई खानको निम्ति गोमन साँप देला? ______________। उसले आफ्नो छोरालाई ढुङ्गा खान देला? ________________। एक मानवीय बाबुले आफ्नो छोरालाई परित्याग गर्ला? ____________। के परमेश्वरले आफ्नो छोरा वा छोरीलाई परित्याग गर्नुहोला? ______________।

हामी परमेश्वरका सन्तानहरूले प्रभुको ____________ (अनुशासन, तालिम, सुधार, “पिटाइ”) लाई तुच्छ ठान्नुहुन्न (हिब्रू १२:५)। प्रभुले कसलाई ताडना दिनुहुन्छ (हिब्रू १२:६)? ____________________________ ____________________________। ठीक कि बेठीकः __________ प्रत्येक छोराले उसको बाबुबाट ताडना पाउँछ अनि ताडना नपाउने व्यक्ति वास्तवमा उक्त बाबुको छोरा होइन (हिब्रू १२:७-८)। तसर्थ, हर्ष बहादुरले कान्छालाई ताडना दिएको तथ्यले कान्छा उसको ________ हो भन्ने प्रमाण दिन्छ। के हर्ष बहादुरले आफ्नो छिमेकिको छोरालाई ताडना दिने आँट गर्ला? ____________। उसले छिमेकिको छोरालाई ताडना नदिएको तथ्यले छिमेकिको छोरा हर्ष बहादुरको ________ होइन भन्ने प्रमाण दिन्छ। प्रभुबाट ताडना पाउनु के आनन्दमय हुन्छ (हिब्रू १२:११)? ____________। तरैपनि हामीले प्रभुको ताडनालाई सहन सक्छौं (हिब्रू १२:७) किनकि त्यसले हाम्रो जीवनमा ________________को शान्तिमय __________ दिन्छ (हिब्रू १२:११)।

१ कोरिन्थी ११:३१-३२ मा दुइटा महत्त्वपूर्ण कुराहरू पाउँछौं: १) ताडना पाउनु २) दोषी ठहरिनु। परमेश्वरले आफ्ना छोराछोरीहरूसँग यी दुईमध्ये कुन तरिकाले व्यवहार गर्नुहुन्छ (तिनीहरूलाई ताडना दिएर कि दोषी ठहराएर? ______________________________। परमेश्वरले संसारसित यी दुईमध्ये कुन तरिकाले व्यवहार गर्नुहुन्छ? ______________________________। ठीक कि बेठीक छुट्टयाउनुहोस् —

____________ परमेश्वरका सन्तानहरूले प्रभुबाट ताडना पाउँछन्।
____________ परमेश्वरका सन्तानहरू प्रभुद्वारा दोषी ठहरिन्छन्।
____________ मुक्ति नपाएकाहरू (संसार) ले प्रभुबाट ताडना पाउँछन्।
____________ मुक्ति नपाएकाहरू (संसार) प्रभुद्वारा दोषी ठहरिन्छन्।
____________ विश्वासी जन दण्डबाट मुक्त हुन्छन् (रोमी ८:१)।
____________ परमेश्वर सबै मानिसहरूका पिता हुनुहुन्छ (दाँज्नुहोस्, यूहन्ना ८:४४)।

ठीक कि बेठीक छुट्टयाउनुहोस् —

____________ परमेश्वरले आफ्ना सन्तानलाई ताडना दिनुहुन्छ तर तिनीहरूलाई कहिल्यै परित्याग गर्नुहुन्न।
____________ परमेश्वरको परिवारको सदस्य हुन पाएकोमा म प्रभुलाई धन्यवाद चढाउँछु (यूहन्ना १:१२; एफेसी २:१९) अनि म जान्दछु कि उहाँले मलाई कहिल्यै अफाल्नुहुनेछैन (यूहन्ना ६:३७)।
____________ परमेश्वरले मलाई कहिल्यै परित्याग गर्नुहुनेछैन, त्यसैले म एक अनाज्ञाकारी सन्तान भई जीवन बिताउन सक्छु (१ पत्रुस १:१४)।
____________ म परमेश्वरको सन्तान हुँ, त्यसैले म मेरा स्वर्गीय पितालाई कहिल्यै बेखुशी तुल्याउन वा अनादर गर्न (मलाकी १:६) वा शोकित पार्न चाहन्नँ।
____________ आफ्नो छोरा वा छोरीलाई छडी लगाउने र यत्नपूर्वक अनुशासन गर्ने बाबु वा आमाले आफ्नो छोरा वा छोरीप्रति घृणा देखाउने काम गरिरहेको हुन्छ (हितोपदेश १३:२४)।
____________ उहाँले घृणा गर्नुहुने व्यक्तिहरूलाई परमेश्वर ताडना दिनुहुन्छ (प्रकाश ३:१९)।

७. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ पवित्र आत्माद्वारा छाप मारिएको छ (एफेसी १:१३-१४; ४:३०)।

१ कोरिन्थी ६:१९-२० पढ्नुहोस् र यी प्रश्नहरूको जवाफ दिनुहोस्। विश्वासी जनको शरीर ____________________________________________ हो भनी पावल बयान गर्छन्। के पावल कोरिन्थका विश्वासीहरूले यो सत्यता जान्दछन् भनी निश्चित थिए? ________________। पवित्र आत्मा कहाँ हुनुहुन्छ (पद १९)? __________________। मुक्ति पाएका हुनाले अब के हामी आफैका हौं? ____________। हामी किन आफैका होइनौं (१ कोरिन्थी ६:२०)? ______________________________________________________। यत्रो दाम कसले तिर्नुभयो (१ पत्रुस १:१८-१९)? ________________________। मुक्ति सित्तैंमा मिल्छ तर यो कदापि सस्तो छैन! निम्न भनाइहरूमध्ये कुन चाहिँ बेठीक छ? गोलो चिन्ह लगाउनुहोस्:

(क) पवित्र आत्मा परमेश्वर हरेक विश्वासीभित्र वास गर्नुहुन्छ।
(ख) हरेक विश्वासी जन दाम तिरेर किनिएको हो अनि ऊ पूर्ण रूपमा प्रभुकै हो।
(ग) हरेक व्यक्ति जोसँग पवित्र आत्मा हुनुहुन्छ त्यो पूर्ण रूपमा प्रभुकै हो।
(घ) कतिपय विश्वासीहरू प्रभुकै भए तापनि तिनीहरूले पवित्र आत्मा पाइसकेका हुँदैनन्।

रोमी ८:९ ले हामीलाई सिकाउँछ, यदि कुनै मानिससँग ख्रीष्टका ____________ हुनुहुन्न भने त्यो __________________________। यसको तात्पर्य हो, कुनै व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने त्यो __________ होइन। तसर्थ, हरेक जो साँच्चै ख्रीष्टको हो त्यो व्यक्तिभित्र ______________________ वास गर्नुहुन्छ।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

____________ आफूसँग पवित्र आत्मा हुने हरेक व्यक्ति ख्रीष्टको हो।
____________ हरेक साँचो विश्वासीसँग पवित्र आत्मा हुन्छ।
____________ एक साँचो ख्रीष्टियनभित्र पवित्र आत्मा नहुन पनि सम्भव छ।
____________ यदि एक व्यक्तिसँग पवित्र आत्मा हुनुहुन्न भने ऊ एक साँचो ख्रीष्टियन होइन।

एफेसी १:१३ बाट साँच्चै मुक्ति पाएको हरेक व्यक्तिलाई यी तीन कुराहरू भइसकेका छन् भन्ने सिक्छौं — “उहाँमा नै तिमीहरूले (१) ____________को ____________ अर्थात् तिमीहरूको मुक्तिको ______________ सुनेपछि भरोसा गर्यौ; उहाँमा नै तिमीहरूले (२) ________________ गरेपछि (३) प्रतिज्ञाको ____________ ____________ले तिमीहरू __________ ________________।” मुक्ति पाउने कार्यमा समावेश हुने यी तीन कुराहरूलाई अब हामी अध्ययन गर्नेछौं।

(१) मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला स________को व__________ अर्थात् उसको मु______को सु________________ सुन्नुपर्छ (एफेसी १:१३)। के विश्वासबिना कसैले मुक्ति पाउन सक्छ (एफेसी २:८)? ______________। परमेश्वरको वचनप्रति सही प्रकारले सकारात्मक प्रतिक्रिया देखाउनु नै विश्वास हो। यदि तपाईंले परमेश्वरको वचन कहिल्यै सुन्नु भएको छैन भने के तपाईंले त्यसप्रति सकारात्मक प्रतिक्रिया देखाउन सक्नुहुन्छ? ________________। प्रभु येशू ख्रीष्टको बारेमा कहिल्यै नसुनेको व्यक्तिले के उहाँमाथि विश्वास गर्न सक्छ (रोमी १०:१४)? ________________। “विश्वास ____________द्वारा आउँछ, र ____________चाहिँ __________________को ____________द्वारा” (रोमी १०:१७)। तसर्थ, मुक्ति पाउनको लागि एक व्यक्तिले पहिला परमेश्वरको व__________ सु________________।

(२) धेरै मानिसहरूले परमेश्वरको वचन सुन्छन्, तर दुःखको कुरा, तिनीहरूले कहिल्यै मुक्ति पाउँदैनन्। एक व्यक्तिले परमेश्वरको वचन सु________ मात्र होइन, तर उसले प्रभु येशू ख्रीष्टमाथि वि____________ गरेर परमेश्वरको वचनप्रति सही प्रतिक्रिया पनि देखाउनुपर्छ (एफेसी १:१३ प्रेरित १६:३१)। पुरूष, महिला, बाल-बालिका सबै नै एउटै तरिकामा बचाइन्छन् — तिनीहरू वि____________द्वारा बचाइन्छन् (एफेसी २:८), ______________बाट होइन (एफेसी २:९)।

(३) जब एक व्यक्तिले सुसमाचार सुन्छ र केवल ख्रीष्टलाई नै आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा विश्वास गरी सुसमाचारप्रति आफ्नो प्रतिक्रिया देखाउँछ, तब परमेश्वरले उसमा एउटा अचम्मको कार्य गर्नुहुन्छ! ऊ प्रतिज्ञाको ____________ ____________ले छा______ मारिन्छ (एफेसी १:१३)। २ कोरिन्थी १:२१-२२ अनुसार, हामीलाई छाप लगाउनुहुने को हुनुहुन्छ? ______________________। एफेसी १:१३ अनुसार हामी केले अर्थात् कोद्वारा छाप मारियौं? ________________________________। तसर्थ, छाप लगाउने व्यक्ति पिता परमेश्वर हुनुहुन्छ र छापचाहिँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ! यो छाप कहाँ लगाइएको छ (२ कोरिन्थी १:२२)? ________________________________। परमेश्वरले हामीलाई आफ्नो पवित्र आत्माले छाप लगाउनुभएको छ अनि यो छापचाहिँ स्वामित्वको चिन्ह हो!

थुप्रै-थुप्रै भेडा-बाख्राका बथानहरू एउटै चरनमा लगिन्छ भने एउटा गोठालोले आफ्ना भेडाहरूलाई अर्को गोठालोका भेडाहरूबाट चिन्न सक्नका लागि आफ्नो प्रत्येक भेडामा उसको स्वामित्वको चिन्ह लगाउनु पर्ने हुन्छ। बलेले आफ्नो भेडाहरूको जिउमा “ब” आकारको छाप लगाएको छ। कमलले चाहिँ आफ्ना भेडाहरूको जिउमा “क” आकारको छाप लगाएको छ। जाँदै गर्नुहुँदा तपाईंले “ब” आकारको छाप लगाइएको बाटो बिराएको एउटा भेडालाई भेट्टाउनुभयो भने, त्यो भेडा कसको रहेछ भनी जान्नु हुनेथ्यो? ____________। अलि पर पुग्दा तपाईंले ________ आकारको छाप लगाइएको एक्लो भेडा भेट्टाउनुभयो भने, त्यो भेडा कमलको रहेछ भनी जान्नु हुनेथ्यो। “क” आकारको छाप लगाइएको प्रत्येक भेडा ______________कै हुनुपर्छ। यदि तपाईं “क” आकारको छाप लगाइएको भेडा हुनुभएको भए, तपाईंले गर्वसाथ भन्न सक्नुहुन्थ्यो, “म कमलको भेडा हुँ। उहाँले मलाई आफ्नो स्वामित्वको व्यक्तिगत चिन्हले छाप मार्नुभएको छ! “

ख्रीष्टको विश्वासी जन केको छापले छाप मारिएको छ (एफेसी १:१३)?________________________। विश्वासी जनलाई कसले छाप मार्नुभएको हो (२ कोरिन्थी १:२१-२२)? ______________________। तसर्थ, विश्वासी जनले भन्न सक्छ, “म जान्दछु म ______________________ हुँ किनकि उहाँले मलाई आफ्नो पवित्र ______________ले ________ मार्नुभएको छ।” २ तिमोथी २:१९ मा हामी पढ्छौं, “तरै पनि परमेश्वरको जग दृढतापूर्वक खडा रहन्छ, जसमा यो ________ लागेको छः ________ले ____________ ____________हरूलाई चिन्नुहुन्छ।’” को-को साँच्चै उहाँका हुन् भनी प्रभु जान्नुहुन्छ! प्रभुले साँचो विश्वासी जनहरू को-को हुन् भनी जान्नुहुन्छ? __________________। कुन व्यक्तिहरूलाई उहाँले पवित्र आत्माद्वारा छाप लगाउनुभएको छ र कुन व्यक्तिहरूलाई लगाउनुभएको छैन भनी के प्रभु जान्नुहुन्छ? __________________। मानिसहरूलाई अवलोकन गरेर तिनीहरूमा पवित्र आत्मा स्वयंलाई नै देख्‍न सम्भव छ? ________। पवित्र आत्मा सादृश्य हुनुहुन्छ कि अदृश्य? ____________। तसर्थ, परमेश्वरको छाप सादृश्य हुन्छ कि अदृश्य? ____________। मुक्ति पाए पश्चात् प्रथम पटक आफूलाई ऐनामा हेर्नुहुँदा, तपाईंले आफ्नो रूपमा कुनै ठूलो भिन्नता पाउनुभयो? ____________। के तपाईंले आफूभित्र पवित्र आत्मा वास गरिरहनुभएको प्रत्यक्ष देख्‍नुभयो? ____________। प्रकाश १४:१ मा बयान गरिएका व्यक्तिहरूका जस्तै गरी तपाईंको निधारमा पनि परमेश्वरको नाम लेखिएको पाउनुभयो? ____________।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

____________ विश्वासी जन पवित्र आत्माले छाप मारिएको हुन्छ, तर प्रभुले बाहेक अरु कसैले पनि यो छापलाई देख्‍न सक्दैन।
____________ जब एउटा पापीले मुक्ति पाउँछ तब उसको शारीरिक रूपमा आमूल परिवर्तन देखापर्छ।
____________ कुन-कुन व्यक्तिहरूका हृदयहरूमा पवित्र आत्मा हुनुहुन्छ भनी प्रभु जान्नुहुन्छ (१ शमूएल १६:७ लाई २ कोरिन्थी १:२२ सित तुलना गर्नुहोस्)।

हामी उहाँका हौं भनी प्रभु अवश्य नै जान्नुहुन्छ, तर हामी प्रभुका हौं भनी अरु मानिसहरूले कसरी जान्न सक्दछन्? यस प्रश्नको जवाफ २ तिमोथी २:१९ को आखिरी भागमा पाइन्छः “ख्रीष्टको नाम लिने हरेक जन ____________बाट अलग रहोस्।” यस पदअनुसार अरु मानिसहरूले हामी साँच्चै ख्रीष्टियनहरू हौं भनेर कसरी जान्न सक्छन्, बताउनुहोस्: __________________________________________________________ _________________________________________________। मानिसहरूले हामीभित्र पवित्र आत्मा वास गरिरहनुभएको देख्‍न नसकेता पनि के तिनीहरूले आत्माको फल चाहिँ देख्‍न सक्छन् (गलाती ५:२२-२३; एफेसी ५:९)? __________________। हामी ख्रीष्टका हौं भनी संसारले कसरी जान्न सक्छ (यूहन्ना १३:३५)? ______________________________________________________।

ठीक कि बेठीक छुट्टयाउनुहोस्:

____________ संसारले विश्वासी जनमा पवित्र आत्मा स्वयंलाई देख्‍न सक्छ।
____________ संसारले हाम्रो चालचलन र व्यवहार देख्‍न सक्छ र हाम्रो जीवनमा पवित्र आत्माले काम गरिरहनुभएको प्रमाण देख्‍न सक्छ।
____________ जोसँग पवित्र आत्मा साँच्चै हुनुहुन्छ त्यो व्यक्ति अधर्मबाट अलग हुन चाहनेछ। प्रभुलाई खुशी पार्नु र उहाँको आज्ञा मान्नु नै उसको इच्छा हुन्छ।
____________ सधैं नै पाप र अधर्ममा जीवन बिताइरहने व्यक्तिले ऊ प्रभुको होइन भनी प्रमाण दिइरहेको हुन्छ (दाँज्नुहोस् १ यूहन्ना २:२९; ३:१०)।
____________ कसैले आफू ख्रीष्टियन हुँ भनी दाबी गर्छ भने भने ऊ एक साँचो विश्वासी नै हो। यदि तपाईंले मुक्ति पाएको दाबी गर्नुहुन्छ भने यसको अर्थ हो तपाईंले साँच्चै मुक्ति पाउनुभएको छ।

एफेसी १:१४ ले हामीलाई सिकाउँछ, पवित्र आत्माचाहिँ “किनिएको सम्पत्तिको ________________को ____________सम्म हाम्रो पैतृक-सम्पत्तिको __________ हुनहुन्छ, उहाँकै महिमाको प्रशंसाको लागि।” यो पदले विश्वासी जनको उद्घारको अन्तिम चरणलाई उल्लेख गर्दै छ (हेर्नुहोस् पृष्ठ २८-२९) जुन बेला ऊ सदाका लागि प्रभुसित हुनेछ र उसले त्यसपछि कहिल्यै पाप गर्नेछैन। ख्रीष्टले आफ्ना विश्वासी जनहरूलाई लिन आउने प्रतिज्ञा गर्नुभएको छ (हेर्नुहोस् यूहन्ना १४:२-३; रोमी ८:२३)। ख्रीष्टको प्रतिज्ञा सत्य छ र एक दिन हाम्रो उद्घार पूरा हुनेछ (फिलिप्पी १:६) भनी निश्चयता दिन परमेश्वर पिताले हामीलाई बैनास्वरुप आफ्नो पवित्र आत्मा दिनुभएको छ। परमेश्वरले “हामीमा __________ पनि ________________________ छ, र ____________को __________ हाम्रा हृदयहरूमा ____________________ छ (२ कोरिन्थी १:२२)।” परमेश्वरले “हामीलाई ____________को __________ पनि ____________________ छ” (२ कोरिन्थी ५:५)। “बैना” को अर्थ बुझ्नको निम्ति मगनीको उदाहरण लिऊँ। एउटा स्त्रीसँग मगनी गर्दा एउटा पुरूषले आफ्नो प्रेमको चिनोस्वरुप उनलाई मानौं एउटा औंठी दियो। उक्त औंठी उसले त्यही स्त्रीलाई विवाह गर्नेछ भन्ने प्रतिज्ञाको चिनो हो। एकदिन ऊ आफ्नो दुलहीलाई लिन आउँदछ अनि तब एक आशिषपूर्ण सम्बन्धको शुरूआत हुन्छ। तसर्थ, हामीसँग प________ आ________ हुनुभएको कारण ख्रीष्ट आफ्नो दुलहीलाई लिन आउनुहुनेछ (यूहन्ना १४:१-३) भन्ने कुराको निश्चयता हामीलाई छ; तब हामी प्रभुलाई आमने-सामने भेट्नेछौं (१ थेस्सलोनिकी ४:१६-१८), अहिलेको भन्दा घनिष्ट सम्बन्धको आनन्द पाउनेछौं (फिलिप्पी १:२१-२३; २ कोरिन्थी ५:८; १ यूहन्ना ३:१-३)।

ठीक कि बेठीकः

____________ हामीसँग अहिले पवित्र आत्मा हुनु नै एकदिन हाम्रो मुक्ति पूरा हुनेछ अनि हामी प्रभुसँगै हुनेछौं भन्ने कुराको प्रमाण हो। छाप लगाइएका सबै नै सदाका लागि मुक्त हुनेछन्!
____________ पाप नगरेसम्म हामी पवित्र आत्माले छाप मारिएका हुन्छौं (एफेसी ४:३०)।
____________ आफ्नो जीवनमा पापलाई ठाउँ दिएर एक विश्वासी जनले पवित्र आत्मालाई शोकित र दुःखित तुल्याउन सम्भव छ।
____________ जब एक विश्वासी जनले पाप गर्दछ तब पवित्र आत्माले उसलाई छोड्दछ र त्याग्दछ (एफेसी ४:३०; यूहन्ना १४:१६-१७)।
____________ उहाँ हामीसँगै सदाका लागि वास गर्नुभएको होस् भनी परमेश्वर पिताले हामीलाई पवित्र आत्मा दिनुभएको छ (यूहन्ना १४:१६)।
____________ एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सक्नलाई उसलाई लगाइएको पवित्र आत्माको छाप हटाइनुपर्ने हुन्छ!
____________ मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन सक्न पवित्र आत्माले उसलाई छोड्नुपर्छ।
____________ एक साँचो विश्वासीलाई लगाइएको छाप हटाइनु सम्भव छ।
____________ यदि कुनै व्यक्तिले आफू ख्रीष्टियन हुँ भनी दाबी गर्छ भने उसले आफ्नो जीवनद्वारा आफू साँच्चै मुक्ति पाएको र साँच्चै छाप लगाइएको व्यक्ति हो भनी देखाउनुपर्छ (२ तिमोथी २:१९)।

८. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ ख्रीष्टको शरीरको एक अंग हो (१ कोरिन्थी १२:१३)।

एफेसी १:२२-२३ मा साँचो मण्डलीलाई उहाँको अर्थात् ख्रीष्टको श________ भनी जनाइएको छ। पावलले कोरिन्थका विश्वासीहरूलाई भनेः “अब तिमीहरू ______________ ____________” (१ कोरिन्थी १२:२७)। हामीमध्ये साँच्चै मुक्ति पाएकाहरूले (यूहन्ना ३:३-७, १४-१६) यो भन्न सक्दछौं, “हामी उहाँकै ____________का, उहाँकै ________का र उहाँकै __________________का ________ हौं” (एफेसी ५:३०)।

यस शरीरको शिर को हुनुहुन्छ (कलस्सी १:१८ मा हेर्नुहोस् र कलस्सी १:१३-१४ सित तुलना गर्नुहोस्); एफेसी १:२२-२३ पनि हेर्नुहोस्)? ______________________। आफ्नै शरीरको विचार गर्नुहोस्। तपाईंको शिरले तपाईंका हातहरूलाई निर्देशन दिन्छ कि हातहरूले शिरलाई? ________________________________। त्यसो भए मण्डलीलाई निर्देशन दिनुपर्ने कसले हो? ____________। ती निर्देशनरू हामी कहाँ पाउँदछौं (२ तिमोथी ३:१६-१७)? ________________________। मण्डलीमा सबै कुराहरूमा कसलाई पहिलो स्थान दिइनुपर्छ (कलस्सी १:१८)? ____________________________।

ख्रीष्टका कतिओटा शरीरहरू छन् (एफेसी ४:४)? ____________ (टिप्पणीः आज ख्रीष्ट एक वास्तविक, पुनरूत्थित, भौतिक शरीरमै स्वर्गमा हुनुहुन्छ भनी हामी जान्दछौं (फिलिप्पी ३:२१; तुलना गर्नुहोस्, यूहन्ना २०:२६-२७; प्रेरित १:९-११; प्रकाश १:७। तर अर्को सत्यता के हो भने विश्वासी जनहरू मिलेर बनेको ख्रीष्टको एउटा शरीरचाहिँ आज पृथ्वीमा छ जसको उद्देश्यचाहिँ स्वर्गमा हुनुहुने प्रभु येशूको पुनरूत्थित जीवनलाई प्रकट गर्नु हो(रोमी ६:४-१०; गलाती २:२०। एफेसी ४:४ मा उल्लेखित “एउटै शरीर” ले यसैलाई जनाउँछ।) मण्डलीमा कतिओटा प्रभुहरू छन् (एफेसी ४:५)? ____________। उहाँको नाम के हो (एफेसी ३:११)? ____________________। तसर्थ, मण्डलीका कतिओटा शिरहरू छन्? ____________। मत्ती १६:१८ मा ख्रीष्टले भन्नुभयो, “म ____________ मण्डली बनाउनेछु।” एफेसी १:२३ मा हामी सिक्छौं, मण्डलीचाहिँ __________को शरीर हो। “यो मेरो मण्डली हो!” भनी पास्टरले भन्दछ भने के उसले सत्य बोल्दै छ? ________। एल्डर वा डिकनहरूले के त्यसो भन्नु उचित हुन्छ? ____________। परमेश्वरको वचनलाई साँच्चै बुझ्नेहरूले यसो भन्नेछन्, “यो ______________को मण्डली हो!”

कुनै व्यक्ति साँचो मण्डलीको सदस्य कसरी बन्दछ? कुनै व्यक्ति ख्रीष्टको शरीरको सदस्य कसरी बन्दछ? यी प्रश्नहरूको जवाफ एफेसी ४:५ को “एउटै बप्‍तिस्मा” भन्ने वाक्यांशमा पाउँछौं। यहाँ पानीको बप्‍तिस्माको कुरा गरिएको होइन। एफेसी ४:३-६ ले ती कुराहरूको विषयमा बताउँदै छ जो सबै साँचो विश्वासीहरूको निम्ति सत्य छन्। तसर्थ, यहाँ उल्लेखित “एउटै बप्‍तिस्मा” सबै विश्वासीहरूको निम्ति साझा ठहरिने बप्‍तिस्मा हुनुपर्दछ। के सबै विश्वासीहरूले पानीको बप्‍तिस्मा पाइसकेका छन्? ____________। के तपाईंको जीवनमा त्यस्तो समय थियो जब तपाईं ख्रीष्टमा विश्वासी भइसकेर पनि पानीको बप्‍तिस्मा लिनुभएको थिएन? __________। तपाईंले मुक्ति पाएकै क्षणमा पानीको बप्‍तिस्मा पाउनुभयो कि त्यसको केही समय पछि पाउनुभयो? ________________________________। मानौं तपाईंले ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्नुभयो अनि पानीको बप्‍तिस्मा पाउनु (पानीमा डुबाइने कार्य हुनु) अघि नै एक्कासी तपाईंको हृदय-गति बन्द हुन गएर तपाईं मर्नुभयो। तैपनि तपाईं के स्वर्ग जानुहुनेथ्यो (१ यूहन्ना ५:११-१२; यूहन्ना ३:१६; प्रेरित १६:३१)? ________________। एक व्यक्तिले पानीको बप्‍तिस्माले मुक्ति पाउँछ कि ख्रीष्टबाट पाउँछ (प्रेरित ४:१२; यूहन्ना १४:६; साथै हेर्नुहोस् पाठ ६)? ______________। तसर्थ, एफेसी ४:५ मा उल्लेखित बप्‍तिस्मा पानीको बप्‍तिस्मा हुनसक्दैन तर त्यो बप्‍तिस्मा हरेक विश्वासीमा पूरा भइसकेको बप्‍तिस्मा हुनुपर्दछ।

पवित्र शास्त्रको अध्ययन गर्ने क्रममा एफेसी ४:५ को “एउटै बप्‍तिस्मा” ले “पवित्र आत्माको” बप्‍तिस्मा” लाई नै जनाएको हुनुपर्दछ भनी जान्दछौं। पवित्र आत्माको बप्‍तिस्मालाई सबभन्दा स्पष्ट गरी बयान गर्ने र परिभाषित गर्ने काम १ कोरिन्थी १२:१३ ले गरेको छ — “किनकि चाहे हामी कमारा हौं चाहे स्वतन्त्र, हामी सबै एउटै __________द्वारा एउटै शरीरभित्र ________________ भयौं।” यस पदअनुसार कतिजना विश्वासीहरू ख्रीष्टको शरीरभित्र बप्‍तिस्मा भइसकेका छन्? __________। तसर्थ, यो बप्‍तिस्मा कुन बेला पूरा भएको हुनुपर्छ (ठीक जवाफलाई गोलो चिन्ह लगाउनुहोस्)?

(क) जब म आफ्नो स्थानीय मण्डलीको सदस्य बनें।
(ख) जब मैले ख्रीष्टको आज्ञाबमोजिम पानीको बप्‍तिस्मा लिएँ।
(ग) जब मैले अन्य कुनै कुरामाथि भरोसा नगरी केवल ख्रीष्टलाई उहाँ मेरो व्यक्तिगत मुक्तिदाता र प्रभु हुनुहुन्छ भनी भरोसा गरें।

१ कोरिन्थी १२:१३ को सत्यता बुझ्नलाई तलको चित्रले मदत पुर्‍याउन सक्छः

तल दिइएका पदहरूको अध्ययन गरी ठीक कि बेठीक जवाफ दिनुहोस्:

____________ मण्डली ख्रीष्टको शरीर हो (एफेसी १:२२-२३)।
____________ प्रत्येक विश्वासी जन ख्रीष्टको शरीरको एक अंग हो (१ कोरिन्थी १२:२७)।
____________ प्रत्येक विश्वासी जन ख्रीष्टको मण्डलीको एक सदस्य हो।
____________ पानीको बप्‍तिस्माचाहिँ आत्माको बप्‍तिस्मा बराबर हो।
____________ १ कोरिन्थी १२:१३ ले पानीको बप्‍तिस्माको कुरा गर्दछ।
____________ प्रेरित ८:३८ ले आत्माको बप्‍तिस्माको बयान गर्दछ।
____________ एफेसी ४:५ ले आत्माको बप्‍तिस्माको कुरा गर्दछ।
____________ प्रत्येक विश्वासी जनले पानीको बप्‍तिस्मा पाइसकेको छ।
____________ प्रत्येक विश्वासी जनले पानीको बप्‍तिस्मा लिनुपर्छ (प्रेरित १०:४८; मत्ती २८:१९?२०)।
____________ सबै विश्वासीहरूले आत्माको बप्‍तिस्मा पाइसके (१ कोरिन्थी १२:१३)।
____________ आत्माको बप्‍तिस्मा एउटा अनुभव हो जसको परिणामस्वरुप एक व्यक्तिले अन्यभाषाहरू बोल्दछ।
____________ आत्माको बप्‍तिस्माचाहिँ परमेश्वरको एक कार्य हो जसमा एक व्यक्ति उसले प्रभु येशू ख्रीष्टमा विश्वास गरेकै क्षण ख्रीष्टको शरीरमा डुबाइन्छ र गाभिन्छ (१ कोरिन्थी १२:१३)।
____________ पानीको बप्‍तिस्माले हामीलाई हाम्रा पापहरूबाट मुक्त पार्दछ (मत्ती १:२१)।
____________ यदि ख्रीष्टको मण्डलीको सदस्यताबाट उसलाई हटाइन सम्भव भएको भए, एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउनेथ्यो।
____________ यदि परमेश्वरले ख्रीष्टको शरीरदेखि उसलाई निष्कासन गर्न सम्भव भएको भए, एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउनेथ्यो।
____________ परमेश्वरले साँचो विश्वासी जनलाई ख्रीष्टको शरीरमा गाभ्नुभएको छ भनी हामी जान्दछौं (१ कोरिन्थी १२:१३) अनि ख्रीष्टले यस शरीरदेखि उसलाई कहिल्यै निष्कासन गर्नुहुनेछैन भनी हामी निश्चित हुन सक्छौं (तुलना गर्नुहोस्, यूहन्ना ६:३७)।
____________ कहिले-काहिँ ख्रीष्टले आफ्ना अनाज्ञाकारी विश्वासीहरूलाई यसरी भन्नुपर्ने हुन्छ, “तिमीहरू अबदेखि उसो मेरो शरीरका अंगहरू होइनौ! त्यसैले म तिमीहरूलाई मेरो मण्डलीबाट निष्कासन गर्दछु!”
____________ ख्रीष्टको शरीरभित्र बप्‍तिस्मा भइसकेको व्यक्ति त्यो शरीरदेखि निष्कासित हुनु असम्भव छ!
____________ एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ ख्रीष्टको शरीरको अंग हो!!

९. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि परमेश्वरको अनन्तसम्म रहने प्रेमदेखि उसलाई कुनै कुराले छुटाउन सक्दैन (रोमी ८:३५- ३९)।

ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला (रोमी ८:३५)? ____________________________________। सङ्कष्टले? __________। क्लेशले? __________। सतावटले? __________। अनिकालले? __________। नाङ्गो अवस्थाले? __________। खतराले? __________। तरवारले? __________।

रोमी ८:३६ अनुसार के परमेश्वरले हामीलाई एउटा सजिलो जीवनको प्रतिक्षा गर्न दिनुभएको छ? ________। २ कोरिन्थी ११:२३-२८ पढ्नुहोस्। के पावलले रोमी ८:३५ मा लेखेकै कुराहरू भोगे? __________।

सङ्कट, परीक्षा र कष्टको बीचमा पनि के एक विश्वासी जनले विजयी जीवन बिताउन सक्छ (रोमी ८:३७)? __________। के परमेश्वरको प्रेमदेखि उसलाई कुनै पनि कुराले अलग पार्न सक्दैन भन्ने कुराको निश्चयता पावललाई थियो (रोमी ८:३८-३९)? __________। पद ३८ मा पावलको निर्धक्कता जनाउने वाक्यांश कुन हो? पू______ नि__________________। के एउटा विश्वास नगर्ने व्यक्तिले रोमी ८:३८-३९ को आशिषपूर्ण प्रतिज्ञालाई आफ्नो निम्ति दाबी गर्न सक्छ (तुलना गर्नुहोस् २ थेस्सलोनिकी १:८-९)? एउटा मुक्ति पाएको व्यक्तिले मुक्ति गुमाउन ऊ परमेश्वरको प्रेमबाट अलग पारिनुपर्छ। के यो सम्भव छ? ______।

१०. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि परमेश्वर उसको पक्षमा हुनुहुन्छ विरूद्घमा होइन (रोमी ८:३१-३४)।

यस बाइबलीय प्रश्नको जवाफ के हो: “परमेश्वर हाम्रो पक्षमा हुनुहुन्छ भने को हाम्रो विरोधमा हुन सक्ला?” (रोमी ८:३१)? ______________________________। पद ३२-३४ ले परमेश्वर हाम्रो विरूद्घमा होइन तर हाम्रो पक्षमा हुनुहुन्छ भनी प्रमाणित गर्दछ। निम्न भनाइहरूलाई ती पाइने पदहरूसित जोडा मिलाउनुहोस्:

१) __________ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो।
२) __________परमेश्वर पिताले आफ्नै पुत्रलाई हामी सबका निम्ति सुम्पनुभयो।
३)__________ख्रीष्ट हाम्रा निम्ति अन्तर्विन्ती गर्नुहुन्छ।
४)__________परमेश्वरले हामीलाई धर्मी ठहराउनुहुन्छ।
५)__________ख्रीष्ट हाम्रा निम्ति बौरिउठ्नुभयो।

(क) रोमी ८:३२
(ख) रोमी ८:३३
(ग) रोमी ८:३४

यदि परमप्रभु हाम्रो ज्योति र हाम्रो मुक्ति हुनुहुन्छ भने, के हामी कसैदेखि डराउनुपर्ला (भजनसंग्रह २७:१)? ____________। परमप्रभु हाम्रो जीवनको किल्ला हुनुहुन्छ भने, हामी ________________ हुनुपर्दैन (भजनसंग्रह २७:१)। परमेश्वर हाम्रा शरणस्थान र शक्ति हुनुहुन्छ, सङ्कटमा सधैं हाजिर रहने सहायता। यसकारण हामी ______________________ (भजनसंग्रह ४६:१-२)। परमप्रभु हाम्रो साथमा हुनुभएको हुनाले, हामी ______________ हुँदैनौं (भजनसंग्रह ११८:६)। हाम्रो सहायक को हुनुहुन्छ (यशैया ५०:७-९)? ________________________________। परमेश्वर हाम्रो सहायक हुनुहुन्छ भने के हामीले मानिसको डर मान्नु आवश्यक छ (हिब्रू १३:६)? ________। प्रभु हामीभित्रै हुनुहुन्छ भने के हामीले शैतानको डर मान्नु आवश्यक छ (१ यूहन्ना ४:४)? ________।

एउटा विश्वासी जनले आफ्नो मुक्ति गुमाउनसक्न परमेश्वर नै उसको विरूद्घमा हुनु आवश्यक पर्न जान्छ। के परमेश्वर विश्वासी जनको विरूद्घमा हुनु सम्भव छ? ________।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

 

तेह्रओटा कारणहरू – भाग १

के एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ? निम्न कारणहरूको आधारमा यस प्रश्नको निर्विवादा उत्तर यो हुन्छ — “सुरक्षित हुन्छ”।

१. एक साँचो विश्वासी ख्रीष्टमा सदाका लागि सुरक्षित छ किनकि परमेश्वरले मुक्ति सम्बन्धी दिनुभएका आफ्ना प्रतिज्ञाहरूलाई तोड्नु असम्भव छ।

के परमेश्वर झूट बोल्ने एक मानिस हुनुहुन्छ र (गन्ती २३:१९)? __________________। तसर्थ परमेश्वरले आफ्ना प्रतिज्ञाहरू तोड्न सक्नुहुन्न! हामीले पाठ ७ मा मुक्तिका निमित्त १५ ओटा प्रतिज्ञाहरू अध्ययन गरिसक्यौं। यूहन्ना ३:१६ मा परमेश्वरले एक साँचो विश्वासी कहिल्यै ____________ हुनेछैन भनी प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ३:१८ मा परमेश्वरले एक साँचो विश्वासी कहिल्यै ________ ठहरिनेछैन भनी प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ५:२४ अनुसार प्रत्येक विश्वासीको सम्बन्धमा तीनओटा कुराहरू साँचो हुन्छन् — ती के-के हुन्?

१. ______________________________________________________
२. ______________________________________________________
३. ______________________________________________________
यूहन्ना ६:३७ मा ख्रीष्टले उहाँकहाँ आउने व्यक्तिलाई कहिल्यै __________________ भनेर प्रतिज्ञा गर्नुहुन्छ। यूहन्ना ११:२६ मा ख्रीष्टले साँचो विश्वासी कहिल्यै ________________ भनेर प्रतिज्ञा गर्नुहुन्छ। यो शारीरिक मृत्युको कुरा होइन जुनचाहिँ विश्वासी लगायत अविश्वासी सबैलाई आइपर्नेछ; यो मृत्यु “दोस्रो मृत्यु” अर्थात् परमेश्वरबाट अनन्तका लागि अलग हुनु हो (प्रकाश २०:१४-१५; २१:८) जसको अनुभव केवल अविश्वासीहरूले मात्रै गर्नेछन्।

ठीक कि बेठीकः

____________ यदि एउटा विश्वासीले पाप गर्‍यो भने ख्रीष्टले उसलाई अफाल्नुहुनेछ (यूहन्ना ६:३७)।

____________ ख्रीष्टलाई आफ्नो मुक्तिदाताको रूपमा साँच्चै भरोसा गर्ने व्यक्ति कहिल्यै नष्ट हुनेछैन (यूहन्ना ३:१६)।

____________ यूहन्ना ५:२४ ले रोमी ८:१ ले सिकाएकै सत्यता सिकाउँछ। विश्वासीलाई अब दण्डको आज्ञा छैन!

____________ एउटा साँचो विश्वासीले मुक्ति गुमाउन सक्छ, ऊ नष्ट हुन सक्छ।

____________ ख्रीष्टमा साँच्चै विश्वास गर्ने व्यक्तिले आफ्नो मुक्ति गुमाउन सक्छ भने परमेश्वर झूटा ठहरिनुहुनेछ (यूहन्ना ३:१६ हेर्नुहोस्)।

____________ परमेश्वर झूटा हुनुहुन्न, तसर्थ यूहन्ना ३:१६ सत्य हो। ख्रीष्टमा विश्वास गर्ने व्यक्ति नष्ट हुनेछैन। परमेश्वरले आफ्नो वाचा दिनुभएको छ! परमेश्वरको वाचा सदा सत्य छ!

२. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ “अ-मुक्त” हुन असम्भव छ।

१ कोरिन्थी ६:११ अनुसार मुक्ति पाएका कोरिन्थीहरूको जीवनमा तीनओटा कुराहरू साँचो ठहरिसकेका थिएः

१. तिनीहरू ________________ थिए।

२. तिनीहरू __________________________ थिए।

३. तिनीहरू ______________________________ थिए।

के एउटा धोइएको व्यक्तिलाई नधोइएको बनाउन सकिन्छ? ________। के एउटा पवित्र पारिएको व्यक्तिलाई अपवित्र पार्न सकिन्छ? ________। के एउटा धर्मी ठहराइएको व्यक्तिलाई अधर्मी (दोषी) ठहराइन सकिन्छ? ________। के उद्धार गरिएकोलाई उद्घाररहित तुल्याइन सकिन्छ? ________। विश्वासीले मुक्ति गुमाउन सक्न ऊ नधोइएको र अपवित्र पारिनुपर्छ, ऊ अधर्मी ठहराइनुपर्छ, उद्घाररहित तुल्याइनुपर्छ! के यो सम्भव छ? ________। परमेश्वरले एउटा व्यक्तिमा शुरु गर्नुभएको असल कामलाई कुनचाहिँ गर्नुहुनेछ — रद्द गर्नुहुनेछ कि पूरा गर्नुहुनेछ (फिलिप्पी १:६)? ____________________________।

३. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि उसलाई कसैले पनि परमेश्वरको हातबाट खोसेर लैजान सक्दैन (यूहन्ना १०:२८-३०)।

यूहन्ना अध्याय १० मा ख्रीष्टले आफूलाई असल ____________ (पद ११) अनि साँचो विश्वासीहरूलाई आफ्ना ________________ (पद २७) भनी बयान गर्नुहुन्छ। ख्रीष्टले आफ्ना भेडाहरूलाई के दिनुहुन्छ (पद २८)? ____________________________। ख्रीष्टले उहाँका भेडाहरू कहिल्यै __________ ___________________ भनी भन्नुभयो (पद २८)। (शब्दार्थ: ग्रीकमा यो भनाइ ज्यादै जोडदार छ जसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरू कहिल्यै, कदापि नष्ट हुनेछैनन्!!!” अथवा अक्षरशः “सदाका लागि तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्!” यसलाई भनिन्छ — अनन्त सुरक्षा!

यूहन्ना १०:२८ अनुसार एउटा विश्वासी कसको हातमा सुरक्षित छ? ____________। के कसैले विश्वासीलाई उहाँको हातबाट खोसेर लैजान सक्छ? ____________। यूहन्ना १०:२९ अनुसार एउटा विश्वासी कसको हातमा सुरक्षित छ? ______________। के कसैले विश्वासीलाई उहाँको हातबाट खोसेर लैजान सक्छ? ______________। पद ३० मा हामी सिक्छौं, परमेश्वर पुत्र र परमेश्वर पिता ________ हुनुहुन्छ। एउटा विश्वासीले मुक्ति गुमाउन उसलाई परमेश्वरको हातको सुरक्षाबाट खोसेर लैजान सक्ने अर्थात् परमेश्वर पुत्र र परमेश्वर पिताभन्दा शक्तिशाली व्यक्ति आवश्यक पर्छ! त्यस्तो व्यक्ति कहीँ छ? ________। के हामीभित्र हुनुहुने परमेश्वर (पवित्र आत्मा) शैतानभन्दा महान् हुनुहुन्छ (१ यूहन्ना ४:४)? ____________________।

४. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ऊ नहराउनु तर अनन्त जीवन पाउनु नै परमेश्वरको इच्छा हो (यूहन्ना ६:३७-४०)।

ठीक कि बेठीकः ____________ यूहन्ना ६:३५ अनुसार प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्ति नै उहाँकहाँ आउने व्यक्ति हो। उहाँकहाँ आउने र विश्वास गर्ने व्यक्तिलाई ख्रीष्टले कुनै रीतिले के गर्नुहुनेछैन (यूहन्ना ६:३७)? __________________________। ग्रीकमा यूहन्ना ६:३७ को भनाइ जोडदार छ, “म उसलाई कहिल्यै कदापि निष्कासन गर्नेछैन।” यूहन्ना ६:३८-३९ पढ्नुहोस् र ठीक कि बेठीक छुट्टयाउनुहोस्:

__________ ख्रीष्ट यस संसारमा आफ्नै इच्छा पूरा गर्न आउनुभयो।

__________ ख्रीष्ट यस संसारमा पिताको इच्छा पूरा गर्न आउनुभयो।

__________ ख्रीष्टले थोरै मात्र विश्वासीहरूलाई हराऊन् भन्ने पिताको इच्छा थियो।

यूहन्ना ६:४० र ६:४७ अनुसार, परमेश्वरको इच्छा यो हो, प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने हरेकले __________________________ पाऊन्। तसर्थ यूहन्ना ६ अध्यायले यो सिकाउँछ, साँचो विश्वासीसित अनन्त जीवन हुन्छ, ऊ ख्रीष्टद्वारा कहिल्यै अफालिनेछैन, र उसलाई अन्तिम दिनमा बौराएर उठाइनेछ!

टिप्पणीः “म उसलाई अन्तिम दिनमा बौराएर उठाउनेछु” (यूहन्ना ६:३९,४०,४४,५४)। यहाँ पहिलो बौरिउठाइको कुरा गरिएको हो जसमा केवल विश्वासीहरू मात्र सहभागी हुन्छन्। यो बौरिउठाइ जीवनका निम्ति हुने शारीरिक बौरिउठाइ हो (यूहन्ना ५:२९)। यस पहिलो बौरिउठाइमा केवल “धन्य र पवित्र” हरूले मात्र भाग लिनेछन् (प्रकाश २०:६)। दोस्रो बौरिउठाइ विश्वास नगर्नेहरूका निम्ति मात्र हो। मुक्ति नपाई मरेकाहरूलाई शरीरमा बौरिउठाइनेछ अनि तिनीहरूलाई ख्रीष्ट समक्ष एक ठूलो सेतो सिंहासनको सामु खडा गराइनेछ जसको बयान प्रकाश २०:११‍-१५ मा गरिएको छ। ती व्यक्तिहरू आगोको झीलमा पुग्नेछन्, त्यो दोस्रो मृत्यु हो (प्रकाश २०:१४-१५; २१:८)। ख्रीष्टमा विश्वास गर्नेहरू कहिल्यै दोस्रो बौरिउठाइमा सहभागी हुनेछैनन् जसलाई “दण्डको बौरिउठाइ” भनिन्छ (यूहन्ना ५:२८-२९)

के ख्रीष्टमा विश्वास गर्ने व्यक्ति अनन्तसम्म सुरक्षित छ? __________।

५. एउटा साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ किनकि ख्रीष्टले उसलाई कहिल्यै नछोड्ने, कहिल्यै नत्याग्ने प्रतिज्ञा दिनुभएको छ (हिब्रू १३:५)।

हिब्रू १३:५ बाट हामी सिक्छौं, हाम्रो चालचलन __________को __________________ होस्। यसको अर्थ हामी पैसाको प्रेमबाट मुक्त हुनुपर्छ। हामीले पैसालाई प्रेम गर्नुहुँदैन र हामी पैसाको पकडमा पर्नुहुन्न (१ तिमोथी ६:९-११ हेर्नुहोस्)। खतरा के छ भने, भौतिक कुराहरूको ध्याउन्नमा परी हामी प्रभुलाई बिर्सन सक्छौं। हामीले पैसालाई प्रेम गर्नुको सट्टा आफूसँग भएका कुराहरूमा स______________ रहनुपर्छ (हिब्रू १३:५)। तसर्थ, हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ (“मसँग जे छ, त्यही नै यथेष्ट छ!”)। हामी विश्वासीहरूसँग के छ? के हो हाम्रो सम्पत्ति? मानिससँग हुन सक्ने सबभन्दा अनमोल सम्पत्ति नै हामीसित छ किनकि उहाँ (ख्रीष्ट) ले भन्नुभएको छ, “म तिमीलाई कुनै रीतिले ____________________ न त तिमीलाई कुनै रीतिले ______________ (हिब्रू १३:५)। ग्रीकमा यो भनाइ ज्यादै जोडदार छ र त्यसलाई यसरी अनुवाद गर्न सकिन्छ( “म तिमीलाई कहिल्यै कदापि छोड्नेछैनँ, अहँ, म तिमीलाई कहिल्यै कदापि त्याग्नेछैनँ।” यसको तात्पर्य, “म निश्चय नै सधैं तिमीसँगै हुनेछु!” ख्रीष्टले आफ्नाहरूलाई कहिल्यै परित्याग गर्नुहुनेछैन, छोड्नुहुनेछैन, त्याग्नुहुनेछैन!!

हिब्रू १३:५ मा प्रयोग भएको “छोड्नु” शब्दलाई प्रेरित १६:२६ मा बन्धनहरू “खोल्नु” भनी अनुवाद गरिएको छ (पावलका बन्धनहरूले उनलाई “छोडे”)। विश्वासीलाई ख्रीष्टसित बाँध्ने बन्धन कहिल्यै खोलिनेछैन। हामी उहाँसित सधैंका निम्ति बाँधिएका छौं। उहाँले हामीलाई कहिल्यै छोड्नुहुनेछैन! हामीलाई कुनै कुराले छुटाउनेछैन (रोमी ८:३८-३९)।

ख्रीष्ट परमेश्वरद्वारा त्यागिनुभयो (मत्ती २७:४६) ताकि विश्वासी परमेश्वरद्वारा कहिल्यै त्यागिनु नपरोस् (हिब्रू १३:५)। यसकारण हामी हिम्मतसँग भन्न सक्छौं, “________ मेरा ________________ हुनुहुन्छ, अनि म ______________________” (हिब्रू १३:६)। “__________________ मेरा ____________ हुनुहुन्छ, मलाई केही कुराको ____________ हुँदैन” (भजनसंग्रह २३:१)। हामीसँग ख्रीष्ट हुनुहुन्छ! अरु केही वा कोहीको खाँचो पर्छ त? ____________। के उहाँ हामीसँग सधैं हुनुहुन्छ? ________________। के हामी डराउनुपर्छ? (हिब्रू १३:६)? ____________। के यही प्रतिज्ञा पुरानो नियमका विश्वासीहरूलाई पनि दिइएको थियो (व्यवस्था ३१:६,८)? __________। एउटा विश्वासी हराउन सक्न ख्रीष्टले उसलाई छोड्नुपर्छ र त्याग्नुपर्छ। के यो सम्भव छ? ________। परमेश्वरले आफ्नैलाई त्याग्नुहुन्न! अहँ, कहिल्यै कदापि त्याग्नुहुन्न!

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ

 

अनन्त सुरक्षा र मुक्तिको निश्चयता – परिचय

यस महान् मुक्तिको व्यक्तिगत निश्चयता हुन सक्न र त्यसमा खुशीसाथ जिउन सक्न परमेश्वरका प्रतिज्ञाहरूको जानकारी हुनु नित्तान्त आवश्यक छ र ती प्रतिज्ञाहरू पूर्णरूपमा अकाट्य छन् भन्ने कुराको ज्ञान हुनु आवश्यक छ।

एक साँचो विश्वासी येशू ख्रीष्टमा एकदम सुरक्षित हुन्छ। यो जत्तिको सुरक्षित र बलियो जग अर्को छैन (१ कोरिन्थी ३:११)। समस्या के छ भने कैयौं विश्वासीहरू आफूहरू ख्रीष्टमा पूर्णरूपले सुरक्षित भएको कुरा बताउने परमेश्वरका प्रतिज्ञालाई उनीहरू जानेका छैनन् र फलस्वरूप उनीहरू आफूले पाएको महान् मुक्तिमा पूर्णरूपले रमाउन सकिरहेका हुँदैनन्। यस्तै व्यक्तिहरूलाई मदत गर्न यी पन्नाहरू लेखिएका हुन्।

हरेक विश्वासी ख्रीष्टमा सुरक्षित हुन्छ तर हरेक विश्वासीले आफू सुरक्षित छु भनी महसुस गरेको र बुझेको हुँदैन। ख्रीष्टमा म सुरक्षित छु भनेर म जति महसुस गर्दछु, त्यति नै मलाई निश्चयताको अनुभव हुनेछ र मैले ख्रीष्टसितको आफ्नो सम्बन्धमा रमाहट गर्न सक्नेछु।

दुःखको कुरा, त्यहाँ अर्कै खालका मानिस पनि हुन्छन् जोहरू झूटा सुरक्षाको भावनामा हिँडिरहेका हुन्छन्। उनीहरू आफू सुरक्षित भएको ठान्दछन् जब कि उनीहरू सुरक्षित नै छैनन्। कैयौं मानिसहरू झूटा सुरक्षाको भावनामा रहेका हुन्छन् किनकि उनीहरू आफ्ना असल-असल कामले स्वर्गमा पुग्नेछौं भनी ठान्दछन्। अरूहरूचाहिँ मुक्ति पाउन धर्मकर्ममा भरोसा गरिरहेका छन्। येशू ख्रीष्टमाथि — केवल उहाँमाथि — बाहेक अन्य कुरामा भरोसा गर्ने व्यक्ति असुरक्षित हुन्छ! त्यस्तो व्यक्ति ठूलो खतरामा छ। हामीले आफैंलाई आफ्नो शरणस्थान र सुरक्षाको आधार बनाउनु हुँदैन, त्यो त हामीले केवल ख्रीष्टलाईमात्र बनाउनु पर्छ।

यस अध्ययनमा, साँचो विश्वासी ख्रीष्टमा सुरक्षित हुन्छ भन्ने कुरा हामीलाई बाइबलबाट प्रमाणित गरिनेछ। मुक्ति पाउनलाई ख्रीष्टकहाँ आएको व्यक्ति कहिल्यै अफालिनेछैन (यूहन्ना ६:३७)। एउटै पनि साँचो विश्वासी नष्ट हुनेछैन। कुनै पनि साँचो विश्वासीले आफ्नो मुक्ति कहिल्यै गुमाउनेछैन (यूहन्ना ६:३७-४०)। के साँचो विश्वासी नष्ट हुन सक्छ (यूहन्ना १०:२८)? कदापि सक्दैन!

ख्रीष्टमा हाम्रो अनन्त सुरक्षाको र हामीलाई सुरक्षित राख्‍न सक्ने परमेश्वरको उदेकको सामर्थ्यको अध्ययन गर्न थाल्नु अघि एउटा अति महत्त्वपूर्ण र व्यक्तिगत प्रश्‍नलाई विचार गरिनु खाँचो छ: के म एक साँचो विश्वासी हुँ? यस प्रश्‍नको उत्तर दिनलाई तलका प्रश्‍नहरूलाई विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नलाई इमानदारपूर्वक व्यक्तिगतरूपमा विचार गर्नुहोस्। प्रत्येक प्रश्‍नसित दिइएको बाइबल पदलाई बाइबल पल्टाएर हेर्नलाई समय लिनुहोस्। आफूलाई सोध्‍नुहोस्: अनन्त मुक्तिका लागि म वास्तवमा कसमाथि भरोसा राखेको छु?

के म एक साँचो विश्वासी हुँ?

के मैले आफूलाई पवित्र र धर्मी परमेश्वरका सामु एक दोषी, हराएको पापीको रूपमा देख्दछु (रोमी ३:१०-१९,२३)? मेरो हृदय छली र दुष्ट छ र यसलाई निको नहुने रोग लागेको छ भनी के मैले महसुस गरेको छु (यर्मिया १७:९; मर्कूस ७:२१-२३)? के मैले आफूलाई मृत्यु र नरकको दण्डको योग्य देखेको छु (रोमी ६:२३)? परमेश्वरले मलाई मेरै योग्यताअनुसार व्यवहार गर्नुभएको भए र मैले जिएको जीवनअनुसार मलाई प्रतिफल दिनुभएको भए म पूरै नष्ट हुनेथिएँ भनेर के मैले जानेको छु (भजनसङ्ग्रह १३०:३; तुलना गर्नुहोस् भजनसङ्ग्रह १०३:१०)? आफूलाई बचाउन मैले गर्न सक्ने एउटै कुरा छैन भनेर के मैले महसुस गरेको छु (तीतस ३:५)? असल-असल काम गर्ने मैले जस्तोसुकै प्रयास गरे तापनि तिनले मलाई स्वर्गमा प्रवेश गर्ने अधिकार दिन सक्दैन भनेर के मैले बुझेको छु (एफेसी २:८-९)? मेरो चर्च वा धर्मले मेरो आत्माको उद्धार गर्न सक्दैन भनेर के मैले महसुस गरेको छु (यर्मिया १७:५)? मेरो आफ्नै धार्मिकता र मेरो आफ्नै असल चरित्र परमेश्वरले आवश्यक ठान्नुहुने धार्मिकताको तुलनामा फहोर झुत्राझैं छ भनेर के म पक्का भएको छु (यशैया ६४:६; रोमी ३:१०-१२; १ कोरिन्थी ६:९-१०)? के मसित परमेश्वरका सामु ग्रहणयोग्य ठहरिने मेरो आफ्नै व्यक्तिगत योग्यता छ (यशैया ६४:६)?

मेरो पाप-समस्याको एउटै मात्र ईश्वरीय उपाय येशू ख्रीष्ट नै हुनुहुन्छ भनेर के म विश्वास गर्दछु (प्रेरित ४:१२)? उहाँ नै परमेश्वरकहाँ जाने एउटै मात्र बाटो (यूहन्ना १४:६), मुक्तिको एउटै मात्र ढोका (यूहन्ना १०:९), पापीहरूको एउटै मात्र मुक्तिदाता (मत्ती १:२१) र मलाई अनन्त जीवन दिन सक्ने एउटै मात्र व्यक्ति (यूहन्ना १०:२८; १७:३) हुनुहुन्छ भनेर के मैल महसुस गरेको छु? येशू ख्रीष्ट अनन्त परमेश्वर हुनु भएर पनि (यूहन्ना १:१-३) मलाई बचाउनलाई यस संसारमा मानिस बनेर आउनुभएको हो भनेर के मैले बुझेको छु (यूहन्ना १:१४; १ तिमोथी १:१५; यूहन्ना ३:१७)? म एक ठूलो पापी हुँदा-हुँदै उहाँले मलाई प्रेम गर्नुभयो (रोमी ५:८; यूहन्ना ३:१६) र मेरो आत्मा बचाउन उहाँ मर्नुभयो र बौरेर उठ्नुभयो (रोमी ४:२५) भनेर के म विश्वस्त छु? प्रभु येशू मेरा पापका निम्ति मर्नुभयो, उहाँ मेरो सट्टामा सिद्ध बलिदानस्वरूप मेरै पापहरूको पूरा दण्ड तिर्नुहुँदै क्रूसमा मर्नुभयो भनेर के म पक्का भएको छु (यशैया ५३:६; १ पत्रुस ३:१८; २ कोरिन्थी ५:२१)? बचाइनका लागि के म उहाँमा, केवल उहाँमा मात्र, भर परेको छु (प्रेरित १६:३१)? के म एउटा सानो नानीको जस्तो विश्वास लिएर उहाँकहाँ आएको छु (यूहन्ना ६:३५,३७; मत्ती ११:२८)? के मैले विश्वासद्वारा प्रभु येशू ख्रीष्टलाई व्यक्तिगतरूपमा आफ्नो मुक्तिदाताको रूपमा लिएको वा ग्रहण गरेको छु (यूहन्ना १:१२)? उहाँ जो हुनुहुन्छ (यूहन्ना ८:२४), उहाँले जे गरिदिनुभयो (१ कोरिन्थी १५:३-४) र उहाँले जे भन्नुभएको छ (यूहन्ना ६:४७) — के म आफ्नो पूर्ण व्यक्तित्वको सम्पूर्ण वजनले उहाँमै भर परिरहेको छु?

उहाँद्वारा परमेश्वरकहाँ आउने सबैजनाका साथसाथै मलाई समेत उहाँले पूर्ण रूपमा बचाउन सक्नुहुन्छ (हिब्रू ७:२५) भनेर के म विश्वास गर्दछु? ख्रीष्टले यूहन्ना ५:२४ मा भन्नुभएको कुरालाई म विश्वास गर्दछु? के यूहन्ना ३:१६ मेरो लागि साँचो छ भनी मान्दछु? येशू ख्रीष्ट मेरो मुक्तिदाता हुनुहुन्छ भनी के मैले अरू कसैलाई बताएको छु (रोमी १०:९-१०; मत्ती १०:३२)? के म हृदयदेखि भन्न सक्छु:

“आशा मेरो छ येशूमा
उनको रगत र धार्मिकतामा
भर छैन मीठो भावनामा
पूरै भर पर्छु ख्रीष्टको नाममा।
ख्रीष्ट मेरो चट्टानमा खडा छु —
दलदले हिलो हुन् सब अरू
दलदले हिलो हुन् सब अरू!”
[एडवर्ड मोट]

आफूलाई सोध्न सकिने अर्को अर्थपूर्ण प्रश्‍न यो हो: यदि आज नै मृत्यु भयो भने र परमेश्वरले मलाई “मेरो पवित्र स्वर्गमा तिमीलाई पस्न दिनुपर्ने कारण के छ र?” भनेर सोध्नुभयो भने मेरो जवाफ कस्तो होला त?” यदि मेरो जवाफले कुनै पनि हिसाबमा म आफैलाई (मेरो योग्यता, मेरा आफ्नै कामहरू, मेरो धार्मिक कामहरू आदिलाई) इङ्गित गर्दछ भने त्यसले म बलियो जगमा उभिरहेको छैन भन्ने कुरा देखाउनेछ। मानिसहरूले आफैमा भरोसा कसरी गरिरहेका हुन्छन्, केही उदाहरणहरू प्रस्तुत गरौं:

“परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मेरो जीवनकालमा मैले खराबभन्दा असल नै बढी गरेको छु।” “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने मैले दस आज्ञा पालन गर्ने प्रयास गरेको छु।” “परमेश्वरले मलाई उहाँको पवित्र स्वर्गमा पस्न दिनुपर्छ किनभने म फलानो चर्चको सदस्य हुँ” आदि। यस्ता सबै जवाफले आफूलाई इङ्गित गर्छन्, तर मुक्ति त आफूबाटको होइन; मुक्ति परमप्रभुबाटको हो!

म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ। सही जवाफ यो हो: “म परमेश्वरको पवित्र स्वर्गमा पस्न सक्ने एउटै मात्र कारण छ, केवल एउटै। त्यो यो हो, मेरो मुक्तिदाता येशू ख्रीष्टको कारण। उहाँले क्रूसमा पूरा गर्नुभएको कार्यबिना मैले मुक्ति पाउनु असम्भव थियो। उहाँले मलाई सित्तैंको वरदानस्वरूप दिनुभएको उहाँको जीवनबिना म उहाँको पवित्र स्वर्गमा पस्नु असम्भव हुनेथ्यो। उहाँ नै मेरो एउटै आशा हुनुहुन्छ। मसित भएको धार्मिकता उहाँ नै हुनुहुन्छ अनि मलाई चाहिएको पूर्ण धार्मिकता उहाँ नै हुनुहुन्छ। धन्यवाद मेरा प्रभु, तपाईंले मेरो आत्मा बचाउनुभयो।” हेर्नुहोस्, यस जवाफले आफूबाट अन्यत्र औंल्याउँदैछ, अर्थात् मुक्तिदातालाई, केवल उहाँलाई औंल्याउँदैछ।

अनन्त सुरक्षा र मुक्तिको निश्चयता: भिन्नता के छ?

मानौं आशपुरे, भावना, विश्वास र शान्ति चारैजनाले मुक्ति पाएका छन्। प्रत्येकले प्रभु येशू ख्रीष्टमाथि विश्वास गरेका छन् (प्रेरित १६:३१)। प्रत्येकसँग अनन्त जीवन छ र हरेक नै परमेश्वरको सन्तान बनेको छ। प्रत्येक नै अनन्तसम्म प्रभुसँग स्वर्गमा रहनेछ। प्रत्येक नै ख्रीष्टमा सुरक्षित छ। यी सबै बाल-बालिकाहरू अनन्तसम्म प्रभु येशू ख्रीष्टमा सुरक्षित छन्!

तर एउटा समस्या छ (यीमध्ये दुईजनालाई मात्रै मुक्तिको निश्चयता छ। तिनीहरूका नाम के के हुन्? १. ____________ २. ____________। यीमध्ये कुन दुईजनालाई मुक्तिको निश्चयता छैन? १. ______________ २. ______________।

ठीक कि बेठीकः
____________ हरेक विश्वासी अनन्तसम्म ख्रीष्टमा सुरक्षित हुन्छ।
____________ हरेक विश्वासीलाई आफूले मुक्ति पाएको निश्चयता हुन्छ।
____________ हरेक विश्वासी प्रभु येशू ख्रीष्टमा सुरक्षित हुन्छ।
____________ आफू ख्रीष्टमा सुरक्षित भएको कुरा हरेक विश्वासीले जानेको हुन्छ।

१ यूहन्ना ५:१३ मा यूहन्नाले आफूले पहिलो यूहन्नाको पत्र लेख्‍नुको उद्देश्य बताएका छन्। उनले यो पत्र विश्वासीहरूलाई लेखेका हुन् कि अविश्वासीहरूलाई? ________________________। यूहन्नाले यो पत्र कुन उद्देश्यले लेखेका हुन्? ठीक उत्तरलाई गोलो चिन्ह लगाउनुहोस्।

(क) पाठकलाई अनन्त जीवन पाएको जस्तै लागोस् भन्ने उद्देश्यले
(ख) पाठकले आफूले अनन्त जीवन पाएँ कि भनी सोचोस् भन्ने उद्देश्यले
(ग) पाठकले आफूले अनन्त जीवन पाउने आशा गरोस् भन्ने उद्देश्यले
(घ) पाठकले आफूले अनन्त जीवन पाएको छु भनी जानोस् भन्ने उद्देश्यले

ठीक कि बेठीकः
____________ आफूले साँच्चै मुक्ति पाएको छु भनी कसैले पनि खासै जान्न सक्दैन (१ यूहन्ना ५:१३)।
____________ आफूले मुक्ति पाएको छु भनी एक व्यक्तिले जान्न सक्छ।
____________ आफूसँग अनन्त जीवन छ भनी प्रत्येक विश्वासीले जानेको परमेश्वर चाहनुहुन्छ।
____________ प्रत्येक विश्वासी आफूले मुक्ति पाएको कुरामा निश्चित भएको परमेश्वर चाहनुहुन्छ।
____________ मुक्ति पाएको वा नपाएको थाह पाउन हामीले मृत्युसम्म पर्खेको परमेश्वर चाहनुहुन्छ।
____________ आफूले मुक्ति पाएँ होला भनी सोच्ने व्यक्ति नै मुक्तिको निश्चयता पाएको व्यक्ति हो।
____________ पावल प्रेरितलाई निश्चयता थिएन (हेर्नुहोस् २ तिमोथी १:१२)।
____________ मृत्यु भएको खण्डमा आफू प्रभुकहाँ जानेछु भनी पावल प्रेरित जान्दथे (फिलिप्पी १:२१-२३; २ कोरिन्थी ५:६-८)।
____________ हामीहरू निश्चय नै स्वर्ग जाँदैछौं भनी ख्रीष्टियनहरूले जान्न सक्छन् भनी प्रेरित पत्रुसले विश्वास गर्दैनथे (१ पत्रुस १:३-४)।
___________ परमेश्वरले विश्वासीलाई सुरक्षित राख्‍न सक्नुहुन्छ भन्ने कुरामा यहूदालाई निश्चयता थिएन (यहूदा २४)।
____________ आफूले मुक्ति पाऊँला भनी आश गर्ने व्यक्ति नै मुक्तिको निश्चयता पाएको व्यक्ति हो।

माथिको आखिरी वाक्यलाई “ठीक” बनाउन कुन-कुन शब्दहरूलाई हटाउनु पर्छ? ______________। ती शब्दहरूको सट्टामा कुन-कुन शब्दहरू राख्‍नुपर्छ? ________________।

प्रत्येक विश्वासी ख्रीष्टमा सुरक्षित छ, तर प्रत्येक विश्वासीले आफू सुरक्षित छु भनी राम्ररी महसुस गरेको वा बुझेको हुँदैन। ठीक कि बेठीकः ____________ ख्रीष्टमा आफू सुरक्षित छु भनी म जति धेरै महसुस गर्छु यति नै मलाई निश्चयता पनि हुन्छ।

यस विषयमा परमेश्वरको वचन अध्ययन गर्ने क्रममा हामीले दुइटा आधारभूत प्रश्नका उत्तर दिनुपर्छ। (१) के एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित हुन्छ? (२) म एक साँचो विश्वासी हुँ कि होइन भनी मैले कसरी जान्न सक्छु? अनि मैले साँच्चै विश्वास गरेको छु भने, मेरो जीवनमा कस्ता कुराहरू भेटिनुपर्छ? साँचो विश्वासीका चिन्हहरू के-के हुन्? बाइबलले एक साँचो विश्वासी ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनी सिकाउँछ भन्ने कुरा देखाउँदै अब हामी पहिलो प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं।

सर्वप्रथम हामी साँचो विश्वासी ख्रीष्टमा सुरक्षित छ भन्ने तथ्यलाई स्थापित गर्नेछौं। यसलाई भनिन्छ अनन्त सुरक्षाको शिक्षा (the doctrine of eternal security)। प्रश्नहरूको जवाफ दिनुहुँदा, उल्लेखित सबै पदहरूलाई बाइबल पल्टाएर हेर्नुहोला। बाइबल पल्टाएर नहेरीकनै आफूले जवाफ जानेको छु जस्तो लागे तापनि बाइबल पल्टाएर नै हेर्ने गर्नुहोस्। परमेश्वरले जस्तो भन्नुभएको छ त्यस्तै बुझ्नु र उहाँको वचनलाई आफ्नो हृदयमा गहिरो गरी पस्न दिनु ज्यादै महत्त्वपूर्ण कुरा हो (भजनसङ्ग्रह ११९:११; कलस्सी ३:१६)।

 

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)






मुक्तिका उपलब्धिहरू – भाग ३ख

मुक्तिका उपलब्धिहरू – भाग ३ (ख)

तथ्य ४- बाइबलीय पवित्रीकरण (अलगपनता) का दुई पक्ष

१) -बाट अलग
२) -तर्फ अलग

 

-बाट अलग

 

बाइबलको खण्ड

 

-तर्फ अलग

मिश्र________ छुट्टयाउनुभएको…मिश्र________ छुट्टयाउनुभएको…

२ शमूएल ७:२३-२४

अनि तपाईंको आफ्नै जाति इस्राएल जस्तो अरु को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै __________ __________ छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र… __________ प्रजाको बाटोदेखि अरु जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो।

मैले तिमीहरूलाई अरु जातिहरू________ ____________ गरेर छुट्टयाएको छु।

लेवी २०:२६

तिमीहरू मेरो निम्ति ____________ होओ, किनभने म, परमप्रभु, पवित्र छु, र तिमीहरू ________ हुनलाई

मिश्र________ तिमीहरूलाई ________________ ल्याउने

लेवी २५:३८

म परमप्रभु ________________का परमेश्वर हुँ।

तर मृत्यु________

यूहन्ना ५:२४

जीवन____ सरिसकेको हुन्छ।

यही प्रकारले तिमीहरूले पनि आफूलाई ____________ __________ साँच्चै ____________,

रोमी ६:११

तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा ________________ __________ जिउँदा भएका ठान।

तर अब त ________बाट स्वतन्त्र पारिएपछि,

रोमी ६:२२

र ________________ दासहरू भएपछि तिमीहरूले ______________ __________ आफ्ना फल फलाउँछौं।

यसकारण ________________ ____________ निस्केर आओ, र __________ होओ, प्रभु भन्नुहुन्छ; अनि अशुद्घ कुरा ____________,

२ कोरिन्थी ६:१७-१८

र म तिमीहरूलाई ____________ गर्नेछु। अनि म तिमीहरूका ________ हुनेछु, र तिमीहरू ________ छोराहरू र छोरीहरू हुनेछौ, ______________________ ________ भन्नुहुन्छ।

…हामीले शरीर र आत्माका सबै ______________ आफूलाई ________ पारौं

२ कोरिन्थी ७:१

र परमेश्वरको डरमा ______________ सिद्घ पारौं।

जसले हामीलाई ________________को सामर्थ्य________ ____________ दिनुभएको छ

कलस्सी १:१३

र आफ्नो प्रिय ________को राज्य________ सार्नुभएको छ

कसरी तिमीहरू मूर्तिहरू________

१ थेस्सलोनिकी १:९

जीवित र सत्य ________________को ________ ____________ __________ ________________ फर्क्यौ

हामीलाई ________ ____________________ छुटकारा दिनलाई

तीतस २:१४

र __________________ ______________मा जोशिलो भएको एउटा विशेष जातिलाई __________ __________ शुद्घ पार्नलाई…

हामी __________________ __________ __________

१ पत्रुस २:२४

____________________ __________ बाँचौं भनेर…

…उहाँलाई नै, जसले हामीलाई प्रेम गर्नुभयो, अनि आफ्नै रगतमा हामीलाई __________ ____________________ धुनुभयो,

प्रकाश १:५-६

र ________________ र आफ्ना ____________ __________ हामीलाई राजाहरू र पूजाहारीहरू बनाउनुभयो।

कतिपय पदहरूमा हामीलाई -बाट अलग हुन भनिएको छ र कतिपय पदहरूमा -तर्फ अलग हुन भनिएको छ। निम्न पदहरू ध्यान दिएर पढ्नुहोस्। जुन पदले -बाट अगल हुने कुरा बताउँछ त्यहाँ “बाट” लेख्‍नुहोस् र जुन पदले -तर्फ अगल हुने कुरा बताउँछ त्यहाँ “तर्फ” लेख्‍नुहोस्।

 

_____ भजनसंग्रह १०७:२

_____ १ कोरिन्थी १:९

_____ कलस्सी १:२०

_____ १ पत्रुस ५:१०

_____ मत्ती १:२१

_____ १ कोरिन्थी १:३०

_____ १ थेस्सलोनिकी १:१०

_____ २ पत्रुस १:३

_____ लूका १:१६

_____ २ कोरिन्थी ५:१५

_____ १ थेस्सलोनिकी २:१२

_____ २ पत्रुस १:९

_____ प्रेरित २:४०

_____ २ कोरिन्थी ५:१८

_____ २ थेस्सलोनिकी २:१३-१४

_____ प्रकाश ५:९

_____ प्रेरित ३:२६

_____ गलाती १:४

_____ १ पत्रुस १:३-४

 

_____ रोमी १:१

_____ एफेसी २:२०

_____ १ पत्रुस २:२५

 

 

तथ्य ५ — मुक्ति पाएका र नपाएकाहरूको बीचमा परमेश्वरले भिन्नता राख्‍नुभएको छ र यो भिन्नता प्रस्टै देखिएको चाहनुहुन्छ। तसर्थ विश्वासीको जीवन पवित्र हुनैपर्छ

परमेश्वरको वचन अध्ययन गर्दै जाँदा हामी एउटा कुरा चाँडै सिक्छौं- मुक्ति पाएका र नपाएकाहरूको बीचमा ठूलो भिन्नता छ। निम्न पदहरू ध्यान दिएर पढ्नुहोस् र जोडा मिलाउनुहोस्।

 

मुक्ति नपाएका

 

मुक्ति पाएका

 

बाइबलको खण्ड

१) ____ मृत्यु

जीवन

क) लूका १५:२४

२) ____ मृत्युका लागि मृत्यु

जीवनको लागि जीवन

ख) यूहन्ना ३:१६

३) ____ अन्धकार

ज्योति

ग) यूहन्ना ३:१८

४) ____ रात

दिन

घ) यूहन्ना ५:२४

५) ____ हराएको

पाइएको

ङ) यूहन्ना ८:१२

६) ____ अधर्म

धार्मिकता

च) १ कोरिन्थी १:१८

७) ____ अविश्वासी

विश्वासी

छ) २ कोरिन्थी २:१६

८) ____ दोषी

निर्दोष

ज) २ कोरिन्थी ६:१४

९) ____ नष्ट

अनन्त जीवन

झ) २ कोरिन्थी ६:१५

१०) ____ नष्ट

मुक्त

ञ) १ थेस्सलोनिकी ५:५

११) ____ शैतानका सन्तान

परमेश्वरका सन्तान

ट) १ यूहन्ना ३:१०

लेवी २०:२२-२३ अनुसार परमेश्वरले इस्राएलीहरूलाई कुन कुराको पछि लागेको चाहनुहुन्थ्यो?

(क) अन्य राष्ट्रहरू
(ख) मिश्रीहरू
(ग) उहाँको वचन
(घ) आफ्नै अभिलाषाहरू

ठीक कि बेठीकः ___________ व्यवस्था १८:९-१४ अनुसार, अन्यजातिहरूका रीतिहरू सिकून् र तिनीहरूका चालचलनको देखासिकी गरुन् भन्ने हेतुले इस्राएलका सन्तानहरू प्रतिज्ञाको देश (प्यालेस्टाइन) भित्र प्रवेश गरेको परमेश्वर चाहनुहुन्थ्यो।

के परमेश्वरले अशुद्घ र शुद्घको बीचमा भिन्नता राख्‍नुहुन्छ (लेवी १०:१०; ११:४७)? ______________। यूहन्ना १३:२ र १३:१०-११ लाई ध्यान दिएर पढ्नुहोस्। के बाह्रै चेलाहरू शुद्घ थिए? ____________। अशुद्घ चेलाको नाम के थियो? ____________________________। परमेश्वरको दृष्टिमा तिनको र अरु एघार चेलाहरूको बीचमा ठूलो भिन्नता थियो? ____________।

एफेसी २:११-१३ मा पावलले एफेससका विश्वासीहरूलाई उनीहरूले मुक्ति नपाएको समयको सम्झना गराउँछन्: “सम्झना गर- बितेको समयमा (मुक्ति पाउन अघि) तिमीहरू शरीरअनुसार __________________ थियो” (पद ११)। मुक्ति पाउनअघि के तपाईं ख्रीष्टविहीन हुनुहुन्थ्यो (एफेसी २:१२)? __________। के तपाईं आशारहित हुनुहुन्थ्यो? __________। के तपाईं परमेश्वररहित हुनुहुन्थ्यो? ____________।

एफेसी ४:१७ अनुसार के हामीले मुक्ति नपाएका मानिसहरूलेझैं जीवन बिताउन हुन्छ? ____________। के हामीले मुक्ति पाउनअघिको जस्तै जीवन बिताउन हुन्छ? ____________। के एफेसी ४:१७-१९ ले तपाईंले मुक्ति पाउनु भन्दा अघिको अवस्थाको सही बयान गर्दछ? __________। एक व्यक्ति ख्रीष्टको सत्यताको ज्ञानमा आएपछि के उसले मुक्ति नपाएको अवस्थाको जस्तै जीवन बिताउन चाहनेछ (एफेसी ४:२०-२१)? ______________। के हामीले आज्ञा नमान्ने सन्तानहरूको देखासिकी गरेको परमेश्वर चाहनुहुन्छ (एफेसी ५:६-७)? ______________। अब हामी अन्धकारमा नभएको हुनाले (यूहन्ना ८:१२; कलस्सी १:१३; १ पत्रुस २:९; १ थेस्सलोनिकी ५:५-८), हामी कसरी हिँड्नुपर्छ (एफेसी ५:८)? ___________।

हामीले कुन कुरालाई फाल्नुपर्छ (कलस्सी ३:९; एफेसी ४:२२)? __________________________। हामीले केलाई पहिरनुपर्छ (एफेसी ४:२४; कलस्सी ३:१०)? ____________________________। हामी ख्रीष्टमा भएका हुनाले हामी के हौं (२ कोरिन्थी ५:१७)? ________________________। त्यसैले के अझै पनि हाम्रो जीवन पापमै बिताउन हुन्छ? ______________।

१ थेस्सलोनिकी ४:५ बाट हामी सिक्छौं, अन्यजातिहरू परमेश्वरलाई ______________। के विश्वासीले परमेश्वरलाई चिन्दछ (यूहन्ना १७:३; १ यूहन्ना ५:२०)? ____________। के एक विश्वासीले परमेश्वरलाई नचिन्नेहरूले झैं जीवन बिताउन हुन्छ? ____________। एक व्यक्तिले जीवित परमेश्वरलाई साँच्चै नै चिन्दछ भने, फलस्वरुप के उसको जीवनको हिँडाइ, गराइ, सबै चालचलनमा भिन्नता आउनेछ? ____________।

के तीतस ३:३ ले तपाईंले मुक्ति पाउन अघिको अवस्थाको सही बयान गर्दछ? __________। के ख्रीष्टले एक भिन्नता ल्याउनुभएको छ (तीतस ३:४-७)? __________। विश्वासीले हरेक दिन ध्यान दिन¬पर्ने कुरा के हो (तीतस ३:८)? ____________________________________________। तीतस ३:१४ मा सिक्छौं, परमेश्वर एक विश्वासी ______________ भएको चाहनुहुन्न।

अब हामी मुक्ति पाउनु अघिका कुइच्छाहरू र अभिलाषाहरूमा हिँडिरहनुहुन्छ (१ पत्रुस १:१४)? ____________। ख्रीष्टलाई खुशी पार्ने इच्छा दिनलाई अहिले कसले हामीभित्र काम गर्नुहुन्छ (फिलिप्पी २:१३)? ________________। परमेश्वरले के हाम्रा पुराना पापपूर्ण इच्छाहरू पूर्ण रूपमा हटाइसक्नुभएको छ- कि अहिलेसम्म ती हामीसितै छन् (रोमी ७:१५-२५)? ________________________________। तरैपनि मुक्ति पाएको हुनाले हामीसित परमेश्वरको ____________अनुसार जिउने मन पनि छ (१ पत्रुस ४:२)। ख्रीष्ट संसारमा किन आउनुभयो हिब्रू १०:७)? ______________________________________________। प्रभु येशूको ठूलो तृष्णा र अभिलाषा के थियो (यूहन्ना ४:३४)? __________________________________________। प्रभु येशूले कुन प्रार्थना गर्नुभयो जुन हामीले पनि गर्नु राम्रो हुन्छ (लूका २२:४२)? ___________ १ थेस्सलोनिकी ५:१६-१८ अनुसार निम्न तीन कुराहरू हाम्रो निम्ति परमेश्वरको इच्छा हो–

१. (पद १६) __________________________

२. (पद १७) _________________________

३. (पद १८) _________________________

हामीले साँच्चै नै मुक्ति पाएका छौं भने के मुक्ति नपाएका हाम्रा साथी र आफन्तहरूले हाम्रो जीवनमा भिन्नता देख्‍न सक्छन् होला (१ पत्रुस ४:३-४)? जुन कामहरू हामी पहिले गर्दैनथ्यौं त्यस्ता कामहरू अहिले गर्ने भएकाले वा जुन कामहरू पहिले गर्थ्यौं तीमध्ये कतिपय कामहरू अहिले नगर्ने भएकाले हामीलाई देखेर साथीभाइ वा आफन्तहरूले अनौठो मान्नेछन्? ________________।

ठीक कि बेठीकः ____________ परमेश्वरले मलाई बचाउनुभएको र ख्रीष्टमा नयाँ सृष्टि बनाउनुभएको हुनाले म उहाँलाई धन्यवाद चढाउँछु। अब म परमेश्वरको अनुग्रहले उहाँको इच्छा पालन गर्दै नयाँ जीवन बिताउन चाहन्छु ता कि ठूला वा साना सबैले ख्रीष्टमा मेरो बदलिएको जीवन देख्‍न सकून् अनि उनीहरूले पनि प्रभुमा विश्वास गरी यो महान् मुक्तिको भागिदार बनून् (भजनसंग्रह ४०:१-३)।

तथ्य ६ — विश्वासी अलग (पवित्र) हुनुपर्छ, एक्लो होइन।

यूहन्ना १५:१८ पढ्नुहोस्। संसारले विश्वासीलाई किन घृणा गर्दछ, आफ्नै शब्दमा बताउनुहोस्: __________________। संसारले विश्वासीलाई माया गर्दैन (यूहन्ना १५:१९) किनकि विश्वासी संसार____ होइन र ख्रीष्टले विश्वासीलाई संसार________ चुन्नुभएको छ।

यूहन्ना १७:६-१९ मा प्रभु येशू आफ्ना चेलाहरू (प्रेरितहरू) का निम्ति प्रार्थना गर्दै हुनुहुन्थ्यो। संसारले यी मानिसहरूलाई किन घृणा गरे (पद १४)? ____________________________________________________। के प्रभु येशू संसारको हुनुहुन्थ्यो (पद १४)? __________________। ठीक कि बेठीकः__________। आफ्ना चेलाहरूलाई संसारबाट लैजानलाई प्रभु येशूले स्वर्गका पितासँग प्रार्थना गर्नुभयो (पद १५)। उहाँले के प्रार्थना गर्नुभयो (पद १५)? ___________________________। (शब्दार्थः “दुष्ट” = “दुष्ट व्यक्ति” अर्थात् शैतान)। के चेलाहरू संसारका थिए (पद १६)? ______________। के ख्रीष्ट संसारको हुनुहुन्थ्यो (पद १६)? ______________। के पिताले ख्रीष्टलाई संसारमा पठाउनुभएको हो (पद १८)? ________। के ख्रीष्टले चेलाहरूलाई संसारमा पठाउनुभयो (पद १८)? ______________। ठीक कि बेठीकः

_______ चेलाहरू संसारमा थिए (यूहन्ना १७:११)।
_______ चेलाहरू संसारका थिए (यूहन्ना १७:१६)।
_______ संसारमा भएका सबै नै संसारका हुन्।

हामी परमेश्वरका सन्तानहरू टेरा र भ्रष्ट पुस्ताका __________मा छौं र हामीहरू ________________ ज्योतिहरूझैं चम्कनुपर्छ (फिलिप्पी २:१५)। ठीक कि बेठीकः

______ फिलिप्पी २:१५-१६ अनुसार एक विश्वासी पवित्र बन्नलाई कुनै एकलास आध्यात्मिक केन्द्रमा गई एक्लो जीवन बिताउनुपर्छ।

______ पवित्र बन्नलाई हामीले सन्यास लिनुपर्छ।

______ दैनिक जीवनमा पवित्र बन्नलाई हामीले ख्रीष्टलाई घृणा गर्ने यस दुष्ट संसारकै बीचमा एक अलग र धर्मी जीवन बिताउनुपर्छ।

के यो संसार हाम्रो घर हो (१ पत्रुस २:११; हिब्रू ११:१३)? ____________। हाम्रो वास्तविक घर कहाँ हो (फिलिप्पी ३:२०; तुलना गर्नुहोस्, यूहन्ना १४:१-३)? __________________________। यस संसारमा रहनुहुँदा प्रभु येशूले आफ्नो घर भन्न सक्ने कुनै ठाउँ थियो (लूका ९:५८)? ____________।

आज संसारमा परमेश्वरले आफ्नो प्रतिनिधित्व गर्नलाई कसलाई खटाउनुभएको छ (२ कोरिन्थी ५:२०; प्रेरित १:८)? ______________________। संसारमा ख्रीष्टको प्रतिनिधित्व गर्ने क्रममा हामीले आफूलाई संसारबाट ________________ राख्‍न एकदम ध्यान दिनुपर्छ (याकूब १:२७) र यस संसारसित ________________ हुनुहुँदैन (रोमी १२:२) र संसारलाई __________ गर्नुहुँदैन (१ यूहन्ना २:१५) किनकि संसारसँग मित्रता राख्‍ने व्यक्ति परमेश्वरको __________ हो (याकूब ४:४)। कुन कुरा निश्चय नै बितेर जानेछ (१ यूहन्ना २:१७)? ____________________। कुन कुरा सदार्सवदा रहनेछ (१ यूहन्ना २:१७)? __________________________________ ______________________। के संसारले परमेश्वर र उहाँको वचनलाई विचार गर्न रूचाउँछ? ______________। के आफ्ना निर्णयहरू र योजनाहरूमा परमेश्वरलाई ठाउँ दिन संसारले समय दिन्छ? ______________। के संसारले प्रार्थनामा समय खर्च गर्न रूचाउँछ? ________________। के संसार ख्रीष्टको चर्चा गर्न रूचाउँछ? ________________। के कलवरीमा सम्पन्न भएको घटनाको निम्ति संसार धन्यवादी छ (१ कोरिन्थी १:१८)? ________। अबदेखि उसो आफू संसारको होइन भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? ________।

के कुनै समयमा प्रभु येशू पापीहरू र दुष्टहरूसँग बसेर खाना खानुभयो र तिनीहरूसँग सर्म्पर्क गर्नुभयो (लूका ५:३०-३१; १५:१-२; १९:२,५)? ________________। के येशूले कुनैबेला पापीहरूलाई आफूलाई छुन दिनुभयो (लूका ७:३७-३९)? ________________। के येशू दुष्ट मानिसहरूसँगै क्रूसमा टाँगिनुभयो (लूका २३:३३)? ________। (टिप्पणीः येशू दुष्ट मानिसहरूसँगै मात्र होइन तर उहाँ दुष्ट मानिसहरूकै निम्ति टंगाइनुभएको हो– हेर्नुहोस् १ पत्रुस ३:१८)। लूका ५:३०-३२ लाई ध्यान दिएर पढ्नुहोस् र फरिसीहरूले पद ३० मा सोधेका प्रश्नको उत्तर आफ्नै शब्दमा दिनुहोस्: ख्रीष्टले किन महसूल उठाउने दुष्टहरू र पापीहरूसँग बसेर खाना खानुभयो? (र्कार्यपत्रको पाठ २ बाट सहयोग लिन सक्नुहुन्छ): ________________________।

के प्रभु येशू पापीहरूदेखि अलग हुनुहुन्थ्यो (हिब्रू ७:२६)? ________________। कुनै व्यक्ति पापीहरूसँगै भएर पनि उनीहरूदेखि अलग हुन सक्छ? __________। ठीक कि बेठीकः

______ अलग (पवित्र) जीवन बिताउनलाई हामी मुक्ति नपाएका सबै मानिसहरूबाट अलग बस्नु आवश्यक छ।

______ पापीहरूको साथमा हुनु पाप हो।

______ पापीहरूको सल्लाहमा हिँड्नु, उनीहरूको मार्गमा खडा हुनु र उनीहरूको साथ (घनिष्ट मित्रता) मा बस्नु पाप हो (भजनसंग्रह १:१)।

एकातिर, मुक्ति नपाएकाहरूको सामु हामीले भक्तिपूर्ण जीवन बिताउनुपर्छ; अर्कोतिर, हाम्रा घनिष्ट साथीहरू तथा सहयात्रीहरू भने
परमप्रभुको __________ __________ र उहाँका आदेश (वचन) ____________ ___ व्यक्तिहरू नै हुनुपर्दछ (भजनसंग्रह ११९:६३)।

मुक्ति नपाएकाहरूका निम्ति परमेश्वरको चाहना र इच्छा के हो (१ तिमोथी २:३-४)? ____________। के हाम्रो पनि यही इच्छा
हुनुपर्छ (तुलना गर्नुहोस्, एफेसी ५:१)? __________। के मुक्ति नपाएकाहरूको निम्ति हामीले प्रार्थना गर्नुपर्छ (१ तिमोथी २:१; तुलना गर्नुहोस् रोमी १०:१)? __________।

संसारमा ख्रीष्टको प्रतिनिधित्व गर्ने क्रममा एक विश्वासीको सबै मानिसहरूप्रति केही जिम्मेवारीहरू छन्:

१. ऊ सबै मानिसहरूका सामु एक __________ हुनुपर्छ (प्रेरित १:८)।

२. ऊ ख्रीष्टको निम्ति एक ________________ हुनुपर्छ (२ कोरिन्थी ५:२०)।

३. उसले सबै मानिसहरूलाई __________________ ____________ गर्नुपर्छ (मर्कूस १६:१५)।

४. उसले सबै जातिहरूलाई __________ बनाउनुपर्छ (मत्ती २८:१९)।

५. ऊ सबै मानिसहरूका सामु एक __________झैं चम्कनुपर्छ (फिलिप्पी २:१५; तुलना गर्नुहोस् मत्ती ५:१६)।

६. उसले सबै मानिसहरूलाई ______________________ गर्नुपर्छ (गलाती ६:१०; १ थेस्सलोनिकी ५:१५)।

७. ऊ सबै मानिसहरूसँग ________________साथ चल्नुपर्छ (कलस्सी ४:५; १ कोरिन्थी ९:१९-२३; १०:३२)।

८. ऊ सबै मानिसहरूतर्फ __________________ भई हिँड्नुपर्छ (१ थेस्सलोनिकी ४:१२; तुलना गर्नुहोस्, रोमी १२:१७)।

९. उसले सबै मानिसहरूका निम्ति ______________ गर्नुपर्छ (१ तिमोथी २:१)।

१०. ऊ सबै मानिसहरूसँग __________________मा बस्नुपर्छ (रोमी १२:१८; हिब्रू १२:१४)।

११. उसले सबै मानिसहरूलाई ____________ गर्नुपर्छ (१ पत्रुस २:१७ — शब्दार्थः “आदर गर्नु”= उचित सम्मान दिनु। तीतस ३:२ मा हेर्नुहोस् जहाँ हामीले कसैको बदनाम गर्नुहुन्न भनी लेखिएको छ)।

१२. उसले सबै मानिसहरूका सामु एक असल ____________ (गवाही, साक्षी) पाएको हुनुपर्छ (१ तिमोथी ३:७; ३ यूहन्ना १२)।

मुक्ति सम्बन्धी हाम्रो अध्ययन अब पूरा भएको छ! हाम्रो ________ ________ मुक्ति (हिब्रू २:३) को निम्ति तपाईं पहिलेभन्दा अहिले अझ आभारी बन्नुभएको छ होला। परमेश्वरलाई उहाँको ____________ ____________ ________________ ________को निम्ति ____________ होस्!!! (२ कोरिन्थी ९:१५)

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)